(युवामन्च वर्ष २७ अङ्क ९, २०७१ फागुनमा प्रकाशित विज्ञानकथा)
“म्याडम्, प्रतिनिधिमण्डल भेटका लागि आइसकेको छ ।” एक्काइसौं शताब्दीको उत्तरार्धतिरको कुनै दिन । हिमाली गणराज्यभित्रको एउटा नवस्थापित महिला संघीय गणराज्यकी राज्य प्रमुख सलिनालाई उनकी निजी सहयोगी जानकारी गराउँदै थिइन ।
उनलाई भने हिजोआज कुनै पनि काम गर्ने उत्साह नै छैन । पहिले आफैं लागेर पाएको यो आजको व्यवस्था अहिले उनी आफै अभिशाप ठान्न थालेकी थिइन । बाहिर देखाउन नभए पनि भित्र उनी पटक्कै सन्तुष्ट थिइनन् ।
हो त कति उत्साह थियो हिजो उनीहरूमा !
त्यस हिमाली गणतन्त्रमा भर्खरै महान् राजनीतिक परिवर्तन भएको थियो । एउटा पूर्ण सामन्ती राज्यव्यवस्थाबाट संघीय गणतन्त्रमा प्रवेश गरेको हिमाली राज्यले त्यसलाई राम्ररी व्यवस्थापन गर्न नसक्दा भने चारैतिर सामाजिक विश्रिङ्खलता फैलँदै थियो । सबै जात, जाति, भाषा भाषी र लिङ्ग समुदायका आ–आफ्ना महत्वाकाङ्क्षा चुलिएका थिए । त्यो महत्वाकाङ्क्षाको बल्दो आगोमा घिउ थप्ने हातहरू छिमेकदेखि गोलाद्र्धका सबै छेकुनाबाट जम्जमाइरहेका देखिन्थे । अनेकौं नाम र अनुहार देखा पर्ने तिनका हातको पैसाको बिटोमा नलटपटिने झिङ्गाहरू कमै थिए । नभए तिनकै वरिपरि भन्किरहेका हुन्थे जनता र देशको नाउँमा जिम्मेवारी भिरेका मुखुन्डाहरू । आफ्नो महत्वाकांक्षा पूरा हुने, कुस्त कमाउन पनि पाइने व्यापारमा यी अनेकौं सुकिला मुखुकुन्डोधारी अनुहारमध्ये कति त घरी घरी मुकुन्डो फेरेर कहिले कुन, कहिले कुृन अनुहारमा देखा पर्थे ।
यसरी आ–आफ्नै वर्गको प्रभुत्व कायम गर्ने सपना देख्न थालेको त्यो समयमा जन्मेर सफल बनेको थियो अर्को एउटा भूमिगत समूह ‘डब्लुइएम” । नारी समानता र स्वन्त्रताको घोषित लक्ष रहेको भनिए पनि राष्ट्रिय–अन्तराष्ट्रिय अवसर र सुविधाप्राप्त अनुहारहरूको त्यो समूह महिला जनसङ्ख्यामा अत्यधिक वृद्धि गरी जताततै नारी प्रभुत्व रहने समाजको निर्माण गर्ने भित्री लक्ष राखेर जन्मिएको थियो । यसैका लागि तिनले गोप्य योजन परिचालन गरेर चलाएका संगठन थियो यो ‘मिसन डब्लुइएम’ ! पुरुष विहीन महिला साम्राज्य मिसनको अन्तिम सपना थियो । त्यो अन्तिम सपना त पूरा हुन्छ हुँदैन अझै भन्न सकिँदैनथ्यो, यसको एउटा सानो प्रयोगमा भने भर्खरै सफलता मिलेको थियो । नयाँ गणतन्त्रहरूलाई अस्थिर बनाएर आफ्नो राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय विभिन्न खाले सामरिक तथा आर्थिक बजार बिस्तारको स्वार्थ पूरा गर्न चाहने सबै खाले शक्तिको सहयोगमा सफल बनेको ययो योजना अनुरुप नै हिमाली गणतन्त्रको नयाँ संविधानमा एउटा संघलाई लिङ्गमा आधारित “महिला संघीय राज्य” बनाइएको थियो । सलिना त्यही महिला संघीय राज्यको प्रमुख थिइन । महिला संघीय राज्यको सरकारप्रमुख !
सुरुमा “सबैराज्य संयन्त्रमा महिला नेतृत्वको सिद्धान्त” भनेर संविधान निर्माण गरिँदा संघको संरचरना गरिएको थियो । त्यसैले संघीय राज्य प्रमुखका रूपमा चुनिुसँगै सलिनाको योजना यस राज्यलाई राज्यव्यवस्थादेखि सबै प्रशासनिक तथा योजनाका क्षेत्रमा महिलाको विकास गराएर अरु सबै संघ भन्दा अब्बल तुल्याउनु । संघीय गणतन्त्रको निर्माण हुनु पूर्व पनि पुरानो राज्यव्यवस्थाले केही ठाउन्मा पूर्ण नारीको सञ्चालन संयन्त्र चलाएर रामै्र प्रयोग गरेको थियो । बैंकजस्ता केही क्षेत्रमा भएका ती प्रयोगमा सद्भावपूर्ण पसरुष सहयोग र हातेमालो रहने गथ्र्यो । उनको मानसमा यो संघीय गणराज्यलाई पनि त्यसरी नै चलाउने परिकल्पना गरेकी थिइन । तर नेतृत्व महिलाको भए पनि पुरुषसँगको सद्भावपूर्ण सहयोग र सम्बन्ध साथसाथै विकसित गर्दै जाने उनको लक्ष बिस्तारै पाखा पर्दै गयो । केन्द्र र अरु संसारका आँखामा उनी संघको प्रमुख भए पनि यथार्थमा राणाकालीन शाह राजाजस्तै ‘मिसन डब्लुइएम’ को अनुमति बेगर उनी सास फेर्न पनि पाउन्नथिन् । यथार्थमा वास्तविक शासनसत्ताको लगाम तिनै शक्तिहरूको सहयोगमा ‘मिसन डब्लुइएम’ को हातमा थियो ।
संघ बिस्तारै केही महिलाका लागि महिलाद्वारा महिलाहितमा भनी महिबाटै शासित–सञ्चालित संघीय शासन व्यवस्थामा परिणत हुँदै गयो । जहाँ पुरुषका लागि हरेक कुरामा निषेधका तगाराहरू तेस्र्याइन्थे । ‘मिसन डब्लुइएम’ को अन्तर्निहित उद्देश्य उहिलेकै मधेस आन्दोलनको मोडेल चलाउने थियो । अर्थात हिजो जसरी पहाडी जनसंङ्ख्यालाई सबैतिर दपेटेर मधेस छोडेर जान बाध्य तुल्याइएको थियो । आज त्यसरी नै नयाँ महिला संघीय राज्यले पुरुषलाई संघभित्र बस्न नसक्ने परिस्थिति सिर्जना गर्दै गयो । फलतः महिला संघीयराज्य क्रमशः पुरुषविहीन बन्ने प्रक्रियामा प्रवेश गर्न पुगेको थियो । पुरुष मात्र नभएर उनीहसँग असहमत महिलाले समेत संभीय राज्य छाड्दै जान थालेपछि समस्या देखिन थाल्यो । “वास्तवमा हाम्रो उेश्य यही नै त थिएन, पुरुषविहीन राज्य संरचना गर्ने ! करिब करिब जनशून्य बन्नि पुगेको यथार्थ थाहा छ तपाइँहरूलाई हाम्रो संघीय राज्य ? यस अवस्थामा भन्नो् त कसरी चलाउने संघको शासन व्यवस्था ? यसरी कसरी चल्छ हाम्रो अर्थव्यवस्था ? यसबाट आउने जटिल र गंभी समस्या बारे सोच्नुभएको छ तपाइँहरूले ?” सल्लाहकार मण्डल अर्थात ‘मिसन डब्लुइएम’ सहितको संयुक्त राज्यपरिषद्मा सलिना कडै रूपमा प्रस्तुत भइन् । उनीभित्र क्रमश विकास भइरहेको आफ्नै कथित नेतृत्वको संघीय संरचनाप्रतिको असन्तुष्टी अप्रत्यक्ष रुपमा त्यसरी प्रकट भएको थियो ।
“चिन्त नलिनोस् महामहिम, हामीले सञ्चालन गरेको हाम्रो पुरुष जन्मनियन्त्रण गर्ने “जैविक स्पर्म नियन्त्रण परियोजना का साथै “आदेश पालक पुरुष जनसंख्या विकास सम्बन्धी प्रयोग” सफल भइसकेका छन् । अब केहीदिन मैं प्रसूति स्याहार केन्द्रमार्फत यसलाई कार्यान्वयनमा लगिने छ । त्यसपछि यो नया पुस्ताको जायजन्म हुन थाल्ने छ । त्यस्तै “आदेश पालक पुरुष जनसंख्या विकास सम्बन्धी प्रयोग” बात उत्पादिक पुरुष जनसंख्या हाम्रो महिला साम्राज्यको लागि हानिकारक हुनेछैन, यो उत्पादन झन्डै झन्डै विकसित यन्त्रमानव जस्तै हुनेछन् । त्यसपछि महामहिमले प्रकट गर्नुभएका यी सबै चिन्ता रहने छैनन् ।” ‘मिसन डब्लुइएम’ प्रतिनिध समूहका नेता जोन नेपालीले आश्वस्त पार्न खोजे ।
“तर....तर....कसरी संभव छ यो प्राकृतिक सिद्धान्त र सन्तुलन विपरित कुरा ?” उनले झिनो शङ्का प्रकट गरिन् । नारी स्वतन्त्रताका नाउँमा सुरुदेखि नै चलेको उनीहरूको आन्दोलनमा गोप्य रुपले सघाइरहेको समूह “डब्लुइएम” का नेताको भनाइमाथि अविश्वास गर्नु उनका लागि पनि हितकर थिएन । यो कुरा सलिनालाई रामै्र थाहा थियो । त्यसैले पनि उनले खुलेरै अविश्वास प्रकट पनि गर्न सकिनन् ।
“संभव छ मात्र होइन महामहिम....संभव भइसकेको छ । यही प्रमाणित गराउन हामी अहिले नै नयाँ आदेशपालक पुरुष उत्पादन देखाउँदै छौं ! यो देखेपछि महामहिम आश्वस्त बन्नसक्नुहुनेछ ।.....मिस्टर, जेफ.....!” जोनको इशारामा ‘मिसन डब्लुइएम’ अर्का सदस्य अघि सरेका थए ।
“एस महामहिम, व्याख्या सहित नयाँ प्रयोग प्रस्तुत गर्ने अनुमति चाहन्छु !” समूहमा यी प्रयोगको जिम्मेवारी समालिरहेको अर्को सदस्य मिस्टर जेफले शिर झुकाएजसरी सम्मान प्रकट गर्दै प्रयोग प्रदर्शनको अनुमति माग्यो ।
“ठीक छ, शुरु गर्नोस् !” सलिनाले अनुमति दिइन ।
“हामीले पाएको पहिलो सफलता हो प्रजनन प्रक्रियाअन्तर्गत नै महिला शिशुभ्रूणको विकास गरेर पुरुष जनसङ्ख्यामाथि योजनाबद्ध नियन्त्रण ! वाइ क्रोमोजोम स्तानपायी जीवमा पाइने दुईमध्ये एउटा शुक्रकीट हो । अर्को शुक्रकीटलाई वाइ क्रोमोजोम भनिन्छ । एक्ससँग मिलेर वा एकलै पनि वाइले गर्भमा लिंगको निर्धारण गर्दछ । यही वाइ शुक्रकीटमा मानिसमा पुरुष वा नारी लिंगको विकास गराउने एसआरवाइ जिनको अस्तित्व हुन्छ । मानिसको वाइ शुक्रकीट डिएनए झन्डै छ करोड आधारभूत जोडी शुक्रकीट मिलेर बन्ने भए पनि वाइ शुक्रकीट बाबुबाट मात्र भावी सन्तानमा हस्तान्तरण हुने गर्छ ।
यसरी डी.एन.ए. परिवेष्ठित प्रोटिन वा लिङ्ग–निर्धारण क्षेत्र वाइ (एसवाइआर) जिन प्रमुख रूपमा मानिस लगायतका स्तनधारी जीवहरूमा पुरुष लिंग र स्त्री लिंगको विकासका लागि महत्वपूर्ण कारक हुने विगत खोजीको आधारमा हामीले अनुसन्धानलाई अगि बढायौं । यसलाई लिङ्ग निर्धारण तत्व (टेस्टिज–डिटरमिनिङ फ्याक्टर ) अर्थात टिडिएफ प्रोटिन पनि भनिन्छ । यही एसवाइआर जिनले पुरुष लिङ्ग विकास गरेर मानिसमा पुरुष भ्रूणको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने पुरुष वीर्यको एसवाइआर जिनको उत्पादनमा नियन्त्रण गरी वाइ एक्सको साटो दुवै एक्स एक्स तत्वको विकास गर्न हामी सफल भयौं । यसरी लिङ्गविहिन प्रारम्भिक भ्रूणमा एसआरवाइको परिमाण नियन्त्रण गरेर पुरुष लिङ्गको विकास रोक्न पाइएकमो परिणम नै हो यो हाम्रोसफलता । यसरी सामान्य वाइ क्रोमोजोम र एकभन्दा बढी सङ्ख्याका एक्स क्रोमोजोमको सम्मिलन हुनबाट रोकेर अब पुरुष भ्रूणको विकास हुने प्रक्रिया नियन्त्रण गर्दै दुवै एक्सको सम्मिलन गराएर भ्रूणमैं स्त्री लिङ्गको मात्र विकास गर्न सम्भव भएको छ । यो काम लागि शुक्रकीट बैंकको प्रयोग गर्नसकिन्छ । बैंकबाट शुक्रकीट ग्रहण गरेर क्रित्रिम गर्भाधान प्रक्रियाद्वारा सबै गर्भिण महिला हेरचाह केन्द्र तथा प्रसूतीगृहहरूमा गर्भ बोक्ने आमाहरूलाई पत्तै नदिई गर्न सकिन्छ । यसमा गर्भधारणका लागि स्त्रीपुरुषबीचको यौनसम्बन्धको समेत आवयकता पदैंन । यसरी हामी हाम्रो यो महान् नारी साम्राज्यलाई पुरुषअस्तित्वविहीन बनाउन सक्छौं । महामहिम, यो भयो पहिलो प्रयोग !” मिस्टर एफ लामो व्याख्यापछि निकै बेर मौन रहेर महामहिम र सभामा उपस्थित सबैको अनुहार पालैपालो नियाल्न थाल्यो ।
कति खतरनाक रहेछ यो एसवाइआर जिन र डिडिएफ प्रोटिनको विकास–नियन्त्रण प्रणालीको प्रयोगमा प्राप्त सफलता । अर्थात् चाहेको गुणसूत्रको मात्र विकास गराएर भूणको लिङ्ग निर्धारण नियन्त्र गर्ने प्रकृति बिरोधी आविष्कार ! हो, सही अर्थमा आमाको इच्छा अनुसार चाहेको छोरावा छोरी जन्माउनका लागि प्रयोग गर्ने हो भने यो मानवसभ्यतामा ठूलै उपहार हुन्थ्यो । ह्रासोन्मुख नारी जन्मदरमा वृद्धि ल्याएर नारी जनसंख्यामा आएको कमी देखिएका केही हिमाली भेगका समस्या हटाउन पनि उपयोगी हुनसक्थ्यो यो । तर यहाँ ‘मिसन डब्लुइएम’ को उद्देश्य यो थिएन । यो प्रयोग हँुदै थियो पुरुषविहीन राज्यको परिकल्पना पूरागर्न । यो परिकल्पना आफैंमा डरलाग्दो प्रयोग थियो । सुन्दैमा भित्र भित्रै काँप्दैथिइन् सलिना । ओहो....कति भयङ्कर ! तर खुलेर बिरोध पनि त गर्न सकिन्न ।
“अनि दोसो ? दोस्रो प्रयोग पनि देखाउनुहोस त मिस्टर एफ ।” जोनले तिनै वैज्ञानिक परियोजना प्रमुखलाई निर्देशन दियो ।
“हुन्छ श्रीमान् ! मिस्टर ह्यारी.....श्यामलाई भित्र ल्याऊ त ।” “डब्लुइएम” का नेता जोनको निर्देशन भुइँमा खस्न नपाउँदै मिस्टर एफले आफ्ना सहयोगीलाई आदेश दिए ।
उनको आदेशसँगै कोठाबाट बाहिरिएको सहयोगी क्षणभरमैं अर्को एकजना पुरुष अनुहारलाई लिएर कोठामा पसे । ती दुवै कोठाको एक कुनामा बडो अदवका साथ उभिएका थिए ।
“हामी केही प्रयोग प्रस्तुत गर्दै छौं महामहिम ! यो नारी आज्ञापालक जिन प्रत्यारोपण गरेर तयार गरिएको पुरुष हो । यसले आफ्नो विवेकको प्रयोग बिना नै सबै खाले नारी आज्ञाको पालना गर्छ । किन, कसरीभन्ने जस्तो कुनै तर्क पनि गर्दैन, महामहिम ! यो हर नारीको आदेश आनाकानी नै नगरी इमान्दार भृत्यलेजस्तै सम्पन्न गर्छ् । हामीलेय यस्ता आज्ञापालकपुरुषको जमात नै तयर गरेका छौं महामहिम !” मिस्टर एफले सङ्क्षिप्तमा बुझाउन खोजे ।
“यसले मैले भनेजस्तो काम गर्छ त ?” सहभागी एकजना नेतृको प्रश्न थियो । उनी एक नास मूर्ति झैं सतर्क उभिएको त्यो नवप्रवेशीलाई नै हेरिरहेकी थिइन ।
मूर्तिजस्तै उभिएको त्यो मानवमा संवेदनाका कुनै लक्षण देखिँदैनथ्यो । तर पनि तिनको हिसी परेका अनुहारले ती नेतृलाई चुम्बकले झैं आकर्षित गरेको थियो । लामो समयदेखि पुरुष सम्पर्क र संंसर्ग दुवैबाट आफ्नै कारणले वञ्चित थिए यी महिला नेतृहरू । उनीहरू गोप्य रूपमा कुनै पुरुषसँग सम्बन्ध राख्न पनि सक्दैन थे । कतै त्यो कुरा खुस्कियो भने ? यत्रो नेतृत्व, यत्रो दबदबा सबै माटोमा मिल्थ्यो । तर उनी मात्र होइन सबै नै विद्युतीय पुरुष यौन साथी अर्थात् खेनौनाले यान्त्रिक रूपमा दिने क्रित्रिम यौन आनन्दबाट वाक्क भइ सकेका थिए । हेर्दा मानिस नै जस्तो भए पनि आखिर खेलौना यौन पुरुष खेलौना नै त थियो । पुतलीसँगको खेलजस्तै, सहवासको कुनै अनुभूति नै नहुने ! तर उनी पनि मनभित्रको अतृप्ति बाहिर ल्याउन सक्दिनथिन् । त्यसले मनमनै सोच्दै थिइन– यस्तो पुरुष पक्कै महिला साम्राज्यका लक्षमा अवरोध बन्दैन । यसैले आज्ञापालक जिनप्रत्यारोपित पुरुषसँग सँगै बस्न र यौनसम्पर्क राख्न सकिने खालको कानुन ल्याउन संभव हुने छ ।
“ल उता म्याडमको काखको लकीको ओठ चाटेर माया गर त, गर्छौं ?” झटपट् मनमा जे सुझ्यो त्यही आदेश दिइन अर्की नेतृले । उनी वैज्ञानिक समूहका ती व्याख्याताको भनाइको पुष्टी गर्न चाहन्थिन । त्यसैले उनले केही पर बसेकी अर्की सहनेतृको काखमा मडार्रिइरहेको चङ्खे डाँगा देखाउँदै जिनप्रत्यारोपित पुरुषलाई आदेश दिइन् । सके उनले केही क्षण अगि अनुभव गरेको चुम्बकीय पुरुष आकर्षणको सम्मोहित स्थितिकै मनोवैज्ञानिक असर थियो उनलेदिएकोयो आदेश । नभए ...! हुनपनि त्यतिबेला लगगभ नै सबै महिला सदस्यहरू यस्तै मनस्थितिबाट गुज्रिरहेझैं देखिन्थे । “सक्छु, म्याडम । हर आदेशको पालना गर्न तत्परछु म !” त्यति भन्दै ऊ अदबसाथ कुकुर काखमा खेलाएर मानसिक आनन्द प्राप्त गरिरहेकी महिला नेतृसमक्ष पुग्यो । उसले पुनः अबदसाथ ती महिलाको अभिवादन ग–यो । अनि होसियारीपूर्वक डाँगोलाई उनको काखबाट उठायो । ऊ त्यसरी उठाउँदा पनि ती नेतृको शरीरमा कतै स्पर्श हुन नपाओस भनेर निकै सतर्क रहेको देखिन्थ्यो । उसले देखाएको त्यो सतर्कताबाट प्रभावित नहुने कोही भएन । त्यसपछि उसले आफ्नो मुख डाँगाको मुखतर्फ लग्यो । अचम्म, डाँगोले पनि उसको मुख चाट्यो । आफ्नो ओठ पनि मजैले ओठ दियोडाँगाले । लाग्थ्यो यस कार्यमा अभ्यस्त छ त्यो । यो सबै देखेपछि सबैजना आश्वस्त नहुनेकुरैथिएन । अधिकांश महिला सदस्यको मनमा एउटै कुरा खेल्दैथियो थियो – अब भने यस्ता पुरुषबाट बिना कुनै खतरा सबै खालका वाञ्छित चाहनापूर्ति गर्नसकिन्छ !
यो सबैले सलिनाको मनमा भने ठूलो हलचल मच्चिएको । उनी बल्ल बुझ्दै थिइन् त्यो त्यतिबेलाको आफ्नो क्षणिक उन्दमाद । युगौंदेखि चलेको एउटा प्रकृतिको स्वभाविक प्रणालीका विरूद्ध गएर महिला प्रधान समाज निर्माणको चाहना नारी अस्मिताका लागिभन्दा पनि कच्चा विद्रोह मात्र रहेछ भन्ने यतिबेला बोध हुँदै थियो । ओफ....कति उक्ताहट लाग्दो एकरसतापूर्ण छ यो महिला साम्राज्यका समाज, परिवेश ! जता हे¥यो नारी अनुहार, नारी चकचकी । शासनदेखि प्रशासनसम्म सबै क्षेत्र महिलाद्वारा सञ्चालित ! तर के गर्नु मनको बह, कसैलाई नकह भनेजस्तै आफैं सङ्घर्ष गरेर ल्याएको व्यवस्था र आफैं प्रमुखरहेको संघीय राज्यको कारण पनि उनी खुलेर त्यो गल्ती स्वीकार्न समेतनसक्ने अवस्थामा थिइन । । तर उनी आफू भित्र भित्रै भने आफंँसगँ पूर्ण पराजित बनिसकेकी थिइन । “होइन.....आज कसैसँग पनि भेट्ने इच्छा छै्रन । अलिल बिसंचो पनि छ । त्यसैले अर्को दिनको समय मिलाएर फर्काइदेऊ !” त्यही मनस्थितिमा प्रतिनिधिमण्डललाई फर्काइदिन आदेश दिखइन् सलिनालले !
२०७१ माघ ७विजयनिवास,आरुबारी

No comments:
Post a Comment