Showing posts with label नियात्रा. Show all posts
Showing posts with label नियात्रा. Show all posts

Sunday, May 20, 2018

मृत्युस्पर्श र टिकट बिनाको रोमाञ्चक यात्रा !

शीर्षक  देखेर तपाईँलाई अनौठो लाग्ला । विना टिकट बस यात्रा त गरिंदैन भने बिना टिकट त्यो पनि हवाइ यात्राको कुरा । पत्याउन त्यति सजिलो पनि नलाग्ला । मलाई भने त्यो संझेर अझै पनि रोमाञ्च हुन्छ । कल्पना जस्तै लाग्ने यो कुुरा जोमसोम विमानस्थलमा भोगेका थियौं तेज र मैले । २०५८ कार्तिकको समय थियो त्यो । तेज र म श्रीमान श्रीमती नै मुक्तिनाथ यात्रामा थियौं । पोखरासम्म बस र त्यहाँदेखि विमानमा जोमसोम आएका हाम्रो योजना घोडेपानी हूँदै नयाँ बाटो भएर फर्कने थियो । त्यसैले हवाइजहाजको एकोहारो टिकट लिएर गएका थियौं ।
तर यात्रा निश्चित हुदैन, जीवनयात्रा सोचेझैं सरल रेखामा चल्दैन । हामीलाई पनि त्यस्तै भयो । कागवेनीबाट ठाडै ढुंगे बाटो, उडाउला झैं तेज हावाको झोक्का सहँदै टाङटुङ टिङटाङको समवेत सङ्गीतधून बजाउँदै तल झर्दै गरेका खच्चरका लामसँग बच्दैबच्दै उकालो लाग्दै थियौं हामी । तेज र प्रतिभारश्मि भाउजू हामीभन्दा तगडा देखिन्थे, ठम ठमहिँडेर केही अगि लाग्दै थिए उनीहरू । म श्रीमती लक्ष्मीलाई साथ दिँदै पञ्चमीको पाइला सार्दै थिएँ । लक्ष्मीको गहँ्रुङ्गो झोला प्रतिभा भाउजुृले बोकेर सघाउनुृ भए पनि उनलाई हिँड्न गाह्रो अनुभव हुँदै थियो । टिङ्ग्रे गाउँ नाघेपछि त उनलाई लेक लागिहाल्यो । भखैरै मुटुसम्बन्धी समस्याबाट मुक्त भएकीले चिकित्सकको  बिस्तारै हिँड्नु, जाँदा हुन्छ भन्ने सल्लाह पाएर मात्रै मुक्तिनाथ यात्राको आँट गरेका थियौं ।
तेज र भाउजु अगाडि गइसके । साँझ पर्नै लागेकोले होला बाटो लभग जनशून्य छ । पारिपाटि पहेँलै देखिने माटो र चट्टानी भिर–पहिरो मात्रै देखिन्छ । भिरका भित्तामा चमेरा, काग र गिद्धका गुँडयुक्त खोपैखोपा ! कतैकतै साना थुम्का बाहेक हरियाली कतै देखिँदैनथ्यो ।
लक्ष्मी हिँड्न नसकेर बाटोछेउमैं थचक्कै बसिहालिन । त्यो उचाइलाग्ने समस्याबाट मुक्तिपाउन अदुवा र टिम्बुर पनि चपाइन, स्वास लिन केही सजिलो भयो । त्यसपछि फेरि अर्को सकस्याले समात्यो– पिँडुला फर्केर हिँड्नै नसक्ने भयो उनलाई । धेरै अग्लो पनि होइन, ३ हजार २ सय मिटर मात्र थियो यो ठिङ्गे वा  खिङ्ग्रीको उँचाइ ! अझै ५०२ मिटरमाथि चढ्नुछ मुक्तिनाथको मन्दिर भेट्न । नअगाडि जानुृ, न जोमसोम फर्कनु ! 
अँध्यारोको बर्कोले धरतीलाई आफ्नो कालो छायाँभित्र बिस्तारै लुकाउँदै थियो । झारकोट  नपुगी बस्ती कतै देखिँदैन । मनमा अत्यासकोपहिरो जााँदैछ । लक्ष्मीलाई भर दिँदै घिस्रिएरै भए पनि झारकोट पुग्नुको विकल्प छैन । केही माथि घिस्रिँदै पुगेपछि त लगभग बेहोसै भएर लडिन् लक्ष्मी । मुटुको बिरामी । मन आत्तियो, कतै अर्धांङिगीनीसँगको विछोडको पीडा बोकेर त फर्कनु पर्ने होइन घर । स्निफर सुँघाउँदै बु्रफिन ख्वाएर हात गोडामा हलुका मसाज गरेपछि बिस्तारै होसमा आइन उनी । उनको त्यो अवस्थासँगै आँखा रसाए खुशीले र उनले होइन, आफू स्वयम्ले पुनर्जीवन पाएजस्तो अनुभव गरेँ मैले । ओफ....मान्छे कसरी एकै क्षणमा एक युगको भन्दा बढी पीडा अनुभव गर्न पुग्दोरहेछ ! कसरी निमेषभरमा पीडाको अग्निसागर छिचोल्न पुग्दो रहेछ । त्यही एकक्षणले मलाई राम्ररी महसुस गराएको थियो ।
“ल न, विरामी परेर विचल्लीमा परियो । माथि होटेलसम्म लगिदिनोस् न !”
एकजना स्थानीय मान्छे एउटा रित्तो घोडा डोहो¥याउँदै आएको देखेर जागेको आशा पनि “घोडामा काठी छैन, काठी नभएको घोडा तिमीहरू चढ्नसक्दैन ।” भन्दै उसले बाटो तताएपछि निराशामा बदलिएको थियो । हुनपनि घोडामा काठी थिएन । त्यसैले काठी नभएको घोडामा उकालो चढ्नु सजिलो थिएन । त्यसमाथि जिउ नै थाम्न नसक्ने बिरामी मान्छे ! तर पनि उसले अरु केही सहयोग गर्न सकिन्छ कि भन्नेसम्म नसोधी टाप कसेको देख्दा भने मनमा नमीठो प्रश्न उठेको थियो– के अलिकति पनि मानवता बाँकी छैन मान्छेमा ? 
मेरो प्राथमिक उपचारले केही काम गरेछ । लक्ष्मी केही तङ्ग्रेर बिस्तारै उठेर हिँड्ने कोशिस गर्न थालिन । अर्को उपाय पनि थिएन । पञ्चमीको पाइला चाल्दै केही माथि पुग्दा तेज झारकोट पुगेर एउटा होटेलमा बासको व्यवस्था मिलाइवरि हामीलाई नै खोज्दै आएपुग्यो । । अनि अरु ढुक्क लाग्यो कमसेकम बासको त व्यवस्था भयो । बास पनि नपाइएको भए ? एकातिर तेजले, अर्कातिर मैले भरदिएर बल्लतल्ल लक्ष्मीलाई प्रकाश लजसम्म पु¥यायौं ।
होटेल पुगेर तातोपानीको सेकाइ, कोठाभित्रको तातो वातावरण र तातो चियाको गर्माहटको असर अनि औषधिका रूपमा मार्फाको थोरै सेवन गरेर लक्ष्मी विछ्यौनामा आरामगर्न सुतेपछि बल्ल होटेलको वातावरणमा भिज्न हामी तल ओर्लियौं ।
प्रकाश लजका मालिक थिए छेवाङ आङमा गुरुङ । मिज्यासिला र सहयोगी । श्रीमती अमेरिका पुगेको बेला कुक तालिम लिएर आएपछि खोलेका रहेछन् यो प्रकाश लज । उनीपनि फरासिली थिइन । जेठो छोरा त्यहीँ थियो, पोखरामा आठ कक्षा पढ्दै रहेछ । अहिले विदामा आमाबाबुलाई सघाउन भनी घर आएको । छोरी काठमाडौतिर बौद्धमा छात्रवृत्ति पाएर त्यहीँको गुम्बामा बसेर शिक्षा लिँदै छन् रे । अर्थात आनी बन्ने तर्खरमा लगाएका थिए उनलाई । होटेलको त्यो वातावरण सफासुघ्घर । खाना मीठो र स्वादिलो । चारकोठाको होटेलमा दुईवटा हामीले कब्जा ग¥यौं, अर्को एउटामा स्विस केटाकेटीको जोडी र अर्कोमा दुईजना झुमा केटी अर्थात् आनी ! त्यतातिर गुरुङ र शेर्पा जातिमा माहिली छोरीलाई सानैमा गुम्वा पठाएर आनी बनाउने पुरानै चलन थियो । तिनै आनी कतै मन्दिरमा झुमा बनेर र कतै गुम्बामा आनी बनेर देवपुत्रीका नाउँमा गुृरू र विद्यार्थीहरूको सेवा गरेर जिन्दगी बिताउँछन् । तिनका यौवनका उन्मादहरू सबै सपनामा स्खलित हुन्छन् तिनै गुम्वा र देवमन्दिरमा ।
होटेलमा खान र खुट्टा डुबाएर थकाई मार्न पर्याप्त तातोपानी उपलब्ध थियो । तल लबीमा एउटा ठूलो टेबलमुनि भर्भर आगो बलिरहेका परम्परागत अँगेनो थियो । त्यसको वरिपरि घुँडासम्म कम्बलले छोपेर आरामपूर्वक जिउ तताउन बस्ने आसन थिए । जापानी परम्परागत होटेलमा देखेको थिएँ यस्तै अँगेनो, हामी कहाँ  यहीँ देखियो ।
विहान उठ्दा लक्ष्मी लगभग तयार भैसकेकी थिइन् माथि मन्दिर उक्लन । पूरै त के ठीक हुन्थ्यो, यहाँसम्म आएर पनि मन्दिर पुग्न नपाइएला भन्ने त्रासले गर्दा सायद आत्मबल बलियो बनाएकी थिइन उनले !
सिंगो झारकोट र मुक्तिनाथ क्षेत्र पूरै हिउँको चिसो सिरेटो र ओसिलो वातारणमा निथ्रुक्क भिजेको थियो । रानीपौवाको सुन्दर प्रकृति र अलि विकसित खालको पूरै ब्युँझिनसकेको बजारबस्ती नाघेर हिन्दु र बौद्ध दुवै सम्प्रदायकाले उत्तिकै श्रद्धा गर्ने धार्मिक सहिष्णुताको प्रतीक मानिँदै आएको मुक्तिनाथ पुग्दा पनि घटेको थिएन उनको आत्मबल । अर्धवृत्ताकार रूपमा रहेका १०८ धारा मुक्तिनाथ, नरसिंह अवतार, ज्वालामाई, शिवमन्दिर, पातालगङ्गा आदिलाई पृष्ठभागमा राखेर हिउँ झैं चिसोपानी ओकलिरहेका थिए । आँटिला धर्मभिरु तीर्थयात्रीहरू त्यो चिसो हिमजलमा थुर्थुराउँदै स्नान गरिरहेका दृश्य साँच्चिकै आँटिलो दृश्य लाग्थ्यो । नसक्ने हामी हातले एकदुई धाराको पानी थापेर शिरमाथि सेचन गर्दै स्नान गरेको बहाना गथ्र्यौं ।       
जे होस्, बिस्तारै मन्दिर पुगेर दर्शनगरी होटल फर्कन देखाएको लक्ष्मीको आत्मबल प्रशंसनीय थियो तर यो भिरालो बाटो हिँडेर जोमसोम पुग्नु लक्ष्मीका लागि अब सम्भव थिएन । त्यसैले अघिल्लै दिन घोडाको व्यवस्था गर्न भनेकोले एउटी पाारसिली किशोरी कासाङ तम्तयार रहिछे होटेल पुग्दा । खानपिन गरेर बिदा भयौ ंमुक्तिनाथको त्यो मनोरम काखबाट ।
किशोर वयमैं पढलेख छाडेर बूढा बाबुआमा र ससाना भाइबहिनी स्याहार्दै बसेकी त्यो किशोरी परिवारमा एक्ली कमाउ सन्तान थिई । गुरुङ बाबु र क्षेत्री आमाकी सुन्दर छोरी कासाङ वर्षभरि मुस्ताङमा दुःखजिलो गर्थी र हिउँद लागेपछि समूहमा भारत पसेर जरीबूटी आदिको व्यापार गर्थी परिवार पाल्न । लक्ष्मीलाई उसको जिम्मा लाएर चिन्तारहित थियौं हामी, जोमसोमको प्रत्यागमन यात्रामा । उसैले खोजेर जिम्मा लाएकी मुक्तिनाथ लजमा पुगेर सरसामान बिसाएका थियौं । 
अब अर्को समस्या आइलाग्यो मेरोलागि । जोमसोमसम्म घोडामा आइपुगे पनि लक्ष्मीका लागि पहिले सोचेजस्तै घोडेपानी भएर हिँड्दै जाने कुरा सम्भव थिएन । अब केगर्ने ? तेज र म दुवैको मुक्तिनाथ यात्राको उद्देश्य तिर्थाटन मात्र थिएन । त्योभन्दा बेसी नयाँ ठाउँको यात्राबाट अनुभव बटुल्नु र पछि सकेको नियात्रात्मक संस्मरण लेख्नु थियो । यसको लागि प्लेन र बसको यात्रा त्यति सघन हुन सक्दैनथ्यो ।
त्यसैले मेरो कारण तेज पनि यो अवसरबाट वञ्चित नहोस भनेर भनेको थिएँ– हामी प्लेनको टिकट पाएपछि पोखरा हुँदै काठमाडौं फर्कन्छौं, तिमी जाऊ न त पहिलेकै यो्जना अनुसार !
हामीलाई छाडेर फर्कन के मान्थ्यो तेजको मनले ? यस्तो यात्रामा तेज मित्र मात्र होइन, सधैं एउटा परिपक्व र जिम्मेवार अभिभावकका रूपमा समेत प्रस्तुत हुनेगर्छ ! अनि सुरु भएथ्यो हाम्रो पोखरासम्म पुग्न प्लेनको चारवटा टिकट खोज्ने महायुद्ध !
त्यतिबेला आर.एन.एसी. र साङ्ग्रिलाको उडान मात्रै थियो जोमसोममा । दिनको एक एक उडान हुन्थे । दश एघार बजेपछि कडा हावा लाग्ने भएकोले त्यसभन्दा पछि विमान अवतरण सम्भवै थिएन । त्यसैले टिकट पाउनै मुस्किल । जतिबेला गए पनि “बुक भैसक्यो, भोलि आउनोस्, हुन्छ कि हेरौंला ।” भन्दै फिर्ता पठाउँछन् । भित्रभित्रै मुर्मुरिएर फर्कनु बाहेक के पो गर्न सकिन्थ्यो र ? मजबुरीका नाम महात्मा गान्धी ! छैन भनेको टिकट ब्ल्याक मार्केटमा सजिलै पाइने कुराको हामीले भेउ नै पाएनौं ।
त्यो टिकट खोजको कोलम्बस अभियान बल्ल बल्ल टुङ्गियो । बिचल्ली परेका हामी यात्री १८ जना पुगिसकेका रहेछौं । त्यसपछि बल्ल हामीमाथि दया पलाएर हो वा विशेष उडानको दुईगुना मूल्यबाट हातलागी हुने थप कमिसनको आकर्षणले हो, आर.एन.एसी.का कर्मचारीहरूले बल्तल्ल एउटा विशेष अर्थात् चार्टर्ड उडानको व्यवस्था गरिदिए । त्यसपछि पछि बल्ल ढुक्क हुन पाएका थियौं !
मुक्तिनाथबाट फर्केको तेस्रो दिन बल्ल फर्किने तय भयो त्यो विशेष उडानबाट । पैसा बुझाइयो, टिकटको कुरै छैन । भोलिपल्ट विमान आयो, कर्मचारीले लाम लगाएर भित्र पसाए– अझै पनि टिकटको कुरै छैन !
कत्ति गर्दा पनि हात परेन टिकट र बिना टिकट सम्पन्न भयो जोमसोम–पोखराको अविश्मरणीय हवाइयात्रा !
धन्न केही भएन ! कुनै दुर्घटना हुन पुगेको भए बेवारिसे मृत्यु मर्ने रहेछौं हामी । न नाम, न परिचय । विमा रकम पाउने त कुरै भएन !
विजय निवास, आरुबारी ।

Monday, February 15, 2016

श्रीभावर लेकमा मृत्युस्पर्श ! –विजय चालिसे

(मधुपर्क–५६१, वर्ष ४८ अङ्क १० मा फागुन २०७२ मा प्रकाशित) २०३६ माघ २८ गते, साँच्चिनै त्यो दिन मृत्युको संत्रासले नजिकैबाट छोइएको थिएँ म । धेरै पुरानो त्यो सम्झना मनको क्यानभासमा तैरिएको छ आजसम्म । यतिपुरानो यात्राको सम्झना यात्रासंस्मरण हुन्छ, हुँदैन मलाई थाहा छैन तर धेरै वर्षपछि पल्टिएका यी विगत पन्नामा लाग्छ, मेरा यात्राका गतिशीलता छन् र छन् भ्रमणआर्जित अनुभूतिका स्पन्दन पनि छ ! अघिल्लो वर्ष त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय विकास सेवामा डोटीबाट फर्केपछि लगत्तै जुटेको सुदूरपश्चिमका तीन जिल्लाको भ्रमणमा थिएँ म यतिबेला । सन्दर्भ थियो प्रवेशिका परीक्षाको प्रश्नपत्र तीनजिल्लाका सम्बन्धित जिल्ला शिक्षा कर्यालयमा सुरक्षित पु¥याइदिनु । शुरुमा त द्विाविधा थियो । काम अलि जोखिमको । तर डोटी, बझाङ र बैतडी गइसकेको भएपनि दार्चुला नितान्त नौलो थियो । त्यसमाथि पनि दार्चुलाको नाउँबाट केटाकेटीदेखि नै सम्मोहित थिएँ म । पिताजी म आठ वर्षको छँदै पुग्नु भएको थियो दार्चुृला १९९८ सालको कुनै समय । हजूरबा मालको डिठ्टा भएर दार्चुला बस्दा पुग्नुभएका पिताजीले त्यहीँका एकजना प्रतिष्ठित अवस्थी परिवारका खिमानन्दसँग मीतलाउनु भएको थियो । तिनै मीतबा कहिलेकाहीँ आरुबारीमा झुल्किने गर्नुुहुन्थ्यो । कहिले जेठी छोरी नारा साथ हुन्थिन, कहिले आफूमात्रै । नारा पछि सानो ठिमीमा शिक्षासम्बन्धी अध्ययनगर्दा केही दिन यहाँ पनि बसेकी थिइन । विहेपछि जोशी बनेकी नारा अहिले महेन्द्रनगरमा आफैं प्रतिष्ठित जीवन बिताइरहेकी छन् र सुदूरपश्मिकी स्थापित शिक्षिका र आशालाग्दो साहित्यिक प्रतिभाको परिचय स्थापित गर्दै अघि बढिरहेकी छन । एउटा लघुकथा सङ्ग्रहको प्रकाशन गरिसकेकी छन् उनले । त्यतिबेला म मीतबाद्वारा काखमा लिएर सुम्सुम्याउने न्यानो मायाबाट बढी छोइन्थेँ ंसायद । आकर्षणको अर्को दरिलो कारण भने उहाँ आउँदा खानपाइने दार्चुलाका स्थानीय र अरु हलुवाई पसलका थरीथरी मीठा मिठाई पापा बन्थे । तिनै आकर्षणले मीतबा आउँदा हामीमा पनि खुसीयाली आउँथ्यो । प्राय घरमैं नबस्ने पिताजीलाई कहिलेकाहीँ आउने मीतबाको जस्तो हामी केटाकेटीलाई काखमा खेलाएर माया देखाउने समय कहाँ हुनु । सके त्यही अभावको बालमनोविज्ञानले हामीलाई मीतबाको आगमन बढी आकर्षक बन्ने गथ्र्याे पनि ! सानैदेखि मनको कुनै कुनोमा रहेको यही मीतबाको दार्चुला आकर्षणका कारण जोखिमकै भएपनि यो कामको जिम्मा लिएर बझाङ हुँदै बैतडी आइपुगेको थिएँ मेरो वाल्यकालीन कल्पनाभूमि दार्चुला पुग्न ! माघ २५ गते काठमाडौंबाट ११ बजे नेपालगन्ज उत्रिएर पन्धै्र मिनेटमा अर्को विमानद्वारा मध्याह्नतिर बझाङको माटो छोएदेखि नै यात्राका एकपछि अर्को रोचक यथार्थसँग साक्षात्कार हुँदै थिएँ । विमानस्थलमैं यस्तै रमाइलो यथार्थ पर्खिरहेको थियो । त्यो यथार्थ थियो बझाङगी समाजको सम्भ्रान्त दम्भ ! विमानस्थलमा उत्रिएपछिको मेरो पहिलो काम थियो प्रश्नपत्रको गोप्य पोका जिल्ला शिक्षा कार्यालयसम्म लगिदिने भरिया खोज्ने । हातमा नाम्लो बोकेर बसेको एकजना भरियालाई अनुरोध गरेँ– “जिल्ला शिक्षा कार्यालय पु¥याउनुपर्ने, जाने हो” प्रश्नकर्तातिर राम्ररी हेर्दा पनि नहेरी जवाफ मिल्छ– “हामी जान्या होइन.....!” एकजना होइन, दुईजना होइन । जतिलाई सोध्यो एउटै जवाफ– – “हामी जान्या होइन.....!” त्यो देखेर निकै अघिदेखि मेरो समस्या नियालिरहेका एकजना मेरो नजिकै आए । काठमाडौ ंितरैका जस्तो देखिन्थे । उनले भने– तपाईँ यता नौलो देखिनुहुन्छ । यहाँको कुरा राम्ररी बुझ्नु भ’को छैन । यी ठकुरी भरिया आफूलाई खान्दानी ठकुरी ठान्छन्, पुराना शासक वर्गका सन्तान । हिङ नभएपनि हिङ्को टालो त छ नि भन्ने मानसिकताबाट ग्रसित यी ठकुरीलाई दरबारी भाषाको प्रयोग गर्नुपर्छ ।” अनि उनैले मलाई अर्को एकजना भरियाको नजिकै लगेर भने– “यी नेपालबाट आएका गोर्खाली पाहुनाकन जिल्ला शिक्षा कार्यालय पुग्नुपर्ने रे, अलिकति सामान लगिदिने हो कि बाउसाप् !” उनले प्रयोग गरेका शब्द यिनै थिए कि थिएन््, अहिले यकिन भन्न सक्दिन । तर भाव भने यस्तै थियो । दरबारिया र खान्दानी ठकुरी परिवारमा प्रयोग हुने शासकीय भाषा ! त्यति भन्नु के थियो, उनी भारी समाउन तयार भइहाले । प्रष्ट थियो, भारी बोकेरै जीवन बाँच्न वाध्य भए पनि उनीहरू आफूलाई अझै सम्भ्रान्त ठकुरी शासक ठान्छन् र खान्दानी गौरवको भ्रम बोकेर बाँच्छन् । सम्भ्रान्तताको अझै विद्यमान् त्यो भ्रामक यथार्थसँग साक्षात्कार गरेर शिक्षा शाखाको आतिथ्यमा बित्यो त्यो रात ! यहाँ बुझाउनुपर्ने कुरा हिजै जिम्मा लगाइसकेको थिएँ । अब को पहिलो गन्तव्य थियो बैतडी । त्यहाँ प्रश्नपत्रको पोका जिम्मा लगाएर त्यही जिम्मेवारी पूरागर्न पुग्नुपर्ने मेरो दोश्रो गन्तव्य दार्चुला ! त्यसैले जिल्ला प्रहरी कार्यालय र शिक्षा कार्यालयले व्यवस्था गरिदिएका प्रहरी र भरिया एकएक जना साथ लिएर भोलिपल्ट माघ २६ गते विहान ११ बजेतिर बझाङको चैनपुर छाडँ ! अहिले त्यतैका बासिन्दालाई समेत कथा लाग्ला । तर त्यतिबेला यी भूभागका यात्रा कम रोमाञ्चक थिएनन । कम कष्टकर बन्दैनथे यस्ता यात्रा । मोटर बाटोको त कल्पनै नगरा,ैं पैदल यात्राका लागि समेत सहजमार्ग कतै थिएन । रात बिताउन बास पाउनु चिठ्ठा पर्नु सरह ! त तिनै रोमाञ्चक र कष्टकर यात्राको मार्गमा प्रवृत्त थिएँ म यतिबेला । बझाङ आउँदा जस्तो विमानको सुविधा थिएन अबको यात्रामा तर पनि सोचेजति कठिन थिएन थिएन आजको हिँडाइ । सेतीको कलकलसँगै किनारैकिनार लमतन्न पस्रिएको बाटो हिँड्दा हिँड्दा कहिल्यै नसकिने । कतिबेला साँझ निम्त्यायो त्यो पट्यारिलो बाटोले, राम्रो हेक्का समेत थिएन । त्यसमाथि जति अगाडि बढे पनि न नदी किनारामा लम्बेतान पस्रिएको त्यो बाटो कतै टुङ््िगन्छ, न बस्ने बासै भेटिन्छ । आठ बजे झोता पुग्दा समेत भरपर्दो बास भेटिएन । एउटा झुप्रोबाहिर पुरानो मोट्टो मागेरै मेरो सयनको व्यवस्था गरे सहयोगी साथीहरूले । बास खुला आकासमुनि धूलोमाथिको थोत्रो मोट्टो, खान्की बाटाम किनेको माछा र भरियाले बोकेको चामलको सामल जोरजाम पारेर तिनै सहयोगीले तयार गरेका चौरासी व्यञ्जन ! माघको महिना, खुला आकाश मुनिको रात्रिशयन ! चिसोले कठ्याङ्ग्रिएर मरिने त होइन ? मन आशङ्कित भए पनि अर्को कुनै उपाय थिएन तर अचम्म ! खासै चिसो अनुभव भने भएन । थोत्रो मोट्टोबाट आक्रमणमा उत्रिएका उपियाँका टोकाइ भने रातको चिसोभन्दा पनि असह्य थियो । जसरीतसरी रात बित्यो । यो मानिस परिआउँदा जस्तोसुकै परिस्थितिसँग पनि सम्झौता गरेर बाँच्ने सामथ्र्य राख्छ भन्ने यतिखेर मैले सिकेको अमूल्य पाठ थियो यो । कष्टकर रात्रि विश्रामपछि विहान साढे छबजे नै छाडियो झोता, रोमाञ्चक अनुभ समेटेर ! बाटोमा बजु¥यालहरूको हातले बुनेको सुन्दर भाङ्ग्रो चिनोस्वरूप किनेर हिजोदेखि लगातार पछ्याइएको सेतीकिनार छाड्यौं । त्यहाँबाट एकघन्टा जतिमा पुगियो तत्कालीन रायल गाउँ पञ्चायतमा पर्ने चौडामको एउटा सानो दोकानमा । सेतीको किनारा पछ्याउँदै जाँदा तलारा–ढुङ्गाड हुँदै डँडेल्धुरा पुगिन्थ्यो । हामी त्यो छाडेर बैतडीको झुलाघाट जाने बाटो समात्यौं– कलङ्गागाडको किनारै किनार ! यही चौडानको दोकानमा खाना खाएर लागियो बाटो । बाटोभरि डँडेल्धुरा जाने–आउने भरिया र भेडाबाख्राको दोहोरो लाम छ । अहिलेसम्म त्यति उकालो चढ्नु परेको थिएन, गाडपारि पुगेपछि भने हामीलाई ठाडो उकालो पर्खिरहेको थियो । बगाउनु बगायो पसिना त्यो थोरै तेर्साे, धेरै उकालो बाटोले ! हिँड्दा हिँड्दा साँझ पाँच बजिहाल्यो देउलेक पुग्दा । हिजो हिँडेदेखि भेटेको सर्वाधिक सुन्दर ठाउँ थियो देउलेक । पाँच कक्षासम्मको पढाइहुने स्कुल र हेल्थ पोष्टसमेतको सुविधा कमै गाउँमा हुन्थे त्यतिखेर ! त्यहाँबाट अलि अघि बढेर चिरडुङ्गीको एउटा दोकानमा जु¥यो आजको बास ! भरिया र प्रहरी मिलेर खाना त बनाए, तरकारी केही छैन । पारितिर बाक्लै हिउँपरे छ, यहाँसम्म हिउँको हावाले टिप्पा दिइरहेछ । त्यत्तिकैमा त्यही पसलसँगैका एकजना बम थरका मानिस आए, नाउँ बिर्सिएँ । नौलो मानिस देख्दा जिज्ञासा जाग्नु स्वाविकै थियो । उनै अघि सरे कुराकानीका लागि । सुृरुमा टप्न खोजेका थिए । उनी त्यही द्यौलेक गाउँ पञ्चायतका प्रधानपञ्च रहेछन् । पछि राम्रै कुराकानी भयो । चिसोबाट कसरी बच्ने जस्तो लागेको थियो, तिनै बमले चाहिँदैन भन्दाभन्दै कुस्त ओढ्ने ओच्छ्याउने पठाइदिए । रात आरामले कट्यो । देउलेकको बास छाडेर लेर्मामा चिया खाँदै थियौं, एउटा नमीठो खबर रेडियोबाट तरङ्गित हुँदै सिंगो वातावरण भिजाउन आइपुग्यो । अस्ति २६ गते नेपाली जागृत्तिको शङ्खघोष गर्नेमध्येका श्रद्धेय कवि धरणीधर कोइरालाको निधन भएछ । चियास सकेर केहीबेर तेर्सोलाग्दा नलाग्दा उकालोले चुनौती दिइहाल्यो । माघ महिनामा समेत पसिनाले नुहाएका हामीलाई बित्थड भन्ज्याङले चिसो हावाको सिरसिरसहित न्यानो स्वागत र केही राहत दियो । भन्ज्याङमाथि सिरसिर बग्दो हावा, दायावायाँ चाँदी झैं टल्किने धवल हिमशिखरको बीचबाट अघि बढिरहेका हामी ! साँच्चि नैं सुन्दरथियो प्रकृति । उकालो चड्दाको गर्मीलाई बिस्तारै हिउँको ठन्डीले धपाउँदैथियो । विहानको साढे आठ बजेको थियो, हामी भन्ज्याङ छाडेर फेरि अघि बढ्यौं । बीचमा फेलापरेको सानो चियापसलमा चियाको तलतल मेटियो । त्यही पसलमा मासु देखेछन् थापाले; फर्मास गरिहाले – अलिकति मासु पनि लिउँ सर !” लौ न त भनेर मासु किनी हिँड्ने तर्खर ग¥यौं । थापा भने आँखा छलेर रक्सी धोक्न थाले छ ! यति गिलाँसको सकेर आइहाल्छु भनेको थापा अहिले आउला छैन, भरे आउला छैन । माथि थली पुगेर भरिया खाना बनाउन थाल्यो, बोकेको मासु समेत उही जँड्याहा थापाको साथमा । के गर्नु हरामदेखि दैव डरा भनेजस्तै भयो । बाटो हिँडनेले दिएको अलिकति घिउसँग भात खाएर भोक मेटाइयो । खाना खाएर १२ बजेतिर उकालो लाग्नासाथ हिउँ जमेको चिप्लो बाटो सुरु भइहाल्यो । हिँड्ने त के कुरा, कहिल्यै हिउँ नदेखेको मान्छे– लगभग एकफिट हिउँ जमेको चिप्लो न चिप्लो उकाली ओराली– जीवनकै कष्टकर यात्रा थियो मेरालागि यो आजको यात्रा । जमेको हिउँ फलाम झैं साह्रो, खुट्टै नअड्ने गरी सुलुत्त चिप्लिहाल्ने । भ्रियाले टुप्पो ताछेर हिउँमा गाड्दै टेक्न भनी बनाइदिएको लट्ठी पनि केहीबेरमैं कुच्चिएर गाडिँदै नगाडिने भयो ! खुट्टा एकठाउँमा अड्दैन, चिप्लिएर लडियो भने बाह्र–पन्द्र सयफिट तल भिरमा खसेर हाडखोर समेत फेला नपर्ने ! चारहात खुट्टा टेकेर बामेसर्दै, छेउछाउको बुटयान समातेर अघि बढ्नुको विकल्प थिएन । त्यसै गरेर अघि बढ्दै थिएँ । हातले भर लिएको बुट्यानको हाँगा चँुडियो । चिप्लिँदै पाँच फिट जति तल खस्नपुगेँछु ! तै जीवनसङ्घर्षको आयु सकिएको रहेनछ र एउटा अर्को सानो बुट्टोमा अडकिन पुगेछु । नत्र सयौं फिट तल खसेर..... ! भरियाले सकी नसकी हातदिएर माथि तान्यो र लामो सास तानेँ– तै बाँचियो ! अझैं सकिएको थिएन सङ्घर्षपूर्ण यात्रा । बामे सर्दै अर्को पन्द्रमिनेट जति चढेपछि बल्ल सकिएछ, लगभग एक घन्टाको हिउँ जमेको ज्यानमारा उकालो ! त्यहाँ मुत्युलाई पराजित गरेर अघि बढेको यात्रा त्यो श्रीभावर लेक पार गर्दैं बैतडीको चौखाम पञ्चायतस्थित श्रीभावरमा पुगेर रोकियो केहीबेरका लागि । योसँगै बझाङको भूमिले पनि बिदा माग्यो । तीन दिनको रोचक बझाङ यात्रापछि बल्ल भेटियो बैतडी ! बझाङको बाटो विकट भनेको, उताको पनि कम थिएन ! कहिले ठाडौ उकालो चढ्छ, कहिले ठाडै झर्छ ओरालो फेदीतिर ! जीवन पनि त यही उकाली ओरालीको यात्रा न हो । हामी जीवनकै पर्याय यो बाटोसँगै कहिले उकालो चढ्छौं, कहिले ओरोलो झर्छाैं । यात्रा रोकिँदैन । आखिर यात्रालाई निरन्तरता त दिनु नै छ ! बिहानदेखि हराएको पुलिस थापा बेलुका चार बजे बल्ल हामीलाई भेट्न आइपुग्छ ! साफ झपारँे, तेरो हाकिमलाई कम्प्लेन गरेर कडा सजाय दिउँछु भनँे । थेत्तरो पुलिस खुट्टा समातेर रुन पो थाल्यो– साप्, एकपल्टलाई माफपाउँ । अब यस्तो गर्दिन ।” उसको यस्तै यस्तै माफीनामाका शब्द, लर्बराएको स्वर र आँखाबाट निस्केका आँसुका धारा सच्चा थिए कि, जाँडमा मातिएको प्रलाप– मलाई थाहा थिएन । मनमा रिसको राँको बलेपनि लाग्यो– बिचरो जिल्ला छाडेर वर्षौं बिदासम्म नपाइ आफन्त र पे्रयसीको न्यानो अँगालो सम्झँदै बिताउन बाध्य साधारण प्रहरी ! उसको मनोविज्ञान सम्झेँ मैले एकपटक आफैंलाई उसको ठाउँमा राखेर । अनि कुरा अघि नबढाउने आश्वासन दिएपछि बल्ल खुट्टा छाड्यो । त्यहाँबाट अघि बढेर सातबजेतिर पुगियो बल्लबल्ल राउलेश्वर गाउँ पञ्चायतको राउलीबरायल । त्यहीँका अर्का पुलिस केशव जोशीले एउटा पसलको माथिल्लो तलामा मेरोलागि बासको व्यवस्था गरिदिए । हिउँको चिसोले होला एउटा खुट्टा रातभर दुखिरह्यो । वैतडी सदरमुकाम पुग्ने लक्ष राखेर विहानै राउलीबरायल छाडियो । खोलाको बाटो, कतै उकालो कतै ओरोलो । मस्याचौरमा एघार बजेतिर खाना खाएर अघि बढ्दा बाटामा एटा भव्य नर्सरी देखियो । गएको वर्ष त्यसबाट साठी लाखको बीउ बेर्ना विक्री भएको थियो रे । रमाइलो थियोे गाउँ । वर्षेनी झ्याउ मात्रै भारततिर लाखौंको निकासी हुँदोरहेछ । झ्याउ सङ्कलन गरेर रामै्र आमदानी गर्दारहेछन् यहाँका मानिस । एक केजी झ्याउको अढाईदेखि साढे तीन रूपियाँसम्म पारिश्रमिक पाउँदारहेछन् । यहाँसम्म आएपछि सूदूर पश्चिमाञ्चलकै प्रसिद्ध देवी निगालासैनी भगवतीको मन्दिर पुग्नैप¥यो । त्यसैले मइसा चौरमा खाना खाएर लाग्यौं देहीमाडौ । पूर्व पश्चिम लम्बिएको मन्दिर, हेर्दा पनि कलात्मक र भव्य थियो । मन्दिर बहिर प्रवेशद्वारको छेउमैं अर्को एउटा सानो मन्दिर थियो । मन्दिरमा सिंहासनारूढ अष्टभुज भगवतीको भव्य मूर्ति ! यो पछि बनेको रे । मुल मन्दिर अगाडि शिवलिङ्ग र शिवजीको मूर्ति थिए । देवीको पूजाआजा चलाउन स्थानीय नाप अनुसार करिब २० राइडा (करिव ८ रोपनी) गुठीजग्गा रहेछ । असोज पूर्णिमा र कात्तिक, पुस, चैत गरी वर्षमा चारपटक देवीको भव्य जाँत (जात्रा) लाग्ने मन्दिर क्षेत्रमा दोहोरो लाइनको बाक्लै बजार देखिन्थ्यो ! त्यहाँबाट अघि बढेर चारबजेतिर पुगियो सदरमुकाम । बैतडीको सदरमुकाम खलङ्गा गढी भनिए पनि यतिबेला जिल्लाका सरकारी कार्यालयहरू शाहीलेक, खलङ्गा र गोठालापानीमा छरिएका थिए । शाही लेक बझाङबाट आउँदा सुरुमै पूर्वपश्चिम लम्बेतान पस्रिएको थियो । वीरेन्द्र बहुमुखी व्यवसायिक माध्यमिक विद्यालय यहीँ थियो । २०११ सालदेखि यस क्षेत्रमा विद्याको उज्यालो बाँड्दै आएको थियो यसले । नजिकै एउटा निम्नमाध्यमिक र प्राथमिक विद्यालय पनि थिए । शाहीलेक भन्दा पश्चिमतिर निकै उचाइमा अवस्थित थियो गढी । तलैदेखि निकै बाक्लो बजार, चारैतिर खुला देखिने रमाइलो ठाउँ ! यहीँबाट तल झर्दा गोठालापानी जाने बाटैमा पथ्र्यो शहीद दशरथचन्दको सालिक ! उनको घर पनि त यही बास्कोटमा रहेछ ! प्यूठानका गिरिराज रिजाल कामु जिल्ला शिक्षा अधिकारीका रुपमा कार्यरत थिए । पुलिस र भरिया दुवै झुलाघाट पुग्ने भी बिदा भए । रिजालजी बडो रमाइला र मिलनसार ! उनकै भान्छामा खानपिन गरेर अतिथि कक्षमा बिताइयो आरामले रात । विहान चिखा खाएर जिशिअसँगै प्रमुखजिल्ला अधिकारी भेट्नजाँदा काठमाडौ ंजिल्ला शिक्षा कार्यालयका पूर्वपरिचित अधिकृत भुवनेश्वर जोशी भेटिए । खाना जिल्ला शिक्षा अधिकारीकहाँ नै खाएर कार्यालयकै पियन र एकजना प्रहरी साथ लिई लागियो दार्चुलातिर । गोठालापानीबाट डरलाग्दो ओरालो झर्दै कन्सनगाड पुगेर फेरि झालाकोटको ठाडो उकालो चढ्नु कम कष्टकर थिएन । पीपलकोट भन्ज्याङ, शिल्लेक खानी पार गर्दै नुवालीदोली पुगेपछि भने एकजना ज्येष्ठ नागरिक भेटिए अर्जुन कार्की । उनको हार्दिक स्वागतले सबै थकाइ बिर्साइदियो । भोक र थकाइले लोथ भएको बेला उनले प्रेमपूर्वक दिएका बनाउँदा बनाउँदैको तात्तातो ताजा गुड (चाक्कु वा सख्खर)सँग त्यहीँ किनेको केरा अमृतभन्दा कम लागेन ! ठाडो उकालो ओरालो पार गरेर ठीकगाड तर्न नपाउँदै त्योभन्दा पनि ठाडो उकालो पर्खिरहेको थियो सेल्ली र चम्तडी उता । चौलानीगाड भेटिएपछि नदी किनारै किनारको बाङ्गोटिङ्गो हुँदै बगर भएर आयो समथर बाटो । हिँड्दा हिँड्दा साँझ परिसक्यो बास कतै भेटिँदैन ! टर्चको मधुरो प्रकाशमा अघिबढ्दै जाँदा बाटामा फाट्टफुट दोकान देखिन्छन्, तर सबै बन्द !ं बास बस्ने ठाउँ कतै छैन । खुट्टा दुखेर असह्य भैसक्यो । हिँड्दा हिँड्दा चौलानीगाड, धाप र बाङ्गा बगर काटेर बल्ल बल्ल नौ बजेतिर गोकुले पुगेपछि बल्ल सास आयो । गोकुले सुदूर पश्चिमका बैतडी र दार्चुलादेखि भारतको मथुरा र अरु सीमावर्ती सहरसम्म उत्तिकै परिचित र प्रसिद्ध धार्मिक स्थल ! बैतडी र दार्चुलाको सीमास्थलमा थियो यो । यहाँ हरेक महाशिवरात्रिको अवसरमा तीनदिनसम्म भव्य मेला लाग्दोरहेछ । यस क्षेत्रकै ठूलो र प्रसिद्ध मेला ! संयोगले यतिबेला शिवरात्रिकै अघिल्लो साँझ आइपुगेको छु म । सम्पूर्ण बगर पालैपाल र मानिसको भीडले भरिएको छ । चारैतिर चिया, मिठाई, खाना, लत्ताकपडा– चूरापोतेका पसलै पसल । अधिकांश भारततिरका व्यापारीहरूले उतैबाट सामान ल्याएर बेच्दा रहेछन् । कतै कतै स्थानीय उत्पादन पनि देखिने ! बगर लाल्टिन र मेन्टोलको मधूरो उज्यालोमा नुहाएको छ । चहलपहले भर्खरै बैंस छोएजस्तो देखिन्छ । भोलि दर्शनगर्न र मेला भर्न जम्मा भएका छन् आजै हजारौं मानिस । कोही दर्शनार्थी, कोही दुकानदार र कोही वर्षभरको सामल जोगाडगर्न आएका स्थानीय बासिन्दा ! साँझ मस्तीमा थियो, हामीभने थकाइले अधमरो । केशव (साथ आएको अर्को प्रहरी) ले हुलाकका हाकिमलाई भेटेर बस्ने बासको व्यवस्था गरेपछि बिसाएँ थकित शरीरि ओछ्यानमाथि । हुलाकका हाकिम भनेका वैदार बूढा रमाइला र सहयोगी पनि । उनैले खाना बनाइतुल्याई ख्वाए, आरामले बिताइयो रात । “मान्छे कहाँ कहाँबाट त आउँछन्, मौकाले आइपुगिएकोछ । आज यतै बसेर मेला हेरौं सर ! भोलि लागौंला दार्चुला, हुन्न ?” केशव अनुनयकै स्वरमा अनुरोध गर्छ । भरियाले पनि उसैलाई साथ दिएपछि लाग्यो– हो त नि मौकाले आइपुगिएको छ । एकदिन बस्दा थकाइ पनि त मर्छ ! मेरो स्वीकृति पछि दुवैको अनुहारमा खुशी देखियो । हुनपनि यताका मानिसका लागि शिवरात्रिका दिन गोकुलेको शिवदर्शन गर्नपाउनु अत्यन्त महत्वको कुरा ठानिन्थ्यो । बैतडी र दार्चुलाको सीमा चौलानी गाडको बगरमा थियो गोकुले । नदीवारि बैतडी र पारि दार्चुला जिल्ला । मेला लाग्ने बगर पनि पनि त्यसरी नै दुवैतिर विभाजित । “तीनचारपुस्ता अगाडि स्थापना भएको भन्छन् मन्दिर ! पहिला यहाँ बगरमैं थियो । पाँचवर्ष अगाडि आएको बाढीले भत्कायो । अनि यहीँकै महानन्द विर्जीले दश हजार खर्च गरेर बनाएका यो केदारेश्वर मन्दिर !” एकजना स्थानीय भद्रपुरुषले जानकारी दिए । यसकै वारिपटि अर्को शिवालय थियो । २००२ सालतिर त्यहीँका स्वर्गीय रामचन्द निर्माण गरेका यो रमेश्वर शिवपञ्चदेव मन्दिरमा चतुरवर्गाकार बुर्जा देखिन्थे । पक्की र आकर्षक मन्दिरबीच एउटा ठूलो र चार कोणमा अरु चारवटा साना मूर्ति थिए । सुन्दर फूलबारी थप आकर्षण थियो । यी दुवै मन्दिर उस्तैउस्तै देखिन्थे । मेला आखिर मेलै हो । हरेक मेलाको प्रमुख आकर्षण खानपिन रामरमाइलो नै हँुदोरहेछ, चाहे धार्मिक होस् वा अन्य व्यापारिक मेला ! यहाँ पनि यस्तै थियो । मन्दिर पुगेर दर्शन गर्ने भन्दा खानपिनमैं मस्त देखिन्थे धेरैजसो । त्यो पनि मादकपदार्थ विक्री हुने पसकै वरिपरि ! अनि यसको अत्यधिक सेवनले झैझगडा निम्त्याउने भैहाल्यो ! देउडा र नाचगानको चहलपहल भने खासै देखिएन । भोलिपल्ट विहान परिरहेको झम्झम् पानीमैं बाटो लाग्यौं एकएकवटा प्लाष्टिक ओढेर । बाटो उस्तै । केही बेर समथर हिँड्दा नहिँड्दै नान्तडको चिप्लो उकाले भेटिहाल्यो । चिप्लियो भने आठ नौ सय फिट तल भिरमा खसेर हाडखोर समेत फेला नपर्ने अवस्था थियो । त्यसमाथि बाटो भुलिएछ ! केहीबेर जङ्लेबीच हराएर बाटो फेला पर्दा जति खुशी कहिल्यै लागेन ! भोकले पेटमा छुत्ती खेल्दै थियो । बल्ल बल्ल गोकुले पञ्चायतकै अर्को गाउँ आगर पुगेपछि एउटा घरमा चामल र रायोको साग फेला प्यो । साथीहरूले खानपिनको जोरजाम गरे । खाना खाइवरि आगर छाड्यौं । खोलाकिनारको ढुङ्ग्यानै ढुङ्ग्यान बाटो हिँडेर बर्मिडे गाउँ उताको उकालो चढ्दा त थकाइले चुर बनाइसकेको थियो । ३ बजेतिर निसिलेको भञ्ज्याङकोथाप्लोमा बाटोको दुवैतिर किनारमा देखिएका ढुङ्गाका राससँगै भरियाले एउटा साँचो घटना भन्दै किम्वदन्ती सुनाए । धेरैवर्ष अगाडि एकजना साधु यहीबाटो हुँदै मध्यवर्षां मा आइपुगेछन् । वर्षाको बेला लेकमा हिँड्दा रुखरुखबाट झेरेका जुकाबाट बच्नु कम कठिन हुँदैन । मान्छेको शरीर ढपक्कै ढाकेर रगत चुस्छन् । ती साधुलाई पनि त्यस्तैभयो । उनले चाहिँ “जुकाले पनि बाँच्नका लागि खान पाउनुपर्छ” भन्दै जोगिने कुनै उपाय गरेनछन् । अनि त के थियो, यही भन्ज्याङमा आइपुगेपछि उनको मृत्यु भएछ । त्यसैले अरु जीवको लागि आत्मत्यागसमेत गर्न पछि नपरेका तिनै योगीको सम्मानमा थुपारिएका रे यी ढुङ्गा ! दायाँवायाँ ठूलो लेक । हिस्रक जनावरको प्राबल्य । दुवैतिर हिउँले ढाकेका अग्ला अग्ला पहाड र तिनैबाट आएका सिरेटोसँगै मुटु छेड््ने हिउँको चिसो ! चिप्लो ओरालो बाटो सकेर केहीबेर वगरैबगर हिँडेपछि भेटिएको एउटा चियापसलको चियाले केही भए पनि त्राण दियो । पाँच बजेतिर धापगाउँ पुगेर बिसाइयो आजको यात्रा ! दार्चुलाको यो धापगाउँ तलतिर महाकाली अर्थात् शारदा नदी बगिरहेको थियो उता नदीपारि इख्याइरहेको थियो झकीझकाउ भारतीय शहर धार्चुलाले ! ं विहान सबेरै धाप छाडेको, दश बजेतिर त सदरमुकाम खलङ्गा पुगिहालियो । यता पुग्ने जोकोहीलाई नमीठो लाग्ने– महाकाली पारि भारतीय क्षेत्र झकीझकाउ छ, यता फुंग उडेको ! उता पक्की सडकमा दिनहुँ बस गुड्छन् । ठूलो बजारमा आवश्यकताका सबै कुरा उपलब्ध छन् । अस्पताल छ, औषधि पसलहरू छन् । होटेल रेस्टुरा र मनोरञ्जनका लागि सिनेमाघर छन् ! यता आफ्नोतिर हे¥यो केही छैन । जे कुरामापनि उतैको भरपर्नु पर्ने वाध्यता रहेछ ! आफ्नो जिम्मेवारी बिसाएर मोहन दाइलाई भेट्न घरेलु अफिसतिर लागियो । मोहन दाइ अर्थात मोहन मिश्र । त्यतिबेला उहाँ त्यहीँको घरेलु कार्यालयमा प्रमुख हुनुहुन्थ्यो । भाउजुलाई डाक्टर देखाउन धार्चुला जानुभएको रहेछ, क्वार्टरमा रविन मात्रै । रविन (आजका वि.वि.सी. सञ्चारकर्मी रवीन्द्र मिश्र) त्यतिबेला विदा मनाउन काकाकहाँ यता दार्चुला आएका रहेछन् । मोहन दाइ मेरा गुरु, प्रवेशिका परीक्षाताक मैले उहाँसँग अङ्ग्रेजी ट्युसन पढेको थिएँ । त्यतिबेला मनुज दाइ (मनुजबाबु मिश्र) पाकिस्तान हुनुहुन्थ्यो । मन्जु, रविनहरू केटाकेटी नै थिए । तिनै रविनलाई दार्चुलामा देखेर खुशी लाग्ने नै भयो । केहीबेरमा मोहन दाइ आइपुगेपछि बसाइ पनि यतै हुने भयो ! गाउँका अर्का एकजना दाइ कृष्णप्रसाद ढुङ्गाना समेत यहीँ जिल्ला कार्यालयमा भेटिएपछि त रमाइलोको सीमा नै भएन । आजै सूर्यग्रहण परेकोले त्यो पनि हेरेर सानै देखिको आकर्षण मीतबा महेन्द्रनगर बस्न थालेकाले उनकै भाइ गणेशदत्तलाई भेटेर मेटियो मनको एउटा धोको ! २०७१ चैत १७ गते विजय निवास, आरुबारी

Monday, June 8, 2015

इनोकासिराको ऐनामा शासकीय सौन्दर्यचेत !–विजय चालिसे

(लोकभावना–२८,वर्ष ८अङ्क ३,पुस–फागुन २०७१ माम प्रकाशित नियात्रा)

“आहा सहरको यति नजिकै कति रमाइलो पार्क र सुन्दर तलाउ....!” विशाल पार्कबीचको मनोहर तालले हाम्रो मन रमाउँदै फुरफर बनायो । यस अघि स्थानीय बासिन्दाको लागि बनाइएको सानो मेट्रोपोलिटन वोदाबरी पार्कदेखेर प्रभावित भएको म इनोकासिराको सौन्र्दबाट मोहित नहुने त कुरै भएन । हुन पनि मात्र यान्त्रिकता छैन स्काइक्रेपर र विज्ञानप्रविधिको चहकमा झिलीमिली जापानी नगरहरूमा । मानवीय चाहना अनुरुपका प्राकृतिक सौन्दर्यले पनि ढकप्कै ढाकिएका छन् । मन लोभ्याउने यिनै सुन्दर पार्कहरू टोकियोलाई सुन्दर, सुरुचिपूर्ण र बस्न लायक बनाएका थिए ।
म सधैं प्रातःभ्रमणमा पुग्ने स्थानीय पार्क वोदावरी पनि कतै खाली हुदँैनथ्यो । सबै उमेरका मानिसहरू प्रातः भ्रमणको आनन्दमा डुबिरहेका हुन्थे । खोला किनारका फलफूल र हरियालीले भरिपूर्ण पार्कको बीचमा कतै पिङ, झुला र अरु बालमनोरन्जनका सुविधामा रमाइरहेका निर्दोष बालबालिकाहरूको सुन्दर स्वप्नसंसार थियो । कतै पार्कको बेन्चीमा आ–आफ्ना भविष्यको सुन्दर सपना बुनेर त्यही स्वप्नसंसारमा हराइरहेका आलिङ्गनबद्ध पे्रमिल जोडीहरू । अनि कतै बृद्ध–बृद्धा र केटाकेटीलाई समूहमा डुलाउन ल्याउने कामकाजी युवायुवतीहरूको झुन्ड, र कतै कुकुर डुलाउन आएका तरुना केटाकेटीको समूह । आआफ्नो पीडा साट्दै बात मारिरहेका आफन्तबाट एक्लिएर वाद्र्धक्यको बोझले थिचिएका वृद्धहरूको अर्को टिठलाग्दो जमात ! हो लाग्थ्यो धेरैको सुखदुःखको साक्ष्य थियो यो सुन्दर पार्क ! साँझ–विहानको जगिङ गर्नेहरू, विहानभर साना शिशुहरूको देखभाल गर्ने किन्डरगार्डेनका आयाहरूको रेखदेखमा पिङ र झुला खेल्दै रमाइरहेका सानासाना नानीहरू ! सबै हराइरहेका हुन्थे त्यसको शान्त वक्षस्थलमा ।
त्यो देखेर लाग्थ्यो आहा...मेरो पनि सहरबीच यस्तै सुन्दर हरियाली, कलकल सङ्लो पानी बगिरहेको खोलो, रंगीविरंगी फूलका सुन्दर बगैँचा, केटाकेटी रमाउने पिङ र चिप्लेटीहरू अनि सुविधाजनक शौचालय, स्नानकक्ष र प्यास मेटाउने शुद्ध खानेपानीका सार्वजनिक धाराहरू हुन सके ! यतिबेला म दिउँसै सपना देख्दैथिएँ ! घरको धारामा समेत सङ्लो सफा पानी देख्न नपाउने मजस्ताले दिउँसै देखेको त्यो सपना साकार हुने कुनै संभावना थिएन । त्यसैले त्यही कल्पनामा हराएर भएपनि आनन्द लिने प्रयास गर्थेँ म ।
हरे, मेरो काठमाडौं, मेरो राजधानी...! पुराना ठूलाठूला चौरसमेत सबै मासेर कङ्गाल बनिरहेको काडमाडौंको टिठलाग्दो मलिन अनुहार त्यतिबेला झल्झली आँखामा नाचिरहेको हुन्थ्यो । उपत्यकाको सभ्यता हुर्काउने वागमती–विष्णुमती सबै नै ढल बनाएर गौरव मान्ने नेपालको म कथित सभ्य सहरी नागरिकका लागि मध्यसहरभित्र बनाइएको त्यो पार्क र पार्कको बीचमा प्रशोधित पानी मिसाएर बगाइएको कलकल पानीले धिक्कारिरहे जस्तै लागिरहेजस्तै लाग्थ्यो । अहा ! कति सफा पानी, पानीमा पौडिइरहेका कति सुन्दर रंगबिरंगी माछा, सेता हाँस र बकुलाहरू ! घरघरमा प्रयोग गरेर ढलमा मिसाइएको पानी निरन्तर सञ्चय गरेर प्रशोधन गरेपछि मिसाइएको त्यो पानी र त्यसका माछा भने मानिसका लागि खान योग्य थिएनन् । खेर जाने प्राकृतिक स्रोतको कति सुन्दर प्रयोग । टोकियो सुगिनामी वार्डको ओमिया नगरस्थित आलोकको घरैमुनि थियो त्यो मेट्रोपोलिटन वोदाबरी पार्क । यहाँ बसुन्जेल हाम्रो पनि बिहान बेलुकाको समय बिताउने सुन्दर थलो त्यही थियो ।
वोदावरी पार्कमैं केही पर... उतापटि खोलाको छेउमैें गहिरो पोखरी थियो । बाक्ला रुखहरूको बीचमा थुपुक्क बसे पोखरीमा ठूलासाना रङ्गीविरङ्गी माछाहरू खेलिरहेका हुन्थे र हुन्थ्यो दर्शकको बाक्लो भीड थियो ! थरिथरीका चराचुरुङ्गीको कलरवले सिङ्गो जङ्गल सङ्गीतमय लाग्थ्यो, हात हातमा बाइनाकुलर र शक्तिसाली क्यामरा तेस्र्याएर चरा अध्ययन–अवलोकनमा जुटेका शोधार्थी–विद्यार्थीको भीड त्यत्तिकै बाक्लो ।
सुगीनामी पनि कम थिएन । इडोकालदेखि नै सुपरिचित थियो । किन नहोस्, सुगिनामी आफैंमा सुन्दर नाउँ थियो देवदारु र धुपीका सुन्दर तरुपङ्क्ति ! सुरुमा कुनै जमिन्दारको स्वामित्व निजी जमिन यो ठाउँ साँध छुट्याउन रोपिएका देवदारु र धुपीका रूखहरूबाटै सुगिनामी बनेको रे ! टोकियोका २३ वटा विशेष वडामध्येको पश्चिमी भेगकाmे एउटा वडा थियो सुगिनामी .
यही सुगिनामी उपनगरभित्रका नौवटा ठूलासाना पार्कमध्ये यतिबेला हामी एउटा अर्को पार्क इनोकासिरा भित्र छौं । यसैले सम्झाएको थियो वोदावरी पार्क । टोकियोको मुसाशिनो र मिताकेकाबीचमा दुई खुट्टा फैलाएर पल्टेजस्तै देखिने यो इनोकासिरा कोएनको सौन्दर्यमा भुलिरहेका थियौ यतिखेर यात्राको चौथो दिन २०६८ असोज १० गते ।
ओहो, एउटै वडामा यतिधेरै पार्क, यति ठूला ठूला पार्क ! त्यसैले त जापान आप्mनो नागर सभ्यतामाथि गौरव गर्छ ! साँच्चै लोभलाग्दो थियो यो पर्यावरणीय व्यवस्था । पचपन्न लाखभन्दा बढी बासिन्दाको बोझ बोकिरहेको मेरो काठमाडौंले अहिलेसम्म आफ्नो नगरकेन्द्रमा एउटै गतिलो पार्क देख्न पाएको छैन । निकट भविष्यमैं देख्न पाउने कुनै सम्भावना पनि छैन । सम्झँदा पनि लज्जाले शिर झुक्छ ! यता भने बागबगैँचा मात्र नभएर एक दर्जनभन्दा बढी कलात्मक मन्दिर र संग्रहालय अनि त्यत्तिकै सङ्ख्याका सांस्कृतिक केन्द्रहरूले त्यसरी नै जापानी सभ्यताको मौन वकालत गरिरहेका छन् । माल पाएर चाल नपाएकोले मात्र त हो, नभए हामीसँग पनि के कुराको कमी थियो र ? भएका सभ्यताका मुहान नदीहरूलाई ढलमा परिणत ग¥यौं, पार्कलाई सेना र राजनीतिक दलका गतिविधिको भागबन्डामा चौटालाम्टा बनायौं । सहरका नाउँमा अव्यवस्थित र अनियोजित कङ्क्रिटका जङ्गल ठड्याउँदै फोरहको पहाड  र गन्दा बस्तीको विकासलाई नै उन्नति ठान्यौं । अनि यसैमा मख्ख छौं हामी, २१ शताब्दीका कथित सभ्य काठमाडौंका सुसंस्कृत नागरिकहरू !
बादशाह ताइसोले निजी शिकारगाहमध्येबाटै उपलब्ध गराएका रे यो जमिन पार्कका लागि । जनताका लागि साँच्चि नै सुन्दर उपहार थियो जापानी सम्राटको । यस्ता धेरै छन्, जापानी राजपरम्पराले आफ्ना जनतालाई दिएका उपहार । त्यसैले त आजको २१ औ शताब्दीमा आएर पनि उत्तिकै सम्मानित छ यहाँको जापानी राजपरम्परा, अति सम्मानित छ जापानी यहाँको राजसंस्था !
मेरोमा पनि छन् कि कतै यस्तै शाही उपहार ? मल्लकालीन पुरातात्विक मन्दिर, भवन र रानीपोखरीजस्ता राष्ट्रिय सम्पदा बाहेक मेरो शाह वंशीय राजसंस्थाको पछिल्लो चरणले छाडेको कुनै यस्तो कोसेलीको सम्झना भएन मलाई । मेरोमा पनि त आफूलाई अत्यन्त सम्मानित र अवतारै ठान्ने राजपरम्परा थियो ! तर तिनको शासनकालमा भएको टुँडिखेल पनि मासियो । गोकर्णको सफारी पार्क जनताबाट खोसिएर शाही स्वामित्वको निजी व्यापारिक पार्क बन्यो । नागार्जुन त्यसरी नै निजी बन्यो । शाही आँखाको बिगार परेपछि भरमुलुकका सार्वजनिक स्थल कि त शाही बने, कि शाही दरबारमा चर्ने हरुवाचरुवाका निजी सम्पत्ति । पुर्खाले छाडेका सार्वजनिक थलोहरू बरु एकपछि अर्को गर्दै मासिए । जनताको सम्पत्ति रत्नपार्कहरू चौटालाम्टा पारिए, बाँडिए र कुरुप तुल्याइए । सहरबाहिरको कुनै बन्जर ठाउँमा राखे हुने सैनिक हेडक्वार्टरलाई त्यही सहर माझको खुला जमिन चाहियो, शाही शासनलाई सलामी लिन यही टुँडिखेल नभइ भएन ! देखाउनका लागि सानो टुक्रो पायो रत्नपार्कले पार्कका नाउँमा । त्यही पनि अव्यवस्थित, उपेक्षित । पति वियोगमा बेहोस युवतीको फुंग उडेको सिउँदोजस्तै !
आहा.....त्यो सिङ्गो टुँडिखेललाई जमलदेखि थापाथलीसम्म यथावत अबस्थामा राखेर सुन्दर पार्कको स्वरूप दिन सकिए ! हामीसँग पनि त हुनसक्थ्यो नि सानै भए पनि यस्तै पार्कको मोहनीलाग्दो उपस्थिति ! मेरा आँखामा अहिले सिंगो टुँडिखेल इनोकासिरा कोएनको लघुरूप भएर पस्रिएको थियो, कलकल सफा पानी बगाएर धेवीखोला कान्दा नदीमा बदलिएको । त्यही धोवीखोलाको पानी जमाएर अझ बिस्तार गरिएको रानीपोखरीको गर्भमा यसरी नै रंगबिरंगी माछा र जलजीवहरू अभिसाररत आफैंमा रमाइरहेका ! त्यही रानी पोखरीको छात्तीमा तैरिरहेका डुङ्गा, मोटरबोटभित्र अनेकौं प्रेमीयुगल र साना बालबालिकासँग रमाइरहेका परिवार जलविहारको आनन्द लिइरहेका, स्वर्गीय आनन्द !
मैले यतिबेला इनोकासिरोमा देखेको टुँडिखेलको यो सुन्दर सपना चाहेमा अझैपनि पूरा हुनै नसक्ने कोरा कल्पना थिएन सायद् । राजधानीले उपयोग गरेर ढलमा फाल्ने पानी संकलन गरेर पनि कृत्रिम तलाउका लागि पर्याप्त जल आपूर्ति हुनसक्थ्यो । सेनाका संरचनालाई अन्यत्र खुला ठाउँमा सारेर टुँडिखेललाई पुरानै आकारमा ल्याएर ल्याउन सकिन्थ्यो । अनि विशाल आधुनिक पार्कको संरचना तयार गर्नसकिन्थ्यो त्यहाँ । तर यी मेरा यस्ता सपना थिए, जुन मेरो जीवनकालमा पूरा हुने कुनै सम्भावना थिएन । विडम्वना ! राजन्त्रपछिको शानसनसत्ताहरूले पनि कुनै सुन्दर योजना र सपना देख्न सकेका छैनन । त्यसैले मलाई थाहा छ– इनोकासिरमामा बसेर देखेको मेरो यो सपना मनोरति बाहेक केही हुनै सक्दैन ।
पार्क अगाडि नै बनेको भए पनि तलाउ भने पछि बनेको रहेछ । पार्कभित्र पस्ने जेनपुकुजी नदीको बाढी रोक्न तटबन्ध बनाउँदा आफैं बन्न पुगेको रे यो सुन्दर ताल !
रेलको बिसौंनीबाटै सुरु हुन्थ्यो पार्क क्षेत्र । तल लाग्नासाथ सिमन्टीका सफा बाटो, बाटोको दायाँ वाया हरिया रुख र दर्शकलाई आराम गर्दै सुस्ताउन बनाइएका काठका फलेक ओछ्याइएका विश्रामथ्ल । पार्ककै एकाछेउ यात्रु सुविधाका लागि आवश्यक सबैकुरा पाइने पसल अनि पैसा छिराएर सामान किन्न मिल्ने किन्ने भेन्डिङ मिसिनहरूको लाम । अझ त्यसको केही पर अर्को कुनोमा विशाल तलाउको पानीमा जलविहार गर्नका लागि डुङ्गा चढ््न टिकट किन्ने सानो कुनो । टिकट बेच्न मानिस पनि नचाहिने । छेवैमा टिकट दरको सूची छ– कति समयको कति येन । त्यही अनुसार पैसा छिराएपछि टिकट दिने उही भेन्डिङ मिसिन । मिसिन प्रयोग गर्न नसक्ने र नजान्नेका लागि सघाउन तत्पर कर्मचारी । आहा कति सुन्दर व्यवस्था ! सबै कुरा कति व्यवस्थित ! मानिसको रेलो भए पनि कतै फोरहको दंसो छैन । जताजतै फोहर हाल्ने भाँडा राखिएका छन् । मानिसहरू हामीजस्तो जता पायो त्यतै सानो टुक्रो कागज पनि फाल्दैनन्, फाल्ने कुरा सबै फोहर फाल्ने भाँडाको पेटभित्र छिराएर मात्र सन्तोष मान्छन् । कुनै साना केटाकेटी वा अरु कसैले असावधानीमा नजानेर कतै कुनै कुरा फालिहाल्यो भने पार्कका कर्मचारीहरू उठाएर कन्टेनरमा हाल्छन् ।
 “बुवा...बुवा...ऊ...माछा  !” पार्कलाई लगभग बीचबाट काटेर बगेको तलाउकोबीचमा वारपार बनेको पुलमुनि रंगविरंगी माछाहरू पौडिइरहेका थिए । हुलका हुल रंगी विरंगी माछाहरूको कौतुकपूर्ण खेल हामी ठूलाका लागि त आकर्षक थिए, सानी नातिनी आयुषालाई त झनै रमाइलो लाग्ने भइहाल्यो । कतै पानीभित्र काई लागेका ढुङ्गामा अनौठा आकारका जेलीफिस देखिन्थे, कतै आठखुट्टे अस्टपाद (अक्टोपस)  । तिनैमध्ये लाम लागेर तैरिइरहेका रात–सेता माछा देखेपछि त आयुषाको खुसीको सीमै रहेन । खुसीले कराउँदै थिई आयुषा – “बुवा...बुवा...ऊ...माछा  !”  
तलाउभित्रका जलजीवहरूको कौतुक हेर्न पुलका दुवैतर्फ मानिसहरू लामबद्ध थिए । कोही पानीभित्रका ती रंगीचंगी माछा र जलजीवको अनौठो र आकर्षक संसार नियाल्न मग्न थिए– तिनै जलचरका स्वतन्त्र गतिविधि हेरेर कल्पनालोकमा विचरण गरिरहेका । कोही ती दृश्यलाई आ–आफ्ना क्यामरामा कैद गर्न व्यस्त । कोही माछाकै लागि विक्री गर्न राखिएका हानिरहित खानेकुरा किनेर ल्याउँदै पानीभित्रका माछाहरूलाई ख्वाएदै आनन्दित बनिरहेका मानिस ।
माछा र अन्य जलचरहरूको रमझम देखिने पुलको दक्षिणतिर ताल साँघुरिएर नदीजस्तै बनेको थियो । उत्तरतिर भने निकै फराकिलो ताल । पुल छेउको त्यही फराकिलो तालमा राजहाँसजस्तै हातले ख्याउने पचासौं डुङ्गा र मोटरबोट यात्रुको प्रतीक्षामा खडा थिए । अनि ती त्यही तालको छात्ती चिर्दै नौकामा तैरिइरहेका यात्रीहरू ।
“डुङ्गा त चढ्नैपर्छ नि होइन मामु !” सीताको स्वर थियो त्यो । स्वरसँगै टिकट लिन उनका पाइला भेन्डिङ् मेसिन भएतिर सरिसकेका थिए । सीताले हामी दुईजनाका लागि भनेर ल्याइछन् आफैंले खुट्टाद्वारा चलाउने डुङ्गाको आधाघन्टे टिकट । “मैले पहिले पहिले पनि चढिसकेकीले ल्याइन, हजूरहरू चढ्नोस । रमाइलो हुन्छ, डराउनु पर्दैन !” उनको स्पष्टीकरण आयो ।
छोरी के मान्थी ! ऊ पनि नौकाविहारका लागि अगि सरी । उसलाई टिकट लाग्दैनथ्यो । मैले र लक्ष्मीले नातिनीलाई काखमा राखेर डुङ्गा सयर ग¥यौं । त्यो जलविहारको आनन्द नै अर्कै थियो । म र लक्ष्मीभन्दा खुसी आयुषा थिई । आनन्द लिने उमेर पनि त हो उसको । हामी अब यो उमेरमा आएर कति नै पो आनन्द लिनसक्छौं र यस्ता कुरामा ?
त्यसरी तालको छात्ती चिरेर पानीमाथि लामो लहर छाड्दै बगिरहेका कुनै डुङ्गा नियन्त्रण बाहिर पुगेर कहिले कता लाग्थे, कहिले कता ! यात्री आफैंले हाँकेर चलाइरहेका डुङ्गा नियन्त्रणमा नरहनु अस्वाभाविक थिएन । त्यसरी डुङ्गालाई सोझो र ठीक बाटोमा लैजान नसक्ने यात्रीको अनुहार डरले कालोनीलो भएको देखिन्थ्यो । श्रीमती र नातिनीलाई लिएर नौकाविहारमा मस्ती लिइरहेको म पनि डुङ्गा नियन्त्रणमा लिन नसक्दा त्यस्तै भयले बारम्बार लखेटिएँ । तर शान्त र लगभग जमेको पानीमा केही प्रयत्नपछि नै डुङ्गा ठीक बाटोमा आएपछि बल्ल त्यो डरबाट मुक्त हुनपुग्थेँ !
हेरिरहुँ लाग्थे तालभित्रका रंगीविरंगी कछुवा, माछा र पानीहाँसहरूका पानीमुनि र पानीको सतहमा देखिने विभिन्न कौतुक, कहिल्यै नअघाइने । हामी मात्रै थिएनौं — तिनै माछा, कछुवा र हाँसका साथै गँगटा, जेलिफिस र प्रकार प्रकारका अरु जलजीव हेर्दै मोटरबोट र डुङ्गा सयरको आनन्द लिने परिवार र युगल प्रेमीका जोडाजोडी थुपै्र थिए त्यहाँ । आनन्दले चम्किएका तिनका अनुहार, नौकाविहारमा रमाएर रोमान्स साटिरहेका युवा मनका उमङ्ग, सबै नै हेरिरहूँ झैं लाग्ने ! बुढाबूढीको समय कटाउन समेत प्रिय थियो इनोकासिरा !
नौकाविहारपछिको हाम्रो गन्तव्य पार्कबाहिर उत्तरतर्फको बजार थियो । निकै ठूलो थियो बजार । त्यहाँ हाम्रो लक्ष थियो इनेकासिरो डोरीको डिपार्टमेन्टल स्टोर “मारुई” । त्यो हाम्रालागि सस्तो र उपयोगी बस्तुका सामान पाइने ठाउँ रे ! त्यसैभएर सीताले त्यहाँबाट हामीले नेपाल लाने केही उपहार र अरु उपयोगी बस्तुको किनमेल गर्ने योजना बनाएकी थिइन् ।
त्यता लाग्दा पार्कभित्रै बाटामा एउटा मन्दिर देखियो– बेन्जाइन्टान । मन्दिर त्यति ठूलो थिएन, तर त्यही सानो मन्दिरभित्रको बेजान्टाइन मूर्तिले भने मेरो हिन्दु मनलाई विशाल आत्मगौरवको भावप्रदान ग¥यो । जापानीहरू बेन्जाइन्टाइन भन्थे हाम्री विद्याकी देवी भनिने सरस्वतीलाई । त्यसैले जापानीहरूले मेरी सरस्वतीलाई यति सम्मान दिएर पुजेको देख्नु मेरालागि कम गौरवको कुरा थिएन । हामीलेजस्तै यिनीहरू जलका साथै ज्ञान र कलाकी देवी मान्छन् रे यिनलाई ! यता सरस्वती आराधनाको प्रचलन ६ देखि ८ औं शताब्दीको बीचमा सुरु भएको रहेछ । सरस्वती आराधनामा रचिएको चिनिया स्वर्ण ज्योति सूक्तको पूरै एक खण्ड जापानी भाषामा अनुवाद भएपछि सुरु भएको रे यहाँ वेन्जाइटेनको अर्चना !
एउटा सानो चिडियाघर र एक्वेरियम पनि थियो पार्कभित्र । खानेकृुरा र अरु बस्तु बेच्ने मानिसहरू, गिटार र अरु जापानी खालका बाजा बजाएर मनोरन्जन गराउनेहरू र तिनै कामबाट केही रकम आर्जन गर्ने सडक व्यापारी र कलाकारहरू पनि बाक्लै थिए । मुहार चित्र बनाइदिएर केही आर्जन गर्ने चित्रकार र सडक जादु प्रदर्शन गरेर रोजीरोटी खोज्नेको पनि कमी थिएन इनोकासिरा पार्कमा ।
पसिनसक्नु हुन्छ रे विदाका दिन त । अझ चेरी अर्थात पैयु फुल्ने बेलाको त कुरै भएन ।  पार्कभित्र चेरीको फूल ढकमक्क भएको हेर्न मानिसहरूको टेकिनसक्नु भिड लाग्छ रे हनामीका अर्थात् मार्चमा पर्ने हनामी अर्थात् चेरी फुलेको हेर्ने पर्व मनाउन !
केहीबेर चहारियो मारुईको विभिन्न विक्रीकक्ष । चिनोस्वरूप केही गन्जी, ज्याकेट र यस्तै कुरा किन्दै थियौं । बिल तिरेर हिँड्न लाग्दा पो झसंग भइयो ं– खोई आयुषा ? यता हे¥यौं, उता हे¥यौं छोरी कतै देखिन्न । केही बेर त सातै गयो । ऊ त कपडामा सजाइएको मेनोकेरलाई आफ्नो सानो हाते ब्याग भिराइदिएर हामीलई छकाउन त्यसैको पछाडि पो लुकेकी रहिछ । 

Tuesday, May 26, 2015

आहा कति गुनिला......! –विजय चालिसे


(नवप्रज्ञापन–६७,माघ–चैत २०७१ म प्रकाशित नियात्रा )
  पराइदेश पुगेपछिको पाँचौं विहान आज । ओछ्यान छाड्दा २०६८ साल असोज ११ गतेको सूर्यले छरेको कोमल प्रकाश आफ्नो साम्राज्य फैलाउन अग्रसर थियो । मध्यरातसम्म जागेर विहान अबेरै व्युँझने महानगरीय अभ्यासले जापान आएदेखि नै हामी पनि धेरथोर प्रभावित थियौं । घरमा छँदा चारै बजे उठेर पाँच बजे प्रातःभ्रमणमा हिँडिसक्ने म, यहाँ आएर अल्छी भएको थिएँ । ओछ्यान छाड्दै सात बज्थ्यो । अनि चियानास्ता पछि केहीबेर नजिकैको पार्क घुम्यो, फर्केर खानपिनपछि केही बेर आराम ग¥यो र त्यसपछि कतै नयाँ ठाउँ घुम्न हिँड्यो । टोकियोबाहिर जाने कार्यक्रम नहुँदा प्राय यही थियो मेरो टोकियो बसाइको दैनिन्दिनी ।
खासै घुमफिरको योजना थिएन आजको लागि । साँझ पाँच वजेतिर आलोकको अफिस पुग्ने र त्यतैबाट टोकियो टावर हेर्ने कार्यक्रम थियो । टोकियो टावरबाट रातीको झिलीमिली टोकियोको दृश्य हेर्ने चाहना पनि पुरानै थियो । बत्तीको झिलिमिली उज्यालोमा बीस वर्ष अगाडि हेरेको टोकियो सहरको सुन्दर दृश्य मनको कुनै कुनोमा अझै पनि धमिलो सम्झना बनेर रहेको थियो ।
मध्यान्हपछि मात्रै निस्कियौं हामी रोपोङ्गी तिर । मिनातो उपनगरको सर्वाधिक चर्चित ठाउँ थियो मिनातो । आफैमां सम्पन्न उपनगर ! विदेशी दूतावास र अन्तराष्ट्रिय अफिसहरूको सञ्जाल रहेको सहर थियो यो । अनि यही मिनातोमा पर्ने रोपोङ्गी के कम, टोकियोभर प्रख्यात थियो यो पनि । हाम्रो ठमेलजस्तै विदेशीहरूमा सर्वाधिक प्रिय । आलोकको अफिस यही रोपोङ्गीको मिडटाउनमा थियो ।
टोकियोका २३ वटा विशेष वार्डमध्येको एउटा सिबुया । फेसन र रात्रि जीवनको प्रमुख राजधानी । टोकियोभर नै सर्वाधिक युवा आकर्षणको थलो !  रोपोङ्गी जाने क्रममा हामी यही सिबुया स्टेसन आइपुगेका थियौं यतिखेर ।
टोकियोमै अति व्यस्त थियो यो सिबुया रेल स्टेसन । एबुसु गार्डेन ठाउँठाउँमा झरना र फोहराको कृत्रिम जलप्रपात फालेर मोतीमालाझैं स्वेतलहर छरिरहेको देखिन्थ्यो । स्टेसनको तिलस्मी संजालबाहिर तिनै जलप्रपातको आनन्द लिँदै विश्वप्रसिद्ध कलाकारहरूका मूर्तिकला (स्कप्चर) र प्रकृतिको आनन्द लिइरहेका हुन्थे सयौं दर्शकहरू । कलाकार ताकेसी सुचितानीको हात मिलाइरहेका मानिसहरू, अगस्ते रोदिनको जेनी दु रेपोस इटर्नल, अन्तोनियो बोरडेल्लेको ल फ्रुइट जस्ता कलाकृति कलापारखीका लागि आकर्षण बनिरहेका थिए । जो नागाहाराको पल्फाइङ क्रोसियन्ट, क्योक्यो कुमाइका से म्यान ना यु ता, मिनो शिरीको विन्डोज, केन्जी पमिसावाको वियोन्ड द कस्मोस, एरिस्टोडे मइलोटको पोमोने ड्रपी, हिरोसी मासुदाको वियोन्ड द बाल्कोनीदेखि मारी नोगुचीको फोनिक्स इटर्नल क्रिएसन शीर्षकका अनेकौं स्क्प्चर दर्शलाई त्यत्तिकै मोहनी लगाइरहेका थिए । अनि यही एबुसु गार्डेन छेउमैं सिबुयाको सानका रूपमा कलाकृतिको भण्डार बोकेर खडा थियो, टोकियो मेट्रोपोलिटन म्युजियम ।
रेलमार्गको प्रयोग गरेर जता पुग्न पनि सिबुया स्टेसन हुनै पथ्र्यो । त्यसैले सिनोकासिराबाट स्थानीय रेल समातेर आइपुगेका थियौं यहाँ । यताबाट रोपोङ्गी पुग्न कठिन थिएन । रेल वा बस कुनै समातेर सजिलै पुग्न सकिन्थ्यो । त्यसैले पनि स्टेसनकै रमाइलोमा भुल्यौं धेरबेर । इन्द्रजाली भुलभुलैयाजस्तो लाग्थ्यो स्टेसन– माकुराको जालोजस्तै । अलि ख्याल गरिएन भने त हामीजस्ता नौला मान्छे त्यसै हराउने । गर्भगृहदेखि तलामाथि तला ! सिङ्गो सहर लाग्थ्यो थियो स्टेसन आफैंमा ।
भवनबाहिर निस्कनै लाग्दा स्टेसनभित्रको एउटा भित्तोले हाम्रो आँखा तान्योे । एउटा विशाल भित्तिचित्र थियो त्यस भित्तोको वारपार । भित्तिचित्र अर्थात्– म्युराल ! अलिकति कलाचेत भएका जोकोहीलाई आकर्षित गर्न सफल थियो यो विशाल चित्र । त्यसको शीर्षक– “द मिथ अफ टुमोरो” ले नै जादुझैं तानिएँ म !
चित्रसँगै अङ््ग्रेजी भाषामा सामान्य विवरण अङ्कित थियो । आणविक बमद्वारा क्षतविक्षत मानव शरीरको प्रतीक रहेछ विशाल भित्तिचित्र । साथमा तीनवटा आकर्षक अभिव्यक्ति थिए –“द मिथ अफ टुमोरो” ! “कला जादू हो” र “कला विष्फोट हो” । मूर्तिकार तारो ओकामोतो (१९११–१९९६) ले बनाएका रहेछन् । तीस वर्ष मेक्सिकोमा बिताएर सन् १९६९ मा जापान फर्केपछि बनाएका रे । त्यतिबेलादेखि नै स्टेसनकमा आकर्षण बन्दै आएको ! आहा कति सुन्दर चित्र, लगभग आधा दशकदेखि यहाँ आवागमन गर्ने कराडौं आगन्तुकलाई युद्धको विभीषिका पढाउँदै निरन्तर शान्ति–सन्देश प्रवाहित गर्दै आएको छ यसले !
जापानी कलामा रहस्यवादका बारे गहिरो अध्ययन गरेर उनले दुईवटा महत्वपूर्ण ग्रन्थ पनि लेखेका रहेछन् – सिनपी निहोन अर्थात् जापानमा रहस्य (क्जष्लउष् ल्ष्जयल) र निहोन साइ–हाकेन, गेइजुत्सु फुदोकी अर्थात् जापानको पुनःआविष्कार र कलाको रेखाङ्कन (ल्ष्जयल क्बष्(जबपपभल(न्भष्वगतकग ँगमयपष्) शीर्षकमा । उनकै अर्को प्रसिद्ध कलाकृति “टावर अफ द सन” ओसाका एक्सपो–७० को प्रतीक चिह्न थियो  ! यसको तल्लो खण्डले मानवजातिको भूत, बीचको खण्डले वर्तमान र माथिल्लो खण्डले भविष्यको दिग्दर्शन गराएको छ । यो कलाकृति अहिले पनि टोकियोको एक्सपो स्मृति पार्कको केन्द्रमा सबैलाई आकर्षित गरिरहेकै छ ।
जापान हामीजस्तो होइन । आफ्नो सभ्यताका उन्नायक साहित्यकार–कलाकारको सम्मान गरेर कृतज्ञता जनाउन जान्दछ । त्यसैले त तारो ओकामोतोको स्मृतिमा टोकियोको कावासाकी नगरले सिङ्गै सङ्ग्रहालय निर्माण गरेको छ– तारो ओकामोतो म्युजियम !
त्यो देख्दा मेरो मनमा जता हे¥यो शासक र नेताहरूको सालिक, प्रतिष्ठान र तिनका लागि सरकारी बजेटको रेलो देखिने मेरो देशमा परिवारजन र जनस्तरले स्थापना गरेका साहित्यकार–कलाकारका प्रतिष्ठान, स्मारक, सालिक आदिको संरक्षणमा समेत स्थानीय भलाद्मी भनाउँदा र शासकहरूको अनुदारपूर्ण कृतघ्नता बिझाइरहेको थियो । हामीकहाँ सरकारले सम्मानको नाउँमा वर्षेनी आर्थिक सहयोग बाँड्छ, नबाँड्ने पनि होइन । साहित्यिक पुरस्कारहरू पनि प्रदान गर्छ । तर ती सहयोग, ती पुरस्कार पाउन योगदान होइन, शासनको बाग्डोर समालिरहेको दलको कोटेरीभित्रको साहित्यकार–कलाकार कार्यकर्ताको पहिचान चाहिन्छ । कति कृतघ्न छ मेरो देश, जहाँ साहित्यकार–कलाकारको मूल्याङ्कन समेत योगदानले नभएर सत्तारूढ पार्टीसक्रियताको कोटाले निर्धारण गर्दछ ।  
त्यो चित्ताकर्षक भित्तिचित्रको आकर्षणबाट बलजफती मुक्त भएर हामी स्टेसन भवनबाहिर निस्कियौं । अब हाम्रा पाइला अग्रसर थिए हाचिको पार्कतिर ! ए...यही पो रहेछ कतै कुनैबेला अत्यन्त भावुक भएर पढेको–हेरेको एउटा स्वामीभक्तिको अभूतपूर्व दृष्टान्त कथा र चलचित्रको रचनागर्भ ! त्यही हाचिको नामको एउटा स्वामीभक्त जापानी कुकुरप्रति कृतज्ञता प्रकट गर्न बनाएका रहेछन् जापानीहरूले यो हाचिको पार्क । त्यो देखेर उनीहरूको कृतज्ञता ज्ञापन गर्ने उदारमना शैलीप्रति फेरि एकपटक नतमस्तक बनाएको थियो हामीलाई ।
त्यही देखेर लक्ष्मीको मुखबाट निस्किएको थियो– आहा...कति गुनिला यी जापानी !
सिबुयासँग अभिन्न रूपमा गाँसिएको थियो ‘हाचिको’ । अनि उसैको नाउँमा बनेको यो पार्क सिबुयासँग नगाँसिने कुरै भएन ! ‘हाचिको’ मानिस थिएन, तर थियो मानिसभन्दा पनि भरपर्दो र इमान्दार मित्र ! यस्तो मित्र जो मित्रको हात र साथ कुनै हालतमा छाड्दैन । छुकेन हाचिको नामको त्यही स्वामिभक्त कुकुरको सत्य कथा सुनाइरहेको थियो यो पार्क ।
अकिता प्रिफेक्चरको ओदाते नगर नजिकैको एउटा फार्ममा जन्मेको थियो हाचिको । त्यसैले यहीँबाट सुरु हुन्छ यसको सत्यकथा । टोकियो विश्वविद्यालयको कृषि विभागका प्राचार्य हिदेसाबुरोले उसलाई ओएनो ल्याएछन् । स्वामीभक्त हाचिको अलि ठूलो भएपछि उनी बिहान बेलुका अफिस जाँदा र फर्कने बेलामा सधैं सिबुया स्टेसनसम्मै लिन पु¥याउन पुग्थ्यो रे !
दुर्भाग्य, एकदिन विश्वविद्यालयमैं मस्तिष्कघात भएर प्रोफेसर हिदेसाबुरोले अस्पतालमैं प्राण छाडे । उता हाचिको भने मालिकआउाछन्भनेर स्टेसनमा बसि नै रह्यो । विचरो उसलाई अब मालिक कहिल्यै फर्कँदैनन् भन्ने के थाहा ? एक सेकेन्डलाई पनि छाडेन उसले त्यो ठाउँ । नमरुन्जेल नै पर्खिरह्यो ! स्टेसनमा नियमित आउने जाने यात्रीहरूको ध्यान बिस्तारै हाचिको तर्फ तानिँदै गयो, तिनैले दिएको खानेकुरा खाएर केही दिन बाँच्यो ।
त्यही बेला ओएनो विश्वविद्यालयकै एकजना पूर्व विद्यार्थीले उसको स्वामीभक्तिका सम्बन्धमा एउटा लेख छपाए । अनि त के थियो र, उसको स्वामीभक्ति बारेमा एकपछि अर्को लेख–समाचारहरू छापिँदै गए । १९३२ मा  टोकियोको प्रतिष्ठित राष्ट्रिय दैनिक ‘आसाही सिम्बुन’ ले उसको अपूर्व स्वामीभक्तिका बारेमा छापेपछि त जापानभर हाचिकोलाई नचिन्ने कोही भएन ! अनि राजादेखि रङ्कसम्मको परिचित बन्यो हाचिको । केही समयपछि मालिकलाई पर्खँदा पर्खँदै सिबुया स्टेसनको सडकछेउको त्यही कुनोमा मरिहेको भेटियो, मार्च १९३५ को एक दिन । स्वामीभक्तिको अभूतपूर्व कथासहित संसार छाडे्यो हाचिकोले ।
आहा कस्तो समर्पण, कस्तो स्वामीभक्ति ! टोकियाबासी पनि इमान्दारीको कदर गर्न चुक्दैनन् । कृतज्ञता प्रकट गर्न पछि पदैनन् । त्यसैले त १९३४ को अप्रिलमा हाचिको जीवित छँदै सम्मानमा उसको ढलोटे सालिक स्थापना गरे ! यो मात्र होइन, अरु पनि छन् उसको स्वामीभक्तिको सम्मान गर्दै राखिएका सालिकहरू ! ऊ जन्मेको ठाउँ नजिकै ओदाते स्टेसन लगायत अरु अरु ठाउँमा ।
सिबुया स्टेसन बाहिर हाचिकोले आफ्ना मालिकलाई पर्खने गरेको ठाउँमैं ढलोटद्वारा बनेको हाचिकोको पाइलाछाप प्रतीकचिह्न छ ! त्यसैमा लेखिएको छ उसको स्वामीभक्तिको कथा । वर्षेनी ८ अप्रिलको दिन हाचिकोको सम्झनामा त्यहाँका स्थानीय मानिसहरू हाचिको पार्कमा भेला हुन्छन् र उसप्रति सम्मान अर्पण गर्नेगर्छन् ।
सिबुया स्टेसनको पश्चिमोत्तर कुनोमा स्टेसनसँगै जोडेर बनाइएको यो हाचिको चोकको सालिक अगाडि उभिएर हामीले पनि उसको सम्मान र सम्झनामा फोटो खिचायौं ! चोक मानिसहरूलाई भेटघाट, समय कटनी र कुराकानीको अवसर दिएर असाध्यै रमाएको थियो । पार्कको छेवैमा सिबुयाको चौबाटोमा वारपार गरिरहेका हजारौं मानिसको हुलले मानव सागरको भान गराइरहेको थियो । ओहो, कति विशाल मानवसागर ! मानौं सिंगो टोकियो उर्लिएको छ यो चौबाटोमा । साँच्चै हेर्न लायक थियो त्यो मानवसागर ।
अब रोपोङ्गी आलोकको अफिस पुग्न हामीसँग धेरै समय बाँकी थिएन । रोपोङ्गी पुग्ने दुई विकल्प मध्ये रेल नचढेर बस समात्यौं र रोपोङ्गी ८०  माइलमा ओर्लियांै । बाटो देखाउने अगुवा सीता छँदै थिइन् ।
रोपोङ्गी ! के होला यो रोपोङ्गीको अर्थ ? खुलदुली अस्वाभाविक थिएन । पछि जानियो, छवटा रुखको अर्थमा बनेको रहेछ यो नाउँ । सन् १९६०को दशकदेखि जापानी नागरिक र विदेशीहरूबीच लोकप्रिय बन्दै गएको रे यो ठाउँ । मूलतः डिस्कोका लागि प्रसिद्ध थियो विदेशीहरूका लागि । अहिले नगरभित्रको एउटा सानो उपनगर बनेको थियो यो टोकियो मिड टाउन । मिडटाउन टावर र रोपोङ्गी हिल रोपोङ्गीका दुई बलिया खम्बा थिए यसका ।
इजुमी गार्डेन टावर र रोपोङ्गी हिलमा क्षेत्रमा सन् २००० को प्रारम्भतिर गगनचुम्बी भवनहरूको सञ्जाल निर्माण हुनथाल्यो । त्यसपछि त दिन दुईगुना रात चौगुना विकास गर्दै यो ठाउँले । मिडटाउन कम्प्लेक्स रोपोङ्गीको सबैभन्दा अग्लो भवन थियो ! छवटा कलात्मक गगनचुम्बी भवनहरूको विशाल समूह थियो यो । सबैभन्दा अग्लो संरचनाको उचाइ २४८.१ मिटर थियो । कार्यालय भएका भवनहरूमध्ये टोकियोकै सबैभन्दा अग्लो यो ५९ तले भवन अङ्ग्रेजीको एम आकारमा बनेको देखिन्थ्यो । यसमा जमिनभित्र पाँच र जमिनमाथि ५४ तला थिए । आलोक यसैको ४२ औं तलामा रहेको हेक्सकोडमा कार्यरत थियो अहिले । यो अवलोकन केन्द्र नभएर कर्यालय भवन भएकोले ३३ तलाभन्दा माथिबाट बाहिर हेर्न र फोटो खिच्न निषेध थियो । हामीले छोराको अफिस हुनुको फाइदा उठायौं र आलोकको साथ लागेर ४२ औं तला पुग्नासाथ क्यामरामा कैद ग¥यौं लगभग अढाइ किलोमिटर परको टोकियो टावर र टोकियो सहरको विहङ्गम दृश्य ! यो पनि यथार्थमा नियमभङ्ग नै थियो । आखिर नेपाली न हांै, यस्ता सानातिना कुरामा कहाँ पो नियम हेर्छौं र ?
राम्रा मात्र हुँदैनन् सबैको सबै कुरा । हो, रोपोङ्गी पनि कुनै बेला केही कुरामा वदनाम थियो । धेरै अगाडि जापानी संगठित अपराधि समूह ‘याकुजा’ को गढ थियो यो । पछि त्यो समूह यताबाट  अरु ठाउँमा छरियो र रोङ्गी जापानकै अत्यन्त प्रतिष्ठित र महँगो ऐयासीपूर्ण थलो बन्यो । विदेशी आकर्षणको प्रमुख केन्द्र ! टोकियो मिडटाउन जापानी युवाहरूको समेत “ड्रिम” थियो , आहा टोकियो मिड टाउनमा काम गर्न पाए यस्तै सपना पाल्छन् रे जापानी युवा !
हेर्दा हेर्दै रोपोङ्गीको मिडटाउन मैं साँझको छ बज्यो । बाहिरै खाना खाने योजना बनाएका थियौं आज । त्यसैले अफिसबाट निस्केपछि नजिकैको एकजना भारतीयको “सिया साउथ इन्डियन होटेल” मा खाइयो खाना । टोकियो टावर नजिकै भएकोले मेरो हिँडेरै पुग्ने प्रस्तावमा लक्ष्मीको पनि सहमति मिल्यो । उसले पनि हिँडेरै जान सक्छु भनेपछि त के थियो र ?
हिँड्दा नयाँ ठाउँ र नयाँ नयाँ कुरा देखिन्छन्, तिनको अन्तरङ्ग परिचय पाइन्छ । नभन्दै मिड टाउन टावरको केही उता जानासाथ नयाँ कुरा देखियो– एउटा विशाल सोरुममा न्याना लुगामा लुटुपुटु पारेर राखिएका कुकुरका अनेकौं मायालाग्दा छाउराहरू ! हरेकको छेउमा मूल्य सूची टाँसिएको थियो । विक्रिका लागि राखिएका ती छाउराहरू छेउछेउमा टाँसिएका एक लाख डेढ लाखसम्मका मूल्य सूची देखेर हामी सबैले जिभ्रो टोकेका थियौं ।  आहा कति भाग्यशाली यी कुकुरका छाउरा ! दूधभात खाएर न्याना लुगामा लुटुपु गरिहेका यिनलाई देख्दा मेरा आँखा अगाडि इँटाभट्टादेखि सडकको धूलोमैलोमा भविष्य खोजिरहेका मेरा शिशुहरूको अबोध आँखा भलझली अगाडि आइरहे ।  
आठ बजेतिर खाना खएर हिँडेका थियौं, लगभग आधा घन्टामा पुग्यौं टोकियो टावर । सिन्दुरे रंगको नियनलाइटको उज्यालोमा नुहाएको टोकियो टावरको राजसी छटा हेर्नेहरूको भीड बाक्लै थियो । हुन त सिंगो टोकियो नै बत्ती नै बत्तीको उज्यालोमा नुहाएर उज्यालोकै महासागरजस्तो देखिन्थ्यो रातमा । रातको टोकियोलाई यही टावरबाट बीस वर्ष अघि नियालिसकेकोले रातमा नभएर दिनमा चढ्ने चाहना जाग्यो र अर्कोपल्ट दिउँसै आएर टावर चढ्ने सल्लाह गर्दै फक्यौं हामी । रेल समात्न अघि बढ्दा बीस वर्ष अघिको जापान भ्रमणको सम्झना ताजा बनाइदिएका थिए जोजोजी मन्दिर र टोकियो प्रिन्स होटेलले । हो त्यतिबेला हामी बसेको होटेल यही थियो ।

Monday, December 22, 2014

यो त मान्छे नै होक्यार ! –विजय चालिसे

(कल्पतरुका, द्वैमासिक–५४, वर्ष १३, अंक ३ २०७१असोज–कार्तिक)

“यो त मान्छे नै होक्यार, दुरुस्तै छ त बोलिहाल्ला जस्तै !” महात्मा गान्धी, मदर टेरेसा र लेडी डायनाको मैनमूर्तिसँगै बसिरहेको सुट टाइमा सजिएको जापानीजस्तै एउटा आकृतिलाई देखेर लक्ष्मीले अचम्म मान्दै भनी । हुन पनि सबै आकृति जीवन्त थिए । त्यसमा पनि त्यो जापानी त जुरुक्कै उठेर हात मिलाउन आउलाजस्तै !
हामी वाक्स म्युजियममा थियौं, टावरभित्रको तेस्रो तलामा । टोकियो टावरको यही तलामा थिए भूत घर, गिनेज बुक अफ वल्र्ड रेकर्डको म्युजियम र टावर ग्यालरी ! टावरकै विशेष आकर्षण थिए यी । हामी १९७० देखि सञ्चालित मैन मूर्तिहरूको सङ्ग्रहालयमा थियौं । सुरुमा लण्डनमा बनाएर यहाँ ल्याइएका थिए रे मैनका मूर्तिहरू । यी मूर्ति र मैनमूर्ति सङ्ग्रहालयले मलाई २६ वर्ष अगाडिको कालखण्डमा पु¥याएका थिए– त्यतिबेला हेरिएको लण्डनस्थित म्याडाम टुसादको मैनमूर्ति सङ्ग्रहालयमा ।
हुन पनि टोकियो टावरको म्याडम टुसादको मैनमूर्ति सङ्ग्रहालय कक्षामा जता हे¥यो त्यतै यस्तै विश्मित तुल्याउने दृश्य थिए । कतै दुरुस्त आइन्स्टाइन थियोरी अफ रिलेटीभिटीको व्याख्या गरिरहेजस्तै  देखिन्थे, कतै  माओ, लेनिन र होचिमिन्हहरू आ–आफ्नो युग हाँकिरहेजस्तै लाग्थे । अनि कतै बसिरहेका थिए बेलायतका चर्र्चित प्रधानमन्त्री चर्चिल ! राजनीतका गुरुगम्भीर व्यक्तित्व मात्र थिएनन् त्यहाँ सन्सारका लाखौं युवा मनका धड्कन स्वप्नसुन्दरी र सपनाका राजकुमारहरू पनि थिए । रजतपटका कलाकार मेरिलिन मुन्रो लगायतका विश्वप्रसिद्ध स्वप्नसुन्दरी सिनेनायिका र नायकहरू थिए ! विश्वप्रसिद्ध ललितकलाका मास्टरहरूका कmाकृति थिए, कलाकार थिए थिए उनीहरूको क्रियाशील दृश्यहरू । कतै विश्वप्रसिद्ध कलाकार लियोनार्दो द भिन्सीको कालजयी कृति द लास्ट सपरको प्रतिकृतिले लोभ्याइरहेका थियो, कतै मोनालिसाको रचनाक्रममा एकातर्फ चित्रफलकमा तयार हुँदै गरेको १६ औं शताब्दीको विश्वविख्यात तैलचित्र मोनालिजाको तयार हुँदै गरेको चित्रले । अनि अर्कोतिर मोनालिजाको पोजमा देखिने एउटी सुन्दरी मोडेल अर्थात कला इतिहासकाहरूका अनुसार तत्कालीन ल्फोरेन्सका धनी व्यापारीकी पत्नी लिजा मोडेल बनेर उभिएकी, अचल र अर्को छेउमा मोडेल मोनालिजालाई गौरसँग हेरिरहेका दा भिन्सिीको तैलचित्र ! दा भिन्सीले मोनालिसाको सिर्जना गरिरहँदाको मुड समात्ने प्रयास गर्ने त्यो चित्र आफैंमा पनि सुन्दर थियो, कालजयी ! अरु पनि धेरै थिए यहाँ यसरी मन लोभ्याउने कलाका सुन्दर अनुकृति र मैनका जीवन्त मूर्तिहरू ! तीसँगै बसेर, उभिएर फोटो खिचाउँदै क्यामरामा कैद गर्दै गयौं हामी ती सुन्दर क्षणलाई । अहिले बीस वर्ष अघिका सम्झना पनि तिनै मैनका अनुकृतिजस्तै जीवन्त भएर उघिएका थिए मेरा अगाडि । हो बीस वर्ष अघि पनि यसरी नै अभिभूत तुल्याएका थिए यी मैनका यी जीवन्त कलाकृतिले ।
यस अघि नै जापान पुगेकोपाचौं दिन रातको समयमा बाहिरैबाट केहीबेर हेरेर फर्केको टोकियो टावरमा आज २०६८ असोज १७ (४ अक्टोबर २०११) दिन बिताउने गरी आएका छौ हामी यात्राको एघारौं दिन अपराह्न । चाँडै भन्दा भन्दै पनि पुग्दा साढे बाह्र जति भइहाल्यो ।
विगत आधा शताब्दीदेखि लाखौं दर्शकलाई मनोरन्जन दिँदै आएको थियो टोकियो टावरले ।  फ्रान्सको एफिल टावरकै प्रेरणाबाट नाइएको रे यो ३३३ मिटर अग्लो सुन्दर मिनार ! टोकियोको मिनातोमा स्थित सन् १९५८ मा निर्मित यो मिनार झट्ट हेर्दा मनोरञ्जन टावर लाग्दथ्यो । यथार्थमा यति मात्र थिएन यो । मनोरञ्जन दिनुका साथै जापानी जापानी टेलिभिजन र रेडियो स्टेसनहरूलाई प्रसारण सुविधा दिइरहेको थियो यसले । त्यसैले यो जापानी विकास यात्रालाई आधुनिक सञ्चार प्रणालीको मेरुदण्ड बनेर सघाइरहेको थियो ।
मिनारको फेदीमा बनेको “फुट टाउन” सहर नभए पनि उटा सहरजस्तै थियो यात्रुले खोजेका सबै कुरा पाइने । आफूभित्र स्रग्रहालय, रेस्टुराँ र  पसलहरू थापेर ग्राहक बोलाइरहेका थियो यसको चार तले भवन संरचना । पहिलो तलामा थिए अक्वेरियम, ग्यालरी, रिसेप्सन हल, ४०० जना अटाउने टावर रेस्टुरा, ठूलो सपिङ कम्प्लेक्स र सोभेनियर पसलका साथै फेमिली मार्टहरू ! माथिल्लो तलाको १५० मिटर उँचाइसम्म पहिलो अवलोकन केन्द्र भनिन्थ्यो र यहीँ थिए यसभन्दा माथिल्लो अवलोकन कक्षमा पु¥याइने तीनवटा विजुली भ¥याङ । निरन्तर आन्तरिक र वाह्य दर्शनार्थी पर्यटक बोकेर तलमाथि गरिरेहेका थिए यी विजुली भ¥याङ ।
“ऊ...देख्नुभयो, संसद्भवन भवन डाइट र शाही दर्बार ?” २–३ किलोमिटर उत्तरतिर देखाउँदै  निस्केको आलोकको आवाजले हामी सबैको ध्यान खिच्यो । हामी पनि लाम लागेर विजुली भ¥याङ भित्रिएको एकै छिनमा मुख्य अवलोक कक्षमा पुगिसकेका । आहो कति तीब्र गति– आँखा झिमिक्क गर्न नपाउँदै त्यति माथि चढाउने ! चारैतिर सफा चहकिलो पारदर्शी सिसाबाट लगभग ३६० डिग्रीको कोणमा ठोक्किँदै थिए समग्र टोकियोका वैभव र भौतिक विकासका गगनचुम्वी संरचाहरू ! विज्ञान–प्रविधिकै क्षेत्रमा युरोप अमेरिकालाई चुनौती दिइरहेको आफ्नै एसियाको देश जापानको टोकियोलाई यसरी नियाल्नु आफैंमा रोमान्चक अनुभव थियो ! अनि बडो सानले गजधम्म बसिरहेका थिए आलोकले देखाएका संसद् भवन र जापानी सम्राटको प्रसिद्ध आवास ।.... अरु अरु असङ्ख्य गगनचुम्बी भवनहरू !
टावरको दक्षिणतिर समुद्र छेउको टोकियो खाडीमा विशाल पंखा फिँजाएर बसिरहेजस्तै देखिन्थ्यो नयाँ सहर ओदाइवा । ओदाइवा क्षेत्रको गौरव रेन्वो ब्रिज र फुजी टेलिभिजनको मुख्य कार्यालय टडकारै देखिन्थे । त्यहाँबाट अलि वर समुद्री किनारामा रहेको मेरिटाइम साइन्स म्युजियमको भव्य भवन, अनि विमानहरू उडउँदै ओलराल्दै गरिरहेका टोकियो अन्तर्राष्ट्रिय विमानस्थल (हानेदा) ! उता सिनागावाको कुनोमा सगौरव उभिएको जापानकै सबैभन्दा अग्लो भवन ल्यान्डमार्क टावर र पश्चिमतर्फको योकाहामा, एबिसु गार्डेन प्यालेसको विशाल गनचुम्बी भवन ! सिवुया तर्फ देखिने आशाही टेलिभिजन, रोपोङ्गी हिल र एनएचके टेलिभिजन केन्द्रका भव्य दर्शन । अनौठो अनुभूतिको सिर्जना गरिरहेथ्यो यी सबै कुराका दृश्यले । उत्तरतर्फको टोकियो मिडटाउनको टोकियोकै सबैभन्दा अग्लो गर्वोन्नत भवन, सिन्जुकुका आकास छुँला झैं गरिरहेका गगनचुम्बी भवनसंरचना सबै नै विश्मयकारी देखिन्थे मजस्ता गरिव देशका झुपडबासीहरूका लागि !
माथिबाट देख्दा बामपुड्के लाग्थे टोकियोका यी गगनचुम्बी भवनहरू । साना बिन्दुजस्ता देखिन्थे सबै संरचना र विशाल नगरहरू । पूर्वतर्फको युएनो पार्क, आसाकुसा सबै नै साना थिए, मुस्किलैले ठम्याउनु पर्ने । हो त विशाल संसारमा सबै एउटा बिन्दु नै त हुन् । नजिकबाट देख्दा जति नै विशाल देखिए पनि टाढाबाट हेर्दा आखिर सबै नै सना बिन्दु नै त हुन् । विशाल ब्रह्माण्डमा आखिर सबैको नै एउटा बिन्दुकोभन्दा बढी अस्तित्व कसको नै छ र ?
त्यहाँका प्रमुख कुरा औंल्याएर अवलोकन कक्षका चारैतिर राखिएका नक्साले दिशानिर्देश गरिरहेका थिए । नक्सा केही पर एकातिर माउन्ट सुकुवा देखाएइरहेको थियो । गिन्जातिरको टोकियोमा फुजी टेलिभिजन टावर र त्यसको विपरीततिर देखिँदैथियो टोकियो डिस्ने रिजोर्ट र वल्र्ड ट्रेडसेन्टरहरू ! त्यतैतिर देखिएको टेकियो प्रिन्स होटेलले केहीबेर नोस्टाजिक तुल्यायो मलाई । बीस वर्ष अगाडि यसैको एउटा कोठामा केही दिन आश्रय लिएको सम्झना आँखा अगाडि झल्झली आइरहे ।
“मौसम अलि सफा नभएर हो, नत्र यहाँबाट माउन्ट फुजी पनि देखिन्छ ।” ओहो...कति अग्लो रहेछ त यो लगभग सन् २०११ सम्म नै जापानको दोस्रो अग्लो मानवनिर्मित संरचनाका रूपमा परिचित टोकियो टावर ! आसाकुसाकै छेउमा निर्मित नयाँ टावर टोकियो स्काइलाई टोकियो टावरको यो अवलोकन कक्षबाट हेर्दै झट्ट लाग्यो– अब भने यसले आफ्नो त्यो परिचय गुमाउने छ । स्काइ ट्रीले खोस्नेछ अब यसको यो परिचय !
 हो, आसाकुसाकै छेउको अर्को गगनचुम्बी मिनार स्काइ ट्री उद्घाटन पर्खिदै सर्वसाधारणलाई टोकियो टावरकोभन्दा दुई गुना अग्लोबाट टोकियो देखाउन आतुर थियो यतिबेला । तलबाट देख्दा टोकियो टावरलाई बामपुड्के तुल्याउने प्रयास गर्दै खिज्याइरहेझैं लाग्थ्यो ।
सुरुमा नयाँ टोकियो टावरको नामले परिचित टोकियोको सुमिदामा निर्र्मित स्काइ ट्री टोकियो टावरभन्दा झन्डै दुई गुनाले अग्लो छ, ६३४ मिटर ! टेलिभिजन र रेडियो प्रसारण, दृश्यावलोकन र खानपनि लगायतका मनोरन्जनकै लागि बनाइएको हो यो स्काइ ट्री मिनार पनि ! दिन दुईगुना रात चौगुना भौतिक विकासको सगर छुन दौडिरहेको जापान र टोकियोका प्रसारण संयन्त्रलाई अब टोकियो टावरले धान्न नसक्नु स्वाभाविक हो । टोकियो टावरभन्दा अग्ला अग्ला भवन संरचनाको निर्माण हुन थालेपछि त्योभन्दा अग्लो टेलिभिजन टावरको आवश्यकता अनुभव भयो टोकियोलाई । अनि शुरुभयो २००८ मा यो स्काइ टावरको निर्माण । आजको लगभग चार महिना पछि सन् २०१२ को फेबु्रअरीमा निर्माण सम्पन्न भएर मई २२ तारिखका दिन उद्घाटन पर्खेर बसेको छ स्काइटावर पर्यटक भित्र्याउन आतुर बनेर ! कार्यक्रम समेत तय भइसकेको छ । यसको एन्टेनाको टुप्पोको उँचाइ ६३४ र छानाको उचाइ ४९५ मिटर छ रे । सबैभन्दा माथिल्लो तला नै ४५० मिटरको उचाइमा छ यसको । सजावट र बत्तीको साजसज्जा मात्र पूरा हुन बाँकी थियो यतिबेला । चवालीस करोड अमेरिकी डलर त खर्चै लाग्यो रे यो बनाउन । अहिलेसम्मकै संसारको सबैभन्दा दोस्रो अग्लो टावर मानिन्छ यो, चिनको गान्झाउस्थित क्यान्टोन टावर पछि । क्यान्टोन टावर स्काइ ट्रीभन्दा पनि ३४ मिटर अग्लो छ रे ! विश्वकै सबैभन्दा अग्लो युनाइटेड अरब इमिरेट्सको दुवइमा बनेको १६० तले मानवनिर्मित बुर्ज खलिफा टावर ले अझ यी दुवैलाई होभ्याउँदै छ । सन २०१० मा सर्वसाधारणका निमित्त खुला गरिएको बुर्ज खलिफा  ८२९.३४ मिटर अग्लो छ, स्काइ ट्रीभन्दा पनि १९५ मिटरजति अग्लो !
स्काइ ट्री सञ्चालनमा आएपछि जापानी टेलिभिजन प्रसारणको क्षमतामा निकै बृद्धि आउनेछ । प्रसारण टावरको रूपमा प्रयोग भइरहेको टोकियो टावर गगनचुम्वी भवनहरूले घेरिँदै गएकाले डिजिटल टेरेस्टियल टेलिभिजन प्रसारणका लागि त्यति प्रभावकारी बन्न सकेको छैन । जापानी टेलिभिजन अहिलेसम्म मोनोलग र टेरेस्ट्रियल दुबै प्रणालीमा चलिरहेका भए पनि सन् २०१२ देखि टेरेस्ट्रियल प्रणालीमा मात्रै प्रसारण हुने सरकारले निर्णय गरिसकेकोले पनि यो नयाँ टावरको आवश्यकता देखिनु स्वाभाविक थियो सायद् ।
हो, मौसम सफा हुँदा जापानको सान फुजी पर्वतदेखि तोसुकुवा पहाडसम्म सबै नै छर्लङ्ग देखिन्छन् रे यहाँबाट ! हामीले भने देख्न पाएनौं । कक्षको भुइँ रहेको सिसाबाट टावरको तलको रमाइलोदृश्यका साथै यही कक्षको सिन्तो मन्दिर र सोभेनियर पसलहरू हेर्दै हामी चढ्यौं माथि पुग्न अर्को बिजुली भ¥याङ । विजुली भ¥याङले मिलिक्क गर्दा नगर्दै पु¥याएको २५० मिटर माथिको विशेष अवलोकन कक्षबाट हेर्दा देखिएको दृश्य पनि लगभग तिनै थिए, मात्र उचाइको अन्तर । सिंगो टोकियोको दृश्यावलोकन साँच्चि नै रमाइलो अनुभव थियो ।
त्यो दोस्रो अवलोकन कक्षबाट तल झरेर हरायौं हामी तेस्रो तलाका विभिन्न आकर्षहरूमा ।  वाक्स म्युजियम र गिनेज बुक अफ वल्र्ड रेकर्डको म्युजियम र केही टावर ग्यालरी हेरे पनि भूत घरभने. हेर्न चाहेनौं ।
चार बजेछ, टावरबाट ओर्लँदा । खानपिनपछिको अबको हाम्रो गन्तव्य थियो जोजोजी मन्दिर । टोकियो टावर नजिकैको सिवा पार्कमा रहेको थियो यो मन्दिर । मलाई सम्झना थियो, म यस अगाडि जापान आउँदा बसेको टोकियो प्रिन्स होटेलकै केही उता छ जोजोजी अर्थात् जोडो सु मूल मन्दिर । यही मन्दिरको वरिपरि फैलिएको छ टोकियो टावरदेखि यो मिनातो सहरको नगरपालिका भवनसम्म विस्तारित सिवा कोएन अर्थात् सिवा पार्क । टोकियोकै प्रसिद्ध नगरमध्ये पर्छ मिनातो । टोकियो टावर, रोपोङ्गी हिलजस्ता पर्यटन आकर्षषका केन्द्र मात्र नभएर विश्वका अधिकांश दूतावासहरू रहेको अन्तराष्ट्रिय आवागमनको समेत केन्द्र थियो यो । नेपाल, बंगलादेशजस्ता केही अति कम विकसित बाहेक विश्वका ७२ वटा धनी देशका दूतावास र तीनवटा वाणिज्य दूतावास बसेका छन् रे यो मिनातो सहरमा !
टोकियो टावरबाट निस्केदेखि नै यही सिवा पार्कबीचको सडकपेटी हुँदै बढेका थियौं हामी जोडो–बौद्ध सम्प्रदायको प्रमुख मन्दिर जोजोजी तर्फ । टोकियो टावरबाट मन्दिर तर्फं अघि बढिरहँदा झ्वाट्ट आका परेको टोकियो प्रिन्स होटेलले मलाई पूर्वस्मृततिमा पु¥याइदियो, केही बेर नोस्टाल्जिक बनँे । मलाई बीस वर्ष अगाडिको सम्झना व्युँताइदियो यो टोकियो प्रिन्स होटेलले ! त्यतिबेला जापान आउँदा यही होटेल थियो हाम्रो टोकियो रहुन्जेलको आवास ।
मन्दिर बाहिरै मूल प्रवेशद्वार नजिकै बौद्ध भीक्षु–भीक्षुणीहरूका रंगीन चिवरमा सजिएका सयौं स–साना पुतलीजस्ता मूर्तिहरू देखिए । बुद्धदर्शन अन्तर्गतको विशुद्ध भूमि सम्प्रदायमा पर्छ रे यो जोडो सु सम्प्रदाय । मन्दिर करिव ६ सय वर्ष पुरानो रहेछ, सन् १३९३ मा निर्माण भएको । सुरुमा जोडो स्कुलका रूपमा निर्माण भएको यो मन्दिरको वास्तविक नाम भने सानयेन–जान कोडो–इन जोजोजी रहेछ । अमिदा अर्थात अमिताभ बुद्धको विशाल मूर्ति मन्दिरको मूल मूर्तिका रूपमा स्थापित थियो । मन्दिरका अरु विभिन्न खण्ड र कक्षमा शाक्यमुनि बुद्धका तीन र अर्हतका सोह्रवटा मूर्तिहरू देखिन्थे । यसरी नै यस संप्रदायका संस्थापक होनेन शोनिनको पनि एउटा आकर्षक मूर्ति स्थापना गरिएको देखिनथ्यो । मूर्तिहरू बौद्धकला परम्परामा जापानी शैलीको प्रयोग देखिन्थ्यो र कलात्मक थिए सबै नै । मन्दिरको मुख्य द्वारका साथै दाइबोन्सो (विशाल घन्टा) जस्ता कलाका अनुपम कृतिहरू जापानी राष्ट्रिय सम्पदाकै अभिन्न अङ्ग मानिँदा रहेछन् । जापानी भाषा खान्जीमा अमितास्यु भनिने अमिताभ बुद्धको शाव्दिक अर्थ अपरिमित जीवन अर्थात इन्फिनिट लाइफ र अमिताभ को अर्थ अपरिमित प्रकाश (इन्फिनिटिभ लाइट) भनिन्छ ।
गौरवले छात्ती ढक्क फुल्यो ! नफुलोस् किन ? आखिर नेपाली भूमिले नै त जन्माएको हो गौतम बुद्धलाई, अमिताभ बुद्धलाई ! मेरा नेपाली बुद्धहरू यो विदेशी भूमिमा यसरी पुजिनु आखिर मेरै पुजा त हो, मेरै नेपाल आमाको पुजा ! तर आजको म के यो पुजा ग्रहण गर्ने सत्पात्र बन्ने प्रयत्नमा छु ? साथसाथै मन आफ्नै अन्तर्मनसँग प्रश्न गरिरहेका थियो यतिबेला ।
२०६९ माघ २२
विजय निवास, आरुबारी

Sunday, March 3, 2013

हाकोनेले देखेन मेरो देश !

हाकोनेले देखेन मेरो देश !
–विजय चालिसे

(भृकुटी समालोचनात्मक एवम् अनुसन्धानात्मक–सांस्कृतिक त्रैमासिकको पूर्णाङ्क १६, साउन–भदौ–असोज २०६९ मा प्रकाशित नियात्रा) 
“होइन, के खोजिरहनुभएको ?” नातिनी आयुषाले बालरेलदेखि जाँतेपिङसम्म सबै चढ्ने पालो पु¥याइसकेपछि सबैजना त्यो विश्रामकक्षबाट बाहिरिने तर्खरमा लागिसकेछन् । म भने एकोहोरो भित्तामा केही खोजिरहेको देखेपछि लक्ष्मीले छक्क पर्दै गरेकी थिइन् त्यो प्रश्न । 
“हेर..हेर..आलोक, हाम्रो देशको भण्डा कहाँनिर छ, मैले त फेलै पार्न सकिन !” लक्ष्मीको प्रश्नको परोक्ष जवाफ दिन्छु म, अलोकलाई मेरो देशको झण्डा खोज्न अह्राएर । 
“खोइ, छैन त !” उसले पनि चारैतिर भित्तामा गौरसँग हे¥यो । विभिन्न देशका राष्ट्रिय झण्डा राखिएको त्यो भित्ताको वारपार दोहो¥याइ–तेह¥याइ हेर्दा पनि नदेखेपछि नकारात्मक जवाफ आयोे आलोकबाट पनि । 
ओहो...यतिका देशका राष्ट्रियध्वजलाई सम्मानपूर्वक स्थान दिसक्ने जापानको यो हाकोनेले कसरी बिस्र्यो मेरो देशलाई ? मेरैदेशका सिद्धार्थ गौतम बुद्धको उपदेशलाई आदर्श मान्ने जापानले कसरी बिर्सन सकेको होला तिनै बुद्धको देश नेपाललाई ? अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वबन्धुत्वको सम्मान गर्ने जापानको हाकोनेले यसरी र्बिसन हुनथ्यो त मेरो देशलाई ? के यति महत्वहीन छौं हामी विश्वरङ्गमञ्चमा ? मनभरि प्रश्न अनेक प्रश्न थिए, मुटुभरि अमिलोपन र पीडाको सर्पदंश ! जापानकैं टोकियोस्थित ओमिया हाचिमानागु स्मारकमा यस अनघि भेटएकी मेरो नेपाललाई चिन्ने जापानी केटीबाट पाएको सद्भाव र प्रभाव समेत चकनाचूर हुनपुग्यो यतिखेर मेरो मनबाट । त्यो आत्मीयता र सद्भाव दिनसकेन मलाई हाकोनेले ! त्यसैले मन झनै अमिलियो । 

कोदोमो–नो–कुनी बालभूमि अर्थात् चिल्ड्रेन्स ल्याण्ड, तस्बीरः विजय
“होइन, दूतावासले पनि चासो राख्नुपर्ने होइन र गणेशजी, यस्तो कुरामा ? यो त राष्ट्रिय पहिचानबिस्तारको पनि त प्रश्न हो नि ! त्यहाँ पुग्ने लाखौं लाख मानिस र केटाकेटीले हेर्थे, संसारमा नेपाल भन्ने देश पनि छ भन्ने बुझ्थे । एउटा राष्ट्रिय झण्डा उपलब्ध गराएर उचित ठाउँमा अनुरोध गर्ने हो भने त्यसले ठाउँ पाउनु त्यति ठूलो कुरा पनि त होइन होला ?” पछि टोकियोस्थित नेपाली दूतावासमा महामहिम राजदूत गणेश योञ्जनले दिनुभएको निम्तोमा रात्रिभोजकालागि पुग्दा उहाँको ध्यानाकर्षण गराएको थिएँ मैले ।
गणेशजीको परिवारका अतिरिक्त मेरो समूहका चारजना बाहेक अरु पनि तीन–चारजनाको उपस्थिति थियो त्यस रात्रिभोजमा । जापानमा पर्यटन व्यवसाय गरेर बसेका एकजना नेपाली र जापानी टेलिभिजन एनएचकेका एकजना पत्रकार पनि थिए । 
गणेशजीले थप केहीगर्न सक्ने अवस्था थिएन । पछिल्लो हप्ता नै उहाँ आफ्नो पदावधि सकेर स्वदेश फर्कँदै हुनुहुन्थ्यो । एनएचकेका पत्रकारले त्यतिविन गम्भीर चासो के लिन्थे ? त्यसैले चासो हामी नेपालीले नै लिनु पर्ने हो । हाम्रो नियोगका स्थायी कर्मचारी सांस्कृतिक सहचारी वा राजदूतका सहयोगीहरूले लिनु पर्ने हो । त्यसको सम्भावना थिएन । पछि नेपाल पत्रकार सङ्घ टोकियो शाखाले दिएको रात्रिभोजका अवसरमा सुनिएको दूतावासका उच्चस्तरीय कर्मचारी र निकटतम सहयोगहरू कसरी देशको भन्दा आफ्ना गूटकालाई राज्यकोष खर्चेर विशेष पुरस्कारप्राप्तिको रणनीत निर्माणार्थ निजी व्यक्तित्व प्रवद्र्धनमैं निमग्न छन् भन्ने सुनिएको थियो । त्यो सुनेपछि तिनबाट के होला र भन्ने लाग्नु स्वभाविक थियो । नभए तिनै नेपाली प्रतिनिधिहरू पनि त पुगेका थिए होलान निय यस्ता ठाउँमा ? तिनले पनि देखेहोलान यो आफ्नो देशप्रतिको उपेक्षा । देखेको भए किन गरेनन् कुनै प्रयास ? तिनै प्रश्नको महासागरकाबीच टोकियोस्थित नेपाल र नेपाली पर्यटन व्यवसायी मित्रलाई इङ्गित गर्दै भनेको थिएँ– तपाइँहरू सबै नेपालका वास्तविक दूत हुनुहुन्छ, जापानमा बस्ने तपाइँ नेपालीहरूले बढी चासो राख्नु पर्ने हो नि, होइन र ? मेरो कुरामा उहाँले स्वीकृति जनाउनुभयोे र पहल गर्ने वचन पनि प्रकट गर्नुभयो । पछि कुनैबेला फेरि हाकोेने पुग्न पाइएछ भने देखिएला, यो वचनबद्धता पूरा भयो कि भएन ? 
पहिलोपल्टको यस्तै एउटा घटनाके सम्झना भएको थियो त्यतिबेला । सन् १९९२ को कुरा हो त्यो पहिलोपल्ट जापान पुग्दाको । त्यतिबेला पनि तत्कालीन महामहिम राजदूत, संभवतः केदारभक्त माथेमा, लाई भेट्न दूतावास पुगेका थियैं । दूतावासका कोठाचोटा जताततै विदेशी कार्पेट र कलाकृतिले सजाइएको थियो । त्यो विदेशी बस्तुप्रतिको दूतावास मोह देखेर त्यतिबेला पनि महामहिम राजदूतसँग सोधेको थिएँ– नेपाली कार्पेट राख्न सकिँदैनथ्यो र दूतावासमा ? त्यसबाट कमसेकम वजार प्रवद्र्धनलाई केही मदत त हुन्थ्यो ? 
जवाफ झनै रोचक थियो, लाचारीमा भिजेको– नेपाली कलाकृति र कार्पेटजस्ता बस्तु किन्न बजेट नै पुग्दैन । त्यसैले नेपाली कार्पेटभन्दा यतै पाइने सस्तो कार्पेट र कलाकृति खोजेर राख्नु पर्ने हाम्रो वाध्यता छ ! 
यस्तै धेरै कुरा भएका थिए, यतिबेला पनि दूतावासमा । 
छाडौं, यो प्रसङ्ग । दुखेको मुटु थामेरै मनभरि प्यारो देश र राष्ट्रिय झण्डा सजाएर लाग्यौं हामी हाकोनेका अरु दर्शनीय कुराहरुमा भुल्न । 
यो थियो मेरो दोस्रोपल्टको जापान भ्रमणको आठौं दिन । विगत आठ दिनदेखि छोराबुहारी आलोक र सीताको आग्रहमा म र मेरी श्रीमती टोकियो मैं थियौं । यसपालिको दशैं उनीहरूसँगै मनाउने गरी यता आएका हाम्रालागि आज जुरेको थियो टोकियोबाहिरको हाकोने घुम्ने साइत ! यसपल्टको जापान भ्रमणमा रात नबस्नेगरी पुगिने टोकियोबाहिरका एकदिने भ्रमणलाई मैले प्राथमिकतामा पारेको थिएँ । त्यसै अनुरुप आलोकले योजना बनाएको थियो र त्यसै योजनाको एउटा भाग थियो यो टोकियोबाट मात्र १०० किलोमिटर परको रमाइलो रोमञ्चाक उपत्यकाभ्रमण । 
जापानको आसिगाराशिमो जिल्लाको कानागावा प्रिफेक्चरमा पर्ने हाकोने सर्वाधिक पर्यटक पुग्ने जापानका पर्यटकीय नगरमध्येकै एउटा थियो । हाकोनेको तातोपानीका स्नानकुण्ड र झर्ना (ओन्सेन) त पर्यटकहरूका विशेष आकर्षण नै भइहाले । टोकियोदेखि नै सुनिएको थियो धेरै कुरा छन् यहाँ हेर्नका लागि– हाकोने बोटानिकल गार्डेन अफ वेटल्यान्ड, जापानकै पहिलो खुला सङ्ग्रहालयका रूपमा सन् १९६९ स्थापना गरिएको हाकोने खुला सङ्ग्रहालय, सक्रिय ज्वालामुखीको उपत्यका, आसी ताल र रोपवे र केवलकार आदि...आदि...। खुला कलासङ्ग्रहालयमा हेर्न पाइने प्रसिद्ध कलाकारहरूका आधुनिक र समकालीन मूर्ति, पिकासो कक्षका सङ्ग्रह, केटाकेटीको खेल्ने ठाउँ, प्राकृतिक तातोपानीको कुण्डजस्ता आदि...आदि...। धेरै कुरा थिए ७ हजार वर्ग मिटर क्षेत्रमा फैलिएको हाकोनेको त्यो प्रदर्शनी स्थलमा ! सुन्दर पहाडी पर्यटकीय क्षेत्र हाकोने यात्राका लागि हामी सबै उत्साहित थियौं । पर्यटन उद्योगबाटै अर्थतन्त्र थेग्दै आएको हाकोने सहर त्यति ठूलो थिएन, मात्र ९ हजार वर्ग किलोमिटरजति मात्रै थियो यसको क्षेत्रफल । 
मन पुतली झैं फुर्फुर उडिरहेको थियो हाम्रो– फुजीसान अर्थात् जापानी गौरवको प्रतीक माउन्ट फुजीको निकटतम हाकोने पहाडको फेदीमा आसिनो–को तालको सफा ऐनाजस्तै पानी । त्यही पानीमा तैरिएको फुजी पर्वतको मोहक र भव्य शाही रूपदर्शनका लागि मन चौ चौ थियो हामी सबैको ! हाकोनेका मनमोहक दृश्यलाई आकासगामी विजुली रेल र तारे बाकस डिब्बा अर्थात केबलकारमा बसेर नियाल्नु ! आहा, कति रमाइलो होला ? त्यहाँ पुग्नु अघि मनैमन पूर्वानुमानमा डुब्दै आएको थिएँ म केही दिन अगाडिदेखि नै– आहा, कति रमाइलो होला माथि केबल कारबाट देखिने ती आकर्षक दृश्यहरू ! 
हाकोने सीता र अलोकका लागि भने नौलो थिएन । हामी दुईले हाकोने प्रत्यक्ष देखेका थिएनौं । प्रत्यक्ष नदेखेको भए पनि सुनेका र पढेका कुराले नजिकको परिचितजस्तै लाग्न थालिसकेको थियो यो । यात्राको तयारीमा अघिल्लो साँझ पूरै हाकोनेको वेभसाइट हेरेरै बिताउँदा यसलाई अझै नजिकबाट चिनेको थिएँ । रुट सजिलै थियो– घरबाट लोकल स्टेसन निसी एइफुकुमा इनोकासिरा लाइनको रेल समातेर सिबुया र सिबुयाबाट सिन्जुकुलाइनको सिन्कान्सेन अथवा अर्को एक्प्रेस । त्यो एक्सप्रेस समातेर ओदावारा ओदाक्यु रेललाइनहुँदै हाकोने योमोतो स्टेसनमा उत्रिएपछि फेरि अर्को हाकोने टोजन रेल चढेर गोरा स्टेसन । गोरा पुगेपछि त सुरुभइहाल्छ हाकोनेको रोमाञ्चक दृश्यावलोकन ! त्यसमाथि मलाई बाटो सम्झन आवश्यक पनि थिएन । आलोक स्वयम् नै हाम्रो पथप्रदर्शक र यात्रा आयोजनकर्ता थियो । 
सीता विहानैदेखि यात्राको तयारीमा व्यस्त थिइन । अलि दरिलै कौला खाएर घरबाट विहान ८.३० बजे निस्किए पनि सिबुया पुगेर अर्ध–एक्सप्रेस रेल चढ्दैमा दश बज्न खोजिहाल्यो । सिबुयाबाट ९० मिनेटको थियो ओदावाराकालागि रेलयात्रा ।
टोकियोका मानवसागर र गगनचुम्वी भवनहरूको जङ्गललाइै छाडेर हामी जतिजति टोकियोबाट बाहिर लाग्थ्यौं, उतिउति हामीलाई जापानी बाह्य प्राकृतिक सौन्दर्यले मोहनी लगाउँदै जान्थ्यो । मानिस र घरैघरको जङ्गलको स्थान बिस्तारै खुला ठाउँहरूले लिँदै गएकाथिए । रेल लाइनकै छेउमा बस्तीहरू, बजारहरू, ठूलाठूला नदी र तिनै नदीले बनाएको फाँटमा लहलहएका धानबाली । कतैकतै मिसिनले त्यही लहलहाइरहेका पाकेको सुनौला धानबाली धानबाली काटिरहेका किसानहरू ! आहा बल्ल पो देखियो जापानको बाहिरी रूप । 
केही दिनदेखि टोकियोका चमकदमक र विशाल संरचनाले लाठ्टयाएका हाम्रा आँखा ती सुनौला धानखेतका मोहनी आकर्षणले साँच्चै अभिभूत थिए, शीतल भएका थिए हाम्रा आँखा शीतलजल हालेजस्तै । आहा...कति सुन्दर छ प्रकृति । कति महान छ यसको रचना, यसको सृष्टि ! टोकियोबाट यता आइपुग्दा मरुभूमिबाट हरियालीपूर्ण सुन्दर बगैँचामा पुगेजस्तो अनुभव हुँदैथियो । यताउता हरिया बनले ढाकिएका सानासाना अग्ला थुम्काथुम्की । ग्रामीण जापान त बल्ल पो देखियो ! टोकियोका कहलाएका मानवनिर्मित कृत्रिम पार्कभन्दा कम आकर्षक थिएनन् यी प्राकृतिक वनजङ्गल । रेलको गति र सिसाको पर्दाले अवरोध नपु¥याउने आशा साहित ती दृश्यलाई क्यामरामा कैद गर्दै रेलको गतिसँगै अगि बढ्यो हाम्रो यात्रा । नभन्दै ठीक डेढ घन्टामा रोकियो सेमी एक्सप्रेस रेल ओदावारामा र हामीले त्यसबाट ओर्लेर हाकोनेको काखमा पु¥याउने अर्को स्थानीय रेल समात्यौं –हाकोने टोजन लाइन ! घुमाउरो बाटो, साँघुरो रेलमार्ग र नागबेली उकालो चढ्दै गएको त्यो रेलमार्ग हाकोने यात्रीकैलागि मात्र सञ्चालित थियो सायद् ! 
त, त्यसरी बिहानै हिँडेका हामी पूर्वनिर्धारित यात्रामार्ग र साधनबाटै गोरा पार्कको तोगेन्डी प्लेटफार्ममा ओर्लियौं, हाकोने टोजन रेलबाट । यो विसाउनीबाट हामीलाई माथि लिएर जाने जिम्मेवारी बोकेको थियो हाकोने–सेन्जोन केबलकारले । त्यहाँबाट गोराको पारिपटिको तल फेदीको आसीताल पु¥याउने जिम्मा भने हाकोने रोपवे सेन्जानको थियो । गोरा हाकोनेको तलमाथि गर्ने रज्जुमार्ग अर्थात् रोपवेको प्रारम्भबिन्दु थियो । बिसौनी नजिकै लोभ्याइरहका थिए हाकोने सेकिसो प्रदर्शन कक्ष र देवदारुका सुन्दर तरुपङ्क्ति अर्थात् प्राचिन सेडार एभेन्युले ! 
हलुका भोक पनि लाग्न थासिकेको थियो यतिन्जेलमा । यसभन्दामाथि खाने ठाउँ भेटिन्छ भेटिँदैन, त्यो पनि थाहा थिएन । त्यसैले यहीँ धेरथोर पेटपूजा गरेर उकालो लाग्ने रज्जुमार्ग समात्ने सल्लाह ग¥यौं हामीले ।
खाना खाँदाको घटना पनि बिर्सनै नसकिने कथा बन्यो । विफ र पोर्क बाहेकका खाना पाइने होटेल खोज्दाखोज्दा एउटा होलाजस्तोमा हेरेर पस्यौं । खाद्यसूची अर्थात मेनुमा भने खाइहालौं भनेजस्तो केही देखिँदैन ! केटाकेटीदेखि नै नखाइएकोले होला आफूलाई दिगमग लाग्ने विफ, बफ र पोर्कबाट बच्न खोज्ने बानीले निकै असजिलो पाथ्र्याे प्राय यस्ता विदेश यात्रामा ! अनि किराफट्याङ्ग्राजस्तै देखिने सीफुड पनि त्यति मन खोलेर खान नरुच्ने, दिगमिग लागिहाल्ने । यसो हेर्दा चाउमिन नै ठीक लाग्यो । आलोकले हाम्रालागि चाउमिन र अरु केही त्यस्तै मगायो । लक्ष्मीकालागि भने सीताले घरैबाट चना–परौटा बनाएर ल्याएकी थिइन । त्यही निकालेर दिइन् । लक्ष्मी स्वादले खान मात्रै के थालेकी थिई, खानु न ओकल्नु भइहाल्यो ! लक्ष्मीले घरबाट ल्याएको खानेकुरा खानथालेकी देख्नासाथ चमेनागृहकी एउटी अधबैंसे सेविका चिच्याउँदै आइन्पुगिन् । उनी हातको निषेधसूचक कैंँचीको इसाराले हामीतिर देखाउँदै चिच्याइरहेकी थिइन्– “नो...नो...” ! 
उनको त्यो कर्कस आवाज हामी सबैको गलामा निल्दानिल्दैको खाना अड्काउन पर्याप्त थियो । लाटोले पनि बुझ्थ्यो, तिमीहरूले ल्याएका खानेकुरा खान पाइँदैन, नखाओ ! त्यहीँको बाहेक अन्तबाट लगेर खान नहुने रहेछ, हामीलाई के थाहा यो कुरा ? कि त सूचना लेखेर राख्नुपथ्र्यो !
तिनको नियम जे भएपनि त्यो अधबैँसे सेविकाको व्यवहार जापानी शिष्टाता र भद्रता अनुकूल भने थिएन । उनको त्यो अभद्र व्यवहार देखेर आलोक पनि कड्कियो उनीहरूकै भाषा, जापानीमा– “तिम्रो मेनेजरलाई बोलाऊ, यो खान नहुने हो भने सबै फिर्ता लैजाऊ । केही पनि खाँदैनौं हामी तिम्रो रेस्टुराँमा ।” भित्र काउन्टरबाट त्यो सबै हेरिरहेकी होटेलमालिक्नी हो वा मेनेजर, एएटी अर्की महिला हतार्रिंदै हामीतिरै आइन् । उनको इशारापछि ती अधबैंँसे सेविका भने सुइ थिचेको खेलौनाजस्तै चुप लागेर भान्छातिर फर्किइन्, केही पनि नबोलेर !
“इन्डियन फुड ?” लक्ष्मीअगाडिको उनकै चमेनागृहको प्लेटमा पस्किएको चनातर्कारी र परौटा अनि कागती हो कि केको अचार देखेर उनले सोधेकी थिइन ।
“यो नेपाली खाना हो, इण्डियनसँग पनि मिल्छ । हामी इण्डियन होइन, नेपाली हौं । माउण्ट एभरेष्ट र बुुद्धको देशबाट आएका !” हामीलाई आफूले ल्याएको खानेकुरा खाने अनुमतिसहित उसले हाँस्दै गरेकी त्यो प्रश्नको आलोकले शिष्टापूर्वक नै जवाफ दियो । “नेपाली फुड” भन्ने सुनेर अरु जिज्ञासु देखिएकी थिइन् उनी । त्यसपछि त राम्रै सेवा र व्यवहार पायौं हामीले । 
समुद्र सतहभन्दा साढे आठ हजारजति मिटरमाथिको यो गोरा स्टेसन हाकोने–टोजन केबलकारका साथै हाकोने कोमागाताके रोपवेको समेत प्रवेश मार्ग थियो । जापानी र विदेशी केटाकेटीहरू स्टेसनको बाहिरको विश्रामस्थलमा घुमिरहने सानो बालरेल चढेर रमाइरहेका थिए । गोरा स्टेसनको त्यो ओदाक्यु हाकोनेमा निःशुल्क बालरेल चढ्दा निकै रमाएकी थिइ नातिनी आयुषा । हाकोने टोजन केबलकार तलको यो बिसौनीदेखि झन्डैझन्डै समानान्तर रेखामा ठाडैमाथितिर जाने र ओर्लने गरिरहेको देखिन्थ्यो ! यो बिसौनीबाट २१४ मिटर उचाइमा थियो सेन्जानस्टेसन, १.२ किलोमिटर माथि । अढाइसयजति यात्री अटाउने रेलको डिब्बाजत्रै केबलकार ठाडै झरेजस्तो लाग्थ्यो माथिबाट आउँदा । फनिकुलर रेल पनि भन्दना रहेछन् यसलाई । टिकट लिएर केहीबेर लाममा बसेपछि हामीलाई लिएर त्यहाँबाट फेरि माथि नै उक्लिएको रेल दशै मिनेटमा पुगिहाल्यो सेन्जान बिसौनी ! ओहो कति छिटो उक्लिएको यति अग्लो उकालो ! यो हाकोनेको सबैभन्दा अग्लो बिसौनी थियो ! गिनेज बुक अफ वल्र्ड रेकर्डले संसारकैं सबैभन्दा लामो र व्यस्त “गोण्डला लिफ्ट” भन्ने नाउँ दिएको रहेछ यसलाई । 
लगभग चार किलोमिटर लामो यो रोपवेले आफ्नो छोटोसमयको यात्रामैं पनि आफ्ना यात्रुलाई तिनको रोजाइअनुसार विभिन्न पाँच बिसौनीमा छाड्दैलिँदै माथि चढ्दै गयो । ती सबै भिराला स्टेसनका छेउछाउ संग्रहालय थिए, मन्दिर, मूर्ति र अरु धेरै दर्शनीय कुरा थिए ! ती कुरा हेर्न चाहनेहरू आफूले चाहेको बिसौनीमा ओर्लन्थे, आनन्द लिन्थे र फेरि माथिल्लो बिसौनी पुग्न रोप वे चढेर माथि पुग्थे । यसरी सबै कुरा हेर्न समय पुग्नेहरू मनचाहेका सबै बिसाउनी ओर्लिएर सबै कुरा हेर्दै आनन्द लिन्थे । त्यसो गर्न समयले नदिने हामीजस्ता पर्यटक बीच बीचमा नओर्लिकन एकैचोटि सेन्जेनमा ओर्लन्थे । यसैले गर्दा यति छोटो यात्रामा पनि बीचबीचमा रोकिँदै रोकिँदै आफ्ना यात्रु ओराल्ने–चढाउने गर्दै माथि चढ्दै गयो केबलकार । 
ती ठाउँमा पुगेर सबैकुरा हेर्न हाम्रोजस्तो एकदिने घुमाइमा सम्भव थिएन । यसका लागि मानिसहरू तीनदिने कार्यक्रम (प्याकेज प्रोग्राम) बनाएर आउने गर्थे । त्यसैले हामी बीचबीचमा नओर्लीकन सिधै माथिल्लो शिखर स्टेसन सेन्जानमा गएर ओर्लियौं । यो स्टेसन हाकोनेको शिखरमा थियो । यहाँबाट चारैतिरका दृश्य देखिन्थे, टाढाटाढाका सुन्दर रमाइला दृश्यहरू ! त्यो देख्दाको अननन्द नै अर्कै थियो, वर्णनातीत ! तल बस्ती, बाटा, ताल र हरियालीपूर्ण थुम्काथुम्कीजस्ता डाँडाहरू छात्तीमा बोकेर लमतन्न पस्रिएको थियो सुन्दर उपत्यका । त्यसकै एक छेउमा आसी ताल छात्तीभरि पर्यटक भुलाउन साना ठूला बिजुली डुङ्गा, हाते डुङ्गा, र साना ठूला सिंगारिएका जहाजहरू बोकेर बसिरहेका देखिन्थ्यो– चन्द्राकार ! 
हो, ज्वामुखी मात्रै नौलो थियो हाम्रालागि । अरु त मेरै देशमा जताततै देखिन्थे यीभन्दा बढी आकर्षक प्राकृतिक दृश्यहरू ! तर ती सबै भिल्लको देशका मणि बनिरहेका थिए । पर्यट वर्षका नाउँमा हल्ला गर्नेहरू ती स्वर्गीय ठाउँहरूमा पर्यटक पु¥याउन आवश्यक पर्ने पूर्वाधार निर्माण कुनै चासो राख्दैनथे । सतही काममा अबौं अर्वको बजेट स्वाहा गनुलाई नै उपलब्धि ठान्ने मानसिकता थियो मेरो देशको । यो प्रवृत्ति रहुन्जेल यो विडम्बनाबाट मुक्तिको कुनै सम्भावना पनि छैन सायद् । आवश्यक पूर्वाधार तयार गर्नसके एउटा मात्र होइन, सयौं हाकोने तयार हुनसक्छन् मेरो देशमा ! त्यसकोलागि आवश्यकता थियो र, छ प्रतिबद्धताको, प्रभावकारी योजना र त्यसको कार्यान्वयनको जुन हामीकहाँ कहिल्यै देखिन सकेन । तातो पानीको ताल र कुण्ड छैन कि मसँग, विश्वकै सर्वोच्च खिरहरू छैनन् कि, के छैन हामीसँग ? 
“जता हे¥यो जमिनबाट धुवँ नै धुवाँ निस्केको देखिन्छ नि, जमिनमुनि इँटा पोल्ने भट्टाहरू पो छन् कि कसो ?” लक्ष्मीकै हुनुपर्छ, जिज्ञासा थियो यो । त्यो हामीलाई लिएर गएको गोण्डला लिफ्ट अर्थात् हाकोने कोमागाताके रोपवे सेन्जेन स्टेसनको नजिक पुग्दा तल देखिएको एउटा सानो उपत्यकाजस्तो खोँचमा जतातैबाट धुवाँ निस्किरहेको देखियो । हुन पनि जङ्गलमा लागेको आगोबाट निस्किएको धुवाँ भनुभने हामी पुगेको यो बेला त्यतिविन वनजंगल पनि देखिएको थिएन । अग्ला खैरा चट्टानी पहाडको खोँचका बीच धुवाँ निस्किएका ती ठाउँमा त झनै बोट विरुवा देखिएनन् । त्यसैले इँटाभट्टा वा यस्तै केही हुनसक्ने लक्ष्मीको अनुमान त्यति नमिल्दो थिएन सायद् ! 
“होइन, यो त सक्रिय ज्वामुखीले गर्दा जमिनबाट निस्केको सााच्चिकैको धुवाँ हो, मामु !” आलोकले प्रस्ट्याएपछि हामी चकित थियौं– ए...ज्वालामुखीबाट निस्केको धुवाँ पो पो रे’छ यो ! 
होत...कानागावा प्रिफेक्चरमा पर्ने ओवाकुदानी हाकोने पहाडमाथिको त्यो सानो उपत्यकामा गोण्डाला लिफ्टबाट अगि देखिएको दृश्य त धरतीमुनिको सक्रिय ज्वालामुखीका दुलाहरूबाट निस्किइरहका धुवाँको सञ्जाल पो रहेछ त ! तीन हजार वर्षजति अगाडि माउन्ट फुजीमा ज्वालामुखी फुट्दा बनेको रे यो उपत्यका । त्यसबेलादेखि निरन्तर धुवाँ ओकलिरहेका रहेकोरहेछ यो धरती र यसभित्रका सक्रिय ज्वालामुखीहरूले ! ओहो कति रोमाञ्चक छ यो धरतीको कथा, कति कौतुकपूर्ण छ धरतीभित्रका रहस्य र सच्चा जादु ! यथार्थमा फ्युमारोलिक नामको ग्यासबाट निस्केको थियो यो धुवाँ । हाइड्रोजन सल्फाइड र सल्फर डायोअक्साइड क्लोराइडजस्ता विषालु ग्यास फालिरहने यो सक्रिय ज्वालामुखी क्षेत्र ११ किलोमिटर व्यासमा फैलिएकोछ रे । 
“स्वागतछ, तपाइँलाई यो नर्कको उपत्यकामा !” त्यो अग्लो स्टेसन सेन्जानमा गोन्डाला लिफ्ट रोकिनासाथ हामीसँगै आएका गाईडसहितका पर्यटकको स्वागतमा तिनै गाइडको मुखबाट निस्किएको यो स्वागत अभिव्यक्ति सुनेर हामी सबै नै छक्क प¥यौं । स्वागत पनि नर्कमा रे ? के भन्छन् यो गाइड ? 
कुरा बुझेपछि रमाइलो लाग्यो, ए...ठीकै पो रहेछ त । यो धुवाँ ओकलिरहने अनौठो उपत्यकाको पुरानो नाउँ नै रहेछ त नर्कको उपत्यका ! अहिलेको नाउँ ओवाकुदानीको अर्थ पनि “विशाल उम्लिइरहेको उपत्यका” नै रहेछ । यस अगाडि यसको पुरानो नाम ओ–जिगोकुले पनि “विशाल नर्क” कै अर्थ दिन्थ्यो ! हुनपनि चारैतिर सक्रिय ज्वालामुखीको यो उपत्यका कुनैपनि मानवका लागि कतिबेला चिहान अर्थात नरकका रूपमा परिणत हुनसक्छ, कसले भन्न सक्थ्यो र ? कुनै ज्वालामुखी विष्फोट भयो भने ? कसलाई थाहा, पृथ्वीभित्रको भौगर्भिक चालाको ? त्यस्तो हुन गएमा धरतीको गर्भ पड्किएर निस्क्ने आगोको लप्का र धरतीले ओकलेको लाभाको कालगह्वरमा सम्पूर्ण मानववस्ती हराउन सक्थ्यो, मानिसको मात्र त के कुरा ? त्यसैले अत्यन्तै सार्थक लाग्थ्यो नाम ! मानव सुरक्षाका दृष्टिले नर्क नै त थियो यो उपत्यका ! समुद्र सतहबाट १ हजार ४४ मिटरको उचाइमा रहेको यो सक्रिय ज्वालामुखीको उपत्यका चारैैतिर सल्फरयुक्त धुवाँका साथै तातोपानीको कुण्ड र झरनाका सञ्जालले ढाकिएको थियो । 
यो अनौठो उपत्यकाको ओवाकुदानी स्टेसनमा ओर्लनासाथ तीव्र गन्धके धुवाँको गन्धले टाढैदेखि स्वागत गरिरहेको थियो । अनि तिनलाई साथ दिँदै आएका थिए जमिनमा ठाउँठाउँबाट निस्किेका सेता धुवाँका वादल र पानीका साना साना तातोपानीका झरनाका अनौठा आवाजहरूले ! भूकम्पीय क्षेत्र भएकोले पाइतालामुनिको खोक्रो जमिन कतिबेला विष्फोटितहुने हो, भन्ने एकप्रकारको मनोवैज्ञानिक भयले ग्रस्त तुल्याइ नै हाल्थ्यो यो नर्कको उपत्यकाले । चारैतिर गन्धकको धुवाँ मिसिएको वातावरणमा गन्धककै अनौठो गन्ध मिसिएको थियो र चर्किएका धरतीका छिद्रहरूबाट निस्किएका पानीका झरनार जलकुण्डबाट निरन्तर स्वाभाविक आवाज आइरहेको सुनिन्थ्यो । यी सबैको सम्मिश्रण समग्रमा यो उपत्यकालाई नर्कको उपत्यका सिद्ध गर्न पर्याप्त थिए । मनोवैज्ञानिक तवरमा केही भय अनुभव हुनु स्वाभाविक थियो त्यो ज्वालामुखीको उपत्यकामा ! तर समग्र उपत्यकाको त्यो मोहकता सबैखाले मनोवैज्ञानिक भय हटाउन सफल थियो । 
केही पर अर्को रमाइलो दृश्य हामीलाई नै पर्खिरहेको थियो । तातो पानीको झरना र कुण्डमा कुखुराको फुल डुबाउँदै उसिनेर छोडाउँदै खानेहरूको लर्कोले हामी सबैको ध्यान खिचिरहेको थियो । पानीमा हाल्नुअघि सेतो देखिने फुल पानीमा डुबाउन नपाउँदै उसिनिइसक्थ्यो र निकाल्दा सेतो रूप गुमाएर पूरै कालो भइसक्थ्यो । हाकोनेको प्रमुख आकर्षणमध्येको अर्को प्रमुख आकर्षण थियो यो ओवाकुदानीको फुलचमत्कार ! 
कुखुराको त्यही कडासँग उसिनिइएको फुल “कुरो–तामागो” किनेर खानेको ताँती थियो ओवाकुदानीमा । कोही उपहार तथा खानेकुराको विक्री गर्न त्यहीँको पसलमा राखिएको काँचो फुल किनेर आफैं पानीमा डुबाउँदै खाँदै गरेका देखिए, कोहीे उसिनेरै बेच्न राखेको फुल किनेर खाँदै थिए । जापानीहरूको विश्वास रहेछ एउटा “कुरो–तामागो” खाँदा मान्छेको सात वर्ष आयु बढ्छ । तर दुईटा र आधाभन्दा बढी भने खान हुँदैन रे, खायो भने अनर्थ हुन्छ रे । किन होला, २१ वर्षभन्दा बढी उमेर बढाउन खोजेमा अनर्थ हुने ? त्यसको जवाफ कतै भेटिएन । जापानीहरूको यो परम्परागत विश्वास पनि कम रमाइलो थिएन । त्यही विश्वासका कारण फुल खाएर आयु बढाएको भ्रम साँचिरहेको लामै लाम थियो मानिसको ! प्रष्ट थियो, ज्वामुखीको कारण प्रकृतिले नै तताएको भक्भकी उम्लेको पानीमा डुबाउन नपाउँदै फुल उसिनइसक्थ्यो । त्यसरी उसिनइएको फुलको गन्ध गन्धकजस्तै आउँथ्यो र पानीमा मिसिएको गन्धक र फलामले गर्दा नै बोक्रादेखि भित्रैसम्म कालो बन्थ्यो त्यो फुल । 
ओवाकुदानीको त्यो रोमाञ्चक रमाइलो लछाडेर हामी लाग्यौं फेरि केबलकार तर्फ । अवको हाम्रो गन्तव्य थियो हाकोने पहाडको अर्को पाखोको फेदीमा रहेको तोगेन्दाई स्टेसन । त्यो फेदीको आसी तालसम्म पु¥याउन हाकोने कोमागाताके रोपवे तम्तयार थियो । यो रोप वे चाहीँ हाम्रो मनकामनाको केवलकारजस्तै देखिन्थ्यो । वायुभ¥याङ (एरियल लिफ्ट) पनि भनिने यो रोपवेले सेन्जानबाट हाकोनेका ओवाकुनदानी हुँदै तल फेदीको तोगेन्दाइलाई जोड्थ्यो । यसरी तलमाथि गर्ने यो हासिकुरासान रोपव जापानकै दोस्रो रोपवे रे ! लेक आसी पुग्ने आकर्षक दृश्वावलोकन मार्गको प्रमुख साधन थियो यो रोपवे । सन् २००१ सम्म यो सिंगल लाइन मात्र रहेछ । सेन्जानदेखि ओवाकुदानी बीचको यसको लम्वाइ लगभग डेढ किलोमिटर थियो । 
यो रोपवेको यो यात्रा अर्को रोमान्च थियो हाम्रालागि । मतापमा बिस्तारै माथिबाट तल झरिरहेको यो केवलकारजस्तै रोपवेबाट देखिने चारैतिरका रमाइला दृश्य साँच्चिकै आकर्षक थिए ! कतै अग्ला पहाड, कतै उपत्यकाको गहिरो गल्छीजस्तो निकास ! कतै पानी जमेका विशाल ताल र कतै ज्वालामुखी फुट्दा निस्केर बग्दाबग्दै जमेका लाभा अनि तिनै लाभामाथि हुर्केका बाक्ला बनजंगल ! साँच्चि नै मनोरम थियो यहाँबाट देखिने दृश्वावली ! ओकुवादानीबाट देखिने आसी तालको नीलो सफा पानी, मुखबाट धुवाँका मुस्ला फालिरहेका ओकुवादानी ज्वालामुखीका अनेकौं मुखहरू, र सफा मौसमा देखिने फुजी पर्वतको अत्यन्त सुन्दर दृश्य साँच्चिकै उल्लेख्य थिए ।
तलको तोगेन्दाइ स्टेसन छेउको आसी ताल आजको अन्तिम भ्रमणबिन्दु थियो हाम्रो । सन् ७५० मा हाकोने पहाडमा भएको ज्वालामुखी विष्फोटमबाट निस्केका लाभा जमेपछि निकास छेकिएर बनेको रे १९ किमि व्यासमा फैलिएको यो आसी ताल ! यतिबेला पनि तातो पानीका झरनाहरूमा नुहाएर आनन्द लिने र जहाज र डुङ्गामा चढेर आनन्द लिँदै तालभ्रमण स्वदेशी विदेशी पर्यटकको सङ्ख्या प्रशस्तै देखिन्थ्यो । तालको बीचमा उभिएको ऐतिहासिक मन्दिर केही परबाट धर्मावलम्वीहरू मात्र होइन, पर्यटकलाई समेत समान रूपले लोभ्याइरहेको थियो । कालाडेराको पश्चिमपटि स्थानीय सन्गोकुवारा क्षेत्रमा रहेको यो विशाल आसी तालमा समय नपुग्ने भएकोले जहाज चढेर घुम्न पनि पाएनौं हामीले । 
सफा मौसममा हाकोनेका तीन ठाउँबाट प्रष्टसँग फुजी शान देन्छि रे ! ती तीन ठाउँ थिए– हाकोने रोपवे, हाकोने माची नजिकैको दृश्यावलोकन स्थलको ताल अनि मोतो हाकोने र हाकोने डुटताचेड प्यालेस गार्डेनको अवलोकन स्थल ! 
यही ओदाक्यु हाकोनेको तोगेन्दाइ अवकोकन स्थल र जहाज चढ्ने प्लेटफार्ममा हामीले केहीबेर थकाइ मा¥यौं ! त्यहीँको डिपार्टमेन्टल पसलमा केही किनेर भोक मा¥यौं । केहीबेर तालको अवलोकन गर्दागर्दै समय चिप्लिइहाल्यो । वादलले गर्दा तालको सहतमा प्रतिबिम्बित देखिन्छ भनेको फुजी सानलाई देख्न पाइएन । बेलुकाको साढे पाँच बजिसकेकोले हामीसँग अब फर्कनुको विकल्प थिएन । सय किलोमिटर टाढाको टोकियो पुग्न पनि त निकै समय लाग्थ्यो । त्यसैले चाँडो गर्नैकालागि रोप वे र केबल कारबाट साँझको सुन्दर दृश्य हेर्दै फर्कने लोभ समेत पन्छाएर फर्कँदा रोपवे र केवलकारतिर लागेनौं हामी र बस समात्यौं, रेलसम्म पुग्नक लागि । जे होस्, कहिल्यै नबिर्सने बन्यो आजको एकदिने टोकियो बाहिरको यो भ्रमण ! 
विकल प्रतिष्ठान, आरुबारी

Thursday, February 7, 2013

समान पीडाका भागीदार हामी !



(विषयकेन्द्रित साहित्यक पत्रिका जयन्तीको माघ पुसमाघ २०६९, वर्ष पूर्णङ्क २२मा प्रकाशित नियात्रा)
विजय चालिसे
पूूर्वसल्लाह अनुसार नै आज २०६८ सालको असोज २५ गते सन् २०११ को अक्टोबर १२ तारिखका दिन कामाकुरा भ्रमणको योजना थियो हाम्रो मेरी श्रीमती लक्ष्मी जापान भ्रमणको लगभग अन्तिम चरणमा आइपुगेका थियौं आजजापान बसाइको उन्नाइसौं दिन,हल्का कौला गरेर टोकियोदेखि दक्षिणतिर पर्ने कानागावा प्रिफेक्चरघुम्ने योजना थियो हाम्रो तटवर्ती नगर कामाकुराजापानकै सबैभन्दा दोस्रो अग्लो दाइबुत्सु बुद्धमूर्ति हासेडेरा मन्दिर क्षेत्रका साथैसमुद्री तटकालागि प्रसिद्ध थियो यिनका सौन्दर्य हेरेर पर्यटकहरू अघाउँदैनथ्यो
लोकल रेलबाट सिबुयामा पुग्यौं हामी त्यहाँबाट हामीलाई ठीक ५५ मिनेटमैं कामाकुरा स्टेसन पु¥याइदियो,नारिता एक्सप्रेसले टोकियोबाट हिँडेदेखि सिनागावा, योकोहामा ओफुनामा मात्रै एकदुई, एकदुई मिनेट रोकिएर सरासर आएको नारिता एक्सप्रेसलाई हामीले कामाकुरा स्टेसनबाटै बिदा ¥यौं ! जता हेर्दा पनि लगभग समानखाले भौतिक संरचनाका कारण सजिलै ठम्याउन कठिन भए पनि टोकियो महानगरबाहिरका केही खुला वातावरण, अलिफरक लाग्ने अर्धनागरी दृश्यसंरचनार कतैकतै बाटामा देखिने कृषिभूमिहरूको दुर्लभदर्शनगर्न पाउनुले हामीलाई टोकियो बाहिरको यात्राले बढी प्रफुल्लता दिनु स्वाभाविक थियो !
मध्याह्नको बाह्र बजिसकेकोलेविहानको कौलाले धर्म छाड्न थालिसकेको थियो स्टेसनबाहिरको सर्वसुलभ पसल (डिपार्टमेन्ट सप) मा खानेकुराको जोहो ¥यौं बाटोमा कतै बसेर खाने योजना गर्दै अगि बढ्यौ रेल आएको दिशाबाट पूर्वको बाटो समातेर जानु पर्नेरहेछ, हामी लाग्यौं दक्षिणतिर ! केहीबेर हिँडेपछि शङ्कालागेर सोध्दा पो थाहाभयो, अर्कै रहेछ कामाकुरा हासेडोरा जाने बाटो पहिलेकै बाटो फर्केर स्टेसन बाहिर होटेल न्यु कामाकुरा छेवैको विश्रामस्थलमा बसेर ¥यौ हामीले पेटपूजा !
विश्रामस्थल सानो थियो, तर व्यवस्थित सफा बीचभागमा काठका ठेउकागाडेर बनाइएको मेच बीचमा सिमेन्टीको एउटा टेबिल आहा ! कति सरल कम खर्चको व्यवस्था सडक छेउको खाली ठाउँ सदुपयोग गर्दै आफ्ना नागरिकलाई सुविधा पु¥याउने !विभिन्न प्रकारका रंगीचंगी फूल फलाएका त्यो सानो बगौंँचाजस्तै विश्रामस्थलले सुन्दर वातावरको निर्माण गर्न पनि राम्रै सघाएको थियो ! आहा....कति व्यवस्थित सुन्दर संयोजन ! सानो ठाउँको अधिकतम उपयोग गर्न सक्ने यी जापानीहरूको प्रशंसा जति गरेपनि कमै हुन्थ्यो आफ्ना नागरिक पर्यटकहरूलाई चाहिने सानो भन्दा सानो सुविधामा समेत कति ध्यान पु¥याउँछन् यी जनउत्तरदायी सरकार नगर व्यवस्थापकहरू
नेपालीले पनि यस्तै क्षमताको विकास गर्न सकेको भए ?हामीकहाँ भएको भए अरुले रोपेका बोटबिरुवा समेत उखेलेर फालिइसकेका हुन्थे फोहरको डुङ्गुरले छोपिसकेको हुन्थ्यो, सौन्दर्यको कुरा परै रह्यो ।कुनै कुरा सिक्न बनाउन जानेनौं हामीले फगत बिगार्नु, भत्काउनु बाहेक !
सडकछेउको त्यही विश्रामस्थलमा बसेर खानेकुरा खाँदै गर्दा एकजना जापानी वृद्ध पनि आए त्यही विश्रामस्थलमा थकाइमार्न उनी सानी छोरी आयुषातिर हेरिरहेका थिए नेपाली संस्कार अनुसार हामीले उनलाई पनि खाना खान अनुरोध ¥यौं शालीनतापूर्वक अस्वीकार गरे उनले आयुषासँग रमाउँदै उसैसँग कुराकानीगर्न थाले स्वभाविकै थियो, जुनकुनै देशका मानिसभित्रको स्नेह समवेदनाले पनि सायद् साना शिशुहरूसँग बढी निकटता रोज्दछ आयुषा आफूले जानेका सीमितजापानी शब्दहरूको प्रयोगगरेर टुटेफुटेका मीठो बोलीमा मख्ख पारिदिन्थी ती जापानीहरूलाई ! ती वृद्धसँग पनि त्यसैगरी हाँसीहाँसी कुरा गरिरहेकी थिई उनी पनि आयुषाको त्यो निर्दोष तोतेबोली मायालाग्दो कुरामा मजैले भुलेका देखिन्थे सुरुमा हामीले ती वृद्धतर्फखासै ध्यान दिएका थिएनौं ।आयुषासँग खेलिरहँदा उनका आँखा रसाएको देखेपछि भने हामी पनि उनीतिर आकर्र्षित हुँदै गयौं
के भयो यी वृद्धलाई ? किन रसाएका छन् यिनका आँखा ?कारण जान्ने तीब्र जिज्ञासा पलायो हामीमा तर भाषाको तगारो छँदैथियो त्यसैले मैले आलोकको ध्यान आकृष्ट गराएँ–“किन होला, आँखाभरि आँसु पो पारे नि यी वृद्धले ?”
यिनकाबारेमा जानकारी पाउने मेरो परोक्ष चाहना बुझेर आलोक उनीसँग कुराकानी गर्न थालेको थियो वृद्ध आलोकको कुराकानीमा सीता पनि कहिले काहीँ छोटा सम्वादले साथ दिइरहेकी हुन्थिन् आलोकउनीहरूबीचको कुराकानीबाट पाएको जानकारी बीचबीचमा हामीलाई सुनाउँदै जान्थ्यो
ती वृद्धले आफ्नी जीवनसङ्गिनी गुमाएकावर्षदिन पनि भएको रहेनछ यो उमेरमा आएर सहधर्मीणी गुमाउनुपर्दाको पीडा असह्य थियो त्यसमाथिपत्नी वियोगपश्चात सबैभएर पनि कोही नहुनुको छट्पटि उनकालागि अरु पीडादायक बन्नु अस्वाभाविक थिएन आयुषाकै उमेरकी नातिनी रहिछ उनकी छोराबुहारी टोकियोतिरै बस्छन् नातिनी बाबुआमासँग टोकियोमैं बस्ने भएकाले बेलाबखत भेट्न आउँदा मात्र नातिनीलाई देख्न पाउँछन् उनी ! त्यसै भएर आयुषालाई देख्दा नातिनीको सम्झाना हुनु स्वभविक थियो त्यही सम्झनाले उनका आँखा भरिए!
आलोकले ती जापानी वृद्धको कुरा सुनाइरहँदा आफ्नै कथावर्णन सुनिरहेजस्तै लागिरह्यो मलाई पनि! मेरी श्रीमती पनि कहाँ सहजै देख्न पाउँछौ नाति नातिनीलाई स्काइवमा भेटेरसाँच्चि नै भेटेको भ्रमितयथार्थअर्थात भच्र्युयल रियालिटीलाई नै यथार्थ ठानेर भनभरि भ्रम पाल्नुबाहेक अर्को विकल्प मजस्ता विदेशपलायित आधुनिक पुस्ताका अभिवाकसँग पनि कहाँ ?उनीहरूलाई देख्न, भेट्न कित यसरीनै नै विदेश पुग्नसक्नुप¥यो, कि उनीहरू पर्यटकजस्तै मेरो देश घुम्न आएको मौका छोप्नु ¥यो ! यस अवस्थामा हिजोको मेरा अग्रपुस्ताले पाएको बुढ्यौलीको सन्तानसुुख, सेवा समर्पणको कल्पनै भएन ! कति अभिशप्त मेरो पुस्ता मेरो गरिव देश !ती वृद्धको घाउ पनि मेरैजस्तो हो देश फरक , भूगोल सामाजिकसंस्कृतिक परिवेश फरक तर त्यो भिन्नताकाबीच पनि कति समान छन् हाम्रा समवेदना, पीडा मनभित्रका घाउहरू ! त्यही समान वेदनाले हो, मलाइ पनि भित्रभित्र पोलिरहको थियो उनका ती रसाएका आँसुले ।यो मेरो पनि वर्तमानको दूर्दान्त पीडा थियो साँच्चि नै कति निष्ठुर युग यो, लाहुरे जन्माउने नियति बोकेको निरीह नेपालीको ! उनका कुराले मेरो आफ्नो यथार्थबोध गराएर हो कि किन हो, आँखा मेरा पनि नजानेरै रसाएछन् ! नमीठोसँग कता कता छोएछ तिनको सङ्क्षिप्त जीवनकथाले !
मेरा पनि छोराछोरी कोही छैनन् साथमा कोही स्वदेशले दिएको सुविधा अवसरले नपुगेर क्यनाडा पलायित भएकाछन्, आफ्ना छोराछोरीको भविष्य बनाउने बहानामा कोही जापानमा पसिना बगाइरहेका छन् करियर बनाउने त्यही छोराछोरीको भविष्य बनाउने निहुँमा यसरी नै मजस्ता धेरै वाध्य छौं आज तिनै जापानी वृद्धजस्तै सन्तानसँगको निकटताको खोजीमा काकाकुल तीर्खा पालेर बस्न अभिशप्त बनिरहेछौं सबै भएर पनि कोही नभएको पीडा पचाउन ! मेरो सरकार स्वयम् वैदेशिक रोजगारीबाट रेमिट्यान्स भित्र्याएर खर्च चलाउने योजनालाई सफलता ठान्ने गर्छ विदेशको सपना देखाउने आधुनिक प्लसटुका उत्पादनकर्ता कथित कलेजलाई त्यही लाहुरेबन्ने मोहनी मन्त्र फैलाएर नयाँ पुस्तालाई भ्रमित तुल्याउनसरकार स्वयम् प्रोत्साहित गर्छ अनि आजका पुस्ता कथित विश्वबन्धुत्वको नारा दिएर आफूलाई योग्य बनाउने मातृभूमिलाई लातमार्दै विदेशी भूमिमा पसिना बगाउनुलाई नै सफलता ठान्छ, विकास ठान्छ !
ती जापानी वृद्ध मेराबीचमा भने अरु धेरै आधारभूत भिन्नता पनि थिए सायद् उनलाई वृद्धावस्था सजिलै बितोस् भनेर सरकारले आवश्यक सबै व्यवस्था गरिदिएकोे थियो उनलाई राम्ररी नै बाँच्न पुग्नेगरी यथेष्ट वृद्धभत्ता दिन्थ्यो सरकारले स्वास्थ उपचारका लागि सबै कुरा निःशुल्क उपलब्ध थिए कतै जान ¥यो, रेल, बसले निशुःल्क स्वागत गथ्र्यो ! एक कल फोनबाटै उपलब्ध हुन्थे एम्बुलेन्सजस्ता आवश्यक सहायता उनलाईपरिवारले ठानेपनि राज्यले बोझ ठान्दैनथ्यो राज्य समाजले बरु पर्याप्त सम्मान दिन्थ्यो यता बाँच्नका लागि आवश्यक आर्थिक सहयोग प्राप्त थियो मेरो देशका ज्येष्ठनागरिकलाई राज्यबाट, कुनै प्रकारको स्वास्थ्योपचारसुविधा नै ! हद्द ¥यो भने राज्यले हिजो मनमोहन अधिकारीसरकारले सुरु गरेको वृद्धभत्तासम्म उपलब्ध गराउला त्यो पनि करबलले !विरामी पर्दा समेत छिमेकीले थाहा पाएनन् भने कोठामैं मृत्युबोकेर बस्नुको विडम्बनामा थिएन। उनलाई हाम्रोशहरी बुढाबुढीकोजस्तो थिएन यस अर्थमा उनी एक्ला थिए, असहाय थिएनन् उनको सहायताका लागि सिङ्गो सरकार ढाल भएर खडा थियो तर मेरो..., नेपालीको ...?मेरो छोराछोरी पहँुचमा छन् सरकार नै मेरो कुनै म्मिेवारी लिन तयार ! ती जापानी वृद्धकाकुरालेयिनै तर्कनाको सुनामीमा हेलिदिएको थियो यतिबेला मलाई जे होस्, त्यो सुनामीबाट येनकेन आफूलाई मुक्त गराएर ती वृद्ध गएलगत्तै यायावरी मानसिकतामा फर्केको थिएँ फेरि ।वृद्धका कुराले अमिलिइएको मन लिएरै लागेँ कामाकुरातिर
ओहो....साहित्यको पनि सङ्ग्रहालय रहेछ !” आलोक होकि सीताले छेवैको सूचनापाटीतिर ध्यानआकृष्ट गराए उनीहरूको कुराले कामाकुरा नपुग्दै बाटोको केही भित्रपटिको एउटा परिचयपाटीले सङ्केत गरेकोम्युजियम अफ लिट्रेचर तिर हाम्रो ध्यान तानियोे
हेर्ने हो ?” आलोकले सके मेरो चाहना बुझरै भन्यो उसको प्रस्तावमा सहमति जनाएपछि आलोक साहित्य सङ्ग्रहालयतिर अगिलाग्यो पछ्याउने हामी छँदैथियौं बडो सुन्दर सफा बाटोभित्र केहीपर एउटा विशाल पार्क देखियो पार्कको बीचमा थियो जापानी साहित्यको आकर्षक सङ्ग्रहालय भवन ।साहित्यमैं समर्पित सङ्ग्रहालय रहेछ कामाकुराको अकुतागावास्थित यो म्युजियम अफ लिट्रेचर सोसेकी नात्सुमे, कावावाता यासुनारीजस्ता प्रसिद्ध साहित्यकार, यासुजिरो ओजुजस्ता चलचित्र निर्देशक आदिका हस्तलिखित पाण्डुलिपहरू सङ्ग्रह गरिएका रहेछन् सङ्ग्रहालयमा सङ्ग्रहालय धेरै ठूलो थिएन, तर यसले साहित्यको क्षेत्रमा देखाएको सम्मान भने निकै गह्रुङ्गो लाग्थ्यो सन् १९८५मा स्थापना भएको योे सङ्ग्रहालयमा सङ्ग्रहित थिए कामाकुरामा बसेर लेख्ने जापानी लेखकसाहित्यकारहरूका पाण्डुलिपि अनि थिए तिनका प्रकाशित कृतिका प्रथम संस्करण साहित्यकारहरूका चिठीपत्र, उनीहरूले प्रयोग गरेका बस्तु अन्य सामग्री संग्रहालयको विशाल नगरान्त भवन अर्थात् भिल्ला निर्मित ठूलो बगैँचा, त्यसभित्र फुलिरहेका रङ्गीबिरङ्गी सुन्दर गुलाफै गुलाफको रमाइलो संसार ! सिङ्गो वातावरण नै उत्प्रेरक लाग्थ्यो आहा कति उपयुक्त ठाउँ सिर्जनाका लागि! यसको अगाडि राखिएको सूचनापाटी (साइनबोर्ड) बताइरहेको थियो सन् १९३६ मा बनेको यो भवन सुरुमा माएदा वंशका १६ औं प्रमुख तोसिनारी माएदाको निवास रहेछ सन् १९८५ मा मात्रै सर्वसाधारणका लागि खुला गरिएको रहेछ यो अरु पनि धेरै कुरा हेर्नु थियो, त्यसैले धेरै समय बिताउन सकेनौं सङ्ग्रहालयमा !
त्यहाँबाट निस्किएर केहीसमयको पैदल हिँडाइपछि स्वागतमा खडा थियो इनोडेन हासे स्टेसन छेउको पश्चिमी कामाकुरास्थित कोतोकुइन टोकियोको दक्षिणमा पर्ने कानागावा प्रिफेक्चरकै अर्को एउटा तटवर्ती सानो नगर कामाकुराका असङ्ख्य मन्दिरमध्ये सबैदृष्टिले भव्य थियो यो मन्दिर। साँच्च नै अपूर्व लाग्थ्यो जापान भरकै दोस्रो ठूलो दाइबुत्सुको सुन्दर मूर्ति! यो जापानको सबैभन्दा ठूलो बुद्धमूर्ति भने होइन, नाराको सबैभन्दा ठूलो मानिन्छ बीस वर्षअगिको यात्रामा पुग्ने अवसर पाएको थिएँ मैले सबैभन्द ठूलो बुद्धमूर्ति टोडाइजी
लाग्थ्यो बाहिरैदेखि शान्तिपूर्ण स्वागत खन्याएर भनिरहेकाछन् ससाना बुद्धमूर्तिहरू कोतोकुइनमा स्वागत , बुद्धका देशबासी नेपालीहरूलाई ! जहाँ गए पनि बुद्ध आफ्नै लाग्छन् हामीलाई अनि संसारका कुनै पनि कुनामा बुद्धदेख्दा गौरवले शिर ठडिन्छ नेपालीको
सुरुमैं कोतोकुइन मोनास्ट्रीको सूचनापाटीले बुद्धका प्रमुख शिक्षाका साथैपालना गर्नु पर्ने नियमहरू बताइरहेका थिए विदेशी पर्यटकहरूको अत्यधिक धुइरो लाग्ने यस ठाउँमा भने खान्जीसँगै अङ्ग्रेजी भाषामा समेत सूचना राखिएका थिए परिसरभित्र पुग्नुअगि नै स्वागतमा खडा थिए सुन्दर बगैँचा, उपहारपसल अन्यआकर्षण। भित्र ग्रेट बुद्ध रहेका विशाल परिसरभित्र लाग्यौं, आहा कति सार्थक बर्णन गरेका रहेछन् पर्सिभल लेभीले–‘महान् भद्र अर्धमुदित नयन सहित निर्वाणको जीवन्त प्रतिनिधित्व गरिरहेछविशाल बुद्धमूर्ति ( सोल अफ दि फार इस्ट) !
हो ... आहा कति निर्दोष...कसरी संसारभर वात्सल्यपूर्ण अर्धमुदित नयनको शीतलता छर्दै शान्ति, हिंसा सद्भावका सार्वजनीन मन्त्रघोष गरिरहेका छन् विशाल बुद्ध !
हो, म्याक्लेले देखेजस्तै थिए अहिले हेर्दा पनि यी विशाल बुद्ध ! ती बेलाइती स्थापत्यविद् .सी.म्याक्लेले कतै लेखेका छन्खुला आकाशमुनि देवदारुका रुखहरूको शीतल छहारीमा गर्वोन्नत शिर उचालेर महासागरको शान्त जलराशि नियाल्दै निर्वाणको स्वप्नलोकमा विचरण गरिरहेकाछन् ग्रेट बुद्ध आहा कति सार्थकर सुन्दर सत्य अभिव्यक्ति ! हुन पनि हरियो पहाडको पृष्ठभूमिमा पद्मासन कसेका ध्यानमग्न अमिताभ बुद्ध मेरै लुम्विनीदेखि आएर विश्वलाई शान्तिको मन्त्रदान गरिरहेजस्तै अनुभूति भयो मलाई यतिखेर ती सबै अभिव्यक्ति सम्झने क्रममा बेलाइती स्थापत्यविद् डा.डी.ड्रेसरको भनाइपनि अझै मार्मिक थियो सायद् दुरुस्तै ड्रेसरलेभनेजस्तै थियो यो दाइबुत्सु बुद्धमूर्ति बीच मस्तकमा जडिएको तेस्रो आँखासदृश मणि ! त्यो मणि घामको उज्लोलेपोतिँदा निस्कने झल्झाकार प्रकाश त्यही प्रकाशका माध्यमबाटविश्वब्रह्माण्डको ज्योतिफैलाइरहेकासम्मानित ओजपूर्ण मुद्रामा शान्तिको अगाध सन्देश प्रवाह गरिरहने शान्तिदूत बुद्ध !
ती बुद्धमूर्तिकोमुनि बाउन्ने उभिएका थियौं हामी, अज्ञानी...लाटा...!तैपनि उभिएर पालैपालो अनेकौं फोटोहरू खिच्यौं, खिचायौं
प्लिज... एउटी जापानी स्कुले केटी हाम्रो अगिल्तिर क्यामरा तेस्र्याउँँदैआई, सबैले बुभ्mने अन्तराष्ट्रिय भाषामा सङ्केत गर्दै कृपया हाम्रो समूहफोटो लिइदिनुहोस् !
रमाइलो लाग्यो उनीहरूको त्यो अनुरोध शैली उनीहरू नेपाली, अङ्ग्रेजी भाषा नजान्ने, हामी जापानी खान्जी नबुझ्ने त्यो अवस्थामाहाम्रा सामु त्यही अन्तराष्ट्रिय भाषा नै थियो एक मात्र विश्वभाषाको विकल्प
लक्ष्मीले पनि ती स्कुले केटीहरूसँग उभिएर फोटो खिचाउने रहर गरी तीमध्ये तीनजनाको बीचमा उभिई पनि सँगै फोटो खिचाउन ती केटीहरू खुसीले फक्रिए ताजा गुलाफका फूलजस्तै हो कति खुसी देखिएका ती साना नानीहरू एउटा विदेशीसँग फोटो खिचाउन पाउँदा ! शिक्षकहरूका अगुवाइमा आएका स्कुले ठिटाठिटीहरूको यस्ता धेरै समूह थियो त्यहाँ
फोटोसेसनपछि बुद्धमूर्ति प्रदक्षिणा गर्दा देख्यौं, केही मानिस मूर्तिको एकाछेउ देखिने सानो गुफाजस्तो दूलोभित्र लामबद्ध पसिरहेका छन। गुफाको अर्को कुनोबाट फर्कनेहरू पनि त्यही क्रममा निस्किइरहेका छन् केकोलाम त्यो ?हामी केही नबुझेरै पनि गएर त्यही लामको पुछारतिर मिसियौं। पछि पो बुझियो, त्यो सानो गुफाजस्तो बाटो त्यही विशाल बुद्धमूर्तिको गर्भगृह अर्थात गुम्बजभित्रको खोक्रो ठाउँमा पुग्ने सानो ढोका पो रहेछ बीचमा रेलिङजस्तो फलामे डन्डी साङ्लोको एकातिरबाट भित्रपस्ने लाम थियो, अर्कोतिरबाट बाहिर निस्कनेको अर्को लहर बाटोमा कतै अँध्यारो, कतै मधुरो बिजुली चिमलाई परास्त गर्नैलागेजस्तो मद्धिम प्रकाश !
गर्भगृहभित्र राखिएको सूचना विवरणभनिरहेको थियो अत्यन्त विशाल भएकाले विभिन्न तीसवटा अलगअलग खण्डमा ढालेर जोड्दैजोड्दै बनाइएको रहेछयो विशाल मूर्ति !
गुम्बा भनिए पनि मूर्तिलाई कुनै गुम्बाभित्र राखिएका थिएन, मन्दिरमाथि कुनै छत थिएन खुला आकाशमुनि भव्य शन्तिस्वरूपको छटा फैलाइरहेका थिए दाइबुत्सु बुद्ध
एउटी महिलाको चाहना दृढ तपस्याको प्रतिफल रहेछ योविशाल बुद्धमूर्ति ! साँच्चैकी महान् कलाप्रेमी हुन् ती इनादानोसुबोने सोगुन योरितोमो (११४७११९९) को दर्बारमासामान्य सुसारे रहेकी ती महिलाई कुन प्रेरणाले यस्तो  विशाल मूर्तिको निर्माण गराउन उत्प्रेरित ¥यो, तिनै बुद्धलाई थाहा होला ! जुन उत्प्रेरणाले भए पनि उनलाई बुद्धको एउटा ठूलो मूर्ति बनाउ पाएहुन्थ्यो भन्ने लागेछ मालिक योरितोमोको मृत्युपछि दर्बार छाडेर मूर्ति बनाउन चाहिने खर्च जुटाउनतिर लागिछन् उनी त्यो पवित्र चाहना पूरा गर्ने काममा अरुको पनि साथ मिल्दैगयो सहयोगका ती हातहरूमा सबैभन्दा दरिलो हात जोडियो, टोटोमाइ प्रान्तका आचार्यको ती महिला आचार्य जो मिलेर जापानभरि घुमेमूर्तिबनाउन चाहिने रकम जम्मा गर्न ।सन् १२३८ मा बल्ल मूर्ति बनाउने आवश्यक रकम जुटेपछि निर्माणको काम थालिएछ लगातार पाँच वर्षको परिश्रमबाट बल्ल ग्रेट बुद्धको पहिलो काष्ठमूर्तितयार भयो ! अफसोच, स्थापना गरेको दशै वर्षमा आगलागीले अङ्गार बनाइदिएछ त्यति दुःख गरेर बनाइएको काष्ठमूर्ति !
हरेशिव...त्यति दुःख गरेर बनाएको मूर्ति आगोको चपेटामा ¥यो ! केही दिन उनीहरू पनि के गर्ने कसो गर्ने भन्ने कुनै निधो गर्न नसकेर असमन्जसमा परे तर तिनको इच्छाशक्तिका अगाडि कुनै पनि बाधाव्यवधान के पो अड्न सक्थ्यो ?आँटीलाई बाघले पनि खाँदैन भन्छन्, खाने मुखलाई जुँगाले के पो छेक्नसक्थ्यो ?उनीहरूले त्यसपछि अब ढलोटको मूर्ति पो बनाउने सुर कसेछन् खर्च पो कसरी जुटाउने ?थोरै खर्चले पुग्दैनथ्यो तर पनि धैर्य छाडेनन् एकले थुकी सुकी, सबैले थुकी नदी भनेजस्तै, मनकारीहरूको सहयोग मिल्दै गयो अनि जुुन् १२५२ मा अमिताभ बुद्धको अन्दाजी १३ मिटर अग्लो विशाल ढलोटे मूर्तितयार भइछाड्यो ढलोटका टुक्राटुक्रा जोडेर बनाइएको त्यो विशाल संरचना एक सय एक्काईस टन तौलको थियो, झन्डै साढे तेह्र सेन्टिमिटर अग्लो ! अनुहारको उचाइमात्रै साढे दुई सेन्टिमिटर अग्लो ! यति सुन्दर मूर्तिको निर्माता कलाकार को हुन् भन्ने भने कसैलाई थाहा रहेनछ ! आनो गोरोएमोन् नामका कारिगरले मूर्तिको प्रारूप ढालेकोसम्म जानकारी पाइए पनि तिनको बारेमा कुनै थप परिचय थियो, उनको कामलाई अगि बढाउने अरुको नै कुनै जानकारी थियोइतिहाससँग जे होस्, त्यही वर्षकोअगस्ट १७ तारिखका दिन स्थापना गरिएछ यो कामाकुरा मन्दिरमा बुद्धको त्यो विशाल मूर्ति त्यसिबेलादेखि आज लगभग साढे सातसय वर्षसम्म निरन्तर उभिँदै आएका रहेछन् शान्तिका साक्षात स्वरूप बनेर विशाल बुद्ध अभय मुद्रामा !
कति महान् ती इनादानोसुबोने ! तिनकै सङ्कल्पका प्रतीक हुन् यी विशाल बुद्ध ! लाग्थ्यो शिवजीकैजस्तो निधारको बीचमा तेस्रो आँखा खोलेर उद्घोष गरिरहेका छन् यी अमिताभ बुद्ध विश्वब्रह्माण्डको ज्योति हुँ
ती भद्र महिलाको अघोर समर्पणप्रति नतमस्तक थिएँ यतिबेला !
सुरुदेखि नै यस्तै खुलामा थियो यो विशाल मूर्ति ? जिज्ञासा स्वभाविक थियो तर होइन रहेछ मन्दिर नै नफापेको रहछे यी बुद्धलाई जति बनाएपनि कि आगोले खाने, कि समुद्रको लहरले बगाइदिने कहिले समुद्रको आँधीले भत्काइदिने, कहिले मुसलधारे असिनापानीले ध्वस्त बनाइदिने ! पटक पटक बनाउँदा पनि मन्दिर नटिकेपछि हार खाएर छाडेका रहेछने नयाँ मन्दिर बनाउन अनि सन् १४९५ देखि खुलै ठाउँमा राखेछन्कामाकुराबासीले यी बुद्धलाई यस ठाउँमा ! जति बनाएपनि एउटै मन्दिरबाँकी नराख्ने त्यस ठाउँको प्रकृतिले विशाल बुद्धको यस मूर्तिलाई भने कहिल्यै कुनै नोक्सान पु¥याएन रे ! साँच्चि कै आश्चर्यल लाग्दो छैन यो सत्य ?बेलाबेलाका  महाभूकम्पहरूले समेत मूर्तिको आधारस्तम्भ बाहेक मूर्तिलाई कुनै क्षति पु¥याएन रे !
दाइबुत्सुपछिको हाम्रो गन्तव्य थियोहासेडेरा। धार्मिक मात्र नभएर दृश्यावलोकनका दृष्टिले समेत अत्यन्त मोहक थियो हासेडेरा कानोनकोयो मन्दिर क्षेत्र। सुरुमा सिजो येरिमोतोको निजी निवास रहेछ यसको मूल मन्दिर सुगान्जी शोगुन शासनकालमा जापानको राजधानी रहेको कामाकुरा सांस्कृतिक आर्थिक दृष्टिबाट समेत जापानभरमैं सर्वाधिक शक्तिसाली थियो रे ! १३ औं शताब्दीको त्यो कालखण्डमा जापानी बौद्ध भीक्षु निछिरेन दाइसोनिनले बुद्ध धर्म बौद्ध दर्शनको शुद्धिकरण अभियान चलाछन् उनले यही कामाकुराबाट त्यो अभियानको सुरुआत गरेछन् उनी सधैं कामाकुराको व्यस्त सडकका कुनाकुना उभिएर प्रवचन दिन थालेछन् निछिरेन बुद्ध धर्मका नामले चिनिन थालेछ उनको यो मत निछिरेनकमल सूत्तमा आधारित महायानकै एउटा शाखा मानिँदोरहेछ त्यतिबेलाका प्रभावशाली दरबारी सिजो योरिमोतोले उनलाई गुरु थापेपछि यसका समर्थकको सङ्ख्या ह्वात्तै बढेछ पछि तिनै योरिमोतोको निवास सुगान्जी मन्दिरमा परिणत भयो
आहा...कति राम्रो मूर्ति, यो बुद्ध भगवानको !” सँगैको निचिरेन दाइसोनिन कानोनडो हल छेउकै अमिदाडो हलभित्र स्वर्ण आसनमा विराजमान भव्य मूर्तितिर देखाउँदै भन्यो हाम्रो टोलीमा कसैले होत कति भव्य कामाकुराका प्रमुख मूर्तिमध्येको एउटा यो याकुयोके अमिदा अर्थात् अमिताभ बुद्धमूर्ति ! यो मन्दिरको निर्माण दुष्टात्माबाट रक्ष गर्ने हेतुले भएको रे आधारस्तम्भ बाहेक नै . मिटर अग्लो रहेछ मूर्ति नयाँ वर्षका दिन सिन्तो धर्मावलम्वीहरूको भीड लाग्छ रे  यहाँ वर्षको पहिलो सूर्योदय हेर्न !
अमिदाडोको दायाँपटि हासेडेरा मन्दिरमा राएिको विशाल धातुनिर्मित घन्टा सबैको ध्यान आफूतिर तान्न सफल देखिन्थ्यो बौद्ध परम्परा अनुसार हरेक वर्ष डिसेम्बर ३१ तारिखको मध्यरातमा सुरु गरेर चौवीस घन्टामा १०८ पटक बजाइँदो रहेछ यो घन्टा मानिसका १०८ प्रकारका सबै दुःख नष्ट होस् भनेर प्रार्थनास्वरूप बजाइएको रे यो जोया नो काने नाम गरेको घन्ट १०८ पल्ट !
मन्दिरको अर्कोपटि माथिल्लो कुनाको अग्लो भागबाट देखियो सागामी खाडीको समुद्री तटका अत्यन्त सुन्दर अभिराम दृश्य ! प्रकृतिले समुद्रबाट ठगेको भूपरिवेष्ठित नेपालको नेपालीका लागि झनै मोहनी लाउने खालको थियो त्यो दृश्य ! समुद्र दर्शनका लागि अत्यन्तै उपयुक्त ठाउँ रहेछ जोछिजी मन्दिरबाट सुरुभएर कोटोक्विन नजिकै टुङ्गिने यो सुन्दर पदमार्ग मन्दिरमाथि केही उकालो चढ्दासाथ देखियो हरियो जङ्गलको सफा सिँढीयुक्त पदमार्गबाट विशाल सागरको उत्ताल जलतरङ्ग किनाराका भव्य वस्तीहरू ! साँच्चिै नै भव्य देखिन्थ्यो, दर्शनीय विशाल सागरभदा पारि... पर क्षितिजमा देखने सानो पहाडमाथिको आकाशमा सुनौलो रङ पोत्दै गरेका स्वर्णिम सूर्य ! अनि वारि बलौटे सागर किनारमा रमाउँदै आपसमा प्रेम साटिरहेका युगलजोडी ! लाग्थ्यो, सिङ्गो प्रकृति नै अनुपम दृश्यचित्रको विशाल फकजस्तै ! साँच्चि नै स्वर्गीय दृश्य थियो त्यो, क्यामरामा कैद गरेर पनि मन नभरिने ! धेरै थिए यहाँबाट देखिने अरु पनि मन लोभ्याउने सुन्दर दृश्यहरू रमाइला देखिएकाथिए पर...परका  सागामी सागर तट जुही मारिना अनि मिउरा प्रायद्वीपहरू !
रोचक क्रूर दुबै लागेको थियो मलाई अप्रिलमा लाग्ने भव्य कामाकुरा मेलाको समय मुख्य मन्दिरको डबलीमा नाचिने परम्परागत नृत्यको प्रारम्भिक कथा योरिमोतोले आफूद्वारा पराजित स्थानीय शासक योशित्सुनकी पत्नी शिजुकालाई पनि बन्दी बनाएर जबर्जस्ती आफ्नै प्रशंसामा नाच्न वाध्य गराएर सुरु भएको थियो रे यो नृत्यपरम्परा ! बिचरी शिजुका, बाध्यताबश नाच्न नाचिछन्, तर आफ्नै लोग्नेको सम्झना विपत्तिमा दुःखमनाउ गर्दै नाचिछन् ! विजयी राजाको कति अमानवीय व्यवहार एउटी असहाय महिलाप्रति ! सामन्ती समाजको व्यवहार आखिर उस्तै हो सबैतिर ! जे होस्, यो नृत्य देवनृत्यजस्तो लाग्दैनथ्यो यस्तै हावाको बेगमा दौडिरहेको घोडाबाट घोडचढीहरूको तारो हान्ने प्रतियोगिता अर्थात् हाचिमानगु मन्दिर छेउमा गृष्म वसन्त ऋतुमा लाग्ने याबुसामे मेला पनि देव मेलाजस्तो लाग्दैनथ्यो
बगैँचापारिको डाइकोकुडो हलमा डाइकोकुतेनको सुन्दर मूर्तिको मुखाकृति अनौठो लाग्थ्यो सन् १४१२ मा कुँदिएको भनिने कानागावा प्रिफेक्चरभर नै सवैभन्दा पुरानो भनिएको यो मूर्तिको विशाल मुख ओठको अनौठो मुस्कानले जोकोहीलाई टाढैबाट आकर्षित गरिरहेको थियो जापानको सम्वृद्धि सौभाग्यका सात प्रमुख देवतामध्येका एक रे यी पराल बुनेर बनाएको दुईवटा चामलका बोरामाथि एक एकवटा खुट्टा टेकेर उभिएको त्यो डाइकोकुतेन मूर्तिको काँधमा एउटा थैलो देखिन्थ्यो, सम्पत्तिको थैलो ! भारत वा नेपालबाट जापान पुगेका भनिने ती देवता कतै हाम्रा कुवेरको नै रूप  होइनन् ? हुन पनि झट्ट हेर्दा धनका राजा कुवेर जस्तैदेखिन्थ्यो यो मूर्ति !
ऐतिहासिक महत्वका विभिन्न धार्मिक बस्तुहरू सङ्ग्रहित होमोत्सुकान सङ्ग्रहालय सरसरती हेरेर प्रमुख मन्दिरकै तलपटिको बेन्टेनडो हलका पुग्यौं हामी अत्यन्त आकर्षक थियो बेन्टेनडो हलभित्रको अष्टभुज बेन्जाटेनमूर्ति बुद्धको प्रेरणा पाएर डाइसी आफैंले बनाएका रे यो मन्दिरको अर्कोतिर बेन्टेनकुत्सु गुफा थियो गुफा भित्रको चट्टानमा सोह्रवटा सान मूर्ति थिए बेन्जाइटेनका सोह्र भाइ रे ती ! 
....सरस्वतीको मन्दिर पो रहेछ यो !” आलोकको रोमाञ्चित आवाजले हामी सबैको ध्यान खिच्यो गुफाभित्रको बेन्जाइटेनपछि लगत्तै आइपुगेको कामाकुराको दोस्रो ठूलो मन्दिरमा जेनिआराई बेन्टेनको मूर्ति देखेपछिको रोमाञ्चपूर्ण आवाज थियो त्यो आलोकको ! जापानी भाषमा सरस्वतीलाई बेन्जाइटान भन्थे हुन पनि सबैका लागि सुखद् आश्चर्य थियो हिन्दुआराध्य देवी सरस्वतीलाई जापानको कामाकुरामा देख्न पाउनु आहा... आफ्नै बनाएर पो राखेका रहेछन् यिनले मेरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीलाई त्यो थाहापाउँदा हाम्रो टोलीका सबैको नाक फुलेर घिरौंलाजत्रै भएका थिए
मूलतः बेन्जाइटान अर्थात हिन्दु देवी सरस्वतीको आराधना गरिने सरस्वती मन्दिर रहेछ सानो पहाडको सुन्दर प्राकृतिक दृश्यको काखमा रहेको यो मन्दिर जापानमा सरस्वती पूजाको सुरुआत छैटौंदेखि आठौं शताब्दीको बीचतिर भएको रे यही मन्दिरको एउटा गुफाको पानीमा मानिसहरू नोट धुने गर्दारहेछन्, दुईगुना हुने विश्वासले त्यसका लागि वर्षेनी नोट धुने मेला लाग्दो रहेछ ! पुजारीले मन्त्रेका जन्तर अर्थात् ओमोरी (मन्त्रपूत रक्षाकवच) किनेर लगाउने सिन्तो धर्मावलम्वीहरूको पनि निकै सङ्ख्या देखिएको थियो मन्दिरमा मनमनै सोच्दैथिएँ विज्ञान प्रगतिको क्षेत्रमा पश्चिमलाई चुनौती दिनसक्ने भइसकेर पनि परम्परागत विश्वासलाई भने अझै छाडेको रहेनछ जापानले !
कामाकुराको अर्को विशेष आकर्षण थियो हासेडेरा मन्दिर यहाँबाट देखिने तल समुद्रको सुन्दर दृश्य ! मन्दिरका बारेमा एउटा किम्बदन्ती प्रचलित थियो इसापूर्व ७२१ मा बौद्ध सन्त तोकेडो सोहिनले नारा क्षेत्रको सानो गाउँ हासेमा कपुरको एउटा विशाल रुख देखेछन् त्यस रुखबाट उनले बुद्ध अर्थात् कानोनका दुईवटा मूर्ति बनाउन लगाएछन् कानोनका ती मूर्तिमध्येतल्लो  गिँडबाट बनेको मूर्तिलाई नारा मैं नजिकैको हासेडेरा मन्दिरमा राखिएछ अर्को गिँडबाट बनेको त्यस्तै मूर्ति चाहिँमानव रक्षाका लागि पुनः प्रकट हुनू भनेर समुद्रमैं विर्सजन गरिदिएछन् त्यसरी ओसाका नजिकैको समुद्रमा विर्सजन गरिएको त्यही काष्ठमूर्ति १५ वर्षपछि एक रात कामाकुरा नजिकैको समुद्री किनारामा देखिएछ त्यो मूर्ति देखेपछि स्थानीय मानिसहरूले यही कामाकुरामा ल्याएर त्यसलाई मन्दिर बनाई राखेका रे !
त्यहाँबाट हामी केन्चोजीतिर लाग्यौं कामाकुराका पाँच जैन मन्दिरहरूमध्ये जापानमै सबैभन्दा पुरानो थियो यो केन्चोजीको सुन्दर मन्दिर   मन्दिर भन्दा अझ सुन्दर लाग्थ्यो यसको बगैंचा ! छेवैमा थियो राष्ट्रिय सम्पदा मानिएको मन्दिरको विशाल घन्टा कामाकुराको त्यस उत्तरी भेगमा हेर्ने कुरा धेरै थिए भगवान बुद्धको पवित्र दन्त राखिएको येन्जाकुजी थियो,  टोकेइजी मेइगेत्सुइन थिए तर, थिए मै सीमित राख्न वाध्य थियौं हामी ती कतिपय हेर्नलायक कुराहरू हामीसँग समय कहाँ थियो ती सबै कुरा हेर्न !
त्यसैले पूर्वतर्फ लाग्यौं त्यहाँबाट थकाइले बिस्तारै गाल्न खोज्दै थियो भोक, भोकभन्दा पनि चियाको तलतलले थकान महसुस गराएको थियो सायद आलोकले बुझेछ, चिया नास्ताको जोहो ¥यो जोमियोजीको सुन्दर बगैँचामा सुन्दर प्राकृतिक काखमा बसेर नमूना चिया समारोहको त्यो आनन्द, मजै अर्कै !
स्वर्गीय आनन्दको अनुभूति गराउने त्यो चियापानपछि हामीलाई अर्को आश्चर्यले पर्खिरहेको थियो हाम्रो अगडि एउटा विशाल मूर्ति विराजमान थियो मूर्तिको काँधमाथि एउटा होइन एघार एघारवटा शिर थिए, हाम्रा लङ्काधीश दानवराज रावणको भन्दा पनि धरै ! सन् ७३४ मा बनाइएको हासेकानोन अर्थात् बोधिसत्वको यो मूर्ति कानोनडो हलमा भव्यताका साथ विराजमान थियो .१८ मिटर अग्लो मूर्तिमा मुख्य सहित तीनवटा अगाडि, तीनवटा वायाँतिर, तीनवटा दायाँ अनि एउटा माथि अर्कोे पछाडि गरी ११ वटा शिर थिए अलग अभिव्यक्ति देखिन्थे ती एघारैवटा अनुहारमा खास नाम जुइचि कान्जेओनबोसात्सु थियो यो हासेकानोन मूर्तिको दायाँ हातमा लठ्ठी वायाँ हातमा कमलको फूलजस्तै आकारको एउटा पात्र समातिरहेको देखिन्थ्यो झट्ट हेर्दा धेरै कुरामा रामायणको दशानन रावणका पनि दाजुजस्तै लाग्ने यो मूर्तिको कलात्मक भव्यता भाव भने नितान्त भिन्न थियो रावणकोजस्तो क्रूरता थिएन, थियो अनुहारमा उसको जस्तो दम्भ नै अत्यन्त शान्त दयालु लाग्थे यिनका एघारै मुहारहरू
हेर्ने कु्ुरा धेरै थिए, कतै तपस्यारत बुद्धमूर्तिहरू कतै तिनका रक्षार्थ खटिएझैं लाग्ने हतियारधारी सैनिकका पूर्णकद मूर्तिहरू प्राय बौद्ध मन्दिर धार्मिक स्मारकहरूमा कमै देखेको थिएँ मैले यस्ता हतियारधारी सैनिक मूर्तिहरू सके यो हासेडेरा स्मारक क्षेत्र सोगुन शासकद्वारा निर्मित हुनु पनि एउटा कारण थियो यस्ता मूर्तिका साथै धार्मिक परम्परागत नृत्य मेलाका रूपमा सैनिकसौर्य प्रदर्शनका युद्धकलाहरू ! कतै विशाल शिलामा कलात्मक बुद्धका पवित्र पदचिह्न भीक्षुभिक्षुणीका साना शिलामूर्ति छेउ तिनैलाई जल चढाउन गरिएको व्यवस्थामा बहिरहेका सफा पानीका कुलाहरू छेवैमा देखिन्थे पानी चढाउन सजिलो पार्ने डाडुजस्ता ठूला ठूला चम्चाहरू तिनैमध्ये एउटा मूर्तिले ध्यान तानेको थियो मेरो तपस्यारत त्यो मूर्तिका सहस्र भुजा थिए, हरेकमा एकएकवटा आयुधजस्तै लाग्ने बस्तुहरू सबैलाई गहिरिएर हेर्न भने समय थिएन हामीसँग टोकियो पनि फर्कनु थियो हामी यतिखेर टोकियोबाट लगभग पचास किलोमिटर परको दक्षिणदक्षिणपश्चिमी जापानमा थियौं त्यसैले मन नमान्दा नमान्दै पनि हामी फर्कने तयारीमा लाग्यौं
अब हेर्न बाँकी उएटै ठाउँ थियो सागामी बीच त्यसैले हामी कामाकुराको दक्षिणपटिको देखिने एउटै मात्र खुला भाग सागामी खाडीको बलौटे किनारातिर निस्कियौं यो सागामी खाडीको एकछेउ बाहेक कामाकुराका बाँकी तीनैतिर अग्ला पहाडले घेरेका थिए यो खुला भागभने सागामी खाडीको विशाल जलराशिले घेरिएको थियो लाग्थ्यो प्राकृतिक किल्ला हो यो कामाकुरा यसैले होला, कामाकुरा कहिले जापानकै प्रथम राजधानी रह्यो, कहिले दोस्रो
कामाकुराको यही तट होला नि प्रसिद्ध जापानी आख्यानकार ओसामु दाजाइले आफ्नी यसवती पे्रमिकासँगै फालहालेर आत्महत्या गर्ने प्रयत्न गरेका समुद्री किनार !” कामाकुरा तटको त्यो विशाल सागर देखेपछिको प्रश्न थियो यो मेरो आफैंसँग धन्न जोगिएछ पटक पटक आत्महत्याको खेलमा रमाउने सेटिङ सनजस्तो कालजयी विश्वविख्यात उपन्यासका स्रष्टा दाजाइको आत्महत्यास्थल बन्नुकोआरोप लाग्नबाट !
कामाकुराबाट झर्दासाथ खाडीले दिएको प्रभाव सकारात्मक थिएन जताततै छरिएका मरेका माछामाथि झुत्ती खेलिरहेका काला कौवाहरू तटभरि कालाम्यै देखिन्थे ! समुद्री छालले तटमा मिल्काएका मृतमाछाहरूको आहारा खाइरहेका ती सयौं कौवा मात्र होइन, आकाशमा कावा खाइरहेका असङ्ख्य चिल गिद्धको आक्रमणको भयबाट पनि ढुक्क हुन सकिने स्थिति थिएन विजुलीको तारमाथि बसेर घाम तापिरहेका कौवाले कति बेला झम्टा मार्ने हुन्, भन्न सकिँदैनथ्यो डरलाग्दा लाग्थे ती काग कामाकुराको माथिल्लो भासम्म पनि पुगेका थिए ती काग हामीलाई तर्साउन यो झन तिनकै कृडास्थल थियो ! त्यसैले यहाँ धेरै बेर बिताउने आँटै गर्न सकिएन एक कुहिएका माछाको नाक फुट्ने गन्ध, अर्को तिनै कागहरूको दंश डर अलि होस गरेन भने टाउकैमा ठुङ्न बेर लाउँदैनथे
हामी अगि बढ्दै गयौं स्टेसन पनि छोट्टिने, सुरक्षित सुन्दर तटबाट समुद्रको आनन्द पनि लिन पाइने ठाउँको खोजी गर्दै हुन पनि जति उता लाग्यो तट त्यति नै सफा दुर्गन्धरहित देखिँदैगयो नाङ्गा खुट्टाले बालुमा हिँडिरहेका, दौडिरहेका समुद्री छालको शीतल स्पर्श भोग्दै लठार्रिइरहेका सौखिन जोडाजाडीको सङ्ख्या पनि बढ्दै गयो छेउमा विश्रामस्थल आवश्यक सुविधाका लागि शौचालय देखिँदै गए बलौटे सागर किनारमा रमाउँदै प्रेम साटिरहेका युगल प्रेमीका जोडाजोडी, नजिकटाढा सागरको छात्ती चिर्दै बगिरहेका साना ठूला जहाज डुङ्गाहरू देखिँदैगए ! साँच्चिकै रमाइलो थियो सागर तटको त्यो दृश्य, हेरिरहँु जस्तो !
समय बिस्तारै चिप्लिँदै थियो, यो सागामी तटीय मोहनीमा भुलिरहने हो भने टोकियो पुग्न ढिला हुन्थ्यो त्यसैले हामी अलमलिन सक्ने अवस्थामा थिएनौं लाग्यौं टोकियो फर्कने क्रममा रेल स्टेसनतर्फ !
विजय निवास, आरुबारी