Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

Thursday, May 9, 2013

उडेर छोप्न चाहन्छ मन, सगरमाथा !

(स्रष्टा समाजको प्रकाशन स्रष्टा दर्पण, वर्ष ५, अङ्क १, पूर्णङ्क १६, २०७० वैशाखमा प्रकाशित)
–विजय चालिसे
सद्यविवाहित नववधुले
लाज पचाएर सुस्तसुस्त
अलिकति घुम्टो उघारे झैं,
आज दिन उघ्रिएको छ,
मन उघ्रिएको छैन !

काम र टेम्सको जलप्रवाहलाई नाघ्दै
राजहाँस पौडेर मन,
समुद्री छालहरू उरालेर सागरमा
हिमानी प्रवाह समाउन पुगेको छ !
आज कामलाई होइन मन,
मेची, महाकाली र वागमतीको प्रवाह थाम्न चाहेको छ !

मन– आखिर मनै न हो, हावा झैं गतिमान,
समाउन खोजेर पनि बाँध्न नसकिने
यस सभ्य महानगरीबाट
आखिर उडेर पुगिहाल्छ– बेतोडले,
उही सगरमाथाको फेदीमा !

भो मलाई पप...रक र डिस्कोको मोहनीमा नभुलाऊ,
नीला समुदी झैं गहिरा ती आँखामा पनि
पौडन चाहन्न मन !

नीला ती समुद्रजस्ता गहिरा आँखाका मोहनी
तिमी आफैंमा जतिपनि सुन्दर र मादक मादक हुनसक्छ,
तर मलाई त मेरो मनको आँखा चाहिन्छ !
मलाई त मेरो आफ्नै म चाहिन्छ,
गितार र सिम्फोनीको वाद्यझङ्कारसँग होइन मन–
मादल र मुर्चुङ्गाको सुरिलो सङ्गीतमा भुल्न चाहन्छ !

मन– यहाँ बुद्धिबाट पराजित छ,
शरीर– यन्त्रबाट विस्थापित छ,
समय– घडीका पला पला र सेकेन्डमा विभक्त छ
यसरी केस्रा केस्रामा विभक्त छ सम्पूर्ण मान्छे !
मेरो मन नचाहेर बाँडिन टुक्रा टुक्रामा
उडाएर लैजान्छ मेरै आफ्नो माटोमा !
६ अगस्ट १९८५, क्याम्ब्रिज
(सन् १९८५ मा बेलायत बस्दा लेखेर बीबीसी नेपाली सेवाबाट आफ्नै स्वरमा रेकर्ड गरी प्रसारित।) ।

Sunday, February 3, 2013

Vijaya Chalise: सूर्यस्नान कविता

: सूर्यस्नान कविता: (ज्योति साहित्य प्रतिष्ठानको स्मारिचका साहित्य ज्योति—२०६९मा प्रकाशित २०६९ माघ । २०४४ चैत ३० गते लेखिएको यो कविता डायरीको पानाबाट टिपिएको ह...