Tuesday, February 17, 2015

महिला साम्राज्य–विजय चालिसे


(युवामन्च वर्ष २७ अङ्क ९, २०७१ फागुनमा प्रकाशित विज्ञानकथा)

 “म्याडम्, प्रतिनिधिमण्डल भेटका लागि आइसकेको छ ।” एक्काइसौं शताब्दीको उत्तरार्धतिरको कुनै दिन । हिमाली गणराज्यभित्रको एउटा नवस्थापित महिला संघीय गणराज्यकी राज्य प्रमुख सलिनालाई उनकी निजी सहयोगी जानकारी गराउँदै थिइन ।
उनलाई भने हिजोआज कुनै पनि काम गर्ने उत्साह नै छैन ।  पहिले आफैं लागेर पाएको यो आजको व्यवस्था अहिले उनी आफै अभिशाप ठान्न थालेकी थिइन । बाहिर देखाउन नभए पनि भित्र उनी पटक्कै सन्तुष्ट थिइनन् ।
हो त कति उत्साह थियो हिजो उनीहरूमा !
त्यस हिमाली गणतन्त्रमा भर्खरै महान् राजनीतिक परिवर्तन भएको थियो । एउटा पूर्ण सामन्ती राज्यव्यवस्थाबाट संघीय गणतन्त्रमा प्रवेश गरेको हिमाली राज्यले त्यसलाई राम्ररी व्यवस्थापन गर्न नसक्दा भने चारैतिर सामाजिक विश्रिङ्खलता फैलँदै थियो । सबै जात, जाति, भाषा भाषी र लिङ्ग समुदायका आ–आफ्ना महत्वाकाङ्क्षा चुलिएका थिए । त्यो महत्वाकाङ्क्षाको बल्दो आगोमा घिउ थप्ने हातहरू छिमेकदेखि गोलाद्र्धका सबै छेकुनाबाट जम्जमाइरहेका देखिन्थे । अनेकौं नाम र अनुहार देखा पर्ने तिनका हातको पैसाको बिटोमा नलटपटिने झिङ्गाहरू कमै थिए । नभए तिनकै वरिपरि भन्किरहेका हुन्थे जनता र देशको नाउँमा जिम्मेवारी भिरेका मुखुन्डाहरू । आफ्नो महत्वाकांक्षा पूरा हुने, कुस्त कमाउन पनि पाइने व्यापारमा यी अनेकौं सुकिला मुखुकुन्डोधारी अनुहारमध्ये कति त घरी घरी मुकुन्डो फेरेर कहिले कुन, कहिले कुृन अनुहारमा देखा पर्थे ।
यसरी आ–आफ्नै वर्गको प्रभुत्व कायम गर्ने सपना देख्न थालेको त्यो समयमा जन्मेर सफल बनेको थियो अर्को एउटा भूमिगत समूह ‘डब्लुइएम” । नारी समानता र स्वन्त्रताको घोषित लक्ष रहेको भनिए पनि राष्ट्रिय–अन्तराष्ट्रिय अवसर र सुविधाप्राप्त अनुहारहरूको त्यो समूह महिला जनसङ्ख्यामा अत्यधिक वृद्धि गरी जताततै नारी प्रभुत्व रहने समाजको निर्माण गर्ने भित्री लक्ष राखेर जन्मिएको थियो । यसैका लागि तिनले गोप्य योजन परिचालन गरेर चलाएका संगठन थियो यो ‘मिसन डब्लुइएम’ ! पुरुष विहीन महिला साम्राज्य मिसनको  अन्तिम सपना थियो । त्यो अन्तिम सपना त पूरा हुन्छ हुँदैन अझै भन्न सकिँदैनथ्यो, यसको एउटा सानो प्रयोगमा भने भर्खरै सफलता मिलेको थियो । नयाँ गणतन्त्रहरूलाई अस्थिर बनाएर आफ्नो राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय विभिन्न खाले सामरिक तथा आर्थिक बजार बिस्तारको स्वार्थ पूरा गर्न चाहने सबै खाले शक्तिको सहयोगमा सफल बनेको ययो योजना अनुरुप नै हिमाली गणतन्त्रको नयाँ संविधानमा एउटा संघलाई लिङ्गमा आधारित “महिला संघीय राज्य” बनाइएको थियो । सलिना त्यही महिला संघीय राज्यको प्रमुख थिइन । महिला संघीय राज्यको सरकारप्रमुख !
सुरुमा “सबैराज्य संयन्त्रमा महिला नेतृत्वको सिद्धान्त” भनेर संविधान निर्माण गरिँदा संघको संरचरना गरिएको थियो । त्यसैले संघीय राज्य प्रमुखका रूपमा चुनिुसँगै सलिनाको योजना यस राज्यलाई राज्यव्यवस्थादेखि सबै प्रशासनिक तथा योजनाका क्षेत्रमा महिलाको विकास गराएर अरु सबै संघ भन्दा अब्बल तुल्याउनु । संघीय गणतन्त्रको निर्माण हुनु पूर्व पनि पुरानो राज्यव्यवस्थाले केही ठाउन्मा पूर्ण नारीको सञ्चालन संयन्त्र चलाएर रामै्र प्रयोग गरेको थियो । बैंकजस्ता केही क्षेत्रमा भएका ती प्रयोगमा सद्भावपूर्ण पसरुष सहयोग र हातेमालो रहने गथ्र्यो । उनको मानसमा यो संघीय गणराज्यलाई पनि त्यसरी नै चलाउने परिकल्पना गरेकी थिइन । तर नेतृत्व महिलाको भए पनि पुरुषसँगको सद्भावपूर्ण सहयोग र सम्बन्ध साथसाथै विकसित गर्दै जाने उनको लक्ष बिस्तारै पाखा पर्दै गयो । केन्द्र र अरु संसारका आँखामा उनी संघको प्रमुख भए पनि यथार्थमा राणाकालीन शाह राजाजस्तै ‘मिसन डब्लुइएम’ को अनुमति बेगर उनी सास फेर्न पनि पाउन्नथिन् ।  यथार्थमा वास्तविक शासनसत्ताको लगाम तिनै शक्तिहरूको सहयोगमा ‘मिसन डब्लुइएम’ को हातमा थियो ।
संघ बिस्तारै केही महिलाका लागि महिलाद्वारा महिलाहितमा भनी महिबाटै शासित–सञ्चालित संघीय शासन व्यवस्थामा परिणत हुँदै गयो । जहाँ पुरुषका लागि हरेक कुरामा निषेधका तगाराहरू तेस्र्याइन्थे । ‘मिसन डब्लुइएम’ को अन्तर्निहित उद्देश्य उहिलेकै मधेस आन्दोलनको मोडेल चलाउने थियो । अर्थात हिजो जसरी पहाडी जनसंङ्ख्यालाई सबैतिर दपेटेर मधेस छोडेर जान बाध्य तुल्याइएको थियो । आज त्यसरी नै नयाँ महिला संघीय राज्यले पुरुषलाई संघभित्र बस्न नसक्ने परिस्थिति सिर्जना गर्दै गयो । फलतः महिला संघीयराज्य क्रमशः पुरुषविहीन बन्ने प्रक्रियामा प्रवेश गर्न पुगेको थियो । पुरुष मात्र नभएर उनीहसँग असहमत महिलाले समेत संभीय राज्य छाड्दै जान थालेपछि समस्या देखिन थाल्यो ।  “वास्तवमा हाम्रो उेश्य यही नै त थिएन, पुरुषविहीन राज्य संरचना गर्ने ! करिब करिब जनशून्य बन्नि पुगेको यथार्थ थाहा छ तपाइँहरूलाई हाम्रो संघीय राज्य ? यस अवस्थामा भन्नो् त कसरी चलाउने संघको शासन व्यवस्था ? यसरी कसरी चल्छ हाम्रो अर्थव्यवस्था ? यसबाट आउने जटिल र गंभी समस्या बारे सोच्नुभएको छ तपाइँहरूले ?” सल्लाहकार मण्डल अर्थात ‘मिसन डब्लुइएम’ सहितको संयुक्त राज्यपरिषद्मा सलिना कडै रूपमा प्रस्तुत भइन् । उनीभित्र क्रमश विकास भइरहेको आफ्नै कथित नेतृत्वको संघीय संरचनाप्रतिको असन्तुष्टी अप्रत्यक्ष रुपमा त्यसरी प्रकट भएको थियो ।
“चिन्त नलिनोस् महामहिम, हामीले सञ्चालन गरेको हाम्रो पुरुष जन्मनियन्त्रण गर्ने “जैविक स्पर्म नियन्त्रण परियोजना का साथै “आदेश पालक पुरुष जनसंख्या विकास सम्बन्धी प्रयोग” सफल भइसकेका छन् । अब केहीदिन मैं प्रसूति स्याहार केन्द्रमार्फत यसलाई कार्यान्वयनमा लगिने छ । त्यसपछि यो नया पुस्ताको जायजन्म हुन थाल्ने छ । त्यस्तै “आदेश पालक पुरुष जनसंख्या विकास सम्बन्धी प्रयोग” बात उत्पादिक पुरुष जनसंख्या हाम्रो महिला साम्राज्यको लागि हानिकारक हुनेछैन, यो उत्पादन झन्डै झन्डै विकसित यन्त्रमानव जस्तै हुनेछन् । त्यसपछि महामहिमले प्रकट गर्नुभएका यी सबै चिन्ता रहने छैनन् ।” ‘मिसन डब्लुइएम’ प्रतिनिध समूहका नेता जोन नेपालीले आश्वस्त पार्न खोजे ।
 “तर....तर....कसरी संभव छ यो प्राकृतिक सिद्धान्त र सन्तुलन विपरित कुरा ?”  उनले झिनो शङ्का प्रकट गरिन् । नारी स्वतन्त्रताका नाउँमा सुरुदेखि नै चलेको उनीहरूको आन्दोलनमा गोप्य रुपले सघाइरहेको समूह “डब्लुइएम” का नेताको भनाइमाथि अविश्वास गर्नु उनका लागि पनि हितकर थिएन । यो कुरा सलिनालाई रामै्र थाहा थियो । त्यसैले पनि उनले खुलेरै अविश्वास प्रकट पनि गर्न सकिनन् ।
“संभव छ मात्र होइन महामहिम....संभव भइसकेको छ । यही प्रमाणित गराउन हामी अहिले नै नयाँ आदेशपालक पुरुष उत्पादन देखाउँदै छौं ! यो देखेपछि महामहिम आश्वस्त बन्नसक्नुहुनेछ ।.....मिस्टर, जेफ.....!” जोनको इशारामा ‘मिसन डब्लुइएम’ अर्का सदस्य अघि सरेका थए ।
“एस महामहिम, व्याख्या सहित नयाँ प्रयोग प्रस्तुत गर्ने अनुमति चाहन्छु !” समूहमा यी प्रयोगको जिम्मेवारी समालिरहेको अर्को सदस्य मिस्टर जेफले शिर झुकाएजसरी सम्मान प्रकट गर्दै प्रयोग प्रदर्शनको अनुमति माग्यो ।
“ठीक छ, शुरु गर्नोस् !” सलिनाले अनुमति दिइन ।
“हामीले पाएको पहिलो सफलता हो प्रजनन प्रक्रियाअन्तर्गत नै महिला शिशुभ्रूणको विकास गरेर पुरुष जनसङ्ख्यामाथि योजनाबद्ध नियन्त्रण ! वाइ क्रोमोजोम स्तानपायी जीवमा पाइने दुईमध्ये एउटा शुक्रकीट हो । अर्को शुक्रकीटलाई वाइ क्रोमोजोम भनिन्छ । एक्ससँग मिलेर वा एकलै पनि वाइले गर्भमा लिंगको निर्धारण गर्दछ । यही वाइ शुक्रकीटमा मानिसमा पुरुष वा नारी लिंगको विकास गराउने एसआरवाइ जिनको अस्तित्व हुन्छ  । मानिसको वाइ शुक्रकीट डिएनए झन्डै छ करोड आधारभूत जोडी शुक्रकीट मिलेर बन्ने भए पनि वाइ शुक्रकीट बाबुबाट मात्र भावी सन्तानमा हस्तान्तरण हुने गर्छ ।
यसरी डी.एन.ए. परिवेष्ठित प्रोटिन वा लिङ्ग–निर्धारण क्षेत्र वाइ (एसवाइआर) जिन प्रमुख रूपमा मानिस लगायतका स्तनधारी जीवहरूमा पुरुष लिंग र स्त्री लिंगको विकासका लागि महत्वपूर्ण कारक हुने विगत खोजीको आधारमा हामीले अनुसन्धानलाई अगि बढायौं । यसलाई लिङ्ग निर्धारण तत्व (टेस्टिज–डिटरमिनिङ फ्याक्टर ) अर्थात टिडिएफ प्रोटिन पनि भनिन्छ । यही एसवाइआर जिनले पुरुष लिङ्ग विकास गरेर मानिसमा पुरुष भ्रूणको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने पुरुष वीर्यको एसवाइआर जिनको उत्पादनमा नियन्त्रण गरी वाइ एक्सको साटो दुवै एक्स एक्स तत्वको विकास गर्न हामी सफल भयौं । यसरी लिङ्गविहिन प्रारम्भिक भ्रूणमा एसआरवाइको परिमाण नियन्त्रण गरेर पुरुष लिङ्गको विकास रोक्न पाइएकमो परिणम नै हो यो हाम्रोसफलता । यसरी सामान्य वाइ क्रोमोजोम र एकभन्दा बढी सङ्ख्याका एक्स क्रोमोजोमको सम्मिलन हुनबाट रोकेर अब पुरुष भ्रूणको विकास हुने प्रक्रिया नियन्त्रण गर्दै दुवै एक्सको सम्मिलन गराएर भ्रूणमैं स्त्री लिङ्गको मात्र विकास गर्न सम्भव भएको छ । यो काम लागि शुक्रकीट बैंकको प्रयोग गर्नसकिन्छ । बैंकबाट शुक्रकीट ग्रहण गरेर क्रित्रिम गर्भाधान प्रक्रियाद्वारा सबै गर्भिण महिला हेरचाह केन्द्र तथा प्रसूतीगृहहरूमा गर्भ बोक्ने आमाहरूलाई पत्तै नदिई गर्न सकिन्छ । यसमा गर्भधारणका लागि स्त्रीपुरुषबीचको यौनसम्बन्धको समेत आवयकता पदैंन । यसरी हामी हाम्रो यो महान् नारी साम्राज्यलाई पुरुषअस्तित्वविहीन बनाउन सक्छौं । महामहिम, यो भयो पहिलो प्रयोग !” मिस्टर एफ लामो व्याख्यापछि निकै बेर मौन रहेर महामहिम र सभामा उपस्थित सबैको अनुहार पालैपालो नियाल्न थाल्यो ।
कति खतरनाक रहेछ यो एसवाइआर जिन र डिडिएफ प्रोटिनको विकास–नियन्त्रण प्रणालीको प्रयोगमा प्राप्त सफलता । अर्थात् चाहेको गुणसूत्रको मात्र विकास गराएर भूणको लिङ्ग निर्धारण नियन्त्र गर्ने प्रकृति बिरोधी आविष्कार ! हो, सही अर्थमा आमाको इच्छा अनुसार चाहेको छोरावा छोरी जन्माउनका लागि प्रयोग गर्ने हो भने यो मानवसभ्यतामा ठूलै उपहार हुन्थ्यो । ह्रासोन्मुख नारी जन्मदरमा वृद्धि ल्याएर नारी जनसंख्यामा आएको कमी देखिएका केही हिमाली भेगका समस्या हटाउन पनि उपयोगी हुनसक्थ्यो यो । तर यहाँ ‘मिसन डब्लुइएम’ को उद्देश्य यो थिएन । यो प्रयोग हँुदै थियो पुरुषविहीन राज्यको परिकल्पना पूरागर्न । यो परिकल्पना आफैंमा डरलाग्दो प्रयोग थियो । सुन्दैमा भित्र भित्रै काँप्दैथिइन् सलिना । ओहो....कति भयङ्कर ! तर खुलेर बिरोध पनि त गर्न सकिन्न ।
“अनि दोसो ? दोस्रो प्रयोग पनि देखाउनुहोस त मिस्टर एफ ।” जोनले तिनै वैज्ञानिक परियोजना प्रमुखलाई निर्देशन दियो ।
“हुन्छ श्रीमान् ! मिस्टर ह्यारी.....श्यामलाई भित्र ल्याऊ त ।” “डब्लुइएम” का नेता जोनको निर्देशन भुइँमा खस्न नपाउँदै मिस्टर एफले आफ्ना सहयोगीलाई आदेश दिए ।
 उनको आदेशसँगै कोठाबाट बाहिरिएको सहयोगी क्षणभरमैं अर्को एकजना पुरुष अनुहारलाई लिएर कोठामा पसे । ती दुवै कोठाको एक कुनामा बडो अदवका साथ उभिएका थिए ।
“हामी केही प्रयोग प्रस्तुत गर्दै छौं महामहिम ! यो नारी आज्ञापालक जिन प्रत्यारोपण गरेर तयार गरिएको पुरुष हो । यसले आफ्नो विवेकको प्रयोग बिना नै सबै खाले नारी आज्ञाको पालना गर्छ । किन, कसरीभन्ने जस्तो कुनै तर्क पनि गर्दैन, महामहिम ! यो हर नारीको आदेश आनाकानी नै नगरी इमान्दार भृत्यलेजस्तै सम्पन्न गर्छ् । हामीलेय यस्ता आज्ञापालकपुरुषको जमात नै तयर गरेका छौं महामहिम !” मिस्टर एफले सङ्क्षिप्तमा बुझाउन खोजे ।
“यसले मैले भनेजस्तो काम गर्छ त ?” सहभागी एकजना नेतृको प्रश्न थियो । उनी एक नास मूर्ति झैं सतर्क उभिएको त्यो नवप्रवेशीलाई नै हेरिरहेकी थिइन ।
मूर्तिजस्तै उभिएको त्यो मानवमा संवेदनाका कुनै लक्षण देखिँदैनथ्यो । तर पनि तिनको हिसी परेका अनुहारले ती नेतृलाई चुम्बकले झैं आकर्षित गरेको थियो । लामो समयदेखि पुरुष सम्पर्क र संंसर्ग दुवैबाट आफ्नै कारणले वञ्चित थिए यी महिला नेतृहरू । उनीहरू गोप्य रूपमा कुनै पुरुषसँग सम्बन्ध राख्न पनि सक्दैन थे । कतै त्यो कुरा खुस्कियो भने ? यत्रो नेतृत्व, यत्रो दबदबा सबै माटोमा मिल्थ्यो । तर उनी मात्र होइन सबै नै विद्युतीय पुरुष यौन साथी अर्थात् खेनौनाले यान्त्रिक रूपमा दिने क्रित्रिम यौन आनन्दबाट वाक्क भइ सकेका थिए । हेर्दा मानिस नै जस्तो भए पनि आखिर खेलौना यौन पुरुष खेलौना नै त थियो । पुतलीसँगको खेलजस्तै, सहवासको कुनै अनुभूति नै नहुने ! तर उनी पनि  मनभित्रको अतृप्ति बाहिर ल्याउन सक्दिनथिन् । त्यसले मनमनै सोच्दै थिइन– यस्तो पुरुष पक्कै महिला साम्राज्यका लक्षमा अवरोध बन्दैन । यसैले आज्ञापालक जिनप्रत्यारोपित पुरुषसँग सँगै बस्न र यौनसम्पर्क राख्न सकिने खालको कानुन ल्याउन संभव हुने छ ।
“ल उता म्याडमको काखको लकीको ओठ चाटेर माया गर त, गर्छौं ?” झटपट् मनमा जे सुझ्यो त्यही आदेश दिइन अर्की नेतृले । उनी वैज्ञानिक समूहका ती व्याख्याताको भनाइको पुष्टी गर्न चाहन्थिन । त्यसैले उनले केही पर बसेकी अर्की सहनेतृको काखमा मडार्रिइरहेको चङ्खे डाँगा देखाउँदै जिनप्रत्यारोपित पुरुषलाई आदेश दिइन् । सके उनले केही क्षण अगि अनुभव गरेको चुम्बकीय पुरुष आकर्षणको सम्मोहित स्थितिकै मनोवैज्ञानिक असर थियो उनलेदिएकोयो आदेश । नभए ...! हुनपनि त्यतिबेला लगगभ नै सबै महिला सदस्यहरू यस्तै मनस्थितिबाट गुज्रिरहेझैं देखिन्थे । “सक्छु, म्याडम । हर आदेशको पालना गर्न तत्परछु म !” त्यति भन्दै ऊ अदबसाथ कुकुर काखमा खेलाएर मानसिक आनन्द प्राप्त गरिरहेकी महिला नेतृसमक्ष पुग्यो । उसले पुनः अबदसाथ ती महिलाको अभिवादन ग–यो । अनि होसियारीपूर्वक डाँगोलाई उनको काखबाट उठायो । ऊ त्यसरी उठाउँदा पनि ती नेतृको शरीरमा कतै स्पर्श हुन नपाओस भनेर निकै सतर्क रहेको देखिन्थ्यो । उसले देखाएको त्यो सतर्कताबाट प्रभावित नहुने कोही भएन । त्यसपछि उसले आफ्नो मुख डाँगाको मुखतर्फ लग्यो । अचम्म, डाँगोले पनि उसको मुख चाट्यो । आफ्नो ओठ पनि मजैले ओठ दियोडाँगाले । लाग्थ्यो यस कार्यमा अभ्यस्त छ त्यो । यो सबै देखेपछि सबैजना आश्वस्त नहुनेकुरैथिएन । अधिकांश महिला सदस्यको  मनमा एउटै कुरा खेल्दैथियो थियो – अब भने यस्ता पुरुषबाट बिना कुनै खतरा सबै खालका वाञ्छित चाहनापूर्ति गर्नसकिन्छ !
यो सबैले सलिनाको मनमा भने ठूलो हलचल मच्चिएको । उनी बल्ल बुझ्दै थिइन् त्यो त्यतिबेलाको आफ्नो क्षणिक उन्दमाद । युगौंदेखि चलेको एउटा प्रकृतिको स्वभाविक प्रणालीका विरूद्ध गएर महिला प्रधान समाज निर्माणको चाहना नारी अस्मिताका लागिभन्दा पनि कच्चा विद्रोह मात्र रहेछ भन्ने यतिबेला बोध हुँदै थियो । ओफ....कति उक्ताहट लाग्दो एकरसतापूर्ण छ यो महिला साम्राज्यका समाज, परिवेश ! जता हे¥यो नारी अनुहार, नारी चकचकी । शासनदेखि प्रशासनसम्म सबै क्षेत्र महिलाद्वारा सञ्चालित ! तर के गर्नु मनको बह, कसैलाई नकह भनेजस्तै आफैं सङ्घर्ष गरेर ल्याएको व्यवस्था र आफैं प्रमुखरहेको संघीय राज्यको कारण पनि उनी खुलेर त्यो गल्ती स्वीकार्न समेतनसक्ने अवस्थामा थिइन । । तर उनी आफू भित्र भित्रै भने आफंँसगँ पूर्ण पराजित बनिसकेकी थिइन । “होइन.....आज कसैसँग पनि भेट्ने इच्छा छै्रन । अलिल बिसंचो पनि छ । त्यसैले अर्को दिनको समय मिलाएर फर्काइदेऊ !” त्यही मनस्थितिमा प्रतिनिधिमण्डललाई फर्काइदिन आदेश दिखइन् सलिनालले !
२०७१ माघ ७विजयनिवास,आरुबारी

Tuesday, February 10, 2015

समाजको यथार्थ चित्रणमा हिमालको छहरा, समुद्रको छाल –विजय चालिसे


February 10, 2015 at 3:58pm
(मधुपर्क फागुन २०७१,पूर्णङ्क ५४९,वर्ष ४७, अङ्क १० मा प्रकाशित समालोचना)

नेपाली आख्यानका अत्यन्त यशस्वी प्रतिभा रमेश विकलले साहित्यका विभिन्न विधामा समान रूपले कलम चलाए पनि उनको प्रमुख सृजनाक्षेत्र आख्यान नै हो । यस अघि विकलका “बिरानो देशमा (२०१६)”,  “नयाँ सडकको गीत (२०१९)”,  “आज फेरि अर्को तन्ना फेरिन्छ (२०२४”,  “एउटा बूढो भ्वाइलेन ः आशावरीको धूनमा (२०२५)”,  “उर्मिला भाउजु (२०३५)”, “शव, सालिक र सहस्र बुद्घ (२०४२)”,  “हराएका कथाहरु (२०५५)”,  “कथादेखि कथासम्म (२०७१)”  र  “हिमालको छहरा, समुद्रको छाल (२०७१)” शीर्षकमा नौवटा सङ्ग्रहमा ९९ कथा सङ्ग्रृहीत छन् । यस अतिरिक्त मञ्जुश्री थापाको अनुवाद तथा सम्पादनमा माथिका यिनै सङ्ग्रहहरूमा परेका विभिन्न नौवटा कथाहरूको अङ्ग्रेजी अनुवाद सङ्ग्रह “ब् ीभबा ष्ल ब् द्यभननष्लन द्ययध,ि ९द्दण्ण्ण्०ू पनि प्रकाशित छ । विकलका पत्रपत्रिकामा छरिएर रहेका अरु छ÷सात दनर्जन जति फुटकर कथा अझै सङ्ग्रहका रूपमा आउन सकेका छैनन् । यस आलेखमा पछिल्लो सङ्ग्रह “हिमालको छहरा, समुद्रको छाल (२०७१)” मा परेका कथाका बारे सङ्क्षिप्त चर्चा गरिएको छ ।

   नेपाली साहित्यका यशस्वी आख्यानकार रमेश विकल नेपाली कथाको समाजवादी यथार्थवादी वा प्रगतिवादी धाराका प्रवर्तक साहित्यकार हुन् । नेपाली आख्यानमा यो धाराको प्रारम्भ रमेश विकलकै गरिब कथाद्वारा भएको साहित्यका अध्येताहरूको धारणा छ । वि.सं. २००५ मा हस्तलिखित पत्रिका “सन्देश” को प्रकाशन र त्यसमा प्रकाशित कविताबाट विकलको साहित्ययात्रा प्रारम्भ भए पनि उनको प्रमुख लेखन क्षेत्र आख्यान नै रह्यो । पहिलो प्रकाशित कथा “गरिब” देखि अन्तिम प्रकाशित “किरातप्रदेशको दुर्दान्त सिकारी”सम्म आउँदा विकलको प्रथम र अन्तिम सृजना कथा नै हुनु अनौठो संयोग मात्र थिएन, यो उनको आख्यान विधाप्रतिको समर्पण पनि थियो ।

विकल कथा साहित्यमा विसङ्गतिपूर्ण यथार्थप्रति कतै प्रत्यक्ष र कतै परोक्ष आलोचना गर्छन् ।  कलात्म रूपमा वाह्य र आन्तरिक जीवनको सङ्घर्ष उद्घाटित गर्न अत्यन्त सफल विकलका कथाले जीवनचेतना, कलाचेतना, र सौन्दर्यचेतनाका कलात्मक मूल्य वहन गरेकाछन् । समाजको निम्नस्तरका दमित, शोषत र पीडित पात्रहरूको माध्यमबाट कलात्मक रूपमा समाजको वर्गविभेद देखाउनमा अत्यन्त सफल रहेका छन् विकलका कथा ।

यो सद्य प्रकाशित सङ्ग्रहमा सङ्गृहीत कथाहरू वि.सं. २०१७ देखि २०४३ सम्मका अढाई दशकको कालखण्डमा प्रकाशित भएका हुन् । समालेचकहरूका धारणामा विकलको छ दशकको कथायात्रामा वि.सं. २००५ देखि २०१९ को प्रथम चरणको कालखण्डका कथाप्रवृत्ति मूलतः विसङ्गतिपूर्ण सामाजिक यथार्थ र निम्नमध्यमवर्गीय ग्रामीण समाजको जीवन्त चित्रणमा केन्द्रित रह्यो । त्यसपछि २०२० देखि २०३० को एक दशकको छोटो अवधिका सृजनामा भने कथाका दायरा केही खुला हुनुका साथै विविधतापूर्ण सामाजिक जीवनको चरित्र विश्लेषणतर्फ अभिरुचि केन्द्रित भयो । यस कालखण्डका केही कथामा यौनप्रवृत्तिको विश्लेषण तथा संस्कृतिक, आर्थिक र कथित नवीन जीवनशैलीका कारण बढ्दो यौन शेषणका यथार्थपरक विविध प्रवृत्ति केलाउने प्रयत्न गरिएको छ । यो विकलको मूल कथा प्रवृत्ति भने होइन । यस कालावधिमा सृजित आख्यानमा पनि सामाजिक यथार्थको सीमाभित्रै रहेर यौन मनोविश्लेषणको चित्रण गरिएको छ । विकलका यी कथा अलि बढी नै आलोच्य पनि हुन पुगे । त्यसपछिको डेढ दशकको अवधिमा विकलको कथा प्रवृत्ति पुःन मूल प्रवृत्तिमैं प्रवृत्त भएर प्रमथ चरणकै सामाजिक यथार्थवादी कथाचिन्तनलाई अरु कलात्मक, अरु परिपक्व बनाउने तर्फ समर्पित रह्यो ।

यस सङ्ग्रका कथाहरूले संभवतः माथि उल्लेख गरिएको विकलको दुवै कथाप्रवृत्तिलाई प्रतिनिधित्व गरेका छन् । मृत्यु–प्रमाणपत्र, जगको ढुङ्गो, अन्धो हात्ती, ऊ केवल नोकर एउटा सत्ताको, सबैले बिर्सिएका अनुहारजस्ता कथाले विकलको मूल यथार्थवादी कथा प्रवृत्ति देखाउँछन् भने मेरी कान्छी माइज्यू, रानी साहेबको तस्बिर, हिमालको छहरा समुद्रको छाल, आत्महत्या–एक मृत्यु सन्त्रास  जस्ता कथामा दोस्रो कालखण्डका केही खुला कथा प्रवृत्ति भेटिन्छन् ।    

सङ्गृहीत मध्ये “मृत्यु–प्रमाणपत्र” कथाको् मूल पात्र निरङ्कूशताको विरोध गरेकै कारण सत्ताको आँखामा खतरनाक असामाजिक तत्व बनेर जेलको कालकोठरीमा असह्य यन्त्रणा झेलिरहेको एउटा निर्दोष युवक अन्ततः त्यो यन्त्रणा सहन नसकेर मृत्युवरण गर्छ । अनि सत्ताका दलालहरू त्यस मृत्युलाई रोगको कारण भएको स्वाभाविक मृत्यु प्रमाणित गर्छन् । हाम्रो र सबै रिङ्कूूश शासनको यो त्रूmर यथार्थलाई बडो कलात्मक तरिकाले कथानकमा बुनेको छ यो कथाले ।

त्यसरी नै श्रमिकहरूको कहिल्यै नसकिने शोषणचक्रको कथाहो “जगको ढुङ्गो” । कथामा जस्तै आज पनि मजदूरहरू मालिक र ठेकेदारहरूलाई रातारात धनी बनाउने काममा मरिमेट्दा दुर्घटनामा पर्छन् । उपचार समेत नपाइ नाबालक सन्तान र अवला पत्नी छाडेर अकाल मृत्य मर्छन । त्यति गर्दा पनि मालिक र ठेकेदाहरूको मन पग्लँदैन । कथाले कथित पुँजीवादी अर्थव्यस्था अन्तर्गत संक्रमित समाजमा विकसित शोषणको नयाँ स्वरूपलाई सही यथार्थ र प्रभावकारी रूपमा देखाएको छ । आधुनिक विकाससँगै विस्थपित गरिखाने (मजदूर वर्ग) कसरी नयाँ श्रमबजारमा पुग्छन् र हुनेखाने (पूँजीपति) वर्गको नयाँ नयाँ शोषणको सिकार हुँदै अकालमैं ज्यान गुमाएर तिनैको समृद्धि बढाउने कलपुर्जा मात्र बनिरहेका छन् भन्ने यथार्थलाई बडो सशक्त र प्रभावकारी तरिकाले प्रकट गरेको छ यो कथाले ।

आफूलाई कथित माथिल्लो जातिको ठान्ने सामन्ती समाजका शोषकवर्गबाट यौनशोषणमा परिरहेका जबर्जस्ती अछुत बनाइएका नारीहरूमाथि युगौंदेखि हँुदै आएको अत्याचारजन्य यौन शोषणको अर्को जीवन्त कथा हो “अन्धोहात्ती” ! दिनको उज्यालोमा छोइँदासमेत पानी छिटो हाल्नुपर्ने कथित उपल्लो जातिका ढोंगी पुरुषहरूको भित्री चरित्र उजागर गरेको छ यसले । कथामा रातको अँध्यारोमा अपमानजन्य रूपमा अछुत भनाइएका तिनै अछुत तरुनीको अँगालो र सहवासमा आनन्दभोग गर्दै  दिनको उज्यालोमा आफूलाई पवित्र र सद्चरित्र देखाइरहेका समाजका तथाकथित ठूलाहरूको पोल सफलतापूर्वक खोलिएको छ । यो कथा सामन्ती मात्र नभएर पुँजीवादी समाजको समेत विकृत यथार्थ हो, अनि हो यही ढोंगी यथार्थको सुन्दर अभिव्यक्ति र दमित जतिका ती अवला भनिने नारीमा बिस्तारै आकार लिँदै गरेको विद्र्रोहको सङ्केत !

तस्करीजस्तो समाजको गन्दगी हटाउने उद्देश्यले बडो उत्साहपूर्वक एउटा बदनाम बस्तीमा खटिएको एकजना इमान्दार पुलिस इन्सपेक्टर कसरी तिनै तस्करहरूको संरक्षण गरिरहेका माथिल्लो निकायका हाकिमहरूबाट उपेक्षित र अपमानित बन्ने गर्छन । यस यथार्थको उद्घाटन गरेको छ अर्को कथा ”ऊ केवल नोकर एउटा सत्ताको” ले ! यो अवस्था प्रहरीमा मात्र नभएर सरकारका प्राय सबै निकायहरूमा व्याप्त छ ।  

आलोचनात्मक यथार्थवादी धाराका कथामध्ये यसमा सङ्गृहीत अर्को कथा “सबै बिर्सिएका अनुहार” को यथार्थ आजको यथार्थ हो । हरेक वर्ष राज्यले सहिद दिवस मनाउने तामझामपूर्ण औपचारिक कार्यक्रम आयोजना गर्छ । तर त्यसमा न हार्दिकता हुने गर्छ, न हामीलाई सार्वभौम र स्वतन्त्र तुल्याउन ज्यान अर्पने सहिदप्रति सम्मानभाव नै ! अझ मुलुक र जनताको स्वतन्त्रताका लागि प्राण सुम्पने मङ्गलमानजस्ता अनेकौं सहिदहरू त इतिहासको पन्नामा धूलोले छोपिएर कता हराउँछन्, कता । यही कुरुप सत्यलाई मार्मिक र सुन्दर ढङ्गमा अभिव्यक्ति दिएको छ यो कथाले ।

यथार्थकै जगमा उभिएर पनि केही खुला प्रवृत्ति बोकेको यस सङ्ग्रहमा सङ्गृहीत कथाहरूमध्ये निकै चर्चित र आलोचित कथा हो “रानी साहेबको तस्बिर” । पत्नीको मृत्युपछि उनको चिनो सानी छोरीको मुख हेरेर अर्को विहे नगरेका सामन्ती समाजका एकजना सम्भ्रान्त पात्र बिस्तारै यौवनको सिँढी चढ्दै गरेकी आफ्नै सुन्दरी छोरीमा मृतपत्नीको प्रतिरूप देख्दैजान्छन् । उनको त्यो हेराइ बिस्तारै मनोरोगको तहमा पुग्छ । अनि आगेवजन्य अवस्थामा एकरात आफूलाई छोरीसँगै सहवासरत पाउँछ । आवेगसिर्जित त्यो दुर्घटना पश्चात अपराधबोधले ऊ भित्तामा टाँगिएको मृत पत्नी रानी साहेवको तस्बिरदेखि तर्सिन पुग्छ ।  

यही प्रवृत्तिको अर्को कथा हो “हिमालको छहरा समुद्रको छाल” ! पहाडकी एउटी अनपढ रुपसी केटी विहे गरेर सहरको एउटा सम्भ्रान्त परिवारमा आइपुग्छे । सम्भ्रान्तताको परिचय नै क्लब, डिस्को र पार्टीहरूको अर्धनग्न नृत्य तथा खानपान ठान्ने लोग्नेको चाहनापूर्तिको क्रममा मन नपर्दा नपर्दै पनि ऊ क्लव, बार र रेस्टुराँको जीवनमा रमाएको अभिनय गर्न वाध्य हुन्छे । अरु खालका पत्नीका स्वाभाविक चाहनाप्रति भने उदासीन रहने लोग्नेको व्यवहारबाट उपेक्षित महसुस गर्दै आएकी ऊ बिस्तारै क्लवमैं भेटेको लोग्नेकै अमेरिकी साथीको व्यवहार र साथबाट प्रभावित र आकर्षित हुँदैजान्छे । दुवै एकअर्काप्रति आकर्षित भएपछि ऊ लोग्नेलाई छाडिदिन्छे उसैसँग बिहे गरेर अमेरिका पुग्छे ।

उता बूढी कन्या बसेकी फुपूसासूको हैकम बिरुद्ध उनको अथाह सम्पत्तिबाट वञ्चित हुनुपर्ने डरले ऊ स्वास्नीको साथ समेत दिसक्ने अवस्थामा थिएन । त्यसमाथि नयाँ ठाउँ, नयाँ परिवेश र संस्कृतिसँग घुलमिल हुन नसक्नुको कारण नयाँ लोग्नबाट छोरो समेत पाइसकेकी उसमा कुण्ठा बढ्दै जान्छ । त्यही कुनठाजन्य निराशामा ऊ आत्महत्यासम्म गर्न खोज्छे । तर ठीक त्यहीबेला छोराको आवाजले उसप्रतिको जिम्मेवारीबोध जाग्छ र आत्महत्या गर्नुबाट आफूलाई रोक्छे ।

अर्को कथा “आत्महत्या–एक मृत्यु सन्त्रास” अप्राकृतिक एकोहेरो प्रेमले जन्माएको मनोविकारको मनोवैज्ञानिक कथा हो । सन्तानसमेत भइसकेकी मित्रपत्नीको एकोहोरो प्रेममा परेको एउटा धनी युवकको उसलाई प्राप्त गर्ने चाहनाले सीमा नाघेपछि त्यो मनोरोग बन्दैजान्छ । अनि त्यसले उसभित्र आत्महत्याको चाहनालाई तीब्र बनाउछ ।  

दोस्रो धारका यी कथामध्ये “मेरी कान्छी माइज्यू”, “रानीसाहेबको तस्बिर” जस्ता केही कथा समालोचकका दृष्टिमा अलि बढी नै आलोच्य हुन पुगेका छन् । यही कारण हुनसक्छ आफ्नो समयका निकै चर्चित र सफल मानिए पनि विकलले यी कथालाई यस अघिका आफ्ना सङ्ग्रहहरूमा समावेश गरेनन् ! अहिले यो सङ्ग्रह तयार पार्ने क्रममा पनि यस बारे निकै सोचिएको हो । तर यी पनि विकलका चर्चित कथा भएकाले पाठकका लगि सहज रूपमा उपलब्ध हुनुपर्छ भन्ने सोचाइबाट यिनलाई समावेश गरिएको देखिन्छ । हुन पनि यी कथा अति क्रान्तिकारी रोमान्सेली दृष्टिकोणबाट पे्ररित ती आलोचनाले भनेजस्तै मात्र सस्तो यौनव्यापारको चित्रण होइनन् । त्यसैले यी मात्र यौनकथा लाग्दैनन् । यिनमा अन्तर्निहित उद्देश्य यौनोत्तेजना जगाउनु नभएर सामाजिक–सांस्कृतिक शोषण तथा अनमेल विवाहजस्ता कारणबाट विकसित स्वभाविक यौनेच्छा, अतृप्ति र सामाजिक अनावश्यक नियन्त्रणको यथार्थपरक चित्रणका माध्यमद्वारा यसबिरुद्ध सचेत पाठक तयार गर्नुका साथै कसरी बिस्तारै भएपनि नारी विद्रोहको वीजारोपण हुँदैछ गएको छ भन्ने चित्रण गर्नु हो । कथा पढ्दा यो प्रष्टै देखिन्छ । साथै समयमैं पत्नी गुमाउने प्रौढहरूमा देखिने मनोविकारको समयमैं विरेचन नहुँदा त्यसले कसरी विकृत मनोदशा निम्त्याउन सक्छ भन्ने कुराले कलात्मक ढङ्गमा अभिव्यक्ति पाएको छ कथामा ! तसर्थ समाजभित्रैका यथार्थको सकारात्मक चित्रण गर्ने उद्देश्य कथामा अन्र्तिहित रहेकाले पनि यिनको मनोवैज्ञानिक मूल्य छ भन्ने ठानेर सङ्गृहित गरिएको हो ।

बढी नै मात्रामा आलोचित देखिने मध्येको एक “मेरी कान्छी माइज्यू” मा पहिली पत्नीको मृत्युपछि जुँगामुठे छोरो बुहारीको भैसकेका वृद्धकी दोस्री स्वास्नी बनेर भित्रिन्छिन् कान्छी मइज्यू । त्यसरी अनमेल विवाहको सिकार बनेकी छोरीसरहकी रुपसी उमेरदार पत्नीलाई वृद्धपतिले कुनै पत्नीसुख दिननसक्नुृ स्वाभाविक थियो । त्यही यथार्थ परिणामको मनोविश्लेणतात्मक चित्रण गरिएको छ यस कथामा । कमजोर लोग्नेको अनावश्यक शंका र चियोचर्चो अनि आफैंलाई लिएर गरिने निराधार सामाजिक कानेखुसीले मानसिक यन्त्रणा भोगिरहेकी एउटी स्वास्नीमान्छेभित्रको दमित चाहना स्वाभाविक रूपमा युवा भानिजप्रति आकर्षित हुनु अस्वाभाविक थिएन । त्यो आकर्षणले मर्यादाको सीमा भने भत्काएको थिएन । उता समाजका कामुक पुरुषको भोका आँखा र कुत्सित अभिव्यक्तिबाट निरन्तर लखेटिएकी कन्छी माइज्यू सधैं कठिन यन्त्रण भोगरे बाँच्न बाध्य थिइन् । अनि त्यसैबीच उनलाई आमा नठानेर तरुनी स्वास्नीमान्छे ठान्दै शरीरभोगको चाहना हुर्काएको झ्डकेलो छोरैबाट बलात्ककारको प्रयास हुँदा उनीभित्रकी नारी उग्रचण्डी बन्छे र त्यो व्यभिचारको चाहना राख्ने झड्केलो छोरोका लिङ्गच्छेदन गरी घर, गाउँ, ठाउँ सबै त्यागेर अन्यत्रै लाग्छे । पछि एउटा युवकसँग घरजम बसालेर सन्तानसुख समेत प्राप्त गर्छे । यसरी अमार्यादित यौन जीवनको प्रवक्ता होइन, यही समाजको सामाजिक–सांस्कृतिक शोषण–उत्पीडन र पुरुषप्रधान सामन्ती चरित्रबाट लखेटिएकी स्वास्नीमान्छेको प्रतिनिधि कथा हो यो । सामान्य भए पनि विरोध र विद्रोहको कथा हो यो ! त्यसैले पनि यस कथालाई मात्र यौनको दृष्टिले हेर्नु विकलप्रति अन्याय हुनजान्छ ।

यस्तै बढी आलोचना खेपेको अर्को कथा हो “रानी साहेबको तस्बिर” । उमेरमैं पत्नी गुमाएर छोरीको विचल्ली हुने डरले दोस्रो विहे नगरी बसेका एकजना कुलीन सम्भ्रान्त प्रौढ पुरुष त्यही काखकी छोरी बढेर तरुनी भएपछि उसमा तिनै मृतपत्नीको छाया देख्न थाल्छ । त्यो भ्रमजन्य भावुक कल्पना आवेगजन्य अवस्थामा पुग्दा ऊ विवेक गुमाएर छोरीलाई पत्नी ठान्दै यौन आकर्षणको विकृतिजन्य मनोदशामा गडिँदै जान्छ । दमित यौन चाहनाको त्यही विकृत मनमेविज्ञान र छोरीमा हरबखत पत्नीदेख्नुको मोविकृति चरममा पुग्दाको आवेगजन्य मनोदशा हो सबै यथार्थ बिर्सेर पत्नीको भ्रममा छोरीसगै यौनसम्बन्ध राख्नपुग्नुको पाशविक परिणति ! कथालले अप्राकृति विकृत यौनको चर्चा गर्नुभन्दा पनि यस्तो विकृत मनोदशाले मनोरोगको श्रेणी चढेर समाजमा गलत व्यवहार हुनसक्ने भएकोले समयमैं यस्तो मनोदशाको विरेचन हुनुपर्ने यथार्थलाई कलात्मक अभिव्यक्ति दिएको छ ।

सरसरती हेर्दा विकलका यी दुवै कथा यौन विषयकेन्द्रित जस्तो देखिन्छ । यथार्थमा भने यो निम्न वर्गीय समाजमा हुने आनमेल विवाहले जन्माउने अतृप्त यौनेच्छाका साथै त्यस्ता नारीको यौवनमाथि हरबखत परिरहने पुरुषको गिद्धे आँखा, अनि यौवनको आगोमा भर्भाराउँदी पत्नीको शारीरिक चाहना पूरा गर्न नसके पनि आफू भने उसमा सधैं मालिकत्व र सतित्वको चाहना राख्ने लोग्नेहरूको चेवाचर्चाले जन्माउने अप्रिय अवस्था अनि त्यसबिरुद्ध जन्मने विद्रोहको यथार्थ चित्रण गर्ने कथा हो यो । त्यसरी नै उमेर छँदै विधुर बनेको एउटा सम्भ्रान्त पुरुषको यौन आवेगको नियन्त्रणहीन अवस्थाको मनोविज्ञान चित्रण गरेको छ अर्को “रानी साहेबको तस्बिर” ले ! त्यसैले यी दुवै कथा यही समाजका यथार्थ हुन्, वर्गीय समाजमा विद्यमान् सत्य हुन् र आनन्दका नाउँमा गरिने यौनव्यापारको कोरा वर्णन अर्थात नाङ्गा यौनकथा होइनन् । त्यसैले यी पनि यौन मनेविज्ञानका माध्यमद्वारा उद्घाटित सामाजिक यथार्थ नै हुन् ।

सङ्ग्रहको शीर्षक कथा “हिमालको छहरा समुद्रको छाल” शीर्षक अर्को कथाले नेपाली सहरी समाजको बदलिँदो पश्चिामाकरणले ल्याएको खुला व्यवहार, सभ्यताको नाउँमा बढ्दो स्वच्छन्दताले सिर्जना गरेको परिवर्तित जीवनमूल्य तथा भिन्न संस्कृतिमा भिज्न नसकेका नेपाली नारीको आन्तरिक पीडा र सामाजिक समस्याका रूपमा बढ्दै गएको यथार्थलाई मार्मिक अभिव्यक्ति दिएको छ । विभिन्न सामाजिक यथार्थको उद्घाटन गरेको छ यसले । सम्भ्रान्त सहरी बुहारी बनेकी निर्बोध र निर्दोष पहाडकी केटीमा सम्भ्रान्त लोग्नेको आधुनिकताप्रेमी जीवनशैलीलाई वाध्यतापूर्वक आँगाल्नुपर्दा क्रमशः जन्मेको वितृष्णाले एउटा विदेशीसँग बढाएको आकर्षण अन्ततः त्यही विदेशीसँगको वैवाहिक सम्बन्धमा परिण हुन्छ । त्यसरी भिन्न पश्चिमा संस्कृतिमा पुगेकी ऊ त्यहाँको रहनसहन, विधिव्यवहार, र संस्कृतिसँग मिल्न सक्दिन । त्यसबाट उसभित्र मानसिक कुण्ठाको विकास हुँदै जान्छ र अन्त्यमा आत्महत्यासम्मको सोचाइमा पु¥याउँछ । यही मनोवैज्ञानिक सत्यको यथार्थ चित्रण हो यो कथा पनि ।

जसरी कठोर सामन्ती शोषणको कुचक्रमा परेर प्रताडित पात्रहरू विकलका कथाका आम पात्र हुन्, त्यसरी नै यस सङ्ग्रहका कथामा पनि तिनै पात्र र चरित्रहरू छन् । सबै खाल र प्रवृत्तिका पात्रहरू छन्, चरित्र छन् र, छन् सामन्ती शेषणका विभिन्न रूप र संरचना ! यिनमा यौवनको शोषणमा परेर नारकीय जीवन बिताइरहेका नारी र तिनमाथि भइरहेका शोषणका विविध रूपदृश्यहरू छन् । कृषि तथा औद्योगिक श्रमबजारका मजदूरमाथि भइरहेका श्रमशोषणका दृश्य र श्रृङ्खला छन् ।  सामान्ती सत्ता र गलत संस्कृतिको चपेटामा परेका नारीहरूको वेदना छ, सामन्ती शोषणको थिचोमिचो र  वर्गीय समाजका बसिखाने वर्गले गरीखाने वर्गमागि गर्दै आएको शोषण र उत्पीडनका कुचक्रछन् । हाम्रो समाजका यी सबै खाले शोषण, उत्पीडन र विभेदजन्य विकृतिहरूलाई समाजका कुनाकाप्चा पसेर खोतल्दै कलात्मक शील्पशैलीका माध्यमद्वारा समग्र ग्रामीण समाजको सच्चा यथार्थ चित्र प्रस्तुत गरेका छन् यी कथाले ।