Showing posts with label Samiccha. Show all posts
Showing posts with label Samiccha. Show all posts

Sunday, November 3, 2013

मुनामदन भित्रका देवकोटालाई हेर्दा


(महाकवि देवकोटा जयन्तीको अवसरमा श्रद्धान्जलीस्वरूप ७३ औं देवकोटा जयन्ती २०३८ कार्तिक ११ गतेको गोरखापत्र दैनिकमा प्रकाशित एउटा पुरानो लेख ।)
 
केही मात्रामा दुरूह भएर पनि विचित्रताका साथ कल्पना र यथार्थ जगतको बीचमा विचरण गर्ने महाकवि देवकोटा नेपाली साहित्यका देदीप्यमान सूर्य हुन् । भत्रु सायद अतिरञ्जना नठहर्ला उनलाई मात्र नेपाली साहित्यको आकाशबाट झिकिदिने हो भने हाम्रो साहित्याकाशको ज्योति शायद निके धूमिल हुन जानेछ । फुटकर कविता, निबन्ध, खण्डकाव्य, महाकाव्य, उपन्यास, कथा–त्यस्तो कुनै विद्या छैन जसमा देवकोटाले हात नहालेको हुन् । अझ यिनमा पनि पद्य काव्य र निबन्धको क्षेत्रमा त उनी अग्रणी र अद्वितीय नै छन्–विश्व साहित्यको हाराहारीमा उनका कृति पुग्नसक्छन् । शुरुमा ईश्वरवादी कवि देवकोटा बीचमा पुगेर पूर्ण रूपमा मानवतावादी हुनुपुग्छन् । ईश्वरको दर्शन मन मन्दिरमा हुन्छन् भत्रे देवकोटा ‘ईश्वर चुम्दछ काम सुनौला गरिरहेका हात’ भन्नपुग्छन् । अनि आजको भौतिकता प्रधान युगलाई उनी ‘हातको मैला सुनको थैला के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दी मनले’ भन्ने मुनाको भनाइमा– के ‘‘गछ्र्यौ मुना यो सास अड्छयै पापी धनमा । हे पैसा तैंले पासोमा पार्छस् सिंह भैंm हृदय,” भन्दै आजको कटु यथार्थलाई उद्घाटित गर्छन् । तीन महिना र दश दिनमा शाकुन्तला र सुलोचना जस्ता नेपाली साहित्यकै उत्कृष्ट महाकाव्य लेख्ने महाकवि देवकोटा प्रायः प्रकृतिवादी अझ स्वच्छन्दवादी देखा परे पनि उनका आदर्शवादी दृष्टिकोण भन्दा यथार्थवादी दृष्टिकोण लिएर लेखिएका वास्तविक नेपाली धरातलमा आधारित कृतिहरुको पनि कमी छैन । यदि अरूलाई हटाएर मुनामदन एउटै हेर्ने हो भने पनि उनलाई स्वच्छन्दतावादी र सामाजिक समस्यालाई लिएर यथार्थवादी साहित्यकार सिद्ध गर्न यथेष्ट देखिन्छ । त्यसको साथै उनी आफ्ना अन्य कृतिहरुको माध्यमबाट यही दृष्टि अपनाएर मानवताको ¥हास भएको देखी क्रान्तिको ज्वाला सुसेल्छन् । हुरी, झञ्झावात, पागल, एक सुन्दरी बेस्सेप्रति जस्ता कविता यस फाँटका केही उदाहरणहरु हुन् । त्यसैगरी देवकोटा निबन्धको क्षेत्रमा आधुनिकताको र व्यापक दृष्टिकोण दिनमा अग्रणी मानिन्छन् । नेपाली निबन्धलाई आजको अवस्था र स्थितिमा पु¥याउने श्रेयको ठूलो अंश शायद दवकोटामै जान्छ होला । भारतको प्रसिद्ध विद्वान् राहुल सांकृत्यायन देवकोटाको अमर कृति मुनामदन हेरेर नै उनलाई भारतीय तीन महाकवि प्रसाद, पन्त र निरालासँग तुलना गर्न पुग्छन् । अन्तिम अवस्थामा अरू सम्पूर्ण कृतिहरु जलाएर मुनामदन एएटा मात्र राख्नु भन्ने महाकवि देवकोटाको आग्रह थियो भनिन्छ । हुन पनि अरू सम्पूर्ण कृति हटाएर पनि यही एउटा कृतिले उनलाई अमर राख्ने सक्छ ।  त्यस अर्थमा देवकोटाको मुनामदन नेपाली साहित्यकै एक अमर निधि हो ।  माथि नै भनियो—मुनामदन देवकोटाको अमर कृति हो । यसो हेर्दा यो भनाइ अतिशयोक्तिपूर्ण लाग्न सक्छ । किनभने साहित्य बुजुकु र पठित वर्गको लागि मात्र हो, त्यसमा सांसारिक सुख–दुःख होइन गहन दर्शनको उद्घाटन हुनुपर्छ अथवा शास्त्रीयता र दार्शनिकताको पुट हुनुपर्छ । त्यस वाहेकको साहित्य साहित्य नै होइन भत्रे एक किसिमको विचारधारा हाम्रै वरिपरि नपाइने होइन । त्यसैले त्यस दृष्टिबाट शाकुन्तला, सुलोचना जस्ता कतिपय महत्वपूर्ण महाकाव्य र अन्य उल्लेखनीय फुटकर कविता मुनामदनभन्दा धेरै माथि देखिनसकिन्छ् । तर जहाँसम्म कृतिमा महानताको प्रश्न आउँछ त्यसको पूर्वशर्तमा सर्वजनीनता, विस्तृतता, सहज सम्प्रेषणीयता तथा युगको स्पन्दन जस्ता कुराहरु अनिवार्य हुन्छन् भन्ने अहिले बलियो धारण विकसित भइसकेको छ । यस दृष्टिले पनि सुन्दर नै भएपनि दुरूह र बिशाल कार्य अन्य महाकाव्यलाई उछिन्ने देवकोटाको काब्य लोकलयमा लेखिएको सरल, सरस झ्याउरे छन्दको यही खण्डकाब्य मुनामदन सर्वोपरि देखा पर्दछ । त्यसमाथि पनि नेपाल िसाहित्यमा जनजिब्रोमा बाहेक सर्वथा उपेक्षित र हेलित, काँठे र गाउँले गीतको संज्ञा प्राप्त झ्याउरेलाई लिखित काव्यमा, त्यसमाथि पनि खण्डकाव्य जस्ता विषयमा सफल प्रयोग गरेर पनि देवकोटाले यस मार्पmत क्रान्तिकारी कदम चलाएका हुन् । आफ्नो विशिष्टता कायम गर्ने आफ्नै आधारभूमिमा अवस्थित हुनुपर्ने तथ्य देवकोटाले राम्रै महसुसगरेका छन् । त्यसैले त उनी भन्छन्–नेपाली गेडा, नेपाली दाना, नेपाली सरले भिजेको मिठो रसिलो गीत, नेपाली कसले, नेपाली भत्रे कसले त्यसै आँखा नै चिम्मेला, प्रतिभाबाट छहरा छुटे, हृदय नछेला ?  ‘‘महाकवि लक्ष्मीप्रसाद देवकोटा तीन चोटि जन्मे, मुनामदनसित, शकुन्तलासित र पागलसित” भनेर स्वर्गीय बालकृष्ण समले भनेभैंm महाकवि देवकोटालाई प्रथम महाकविको रूपमा जन्माउने श्रेय साँच्चै नै यसै खण्डकाब्यलाई दिनु पर्ने हुनछ । सकनभने अगाडि नै भनिए अनुसार वास्तविक आम नेपालीको जीवनस्तर र आर्थिक स्थितिलाई प्रतिनिधित्व गर्दै सरल, सरस भाषा र सम्पूर्ण नेपालीको गलामा सजिलै मिल्न सक्ने लोकलयमा रचित मुनामदन साँच्चै नै नेपालीको जीवनमा अविस्मरणीय काव्य कृति हो । त्यतिमात्र होइन तत्कालीन नेपालको समसामायिक शहरी जीवनको दूषितपना र हिमाली गाउँघरको स्वच्छता अनि तत्कालीन वैचारिक र सभ्यताको संक्रमणको पनि मुनामदनमा राम्रो प्रस्फुटन भएको पाइन्छ । निम्न वित्तिय परिवारका मदन आफ्नो जीर्ण घर मर्मत गर्ने, सेतै फुलेकी बूढीआमालाई आरामसँग दूध–भात ख्वाउने, उनकै इच्छा अनुसार धारा–पाटी बनाइदिने, स्वास्नीलाई सुनको गहनाले सजाईदिने सपना बटुलेर — ‘‘निर्मल आकाश उघ«न्छ फेरि पखाल्छ गाजल यो” भत्रे आशा बोकेर आमा र स्वास्नीको आँसु नाँघ्दै ल्हासा जान्छन् । फर्कंदा बाटोमा विरामी पर्छन् । साथीहरुले विरामी अवस्थामै छोडिएको मदनलाई एकजना भोटेले स्याहार सुसार गरेर बचाउँछ । घर आइपुग्दा आमा मर्छिन्, मुना त मरिसकेकी नै हुन्छिन् । मुनालाई मृत्युको मुखसम्म पु¥याउने काम गुण्डाले गरेको हुन्छ –मदन मरिसक्यो भन्ने चिठी दिएर उनलाई हात पार्ने दाउमा । जुन आमा र स्वास्नीलाई आनन्द र सुख दिने सपना बोकेर मदन हत्केलामा ज्यान राखी ल्हासा गए र धन ल्याए अब त्यो धनको उनलाई कुनै प्रयोजन रहेन । सुनको गहना लाउनु र दूधभात खानु अगाडि नै स्वास्नी र आमाले मदनलाई छोडेर गए–खण्डकाव्यको दुःखद अन्त्य गराउँदै । महाकवि देवकोटाले साहित्यिक रचनाभित्र झ्याउरेलाई भित्र्याउने प्रेरणा लोक–कवि र खेत वारीमा गाइने झउरे गीतबाट भएको हो । उनी भन्छन्—‘‘झ्याउरेको नेपाली खेत बाँझो देखेर अलिकति डल्ला फोर फार गर्ने काम र दुई चार बीउ रोप्ने काम मैले पनि अगाडि गरेका थिए । ....मलाई मनमा यस्तो लाग्यो कि झ्याउरेलाई नीच रूची र फोहरीपनाबाट उठाएर शिव, सत्य, सुन्दरका अमर झल्का भएका स्वदेशी ग्राम्य छन्दको कविता स्वरूपमा उठाएर नेपाली जगतका सामू पेश गरूं ।” (भूमिका–पहाडी संगीत) देवकोटाले मुनामदनको माध्यमबाट सामन्ती अर्थव्यवस्थाले ल्याएको अनर्थिक संकष्ट र निम्न मध्यमवर्र्गीय तथा निम्नवर्गीय समाजको आर्थिक स्थिति अनि सामान्य जीवन बिताउनको लागि पनि बाँच्ने सामलको जर्गेना गर्न विदेशी भूमिका दुःख कष्ट पाउँदै बाहिरिनु पर्ने यथार्थ तथा शहरी सभ्यताको स्वार्थपरक नीचताको बडो सफल र मर्मस्पर्शी यथर्था चित्रण गरेका छन् । यो एक सानो परिवारको दुःखन्ता कथा मुनामदन लेखिएको समयको मात्र नभएर आजको सम्पूर्ण नेपालीको कथा हो । त्यसको साथसाथै नेपाली काब्य, रचना र कौशलमा क्रान्ति ल्याउने कृतिहरु मध्ये यसको महत्वपूर्ण योगदान रहेको छ ः किनभने भानुभक्त पूर्वदेखि मोतिरामसम्मको काब्य प्रवृति भक्तिधारामा हिडेको थियो भने पिकदूत भैंm श्रृङ्गारिक चमत्कार भनेर मोतिराम हाम्रो खण्ड काब्य परम्परामा नौलो प्रयोग गर्न पुग्दछन् । अनि त्यसपछि लेखनाथ श्रृतु विचार लिएर संभोग श्रृङ्गार अथवा युवक युवतीको प्रणय लीला र श्रृगार वर्णनबाट हटेर प्रकृतिको श्रृगार चित्रण र वर्णन गर्न थाल्छन् । त्यसैको साथै श्रृतृविचारकै माध्यमबाट उनी प्रकृतिलाई प्रतीकको रूपमा लिएर दार्शनिक अभिव्यक्त र नैतिकताको पाठ सिकाउन थाल्छन् नेपाली पाठकलाई । यसै पृष्ठिभूमिमा लेखनाथको श्रृतुविचार पश्चात युगान्तकारी कृतिका रूपमा देवकोटाको यही मुनामदन खण्डकाब्य देखा किनभने यो सर्बप्रथम एक यथार्थवादी धरातलमा  उभिएर सामान्य जनताको लागि लेखिएको नेपाली खण्डकाब्य मात्र नभएर साहित्य मै नवीन प्रयोग पनि सिद्ध हुन्छ र उनी यसै व्रmममा कुञ्जिनी राजकुमार प्रभाकर,  लुनी आदि  दिएर नेपाली खण्डकाब्यलाई सम्मृद्ध बनाउँछन् ।मुनामदनमा महाकवि देवकोटा यथार्थ र आर्दशको संगम गराउने प्रयासमा देखिन्छन् । एकातिर भौतिक सुख धनसम्पत्तिबाट लालायित भएर मदनलाई ल्हासा पठाउँछन् भने अर्कोतिर मुनाको माध्यमबाट—


हातको मैला, सुनको थैलाके गर्नु धनले ?
साग र सिस्नु, खाएको बेशआन्न्दी मनले !
हे मेरा प्यारा, अमीरी मनले !


भनाउँछन् । अझ अत्न्यमा गएर त उहाँ यथार्थ रहेर पनि बाँच्ने प्रेरणा प्राप्त गर्न आदर्शलाई दृष्टिगत गर्नु पर्ने कुरा बताउँछन्—


पृथिबी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर,
तल नै हेरी तल नै हेरीबिलौना नगर ।—भनेर ।


देवकोटाको मूल स्वर मानबतावादी हो भने कुराको प्रमाण उनका अन्य कृतिहरुमा भैंल मुनामदनमा पनि यथेष्ट पाइन्छन् । त्यसैले त उनी कतै ‘‘मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो ।” भन्छन् भने कतै जाति प्रथाको बलियो जरा गाडेको हामीलाई ‘‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन” भन्दै मानवताको महान् पाठ सिकाउँन पुग्छन् । ‘कि मरिछाड्यो कि गरिछाड्यो मर्दको इरादा’ भत्र दृढनिश्चयी र कर्मयोगी  देवकोटा संसारलाई पुरूषको संग्रामस्थल र त्यस प्रतिको  विजय नै उसको जीवनको सार र उद्देश्य मान्छन् भने संघर्ष र पौरख बिना पुरूषत्व जीवित नरहने कुरा यसरी व्यक्त गर्छन् हेरौं—


पुरूषको     प्यारो  संग्रामसंसार, विजय उसको सार !
पौररू   बिना  पुरूष   हुत्र, तरबार   बिना       धार !
संघर्षद्वारा    बिजुली  बल्छे, विक्रम   द्वारा    दीप !


भौतिकताबाट ग्रसित शहरी सभ्यता र यसबाट परै रहेको निश्चल ग्राम्य सभ्यताको मार्मिक तुलना गर्छन् देवकोटा यस खण्डकाब्यमा एकातिर यही पैसाले मानव ह्दयलाई पासोमा पार्छ, सोझा र असललाई सराप र बिलापको खाडलमा पार्छ भने यही पैसा दृष्टहरुको लागि अभयास्त्र पनि बत्र पुग्छ । अनि अर्कातर्पm प्रकृतिको सुरम्य काखमा रम्ने गाउँलेका लागि सुन निरर्थक हुन्छ—कामनाम भन्दा परको । यसै कुरालाई देवकोटा कति मार्मिक रूपले व्यक्त गर्छन्— हेरौं —भोटेले   भन्छ, के  गर्छ मैले   पहेलो    सुनले ?रोपेर  सुन उम्रन  क्यारके   गर्छ      सुनले, ? प्रकृतिक भित्रका प्रत्येक सिर्जनालाई नै अमर र सत्यको रूपमा देख्ने सौन्दर्यचेता महाकवि लक्ष्मीप्रसाद देवकोटा सौन्दर्य उपभोगको निम्ति नभएर अबलोकन अनि आनन्द प्राप्तिको माध्यम ठान्छन्— सौन्दर्यलाई छोएर नष्ट गर्र्नुभन्दा त्यसलाई आफ्नै रूप र स्थिति  राखेर आफ्नो सौन्दर्य र सुवास पैmलाउन दिने पक्षमा पाइन्छन् । अनि ईश्वरको अनुपम सृष्टिको रूपमा रहेको मुनालाई त्यही ईश्वरले फिर्ता लगेकोमा यसरी भत्र्सना गर्न पुग्छन् । हेरौं—


सिर्जनाभित्र रचना राम्रा नजरका       जुहार ! 
ईश्वरको हाँसो पाएकोपूmल  छोएर    नमार !
फेरि कसरी बिगारिस् ? 
सृष्टिको पूmल रचेर  त्यस्तो कसरी लतारिस् ?


देवकोटा र मुनामदनको वारेमा जत्ति बोले पनि त्यो अपूरो नै हुन्छ । शायद । त्यसैले अन्त्यमा देवकोटाको सौन्दर्य वर्णन र प्रकृति चित्रणको सानो शब्द चित्रणको नमूना उद्धृत गरी यस प्रसंगलाई यहीं रोक्नु उपयुक्त होला—


चरीको     पर्दा,  बुद्धको  मूर्ति    सुनमा    कुँदेको, 
रङ्गीन    ढुङ्गा,    अप्सरा   सारी    बुट्टामा   चुँदेको ।
शीतल   पानी,   हरिया पात   हिउँका    टाकुरा,शिरीष
पूmल  फुलेको   सेतो,  रूखका   आँकुरा  ।