Thursday, April 11, 2013

हडताल


(“भरतपुर” समाचार, विचार तथा साहित्यक अन्तरक्रियामुखी प्रकाशन, वर्ष १ अङ्क ६, माघ २०६९मा प्रकाशित)
कथा÷लघुकथा
हडताल
विजय चालिसे
“सर..., उहाँ क्लासमा जाँदैहुनुहुन्थ्यो र समातेर ल्यायौं !” उसले विजयी मुस्कान प्mयाल्दै भन्यो ।
“के भयो ..? किन ल्या’को त ?” अफिसजस्तै लाग्ने एउटा कोठाभित्र टेबलमाथि सानले खुट्टा राखेर बसेको वीरबहादुर सरले रोबकासाथ सोधे । शिक्षकभन्दा पहलमान बढी लाग्ने वीरबहादु सरले त्यो निरीह शिक्षकको अनुहार गौरसँग नियालेर हे¥यो ।
“हामीले भनेको नटेरेर क्लासमा जाँदैहुनुहुनथ्यो, मैले देखिहालेँ र मात्रै ! नत्र क्लासभित्र पसेर पढाउन थाालिहाल्नुहुन्थ्यो !” उनीहरूले बिस्तारपूर्वक परीलगाए ।
यो सामुदायिक क्याम्पसमा अनेकौं संघहरू थिए, विद्यार्थीका, शिक्षकका, कर्मचारीका र अरु पनि ककसका ! त्यसैले कहिले विद्यार्थीको कक्षा वहिष्कार आन्दोलन चलिरहेको हुन्थ्यो, कहिले शिक्षकका कलमबन्द र अझ कहिले कर्मचारीको काम रोक आन्दोलन ! यी सबै आन्दोलनका कारण न त विद्यार्थीले पढ्ने कष्ट गर्नेपथ्यो, न शिक्षकलाई कुनै पढाउने काममा टाउकै दुखाउनु आवश्यक थियो । यस्ता आन्दोलन एक पछि अर्को चलि नै रहन्थे, निरन्तर ।
”थाहा छैन तपाइँलाई, आज कलमबन्द छ भन्ने ?” उसले पुलिसले चोर केरे झैं के¥यो ।
“थाहा छ, ...तर कक्षा नलिए बल्लबल्ल पाएको यही अस्थायी जागिर पनि गुम्यो भने नि ? कसले जोगाइदिन्छ भोलि मेरो जागिर ? यै जागिर पनि गुम्यो भने भोकभोकै मर्छन मेरा लालाबाला, सर । त्यसमाथि पढाउँदै नपढाएपछि जाँचमा कसरी पास होलान विद्यार्थी !”
“त्यसो भनेर हुन्छ ! ...कसैलाई पनि कक्षा सञ्चालन गर्न नदिने हाम्रो सङ्गठनको निर्णय थाहा छैन, तपाइँलाई ? तपाइँ एकजनाले मात्रै कक्षा लिइदिँदा पनि हाम्रो हडताल असफल हुन्छ । किन बुझ्नुहुन्न तपाइँ ? हडताल त सफल होस्, स्थाइ नै बनाइदिउँला नि !” वीरबहादुर सरले सम्झाउनेभन्दा धम्क्याउने भावमा भने ।
“अगिल्लोपल्टको आन्दानेलनमा पुरानो क्याम्पसका शिक्षक नेताहरूले पनि यस्तै भनेका थिए नि ! उल्टो हडताल सकएिपछि हामी आधाआधी निकालियौं । त्यसरी निकालिँदा समेत कसैले केही बोलेको होइन !” उसले पूर्वपीडा सुनायो ।
“तपाइँ त युयिन बिरोधीजस्तो कुरा पो गर्नेहुन्छ नि, सर ! कि सरकार पक्षकाले सुलसुले बनाएर पठाएको हो तपाइँ ? आफ्नो हकहितका लागि भएको आन्दोलनमा पनि साथदिन......!”
तपाइहहरूको हकहित होला, तर भरे गएर मेरो त यही भएको जागिर पनि नरन सक्छ । अनि कसरी हुन्छ मेरो हित...?” उसले अझै जिकिर गर्दै भन्यो ।
“हेर्नोस् सर..., हामीलाई सहयोग नगरेर कसरी टिक्नुहुन्छ यो कलेजमा ? त्यो पनि  सोच्नोस् । आज कक्षा लिनुभयो भने राम्रो हुन्न है !” अर्को युनियन सदस्यको स्पष्ट धम्कीको स्वर सुनियो ।
उसले त्यो सदस्यको अनुहार गडेर हे¥यो । कलेज पढाउने शिक्षकजस्तो लागेन उसलाई त्यसको अनुहार । तिनको बोलीव्यवहार कुनै पनि त एउटा शिक्षककोजस्तो देखिँदैनथ्यो । तिनको बोलीव्यवहार कतै पनि कलिला केटाकेटीलाई उपयुक्त शिक्षा दिनेखालको लाग्दैनथ्यो । कसरी शिक्षक भए यी ? ऊ प्रतिक्रियाविहीन भए पनि भित्र भित्रै प्रश्न गर्दै थियो आफैंसँग !
भर्खरै आएको थियो शिक्षक भएर ऊ यस कलेजमा । यसअघि दुईतीन निजी कलेजमा पढायो उसले । निजी स्तरका कलेजहरूमा ऊ कागजमा एउटा रकमको तलब बुझेको भनी हस्ताक्षर गथ्र्यो, बुझेको खाममा त्यसको आधी मात्र हुन्थ्यो ।  त्यसमाथि कतिवटामा त दुईचार महिना पढायो, तलबै नदिई झुलाउँथे र आखिरमा रित्ता हात निस्कनुको विकल्प रहँदैनथ्यो । सरकारी कलेजमा पढाउन परीक्षा दियो, टेक्ने धरती न समाउने हाँगाका ऊजस्ताको भागमैं पर्दैनथ्यो । कस्ताकस्ता पास हुन्थे, ऊजस्तो सधैं फेल ! अगिल्लोमा अस्थायी भए पनि राम्रै थियो, बल्ल पाएको सामुदायिक प्लस–टु । उसको काम देखेर सबै खुसी पनि थिए । तलब पनि समयमैं पाउँथ्यो, भनेकै स्केलमा । त्यहीबीच कलेजमा त्यसैबेला विभिन्न माग सहति हडताल भयो । तिनै मागमध्ये थियो अस्थायीलाई हटाउने र स्थायीलाई सुविधा थप्ने ! त्यही मागको शिकार बनेर निकालियो ऊ त्यहाँबाट ! कति कोसिसपछि अहिले बल्लबल्ल पाएको थियो यहाँको यो जागिर । यो पनि टिक्नदेलाजस्तो छैन यो हडतालले ! के गर्ने पानीमा बसेर गोहीसँग शत्रुता राख्न पनि त सकिँदैन, यस्तै यस्तै सोच्दै थियो ऊ यतिखेर !
“यिनलाई जतिखेर मन लाग्यो, त्यतिखेर हडताल ! जसको सरकार बन्यो त्यसको विरोधी  पार्टी नजिक युनियनको विरोधमा हडताल । चुनाव आयो, भोट बटुल्न हडताल । न पढाउनु प¥यो, न कुनै मिहिनेत नै ! युनियनको नाममा राजनीति ग¥यो, तलब भत्ता र पाउने सुविधा पाकिहाल्यो ।” ऊ मनमनै गुनासो पोखिरहेथ्यो ।
जतातै हडतालकै चर्चा थियो ।
“कसरी भलो हुन्छ, यो देशको ! सरकारी कलेज–विद्यालयमा सधैं हडताल । घरबार बेचेर पनि ठूला महँगा स्कुल–कलेजमा पढाउन नसक्नेले के गर्ने ? मनभरि प्रश्नका बिस्कुन फिँजाइरहेको थियो ऊ !
यिनै प्रश्नहरूको सागरमा पौडँदै कोठाबारिह निस्क्यो ऊ । बाहिर निस्कँदा निस्क्ँदै ती युयिन नेता बजेको आफ्नो मोवाइल फोनबाट दिइरहेको जवाफ उसको कानमा ठोक्कियो– “धन्दा नमान्नोस्, ढिलोचाँडो यहाँका आधाभन्दा बढी विद्यार्थी तपाइँकै कलेजमा भर्नाभइसकेका हुन्छन् । तर हामीलाई चाहिँ राम्रैसँग हेर्नु पर्छ नि ! कम गाह्रो छ, सधैं हड्ताल गराएर यस्तामा पढाउनुहुन्न भन्ने छाप पार्न !
यसभन्दा बढी सुनेन उसले ।  

Tuesday, April 9, 2013

डायरीको पाना भैरवदाइसँग विगतको एक दिन


(सुलेख साहित्यिक मासिक अङ्क ८, २०६९ फागुनमा प्रकाशित)

२०३२ माघ १४ गते बुधबार ।
स्कुलबाट हरिदाइ, वैद्यसर र म आफैं तलिमको लागिभनेर विद्यालयबाटअघिबढ्छौं ।१                                      जोरपाटीको मूल सडकबाटहामी देख्छौं, भैरवदाइझ्यालबाटबाहिर हेरिरहनुभएको छ ।२ अनिझट्ट हामी सम्झन्छौं, हिजो हरिदाई र मैले भोलिआउने भनेर छुटिट्एकाथियौं । त्यसैले हामी स्कुलबाटफर्कने यतिबेलाउहाँहामीलाई नै हेरिहनु भएको त होइन? भैरव दाइलाई झ्यालबाट हेरिरहेको देखेर बढन सक्तैनौं र तालिमको आजको कक्षालाई लातमारेर वैद्य सरसँग विदाभएर त्यतै लाग्यौं । बैद्य सर भालिबिहानै कास्कीपोखरा जाने भएकोले हामीसँगै अलमलिनु सम्भवथिएन । त्यसैले उहाँसँगविदाभएर हामीभैरवदाइको घरतिर लाग्छौं ।
मनसिकअशान्ति र संभवतःत्यहीकारणले केहीमानसिकअसन्तुलनको अवस्थामा रहेका नेपालकै ख्यातिप्राप्तनिबन्धकार र हास्यङ्ग्यनिबन्धकाशीर्षस्थ उन्नायक स्रस्टाको अनुहार फुंगउडेको एक प्रकारले विचित्रको देख्छु म । रगत सोहोरिएको अनुहारमावेदनाकालहर देखिन्थ्यो सायद् । हाम्रो आगमनले न अनुहारमाप्रफुल्लता देखापर्छ, न कुनै अरुचि नै । उहाँकाअनुहार प्रतिक्रियाहीनथिए ।
कुरै कुरामा भैरव दाइले भन्नुभयो, “हिजोआजममाअन्तर्विरोधीविचारधाराहरूले हलचलमच्चाइरहेकाछन् । कहिलेकाहीँ लाग्छ, मलाई समाजका सबै मिलेर मार्न लागिरहेका छन् । त्यसैले ममा विभत्स र डरलाग्दाकल्पनाहरू खेल्छन् । म भयाक्रान्तहुनपुग्छु ।
भैरव दाइका कुरा सुनेर हरिदाइ र म मुखामुख गछौं, प्रतिक्रियाविहीन !
केहीबेरपछि सिरानकै छेउबाट एउटा मोटो कापी निकालेर एउटा लेखोट पल्टाउँदै भैरव दाइले भन्नुभयो– एक महिना अघि यही मनस्थितिमा मैले लेखेको यो सुन्छौ ? लेखको शीर्षक थियो हस्ताक्षर ।३  त्यो एउटा आम साहित्यकारको यथार्थ चित्र थियो, स्वयम् भैरव अर्यालको विगतको हस्ताक्षर थियो । भैरवदाइ र उहाँजस्तै –अझ सम्पूर्ण भनौं, किन भने हाम्रो देशमा दुई छाक टन्न पेटभर खाएर बाँच्न सकेका साहित्यकार एक दुई बाहेक को छ र ?) जस्तै साहित्यकारहरूको प्रतिनिधित्व गर्ने यथार्थ लेख,  एउटा आम साहित्यकारको यथार्थ चित्र ! हस्ताक्षरभित्रको पीडित आफूलाई उदाङ्गो पार्दै गर्दाका त्यो क्षण भैरवदाइ भक्कानिनुभयो, हरिदाइ र मेरा आँखा आँसुले साथ दिइरहे ।  
भैरवदाइको पछिल्लो कालखण्डको अवस्था बाहेक मलाई लाग्थ्यो त्यो रसिक र सधैं हँसिलो अनुहारको मालिक, विचारको गहन–गम्भीर विषयलाई हास्य–व्यङ्ग्यको पुट दिएर हसाउनुका साथै कठोर व्यङ्ग्यको झापड हान्दै मानवीय कुसंस्कार, दुष्प्रवृत्ति र भ्रष्ट–अनैतिक सामाजिक मान्यता । राज्यको एकप्रकारले शल्यपक्रया गर्न सिपालु हास्यव्यङ्ग्यकार भैरव दाइको ह्रृदयमा कुनै खालका वेदना, कष्टहरू छैनन् होलान ! हस्ताक्षरले मेरे त्यो धारणा मेटिदिएको थियो । अनि मैले मनमनै भनेथेँ– आफू रोएर पनि अरुलाई हँसाउनसक्नु तै त हो महानता । पटक पटक समाजबाट पलायन र आत्महत्याको प्रयत्न गर्ने भैरव दाइ आफू त्यस्ते मनस्थिति र कठिन अवस्था भएर पनि हामीलाई हँसाउनुका साथै कर्तव्यपथमा अडिग भएर डटिरहने प्रेरण दिँदै आउनुभएकोछ, समजका सबै विकृति र मानवीय आडम्बर र सामजिक बेथितिका विरुध सचेत रहन सिकाउनुभएको छ, त्यो नै त हो भैरव दाइको महानता ! धन्य हुन् भैरव दाइ, आफ्ना छात्तीभरि यतिका वेदना र पीडाका दावानल लुकाएर पनि आफूलाई कति शक्तिसाली बनाएर उभ्याइरहन सफल हुनुहुन्छ । बरु हामी कति कृतघ्न छौं । हामी भैरवप्रति गौरव गछौं, नाक पुलाउँछौं उनले नेपाली वाङ्मयभण्डारमा दिएका उच्च योगदानलाई लिएर । विद्यालय–महाविद्यालयहरूमा भैरवका साहित्य पढिन्छ, पढइन्छ । तर उनीभित्रको वास्तविक साहित्यकारलाई भने पढ्दैनौं हामी । हामी मरेपछि लाशमा एक थुँगा फूल चढाएर महानताको ढोंग प्रकट गछौं, जिउँदो शरीर र घायल मन बचाउने प्रयत्न कशिले पो ग¥यौं र हामीले !
घरमा भाउजुले ख्वाउनुभएको भुटेको मीठो मकै भट्मास खाजा खाएर घुम्ने उद्देश्यले हामी बाहिर ािस्क्यौ । नजिकैको चियापसलमा चिया खाएर गोकर्णेश्वरतिर घुम्न निस्कने सल्लाह भयो र हामी ती दाजुभाइ त्यतै लाग्यौं । बाटामा थप कुरा हुँदै गए । उहाँको कुरा सुन्दा लाग्यो यस कठिन मानसिक स्थितिबाट गुज्रँदा भैरवदाइलाई अब मेरो मस्तिष्क शिथिल र शून्य हुँदैछ भन्ने भान परेछ र अब आफूबाट केही हुँदैन वा केही गर्न सक्दिन भन्ने हीनताबोध पलाउन थालेकोरहेछ । त्यसैले यतिबेला भैरवदाईलाई बाँच्नुदेखि नै वितृष्ण लागेकोरहेछ ।
पिता, पत्नी र छोराछोरीको चाहना पूरा गर्न आर्थिक रूपमा आफू असमर्थ हुँदा पीडा नराम्ररी झेलिरहेझैं लाग्थ्यो उहाँभित्रको एउटा इमान्दार छोरो, पति र बाबुको भूमिकामा भैरव अर्याल । (कुनै पनि नैतिक र इमान्दार नागरिक, त्यसमाथि एउटा लेखक र इमान्दार पत्रकार को पो सफल भएको छ र परिवारप्रतिको आर्थिक जिम्मेवारी पूरा गर्न ? त्यसो गर्न नैतिकताको घाँटी थिच्नसक्नुपर्छ, स्वाभिमानलाई तिलाञ्जली दिनसक्नुपर्छ र राजनीतिको आशिर्वाद पाउनसक्नुपर्छ !) ।
हामी अर्थात् हरिदाइ र मलाई थहा थियो उहाँको आर्थिक स्थिति यतिखेर झनै समस्याग्रस्त छ । तीनचार महिना जन्डिसको पन्जामा परेर भर्खरै मुक्त हुनुभएका भैरव दाइको हातमा यतिखेर अफिसबाट बेतलबी विदादेखि सबैको पैसा कटाएर  कटाएर बाँकी दुई–अढाइसयभन्दा बढी तलब पर्दैन । त्यसबाट छ जना छोरीसहित आफूसमेत ८ जनाको परिवार थेग्न कति मुस्किल छ । भैरव दाइको यो स्थिति बुझेर नै हरि दाइ र म केही भए पनि सहयोग गर्न चाहनथ्यौं । तर म त्यो कुरा आफैं भैरव दाइसँग भन्ने आँट गर्न सकेको थिइन । एउटा सम्वेदनशील, स्वाभिमान र आत्मसमानलाई सर्वस्व ठान्ने कलाकार–साहित्यकारलाई मजस्तो फुच्चो (मेरा पिताजीका अभिन्न मित्र भैरव दाइका अगाडि मेरो हैसियत मात्र एउटा फुच्चोभन्दा बढी के नै पो छ र यतिखेर ?) को सहयोगको प्रस्तावलाई आफूप्रति गरिएको गम्भीर अपमान जस्तो लाग्नपुग्यो भने ? मैले आफ्नो लेखनको पे्ररणा मान्दै आएको अत्यन्त श्रद्धा गर्ने साहित्यकारले यदि त्यस्तो सोच्नुभयो भने ? त्यसैले मैले हरिदाईलाई मेरा तर्फबाट त्यो अनुमति मागिदिनका लागि बाटामा आउँदै अनुरोध गरेको थिएँ । नभन्दै कुरौकुराको प्रसङ्गमा हरि दाइ त्यो कुरा राख्नुहुन्छ । तर स्वाभिमानी भैरव अर्यालका लागि त्यो स्वीकार्य हुँदैन । उहाँ भन्नुहुन्छ– आवश्यक परे पछि भन्ने् नै छु, अहिलेलाई पर्दैन ।
भैरव दाइ लामो समय जन्डिसले थलिएर वाह्य संसारसँग सम्पर्कविहीन हुनुको कारण बढी निरशा पलाएको हो कि भन्ने हरिदाइ र मेरो अनुमान थियो । त्यसैले उहाँलाई एक दिन भए पनि कतै बाहिर घुमाउन लाने सकिन्छ कि भन्ने हरिदाइ र मेराबीच बेला बेलामा कुराहुनथ्यो । त्यही अनुसार आज मैले भोलि धुलिखेलतिरघुम्न जाने प्रस्ताव राखेँ (स्कुलमा नयाँ सत्रको कक्षा लागेको छैन, त्यसैले हाजिर मात्र भएर जाँदा पनि हुने सुविधाले बिदा नहुँदा पनि स्कुल छाड्न समस्या छैन ) भैरव दाइले पनि त्यसलाई स्वीकार गर्नुभएकोले गोकर्णबाट फर्केर धुलीखेल जान४ भोलि विहान १० बजे भेट्ने सल्लाह मिलाउँदै छुट्टियौं हामी, एउटा र्मान्त व्दना छात्तीभरि लुकाएर !
१. त्यतिबेलाचामुण्डामाद्यमिकविद्यालयमाअध्यापन पर्ने प्रधानअध्यापक रत्नदास बैद्य, अग्रज हरिप्रसादअर्याल र म एक वर्षे बी.एड. गर्दै थियौं र साँझको कक्षाकालागि स्कुल सकेर पद्मोदयमाविमा सञ्चालितबिस्तार क्याम्पस धाउने गथ्र्यौं ।
२. भैरव दाइको घर अहिलेको चामुण्डाचोकपश्मिको चामुण्डाद्वारभित्रपथ्र्यो र अहिले पनित्यहीँ छ । त्यतिबेला यो न यो द्वार थियो न अहिले सुर्पणखाको अजिङ्र पेटजस्तो भित्रका सबै दृश्यनिलेर गुफाजस्तो बनाउने अग्लाअग्ला घरकालहर नै । त्यसैले अहिले सडकबाट भैरव दाको घर देखिन्छभन्ने सुन्दाविश्वास नलागे पनित्यत्रिबेलात्यो ठाउँखुलाथियो, सडकबाटै देखिने ।
३. हरिदाइ र मैले त्यतिबेला सुनेका त्यो हस्ताक्षर शीर्षक लेख पछि कतै प्रकाशित भयो, भएन यो दैनिन्दिनकारलाई जानकारी छैन । प्रकाशित भए जाकारी पाइने नै छ, नभए जसको हातकम छ, उसबाट प्रकाशमा आउने आशा गर्नु स्वाभाविक हो ।
४. भोलिपल्टको त्यो हाम्रो (भैरवदाइ, हरिदाइ र मेरो) धुलीखेल यात्रा विवरण मेरै सम्पादनमा प्रकाशित संझना, भैरव स्मृति अङ्क, ऋषिपञ्चमी २०३५ मा ‘भैरव दाइः विगतको एक अन्तरंग वातचित’ शीर्षकमा प्रकाशित छ ।