नवप्रज्ञापन पूर्णङ्क ६०, बालसाहित्य विशेषाङ्क वैशाख–असार २०७० मा प्रकाशित
शब्दकोशीय अर्थ हेर्ने हो भने नाटक “अभिनेताहरूले वेषभूषमा रही हाव, भाव र कथोपकथनद्वारा रङ्गमञ्चमा गर्ने चरित्र, घटना आदिको प्रदर्शन हो (शर्मा, २०५७) । नाटक पठन, अवलोकनका साथै अभिनयका माध्यमबाट मञ्चित गरिने अभिनयात्मक अभिव्यक्ति पनि हो । अनुकरण बालबालिकाको सर्वाधिक रुचिको क्षेत्र हो । आफूभन्दा ठूलाको अनुकरण उनीहरूको स्वाभाविक सिकाइ प्रक्रिया हो । बालबालिकाको उमेर अनुकरणप्रिय उमेर हो । त्यसैले पनि अनुकरण तथा अभिनयमा बढी रुचि राख्ने बालबालिकाका अनुकरण र अभिनयात्मक विधा नाटक अत्यन्त प्रिय विधा हो । नाटकले बालबालिकामा उत्कण्ठा जगाउँदछ । बालबालिकामा अन्तर्निहित प्रेरणा र जाँगर जाग्रत तुल्याएर नाटकले सुषुप्त रूपमा रहेको उनीहरूको प्रतिभा प्रस्फुटन गर्नमा नाटकले मदत पु¥याउँदछ । त्यसैले पनि बालनाटकको महत्व प्रष्ट छ । यिनै कारणले गर्दा बालसाहित्यमा नाटकको भूमिका अन्य विधाभन्दा बढी रहन्छ । बालनाटक बालकहरूको संज्ञानात्मक, शारीरिक, सामाजिक तथा संवेगात्मक विकासमा महत्वपूर्ण योगदान पु¥याउने हुँदा यसको महत्व रहनु स्वभाकि हो । त्यसरी नै आपूmंमा अरुप्रतिको समझदारी विकास गर्न, भौतिक विश्वप्रतिको ज्ञान बढाउन र आफ्ना समवयी तथा प्रौढहरूसँग सम्वाद गर्ने क्षमताको विकास गर्न बालकले नाटकबाट सहयोग पाउने हुँदा यो लोकप्रिय र प्रभावकारी दुबै मानिन्छ । नाटकमा मानसिक र शारीरिक दुबै क्रियाकलाप तथा गतिविविधहरू क्रियाशील हुने हुँदा पनि यो बालसाहित्यका विधाहरूमध्ये अत्यन्तै प्रभावशाली विधा मानिन्छ ।
विषयबस्तुमा सरलता, संवादमा बालसुलभताका साथै सङ्क्षिप्तता अर्थात् छोटाछोटा तर स्पष्ट संवाद, आम बालबोलीका भाषाको प्रयोग, रोेचक तथा कौतुहल जगाउने कथाबस्तु र पात्रपात्राका न्यूनता बालनाटकका आवश्यक तत्व मानिन्छन् । आजको सञ्चार प्रविधिमा आएको विकासका कारण परिवेष–दृश्यका साथै वेषभूषा, श्रृङ्गार, मञ्चसज्जा र दृश्यान्तरजस्ता कुरालाई सहजै संयोजन गर्न सकिने भएकोले लेखनमा अहिले त्यति धेरै ध्यान नदिए पनि हुने अवस्था आएको छ । तर पनि यी सबै पक्षमा सुहाउँदिलो हुने गरी सोच्न भने आवश्यक पर्दछ ।
बालनाटक यति लोकप्रिय भएर पनि मञ्चनमा बढी जीवन्त रहने विधा भएकोले गर्दा पठनका दृष्टिले त्यति लोकप्रिय मानिँदैन । यसैले गर्दा बाल नाटक÷एकाङ्की लेखनमा अरु विधामाजस्तो सक्रियता देखिँदैन, नेपाली बालनाटक लेखन र प्रकाशनको स्थिति अन्य विधाकोभन्दा कामजोर रहेकोछ । व्यवहारिक मञ्चनका दृष्टिले समेत लेखिनु पर्ने भएकोले बालनाटक÷एकाङ्की लेखन त्यति सजिलो पनि छैन । यही भएरै बालनाटकको लेखन प्रकाशनमा कमी देखिएको हुनसक्छ ।
बालनाटक र एकाङ्कीको सीमाङ्कनका बारे अलग अलग दृष्टिकोण रहेको देखिन्छ । एकथरी दृष्टिकोणमा नाटकलाई पूर्णङ्कीका रूपमा मात्र बुझ्ने गरिएको देखिन्छ भने एकाङ्की एकै अङ्कमा लेखिएको नाटकलाई । तर लेखन सँधै सङ्कुचित परिभाषाको सीमा र अर्थमा मात्रै नबाँधिने हुँदा यी यदाकदा यो सीमाको अतिक्रमण हुने गरेको देखिन्छ । कहिलेकाहीँ पाठकमा कौतुहल (सस्पेन्स) सिर्जना गर्दै त्यो कौतूहलपूर्ण स्थितिलाई लम्व्याउन एकाङ्कीनाटकमा दुई अलगअलग साना दृश्य र कतैकतै अङ्कमा समेत विभाजन गरिएको पाइन्छ । स्पष्ट छ, ती पनि एकाङ्कीनाटक नै हुन् । त्यसैले यसै भन्नु उपयुक्त देखिँदैन । समयका दृष्टिले पूर्णाङ्की नाटक बढीमा डेढ घन्टाको समयावधिमा प्रदर्शन गर्न सकिने खालको हुनेगर्छ भने एकाङ्की बीस मिनेटदेखि आधा घन्टासम्मभित्रमा प्रदर्शन गर्न सकिने हुनु राम्रो मानिन्छ । यिनै कारण यस अध्ययनमा बालनाटक र नाटक दुवैलाई बालनाटकका नाउँले सम्बोधन गरिएको छ ।
नेपाली बालनाटक
माथि नै भनियो, यति महत्वपूर्ण बालसाहित्यको विधा बालनाटक नेपालीमा निकै कम मात्र लेखिएको छ । शक्तिबल्लभ अज्र्यालको “हास्यकदम्व (वि.सं. १८५५)” देखि संस्कृतको अनुवाद परम्परामा सुरुभएको मानिने नेपाली नाटकको इतिहासमा अनुवाद भए पनि यो नै पहिलो नेपाली नाटक मानिएको पाइन्छ । त्यसपछि पहलमानसिंह स्वाँरले “अटलबहादुर” (१९०६ ई.) द्वारा नेपाललाई मौलिक आधुनिक नेपाली नाटक लेखनको युगमा प्रवेश गराए । यस दृष्टिले नेपाली बालनाटक लेखनको इतिहासले दुई शताब्दीभन्दा केही बढी समय पार गरेको छ भने नेपाली बालनाटकले भने त्यति धेरै भोटो फटाएको छैन । नेपाली बालसाहित्यको लगभग १ सय १५ वर्षभन्दा बढीको इतिहासमा नेपाली बालनाटक सबैभन्दा पछिल्लो विधाका रूपमा लेखिन थालेको हो । नेपाली बालसाहित्यमा समेत महत्वपूर्ण योगदान पु¥याउने महाकवि देवकोटा, राष्ट्रकवि माधव घिमिरे, ध्र्रुव दवाडीलगायतका अघिल्लो पुस्ताका साहित्यकारले समेत यस विधामा कलम चलाएको देखिँदैन ।
केही वर्षयता नेपाली बालसाहित्य लेखन–प्रकाशन क्षेत्रमा उत्साहजनक विकास भएको छ । यस क्षेत्रमा नयाँनयाँ लेखकहरूको प्रवेश भइरहेको छ । बालपाठकहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ । विद्यालयहरूमा विद्यार्थीलाई बालसाहित्य पनि पढ्न प्रेरित गर्नुपर्दछ भन्ने धारणा विकसित हुँदै गएको छ । बालसाहित्यको पुराना प्रकाशकका साथै नयाँ प्रकाशनहरू आइरहेका छन् । नेपाली बालसाहित्यको विकासमा यी सकारात्मक परिवर्तन र सङ्केहरू निश्चय नै उत्साहजनक मान्नु पर्दछ । तर यति भएर पनि नेपाली बालसाहित्यमा नाटक विधाको भने अझैं अपेक्षित विकास हुन सकेको छैन । यो सानो आलेखमा नेपाली बालनाट्यसाहित्यको प्रवृत्तिगत तथा संरचनागत विषद् अध्ययन संभव छैन । त्यसैले यसको विकासका गति र तिनै केही समस्या तथा चुनौतिका बारेमा सामान्य सङ्केत गर्नु नै यो लघुपत्रको उद्देश्य हो । यो प्रज्ञाप्रतिष्ठानले बाँडेको कुनै परियोजना अन्तर्गत भएको सुविधाभोगी अध्ययन होइन । यो नवप्रज्ञापनका सम्पादक नवराज रिजालजीको अनुरोध पन्छाउन नसकेर उहाँले नै दिनुभएको विषयमा गरिएको लघुअध्ययन मात्र हो । त्यसैले यसमा खोजिनृु पर्ने अरु धेरै तथ्य बाँकी हुनसक्छ, जुन मेरो सीमित साधन, स्रोत र समयमा सम्भव थिएन । तर पनि नेपाली बालनाटकको विद्यमान स्थिति अद्यावधिक तुल्याउने यो एउटा इमान्दार प्रयास हो ।
नेपाली बालनाटकको प्रारम्भः
विजय मल्लको “कोही किन बरबाद होस (२०१३)” नाटकमा पर्याप्त बालमनोविज्ञान र बालपात्रहरूको उपस्थिति पाइए पनि यो बालनाटक होइन । यो नाटक केटाकेटीहरूका बीचमा समेत लोकप्रिय रहेकोले बालनाटकको नजिकजस्तो देखिए पनि यसलाई विशुद्ध बालनाटक मान्न सकिँदैन । तसर्थ रेडियो नेपालको स्थापनादेखि नै रेडिमा बालनाटकको लेखन, निर्देशन र प्रसारणमा उल्लेख्य योगदान दिँदै आएका श्यामदास वैष्णवको बालनाटक अगुल्टोलाई पहिलो नेपाली बालनाटक मान्नु पर्दछ । वि.सं. २०१६ मा प्रहरी पत्रिकामा प्रकाशित यो बालनाटकभन्दा अगाडि प्रकाशित अर्को बालनाटक देखिएको छैन । त्यसैले नेपाली बालनाटकको लेखन–प्रकाशन “अगुल्टो” बाट नै प्रारम्भ भएको मान्नु पर्दछ । साहित्यकार कृष्णप्रसाद पराजुलीका अनुसार उहाँको बालनाटक वि.सं. २०१२ मैं मञ्चित भए तापनि प्रकाशनका दृष्टिले “अगुल्टो”भन्दा पछाडि मात्रै प्रकाशित भएको देखिन्छ । पराजुलीका अनुसार उहाँको “कान्छो घर्ती छिँडीमा” शीर्षक पहिलो बालनाटक वि.सं. १०१२ र २०१६ मा गरी दुईपल्ट उहाँकै गाउँ भमरकोटमा मञ्चन भएको थियो । तर प्रकाशित भने सर्वप्रथम वि.सं. २०१९ मा भएको देखिन्छ । त्यसरी नै वि.सं. २००७ सात सालदेखि नै काठमाडौंको पूर्वोत्तर भेग चावहिल, महाङ्काल, बौद्ध, आरुबारी र गोकर्णमा बालबालिका तथा प्रौढहरूका लागि समेत नाटकहरूको लेखन–निर्देशन तथा प्रदर्शनमा योगदान दिदँै आउनुभएका रमेश विकलले बालनाटकको लेखन अगाडि नै गरेको देखिए पनि प्रकाशनका दृष्टिले “अगेनाको डिलमा (२०१८)” शीर्षक बालकथा सङ्ग्रह प्रकाशित भएपछि मात्रै हुन थालेको देखिन्छ । तसर्थ नेपाली बालनाटक लेखनको क्षेत्रमा वैष्णवपछि रमेश विकल र कृष्णप्रसाद पराजुलीको प्रवेश भएको मान्नु पर्दछ ।
यसबाट प्रस्ट हुन्छ, आधुनिक नेपाली बालनाटक प्रकाशनको प्रारम्भिक चरणमा श्यामदास वैष्णव, रमेश विकल र कृष्णप्रसाद पराजुलीजस्ता सशक्त हस्तिहरूको योगदान रह्यो । प्रहरी पत्रिकामा प्रकाशित पहिलो बालनाटक अगुल्टो (२०१६) देखि नै नेपाली बालनाटकको विकासमा श्यामदास वैष्णवको निरन्तर योगदान रह्यो । त्यसपछि कुरा गर्ने चरा (२०२०), डोको (२०२४), ध्रुवतारामा प्रकाशित हास्य एकाङ्की स्वार्थी संसार (२०२९), उडेको चरा (२०३६), श्री ५ पृथ्वीको विवेक (२०३७), बिजायँ सजायँ (२०४५), बझौटे छोरो (२०५१), उल्टो बाजी (२०५२), धेरैको नापो (२०५५), पैसाको चुम्वक (२०५६), को हुस्सू (२०५७), लक्ष्मीको बास (२०५७), चङ्खेको चाला २०५७), असल कमसल (२०६१), मुसे काजी (२०६२) सस्ताको खोजी (२०६२) आदि दर्जनौं बालनाटक प्रकाशित भए । यसरी वैष्णवको यो निरन्तरता अविच्छिन्न रूपमा पाँच दकसम्मभन्दा बढीसम्म नै रहेको देखिन्छ । यसरी नेपाली बालनाटकको लेखन, प्रकाशन र मञ्चन–निर्देशन र प्रसारणमा समेत श्यामदास वैष्णवको आधा शताब्दीको महत्वपूर्ण योगदान छ । रेडियो बालनाटकको लेखन–निर्देशनमा समेत यिनको योगदान रेडियो नेपालको स्थापनादेखि नै रहेको छ । यिनको एउटै मात्र नाटक सङ्ग्रह “शैक्षिक नाटक” भने निकै पछि वि.स.ं २०६३ मा मात्र प्रकाशित भयो ।
प्रकाशनका दृष्टिले वैष्णवपछि वरिष्ठ बालसाहित्यकार कृष्णप्रसाद पराजुलीको बालनाटक “जागरण” वि.सं. २०१९ को उदय पत्रिकामा प्रकाशित भएको देखिन्छ । पराजुलीका अनुसार “तमसुक च्यातिएको कथाबस्तुमा तयार गरिएको यो नाटक पनि वि.सं. १०१७ र २०३६ मा गरी दुईपल्ट उहाँकै गाउँ भमरकोटमा मञ्चन गरिएको थियो ।” पराजुलीका अरु दुई बालनाटक भविष्यका तारा र आजको ताजा खबर नेपाल बाल सङ्गठनले क्रमशः वि.सं २०३१ र २०३२ मा मञ्चन गरेको थियो र ती नाटक वि.सं. २०३५ र २०३६ दुई वर्षका यती मासिक परिवार पत्रिकामा भएका थिए । त्यसपछि पराजुलीका कान्तिपुर कोपिलामा “छोरीले पनि पढ्नु पर्दछ (२०५७)”, “नयाँ वर्ष कसरी मनाउने (२०५८” र गोरखापत्रमा प्रकाशित “आमाको महिमा (२०५९)” प्रकाशित देखिन्छन् । पराजुलीको एउटा सङ्ग्रह “इन्द्रिनी (२०६२” प्रकाशित छ ।
यसैगरी वि.सं. २००७ सात सालदेखि नै काठमाडौंको पूर्वोत्तर भेग चावहिल, महाङ्काल, बौद्ध, आरुबारी र गोकर्ण भेगमा आफैंले लेखी बालबालिका तथा प्रौढहरूका लागि समेत नाटक प्रदर्शन गर्दै आएका विशिष्ट साहित्यकार रमेश विकलको बालनाटकभने “अगेनाको डिलमा (२०१८)” शीर्षक बालकथा सङ्ग्रहभन्दा पछि मात्र प्रकाशित भएको देखिन्छ । लेखन–प्रदर्शनका दृष्टिले श्यामदास वैष्णवका रेडियो नाटकलेखनप्रदर्शनको हाराहारीमैं देखिए पनि वि.स.ं २०१८ सालमादेखि नेपाली बालसाहित्यको क्षेत्रमा विशिष्ट योगदान दिँदै आएका विकल वैष्णवपछि नेपाली बालनाटक क्षेत्रलाई समृद्ध बनाउने अर्का महत्वपूर्ण स्तम्भ हुन् । वि.सं. २०१८ देखि बालसाहित्यलाई पनि उत्तिकै गम्भीरतापूर्वक प्रौढ साहित्यसँगैसँगै अघि बढाउने आख्यान जगतकै्र सशक्त स्तम्भ रमेश विकल वैष्णवपछिको नेपाली बालनाटकको विकासमा प्रतिबद्ध व्यक्तित्व हुन् । श्यामदास वैष्णबाट सुरुभएको नेपाली बालसाहित्य लेखनलाई समृद्ध तुल्याउनमा वरिष्ठ आख्यानकार रमेश विकलको उत्तिकै महत्वपूर्ण योगदान रहेको छ । नेपाली बालनाटक सशक्त स्तम्भ रमेश विकलका लगभग पाँच दशकभन्दा बढी नै बालनाटक लेखनमा संलग्नता रहेको छ । उनका “मम्मी होइन आमा (२०४६)”, “हामी असल बनौं (२०४७)”, “ऊ ज्ञानी भैहाल्छ नि (२०४९)”, “म रगत दिन्छु” (२०५४)”, “हजुरआमा भन्नुहुन्थ्योः एकादेशमा (२०५६)”, “के ल्याउँ हजुर ? जेरी, स्वारी, तरकारी ? (२०६२)” जस्ता उनका पछिल्लो समयका प्रतिनिधि बालनाटकहुन् ।
वि.सं. २०१० को दशकदेखि नै बालसाहित्य लेखनमा सक्रिय रहँदै आएका विकलका सात थुङ्गा (२०३७), अव तिमी नरोऊ किरण (२०५९), हराएको चिठी (२०६४) गरी तीनवटा बालनाटकसङ्ग्रह प्रकाशित छन् । सातवटा बालएकाङ्कीनाटकरू सङ्ग्रहित “सात थुँगा” नेपाली बालनाटककै पहिलो सङ्ग्रह मानिएको छ (प्रमोद प्रधान, नेपाली बालसाहित्यको इतिहास, २०६१, पृ.११४ ) । नेपाली बालपाठ्यसामग्रीको पहिलो पुस्तक अक्षराङ्क शिक्षालाई मान्दा सो पुस्तक प्रकाशन भएको उनान्असी वर्षपछि अर्थात् २०३७ सालमा मात्र पहिलो नेपाली बालएकाङ्कीसङ्ग्रह सात थुङ्गा प्रकाशित भएको देखिन्छ (प्रधान, प्रमोद, नेपाली बालसाहित्यको इतिहास (दोस्रो संस्करण), विवेक सीर्जनशील प्रकाशन पृ. ११४।)। नेपाली बालसाहित्यकै इतिहासमा प्रकाशित पहिलो सङ्ग्रहका रूपमा विकलको यही “सात थुङ्गा” बालनाटकसङ्ग्रह देखिएको छ र यसको यो ऐतिहासिक योगदान उत्तिकै महत्वपूर्ण छ ।
बालनाटक लेखनमा बीसको दशक
वि.सं. २०२०को दशकको अवधिमा अघिल्ला पुस्ताका वैष्णव, विकल र पराजुलीको योगदानले निरन्तरता पयो र अरु केही नयाँ प्रतिभाहरू पनि देखिए । यो अवधि नेपाली बालनाटक लेखन–प्रकाशनको इतिहासमा सङ्ख्या र गुण दुवैका दृष्टिले उल्लेख्य रह्यो । अघिल्लो दशको उत्तराधिकार जोगाउन यो अवधि सक्षम रह्यो । यो अवधिमा भैरवनाथ भट्टराईको “हाम्री आमा (२०२२)”, गोपालकुमार शिवराजलीका क्रमशः “अभिलाषा” र “अधिकारको परीक्षा” (२०२४), नारायण शर्माको “भरत, रमेश र राजुको कुराकानी (२०२४)”, आदि प्रकाशित भए । यी लेखकका रचना गुणात्मक दृष्टिमा त्यति चर्चायोग्य नदेखिए पनि सुरुको अवस्थामा नेपाली बालनाटकको सङ्ख्यात्मक विकासमा भने योगदान महत्वपूर्ण मान्नुपर्दछ ।
यस क्रममा जयराज रेग्मीको योगदान यस अवधिमा महत्वपूर्ण रहेको छ । वि.स.ं २०२६ देखि २०२९÷३० सम्मको अवधिमा मौलिक र अनुदित तथा रुपान्तरित गरी यिनका प्रशस्त बालनाटकप्रकाशित भएका देखिन्छन् । “साँचो बोल्नु पर्दछ (०२६)” “परीक्षा (२०२७)” “लड्डु र सुनको भकुन्डो (२०२७)”, “सम्झने शक्ति (२०२८)”, “जस्तालाई तस्तै (२०२८)”, “उपहार (२०२८)”, “रिकापीभरिको हलुवा (२०२८)”, “इनाम (२०२९)”, र “अक्कल” आदि उनका त्यस कालखण्डका नाटक हुन् । नेपाली बालनाटकको क्षेत्रमा यिनको लगभग तीन दशकसम्मको योदान रहेको देखिन्छ । यिनको “हामीले पढ्न पाउने भयौं (२०५८)” शीर्षक नाटकसङ्ग्रह प्रकाशित छ ।
यसैबीच विष्णु लुइँटेलका “कसलाई सबैले मन पराउँछन् (२०२६)” र “बाल्मीकि २०२७)” शीर्षकका दुई बाल एकाङ्की प्रकाशित देखिन्छन् । यही समयमा नेपाली आख्यान जगतका विशिष्ट हस्ती दौलत विक्रम बिष्टले पनि एउटा बालनाटक प्रकाशित गराउनु भएको देखिन्छ । बिष्टका “आफ्नो हात जगन्नाथ” शीर्षक यो नाटक बाहेक अरु बालसाहित्यका कृति भने देखिएको छैन । तर यही एउटै नाटलेखेर पनि उनले महत्वपूर्ण योगदान गरेका छन् ।
यसरी नै बीसको दशकमा बालनाटक लिएर देखा पर्ने अन्य लेखकमा रमेश भटट् “रामे र भूत (२०२६)”, सुनिता थापा “पृथ्वी र मङ.गलको कुराकानी (२०२६)” माधव भट्टराई “हामी भोलि देउता बन्न सक्छौं २०२७)” योगेश्वर कार्की “ठूलो भगवान को ? (२०२९)” आदि रहेका छन् । यही समयमा नेपाली भाषा–साहित्यका अर्का सुपरिचित व्यक्तित्व वसन्तकुमार शर्मा नेपालको “गुरुआमा नेपालकी (२०२७)” शीर्षक बालनाटक पनि बालक पत्रिकामा प्रकाशित भएको छ ।
यसैबीच बीसको दशकको अन्त्यतिर नेपाली बालनाटक लेखनको क्षेत्रमा विजय चालिसे र शिव अधिकारीको प्रवेश भयो । चालिसेका “अल्बर्ट आइन्स्टाइन (२०२८)”, “राजा मिडास (२०२९)”, “बुद्धिमान न्यायाधीस (२०३०)”, “गुग्लिएल्मो मार्कोनी, “चमत्कारी व्यापारी अनु. (२०६६)” “टोलको सफाई (२०६८)”लगायत “नयाँ साथी”, “सनेसे गँगटो”, “केराउको कोसा”, “नौलो खेलको मजा” र अन्य बालनाटक देखिएका छन् । यसरी उनको निरन्तर चार दशकको योगदान देखिन्छ । चालिसेको “बादलका बुट्टाहरू (२०५२)” शीर्षक बालनाटकसङ्ग्रह प्रकाशित छ र अर्को एउटा प्रकाशोन्मुख ।
नेपाली बालसाहित्यमा नाटक सङ्ग्रहको पहिलो कृति रमेश विकलको ”सात थुँगा” पछि लेखक गेहेन्द्रभूषण पोखरेलीकै अनुसार निजको “शाह वंशका पाँच प्रमुख राजाहरू” भित्र केही बालनाटक रहेको भनिए पनि यसलाई सिङ्गो बालनाटकसङ्ग्रह मान्न सकिने आधार नहुँदा चालिसेको “बादलका बुट्टाहरू” नै नेपाली बालनाटकको दोस्रो सङ्ग्रहका रूपमा प्रकाशित भएको देखिन्छ । यस दृष्टिले पनि पहिलो बालनाटकसङ्ग्रह “सात थुङ्गा” प्रकाशित भएको १५ वर्ष प्रकाशनमा आएको “बादलका बुट्टाहरू”को थप महत्व रहेको छ । “बालमनोविज्ञानलाई ध्यान दिएर लेखिएका यी नाटकहरूबाट बालबालिकाहरूले प्रशस्त मनोरञ्जन पाउनुका साथै विविध सन्देश पनि पाएका छन् । (विष्णुकुमार खत्री, नेपाली बालसापहित्यमा विजय चालिसेको योगदान, स्नातकोत्तर शोधपत्र, २०५८, पृ. ७६ ।) “चालिसेका बालएकाङ्कीहरूले त्यसरी नै “केही प्रख्यात विषयलाई कथाबस्तु बनाउँदै सरल भाषामा नाटकीकरण गरेर बालबालिकालाई मनोरञ्जन र शिक्षा प्रदान गर्ने प्रयास गरिएको छ ।” बादलका बुट्टाहरूमा (सरोज दाहाल, विजय चालिसेको जीवनी, व्यक्तित्व । कृतित्व, स्नातकोत्तर शोधपत्र, २०५, पृ. ४९) ।
बि.स. २०२० को दशकको अन्त्यतिरै नेपाली बालनाटक लेखनको क्षेत्रमा शिव अधिकारीको प्रवेश भएको देखिन्छ । उनका “चोर चिन्ने घन्टी (२०२८)”, “द्यौता द्यौता (२०३८)”, “मनचिन्ते झोली (२०३८)”, “आमाको मुहार (२०३९)”, “बालक सिद्धार्थ (२०५१)” जस्ता सशक्त बालनाटकहरू प्रकाशित भएका छन् । नेपाली बालनाटक लेखनमा अधिकारीले यी नाटकहरूमार्फद्वारा उल्लेख्य योगदान दिएका छन् । यही दशकको अन्त्यतिर सरयु राईको “आशिष (२०२८)” र बालक पत्रिकामा लेखक उल्लेख नभएको “कमिला र ढुकुर नदिको किनारामा (२०२२)” शीर्षक बालनाटक प्रकाशित भएका छन् ।
यसरी बीसको दशकमा झन्डै डेढ दर्जन लेखकका दर्जनौं बालनाटक प्रकाशित भएको देखिन्छ । सुरुदेखि बीससम्मको दशक सङ्ख्या र उपलब्धि दुवै दृष्टिले नेपाली बालनाटक लेखन–प्रकाशनमा उल्लेखनीय रह्यो ।
बालनाटक लेखनमा तीसको दशक
वि.स.ं २०३० को दशकमा पनि वैष्णव, विकल, पराजुली, चालिसे र अधिकारीको योगदानले निरन्तरता पायो । यिनका अतिरिक्त यो दशकको पूर्वार्धमा “हामी पनि बालमन्दिर जाने (२०३०)” शीर्षक बालनाटक लिएर लिएर अनन्त शर्मा देखा परे भने “सतीशको बुद्धिमानी (२०३०)” शीर्ष बालनाटक लिएर उपेन्द्र देखा परे । यसको उत्तरार्धमा गीताप्रसाद शर्मा (छोरो सप्रन्छ, २०३७), अनीता जोशी (हराएको पाएँ, २०३९), र दत्तराज हमाल (साथी पर्खुन्जेल, २०३७) गरी तीन नयाँ प्रतिभा प्रकाशित भए । यो दशक सङ्ख्याका दृष्टिले केही कमजोर देखिए पनि नेपाली बालनाटककै पहिलो सङ्ग्रह “सात थुङ्गा” को प्रकाशनका दृष्टिले अत्यन्त ऐतिहासिक र महत्वपूर्ण रह्यो ।
बालनाटक लेखनमा चालीसको दशक
वि.सं. २०४० को दशकमा पनि प्रारम्भिक दशकका नाटककारको योगदानले निरन्तरता पायो । अघिल्लो दशकमा देखापरेकी अनिता जोशीको बालनाटक पनि प्रकाशित भयो । यस दशकको सुरुमैं एस.के.इच्छुकको “बनायौ बालकको भविष्य आमा तिमीले (२०४१)” प्रकाशित भयो भने त्यसको पछिलो वर्ष नेपाली साहित्यका वरिष्ठ व्यक्तित्व वासु शशीको तीन दृश्ययुक्त “ढुङ्गाको सुप (२०४२)” शीर्षक बालनाटक प्रकाशित भयो । उनका रेडियो र टेलिभिजनमा केही अरु पनि बालनाटकदेखिए । तर छापामा भने यस बाहेक अर्को प्रकाशित नाटक जानकारीमा आएको छैन । थोरै लेखेर पनि नेपाली बालनाटकलाई समृद्ध तुल्याउनेमा वासु शशीको नाम महत्वपूर्ण देखिन्छ । त्यसपछि नेपाली नाटकमा सडक नाटकको प्रयोक्ता अशेष मल्ल बालनाटक लेखनको क्षेत्रमा प्रवेश गरे । “खेलहरूको खेल” शीर्षक बालनाटक लिएर २०४३ सालमा प्रवेश गरेपश्चात अशेष मल्लका “किसोरका आँखा (२०४७)”, “गंगारामको न्याय (२०४७)”, “माछाहरूको बैठक (२०५६)”, “जंगलमा एक दिन (२०६४)”, “अँध्यारो अँध्यारो (२०६६)”, जस्ता सशक्त बालनाटकहरू प्रकाशित हुँदै आए । मल्लले सशक्त बालनाटक दिएर लामो समयसम्म महत्वपूर्ण योगदान गरेका छन् । यिनको “जङ्गलमा एक दिन (२०६७)” शीर्षक बालनाटकसङ्ग्रह प्रकाशित छ । मल्लको सर्वनाम नाट्य संस्थाले नाटक मेला र बालनाटक महोत्सवहरू सञ्चालन गरेर पनि महत्वपूर्ण योगदान गरेको छ ।
यसरी नै नेपाली बालनाटक लेखनमा यही चालीसको दशकभित्र “बैशाखी र धोक्रो (२०४७)” शीर्षक बालनाटक लिएर प्रयोगवादी साहित्यकार मोहनराज शर्माको प्रवेश भयो । “को के बन्छ (२०५०)”, “तिमीहरू सान हौं (२०६४)” जस्ता थोरै मात्र बालनाटक लेखेपनि शर्माले नेपाली बालनाटकलाई स्तरीयताको दृष्टिमा रामै्र योगदान गरेका छन् । शर्माको “काकाको खेलौनाघर (२०६१)” एउटा महत्वपूर्ण बालनाटकको कृति हो । यसै अवधिमा गेहेन्द्रभूषण पोखरेलीको “रुख हाम्रोसाथी (२०४७)” पनि प्रकाशित भयो । पोखरेलीकै “शाह वंशका पाँच प्रमुख राजाहरू” २०४२ सालमैं प्रकाशित भएको भए पनि लेखककै भनाइमा समेत त्यो कृति पूर्ण रूपमा नाटक सङ्ग्रह थिएन । त्यसमा केही मात्र बालनाटक समावेस गरिएका थिए । तर पनि नेपाली बालनाटकका क्षेत्रमा पोखरेलीको योगदान उल्लेख्य छ । त्यसपछि “गुनी खरायो (२०४८)”, “बाटो बिराउँदा (२०४८)”, “हारुनको मुरली (२०४९)”, “भकुन्डेको मन (२०५३)”, “फुच्चे रोबोट (२०५५)”, “समय र मान्छे (२०५६)”, “हिङमाङको चौँरी (२०५७)”, “पुन्टे गुगल, (२०५७),” “अब सानी हाँस्छिन् (२०६०)”, “हाम्रोराम्रोे पहिचान (२०६४)”, समय र मान्छे (२०६५), “आउन नाटक खेलौं (२०६७)” जस्ता बाल रूचिका नाटकहरू लिएर यही अवधिमा कृष्ण शाह यात्री देखा परे । यिनका “फुच्चे रोबोट (२०६५)” “हिङमाङको चौंरी (२०६५)”, र “जलपरी (२०६७)”ः गरी तीनवटा बालनाटकसङ्ग्रह प्रकाशित छन् ।
बालनाटक लेखनमा पचासको दशक
वि.सं. २०५० को दशकले पनि प्रारम्भिक चरणका वैष्णव, विकल, र पराजुलीको योगदान प्रँप्त ग¥यो । बीसको दशकमा नेपाली बालनाटक लेखनमा प्रवेश गरेका शिव अधिकारीले पनि बालनाटक लेखनलाई निरन्तरता दिए । यसै अवधिमा विजय चालिसे र जयराज रेग्मीका नाटक सङ्ग्रहरू प्रकाशित भए । अनि यही समयमा सशक्त बालनाटक लिएर सरुभक्त देखापरे । उनको बालबालिकाका नाटक (२०५३) प्रकाशित भयो । यस सङ्ग्रहमा “भ–भ–भ–भ–भूत”, “यती”, र “खेल” गरी तीनवटा लामा नाटकहरू सङकलित छन् । यसपछि पनि उनका “पराक्रमी बालकहरू (२०६४)”, “बालबालिकाको स्वर्ग (२०६६)” जस्ता बालनाटक प्रकाशित छन् । यही दशकमा टीकाराम पोखरेलको “गृहकार्य (२०५४)” शीर्षक बालनाटक प्रकाशित भएको देखन्छ भने अर्का सशक्त बालनाटककार शारदारमण नेपाल पनि यही समयमा देख परे । नेपाल “अठोट (२०५५)”, “समाधान ( २०५५)”, “खलाँती बाजे (२०५६)”जस्ता बालनाटक लिएर देखा परे । उनका “कुरा गर्ने दङ्ग (२०६०)” का साथै उनका अरु पनि फुटकर बालनाटकहरू प्रकाशित छन् । यही दशकमा उनका दुईवटा कृति प्रकाशित भएका छन् । “हाम्रोअभियान (२०५८)” र “खलाँती बाजे (२०५९)” शीर्षक यी कृतिका साथै उनको अर्को नाटक सङ्ग्रह “अठोट (पुनर्मुद्रण २०६५)” प्रकाशित छन् । यसरी नेपाली बालनाटक लेखनमा शारदारमणको महत्वपूर्ण योगदान रहेको छ ।
यही समयमा नवराज तिमल्सिना “खुसीको आँसु (२०५५)” र समिर गौतम “परिवर्तन (२०५५)” शीर्षक बालनाटक लिएर देखा परे । यिनमध्ये समिरले विद्यार्थी अवस्थामैं यो आशालाग्दो बालनाटकको सिर्जना गरेर भविष्यका लागि समेत आशालाग्दो प्रतिभा देखाएकाछन् । यही कालका अर्का सशक्त प्रतिभा रामप्रसाद ज्ञबाली पनि “बडा दशैंः सफा वातावरण स्वस्थ जीवन (२०५६)”, “भानुभक्तको काठमाडौं भ्रमण (२०५७)”, “रहस्य (२०६१)”, “सम्पत्ति (२०६२)” जस्ता बालनाटक लिएर देखा परे । यिनको “सम्पत्ति (२०६३)” शीर्षक बालनाटकसङ्ग्रह प्रकाशित छ ।
नेपाली बालनाटकको क्षेत्रमा यस अवधिका अर्का सशक्त प्रतिभा हुन् विमल भौकाजी । उनका “भोलि कहिले आउँछ (२०५६), “गल्ती भयो के गर्ने ? (२०५८)”, “तिम्रो नाम के हो ? (२०५९)”, “ज्ञानुको खुल्दुली (२०५९)”, “बल, बुद्धि र विवेक (२०६१)”, “हाम्रोघरको मुसो (२०६२), “बालक कुट्ने हात (२०६४)” “उपचार (२०६५)”, “पाहुना (?) “मेरो कथा सुन (२०६६) आदि प्रभावकारी बालनाटकहरू प्रकाशित छन् । यसै अवधिमा शारदा अधिकारी र शिव मुखियाका पनि बालनाटक प्रकाशित भएका देखिन्छन् । बालक मासिकमा प्रकाशित अधिकारीको चार दृश्ययुक्त “गुरुभक्ति”, का साथै “विद्याकी देवीको जन्मदिन” शीर्षक बालनाटक प्रकाशित देखिन्छन् भने मुखियाको “बालअधिकार (२०५६)” प्रकाशित छ ।
बालनाटक लेखनमा साठीको दशक
साठीको दशकमा वैष्णव, विकल, पराजुली का साथै विजय चालिसेको पनि बालनाटक लेखनमा निरन्तरता कायम रह्यो । यो दशक नेपाली बालनाटक सङ्ग्रहको प्रकाशनका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको छ । सुरुदेखि पचासको दशकसम्म आइपुग्दा जम्माजम्मी दशवटा बालनाटक सङ्ग्रह प्रकाशित भएको देखिन्छ भने वि.स. २०६० को यो एउटै दशकमा १२ जना लेखकका १६ वटा बालनाटक सङ्ग्र प्रकाशित भएका देखिन्छ । यस बाहेक वि.सं. २०६० को दशकमा कृष्णशाह यात्री, विजयराज आचार्य, ध्रुव घिमिरे र विजय चालिसेको सम्पादमा चारवटा बालनाटकसङ्ग्रह ससमेत प्रकाशित भएका छन् ।
यस दशकमा विजयराज आचार्यका उज्यालोको खोजीमा र मान्छे खाने मान्छेहरूजस्ता बालनाटक प्रकाशित छन् । उनका दुई बालनाटक सङ्ग्रह यसै अवधिमा प्रकाशित भए । तिनमध्ये “उज्यालोको खोजीमा (२०६१)” मौलिक नाटक हो भने “लियो टाल्सटायका उत्कृष्ट बालनाटकहरू (२०६५)” टल्स्टायका बालनाटकहरूको नेपाली अनुवाद सङग्रह । यसरी नै सशक्त बाल साहित्य स्रष्टा तेजप्रकाश श्रेष्ठ पनि यही दशकमा बालनाटक लिएर आए । उनका विभिन्न बालनाटक प्रकाशित भएका छन् । श्रेष्ठका “के मैले बेठीक गरेँ (२०६२)”, “ज्ञानी हुन पनि जान्नुपर्दछ (२०६३)”, “कति ज्ञानीहरू (२०६३)”, “उपहार के दिने ? (२०६३)”, “ठन्डा बरफ (२०६३)”, “उज्याला धर्साहरू (२०६४)”, “अञ्जना गुफा पसी (२०६६)”, “हत्पतको काम (२०६८)” जस्ता बालनाटक प्रकाशित छन् । यिनको “उपहार के दिने (२०६५)” शीर्षक बालनाटक सङग्रह प्रकाशित भएको छ । यसै अवधिमा बालप्रतिभा मनु भट्टराई पनि “कुपोषण (२०६२)” शीर्षक बालनाटक लिएर देखापरेकी छन् ।
यही अवधिमा नेपाली बालनाटक लेखनमा देखापरेका अर्का प्रतिभा हुन् छायादत्त न्यौपाने । उनका प्रकाशित फुटकर नाटक नदेखिए पनि “बालदिवस (२०६३)”, र “मोटरसाइकलको बिहे (२०६७)” दुईवटा बालनाटकसङ्ग्रह यसै अवधिमा प्रकाशित भए । यही बेला प्रज्ञा पोखरेलको “चेतनाचेतना (२०६३)” प्रकाशित भयो र यी विद्यार्थी प्रतिभा थिइन् । सुशील आचार्यको “पछुतो (२०६३)”, निर्मल बज्राचार्यको “आलुको महिमा (२०६४)”, सुधा शर्मा रिसालको “डेढो आँखा (२०६४) पनि यही समयमा प्रकाशित भए । सुशीला प्रधानाङ्गका “छोरीलाई पढाउन पठाऔं (२०६५), र “माछा माछा भ्यागुतो (२०६६” गरी दुईवटा बालनाटक प्रकाशित भए भने दिनमान गुर्छान दिगुका “दादुराबाट बेलैमा जोगिऔं (२०६५)”, “सानी पनि पढ्ने भई (२०६७)”, “लौ लौ फागु मिलेर खेलौं (२०६७)” जस्ता बालनाटक प्रकाशित भए । डा. घनश्याम परिश्रमीको “हिमाल, पहाड, तराई कोही छैन पराई (२०६६)” नाटक पनि यही दशकमा प्रकाशित भएको देखिन्छ । यही दशकको अनत्यतिर समालोचक देवेन्द्रप्रसाद उप्रेतीका “पौडी खेल्दा (२०६६”, र “पोखरीमा डुबेका बालबालिका (२०६७)” प्रकाशित भए भने पार्थ गुरुङको “पश्चाताप (२०६०)” पनि यसै समयमा छापियो ।
यही वि.सं. २०६० को उत्तरार्धतिर अर्का सशक्त प्रतिभा राजव “नाम (२०६६)”, “मुसाहरू मामाघर हिँडे (२०६७)”, “हो हामी हेप्दैनौं (२०६७)” जस्ता बालनाटक लिएर देखा परे । उनको “मृुसाहरू मामाघर हिँडे (२०६८)” शीर्षक बालनाटकसङ्ग्रह पनि यही कालमा प्रकाशित भयो । साथै यस दशकमा वीरेन्द्र रानाको “वृक्षरोपण गरौं (२०६२)” शीर्षक फुटकर बालनाटक प्रकाशित भयो भने शर्मिला खड्का दहाल “उज्यालो बाटो शिक्षाको (२०६४)” शीर्षक एकाङ्कीसङ्ग्रह लिएर देखापरिन् । प्रभा भटट्राइको “खुब खाइस् मिठाई” र “हराएको घर” यही समयमा प्रकाशित भए भने नन्दलाल आचार्यको “उखाने दाइ र टुक्के दिदी (२०६८)” शीर्षक बालनाटकसङ्ग्रह पनि प्रकाशित भएको देखिन्छ ।
यसबीच कार्तिकेय घिमिरे (उज्यालोको खोजी), टीकानाथ शर्मा (टुहुरो गङ्गा), ध्रुव घिमिरे (मनभित्रका आवाजहरू), रामबाबु सुवेदी (अनाथका नाथ विनोद), रञ्जु मार्ग (मुक्तिको बाटो रोज), रामप्रसाद पौडेल, (पढ्ने रहर), रामबाबु सुवेदी (भत्किएको पाटीमा), वासुदेव मुनाल (हराएको हात), विश्वम्भर चञ्चल (दाजुभाइमा मेलमिलाप) आदि बालसाहित्यकारका पनि फुटकर बालनाटकहरू प्रकाशित भएका देखिन्छन् । यस बाहेक पनि अन्य प्रतिभाका कृतिहरू प्रकाशित भएका हुनसक्छन्, जुन यस पङ्क्तिका लेखकको आँखामा पर्न नसकेका हुनसक्छन् ।
सङ्ग्रह प्रकाशनको स्थितिः
माथि नै उल्लेख गरियो, बालनाटक नेपाली बालसाहित्यमा निकै पछि लेखिन थालेको विधा हो । त्यसैले बालसाहित्यका अन्य विधामा जस्तो नाटक विधामा धेरै कृतिहरू प्रकाशित भएका देखिँदैनन् । प्रधानको नेपाली वाङ्मय परिचय कोष (२०६५) दिईएको सूची अनुसार प्रकाशित करिव १२८० वटा कृतिहरूमध्ये जम्मा ११ जना लेखकका १५ वटा मात्र बालएकाङ्की–नाटकका कृति प्रकाशित भएका देखिन्छन् । सोही नेपाली वाङमय परिचय कोषलाई आधार मान्दा बालसाहित्यका कृतिगत प्रकाशनमा सङ्ख्याका दृष्टिले पहिलो स्थान बालकथा (३३७) ले लिएको छ भने अनुवाद बालसाहित्य (२८३) दोस्रो स्थानमा रहेको देखिन्छ । त्यसरी नै तेस्रो र चौथो स्थानमा बालकविता÷बालगीत÷बालकाव्य÷बालगजल आदि (२३२), र चित्रकथा÷चित्रपुस्तक (१७८) रहेका छन् । त्यसपछि पाचौं स्थानमा मात्र नेपाली बालनाटकका कृति प्रकाशित भएका देखिन्छन् । उक्त कोशका अनुसार ११ जना बालनाटककारका १५ वटा बालनाटकसङ्ग्रह प्रकाशित भएको देखिन्छ ।
प्रभात सापकोटाको “नेपाली बालनाटकको ऐतिहासिक अध्यन (२०६८) मा १६ जना बालनाटककारको २४ वटा बालनाटक सूचीकृत गरिएको छ । अध्ययनक्रमा २०६८ साल फागुनसम्म प्रकाशित सापकोटाको कृतिमा सूचीकृत नभएका थप पाँचजना बालनाटककारका पाँचैवटा सङ्ग्रह प्रकाशित भएका देखिएको छ । यसरी थप प्रकाशित बालनाट सङग्रहमा विजयराज आचार्यको थप एउटा अनुदित नाटकसङ््ग्रह “लियोटास्टायका बालनाटक (२०६५)” मोहनराज शर्माको “काकाको खेलौनाघर (२०६१)”, अर्जुन विलास पन्तको “जस्तो काम, उस्तै माम (२०६१), सुधा शर्मा रिसालको “टेढो आँखा (२०६४)”, राजवको (मुसाहरू मामाघर गए (२०६८), र नन्दलाल आचार्यको “उखाने दाइ, टुक्के दिदी (२०६८) देखिएका छन् ।
यसरी वि.स.ं २०३७ देखि २०६८ फागुनसमको अवधिमा २१ जना बालनाटककारका २९ वटा नाटक प्रकाशित छन् र तीमध्ये अनुदित नाटक सङ्ग्रहलाई गणना नगर्ने हो भने पनि २८ वटा सङ्ग्रह प्रकाशित भएको देखिन्छ । यिनै पङ्क्तिका लेखकको पाँच बालनाटक सङ्कलित “नयाँ साथी” शीर्षक एउटा अर्को सङ्ग्रह पनि प्रकाशोन्मुख छ ।
जे होस्, फुट्कर रूपमा श्यामदास वैष्णवको अगुल्टोबाट सुरु भएको फुटकर नेपाली बालनाटकले सङ््ग्रहको कृतिका रूपमा प्रकाशित हुन अर्को दुई दशक पर्खनु प¥यो । युवराज वाग्लेका अनुसार “नेपाली साहित्यमा बालएकाङ्कीको औपचारिक लेखन वि.सं. २०३७ सालतिर आएर मात्र थालिएको हो...।” नेपाली बालनाटकसङ्ग्रह प्रकाशनको कालक्रमिक इतिहास केलाउँदा वि.सं. २०३७ मा प्रकाशित रमेश विकलको सात थुङ्गा पहिलो कृतिका रूपमा देखापर्दछ । नेपाली साहित्यमा नाटकको मौलिक लेखन पहलमानसिंह स्वाँरको “अटलबहादुर” (१९०६ ई.) बाट प्रारम्भ भएको मानिन्छ भने बालनाटकको लेखन वि.सं. २०१६ मा प्रकाशित श्यामदास वैष्णवको “अगुल्टो” बाट सुरुभएको मानिन्छ । यसरी नेपाली बालनाटक लेखनको इतिहास पाँच दशक भन्दा केही वर्ष मात्र पुरानो देखन्छ । नेपाली बालसाहित्यको इतिहासका अनुसार नेपाली बालनाटकको क्षेत्र अत्यन्त दयनीय स्थितिमा रहेकोछ र नेपाली बालपाठ्सामग्रीको पहिलो पुस्तक “अक्षराङ्क शिक्षा” लाई मान्दा सो पुस्तकको प्रकाशन भएको उनान्असी वर्षपछि अर्थात् २०३७ मा मात्र पहिलो बालएकाङ्कीसङ्ग्रह सात थुङ्गा प्रकाशित भएको देखिन्छ (प्रधान, प्रमोद, नेपाली बालसाहित्यको इतिहास पृ. ११४) । यसबाट पुष्टी हुन्छ, नेपाली बालसाहित्यको लगभग १ सय १५ वर्षभन्दा बढीको इतिहासमा नेपाली बालनाटक पछिल्लो विधाका रूपमा लेखिन थालेको हो ।
त्यसरी नै सात थुँगापछि प्रकाशित गेहेन्द्रमान उदास पोखरेलीको कृति शाह “वंशका पाँच प्रमुख राजाहरू (२०४२)” मा केही नाटक रहेको कुरा स्वयम् लेखकले उल्लेख गरेका भए पनि त्यो सङ्ग्रह सिङगो नाटकको कृति भने होइन । तसर्थ सिङ्गो बालनाटक सङ्ग्रको दोस्रो कृतिका रूपमा “साथ थुङ्गापछि” विजय चालिसेको “बादलका बुट्टाहरू (२०५२)” लाई लिनु पर्ने हुन्छ ।
यसरी पहिलो नेपाली बालनाटकसङ्ग्रह “सात थुङ्गा” प्रकाशित भएको १२ वर्षपछि वि.सं. २०५२ मा “बादलका बुट्टाहरू” शीर्षक अर्को नाटक सङ्ग्रह प्रकाशित भयो भने त्यसको पछिल्लो वर्ष सरुभक्तको “बालबालिकाका नाटक” प्रकाशित भयो । “सात थुङ्गा” भित्र “शम्भु दाइ निर्दोष छ”, “देवदूतको मद्दत”, “किसान र बाघ”, “गीता भेटिई”, “ऊ हाम्रोसाथी हो”, “सिद्धार्थको करुणा” र “नदेखिने दानव” गरी सातवटा नाटक रहेका छन् । विकलका यस बाहेक पनि “अब तिमी नरोऊ किरण (२०५९)” र “हराएको चिठी (२०६४)” शीर्षक अन्य दुईवटा नाटकसङ्ग्रह प्रकाशित छन् । उनका “अब तिमी नरोऊ किरण” भित्र “आमा मेरी आमा”, “अब तिमी नरोऊ किरण”, “माया दी ! मलाई पनि स्कुल लैजानोस् है”, “हराएका आमाबाबु” र “राजाबाबु” गरी पाँचवटा बालनाटक रहेका छन् भने तेस्रो सङ्ग्रह “हराएको चिठीभित्र” “एउटा कुरो नि”, “के ल्याउँ हजुर ? जेरी, स्वारी, तरकारी ? ”, “ऊ ज्ञानी भैहाल्छ नि”, “हजुरआमा भन्नुहुन्थ्योः एकादेशमा”, “हराएको चिठी”, “राजा हिमवन्तको निसाफ”, “डाक्टर सर्वज्ञमान एन.के.” गरी पाँच मौलिक र दुई रूपान्तरित नाटकहरू बालनाटक सङ्ग्रहित छन् । चालिसेका “बादलका बुट्टाहरू” मा “राजा मिडास”, “बुद्धिमान न्यायाधीस”, “गुग्लिएल्मो मार्कोनी”, “अल्बर्ट आइन्स्टाइन” शीर्षक चारवटा बालनाटक सङ्ग्रह गरिएका छन् भने उनको प्रकाशोन्मुख “नयाँ साथी” भित्र “नयाँ साथी”, “सनेसे गँगटो” “केराउको कोसा” “टोलको सफाइ” र “नौलो खेलको मजा” गरी पाँचवटा नाटक सङ्ग्रह गरिएका छन् ।
प्रकाशनक्रमा तेस्रो स्थान राख्ने सरुभक्तको “बालबालिकाका नाटक” वि.सं. २०५३ मा प्रकाशित भयो । यस सङ्ग्रहभित्र “भ–भ–भ–भ–भूत”, “यती”, र “खेल” गरी तीनवटा लामा नाटक सङकलित छन् ।
त्यसपछि चौथो सङ्ग्रहका रूपमा जयराज रेग्मीको “हामीले पढ्न पाउने भयौं (२०५८)” प्रकाशित भयो । यसभित्र मौलिक र रुपान्तरित २१ वटा बालनाटक सङ्कलित छन् । तिनमध्ये “आज श्रीपञ्चमी”, “सवरीको भक्ति”, “साँचो बोल्नुपछ”, “शरीरदान”, “दिदीबहिनीको खेल”, “मेरो छोरो चोर हैन”, “बल्ल घैंटामा घाम लागे”, “गोठाला”, “हुनुनपर्ने भो”, “अब पो कुरा बुझे”ँ, “बकबक गर्नेले काम गर्दैन”, “अक्कल”, “रिकापीभरिको हलुवा”, “कान्छीको खुशी” गरी तेह्रवटा मौलिक र बाँकी छ वटा अनुदित नाटकहरू सङ्कलित छन् । नेपाली बालनाटकको पाँचौं कृतिका रूपमा दिनेश अधिकारीको “जङ्गलको कथा जङ्गलको व्यथा (२०५८)” देखिएको छ ।
त्यसपछिको छैटौं कृति “हाम्रो अभियान (२०५८)” सङ्ग्रह लिएर देखा परे शारदारमण नेपाल । नेपालका अन्य दुई बालनाटकसङ्ग्रह “खलाँती बाजे (२०५९) र “अठोट (पुर्नमुद्रण २०५९)” वि.सं. २०५९ मा प्रकाशित भएका छन् । “हाम्रोअभियान” सिङ्गो नाटक हो भने “खलाँती बाजे” सङ्ग्रहभित्र “खलाँती बाजे”, “रमेश सरको जादू”, “कुरैकुरा” गरी तीन र “अठोटभित्र” “हजुरबाको पाठ”, “अठोट”, “नानीको बजारयात्रा”, “अर्काको रचना”, “पक्षपात”, “जे.आर.सर”, “लागेको बानी”, र “छोराको घर” गरी आठवटा नाटक सङ्ग्रहित छन् । यसरी सुरुदेखि वि.संं. २०५० को को दशकभित्रमा प्रकाशन क्रमानुसार रमेश विकल, विजय चालिसे, सरुभक्त, जयराज रेग्मी, दिनेश अधिकारी र शारदारमण नेपाल गरी छ जना लेखकका नौवटा बालनाटकका कृति प्रकाशित भएको देखिन्छ ।
बालनाटक प्रकाशनको दृष्टिले वि.सं. २०६० को दशक अत्यधिक उर्वर देखिन्छ । यस दशकमा सुरुका श्यामदास वैष्णवको एक र रमेश विकलका दुई सङ्ग्रह प्रकाशित भए भने प्रकाशन मितिका दृष्टिले त्यसपछि मोहनराज शर्मा, विजयराज आचार्य, अर्जुनविलास पन्त, छायादत्त न्यौपाने, रामप्रसाद ज्ञबाली, सौरभकिरण श्रेष्ठ, सुधा शर्मा रिसाल, शर्मिला खड्का, कृष्णप्रसाद पराजुली, तेजप्रकाश श्रेष्ठ, अशेष मल्ल, राजव र नन्दलाल आचार्य आदि १३ जना नाटककारका २० वटा सङ्ग्रह प्रकाशित भए । यसरी पहिलो नेपाली बालनाटकसङ्ग्रहको प्रकाशनपछिको तीन दशक (वि.स.ं २०३७ देखि २०५०) भित्र ६ जना लेखकका नौवटा कृति प्रकाशित थिए भने वि.सं. २०६० को यो एकै दशकमा १५ जना थप लेखकका २१ वटा बालनाटकका कृति प्रकाशित भएको देखिन्छ ।
यस दशकको पहिलो वर्ष २०६१ मैं मोहनराज शर्माको “काकाको खेलौनाघर”, विजयराज आचार्यको “उज्यालोको खोजीमा” अर्जुनविलास पन्तको “जस्तो काम उस्तै माम” शीर्षकमा बालनाटकका कृतिहरू प्रकाशित भए भने विजयराज आचार्यको एउटा अर्को अनुदित बालनाटकसङ्ग्रह “लियो टाल्सटायका उत्कृष्ट बालनाटकहरू (२०६५) पनि प्रकाशित भयो । यसभित्र “धर्म”, “युद्ध”, “मातृभूमिः स्वदेश राज्य”, “कर”, “घृण”, “दया”, “नशा”, “मृत्यु–दण्ड”, “जेल”, “सम्पत्ति”, “आफ्नो नोक्सान गर्नेलाई माया गर्नुपर्दछ”, “अखबार”, “पश्चाताप”, “कला”, “विज्ञान”, “मुक्ेकबाजी”, “अपराध र दण्ड”, “निजी सम्पत्ति”, “बालक”, “शिक्षा” शीर्षक २० वटा छोटा छोटा एकाङ्कीहरू सङ्ग्रह गरिएका छन् ।
त्यसको पछिलो वर्ष वि.स.ं २०६२ मा कृष्णप्रसाद पराजुलीको “इन्द्रिनी” बालनाटकसङ्ग्रह प्रकाशित भयो र त्यसभित्र “भविष्यका तारा”, “आजको ताजा खबर”, “कान्छो घर्ती छिँडीमा”, “जागरण” “छोरीले पनि पढ्नुपर्दछ”, “नयाँ वर्ष कसरी मनाउने ?” र “आमाको माया” गरी सातवटा बालनाटक सङ्ग्रह गरिएका छन् । त्यसपछिको वर्ष २०६३मा नै नेपाली बालनाटकका प्रारम्भिक स्रष्टा श्यामदास वैष्णवको बालनाटकसङ्ग्रह “शैक्षिक नाटक” प्रकाशित भयो । यस सङ्ग्रहभित्र “अगुल्टो”, “पैसाको चुम्बक”, “कुरा गर्ने चरा”, “उडेको चरा”, “चङ्खेको हुर्मत”, “सस्ताको खोजी”, धेरैको नापो”, लक्ष्मीको बास”, “उल्टो बाजी”, “दुई उल्लूहरू” “मुसेकाजी”, “को हुस्सू ?”, “बिजायँ सजायँ”, “असल कमसल”, “चाहिने नचाहिने कुरा”, र “डोको” गरी सोह्रवटा बालनाटक समावेस गरिएका छन् । त्यसरी नै वि.सं. २०६३ मा छायादत्त न्यौपानेको “बालदिवस” प्रकाशित भयो । यस सङ्ग्रहमा “नाति जन्मेपछि”, “अब यस्तो नगर्नुस् है”, “कोठाभरिको उज्यालो”, “केटाकेटी मुस्कुराउँछन्”, “साथी साथीलाई”, “एक हातले ताली बज्दैन”, “ताप्के नताती बिँड तात्दैन”, “सही बाटामा हिँड्छु”, र “बालदिवस” गरी नौवटा बालनाटक सङ्ग्रहित छन् । उनको अर्को सङ्ग्रह “मोटरसाइकलको बिहे (२०६७)” पनि प्रकाशित छ र यसमा “मोटरसाइकलको बिहे”, “रवि मुस्कुराए” र “बालगृहमा सडकबालकहरू” शीर्षक तीन एकाङ्की नाटकहरू सङ्कलन गरिएका छन् ।
विस.ं २०६३ मैं रामप्रसाद ज्ञबालीको कृति “सम्पत्ति” शीर्षक नाटक प्रकाशित भयो । सौरभकिरण श्रेष्ठको “पेटुपेनः मेरो असल साथी” शीर्षक लामो नाटक यही समयमा प्रकाशित भयो । पछिल्लो वर्ष वि.सं. २०६४ मा सुधा शर्मा रिसालको “डेढो आँखा”, र शर्मिला खड्काको “उज्यालो बाटो शिक्षाको” शीर्षक दुई कृति प्रकाशित भए । खड्काको सङ्ग्रहमा “यो कसको पीडा”, “असम्भव सम्भव”, “हाम्रोदायित्व”, “उज्यालो बाटो शिक्षाको”, “जनस्वास्थ्य अदालत”, र “लुरेको सफलता” गरी छवटा एकाङ्की संग्रहित छन् ।
त्यसरी नै वि.सं. २०६५ मा तेजप्रकाश श्रेष्ठको “उपहार के दिने” शीर्षक सङ्ग्रह प्रकाशित भयो र यसभित्र “के मैले बेठीक गरेँ ?”, “ज्ञानी हुनपनि जान्नुपर्दछ”, “उपहार के दिने ?”, “ठण्डा बरफ” र “उज्याला धर्साहरू” शीर्षकका पाँचवटा एकाङ्की रहेका छन् । यही वर्ष कृष्णशाह यात्रीको “फुच्चे रोबोट” र “हिङमाङको चौंरी” प्रकाशित भयो । उनको अर्को बालनाटक सङ्ग्रह “जलपरी (२०६७)” पनि प्रकाशित छ । शाहको पहिलो सङ्ग्रहभित्र “फुच्चे रोबोट”, “हारुनको मुरली”, “गुनी खरायो”, “हाम्रोराम्रो पहिचान” र “पुन्टे गुगल” गरी पाँचवटा, र दोस्रो सङ्ग्रहमा “हिङमाङको चौरी”, “भकुन्डेको मन”, “अब सानी हाँस्छिन्” र “बाटो बिराउँदा” चार बालनाटक सङ्कलित छन् । यसरी नै तेस्रो सङ्ग्रहमा “जलपरी”, “हराएको अङ्क”, “लक्ष्मीपूजा”, “भाइरस किलर”, “परीक्षाको भूत” गरी पाँचैवटा बालनाटक सङ्ग्रहित छन् ।
अशेष मल्लको नाटक सङ्ग्रह “जङ्गलमा एक दिन” वि.सं. २०६७ मा प्रकाशित भएको देखिन्छ भने मल्लको यस सङ्ग्रहमा “गङ्गारामको न्याय”, “अँध्यारो अँध्यारो”, “जङ्गलमा एक दिन”, “खेलहरूको खेल” र “माछाहरूको बैठक” शीर्षक पाँचवटा नाटक सङ्कलित छन् । त्यसको पछिल्लो वर्ष वि.सं. २०६८ मा राजवको “मृुसाहरू मामाघर हिँडे” शीर्षक सङ्ग्रह प्रकाशित भयो र यसभित्र “मुसाहरू मामाघर हिँडे”, “मेरो पुच्छर मसँगै हुने”, “हो हामी हेप्दैनौं”, र “नाम” गरी चारवटा एकाङ्कीहरू सङ्ग्रहित छन् भने त्यही वर्ष नन्दलाल आचार्यको “उखाने दाइ र टुक्के दिदी” शीर्षक बालनाटकको कृति प्रकाशित भएको देखिन्छ ।
वि.सं. २०६० को दशकमा नै बी.एन.पुस्तक संसारको प्रकाशन “प्रतिनिधि नेपाली बालनाटक (२०६५)”, बालसंसार प्रा.लि. को प्रकाशन “हाम्रो एकाङ्की–१ (२०६६)”, विवेक शीर्जनशील प्रकाशनको “प्रतिनिधि बालनाटकहरू (२०६६)”, बालसंसार प्रा.लि. कै अर्को प्रकाशन “हाम्रो एकाङ्की–२ (२०६७)” गरी चारवटा विभन्न बालनाटक सङ्ग्रह प्रकाशित भएका छन् । कृष्ण शाह यात्रीद्वारा सम्पादित “प्रतिनिधि नेपाली बालनाटकमा अशेष मल्लका “जङ.गलमा एक दिन”, “खेलहरूको खेल”; कृष्ण शाह यात्रीका “फुच्चे रोबोट”, “भकुन्डेको मन”, छायादत्त न्यौपानेको “नाति जन्मेपछि”, तेजप्रकाश श्रेष्ठको “उज्यालाका धर्साहरू”, मोहनराज शर्माको “तिमीहरू सान हौ”, रमेश विकलको “अब तिमी नरोऊ किरण”, “किसान र बाघ” राजवको “मेरो पुच्छर मसँगै हुने”, “रामप्रसाद ज्ञबालीको “भानुभक्तको काठमाणौं भ्रमण”, विमल भौकाजीको “तिम्रो नाम को हे ?” श्यामदास वैष्णवको “डोको”, “पैसाको चुम्बक”, शर्मिला खड्का दहालको “उज्यालो बाटो शिक्षाको”, शारदारमण नेपालको “रमेश सरको जादू”, “खलाँती बाजे”, शिव अधिकारीको “बालक सिद्धार्थ”, र सरुभक्तको “यती” गरी १४ जनाका १९ बालनाटकसङ््ग्रहित छन् ।
त्यसरी नै ध्रुव घिमिरेको सम्पादनमा प्रकाशित “हाम्रो एकाङ्की–१ (२०६६)” भित्र रमेश विकलको “केल्याउँ हजूर ! जेरी, स्वारी, तर्कारी ?”, कृष्णप्रसाद पराजुलीको “आजको ताजा खबर”, श्यामदास वैष्णवको “चाहिने नचाहिने कुरा”, गेहेन्द्रभूषण पोखरेलीको “रुख हाम्रोसाथी”, शारदारमण नेपालको “कुरैकुरा”, तेजप्रकाश श्रेष्ठको “उपहार के दिने ?”, रामबाबु सुवेदीको “अनाथका नाथ विनोद”, अशेष मल्लको “अँध्यारो अँध्यारो”, ध्रुव घिमिरेको “मनभित्रका आवाजहरू”, शारदा अधिकारी ढकालको “विद्याकी देवीको जन्मदिन”, विमल भौकाजीको “हाम्रोघरको मुसो”, छायादत्त न्यौपाने बगरको “अब यस्तो नगर्नुस् है ?”, कृष्ण शाह यात्रीको “हारुनको मुरली”, र सौरभकिरण श्रेष्ठको “पेटुपेन” गरी १५ जनाको १५ वटा बालनाटककी सङ्ग्र्रहित छन् ।
विजयराज आचार्यद्वारा सम्पादित तेस्रो बालनाटकसङ्ग्रह “प्रतिनिधि बालनाटकहरू (२०६६)”मा पनि अशेष मल्लको “खेलैखेलमा”, कृष्णप्रसाद पराजुलीको “छोरीले पनि पढ्नुपर्दछ”, जयराज रेग्मीको “दिदीबहिनीहरूको खेल”, तेजप्रकाश श्रेष्ठको “ज्ञानी हुन पनि जान्नुपर्दछ”, मोहनराज शर्माको “तिमीहरू सान हौं”, रमेश विकलको “अब तिमी नरोऊ किरण”, राजवको “मेरो पुच्छर मसँगै हुने”, रामबाबु सुवेदीको “भत्किएको पाटीमा”, विजय चालिसेको “अल्बर्ट आइन्स्टाइन”, विजयराज आचार्यको “उज्यालोको खोजीमा”, विमल भौकाजीको “तिम्रो नाम के हो ?”, वासुदेव मुनालको “हराएको हात”, शर्मिला खड्क दहालको “असम्भव–सम्भव”, सरुभक्तको “पराक्रमी बालकहरू” गरी १४ जनाको १४ वटा बालनाटकसंग्रहित छन् ।
त्यसरी नै विजय चालिसे सम्पादित “हाम्रो एकाङ्की–२ (२०६७)” मा कार्तिकेय घिमिरेको “उज्यालोको खोजी”, डा. घनश्याम परिश्रमीको “हिमाल, पहाड, तराई, कोही छैन पराई”, टीकानाथ शर्माको “टुहुरो गङ्गा”, दिनमान गुर्मछान दिगुको “भाइटीकाको उपहार”, प्रभा भट्टराईको “हराएको घर”, मोहनराज शर्माको “वैशाखी र धोक्रो”, रञ्जु मार्गको “मुक्तिको बाटो रोज”, राजवको “नाम”, रामप्रसाद पौडेलको, “पढ्ने रहर”, रामप्रसाद ज्ञबालीको “भानुभक्तको काठमाडौं भ्रमण”, वसन्तकुमार शर्मा नेपालको “गुरुआमा नेपालकी”, विजय चालिसेको “नयाँ साथी”, विजयराज आचार्यको “मान्छे खाने मान्छेहरू”, विश्वम्भर चञ्चलको “दाजुभाइमा मेलमिलाप”, शर्मिला खड्का दहालको “जनस्वास्थ्य अदालत”, शिव अधिकारीको “चोर चिन्ने घन्टी”, र श्रीमती सरयु राईको “आशिष” गरी १७ जनाका १७ वटा बालनाटकहरू सङ्ग्रहित छन् । यी चारवटा बालनाटकसङ्ग्रहमा ३४ जना लेखकका ६५ वटा बालनाटकहरू समेटिएकाछन् ।
यसरी नेपाली बालनाटक लेखनमा वि.सं. २०१६–२०६८ बीचका यी आधा शताब्दीमा पाँच दर्जनजति बालनाटकारका डेढ सयभन्दा बढी फुटकर बालनाटक प्रकाशित भएको देखिन्छ भने २१ जना नाटककारका २९ वटा बालनाटकसङ्ग्रह प्रकाशित भएका छन् । साथै चारवटा सम्पादित बालनाटसङ्ग्रहका कृतिहरू समेत प्रकाशित भएका छन् ।
नेपाली बालनाटकको विकासमा विभिन्न बालपत्रिका साथै नट्यसंस्थाहरूको महत्वपूर्ण योगदान रहेको छ । यस्ता पत्रपत्रिकामा “बालक”, “कोपिला”, “ध्र्रुवतारा”, “मुना”, “बालकोसेली”, “किशोर”, “मेला”, “सुनकेस्रा”, “बालबँगैचा” आदि बालपत्रिकाहरूले बालनाटक प्रकाशित गर्दै आएको देखिन्छ । यस्तै सर्वनामको नानीहरूको नाटक मेला र बालचेतना समूहको राष्ट्रिय बालनाटक महोत्सव (२०५७) का साथै टेलिभिजन, रेडियो र विद्यालयीय कार्यक्रमहरूले पनि नेपाली बालनाटकको लेखन र मञ्चनमा उल्लेख्य योगदान रहेको छ ।
सन्दर्भ सामग्री
१. उदास, गेहेन्द्रमान “पोखरेली”, बालनाटक लेखन, बालसाहित्य (जर्नर्ल) २०४५, पृ. ३७ ।
२. कृष्णप्रसाद पराजुलीबाट प्राप्त जानकारी ।
३. खत्री, विष्णुकुमार, नेपाली बालसाहित्यमा विजय चालिसेको योगदान, स्नातकोत्तर शोधपत्र, २०५८, पृ. ७६ ।
४. चालिसे, विजय, बालसाहित्यको १०० वर्ष, गोष्ठीपत्र, बाल साहित्य समाजद्वारा आयोजित गोष्ठी २०५९ असार १५ ।
५. ऋजबष्किभ, ख्ष्वबथब, क्तबतभ या ऋजष्मिचभलुक ीष्तभचबतगचभ, क्बतजष्, ष्ककगभ द्धद्द थभबच द्दज्ञ ःबथ द्दण्ण्ट।
६. दाहाल, सरोज, विजय चालिसेको जीवनी, व्यक्तित्व र कृतित्व, स्नातकोत्तर शोधपत्र २०६५।
७. प्रधान, प्रमोद; नेपाली बालसहित्यको इतिहास दोस्रो संस्करण २०६१, विवेक सीर्जनशील प्रकाशन ।
८. प्रधान, प्रमोद नेपाली वाङ्मय परिचय कोष, २०६५, मार्टिन चौतारी ।
९. यात्री, कृष्ण शाह (सं), प्रतिनिधि नेपाली बालनाटक, २०६५ ।
१०. वाग्ले, युवराज (२०६८), विजय चालिसेको उपन्यासकारिता (स्नातकोत्तर शोधपत्र), पृथ्वीनारायण क्याम्पस, पोखरा ।
११. शर्मा, बालचन्द्र, नेपाली शब्द–कोश, द्वितीय प्रकाशन २०५७, सृष्टि प्रकाशन, पृ. ५६०) ।
१२. सापकोटा, प्रभात; नेपाली बालनाटकको ऐतिहासिक अध्यन, २०६८, स्वदेश प्रकाशन ।
No comments:
Post a Comment