Sunday, August 11, 2013

भानुभक्तीय नेपाली भाषा — विजय चालिसे

(भानु द्विशतवार्षिकीका अवसरमा भानुप्रति श्रद्धाञ्जलीस्वरूप गोरखापत्रदैनिकमा २०३८ असार २७ गतेको अङ्कमा प्रकशित एउटा पुरानो लेख)
                           
                                       आदिकवि भानुभक्त आचार्य नेपाली भाषाको उत्तर मध्यकालीन प्रतिनिधि कवि हुन् भने महाकवि देवकोटा आधुनिक कालका प्रतिनिधि कवि हुन् । भानुभक्तका साहित्यले नेपाली भाषाको प्रसारमा जसरी महत्वपूर्ण योगदान दिएको छ, त्यसरी नै महाकवि देवकोटाका साहित्यले साहित्य र भाषाको भावपक्ष, शब्द भण्डार र मौलिकता जस्ता कुराहरुको विकासमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । त्यसैले पनि आदिकवि आचार्य र महाकवि देवकोटा दुबै महारथीलाई नेपाली भाषा र साहित्यका युग निर्माता र प्रतिनिधि कवि भत्र हिचकिचाउनु पर्ने देखिंदैन ।
    भानुभक्तकालीन भाषा मध्यकालीन नेपाली भाषाको परिष्कृत रूप हो । आजसम्म पाइएका प्राचीन पद्य सुवानन्ददासको पृथ्वीनारायण शीर्षक कविता र प्राचीन गद्यको रूप जुम्लाको कनकपत्र र ताम्रपत्र (१३९३ पुष्पमल्ल) मानिएको छ । यी प्राचीन भाषाहरु देखि भानुभक्त पूर्वका भाषाहरु सम्म हेर्दा पनि नेपाली भाषाले परिष्कृत र परिमार्जित रूप लिइसकेको पाइँदैन । हुन त कुनै एक कालखण्डमा पुग्दा परिष्कृत भाषा अर्को कालखण्डमा अपरिष्कृत हुन पुग्छ । परिष्कृत र परिमार्जन भाषाको निरन्तर चल्ने प्रकृया हो । तर पनि त्यतिखेरका भाषाहरुलाई भानुभक्तका भाषासँग भिडाएर हेर्ने हो भने त्यसमा चाहिं निश्चय नै फरक पाइन्छ, परिष्कार पाइन्छ । त्यसैले भानुभक्तको भाषिक र साहित्यिक प्रयोगमा आएर मात्र नेपाली भाषाले अझ परिष्कत र शुद्ध रूप लिएको छ भत्रे आँट गर्न सकिन्छ ।
    यस सम्बन्धमा विद्वान आचार्यहरुबाट छलफल नभएको पनि होइन । पारसमणि प्रधानले भानुभक्त ग्रन्थावली २००९ मा भत्रुभएको —‘‘नेपाली भाषाको शुद्ध रूपको जग बसाल्ने आदि कवि भानुभक्त आचार्य” हुनभत्रे भनाइप्रति प्रसिद्ध विद्वान भाषाविद् डा. बालकृष्ण पोखरेलले विभित्र प्रश्न र तर्कहरु पनि उठाउनुभएको छ ।
    डा. पोखरेलको भनाइमा, ‘‘शुद्ध के हो भत्रे निरूपण नगरी र उनीहरुभन्दा अगाडिको भाषालाई राम्रो अध्ययन नगरी शुद्ध भाषाको जनक भत्र मिल्दैन । त्यसैले भानुभक्तले अशुद्ध परम्परालाई टुङ्ग्याएर शुद्ध भाषा स्थापित गरेका हुन् भत्र सकिंदैन । तब उनले परिष्कृत नेपाली भाषाको प्रचलन गरे कसरी भत्रे ?”
    “त्यस्तै भानुभक्तले उनको भाषामा मौलिक प्रयोग नगरेर खसहरु सुदूर पश्चिममा छँदातकका मध्यकालीन प्रयोग थिया, भया, गया जस्ता भाषालाई थिए, गए, भए आदिको साटोमा प्रयोग गरेको पाइन्छ जुन प्रयोग र यी मध्यकालीन लक्षयण अझ पनि सुदूर पश्चिमका गाउँहरुका साथै पूर्वी नेपालका राइलिम्बु समाजमा फाट्टफुट्ट देखिन्छन्” भत्रे तर्क दिंदै डा. पोखरेल भानुभक्त मध्यकालीन टाँसोबाट फुत्किन सकेका छैनन् भत्रुहुन्छ । उहाँको भनाइमा “यसैकारण जुन तर्कले पारसमणिज्यूले भानुभक्तलाई शुद्ध भाषाको प्रयोक्ता सिद्ध गर्नुहुन्छ त्यही तर्क र प्रमाणले प्राग्भानुभक्तकालीन केही अन्य लेखक कविहरु पनि शुद्ध ठहरिने छन् ।”
    विद्वान भाषाशास्त्री डा. पोखरेलको भनाइलाई नत सोह्रै आना सही थाप्न सकिन्छ न त सोह्रै आना बेठीक भत्र सकिन्छ । तर के चाहिं भन्दा त्यति आपत्ति नहोला भने प्राग्भानुभक्तकालीन नेपाली भाषामा सग्लो नेपाली रूप भन्दा विभित्र भाषा र भाषिकाको सम्मिश्रण बढी देखिने हुँदा भानुभक्त कालीन नेपाली भाषासँग पूर्ण रूपमा साम्यता शायद राख्न सत्तैmन । यसैले यहाँ भानुभक्तकालीन नेपाली भाषालाई त्यति बेलाको परिवेशमा परिष्कृत भाषा भत्रे धृष्टता गरिएको हो ।
    बडामहाराजाधिराज पृथ्वीनारायण शाहको समयदेखि नै नेपाली भाषालाई एकरुपता दिने र परिष्कृत गर्ने प्रयास भए तापनि त्यति बेलाको नेपाली भाषा हिन्दी र त्यसमा अन्य भाषिकाद्वारा ज्यादै प्रभावित देखिन्छ । उदाहरणको लागि सुवानन्ददासको पृथ्वीनारायण शीर्षक कविता, कवि पत्ता नलागेको (?) सांढ््याको कविता तथा स्वयं पृथ्वीनारायण शाहको गोरखानाथ भजन र महावाणीहरु हेर्न सकिन्छ । यी दुई कविताका छोटो उदाहरण हेरौं –

मध्य      पाठन बोलिके कौन्या
रूप         कौन्या     भाति,
कौनया      आयो  आदमिहै ः
कहिये     जो  गंगा  पुनि...

(‘पृथ्वीनारायण’बाट   बुईंगल)
ण्ण्ण्
तिल्क्या मान्हौं झिल्क्या जुद्धा–
माहाँ जैसे   बिजुली झल्क्या,
यिनीमहाँ    बहुत   पल्क्या
                                        वैसे तिलक्या ।

(‘साँढ्याको कवित्त’ बाट बुईंगल )

    त्यसैगरी तत्कालीन नेपालीको गद्यको भाषातर्पm पनि विशुद्ध रूप पाउन सकित्र भत्र सकिन्छ । यसको उदाहरणका लागि पृथ्वीनारायण शाहकै दिब्य उपदेशलाई अघि सार्न सकिन्छ । अन्य उदाहरण हेर्ने हो भने कवि गुमानीको कविता हेर्न सकिन्छ—
    अटाका अण चालिया खस
    खसा रोटा बडा बाकला
    फात्तो भट्ट गुरूँस औं गहतको
    डुल्का बिना लूणका ।
    कालो साग जिनो बिना
    भुटणको पिण्डालुको नौलका
    ज्यौं त्यौं पेट भरी अकाल
    काटने गङ्गाबली रौणिका ।

                    (बुईंगलबाट‘)

    यहाँसम्म मात्र होइन यसपछिका कविले पनि नेपाली भाषाको विशुद्ध रूपको प्रयोग गरेको पाइँदैन । उदाहरणको लागि शक्तिवल्लभ अज्र्यालका कविताहरु हेर्न सकिन्छ । पोखरेलजीले देखाउनु भएको सम्भावना र उठाउनुभएको प्रश्न अनुसार एक दुई कविहरुले शुद्ध रूपको प्रयोग गरी संस्कृतमय भाषा हटाउने आशय व्यक्त गर्दै नेपाली भाषाको सम्बन्धमा वकालत गर्न तम्सिए पनि (द«ष्टब्य ः भाषा हो भनी हेलना जति गरून शब्दार्थ जान्याहरु । योगयाभ्यास नभै रहस्य मिलनु कष्टै छ शब्दार्थले ) (दैवज्ञ केशरी गोरक्षा् योगशास्त्र ।) पूर्ण रूपमा नेपाली भाषाको शुद्ध प्रतिष्ठान हुन सकेको थिएन ।
    यस प्रसंगमा डा. पोखरेलकै भनाइ अनुसार ‘‘भानुले नेपाली भाषालाई संस्कृतको थिचोमिचोबाट मुक्त्याएर विकसित तुल्याउने प्रेरणा आफ्ना पूर्वजहरुबाट प्राप्त गरेकै रहेछन् भने पनि वास्तविक रूपमा संस्कृत र हिन्दीका अनावश्यक प्रभावहरुलाई हटाएर विशुद्ध (प्रायश ः) पूर्वी नेपाली भाषालाई अंगालेर प्रचलनमा ल्याउने श्रेय त अवश्य नै भानुभक्तलाई नै छ, भलै पे्ररणा उनले आफ्ना पूर्वजहरुबाट प्राप्त गरेका होउन् ।”
    भानुभक्तको पालामा नेपाली भाषामा व्याकरण थिएन, मुख्य आधार नै बोलिचालीको भाषा अनुशासन थियो । भानुभक्तले पनि तत्सम संस्कृत र कतिपय हिन्दी शब्दहरुको प्रयोग गरेको नपाइने होइन तर उनले ती शब्दहरुको कुशलतापूर्वक नेपालीकरण गरेका छन् । जसले गर्दा त्यो प्रयोग सामान्य नेपाली जन जिब्रोले आफ्नै शब्द भैंm ग्रहण गर्न सकेको छ । हिन्दीबाट नेपालीमा तद्भवको रूपमा उनले प्रयोग गरेका ‘कह््या’ जस्ता शब्दहरु उदाहरणको रूपमा हेर्न सकिन्छ जुन शब्द हाम्रो नेपाली भाषामा स्वाभाविक रूपमा बोलिन्छ । यी प्रयोगहरु उनको सचेत प्रयोग नभएर बोलिचालीको भाषालाई अँगालेको हुन सक्छ ।
    कठिनबाट सरलतर्पm जाने भाषाको सामान्य प्रवृत्ति अनुसार नै पनि भानुभक्तको भाषाले सरलता अपनाएको पाइन्छ । प्राग्नुभक्तकालीन कविहरुको जस्तो पाण्डित्यपूर्ण भाषाको प्रयोग उनले कवितामा गरेनन् । बरू उनले सबै नेपालीहरुले सरल रूपमा बुझ्न सक्ने भाषाको प्रयोग गरे । जसले गर्दा उनको भाषा जनजीवनमा सजिलैसँग संप्रेषणीय बन्यो, सामान्य जनताबाट अलग्गिएन । शायद यही बोलिचालीको भाषालाई आफ्नो काव्यभाषा बनाउँदा उनले बढी हलन्तका प्रयोग गरेका हुन् सक्छन् । कतिपय तत्सम शब्दहरुलाई पनि यिनले हलन्त बनाएर शब्दको नेपालीकरण गर्ने प्रयास् गरेका छन् । यहाँसम्म कि अच् इ, उ को पनि खुट्टा काट्न उनी पछि हटेनन् । उदाहरणको लागि यस किसिमको हलन्त प्रयोग रामायणको  पहिलै श्लोकमा पाउँदछौं, जस्तो— एक्, दिन्, सत्यलोक्, हित् आदि ।
    अर्को कुरा कतै कतै भानुभक्तको भाषामा प्रशस्त संस्कृत शब्द देखिए तापनि कसैलाई बुझ्न गाह्रो पर्दैन जस्तो— “अत्रीको आश्रमैमा बसी रघुपतिले प्रेमले दिन् बिताई ।” यहाँ पाँच शब्द तत्सम संस्कृत र दुई मात्र नेपाली शब्द लेखिए पनि यो बुझ्न कसैलाई गाह्रो पर्दैन, त्यसैले यो क्लिष्ट छैन । यसैगरी आधा संस्कृत र आधा नेपाली शब्दहरुको  प्रयोग भएर पनि पूरै मात्रामा नेपालीपन पाइने प्रयोग भानुभक्तको  अर्को विशेषता हो जस्तो—
    ‘‘एकान्तस्थलमा सितापति थिया सीता हजूरमा रही ।”
    यसरी भानुभक्तले नेपाली भाषामा संस्कृतको प्रभाव पचाएर प्रयोग गरेका मात्र होइनन् विशुद्ध नेपाली भाषा र शैलीको पनि महत्वपूर्ण प्रयोग गरेका छन्, पर्याप्त मात्रामा । जस्तो—
    सुग्रीव हो कुन साख् म हूँ कुन कुसाख्— आदि ।
    यसरी हेर्दा भानुभक्तीय साहित्यमा नेपाली भाषाको श्रीवृद्धि  गर्ने काममा भानुभक्तमा तलका विशेषताहरु पाइन्छन् भत्र सकिन्छ

१    संस्कृतका ज्ञाता भएरपनि संस्कृत व्याकरणको प्रयोग नगरी अलिखित प्राकृत—नेपाली     व्याकरणको प्रयोग गर्नु ।
२    संस्कृत तत्सम शब्द र हिन्दी उर्दू शब्दहरुको हलन्त र अन्त्य प्रयोगद्वारा नेपालीकरणको प्रयोग     गर्नु ।
३    छन्द मिलाउनको लागि मात्रैै सधैं हलन्त उच्चारण हुने होस्, गर्छन् जस्ता क्रियाको अजन्त र अकारान्तलाई ऐकारान्त बनाएर जवर्जस्ती प्रयोग नगर्नु, जुन केही अरू कविले गरेको पाइन्छ ।
४    पूर्वी नेपाली भाषालाई अँगालेर विशुद्ध नेपाली शब्दहरुको प्रयोग गर्नु ।
५    संस्कृतका ज्ञाता भएर पनि (यसमा विवाद भएको पाइन्छ) पाण्डित्य प्रदर्शन गर्नपट्टि नलागी     सामान्य जनताले बुझ्ने साहित्यको श्रीगणेश गर्नु ।   

No comments:

Post a Comment