Showing posts with label विज्ञानकथा. Show all posts
Showing posts with label विज्ञानकथा. Show all posts

Tuesday, December 29, 2015

मृत्युञ्जयी


(युवामञ्च पुस २०७२ मा प्रकाशित) विज्ञानकथा “एकछिन आँखा चिम्लिएर कल्पना गर्नुहोस्, मान्यवर– तपाइँको शहरमा एउटा ठुलो प्रयोगशाला छ । प्रयोगशालाको बाहिरै नियोनलाइटमा चम्किरहेको नामपट छ “मानव शरीर मर्मत केन्द्र ! यहाँ तपाइँको शरीर रिपेयर हुन्छ । आउनुहोस्, तपाइँले चाहेजति हजार वर्षसम्मको उमेर बढाउन सकिन्छ ।” के तपाइँ यस्तो कल्पना गर्न सक्नुहुन्छ ? पक्कै सक्नुहुन्न ! म पनि पहिले सक्दिनथेँ यस्तो कल्पना गर्न । सुन्नेले पागल भन्ला डरले पनि कति वर्ष त आफ्नो मनको कुरा बाहिर ल्याउनै सकिन मैले ।” विश्व प्रसिद्ध वैज्ञानिक विशालको सम्मानमा उसका गम्भीर वैज्ञानिक सिद्धान्त सुन्न जम्मा भएका हजारौं स्रोता अपेक्षाभन्दा बाहिर यस्तो उडन्ते कुरा सुनेर आपसमा हेराहेर गर्नथाले । के कुरा गर्छ यो ? यति ठुलो वैज्ञानिक भएर पनि यस्तो हावादारी कुरा गर्ने ? कहीँ यस्तो पनि सम्भव हुन्छ, मोटर–मोटरसाइकल मर्मत केन्द्रजस्तै मानव शरीर मर्मत केन्द्र रे ! एकजना पत्रकारले त मुखै फोरेर भन्यो– वैज्ञानिकहरू पागल हुन्छन् भन्थे, हो कि क्याहो ? विश्वविद्यालयको अनुसन्धान विभागस्थित विशाल हल टनाटन भरिएको थियो । हलको अग्लो प्रमुख भागको केन्द्रमा रहेको एउटा कुर्सी खाली थियो, भरिन बाँकी । दायाँ वायाँका कुर्सीमा एकातिर वल्र्ड जेनेटिक रिसर्च अर्गनाइजेसनका विशिष्ट वैज्ञानिक र अर्कोतिर नोबेल ट्रस्टका प्रतिनिधि ट्रस्टी आसिन देखिन्थे । तिनका छेउमा नेपालका विशिष्ट वैज्ञानिक । तल अगाडिको आसनमा सयौंको संख्यामा विज्ञान पत्रकार, फोटोग्राफर, टेलिभिजनका क्यामरा क्र्ु, जेनेटेक्सि साइन्सका अभ्यासरत प्राध्यापक र विद्यार्थीहरू बडो जिज्ञासुभएर कसैको व्यग्र प्रतीक्षामा थिए । एउटा अत्यन्त विशेष प्रकारको क्षण थियो त्यो । विशिष्ट त हुने नै भयो । प्रथम नोबेल पुरस्कार विजयी नेपालीको सम्मानको कार्यक्रम, त्यो पनि जेनेटिक विज्ञानजस्तो जटिल विषयमा ! सधैं वर्तमान विश्वमा सामरिक महत्व राख्ने आर्थिक र अन्य शक्तिराष्ट्रका र पूर्व औपनिवेशिक मुलुकका अर्थशास्त्री, वैज्ञानिक, साहित्यकारलाई प्रदान गरिँदै आएको नोबेल पुरस्कार इतिहासमैं पहिलोपल्ट नेपालजस्तो गैर औपनिवेशिक र विकासोन्मुख मुलुकका एकजना वैज्ञानिकले प्राप्तगरेका थिए । यही गौरवमय क्षणलाई सार्वजनिक गर्न आयोजित महान् अवसरको साक्ष्य थियो यो क्षण । नोबेल एकेडेमीले कहिलेकाहिँ आफूलाई उदार निष्पक्ष देखाउन यसरी गैरऔपनिवेशिक र पश्चिमी प्रभावक्षेत्र बारिहको सामरिक महत्वका कुनै कुनै देशका व्यक्तित्वलाई पुरस्कार दिने गथ्र्यो । यस्तो चयन गर्दा अर्थशास्त्र र साहित्यको क्षेत्रमा केही साम्यवादी मुलुकका पुँजीवाद र उपभोक्तावादी बजारसंस्कृतिका प्रवक्ता छनोटमा पर्थे, विज्ञान जस्तो विषयमा भने विशिष्ट शोधकर्ता वैज्ञानिकहरू नै पर्थे । जे होस्, दाताको चाहना केही मात्राका प्रभावी बने पनि हाम्रोमा देखिनेजस्तो संस्थापकहरू आफूलाई मालिक ठानेर हरुवाचरुवालाई अलिकति बक्सिस फालेजस्तो मनो विज्ञान चाहिँ देखिादैनथ्यो ती पुरस्कारमा । थोरै समयमको भए पनि व्यग्र प्रतीक्षापछि नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र ढाकाटोपीमा सजिएको शालिन र भव्य व्यक्तित्वको एकजना आकर्षक व्यक्तिले हलमा प्रवेश गरे । आयोजकहरूले अगुवाइ गर्दै त्यही बीचको खाली कुुर्सीमा ल्याएर विराजमान गराए त्यो व्यक्तित्वलाई । उनी आउनुसँगै खचाखच हलका सबैमानिस आआफ्नो ठाउँबाट उठेरै सम्मान प्रकटगरे । उनको स्वागतमा बजेको तालीको तुमूल ध्वनिले सिंगो हल गुञ्जायमान भयो । सबैको मुखबाट निस्किइरहको थियो– विशाल.....विशाल.....! ऊ थियो इतिहासको यो क्षणमा विश्वप्रसिद्ध नेपाली अर्थात् भर्खरै जेनेटिक साइन्समा अपूर्व आविष्कार गरेर नोबेल मेडिसियन पुरस्कारबाट पुरस्कृत वैज्ञानिक प्रोफेसर डाक्टर विशाल ! यतिबेला आफ्नो सफलतालाई सिंगो देशले राष्ट्रिय सफलता ठान्दै खुशी मानाइरहेका देखेर ऊ विगत सम्झँदै थियो । सानो छँदा बाजेको काखमा लुटपुटिँदै पुराण, दन्त्यकथा आदिका रोमाञ्च कथा सुनेर तिनैमध्येको एउटा पात्र ठान्ने गथ्र्यो ऊ आफूलाई । समय बित्दै गयो । किशोरबाट युवा र युवाबाट प्रौेढ वयको धेरै खुट्किला पार गर्दै गयो उसले । उमेरले जतिले नै परिपक्वता प्राप्त गरे पनि उसको मनबाट पुराण–दन्त्यकथामा सुनेका हजारौं वर्ष बाँच्ने तिनै कथाका पात्रहरूजस्तै दीर्घकालीन आयु प्राप्तिको मोह भने कहिल्यै मेटिएन । कति कुरा समयले बिर्साउँदै लग्यो । कतिकुरा प्राथमिकता भित्रै परेन, बिस्तारै विस्मृतिको गर्भमा छोपिँदै गए । कथामा सुनेको त्यो “त्यतिबेलाका मान्छे हजारौं वर्षसम्म बाँच्दथे” भन्ने कुराचाहिँ कहिल्यै मेटिएन उसको दिमागबाट । केही गरे पनि हराएन उसको मनको कुनाबाट त्यो रमाइलो सोच ! तर के यो सम्भव होला ? त्यही अव्यक्त पे्ररणाको कारणले नै हुनुपर्छ, सानैदेखि उसमा विज्ञानप्रति असाध्यै रुचि बढ्यो । विज्ञान विषयमै उच्च शिक्षा पनि हासिल गरेर डीएनको विषयमा विशेष उच्चस्तरीय शोधकार्य सम्पन्न ग¥यो । त्यही परिश्रमको फल थियो यो आजको सर्वोच्च सम्मान ! विशालको आगमनसँगै नोबेल ट्रष्ट, अन्तर्राष्ट्रिय शोधसंस्था र नेपालका शीर्ष वैज्ञानिकले विशाललाई पालैपालो बधाई दिए । सबैको भनाइको सार थियो, गरिब देश र बाबुआमाले रगत पसिना एक गरेर योग्य बनाएका सन्तानहरूमा यहाँ अवसर र सुविधापूर्ण वातावरण छैन भन्दै विदेश भासिएर रगत पोख्ने प्रवृत्ति बढिरहेको छ । यस्तो बेलापनि स्वदेशमैं सङ्घर्ष गरी आफ्नो लगशीलताका कारण यति ठुलो सफलता पाउन सफल भएकोमा विशाल सिङ्गो देशको गौरव बनेको छ । त्यति मात्रै होइन, सिंगो संसारकै लागि प्रेरणा बनेको छ ऊ ! अनि आफ्नो सङ्घर्ष, अनुभव र यहाँसम्म आइपुग्दाको सफलताको कथा सुनाउन विशाललाई बोलाइयो । विशालले अगाडिको कुरा जोड्दै भन्यो “मैले “मानव शरीर मर्मत केन्द्र” को कुरा गर्दा यहाँहरूलाई पनिलाग्यो होला, यो त बौलाए छ ! तर वैज्ञानिक समुदायलाई थाहा छ यस्तै बौलट्टी कल्पना नै विज्ञानको कसिमा घोटिएर सत्य हुनपुगेपछि विज्ञानको नाउँ पाउँछन् । अनि विज्ञानका प्राय सबै आविष्कार यस्तै रमाइला र बौलट्टी कल्पनाकै जगमा खडा भएका हुन् । त्यसैले मेरो आजको यो आविष्कार भोलि आम रूपमा प्रयोगमा आउन थाल्यो भने अहिले टोल टोलमा देखिने साइकल, मोटरसाइकल, र यस्तै अरु विद्युतीय उपकरण रिपेयर केन्द्रजस्तै मानव शरीर मर्मत केन्द्रहरू पनि खुल्दै जान असम्भव नहोला ! यसरी ठट्यौली पारामा सुरु ग¥यो उसले आफ्नो प्रवचन । ठट्यौली पारामा सुरु भएको उसको व्याख्यानले विगतका सङ्घर्षपूर्ण अनुभव र शोध प्रक्रियाका जटिल गाँठो फुकाउँदै जाँदा उसको कहिले भावुक कहिले गम्भीर बन्दाको क्षण सिङ्गो हल उसँगै भावुक र गम्भीर हुँदै जाँदै थियो । हल सानो पिन खस्दा समेत आवाज सुनिएला झैं लाग्थ्यो, शान्त, पूर्णशान्त ! विशाल बोल्दै गयो “सबैभन्दा पहिले त म मेरै प्राचिन सभ्यता र मेरा पुर्खाले दिएर गएका अनुकल्पनाप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु । आज कोरा गफ ठानिने हाम्रा पुराणकथाका कतिपय अनुकल्पनालाई हामीले कहिल्यै गम्भीर बनेर हेरेनौं । उल्टो विशाल ज्ञानको भाषा संस्कृतलाई नै मृत भाषा ठानेर उपेक्षा ग¥यौं । संस्कृत भाषामा रहेका असङ्ख्य ज्ञान आजको विज्ञान, चिकित्साशास्त्र र विज्ञानका अन्यशाखाको आधुनिक विकासमा प्रेरक बन्न सक्छन् भन्ने कुरालाई हामीले गम्भीरतापूर्वक लिएनौं । ममा भने सानैदेखि ती कथाले गरेका कल्पनालाई विज्ञानद्वारा प्रमाणित गर्ने हुटहुटी लाग्दै गयो । “वृद्धावस्था बाँच्नुको साइडइफेक्ट मात्रै त हो !” म साथीभाइसँग ठट्टा गर्दै भन्ने गर्थेँ । बिस्तारै लाग्दैगयो यदि साँच्चि नै वृद्धावस्था बाँच्नुको साइडइफेक्ट मात्रै हो भने यसको कारक असर अर्थात साइडइफेक्टलाई पनि त नियन्त्रण गर्न सकिन्छ होला । त्यसरी शरीरलाई वृद्ध बनाउने कारक असर वा साइडइफेक्टमाथि नियन्त्रण पाएर जीर्ण हुदै जाने जिनहरूको मर्मत वा साटफेर गर्न सकियो भने मान्छेको आयुमाथि कसो नियन्त्रण गर्न नसकिएला ? अनि यही दिशामा काम अघि बढाउँदै गएँ म । त्यो दिशा थियो मानिसको जीवनलाई वृद्धावस्था तर्फ लैजाने जैविक प्रक्रिया नियन्त्रण गरेर मानिसलाई सदा युवक र अजर अमर बनाउने दिशामा गहन प्रयोग । यो अनुकल्पनाको पुष्टि गर्न लामो शोधकार्यको आवश्यकता थियो, म गम्भीररुपले यसतर्फ लागेँ । मैले यससम्बन्धी अवधारणाको शोधलेख प्रकाशित गराएपछि संसारका ठुला ठुला वैज्ञानिकहरूले पनि मेरो कामप्रति रुचि देखाउँदै गए । आवश्यक वातावरण र सोतसाधन समेत बिस्तार जुट्दै गयो । कुरालाई निरन्तरता दिँदै विशालले आफ्नो कुरा राख्दै गयो – त्यत्तिकैमा मेरो आँखा आर्ब्रेडे ग्रेको अनुसन्धानमूलक लेखमा प¥यो । क्याम्त्र्रिज विश्वविद्यालयका ती वैज्ञानिक डाक्टर पनि वृद्ध हुँदै जाने मानिसको जैविक प्रक्रियामाथि लामै समयदेखि अनुसन्धान गरिरहेका थिए । उनको लेखमा दिएका निचोडले पनि मैले सानैदेखि गर्दै आएको अनुकल्पनाको संभावनालाई नै पुष्टि गथ्र्यो । त्यसैले त्यो अनुसन्धान लेख पढेपछि त मेरो विश्वासले झन दरिलो आधार पायो । म पुराण–दन्त्यकथाका सयौं वर्ष तन्नेरी भएर बाँच्ने श्रुतानुश्रुत अनुकल्पनालाई सत्यापनको कसीमा घोट्ने प्रयत्नमा कम्मर कसेर लागेँ । अघि अघि भएका शोधले हरेक आठ वर्षमा मानिसको मरणशीलता आठ प्रतिशतका दरले वृद्धि हुँदै गएपनि नेकेड मोल ¥याटए भनिने एकथरी छुचुन्द्रो, कछुवा, सिपी र शंखेकीराहरूको मरणशीलता भने मान्छेकै जस्तो उमेरको साथ त्यही अनुपातमा वृद्धि नहुने पुष्टि गरेका थिए । दुई जीव समूहबीचको यो भिन्नताको कारक जिन नियमन संजालले गर्दा नै सबैमा एउटै कुरा वा नियम लागु नहुने ती खोजहरूको निचोड थियो । यसले पनि मलाई आफ्नो शोधकार्य अघि बढाउन प्रेरितग¥यो । यसरी यससम्बन्धी हरेक पूर्वअध्ययन र खोजका परिणामबाट म अरु उत्साहित हुँदै गएँ । त्यही उत्साहले मलाई यो अनुकल्पना अघि बढाउने क्रममा पहिलो चरणको प्रयोगमा सफलता प्राप्त भयो । मैले मानिसको शरीरलाई बुढ्यौली तर्फ लैजाने कारक मानिएको जिनलाई टेस्ट्युवमा विकसित गर्ने काममा सफलता पाएँ । यो मेरो शोधकार्यलाई प्रमाणित गर्ने कष्टसाध्य यात्रामा सफलताको एउटा कोसेढुंगो थियो । अब बाँकी थियो त्यो जीनलाई प्रारम्भिक भ्रूणमा रूपान्तरण गरेर त्यसपूर्वको गर्भाधारण चरण ग्यामेट कोषिकाको अवस्थामा पु¥याउने प्रयोग । यो प्रयोग सफल हुनसक्दा मानिसको आयुलाई आफूले चाहे जति बढाउन सकिन्थ्यो । यहाँहरूलाई थाहा छ, ग्यामेट नामको कोषिका वा सेल एक आपसमा जोडिँदै गएर मानिस वा अरु जीवको निर्माण हुन्छ । ग्यामेट एउटा परिपक्व स्त्री वा पुरुष जीवकोष अर्थात जर्म सेल हो । यसमा सामान्य तथा ह्यापलोइड क्रोमोजोमको युगल जोडा रहेको हुन्छ । शरीर निर्माणको क्रममा आधा आधा संख्याका क्रोमोजोम मिलेर बनेको एउटै पूर्ण कोषिकाको जोडा अर्थात ह्यापलोइड क्रोमोजोमले यौनिक सन्तानोत्पत्ति, वीर्य र अण्डाको निर्माण गर्दछ भने अर्को दुईवटा पूर्णकोषिका मिलेको केषिका अर्थात् डिप्लोइड कोषिकाले शरीरका छाला, रगत र मांसपेशीको कोषिकाको निर्माण गर्दछ । डिप्लोइड कोषिका विपरित लिंगको ग्यामेटसँग एकाकार भएर अर्को नयाँ डिप्लोइड इन्डिभिजुयलको सिर्जन गर्नसक्छ । भ्रुण कोषिका वा स्टेम सम्बन्धी अनुसन्धानले पनि अनेकौं संभावना देखाएको थियो । यी सबै गम्भीर अध्यनले शरीरका कोषिकाहरू नष्ट हुँदै जाँदा शरीरमा क्रमश बुढ्यौलीका प्रक्रिया देखिँदै जाने कुराको सत्यापन गर्थे । यति प्रष्ट भएपछि शरीरभित्रका नष्ट हुँदै गएका ती कोािषकाको मर्मत गर्ने औषधिको विकास गर्नसकिन्थ्यो । अ‍ैषधिको सेवनबाट पनि मर्मत हुन नसक्ने गरी बिग्रिएका कोशिषकालाई गोलीजस्तै साना रोबोटको विकास गरेर मर्मत गर्ने वा टेस्टट्युवमा निर्मित कोषिकाबाट प्रतिस्थापन गर्ने उपाय गर्न सकिन्थ्यो । यसतर्फ मेरो ध्यानकेन्द्रित भयो, मलाई तिनको विकासमा सफलता प्राप्त भयो । यसको नतिजा तपाइँ सबैको सामु आइसकेको नै छ । “गजब.....अब मानिस अजम्मरी नै बन्छ त ?” एकजना पत्रकारको प्रश्न फुत्कियो । सम्भवतः उसको मात्र नभएर अधिकांश स्रोताको मनमा सलबलाएको साझा प्रश्न थियो योे । “होइन, अहिले नै त्यहाँसम्म नजानुहोस् ! यही चरणमा पुरै मृत्यञ्जयी बनाउन सकिन्न । यसका लागि अरु धेरै काम हुनु जरुरी छ । तर दुर्घटना, र हतिरयारको प्रयोगबाट भएको मृत्युलाई छाडेर बेला बेलामा नष्ट हुँदै गएका कोषिका नियमित मर्मत गर्ने हो भने अब अहिलेको भन्दा धेरै वर्ष आयुवृद्धि गर्न भने सकिन्छ !

Tuesday, February 17, 2015

महिला साम्राज्य–विजय चालिसे


(युवामन्च वर्ष २७ अङ्क ९, २०७१ फागुनमा प्रकाशित विज्ञानकथा)

 “म्याडम्, प्रतिनिधिमण्डल भेटका लागि आइसकेको छ ।” एक्काइसौं शताब्दीको उत्तरार्धतिरको कुनै दिन । हिमाली गणराज्यभित्रको एउटा नवस्थापित महिला संघीय गणराज्यकी राज्य प्रमुख सलिनालाई उनकी निजी सहयोगी जानकारी गराउँदै थिइन ।
उनलाई भने हिजोआज कुनै पनि काम गर्ने उत्साह नै छैन ।  पहिले आफैं लागेर पाएको यो आजको व्यवस्था अहिले उनी आफै अभिशाप ठान्न थालेकी थिइन । बाहिर देखाउन नभए पनि भित्र उनी पटक्कै सन्तुष्ट थिइनन् ।
हो त कति उत्साह थियो हिजो उनीहरूमा !
त्यस हिमाली गणतन्त्रमा भर्खरै महान् राजनीतिक परिवर्तन भएको थियो । एउटा पूर्ण सामन्ती राज्यव्यवस्थाबाट संघीय गणतन्त्रमा प्रवेश गरेको हिमाली राज्यले त्यसलाई राम्ररी व्यवस्थापन गर्न नसक्दा भने चारैतिर सामाजिक विश्रिङ्खलता फैलँदै थियो । सबै जात, जाति, भाषा भाषी र लिङ्ग समुदायका आ–आफ्ना महत्वाकाङ्क्षा चुलिएका थिए । त्यो महत्वाकाङ्क्षाको बल्दो आगोमा घिउ थप्ने हातहरू छिमेकदेखि गोलाद्र्धका सबै छेकुनाबाट जम्जमाइरहेका देखिन्थे । अनेकौं नाम र अनुहार देखा पर्ने तिनका हातको पैसाको बिटोमा नलटपटिने झिङ्गाहरू कमै थिए । नभए तिनकै वरिपरि भन्किरहेका हुन्थे जनता र देशको नाउँमा जिम्मेवारी भिरेका मुखुन्डाहरू । आफ्नो महत्वाकांक्षा पूरा हुने, कुस्त कमाउन पनि पाइने व्यापारमा यी अनेकौं सुकिला मुखुकुन्डोधारी अनुहारमध्ये कति त घरी घरी मुकुन्डो फेरेर कहिले कुन, कहिले कुृन अनुहारमा देखा पर्थे ।
यसरी आ–आफ्नै वर्गको प्रभुत्व कायम गर्ने सपना देख्न थालेको त्यो समयमा जन्मेर सफल बनेको थियो अर्को एउटा भूमिगत समूह ‘डब्लुइएम” । नारी समानता र स्वन्त्रताको घोषित लक्ष रहेको भनिए पनि राष्ट्रिय–अन्तराष्ट्रिय अवसर र सुविधाप्राप्त अनुहारहरूको त्यो समूह महिला जनसङ्ख्यामा अत्यधिक वृद्धि गरी जताततै नारी प्रभुत्व रहने समाजको निर्माण गर्ने भित्री लक्ष राखेर जन्मिएको थियो । यसैका लागि तिनले गोप्य योजन परिचालन गरेर चलाएका संगठन थियो यो ‘मिसन डब्लुइएम’ ! पुरुष विहीन महिला साम्राज्य मिसनको  अन्तिम सपना थियो । त्यो अन्तिम सपना त पूरा हुन्छ हुँदैन अझै भन्न सकिँदैनथ्यो, यसको एउटा सानो प्रयोगमा भने भर्खरै सफलता मिलेको थियो । नयाँ गणतन्त्रहरूलाई अस्थिर बनाएर आफ्नो राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय विभिन्न खाले सामरिक तथा आर्थिक बजार बिस्तारको स्वार्थ पूरा गर्न चाहने सबै खाले शक्तिको सहयोगमा सफल बनेको ययो योजना अनुरुप नै हिमाली गणतन्त्रको नयाँ संविधानमा एउटा संघलाई लिङ्गमा आधारित “महिला संघीय राज्य” बनाइएको थियो । सलिना त्यही महिला संघीय राज्यको प्रमुख थिइन । महिला संघीय राज्यको सरकारप्रमुख !
सुरुमा “सबैराज्य संयन्त्रमा महिला नेतृत्वको सिद्धान्त” भनेर संविधान निर्माण गरिँदा संघको संरचरना गरिएको थियो । त्यसैले संघीय राज्य प्रमुखका रूपमा चुनिुसँगै सलिनाको योजना यस राज्यलाई राज्यव्यवस्थादेखि सबै प्रशासनिक तथा योजनाका क्षेत्रमा महिलाको विकास गराएर अरु सबै संघ भन्दा अब्बल तुल्याउनु । संघीय गणतन्त्रको निर्माण हुनु पूर्व पनि पुरानो राज्यव्यवस्थाले केही ठाउन्मा पूर्ण नारीको सञ्चालन संयन्त्र चलाएर रामै्र प्रयोग गरेको थियो । बैंकजस्ता केही क्षेत्रमा भएका ती प्रयोगमा सद्भावपूर्ण पसरुष सहयोग र हातेमालो रहने गथ्र्यो । उनको मानसमा यो संघीय गणराज्यलाई पनि त्यसरी नै चलाउने परिकल्पना गरेकी थिइन । तर नेतृत्व महिलाको भए पनि पुरुषसँगको सद्भावपूर्ण सहयोग र सम्बन्ध साथसाथै विकसित गर्दै जाने उनको लक्ष बिस्तारै पाखा पर्दै गयो । केन्द्र र अरु संसारका आँखामा उनी संघको प्रमुख भए पनि यथार्थमा राणाकालीन शाह राजाजस्तै ‘मिसन डब्लुइएम’ को अनुमति बेगर उनी सास फेर्न पनि पाउन्नथिन् ।  यथार्थमा वास्तविक शासनसत्ताको लगाम तिनै शक्तिहरूको सहयोगमा ‘मिसन डब्लुइएम’ को हातमा थियो ।
संघ बिस्तारै केही महिलाका लागि महिलाद्वारा महिलाहितमा भनी महिबाटै शासित–सञ्चालित संघीय शासन व्यवस्थामा परिणत हुँदै गयो । जहाँ पुरुषका लागि हरेक कुरामा निषेधका तगाराहरू तेस्र्याइन्थे । ‘मिसन डब्लुइएम’ को अन्तर्निहित उद्देश्य उहिलेकै मधेस आन्दोलनको मोडेल चलाउने थियो । अर्थात हिजो जसरी पहाडी जनसंङ्ख्यालाई सबैतिर दपेटेर मधेस छोडेर जान बाध्य तुल्याइएको थियो । आज त्यसरी नै नयाँ महिला संघीय राज्यले पुरुषलाई संघभित्र बस्न नसक्ने परिस्थिति सिर्जना गर्दै गयो । फलतः महिला संघीयराज्य क्रमशः पुरुषविहीन बन्ने प्रक्रियामा प्रवेश गर्न पुगेको थियो । पुरुष मात्र नभएर उनीहसँग असहमत महिलाले समेत संभीय राज्य छाड्दै जान थालेपछि समस्या देखिन थाल्यो ।  “वास्तवमा हाम्रो उेश्य यही नै त थिएन, पुरुषविहीन राज्य संरचना गर्ने ! करिब करिब जनशून्य बन्नि पुगेको यथार्थ थाहा छ तपाइँहरूलाई हाम्रो संघीय राज्य ? यस अवस्थामा भन्नो् त कसरी चलाउने संघको शासन व्यवस्था ? यसरी कसरी चल्छ हाम्रो अर्थव्यवस्था ? यसबाट आउने जटिल र गंभी समस्या बारे सोच्नुभएको छ तपाइँहरूले ?” सल्लाहकार मण्डल अर्थात ‘मिसन डब्लुइएम’ सहितको संयुक्त राज्यपरिषद्मा सलिना कडै रूपमा प्रस्तुत भइन् । उनीभित्र क्रमश विकास भइरहेको आफ्नै कथित नेतृत्वको संघीय संरचनाप्रतिको असन्तुष्टी अप्रत्यक्ष रुपमा त्यसरी प्रकट भएको थियो ।
“चिन्त नलिनोस् महामहिम, हामीले सञ्चालन गरेको हाम्रो पुरुष जन्मनियन्त्रण गर्ने “जैविक स्पर्म नियन्त्रण परियोजना का साथै “आदेश पालक पुरुष जनसंख्या विकास सम्बन्धी प्रयोग” सफल भइसकेका छन् । अब केहीदिन मैं प्रसूति स्याहार केन्द्रमार्फत यसलाई कार्यान्वयनमा लगिने छ । त्यसपछि यो नया पुस्ताको जायजन्म हुन थाल्ने छ । त्यस्तै “आदेश पालक पुरुष जनसंख्या विकास सम्बन्धी प्रयोग” बात उत्पादिक पुरुष जनसंख्या हाम्रो महिला साम्राज्यको लागि हानिकारक हुनेछैन, यो उत्पादन झन्डै झन्डै विकसित यन्त्रमानव जस्तै हुनेछन् । त्यसपछि महामहिमले प्रकट गर्नुभएका यी सबै चिन्ता रहने छैनन् ।” ‘मिसन डब्लुइएम’ प्रतिनिध समूहका नेता जोन नेपालीले आश्वस्त पार्न खोजे ।
 “तर....तर....कसरी संभव छ यो प्राकृतिक सिद्धान्त र सन्तुलन विपरित कुरा ?”  उनले झिनो शङ्का प्रकट गरिन् । नारी स्वतन्त्रताका नाउँमा सुरुदेखि नै चलेको उनीहरूको आन्दोलनमा गोप्य रुपले सघाइरहेको समूह “डब्लुइएम” का नेताको भनाइमाथि अविश्वास गर्नु उनका लागि पनि हितकर थिएन । यो कुरा सलिनालाई रामै्र थाहा थियो । त्यसैले पनि उनले खुलेरै अविश्वास प्रकट पनि गर्न सकिनन् ।
“संभव छ मात्र होइन महामहिम....संभव भइसकेको छ । यही प्रमाणित गराउन हामी अहिले नै नयाँ आदेशपालक पुरुष उत्पादन देखाउँदै छौं ! यो देखेपछि महामहिम आश्वस्त बन्नसक्नुहुनेछ ।.....मिस्टर, जेफ.....!” जोनको इशारामा ‘मिसन डब्लुइएम’ अर्का सदस्य अघि सरेका थए ।
“एस महामहिम, व्याख्या सहित नयाँ प्रयोग प्रस्तुत गर्ने अनुमति चाहन्छु !” समूहमा यी प्रयोगको जिम्मेवारी समालिरहेको अर्को सदस्य मिस्टर जेफले शिर झुकाएजसरी सम्मान प्रकट गर्दै प्रयोग प्रदर्शनको अनुमति माग्यो ।
“ठीक छ, शुरु गर्नोस् !” सलिनाले अनुमति दिइन ।
“हामीले पाएको पहिलो सफलता हो प्रजनन प्रक्रियाअन्तर्गत नै महिला शिशुभ्रूणको विकास गरेर पुरुष जनसङ्ख्यामाथि योजनाबद्ध नियन्त्रण ! वाइ क्रोमोजोम स्तानपायी जीवमा पाइने दुईमध्ये एउटा शुक्रकीट हो । अर्को शुक्रकीटलाई वाइ क्रोमोजोम भनिन्छ । एक्ससँग मिलेर वा एकलै पनि वाइले गर्भमा लिंगको निर्धारण गर्दछ । यही वाइ शुक्रकीटमा मानिसमा पुरुष वा नारी लिंगको विकास गराउने एसआरवाइ जिनको अस्तित्व हुन्छ  । मानिसको वाइ शुक्रकीट डिएनए झन्डै छ करोड आधारभूत जोडी शुक्रकीट मिलेर बन्ने भए पनि वाइ शुक्रकीट बाबुबाट मात्र भावी सन्तानमा हस्तान्तरण हुने गर्छ ।
यसरी डी.एन.ए. परिवेष्ठित प्रोटिन वा लिङ्ग–निर्धारण क्षेत्र वाइ (एसवाइआर) जिन प्रमुख रूपमा मानिस लगायतका स्तनधारी जीवहरूमा पुरुष लिंग र स्त्री लिंगको विकासका लागि महत्वपूर्ण कारक हुने विगत खोजीको आधारमा हामीले अनुसन्धानलाई अगि बढायौं । यसलाई लिङ्ग निर्धारण तत्व (टेस्टिज–डिटरमिनिङ फ्याक्टर ) अर्थात टिडिएफ प्रोटिन पनि भनिन्छ । यही एसवाइआर जिनले पुरुष लिङ्ग विकास गरेर मानिसमा पुरुष भ्रूणको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने पुरुष वीर्यको एसवाइआर जिनको उत्पादनमा नियन्त्रण गरी वाइ एक्सको साटो दुवै एक्स एक्स तत्वको विकास गर्न हामी सफल भयौं । यसरी लिङ्गविहिन प्रारम्भिक भ्रूणमा एसआरवाइको परिमाण नियन्त्रण गरेर पुरुष लिङ्गको विकास रोक्न पाइएकमो परिणम नै हो यो हाम्रोसफलता । यसरी सामान्य वाइ क्रोमोजोम र एकभन्दा बढी सङ्ख्याका एक्स क्रोमोजोमको सम्मिलन हुनबाट रोकेर अब पुरुष भ्रूणको विकास हुने प्रक्रिया नियन्त्रण गर्दै दुवै एक्सको सम्मिलन गराएर भ्रूणमैं स्त्री लिङ्गको मात्र विकास गर्न सम्भव भएको छ । यो काम लागि शुक्रकीट बैंकको प्रयोग गर्नसकिन्छ । बैंकबाट शुक्रकीट ग्रहण गरेर क्रित्रिम गर्भाधान प्रक्रियाद्वारा सबै गर्भिण महिला हेरचाह केन्द्र तथा प्रसूतीगृहहरूमा गर्भ बोक्ने आमाहरूलाई पत्तै नदिई गर्न सकिन्छ । यसमा गर्भधारणका लागि स्त्रीपुरुषबीचको यौनसम्बन्धको समेत आवयकता पदैंन । यसरी हामी हाम्रो यो महान् नारी साम्राज्यलाई पुरुषअस्तित्वविहीन बनाउन सक्छौं । महामहिम, यो भयो पहिलो प्रयोग !” मिस्टर एफ लामो व्याख्यापछि निकै बेर मौन रहेर महामहिम र सभामा उपस्थित सबैको अनुहार पालैपालो नियाल्न थाल्यो ।
कति खतरनाक रहेछ यो एसवाइआर जिन र डिडिएफ प्रोटिनको विकास–नियन्त्रण प्रणालीको प्रयोगमा प्राप्त सफलता । अर्थात् चाहेको गुणसूत्रको मात्र विकास गराएर भूणको लिङ्ग निर्धारण नियन्त्र गर्ने प्रकृति बिरोधी आविष्कार ! हो, सही अर्थमा आमाको इच्छा अनुसार चाहेको छोरावा छोरी जन्माउनका लागि प्रयोग गर्ने हो भने यो मानवसभ्यतामा ठूलै उपहार हुन्थ्यो । ह्रासोन्मुख नारी जन्मदरमा वृद्धि ल्याएर नारी जनसंख्यामा आएको कमी देखिएका केही हिमाली भेगका समस्या हटाउन पनि उपयोगी हुनसक्थ्यो यो । तर यहाँ ‘मिसन डब्लुइएम’ को उद्देश्य यो थिएन । यो प्रयोग हँुदै थियो पुरुषविहीन राज्यको परिकल्पना पूरागर्न । यो परिकल्पना आफैंमा डरलाग्दो प्रयोग थियो । सुन्दैमा भित्र भित्रै काँप्दैथिइन् सलिना । ओहो....कति भयङ्कर ! तर खुलेर बिरोध पनि त गर्न सकिन्न ।
“अनि दोसो ? दोस्रो प्रयोग पनि देखाउनुहोस त मिस्टर एफ ।” जोनले तिनै वैज्ञानिक परियोजना प्रमुखलाई निर्देशन दियो ।
“हुन्छ श्रीमान् ! मिस्टर ह्यारी.....श्यामलाई भित्र ल्याऊ त ।” “डब्लुइएम” का नेता जोनको निर्देशन भुइँमा खस्न नपाउँदै मिस्टर एफले आफ्ना सहयोगीलाई आदेश दिए ।
 उनको आदेशसँगै कोठाबाट बाहिरिएको सहयोगी क्षणभरमैं अर्को एकजना पुरुष अनुहारलाई लिएर कोठामा पसे । ती दुवै कोठाको एक कुनामा बडो अदवका साथ उभिएका थिए ।
“हामी केही प्रयोग प्रस्तुत गर्दै छौं महामहिम ! यो नारी आज्ञापालक जिन प्रत्यारोपण गरेर तयार गरिएको पुरुष हो । यसले आफ्नो विवेकको प्रयोग बिना नै सबै खाले नारी आज्ञाको पालना गर्छ । किन, कसरीभन्ने जस्तो कुनै तर्क पनि गर्दैन, महामहिम ! यो हर नारीको आदेश आनाकानी नै नगरी इमान्दार भृत्यलेजस्तै सम्पन्न गर्छ् । हामीलेय यस्ता आज्ञापालकपुरुषको जमात नै तयर गरेका छौं महामहिम !” मिस्टर एफले सङ्क्षिप्तमा बुझाउन खोजे ।
“यसले मैले भनेजस्तो काम गर्छ त ?” सहभागी एकजना नेतृको प्रश्न थियो । उनी एक नास मूर्ति झैं सतर्क उभिएको त्यो नवप्रवेशीलाई नै हेरिरहेकी थिइन ।
मूर्तिजस्तै उभिएको त्यो मानवमा संवेदनाका कुनै लक्षण देखिँदैनथ्यो । तर पनि तिनको हिसी परेका अनुहारले ती नेतृलाई चुम्बकले झैं आकर्षित गरेको थियो । लामो समयदेखि पुरुष सम्पर्क र संंसर्ग दुवैबाट आफ्नै कारणले वञ्चित थिए यी महिला नेतृहरू । उनीहरू गोप्य रूपमा कुनै पुरुषसँग सम्बन्ध राख्न पनि सक्दैन थे । कतै त्यो कुरा खुस्कियो भने ? यत्रो नेतृत्व, यत्रो दबदबा सबै माटोमा मिल्थ्यो । तर उनी मात्र होइन सबै नै विद्युतीय पुरुष यौन साथी अर्थात् खेनौनाले यान्त्रिक रूपमा दिने क्रित्रिम यौन आनन्दबाट वाक्क भइ सकेका थिए । हेर्दा मानिस नै जस्तो भए पनि आखिर खेलौना यौन पुरुष खेलौना नै त थियो । पुतलीसँगको खेलजस्तै, सहवासको कुनै अनुभूति नै नहुने ! तर उनी पनि  मनभित्रको अतृप्ति बाहिर ल्याउन सक्दिनथिन् । त्यसले मनमनै सोच्दै थिइन– यस्तो पुरुष पक्कै महिला साम्राज्यका लक्षमा अवरोध बन्दैन । यसैले आज्ञापालक जिनप्रत्यारोपित पुरुषसँग सँगै बस्न र यौनसम्पर्क राख्न सकिने खालको कानुन ल्याउन संभव हुने छ ।
“ल उता म्याडमको काखको लकीको ओठ चाटेर माया गर त, गर्छौं ?” झटपट् मनमा जे सुझ्यो त्यही आदेश दिइन अर्की नेतृले । उनी वैज्ञानिक समूहका ती व्याख्याताको भनाइको पुष्टी गर्न चाहन्थिन । त्यसैले उनले केही पर बसेकी अर्की सहनेतृको काखमा मडार्रिइरहेको चङ्खे डाँगा देखाउँदै जिनप्रत्यारोपित पुरुषलाई आदेश दिइन् । सके उनले केही क्षण अगि अनुभव गरेको चुम्बकीय पुरुष आकर्षणको सम्मोहित स्थितिकै मनोवैज्ञानिक असर थियो उनलेदिएकोयो आदेश । नभए ...! हुनपनि त्यतिबेला लगगभ नै सबै महिला सदस्यहरू यस्तै मनस्थितिबाट गुज्रिरहेझैं देखिन्थे । “सक्छु, म्याडम । हर आदेशको पालना गर्न तत्परछु म !” त्यति भन्दै ऊ अदबसाथ कुकुर काखमा खेलाएर मानसिक आनन्द प्राप्त गरिरहेकी महिला नेतृसमक्ष पुग्यो । उसले पुनः अबदसाथ ती महिलाको अभिवादन ग–यो । अनि होसियारीपूर्वक डाँगोलाई उनको काखबाट उठायो । ऊ त्यसरी उठाउँदा पनि ती नेतृको शरीरमा कतै स्पर्श हुन नपाओस भनेर निकै सतर्क रहेको देखिन्थ्यो । उसले देखाएको त्यो सतर्कताबाट प्रभावित नहुने कोही भएन । त्यसपछि उसले आफ्नो मुख डाँगाको मुखतर्फ लग्यो । अचम्म, डाँगोले पनि उसको मुख चाट्यो । आफ्नो ओठ पनि मजैले ओठ दियोडाँगाले । लाग्थ्यो यस कार्यमा अभ्यस्त छ त्यो । यो सबै देखेपछि सबैजना आश्वस्त नहुनेकुरैथिएन । अधिकांश महिला सदस्यको  मनमा एउटै कुरा खेल्दैथियो थियो – अब भने यस्ता पुरुषबाट बिना कुनै खतरा सबै खालका वाञ्छित चाहनापूर्ति गर्नसकिन्छ !
यो सबैले सलिनाको मनमा भने ठूलो हलचल मच्चिएको । उनी बल्ल बुझ्दै थिइन् त्यो त्यतिबेलाको आफ्नो क्षणिक उन्दमाद । युगौंदेखि चलेको एउटा प्रकृतिको स्वभाविक प्रणालीका विरूद्ध गएर महिला प्रधान समाज निर्माणको चाहना नारी अस्मिताका लागिभन्दा पनि कच्चा विद्रोह मात्र रहेछ भन्ने यतिबेला बोध हुँदै थियो । ओफ....कति उक्ताहट लाग्दो एकरसतापूर्ण छ यो महिला साम्राज्यका समाज, परिवेश ! जता हे¥यो नारी अनुहार, नारी चकचकी । शासनदेखि प्रशासनसम्म सबै क्षेत्र महिलाद्वारा सञ्चालित ! तर के गर्नु मनको बह, कसैलाई नकह भनेजस्तै आफैं सङ्घर्ष गरेर ल्याएको व्यवस्था र आफैं प्रमुखरहेको संघीय राज्यको कारण पनि उनी खुलेर त्यो गल्ती स्वीकार्न समेतनसक्ने अवस्थामा थिइन । । तर उनी आफू भित्र भित्रै भने आफंँसगँ पूर्ण पराजित बनिसकेकी थिइन । “होइन.....आज कसैसँग पनि भेट्ने इच्छा छै्रन । अलिल बिसंचो पनि छ । त्यसैले अर्को दिनको समय मिलाएर फर्काइदेऊ !” त्यही मनस्थितिमा प्रतिनिधिमण्डललाई फर्काइदिन आदेश दिखइन् सलिनालले !
२०७१ माघ ७विजयनिवास,आरुबारी

Saturday, February 15, 2014

मुखौटोभित्र÷ मुखौटोबाहिर – विजय चालिसे

(युवामञ्च मासिक फागुन २०७० मा प्रकाशित विज्ञानकथा)

    आज धेरै दिनपछि गहिरो निद्रा निदायो विशाल !   
यता धेरैदिनदेखि थकित थकित देखिन्थ्यो ऊ । ऊ मनमा एउटा ठूलो बोझ बोकेर बाँचेको थियो । घरी घरी मन घोच्दथ्यो अपराधबोधले । आफैं भित्र पीडा लुकाएर निश्वासमा मनभित्रको त्यो चिन्ता पनि अफाल्ने असफल प्रयास गर्दए आयो ।
कसलाई सुनाउने मनको यो कुरा ? यो अति गोप्य जानकारी उसबाट बाहिर गएको भन्ने थाहा भयो भने कुनै हालतमा बच्न सक्दैनथ्यो । आप्mनो मात्रै नभएर यो परियोजनामा अनुबन्धित भएपछि सँगै यतै बस्दै आएको उसको परिवारले समेत त्यो कहर खप्नु पथ्र्यो । आफ्ना बाआमा, श्रीमती र साना छोराछोरीमा पर्न सक्ने त्यो सम्भावित विपत्तिको कल्पना समेत गर्न सक्दैनथ्यो विशाल । त्यत्तिकै भावनामा बग्न पनि सक्तैनथ्यो ऊ । त्यसैले के गर्ने भन्ने निर्णय लिन नसकेर ऊ चुपचाप सहँदै आएको थियो मनभित्रको असह्य पीडा र छट्पटी । तर कति....? कहिलेसम्म ? अन्तरात्मामा उठ्ने प्रश्नले हरक्षण चिमोटिरहन्थ्यो – सीमित पारिवारिक समस्या ठूलो कि, वृहत्तर माननवतामाथि हुनसक्ने संभावित अपराध रोक्ने प्रयासमा आइपर्ने विपत्ति ? कुनै तयारी उत्तर थिएन उसँग । यति संवेदनशील प्रश्नको तयारी चाउचाउजस्तो बनिबनाउ उत्तर हुनु संभव पनि थिएन !   
    “होइन के भएको छ, तपाइँलाई हिजोआज ? न राम्ररी खानुहुन्छ, न खुलेरै हाँस्नु हुन्छ ?” जतिसुकै लुकाउने प्रयत्न गरेपनि उसकी श्रीमतीको आँखाबाट भने त्यो अवस्था लुक्न सकेको थिएन ।  यथार्थ जानकारी नभए पनि उसको यो मानसिक अन्तद्र्वन्द्वसँग नीलम अनभिज्ञ थिइन् । के जवाफ दिने ? सत्य बताएर बेकार किन मानसिक तनावमा पार्नु नीलमलाई । त्यसमाथि उसलाई  त्यो गोप्य कुरा बताएको भनक मात्रै पाए भने पनि विपत्ति ओइरिन सक्थ्यो ।
    “केही होइन....अफिसको कामले शरीर थाकेको मात्रै हो ! तातो कफी ख्वाउ एक कप, ठीक हुन्छ ।” त्यसैले ऊ सामान्य जवाफ दिएर सन्तुष्ट तुल्याउन खोज्दथ्यो श्रीमतीलाई । श्रीमतीले माया घोलेर दिएकी बाफिलो तातो चियाले पनि उसको मनभित्रको छट्पटी भने कम पार्न सक्दैनथ्यो ।
विश्वविद्यालयमा भौतिकशास्त्रको प्राध्यापन गर्ने प्रसिद्ध प्राध्यापक बाबुको आदर्श सानैदेखि पछ्याउने अवसर पाएको थियो विशालले । उसभित्र पनि सानैदेखि वैज्ञानिक बनेर मानवताको पक्षमा ठूला ठूला खोजीगर्ने सपना हुर्कँदै जानु स्वाभाविक थियो । त्यसैले विदेशी राम्रो विश्वविद्यालयबाट विज्ञान विषयम उच्च अध्ययन र अनुसन्धान सकेर स्वदेश फर्की सेवा गर्ने सपना बोकेर बितेको थियो उसको किशोर वय । त्यसमाथि उसले पढेका माध्यमिक, उच्चमाध्यमिक विद्यालयहरूको मुख्य खेती नै किशोर तथा युवाहरूको कलिलो विदेशमोहको सम्मोहन फैलाउनु थियो ।
उसको देशका युवाहरू अलि अलि पढलेख गर्न जानेपछि नै विदेश्शिने सपना देख्ने थाल्दथे । त्यो सपनाका सौदागरका रूपमा मुलुकभर शिक्षाका नाउँमा व्यापार गर्ने असङ्ख्य शैक्षिक संस्थाहरूको बिगविगी थियो । विशाल पनि त्यो सम्मोहनमा पर्नु अस्वाभाविक थिएन । त्यसैले माध्यमिक शिक्षा पूरा गरेपछि ऊ पनि विदेशी विश्वविद्यालयमा अध्यनको  अवसर खोज्दा खोज्दै विश्वकै महान् भनिने यो मुलुकमा पुगेको थियो !
बाबुको सपना र विदेशमा विज्ञानको उच्च अध्ययनको लक्ष लिएर यहाँ पसेपछि पनि उसले अरुकोजस्तो आफ्नो लक्ष र आदर्श बिर्सेको थिएन । त्यसैले पढ्न भनी विदेश पुगे पनि पहिले केही कमाउने अनि आरामले पढ्ने साथीहरूको सल्लाहलाई मानेन । अनेकौं कष्ट सहेर पनि विशिष्ट श्रेणीमा अध्ययन पूरा ग¥यो । उसले गरेको विषाणुयुक्त जीवाणुशास्त्रको विशिष्ट अध्ययन उसको देशका लागि पनि अति आवश्यक थियो । त्यहाँ विद्यमान् स्वाथ्यचेतनाको अभावबाट जताततै फैलने लामखुट्टे र यस्तै अरु कीटाणुबाट सङ्क्रमण हुने विषाणुयुक्त जीवाणु नियन्त्रण गर्ने भ्याक्सिनको आविष्कार गरेर लाखौं जनताको जीवन बचाउन सकिन्थ्यो ।
“चौटा खान खोज्दा झोलमा डुबेजस्तो पो भयो !” अहिले भोग्नु गरेको अप्रिय यथार्थ सम्झेर उसलाई यस्तै लाग्छ । अरु कति अनुसन्धान संस्थाहरूले बोलाउँदा नगएर सबैभन्दा राम्रो र गौरवशाली भनेर छानेको प्रतिष्ठान र आदर्श मानेका वैज्ञानिकहरूको भित्री रूप यति विभत्स होला, उसले सोचेको पनि थिएन । यो यथार्थसँग परिचित नहुन्जेल तीन तीनजना नोबेल पुरस्कार विजयी वैज्ञानिकको मातहतमा रहेर राज्यबाटै सञ्चालित विशिष्ट प्रयोगशालामा अनुसन्धान गर्न पाउनुको आकर्षण अत्यन्त बलियो थियो । अघिपछि एक झल्को पाउन समेत मुस्किल पर्ने ती विश्वविख्यात वैज्ञानिकको निर्देशनमा रहेर शोध गर्न पाउनु कम गौरवको कुरा थिएन । त्यसैले यस्तो सुनौलो अवसर प्राप्त भएकोमा कम्ता रोमाञ्चित थिएन ऊ सुरु सुरुमा !
केही समय निकै उल्लासपूर्वक कार्यरत रह्यो ऊ यस परियोजनाको काममा । त्यो रोमाञ्च भने धेरै समय रहन पाएन । उसलाई केही दिनमैं प्रयोगशालाको वातावरण साहै्र रहस्यपूर्ण लाग्न थालेको थियो । ज्यानमारा कैदी भरिएको जेलकोजस्तै थियो प्रयोगशाला वरिपरि र भित्रको सुरक्षा व्यवस्था ।
उनीहरूले भनेजस्तै भर्खरै जसो क्यारेविया टापुतिर फेला परेको डेंगुभन्दा पनि खतरनाक सिकउनघुन्या नामको जीवाणु भाइरसको प्रतिरोधी भ्याक्सिन पत्ता लाउनु मात्रै परियोजनाको उद्देश्य हो भने यति कडा गोप्यता किन ? मानवताको पक्षमा खोज अनुसन्धान गर्ने काममा यति सतर्कता जरुरी पर्ला र ?” उसको मनमा उठ्ने प्रश्नका रेलाले मथिङ्गल खलबलिन्थ्यो ।
कीटाणु वा व्याक्टेरियाभन्दा धेरै साना सूक्ष्मजीव अर्थात् भाइरस जीवाणुभित्र पैदायसी गुण संवाहन गर्ने वंशानुगत गुणसूत्र जीवित वा निर्जीव कुनै अवस्थामा विद्यमान् रहने गर्छ । विशाललाई थाहा छ, यस्ता जीवाणु वा विषाणुको प्रकृति पुर्नउत्पादनका लागि ग्रहण गर्ने जीवकोष वा होस्ट सेलमा निर्भर रहन्छ । ग्रहण गर्ने कोषिका बाहिर पाइने यस्ता जीवाणु तत्व प्रोटिन पत्रमा र कुनैबेला जालो वा झिल्लीभित्र टाँसिएर रहन्छ । कोषिका बाहिर यस रुपमा रहँदा जीवतत्वमा परिणहुने प्रक्रियागत हिसाबले निश्चेष्ट रहन्छ । आफूलाई ग्रहण गर्ने कोषको सम्पर्कमा आएपछि भने त्यो जीवाणुले त्यस आतिथेय कोषको काममा आफ्नो पैदायसी गुणतत्व छाडेर त्यसको कार्यमाथि नियन्त्रण गर्न थाल्दछ । यसरी सङ्क्रमित कोषले त्यो कोषको स्वभाविक तत्वभन्दा धेरै मात्रामा विषाणुजन्य प्रोटिन र पैदायसी गुणतत्व छाड्दै जान्छ ।  
क्यारेविया टापुतिर फेला परेको सिकउनघुन्या नामको जीवाणु भाइरस डेंगु फैलाउने लामखुट्टे बाटै सरेको भन्ने जानकारी प्राप्त थियो । अफ्रिकाका दक्षिणपूर्व तान्जानिया र उत्तरी मोजाम्बिकतिर बोलिने माकोन्दे भाषाबाट आएको सिकउनघुन्या शब्दको अर्थ हुन्थ्यो– कुप्रे । नभन्दै यो भाइरसको सङ्क्रमणमा आएपछि शरीरका सबै जोर्नी जोर्नी सङ्कुचित हुँदै जाँदा असह्य पीडाका साथै सोझो उभिननसक्ने भएर रोगी कुप्रिँदै जान्थ्यो । यसरी असमयमैं मानिसले आफना सबै शक्ति र ऊर्जा गुमाउँदैजान्थ्यो– जीवित लास बनेर बाँच्न विवश !                                       
“ओहो, यतिसम्म क्रूर बन्न सक्छ मान्छे !” बिस्तार बिस्तारै प्रयोगशालाको सुरक्षा रहस्य र परियोजनाको वास्तविक खोजीको भित्री तात्पर्य बारे थाहा पाएपछि आश्चर्यचकित बनेको थियो ऊ । सर्वाधिक शक्तिसाली बन्ने होडमा आजको कुनै पनि सत्ता यतिसम्म तल गिर्दै विज्ञानको यस्तो दुरुपयोग गर्दै मानवताको कुभलो गर्नसक्छ भन्ने कुृरा अरुले कसैले सुनाएको भए पनि हतपत्ति विश्वास हुँदैनथ्यो होला । त्यसमाथि मानवताको भलाइमा लाग्नु पर्ने वैज्ञानिक स्वयम् खुसी खुसी यस्ता काममा सहयोगी बन्न सक्तछन् भन्ने कुरा पत्याउनु त्यत्तिकै कठिन थियो । तर खण्डखण्डमा उसले बुझेको सत्य र अनुसन्धानमा नेतृत्व गरिरहेका जिम्मेवार विशेषज्ञहरूको मुखबाटै गोप्य रुपमा सुनेका कुराले त्यसलाई असत्य मान्ने कुनै ठाउँ बाँकी थिएन । ती सबैबाट प्रष्ट थियो यो परियोजना बाहिर भनिएजस्तै सिकउनघुन्या प्रतिरोधी भ्याक्सिनको खोजी गर्ने मानवताको पक्षमा गरिन लागेको अनुसन्धान थिएन । यसको भित्री प्रयोजन बरु त्यही सिकउनघुन्या जीवाणुलाई अत्यधिक मात्रामा उत्पादन गरेर मानवताका विरुद्ध आर्थिक सम्वृद्धि बढाउने सीमित राष्ट्रिय उद्देश्यका लागि दुरुपयोग गर्नु थियो । निर्यात गरिने खाद्य पदार्थ र विशेष गरी युवापुस्तामा लोकप्रिय तयारी खानामा ती जीवाणु सङ्क्रमित गर्ने उनीहरूको भित्री उद्देश्य थियो । आर्थिक–औद्योगिक प्रतिस्पर्धी मुलुकका उत्पादनशील युवा पुस्तालाई यिनको उपभोगबाट सिकउनघुन्या भाइरस सङ्क्रमित गराउँदै उत्पादन प्रक्रियामा संलग्न हुन असमर्थ बनाउने । यसरी त्यो मुलुकको यावत् आर्थिक–औद्योगिक जीवनरेखा नै धराशायी बन्न पुग्थ्यो । अनि युवा र उत्पादनशील जनसङ्ख्यामा यसको सङ्क्रमण फैलँदै जाँदा कुनै पनि मुलुक आर्थिक र अन्य किासका दृटिले पूरै अपङ्ग बन्न पुग्थ्यो, उत्पादनशीलबाट पूर्ण रूपमा सबै कुरा आयातमा बाँच्नुपने ! अनि ती मुलुक आफ्नो एकलौटी बजारमा परिणत गराउन कुनै आइतवार पर्खिनु पर्दैनथ्यो ! ओहो....सिंगो मानवपुस्तालाई रोगसङ्क्रमित तुुल्याएर आफनो भण्डार भर्ने र विश्व शक्ति बनिरहने यति क्र्रूर मानसिकतालाई कसरी जायज ठान्न सक्छ कुनै पनि देशको शासक ? परियोजनाको भित्री रहस्य थाहा पाएर भाउन्न होलाजस्तो भएथ्यो उसलाई !
यो रहस्य थाहा पाएदेखि ऊ अत्यन्त विचलित थियो । मानवताको संहारमा विज्ञानको उपयोग गर्ने कुरा उसको आदर्शभन्दा बाहिरको कुरा थियो । सानैदेखि विज्ञान र यसको खोज अनुसन्धान आविष्कार मानिसको भलाइका लागि हुनुपर्छ, विनाशका लागि होइन भन्ने आदर्शमा हुर्कँदै आएको विशाल अहिले यसको ठीक विपरित यथार्थसँग परिचित हुन पुग्दा अत्यन्त दुःखी थियो । कसरी बचाउने त्यो भावी मानवसंहारबाट ? आफूलाई पनि कुनै आँच नआउने र शक्तिसञ्चयको अतिचाहनाका कारण मदान्ध यो सत्ताको शिकार बन्नुबाट मानवतालाई जोगाउने उपाय सहज थिएन । यस्तो मध्यमार्गी बाटो के हुन सक्छ, ? ऊ लामो समय मनभित्र यन्त्रणा भोगेरै यस्तो उपायको खोजीमा रह्यो ।
परियोजनामा विशालको जिम्मा डेङ्गु र सिकउनघुन्यावाहक लामखुट्टेबाट सिकउनघुन्या विशाक्त जीवाणु निकालेर तिनलाई नोक्सान नपुग्ने गरी सुरक्षित राख्नु थियो । त्यसपछि ती जीवाणुको विश्लेषण गरेर तिनका प्रतिरोधी भ्याक्सिन बनाउने नाउँमा तिनै जीवाणुको अत्यधिक मात्रामा उत्पादन गर्ने कामको गोप्य जिम्मेवारी थियो परियोजना प्रमुखको निरीक्षणमा सञ्चालित सत्ताका अति विश्वासिला जीवाणुशास्त्र विशेषज्ञ वैज्ञानिकहरूको समूहमाथि ।
विशालले यही कार्यविभाजनभित्रै एउटा उपाय खोज्यो । लामखुृट्टेको जीवाणु सङ्कलन गर्ने क्रममा कसैलाई पत्तै नदिई सिकउनघुन्या भाइरसको ठाउँमा तिनै लामखुट्टेमा प्राकृतिक रूपमैं विकसित हुने प्रतिविष अर्थात एन्टिीडट सङ्कलन गरेर बुझाउने । अनि त्यही बीचमा परियोजनाको काम सकिएको भोलिपल्टै त्यो दानवी देश छाडेर गरिव भए पनि मानवताले ओतप्रोत आफ्नै देश फर्कने । त्यसका लागि गोप्य रूपमैं टिकटहरूको व्यवस्था मिलाई राख्ने योजना पनि बनायो विशालले ।
सिकउनघुन्या जीवाणु ठानेर लक्ष्यित मुलुकमा निर्यात गरिने बस्तुमा सङ््क्रमण गरे पनि उपभोक्तामा उनीहरूले सोचेजस्तो असर पर्न पाउँदैनथ्यो । तिनले यथार्थ थाहा पाउन्जेल आफू परिवारसहित सुरक्षित आफ्नै देश पुग्न कसो पुग्न नसकिएला ? स्वदेश फर्केपछि त त्यो दानवी पञ्जाको आक्रमणबाट बच्ने अनेकौं उपाय खोज्न सकिन्थ्यो । उसको यो योजनामा एउटा खतरा भने बाँकी नै थियो । उनीहरूले उसमाथि विश्वास नगरेर उसद्वारा सङ्कलित एन्टिडट जीवाणुको गहन विश्लेषण गरे भने ? त्यस अवस्थामा भने उसको योजना गोप्य नरहेर निश्चित रूपमा ऊ त्यस सत्ताको शिकार बन्न सक्थ्यो. । जे होस्, मानवताको लागि बरु लागि सहिद बन्न मञ्जुर छ ! उसको मनले ठहर ग¥यो !
त्यसपछि भने आज धेरै दिनपछि गहिरो निद्रा निदायो विशाल !   

युवामञ्च, फागुन २०७०

Monday, November 11, 2013

अजेय मानव÷ अजेय मन- विजय चालिसे

-सुलेख स।ाहित्यिक मासिक१५, वर्ष अङ्क , अशोज २०७०मा प्रकाशित विज्ञानकथा_
टैक्सिकोप्टर उसको फ्ल्याटको माथिल्लो छतमा उत्रियो आरुबारीस्थित अत्याधुनिक आवास क्षेत्रमा बनेको आधुनिक सुविधासम्पन्न यो गगनचुम्वी विशाल भवनको पचासौं तलामा थियो उसको प्mल्याट त्योभन्दा पनि पाँच तलामाथि थियो यो आकासे ट्याक्सीकोप्टर बिसौनी जमिनमाथिको सडकमा ट्याँ टुँटुँ गर्दै घन्टौं जाममा फस्ने उसका बाबु बाजेका पालाका ट्याक्सी मोटरहरू कतै कतै मात्र देखिन्थे अहिले जतातै ठूला आवासको छानोमैं उत्रन सक्ने साना खालका हेलिकोप्टर नै चलनचल्तीमा थिए हावामा उडेर भनेको ठाउँमा पु¥याउने यस्ता टैक्सिकोप्टर सहरका ठाउँ ठाउँमा बनेका बिसौनीमा प्रतीक्षारत रहन्थे कथम्कदाचित बिसौनी वा प्लेटफार्म खाली रहेछन् भने पनि फोनद्वारा यी भाडाका हेलिकोप्टर बोलाउन सकिन्थ्यो
उसको सिङ्गो जीवन नै यन्त्रवत थियो, स्वयम् यन्त्रजस्तै लाग्थ्यो आजका उसका पुस्तामानवीय विशिष्टता बिस्तारै गुमाउँदै गएका त्यसैले उसलाई सौन्दर्य प्रेमजस्ता कुराबारे सोच्ने समय नै थिएन मानवीय आवेग संवेगकै कुनै स्थान थियो जीवनमा ! उसको आजको विश्वग्राम साँघुरिएको मात्र थिएन, भाषा, संस्कृति, व्यवहारमा पनि सबै एकरूप बन्दै थिए, एकै नासका बन्दै थिए तिनमा विविधता थियो, कुनै आफ्नो पन यसरी सिङ्गो संसार एकरूपएकरसको रोबोटकै ढाँचामा ढालिँदै थियो  
जब उसले टैक्सिकोप्टरबाट आरुबारीको त्यो स्वप्नवास भवनको ५५ तलामाथि अवस्थित ट्याक्सी प्याडमा उत्रिएर चारैतिर नियाल्योे, उसलाई एकदमै अनौठो लाग्यो ! सिंगो काठमाडौं उपत्यका भर्खरै सिउँदो रंगाएकी सुन्दरीजस्तै साँझको सिन्दुरे उज्यालोमा नुहाइरहेको थियो ओहो...कति सुन्दर दृश्य ! उसलाई काठमाडौं आज जति रमाइलो कहिल्यै लागेको थिएन किन यस्तो लाग्दैछ आज ? आजको यो आफ्नो मनस्थिति सोचप्रति आफैंलाई आश्चर्य लाग्यो प्रेम सौन्दर्यलाई विज्ञानसम्मत मान्दैनथ्यो उसको पुस्ता उनीहरूकालागि प्रेम मात्र शारीरक आकर्षण थियो, एउटा पुरुष वा एउटी नारीका लागि विपरितलि लिङ्गीप्रति हुने एउटा स्वाभाविक यौनिक आकर्षण वा चाह ! त्यसैले उनीहरू प्रेम सौन्दर्यजस्ता कुरामा समय खर्चनेकुरा वाइहात ठान्थे  
अर्थात् कम्प्युटर सफ्टवेयर इन्जिनियिर विकास शर्मा उसको काम नयाँ नयाँ कम्प्युटर सफ्टवेयर प्रोग्राम तयार गरेर माग अनुसार संसारभर पठाउनु थियो यसका लागि कतै निस्कनु जरुरी पनि थिएन, त्यसैले कमै मात्र बाहिर निस्कन्थ्यो कोठा नै सिङ्गो संसार थियो, जहाँबाट संसारका कुनै पनि कुनामा सम्पर्क गर्न सकिन्थ्यो, टेलिकन्फ्रेन्सङाद्वारा समूह एकल सम्पर्क तथा छलफल गर्न सकिन्थ्यो त्यही कारण आजको उसको संसार खुम्चिएर सानो कोठा तीन चार कोठाको एउटा फ्ल्याटमा सीमत बनेको थियो सबै काम कोठा वा फ्ल्याटबाटै हुन्थ्यो आवश्यकताका यावत बस्तु कम्प्युटर, इन्टरनेटरबाट सञ्चालित इमार्केटिङबाटै प्राप्त हुनसक्थ्यो भुक्तानीका लागि इव्याङ्किङको सुविधा छँदै थियो सबै कुृरा यन्त्रबाटै सञ्चालित थिए यही यान्त्रिक जीवनसँग सन्तुष्ट देखिन्थ्यो आजको कम्युटर पुस्ता !
टैक्सिकोप्टरबाट आएर कोठामा कम्प्युटरसँग खेल्न थाल्यो हिजै मात्र उसले एउटा नयाँ खोजपूर्ण कम्प्युटर प्रोग्राममा काम गर्ने जिम्मेवारी पाएको थियो त्यो थियो एउटै घटना परिस्थितिमा समेत जसरी अलग अलग मान्छेको व्यवहार प्रतिक्रिया फरक हुन्छ, त्यही अनुसारको भिन्न अनुभूति देखाउन सक्ने रोबोट मष्तिस्कको विकास गर्ने कम्प्युटर प्रोग्रामिङ आफैंलाई थाहा थिएन, यो प्रँेग्रामको विकासमा सफल हुन्छ, हुँदैन ? सफल भएमा रोबोटिक्सको इतिहासमैं अर्को एउटा कोसे ढुङ्गा बन्न सक्थ्यो यो कम्प्युटर प्रोग्रामिङ !
अहिलेसम्म एउटै घटनार परिस्थितिमा जसरी मान्छेपिच्छेको व्यवहार प्रतिक्रिया फरक हुने गर्छ पोजिट्रन सिद्धान्त अनुरूप असङ्ख्य सर्किटयुक्त रोबोटहरूमा यो मानवीय गुणको विकास हुन सकेको थिएन जुन क्षेत्रमा काम गर्ने रोबोट हो उसलाई त्यही क्षेत्रको मात्र विशेष जानकारी प्राप्त हुनेगरी प्रोग्रामका रूपमा भरेर दिने गरिन्थ्यो अनि त्यही अुसारका तौर तरिका, भाषा आचरणहरूको मात्र त्यसले प्रकट गर्न सक्थ्यो यसरी रोबोटको मस्तिष्क पूर्वनियोजित मार्गमा मात्र क्रियाशील हुन्थ्यो उसले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेर यो नयाँ आविष्कार गर्न सक्यो भने यन्त्रमानवको अत्याधुनिक पुस्ता विकसित हुन्थ्यो यसबाट मानिसमा रहेका केही आधारभूत गुणहरू बाहेक धेरै कुरामा मानिस यन्त्रमानवबीच धेरै मात्रामा समगुणको विकास हुनसक्थ्यो त्यसैले यति महान् आविष्कार गर्ने यो अवसर उसको लागि पनि ठूलो अवसर थियो    
यिनै कुरा सोचेर यीसम्बन्धी पहिले भइसकेका कामहरूको जानकारी खोजिरहेको थियो , इन्टरनेटमा त्यत्तिकैमा कम्प्युटर स्क्र्रिनको एक छेउमा अकस्मात छिमेककी घरको स्नानघरको दृश्य देखा परेको देख्यो उसले स्क्रिनको सानो कुनोमा सीमित त्यो दृश्यलाई बढाएर स्क्रिनभरिको बनायो नचाहँदा नचाहँदै पनि त्यहाँबाट उसले आँखा हटाउनै सकेन एकप्रकारले सम्मोहित थियो त्यस दृष्यप्रति स्नानघरभित्र एउटी सुन्दरी निस्फिक्री नुहाइरहेकी थिइ पानीका थोपा उसका सुनौला केशराशिबाट मोती झैं झरिरहेका थिए त्यसरी झरेका मोतीदाना पानी उसको भिजेको सुडोल शरीरबाट बिस्तारै गुडेर पुष्ट शरीरबाट कटिप्रदेश तर्फ झर्दा सौन्दर्य अरु निरखारिएको देखिन्थ्यो स्नान गर्दा हावामा उठे झैं उसका नृत्यमय भावभङ्गीको सम्मोहनबाट बाहिर निस्किनै सकेन लामो समय विकास
सम्मोहनमुक्त भएपछि आश्चर्यचकित बन्नु स्वाभाविक थियो कसरी भयो यो ? उसले आफ्नो कम्प्युटरमा छिमेकीको घरका यावत दृश्य देखिने जासूसी कार्यक्रम राखेको थिएन ! तब ...कसरी भयो यो ?
निकैबेर मष्तिस्कमा जोड दिएपछि झट्ट सम्झ्यो यो करामत पक्कै पनि अल्ट्राभ्वाइलेट रेको हुनुपर्छ केही दिन अघिमात्र उसले आफ्नो कम्प्युटरमा अल्ट्राभ्वाइलेट रेको स्रोत पत्ता लगाएर अफ्नो कम्प्युटरको क्यामरालाई यही रेको सहायताबाट चल्ने गरी मिलाएको थियो यो परावैजनी किरण ठोस बस्तुलाई चिरेर त्यसभित्र प्रवेश गरी दृश्य समात्न सक्थ्यो
हो पक्ैक ...यही कारण मेरो कम्प्युटरका पर्दामा देखिएको हुनुपर्छ यो दृश्य भौतिक बस्तु छिचोलेर खिचेको क्यामराको त्यही आँखाले समातेको यो पक्कै छिमेकी स्नानघरभित्रको यो दृश्य ! तर...तर योक ाम कुनै पनि दृष्टिले ठीक भएन ! नजानेरै कति ठूलो गल्ती गरेँ मैले यस गल्तीलाई तुरुन्तै सुधार्नुपर्छ उसले मनमनै साच्यो       
तर पनि तत्कालका लागि त्यस यसुवतीको आकर्षणबाट उम्कनै सकेन त्यही मानसिकतामा कम्प्युटरको माध्यमबाट उसले त्यो युवतीको व्यक्तिगत विवरण यावत नालीबेली प्राप्त ग्यो मानिस जन्मनासाथ प्रत्येक मानिसको नवजात शिशुको सम्पूर्ण विवरण कम्प्युटरसञ्जालमा दाखिला हुन्थ्यो हरेक वर्ष त्यसलाई अद्यावधिक गरिन्थ्यो उसले कम्प्युटरबाट त्यस स्नानघरमा देखेकी केटीको बारेमा सबै जानकारी प्राप्त ¥यो त्यसमाथि जति जति सूचना प्रविधिको विकास भयो त्यति त्यति व्यत्तिगतस्वतन्त्रता गोपनीयताको सीमा मेटिँदैथियो
कम्प्युटर विशेषज्ञ थियो, केटी रहिछ जीव वैज्ञानिक !
त्यो दृश्य देखेदेखि उसको मन एकदमैं बेचैन भयो घरि घरि त्यो युवतीको अनुहार मादक सौन्दर्य आाँखमा आइरहे नयाँ कायैक्रम निर्माण तर्फ सोच्नै सकेन उसले त्यस केटीका सबै कुरा कम्प्युटरबाट जान्न सफल भए पनि उसभित्रको सजिव कल्पना चाहनाजान्न कम्प्युटरको कुनै विश्लेषणले काम गर्दैनथ्यो आजसम्म कुनै पनि भौतिक बस्तुको सजीव कल्पना कम्प्युटरमार्फत प्राप्त गर्नसक्नु वायाँ हातको खेल थियो, तर मानवीय व्यवहार भावनाको कल्पना भविष्यवाणी गर्ने कुरामा भने अझै सफलता प्राप्त भइसकेको थिएन उसको यो नयाँ कम्प्युटर प्रोग्रामिङ सफल हुन सकेमा भने यो अवस्था रहँदैनथ्यो आजसम्म उसले यसलाई विज्ञान यसमा पनि सूचना विज्ञानको सबैभन्दा ठूलो पराजय ठानेको थियो
तर आज टेलिभिजन पर्दामा अनायास देखेको त्यो दृश्यको आकर्षणले उसको सोचाइको धारा नै बदलिदियो हिजोसम्म सबैभन्दा ठूलो पराजय ठानेको मनव मन चाहना पढ्न नसकेको कमी अब उसलाई कमी लागेन, बरु यो पराजयभित्रै उसभित्रको मानिसको विजयको सुनिश्चित देख्यो उसले ! उसलाई लाग्यो सबै कृुरामा विजय प्राप्त गसिकेको कम्प्युटर रोबोटललाई यदि यी बाँकी कुरामा पनि मानवसदृस तुल्याइयो भने बाँकी नै के पो रहला ? कहाँ बाँकी रहला मानिस कम्प्युटर तथा रोबोटबीचको अन्तर ? अनि कहाँ रहन्छ मानिसको सर्वोच्चता ? मनभरि यस्तै यस्तै प्रश्नहरू मनसुनी वर्ष झैं वर्षीइरहे दिमागभरि
उसको प्राविधिक मनलाई यो तर्क पराजय स्वीकार्य नभए पनि उसभित्रको मानिसको भावनात्मक तह भने त्यही पराजयमा खुसी थियो
उसको मनभरि अन्तद्र्वन्द्वका ज्वारभाटा मडराइरहे विगत १५०२०० वर्षमा रोबोटिक्सले चमत्कारिक रूपमा विकास गरेको थियो मानिसका सबै शारीरिक विशेषतायुक्त रोबोटपुस्ता कार्यरत थियो, अन्य गुण पनि थिए तिनमा मानिससदृश रोबोटका एन्ड्रोइड पुस्ता क्रियाशील थिए आज सुरुका रोबोटमा स्त्री पुरुषको भेद नभए पनि सेक्रेटरी, अफिस रिसेप्सनिस्ट, नर्सजस्ता सेवामा रोबोटको प्रयोगसँगै यो भेदको सुरुआत हुँदैगएको थियो तर जति नै भए पनि मानवीय विशेष गुण संवेगको विकास यिनमा अझै भएको थिएन प्रेम, भावना, मन अरुद्वारा निर्धारित कार्यक्रम बेगरको निर्णयक्षमताको भने नितान्त अभाव थियो यिनमा ! यिनै कुराको भिन्नताले मानिस आज पनि तीभन्दा अझै विशिष्ट थिए तर अहिलेको उसको परियोजना वा कम्प्युटर प्रोग्राम सफल भएमा रोबोटका यी कमजोरी हटाउन सफल हुन्थ्यो  
तर आज अवैध रूपमा भए पनि उसको कम्प्युटर पर्दामा देखिएको मानवीय सौदर्यको तये दृश्य देखेदेखि उसलाई लाग्न थाल्गो हरबखत कम्प्युटर तिनै यन्त्रमानव रोबोटसँग खेलिरहँदा के पनि यिनैजस्ता मानवीय संवेगबाट बञ्चित भएको हूँ ? यिनै मभित्र हराउँदै गएका मानवीय संवेग जगाइदिएको हो उसको कम्प्युटरका पर्दामा अल्ट्राभ्वाइलेट किरणयुक्त क्यामराका आँखाले देखाएइदिएका छिमेकको स्नानघरभित्रको दृश्यकी सुन्दरी युवतीको मोहक सौन्दर्यले ? बाथरुमभित्र निस्फिक्री नुहाइरहेकी त्यो सुन्दरीको सुनौला केशराशिबाट मोती झैं खसिरहेका पानीका थोपा भिजेको सुडोल स्वेत शरीरको मोहनी आकर्षण देखेदेखि नै कति गर्दापनि मुक्त हुन सकेको थिएन लाग्थ्यो उसभित्र लुकेका रहेका विविधताप्रेमी मन, पहिचानको चाहना प्रेम तथा सौन्दर्यबोधका साथै सबै खाले मानवीय संवेग फेरि एक पटक उठेर सतहमा आउँदैछन्, उसको यान्त्रिक जीवनमाथि विजयको झण्डा फहराउँदै छन् लाग्यो, एकरूपएकरस रोबोट जीवनबाट मुक्तिको उद्घोष गर्न जुर्मुराउँदैछ उसभित्र यन्त्रजस्तै बनिसकेको मानव !

विजय निवासआरुबारी