(ज्ञानगुनका कुरा–१८४, अमरकुमार प्रधान अङ्क–१ मा प्रकाशित संस्मरणत्मक लेख)
(अमरकुमार प्रधान, अमर प्रधान, ज्ञानेन्द्र ! यी तीनै नामले परिचित छन् मित्र अमर । आज छत्तीस वर्ष बितेछ हामी तीन मित्र अर्थात “त्रिविध” बीचको गाढा मित्रताको ।
त्रिविध अर्थात हामी तीन अभिन्न मित्र ! हाम्रा आनीबानी र स्वभाव अलग छन्, धेरै कुुरामा समान छैनौं हामी । अर्थात् स्वभाव र आनीबानीमा पनि त्रिविध नै छौं हामी, एक अर्कासँग नमिल्ने । तेज कसैलाई भनी नबिज्याउने, आफू पनि अरुका कुरा हाँसरै उडाइदिने ! उमेरले हामी दुईभन्दा केही केही वर्ष मात्र जेठो भए पनि तेजमा अभिभावकत्वको जिम्मेवारीबोध भरपुर छ । कतै जाँदा होस्, कुनै कार्यक्रमको आयोजना गर्दा होस् तेज साथ छन् भने निश्चिन्त भए हुन्छ– सबै कुराको व्यवस्था दुरुस्त हुन्छ । अत्यन्त मिलनसार छन् तेज, सानादेखि ठूलासम्म सबैसँग मिल्नसक्ने । अमर, अल्पभाषी र सहनशील छन्, हामीभन्दा अलि बढी अन्तरमुखी । त्यसैले कहिले काहीँ उनी सँगै भएर पनि हामीसँग हँुदैनन् । सँधै चिन्तनशील रहने अमर प्राय आफैंमा हराइरहेको देखिन्छन्, कल्पना जगतकै विचरण हराइरहे झैं । म भने दुवैभन्दा विपरित स्वभावको– झडङ्ग रिसाउने, तत्काल प्रतिक्रिया जनाइहाल्ने ।
वयक्रममा हामी दुइभन्दा कान्छो छन् अमर । उमेरमा अगाडि रहेको तेज हामी दुइको मित्र मात्र नभएर जिम्मेवार अभिभावकको समेत स्थान राख्छन् । साँच्चि नै उनको साथ रहँदा अभिभावकत्वको दरिलो छायाँ महसुस गर्छुु म । वयक्रममा सबैभन्दा कान्छो अमर हामी दुवैभन्दा अल्पभाषी छन् र सोेचेर मात्रै बोल्छन् । तेज अत्यन्त शीतल मनको छन् । सबै उमेर समूहका, सबै पुस्ताका सँग पनि उस्तै भएर घुलमिल गर्नसक्ने अत्यन्त मिलनसार । हामी तीनमध्ये कमजोरी मेरै धेरै छन्– प्राय तुरुन्तै अलि बढी रियाक्सनमा आउने र झडङ्ग रिसाउने । अनि हतपत आफूलाई ठीक नलागेको कुरामा सम्झौता नगर्ने अडियल स्वभाव । हो यी मेरा कमजोरी हुन् र मलाई आफ्ना कमजोरी स्वीकार्नमा कुनै सङ्कोच पनि छैन । थाहा भएर पनि हटाउन नसकेका यिनै मेरा कमजोरीका कारण मेरा ज्यादै थोरैसँग मात्र अभिन्न मित्रता रहेको छ र मित्रताले प्राय लामो समय पार गर्न सकेको छैन । यो यथार्थ हो । यस यथार्थ बीचमा पनि हामी तीन बीचको मित्रताले भने सबै प्रकारका अग्निपरीक्षा पार गर्दै तेस्रो दशको पनि उत्तरार्धतिर फड्को मार्दै छ । मित्रताको यो लामो यात्रा तय गर्नमा आजसम्म कुनै पनि कमजोरी व्यवधान बन्न पाएन, र मलाई विश्वास छ भविष्यमा पनि बन्दैन । यसो हुनुमा भूमिका भने यिनै दुई मित्रको छ मेरो होइन ।
हो, हामी बीच अमर उमेरमा सबैभन्दा कनिष्ठ अमर छन् । उमेरमा हामी भन्दा कम भए पनि सङ्ख्यालाई छाडेर गुणमा भने जेठा छन् अमर हामीभन्द, सबैभन्दा जेठो तेजकै समकक्षी ! अमर अलि अल्छी छन् लेखनमा, हतपत्ति जाँगर नचलाउने । यही अवगुण (गुण ?) कै कारण धेरैतिर छरिएका छैनन् अमर तेज र मजस्तो । छरिने कुरामा त तेजभन्दा पनि बढी छरिएको छु म र त्यसको असर मेरो लेखनको मूल क्षेत्र वा विधा आख्यानमा पनि परेको छ । यस यथार्थबाट अनभिज्ञ पनि छैन म । यही धेरैतिर छरिनुबाट बचेरै अमरले आफूलाई केन्द्रित गरेका छन् कथा र समालोचनामा र नै उनी बढी सफल पनि छन् आफ्ना सृजनामा । त्यसैले साहै्र कम लेखेर पनि साह्रै सुन्दर कथानक र प्रतीकात्मक अभिव्यक्तिका विशेषताले पूर्ण सृजना दिएका छन् अमरले !
“चित्रः बुद्धको (आँखा, प्रवेशाङ्क २०२६)” शीर्षक कथाबाट नेपाली साहित्यको श्रीवृद्धिमा पाइलो सारेका अमर मूलतः स्रष्टा र र त्यसपछि मात्र द्रष्टाको व्यक्तित्वमा स्थापित छन् । स्रष्टा अमर कथा र निबन्ध विधाको सृजनामा बढी केन्द्रित रहेका छन् । त्यसपछि मात्र उनको द्रष्टा व्यक्तित्व परिचित छ समालोचनाको क्षेत्रमा । लेखनलाई अत्यन्त गम्भीर रूपमा लिने अमरका समालोचना पनि गम्भीर छन्– सम्यक दृष्टिकोण र जिम्मेवारीयुक्त । समालोचनाको नाउँमा कुनै गूटलाई उचाल्ने, कुनैलाई पछार्ने गर्दैनन् अमर । न त लाभ हानिको तूलो हेरेर कलम चलाउने अखबारी समालोचकीय प्रवृत्ति र चर्चाकारहरूको मनोवृत्तिबाट प्रभावित छन् उनी । पूर्ण रूपमा मुक्त छन् अमरका समालोचना समकालीन अखबारी चर्चाकारको यस्तै प्रवृत्तिबाट ! त्यसैले अमरको समालोचकीय व्यक्तित्व आफैंमा सशक्त छ, ।
यति भएर पनि मूलतः अमर समालोचक होइन कथाकार नै हो । समकालीन नेपाली कथालेखनमा बिम्ब, प्रतीकलाई काव्यमाजस्तै खेलाएर नेपाली समाजका प्रवृत्ति, यथार्थ र सांस्कृतिक विशेषताका साथै तिनमा निहित विकृतिको अत्यन्त प्रभावकारी रूपमा साङ्केतिक तथा सुन्दर कलापूर्ण आख्यान सर्जकमा टडकारो देखिने प्रतिनिधि कथासर्जक हुन् अमर । हो, “प्रधान प्रतीक लिएरै आउँछन् र त्यो प्रतीकको चाखलाग्दो रचनाले लोभ्याएरै छाड्छन् (कृष्ण गौतम, तीन लेखकः त्रिविध साहित्यिक साइकोथेरापीको एक अनमोल योजना, मिर्मिरे २०४५ ।)” आफ्ना कथामा । “कथानक प्रस्तुतीको वैशिष्टय्मा त अमर अब्बल नै छन् (मोहनराज शर्मा, छोटो हेराइमा त्रिविध, २०४२) ।”
अमर प्राय लोकथा, किम्वदन्ती र सांस्कृतिक आधारमा कुशलतापूर्वक कथाहरू बुन्ने गर्छन् र यसो गर्दा पनि उनी आधुनिक समाजको विश्लेणात्मक चित्र खिच्दै यसले समाजमा केकस्तो प्रभाव परेको छ भन्ने सफल चित्रात्मक बिम्ब निर्माण गर्छन् । यो प्रयोग अमरको सर्वाधिक सफल प्रयोग लाग्छ मलाई । “अमरको कथाको आधार लोककथा र किम्बदन्ती भए पनि त्यसले समाजमा केकस्तो प्रभाव पारेको छ, राम्ररी चित्रण गर्छन् र आफ्नो सुझबुझ र सामाजिकताका आधारमा राम्रो चिन्तन पनि प्रस्तुत गर्छन् (घटराज भट्टराई, त्रिविधका तीन कथनकार, प्रवेश साप्ताहिक २०४५ असोज ९)” भन्ने भनाइले पनि पुष्टी गर्छ सायद मेरो यो धारणा । हुन पनि लोकथा, किम्वदन्ती र सांस्कृतिक आधार लिएर अमरका कथाले सामाजिक जनजीवनका कारुणिक, विसंगत र धार्मिक कुकृत्यपूर्ण क्रियाकलापहरूको राम्रो चित्रण गरेका छन् आञ्चलिकताको स्वाददिने गरी । राजेन्द्र सुवेदीबाट अत्यन्त दरिलोसँग मूल्याङ्किित हुनपुगेको छ अमरको यो पक्ष– “आज समाज र जीवनका बीचमा देखिन लागेका र भोग्न कठिन परिरहेको स्वाभापवक जटिलता भित्र रहने मानवीय अस्तित्वका निम्ति जन्मेका संघर्षहरू कथामा सजीवता साथ उत्रनु आजको स्वाधाविक जीवनवृत्तको चित्रण हो । प्रधानका कथा रचनात्मक आयतनमा छोटा भएर पनि मूल्य प्रतिपादनमा अत्यन्त सचेत र प्रखर देखिन्छन् (राजेन्द्र सुवेदी, संक्षिप्त सर्वेक्षणः त्रिविधभित्रका कथाहरू, रचना २४, वैशाख जेठ २०४५ )।
हुन पनि अमरका कथामा प्रेम, वियोग र संयोगका सुन्दर विविध आयाम र पक्ष मात्र होइन, समाजका सबैप्रकारका चरित्र र प्रवृत्तिहरूको विश्लेण पनि प्रभावकारी रूपमा भएको छ । आदिम आवेग, संस्मरणात्मकता, सांस्कृतिक सुगन्ध अमरका कथामा जताततै पाइन्छ । अमरका कथासंसारले सरल स्वभावका मानिसको कमजोरीबाट लाभ लिने सीमित र समाजमा हैकम चलाउने दुष्कर चरित्रहरूको सशक्त रूपले जीवन्त चित्रण गरेका छन् । सामाजिक मूल्यहीनता र विसङगतिलाई अमरले चरित्र र कथोपकथनका माध्यमबाट बडो प्रभावकारी रूपमा उद्घाटित गरेका छन् । कथाशील्पमा त अमर अमर नै हुन् ।
कथा लेखन र प्रकाशन दुवै कुरामा अमर त्यतिबिन उत्साह भने देखाउँदैनन् । त्यसैले उनको कथा सृजनाको पाँच दशकभित्र तीन दर्जन जति मात्र कथा प्रकाशित भएका देखिन्छन् । अमरको पहिलो कथा “चित्रबुद्ध (२०२६)” थियो र त्यसपछिको लगभग पाँचदशकमा प्रकाशित पछिल्लो कथा “नयाँ नेपाल (२०६८)” सम्म आइपुग्दा ३१ वटा कथा प्रकाशित भएका छन् । यी सबै कथा हामी तीनै भाइको छ÷छ वटा कथा सङ्गृहीत संयुक्त सङ्ग्रह “त्रिविध (२०४२)”, “शान्ति कान्ति (२०५४)” र अमरका कथाहरू (२०६९) भित्र समेटिएका छन् । यी कथामध्ये त्रिविधि भित्र छ वटा रहेका छन्, शान्ति कान्तिभित्र २६ । ती दुइ सङ्ग्रहका २६ कथाका अतिरिक्त थप पाँच वटा नयाँ नेपाल, चन्द्रमाको कथा, एकादशी, देवी र बच्चाचोर गरी पाँचवटा कथा थपिएर ३१ पुगेका छन् “अमरका कथाहरूभित्र । यसरी यो पछिल्लो सङ्ग्रह अमरका समग्रकथा सङ्ग्रहका रूपमा प्रकाशनमा आएको छ, एकै सङग्रहमा ंसबै कथा एकै थलोमा पढ्न पाइनेगरी ! कथाका अतिरिक्त अमरका अनौठो कलम शीर्षक (सहलेखन) र कस्तो राम्रो चङ्गा शीर्षक दुई बालकथा र हाम्रो लोककथा शीर्षकमा बाललोककथा संग्रह प्रकाशित भएका छन् ।
हो अमर लेखनमा त्यति छरिएका छैनन् । तर उनको बहुमुखी प्रतिभाले भने हर क्षेत्रमा प्रष्टसँग आफ्नो उपस्थिति देखाएकोछ । एक समय अमर नाटक मञ्चनमा पनि रुचि राख्दथे । त्यसैले वि.सं. २०२८–२०३८ को दकमा तीनवटा नाटकको रुपान्तरण, लेखन र मञ्चन गर्न समेत भ्याएका थिए उनले । तर विभिन्न कालखण्डमा उनले तयार गरेका ती नाट्यकृति प्रकाशनमा नआएकाले पढन् पाउने अवसरबाट भने हामी वञ्चित रहेका छौं । कतै सरक्षित छन् भने बसाइँ उपन्यासको नाट्य रूपान्तरण, कृष्ण सुदामा र परिवर्तित मान्यताहरू शीर्षक ती कृतिहरू ढिलोचभाँडो पाठकसमक्ष आउने आशा गर्न सकिन्छ ।
अमरको व्यत्तित्वको अर्को पाटो सम्पादन हो र साहित्यक पत्रकारिताका क्षेत्रमा उनको राम्रो योगदान देखिन्छ । २०२६ देखि नै प्रकाशनमा आएको आँखा पत्रिकाले नियमित साहित्यिक पत्रिका नभएर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिमा महत्वपूर्ण योग दान गर्दै आएको छ । यसको सफलता र योगदानमा अमरको सम्पादन क्षमता र योगदान शीर्षमा रहेको छ भन्दा अतिशयोक्ति नहोला । त्यसपछि नेपाली साहित्यमा वि.सं. २०३९ देखि २०४७ सम्म निरन्तर प्रकाशित भएको साँ–ग्रिला साहित्यिक त्रैमासिकको सम्पादन–प्रकाशन अमरको सहयोग र सक्रिय संलग्नता बिना सम्भव थिएन । साँ–ग्रिला हामी तीन मित्रको संयुक्त सम्पादन र प्रकाशनमा प्रकाशित साहित्यक पत्रिका थियो । यी बाहेक पनि हलचल, जिज्ञासा, द्वल्खा गुठी स्मारिका, भीमेश्वर मन्दिर जीर्योद्धार स्मारिका, दोलखा विकास मञ्चस्मारिका, भीमेश्वर उच्च माध्यमिक विद्यालय रजतजयन्ती स्मारिका, सिाचाइ गतिविधि, जलश्रोत मन्त्रालय परिचय पुस्तिकाजस्ता निकै स्मारिका र आवधिक प्रकाशनको समपादनमा सक्रिय अमरले डिसास्टर बुलेटिन र डिसास्टर रिभ्यु आदि अङ्ग्रेजी भाषामा तयार गरिएका परिचयपुस्तिकाहरू र बालसाहित्यका पुस्तकको पनि कुशलतापूर्वक सम्पादन गरेका छन् । सबै कुरा सम्भव छैन यो छोटो आलेखमा । त्यसैले केही सामान्य चर्चा मात्र हुन् अभिन्न मित्र अमरमा अर्पित यी सीमित शब्दमा उनिएका पुष्पगुच्छा !
२०७१ वैशाख १९
विजय निवास, आरुबारी ।

No comments:
Post a Comment