–विजय चालिसे
एकः सारे जहाँसे अच्छा......! (सुलेख साहित्यिक मासिकको पूर्णङ्क १०, माघ २०७२ मा प्रकाशित) कुनै एउटा गाउँमा विरोधको कार्यक्रम चलिरहेको थियो । प्राकृतिक स्रोत साधन र परिश्रमी बासिन्दाको पसिनाले सिञ्चित त्यो गाउँको माटोले युगौंदेखि सुन फलाउँदै आएको थियो । उनीहरूले फुलाएका सुन भने सधैं उच्चासनका मालिक र पारि गाउँतिरबाट पसेका र नया मुखियाहरूले नै आपसमा बाँडचुँड गर्थे । पसिना बगाउने भोकानाङ्गा परिश्रमी गाउँलले भने तिनकै खटनको मुठीमानो मंैै चित्त बुझाउन वाध्य थिए, त्यो पनि दया ठानेर ! धेरै खाएपछि चिनी पनि खल्लो भन्छन् । युगौंदेखि थिचिएका गाउँले अलि अलि कुरा बुझ्न थालेका थिए । त्यो बुझेर मालिक–मुखियाहरू भने छटपटाउँथे । “लौन अब के गर्ने ? यी भोकानाङ्गाले हाम्रो कर्तुत बुझ्न थाले भने ? कसरी जोगिन्छ हाम्रो सानसौकत ?” यसको समाधान खोज्न उनीहरूले पल्लाघरे पल्लाघरे बडामुखिया अर्थात् बडेभैया गुहारेपछि उताबाट सरसल्लाह मात्रै नभएर मनग्गे जनबल र धनबल समेत जुटाइदिए । यताकाले गर्नु पर्ने उताको खटनपटन र आदेशउदेश मानिदिनु मात्रै थियो । सल्लाह अनुसार नै यताकाले एकएकवटा साधु बिरालाको मुखौटा बनाउन लगाए । त्यही मुखौटो ओढेर अर्कैलाई दोषको भारी बोकाउने अभियान चलाए । कार्यक्रमका लागि पल्लाघरेकै कान्लो जोडेर भव्य समियाना पनि खडा गरियो । कार्यक्रम सुरु भयो । सहयोग गर्न आएका छिमेकी गाउँका त हुने नै भए, यताका भोकानाङ्गा गाउँले पनि कुरा सुन्न भनी ठूलै सङ्ख्यामा जम्मा भए । समियानाले घेरिएको को भव्य मञ्चमा अधिकांश केही वर्षअघि यताको गाउँ पसेका पाहुना बासिन्दा, केही थारै यतैका पुराना मालिक–मुखियाहरू विराजमान हुँदै गए । उद्घोषकले स्वागत होकि के पो हो गीत बजाए । गीतको धून बज्न सुरुभयो । मञ्चासिन नेतागण छिमेकाभिमुख भएर गीतमा साथ दिनथाले– सारा जहाँसे अच्छा........। मञ्चको त्यो मधौरु स्वरलाई भने तल बस्ने तिनै शोषित गाउँलेको चखिलो आवाजले स्वाट्टै छोपिपदयो – नेपाल गाँव मेरा ! दुईः कला ऊ एउटा कलाकार थियो । साइनबोर्ड पेन्टिङ गर्ने कलाकार । “सर....उपहारस्वरूप म तपाइँको एउटा पोट्रेट बनाउँछु ।” एकदिन मलाई देख्नासाथ उसले भन्यो । “हुन्छ नि त, बनाउनोस् ! बरु कति लाग्ला पािरश्रमिक ?” मलाई थाहा छ सच्चा कलाको कुनैमूल्य हुँदैन । तर ऊ एउटा साइनबोर्ड पेन्टर । उसको सृजन कति नै सशक्त होला र ? त्यसमााथि यही उसको व्यवसाय । यस्तै सोचेर पारिश्रमिकको कुरा उठाएको थिएँ । “होइन सर....म पारिश्रमिक लिन्न ! सरलाई उपहार टक्र्याउन मनलागेर मात्रै बनाउन लागेको ! केही दिनपछि नभन्दै ऊ साधारण सिसाको फ्रेम हालेको १२×८ जतिको एउटा पोट्रेट लिएर आयो । फोटो हेरेर उतारिएको प्रतिकिृतिमा खासै विशेषता नभए पनि फोटो उतारमा भने दुरुस्तै देखिन्थ्यो । “फ्रेम बनाउन लागेको खर्च चाहिँ म दिन्छु नि । कतिलाग्यो होला ?” सबै खर्च उसैलाई गराउन अप्ठ्यारो लागेर फेरि भनेँ । “सर करै गर्नुहुन्छ भने नौ हजार दिनोस् न त !” कुनै विकल्प बाँकी नराखी फ्याट्टै भन्यो । म आफ्नो आर्थिक अवस्था हेर्दा निकै महँगो लाग्ने त्यो उपहार हातमा बोकेर टोलाइरहेँ ! तीनः दामसम्मान ऊ विदेशी सरकारले चलाएको एउटा आइएनजिको जागिरे समाजसेवी ! हेलिकोप्टरमा घुमेर दुर्गम क्षेत्रको सेवामा सरदरमुकाम बसेर कुनाकन्दराका दुखी विपन्नहरूको दुःख पढ्नु उसको पेशा ! त्यो दुखलाई कसरी सम्बोधन गर्दा तिनलाई दाताको दीर्घकालीन रणनीति अनुसार उपयोग गर्न सकिन्छ भन्ने प्रतिवेदन तयार गर्नु उसको पेशा । त्यस वापत पाइने पारिश्रमिक सामान्य कल्पनाभन्दा कता हो कता धेरै । धनको कुनै कमी थिएन, थियो भने मानको ! आफैंले भत्ता र पारिश्रमिक ख्वाएर प्रोजेक्टको प्रचारमुखी साहित्य लेखाएका लेखकहरूले आपूmभन्दा धेरै सम्मान पाएको देख्दा उसलाई छट्पटी हुन्थ्यो । प्रायोजित लेखनका महारथिहरू त्यही छट्पटी देखेर पटकपटक सल्लाह दिन्थे– लेख....केही लेख....! दाम खर्च गर, नाम दिलाउने हामी छदैछौं ! ऊ अलमलिन्थ्यो– के लेख्ने ? लेख्नुको नाममा केटाकेटी छँदा बाबुआमालाइ चिठी र पछिहुँदो विदेशीलाई रिझाउने प्रपोलज बाहेक केही लेखिएन । त्यसमाथि नाम कमाउने गरी लेख्ने रे ! नपत्याइकनै सोध्यो – खर्चले मात्रै होला र ? कति लाग्ने हो ....? “पुनर्लेखन, सम्पादन, ठूलै होटलको विमोचन खर्च ! ठूला अखबारमा विज्ञापन र तिनका समीक्षक, चर्चाकारलाई पारिश्रमिक ! निर्णयकर्ताको पूजा अर्चनामा खाम र उपहार ! पुरस्कारको स्तर अनुसार खर्च !” तर्कसहित मोटै अङ्कको जानकारी पाए । केही समयपछि कनीकुथी तयार पारेको पाण्डुलिपिसँग ठूलैसम्मान र पुरस्कारकारका लागि खर्च खामेर जिम्मा लगायो । केही महिनापछि पुस्तकका बारेमा ठूलाठूला साहित्यकार, स्तम्भकारका प्रशंसात्मक उद्धरणसहित छापिएको सुन्दर आवरणयुक्त कृति ठूलै होटेलमा लोकार्पण भयो । नेतादेखि अभिनेतासम्मले कृति र कृतिकारको धुवाँधार प्रशंसा गरे । सुनेर आफैं छक्क प¥यो– ए यस्तो पो लेख्यारे’छु मैले ? हरेकदिन ठूला पत्रपत्रिकाका पृष्ठ उसकै पुस्तकको विज्ञापन र प्रशापूर्ण चर्चामा रङ्गिए । विकासे समीक्षक र अखबारी चर्चाकारलाई भ्याइनभ्याइ थियो । एकदिन उसको खुशीको सीमा रहेन । दशैंको मुखैमा नेपाल कै ठूलो मानिने एउटा पुरस्कार उसकै नाउँमा घोषणा भयो । ऊ अब दाम मात्र होइन, रातारात नामको समेत मालिक बनिसकेको थियो ! चरः सहमति ठेकेदार बाबु प्रचण्डानन्द वन्याञ्चल प्रदेशबाट क श्रेणीको निर्माण कम्पनीको प्रमाणपत्र लिएर फर्केका थिए । उनीहरू नै मिलेर भत्काएको पुरानो घर बनाउने पहिलो टेन्डर पनि त्यही नयाँ कम्पनीले पायो । निर्माणको मुख्य जिम्मेवारी पाएपनि चाहिने धरौटी जम्मा गर्न नसकेकोले अधिकारीहरूले सहायक ठेकेदारहरूसँग मिलेर काम गर्नुपर्ने बन्देज राखियो । भखैरै छिमेकबाट विशिष्ट ज्ञान र अनुभव बोकेर सहर पसेको त्यो कम्पनी सहायक ठेकेदारहरूलाई के गन्थ्यो ? अरु सबैलाई निकम्मा भन्दै एकलौटी कामगर्न थालेपछि कुरा बिग्रियो । समयमा कुनै काम हुन सकेन, उल्टो रकम हिनामिनाको आरोप लाग्यो । काम पुरै नभई सम्झौता भङ्ग भएपछि अर्को चरणको ठेक्का मागियो । आआफ्नो पक्षमा ठेक्का पार्ने अभियान नै चल्यो । सबैले समितिका सदस्यहरूलाई प्रभावित गर्न अनेकौं वाचा गरे । नयाँ ठेक्का पाएमा जग हालेको वर्षैदिनमा सकेसम्म सबैको चाहना अनुरुप, नभए पनि धेरैले मनपराएको डिजाइनमा सुहाउने रङ्गरोगनसहितको घर बनाइसक्ने वाचा गरे । बाबु प्रचण्डानन्द एन्ड निर्माण कम्पनीले पनि ठेक्का प्राप्तिको प्रतिज्ञापत्र जारी ग¥यो– “पुरानो घर भत्काउने काममा हाम्रो ठूलै योगदान रहेकोले नयाँ बनाउने जिम्मा हामीले नै पाउनुृ पर्छ ! ध्वंश पछिको निर्माणमा हामी जति अरु कोही अनुभवी नभएकोले यसपटक पनि हामीलाई घर बनाउने जिम्मा दिनोस् । ठेक्का पाएर जगपूजा गरेको छ महिनाभित्रै ढोका, कोठाचोटा, भान्छा–भण्डारको खाका बनाइसक्छौं । बाँकी छ महिनामा सिंगारपटार सकेर सुम्पनेछौं ! सबै कुरा सबैको सल्लाहमा गर्छौ, सबैको मतो मिलेन छ भने नियम अनुसार भए पनि टुङ्गो लाउछौं । यो हाम्रो भीष्मप्रतिज्ञा हो !” समितिका अधिकारीहरू विश्वस्त हुन सकेनन् । त्यसैले अरु नै दुई ठेकेदार कम्पनीलाई मुख्य जिम्मेवारी दिए । बाबु प्रचण्डानन्दएन्ड निर्माण कम्पनी लगायत अरुले सहायक ठेकेदारी मात्र पाए । घर भने अझै बन्न सकेन । कारण थियो– बाबुप्रचण्डनन्द एन्ड निर्माण कम्पनीको अडान । उनीहरूको भनाइ थियो सहमति गर्ने हो भने हाम्ले भनेजस्तै हुनुपर्छ । रौबराबर यताउता भए पनि हामी मान्दैनौ । हामी नै नियम हौं, हामी नै प्रक्रिया ! विजय निवास, आरुबारी

No comments:
Post a Comment