(मिर्मिरे पूर्णाङ्क ३०९, असार–साउन २०६८मा प्रकाशित)
– विजय चालिसे
मरूभूमिका माझ सुन्दर हरियाली, मन लोभ्याउने झरना र तालहरू ! मलाई प्रकृतिले रचेको एउटा सुन्दर महाकाव्यजस्तै लागेथ्यो माउन्ट अबु !
यहाँ आइपुग्नासाथ शीतल जलझैं शितलता फैलाउँदै आँखाभरि तैरिएको यो दृश्य मेरो कल्पना र अनुमानभभन्दा एकदमैं भिन्न थियो– कुनै कतै मेल नखाने ! जतिसुकै मेरो कल्पनाबाहिर भएपनि यतिबेला घाम भंmै उज्यालो सत्यका रूपमा मेरा आँखा अगाडि प्रत्यक्ष उभिएको थियो । भूगोलको मेरो सीमित ज्ञानमा आँखाले नभेट्ने गरीे विस्तृत रूपमा फैलिएको बालुवै बालुवाको आगो झैं तातो मरुभूमि मात्र हुनुपथ्र्यो यो । त्यसैले थार मरुभूमिको यो ठाउँमा हरियालीपूर्ण पहाडी थुम्को र रसिला पानीका झरनाको मनोरम उपस्थिति सुरुमा स्वैरकल्पना जस्तो लाग्नु मेरा लागि अस्वभाविक पनि थिएन । मेरा लागि मात्र होइन, मेरा साथ रहेका मित्र तेज र अरु सहयात्रीको अनुहारमा पनि त्यही खालको आश्चर्य भाव फैलिएको सजिलै देख्न सकिन्थ्यो !
हामी भर्खरै उत्तरी भारतको एउटा प्रान्त राजस्थानस्थित थार मरुभूमिबीच उठेको एउटा सानो पहाडी भेगमा आइपुगेका थियौं । राजस्थानको बलौटे भूमि अर्थात थार मरुभूमिबीच टक्क्रक्क बसेको अग्लो एकमात्र सानो पहाड, माउन्ट अबुको प्राकृतिक छटाले हामीलाई लठ्याइरहेको थियो । सुरुदेखि अन्त्यसम्मै लगभग ८५० किलोमिटर दक्षिण–पश्चिम हुँदै उत्तर–पूर्व तर्फ लम्बिएको थार मरुभूमि र अरावली पहाडी श्रृङ्खला राजस्थानको प्रमुख भौगोलिक विशेषता थियो । यही श्रृङ्खलाको दक्षिण–पश्चिमी कुनोमा रहेको सानो तर सुन्दर पहाड थियो माउन्ट अबु । राजस्थानको दक्षिणी छेउमा रहेको माउन्ट अबु अराबली श्रृङ्खलाको दक्षिणपश्चिमी उच्च शिखर अबु पहाडस्थित गुरुशिखरदेखि उत्तरपूर्वसम्म विस्तारित छ ।
हो, म विश्वकै सर्वोच्च शिखर सगरमाथाको देशको बासिन्दाका आँखामा माउन्ट अबुको उँचाइ आफैंमा उल्लेख्य उँचाइ थिएन । मेरो देशका यत्रतत्र देखिने हजारौं साना–मझौला पहाडी थुम्काजति पनि अग्लो थिएन होला समुद्री सतहबाट ११ सय ६४ मिटर मात्रै अग्लो यो माउन्ट अबु ! मेरो काठमाडौं (१३५० मिटर) नै योभन्दा अग्लो थियो । यसको सबैभन्दा अग्लो शिखर गुरूशिखर (१७२२ मिटर) भन्दा १ हजार मिटर अग्लो त मेरो शिवपुरी (२७३२ मिटर) नै थियो । तर, मरुभूमीबीच मेरो कल्पनाभन्दा बाहिरको यो हरियालीपूर्ण पहाड र यसका अभिराम प्राकृतिक दृश्य भने नितान्त भिन्न थिए । यसको सबैभन्दा ठूलो विशेषता सायद् यही थियो । त्यसमाथि यो सानो पहाडमा गरिएको पर्यटन विकासका अधिकतम उपयोग मेरा लागि सिक्नै पर्ने पाठ थियो सायद् । पूर्वाधार विकास र पर्यटनजन्य उद्योगको आधारभूत विकासलाई भन्दा चटपटे अनुहारहरूलाई सद्भावनादूतको नौटङ्की घोषणा गर्दै प्रभावहीन आन्तरिक प्रचारमा करोडौं बजेट मात्र सक्ने मेरो सतही अभियानले यस्ता कुराबाट धेरै सिक्न सक्नुपर्ने हो ।
सानोमा भूूगोलको पाठ पढ्दा नक्सामा भारतको देखेको थिएँ राजस्थान र त्यहाँको थार मरुभूमि ! अहिले जीवनकोे उत्तरार्धमा त्यही राजस्थान र थार मरुभूमिबीचको सुन्दर पहाडी भूभागमा उभिन पुगेको थिएँ म । खैरो खाँडसारी रङको बलौटे समथर मरुभूमिबीच समुद्र तहबाट सरदर १२१९ मिटर उँचाइको थार मरुभूमिमा गर्वोन्नत उभिएको लाम्चिलो हरियो पहाड बालुवाको थुप्रोमाथि थपक्क बसेको सुन्दर बगँैचाजस्तै लागेथ्यो यो !
“साँच्चै सुन्दर रहेछ माउन्ट अबु !” ममात्र होइन तेज पनि अभिभूत देखिन्थ्यो अबु पहाडको सौन्दर्य देखेर । उसको यो अभिव्यक्तिले यही कुरा देखाइरहेको थियो ।
नेपाली यात्रीहरूको एउटा ठूलै समूहमा मिसिएर आइपुगेका थियौं हामी यस ठाउँमा । विश्व प्रसिद्ध पर्यटकीय केन्द्र र ख्यातिप्राप्त राजयोग अध्ययन केन्द्र अर्थात प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको प्रधान कार्यालय यही पहाडी क्षेत्र माउन्ट अबुमा रहेको थियो । त्यही विश्वविद्यालयको अभियान ओम शान्तिको नेपाल केन्द्रद्वारा आयोजित प्याकेज टुर अन्तर्गत भिआइपी यात्रीका रूपमा आइपुगेकोछु म यो ठाउँमा । मुस्किलैले रसिलो र हरियाली देखिने बलौटे भूमिभित्र यति हराभरा जङ्गल र तलाउ–झरनाहरूको सुन्दर प्रचुर स्रोतले घेरिएको अरावली पर्वत श्रृङ्खलाको यो सबैभन्दा उच्च पहाड साँच्चि नै रमणीय र चित्ताकर्षक थियो । यही रमणीयता र शीतलताकै कारण त भारतीय राज्य राजस्थानको गृष्मकालीन राजधानी रहँदै आएको थियो यो धेरै वर्षदेखि !
भनिहालेँ– धेरै छौं हाम्रो टोलीमा । म छु, मेरी श्रीमती लक्ष्मी र बहिनी शशी अनि बुहारी इन्दिरा छन् । तेज छ, र हुनुहुन्छ भाउजु प्रतिभारश्मि श्रेष्ठ । अनि नेपालका अरु विभिन्न भाग र भूगोललाई प्रतिनिधित्व गर्दै आएका महिला पुरुषको ठूलै टोली छ । यस्तो खालको यात्रा मेरो जीवनको पहिलो यात्रा पनि हो । त्यसैले नितान्त भिन्न अनुभूति सँगालिरहेको छु म, अत्यन्त नौलो अनुभव ! कसैका लागि तीर्थाटन बनेकोछ यो मधुवन यात्रा, कसैको लागि भारतीय उत्पादनको सपिङ टुर ! मजस्ता केहीका लागि भने चरैवेती र यायावरीय प्रवृत्तिको नयाँ अनुभव सँगाल्ने एउटा अवसर ।
जे होस्, बस र रेलको पट्यारलाग्दो लामो यात्राबाट थकित हाम्रो मन–मस्तिष्क र सबै शरीर नै रसिलो फुर्तिलो तुल्याइदिएको थियो माउन्ट अबुको यो मनोहारी दृश्यले । २०६८ साल जेठ महिनाको २८ गते शनिवार विहानै काठमाडौं छाडेका थियौं हामीले यताका लागि । त्यो रात वीरगन्जमा बिताएका थियौं । वीरगन्जमैं गोरखापत्रका स्थानीय प्रतिनिधि कन्हैयालाल केसरीको सौजन्यमा भारत यात्राभरका लागि मोबाइलको सिम कार्ड उ(पलब्ध भएको थियो । बीरगन्जबाट भोलिपल्ट बिहानै कौला खाएर रक्सोलमा रेल समातेका हामी माउन्ट अबु नपुगुन्जेल नै निरन्तर यात्रामा थियौं । भनेकै समयमा छुटेको थियो हामीलाई गोरखपुर हुँदै दिल्लीसम्म पु¥याउने सत्याग्रह नामक पहिलो रेल । तीन महिना अघि नै वातानुकूलित डब्बामा स्थान सुरक्षित छ भनिए पनि त्यो भनाइ असत्य रहेछ भन्ने यहाँ आएर मात्र थाहा पाएका थियौं हामीले ! त्यसैले गोरखपुरसम्म एसी बिनाको स्लिपरमैं विहार र उत्तरप्रदेशको गर्मी चाख्दै पुगेकाथियौं गोरखपु । गोरखपुर पुगेर एसीमा सरेपछि बल्ल सुखको सास फेरेका थियौं हामी सबैले !
त्यसको भोलिपल्ट विहान एघार बजे दिल्ली ओर्लिएका हामी त्यहाँ लगभग पाँच घन्टा बिताएर आश्रम रेलद्वारा प्रस्थान गरेका थियौं माउन्ट अबुका लागि । दिल्लीबाट उताको यात्रामा एसी छ भनेर पनि थिएन हाम्रो टोलीका लागि । यो असमान यात्रा व्यवस्था देख्दा लाग्थ्यो– झुक्याएरै पो यात्री जम्मा गरिँदो रहेछ क्यारे ! दिल्लीबाट जति उता लाग्यो तातो हावाको झोक्का उति नै बढ्दो थियो । केही घन्टाको यात्रापछि बिस्तारै उत्तर–दक्षिण खैरो ढुङ्गाको चट्टानै चट्टानजस्तो मझौला खाले पहाडी श्रृङ्खला देखिँदै गयो । हरियाली यदाकदा मात्र देखिन्थे । राजस्थानका अलबलर जङ्सन, दिगबडा हुँदै ऐतिहासिक राजगढ र बसनालाई पछाडि छाडेर हामी अघि बढ्दै गयौं । भूसंरचना देख्दा लाग्थ्यो अब मरुभूमिको प्रारम्भ भएकोछ । रातभरको यात्रा छिचोलेर विहान साढे चार बजे पुग्यौं हामी यो यात्राको अन्तिम विन्दु अबु रोड स्टेसनमा ।
त, त्यसरी निरन्तर तीन दिनसम्म बस–रेलको यात्रा गर्दै थाकेर ओर्लियौं अबुरोड स्टेसनमा । शनिवार बिहान सुरुभएको हाम्रो यात्रा एक रात बीरगन्जमा आरामले बिताए बाहेक आज मङ्गलबार बिहानसम्म लगातार रेलभित्रै बितेको थियो । त्यसैले मानसिक र शारीरिक रूपमा समेत निकै थाकेका थियौं हामी !
केन्द्रकै बसमा राजयोग केन्द्रको शान्तिवन भित्र रहेको मनमोहनी कम्ल्पेक्समा रहेको त्रिलोकभवनमा पुगेर त्यसको चौथो तलास्थित ८९ नं कोठामा सामान बिसाएयौं हामीले । नुहाइधुवाइ गरेर केहीबेरको विश्रामपछि केही आराम मिलेको थियो त्यतिबेला । महिला टोलीलाई बह्मलोक भवनमा राखिएको थियो । यसैले त्यहाँ बसुन्जेल सँगै आएका श्रीमान श्रीमतीहरूको समेत भेटघाट हुन मुस्किल थियो ।
केहीबेर विश्राम गरेर खानपनि सकेपछि हामी फेरि अबु पहाडको यात्रामा हिँडेका थियौं । अबु रोडबाट २२ किलोमिटर लामो पहाडी घुम्ती उकालो नागबेली चढ्दै पुगेका थियौं अबु पहाड ! जे होस्, बस र रेलको लामो पट्यारिलो यात्राले थाकेको हाम्रो मन, मस्तिष्क र शरीर सबैलाई रसिलो फुर्तिलो तुल्याइदिएको थियो यो पहाडी हरित दर्शनले ।
पौराणिक साहित्यमा अर्बुदाञ्चल भनिने भारतको राजस्थानस्थित माउन्ट अबु एउटा सानो भौगोलिक क्षेत्र थियो । पौराणिक कालमा ऋषिमुनिहरूका लागि तपस्यास्थल थियो रे यो अबु भूमि । भनिन्छ विश्वामित्रसँग मतभेद भएपछि ऋषि वशिष्ठ यही ठाउँमा आएर राक्षसहरूबाट धरतीको रक्षा गर्न भनी यज्ञको आयोजन गरेका थिए रे ! लोकोक्ति भन्छ— एक पटक ऋषि वशिष्ठको गाइ नन्दिीनी पहाडको एउटा साँघुरो ककारोमा फसिछन् । गाईलाई त्यस ककारोबाट निकाल्न वशिष्ठको अनुरोध अनुसार शिवजीले सरस्वती नामक झरना पठाइदिएछन् । झरनाको पानी साँघुरो ककारोमा भरिएपछि गाई तैरिँदै माथिल्लो फराकिलो भागमा पुगेर बाहिर निस्किएछ । त्यसपछि फेरि यस्तो घटना नदोहोरियोस् भन्ने सोची वशिष्ठले पर्वतराज हिमालयका कान्छा छोरालाई उपाय गर्न अनुरोध गरेछन् । उनले त्यो खोँचलाई पहाडले भर्न लगाए छन् ! यस कार्यमा उनले अरबुदा नाम गरेको एउटा बुद्धिमान तथा शक्तिसाली सर्पको सहयोग लिएछन् । त्यही सर्पको नाउँमा रहेको थियो रे यस पहाडको नाउँ अरबुद पहाड । त्यही अरबुद पहाड अहिले माउन्ट अबु भएको छ । त्यसैले यो “अर–बुदा” अर्थात बुद्धिको पहाडका रूपमा समेत चिनिन्थ्यो रे । अर्को भनाइमा पुराणमा अर्बुदारण्य अर्थात् अर्भुको जङ््गल थियो रे यसको नाउँ ! अबु यही अर्भुको सङ्क्षिप्त रूप हो । सन् २००५ को जनगणना अनुसार २२ हजार जति मात्रै जनसङ्ख्या भएको यो सानो पहाडी बस्ती अरावली पर्वत श्रृङ्खलाकै सबैभन्दा अग्लो पहाड थियो । २२ किमि लामो र ९ किलोमिटर जति चौडा माउन्ट अबु नै यस क्षेत्रका नदी, झरना र वनस्पतिको प्रमुख स्रोत थियो ।
अबु पहाडका विभिन्न आकर्षण थिए– मानव निर्मित विशाल तलाउ नख्खी झिल, त्यसकै छेउमा बनेको गान्धी उद्यान, तलाउकै छेउको रघुनाथजी मन्दिर, चट्टा निर्मित विभिन्न आकर्षक संरचनाहरू, गुरु शिखर, शान्ति उद्यान, दिलवाडा जैन मन्दिर आदि....आदि...। सब नै उत्तिकै आकर्षक थिए, उत्तिकै कलात्मक र ऐतिहासिक ! यी ऐतिहासिक धरोहरका अतिरिक्त माउन्ट अबुलाई पाण्डव भवन अर्थात् मधुवनस्थित प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्व विश्वविद्यालय र यससँग सम्बन्धित विभिन्न भवन, अस्पताल, सङ्ग्रहालय र सभा–प्रवचनकक्ष तथा यिनका गतिविधिहरूले वर्तमानमा परिचित र आकर्षणको केन्द्र बनाएको थियो ।
हामीलाई सबैभन्दा पहिले लोभ्याउनेमा थियो मुख्य बजार नजिकैको यस ठाउँकै मुटु मानिने नख्खी झिल ! पौराणिक आख्यान अनुसार देवताहरूले आफ्नो नङले कोतरेरै बनाएका हुने रे यो ताल । त्यसैेले यसको नाउँ नै नख्खी झिल रह्यो । स्थानीय मनिसहरू पवित्र तलाउ मानेर यसको पूजाआजा गर्न थाले । समुद्र सहतबाट १२ सय मिटर माथि रहेको यो ताल भारतभरमैं एक मात्रै मानव निर्मित ताल मानिँदो रहेछ । यहाँका अधिकांश होटेल चमेनागृहहरू रहेको यो तलाउ क्षेत्रमा सायंकालीन ंभ्रमण, डुङ्गा सयर र सुन्दर दृश्यहरूको अवलोकन गर्नेहरूको अत्यन्त प्रिय ठाउँ रहेछ । त्यो भीडमा स्थानीय मानिस र पर्यटक दुबैनै समान रूपले सहभागी हुुन्छन् रे ! सुन्दर दृश्यले भरिएको पहाड, उद्यान र विभिन्न आकृतिमा ठडिएका आकर्षक चट्टानहरूले घेरिएको नख्खी झिल साँच्चि नै आकर्ष थियो । त्यसैले यो तलाउ र तलाउ क्षेत्र माउन्ट अबुकै प्रमुख आकर्षण बन्नु स्वाभाविक थियो । विभिन्न हिन्दु मन्दिरहरू रहेको यो तालनिकट पहाडभरि अनेकौं आकारका आकर्षक चट्टानका साथै रघुनाथ मन्दिर र जयपुरका महाराजको दर्बार पर्यटकहरू बोलाइरहेका थिए । नख्खी झिलको दक्षिणपटिको पहाडमा तलाउलाई हेरिरहेझैं लाग्ने एउटा विशालकाय चेपेगाँडा आकारको चट्टान प्रकृतिको साँच्चै नै अनौठो कला सिर्जना थियो । यस्तै अरु पनि चट्टानी संरचना थिए यसका छेउछाउ । शान्त–स्निग्ध स्वेतवस्त्रधारणी धर्मप्रचारिकाजस्तै लाग्ने विनम्रतापूर्वक हात जोडर उभिएकी इसाइ सुन्दरीजस्तै देखिने अर्को नन रक, उँटकै आकारको क्यामल रक, हात्तिको आकारको एलिफेन्ट रक आदि सबै नै चकित पार्ने प्राकृतिक संरचना थिए !
सबैलाई मोहित तुल्याउने अर्को आकर्षण थियो दिलवाडा जैन मन्दिर । युनेस्कोको विश्व सम्पदामा सूचीकृत यो जैन मन्दिर जैन धर्मावलम्बीहरूको आस्थाको केन्द्र त थियो नै, कलाप्रेमी पर्यटकहरूको पनि प्रिय दर्शनीय स्थल थियो । विश्वकै प्राचिनतम सिन्ध भ्याली सभ्यता यही राजस्थानको भूमिमा विकसित भएको थियो क्यार !
दिलवाडा मन्दिर मन्दिरहरूको श्रृङ्खला थियो । सेतो सिंहमर्मरमा कोरिएका अति मिहिन कलाकृतिहरूको अत्यन्त उत्कृष्ट कलाकारिताका असङ्ख्य नमूना देखिने पाँच जैन तीर्थाङ्करहरूमा समर्पित यी पाँचवटा मन्दिरहरूको श्रृङ्खला इशापूर्व ११ देखि १३ औं शताब्दीमा बनेका थिए । जैन मन्दिरहरूमैं सबैभन्दा सुन्दर तथा अद्भूत वास्तुकला र मूर्तिकलाका लागि विश्वभर प्रसिद्ध थियो यो दिलवाडा मन्दिर । तिनमा २४ औं तीर्थाङ्कर महावीरलाई समर्पित गरिएको महावीर स्वामी मन्दिर, प्रथम जैन तीर्थाङ्करलाई समर्पित गरिएको आदिनाथ वा विमल वसही मन्दिर, लुन वसही भनिने नेमीनाथजी मन्दिर, पत्तिलहार भनिने ऋषभदेवजीको मन्दिर, पाश्र्वनाथ मन्दिर सबैनै एकसे एक आकर्षक थिए कलाकारितामा । जैन मन्दिरहरूको दिलवाडा सिङ्गो भारतीय वास्तुकलाकै सांस्कृतिक निधि थियो । मिहिन तरिकाले कुँदिएका स्वेत सिंहमर्मरका अत्यन्त सुन्दर कलाकृतिहरू अद्वितीय लाग्थे । कलाकारिताका दृष्टिले अति उत्कृष्ट मानिने दिलवाडा मदिरमध्येको सबैभन्दा अग्लो पाश्र्वनाथ वा खरतार वसही मन्दिरको भूतलमा चारवटा विशाल मण्डप थिए । अरु मन्दिरमा सिंहमर्मरको प्रयोग भए पनि यसको निर्माण भने बालुकाको प्रयोगबाट गरिएको हो रे ! यसका बाहिरी भित्तामा सुनौला रंगको बालुवाबाट बनेका सुन्दर मूर्तिहरू देखिन्थे । यिनै श्रृङ्खला अन्तर्गतको कुमारी कन्या र रसिया बालक मन्दिर भनिने मन्दिरसँग गाँसिएको एउटा रोचक लोककथा पनि सुनिएको थियो यहाँ आएर । किम्बदन्ती अनुसार त्यहाँकी राजकन्याको एकजना योगीसँग प्रेम परेछ । उनीहरूले विवाह गर्ने इच्छा प्रकट गरेछन् । त्यो थाहा पाएपछि राजा चिन्तित भएछन् । राजाको चिन्ता देखेर रानीले एउटा उपाय निकालिछन् । योगीका सामु उनले भोलिपल्ट बिहान कुखुरा नबासुन्जेलमैं एकैरातमा पहाडको शिखरदेखि तल फेदीसम्म सिँढी बनाउनुका साथै नङले खनेर एउटा तलाउ बनाउन सक्यो भने ऊसँग छोरीको बिहे गरिदिने सर्त राखिछन् । त्यसो गर्न नसकेमा भने योगीले राजकुमारीलाई छाड्नु पर्ने उनको अर्को सर्त थियो । योगीमा दैवीशक्ति रहेकाले उनले सर्त स्वीकार गरेछन् । सर्त अनुसार दुबै काम समयभित्रै लगभग पूरा हुन लागेको थियो रे ! त्यत्तिकैमा रानीले सर्त हार्ने डरले झेल गरी कुखुरा बास्ने बेलै नभई कुखुरा बासेको आवाज निकालिछन् । कुखुराको त्यो नक्कली स्वर सुनेर योगी उज्यालो भयो भन्ने ठान्दै निराश भएर कुटीमा फर्केछन् । पछि सत्य कुरा थाहा पाएर उनले रिसको झोकमा रानी र राजकुमारी दुवैलाई पत्थरको मूर्ति बन्ने श्राप दिएछन् । उनीहरू पत्थरको मूर्ति बनेपछि आफू पनि दैवी चमत्कार गरेर मूर्ति नै बनेर साथै स्थापित भएको हुन् रे ! मन्दिर अगाडि दुईवटा नारी मूर्तिसँगै एउटा पुरुषको पनि मूर्ति छ । ती तिनै राजकुमारी र रसिक योगी वालमको हो भनिँदो रहेछ । भनिन्छ यो दिलवाडा मन्दिरको वास्तुकला र कलाकारिता भारतको प्रसिद्ध ताजमहलको भन्दापनि उत्तम मानिन्छ । यति महत्वपूर्ण ठाउँको अवलोकन हाम्रा लागि साँच्चै नै अविश्मरणीय थियो !
अनेकौं हिन्दु मन्दिरहरू पनि थिए माउन्टमा अबुमा । एउटै ठोस चट्टान कुँदेर बनाइएको आधारदेवी मन्दिर, रघुनाथजी मन्दिर, गुरुशिखर पहाडमा निर्मित दत्तात्रय मन्दिर, दुर्गा मन्दिर, अम्विका माता मन्दिर आदि... आदि...। यी सबै मन्दिरहरू हिन्दु धर्मावलम्वीका लागि मात्र नभएर सामान्य पर्यटक र कलाप्रेमीहरूका लागि पनि उत्तिकै आकर्षण बनिरहेका थिए !
माथि नै भनेँ– यता आएर माउन्ट अबुलाई लोकप्रिय र आकर्षक पर्यटकीय ठाउँमा परिणत गर्नमा प्रजापिता ब्रह्मकुमारी राजयोग केन्द्रका संरचना र गतिविधिहरूको ठूलै योगदान रहेको छ । एकजना हिराव्यापारीले आफ्ना सबै सम्पत्ति कोष (ट्रस्ट) मा राखेर यो यो ओम शान्ति अभियान सुरु गरेका थिए रे ! उनका भक्तबीच ब्रह्मकुमारी आश्रम र मधुवनका नाउँले परिचित माउन्ट अबुलाई विश्वभर चिनाउन ब्रह्मकुमारी विश्व आध्यात्मिक विश्वविद्यालय अर्थात् ब्रह्मकुमारी राजयोग केन्द्रको मुख्यालयले निकै ठूलो योगदान गरेको रहेछ । भक्तहरूद्वारा ब्रह्म बाबाका नाउँले सम्बोधन गरिने लेखराज कृपलानी नामक हिरा व्यापारीद्वारा सन् १९३० को दशकमा स्थापित यस विश्वविद्यालयमा राजयोग सिकाइन्छ । सन् १९३७ तिर ओम मण्डलीका नाउँमा कराँचीमा स्थापना भएको यो मण्डली सुरुमा विवादित रह्यो । युवा तथा विवाहित महिलाहरूको बढी सहभागिता रहेको त्यस ओम मण्डली सत्सङ्ग समूहमा विवाहित जीवनको वैधानिक यौनजीवन समेत आलोच्य मानिनथ्यो रे । त्यस्तै खालका अर्र्ती उपदेश दिइन्थयो रे । त्यसैले पारिवारिक दाम्पत्यजीवन प्रति वितृष्ण जगाएर परिवार विखण्डन गर्ने काम गरेको आरोपमा स्थानीय सिन्धी नागरिकहरूबाट तीब्र बिरोध भएछ । त्यो बिरोध अदालतसम्म पुगेछ र अदालतले नै यो मण्डलीलाई अबैध घोषणा गरेछ । मण्डली बन्द गरेर सिन्ध छाड्न दिएको सरकारी आदेशलाई भने अदालतले स्वीकार गरेनछ । त्यपछि यसको नाउँ ब्रह्मकुमारी राजयोग केन्द्र राखिएछ । पछि, सन् १९५० मा भारत विभाजन भएपछि यो केन्द्र सिन्धबाट माउन्ट अबुमा सारिएको रहेछ । भनिन्छ, अहिले विश्वका १०० देशमा रहेका ८५ हजार राजयोग केन्द्रमा ८ लाख २५ हजार विद्यार्थी अध्ययनरत छन् ।
यो विश्व विद्यालयका गतिविधि अबु सहरस्थित शान्तिवन कम्लेक्स र माउन्ट अबुका प्रधान कार्यलय गरी दुई ठाउँमा सञ्चालन भइरहेका छन् । विश्वविद्यालयको प्रधान कार्यालय यही मधुवन भनिने अवु पहाडमा रहेको थियो । यहाँको पाण्डव भवन, सन् १९८३ मा बनेको ओम शान्तिभवन र ५ हजार मानिस एकै साथ बसेर प्रवचन सुन्न सकिने युनिभर्सल पिस हल, शान्ति स्तम्भ, ज्ञान सरोवर, ग्लोबल अस्पतालजस्ता संरचना हेर्नलायक थिए । अचलगढ तथा गुरुशिखर बीच लगभग १२ एकड क्षेफमा फैलिएको पिस पार्क अर्थात शान्ति उद्यान अर्को आकर्षण थियो । यो विश्वविद्यालय माउन्ट अबुमा सरेपछि भएको स्थानीय विरोध शान्त पार्न र उनीहरूको मन जित्न अबु पहाडमा सन् १९९१ मा बनाइएको ग्लोबल एन्ड रिसर्च सेन्टर र अबुरोडमा सन् १९९४ मा निर्मित जीवी मोदी ग्रामीण स्वास्थ्य केन्द्र तथा आँखा अस्पतालका सेवा र व्यवस्थापन दुबै हेर्न लायक देखिन्थ्यो । ओम शान्तिका नेपाली अभियन्ताहरू यस्ता कुराको शाखा नेपालमा पनि भित्र्याएर निमुखा नेपालीलाई पनि त्यस्तै सुविधा र सेवा दिलाउन किन चासो राख्दैनन ? ती अस्पताल देख्दा यस्तै प्रश्न उठेको थियो मेरो मनमा ! मधुवन र अबु सहरस्थित शान्ति वनभित्रका संरचना र तिनमा सञ्चालन हुने कार्यप्रणाली सामूहिक कार्य प्रणालीको साँच्चिकै सुन्दर उदाहरण थियो । त्यहाँ प्रयोग भएका आधुनिक विज्ञान र व्यापारिक–व्यवसायिक अत्मनिर्भताका उपायहरू हाम्रा यस्तै संस्थाहरूले पनि सिक्नु पर्ने हो, तर ख्वै ?
सन् १९६६ मा निर्माण सुरु भएको थियो अबु सहरस्थित ७० एकड जमिनमा फैलिएका शान्ति वन परिसरका संरचनाहरूको । तिनमा डायमन्ड हल, विश्वकै सबैभन्दा ठूलो भन्ने दावी गरिएको सौर–ऊर्जा संयन्त्र, जल प्रशोधनशाला, लगभग १० हजार मानिसलाई आवास सुविधा पुग्ने मनमोहनी कम्ल्पेक्सभित्रका ब्रह्मलोक भवन, त्रिलोक भवन, दिव्यलोक भवनजस्ता सुविधायुक्त संरचनाहरू सबै दृष्टिले व्यवस्थित र सुविधासम्पन्न देखिन्थे । आफ्नै खेती प्रणाली, छापाखा, प्रकाशन उद्योग, व्यवसायिकजस्तै बस सेवा, स्वयम्सेवी सेवा प्रणाली आदि । हामीले पनि सिक्नु पर्ने धेरै कुरा थिए । यहाँ देखिएको २० हजार मानिसका लागि एकै पटक खाना पकाउन सक्ने क्षमतायुक्त स्वचालित यन्त्रहरूको प्रयोग, विश्वकै सबैभन्दा ठूलो मानिने सौर–ऊर्जा संयन्त्र, आफ्नै जल–प्रशोधन संयन्त्र, एकै साथ ५ हजार मानिस बसेर खाना खान पुग्ने विशाल खाना खाने घर– सबै व्यवस्था साँच्चि नै प्रशंसायोग्य थिए। आध्यात्म र विज्ञान–प्रविधिबीचको यहाँको समन्वय निक्कै नै लोभलाग्दो थियो ! शान्ति वनको प्रमुख आकर्षण मानिएको स्तम्भविहीन डायमन्ड हलको आकर्षक वास्तुकला एसियाकै सबैभन्दा ठूलो वास्तु संरचना मानिँदो रहेछ । २० हजार मानिस एकै साथ बसेर प्रवचन सुन्न सकिने यो हलका अतिरिक्त यस्तै सुविधा भएका अरु धरै हलहरू थिए, शान्ति वन र मधुवन दुबैतिर ।
ओम शान्ति भवनको प्रमुख प्रवचन कक्षमा गरिने प्रवचनहरू विदेशी र भारतकै विभिन्न १६ भाषामा सुन्न सकिने अनुवाद यन्त्रको जडान भएको रहेछ । भारतमैं बोलिने विभिन्न भाषमा समेत यो अनुवादको व्यवस्था थियो । तर स्वतन्त्र राष्ट्र नेपालको राष्ट्र भाषा नेपालीले भने यो सौभाग्य पाएको देखिएन । पूरै उपेक्षित थियो नेपालको पहिचान नेपाली भाषा । यो देख्दा नेपाली मन चसक्क दुःख्नु स्वाविक थियो । तर ओम शान्तिका नेपाली प्रचारक र अभियन्ताहरूलाई त्यस्ता कुराले छोएको देखिँदैनथ्यो । उनीहरू हिन्दी मुरलीको हिन्दी भक्तिमैं आनन्दित देखिन्थे ! नभए नेपालको ठमेल र अरु विभिन्न भूभामा रहेका ओम शान्तिका प्रमुख केन्द्र लगायत केन्द्र–उपकेन्द्रमा विहान विहान सुनाइने मुरली नाम गरेको प्रवचनलाई अनुवाद गरेर नेपाली भाषामा सुनाउन किन अल्छी गर्नु पथ्र्याे र ? ओम शान्ति अभियानमा गोलबन्द अधिकांश नेपालीको स्तर हिन्दी भाषामा संप्रेषित प्रवचन सजिलै बुझ्न सक्ने तहको छैन । न त कनीकुथी हिन्दी मुरली बाँचेर व्याख्या गर्ने गुरु वा प्रशिक्षकहरू नैं सबैमा त्यस्तो क्षमता देखिन्छ । त्यसैले ज्ञान नै दिने हो भने पनि सजिलै बुझिने नेपाली वा नेपालका अन्य मातृ भाषामा अनुवाद गरेर दिनु राम्रो होइन र ! हामी नेपाली नै हौं भने भारतीय भाषा, संस्कृतिका माध्यमद्वारा मानसिक उपनिवेशको विस्तारमा सहयोगी बन्ने यस्ता कुरामा गंभीर हुनु पर्ने होइन र ?
यस अभियानका अभियन्तामा भौतिक, आर्थिक र मानसिक श्रम शक्ति सुम्पने अनेकौं नेपाली पनि रहेकाछन् । तर ओम शान्तिका समर्थक हजारौं नेपालीको जमात तयार गरी धार्मिक पर्यटकका रूपमा भारतको मधुवन पु¥याएर तिनका माध्यमबाट करोडौं राष्ट्रिय पुँजी विदेश ओसार्ने बाहेक तिनबाट अहिलेसम्म स्वदेशका पक्षमा केही भएको देखिँदैन । ब्रह्मकुमारी राजयोग केन्द्रको ओम शान्ति अभियान मात्र होइन, साइबाबाका भक्तदेखि योगगुरु रामदेवसम्मका सबै समर्थक सहयोगीमा यही कुरा लागु हुन्छ । नेपालमा यस्ता असङ्ख्य धार्मिक र अर्धधार्मिक समूहरू क्रियाशील रहेका छन् । तर तिनको काम मात्र नेपाली मनमा भारतीय पन, हिन्दी भाषाप्रतिको अन्धभक्ति र भारतीय संस्कृतिको प्रसारणद्वारा राष्ट्रियता र राष्ट्रिय भावनालाई दिनप्रतिदिन कमजोर तुल्याउनु मात्र भइरहेको अनुभव हुन्छ । राष्ट्र, राष्ट्रिता र राष्ट्रिय विकासमा सहयोगी हुनका लागि यिनै संस्थाहरूबाट पनि हामीले सिक्नु पर्ने धेरै कुरा छन् । त्यतातिर हामी कहिल्यै सोचेनौं सायद् । मेरो यसपल्टको माउन्ट अबु यात्रामा यस्तै अनुभूतिले पुष्टि प्राप्त गरेको छ । हुनसक्छ, मेरो सोचाइ अति राष्ट्रवादी सोचबाट ग्रस्त रहेको होस् । यो सर्वांशमा सत्य नहुन पनि सक्ला यो अनुभूति । तर नेपाललाई भारतीयकरण गर्नमा सबैभन्दा बढी सहयोगी बन्नसक्ने यस्ता कुरामा समय छँदै गंभीर चिन्तन र चासो हुनु पर्ने होइन र ?
हामीले राजस्थान यात्राको अन्तिम पाइलो टेक्यौं राजस्थानकै सीमा नजिकै गुजरातस्थित प्रसिद्ध शक्तिपीठ अर्थात् अम्बाजी मन्दिरमा । छालाका सामान मात्र नभएर झोला, क्यामरा, पर्स केही लान नपाइने यो मन्दिरमा हामीले ती सबै सामान सुरक्षित रूपमा राख्ने सुविधाको उपयोग गरेनौं । हामीमध्ये नै एकजनालाई जिम्मा लगाएर लाम लागेका थियौं मन्दिर प्रवेशका लागि । मन्दिर प्रवेशको बाहिरी विन्दुसँगै पूर्वतिर केही उक्लिएको लामो सिँढी र सिंहमर्मर ओछ्याइएको सफा मार्गका दायाँवायाँ पसलका लाम थिए । पूजा सामग्रीका सामान, शक्तिपीठसँग सम्बन्धित परिचय सामग्री, उपहारका सामग्री, विभिन्न हिन्दु देवीदेवताका तस्बिर, मूर्ति, माला, लकेटका साथै प्रसादका पचासौं स–साना पसलहरू स्थायी रूपमैं राखिएका देखिन्थे । मन्दिर सफासुघ्घर थियो, कतै पनि फोहरको दंसो देखिँदैनथ्यो । लामो भए पनि लाम अपेक्षकृत चाँडो चाँडो सर्दैथियो । मन्दिरभित्र प्रवेश गर्नासाथ केही बेरमैं हामी एउटा देवीको वाहन विशाल सिंह मूर्तिछेउमा पुग्यौं । त्यो वाहनकै अगाडि अम्वे भवानीको आकर्षक मूर्ति थियो । मूर्तिमा अवीर आदि दलेर पूजा गर्न नपाइने भएकोले हाम्रोमा जस्तो जताततै अवीर केसरी र फूल छरिएको देखिँदैनथ्यो । त्यसैले भित्र पनि उत्तिकै सफा देखिन्थ्यो । पूजासामान धूपबत्ती सबै पुजारीले लिएर अलगअलग स्थान वा पात्रमा जम्मा गरिरहेका थिए । आफैंले चढाउन नपाइने । हाम्रोमाजस्तो अवीर, केसरी, पानी, सगुनका नाउँमा रक्सी , दूघ र पञ्चामृत आदि मूर्तिमा जथाभावी दल्ने चलन नहुँदा मन्दिर र मूर्ति सफा रख्नमा निकै ठूलो सहयोग पुगेको देखिन्थ्यो । त्यताको त्यस्तो चलन हामीले पनि सिक्न सके ? हाम्रा मन्दिर पनि कति सफासुघ्घर हुन्थे होलान् !
अम्वाजीको यो मन्दिर हिन्दुहरूका ५१ शक्तिपीठमध्येको एउटा थियो । स्वास्थानी कथा अनुसार आफ्नो अनुमतिबिना छोरी सतीदेवीले शिवजीसँग विवाह गरेकोमा हिमालय पर्वत रिसाएका थिए । त्यसैले महायज्ञको आयोजन गर्दा समेत उनले शिवजीलाई निम्ता गरेनन् । सतीदेवी माइत पुग्दा बाबुले ठूलो यज्ञको आयोजन गर्दासमेत आफू र आफ्ना पति शिवजीलाई नबोलाएको देखेर अत्यन्त अपमान महसुस गरेकी सतीदेवीले त्यही यज्ञकुण्डमा फाल हालिन । उनको त्यसरी मृत्यु भएको सुनेर ताण्डव रूप धारण गरी त्यहाँ पुगेका शिवले त्यो यज्ञ विध्वंश गरे । त्यसपछि सतीदेवीकोे मृत शरीर बोकेर विरहमा उनी संसारभर भौंतार्रिन थाले । शिवजीको त्यस्तो अवस्था देखेर सामान्य अबस्थामा ल्याउन भनी विष्णुजीले सतीदेवीको शरीर बिस्तारै गलेर खस्दैजाने उपाय गरेछन् । त्यस क्रममा उनको शरीर टुक्रा टुक्रा भएर ५१ ठाउँमा खसेछ । तीमध्ये यस ठाउँमा उनको मुटु पतन भएको थियो रे ! त्यसैले शक्ति पीठका रूपमा प्रसिद्ध रहेछ यो मन्दिर । हाम्रो गुह्येश्वरी जस्तै हिन्दुहरूको अत्यन्तै आस्थाको शक्तिपीठ मानिँदो रहेछ यो पनि । मन्दिरको मूलगर्भगृहमा मूर्ति नभएर एउटा यन्त्र रहेको छ रे । ५१ वटा पवित्र अक्षरका मन्त्र कुँदिएका त्यो स्वर्ण यन्त्र हाम्रै गुहेश्वरी पीठको यन्त्रकै प्रतिरूप हुने गरी उज्जैनमा बनाइएको हो रे । स्थानीय मानिसका अनुसार यो यन्त्रमा नवदुर्गाका प्रत्येक दिन अलग अलग रूप देखिन्छ रे । यहाँ भादौ पूर्णिमा, नवरात्रि र अन्य पर्वहरूमा लाखौं मानिस दर्शनार्थ जम्मा हुने गर्छन् । ती समयमा गुजरातको प्रसिद्ध गर्वा नृत्य नाचिने गर्दो रहेछ ।
अम्वादेवीको दर्शनसँगै स्वदेश फर्कने क्रममा दिल्ली प्रस्थान गरेका थियौं हामी । मिश्रित अनुभव र अनुभूति बोकेर फर्किएको थिएँ म यस यात्रामा । अझ लामो जागिर र जागिरका क्रममा भएगरिएका भ्रमणभन्दा नितान्त भिन्न आफ्नै खर्चमा एउटा धार्मिक खालको संस्थाको प्याकेजमा समावेस भएर गरिएको यो मेरो पहिलो यात्रा थियो । यस अर्थमा पनि नितान्त भिन्न अनुभव बटुलेथेँ मैले यस यात्राबाट !
२०६८ साउन ६ गते
विकल साहित्य प्रतिष्ठान,आरुबारी