(लोकभावना–२८,वर्ष ८अङ्क ३,पुस–फागुन २०७१ माम प्रकाशित नियात्रा)
“आहा सहरको यति नजिकै कति रमाइलो पार्क र सुन्दर तलाउ....!” विशाल पार्कबीचको मनोहर तालले हाम्रो मन रमाउँदै फुरफर बनायो । यस अघि स्थानीय बासिन्दाको लागि बनाइएको सानो मेट्रोपोलिटन वोदाबरी पार्कदेखेर प्रभावित भएको म इनोकासिराको सौन्र्दबाट मोहित नहुने त कुरै भएन । हुन पनि मात्र यान्त्रिकता छैन स्काइक्रेपर र विज्ञानप्रविधिको चहकमा झिलीमिली जापानी नगरहरूमा । मानवीय चाहना अनुरुपका प्राकृतिक सौन्दर्यले पनि ढकप्कै ढाकिएका छन् । मन लोभ्याउने यिनै सुन्दर पार्कहरू टोकियोलाई सुन्दर, सुरुचिपूर्ण र बस्न लायक बनाएका थिए ।
म सधैं प्रातःभ्रमणमा पुग्ने स्थानीय पार्क वोदावरी पनि कतै खाली हुदँैनथ्यो । सबै उमेरका मानिसहरू प्रातः भ्रमणको आनन्दमा डुबिरहेका हुन्थे । खोला किनारका फलफूल र हरियालीले भरिपूर्ण पार्कको बीचमा कतै पिङ, झुला र अरु बालमनोरन्जनका सुविधामा रमाइरहेका निर्दोष बालबालिकाहरूको सुन्दर स्वप्नसंसार थियो । कतै पार्कको बेन्चीमा आ–आफ्ना भविष्यको सुन्दर सपना बुनेर त्यही स्वप्नसंसारमा हराइरहेका आलिङ्गनबद्ध पे्रमिल जोडीहरू । अनि कतै बृद्ध–बृद्धा र केटाकेटीलाई समूहमा डुलाउन ल्याउने कामकाजी युवायुवतीहरूको झुन्ड, र कतै कुकुर डुलाउन आएका तरुना केटाकेटीको समूह । आआफ्नो पीडा साट्दै बात मारिरहेका आफन्तबाट एक्लिएर वाद्र्धक्यको बोझले थिचिएका वृद्धहरूको अर्को टिठलाग्दो जमात ! हो लाग्थ्यो धेरैको सुखदुःखको साक्ष्य थियो यो सुन्दर पार्क ! साँझ–विहानको जगिङ गर्नेहरू, विहानभर साना शिशुहरूको देखभाल गर्ने किन्डरगार्डेनका आयाहरूको रेखदेखमा पिङ र झुला खेल्दै रमाइरहेका सानासाना नानीहरू ! सबै हराइरहेका हुन्थे त्यसको शान्त वक्षस्थलमा ।
त्यो देखेर लाग्थ्यो आहा...मेरो पनि सहरबीच यस्तै सुन्दर हरियाली, कलकल सङ्लो पानी बगिरहेको खोलो, रंगीविरंगी फूलका सुन्दर बगैँचा, केटाकेटी रमाउने पिङ र चिप्लेटीहरू अनि सुविधाजनक शौचालय, स्नानकक्ष र प्यास मेटाउने शुद्ध खानेपानीका सार्वजनिक धाराहरू हुन सके ! यतिबेला म दिउँसै सपना देख्दैथिएँ ! घरको धारामा समेत सङ्लो सफा पानी देख्न नपाउने मजस्ताले दिउँसै देखेको त्यो सपना साकार हुने कुनै संभावना थिएन । त्यसैले त्यही कल्पनामा हराएर भएपनि आनन्द लिने प्रयास गर्थेँ म ।
हरे, मेरो काठमाडौं, मेरो राजधानी...! पुराना ठूलाठूला चौरसमेत सबै मासेर कङ्गाल बनिरहेको काडमाडौंको टिठलाग्दो मलिन अनुहार त्यतिबेला झल्झली आँखामा नाचिरहेको हुन्थ्यो । उपत्यकाको सभ्यता हुर्काउने वागमती–विष्णुमती सबै नै ढल बनाएर गौरव मान्ने नेपालको म कथित सभ्य सहरी नागरिकका लागि मध्यसहरभित्र बनाइएको त्यो पार्क र पार्कको बीचमा प्रशोधित पानी मिसाएर बगाइएको कलकल पानीले धिक्कारिरहे जस्तै लागिरहेजस्तै लाग्थ्यो । अहा ! कति सफा पानी, पानीमा पौडिइरहेका कति सुन्दर रंगबिरंगी माछा, सेता हाँस र बकुलाहरू ! घरघरमा प्रयोग गरेर ढलमा मिसाइएको पानी निरन्तर सञ्चय गरेर प्रशोधन गरेपछि मिसाइएको त्यो पानी र त्यसका माछा भने मानिसका लागि खान योग्य थिएनन् । खेर जाने प्राकृतिक स्रोतको कति सुन्दर प्रयोग । टोकियो सुगिनामी वार्डको ओमिया नगरस्थित आलोकको घरैमुनि थियो त्यो मेट्रोपोलिटन वोदाबरी पार्क । यहाँ बसुन्जेल हाम्रो पनि बिहान बेलुकाको समय बिताउने सुन्दर थलो त्यही थियो ।
वोदावरी पार्कमैं केही पर... उतापटि खोलाको छेउमैें गहिरो पोखरी थियो । बाक्ला रुखहरूको बीचमा थुपुक्क बसे पोखरीमा ठूलासाना रङ्गीविरङ्गी माछाहरू खेलिरहेका हुन्थे र हुन्थ्यो दर्शकको बाक्लो भीड थियो ! थरिथरीका चराचुरुङ्गीको कलरवले सिङ्गो जङ्गल सङ्गीतमय लाग्थ्यो, हात हातमा बाइनाकुलर र शक्तिसाली क्यामरा तेस्र्याएर चरा अध्ययन–अवलोकनमा जुटेका शोधार्थी–विद्यार्थीको भीड त्यत्तिकै बाक्लो ।
सुगीनामी पनि कम थिएन । इडोकालदेखि नै सुपरिचित थियो । किन नहोस्, सुगिनामी आफैंमा सुन्दर नाउँ थियो देवदारु र धुपीका सुन्दर तरुपङ्क्ति ! सुरुमा कुनै जमिन्दारको स्वामित्व निजी जमिन यो ठाउँ साँध छुट्याउन रोपिएका देवदारु र धुपीका रूखहरूबाटै सुगिनामी बनेको रे ! टोकियोका २३ वटा विशेष वडामध्येको पश्चिमी भेगकाmे एउटा वडा थियो सुगिनामी .
यही सुगिनामी उपनगरभित्रका नौवटा ठूलासाना पार्कमध्ये यतिबेला हामी एउटा अर्को पार्क इनोकासिरा भित्र छौं । यसैले सम्झाएको थियो वोदावरी पार्क । टोकियोको मुसाशिनो र मिताकेकाबीचमा दुई खुट्टा फैलाएर पल्टेजस्तै देखिने यो इनोकासिरा कोएनको सौन्दर्यमा भुलिरहेका थियौ यतिखेर यात्राको चौथो दिन २०६८ असोज १० गते ।
ओहो, एउटै वडामा यतिधेरै पार्क, यति ठूला ठूला पार्क ! त्यसैले त जापान आप्mनो नागर सभ्यतामाथि गौरव गर्छ ! साँच्चै लोभलाग्दो थियो यो पर्यावरणीय व्यवस्था । पचपन्न लाखभन्दा बढी बासिन्दाको बोझ बोकिरहेको मेरो काठमाडौंले अहिलेसम्म आफ्नो नगरकेन्द्रमा एउटै गतिलो पार्क देख्न पाएको छैन । निकट भविष्यमैं देख्न पाउने कुनै सम्भावना पनि छैन । सम्झँदा पनि लज्जाले शिर झुक्छ ! यता भने बागबगैँचा मात्र नभएर एक दर्जनभन्दा बढी कलात्मक मन्दिर र संग्रहालय अनि त्यत्तिकै सङ्ख्याका सांस्कृतिक केन्द्रहरूले त्यसरी नै जापानी सभ्यताको मौन वकालत गरिरहेका छन् । माल पाएर चाल नपाएकोले मात्र त हो, नभए हामीसँग पनि के कुराको कमी थियो र ? भएका सभ्यताका मुहान नदीहरूलाई ढलमा परिणत ग¥यौं, पार्कलाई सेना र राजनीतिक दलका गतिविधिको भागबन्डामा चौटालाम्टा बनायौं । सहरका नाउँमा अव्यवस्थित र अनियोजित कङ्क्रिटका जङ्गल ठड्याउँदै फोरहको पहाड र गन्दा बस्तीको विकासलाई नै उन्नति ठान्यौं । अनि यसैमा मख्ख छौं हामी, २१ शताब्दीका कथित सभ्य काठमाडौंका सुसंस्कृत नागरिकहरू !
बादशाह ताइसोले निजी शिकारगाहमध्येबाटै उपलब्ध गराएका रे यो जमिन पार्कका लागि । जनताका लागि साँच्चि नै सुन्दर उपहार थियो जापानी सम्राटको । यस्ता धेरै छन्, जापानी राजपरम्पराले आफ्ना जनतालाई दिएका उपहार । त्यसैले त आजको २१ औ शताब्दीमा आएर पनि उत्तिकै सम्मानित छ यहाँको जापानी राजपरम्परा, अति सम्मानित छ जापानी यहाँको राजसंस्था !
मेरोमा पनि छन् कि कतै यस्तै शाही उपहार ? मल्लकालीन पुरातात्विक मन्दिर, भवन र रानीपोखरीजस्ता राष्ट्रिय सम्पदा बाहेक मेरो शाह वंशीय राजसंस्थाको पछिल्लो चरणले छाडेको कुनै यस्तो कोसेलीको सम्झना भएन मलाई । मेरोमा पनि त आफूलाई अत्यन्त सम्मानित र अवतारै ठान्ने राजपरम्परा थियो ! तर तिनको शासनकालमा भएको टुँडिखेल पनि मासियो । गोकर्णको सफारी पार्क जनताबाट खोसिएर शाही स्वामित्वको निजी व्यापारिक पार्क बन्यो । नागार्जुन त्यसरी नै निजी बन्यो । शाही आँखाको बिगार परेपछि भरमुलुकका सार्वजनिक स्थल कि त शाही बने, कि शाही दरबारमा चर्ने हरुवाचरुवाका निजी सम्पत्ति । पुर्खाले छाडेका सार्वजनिक थलोहरू बरु एकपछि अर्को गर्दै मासिए । जनताको सम्पत्ति रत्नपार्कहरू चौटालाम्टा पारिए, बाँडिए र कुरुप तुल्याइए । सहरबाहिरको कुनै बन्जर ठाउँमा राखे हुने सैनिक हेडक्वार्टरलाई त्यही सहर माझको खुला जमिन चाहियो, शाही शासनलाई सलामी लिन यही टुँडिखेल नभइ भएन ! देखाउनका लागि सानो टुक्रो पायो रत्नपार्कले पार्कका नाउँमा । त्यही पनि अव्यवस्थित, उपेक्षित । पति वियोगमा बेहोस युवतीको फुंग उडेको सिउँदोजस्तै !
आहा.....त्यो सिङ्गो टुँडिखेललाई जमलदेखि थापाथलीसम्म यथावत अबस्थामा राखेर सुन्दर पार्कको स्वरूप दिन सकिए ! हामीसँग पनि त हुनसक्थ्यो नि सानै भए पनि यस्तै पार्कको मोहनीलाग्दो उपस्थिति ! मेरा आँखामा अहिले सिंगो टुँडिखेल इनोकासिरा कोएनको लघुरूप भएर पस्रिएको थियो, कलकल सफा पानी बगाएर धेवीखोला कान्दा नदीमा बदलिएको । त्यही धोवीखोलाको पानी जमाएर अझ बिस्तार गरिएको रानीपोखरीको गर्भमा यसरी नै रंगबिरंगी माछा र जलजीवहरू अभिसाररत आफैंमा रमाइरहेका ! त्यही रानी पोखरीको छात्तीमा तैरिरहेका डुङ्गा, मोटरबोटभित्र अनेकौं प्रेमीयुगल र साना बालबालिकासँग रमाइरहेका परिवार जलविहारको आनन्द लिइरहेका, स्वर्गीय आनन्द !
मैले यतिबेला इनोकासिरोमा देखेको टुँडिखेलको यो सुन्दर सपना चाहेमा अझैपनि पूरा हुनै नसक्ने कोरा कल्पना थिएन सायद् । राजधानीले उपयोग गरेर ढलमा फाल्ने पानी संकलन गरेर पनि कृत्रिम तलाउका लागि पर्याप्त जल आपूर्ति हुनसक्थ्यो । सेनाका संरचनालाई अन्यत्र खुला ठाउँमा सारेर टुँडिखेललाई पुरानै आकारमा ल्याएर ल्याउन सकिन्थ्यो । अनि विशाल आधुनिक पार्कको संरचना तयार गर्नसकिन्थ्यो त्यहाँ । तर यी मेरा यस्ता सपना थिए, जुन मेरो जीवनकालमा पूरा हुने कुनै सम्भावना थिएन । विडम्वना ! राजन्त्रपछिको शानसनसत्ताहरूले पनि कुनै सुन्दर योजना र सपना देख्न सकेका छैनन । त्यसैले मलाई थाहा छ– इनोकासिरमामा बसेर देखेको मेरो यो सपना मनोरति बाहेक केही हुनै सक्दैन ।
पार्क अगाडि नै बनेको भए पनि तलाउ भने पछि बनेको रहेछ । पार्कभित्र पस्ने जेनपुकुजी नदीको बाढी रोक्न तटबन्ध बनाउँदा आफैं बन्न पुगेको रे यो सुन्दर ताल !
रेलको बिसौंनीबाटै सुरु हुन्थ्यो पार्क क्षेत्र । तल लाग्नासाथ सिमन्टीका सफा बाटो, बाटोको दायाँ वाया हरिया रुख र दर्शकलाई आराम गर्दै सुस्ताउन बनाइएका काठका फलेक ओछ्याइएका विश्रामथ्ल । पार्ककै एकाछेउ यात्रु सुविधाका लागि आवश्यक सबैकुरा पाइने पसल अनि पैसा छिराएर सामान किन्न मिल्ने किन्ने भेन्डिङ मिसिनहरूको लाम । अझ त्यसको केही पर अर्को कुनोमा विशाल तलाउको पानीमा जलविहार गर्नका लागि डुङ्गा चढ््न टिकट किन्ने सानो कुनो । टिकट बेच्न मानिस पनि नचाहिने । छेवैमा टिकट दरको सूची छ– कति समयको कति येन । त्यही अनुसार पैसा छिराएपछि टिकट दिने उही भेन्डिङ मिसिन । मिसिन प्रयोग गर्न नसक्ने र नजान्नेका लागि सघाउन तत्पर कर्मचारी । आहा कति सुन्दर व्यवस्था ! सबै कुरा कति व्यवस्थित ! मानिसको रेलो भए पनि कतै फोरहको दंसो छैन । जताजतै फोहर हाल्ने भाँडा राखिएका छन् । मानिसहरू हामीजस्तो जता पायो त्यतै सानो टुक्रो कागज पनि फाल्दैनन्, फाल्ने कुरा सबै फोहर फाल्ने भाँडाको पेटभित्र छिराएर मात्र सन्तोष मान्छन् । कुनै साना केटाकेटी वा अरु कसैले असावधानीमा नजानेर कतै कुनै कुरा फालिहाल्यो भने पार्कका कर्मचारीहरू उठाएर कन्टेनरमा हाल्छन् ।
“बुवा...बुवा...ऊ...माछा !” पार्कलाई लगभग बीचबाट काटेर बगेको तलाउकोबीचमा वारपार बनेको पुलमुनि रंगविरंगी माछाहरू पौडिइरहेका थिए । हुलका हुल रंगी विरंगी माछाहरूको कौतुकपूर्ण खेल हामी ठूलाका लागि त आकर्षक थिए, सानी नातिनी आयुषालाई त झनै रमाइलो लाग्ने भइहाल्यो । कतै पानीभित्र काई लागेका ढुङ्गामा अनौठा आकारका जेलीफिस देखिन्थे, कतै आठखुट्टे अस्टपाद (अक्टोपस) । तिनैमध्ये लाम लागेर तैरिइरहेका रात–सेता माछा देखेपछि त आयुषाको खुसीको सीमै रहेन । खुसीले कराउँदै थिई आयुषा – “बुवा...बुवा...ऊ...माछा !”
तलाउभित्रका जलजीवहरूको कौतुक हेर्न पुलका दुवैतर्फ मानिसहरू लामबद्ध थिए । कोही पानीभित्रका ती रंगीचंगी माछा र जलजीवको अनौठो र आकर्षक संसार नियाल्न मग्न थिए– तिनै जलचरका स्वतन्त्र गतिविधि हेरेर कल्पनालोकमा विचरण गरिरहेका । कोही ती दृश्यलाई आ–आफ्ना क्यामरामा कैद गर्न व्यस्त । कोही माछाकै लागि विक्री गर्न राखिएका हानिरहित खानेकुरा किनेर ल्याउँदै पानीभित्रका माछाहरूलाई ख्वाएदै आनन्दित बनिरहेका मानिस ।
माछा र अन्य जलचरहरूको रमझम देखिने पुलको दक्षिणतिर ताल साँघुरिएर नदीजस्तै बनेको थियो । उत्तरतिर भने निकै फराकिलो ताल । पुल छेउको त्यही फराकिलो तालमा राजहाँसजस्तै हातले ख्याउने पचासौं डुङ्गा र मोटरबोट यात्रुको प्रतीक्षामा खडा थिए । अनि ती त्यही तालको छात्ती चिर्दै नौकामा तैरिइरहेका यात्रीहरू ।
“डुङ्गा त चढ्नैपर्छ नि होइन मामु !” सीताको स्वर थियो त्यो । स्वरसँगै टिकट लिन उनका पाइला भेन्डिङ् मेसिन भएतिर सरिसकेका थिए । सीताले हामी दुईजनाका लागि भनेर ल्याइछन् आफैंले खुट्टाद्वारा चलाउने डुङ्गाको आधाघन्टे टिकट । “मैले पहिले पहिले पनि चढिसकेकीले ल्याइन, हजूरहरू चढ्नोस । रमाइलो हुन्छ, डराउनु पर्दैन !” उनको स्पष्टीकरण आयो ।
छोरी के मान्थी ! ऊ पनि नौकाविहारका लागि अगि सरी । उसलाई टिकट लाग्दैनथ्यो । मैले र लक्ष्मीले नातिनीलाई काखमा राखेर डुङ्गा सयर ग¥यौं । त्यो जलविहारको आनन्द नै अर्कै थियो । म र लक्ष्मीभन्दा खुसी आयुषा थिई । आनन्द लिने उमेर पनि त हो उसको । हामी अब यो उमेरमा आएर कति नै पो आनन्द लिनसक्छौं र यस्ता कुरामा ?
त्यसरी तालको छात्ती चिरेर पानीमाथि लामो लहर छाड्दै बगिरहेका कुनै डुङ्गा नियन्त्रण बाहिर पुगेर कहिले कता लाग्थे, कहिले कता ! यात्री आफैंले हाँकेर चलाइरहेका डुङ्गा नियन्त्रणमा नरहनु अस्वाभाविक थिएन । त्यसरी डुङ्गालाई सोझो र ठीक बाटोमा लैजान नसक्ने यात्रीको अनुहार डरले कालोनीलो भएको देखिन्थ्यो । श्रीमती र नातिनीलाई लिएर नौकाविहारमा मस्ती लिइरहेको म पनि डुङ्गा नियन्त्रणमा लिन नसक्दा त्यस्तै भयले बारम्बार लखेटिएँ । तर शान्त र लगभग जमेको पानीमा केही प्रयत्नपछि नै डुङ्गा ठीक बाटोमा आएपछि बल्ल त्यो डरबाट मुक्त हुनपुग्थेँ !
हेरिरहुँ लाग्थे तालभित्रका रंगीविरंगी कछुवा, माछा र पानीहाँसहरूका पानीमुनि र पानीको सतहमा देखिने विभिन्न कौतुक, कहिल्यै नअघाइने । हामी मात्रै थिएनौं — तिनै माछा, कछुवा र हाँसका साथै गँगटा, जेलिफिस र प्रकार प्रकारका अरु जलजीव हेर्दै मोटरबोट र डुङ्गा सयरको आनन्द लिने परिवार र युगल प्रेमीका जोडाजोडी थुपै्र थिए त्यहाँ । आनन्दले चम्किएका तिनका अनुहार, नौकाविहारमा रमाएर रोमान्स साटिरहेका युवा मनका उमङ्ग, सबै नै हेरिरहूँ झैं लाग्ने ! बुढाबूढीको समय कटाउन समेत प्रिय थियो इनोकासिरा !
नौकाविहारपछिको हाम्रो गन्तव्य पार्कबाहिर उत्तरतर्फको बजार थियो । निकै ठूलो थियो बजार । त्यहाँ हाम्रो लक्ष थियो इनेकासिरो डोरीको डिपार्टमेन्टल स्टोर “मारुई” । त्यो हाम्रालागि सस्तो र उपयोगी बस्तुका सामान पाइने ठाउँ रे ! त्यसैभएर सीताले त्यहाँबाट हामीले नेपाल लाने केही उपहार र अरु उपयोगी बस्तुको किनमेल गर्ने योजना बनाएकी थिइन् ।
त्यता लाग्दा पार्कभित्रै बाटामा एउटा मन्दिर देखियो– बेन्जाइन्टान । मन्दिर त्यति ठूलो थिएन, तर त्यही सानो मन्दिरभित्रको बेजान्टाइन मूर्तिले भने मेरो हिन्दु मनलाई विशाल आत्मगौरवको भावप्रदान ग¥यो । जापानीहरू बेन्जाइन्टाइन भन्थे हाम्री विद्याकी देवी भनिने सरस्वतीलाई । त्यसैले जापानीहरूले मेरी सरस्वतीलाई यति सम्मान दिएर पुजेको देख्नु मेरालागि कम गौरवको कुरा थिएन । हामीलेजस्तै यिनीहरू जलका साथै ज्ञान र कलाकी देवी मान्छन् रे यिनलाई ! यता सरस्वती आराधनाको प्रचलन ६ देखि ८ औं शताब्दीको बीचमा सुरु भएको रहेछ । सरस्वती आराधनामा रचिएको चिनिया स्वर्ण ज्योति सूक्तको पूरै एक खण्ड जापानी भाषामा अनुवाद भएपछि सुरु भएको रे यहाँ वेन्जाइटेनको अर्चना !
एउटा सानो चिडियाघर र एक्वेरियम पनि थियो पार्कभित्र । खानेकृुरा र अरु बस्तु बेच्ने मानिसहरू, गिटार र अरु जापानी खालका बाजा बजाएर मनोरन्जन गराउनेहरू र तिनै कामबाट केही रकम आर्जन गर्ने सडक व्यापारी र कलाकारहरू पनि बाक्लै थिए । मुहार चित्र बनाइदिएर केही आर्जन गर्ने चित्रकार र सडक जादु प्रदर्शन गरेर रोजीरोटी खोज्नेको पनि कमी थिएन इनोकासिरा पार्कमा ।
पसिनसक्नु हुन्छ रे विदाका दिन त । अझ चेरी अर्थात पैयु फुल्ने बेलाको त कुरै भएन । पार्कभित्र चेरीको फूल ढकमक्क भएको हेर्न मानिसहरूको टेकिनसक्नु भिड लाग्छ रे हनामीका अर्थात् मार्चमा पर्ने हनामी अर्थात् चेरी फुलेको हेर्ने पर्व मनाउन !
केहीबेर चहारियो मारुईको विभिन्न विक्रीकक्ष । चिनोस्वरूप केही गन्जी, ज्याकेट र यस्तै कुरा किन्दै थियौं । बिल तिरेर हिँड्न लाग्दा पो झसंग भइयो ं– खोई आयुषा ? यता हे¥यौं, उता हे¥यौं छोरी कतै देखिन्न । केही बेर त सातै गयो । ऊ त कपडामा सजाइएको मेनोकेरलाई आफ्नो सानो हाते ब्याग भिराइदिएर हामीलई छकाउन त्यसैको पछाडि पो लुकेकी रहिछ ।

No comments:
Post a Comment