(अक्षरका पुजारीः रममणि रिसाल, स्मृतिग्रन्थ कात्तिक २०७१मा प्रकाशित)
२०२८–२०२९ सालतिर पछिल्लोपल्ट नेपाल नेसनल कलेजको रात्रिकक्षमा पहिलोपल्ट सुनेको ‘राममणि रिसाल’ नाम पछिल्लो चारदशकसम्मै बिर्सन नसकिने नाम र व्यक्तित्व बन्नेछ भन्ने त्यतिबेला मलाई कुनै अनुमान थिएन । स्कुल र कलेज जीवनमा मलाई शिक्षाको उज्यालो देखाउने र आदर्शपूर्ण जीवनमार्गमा अघि बढ्ने प्रेरणा दिने गुरुहरू अरु पनि धेरै हुनुहुन्थ्यो । हुनसक्छ, कलिलो उमेरमा गुरूप्रभावलाई मैले मानसको वर्णपटमा नमेटिने गरी अङ्कित गर्न सकिन सायद् । त्यसैले तीमध्ये कतिपय आदरणीय गु्रूहरूको नाम र आकृतिसमेत घुर्मैलो लाग्छ स्मृतिबिम्बमा ! तर यस्ता केही गुरू व्यक्तित्व छन्, जो मेरा स्मृतिबिम्बमा कहिल्यै नमेटिने गरी कोरिएका छन्, अङ्कित भएकाछन् । तिनै गुरूहरू मध्ये मैले लामो समय निरन्तर प्रेरणा प्राप्त गर्दै आएका अघिल्लो पङ्क्तिमा टडकारोसँग देखिने आदरणीय गुरुवरको नाममा भने राममणि रिसालको नाम सबैभन्दा माथिल्लो लहरमा आउँछ । यो नाम कहिले र कसरी गुरूबाट स्नेही दाइको रूपमा परिणत भयो, सम्झना छैन । हो, कहिले देखि ‘सर’ बाट ‘दाइ’ मा परिण हुनुभयो र मैले गुरूको सट्टा उहाँलाई दाइको सम्बोधन गर्न थालेँ, त्यो पनि मलाई थाहा छैन । यसरी मेरो जीवनमा राममणि रिसालका बहुविध भूमिका छन्– मलाई मार्गदर्शन गर्ने श्रद्धेय र आदर्श गुरूको, स्नेही दाजुको र लेखकीय प्रेरणास्रोत अग्रज सहधर्मी साहित्यकारको !
यसरी सर्वप्रथम नेपाल नेशनल कलेको सूचनापाटीमा टाँसिएको कक्षा तालिकामा नेपाली विषका गुरूको रूपमा अङ्कित नाम ‘राममणि रिसाल’ र उहाँको शालीन–सौम्य व्यक्तित्व मेरे जीवनको पछिल्लो चालीस वर्षभन्दा पनि बढी समय आदर श्रद्धा, र अपनत्वको साकार व्यक्तित्व बनिरह्यो र पे्ररणा प्रदान गर्दै आयो ।
राममणि रिसाल स्नातक कक्षामा नेपाली साहित्यका गुरू हुनुहुन्थ्यो । उहाँको गलाबाट महाकविको सुलोचना महाकाव्य सस्वर सुनेर कक्षामा हामी विद्यार्थी मन्त्रमुग्ध बन्दथ्यौं । उहाँको बुझाउने शैली, व्यख्या गर्ने तरिका र सहीअर्थबोध गराउने एउटा सफल शिक्षकको गुण त्यतिबेला रोटीरोजीका लागि गोकर्णको सहयोगी निम्नमाध्यमिक विद्यालयमा शिक्षकको भूमिका समेत निर्वाह गर्दै आएको मेरा लागि अत्यन्त अनुकरणीय प्रेरणा समेत बन्यो । राती कलेजबाट घर फर्कँदा सात बजेपछि गौशालासम्मको बस समेत नपाइने समय थियो, आज सुन्दा एकादेशको कथाजस्तो लाग्ने ! बस पाइएमा अलिकति भए पनि हिँडाइ कम पथ्र्यो, नभए कलेजबाट घर (आरुबारी) पुग्न पसिनाका धारा बगाउँदै पैदल दुई घन्टा हिँड्नु पथ्र्यो– लगभग १० किलोमिटरको दूरी तय गर्दै । सँगै आउने यतातिरका साथी समेत कोही थिएनन् । त्यस अवस्थामा गौशालसम्म मात्र चल्ने बस चढेर अलिकति भए पनि हिँडाइ कम गर्न प्राय कक्षाहरू नछाडी सुखै थिएन । राममणि सरको कक्षा भएको दिनमा भने उहाँको कक्षा छाड्नुभन्दा मेरालागि निर्जन अँध्यारोमा हिडेरै घर पुग्ने चुनौती सहर्ष स्वीकार हुन्थ्यो । त्यो उहाँको शिक्षणकला र शैलीकै चमत्कार हो ।
भर्खरभर्खरै बालपत्रिकाहरूमा छापिन सुरुभएको मेरो सिकारु बालसाहित्यकारको परिचय साहित्यको कथा विधामा पनि पखेटा फैलाउने रहर गदै गर्दै थियो । त्यस क्रममा मधुपर्क मासिकले २०२७ साल कात्तिक अङ्कमा मेरो ‘दुई शत्रु’ शीर्षक अनुवाद कथा छापेर मलाई सर्वप्रथम उत्साहित बनाएको थियो । त्यसपछि गोरखापत्रले आफ्नो २०३० साल साउन ६ गतेको अङ्कमा पहिलो मौलिक कथा ‘कुहिरोमा रुमल्लिएको जिन्दगी’ छापेर कथालेखनमा मलाई पहिलो मौका दियो भने त्यसलाई अरु अघि बढ्ने हौसला दिएको थियो ‘आँशुमा रुझेको जीवन’ शीर्षक मेरो दोस्रो मौलिक कथा छापेर २०३० असोजको जमरा ले । मेरो शिरमा यी आशिर्वादपूर्ण हात राख्नुहुने यी प्रकाशनका सम्पादक हुनुहुन्थ्यो– भैरव अर्याल र राममणि रिसाल ! त्यो समयमा गोरखापत्रको शनिवासरीय परिशिष्टाङ्क र मधुपर्क मासिकको सहसम्पादन भैरव अर्यालदाइले गर्नुहुन्थ्यो भने शंकरदेव कलेजको वार्षिक प्रकाशन जमराका प्रधानसम्पादक हुनुहुन्थ्यो गुरूवर रामणि रिसाल । मलाई लाग्छ आजको मेरो कथाकार व्यक्तित्वको यो यात्रा निरन्तर साधनारत रहनमा यी दुई श्रद्देय सम्पादक व्यक्तित्वहरूको उत्तिकै हौसलापूर्ण प्रेरणा रहेको छ । रिसाल सरले विभिन्न समयमा जमराका अतिरिक्त पनि ललिता, अरुणोदय, झङ्कार, जिज्ञासा आदि पत्रिकाको सम्पादन गरेर सशक्त निबन्धकार र समालोचक मात्र होइन साहित्यिक पत्रकारिताको क्षेत्रमा समेत योगदान दिनुभएको छ कुशल सम्पादकका रूपमा । त्यसरी राममणि दाइको साहित्यक पत्रकारितासँग पनि जोडिन पुगेको थिएँ म, र त्यो संयोग मेरो. कथाकार व्यक्तिको विकासमा एउटा महत्वपूर्ण चरण बन्न पुगेको छ ।
थोरै मानिसँग मात्र पछिसम्म सुरुको परिचय र अकर्षण कायम रहन्छ । कतिपय परिचय र सम्बन्ध बीचैमा हराउँछन्, विस्मृतिको गर्भमा विलुप्त हुन्छन् । थोरैसँग मात्र सुरुदेखि जीवनयात्राको लामो कालखण्डसम्मै आदरपूर्ण आकर्षण कायम रहन्छ । म अलि सङ्कोची स्वभावको, सजिलै सबै
वातावरणमा घुलमिल गर्न नसक्ने कमजोरीका कारण थोरैसँग मात्र निकटताबोध गर्नसक्छु । त्यसैले रिसालसरसँगको यो लामो सम्बन्धको कारण उहाँकै उदात्त व्यक्तित्वको प्रतिफल हो । कलेजमा मात्र होइन, बाहिरफेर भेट हुँदा पनि रोकिएरै भलाकुसारी गर्ने मात्र होइन ‘के कसो गर्दै छौ ? के लेख्दै छौ ? लेख...लेख्न नछाड’ जस्ता आत्मीय प्रोत्साहनका वचन र व्यवहारले कति बेला ‘रामणि गुरू’ नै ‘राममणि दाइ’ मा रूपान्तरित हुनुभएछ; मन खोलेर कुरा गर्न सकिने नजिकको अभिभावकका रूपमा परिणत भइसक्नु भएछ, पत्तै भएन । वास्तवमा विद्यार्थीको अभिवादनको उत्तर दिँदासमेत अपमान ठान्ने गुरूहरूको भीडमा राममणि रिसालको त्यो अपनत्वपूर्ण निश्छल (हो, त्यो व्यवहारमा कुनै छल हुँदैनथ्यो, देखावटी भलादमीपन देखिँदैनथ्यो र हुँदैनथ्यो बाहिरि आडम्बर) व्यवहार देख्दा आफैँसँग प्रश्न गर्थेँ सुरुसुरुमा– ‘ए आफ्ना छात्रहरूसँग यस्तो साथीभाइको झैं व्यवहार गर्ने गुरूहरू पनि हुँदारहेछन् ?’ त्यसैले त्यतिबेला चेलाहरूसँग जहाँ जतिबेला भेट्दा पनि केहीबेर रोकिएर आफ्नै साथीभाइसँग झैं कर्णप्रिय मृदु स्वरमा प्रेरणाका आशिर्वचनको वर्षा गर्ने राममणि रिसाल मलाई अर्केा ग्रहबाट आएका दुर्लभ जीवझैं लाग्नुहुन्थ्यो, एउटा आदर्श गुरूको रूपमा ! उहाँको त्यो व्यवहार त्यसरी नेशनल कलेजको कोठामा सुरु भएर पछिको लगभग चादशकको जीवन यात्रामा निरन्न्तर आत्मीय सम्बन्धका रूपमा कायम रह्यो । यसलाई म आफ्नो जीवनको एउटा प्राप्ति ठान्दछु, जुन उहाँकै व्यक्तित्वका कारण सम्भव भएको थियो ।
दोहोरो आङको डम्म परेको अग्लो शरीर, शरीरजस्तै फैलिएको ठूलो छात्ती, ठूलै भिउँटे अनुहारमा जतिखेर देख्दा पनि हाँसिरहेझैं लाग्ने मोटा ओठ, चम्किला नबिझाउने शीतल आँखा, र अत्यन्त मृदुृबोली– हो पहिलोपल्ट कक्षामा देखेदेखि लगभग चालीस वर्षपछिको वार्धक्यसम्मै मेरो स्मृतिबिम्बमा अमिट भएर रहेको छवि हो यो मेरा प्रिय गुरू, स्नेही दाइ र प्रेरक अग्रज स्रष्टा राममणि रिसालको !
राममणि रिसालका झण्डै साढे तीन दशकको राष्ट्रिय जीवन शिक्षण, प्रशासन र सृजनाका खण्डखण्डमा विभक्त देखिए पनि एकाकार छन्– एक अर्काका परिपूरक ! प्राध्यापनबाट प्रंशासनिक सेवामा लाग्नुभएका राममणि रिसालको शिक्षक–प्रशासक दुवै व्यक्तित्वको योगदान रहेको छ उहाँको स्रष्टा व्यक्तित्वमा । दूधमा घोलएको चिनी झैं घुलमेल भएका छन् राममणि रिसालको अभौतिक जीवनलाई अमरत्व दिलाउने अक्षरब्रह्मका समग्र सिर्जनामा उहाँका प्रशासनिक र शैक्षणिक जीवनका अनुभव–अनुभूतिहरू ! त्यसैले यी तीन व्यक्तित्वमध्ये सबैभन्दा शिखरमा छ राममणि रिसालको सर्जक व्यक्तित्व । हुन त प्रशासन सेवामा रहेरै पनि उहाँले रेडियो नेपालको उपनिर्देशक र गृह मन्त्रालय अन्र्तर्गत रहँदा नेपालका जेलको अवस्था सुधार्ने क्रममा दिनुुभएको उल्लेखनीय योगदान त्यत्तिकै स्मरणीय छ ।
यति भएर पनि राममणि दाइ सबैभन्दा पहिले सर्जक हुनुहुन्छ र त्यसपछि प्राध्यापक अनि मात्र राष्ट्रसेवक प्रशासक ! नेपाली काव्य र प्रकृति कृतिले गंम्भीर द्रष्टा अर्थात् समालोचकको श्रेणीमा उभ्याएको भए पनि राममणि रिसालको मूल धर्म समालोचना नभएर सिर्जना हो । त्यो पनि निबन्ध ! ‘कुनै गुटमा नभएर अभिव्यक्तिवादमा विश्वास गर्ने’ राममणि रिसाल अध्येताहरूका मूल्यङ्कनमा पनि २०४० सालपछि निबन्धमा विचारशील र संवेदनशील स्वच्छन्दतावादी धाराका निबन्धकारमध्ये स्पष्ट पहिचान लिएर आउने निबन्धकार व्यक्तित्व हो र उहाँका निबन्धमा नै मानवीय संवेदनाले पूर्ण कलात्मक तथा स्वच्छन्द निजात्मक अभिव्यक्ति पाइन्छ ।
नेपाली साहित्यका अध्येताहरूको भनाइमा नेपाली निबन्धको आधुनिक चरणको प्रारम्भ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘आषाढको पन्ध्र’ (शारदा १९९३) बाट भएको हो । यो भनाइ मान्ने हो भने उनले सुरु गरेका आत्मपरक निबन्धको धारामा देखिने प्रमुख स्रष्टहरूमध्ये राममणि रिसालको निबन्धकार व्यक्तित्व शीर्ष स्थानमैं सुरक्षित छ । राममणि दाइको साहित्यिक क्षेत्र निबन्ध हो र यसैमा उहाँले लेखकीय विशिष्टता हासिल गर्नुभएको छ । उहाँका सङ्ग्रहहरूमा ललित, नियात्रात्मक र संस्मरणत्मक तीनै प्रकारका निबन्धहरू रहेका छन् ।
यहाँका अधिकांश निबन्धहरू आत्मपरक निजात्मक छन् । संस्मारणत्मक–नियात्रात्मक निबन्धहरूमा थरी थरीका पात्रहरू आउँदछन्, थरी थरीका चरित्रहरू आउँदछन् र आउँदछन संस्थाहरू । ती संस्थाहरूसँग गासिएका, जोडिएका व्यक्ति–व्यक्तित्वहरू आउँदछन्, लेखकले घुमेडुलेका ठाउँहरू आउँदछन् र निर्माण हुँदै जान्छन् विशाल चित्रफलकमा जीवन्त चित्रहरू ! सिंगो नेपाली जीवनक्रमका प्रवृत्ति, चरित्र, संस्कार र संस्कृतिले आख्यान जस्तै लाग्ने वाणी पाउँदै जान्छन् । ती ठाउँहरूमा लेखकले देखेका भोगेका जीवन अथ्र्याउने बहुआयामिक बिम्बात्मक चित्रहरू जीवन्त हुँदै जान्छन् उहाँका चित्रात्मक अभिव्यक्तिको स्पर्श पाएर ! यसरी उहाँका कलम पाठकलाई जीवन र जगतका बहुविध दृश्यघटनालाई निजात्मक अनुभूतिको चास्नीमा चुर्लुम्म डुबाएर मीठो स्वाद दिनमा अत्यन्त पोख्त छन् ।
त्यसैले मोन्टेँले “मेरो निबन्धको विष मैं हुँ, किन भने मैले सबैभन्दा बढी मलाई नै चिनेको छु ।” भनेजस्तै राममणि रिसालका निबन्धहरूका विषय पनि स्वयम् उहाँ नै हुनुहुन्छ, उहाँ अर्थात् आजको मान्छे ! हो उहाँको निबन्धका विषय मानिस रहेका छन् र तिनमा आजको अर्थात् उहाँले भोगेको जीवनका सिङ्गो युग समेटिएको छ । यस अर्थमा जीवनवादी अर्थात् जीवनोन्मुखी साहित्यका प्रवक्ता बनेको छ रामणि दाइको निबन्धकार व्यक्तित्व, साहित्यकार व्यक्तित्व !
यिनै शब्द श्रद्धा बाहेक के नै दिनुृ सक्छु र म गुरूदक्षिणामा !