“ऊ....बुबा ....!” चारपाँच महिनाजति अघि मात्रै टोकियो फर्केदेखि कम्प्युटरको सस्वर भिडियो सुविधा स्काइपीमा मात्र देखबोल भएकी अढाइ वर्षकी नातिनी आयुषाको आल्हादित स्वरले हामी दुबैको लामो थकाइ मेटाइदियो । शिशु बाहन (बेबी कार) बाट फुत्त ओर्लेर हामीलाई झ्वाम्मै समात्न आइपुगेकी थिई ऊ । आहा... कति निर्दोष र आत्मीय स्वागत ! त्यतिबेला त्यो मेरी नातिनीको अनुहारमा देखिएको खुसी र आत्मीयताको अनुभूति सँच्चि नै मेरा लागि वर्णनातीत थियो ।
आलोक र सीताको अनुहार पनि त्यत्तिकै उज्यालिएको थियो । तिनको अनुहार पनि प्रफुल्ल देखिएको थियो, एकदम प्रफुल्ल ! उनीहरूको त्यो प्रफुल्लतामा एकातिर हामीलाई देख्दाको खुसी मिसिएको थियो, अन्योलग्रस्तताबाट मुक्तिको सुखद् खुसी । हो, त्यतिबेला तिनका अनुहारमा पूर्वनिर्धारित समयमा हामी त्यहाँ नपुग्दा सिर्जना भएको मानसिक त्रास र अन्योलको मनस्थितिबाट मुक्ति पाएको अनुभूति स्पष्टै परिलक्षित थियो ! हुन पनि भनेको भन्दा झन्डै साढे तीन–चार घन्टासम्म हामी विमानस्थल नआइपुग्दा उनीहरू कति आत्तिए होलान् ? उनीहरूको त्यो अवस्था मेरै कारण भएको थियो । मेरै असावधानीले गर्दा उनीहरूलाई त्यसरी अत्याइदिएको थियो, त्यतिबेला । मैले पठाएको पूर्व जानकारी अर्थात् हवाइ टिकटको विद्युतीय प्रति (स्क्यान कपी) मा हाम्रो विमानको नारीतामा उत्रने समय थियो– अपराह्नको साढे एक बजे । पछि मैले टिकट लिएको ट्राभल एजेन्सीले समयमा केही परिवर्तन भयो भन्दै अर्को परिवर्तित उडान तालिकाको विद्युतीय टिकट (ई–टिकट) पठाएको थियो । त्यो संशोधित उडान तालिकामा काठमाडौंबाट उड्ने समयमा परिवर्तन थिएन । हङकङमा अर्को विमान पर्खनु पर्ने समय भने एक घन्टा बढाइएको थियो । त्यसमाथि पूर्व जानकारी बिनानै विमान चिनको ताइपेई भएर टोकियो जाने भएछ । यी सबै कारणले गर्दा तीन घन्टाजतिको विलम्ब भएको थियो । त्यसको अनुसार टोकियोको समय अनुसार पाँच बजेर दश मिनेट जाँदा मात्र नारीता ओर्लने थियो हाम्रो विमान । त्यो संशोधित समयतालिका भने पठाउनै बिर्सेछु मैले । त्यही मेरो बिर्साइले गर्दा उनीहरूले नारीतामा झन्डै चार घन्टा बिताउनु परेछ चिन्तै चिन्तमा, असह्य मानसिक सन्ताप सहेर ! कतै केही पो भयो कि, उनीहरूले सोच्नु स्वाभाविक थियो । आफ्नो त्यही सानो असावधानीले गर्दा छोरा बुहारीले कत्रो मानसिक पीडा भोग्नु प¥यो ! त्यो यथार्थबोध गर्दा मलाई असाध्यै नरमाइलो लाग्यो । मेरो असावधानी र गैरजिम्मेवारीले नै त्यो अबस्थाको सिर्जना गराइदिएको थियो । सबैतिर बुझेपछि बल्ल ढुक्क भएर पर्खिरहेका रहेछन् आलोक र सीता । त्यस्तोमा अझ कतै कुनै विमान दुर्घटनाको खबर आइदिएको भए, कस्तो हुन्थ्यो होला तिनको अवस्था ? संशोधित समय खुलाएर जानकारी पठाउने कुरामा सावधानी देखाउन नसकेकोमा म त्यतिबेला अत्यन्त लज्जित थिएँ, पश्चातापपूर्ण लज्जाबोध ! त्यसैले त्यो तीन तीन घन्टा लामोे के भयो होला, कसो भयो होलाको अनिश्चितता सिर्जित ममानसिक पीडा र चिन्ताबाट छुट्कारा पाउँदाको खुसी उनीहरूको अनुहारमा पनि प्रस्टै देखिन्थ्यो ।
यसपालिको दशैं जापानमा छोराबुहारीसँगै मनाउन हामी यतिबेला नारीतामा थियौं, जापानको अन्तराष्ट्रिय विमानस्थल नारीतामा !
“बुबा...यसपालिको दशैं हामीसँगै टोकियोमा मनाउने है ! म आवश्यक पर्ने सबै कागजपत्र पठाउँछु । ढिला नहुने गरेर भिसाको लागि निवेदन फाराम बुझाइहाल्नुहोला !” भदौे पहिलो हप्तातिर एकाविहानै आएको कान्छो छोरो आलोकको फोनले मलाई असमञ्जसमा पारिदिएको थियो त्यतिबेला । विगत दश वर्षदेखि नै आलोक जापानमा थियो । त्यतिबेला विदेश जाने न मेरो कुनै इच्छा थियो, न जाँगर । एकपल्ट पनि नपुगेको देश र ठाउँ भएको भए उत्साह जाग्थ्यो होला । तर जापान म र मेरी श्रीमती दुबैका लागि नौलो थिएन । मैले बीस वर्ष अगाडि नै भएपनि दुई हप्तासम्म जापानका सबै प्रमुख ठाउँहरू घुमेको थिएँ– टोकियो, हिरोसिमा, नागोया, क्योटो, नारा, ओसाका आदि । मैले देखेको जापान दुई जुग पुरानो भए पनि लक्ष्मी गएको त भर्खरै तीन वर्ष मात्रै भएको थियो । त्यसमाथि हामी दुबैले भारतको माउन्ट अबु घुमेर फर्केको त्यतिबेला चार महिना पनि नाघेको थिएन । २०६७ साल चैतको सुरुदिनदेखि गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदबाट राजिनामा दिए लगत्तै हामी दुई हप्ताका लागि महाराष्ट्रको सुन्दर पहाडी क्षेत्र माउन्ट अबु घुम्न गएका थियौं । त्यसैले पनि ममा अहिले नै विदेश घुम्ने खासै इच्छा थिएन । त्यसमाथि पनि दोहो¥याएर एक पटक देखिसकेको मुलुक, जापान !
“तिम्री आमासँग सल्लाह गरेर पछि खबर गरौंला नि, हुन्न ?” त्यही कारणले गर्दा त्यतिबेला मैले कुनै निर्णय दिएको थिइन ।
“के सल्लाह गर्नु प¥यो र, अब अफिसको भन्झट पनि छैन क्यारे । त्यताबाट फुर्सद पाइहाल्नुभयो, अब पनि नडुलेर कहिले डुल्ने ! त्यसैले यसपालि यतै आउनुपर्छ, दशैं यतै मनाउने यो वर्ष ! अब अवकाशको जीवन कहिले यता, कहिले क्यानाडा गरेर बिताउनुपर्छ...। सबै मिलाउने हामी छँदैछौं ।” ऊ अलि जिद्दी नै गर्दैथियो । तर पनि कुनै निर्णय नदिएर ‘पछि फोन गरौंला’ भन्दै त्यतिबेला कुरा टुङ्ग्याएको थिएँ । त्यसपछि आमा छोराका बीच के कुरा भयो, मैले त्यतिबेला खासै ध्यान पनि दिएको थिइन ।
तर त्यसपछि लक्ष्मीको गनगन सुरु हुन थालिहाल्यो, “यति गरेर छोरा बुहारीले बोलाएपछि पनि नगएर हुन्छ, जानु पर्छ । बरु भोलि नै फोन गरिहाल्नोस् । दशैंको टीका सकिएपछि पुगेर के काम, दशमीको दुई–चार दिन अगाडि नै पुग्ने गरी जानुपर्छ !”
आलोक–सीताको ताकेता, र श्रीमती लक्ष्मीको छोराबुहारी र नातिनी भेटे्ने तीब्र इच्छाको अगाडि आफ्नो अनिच्छाको आत्मसमर्पण गरिदिएको थिएँ मैले । अनि तीन हप्ताको भ्रमण योजना बनाएर कागजपत्र पठाउने मेरो स्वीकृति पाउनासाथ ऊ जुटेको थियो हाम्रो प्रवेषज्ञाका लागि चाहिने निमन्त्राण–पत्र, ग्यारेन्टी–पत्र, उसले काम गरेको, घरभाडाको, आयकर तिरेको, काम गरेको कर तिरेको, बैँक व्यालेन्सको, प्रमाणपत्रहरूका सक्कल प्रति र उसको नागरिकता र पासफोर्टको प्रतिलिपि जुटाउन । केही दिनमैं २५ सेप्टेम्बर, २०११ देखि १७ अक्टोबर सम्म (असोज ७–३० गते) को तीनहप्ते भ्रमण योजनाको निम्तोसहति उताबाट पठाएको कागजात हात परेपछि प्रवेषाज्ञाको निवेदन फाराम नबुझाई सुख्खै पाइन मैले । त्यसको तेस्रो दिनमैं तीन महिनाको जापान भ्रमण सम्बन्धी अनुमति पत्र (प्रवेषाज्ञा) हात परिहाल्यो । टिकट र सटहीका मेरा पूर्व विद्याथी, अति हितैषी साधुरामले गरिदिए । सबै कुरा मिल्दै गयो । अनि दुबैतिरबाट पूर्व भ्रमण योजनाभन्दा एक–एक दिन अगाडि नै जाने–आउने टिकट लिएर पन्छाउनै नसक्ने गरी टुङ्गो लागेको थियो यो मेरो जापान भ्रमणको योजना ।
त, त्यसरी पहिलोपटक विदेशी भूमिमा दशैंको टीका लगाउने योजना बनेको थियो मेरो । त्यही योजना अनुसार नै हामी टोकियोको अन्तर्राष्ट्रिय विमानस्थल नारीता आइपुगेका थियौं ।
असोज ७ गतेको दिन तयारी र विदाइका लागि भेट्न आउनेहरूसँगै वितिहाल्यो । अक्टोबर १८ अर्थात् कार्तिक १ गते राति त्रिभुवन विमानस्थल ओर्लने गरी मिलाएको निश्चत टिकट र तीन महिने प्रवेषाज्ञा लागेको राहदानी बोकेर साँझ घर छाडेका थियौं । ड्र्यागन एयरको हङकङ जाने १०.३० बजेको उडान समात्नु थियो हामीलाई । दुईजनाको सामान ४० किलो हुनु पर्ने, भएछ ५२ । पछि भैगो भनेर छाडिदिएपछि ढुक्क भएको थिएँ । नत्र के छाड्ने, के नछाड्ने । टोकियोमा एकैपल्ट सामान लिने गरी पठाएर हङकङ र हङकङबाट टोकियोको लागि दुईवटै बोर्डिङ पास लिएपछि अब प्रतीक्षा बाहेक गर्नु बाहेक के पो थियो र ।
त्रिभुवन विमानस्थलबाट हामीलाई लिएर ड्र्यागन एयरका विमान साढे दस बजेतिर उड्यो । केए १०३ नम्बरको यो उडानबाट हामीले पार गर्नु पर्ने काठमाडौंदेखिको दूरी थियो २९३५ किलोमिटर र लाग्ने समय सबा चार घन्टा । राति निष्पट्ट अँधेरोमा देख्नु केही थिएन विमानको झ्यालबाहिर । आक्लझुक्कल तल...कुनै सहर–बस्तीमा देखिने जुनकीरीझैं विजुली बत्तीको मधुरो उज्यालो बाहेक । केही देखिँदैनथ्यो । त्यसैले रात अखबार पढेर र केही बेर निदाएरै कटाइयो । हङकङ विमानस्थलमा ओर्लँदा विहानको ५.२५ बजेको थियो, त्यहाँको समय अनुसार । नेपालमा दिनको तीन बज्योहोला, मैले मनमनै हिसाव लाएको थिएँ । बाहिर त्यति गर्मी थिएन, न त त्यति जाडो नै । तापक्रम ठीक्कको थियो– २८ डिग्री सेल्सियस ।
अर्को विमान समात्न बिनासित्ती हङकङ विमानस्थलमा पाँच घन्टा बिताउनु परेको थियो । टर्मिनल भवनभन्दा बाहिर निस्कने कुरै भएन । त्यसको लागि प्रवेषाज्ञा चाहिन्थ्यो, जुन हामीसँग थिएन । हामी ट्रान्जिटका यात्रु मात्रै थियौं । त्यसैले त्यहाँबाट हामीलाई जापान पु¥याउने क्याथे प्यासिफिकको विमान उड्ने समय नहुन्जेल यही टनर्मिंनल भवनका पाहुना थियौं पाँच घन्टा जतिका लागि । ड्र्यागन एयरका कर्मचारीहरूले जापान उड्ने विमान चढ्न पुग्नु पर्ने एक नम्बरको टर्मिनलमा पु¥याएर छाडेकाले हामीलाई केही सजिलो भएको थियो । नत्र आगमनबाट प्रस्थान टर्मिनल भवन खोज्नै यति सजिलो हुँदैनथ्यो । तर पनि काठमाडौंमा दिइएको बोर्डिङ पासमा नारीता जाने क्याथे प्यासिफिकको विमान चढ्ने प्लेटफर्मको ढोका नम्बर उल्लेख नभएकोले त्यो खोज्नु त्यसपछिको पहिलो काम थियो मेरो । त्यसपछि बल्ल ढुक्क भएर विमानको प्रवेशद्वार नजिकै विश्राम कक्षमा आरामसँग बस्न सकिन्थ्यो ।
यही सोचेर नारीता जाने विमान प्रवेशको ढोका अर्थात् गेट नम्बरको खोजीमा लागेको थिएँ म । त्यहीँ नयाँ साथीका रूपमा एउटा परिवार भेटियो । विदामा नेपाल पुगेर जापान फर्कन लागेका गुल्मीका ती गिरिबन्धुका साथमा उनकी पत्नी र साना दुई छोराछोरी थिए । सबै नै फरासिला, मिलनसार । उनका चारै दाजुभाइ र दिदीबहिनी जापानकै विभिन्न सहरमा बस्दारहेछन् । उनको चाहिँ होकाइडोमा ट्रान्पोर्टको डिलरसिप छ रे । मान्छे सहयोगी र मनकारी पनि लागे । नारीता नै जाने भए पनि उनको उडान हाम्रोभन्दा एक घन्टा अगाडि थियो । जे होस् समय विताउन सजिलो भयो, गिरिबन्धु, उनकी श्रीमती र साना बाबुुनानीसँग कुराकानी गर्दै, रमाउँदै । उनी उडेपछिको एक घन्टा बिताउन खासै गाह्रो थिएन । यसोउसो गर्दैंमा वितिहाल्यो त्यो एकघन्टा ।
मलाई बिना काम पर्खेर बस्नु जस्तो पट्यारिलो अरु केही लाग्दैन । तर के गर्नु हाम्रो विडम्बना नै जति समय उड्नका लागि लाग्छ, त्योभन्दा बढी समय विमान बदल्न विमानस्थलमा पर्खनमा बिताउनुपर्छ । यो विडम्बनाबाट म नेपालीले कहिले मुक्ति पाउने हो, केही भन्न सकिँदैन । मेरो राष्ट्रिय ध्वजावाहक विमानहरू पनि विश्वका सबै ठूला विमानस्थलमा पुग्दा हुन् मैले यो समस्या सायद भोग्नु पर्दैनथ्यो । आफ्नै राष्ट्रियध्वजा वाहक विमानको उडान नभएकोले सिधा र एउटै विमानद्वारा संसारभर आफूले चाहेको ठाउँमा सोझै पुग्ने सुविधाबाट वञ्चिात छु म आजसम्म । लोकतन्त्रपछिको नेपालले पनि यसको संभावना देखाउन सकेको छैन अझै । यही नहुनुको पीडा बोकेर यति लामे समय बिताउनुको विडम्बना नभोगी सुख थिएन म नेपालीलाई । यो मेरै व्यवस्थापकीय असक्षमताको प्रतिफल नै त थियो । र थियो, हर कुरामा देखिने राजनीतिक हस्तक्षेपको क्यान्सर र भ्रष्टाचारको दानवीपञ्जा ! यी सबै कारणले गर्दा त थाइ एयरलाइनले पनि मेरो रोयल नेपाल एयरलायन (हालको नेपाल एयरलायन) सँग एकैदिन उडान थालेको थियो भन्दा पत्यारै लाग्दैन । थाइ विमाल सेवा आज विश्वव्यापी उडान सञ्जाल खडा गर्न सफल छ, हाम्रो नेपाल एयरलाइन भने झन् झन समाप्तिको अन्तिम खुड्किलो झर्दैछ ।
हङकङ विमानस्थलमा बिताउनु परेको पाँच घन्टाको त्यो समयमा यस्तै तर्कना चलेका थिए मेरो मनमा । अनि त्यतिबेला आफूले गोरखापत्र संस्थानमा कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्ने क्रममा लगभग बाईस महिनामा देखेको, बुझेको भ्रष्टाचारको जगजगी र त्यससँगको संघर्ष सम्झन पुगेको थिएँ त्यतिबेला म । त्यसको सञ्जालले फैलाउन खोज्ने अष्टपादीय अङ्कुसेहरू कति डरलाग्दा, कति शक्तिसाली ! कति पर परसम्म तिनको पकड, सत्ताको भित्री तहसम्मै । तीस वर्षको पत्रकारिता जीवनमा नदेखेको र नबुझेको भ्रष्ट्राचारको जालो देख्ने र बुझ्ने अवसर मिलेको थियो मलाई त्यतिबेला । त्यो सञ्जालले यसरी जरा गाडेको थियो, जसलाई चाहेर पनि उखेलेर फाल्न सजिलो थिएन, मेरोजस्तो सत्ताशक्तिको दर्विलो आशीर्वाद नहुनेका लागि त झनै सम्भव थिएन । सञ्चार माध्यमका विशेष वर्ग र माध्यमहरूमा राम्रो पकड रहेका तिनैले बरु आफैंलाई वद्मास सिद्ध गरिदेलान् भन्ने डर । थोरै भए पनि यस सत्यसँग परिचित हुन पाएको त्यतिबेला । त्यस सत्यबोधले मेरा उत्साह र जोस जाँगर गल्दै गएका थिए । त्यो वातावर।रण र परिवेशमा आफू त्यस सञ्जालभित्र पर्नुबाट जोगिनु पनि ठूलै उपलिब्धि थियो । छाडिदिउँ, यो अलग सन्दर्भको कुरा । पछि कुनै बेला विस्तृतमैं लेखौंला । धेरै छन्, तीस वर्षको पत्रकारिता र प्रशासकीय जीवनमा देखिएका रोचक तर नेपाली समाजका अप्रिय सन्दर्भहरू । जे होस यिनै विगतका सम्झनाहरूले सघाएर त्यति कठिन लागेन समय बिताउन ।
साढे नौ बजेतिर क्याथे प्यासिफिकको उडान नम्बर ऋह्द्धछण् प्लेनभित्र पसिएको, बल्ल हामीलाई बोकेर १० बजे विमानले हङ्कङ छाड्यो । आधा घन्टा जति यात्रु बसाल्ने व्यवस्थामैंं सकिइहाल्यो । त्यसमाथि सोझै जापान नगएर ताइपेई जाँदैथियो । त्यहाँका यात्रु ओलार्ने र त्यहाँबाट टोकियो जानेलाई लिन डेढ डेढ घन्टा जति लाग्छ रे ! दिइएको जानकारीले यसै भन्थ्यो । ताइपेई ओर्लेर केही बेर घुम्न पाएको भए त उपलब्धि नै हुन्थ्यो, त्यो पनि सम्भव थिएन । त्यसैले हामीसँग विमान भित्रैबाट झ्यालबाहिरको ताइपेइ नियाल्नुको विकल्प थिएन । हङकङबाट ८०७ किलोमिटरको दूरी पार गरेर पुगिएको ताइपेइलाई भित्रबाट देखिने बाहिरको सीमित झल्को हेरेरै चित्त बुझायौं । बाहिर निस्कन पाइँदैनथ्यो । सवा घन्टाभन्दा बढी लाएर पूरा गरेको थियो विमानले त्यो दूरी ।
हो, त्यो सवा घन्टाभन्दा केही बढी नै समयको उडान समय बिताउन भने खासै कठिन परेन । विहानको उज्योमा विमानको सानो झ्यालबाट देखिने सुन्दर दृश्यचित्र प्रकृतिले कोरेको सुन्दर चित्रजस्तै देखिन्थ्यो । विशाल चित्रफलकमा कोरिएको एउटा कुशल कलाकारको मन लोभ्याउने सुन्दर ल्यान्डस्केपजस्तै । त्यही दृश्य हेरेर समय बितेको चालै पाइएन । आकाश आफैंमा उएटा विशाल चित्रफलक झैं देखिन्थ्यो– कतै खुला, कतै कपासझैं सेतो कोमल र अझ कतै सघन कोइलाजस्तै बादलको अनौठो संसार ! त्यही प्रकृतिको कौतुक हेर्दै तिनै काला–सेता बादलभन्दा कहिले मुनि र कहिले माथिमाथि आकाशमा उड्दै गयौं हामी ! बाल्यावस्थामा पढेका दन्त्यकथामा वायुपङ्खी घोडामाथिका मधुकर र मालतीजस्तै ! कहिलेकाहीँ देखिन्थ्यो तल...तल...धेरै तल समुद्रको विशाल जलराशि, अनि त्यही जलराशिको उत्ताल छात्तीमा बगिरहेका प्रशान्त महासागर र दक्षिणी तथा पूर्वी चिनिया सागर । अझ देखिन्थे तिनका छात्ती चिर्दै जलयात्रा गरिरहेका साना ठूला जहाज, डुङ्गा र तिनकै गतिसँग बन्दै बिग्रँदै गरिरहेका नीलो गहिरो पानीमाथि सेतासेता, लामालामा पानीका छालहरू ! त्यही जलराशिको बीच थपक्क बसेको देखिने साना ठूला टापुहरू, र जमिनका विशाल भूभाग ! बीच बीचमा थोप्लाथाप्ली झैं देखिने ती साना ठूला टापूहरू ताइवान, हङकङ र जापानरूपी लामा तेर्सा भूगोलका धर्साहरूमा विभक्त मुलुकहरू ! तिनैमध्ये सबैलाई बाउन्ने बनाएर आफ्नो भौतिक विशालताको गर्वबोध गरिरहेको देखिन्थ्यो चिनको विशाल भूभाग ! अनि कतै ती सबैलाइै गम्लङ्गै छोपेर हामी मुनि फैलिएका कोमल भुवाजस्तै सेता सेता बादलका विस्तृत संसार । र, अझ कतै गर्भभरि पानी लुकाएर घुमिरहेका त्यस्तै घना काला बादलको कृष्णसागर झैं डरलाग्दो साम्राज्य ! विशाल विमानको गर्भगृहमा बसेर अनन्त अकाश यात्राको यो रोमान्चक अनुभव दुर्लभ थियो । साँच्चि नै मलाई हर विमान यात्रामा दन्त्यकथाका पात्र झैं लाग्ने बन्दै बिग्रँदै गर्ने काला–सेता बादलका आकृतिहरू हेर्न असाध्यै मन पराउँछु म । घरकै कौसीमा पनि कहिले काहीँ समय पाएमा घन्टौं नीलो आकाश र त्यसमा बन्दै बिग्रँदै गरेका वादलका रोमाञ्चक आकृतिहरू हेरेर बिताइदिन्छु म । एकले अर्कालाई पछ्याइरहेझैं तिनको उडान अनि एकमा अर्कोको सम्मिलनका दृश्यहरू, हेरिरहूँजस्तो । स्वैरकल्पनाको अद्भूत संसार, बादलमाथिबाट देखिने चित्रविचित्रको एउटा सुन्दर कल्पनाजगत !
ताइवानको राजधानी ताइपेई नगरमैं नपुगे पनि टोकियो विमानस्थल टेक्ने अवसर त पाइयो ! हुन पनि एउटा संयोगै थियो, हङकङबाट उडुन्जेलसम्म पनि सुबासङ्केत नपाएको ताइपेइ उडानको त्यो फोसा अर्थात् बोनस यात्रा ! टापुको उत्तरी टुप्पोमा बसेको प्रशान्त महासागरको बन्दरगाह नगर ताइपेई केलुङभन्दा २५ किलोमिटर यतै तामासु नदीको किनारामा गजधम्म बससिरहेको थियो । १८ औं शताब्दीमा स्थापना गरिएको भनिने ताइपेइ ताइवानको रानीतिक, आर्थिक र सांस्कृतिक केन्द्र नै मानिन्थ्यो सायद् । चिनको प्रान्तीय राजधानी थियो रे सन् १८८६ तिर यो । चिन र जापानबीचको पहिलो युद्धमा यो जापानको अधीनमा पुगेको थियो । दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पण पछि मात्रै फिर्ता पाएको थियो गणतन्त्र चिनले सन् १९४५ मा । त्यसपछि अहिलेसम्म नै यो चिनको प्रान्तीय राजधानी रही आएको छ । हङकङ र ताइपेईको समयमा अन्तर थिएन । टोकियो र यहाँको समय भने एक घन्टाको फरक थियो ।
ताइपेई विमानस्थलमा विमानभित्रै सवा घन्टाभन्दा बढी बिताएर बल्ल पौने १ बजे हाम्रो विमानले त्यहाँको जमिन छाडेको थियो । ताइपेईबाट २१८३ किलोमिटर परको टोकियोतर्फ लक्षित थियो अबको हाम्रो अकासे यात्रा । सिट अगाडिको भिडियो डिस्प्ले स्क्रिन यो अबको उडानमा २ घन्टा ४१ मिनेट लाग्ने जानकारी दिइरहेको थियो । तल प्रशान्त महासागर र चिनिया सागरको अतल जलसागर फैलिएको देखिन्थ्यो आँखाले भ्याउनेसम्मको दिशामा । सागरका बीच बीचमा देखिने साना ठूला टापुुहरू ताइवान, हङकङ, जापान द्वीप समूह फेरि देखिँदै थिए ! टोकियोको समय अनुसार पौने पाँच बजेतिर टेकेका थियौं हामीले नारीता विमानस्थल । निस्कन कुनै समस्या परेको थिएन, आफ्नै बुजु्रक्याइँले गर्दा भने केही बिलम्ब भयो फेरि । भन्सारमा देखाउनु पर्ने सामान केही छैन, किन फर्म भर्नु प¥यो भन्ने सोचेर म कन्सार डिक्लरेसन फाराम नभरीकनै बसेको थिएँ । तर किन पो छाड्थ्यो र जापानी भन्सार अधिकृतले । फारमा भरेर आउन भनी फर्काइ दियो । फाराम भरेर आएपछि फेरि लामै लाइनमा परियो ।
मेरो अगाडि एकजना नाजेरियालीजस्तै अश्वेत यात्रु थियो । भन्सार अधिकृतले त्यस अश्वेत यात्रुको सुटकेसका सबै सामान छ्यालब्याल तुल्याइदिँदा डराएँ म, हाम्रो सामान पनि यसरी नै छ्यालब्याल पारिदियो भने ? तहलाउनै मुस्किल । कोचकाच गरेर बलतलले अटाइएको छ ! कति असजिलो होला, असरल्ल सामान तहलगाएर मिलाउन । तर त्यस्तो केही भएन । फाराम हेरेर सुटकेसमा चिनो लगाइदियो त्यो अधिकृतले । मैले मुक्तिको लामो सास फेरेँ, सुटकेस खोल्न नपरेकोमा ।
अनि भन्सार बाहिर आइपुग्नासाथ निस्कनासाथ झ्वाम्मै छोप्न आइपुगेकी थिइ नातिनी आयुषा– “ऊ....बुबा....” भन्दै । नातिनीको त्यो हाम्रो स्वागतमा निस्किएको आत्मीय सम्बोधन मेरो जापान यात्राको यो पहिलो पाइलोमा बाटोको पट्यारलाग्दो थकान मेटाउन पर्याप्त थियो ।
२०६८ पुस ९ गते
विकल प्रतिष्ठान, आरुबारी