-सुलेख स।ाहित्यिक मासिक–१५, वर्ष २ अङ्क ६, अशोज २०७०मा प्रकाशित विज्ञानकथा_
टैक्सिकोप्टर उसको फ्ल्याटको माथिल्लो छतमा उत्रियो । आरुबारीस्थित अत्याधुनिक आवास क्षेत्रमा बनेको आधुनिक सुविधासम्पन्न यो गगनचुम्वी विशाल भवनको पचासौं तलामा थियो उसको प्mल्याट र त्योभन्दा पनि पाँच तलामाथि थियो यो आकासे ट्याक्सीकोप्टर बिसौनी । जमिनमाथिको सडकमा ट्याँ र टुँटुँ गर्दै घन्टौं जाममा फस्ने उसका बाबु बाजेका पालाका ट्याक्सी मोटरहरू कतै कतै मात्र देखिन्थे । अहिले त जतातै ठूला आवासको छानोमैं उत्रन सक्ने साना खालका हेलिकोप्टर नै चलनचल्तीमा थिए । हावामा उडेर भनेको ठाउँमा पु¥याउने यस्ता टैक्सिकोप्टर सहरका ठाउँ ठाउँमा बनेका बिसौनीमा प्रतीक्षारत रहन्थे । कथम्कदाचित बिसौनी वा प्लेटफार्म खाली रहेछन् भने पनि फोनद्वारा यी भाडाका हेलिकोप्टर बोलाउन सकिन्थ्यो ।
उसको सिङ्गो जीवन नै यन्त्रवत थियो, स्वयम् यन्त्रजस्तै लाग्थ्यो ऊ र आजका उसका पुस्ता–मानवीय विशिष्टता बिस्तारै गुमाउँदै गएका । त्यसैले उसलाई सौन्दर्य र प्रेमजस्ता कुराबारे सोच्ने समय नै थिएन न त मानवीय आवेग संवेगकै कुनै स्थान थियो जीवनमा ! उसको आजको विश्वग्राम साँघुरिएको मात्र थिएन, भाषा, संस्कृति, व्यवहारमा पनि सबै एकरूप बन्दै थिए, एकै नासका बन्दै थिए । तिनमा न विविधता थियो, न कुनै आफ्नो पन । यसरी सिङ्गो संसार एकरूप–एकरसको रोबोटकै ढाँचामा ढालिँदै थियो ।
जब उसले टैक्सिकोप्टरबाट आरुबारीको त्यो स्वप्नवास भवनको ५५ तलामाथि अवस्थित ट्याक्सी प्याडमा उत्रिएर चारैतिर नियाल्योे, उसलाई एकदमै अनौठो लाग्यो ! सिंगो काठमाडौं उपत्यका भर्खरै सिउँदो रंगाएकी सुन्दरीजस्तै साँझको सिन्दुरे उज्यालोमा नुहाइरहेको थियो । ओहो...कति सुन्दर दृश्य ! उसलाई काठमाडौं आज जति रमाइलो कहिल्यै लागेको थिएन । किन यस्तो लाग्दैछ आज ? आजको यो आफ्नो मनस्थिति र सोचप्रति आफैंलाई आश्चर्य लाग्यो । प्रेम र सौन्दर्यलाई विज्ञानसम्मत मान्दैनथ्यो ऊ र उसको पुस्ता । उनीहरूकालागि प्रेम मात्र शारीरक आकर्षण थियो, एउटा पुरुष वा एउटी नारीका लागि विपरितलि लिङ्गीप्रति हुने एउटा स्वाभाविक यौनिक आकर्षण वा चाह ! त्यसैले उनीहरू प्रेम र सौन्दर्यजस्ता कुरामा समय खर्चनेकुरा वाइहात ठान्थे ।
ऊ अर्थात् कम्प्युटर सफ्टवेयर इन्जिनियिर विकास शर्मा । उसको काम नयाँ नयाँ कम्प्युटर सफ्टवेयर प्रोग्राम तयार गरेर माग अनुसार संसारभर पठाउनु थियो । यसका लागि कतै निस्कनु जरुरी पनि थिएन, त्यसैले कमै मात्र बाहिर निस्कन्थ्यो ऊ । कोठा नै सिङ्गो संसार थियो, जहाँबाट संसारका कुनै पनि कुनामा सम्पर्क गर्न सकिन्थ्यो, टेलिकन्फ्रेन्सङाद्वारा समूह र एकल सम्पर्क तथा छलफल गर्न सकिन्थ्यो । त्यही कारण आजको उसको संसार खुम्चिएर सानो कोठा र तीन चार कोठाको एउटा फ्ल्याटमा सीमत बनेको थियो । सबै काम कोठा वा फ्ल्याटबाटै हुन्थ्यो । आवश्यकताका यावत बस्तु कम्प्युटर, इन्टरनेटरबाट सञ्चालित इमार्केटिङबाटै प्राप्त हुनसक्थ्यो । भुक्तानीका लागि इव्याङ्किङको सुविधा छँदै थियो । सबै कुृरा यन्त्रबाटै सञ्चालित थिए । यही यान्त्रिक जीवनसँग सन्तुष्ट देखिन्थ्यो आजको कम्युटर पुस्ता !
टैक्सिकोप्टरबाट आएर कोठामा ऊ कम्प्युटरसँग खेल्न थाल्यो । हिजै मात्र उसले एउटा नयाँ खोजपूर्ण कम्प्युटर प्रोग्राममा काम गर्ने जिम्मेवारी पाएको थियो । त्यो थियो– एउटै घटना र परिस्थितिमा समेत जसरी अलग अलग मान्छेको व्यवहार र प्रतिक्रिया फरक हुन्छ, त्यही अनुसारको भिन्न अनुभूति देखाउन सक्ने रोबोट मष्तिस्कको विकास गर्ने कम्प्युटर प्रोग्रामिङ । ऊ आफैंलाई थाहा थिएन, यो प्रँेग्रामको विकासमा ऊ सफल हुन्छ, हुँदैन ? सफल भएमा रोबोटिक्सको इतिहासमैं अर्को एउटा कोसे ढुङ्गा बन्न सक्थ्यो यो कम्प्युटर प्रोग्रामिङ !
अहिलेसम्म एउटै घटनार परिस्थितिमा जसरी मान्छेपिच्छेको व्यवहार र प्रतिक्रिया फरक हुने गर्छ । पोजिट्रन सिद्धान्त अनुरूप असङ्ख्य सर्किटयुक्त रोबोटहरूमा यो मानवीय गुणको विकास हुन सकेको थिएन । जुन क्षेत्रमा काम गर्ने रोबोट हो उसलाई त्यही क्षेत्रको मात्र विशेष जानकारी प्राप्त हुनेगरी प्रोग्रामका रूपमा भरेर दिने गरिन्थ्यो । अनि त्यही अुसारका तौर तरिका, भाषा र आचरणहरूको मात्र त्यसले प्रकट गर्न सक्थ्यो । यसरी रोबोटको मस्तिष्क पूर्वनियोजित मार्गमा मात्र क्रियाशील हुन्थ्यो । उसले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेर यो नयाँ आविष्कार गर्न सक्यो भने यन्त्रमानवको अत्याधुनिक पुस्ता विकसित हुन्थ्यो र यसबाट मानिसमा रहेका केही आधारभूत गुणहरू बाहेक धेरै कुरामा मानिस र यन्त्रमानवबीच धेरै मात्रामा समगुणको विकास हुनसक्थ्यो । त्यसैले यति महान् आविष्कार गर्ने यो अवसर उसको लागि पनि ठूलो अवसर थियो ।
यिनै कुरा सोचेर यीसम्बन्धी पहिले भइसकेका कामहरूको जानकारी खोजिरहेको थियो ऊ, इन्टरनेटमा । त्यत्तिकैमा कम्प्युटर स्क्र्रिनको एक छेउमा अकस्मात छिमेककी घरको स्नानघरको दृश्य देखा परेको देख्यो उसले । स्क्रिनको सानो कुनोमा सीमित त्यो दृश्यलाई बढाएर स्क्रिनभरिको बनायो । नचाहँदा नचाहँदै पनि त्यहाँबाट उसले आँखा हटाउनै सकेन । एकप्रकारले सम्मोहित थियो त्यस दृष्यप्रति ऊ । स्नानघरभित्र एउटी सुन्दरी निस्फिक्री नुहाइरहेकी थिइ । पानीका थोपा उसका सुनौला केशराशिबाट मोती झैं झरिरहेका थिए । त्यसरी झरेका मोतीदाना पानी उसको भिजेको सुडोल शरीरबाट बिस्तारै गुडेर पुष्ट शरीरबाट कटिप्रदेश तर्फ झर्दा सौन्दर्य अरु निरखारिएको देखिन्थ्यो । स्नान गर्दा हावामा उठे झैं उसका नृत्यमय भावभङ्गीको सम्मोहनबाट बाहिर निस्किनै सकेन लामो समय विकास !
सम्मोहनमुक्त भएपछि आश्चर्यचकित बन्नु स्वाभाविक थियो– कसरी भयो यो ? उसले आफ्नो कम्प्युटरमा छिमेकीको घरका यावत दृश्य देखिने जासूसी कार्यक्रम त राखेको थिएन ! तब ...कसरी भयो यो ?
निकैबेर मष्तिस्कमा जोड दिएपछि झट्ट सम्झ्यो यो करामत पक्कै पनि अल्ट्राभ्वाइलेट रेको हुनुपर्छ । केही दिन अघिमात्र उसले आफ्नो कम्प्युटरमा अल्ट्राभ्वाइलेट रेको स्रोत पत्ता लगाएर अफ्नो कम्प्युटरको क्यामरालाई यही रेको सहायताबाट चल्ने गरी मिलाएको थियो । यो परावैजनी किरण ठोस बस्तुलाई चिरेर त्यसभित्र प्रवेश गरी दृश्य समात्न सक्थ्यो ।
“हो पक्ैक ...यही कारण मेरो कम्प्युटरका पर्दामा देखिएको हुनुपर्छ यो दृश्य । भौतिक बस्तु छिचोलेर खिचेको क्यामराको त्यही आँखाले समातेको यो पक्कै छिमेकी स्नानघरभित्रको यो दृश्य ! तर...तर योक ाम त कुनै पनि दृष्टिले ठीक भएन ! नजानेरै कति ठूलो गल्ती गरेँ मैले । यस गल्तीलाई तुरुन्तै सुधार्नुपर्छ ।” उसले मनमनै साच्यो ।
तर पनि तत्कालका लागि ऊ त्यस यसुवतीको आकर्षणबाट उम्कनै सकेन । त्यही मानसिकतामा कम्प्युटरको माध्यमबाट उसले त्यो युवतीको व्यक्तिगत विवरण र यावत नालीबेली प्राप्त ग्यो । मानिस जन्मनासाथ प्रत्येक मानिसको नवजात शिशुको सम्पूर्ण विवरण कम्प्युटरसञ्जालमा दाखिला हुन्थ्यो हरेक वर्ष त्यसलाई अद्यावधिक गरिन्थ्यो । उसले कम्प्युटरबाट त्यस स्नानघरमा देखेकी केटीको बारेमा सबै जानकारी प्राप्त ग¥यो । त्यसमाथि जति जति सूचना प्रविधिको विकास भयो त्यति त्यति व्यत्तिगतस्वतन्त्रता र गोपनीयताको सीमा मेटिँदैथियो ।
ऊ कम्प्युटर विशेषज्ञ थियो, केटी रहिछ जीव वैज्ञानिक !
त्यो दृश्य देखेदेखि उसको मन एकदमैं बेचैन भयो । घरि घरि त्यो युवतीको अनुहार र मादक सौन्दर्य आाँखमा आइरहे र नयाँ कायैक्रम निर्माण तर्फ सोच्नै सकेन उसले । ऊ त्यस केटीका सबै कुरा कम्प्युटरबाट जान्न सफल भए पनि उसभित्रको सजिव कल्पना र चाहनाजान्न कम्प्युटरको कुनै विश्लेषणले काम गर्दैनथ्यो आजसम्म । कुनै पनि भौतिक बस्तुको सजीव कल्पना कम्प्युटरमार्फत प्राप्त गर्नसक्नु वायाँ हातको खेल थियो, तर मानवीय व्यवहार र भावनाको कल्पना र भविष्यवाणी गर्ने कुरामा भने अझै सफलता प्राप्त भइसकेको थिएन । उसको यो नयाँ कम्प्युटर प्रोग्रामिङ सफल हुन सकेमा भने यो अवस्था रहँदैनथ्यो । आजसम्म उसले यसलाई विज्ञान र यसमा पनि सूचना विज्ञानको सबैभन्दा ठूलो पराजय ठानेको थियो ।
तर आज टेलिभिजन पर्दामा अनायास देखेको त्यो दृश्यको आकर्षणले उसको सोचाइको धारा नै बदलिदियो । हिजोसम्म सबैभन्दा ठूलो पराजय ठानेको मनव मन र चाहना पढ्न नसकेको कमी अब उसलाई कमी लागेन, बरु यो पराजयभित्रै उसभित्रको मानिसको विजयको सुनिश्चित देख्यो उसले ! उसलाई लाग्यो– सबै कृुरामा विजय प्राप्त गसिकेको कम्प्युटर र रोबोटललाई यदि यी बाँकी कुरामा पनि मानवसदृस तुल्याइयो भने बाँकी नै के पो रहला र ? कहाँ बाँकी रहला मानिस र कम्प्युटर तथा रोबोटबीचको अन्तर ? अनि कहाँ रहन्छ मानिसको सर्वोच्चता ? मनभरि यस्तै यस्तै प्रश्नहरू मनसुनी वर्ष झैं वर्षीइरहे दिमागभरि !
उसको प्राविधिक मनलाई यो तर्क र पराजय स्वीकार्य नभए पनि उसभित्रको मानिसको भावनात्मक तह भने त्यही पराजयमा खुसी थियो ।
उसको मनभरि अन्तद्र्वन्द्वका ज्वारभाटा मडराइरहे । विगत १५०–२०० वर्षमा रोबोटिक्सले चमत्कारिक रूपमा विकास गरेको थियो । मानिसका सबै शारीरिक विशेषतायुक्त रोबोटपुस्ता कार्यरत थियो, अन्य गुण पनि थिए तिनमा । मानिससदृश रोबोटका एन्ड्रोइड पुस्ता क्रियाशील थिए आज । सुरुका रोबोटमा स्त्री पुरुषको भेद नभए पनि सेक्रेटरी, अफिस रिसेप्सनिस्ट, नर्सजस्ता सेवामा रोबोटको प्रयोगसँगै यो भेदको सुरुआत हुँदैगएको थियो । तर जति नै भए पनि मानवीय विशेष गुण र संवेगको विकास यिनमा अझै भएको थिएन । प्रेम, भावना, मन र अरुद्वारा निर्धारित कार्यक्रम बेगरको निर्णयक्षमताको भने नितान्त अभाव थियो यिनमा ! यिनै कुराको भिन्नताले मानिस आज पनि तीभन्दा अझै विशिष्ट थिए । तर अहिलेको उसको परियोजना वा कम्प्युटर प्रोग्राम सफल भएमा रोबोटका यी कमजोरी हटाउन सफल हुन्थ्यो ।
तर आज अवैध रूपमा भए पनि उसको कम्प्युटर पर्दामा देखिएको मानवीय सौदर्यको तये दृश्य देखेदेखि उसलाई लाग्न थाल्गो– हरबखत कम्प्युटर र तिनै यन्त्रमानव रोबोटसँग खेलिरहँदा के म पनि यिनैजस्ता मानवीय संवेगबाट बञ्चित भएको हूँ त ? यिनै मभित्र हराउँदै गएका मानवीय संवेग जगाइदिएको हो त उसको कम्प्युटरका पर्दामा अल्ट्राभ्वाइलेट किरणयुक्त क्यामराका आँखाले देखाएइदिएका छिमेकको स्नानघरभित्रको दृश्यकी सुन्दरी युवतीको मोहक सौन्दर्यले ? बाथरुमभित्र निस्फिक्री नुहाइरहेकी त्यो सुन्दरीको सुनौला केशराशिबाट मोती झैं खसिरहेका पानीका थोपा र भिजेको सुडोल स्वेत शरीरको मोहनी आकर्षण देखेदेखि नै कति गर्दापनि मुक्त हुन सकेको थिएन ऊ । लाग्थ्यो उसभित्र लुकेका रहेका विविधताप्रेमी मन, पहिचानको चाहना र प्रेम तथा सौन्दर्यबोधका साथै सबै खाले मानवीय संवेग फेरि एक पटक उठेर सतहमा आउँदैछन्, उसको यान्त्रिक जीवनमाथि विजयको झण्डा फहराउँदै छन् । लाग्यो, एकरूप–एकरस रोबोट जीवनबाट मुक्तिको उद्घोष गर्न जुर्मुराउँदैछ उसभित्र यन्त्रजस्तै बनिसकेको मानव !
विजय निवास, आरुबारी ।