(“भरतपुर” समाचार, विचार तथा साहित्यक अन्तरक्रियामुखी प्रकाशन, वर्ष १ अङ्क ६, माघ २०६९मा प्रकाशित)
कथा÷लघुकथा
हडताल
विजय चालिसे
“सर..., उहाँ क्लासमा जाँदैहुनुहुन्थ्यो र समातेर ल्यायौं !” उसले विजयी मुस्कान प्mयाल्दै भन्यो ।
“के भयो ..? किन ल्या’को त ?” अफिसजस्तै लाग्ने एउटा कोठाभित्र टेबलमाथि सानले खुट्टा राखेर बसेको वीरबहादुर सरले रोबकासाथ सोधे । शिक्षकभन्दा पहलमान बढी लाग्ने वीरबहादु सरले त्यो निरीह शिक्षकको अनुहार गौरसँग नियालेर हे¥यो ।
“हामीले भनेको नटेरेर क्लासमा जाँदैहुनुहुनथ्यो, मैले देखिहालेँ र मात्रै ! नत्र क्लासभित्र पसेर पढाउन थाालिहाल्नुहुन्थ्यो !” उनीहरूले बिस्तारपूर्वक परीलगाए ।
यो सामुदायिक क्याम्पसमा अनेकौं संघहरू थिए, विद्यार्थीका, शिक्षकका, कर्मचारीका र अरु पनि ककसका ! त्यसैले कहिले विद्यार्थीको कक्षा वहिष्कार आन्दोलन चलिरहेको हुन्थ्यो, कहिले शिक्षकका कलमबन्द र अझ कहिले कर्मचारीको काम रोक आन्दोलन ! यी सबै आन्दोलनका कारण न त विद्यार्थीले पढ्ने कष्ट गर्नेपथ्यो, न शिक्षकलाई कुनै पढाउने काममा टाउकै दुखाउनु आवश्यक थियो । यस्ता आन्दोलन एक पछि अर्को चलि नै रहन्थे, निरन्तर ।
”थाहा छैन तपाइँलाई, आज कलमबन्द छ भन्ने ?” उसले पुलिसले चोर केरे झैं के¥यो ।
“थाहा छ, ...तर कक्षा नलिए बल्लबल्ल पाएको यही अस्थायी जागिर पनि गुम्यो भने नि ? कसले जोगाइदिन्छ भोलि मेरो जागिर ? यै जागिर पनि गुम्यो भने भोकभोकै मर्छन मेरा लालाबाला, सर । त्यसमाथि पढाउँदै नपढाएपछि जाँचमा कसरी पास होलान विद्यार्थी !”
“त्यसो भनेर हुन्छ ! ...कसैलाई पनि कक्षा सञ्चालन गर्न नदिने हाम्रो सङ्गठनको निर्णय थाहा छैन, तपाइँलाई ? तपाइँ एकजनाले मात्रै कक्षा लिइदिँदा पनि हाम्रो हडताल असफल हुन्छ । किन बुझ्नुहुन्न तपाइँ ? हडताल त सफल होस्, स्थाइ नै बनाइदिउँला नि !” वीरबहादुर सरले सम्झाउनेभन्दा धम्क्याउने भावमा भने ।
“अगिल्लोपल्टको आन्दानेलनमा पुरानो क्याम्पसका शिक्षक नेताहरूले पनि यस्तै भनेका थिए नि ! उल्टो हडताल सकएिपछि हामी आधाआधी निकालियौं । त्यसरी निकालिँदा समेत कसैले केही बोलेको होइन !” उसले पूर्वपीडा सुनायो ।
“तपाइँ त युयिन बिरोधीजस्तो कुरा पो गर्नेहुन्छ नि, सर ! कि सरकार पक्षकाले सुलसुले बनाएर पठाएको हो तपाइँ ? आफ्नो हकहितका लागि भएको आन्दोलनमा पनि साथदिन......!”
तपाइहहरूको हकहित होला, तर भरे गएर मेरो त यही भएको जागिर पनि नरन सक्छ । अनि कसरी हुन्छ मेरो हित...?” उसले अझै जिकिर गर्दै भन्यो ।
“हेर्नोस् सर..., हामीलाई सहयोग नगरेर कसरी टिक्नुहुन्छ यो कलेजमा ? त्यो पनि सोच्नोस् । आज कक्षा लिनुभयो भने राम्रो हुन्न है !” अर्को युनियन सदस्यको स्पष्ट धम्कीको स्वर सुनियो ।
उसले त्यो सदस्यको अनुहार गडेर हे¥यो । कलेज पढाउने शिक्षकजस्तो लागेन उसलाई त्यसको अनुहार । तिनको बोलीव्यवहार कुनै पनि त एउटा शिक्षककोजस्तो देखिँदैनथ्यो । तिनको बोलीव्यवहार कतै पनि कलिला केटाकेटीलाई उपयुक्त शिक्षा दिनेखालको लाग्दैनथ्यो । कसरी शिक्षक भए यी ? ऊ प्रतिक्रियाविहीन भए पनि भित्र भित्रै प्रश्न गर्दै थियो आफैंसँग !
भर्खरै आएको थियो शिक्षक भएर ऊ यस कलेजमा । यसअघि दुईतीन निजी कलेजमा पढायो उसले । निजी स्तरका कलेजहरूमा ऊ कागजमा एउटा रकमको तलब बुझेको भनी हस्ताक्षर गथ्र्यो, बुझेको खाममा त्यसको आधी मात्र हुन्थ्यो । त्यसमाथि कतिवटामा त दुईचार महिना पढायो, तलबै नदिई झुलाउँथे र आखिरमा रित्ता हात निस्कनुको विकल्प रहँदैनथ्यो । सरकारी कलेजमा पढाउन परीक्षा दियो, टेक्ने धरती न समाउने हाँगाका ऊजस्ताको भागमैं पर्दैनथ्यो । कस्ताकस्ता पास हुन्थे, ऊजस्तो सधैं फेल ! अगिल्लोमा अस्थायी भए पनि राम्रै थियो, बल्ल पाएको सामुदायिक प्लस–टु । उसको काम देखेर सबै खुसी पनि थिए । तलब पनि समयमैं पाउँथ्यो, भनेकै स्केलमा । त्यहीबीच कलेजमा त्यसैबेला विभिन्न माग सहति हडताल भयो । तिनै मागमध्ये थियो अस्थायीलाई हटाउने र स्थायीलाई सुविधा थप्ने ! त्यही मागको शिकार बनेर निकालियो ऊ त्यहाँबाट ! कति कोसिसपछि अहिले बल्लबल्ल पाएको थियो यहाँको यो जागिर । यो पनि टिक्नदेलाजस्तो छैन यो हडतालले ! के गर्ने पानीमा बसेर गोहीसँग शत्रुता राख्न पनि त सकिँदैन, यस्तै यस्तै सोच्दै थियो ऊ यतिखेर !
“यिनलाई जतिखेर मन लाग्यो, त्यतिखेर हडताल ! जसको सरकार बन्यो त्यसको विरोधी पार्टी नजिक युनियनको विरोधमा हडताल । चुनाव आयो, भोट बटुल्न हडताल । न पढाउनु प¥यो, न कुनै मिहिनेत नै ! युनियनको नाममा राजनीति ग¥यो, तलब भत्ता र पाउने सुविधा पाकिहाल्यो ।” ऊ मनमनै गुनासो पोखिरहेथ्यो ।
जतातै हडतालकै चर्चा थियो ।
“कसरी भलो हुन्छ, यो देशको ! सरकारी कलेज–विद्यालयमा सधैं हडताल । घरबार बेचेर पनि ठूला महँगा स्कुल–कलेजमा पढाउन नसक्नेले के गर्ने ? मनभरि प्रश्नका बिस्कुन फिँजाइरहेको थियो ऊ !
यिनै प्रश्नहरूको सागरमा पौडँदै कोठाबारिह निस्क्यो ऊ । बाहिर निस्कँदा निस्क्ँदै ती युयिन नेता बजेको आफ्नो मोवाइल फोनबाट दिइरहेको जवाफ उसको कानमा ठोक्कियो– “धन्दा नमान्नोस्, ढिलोचाँडो यहाँका आधाभन्दा बढी विद्यार्थी तपाइँकै कलेजमा भर्नाभइसकेका हुन्छन् । तर हामीलाई चाहिँ राम्रैसँग हेर्नु पर्छ नि ! कम गाह्रो छ, सधैं हड्ताल गराएर यस्तामा पढाउनुहुन्न भन्ने छाप पार्न !
यसभन्दा बढी सुनेन उसले ।
No comments:
Post a Comment