शीर्षक देखेर तपाईँलाई अनौठो लाग्ला । विना टिकट बस यात्रा त गरिंदैन भने बिना टिकट त्यो पनि हवाइ यात्राको कुरा । पत्याउन त्यति सजिलो पनि नलाग्ला । मलाई भने त्यो संझेर अझै पनि रोमाञ्च हुन्छ । कल्पना जस्तै लाग्ने यो कुुरा जोमसोम विमानस्थलमा भोगेका थियौं तेज र मैले । २०५८ कार्तिकको समय थियो त्यो । तेज र म श्रीमान श्रीमती नै मुक्तिनाथ यात्रामा थियौं । पोखरासम्म बस र त्यहाँदेखि विमानमा जोमसोम आएका हाम्रो योजना घोडेपानी हूँदै नयाँ बाटो भएर फर्कने थियो । त्यसैले हवाइजहाजको एकोहारो टिकट लिएर गएका थियौं ।
तर यात्रा निश्चित हुदैन, जीवनयात्रा सोचेझैं सरल रेखामा चल्दैन । हामीलाई पनि त्यस्तै भयो । कागवेनीबाट ठाडै ढुंगे बाटो, उडाउला झैं तेज हावाको झोक्का सहँदै टाङटुङ टिङटाङको समवेत सङ्गीतधून बजाउँदै तल झर्दै गरेका खच्चरका लामसँग बच्दैबच्दै उकालो लाग्दै थियौं हामी । तेज र प्रतिभारश्मि भाउजू हामीभन्दा तगडा देखिन्थे, ठम ठमहिँडेर केही अगि लाग्दै थिए उनीहरू । म श्रीमती लक्ष्मीलाई साथ दिँदै पञ्चमीको पाइला सार्दै थिएँ । लक्ष्मीको गहँ्रुङ्गो झोला प्रतिभा भाउजुृले बोकेर सघाउनुृ भए पनि उनलाई हिँड्न गाह्रो अनुभव हुँदै थियो । टिङ्ग्रे गाउँ नाघेपछि त उनलाई लेक लागिहाल्यो । भखैरै मुटुसम्बन्धी समस्याबाट मुक्त भएकीले चिकित्सकको बिस्तारै हिँड्नु, जाँदा हुन्छ भन्ने सल्लाह पाएर मात्रै मुक्तिनाथ यात्राको आँट गरेका थियौं ।
तेज र भाउजु अगाडि गइसके । साँझ पर्नै लागेकोले होला बाटो लभग जनशून्य छ । पारिपाटि पहेँलै देखिने माटो र चट्टानी भिर–पहिरो मात्रै देखिन्छ । भिरका भित्तामा चमेरा, काग र गिद्धका गुँडयुक्त खोपैखोपा ! कतैकतै साना थुम्का बाहेक हरियाली कतै देखिँदैनथ्यो ।
लक्ष्मी हिँड्न नसकेर बाटोछेउमैं थचक्कै बसिहालिन । त्यो उचाइलाग्ने समस्याबाट मुक्तिपाउन अदुवा र टिम्बुर पनि चपाइन, स्वास लिन केही सजिलो भयो । त्यसपछि फेरि अर्को सकस्याले समात्यो– पिँडुला फर्केर हिँड्नै नसक्ने भयो उनलाई । धेरै अग्लो पनि होइन, ३ हजार २ सय मिटर मात्र थियो यो ठिङ्गे वा खिङ्ग्रीको उँचाइ ! अझै ५०२ मिटरमाथि चढ्नुछ मुक्तिनाथको मन्दिर भेट्न । नअगाडि जानुृ, न जोमसोम फर्कनु !
अँध्यारोको बर्कोले धरतीलाई आफ्नो कालो छायाँभित्र बिस्तारै लुकाउँदै थियो । झारकोट नपुगी बस्ती कतै देखिँदैन । मनमा अत्यासकोपहिरो जााँदैछ । लक्ष्मीलाई भर दिँदै घिस्रिएरै भए पनि झारकोट पुग्नुको विकल्प छैन । केही माथि घिस्रिँदै पुगेपछि त लगभग बेहोसै भएर लडिन् लक्ष्मी । मुटुको बिरामी । मन आत्तियो, कतै अर्धांङिगीनीसँगको विछोडको पीडा बोकेर त फर्कनु पर्ने होइन घर । स्निफर सुँघाउँदै बु्रफिन ख्वाएर हात गोडामा हलुका मसाज गरेपछि बिस्तारै होसमा आइन उनी । उनको त्यो अवस्थासँगै आँखा रसाए खुशीले र उनले होइन, आफू स्वयम्ले पुनर्जीवन पाएजस्तो अनुभव गरेँ मैले । ओफ....मान्छे कसरी एकै क्षणमा एक युगको भन्दा बढी पीडा अनुभव गर्न पुग्दोरहेछ ! कसरी निमेषभरमा पीडाको अग्निसागर छिचोल्न पुग्दो रहेछ । त्यही एकक्षणले मलाई राम्ररी महसुस गराएको थियो ।
“ल न, विरामी परेर विचल्लीमा परियो । माथि होटेलसम्म लगिदिनोस् न !”
एकजना स्थानीय मान्छे एउटा रित्तो घोडा डोहो¥याउँदै आएको देखेर जागेको आशा पनि “घोडामा काठी छैन, काठी नभएको घोडा तिमीहरू चढ्नसक्दैन ।” भन्दै उसले बाटो तताएपछि निराशामा बदलिएको थियो । हुनपनि घोडामा काठी थिएन । त्यसैले काठी नभएको घोडामा उकालो चढ्नु सजिलो थिएन । त्यसमाथि जिउ नै थाम्न नसक्ने बिरामी मान्छे ! तर पनि उसले अरु केही सहयोग गर्न सकिन्छ कि भन्नेसम्म नसोधी टाप कसेको देख्दा भने मनमा नमीठो प्रश्न उठेको थियो– के अलिकति पनि मानवता बाँकी छैन मान्छेमा ?
मेरो प्राथमिक उपचारले केही काम गरेछ । लक्ष्मी केही तङ्ग्रेर बिस्तारै उठेर हिँड्ने कोशिस गर्न थालिन । अर्को उपाय पनि थिएन । पञ्चमीको पाइला चाल्दै केही माथि पुग्दा तेज झारकोट पुगेर एउटा होटेलमा बासको व्यवस्था मिलाइवरि हामीलाई नै खोज्दै आएपुग्यो । । अनि अरु ढुक्क लाग्यो कमसेकम बासको त व्यवस्था भयो । बास पनि नपाइएको भए ? एकातिर तेजले, अर्कातिर मैले भरदिएर बल्लतल्ल लक्ष्मीलाई प्रकाश लजसम्म पु¥यायौं ।
होटेल पुगेर तातोपानीको सेकाइ, कोठाभित्रको तातो वातावरण र तातो चियाको गर्माहटको असर अनि औषधिका रूपमा मार्फाको थोरै सेवन गरेर लक्ष्मी विछ्यौनामा आरामगर्न सुतेपछि बल्ल होटेलको वातावरणमा भिज्न हामी तल ओर्लियौं ।
प्रकाश लजका मालिक थिए छेवाङ आङमा गुरुङ । मिज्यासिला र सहयोगी । श्रीमती अमेरिका पुगेको बेला कुक तालिम लिएर आएपछि खोलेका रहेछन् यो प्रकाश लज । उनीपनि फरासिली थिइन । जेठो छोरा त्यहीँ थियो, पोखरामा आठ कक्षा पढ्दै रहेछ । अहिले विदामा आमाबाबुलाई सघाउन भनी घर आएको । छोरी काठमाडौतिर बौद्धमा छात्रवृत्ति पाएर त्यहीँको गुम्बामा बसेर शिक्षा लिँदै छन् रे । अर्थात आनी बन्ने तर्खरमा लगाएका थिए उनलाई । होटेलको त्यो वातावरण सफासुघ्घर । खाना मीठो र स्वादिलो । चारकोठाको होटेलमा दुईवटा हामीले कब्जा ग¥यौं, अर्को एउटामा स्विस केटाकेटीको जोडी र अर्कोमा दुईजना झुमा केटी अर्थात् आनी ! त्यतातिर गुरुङ र शेर्पा जातिमा माहिली छोरीलाई सानैमा गुम्वा पठाएर आनी बनाउने पुरानै चलन थियो । तिनै आनी कतै मन्दिरमा झुमा बनेर र कतै गुम्बामा आनी बनेर देवपुत्रीका नाउँमा गुृरू र विद्यार्थीहरूको सेवा गरेर जिन्दगी बिताउँछन् । तिनका यौवनका उन्मादहरू सबै सपनामा स्खलित हुन्छन् तिनै गुम्वा र देवमन्दिरमा ।
होटेलमा खान र खुट्टा डुबाएर थकाई मार्न पर्याप्त तातोपानी उपलब्ध थियो । तल लबीमा एउटा ठूलो टेबलमुनि भर्भर आगो बलिरहेका परम्परागत अँगेनो थियो । त्यसको वरिपरि घुँडासम्म कम्बलले छोपेर आरामपूर्वक जिउ तताउन बस्ने आसन थिए । जापानी परम्परागत होटेलमा देखेको थिएँ यस्तै अँगेनो, हामी कहाँ यहीँ देखियो ।
विहान उठ्दा लक्ष्मी लगभग तयार भैसकेकी थिइन् माथि मन्दिर उक्लन । पूरै त के ठीक हुन्थ्यो, यहाँसम्म आएर पनि मन्दिर पुग्न नपाइएला भन्ने त्रासले गर्दा सायद आत्मबल बलियो बनाएकी थिइन उनले !
सिंगो झारकोट र मुक्तिनाथ क्षेत्र पूरै हिउँको चिसो सिरेटो र ओसिलो वातारणमा निथ्रुक्क भिजेको थियो । रानीपौवाको सुन्दर प्रकृति र अलि विकसित खालको पूरै ब्युँझिनसकेको बजारबस्ती नाघेर हिन्दु र बौद्ध दुवै सम्प्रदायकाले उत्तिकै श्रद्धा गर्ने धार्मिक सहिष्णुताको प्रतीक मानिँदै आएको मुक्तिनाथ पुग्दा पनि घटेको थिएन उनको आत्मबल । अर्धवृत्ताकार रूपमा रहेका १०८ धारा मुक्तिनाथ, नरसिंह अवतार, ज्वालामाई, शिवमन्दिर, पातालगङ्गा आदिलाई पृष्ठभागमा राखेर हिउँ झैं चिसोपानी ओकलिरहेका थिए । आँटिला धर्मभिरु तीर्थयात्रीहरू त्यो चिसो हिमजलमा थुर्थुराउँदै स्नान गरिरहेका दृश्य साँच्चिकै आँटिलो दृश्य लाग्थ्यो । नसक्ने हामी हातले एकदुई धाराको पानी थापेर शिरमाथि सेचन गर्दै स्नान गरेको बहाना गथ्र्यौं ।
जे होस्, बिस्तारै मन्दिर पुगेर दर्शनगरी होटल फर्कन देखाएको लक्ष्मीको आत्मबल प्रशंसनीय थियो तर यो भिरालो बाटो हिँडेर जोमसोम पुग्नु लक्ष्मीका लागि अब सम्भव थिएन । त्यसैले अघिल्लै दिन घोडाको व्यवस्था गर्न भनेकोले एउटी पाारसिली किशोरी कासाङ तम्तयार रहिछे होटेल पुग्दा । खानपिन गरेर बिदा भयौ ंमुक्तिनाथको त्यो मनोरम काखबाट ।
किशोर वयमैं पढलेख छाडेर बूढा बाबुआमा र ससाना भाइबहिनी स्याहार्दै बसेकी त्यो किशोरी परिवारमा एक्ली कमाउ सन्तान थिई । गुरुङ बाबु र क्षेत्री आमाकी सुन्दर छोरी कासाङ वर्षभरि मुस्ताङमा दुःखजिलो गर्थी र हिउँद लागेपछि समूहमा भारत पसेर जरीबूटी आदिको व्यापार गर्थी परिवार पाल्न । लक्ष्मीलाई उसको जिम्मा लाएर चिन्तारहित थियौं हामी, जोमसोमको प्रत्यागमन यात्रामा । उसैले खोजेर जिम्मा लाएकी मुक्तिनाथ लजमा पुगेर सरसामान बिसाएका थियौं ।
अब अर्को समस्या आइलाग्यो मेरोलागि । जोमसोमसम्म घोडामा आइपुगे पनि लक्ष्मीका लागि पहिले सोचेजस्तै घोडेपानी भएर हिँड्दै जाने कुरा सम्भव थिएन । अब केगर्ने ? तेज र म दुवैको मुक्तिनाथ यात्राको उद्देश्य तिर्थाटन मात्र थिएन । त्योभन्दा बेसी नयाँ ठाउँको यात्राबाट अनुभव बटुल्नु र पछि सकेको नियात्रात्मक संस्मरण लेख्नु थियो । यसको लागि प्लेन र बसको यात्रा त्यति सघन हुन सक्दैनथ्यो ।
त्यसैले मेरो कारण तेज पनि यो अवसरबाट वञ्चित नहोस भनेर भनेको थिएँ– हामी प्लेनको टिकट पाएपछि पोखरा हुँदै काठमाडौं फर्कन्छौं, तिमी जाऊ न त पहिलेकै यो्जना अनुसार !
हामीलाई छाडेर फर्कन के मान्थ्यो तेजको मनले ? यस्तो यात्रामा तेज मित्र मात्र होइन, सधैं एउटा परिपक्व र जिम्मेवार अभिभावकका रूपमा समेत प्रस्तुत हुनेगर्छ ! अनि सुरु भएथ्यो हाम्रो पोखरासम्म पुग्न प्लेनको चारवटा टिकट खोज्ने महायुद्ध !
त्यतिबेला आर.एन.एसी. र साङ्ग्रिलाको उडान मात्रै थियो जोमसोममा । दिनको एक एक उडान हुन्थे । दश एघार बजेपछि कडा हावा लाग्ने भएकोले त्यसभन्दा पछि विमान अवतरण सम्भवै थिएन । त्यसैले टिकट पाउनै मुस्किल । जतिबेला गए पनि “बुक भैसक्यो, भोलि आउनोस्, हुन्छ कि हेरौंला ।” भन्दै फिर्ता पठाउँछन् । भित्रभित्रै मुर्मुरिएर फर्कनु बाहेक के पो गर्न सकिन्थ्यो र ? मजबुरीका नाम महात्मा गान्धी ! छैन भनेको टिकट ब्ल्याक मार्केटमा सजिलै पाइने कुराको हामीले भेउ नै पाएनौं ।
त्यो टिकट खोजको कोलम्बस अभियान बल्ल बल्ल टुङ्गियो । बिचल्ली परेका हामी यात्री १८ जना पुगिसकेका रहेछौं । त्यसपछि बल्ल हामीमाथि दया पलाएर हो वा विशेष उडानको दुईगुना मूल्यबाट हातलागी हुने थप कमिसनको आकर्षणले हो, आर.एन.एसी.का कर्मचारीहरूले बल्तल्ल एउटा विशेष अर्थात् चार्टर्ड उडानको व्यवस्था गरिदिए । त्यसपछि पछि बल्ल ढुक्क हुन पाएका थियौं !
मुक्तिनाथबाट फर्केको तेस्रो दिन बल्ल फर्किने तय भयो त्यो विशेष उडानबाट । पैसा बुझाइयो, टिकटको कुरै छैन । भोलिपल्ट विमान आयो, कर्मचारीले लाम लगाएर भित्र पसाए– अझै पनि टिकटको कुरै छैन !
कत्ति गर्दा पनि हात परेन टिकट र बिना टिकट सम्पन्न भयो जोमसोम–पोखराको अविश्मरणीय हवाइयात्रा !
धन्न केही भएन ! कुनै दुर्घटना हुन पुगेको भए बेवारिसे मृत्यु मर्ने रहेछौं हामी । न नाम, न परिचय । विमा रकम पाउने त कुरै भएन !
विजय निवास, आरुबारी ।

BetMGM launches live poker room in Maryland with casino
ReplyDeleteBetMGM 양주 출장안마 has rolled out a live poker room 세종특별자치 출장마사지 in Maryland with an RTP of 98.55%, the company announced Monday. The live poker room 인천광역 출장안마 at Mohegan Sun 경상남도 출장마사지 will 세종특별자치 출장샵