(ज्योति साहित्य प्रतिष्ठानको स्मारिचका साहित्य ज्योति—२०६९मा प्रकाशित २०६९ माघ । २०४४ चैत ३० गते लेखिएको यो कविता डायरीको पानाबाट टिपिएको हो । ठाउँ ठाउँमा सुनाइए पनि अप्रकाशित नै थियो । )
सूर्यस्नान
तुवाँलोको कालो घुम्टोमा
जीवित अवशेष– हाड, करङ र नीला रक्तहीन नसा
तरेली, तरेलीमा अवरुद्ध विद्युत तरङ्ग
जीविताभाष दिनका लागि, सकिनसकी
बस्ती स्वयम्मा कठ्याङ्ग्रििएको छ !
घाम अझै लागेको छैन,
कालो बादलको घुम्ती च्यातिएको छैन,
बस्ती प्रतीक्षामा छ–
रक्तिम सूर्यस्नानमा
भित्र....भित्र जमेको हिमानीलाई
तप्त उष्णतामा पगाल्ने
एउटा भीष्म प्रतिज्ञाको सङ्कल्प....!
रक्त सिन्दूर छोपिरहेको
घुम्टो अलिकति उघारेर
ऊष्ण मधुरात्रिको प्रतिक्षामा
प्र्रतिक्षारत् एउटा कोमल–कान्त सृष्टि कामना
रोकिन्न– सृष्टि स्वयम् झैं !
बस्ती उष्ण प्रभातको प्रतीक्षमा छ,
रक्तिम, तप्त सूर्यस्नानको प्रतीक्षमा छ !
सूर्यस्नान
तुवाँलोको कालो घुम्टोमा
जीवित अवशेष– हाड, करङ र नीला रक्तहीन नसा
तरेली, तरेलीमा अवरुद्ध विद्युत तरङ्ग
जीविताभाष दिनका लागि, सकिनसकी
बस्ती स्वयम्मा कठ्याङ्ग्रििएको छ !
घाम अझै लागेको छैन,
कालो बादलको घुम्ती च्यातिएको छैन,
बस्ती प्रतीक्षामा छ–
रक्तिम सूर्यस्नानमा
भित्र....भित्र जमेको हिमानीलाई
तप्त उष्णतामा पगाल्ने
एउटा भीष्म प्रतिज्ञाको सङ्कल्प....!
रक्त सिन्दूर छोपिरहेको
घुम्टो अलिकति उघारेर
ऊष्ण मधुरात्रिको प्रतिक्षामा
प्र्रतिक्षारत् एउटा कोमल–कान्त सृष्टि कामना
रोकिन्न– सृष्टि स्वयम् झैं !
बस्ती उष्ण प्रभातको प्रतीक्षमा छ,
रक्तिम, तप्त सूर्यस्नानको प्रतीक्षमा छ !
No comments:
Post a Comment