(सुलेख लघुकथा अङ्क ४४, वर्ष ५ अङ्क १ मा प्रकाशित )
१. रुचि
विशिष्ट व्यक्तित्व उच्च आसनमा आसीन थिए । अगाडि एकजना आगन्तुक नेताज्यू र साथमा विशिष्ट व्यक्तिका निकट सहयोगी–समर्थकहरूको पल्टन ।
वार्ताकै क्रममा नेताजीको जिज्ञासा रह्यो – होइन फलानो पदमा मैले एकदमै उपयुक्त व्यक्तिको नाम दिएको थिएँ । उसबाट राम्रो सहयोग पनि हुन्थ्यो ! नियुक्ति त अर्कैलाई पो गर्नुभएछ त !
नेताजीले सिफारिस गरेका ऊ अर्थात आफ्नो क्षेत्रको वरिष्ठ र कर्मठ दक्ष व्यक्ति । उसको क्षमता र वरिष्ठताकै कारण नेताज्यूको मूल्याङ्कनमा खरो उत्रिएर सिफारिस गरिएको रहेछ उसको नाउँ । नभए दुवैको बीच न कुनै नाता सम्बन्ध थियो, न निकटको घनिष्टता !
नेताजीबाट उसले प्रस्ताव आएमा नाइँ नभन्नू भन्ने आग्रह सहित त्यसको जानकारी पाएको थियो । नेताजीलाई पनि थाहा थियो ऊ स्वाभिमानी छ । हात जोडेर केही पाउने दौडबाट ऊ सधैं बाहिरै रहन्छ । त्यसैले नाइँ नभन्नू भन्ने आग्रह भएको थियो सायद् ।
त्यसपछि विशिष्ट व्यक्तिको दरबारबाट व्यक्तिवृत्त पठाइदिनू भन्ने खबर पनि आयो । सहृदयी नेताज्यूको मान राख्नैको लागि उसले मागिएको लिखत इमेद्वारा पठाइदियो । प्राप्तिको खबर पनि आयो ।
त्यसबीच बजारमा चलेका अनेकौं चर्चासँगै समय चिप्लिँदै गयो । सबैतर्फबाट उसको नियुक्ति निश्चित भएको हल्ला चल्यो । उधारो बधाइको बोेझले थिचिँदै गयो ऊ ।
केही समय पछि समाचार आयो– फलानोको नियुक्ति । पद त्यही भए पनि नियुक्ति पाउने फलानोमा ऊ थिएन, अर्कै थियो ।
त्यसपछिको जिज्ञासा थियो यो तिनै विशिष्ट महामयिहमसँग । उक्त जिज्ञासामा जवाफ आयो – हो, उसलाई म पनि राम्रैं चिन्छु । योग्य छ, तर योग्यता र क्षमताले मात्रै पुग्छ र ? एक पटक जागिर पाउँ भनेर भेट्न सम्म आएको होइन । इन्ट्रेस्ट नै नदेखाएपछि .....?
२. रुप बदल्ने राक्षस
उनी सानो नातिलाई काखमा राखेर कथा सुनाउँदै थिइन् ।
....एकादेशमा एउटा राक्षस थियो ।
राक्षस डरलाग्दो हुन्छ, हो आमा ?
हो बा,...! त्यो साह्रै खञ्चुवा थियो । जति खाए पनि न उसको भोक मेटिन्थ्यो, न पेट भरिन्थ्यो । सिंङ्गासिङ्गै खसीबोका, राँगा भैंसी पचाउँथ्यो त्यो राक्षस !
ओहो.....कति खञ्चुवा !
त्यति मात्रै होर । त्यति खाएर पनि नपुगी मुरी मुरी फलाम र पहाडसरि ढुङ्गा बालुवा जे भेट्यो त्यही चपाउँथ्यो बुझ्यौ । उसका लागि ती च्युरा जत्तिकै स्वादिष्ट हुन्थे !
अहिले पनि छन् आमा त्यस्ता डरलाग्दा राक्षस ?
ती रुप बदल्न सिपालु छन् । अहिले ती राक्षस रुप बदलेर बस्छन्, हेर्दा राम्रा, असल र ठूला देखिन्छन् । कसैले ठूला कर्मचारीको रुप लिएका छन्, कसैले ठूला नेता, मन्त्री–प्रधामन्त्री र राजनीीतक कार्यकर्ता कसैले व्यापारी ठेकेदारको रुप लिएर हाम्रै वरिपरि आँखा छलिरहेका छन्, बाबु ।
हजूर आमाको कुरा सुनेर ऊ निकै बेर घोरियो । त्यसपछि उसले सोध्यो “हजूरआमा बाले पनि लाउडा भन्दै हवाइजहाज र अरु के के चपाउनु भयो भन्थे नि ! के त उहाँ पनि रुप फेरेर आएको राक्षस नै हो त ?
३. पुनर्निर्माण
भूकम्प पछिको पुनर्निर्माणका लागि रकम विनियोजन हुँदै थियो । काम नभए पनि राजनीतिक नेता र तिनका पहूँचभित्रका संघसंस्था, प्रतिष्ठानका योजनालाई भरमार रकम विनियोजन गरियो । पहुँच विहीन भाषा, साहित्य, संस्कृति र शिक्षा समाजसेवाको क्षेत्रको उन्ननयनमा जीवन उत्सर्ग गर्ने जनताका मनमा रहेका वास्तविक नायकहरूको नाममा क्रियाशील प्रतिष्ठान, संघसंस्था भने चिल्लै !
नयाँ राजा र परधानहरूको राजनीतिक यात्रा सफल पार्न रचनात्मक रूपमा सांस्कृतिक चेतना बिस्तारमा समर्पित यस्तै एउटा भूकम्प प्रभावित प्रतिष्ठानको पुनर्निर्माण पनि उपेक्षित नै थियो । प्रतिष्ठान जनताका एकजना सच्चा नायकको नाउँमा क्रियाशील थियो । पदाधिकारीहरूले परधान र नयाँ राजासमक्ष बिन्ती बिसाउन तिनका के के नामधारी सल्लाहकार, सहयोगीसँग समय मिलाइदिन अनुरोध गरे । केही परिचित सल्लाहकारले अर्कैलाई भेट्ने उपदेश दिए । अर्का केहीले लिखित बिन्तीपत्र हाल्ने निर्देशन पठाए । पदाधिकारीले लिखित बिन्तीपत्र पनि हाले । भेटको अवसर भने आएन ।
तिनै नयाँ दरबारका नयाँ राजा र परधानका निकट एकजना कार्यकर्ता सबै कुरा नियालिरहेका थिए । वास्तवमा ती समाजसेवी राजनीतिक कार्यकर्ताभन्दा बढी पावर ब्रोकर थिए ।
“यस्तो पाराले पनि कहीँ दर्शन भेट पाएर बजेट मिल्छ त ?”
“होइन, कसरी पाइन्छ त ?” उनको कुरा सुनेर अलमल्ल परेको एकजना पदाधिकारीले सोध्यो ।
“ तपाइँको संस्थले कहिल्यै उहाँहरूको पार्टीलाई चुनाव सुनावमा मोटो चन्दा दिएको छ ? तपाइँमध्ये कोही यी नयाँ दरबारका नियमित चाकरीदार हुनुहुन्छ ?”
“त्यस्तो त केही गरेको छैन, जसको नाउँको प्रतिष्ठानका लागि हामी कुरा गरिरहेका छौं तिनले उहाँहरूलाई नयाँ राजा र परधान बनाउने परिवर्तनका लागि सृजना मार्फत जनचेतना बिस्तार गर्न भने ठूलै योगदान दिएका हुन् । यति भए पुगेन र ?”
पुग्दैन, चाहेको बेला भेट पाउन त कि ठूलो रकम चन्दा दिने व्यापारी हुनुपर्छ कि दुईनम्बरी गर्ने व्यवसायी । त्यस्तो कुनै चिनारी नभएको बकम्फुसे साहित्यकार र संस्थालाई भेटेर बर्बाद गर्ने समय नै कहाँ छ र उहाँहरूसँग । तपाइँ साँच्चै भेट्न चाहनुहुन्छ भने भेट पछि बजेट पाइएमा कति प्रशित भेटी चढाउन सक्नुहुन्छ ? भन्नोस्, म मिलाई दिन्छु समय !

No comments:
Post a Comment