(युवामञ्च मासिक फागुन २०७० मा प्रकाशित विज्ञानकथा)
आज धेरै दिनपछि गहिरो निद्रा निदायो विशाल !
यता धेरैदिनदेखि थकित थकित देखिन्थ्यो ऊ । ऊ मनमा एउटा ठूलो बोझ बोकेर बाँचेको थियो । घरी घरी मन घोच्दथ्यो अपराधबोधले । आफैं भित्र पीडा लुकाएर निश्वासमा मनभित्रको त्यो चिन्ता पनि अफाल्ने असफल प्रयास गर्दए आयो ।
कसलाई सुनाउने मनको यो कुरा ? यो अति गोप्य जानकारी उसबाट बाहिर गएको भन्ने थाहा भयो भने कुनै हालतमा बच्न सक्दैनथ्यो । आप्mनो मात्रै नभएर यो परियोजनामा अनुबन्धित भएपछि सँगै यतै बस्दै आएको उसको परिवारले समेत त्यो कहर खप्नु पथ्र्यो । आफ्ना बाआमा, श्रीमती र साना छोराछोरीमा पर्न सक्ने त्यो सम्भावित विपत्तिको कल्पना समेत गर्न सक्दैनथ्यो विशाल । त्यत्तिकै भावनामा बग्न पनि सक्तैनथ्यो ऊ । त्यसैले के गर्ने भन्ने निर्णय लिन नसकेर ऊ चुपचाप सहँदै आएको थियो मनभित्रको असह्य पीडा र छट्पटी । तर कति....? कहिलेसम्म ? अन्तरात्मामा उठ्ने प्रश्नले हरक्षण चिमोटिरहन्थ्यो – सीमित पारिवारिक समस्या ठूलो कि, वृहत्तर माननवतामाथि हुनसक्ने संभावित अपराध रोक्ने प्रयासमा आइपर्ने विपत्ति ? कुनै तयारी उत्तर थिएन उसँग । यति संवेदनशील प्रश्नको तयारी चाउचाउजस्तो बनिबनाउ उत्तर हुनु संभव पनि थिएन !
“होइन के भएको छ, तपाइँलाई हिजोआज ? न राम्ररी खानुहुन्छ, न खुलेरै हाँस्नु हुन्छ ?” जतिसुकै लुकाउने प्रयत्न गरेपनि उसकी श्रीमतीको आँखाबाट भने त्यो अवस्था लुक्न सकेको थिएन । यथार्थ जानकारी नभए पनि उसको यो मानसिक अन्तद्र्वन्द्वसँग नीलम अनभिज्ञ थिइन् । के जवाफ दिने ? सत्य बताएर बेकार किन मानसिक तनावमा पार्नु नीलमलाई । त्यसमाथि उसलाई त्यो गोप्य कुरा बताएको भनक मात्रै पाए भने पनि विपत्ति ओइरिन सक्थ्यो ।
“केही होइन....अफिसको कामले शरीर थाकेको मात्रै हो ! तातो कफी ख्वाउ एक कप, ठीक हुन्छ ।” त्यसैले ऊ सामान्य जवाफ दिएर सन्तुष्ट तुल्याउन खोज्दथ्यो श्रीमतीलाई । श्रीमतीले माया घोलेर दिएकी बाफिलो तातो चियाले पनि उसको मनभित्रको छट्पटी भने कम पार्न सक्दैनथ्यो ।
विश्वविद्यालयमा भौतिकशास्त्रको प्राध्यापन गर्ने प्रसिद्ध प्राध्यापक बाबुको आदर्श सानैदेखि पछ्याउने अवसर पाएको थियो विशालले । उसभित्र पनि सानैदेखि वैज्ञानिक बनेर मानवताको पक्षमा ठूला ठूला खोजीगर्ने सपना हुर्कँदै जानु स्वाभाविक थियो । त्यसैले विदेशी राम्रो विश्वविद्यालयबाट विज्ञान विषयम उच्च अध्ययन र अनुसन्धान सकेर स्वदेश फर्की सेवा गर्ने सपना बोकेर बितेको थियो उसको किशोर वय । त्यसमाथि उसले पढेका माध्यमिक, उच्चमाध्यमिक विद्यालयहरूको मुख्य खेती नै किशोर तथा युवाहरूको कलिलो विदेशमोहको सम्मोहन फैलाउनु थियो ।
उसको देशका युवाहरू अलि अलि पढलेख गर्न जानेपछि नै विदेश्शिने सपना देख्ने थाल्दथे । त्यो सपनाका सौदागरका रूपमा मुलुकभर शिक्षाका नाउँमा व्यापार गर्ने असङ्ख्य शैक्षिक संस्थाहरूको बिगविगी थियो । विशाल पनि त्यो सम्मोहनमा पर्नु अस्वाभाविक थिएन । त्यसैले माध्यमिक शिक्षा पूरा गरेपछि ऊ पनि विदेशी विश्वविद्यालयमा अध्यनको अवसर खोज्दा खोज्दै विश्वकै महान् भनिने यो मुलुकमा पुगेको थियो !
बाबुको सपना र विदेशमा विज्ञानको उच्च अध्ययनको लक्ष लिएर यहाँ पसेपछि पनि उसले अरुकोजस्तो आफ्नो लक्ष र आदर्श बिर्सेको थिएन । त्यसैले पढ्न भनी विदेश पुगे पनि पहिले केही कमाउने अनि आरामले पढ्ने साथीहरूको सल्लाहलाई मानेन । अनेकौं कष्ट सहेर पनि विशिष्ट श्रेणीमा अध्ययन पूरा ग¥यो । उसले गरेको विषाणुयुक्त जीवाणुशास्त्रको विशिष्ट अध्ययन उसको देशका लागि पनि अति आवश्यक थियो । त्यहाँ विद्यमान् स्वाथ्यचेतनाको अभावबाट जताततै फैलने लामखुट्टे र यस्तै अरु कीटाणुबाट सङ्क्रमण हुने विषाणुयुक्त जीवाणु नियन्त्रण गर्ने भ्याक्सिनको आविष्कार गरेर लाखौं जनताको जीवन बचाउन सकिन्थ्यो ।
“चौटा खान खोज्दा झोलमा डुबेजस्तो पो भयो !” अहिले भोग्नु गरेको अप्रिय यथार्थ सम्झेर उसलाई यस्तै लाग्छ । अरु कति अनुसन्धान संस्थाहरूले बोलाउँदा नगएर सबैभन्दा राम्रो र गौरवशाली भनेर छानेको प्रतिष्ठान र आदर्श मानेका वैज्ञानिकहरूको भित्री रूप यति विभत्स होला, उसले सोचेको पनि थिएन । यो यथार्थसँग परिचित नहुन्जेल तीन तीनजना नोबेल पुरस्कार विजयी वैज्ञानिकको मातहतमा रहेर राज्यबाटै सञ्चालित विशिष्ट प्रयोगशालामा अनुसन्धान गर्न पाउनुको आकर्षण अत्यन्त बलियो थियो । अघिपछि एक झल्को पाउन समेत मुस्किल पर्ने ती विश्वविख्यात वैज्ञानिकको निर्देशनमा रहेर शोध गर्न पाउनु कम गौरवको कुरा थिएन । त्यसैले यस्तो सुनौलो अवसर प्राप्त भएकोमा कम्ता रोमाञ्चित थिएन ऊ सुरु सुरुमा !
केही समय निकै उल्लासपूर्वक कार्यरत रह्यो ऊ यस परियोजनाको काममा । त्यो रोमाञ्च भने धेरै समय रहन पाएन । उसलाई केही दिनमैं प्रयोगशालाको वातावरण साहै्र रहस्यपूर्ण लाग्न थालेको थियो । ज्यानमारा कैदी भरिएको जेलकोजस्तै थियो प्रयोगशाला वरिपरि र भित्रको सुरक्षा व्यवस्था ।
उनीहरूले भनेजस्तै भर्खरै जसो क्यारेविया टापुतिर फेला परेको डेंगुभन्दा पनि खतरनाक सिकउनघुन्या नामको जीवाणु भाइरसको प्रतिरोधी भ्याक्सिन पत्ता लाउनु मात्रै परियोजनाको उद्देश्य हो भने यति कडा गोप्यता किन ? मानवताको पक्षमा खोज अनुसन्धान गर्ने काममा यति सतर्कता जरुरी पर्ला र ?” उसको मनमा उठ्ने प्रश्नका रेलाले मथिङ्गल खलबलिन्थ्यो ।
कीटाणु वा व्याक्टेरियाभन्दा धेरै साना सूक्ष्मजीव अर्थात् भाइरस जीवाणुभित्र पैदायसी गुण संवाहन गर्ने वंशानुगत गुणसूत्र जीवित वा निर्जीव कुनै अवस्थामा विद्यमान् रहने गर्छ । विशाललाई थाहा छ, यस्ता जीवाणु वा विषाणुको प्रकृति पुर्नउत्पादनका लागि ग्रहण गर्ने जीवकोष वा होस्ट सेलमा निर्भर रहन्छ । ग्रहण गर्ने कोषिका बाहिर पाइने यस्ता जीवाणु तत्व प्रोटिन पत्रमा र कुनैबेला जालो वा झिल्लीभित्र टाँसिएर रहन्छ । कोषिका बाहिर यस रुपमा रहँदा जीवतत्वमा परिणहुने प्रक्रियागत हिसाबले निश्चेष्ट रहन्छ । आफूलाई ग्रहण गर्ने कोषको सम्पर्कमा आएपछि भने त्यो जीवाणुले त्यस आतिथेय कोषको काममा आफ्नो पैदायसी गुणतत्व छाडेर त्यसको कार्यमाथि नियन्त्रण गर्न थाल्दछ । यसरी सङ्क्रमित कोषले त्यो कोषको स्वभाविक तत्वभन्दा धेरै मात्रामा विषाणुजन्य प्रोटिन र पैदायसी गुणतत्व छाड्दै जान्छ ।
क्यारेविया टापुतिर फेला परेको सिकउनघुन्या नामको जीवाणु भाइरस डेंगु फैलाउने लामखुट्टे बाटै सरेको भन्ने जानकारी प्राप्त थियो । अफ्रिकाका दक्षिणपूर्व तान्जानिया र उत्तरी मोजाम्बिकतिर बोलिने माकोन्दे भाषाबाट आएको सिकउनघुन्या शब्दको अर्थ हुन्थ्यो– कुप्रे । नभन्दै यो भाइरसको सङ्क्रमणमा आएपछि शरीरका सबै जोर्नी जोर्नी सङ्कुचित हुँदै जाँदा असह्य पीडाका साथै सोझो उभिननसक्ने भएर रोगी कुप्रिँदै जान्थ्यो । यसरी असमयमैं मानिसले आफना सबै शक्ति र ऊर्जा गुमाउँदैजान्थ्यो– जीवित लास बनेर बाँच्न विवश !
“ओहो, यतिसम्म क्रूर बन्न सक्छ मान्छे !” बिस्तार बिस्तारै प्रयोगशालाको सुरक्षा रहस्य र परियोजनाको वास्तविक खोजीको भित्री तात्पर्य बारे थाहा पाएपछि आश्चर्यचकित बनेको थियो ऊ । सर्वाधिक शक्तिसाली बन्ने होडमा आजको कुनै पनि सत्ता यतिसम्म तल गिर्दै विज्ञानको यस्तो दुरुपयोग गर्दै मानवताको कुभलो गर्नसक्छ भन्ने कुृरा अरुले कसैले सुनाएको भए पनि हतपत्ति विश्वास हुँदैनथ्यो होला । त्यसमाथि मानवताको भलाइमा लाग्नु पर्ने वैज्ञानिक स्वयम् खुसी खुसी यस्ता काममा सहयोगी बन्न सक्तछन् भन्ने कुरा पत्याउनु त्यत्तिकै कठिन थियो । तर खण्डखण्डमा उसले बुझेको सत्य र अनुसन्धानमा नेतृत्व गरिरहेका जिम्मेवार विशेषज्ञहरूको मुखबाटै गोप्य रुपमा सुनेका कुराले त्यसलाई असत्य मान्ने कुनै ठाउँ बाँकी थिएन । ती सबैबाट प्रष्ट थियो यो परियोजना बाहिर भनिएजस्तै सिकउनघुन्या प्रतिरोधी भ्याक्सिनको खोजी गर्ने मानवताको पक्षमा गरिन लागेको अनुसन्धान थिएन । यसको भित्री प्रयोजन बरु त्यही सिकउनघुन्या जीवाणुलाई अत्यधिक मात्रामा उत्पादन गरेर मानवताका विरुद्ध आर्थिक सम्वृद्धि बढाउने सीमित राष्ट्रिय उद्देश्यका लागि दुरुपयोग गर्नु थियो । निर्यात गरिने खाद्य पदार्थ र विशेष गरी युवापुस्तामा लोकप्रिय तयारी खानामा ती जीवाणु सङ्क्रमित गर्ने उनीहरूको भित्री उद्देश्य थियो । आर्थिक–औद्योगिक प्रतिस्पर्धी मुलुकका उत्पादनशील युवा पुस्तालाई यिनको उपभोगबाट सिकउनघुन्या भाइरस सङ्क्रमित गराउँदै उत्पादन प्रक्रियामा संलग्न हुन असमर्थ बनाउने । यसरी त्यो मुलुकको यावत् आर्थिक–औद्योगिक जीवनरेखा नै धराशायी बन्न पुग्थ्यो । अनि युवा र उत्पादनशील जनसङ्ख्यामा यसको सङ्क्रमण फैलँदै जाँदा कुनै पनि मुलुक आर्थिक र अन्य किासका दृटिले पूरै अपङ्ग बन्न पुग्थ्यो, उत्पादनशीलबाट पूर्ण रूपमा सबै कुरा आयातमा बाँच्नुपने ! अनि ती मुलुक आफ्नो एकलौटी बजारमा परिणत गराउन कुनै आइतवार पर्खिनु पर्दैनथ्यो ! ओहो....सिंगो मानवपुस्तालाई रोगसङ्क्रमित तुुल्याएर आफनो भण्डार भर्ने र विश्व शक्ति बनिरहने यति क्र्रूर मानसिकतालाई कसरी जायज ठान्न सक्छ कुनै पनि देशको शासक ? परियोजनाको भित्री रहस्य थाहा पाएर भाउन्न होलाजस्तो भएथ्यो उसलाई !
यो रहस्य थाहा पाएदेखि ऊ अत्यन्त विचलित थियो । मानवताको संहारमा विज्ञानको उपयोग गर्ने कुरा उसको आदर्शभन्दा बाहिरको कुरा थियो । सानैदेखि विज्ञान र यसको खोज अनुसन्धान आविष्कार मानिसको भलाइका लागि हुनुपर्छ, विनाशका लागि होइन भन्ने आदर्शमा हुर्कँदै आएको विशाल अहिले यसको ठीक विपरित यथार्थसँग परिचित हुन पुग्दा अत्यन्त दुःखी थियो । कसरी बचाउने त्यो भावी मानवसंहारबाट ? आफूलाई पनि कुनै आँच नआउने र शक्तिसञ्चयको अतिचाहनाका कारण मदान्ध यो सत्ताको शिकार बन्नुबाट मानवतालाई जोगाउने उपाय सहज थिएन । यस्तो मध्यमार्गी बाटो के हुन सक्छ, ? ऊ लामो समय मनभित्र यन्त्रणा भोगेरै यस्तो उपायको खोजीमा रह्यो ।
परियोजनामा विशालको जिम्मा डेङ्गु र सिकउनघुन्यावाहक लामखुट्टेबाट सिकउनघुन्या विशाक्त जीवाणु निकालेर तिनलाई नोक्सान नपुग्ने गरी सुरक्षित राख्नु थियो । त्यसपछि ती जीवाणुको विश्लेषण गरेर तिनका प्रतिरोधी भ्याक्सिन बनाउने नाउँमा तिनै जीवाणुको अत्यधिक मात्रामा उत्पादन गर्ने कामको गोप्य जिम्मेवारी थियो परियोजना प्रमुखको निरीक्षणमा सञ्चालित सत्ताका अति विश्वासिला जीवाणुशास्त्र विशेषज्ञ वैज्ञानिकहरूको समूहमाथि ।
विशालले यही कार्यविभाजनभित्रै एउटा उपाय खोज्यो । लामखुृट्टेको जीवाणु सङ्कलन गर्ने क्रममा कसैलाई पत्तै नदिई सिकउनघुन्या भाइरसको ठाउँमा तिनै लामखुट्टेमा प्राकृतिक रूपमैं विकसित हुने प्रतिविष अर्थात एन्टिीडट सङ्कलन गरेर बुझाउने । अनि त्यही बीचमा परियोजनाको काम सकिएको भोलिपल्टै त्यो दानवी देश छाडेर गरिव भए पनि मानवताले ओतप्रोत आफ्नै देश फर्कने । त्यसका लागि गोप्य रूपमैं टिकटहरूको व्यवस्था मिलाई राख्ने योजना पनि बनायो विशालले ।
सिकउनघुन्या जीवाणु ठानेर लक्ष्यित मुलुकमा निर्यात गरिने बस्तुमा सङ््क्रमण गरे पनि उपभोक्तामा उनीहरूले सोचेजस्तो असर पर्न पाउँदैनथ्यो । तिनले यथार्थ थाहा पाउन्जेल आफू परिवारसहित सुरक्षित आफ्नै देश पुग्न कसो पुग्न नसकिएला ? स्वदेश फर्केपछि त त्यो दानवी पञ्जाको आक्रमणबाट बच्ने अनेकौं उपाय खोज्न सकिन्थ्यो । उसको यो योजनामा एउटा खतरा भने बाँकी नै थियो । उनीहरूले उसमाथि विश्वास नगरेर उसद्वारा सङ्कलित एन्टिडट जीवाणुको गहन विश्लेषण गरे भने ? त्यस अवस्थामा भने उसको योजना गोप्य नरहेर निश्चित रूपमा ऊ त्यस सत्ताको शिकार बन्न सक्थ्यो. । जे होस्, मानवताको लागि बरु लागि सहिद बन्न मञ्जुर छ ! उसको मनले ठहर ग¥यो !
त्यसपछि भने आज धेरै दिनपछि गहिरो निद्रा निदायो विशाल !
युवामञ्च, फागुन २०७०

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।