Sunday, April 15, 2012

वनमुसोका जन्ती–विजय चालिसे

(कान्तिपुर कोपिलामा २०६८ चैत ५ गते प्रकाशित)
जगडोलको वनमा आज खुबै रमाइलो थियो । सबै कीराफट्याङ्गाहरू लाम्पुच्छ«े वनमुसोको बिहेमा जन्तीजान ठाँट्टिएर अएका थिए । लाम्पुछ«े मात्र होइन, उसको बाबु लाम्जुँगेको पनि हर्षले भुइँमा खुट्टा थिएन । कोभन्दा को कम भनेजस्तै सबैजना राम्रा राम्रा कपडामा सिङ्गारिएका थिए । उनीहरू विहेघरको परिआएको काम पनि सघाइरहेका थिए ।
ठूलो रुखको टोड्कामा बनेको लाम्पुच्छ«े वनमुसोको घर खुबै सिँगारिएको थियो । चारैतिर रंगीचंगी ध्वजापताका टाँगिएका थिए । वनमाकुरो विहे घर सिँगार्ने काममा खटिएको थियो । उसले आफ्नो भएभरको सिप लाएर घरका चारैतिरि रेसमी ध्वजा टाँग्यो । रंगीचंगी मइनका रेसा निकाल्यो र त्यसबाट ध्वजापताका बनायो । घरमुुनि रुखका चारवटा हाँगामा जालो बुनेर विहेको मण्डप बनायो । जग्गे पनि हेरिरहू जसरी सजाएको थियो ।
“आहा कति राम्ररी सिँगारेको विहे घर र जग्गे !” माकुराको सिप देखेर सबै दङ्ग थिए । 
”हो...त ! पहिला पहिला देख्यो कि ज्यान बचाउनु पथ्र्याे । जालोमा फसाएर हामीजस्तालाई झम्टेर सिकार बनाइहाल्थ्यो । त्यस्तो वनमाकुरो मासु खान छाडे पछि त अहिले अर्कै पो भएको छ त !” मसिनो आवाजमा गुनगुनाउँदै अएको पनि दंग थियो ।
 हुन पनि जगडोल वनका माकुरा र कीराफटङ्ग्रामा पहिलेको जस्तो शत्रुता थिएन । माकुराले मासु खान छाडेकाकाले पहिलेजस्तो जालोमा थाप्दैनथे । अहिले कीराफट्याङ्ग्रा फसाएर शिकार गर्दैनथे । अब जगडोलका माकुराहरू कलिला पात र फलपूmलका रस चुसेर आहारा खान्थे ।
दुलहा लाम्पुच्छ«े वनमुसो टोडकाको घरबाट बिस्तारै बाहिर निस्क्यो । ओठमाथिका पातला लामा जुँगा तह लाउँदै बाबु लाम्जुँगे पनि सँगै आयो । दुलहा लाम्पुच्छ«ेले खाकी रङ्गका मसिना भुवामाथि रेसमी कमिज सुरुवाल लाएको थियो । त्यो कमिज सुरुवाल पनि छिमेकी वनमाकुरोले नै बुनेर उपहार दिएको थियो । गोलो बुट्टैबुट्ला भएको लामो पुच्छरको छेउमा रातो फूल राम्ररी सुहाएको थियो ।
जन्ती जान भनी सबै गाउँले र इस्टमित्र तम्तयार थिए ।
छिमेकी खपटे कछुवाले दुलहालाई पिठ्युँमा बोक्यो । माहुरी र भमरा भुन्भुन्–भूँ भूँ गर्दै बाजा बजाएर अघि लागे । तिनको पछि पछि पोखरी छेउको खस्रे भ्यागुतो टर्र...टर्र मन्त्र पढ्दै थियो । गाइनेकीरा, बारुला र भुसुनाहरू गाउँँदै नाच्दै दुलहाको पछि लागे । गोब्रेकीराले बाटामा चाहिने खाना बोके ।
 लाम्पुच्छ«े वनमुसोको जन्ती जगडोलमुनिको चौर नजिकै झाडी मुसोको घरतिर हिँड्यो । नाच्दै गाएादै हिँडेका जन्तीले गर्दा बाटै रमाइलो थियो । तर आधा बाटो के पुगेका थिए, मुसलधारे पानी वर्यिायो । बाटो ठाडै आरोलो थियो । त्यमाथि रातो माटो । चिप्लो हिलोमाटोमा चिप्लिएर भिरको चिन्डो झैं गुल्टिएला भन्ने डर ! दुलहा नभिजोस् भनेर भ्यागुताले जलुकोको छाता ओढायो । के पर्ला, कसो पर्ला भनेर उसले आफूबस्ने पोखरीबाट कर्कलोको छाता ल्याएको थियो । केहीले कर्कलाको छताले सामान जोगाउन लागे । कोही भिजे, कोही आफूले ल्याएको छाता ओढेर अघि बढे । यसरी लड्पड्दै बल्लतल्ल बनमुसोको जन्ती झाडी मुसेको दुलही घरमा पुग्यो ।
झाडी मुसो ध्वाँसे मुखिया बाहिर जन्ती आएको सुनेर घरबाट निस्क्यो । ऊ जन्तीको स्वागत गर्न भनी नातागोता सहित दुलो बाहिर निस्केको थियो । घर बाक्लो झाडीको मुन्तिर दुलो भित्र थियो । घर बाहिरको चौरमा निस्कन सुरुङ खनेर बनाएको बाटो हुँदै निस्कनु पथ्र्यो । त्यसैले बाहिर पानी परेको पनि उसललाई पत्तै भएन ।
झाडी मुसोले चौरमा टाँगेको पालबाट पानी चुहिएर जन्ती बस्नै नहुने भएको देख्यो । जन्ती बस्ने ठाउँ भिजेर हिलाम्मे थियो । टाँगेको ध्वजापताका सबै च्यातिएका थिए । सिँगारेर बनाएको जन्ती बस्ने ठाउँ लथालिङ्ग थियो । त्यसरी सिंगारिएको चौर अहिले बाढीले बगाएको बस्तीजस्तै देखिन्थ्यो । 
दुलहीको बाबु ध्वाँसे वनमुसो पनि नयाँ लुगामा ठाँट्टिएको थियो । जिउमा टम्म मिलेको दौरा सुरुवाल, टाउकोमा सेतो फेटा, कम्मरमा सफेद पटुका । पटुकामा भिरेको दापसहितको खुकुरी ! तर बाहिर जन्ती राख्न सिँगारेको ठाउँको हालत देखेर ऊ रुन मात्रै सकेको थिएन– जग्गेको त सर्वनाशै गरिहालेछ नि झरीले !
“त्यै त...किन आजै पर्नुप¥या नि यो असत्ती झरी पनि !” साथैै निस्केकी दुलहीकी आमा टिकीझाडी मुसी उत्तिकै दिक्क थिइ ।   
बस्ने व्यवस्था नदेखेर कतै जन्तीहरू रिसाउने त होइनन ? दुवैजना यही सोचेर आत्तिएका थिए । बस्ने ठाउँको समेत व्यवस्था नभएको भन्दै दुलही बिना नै जन्ती फक्र्यो भने ? कसरी मुख देखाउने गाउँ छिमेकलाई ? के होला छोरीको भविष्य ? 
ध्वाँस झाडी मुसोले हात जोर्दै बिन्तीभाउ गरेर भन्योे– पानीले बाहिर बस्न देलाजस्तो छैन । के गर्ने होला ला अब, भित्र पनि अटिँदैन !
जन्ती भने त्यास्तो हिलोमा पनि रमाउँदै नाचिरहेका थिए । सबै हिलाम्य थिए । कसैको अनुहारसम्मै हिलो लागेको थियो । जुत्तामा हिलो नलाग्ने त कोही नै थिएन । कोही नाच्दा नाच्दै चौरको हिलोमा लड्थ्यो । त्यो देखेर बाँकी हलल्ल हाँस्थे । त्यसरी सबैजना झरीमा निथ्रुक्कै भिजेर पनि हाँसखेल गर्दै रमाइरहेका थिए ।
उता ध्वाँसे भने के गर्ने कसो गर्ने भनेर छट्पटाइरहेको थियो । जन्ती रिसाए भने ?
सम्धीलाई त्यसरी चिन्तित देखेर लाम्जुँगे वनमुसो आफू पनि चिन्तित बन्यो । ऊ मनमनै सोच्दैथियो– “झरीले गर्दा आइलागेको विपत्तिमा सम्धी विचरोको के दोष ? जसलाई पनि पर्न सक्छ नि यस्तो !”
”लौन, के गर्ने होला अब सम्धीज्यू ? जन्ती अट्ने अर्को ठाउँ पनि छैन । साह्रै आपतमा पो परेँ म त !” दुलहीका बाबु ध्वाँसेले रुन्चे स्वरमा भन्यो ।
“चिन्त नगर्नोस्, सम्धीज्यू । अब तपाइँको समस्या, मेरो पनि समस्या हो ! दुलाहालाई लगेर जग्गेको विधि गर्नोस्, जन्तीलाई म बाहिरै अल्मल्याउँछु । यसै उसै सबै भिजिहाल्यौं ।” दुलाहको बाबु लाम्जुँगेले त्यति भनेपछि बल्ल उसका चिन्ता हट्यो ।  
“सम्धीज्यू, धेरै धेरै धन्यवाद । कसरी तिर्ने मैले यो गुन !” सम्धी ध्वासे झाडी मुसो हाथ जोडेर उभिएको थियो ।
“आहा...कति रमाइलो हिले जन्ती, कहिल्यै बिर्सन नसकिने !” जन्तीका सबैजना रमाउँदै नाचिरहेका थिए । हुन पनि उनीहरू यस अघि यस्तो हिले जन्ती कहिल्यै गएका थिएनन् !
२०६८ फागुन २३ ।
रमेश विकल साहित्य प्रंतिष्ठान, आरुबारी ।

 

राजु र छिमेकी काका

(सौर्य दैनिकमा प्रकाशित २०६८ चैत ५ गते । )
राजु सक्नेजति आफ्ना सबै काम आफैं गथ्र्याे । स्कुलको काम सकेर फुर्सतमा आमालाई समेत सघाउने गथ्र्यो ।
एक दिन आमाले सबै कपडा धोइवरी सुकाइदिनु भयो । सुकेपछि आमाले नै पट्याएर राखिदिनुभयो । आमाले इस्त्री लाउन भने भ्याउनुभएको थिएन । त्यसैले राजुले आफैं इस्त्री लाउने विचार ग¥यो ।
विहान पाठसाठ सकेर राजु कपडामा इस्त्री लाउने तर्खरमा लाग्यो । कपडा निकाल्यो । तर इस्त्री भने राखेको ठाउँमा थिएन । यताउता उता खोज्यो, कतै पाएन ।
“आमा....इस्त्री त छैन, नि ! कता परे छ ?” आमासँग सोध्यो ।
आमाले पनि यता उता खोज्नु भयो । कतै नपाएपछि दिक्क भएर भन्नुभयो– “अस्ति पल्ला घरे काकाले लगेका, ल्याएका छैनन् कि क्या हो ! कस्ता छिमेकीको फेला परियो भने, जे लगे नि, फर्काउनै नजान्ने ! ”
राजुका ती छिमेकी निकै धनी थिए । घरमा मोटर थियो । छोराछोरी बोर्डिङ स्कुलमा पढ्थे । हर कुरामा आफूलाई अरुभन्दा अलग्गै देखाउन खोज्थे । तर, आफूलाई चाहिने ुामान्य कुरा पनि कुरा पनि किनेर राख्दैनथे । धेरैजसो छिमेकीकै घरबाट लगेर काम चलाउँथे । उनले त्यस्ता सामान धेरैजसो माग्ने घर भने राजुकै हुन्थ्यो ।
ल्ैजान त लैजान्थे तर काम सकेपछि कहिल्यै फिर्ता ल्याउँदैनथे । आफूलाई चाहिँदा आफैं लिन नगइ सुखै थिएन । उनको त्यस्तो बानीले राजु र उसका आमा–बा सबै नै दिक्क थिए ।
 स्कुल जाने बेला हुन लागिसक्यो, कपडामा लाउन इस्त्री नै छैन । राजुले सोच्यो– कसरी पाठ सिकाउने होला यिनलाई ? निकै बेर सोचेपछि उसको दिमागमा एउटा उपाय फु¥यो ।
 राजु धोएका आफ्ना सबै कपडा बोकेर राजु तिनै छिमेकी काकाको घरतिर लाग्यो । त्यहाँ पुगेर इस्त्री माग्यो । उसले त्यहीँ इस्त्री ततायो । आरामसँग बसेर भएभरका लुगामा इस्त्री ग¥यो । महँगो विजुली त्यसरी खर्च भएको देख्दा छिमेकी काका मनमनै मुर्मुरिए । मुखले केही भनिहाल्न भने सकेनन् । सबै कपडामा लगाइ सकेपछि राजु इस्त्री त्यहीँ छाडेर घर फक्र्यो । 
 भोलिपल्ट विहान पनि ऊ तिनै छिमेकीको घर पुग्यो । उसले झोलाभरि कपडा लगेको थियो । अघिल्लै दिनजस्तो आरामसँग त्यहीँ बसेर इस्त्री ततायो, कपडामा लगायो । काका भने भित्रभित्रै मुर्मुरिइरहेका थिए । छटपटाएर घरी भित्र, घरी बाहिर गर्थे । केही भन्न सकिरहेका थिएनन् । काम सकेर इस्त्री त्यहीँ छाडी राजु घर फर्कन लाग्यो 
 त्यो देखेर काकाले नरम बन्दै भने, “राजु, इस्त्री त लान बिस्र्यौ नि ! घरमै लगे त तिमीलाई दिनहुँ आइरहनु पर्दैनथ्यो नि, बाबु !”
काकाको कुरा सुनेर राजुलाई हाँसो थाम्नै मुस्किल प¥यो । मनमनै हाँसो दबाएर भन्यो–“काका तपाइँलाई नै दुःख नहोस् भनेर त हो नि मैले इस्त्री छाडेको ! बारम्बार इस्त्री माग्न हाम्रो घर आइरहँदा तपाइँलाई पनि त दुःख होला नि ।” राजुको कुरा सुनेर उनी केही बोल्न सकेनन् । सरमले शिर निहुरियो । त्यस दिनदेखि उनले अरुकामा मागेर काम चलाउन पनि छाडे ।  

नाइँ, मलाई त डर लाग्छ–विजय चालिसे

(अन्नपूर्णपोस्ट २०६९ वैशाख २ गते प्रकाशित बालकथा)
 खैरी गौंथली मुखभरि आहारा च्यापेर गुँडमा फर्किन् । गुँडभित्र पस्नासाथ भोकाएका बचेराले आँ...आँ...गर्दै उनलाई घेरे । चिरबिर गर्दै उनीहरू चारा माग्दै थिए ।
 खैरीले सबैलाई पालैपालो चारा ख्वाइन् । बचेरा बिस्तारै हुर्किँदै थिए । तिनका पखेटा बिस्तारै उड्न सक्ने हुन लागेका थिए । 
 चारा ख्वाएपछि आमाले गैंथलीले भनिन्– “अब केही दिनमा तिमीहरू उड्न सक्छौ । अनि त आकाशमा उडेर आफ्नो चारा आफैं खोज्नु पर्छ नि बुझ्यौ ?”
 “आहा आमा बाजस्तै आकाशमा उड्दा कति रमाइलो होला ?” आमाको कुरा सुनेर उनीहरू खुसी भए ।
 कान्छो धुर्से भने उड्ने कुराले मनमनै डराएको थिया । ओहो...गुँडबाट निस्केर आकाशमा कसरी उड्ने होला ? कतै ठोक्किएर खसियो भने...!”
 त्यत्तिकैमा केही दिन बित्यो । जेठोलाई भने कहिले उडौंजस्तो भएको थियो । त्यसैले आमासँग भन्यो– “आमा आज त उड्ने है ?”
 आमाले पालैपालो सबलाई हेरिन् । कान्छो धुर्से भने आफैंलाई उड्न भन्नुहोला भनी डराइरहेको थियो । आमाले तिमीहरूको पखेटा अझै दरिलो भैसकेको छैन । केही दिन पर्ख भनेपछि बल्ल धुर्से ढुक्क बन्यो । 
 केही दिनपछि आमाले सबै बचेरालाई उड्न तयार हुनु भन्नुभयो । आमाको कुराले कान्छो फुर्सेबाहेक सबै खुसी थिए– आहा...हामी पनि आमाजस्तै आकाशमा उड्ने...!
 साने भने गुँडबाहिर हेर्दैमा कहाल्लिन थाल्यो । गुँड निकै अग्लो ठाउँमा थियो ।
 आमाले केहीबेर कसरी पखेटा चलाउने, कसरी माथि जाने, कसरी तल झर्ने भनेर सिकाउनुभयो । अनि सबै कुरा सिकाएर भन्नुभयो, “ल...अब उड्न तयार छौ होइन ? मैले उडेको त हे¥यौ नि राम्ररी ?”
 आमाका् कुरा सुनेर साने फुसे्र बाहेक अरुले खुसी हुँदै भने– हे¥यौं...आमा, अब हामी पनि उड्ने !   
 बचेराहरू गुँडबाट निस्केर एक पछि अर्को गर्दै हावामा उडे । सबै उडिसक्दा पनि साने भने बसेको ठउँबाट डेग चलेन ।
 “सानु... तिमी किन त्यहाँ बसिराखेको ? उड्न पर्दैन ।” सानेले उड्ने सुर नै नगरेको देखेर आमाले सोध्नुभयो ।
 “आमा नाइँ, मलाई त डर लाग्छ । म नउड्ने है आमा...!” साने डरले कालोनीलो देखिएको थियो । 
 यसको डर कसरी भगाउने होला ? साने डराएको देखेर आमालाई साहै्र चिन्ता लाग्यो । सम्झाउँदै भन्नुभयो– “कस्तो डरछेरुवा तिमी त ! गुँडबाट फाल हालेर पखेटा फटपटाएपछि त आफैं उडिहालिन्छ नि । उड्नै जानेन भने के खाने नि ? यसरी डराएर पनि हुन्छ । ल...नडराइ उड् त, कति रमाइलो हुन्छ ।”
 “अहँ... म त सक्दिन । मलाई उड्न डर लाग्छ ।” सानेले अझै उड्ने आँट गरेन ।
 “नडराऊ न, कोसिसै नगरी कसरी जानिन्छ त ? नडराऊ न, खस्यौ भने म समाउँला नि !” आमाले फेरि सम्झाउनुभयो ।
तर आमाले जति सम्झाए पनि उसले उड्ने आँटै गरेन । छोरो त्यसरी उड्न डराएको देखेर आमालाई झनै चिन्ता बनिन् । यसरी नै डरायो भने त कहिल्यै उड्न नसक्ने भयो यसले ! त्यस्तो सोचेर सानेलाई च्याप्प चुच्चोमा च्यानि ।
साने आत्तिँदै करायो– “नाई...नाई...म गुँडबाहिर जान्न !”
आमाले उसको कुरै सुनिन् । “रुने होइन..., पखेटा खोल ...!” भन्दै गुँडबाहिर हावामा छाडिदिइन् ।
साने अताल्लिँदै हावामा ठाडै तल खस्न थाल्यो । डरले गर्दा पखेटा चलाउन समेत बिर्सियो । आमा र दाजु दिदी “पखेटा चलाऊ...पखेटा चलाऊ..”.भन्दै कराइरहेका थिए । त्यो सनेर सानेले दुवै पखेटा फट्फटाउँदै चलायो । त्यसरी पखेटा चलाउन थालेपछि ऊ तलतिर खस्न छाड्यो । अनि त हावामा मज्जाले उड्न पो थाल्यो । त्यसरी उड्न सकेको देखेपछि उसलाई बेकार डराएछु भन्ने लाग्यो ।
 केही बेरपछि त साने अरुजस्तै रमाइ रमाइ आकाशमा उडिरहेका देखियो !
२०६८ चैत २९
रमेश विकल साहित्य प्रतिष्ठान
आरुबारी