(युवामञ्च पुस २०७२ मा प्रकाशित) विज्ञानकथा “एकछिन आँखा चिम्लिएर कल्पना गर्नुहोस्, मान्यवर– तपाइँको शहरमा एउटा ठुलो प्रयोगशाला छ । प्रयोगशालाको बाहिरै नियोनलाइटमा चम्किरहेको नामपट छ “मानव शरीर मर्मत केन्द्र ! यहाँ तपाइँको शरीर रिपेयर हुन्छ । आउनुहोस्, तपाइँले चाहेजति हजार वर्षसम्मको उमेर बढाउन सकिन्छ ।” के तपाइँ यस्तो कल्पना गर्न सक्नुहुन्छ ? पक्कै सक्नुहुन्न ! म पनि पहिले सक्दिनथेँ यस्तो कल्पना गर्न । सुन्नेले पागल भन्ला डरले पनि कति वर्ष त आफ्नो मनको कुरा बाहिर ल्याउनै सकिन मैले ।” विश्व प्रसिद्ध वैज्ञानिक विशालको सम्मानमा उसका गम्भीर वैज्ञानिक सिद्धान्त सुन्न जम्मा भएका हजारौं स्रोता अपेक्षाभन्दा बाहिर यस्तो उडन्ते कुरा सुनेर आपसमा हेराहेर गर्नथाले । के कुरा गर्छ यो ? यति ठुलो वैज्ञानिक भएर पनि यस्तो हावादारी कुरा गर्ने ? कहीँ यस्तो पनि सम्भव हुन्छ, मोटर–मोटरसाइकल मर्मत केन्द्रजस्तै मानव शरीर मर्मत केन्द्र रे ! एकजना पत्रकारले त मुखै फोरेर भन्यो– वैज्ञानिकहरू पागल हुन्छन् भन्थे, हो कि क्याहो ? विश्वविद्यालयको अनुसन्धान विभागस्थित विशाल हल टनाटन भरिएको थियो । हलको अग्लो प्रमुख भागको केन्द्रमा रहेको एउटा कुर्सी खाली थियो, भरिन बाँकी । दायाँ वायाँका कुर्सीमा एकातिर वल्र्ड जेनेटिक रिसर्च अर्गनाइजेसनका विशिष्ट वैज्ञानिक र अर्कोतिर नोबेल ट्रस्टका प्रतिनिधि ट्रस्टी आसिन देखिन्थे । तिनका छेउमा नेपालका विशिष्ट वैज्ञानिक । तल अगाडिको आसनमा सयौंको संख्यामा विज्ञान पत्रकार, फोटोग्राफर, टेलिभिजनका क्यामरा क्र्ु, जेनेटेक्सि साइन्सका अभ्यासरत प्राध्यापक र विद्यार्थीहरू बडो जिज्ञासुभएर कसैको व्यग्र प्रतीक्षामा थिए । एउटा अत्यन्त विशेष प्रकारको क्षण थियो त्यो । विशिष्ट त हुने नै भयो । प्रथम नोबेल पुरस्कार विजयी नेपालीको सम्मानको कार्यक्रम, त्यो पनि जेनेटिक विज्ञानजस्तो जटिल विषयमा ! सधैं वर्तमान विश्वमा सामरिक महत्व राख्ने आर्थिक र अन्य शक्तिराष्ट्रका र पूर्व औपनिवेशिक मुलुकका अर्थशास्त्री, वैज्ञानिक, साहित्यकारलाई प्रदान गरिँदै आएको नोबेल पुरस्कार इतिहासमैं पहिलोपल्ट नेपालजस्तो गैर औपनिवेशिक र विकासोन्मुख मुलुकका एकजना वैज्ञानिकले प्राप्तगरेका थिए । यही गौरवमय क्षणलाई सार्वजनिक गर्न आयोजित महान् अवसरको साक्ष्य थियो यो क्षण । नोबेल एकेडेमीले कहिलेकाहिँ आफूलाई उदार निष्पक्ष देखाउन यसरी गैरऔपनिवेशिक र पश्चिमी प्रभावक्षेत्र बारिहको सामरिक महत्वका कुनै कुनै देशका व्यक्तित्वलाई पुरस्कार दिने गथ्र्यो । यस्तो चयन गर्दा अर्थशास्त्र र साहित्यको क्षेत्रमा केही साम्यवादी मुलुकका पुँजीवाद र उपभोक्तावादी बजारसंस्कृतिका प्रवक्ता छनोटमा पर्थे, विज्ञान जस्तो विषयमा भने विशिष्ट शोधकर्ता वैज्ञानिकहरू नै पर्थे । जे होस्, दाताको चाहना केही मात्राका प्रभावी बने पनि हाम्रोमा देखिनेजस्तो संस्थापकहरू आफूलाई मालिक ठानेर हरुवाचरुवालाई अलिकति बक्सिस फालेजस्तो मनो विज्ञान चाहिँ देखिादैनथ्यो ती पुरस्कारमा । थोरै समयमको भए पनि व्यग्र प्रतीक्षापछि नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र ढाकाटोपीमा सजिएको शालिन र भव्य व्यक्तित्वको एकजना आकर्षक व्यक्तिले हलमा प्रवेश गरे । आयोजकहरूले अगुवाइ गर्दै त्यही बीचको खाली कुुर्सीमा ल्याएर विराजमान गराए त्यो व्यक्तित्वलाई । उनी आउनुसँगै खचाखच हलका सबैमानिस आआफ्नो ठाउँबाट उठेरै सम्मान प्रकटगरे । उनको स्वागतमा बजेको तालीको तुमूल ध्वनिले सिंगो हल गुञ्जायमान भयो । सबैको मुखबाट निस्किइरहको थियो– विशाल.....विशाल.....! ऊ थियो इतिहासको यो क्षणमा विश्वप्रसिद्ध नेपाली अर्थात् भर्खरै जेनेटिक साइन्समा अपूर्व आविष्कार गरेर नोबेल मेडिसियन पुरस्कारबाट पुरस्कृत वैज्ञानिक प्रोफेसर डाक्टर विशाल ! यतिबेला आफ्नो सफलतालाई सिंगो देशले राष्ट्रिय सफलता ठान्दै खुशी मानाइरहेका देखेर ऊ विगत सम्झँदै थियो । सानो छँदा बाजेको काखमा लुटपुटिँदै पुराण, दन्त्यकथा आदिका रोमाञ्च कथा सुनेर तिनैमध्येको एउटा पात्र ठान्ने गथ्र्यो ऊ आफूलाई । समय बित्दै गयो । किशोरबाट युवा र युवाबाट प्रौेढ वयको धेरै खुट्किला पार गर्दै गयो उसले । उमेरले जतिले नै परिपक्वता प्राप्त गरे पनि उसको मनबाट पुराण–दन्त्यकथामा सुनेका हजारौं वर्ष बाँच्ने तिनै कथाका पात्रहरूजस्तै दीर्घकालीन आयु प्राप्तिको मोह भने कहिल्यै मेटिएन । कति कुरा समयले बिर्साउँदै लग्यो । कतिकुरा प्राथमिकता भित्रै परेन, बिस्तारै विस्मृतिको गर्भमा छोपिँदै गए । कथामा सुनेको त्यो “त्यतिबेलाका मान्छे हजारौं वर्षसम्म बाँच्दथे” भन्ने कुराचाहिँ कहिल्यै मेटिएन उसको दिमागबाट । केही गरे पनि हराएन उसको मनको कुनाबाट त्यो रमाइलो सोच ! तर के यो सम्भव होला ? त्यही अव्यक्त पे्ररणाको कारणले नै हुनुपर्छ, सानैदेखि उसमा विज्ञानप्रति असाध्यै रुचि बढ्यो । विज्ञान विषयमै उच्च शिक्षा पनि हासिल गरेर डीएनको विषयमा विशेष उच्चस्तरीय शोधकार्य सम्पन्न ग¥यो । त्यही परिश्रमको फल थियो यो आजको सर्वोच्च सम्मान ! विशालको आगमनसँगै नोबेल ट्रष्ट, अन्तर्राष्ट्रिय शोधसंस्था र नेपालका शीर्ष वैज्ञानिकले विशाललाई पालैपालो बधाई दिए । सबैको भनाइको सार थियो, गरिब देश र बाबुआमाले रगत पसिना एक गरेर योग्य बनाएका सन्तानहरूमा यहाँ अवसर र सुविधापूर्ण वातावरण छैन भन्दै विदेश भासिएर रगत पोख्ने प्रवृत्ति बढिरहेको छ । यस्तो बेलापनि स्वदेशमैं सङ्घर्ष गरी आफ्नो लगशीलताका कारण यति ठुलो सफलता पाउन सफल भएकोमा विशाल सिङ्गो देशको गौरव बनेको छ । त्यति मात्रै होइन, सिंगो संसारकै लागि प्रेरणा बनेको छ ऊ ! अनि आफ्नो सङ्घर्ष, अनुभव र यहाँसम्म आइपुग्दाको सफलताको कथा सुनाउन विशाललाई बोलाइयो । विशालले अगाडिको कुरा जोड्दै भन्यो “मैले “मानव शरीर मर्मत केन्द्र” को कुरा गर्दा यहाँहरूलाई पनिलाग्यो होला, यो त बौलाए छ ! तर वैज्ञानिक समुदायलाई थाहा छ यस्तै बौलट्टी कल्पना नै विज्ञानको कसिमा घोटिएर सत्य हुनपुगेपछि विज्ञानको नाउँ पाउँछन् । अनि विज्ञानका प्राय सबै आविष्कार यस्तै रमाइला र बौलट्टी कल्पनाकै जगमा खडा भएका हुन् । त्यसैले मेरो आजको यो आविष्कार भोलि आम रूपमा प्रयोगमा आउन थाल्यो भने अहिले टोल टोलमा देखिने साइकल, मोटरसाइकल, र यस्तै अरु विद्युतीय उपकरण रिपेयर केन्द्रजस्तै मानव शरीर मर्मत केन्द्रहरू पनि खुल्दै जान असम्भव नहोला ! यसरी ठट्यौली पारामा सुरु ग¥यो उसले आफ्नो प्रवचन । ठट्यौली पारामा सुरु भएको उसको व्याख्यानले विगतका सङ्घर्षपूर्ण अनुभव र शोध प्रक्रियाका जटिल गाँठो फुकाउँदै जाँदा उसको कहिले भावुक कहिले गम्भीर बन्दाको क्षण सिङ्गो हल उसँगै भावुक र गम्भीर हुँदै जाँदै थियो । हल सानो पिन खस्दा समेत आवाज सुनिएला झैं लाग्थ्यो, शान्त, पूर्णशान्त ! विशाल बोल्दै गयो “सबैभन्दा पहिले त म मेरै प्राचिन सभ्यता र मेरा पुर्खाले दिएर गएका अनुकल्पनाप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु । आज कोरा गफ ठानिने हाम्रा पुराणकथाका कतिपय अनुकल्पनालाई हामीले कहिल्यै गम्भीर बनेर हेरेनौं । उल्टो विशाल ज्ञानको भाषा संस्कृतलाई नै मृत भाषा ठानेर उपेक्षा ग¥यौं । संस्कृत भाषामा रहेका असङ्ख्य ज्ञान आजको विज्ञान, चिकित्साशास्त्र र विज्ञानका अन्यशाखाको आधुनिक विकासमा प्रेरक बन्न सक्छन् भन्ने कुरालाई हामीले गम्भीरतापूर्वक लिएनौं । ममा भने सानैदेखि ती कथाले गरेका कल्पनालाई विज्ञानद्वारा प्रमाणित गर्ने हुटहुटी लाग्दै गयो । “वृद्धावस्था बाँच्नुको साइडइफेक्ट मात्रै त हो !” म साथीभाइसँग ठट्टा गर्दै भन्ने गर्थेँ । बिस्तारै लाग्दैगयो यदि साँच्चि नै वृद्धावस्था बाँच्नुको साइडइफेक्ट मात्रै हो भने यसको कारक असर अर्थात साइडइफेक्टलाई पनि त नियन्त्रण गर्न सकिन्छ होला । त्यसरी शरीरलाई वृद्ध बनाउने कारक असर वा साइडइफेक्टमाथि नियन्त्रण पाएर जीर्ण हुदै जाने जिनहरूको मर्मत वा साटफेर गर्न सकियो भने मान्छेको आयुमाथि कसो नियन्त्रण गर्न नसकिएला ? अनि यही दिशामा काम अघि बढाउँदै गएँ म । त्यो दिशा थियो मानिसको जीवनलाई वृद्धावस्था तर्फ लैजाने जैविक प्रक्रिया नियन्त्रण गरेर मानिसलाई सदा युवक र अजर अमर बनाउने दिशामा गहन प्रयोग । यो अनुकल्पनाको पुष्टि गर्न लामो शोधकार्यको आवश्यकता थियो, म गम्भीररुपले यसतर्फ लागेँ । मैले यससम्बन्धी अवधारणाको शोधलेख प्रकाशित गराएपछि संसारका ठुला ठुला वैज्ञानिकहरूले पनि मेरो कामप्रति रुचि देखाउँदै गए । आवश्यक वातावरण र सोतसाधन समेत बिस्तार जुट्दै गयो । कुरालाई निरन्तरता दिँदै विशालले आफ्नो कुरा राख्दै गयो – त्यत्तिकैमा मेरो आँखा आर्ब्रेडे ग्रेको अनुसन्धानमूलक लेखमा प¥यो । क्याम्त्र्रिज विश्वविद्यालयका ती वैज्ञानिक डाक्टर पनि वृद्ध हुँदै जाने मानिसको जैविक प्रक्रियामाथि लामै समयदेखि अनुसन्धान गरिरहेका थिए । उनको लेखमा दिएका निचोडले पनि मैले सानैदेखि गर्दै आएको अनुकल्पनाको संभावनालाई नै पुष्टि गथ्र्यो । त्यसैले त्यो अनुसन्धान लेख पढेपछि त मेरो विश्वासले झन दरिलो आधार पायो । म पुराण–दन्त्यकथाका सयौं वर्ष तन्नेरी भएर बाँच्ने श्रुतानुश्रुत अनुकल्पनालाई सत्यापनको कसीमा घोट्ने प्रयत्नमा कम्मर कसेर लागेँ । अघि अघि भएका शोधले हरेक आठ वर्षमा मानिसको मरणशीलता आठ प्रतिशतका दरले वृद्धि हुँदै गएपनि नेकेड मोल ¥याटए भनिने एकथरी छुचुन्द्रो, कछुवा, सिपी र शंखेकीराहरूको मरणशीलता भने मान्छेकै जस्तो उमेरको साथ त्यही अनुपातमा वृद्धि नहुने पुष्टि गरेका थिए । दुई जीव समूहबीचको यो भिन्नताको कारक जिन नियमन संजालले गर्दा नै सबैमा एउटै कुरा वा नियम लागु नहुने ती खोजहरूको निचोड थियो । यसले पनि मलाई आफ्नो शोधकार्य अघि बढाउन प्रेरितग¥यो । यसरी यससम्बन्धी हरेक पूर्वअध्ययन र खोजका परिणामबाट म अरु उत्साहित हुँदै गएँ । त्यही उत्साहले मलाई यो अनुकल्पना अघि बढाउने क्रममा पहिलो चरणको प्रयोगमा सफलता प्राप्त भयो । मैले मानिसको शरीरलाई बुढ्यौली तर्फ लैजाने कारक मानिएको जिनलाई टेस्ट्युवमा विकसित गर्ने काममा सफलता पाएँ । यो मेरो शोधकार्यलाई प्रमाणित गर्ने कष्टसाध्य यात्रामा सफलताको एउटा कोसेढुंगो थियो । अब बाँकी थियो त्यो जीनलाई प्रारम्भिक भ्रूणमा रूपान्तरण गरेर त्यसपूर्वको गर्भाधारण चरण ग्यामेट कोषिकाको अवस्थामा पु¥याउने प्रयोग । यो प्रयोग सफल हुनसक्दा मानिसको आयुलाई आफूले चाहे जति बढाउन सकिन्थ्यो । यहाँहरूलाई थाहा छ, ग्यामेट नामको कोषिका वा सेल एक आपसमा जोडिँदै गएर मानिस वा अरु जीवको निर्माण हुन्छ । ग्यामेट एउटा परिपक्व स्त्री वा पुरुष जीवकोष अर्थात जर्म सेल हो । यसमा सामान्य तथा ह्यापलोइड क्रोमोजोमको युगल जोडा रहेको हुन्छ । शरीर निर्माणको क्रममा आधा आधा संख्याका क्रोमोजोम मिलेर बनेको एउटै पूर्ण कोषिकाको जोडा अर्थात ह्यापलोइड क्रोमोजोमले यौनिक सन्तानोत्पत्ति, वीर्य र अण्डाको निर्माण गर्दछ भने अर्को दुईवटा पूर्णकोषिका मिलेको केषिका अर्थात् डिप्लोइड कोषिकाले शरीरका छाला, रगत र मांसपेशीको कोषिकाको निर्माण गर्दछ । डिप्लोइड कोषिका विपरित लिंगको ग्यामेटसँग एकाकार भएर अर्को नयाँ डिप्लोइड इन्डिभिजुयलको सिर्जन गर्नसक्छ । भ्रुण कोषिका वा स्टेम सम्बन्धी अनुसन्धानले पनि अनेकौं संभावना देखाएको थियो । यी सबै गम्भीर अध्यनले शरीरका कोषिकाहरू नष्ट हुँदै जाँदा शरीरमा क्रमश बुढ्यौलीका प्रक्रिया देखिँदै जाने कुराको सत्यापन गर्थे । यति प्रष्ट भएपछि शरीरभित्रका नष्ट हुँदै गएका ती कोािषकाको मर्मत गर्ने औषधिको विकास गर्नसकिन्थ्यो । अैषधिको सेवनबाट पनि मर्मत हुन नसक्ने गरी बिग्रिएका कोशिषकालाई गोलीजस्तै साना रोबोटको विकास गरेर मर्मत गर्ने वा टेस्टट्युवमा निर्मित कोषिकाबाट प्रतिस्थापन गर्ने उपाय गर्न सकिन्थ्यो । यसतर्फ मेरो ध्यानकेन्द्रित भयो, मलाई तिनको विकासमा सफलता प्राप्त भयो । यसको नतिजा तपाइँ सबैको सामु आइसकेको नै छ । “गजब.....अब मानिस अजम्मरी नै बन्छ त ?” एकजना पत्रकारको प्रश्न फुत्कियो । सम्भवतः उसको मात्र नभएर अधिकांश स्रोताको मनमा सलबलाएको साझा प्रश्न थियो योे । “होइन, अहिले नै त्यहाँसम्म नजानुहोस् ! यही चरणमा पुरै मृत्यञ्जयी बनाउन सकिन्न । यसका लागि अरु धेरै काम हुनु जरुरी छ । तर दुर्घटना, र हतिरयारको प्रयोगबाट भएको मृत्युलाई छाडेर बेला बेलामा नष्ट हुँदै गएका कोषिका नियमित मर्मत गर्ने हो भने अब अहिलेको भन्दा धेरै वर्ष आयुवृद्धि गर्न भने सकिन्छ !
Tuesday, December 29, 2015
मृत्युञ्जयी

Monday, August 17, 2015
प्रतिबद्ध व्यक्तित्वका धनी बलराम दाइ ! –विजय चालिसे
-अभिनव साहित्य समाजद्वारा प्रकाशित बलराम अर्याल स्मारिका २०७२ मा प्रकाशित
“ए=====कता हरायौं, विजय <” धेरैभयो यो प्रश्न नसुनेको । बलराम दाइले हामीलाई छाडेदेखि नै सुन्नछाडेको छु मैले यो प्रश्न । हो, केही समयको अन्तरालपछि भेट्दा हरेकपल्ट यस्तै प्रश्न रहन्थ्यो बलराम दाइको ।
२०२०÷२२ सालतिर देखेको हुँला सबैभन्दा पहिला मैले बलराम दाइलाई । त्यतिबेला नौ दश वर्षको उमेर थियो मेरो । तीनजना अग्रजहरू बाबालाई भेट्न भनी घरतिर आइरहनु हुन्थ्यो । उहाँहरू बाहिरपनि साथै हिँडिरहेको देख्थेँ । मेरो केटौले आँखामा ती सबैको व्यक्तित्व भव्यथिए, आकर्षक ! ती तिनैजना उचाइमा फरक देखिन्थे । एकजना अग्ला, टंगरे एकोहोरो जिउका । दोस्रा मझौला र तेस्रा अरु दुईभन्दा होचा । सबै नै एकोहोरो आङका, पातलो कसिलो शरीरका स्वामी । सबै हँसिला, कुराकानी सुन्दा पनि रसिला लाग्ने । त्यसैले केटौले समझका हामी उनीहरू आउँदा रमाउँने गथ्र्याैं । बाबासहित उहाँहरूको कुरा सुनेर बिस्तारै चिनेको थिएँ – सबैभन्दा अग्ला भैरवअर्याल हुनुहुन्थ्यो, मझौला बलराम अर्याल र सबैभन्दा होचा हरिप्रसाद अर्जेल ।
आज रमेश विकल लगायत ती चारैजना प्रिय र श्रद्धेय व्यक्ति हामीबीच रहेनन् । विकल स्वयम मेरा पिताजी । सबैभन्दा अगाडि भैरव अर्यालले सिंगो समाज र मानवीय स्वार्थलिप्त प्रवृत्तिमाथि विदु्रप व्यङ्ग्य गर्दै यो संसार छाड्नुभयो चारदशक अगाडि । हरिप्रसाद अर्जेलले पछिसम्म शिक्षा सेवामा सक्रिय रहँदै स्वाभाविक मृत्यु वरण गर्नु भएको थियो । रमेश विकलले छाडेर जानुभएको पनि सात वर्ष भैसक्यो । सबैभन्दा पछाडि जानेमा बलराम दाइ उमेरपनि संभवतः कान्छै पर्नुभयो । उमेरमा कान्छा भएर पनि नातामा भने भैरव अर्यालका काका हुनुहुनथ्यो । त्यसैले प्राय सबैका काका ! कतिका काका बलराम दाइ धेरैका बलराम दाइ र कतिका बलरामजी .
अनौठो संयोग थियो । बाबासहित जोरपाटीका यी चारै व्यक्तित्व सबैमा साहित्य प्रति रुचि थियो । रमेश विकल र भैरव अर्यालको त कुरै भएन बलराम दाइ र हरिदाइ पनि साहित्यमा रुचि राख्नुहुन्थ्यो । अझ अर्को रोचक संयोग हरिदाइमा हास्यचेत प्रबल थियो, बलराम दाइमा व्यङ्ग्यचेतको बाहुल्य ! सम्झाउन नपर्ला रमेश विकल र भैरव अर्याल नेपाली वाङ्मयकै यशश्वी गद्यशिल्पी– एकजना नेपाली आनख्यानका शीर्षस्थ प्रतिभा अर्को आधुनिक नेपाली हास्यव्यङ्ग्य निबन्धका शिखर व्यक्तित्व । बलरामदाइ व्यङ्ग्य निबन्धका साथै कविता र समसामयिक लेखरचनामा समेत कलम चलाउने, हरिदाइ आफूभित्र प्रचूर हास्यव्यङग्य लेखन क्षमता भएर पनि प्राय कलम नचोप्ने । आफू वरिपरिका सीमित स्रोतालाई सुनाएरै चित्त बुझाउने, आनन्द लिने । जसले जति नै कर गर्दा पनि लेख्न भने जाँगर नचलाउने । भैरवदाइको बारेमा विभिन्न ठाउँमा (गोरखापत्र २०३२ कार्तिक २८; संझना २०३७; सुलेख फागुन २०६९) लेखेको छु, हरिदाईको बारेमा आँखा (पुस २०४१) साहित्यिक पत्रिकामा प्रकाशित मेरो एउटा निबन्धमा केही कोरएको छ ।
अन्तिमसम्म पनि सक्रिय जीवन बिताएर क्यान्सरजस्तो घातक रोगसँग कुस्ती खेल्दाखेल्दै जानुभयो बलराम दाइ ! बलराम अर्याल सृजन, सम्पादन र समाजसेवा तीनैवटा क्षेत्रमा आफ्नो पहिचान बनाएर जानु भएको छ । सृजन प्रखर रुपमा अगाडि आएको नेखिए पनि यताउता छरिएका विविध रचनाहरूको सङ्ग्रह गर्ने तिर कसैले जाँगर चलाइदिने हो भने नेपाली साहित्य संसारमा समेत दर्बिलो उपस्थिति दर्ता गर्नसक्ने सामथ्र्य छ जस्तो लाग्छ, बलराम दाइका रचनामा । सामान्य कुराकानीदेखि कविता लेखन होस वा हास्यव्यङ्ग्य निबन्ध– सबैमा राष्ट्र र राष्ट्रियताप्रतिको अत्यन्त तीब्र सम्वेदनशीलता, समाजका बेथितिप्रतिको कठोर व्यङ्ग्यचेत र रचनात्मक सामाजिक उन्नति प्रतिको तीब्रचाहना प्रतिबिम्बित छन् कर्ममा । प्रजातन्त्रवादी आस्थाका प्रबल हिमायती बलरामदाइ त्यसैको प्राप्तिका लागि बूढेसकालमा समेत तरुना तन्नेरीसँगै सडकदेखि वैचारिक सङ्घर्षसम्म काँधमा काँध जोडेर हिँड्नुको इतिहास सबैकालागि प्रेरक इतिहास बनेको छ । चाहे विद्यालय संस्थापनमा क्रियाशील भएर होस्, चाहे शान्ति समाजजस्ता संस्थामा सक्रिय सहभागिता जनाएर होस् बलराम अर्यालको एकमात्र अभिष्ट थियो, सुन्दर, शान्त, जनअधिकार सम्पन्न समृद्ध प्रजातान्त्रिक समाजको निर्माण .
बलरामदाइ साझा केन्दीय कार्यालमा जागिर खाँदा त्यहाँबाट निस्कने स।झा पत्रिकासँग सम्बद्ध हुनुहुन्थ्यो । सरकारी संरचनामा संपादकको नाम अर्कैको देखिए पनि खासमा सम्पादनको प्रसववेदना खप्ने अर्कैहुन्थ्यो, बलराम दाइजस्तै . त्यतिबेला म चामुण्डा माध्यमिक विद्यालयमा हाइस्कुल शिक्षकका रूपमा कार्यरत थिएँ । चिया खाने ठाउँ बलराम दाइकै घर भाडामा लिएर राखिएको चिया पसल हुन्थ्यो ।
त्यहाँ प्राय भेट हुनासाथ बलराम दाइको आदेशात्मक अनुरोध आइहालथ्यो– ए विजय, एक हप्ताभित्र साझा सहकारी बारे एउटा लेख तयार गरिदेऊ न । निस्कन ढिला भैसक्यो, रचना नै पुगेको छ्रैन ।
२०३६ र ३७ सालभरि नै यो आदेशात्मक अनुरोध आइरह्यो र म जानी नजानी बलरामदाइको त्यो अनुरोध पूरा गर्दै रहेँ । २०३७ सालमा चामुण्डा स्कुल छाडेर गोरखापत्रमा उपसम्पादकको जागिर खान पुगेपछि भने बलराम दाइसँगको भेटघाट पातलियो । तर पनि गोरखापत्र सम्पादकीयको फोनमा बलरामदाइको त्यही आदेशात्मक अनुरोध आइहाल्थ्यो– ए विजय, ल===ल====एक हप्ताभित्रमा मलाई एउटा सानो लेख दिइहाल त । पे्रसमा पठाउन ढिलो भयो ।
त्यतिबेला घरमा फोन आएकै थिएन । न त बलराम दाइकाँ नै फोन थियो । चवालीस –पैंतालीस सालमा बल्ल मेरो घरमा फोन जोडियो ।
त बलरामदाइको यसरी भेटदा आउने आग्रह र पछिपछि फोनबाट पाइने आदेश मेरा लागि सधैं शिरोधार्य हुन्थ्यो । अनि त्यस्तो आग्रह अउनासाथ म पनि साझा सहकारी सम्बन्धी लेखको तयारीमा जुृटिहाल्थेँ । अर्को आकर्षण पारिश्रमिक छँदैथियो । गोरखापत्रमा एउटा लेखको त्यतिबेला पचास रुपियाँ पारिश्रमिक पाइन्थ्यो, साझाले त्योभन्दा दशदेखि पच्चीस रुपियाँसम्म बढी दिन्थ्यो । अर्थात् एउटा लेखको पचासदेखि पचहत्तर रुपियाँसम्म । शाखाअधिकृतको तलब ४ सय साठी रुपियाँजति हुने त्यतिबेला यो रकम कम थिएन । त्यतिबेला सम्पादकाई पनि रचना जम्मा गर्न सधैंको समस्या हुन्थ्यो । कलम चलाउने मान्छे कमै हुन्थे्, भए पनि खोजेजस्तो लेख नभेटिने । त्यसमाथि सहकारीजस्तो आर्थिक÷प्राविधिक विषयमा कलम चलाउने त झन कति नै हुन्थे र ? अनि साझा थियो त्यतिबेलाको साझा सहकारी मार्फतराष्ट्रिय अर्थतन्त्रलाई अभियान कै रुपमा अगि बढाउन सञ्चालित वैचारिक प्रकाशन । यसमा साझा सहकारीकै विषय बाहेक अरु कुरा छापिँदैनथे । त्यसैले सम्पादकहरूलाई पेज भर्न सधैंको समस्या । अनि त्यस्तोमा बलरामदाइको आग्रहमा मैले पनि साझा सहकारी सम्बन्धी धेरै रचना लेखेँ । बलराम दाइले पटक पटक आदेशात्म ताकेता नलाउनु भएको भए, मबाट साझा सहकारीका विषयमा लेखिँदैनथ्यो कि, के थाहा <
Subscribe to:
Posts (Atom)