Thursday, July 27, 2017

समालोचना सन्तुलित विश्वको परिकल्पनामा ‘विज्ञानको कैदी’ –युवराज मैनाली

(अभिव्यक्ति द्धैमासिक पत्रिकाको पूर्णङ्क १८९, वषर्् ४८, अङ्क १, वैशाख–जेठ २०७४ मा प्रकाशित मेरे कथासङ्ग्रहको समालोचना)
आख्यान बारेमा ब्याख्यान गर्नुपर्दा आ–आफ्नो भाषा र बोलीबाट यसको पहिचान गराउन सकिन्छ । यही सक्नुको सामथ्र्यता बौद्धिक जगत्बाट भइआएको पनि छ । अनि यसको जन्मकुण्डलीको सेरोफेरोमा घुम्दा मानिसलाई सभ्यताकै घेरोमा चहारिन कर लाग्दछ र भन्न सकिन्छ मानवको पदार्पण प्रश्चात् आवश्यकताहरुका पहिचान क्रमहरुमा लाम लागेका यावत कुराहरुको साथ साथमा सायद मनोरञ्जनका स्वरुपमा यसले प्रवेश पाएको मेसो लगाउन सकिन्छ । अझ त यसले प्रवेश गर्नुको तात्पर्य बाल–जगतकै निम्ति रहेको हुनुपर्दछ । यहाँ कुरा अगाडि बढाउँदा फुल पहिले के चल्लामा अलमलिनु पर्दैन स्वतः प्रकट रुपमा श्रृतबाट शुरु भएको यो विद्या लोककथा दन्त्य कथाहरुबाट स्फूर्त हुनुप¥यो । तर सायद आरम्भमा एक वाक्यबाट प्रष्फुटित हुँदै हुँदै पंक्ति पंक्तिका स्वरुपमा हुर्कदै गयो । आज आख्यानका जुन स्वरुप आज छ त्यसको विकाशको थालनी उन्नाइसौँ शताब्दीमा अमेरिकी स्कर्नर एडगर एलेन पोबाट भएको भनिएको छ । जे होस् यसको हुर्काइ तौल, लम्बाई, मोटाइ आदि अहिलेको चेष्टित प्रक्रियामा छैन । तर भन्न सकिन्छ नेपाली साहित्यमा यसको उत्पादन आहानबाटै हुनपुगेको हो कि ? यी यावत कुराहरुको क्रममा भन्न सकिन्छ एकादेशबाट आरम्भ भई सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला .......... पनि पछि नै गाँसिन आइपुगेको हुँदै हो । यसबारे यावत कुराहरु पुस्तकहरु अहिले प्रकाशित नै छन् । यसर्थ अरुकुरा यहाँ थुपारिरहनु उचित लाग्दैन । किनकि आख्यान सिद्धान्तको साङ्गोपाङ्गो लगाई रहनु अहिलेको उद्देश्य पनि होइन । तर पनि उल्लेख्य परिवेशजन्य परिस्थितिको सेरोफेरो नै आख्यानधार सन्निकट रहेको देखिन्छ । यही धारको प्रभावमा प्रविधिजन्य उत्पादनहरुबाट प्रभावित भई आख्यानका विविध प्रवृत्तिहरु मध्ये एक विज्ञान पनि आजको आख्यान वृत्तभित्र समाहित हुन पुगिसकेको छ ।
आजको विश्व भूमण्डलिकरणबाट अछुतो रहने कल्पना पनि असम्भवै भइसकेको छ । स्वैर कल्पनाको प्रयोग यस भित्रको मूल आधार मानेमा कुनै अत्यूक्ति नहोला । भौतिक, रसायन, जीव विज्ञानका प्राप्ति अनि अघातमा चिरफार गर्ने आख्यानका मर्म हुन् । यसैले अरु अरु विषयगत खण्डभन्दा यसमा कलम चलाउनु अलिक विज्ञ मात्र होइन कि दक्षता पनि आवश्यक रहन्छ नै । विश्लेषनीय विशेषता यसको मूल तत्व हो । सूचना प्रविधिदेखि भौतिक उत्पादहरुका असर सूक्ष्म रुपमा केलाउने सामथ्र्यता यसको प्रभावकारिताको कसी हो । मानवीय चरित्र र मनोविज्ञानका जलप यसको श्रृङ्गार हो भने निस्पक्षता यसको आधार मान्नुपर्दछ । यथार्थवादीय सैद्धान्तिक अनुसिलन वेगर यसको जिवन्तता पाउन सकिदैन । एकप्रकारले विज्ञानपरक आख्यानलाई नवचेतनवादी वा प्रयोगवादी धारमा पनि लिन सकिन्छ । नेपाली साहित्यमा यस दृष्टिकोणले मूलतः निबन्धका शीर्षस्थ अगुवाका रुपमा रहँदै कथा सिर्जनामा पनि प्रयोगशील नवचेतना मूलक तत्व समाहित रहेर अग्र स्थानमा रहेका व्यक्तित्व हुन् शङ्कर लामिछाने (१९८४–२०३२) । नेपाली कथा साहित्यमा सम्भवत पहिलो विविध कुरा घुसाएर विज्ञानलाई अघि सार्ने परिकल्पनाकार हुन् उनी । श्रृङ्खलाविहीन कथावस्तु, जीवन भोगाइका बहुआयामिक छवि अनि निवन्धात्मक पारा उनको कथामा भेटिन्छन् । मनोवैज्ञानिक पुट आत्मप्रकटीकरणका छ्याङ्गपना अर्को विशेषता उनको आख्यान सृजनात्मकता रहेको छ । माया  ६५३, टेस्टट्यूव वेवी, कृक्रिम गर्भधान आदि द्वारा नारी प्रजनन् अधिकारका उज्याला फैलाउने समेत प्रश्न यिनमा ओरालिएका छन् । यिन मध्ये पनि माया ६५३ शीर्षकीय कथालाई एक नम्बरको रुपमा लिन सकिन्छ । यसैगरी ‘उ कसको हो’ शीर्षकीय कथा मस्तिष्क स्थाानान्तरण सन्दर्भ रहेको देखिन्छ । यस पृष्ठभूमिका कालखण्डमा विज्ञान आख्यान प्रति कसैको ध्यान तान्न सकिएको देखिँदैन । निकैपछि यो विँडो थाम्ने काममा लेखन प्रतिभाका बहुआयमिक व्यक्तित्व सरुभक्त (२०१३) ले गरेको देखिन्छ । २०३५ मा ‘धरामा युद्धस्थल’ शीर्षकीय कथाबाट आपूmलाई निरन्तरातर्फ डो¥याएका सरुभक्त कथामा मात्र सीमित रहेका छैनन् । उपन्यास, नाटक, कविता, गीत, गजल, बालसाहित्यसमेतमा आफ्नो प्रतिभा दरिलो रुपमा उपस्थित देखाउँदै नेपाली विज्ञान साहित्यमा समेत विशिष्ट योगदान पु¥याउँदै आएका व्यक्तित्व हुन् । ‘एक अभिनवको आत्मकथा’ (२०४४), ‘छोरी ब्रह्माण्ड’ (२०४७), ‘यामागल’ (२०५४), ‘पदार्थहरुको गीत’ (२०६४) मध्ये एक अभिनवको आत्मकथा आरम्भिक कथासंग्रह रहेको छ जसमा हेल्लो ल्होत्से, हेल्लो वर्तमान, हृदयको पाँचौ कोडा, सायद यो प्रेमको कथा हो होइन र सार्कमिसाइल शीर्षकीय पाँच कथाहरु रहेका छन् । यी सबै विज्ञान कथाहरु हुन् । जसको आस्वाद विल्कुलै ताजा रहेका छन् । यसमा राष्ट्रवाद र अन्तर्राष्ट्रियवादको सन्तुलन, रोवर्टहरुको वैज्ञानिक परीक्षण, आणविक शास्त्रास्त्रले ध्वस्त जगत् आदिका बारेमा विवेचन गरिएको छ । उनका विज्ञानका कथाहरुमा सन्तुलनका गणितीय फर्मुला पहिलिएका छन् ।
यहाँ गन्तव्य अहिलेको ‘विज्ञानको कैदी’ सँग छ । आँपको आँप बियाँको समेत दाम भनेझैँ यस विज्ञान कथासंग्रहको आमुखमा विज्ञान कथाका तत्व, विषयवस्तु र परिवेशसमेत समावेश गरेर स्रष्टाले ठुलै गुण लाएको मान्न सकिन्छ । कथाहरु सबै प्रकाशित छन् । विभिन्न पत्र पत्रिकामा छापिएर टकटक्याइएका छन् भन्नलाई भन्न सकिन्छ । सत्य पनि आखिर उही हो । २०४१ देखि २०७० सम्मका सोह¥याई नै हुन् । तर पुरानो सुनौलोलाई उभ्याउँदा उभ्याउँदै पनि आमुखबाट कथालाई टल्काइएको छ । माथि उल्लिखित नेपाली विज्ञानपरक आख्यानकर्ताहरुका क्रमबद्धतामा चर्चा गर्न नसकिएला खोजी पस्नैपर्ने कतिपय कुराहरु होलान् । तिनकै चर्चा विज्ञानको कैदीका स्रष्टाले यसरी गरेका छन् .......... विज्ञान कथा आधुनिक साहित्यको देन भएको र शङ्कर लामिछानेको ‘आत्माको मीमांक्षा’ (२०११) मा विज्ञानको पदार्थवादी मान्यता वैज्ञानिक अन्र्तदृष्टि रहेकोले पहिलो नेपाली विज्ञान कथा भएको संकेत विचारयोग्य मान्नुपर्छ ........... नेपाली विज्ञान कथाको पहिलो चरणमा लामिछाने पछि ‘अन्तिम भोज’ (२०२०), ‘निषिद्ध देश’ (२०२१), ‘इन्जिनियरको टाउको’ (२०२५), कथा लिएर विजय मल्ल  देखापरे । तर यी कथा आधुनिक विज्ञान कथाको परिभाषभित्र कतिको खरो उत्रन्छन् त्यो थप अध्ययनको विषय बन्नसक्छ । अधिकारीका अनुसार त्यसपछिका अवधिमा तुलसीराम कुँवर ‘नेटोपारी’ (२०३१), कविताराम श्रेष्ठ ‘यान्त्रिक यन्त्रणा’ (२०३६), ‘गिनीपिवत्र’ र ‘अस्वस्थामा उवल’ (२०३७) रमेश विकल –विक्रम र नौलो ग्रह’ (२०३९) । सरुभक्तका एक अभिनवको आत्मकथा (२०४४) आदिको योगदान रह्यो ।
यसरी नै दोस्रो चरणमा पनि पहिलो चरणका कविताराम, सरुभक्त, रमेश विकलका साथै गोरख बहादुर सिंह, विजय चालिसे, आमोद देव भट्टराई, रमेश खनाल, मदनमणी दीक्षित, महेश विक्रम शाह, गोविन्द प्रसाद कुसुम, इन्दिरा प्रसाई आदि देखिन्छन् । ............ विज्ञानमा बलजफ्ती चल्दैन अनि विज्ञान आख्यानमा वास्तविकताभन्दा बाहिरका अतिरञ्जनापूर्ण वर्णन पनि गरिनु हुँदैन । विश्वव्यापी रुचीको विषय रहँदै आएको भएपनि नेपाली वाङ्मयमा विज्ञान कथा लेखक र विज्ञान कथा दुबैको संख्या अत्यन्त कम देखिन्छ । तिनका बारेको चर्चा पनि हुने गरेको त्यति देखिँदैन ।
यो उतारको पंक्ति मात्र नेपाली विज्ञान आख्यान स्थितिको दर्पण अर्पणको हेतुले यहाँ गरिएको हो । विज्ञानको कैदीका स्रष्टाको अध्यनन अनुसिलनले त विश्वकै दर्पण खुलाइएको छ । जसको लागि विज्ञानको कैदी नै अवलोकनबाट मात्र प्रष्टिन्छ ।
शङ्कर लामिछाने पछि प्रष्ट रुपमा देखा परेका सरुभक्त नै हुन् भन्ने यहाँ लाग्दछ । तर पनि विजय चालिसे विज्ञानको कैदीबाट बिशिष्ट हुनपुगेको पाइन्छ । नौवटा विज्ञान कथा मात्र होइन विज्ञान कथाको एक पाटो नै यही पुस्तकबाट छर्लङ्ग्याई दिएबाट उपयोगिता यसैबाट अझ बढ्न पुगेको छ अवश्य पनि । आमुखबाट गाँसेर दिइएको विज्ञान कथाका तत्व, विषयवस्तु र परिवेशले पाठकलाई राम्रो खुराक पस्केका छन् उनले । उनले लेखेका छन्, “विज्ञान कथा आख्यान साहित्यको त्यो प्रकार वा जेनर हो जुन विज्ञान प्रविधिको अनुकाल्पनिक आविष्कार –अन्वेषणद्वारा प्रभावित हुन्छ । यस्तो कल्पना प्रायः भविष्यमा आधारित भएर गरिन्छ ......... विज्ञानका प्राकृतिक नियममा रहने भएकोले विज्ञान कथा भने शुरुमा लेखकको कल्पनामा आधारित भए जस्तो देखिए पनि पछि गएर ती कल्पना यथार्थ वा सत्यमा परिणत हुने पर्याप्त सम्भावना रहन्छ ........... ।” यसलाई अरु अगाडि बढाउँदै उनको खुलासा यस्तो छ ... ... विज्ञान कथाको बिषयवस्तु र परिवेशमा धर्ती बाहिरको अन्तरिक्ष अन्य ग्रहवासी तथा पृथ्वी बाहिरको अर्को संसार, ज्ञात वैज्ञानिक सत्य–तथ्यभन्दा अलग प्रवृत्ति र वैज्ञानिक सिद्धान्त सम्बद्ध भावी परिकल्पनादेखि भूत र भविष्य यात्रा, पराशक्ति वा मानसिक शक्तिको अभ्यास र प्रयोग अति सुक्ष्म स्तरमा पदार्थको स्वचालित नियन्त्रण र हावाभन्दा वेगले चल्ने यान वा सवारी साधनहरु जस्ता नवीन आविष्कार र वैज्ञानिक सिद्धान्त, स्थापित सामाजिक संगठनहरुको विघटन जस्ता यावन कुरा समेटिन सक्छन् । सरल शब्दमा विज्ञान कथाको अंगलाई उजिल्याउन र स्थापित स्वरुप प्रष्ट देखाउन लगभग अठ्ठाईस पेजलाई ओगट्न पुगेका छन्, जसलाई कुनै पनि सार्थक प्रंसगबाट अलग्याउन सकिन्न । सबैकुराहरु यहाँ उतार गर्न सकिँदैन र हुन्न पनि । हुन्न यस अर्थमा कि अध्ययनलाई कच्चा वैद्यको मात्रा पाठकलाई तुल्याउन हुन्न पनि । अतः विज्ञान कथाको नागवेलीलाई यहाँ यसै छोडेर नौ कथाको सेरोफेरोमा घुम्नुअघि कथा साहित्यमा सबैभन्दा मनपर्ने विधाका रुपमा ग्रहणकर्ता, स्रष्टा विजय चालिसेका चिनारीकै वृत्तमा बस्नु वान्छनीय ठानिन्छ ।
विजय चालिसे वा डाकुरनाथ चालिसे आख्यानकै क्रममा हेर्दा उपन्यासबाट जन्मन पुगेका देखिन्छन् । जन्मको अल्लारेपनमा उनले स्वभाविक रुपमा आपूmलाई आन्तरिक प्रभावभन्दा बाह्य प्रभावबाट आपूmलाई रंगाएको पाइन्छ । उनको प्रथम पुस्तकार कृतिको नामबाट यसको स्पष्ट परिचय मिल्दछ । होटल राँकीमा हत्या –(२०३१) का स्वरुप वेद प्रकाशकीय स्वरुपकै रहन पुगेको स्पष्ट झझल्को यहाँ मिल्दछ । यस्तै अनि कुँइरो फाट्छ २०३६ पनि सायद गहनता वा बाहिर रहेरै वय अनुसार बतासिएका होलान् । यहि अनुमान कै भरमा पिता रमेश विकलसँग राखेर बाह्य प्रभावका कृति भन्ने दुस्शाहस गरिएको छ । उनमा विदुषी परिवक्वताको आवहवा चाहिं लाग्दछ वानप्रस्थ पछि कर्मकाण्डिखण्डको शुरुआत सँगसँगै लाग्नपुग्ने अर्थात् गधा–पच्चिसी नलाग्दै स्रष्टा हुँदा र पच्चिसी पछि परिपक्वता र विशेषगरी पत्रकारिताका प्रसादसँगै लेखन पुस्ट्याई (परिपक्वता) निखारिँदै गएर २०३९ मा डोटेली लोक संस्कृति र साहित्य, अप्रिलको बेलायत नियात्रा किसान व्यवस्थित सिँचाइ गुठी (संयुक्त विविध –२०५८) मनका तुलिकामा स्मृति विम्वहरु –२०६३ संस्कृति, यात्रा निबन्ध विविध हुँदै आमसञ्चार पक्षगत प्रवाहमासमेत बग्न थालेका । गोरखापत्रका सम्पादक र शिक्षणका अध्ययनले उनलाई बाल साहित्यमा पनि डो¥याइएको हो कि भन्ने लाग्नपुग्छ । अनि पत्रकारिताकै स्वभाविक आनिवानीले उनलाई आख्यानका फाँट फाँट चहार्न पु¥याएको देखापर्दछ । अहान्तरिक अर्थात् ग्रह प्रभाव उनका कृतिमा कति प¥यो भन्ने कुरा खोतल्दा एउटा सत्य यो उजगार हुन पुग्दछ की यसतर्फ उनी अछुतो नै रहे । स्वाभाबिय प्रवृत्ति पनि कारकका रुपमा रहेको हुनुपर्छ । गृह परम्पराबाट उनी अछुतो नै रहे यसको कारण उनको स्वाभाविय प्रवृत्ति नै हुनुपर्दछ । हो पिता रमेश विकलका प्रवृत्ति उनमा शिक्षण पेशा एउटामा चाहीँ हातेमाले भएकै मान्नु पर्दछ ।
यिनै स्रष्टा विजय चालिसेका विज्ञानको कैदी (विज्ञान कथा संग्रह – २०७१ को चर्चाक्रमको सेरोफेरोका कुराहरु माथि तर्क गरिए । उनकै भनाई अनुसार अब अर्को एउटा सामाजिक कथा संग्रह प्रकाशनका क्रममा रहेको छ । रमेश विकलका प्रभाव तत्व पाइएलाको भन्ने जिज्ञासा उठ्न पुग्दछ ।
“विज्ञानको कैदी” पुस्तकीय शीर्षकबाटै इङ्गितका बान्को केही खुल्न पुगे झैँ आभाष हुन्छ । त्यो कति मिल्छ कति मिल्दैनको लेखाजोखा गर्नेतर्फ भन्दा कथाका क्रमहरुसँग जोडिन उपयुक्त लाग्दछ । क्रममा पहिलो कथा अजय मन शीर्षकमा रहेको छ । कथा पढ्दा जुन शिल्प र सम्पे्रषनियता विशेष गरेर विज्ञान कथामा हुनुपर्ने हो शब्ददेखि मनोविज्ञान पाराका जुन धार देखापर्नु पर्ने हो त्यो यथेष्ट रहेको देखापर्दछ । पहिलो कथाका मूल पात्र विकाश शर्मा वरिपरी काठमाडौँ उपत्यका ठडिएको छ, त्यस उपत्यकाको स्वरुप बेग्लै छ । विज्ञानमा बेजोडको जग बसाई सकिएको छ । कथाको प्रारम्भमै एउटा चमत्कारी शब्द उद्भव रहेको छ, जसले कुतुहलता उत्पन्न हुनपुग्दछ ठयाक्क सुहाउँदो नाम आफ्नै पारामा दिइएको छ ‘ट्याक्सिकोप्टर’ । यही ट्याक्सिकोप्टर उत्रिएको ठाउँबाट कथा शुरु हुन्छ, कल्पनाशिलताको आकाशबाट झरेर उनी कतै पुग्दैनन् आफ्नै गाउँठाउँ आरुवारीलाई नै सेरोफेरोमा संगाल्न पुगेका छन् । तर कथाको आरुवारी अहिलेको हैन धेरै धेरै पछिको रहेको छ । यही शुरु आतिक्षणलाई उनकै शब्दमा ओरालु ट्याक्सिकोप्टर उनको फ्ल्याट्को माथिल्लो छतमा उत्रियो । आरुवारी स्थित अत्याधुनिक आवास क्षेत्रमा बनेको आधुनिक सुविधा सम्पन्न यो गगनचुम्बी विशाल भवनको पचासौँ तलामा थियो उनको फ्ल्याट र त्यो भन्दा पनि पाँच तलामाथि यो आकाशे ट्याक्सीकोप्टर बिसौनी । उसको बाबुबाजेले चढ्ने जमिन माथिको सडकमा ट्याँ ट्याँ र टुँ टु गर्दै घन्टौं जाममा फस्ने ट्याक्सी मोटरहरु कतै कतै मात्र देखिन्थे .......... उसको सिङ्गो जीवन नै यन्त्रवत् थियो । स्वयम् यन्त्र जस्तै लाग्थ्यो ऊ र आजको पुस्ता । त्यसैले उनलाई सौन्दर्य र प्रेमजस्ता कुराबारे सोच्ने समय नै थिएन, न त उनीहरुको जीवनमा कुनै मानवीय आवेग संवेगकै कुनै स्थान थियो । उसको आजको विश्वग्राम साँघुरिएको मात्र थिएन, भाषा, संस्कृति, व्यवहारमा पनि सबै एकरुप बन्दै थिए, एकैनासे । न विविधता थियो, न कुनै आफ्नोपना । सिङ्गो संसार नै एक रुप– एक रसको रोवर्ट जस्तै । यहाँसम्म आइपुग्दा उनको कल्पनाशिलतामा घुसाइएका काठमाडौँको प्रयोजन आरुवारी स्वजन्मथलोको मोह मात्र हैन स्वयंलाई पनि ऊ अर्थात कम्प्युटर सफ्टवेयर इन्जिनियर विकास शर्मा उर्फ विजय चालिसेका अहम्लाई नै उचालिएको प्रष्ट देखिन्छ । लाग्छ उनी भाविलाई अहम् ब्रम्हास्मिंको आध्यात्मिक उछालबाट भौतिक सतहमा भावि बीच आपूmलाई उतार्न चाहन्छ । उनको आध्यात्मिक संस्कारले पनि उनलाई यसैगरी अँगालेको देखिन्छ । एउटा कथाकार आफ्ना, विषयवस्तु प्रस्तुत गर्न बस्दा त्यसैमा लिन हुन भनेको समाधिस्थ हुनु हो । समाधिस्थबाट हुने स्फूरण तेज, स्वच्छ र आलोकमय बन्दछ । यही आभाष अजय मनबाटै प्राप्त हुन्छ । विकासका आयामहरुले जतिसुकै ब्रह्माण्ड ढाकोस्, त्यसले मात्र मान्छेको मन तृप्त रहन सक्दैन । यान्त्रिकीकरणले सबै सुविधा जुटाइएता पनि त्यो सुविधा शास्वत रुपमा रहन सक्दैन । एउटा न एउटा घटनाले सुषुप्ततालाई कसरी जगाई मन भन्ने कुरा आपूm सबल बनेर देखाउँदो रहेछ भन्ने कुरा कथाले खुलस्त पारेको छ । यहाँ यही कुरालाई उजगार गर्ने कुरा स्वयं मन मस्तिष्कका तानावानाको स्वरुप दृष्यपटलबाट कल्पना गर्न सकिन्छ ।
कसरी भयो यो ? ............ निकैवेर मष्तिकमा जोड दिएपछि झट्ट सम्झ्यो, यो करामत पक्कै पनि अल्ट्राभ्वाइलेट रेको हुनुपर्छ । केही दिन अघि मात्र उसले अल्ट्राभ्वाइलेट रेको स्रोत पत्ता लगाएर आफ्नो कम्प्युटरको क्यामेरालाई त्यसैबाट चल्नेगरी मिलाएको थियो । ठोस वस्तुलाई चिरेर त्यसभित्र प्रवेश गरी दृष्य समात्न सक्ने क्षमता थियो यो परावैजनी किरणमा ।
कल्पनाशिलता, सादृष्यताको मिलनविन्दुको समेट्याई मात्रले विज्ञान कथा तयार हुन्न । विज्ञान सिद्धान्तका अनिवार्य ज्ञान अनि तर्कशक्तिको प्रचुरता पनि रहनुपर्दछ भन्ने कुराको नमूना पनि यहाँ उजगार छ । अनि कथाको मागबमोजिम प्रस्तुत सूत्रको प्रमाणिकरणकै निम्ति पनि घटनाको तारतम्य मिलाउने कठिन काममा कर्म गर्दै कथाले दृष्य फोकस गरेको छ यसरी –“ स्क्रिनको एक छेउमा अकस्मात् छिमेकी घरको स्नानघरको दृष्य देखा प¥यो । स्क्रिनको सानो कुनोमा सीमित त्यो दृष्यलाई बढाएर उसले स्क्रिनभरिको बनायो । नचाहँदा नचाहँदै पनि उसले त्यो दृष्यको आकर्षणबाट आँखा हटाउन सकेन । एक प्रकारले सम्मोहित थियो ऊ । स्व्रिmनको दृष्यमा स्नानघरभित्र एउटी सुन्दरी निस्फिक्री नुहाइरहेकी थिई । पानीको थोपा उसका सुनौला केशराशिबाट मोतीझैँ झरिरहेका थिए । त्यसरी झरेका मोतीदाना पानीका थोपा उसको भिजेको सुडौल शरीरबाट विस्तारै गुडेर पुष्ट शरीर हुँदै कटि प्रदेशतर्फ झर्दा सौन्दर्य झनै निखारिएको देखिन्थ्यो । स्नान गर्दा हावामा उडेझैँ उसका नृत्यमय भावभङ्गीको सम्मोहनबाट विकास धेरै वेरसम्म बाहिर निस्कनै सकेन ।” भनिन्छ विज्ञान विषयकै शुष्कताको नमूना हो । यो शुष्कतामा रसिकताको चोप दिएर मानवीय प्रवृत्तिको अस्तित्व बोध गराउन कम मिहिनेतको खाँचो परोइन । यी केही उतारबाटै कथा जिवन्तता बनाइएको छ । विजय चालिसेले आफ्नो क्षमता पुष्टि गरेका छन् ।
यस पछिको कथा रहेको छ ‘कतै देखिएन विज्ञान’ शीर्षकमा यस दोस्रो कथा त्यतिकै शसक्तरुपमा प्रस्तुत रहेको छ तर पनि शीर्षक चाहिँ अलिक अनिँदोपनाले अल्झिएको देखा पर्दछ । चाटुकारीताका चटपटे यसमा नरहेको भने होइन । एउटा सानो मुलुक भएर पनि नेपालका नेपालीमा रहिआएको मानवतावाद अर्थात आपूmलाई मेटाई अरुलाई सुख दिनु जहाँ छ भन्ने भावनाका पुञ्ज यस कथाभित्र छिरेको छ । यहाँ बिस्तारित कथासार उल्लेख्य गरेर आफु अल्मलिने र पाठकका उत्सुकता मार्ने काम नगर्दा नै जाति लाग्न पुग्दछ बाजेले उसलाई विदा गर्दा भनिएको वाक्य एउटा चाहिँ कथाकै मूल मर्म रहेको देखा पर्दछ वैज्ञानिक बनेर मान्छेको भलो हुने काम गर्नु मानिसको हितमा नयाँ नयाँ कुरा पत्ता लगाएर देशकै नाम राख्नु । “सायद यो कथाको तानाबानाको प्रभाव उनको पहिलो उपन्यास बाट उघ्रेको छ । थ्रिलर, सस्पेन्स आदिको घोलाई यस कथामा पनि घोलिएको देखिन्छ ।
तेस्रो कथा रोवोरामको विद्रोह शीर्षकमा रहेको छ । अघिल्ला दुई कथा भन्दा बेग्लै यन्त्रमानवको विकसित स्वरुप र सम्भाव्यतालाई अनुसिलन गरिएको छ । घरको व्यवस्थापन गर्ने पात्र रोबोराममा केन्द्रीत यो कथा पनि रोचकपारामा प्रस्तुत गरिएको छ । कथाका कथाकार यहाँ आफ्नो नाम अल्फा बिटाको रुपमा परिचित गराउन खोजिएको छ । नहुनुपर्ने किन भइदिएको छ भन्नेबाट शुरु गरिएको कथा सम्वादात्मक रुपमा छ । शुरुमै सम्वाद यसरी गरिएको छ ओहो ! कस्तो हिउँ जस्तै भएर घर त !  रोबोरामले आज हिटर चलाउन पनि बिर्से छ कि क्या हो ? उसले साथी तिर हेर्दै भन्यो । यस सम्वादबाटै कथाले के भन्न खोज्दैछ भन्ने कुराको शीर्षकीय अनुमानलाई सही बाटो पक्रेको आभाष मिल्दछ । विवेचनात्मक तौर तरिका सबै कथाका विशेषता हुन् कृतिमतालाई सकेसम्म पन्छाएर सटिक लेखन विजय चालिसेका विशेषता नै रहेको आभाष मिल्दछ । यन्त्र मानव (रोवर्ट) मा चेतनाको विकाशका परिनतिको आकंलन यस कथामा पाइन्छ । मान्छेले बनाएको यन्त्र मानवका पलाउँदा आकांक्षाका विकासक्रमको प्रतिफललाई यहाँ सचेतनाको रुपमा लिइएको छ साथी सिग्माद्वारा यन्त्र मानवका परिचालन प्रक्रियामा सहजीकरण गरिएको छ । कथा टुङ्गिन्छ रोवर्टहरुमा चेतना विकासले मानवले गरेको आविष्कारको प्रतिद्वन्दी समस्याको रुपमा खडा भैसकेपछि समाधानको उपाय के ? त्यो के लाई के झैं मै थाति राखेर कथा टुङ्गयाइएको छ । सम्वादात्मक शैलीले कथा अरु रोचक बनेको छ । आख्यानकार चालिसेका तर्कशक्ति पनि यसमा प्रष्ट रुपमा कलात्मक ढंगले अघि बढेको पाइन्छ ।
चौथो कथाको शीर्षक रहेको छ वानर सेना विज्ञान भित्रका शैतान मष्तिष्कका उद्भवका विषयवस्तुका संगालो हो । राजनीतिक स्वार्थको प्रतिविम्व भने पनि अत्युक्ति नहोला त्यस कथालाई । विज्ञान, मनुष्य मिश्रको दानवी चरित्रको पराकाष्ठा मात्र होइन – तिनका अवयवका खोलखालको परिणतीमा यो कथाले व्यङ्गयात्मक स्वरुप पनि लिनपुगेको मान्न सकिन्छ । यसमा उल्लेख्य वाक्यांसहरु जस्ताको तस्तै उतार्नु पनि एउटा उदाहरण नै हुने देखिन्छ । जस्तै, निर्वाचित सरकार विभिन्न कारणले असफल भएपछि संवैधानिक विशेषधिकारको प्रयोग गरेर मनोनीत राष्ट्रपतिले नयाँ सरकार बनाएका थिए । नयाँ सरकार आएको केहीपछि केन्द्रस्थित एउटा विशाल सरकारी अस्पताललाई मातृशिशु सम्बन्धी अस्पतालको रुपमा विकसित गरिएको थियो । त्यो अस्पतालको विकास भएपछि केन्द्रीय सहरका प्रत्येक गर्भवती आमाहरुले त्यहीँ गएर नियमित रुपमा स्वास्थ्य परीक्षण र उपचार गराउनैपर्ने अनिवार्य व्यवस्था लागू गरिएको थियो । शुरुमा राजधानीमा मात्र अनिवार्य गरिएको यो मातृशिशु कल्याण योजना नामको कार्यक्रम पाँच वर्षभित्र पाँच विकास क्षेत्र र त्यसको दश वर्ष भित्र जिल्ला सदरमुकामहरुमा पु¥याउने सरकारको लक्ष्य रहेको थियो ।
यहाँ विज्ञान भित्रको कथाबाट अन्तरमा निहित रहेको सेरोफेरोमा राजनीतिक मानवताविहिन स्वार्थ साधन ज्ञान पनि उजगार गर्दै लाने ब्रह्मज्ञान पलाएको देखिन पुगेका छन् भन्न सकिन्छ आख्यानकारमा । यही वृत्तमा अझ त सुक्ष्म केलाईमा के ? कहाँबाट कसरी के को लागि यहाँ साधन विहीन सरकारहरु के कसरी चल्दछन् भन्नेमा समेत चिन्तन पसेको टकटक्याईहरु यहाँ भेटिन्छन् । अहिले यहाँ ती मध्ये पैँठमा फेरि एउटा उतार नै उघेर्ने सन्निकट देखिन्छ “जस्तो निर्देशन पाउँछ, त्यस्तै गर्ने त होनी सरकारले । सधैँ शङ्का गरेर पनि त हुँदैन नि कसो ?” यी वाक्यांश विज्ञान हो की होइन प्राशंगिक वा अप्रासंगिक ??? आपूm केही नबोलेर विज्ञानको भित्रको सेरोफेरोमा मात्र मानवीय ज्ञानको हाजीर जवाफी प्रश्न उठाएका छन् आख्यानकारले यसमा । आइरन भ्याक्सिन लिएको दुई तीन दिन पछी नै शीलाले आपूmमा विशेष प्रकारको परिवर्तन महशुस गरिन् । यो परिवर्तन नै खोजको विषय बनेको छ आख्यानमा । नकारात्मक उठानको सकारात्मक प्रयत्नहरु ‘वाँनर सेना’ आख्यानका मात्र सोपान होइन र विज्ञानको के हो पुस्तकको सारा विज्ञान कथाका सोधाई देखिन्छ उत्तरमा जवाफका मेलोमेसोमा यो कथा बैकुण्ठ जाला भन्न भ्याइएको देखिन्न प्रायः परिणाममा हातमा लाग्यो यहि भन्न छोडिएको छ । यो छोड्नुको तात्पर्य अहिलेसम्म विज्ञानका हिसाब किताबमा भाग गर्दा शेष निस्कन बाँकि नै रहेको निक्र्याैल स्रष्टामा रहन पुगेको हेरेको जस्तो पनि लाग्दछ । नील कण्ठी सैन्यदल र राष्ट्रभक्त पथजस्ता आफ्नो बफादारहरुको संख्या बढाउनु । त्यही गोप्य योजना अनुसार उनीहरुका बफादार वैज्ञानिकहरुले निकै बफादारहरुको मष्तिष्कबाट विशेष तत्व निकालेर स्मृति हस्तान्तरणको भ्याक्सिनको विकास गरेका रहेछन् । गर्भिणी महिलाहरुलाई गर्भावस्था मै एक एक हप्ताको अन्तरमा नियमित पाँचपटक यो म्याक्सिन दिएपछि नवजात शिशुमा उनीहरुले चाहे जस्तै बफादारीको गुण सूत्र विकसित हुन्थ्यो ।
यहाँ अगाडि स्पष्ट रुपमा कथिएको पनि छ विवेक र शीला दुई वर्ष अगाडि विवाह बन्धनमा बाँधिएपछि सन्तान चाहनाअनुसार गर्भधारण गरेकी थिई । प्रोफेसर विवेक स्वतन्त्र रुपमा मस्तिष्क प्रत्यारोपण सम्बन्धी शोधकर्तांको रुपमा र पत्नी शीला स्वयं एक अस्पतालमा कार्यरत रहेर पनि सरकारी आइरन सुई लिन बाध्य भएर सुईको प्रभाव थाहा पाएर यसैको शंकाबाट क्रोध जन्मन पुगेको हुन्छ । यसै कथाको पृष्ठभूमिमा कथा अगाडि बढेको देखिन्छ । कथालाई जिवन्तता दिँदै आख्यानकारले आफ्नो आख्यानमा जुन चेष्टा देखाएका छन् त्यसमा मात्र मानवीय स्वतन्त्रता विरुद्धका षडयन्त्र मात्र समाहित नरही राजनीतिक स्वार्थ, सत्तालिप्सा आदिबाट मानिसै पनि कति सम्म गिर्न पुग्दोरहेछ भन्ने कुरा अपत्यारिलो पाराबाट कथ्न पुगेको देखिन्छ । वास्तवमा भन्ने हो भने त्यति सम्म पुगेको अहिले नदेखिए पनि त्यही हाराहारी क्रियाकलाप विविध माध्यमबाट हुँदैन नभइरहेको चाहिँ भन्न सकिँदैन । यहाँ पनि उसको कल्पना पोखाईमा एउटा मानवीय आकृति भित्र दानवीय प्रवृत्ति हावीको डरलाग्दो छवि छताछुल्ल हुनपुगेको छ । यो छताछुल्लमा वाक्य वाक्यभित्र अर्थ माथि अर्थ पत्र पत्र स्वरुपमा तह तहहरु जम्न पुगेको छ । जसबाट कथ्यकारले आफ्नो मन मष्तिष्क तथ्यसम्म पु¥याउन कति कसरी खर्चेको छ भन्ने पनि उजगार हुन पुगेको देखिन्छ । उनकै विन्यासका अत्यासको नमूल्य फेरि पनि “उसको आँङ् पनि सिरिङ्ग भयो । ओहो ! राष्ट्र र जनताका विरुद्ध यति ठूलो षडयन्त्र ! वास्तवमा मातृशिशु सेवा नामको त्यो कार्यक्रमको भित्री उद्देश्य कम खतरनाक थिएन । ‘वानर सेना’ भित्र पनि बेग्लै प्रकारको एकमा अनेक सन्देश प्रवाहित रहेको पाइन्छ । पाँचौ आख्यान पुस्तककै नामाकरण अर्थात् विज्ञानको केदी शीर्षकीय कथा रहेको छ । विज्ञानको कैदीमा प्रस्तुतिकरण बेग्लै ढाँचा उजिल्याएका छन् स्रष्टा विजय चालिसेले आविष्कार बारे अघिसम्म बढी ढल्केका अनि आविष्कारकका कर्मबारे बढि चुहिएका लेखनी आविष्कारका वैज्ञानिकको दिनचर्या प्रतिसमेत कोमल भएर प्रतीक पात्रको नामनै आविष्कार जुराएका छन् । किन आँकलन गरुँ कथाको एकादेशबाटै निन्द्राबाट बिउँझिए पनि आविष्कारका आँखा निन्द्रालुनै थिए । अरु सबै काम कुरा कम्प्युटर र मिसिनहरुद्वारा पुरा हुन्थे । भोक, निन्द्रा र शरीरका अरु आवश्यकता भने तिनको नियन्त्रणमा थिएनन् त्यसैले राती निन्द्रा र नपुगेर उसका आँखा निन्याउरै देखिन्थे । इन्टरनेटमा आफ्ना पिता पुर्खाको चाखलाग्दो मात्र होइन, लोभलाग्दो इतिकहास हेर्दा हेर्दा रात छर्लङ्गै बितेको उसले पत्तै पाएन ................ पुर्खाको रोचक वर्णन सुन्न र हेर्न बाधा पर्छ भनेर उसले समय भयो अब सुत भनेर सम्झाउने मिसिन पनि जानी जानी बन्द गरेर राखेको थियो .................. । यी वाक्यहरु ओरालिनमा रमाए होलान् ओराल्नेले, पढ्नेले पढेपनि होलान् तर यी ओरालाई मात्र एकार्थतामा सीमित राख्नमिल्ने खालका छन् त ? हो यहाँ उकेल्न मन लाग्छ चाहे सुस्क थानिएको विज्ञान पृष्ठभूमिको साहित्य होस् वा नवरसले परिपूर्ण साहित्य गहिराईमा जति गहिरिएर प्रस्फुटित हुन्छ त्यति नै त्यो रसिलो भरिलो रहन्छ । अर्थात् गोता लगाउन दिनसक्ने सागरीय क्षमता तिनमा हुनुपर्दछ । विजय चालिसेमा गोताखोरका साधन चाहिँदो मात्रामा रहेको छ । शब्दको थुपार छ त, शब्दलाई ठाउँ अनुसार ठ्याक्क ठ्याक्क मिलाउने अनि तह तहमा उपयुक्त रंग चढाउने र रंगबाटै विविध आशय ओराल्ने कलाकारिता निहित छन् यसैले त उनका विज्ञान कथामा जिवन्तता मात्र होइन जीवतका बहुआयामिक छवि तरंगित भेटिइन्छ ।
“दिन ३०१० को कात्तिक महिनाको त्यो ओसिलो बिहानीले उसको कोठा भित्र कुनै असर पार्नसकेको थिएन । सिंगो प्रकृति मिसिनको माध्यमबाट विज्ञानको मुठ्ठीमा थियो .... प्रकृतिसँग सोझै सम्पर्क गर्न पाउनु स्वर्ग पाउनु सरह थियो ।” प्रत्येक कथालाई बेग्लै बेग्लै स्वादमा पस्कने चेष्टाको क्रममा विज्ञानको कैदी पनि रहेकै छ । अघिल्ला कथाहरुमा कुनै समयसिमा कोरिएका थिएनन् । यसमा कोरिएका छन् । एक प्रकारले हेर्दा यो कथा निबन्धात्मक आत्मकथाको रुपमा पनि हेर्न सकिन्छ । यहाँ पात्र उभ्याईएको छ आविष्कारको रुपमा । दोहो¥याई उही कुरा भन्नुको बाध्यता पनि यसैकारण छ की आत्मकथाको स्वरुप हुँदा हुँदै पनि आत्मतत्व नै ३०१० बाट अगाडि हैर्न पछाडि फर्कन चाहेर पनि नसक्ने बाध्यता आविष्कारलाई छ । यस बाध्यताका हरफहरु यस प्रकार कुँदिएका छन् – “...चारैतिर अग्ला अग्ला पहाडले घेरेको काठमाडौँ उपत्यका बिहानीपखको कमलो–पहेँलो घाम पोतिएर सुनौलो रङ्गमा रङ्गिएको थियो .... अरु दिशातिर अग्ला अग्ला गगनचुम्वी भवनहरुले केही नदेखिने भए पनि बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथक्षेत्रभने केही खुला राखिएका थिए ..... विशला विशाल आकारका घरहरुको वस्ती उपत्यकाको दक्षिण–पूर्व र पूर्व–उत्तरतिर ढाकेर फैलिएका थिए .... घरकै छानामा उमारिएका कलमी बिरुवा र पूmल बाहेक प्राकृतिक अध्ययनका बोटविरुवा, वनस्पति र फलपूmलहरु देख्न नपाएको जुगै भइसकेको थियो । .... जे थिए ती सबै विज्ञान निर्मित नक्कली थिए ।”
कथा आफ्नो उद्देशयमा शब्दका जुन ओसिलोपनाबाट उठान हुँदै पिचिक्क मूल फुटाउँदै एउटा दह नै तैयार होइन्छ । त्यसैगरी कथाले गति पक्रेको देखिन्छ, जसमा आफ्नो माटोको पाटो, वातावरणजन्य स्वभाव लक्ष्य पूत्र्ति गर्दैगएको देखिन्छ । मनोविज्ञानका कोमलतम् लेउहरु उम्रिरहेको देखिन्छ, जलकुम्भिहरुको उमारहरु बताइएको छ, त्यो स्वभाविकताको रंग पनि क्रमश ः भरिँदै जान्छ यस्तै यस्तै रुप कथाले लिँदै गएको पाइन्छ । सम्पूर्ण प्राय ः प्राप्ति त छ चारैतिर त्यो प्राप्तिबाट तृप्ति छ त ? त्यो भौतिक प्राप्तिको सन्तुलन विहिनमा सन्तुष्टि कायम गर्नपुग्दछ त यही प्रश्नको जवाफ हर कथाले दिइरहेको छ । झट्ट हेर्दा कुनै कुनै कथा अधुरो अपुरो लाग्न सक्ने खालका पनि छन् तर वास्तविकता लाक्षागृहको माया जाल जस्तै जस्तै हुनपुगेको छ । यही विज्ञानको कैदी पनि यही बुँदागत स्वरुपमा पाइला बढाउँदै लक्ष्यको उक्लाईमा उक्लँदै गएको देखिन्छ । अरु बढी व्याख्यामा नगएर यस पक्षको दृष्टान्तलाई अरु अलिकति उजागर गर्ने हो भने यहाँ उपलब्धिका मन्थन अन्ततिर आएर यसरी गरिएको छ । “हाम्रा बाजे बराजुको पालामा कमारा–कमारी, दास–दासी र मेरो स्थितिमा ? उनीहरु आपूmजस्तै मानिसहरुको आदेश विना केही गर्न सक्दैनथे, ..... मैले नै बनाएको कम्प्युटरले मेरो मालिकको स्थान लिँदै छ । ..... यहाँ सम्भाव्यताको पहुँचमा पुगेर कथा टुङ्ग्याइएको छ ।
यसपछिको अर्को कथाको शीर्षक रहेको छ –प्रलयको तयारीमा” यो कथा पूर्व कथाहरु भन्दा फरक छ । प्रत्येक कथाको पृष्ठभूमि फरक नै रहेको छ तापनि ती कथाहरुको सम्भाव्यतालाई दृष्टिगोचर गर्ने हो भनेँ अलिक टाढा नै छ कि भन्ने भान पर्नसक्दछ तर यो वातावरणीय प्रभावको पृष्ठभूमिमा प्रस्तुत कथाको सम्भाव्यता नजिक मात्र नभई भोगाइका लाक्षणिक स्वरुप हामीले अँगाली सकेकै अवस्थामा अझ सन्निकट फेरोको आभास मिल्नपुग्दछ । कथा यसरी शुरु भएको छ –
“पृथ्वीमा हिमयुगको आगमन हुने नेपाली वैज्ञानिक केदारको भविष्यवाणीले सामान्य मानिस मा भयको लहर फैलाइदियो । उको लामो अध्ययनका परिणाम थियो– पृथ्वीमा बढ्दो प्रदूषण, रासायनिक प्रतिक्रिया, विकिरण र अन्य गतिविधिका कारण सूर्य र पृथ्वीको बीचको वातावरणमा नयाँ खालको एउटा पर्दा निर्माण भइरहेछ .... संसारका ठूलो वैज्ञानिकहरुले यो कुरामा विश्वास गरेनन् । उनीहरु उल्टै भन्दै थिए “पृथ्वी दिन प्रतिदिन गर्माउँदै गएको छ । यही क्रममा गर्माउँदै गयो भने हिमयुग होइन बरु सिङ्गै पृथ्वी तातेर आगोको गोला बन्न बेर छैन, आणविक बिस्फोट, हरितगृह प्रभाव, सवारीसाधनबाट निस्रित ताप, धुवाँधुलो तथा मानवीय चापका कारण भइरहेको वनजङ्गलको विनास आदिले शीत युग होइन, तापयुगको सम्भावना चाहिँ प्रवल छ ।” सानाको कुरा नसुन्ने प्रवृत्तिको विस्तार यहाँ पनि भयो, त्यसपछि पृथ्वीभित्रको गर्भगृहमा केदारको प्रवेशबाट कथा टुङ्ग्याइएको छ । यसबारे कथा अनुसार सबै कुरा खोल्न कथाले निषेध गर्न खोजेको देखिन्छ किनकि त्यसबारे पुरै कथासार भनिदिएमा पाठकका उत्कन्ठामा चोट पुग्ने लाक्षणिक स्वरुप अनुभूत आफैँ गरिँदो छ । यस कथामा पनि चालिसेले एउटा थप आयाम प्रदान गरेकै छन् यति चाहिँ भन्न मिल्दछ ।
त्यसपछि सातौँ कथाको रुपमा “सायद प्रेम मरेको छैन” शीर्षकको कथा कथिएको छ । कथाको शीर्षकबाटै कथाको अङ्ग पारदर्शी रहन पुगेता पनि यसका विषय वस्तुले एकातिर भौतिक सम्पूर्णताले पनि मानिस तृप्त रहन सक्दैन भन्ने कुरालाई नै अझ जोड दिएको नै छ त अर्को तर्फ विज्ञान मात्र नकारात्मकताका अँधेरो खाडलमा ल्याण्डड्रप गर्न हुने कुरा पनि होइन भन्ने कुरामा जोड दिइएको देखिन्छ । यो कथाको अर्को विशेषता के रहेको पाइन्छ भने उल्लेख्य कथा मध्ये सरल र स्पष्टता यस कथामा वेग्लै प्रकारले भित्रिएको छ । विज्ञान कथा भित्र मायाप्रीतिको प्रवेश मानवीय स्वभाविक गुण भएकोले यसलाई नकार्न नसकिने तथ्य यहाँ खुलाइएको छ । एक साता लामो विशेष यात्राबाट फर्के, रमेश उघ्राइदेखि शौचादिकृयासम्ममा आपूmले अरु केही गर्न नपर्ने गरी आफ्नो गृहप्रवेश हुन्छ । बेला विज्ञानले यतिसम्म पु¥याएको अवस्थाको थियो । संक्षेपमा भन्ने हो भने रोगबाट मुक्ति अंगप्रत्यारोपणदेखि अन्य ग्रह र आकाश गङ्गामा आगमनको युगमा प्रवेश सम्ममा पुगिसकेको थियो । रोवोट मानिस सादृष्य स्वरुपमा आइसकेका थिए । तर वर्तमान कस्सिदो छटपटिँदो पनि थियो । मानिसका यावत यान्त्रिकीकरण कारक तत्वले मानिसका मांसपेशी र अङ्ग प्रत्यङ्ग भने केही शिथिल बन्दै गइरहेको थियो यति सम्मकी साना समूहका भाषासम्म लोप हुन पुगिरहेका थिए । तर पनि मानिसको अन्तर सन्तुष्ट थिएन । रमेश पनि आज आफ्नो बालसखा शान्तिको सम्झना गरिरहेका थिए त्यसैलाई भेटाउन उनले अनेक यत्न गरे । सबैबाट निस्फल भएपछि विद्युतीय सम्पर्कको माध्यमबाट प्रयत्नमा लाग्न पुगे । त्यसमा सफल रहे ? शान्तीले रमेशलाई चिनिन् ? शान्तीको अवस्था के थियो त ? यावत् प्रश्नको जवाफ यस कथामा उनिएको छ । कथा अलिक लामो भएको प्रतित हुँन्छ । यहाँ भने तर फरक स्वाद भने यस कथाले दिएकै देखिन्छ ।
आठौँ कथा ‘सुपर अर्थ’ पृथ्वीबाहेक अरु ग्रहमा जीवको अस्तित्व माथि सोधकथा हो । यस सोधकथामा नेपाली वैज्ञानिकहरुले पृथ्वीबाट करिब ५०० प्रकाश वर्ष टाढा, पृथ्वी भन्दा १४ गुणा साना ग्रहमा जीवन अस्तित्व रहेको र त्यसबाट मित्रताको सन्देशसमेत प्राप्त गरेर बधाइ सन्देश आइरहेको देखाइएको छ । कथामा उही पाराको स्वादको विलगपना रहेको छ । तर यसमा ठोसिलोपन बढी नमिपन चाहिँ शुन्य प्राय रहेको देखिन्छ । अन्तिम कथा “प्रयोग÷प्रत्यारोपण” कथा रहेको छ यसलाई पनि एउटा व्यङ्गयात्मक राजनैतिक स्वार्थ पूत्र्तिका रंगमा रंगित कथाको रुपमा लिन सकिन्छ । नयाँ पुस्ताको मानिस तैयारीको परिकल्पना यस कथामा गरिएको छ । यो दोस्रो सम्वादात्मक कथा बनेर देखापरेको छ । यच्छा अनुसार सोचे जस्तो मानिस उत्पादन गर्न वैज्ञानिक सक्षम यस कथामा देखाइएको छ ।
श्रीमान अर्थात् नेतागण ? चाहन्छ जसको हात कुशल होस्, मस्तिष्क आज्ञाकारी अनि मुटु सम्वेदना, ममता र चेतना शुन्य जताको आकांक्षी रहेको हुन्छ, तयो आकांक्षाको पूर्ति वैज्ञानिकबाट हुन पुगिरहेको देखाइएको छ । समग्रमा कथा संग्रहले औपन्यासीक वातावरण अंगिकार गरेको देखिन्छ । यसमा उल्लेख्य पात्र परिचय भन्दा विज्ञान र मानवताका विविध स्वरुप नै पात्र परिचयका रुपमा प्रस्तुत छन् ।
कथाहरुमा अघि उल्लेख गरेझैँ होटलराँकीमा हत्या (जासुसी उपन्यास ?)को प्रभाव यसमा पाइन्छ । यसबाट फाइदा उठाइएको नै देखिन्छ । जसबाट पाठक घाटामा पर्नु भन्दा लाभ नै प्राप्त गर्न पुगेको देखिन्छ । तर पनि केही अप्ठ्यारा असजिला पात्रको नामकरण कतै कतै देखापर्दछ । कतै कतै बौद्धिकताका प्रसारणका लोभले छोटो मिठो भन्दा व्याख्यात्मकताले बढी ठाँउ लिएको आभाष मिलेता पनि समग्रमा मानवीय चेतनशिलता प्रति समर्पित सचेतनाले कथा संग्रह पठनीय संग्रहणिय एवं सम्मानयोग्य बन्न पुगेबाट यसका अँधेरो पक्ष विलिनै हुनपुगेको देखिन्छ । समग्रमा विजय चालिसे लेखनका बहुप्रतिभाशाली व्यक्तिका रुपमा यस विज्ञानको कैदीले उभ्याएको मान्न करै लाग्छ । सन्तुलित समाज नै आवश्यकताको धारमा समर्पित अठोटका विचार प्रवाह यस कथा संग्रह पनि प्रष्ट रुपमा उजेलिएका छन् ।

Sunday, May 14, 2017

ओह..नेपारु..मा विजयको विजय- ले. ठाकुर शर्मा भण्डारी

ठाकुर शर्मा भण्डारी
(धन्यवाद सुलेख, धन्यवाद ठाकुर सर !)
सुलेख साहित्यिक मासिक –५६, वर्ष ६ अङ्क १, वैशाख २०७४३ मा प्रकाशित
नेपाली साहित्यिक क्षेत्रका प्रसिद्ध आख्यानकार रमेश विकलका ज्येष्ठ सुपुत्र विजयको जन्म २००८ असारमा आरुबारी काठमाडौँमा भएको हो । आमाको नाम सुशीला चालिसे हो । शिक्षामा एमए (नेपाली) बिए, बिएड डिप्लोमा इन् एडभान्स जर्नालिज्म – लन्डन) हो ।
उहाँका प्रकाशित साहित्यिक कृतिहरू – होटल राँकीमा हत्या (२०३१) अनि कुइरो फाट्छ (२०३६) दुई उपन्यास हुन् । त्रिविध (संयुक्त, २०४४), प्रयोग÷प्रत्यारोपण (२०४७), भग्न आस्थाको खण्डहर (२०५६), अग्निचक्र (२०६२), विज्ञानको कैदी (२०७१) र खोसिएको सपना (२०७१) गरी आठ कथासङ्ग्रह हुन् । डोटेली लोकसंस्कृति र साहित्य (२०३९), अप्रिलको बेलायत (२०४५), मनका तूलिकामा स्मृतिका बिम्वहरू (२०६३) र ओह..नेपारु.. (२०७३) गरी संस्कृति÷नियात्रा रहेका छन् । यसैगरी समाचार लेखन तथा सम्पादन (२०४५), आम सञ्चारका विविध पक्ष (२०५७), समाचार सङ्कलन तथा सम्पादन (२०६५), आमसञ्चार, द्वन्द्व र आतङ्कवाद (२०६०), Media and Culture, 2007 (20643) र आमसञ्चारका सिद्धान्तहरू (२०६४) गरी छवटा आमसञ्चार तथा पत्रकारितासम्बन्धी पुस्तक प्रकाशित छन् ।
बालसाहित्यमा – दयालु राजकुमार (चित्रकथा, २०४३), सेवाका प्रतिमूर्ति ः दयावीर कंसाकार (जीवनी, २०४५), हाम्रो वरिपरिको विज्ञान (बालविज्ञान, २०५२), बादलका बुट्टाहरू (बानाकसङ्ग्रह, २०५२), हराएको मूर्ति (बालकथासङ्ग्रह, २०५६), मङ्गलग्रहमा विज्ञान (बालविज्ञान उपन्यास, २०६०), मुस्ताङको गुफा (बालउपन्यास, २०६१), विजय चालिसेका बालकथाहरू (२०६५), लाखर्केको जिद्दी (चित्रकथा, २०..), Nima Found Yeti, 2012 (२०६४) (अङ्ग्रेजी बालकथासङ्ग्रह, २०६९), हाम्रो पृथ्वी (बालविज्ञान, २०७२) र हेर्दाहेर्दै पुतली (बालकथासङ्ग्रह, २०७३) गरी बाह्रवटा पुस्तक प्रकाशित रहेका छन् ।
नेपाली साहित्यमा विशिष्टतम योगदान गरेका विजयजीलाई विभिन्न सङ्घ÷संस्थाहरूले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । जस्तै ः लोकसंस्कृति अध्ययन–लेखन विद्वत्वृत्ति (२०३८), साहित्यिक पत्रकार पुरस्कार, वैज्ञानिकहरूको जीवनी लेखन प्रतियोगितामा तृतीय पुरस्कार, नेपाल बालसाहित्य पुरस्कार (२०५६ र २०५९), साझा बालसाहित्य पुरस्कार (२०५७ र २०६७), देवकोटा शताब्दी सम्मान (२०६५), सुनकोशी साहित्य सम्मान (२०६६), विशिष्ट शिक्षासेवी सम्मान (२०६६), हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार (२०६८), नई ईश्वरवल्लभसाहित्य पुरस्कार (२०७०), वैजयन्ती स्रष्टा सम्मान (२०७०), पुष्कर गौतम बालसाहित्य पुरस्कार (२०७०) र राष्ट्रिय बालसाहित्य पुरस्कार (२०६६) आदि ।
यसरी विविध विधामा कलम चलाई अनेकौँ पुस्तकका स्रष्टा र अनेकौँ पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएका साहित्यकार विजय चालिसेको हालै प्रकाशित पुस्तक ओह..नेपारु..को सन्दर्भमा आप्mना केही विचार राख्ने प्रयास गरेको छु ।
देशका गहना स्रष्टा विचार–निधि हुन् पनि
सम्मान सर्वदा गर्छु, ओह.. नेपारु..भो धनी ।

विजय–सार–लेखाइ, विजय–लेखनी खुल्यो
नेपाली–भावना–द्वार–शब्द–ब्रह्म–सुधा खुल्यो ।
ओह...नेपारु..नियात्रासङ्ग्रहको पहिलो निबन्ध हो – चरैवेति । नियात्राकारको छोरा आलोक, बुहारी सीता जापान बस्ने हुनाले २०६८ सालको दशैँ उतै मनाउन निर्णय गरे अनुसार नियात्राकार दम्पतीले जापान यात्रा गर्ने क्रममा २०६८ कार्तिक १ गते ड्रयागनएयरबाट राती १०.३० बजे काठमाडौँबाट उडेको प्रसङ्ग अत्यन्त सुन्दर ढङ्गबाट प्रस्थानविन्दुको निरुपण गरिएको छ ।
कुन समय जापानको नारिता विमानस्थलमा उत्रिन्छ भन्ने खबर नदिँदा अत्तास्सिएका छोराबुहारी र नातिनीले हामीलाई देखेपछि सर्वप्रथम नातिनी आयुषाको ऊ...बुवा..को आवाजसँगैको क्षण कति आनन्दमय थियो भन्ने सन्दर्भ बन्यो निबन्ध शीर्षक ऊ..बुवा । यसमा जापानको नारिता विमानस्थलमा मध्याह्न १.३० बजे उत्रने भनेकोमा तीन घन्टा विलम्ब हुँदाको कारण चिन्ता थियो । त्ये निवारण उच्छ्वास हो आयुषाको । यस्तै यस्तै अवसरमा सम्झना हुन्छ ः देशलाई समर्थवान् बनाउन नसक्नुले भनौँ वा आप्mनो अक्षमताले गर्दा आप्mना ध्वजावाहक विमान संसारभरि जान नसक्नु हो । स्वयं लेखकलाई तीस वर्षको पत्रकारिताको जीवनमा भोग्नुपरेका कष्टदायी पलहरूबाट देशको यथार्थस्थितिको बोध भएको छ । आकाशमा उड्दाका विविध कल्पना र यदाकदा ससाना रूपमा देखिने भूभागका मनोरम दृश्यहरूले पनि तानेका कुराहरूको वर्णन गर्नुका साथै प्रशान्त महासागर, चीन महासागर, ताइवान, हङकङ र जापानका द्विपहमूहको झल्को यहाँ आएको छ । यही भौगोलिक अवस्थाको वर्णन र केही समय भन्सारको कामले पनि विलम्ब भएको प्रसङ्ग यसमा आएको छ ।
जापानको सुगिनामी कुमा पुगेपछि कुनै मन्दिरमा जापानी महिलाले ओह..नेपारु..भनेको अभिव्यक्तिले नियात्राकारको मनमा भाषिक भिन्नताले आकर्षण ग¥यो, त्यही शीर्षक बन्यो । जापानीहरू हामीले प्रयोग गर्ने ‘ल’ वर्ण प्रयोग गर्न सक्दैनन्, त्यसको ठाउँमा ‘र’ को प्रयोग गर्छन् । ‘नेपाल’ भन्नुको सट्टा ती महिलाले ‘नेपारु’ भनिन् । नियात्राकारको टिपाइ त्यही रह्यो, त्यसमा धेरै रहस्य घुसेको छ, प्रतीकात्मकता पनि । काठमाडौँबाट दुई दिनमा त्यहाँ पुग्दाको थकाइले कतै जाने इच्छा नहुँदा पनि नौलो ठाउँ भएकोले वरिपरि भएका सुन्दर दृश्यको अवलोकन गर्न मन लाग्यो । त्यहाँ भएका उद्यान, मन्दिर, आमिया हाचिमानागु (स्मारक), धार्मिक आस्थाका केन्द्रहरू र ओमियाको अर्थात् विशाल मन्दिर एरिया घुम्दाको आनन्दले समय निरर्थक नभएको अनुभवी कुराहरूको वर्णन राम्रोसँग गरिएको छ ।
टोकियोका २३वटा सहरमध्ये पश्चिमी भेगको सुगिनामीको सौन्दर्य वर्णन गरिएको निबन्ध हो –इनोकासिराको ऐनामा शासकीय सौन्दर्यचेत ।
सुगिनामी उपनगरभित्रका नौवटा उद्यानमध्ये पर्ने इनोकासिराको सौन्दर्यले लोभिएका लेखकको आत्मानुभूति प्रकट भएको छ । सुसंस्कृत नागरिक भएको यो थलोलाई बादशाह ताइसोले जनताको सेवाका लागि उपलब्ध गराएको कुरा, यहाँको राजसंस्था अत्यन्त प्रिय हुनुको कारण जनताप्रति उत्तरदायी हुनु हो भन्ने यथार्थतालाई प्रस्ट पारिएको छ । यहाँको हिन्दुमनलाई प्रभाव पार्ने बेन्जान्टाइन मन्दिर (विद्यादेवी) परिसरको सुन्दर दृश्यले र इनेकासिरो डोरीको डिपार्टमेन्टल स्टोर मारुईको अवलोकन, किनमेल आदिको वर्णन रहेको छ ।
मिनातो उपनगरको चर्चित ठाउँ रोपाङ्गीमा आलोक काम गर्ने हुनाले र विदेशीका लागि आकर्षणको केन्द्र भएको हुनाले पनि त्यहाँ घुम्न जानु भनेको मनलाई आनन्द अनुभव गराउने कुरा नै थियो । नेपालको ठमेलजस्तै लाग्ने अनेकौँ कलाकारहरूको योगदान रहेको त्यो ठाउँमा जापानले कलाकार र साहित्यकारको सम्मान गरेको देखिने चित्ताकर्षक उद्यानको अवलोकन गर्दा लक्ष्मीजीको मुखबाट अचानक निस्केको उद्गार – आहा...कति गुनिला जापानी । उक्त प्रकटित वाक्य नै निबन्धको शीर्षक बन्यो लेखकको । यसमा आपूm भ्रमण गर्दा देखिएका चित्ताकर्षक वस्तुहरूले त्यहाँको प्रगति, हाचिकोको स्वामीभक्ति र उनको शालिक देख्दा उदारताको नमूनाले लेखक भावविभोर भएको अनुभव गराउँछ । आलोक काम गर्ने रोपाङ्गीको चौवन्न तले भवनको बयालिसौँ तलामा पुगेर टोकियो सहर अवलोकन गर्दा आनन्द लागेको अनुभूतिको वर्णन यहाँ गरिएको छ ।
नियात्राकारको भ्रमणावलोकन टोकियो सहरभन्दा बाहिर सक्रिय ज्वालामुखीको उपत्यकामा हेर्न जाने रह्यो । त्यहाँको कोदामो नो कुनी बालभूमि देख्दा मन रमाएको तर कता कता धेरै देशको झन्डा फहराइ रहेको ठाउँमा आप्mनो देशको झन्डा नदेख्दा मन कुँडिएको कुराले यति पुरानो सम्बन्ध, बुद्धको देशमात्र नभएर स्वयं बुद्ध मान्ने देश भएर पनि नेपाललाई कसरी जापानको हाकोनेले बिस्र्यो, के यसले नेपालको अस्तित्व राखेन ? आदि कुराले मन चिमोटिरह्यो भन्ने कुरा उठान गरिएको निबन्ध हो – हाकोनेले देखेन मेरो देश ।
त्यो हेरेपछि त्यहाँको राजदूत गणेश योन्जनसँग पनि कुरा गरेको प्रसङ्ग र जापान पुगेको आठौँ दिन टोकियोबाट एक सय किमि टाढा पर्ने रोमाञ्चक उपत्यका कानागावा (आसिगारासिमो जिल्ला) गएको, असिम मनमोहक दृश्य हेरेको, त्यहाँ आसीताल, रोपवे, केवलकारको यात्राले आनन्दानुभूति गराएको र त्यसमा पनि सबै परिवार सँगै भएको हुनाले पनि अझ भ्रमण रोचक भएको प्रसङ्गको वर्णन गरिएको छ ।
लक्ष्मीजीकी बहिनी गायत्री बस्ने ठाउँ अत्यन्त रमणीय रहेको र शौर्यको प्रतीक उच्च भवनहरू रहेको तोयोहासी उपनगर मान्छेले समुद्र नै बाँधेर सुन्दर नगर बसालेको कारण नै नियात्राकारले मानवीय शौर्य र प्रकृतिको कोप ! शीर्षक निबन्धमा प्रयोग गरेको देखिन्छ ।
संसारमा मान्छेले गर्न नसक्ने के छ र ! भन्दै नेपाल र जापानले लगभग सँगै स्वतन्त्र भएका देश हुन् – यहाँको गति र त्यहाँको प्रगति, जमीन आसमानको अन्तर छ । यसमा नवनियुक्त राजदूत दुवसु र पहिले भएका राजदूत गणेशसँगको भेटको अवसर, जापानी छविकार हाताकेयामा नाओयाले खिचेका तस्वीरको अवलोकन, महाभूकम्प र सुनामीले पु¥याएको क्षति र त्यसको छ महिनामै यथास्थितिमा पु¥याउनुको जापानिजहरूको शौर्य हो भन्ने उल्लेख गरिएको छ । यसमा नेपाली साथीहरूले गरेको स्वागत र राजनीतिसँग सम्बद्ध व्यक्तिहरूको आत्मीय भाव आदि कुराहरू पनि वर्णित छन् ।
टोकियोमा कृष्णदर्शन शीर्षकको निबन्धमा हिन्दू मिथकका भावनाले ओतप्रोत सुन्दर दृष्टिकोणसहित कृष्णले गोवद्र्धन पर्वत उचालेको दृश्यलाई अँगाल्दै नियात्राकार बीस वर्षपछि पुनः जापानको आसाकुसा स्थित बुद्धमन्दिर दर्शन, विदेशमोहप्रतिको धारणा, सन् १६०३–१८६८को एदो शासनकालको कुरा, सांस्कृतिकपक्षका प्रसङ्गहरू, ग्रहगोचर हेर्ने भावना, जाल हाल्दा सुनको मूर्ति प्राप्त भएको प्रसङ्ग र सेन्साजी मन्दिरमा राखेको ऐतिहासिकता, त्यहाँको सुन्दर दृश्यावलोकन आदिबाट प्राप्त आनन्दानुभूतिको वर्णन गरिएको छ ।
यसमा एउटा सुन्दर वाक्यांश रहेको छ – जापानीलाई चिन्ने ः हरेक जापानी सिन्तो धर्मावलम्बी भएर जन्मन्छ, क्रिश्चियन भएर बिहे गर्छ र अन्त्यमा बुद्धधर्मावलम्बी भएर मर्छ र त्यही परम्परा अनुसार समाधिस्थ हुन्छ... । (ओह..नेपारु..पृष्ठ ५२)
टोकियो टावरको तेस्रो तलामा रहेको मैनमूर्ति सङ्ग्रहालयमा पुग्दा महात्मागान्धी, मदरटेरेसा, लेडी डायना सँगै राखिएको मूर्ति देखेर आश्चर्य मान्दै – यो त मान्छे नै हो क्यार भनेको वाक्य शीर्षक बनेको नियात्रामा सङ्ग्रहालयभित्रका विविध चित्रहरू, सन् १९५८ देखि दर्शकका लागि मनोरञ्जन दिन खोलिएको टोकियो दरवार, संसद भवन, शाही दरवार, ओदाइवा क्षेत्रको गौरव, बुर्जखालिफा टावर जो १६० तला (८२०.३४मीटर), स्काइट्री, टावर वरिपरिका मनमोहक दृश्यहरूको अवलोकन गरेको वर्णन यसमा गरिएको छ ।
इन्द्रधनुषी पुल र सागर वस्ती शीर्षकको नियात्रानिबन्धमा जुन उद्देश्यले यो भ्रमण भएको थियो, त्यो दिन आयो दशैँ । २०६८ सालको जापानको दशैँ–टीका हाम्रो लागि आनन्ददायी थियो भन्दै रमाइलोसँग संस्कारगत टीका गरिसकेपछि तोयोच्यो स्थित गायत्रीको घरमा बस्ने गरी तीन बजे निस्केर अति आकर्षणको केन्द्र ओदाइवा घुमेको, ओदाइवाको अर्थ हुँदो रहेछ युग्मकिल्ला । त्यहाँको आनन्द लिने क्रममा इन्द्रधनुषजस्तो देखिने सात सय अन्ठान्नब्बे मिटर लामो पुलको अवलोकनपछि केन्जो टाँगेले डिजाइन गरेको फुजी टेलीभिजन स्टेशन हेर्दा नियात्राकारलाई रमाइलो र गर्वको महसुस पनि भयो किनकि तिनै टाँगेले आप्mनो विश्वसम्पदामा रहेको लुम्बिनी गुरुयोजना तयार पारेका थिए । कृत्रिम मानव निर्मित – ओदाइवा अत्यन्त सुन्दर भएकोले पनि घुमेको पत्तै नभई साँझ परिसकेकोले तोयोच्योको विशाल भवनतिर लागेको अभिव्यक्ति यसमा आएको छ ।
भ्रमणको चौधौँ दिन म्याक कम्प्यूटरका संस्थापक टिम जोन्सको मृत्युको खबर र फुकियानाको भूकम्पको समाचारले सारा टिभी च्यानलहरू तिनै खबरले भरिएको थियो तथापि त्यहाँ त्यसै बस्नुभन्दा सुगिनामी हिस्टोरिकल म्युजियम हेरेर त्यसै क्रममा ओदाबरी कोएनको भ्रमण गरेको, पिरामिड आकारको सङ्ग्रहालयमा प्राचीन वस्तुहरू र उएनो पार्कसँगै भएको नेशनल म्युजियम अफ वेस्टर्न आर्टस्को घुमाइ, र योद्धा साइगो तामोरीको शालिक अवलोकन गरेको, विभिन्न म्युजियम, चिडिया घर, जापानी पत्रकारहरूसँगको भेटघाट र रात्रीभोज आदि सन्दर्भको अभिव्यक्ति – जीवन्त सङ्ग्रहालयपछिको रात्रीभोज निबन्धमा सुन्दर ढङ्गले गरिएको छ ।
हातो बस स्टेशनबाट आलोक, सीता, लक्ष्मी, गायत्री र लेखक फुजीतर्फ लाग्ने बसयात्रामा रमाइलोसँग हिँडेको सन्दर्भबाट सलाम फुजीसान ! निबन्ध प्रारम्भ भएको छ । माउन्ट फुजीको बारेमा जानकारी लिँदै फुजीपर्वत हेर्ने क्रममा नेपालका पर्वत शृङ्खला सम्झना भएको, त्यहाँका दर्शनीय ठाउँमा – फुजी हाकोने इजु नेशनल पार्क, धार्मिक स्थल, सुन्दर पोखरी, दुर्लभ कलाकृतिको सङ्ग्रहालय, आत्महत्याका लागि जापानमा लोकप्रिय बनेको आओकिगाहारा जङ्गल क्षेत्रको कथा, त्यहाँ रहेका अनेकौँ गुफामध्ये प्रसिद्ध फुकागु–फुकेत्सुको अवलोकन, बाकतामा इके आदिको सुन्दर वर्णन र जापानको जनजीवनलाई हेर्ने क्रममा नारीप्रति गरिएका धारणा, धर्मकर्मबीचको सङ्घर्ष, जापानी सम्राट्प्रतिको धारणा आदि कुराहरूले आनन्द तुल्याएको अभिव्यक्ति मन छुने किसिमबाट व्यक्त गरिएको छ ।
दशैँको सन्दर्भमा जापान पुगेको हुनाले छोरा आलोकका साथीहरू र अन्य इष्टमित्रहरूको सामूहिक टीका कार्यक्रमको रमाइलो अभिव्यक्ति टोकियोमा सामूहिक टीका निबन्धमा रहेको छ भने सुन्दर जमघटमा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा बोल्ने क्रममा छोटामीठा वक्तव्यहरू र लेखकले पनि संस्कार र परम्पराका विषयमा बोलेको सन्दर्भ यसमा व्यक्त भएको छ ।
बिजुली बजार र साहित्यिक सम्मान निबन्धमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम र रात्रीभोज, बजारको घुमाइ, जापानी बगैँचा, वास्तुकलाको सुन्दर नमूना, विभिन्न संस्थाहरूको सन्दर्भ र अनेसासको सम्मान कार्यक्रममा सम्मान पाउने स्वयं नियात्राकार एवं अनेसास बेलायतशाखाका अध्यक्ष कोमल मल्ल सम्मानित भएको र प्रवासी नेपालीको मनोभाव झल्काउने कविता वाचन आदिको प्रसङ्ग यसमा वर्णन गरिएको छ ।
चिनोपात किन्ने क्रममा लेखकलाई सिन्जुकु बजार उपयुक्त लागेर घुमेको कुरा र नो, काबुकीजस्ता सांस्कृतिक लोकनाटक, लोकनृत्यका कराहरू, टोकियो महानगरको २३ वडामध्ये सिन्जुकु एक भएको र त्यहाँ सुन्दर हुँदाहुँदै पनि झुप्रामा जीवन बिताइरहेका आकृति पनि देखिने सुकुम्बासी नागरिकको कुरा र बजार घुमाइपछि पूर्व राजदूत गणेशको बिदाइभोजमा सरिक भएको सन्दर्भलाई विस्तृत रूपमा वर्णन झकिझकाउ सिन्जुकुको मलिन अनुहार निबन्धमा गरिएको छ ।
जापानको दक्षिणी भेगमा पर्ने तटवर्ती प्रसिद्ध कामाकुराको सबैभन्दा दोस्रो अग्लो् बुद्धमूर्ति दाइबत्सुतर्फ लागेको समयमा पत्नीवियोगी वृद्धसँग भएको कुराकानी, साहित्यको केन्द्र म्युजियम अफ लिट्रेचर, कोता कुइन मोनास्ट्रिको शिक्षा, स्वप्नलोकमा विचरण गरेजस्तै विशाल मूर्तिको अवलोकन, गर्भगृहको सिँढी, इनादानो सुबोनेका सङ्कल्पित प्रतीक बनेका अभिताभ बुद्धलई हेर्दा मानौँ ‘म विश्वब्रह्माण्डको ज्योति हुँ’ भनेको जस्तो अनुभव भयो लेखकलाई । दाइवुत्सु पछि हासेडोरा, पर्यटक लोभ्याउने दृश्यहरू, ऐतिहासिक स्थलहरू, सङ्ग्रहालय, सरस्वतीको मन्दिर आदिको भ्रमणपछि टोकियोतर्फ फर्केको वर्णन समान पीडाका भागीदार हामी निबन्धमा रहेको छ ।
२०६८ असोज २६ मा मारुनोउची घुम्ने कार्यक्रममा टोकियो स्टेशन, शाही दरवार, सिन्जुकु नेशनल गार्डेन, स्टेशनसँगैका मारुनो उचीका परिचायक युगल भवन (जसलाई जुम्ल्याहा भवन भनिन्थ्यो), विशाल घरहरू र जापानमा पहिला चलेको रेलको इन्जिन आदिको अवलोकन गरेर फर्किएका यावत् कुराको अभिव्यक्ति भएको छ – मध्यटोकियोका जुम्ल्याहा निबन्धमा ।
कोलम्बो प्लानअन्तर्गत लन्डनमा पत्रकारिताको अध्ययन गरेर फर्कने क्रममा बी.बी.सी.का प्रमुख खगेन्द्र नेपालीको त्यही प्रसारण केन्द्रमा काम गर्ने कुरालाई नमानेर आप्mनै देशमा सेवा गर्ने चाहना अनुरूप आपूm विदेश नबसे पनि अर्को पुस्ता त आखिरमा विदेश बस्न थाले, आप्mनै सन्तान यतै आयो भन्ने भावनाबाट प्रारम्भ भएको निबन्ध समुद्रभित्रको रोमाञ्च हो । यसमा भ्रमणको सिलसिलामा घरबाट केइक्यु ओमोटी काइगान स्टेशन डेढ घन्टामा पुगेर समुद्रभित्रका आकर्षक जीवजन्तु डल्फीन, समुद्रीघोडा, किसिम किसिमका माछाहरूको खेल वा प्रदर्शन हेरेर मत्स्यलोकमा पुगेको अनुभव गरेका नियात्राकारले जलसंसारको सौन्दर्य देखेर आनन्दको अनुभव प्राप्त गरेको कुरा रामाञ्चक ढङ्गबाट व्यक्त गरेका छन् भने डिज्नोको जादू निबन्धमा मित्र गणेश योन्जनको सल्लाह अनुरूप डिज्नेल्यान्ड घुम्ने तयारीमा उरायासु नगरतर्फ लागेको, टोकियो स्टेशनदेखि डिज्नेल्यान्डसम्मको रेलयात्रा रमाइलो भएको र जादूमय सपनाको टोकियो डिज्ने रिजोर्ट लेखिएको द्वारबाट पसेर रमाइलो संसार हेरेको प्रसङ्ग, यस्तै एडभेन्चरल्यान्डभित्रको डुँगायात्राको आनन्द, आश्चर्यदायी वस्तुहरूको अनुभव, रहस्यमय टापुको अनुभव, रोमाञ्चकारी लामो विलुप्त टापुको यात्रानुभव र डिज्ने परेडको सम्मोहन आदिको विस्तृत यात्राव्याख्या गरिएको छ ।
टोकियो बाहिरको योकोहामा अर्थात् प्रशान्त महासागरको किनाराको ठूलो बन्दरगाह घुम्ने योजना अनुरूप दश बजे घरबाट निस्केर सुन्दर स्थलमार्ग र सुरुङ हुँदै योकोहामा सागरतटको उमी होतारु (सागरको जुनकिरी) पुगी त्यहाँ वरिपरिको दृश्य हेरेर आनन्दको अनुभव बटुलेको वर्णन रहेको छ – बिदा योकोहामा, बिदा उमी होतारु निबन्धमा ।
जापानका सबै ठाउँ आफैमा सुन्दर छन्, त्यसमा पनि जापानीहरूको लगनशीलताले विशाल, आश्चर्य लाग्दा भवन, सुरुङ, बन्जरभूमिलाई पनि सुन्दर बनाएर पर्यटकको लागि आश्चर्यभूमि बनाएका उदाहरण देख्न पाइन्छ भन्ने सन्दर्भलाई नियात्राकारले ठाउँ ठाउँमा उठाउनुभएको छ ।
यसरी नियात्रासङ्ग्रहमा लेखकको अत्यन्त भावुक र उच्चकोटिको लेखनशैलीले गर्दा कसलाई आकर्षित नगर्ला र ! प्रत्येक निबन्धले विजयको जय गरेको अनुभूति भयो मलाई । अनावश्यक कुराबाट टाढा रहेको र आवश्यक कुरा कतै पनि नछुटेजस्तो लाग्ने नियात्राले पाठकलाई सँगसँगै आनन्द दिलाउन सकेको छ । निबन्धको वर्णनशैली अत्यन्त प्रभावशाली भएको कारण पनि काठमाडौँबाट प्रवेशाज्ञा लिनेदेखि आप्mना छोराबुहारी बसेको ठाउँ जापान पुग्दा नातिनी आयुषाको प्रथम बोली ऊ..बुवा..रोचक छ । छोटा भनाइहरूमा कतै व्यङ्ग्यात्मकता, कतै लाक्षणिक–सौन्दर्यले निबन्धको उचाइ थपेको छ । यही आनन्दानुभूति गराउने शैलीले मन्त्रमुग्ध भएँ म – विजयजीको लेखनविजय पाएर ।
भ्रमण गरेका ठाउँका ससाना कुरादेखि लिएर ठूला ठूला प्रसङ्ग नियात्रासङ्ग्रहमा छुटेका छैनन् । आपूmले भ्रमण गर्दाको वेला केवल आपूm मात्र रमाइएन र त्यहाँको प्रगतिले नेपाल सम्झायो । जापानको वर्णन छ, सँगै नेपाल घुमेको छ हृदयमा । जहाँ जाँदा पनि नेपाल सँगसँगै हिँडेको छ, यो सुन्दर शैलीले मलाई डो¥याएको हो । नियात्राकारको चित्तमा नेपालको सुन्दर चित्र हरहमेसा घुमिरहेको छ, यस्तो लाग्छ मलाई ।
जापानको विकासबाट अत्यधिक प्रभावित लेखकको अनुभूतिले नेपालको नयाँ चित्र पनि कोरेको छ नजानिँदो किसिमबाट । जापानको विकास, त्यहाँको रहन सहन, मानिसका प्रवृत्ति तथा जीवनशैलीले तानेर नेपाल पनि यस्तै भए हुन्थ्यो भन्ने भावना उब्जिन्छ वेलाबखत । काठमाडौँको स्थिति त झन् भयावह छ । भावना कुण्ठित छन् । जनता ससाना कुरामा अल्झिएका छन् । निसास्सिने अवस्थामा जीवनयापन गरेका नेपालीहरूको सम्झनाले लेखकलाई जापान पुगेर पनि चिमोटेको छ । त्यहाँको आनन्द लिन पनि मुस्किल परिरहेको छ । प्रत्येक निबन्धका लेखनमा कतै न कतै यो स्थिति भेटिन्छ । नेपाल आफैमा सुन्दर छ, यसलाई कसैले नबिगारे मात्र पनि सबैको आकर्षणको केन्द्र बन्थ्यो भन्ने भाव पनि जागृत गराउँछ यो कृति पढ्दा ।
प्रत्येक निबन्धमा नेपालको आस्था बोलेको छ, सौन्दर्य बोलेको छ, पुर्खाको साधना बोलेको छ र पाठकलाई आकषण गर्ने भावना बोलेको छ, त्यसैले त पठनीय एवं सङ्ग्रहणीय बन्न पुगेको छ पुस्तक ओह..नेपारु.. ।
अति सुन्दर व्याख्या छ ठाउँको व्यवहारको
चरैवेति चरैवेति मान्छे हो पूर्ण सारको ।

जीवन्त–भावना–दिव्य–स्रष्टाको सुष्ठु–दृष्टि छ
जता हे¥यो उतै राम्रो नियात्राभित्र सत्त्व छ ।

प्रकाशपुञ्जमा भेट्छु विजय–सृष्टि उन्नत
यथार्थ–धारणा मिल्छ लेखनी बन्छ विस्तृत ।
इत्यलम् ।

धुम्बाराही, काठमाडौँ ।

Saturday, March 11, 2017

सरकारसँग पुस्तक तथा साहित्य प्रकाश्नसम्बन्धीस्पष्ट नीति नै छैन

४।   मध्यान्ह        शनिवार २८ फागुन २०७३, ११ मार्च २०१७, Saturday


काठमाडौंको आरुबारीमा जन्मिएर सोही ठाउँलाई कर्मथलो बनाउँदै आएका वरिष्ठ साहित्यकार विजय चालिसे
चार दर्जाभन्दा बढी कृतिका कृतिकार हुन् । गोरखापत्र संस्थानको अध्यक्षसमेत भएर काम गरिसकेका
सर्जक, वरिष्ठ साहित्यकार चालिसेसँग मध्यान्ह शनिवारका लागि रामकुमार पण्डित क्षेत्रीले लिएको
न्तर्वार्ता ।
साहित्यको कुन चाहिँ विधामा लेख्न र पढ्न रुचि राख्नु हुन्छ ?

मेरो लेखनको मूल पक्ष आख्यान (कथा) नै हो । कथापछि नियात्रा र बालसाहित्य पनि मैले अत्यन्त रुचिपूर्वक लेख्दै आएका विधा हुन् । मैले साहित्यका पं्राय सबै विधा– कथा, उपन्यास, लोकसाहित्य अनुसन्धान, निबन्ध, नियात्रा, नाटक, हास्यव्यङ्ग्य, कविता,  आमसञ्चार र पत्रिकारिताका साथै समीक्षा तथा समसामयिक राजनीतिक विषयमा पनि कलम चलाएको छु । ती सबै सङ्गृहीत गर्ने हो भने हरेक विधा–उपविधाका छुट्छुट्टै कृति तयार हुन्छन् । त्यसो भए पनि म आफूलाई मूलतः कथाकार ठान्दछु र अनि नियात्राकार र बालसाहित्यकार । त्यसपछि मात्र अरु । नेपाली साहित्यको इतिहास लेखक र समालोचकहरूको मूल्याङ्कनमा पनि मेरो कथाकार र नियात्राकार र बालसाहित्यकार व्यक्तित्व नै अरुभन्दा अगाडि छन् ।

सुरु सुरुमा कविता लेखेर साहित्य साधना सुरु गरे पनि समाज, परिवेश र चरित्रको यथार्थपरक चित्रणमा र अभिव्यक्तिका लागि मलाई कथा विधा नै सर्वाधिक सहज र प्रभावकारी लाग्छ । यसैले प्रमुख विधाका रूपमा म कथा लेख्ने गर्छु । साहित्यका विविध विधाका आफ्ना आफ्ना अलग महत्व छन् । कहिले आफूले भन्न खोजेको कुरालाई कथाका माध्यमद्वारा प्रभावकारी अभिव्यक्ति दिनसकिनेजस्तो लाग्छ, र कथा लेख्छु । कथामा पनि आधुनिक विज्ञानको अधारमा भावी विश्वको परिघटना हेर्दा तिनलाई विज्ञानकथाबाट प्रकट गर्न सकिने विश्वासमा म विज्ञानकथा पनि समान रूपमा लेख्छु । कहिले कतै घुम्ने अवसर पाउँछु, अनि मनमा उठेका अनुभव र अनुभूतिलाई निजात्मक अनुभवका रूपमा नियात्रा निबन्धमा पोखिन खोज्छु । सबैको विवरण लेख्नु सायद जरुरी नहोला ।

यसैले मेरो पठन  अभिरुचि पनि आख्यन् (कथा उपन्यास) मैं बढी छ । त्यसपछि म जीवनी संस्मरण, नियात्रा र बिन्धहरू पढ्न बढी रुचाउँछु ।

भनिन्छ एउटा रचना राम्रो लेख्न अरूका सयवटा रचना पढ्नु पर्छ । यस भनाइसँग कत्तिको सहमत हुनुहुन्छ ?

एकदमैं सत्य लाग्छ यो भनाइ । नेपाली लगायत विश्वसाहित्यका उत्कृष्ट र स्तरीय साहित्यको अध्यनले कुनै पनि लेखकको दृष्टिकोणलाई फराकिलो र गम्भीर बनाउँछ ।

एउटा लेखकले भएजति सबैको पुस्तक पढ्न सम्भव हुँदैन । पुस्तकै मात्र पढ्ने हो भने लेख्ने कुन बेला भन्ने समस्या आउन सक्छ । यसलाई यहाँले कसरी लिनु भएको छ ?

यसैले त छनोटको महत्वपूर्ण भूमिका रहन्छ । स्रष्टा र सृजना दुवैका आधारमा प्रतिनिधिमूलक कृतिहरूको सूची बनाएर पठनअभ्यासलाई अगि बढाउनु उपयुक्त होला कि ? संसारभरमा प्रकाशित त के कुरा नेली भाषाकैं पनि सबै कृति पढ्न सकिँदैन । त्यसैले मानवीय दृष्टिकोण र साहित्यिक मूल्यका कृतिको छनोट गर्नु आवश्यक छ । यसका लगि पूजीँवादी अर्थतन्त्रको प्रमुख हतियार विज्ञापनबजारमा पोखिएका भ्रमबाट भने मुक्त पर्छ । बढी चर्चामा आउनु र ठूला ठूला सञ्चारमाध्यमका प्रायोजित विज्ञापनजन्य टिप्पणी, समीक्षा र स्तम्भ भरमार लेखिनु–लेखाइनु र छापिनुले मात्र स्तरीयताको निर्धारण गदैन । यसको आधारमा मात्रै कुनै कृति मात्र मानवीय दृष्टिकोण र साहित्यिक मूल्ययुक्त छ भन्न सकिँदैन । हो, तपाइँ हामी कतिजना आफैंले कुनै बेला स्तरीय र आदर्श मानेका कतिपय व्यक्तित्वसमेत पूजीबजारको तिनै विज्ञापन निर्माताहरूसँग बिकिरहेको देख्दा तिनले गरेका कृतिको धुवाँदार प्रशंशालाई नै सत्य ठान्ने भ्रममा पर्ने सम्भावना पनि नरहेको होइन । यस्तै भ्रममले सही अर्थमा मूल्यमा आधारित नेपाली माटोको सुगन्ध बोक्ने कृति र व्यक्तित्व भिल्लका देशका मणि बनिरहेका छन् । रातारात प्राज्ञत्वको थेग्नै नसक्ने भारी बोकाएर वरिष्ठ बनाइने दलीय राजनीतिको कसीजस्तै रातारात महान् लेखक जन्माउने वर्तमान अभ्यास कतिपय सही ठाउँमा परेपनि अधिकांश विज्ञापन कलाको बल छउन्जेलमात्र प्रभावकारी हुन्छ भन्नु अनुपयुक्त नठानिएला ! हाम्रो छनोट यो भ्रमबाट मुक्त रहनुपर्छ । यसका लागि पुराना लेखकका कालजय कृति र यस्ता अत्यधिक चर्चामा आएका र नआएका समकालीन साहित्यकारका प्रतिनिधिमूलक केही पुस्तकको आध्ययन गरेर आफैं पनि सही छनोटको अभ्यास गर्नसकिन्छ कि जस्तो लाग्छ ।

भर्खरै लेख्न सुरु गरेकाहरूले अध्ययन कम गरेको भरमै धेरै लेखेका देखिन्छ । यसरी लेख्नेहरूको लेखाइमा गुणात्मकता नभएको भन्ने पाठकीय गुनासो सुनिन्छ । उनीहरूलाई कस्तो सुझाउ उपयुक्त होला ?

धेरै लेख्नु खराब कुरा होइन तर धेरै लेख्नुभन्दा थोरै लेखे पनि रामै्र लेखूँ भन्ने सोच राख्नु बढी आवश्यक होजस्तो लाग्छ । आखिर धेरै लेखे पनि थोरै लेखे पनि लेखिएका सबै कृति वा रचना उत्तिकै स्तरीय र उत्कृष्ट हुन्छन् भन्न सकिन्न, हुँदैन पनि ! त्यसैले लेख्ने र पढ्ने दुवै कुरा समय खोज्ने बौद्धिक कार्य हुन् । यी दुवैलाई यथासम्भव समय दिनु स्तरीय लेखनका लागि निश्चय नै उयुक्त हुनजान्छ । स्तरीय  र गम्भीर लेखनका लागि अवश्य नै बढीभन्दा बढी अध्ययनको खाँचो रहन्छ । यसबाट आफ्नो लेखनमा शैली, विचार र कला पक्षमा सुधार ल्याउन सहयोग मिल्छ । तर यस प्रक्रियामा सोझो प्रभाव र शैलीग्रहणको अनुकरणबाट भने जोगिनु जरुरी छ ।

विशेष गरी युवा पुस्ता र नारी स्रष्टाहरूले प्रेमको विषयलाई जोड दिएका पाइन्छन् । उनीहरूले माया प्रेममै लेख्नु पर्ने हो कि देश प्रेममा पनि ?

प्रेम शाश्वत छ । आफू, आफ्ना परिवार, समाज र देशलाई माया गर्ननसक्ने मान्छे यथार्थमा न इमानन्दार र समर्पित लेखक  बन्न सक्छ, न आफूलाई जन्माइ हुर्काइ योग्य बनाउने माटो र राष्ट्रको सपुत नै बन्न सक्छ । त्यसैले प्रेमका विषयमा लेखिनुलाई अस्वाभाविक र असान्दर्भिक भन्न हुन्न । तर त्यो प्रेम विषयको लेखनलाई “आधुनिक, उदार र खुलासमाजको लागि” भन्दै लेखिएका आजका केही नाङ्गा लेखनजस्तो भने हुनुहुन्न । मात्र शारीरिक आकर्षण र यौनभावनाको उत्प्रेरक बन्ने लोभबाट मुक्त भई शाश्वत प्रेम विषयलाई आख्यानको विषबस्तु बनाइन्छ भने त्यसलाई बेठीक भन्न सकिँदैन ।
 
यहाँको रचनाहरूमा देश प्रेम प्रशस्तै पाइन्छन् । एउटा लेखकले आफ्नो रचनाबाट राजनीतिज्ञलाई प्रभाव पार्न सक्ला ? सक्छ भने कसरी ?
राजनीतिज्ञ भनिनेहरूमा पठनशीलता छ र तिनीहरूसम्म यस्ता साहित्यबारे जानकारी पु¥याउन सहयोग गर्ने इमान्दार तथा बिकाउ मनोविज्ञानबाट मुक्त निष्पक्ष समीक्षक र समालोचनाको अभ्यास हुने हो भने नेपाली सािहत्यमा लेखिएका राष्ट्रिय स्वाभिमानप्रति  सचेत जुनसुकै लेखनबाट प्रभाव पुग्न सक्छ । हिजो हेर्नुहोस्, धरणीधर कोइराला, गोपालप्रसाद रिमाल, महाकवि देवकोटा, ह्रृदयचन्द्र सिंह, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद  रिमाल, रमेश विकल पारिजात, मोदनाथ प्रश्रित लगायतका अग्रगामी सृजनाहरूकै जगमा विकसित राजनीतिक आन्दोलनहरूले ठूला ठूला परिवर्तन ल्याएको हाम्रै इतिहास छ । युरोपेली साहित्यमा पनि यस्ता अनेकौं दृष्टान्त पाइन्छन् ।

विकसित देशको तुलनामा हाम्रो देशमा साहित्यिक पाठक कम छन् । झन् आजकालको आधुनिक प्रविधिले धेरैको पढ्ने बानी नै हटेको छ । यस्तो चुनौतीलाई सामना कसरी गर्ने होला ?
निश्चय नै हाम्रो देशमा पढ्ने बानी बसेको जनसङ्ख्या अत्यधिक न्यून छ । एक त साक्षरताको सङ्ख्या नै कम छ, अर्को पढ्न चाहनेको पनि इच्छा अनुसार क्रय क्षमता हुँदैन । हो, हिजोको तुलनामा विशेष गरी बोर्डिङ नामधारी अङ्ग्रेजी माध्यमका उत्पादन र एघार–बाह्र कक्षाका विद्यार्थीहरूमा अलि बढी पठनशीलता देखिन्छ, तर तिनको रुचि नेपालीभन्दा बढी अङ्ग्रेजी भाषामा लेखिएका विदेशी लेखकका कृति तर्फ एकोहारिएको छ । यसले नेपाली साहित्यको पाठकमा अझै ह्रास आइरहेको तर्फ तथ्यले इङ्ति गर्छ । विज्ञापन कला नबुझेका प्रकाशक र तिनका सहयोगी लेखक–टिप्पणीकर्ताहरूको पुस्तकले प्रकाशनको उज्यालो देख्न पाएको छैन । “फलानो लेखकको फलानो कृति यति लाख बिक्यो, यति दिन वा महिनामैं यति संस्करण छापियो, फलानो लेखकसँग यस्तो कृति लेखाउन यति यति लाखको सम्झौता गरियो” भन्नेजस्ता “विज्ञापनस्टन्ट” को विश्वास गर्ने हो भने मात्रै, नत्र कुनै पनि बस्तुगत तथ्याङ्कले केही मात्रामा पाठक बढे पनि त्यस्तो नाटकीय वृद्धि भएको देखिन्न । यस पृष्ठभूमिमा भोलिका पाठक निर्माण तर्पm नै बढी ध्यान जानु पर्लाजस्तो लाग्छ । यसका लागि सरकारी नीतिमैं टोलटोलमा पुस्तकालय र अध्ययन केन्द्रहरूको निर्माण, दुर्गम गाउँघरमा घुम्ती पुस्तकालयको अभ्यास, अभिवाकमा आफ्ना छोराछोरीलाई पाठ्यपुस्तकका अतिरिक्त स्तरीय र उपयुक्त अतिरिक्त पुस्तक पढ्ने तर्फ प्रेरित गर्ने उत्प्रेरणा, प्रकाशकहरूमा रातारात कमाउने लोभका अतिरिक्त नेपाली साहित्यका नयाँ–पुराना स्तरीय र कालजयी शाश्वत साहित्यिक कृतिहरूको बालक र युवाउपयोगी सारसङंक्षेपीकृत संस्करण र सस्तो सुलभ मूल्यमा पुस्तक प्रकाशनका लागि सस्ता गोजी संस्करणको प्रकाशनमा सक्दो योगदान गर्नु पर्छ । सरकारले पनि नेपाली साहित्यका नयाँ–पुराना स्तरीय कालजयी शाश्वत साहित्यिक कृतिहरूको बालक र युवाउपयोगी सारसङंक्षेपीकृत संस्करण र सस्तो सुलभ मूल्यमा पुस्तक प्रकाशन गर्ने प्रकाशकलाई प्रकाशन सामग्रीमा भन्सार छूट दिने र निश्चित प्रतिको खरिद गर्नुका साथै आयकरमा केही प्रतिशत कमी गर्ने नीति अख्तियार गरेर सहयोग पु¥याउनु राम्रो हुने छ ।  

यहाँले बाल साहित्यमा धेरै कलम चलाउनु भएको छ । यसको खास कारण के होला ?

पहिलो त हाम्रो पालासम्म पाइने कथावाचनको परम्परागत अभ्यासले नै यसतर्फ लाग्न प्रेरित गरेको हो । हिउँदमा मकै स¥याउँदा साँझ वा राती ननिदाउन्जेल काम सघाउन आउने बूढापाले सुनाएका दन्ते कथा, लोकथा केही भए पनि सुन्ने अवसर पाइन्थ्यो । ती कथाहरूले कल्पनाशीलताका साथै जीवन र जगतका बारेमा औपचारिक पाठ्यपुस्तकले भन्दा बढी ज्ञान दिन्थे । अर्कोतिर तिनका कथा भन्ने शैलीले लेखन र शैलीगत विकासमा समेत मार्गदर्शंन गर्थे । तिनैबाट प्रभावित भएर “मैले पनि लेखे त होला नि ?” भन्ने लाग्थ्यो । घरमा पिताजीलाई भेट्न ठूलाठूला साहित्यकारहरू आउनुहुन्थ्यो । उहाँहरूलाई देख्दा अहो लेख्यो भने त यस्तो भइनेरहेछ भन्ने लाग्थ्यो । त्यतिमात्र नभई पत्रपत्रिकामा अरूको नाम छापिएको लेखहरू पढ्दा आफ्नो पनि यसरी नै नाम छापिएहुन्थ्यो भन्ने रहर जाग्थ्यो । यिनै कुराहरूले लेख्न प्रेरित गरे सायद र लेख्न थालेँ, पहिलो बालकथा २०२८ सालमा गोर्खापत्र दैनिकमा छापियो ।

अर्को कारण हामीले आफ्नो बाल्यकालमा धेरै बालसाहित्यका पुस्तक देख्न पाएनौ । पछिल्लो पुस्तामा त्यो अभाव पूरा गर्न आफ्नो तर्फबाट पनि केही सहयोग गर्न सकिन्छ कि भन्ने लागेर पनि यतातिर लागेको हुँ । साथै बालसाहित्यको नाउँमा अधिकांश लेखन कि त पुराना सहित्यका पुनर्कथनमा सीमित भएजस्तो लाग्यो, कि त प्रयोगका नाउँमा विदेशी आइएनजिओद्वारा निर्देिशत लेखनलाई नै मूलधारको बालसाहित्य ठान्नु पर्ने खतरा बढ्दै गएको देखियो । यस पृष्ठभूमिमा बालबालिकालाई वैज्ञानिक दृष्टि र चेतयुक्त कुराका साथै राष्ट्रिप्रेमको भावना पनि बालसाहित्यको माध्यमद्वारा दिन सकिन्छ कि भनेर पनि यसतर्फ लागेको हुँ ।  

बाल साहित्यको बजार राम्रो हुनुको मतलब, अब बिस्तारै साहित्यको भविष्य तयार हुँदै गरेको त होइन ?

हो, बाल साहित्यको बजार राम्रो हुनुको अर्थ बिस्तारै साहित्यको भविष्य तयार हुँदै गर्नुको सङ्केत मान्न सकिन्छ । अहिले बालसाहित्यका पाठक केही भए पनि बढेकै देखिन्छन् । अभिभावकहरूमा छोराछोरीलाई पाठ्यपुस्तक बाहेक अरु पढ्न दिनुहुँदैन भन्ने पुरानो धारणा फेरिन थालेको छ । विद्यालयहरूमा पुस्तकालय स्थापना गर्ने र बालसाहित्य पठनमा प्रोत्साहन दिने प्रवृत्ति बढ्दै गएको छ । बालसमूह, बालक्लबजस्ता बालकेन्द्रित तथा सञ्चालित संस्थाहरूको विकास हुनुका साथै बालसाहित्यका भित्ते पत्रिका, बालपत्रिका आदि प्रंकाशनको अभ्यासका कारण बालबालिकामा बालसाहित्यप्रतिको आकर्ष बढिरहेको छ । यो अवश्य नै भविष्यमा साहित्यका पाठक बढने सङ्केत हो । केटाकेटीमा बालसाहित्य पढ्ने बानी बसिसकेको बालपाठक भोलि ठूलो भएपछि प्रौढ साहित्यको गम्भीर पाठक बन्छ भन्ने अनुमान सुखद् अनुमान हो र साहित्यको विकासका लागि सकारात्मक सन्देश हो ।    

नेपाली साहित्यलाई विश्वमाझ पु¥याउन के गर्नु पर्ला ?

मूल्यमा आधारित स्तरीय नेपाली साहित्यको स्तरीय अनुवाद र ती अनुवादको स्तरीय मुद्रण तथा विश्वबजारमा पुग्ने गरी  बजारप्रणालीको विकास । सरकारी टीकामा नेतृत्व र प्राज्ञ छानिने सरकारी प्रतिष्ठानहरूका साथै साझाजस्ता सहकारी प्रकाशनले स्तरीय अनुवाद गराउने र प्रकाशनमा सहयोग गर्ने तर्फ ध्यान दिनु पर्ने हो । हुन त त्यसरी हुने कृति चयन र अनुवादमा स्तरीयताभन्दा कथित कार्यकर्ता लेखकको दलीय भागबण्डाबढी प्रभावी हुनसक्ने संभावना पनि उत्तिकै छ । तर पनि लाजगालले एक दुई भए पनि कालजयी स्तरीय साहित्यले अनुवाद हुने अवसर पाउने छन् । सरकारले पनि यस्ता स्तरीय मूल्यवान कृतिको अनुवादमा निजी प्रकाशलाई प्रोत्साहन मिल्ने खालको पुस्तक नीति ल्याउनु आवश्यक छ ।  

यहाँलाई मन परेका साहित्यिक कृतिहरूको नाम बताइदिनुस् न !

सङ्ख्याका दृष्टिले पाँच सात हजार पुस्तक पढियो होला । ती सबैको सम्झना राख्नु सम्भव छैन । पढिएकामध्ये समकालीन कृतिको कुरा नगरौं, केहीको नाम लिँदा अरुमाथि अन्याय हुनजाने डर रहन्छ । पढ्दाखेरीको तात्कालिक प्रभावको भरमा मन परेको वा नपरेको भन्नु पनि बस्तुगत नहोला । त्यसैले तिनलाई समयको कसीमा घोटिन दिउँ । जहाँसम्म हामीभन्दा अगिल्लो पुस्ताको सृजना हो, तिनमा केही नाम लिनुपर्दा मलाई मन परेका नेपाली पुस्तकमा लेखनाथको तरुणतपसी, समको मुटुको व्यथा र मेरो कविताको आराधना, महाकवि देवकोटाका मुनामदन लगायत निबन्ध शाकुन्तलजस्ता महाकाव्य, गोपालप्रसाद रिमालको कविता र मसान नाटक, भूपि शेरचन, सिद्धिचरण र युद्धप्रसाद मिश्रका कविता, वीपीका तीन घुम्ती र सुम्निमा, गोविन्द गोठाले, विजय मल्ल, दौलत विक्रम बिष्ट रमेश विकलका कथा उपन्यास, भैरव अर्यालका हास्यव्यङ्ग्य निबन्ध आदि धेरै छन् । यी सबैबाट प्रेरणा लिन सकिन्छ । सबै नाम उल्लेख गर्नु सम्भव पनि छैन ।

विदेशी साहित्यमा शेक्सपियरको ह्यामलेट, मोपासाका र चेखबका कथा, गोर्कीका माँ, मेरा विश्वविद्यालयजस्ता जीवनपरक उपन्यास र जीवनी, छिमेकी साहित्यमा लुसुनका कथा उपन्यास, उर्दूका महान् लेखक प्रेमचन्दका कथा, शरदजोशी, श्रीलाल शुक्लाका मोहन राकेश आदिका कृति झट्ट सम्झनामा आउने केही नाउँ हुन् ।
   
अचेल पुरस्कारमा धाँधली हुने गरेको धेरै सुनिन्छ । पुरस्कारले साहित्यिक वातावरणमा कस्तो खालको असर पु¥याएको छ ? के साहित्यकारको लागि पुरस्कार अपरिहार्य हो र ?

सबैलाई एकै टोकरीमा राख्दा पनि निष्पक्ष रूपमा सदासयपूर्वक दिइने जनस्तरका पुरस्कारमाथि अन्याय हुनजान्छ । किन भने सबै पुरस्कारमा धाँधली हुन्छ नै भन्ने पनि होइन । कतिपय निजी स्तरका पुरस्कार रकम र प्रभावमा ठूला राशिका पुरस्कारजति चर्चामा नआए पनि बिना पक्षपात प्रदान गरिँदै आएका देखिन्छन । कति ठूला भनिने चर्चित पुरस्कारमा भने धाँधली हुने, आफ्ना र अर्का भनी छुट्याइने गरेको पाइन्छ । सरकारी भनिने पुरस्कार जतिमा चाहिँ सरकार वा सम्बन्धित मन्त्रालयको आशिरवाद पाउन सफल भएका, पार्टीका साहित्यकार वा पार्टी निकट कार्यकर्ता आदि हुने गरेको आरोप लाग्ने गरेको छ । ती व्यक्तिको छनोट पार्टीभित्रकै नेताका चम्चा कथित साहित्यकार आदि नै हुन्छन् । यो आरोप धेरै हदसम्म सत्य पनि देखिन्छ । प्राय यस्ता पुरस्कार पाउन चाकडी र भनसुनको दण्डबैठक निकै नै हुने पनि सुनिने गर्छ, जसमा सत्यको मात्रा धेरै छ । निजी संस्थाका हुन् वा सरकारी–अर्धसरकारी, कथित सत्ता, शक्ति र तिनको निकटतालाई नै योगदान, ज्येष्ठता र वरिष्ठता मानिने भए पनि जनस्तरका निजी साधन स्रोतमा सञ्चालित सबैमा यस्तै हुन्छ भन्ने होइन । त्यसैले सबैलाई एकै दृष्टिले हेर्नु हुन्न कि ?

साहित्य प्रति सरकारी नीति कस्तो पाउनु हुन्छ ? साहित्य उन्नयनको लागि सरकारले कस्तो नीति अबलम्बन गर्नु पर्ला ?

केही कुरा माथि बालसाहित्य र अनुवादका सन्दर्भमा कुरा गर्दा पनि राखि सकेको हुँ । पहिलो कुरा त सरकारसँग स्पष्ट पुस्तक तथा साहित्यिक प्रकाशनसम्बन्धी नीति नै छैन । यस्ता नीत बनाइँदा पनि पार्टी र सरकारनिकट कथित ब्रान्डेड बुद्धिजीवी (जसको अनुहार बाहेक सरकार र पार्टीले अरुलाई कहिल्यै चिन्दैन) र स्वार्थसमूहका प्रकाशकहरूको सोचलाई नै सर्वाङ्ग ठान्छ । यसैले यस्ता नीति प्राय एकाङ्गी बन्ने गरेका छन् । त्यसैले भएको पुस्तक नीतिमाथि गम्भीर पुनर्मूल्याङ्कन हुनु आवश्यक देखिन्छ ।

सबै कुरा यो सानो वार्तामा उपयुक्त नहोला । त्यसैले व्याख्यातिर नलागी सङ्क्षेपमा यति मात्रै भनौं– नेपालको पुस्तक नीतिमा प्रकाशन, प्रवद्र्धन र प्रोत्साहनका त्रिपक्षीय दृष्टिकोण आवश्यक छ ।

यहाँले कथा, निबन्ध, नियात्रा, उपन्यास, बाल साहित्य आदिमा कलम चलाइरहेको पाइन्छ । समग्रमा रचना लेख्नलाई कुन चाहिँ विधा सजिलो र प्रभावकारी होला ?

साँच्चिकै साहित्य लेख्ने हो भने कुनै पनि विधा सजिलो छैन । समय, चिन्तन र व्यापकताका कारण आख्यान, महाकाव्य, नाटक, गम्भीर खालका ललित निबन्ध आदि अलि कठिन होला भन्ने लाग्छ । त्यस्तै सृजना नभए पनि गम्भीर समालोचनाका ग्रन्थ लेख्नु पनि  सायद सजिलो छैन होला । प्रभाव र त्यसको प्रभावकारिताको कुरा गर्ने हो भने असल साहित्य जुनसुकै विधाको भए पनि उत्तिकै प्रभावकारी हुन्छ जस्तो लाग्छ ।

यहाँ गोरखापत्र संस्थानको महाप्रबन्धक र अध्यक्ष दुबै भइसक्नु भएको छ । त्यस अनुभवमा समग्र मिडियाको चुनौती के होला ?

अहिले मिडियालाई मात्र नाफामुखी उद्योग ठान्ने प्रवृत्ति बढिरहेको छ । सञ्चार गृहलाई बहुमाध्यम चलाउने दिने र पूँजीगत लगानीको भोलुमले प्रकाशन–प्रशारणको प्रसारप्रभाव निर्धारण गर्ने भएकोले सञ्चारमा बहुलवादको सिद्धान्त ओझेल पर्दै जान थालेको छ  । कमाउने होडमा मिडिया राष्ट्रिय संस्कति र सोचविरोधी वाह्यसंस्कृतिको संवाहक बन्दै जाने खतरा बढिरहेको छ । त्यसैले सञ्चार क्षेत्रलाई विशुद्ध उद्योगभन्दा पनि सामाजिक दायित्वसहितको जिम्मेवार क्षेत्रका रूपमा परिभाषित नगरिनु र वाक् तथा प्रकाशन स्वतन्त्रतालाई राष्ट्र र समाजप्रतिको उत्तरदायित्वभन्दा माथि राख्ने अहिलेको प्रवृत्तिबाट छुटकारा पाउनु राष्ट्रिय सञ्चारको प्रमुख चुनौति हो जस्तो लाग्छ ।

साझा संस्थामा वि. सं.२०४५–४८ को अवधितिर अंसियारको तर्फबप्रतिनिधित्व गर्ने निर्वातित सदस्य समेत हुनु भएको थियो । यस सम्बन्धमा केही प्रकाश पारीदिनु हुन्छ कि ?

निजी प्रकाशन अहिलेजस्तो व्यपक रूपमा नआएको अवस्थामा नेपाली साहित्य र समस्त वाङ्मयको उन्नयनमा नाफामुखी सोच मात्र नराखी राष्ट्रको सेवा गर्ने पवित्र संस्था थियो साझा प्रकाशन । त्यति बेला पनि अनियमितताहरू हुने गर्थे । त्यस्तो अनियमितामा सहभागी गराउन सञ्चलकहरूलाई पनि जिल्ला भ्रमण, जापान यात्रा, कृतिप्रकाशनमा प्राथकिताजस्ता प्रलोभनमा पारिने प्रयत्न गरिन्थे । त्यसमा फस्नेहरू आफ्नै कामले जिल्ला घुम्दा पनि साझाको सुविधा लिन्थे । सञ्चालक, त्यसमाथि पनि निर्वाचित सदस्य एक भएर सही कुरा अगि बढाउने र गलत कामको बिरोध गर्ने हो भने व्यवस्थापनले मात्र अनियमितता र भ्रष्टाचार गर्न सक्दैन । सञ्चालक, त्यसमाथि पनि निर्वाचित सदस्यको मिलेमतो भएपछि नै साझा मात्र होइन कुनै पनि संस्थाको दुर्गति सुरु  हुन्छ, जुन पछिल्लो समयमा साझा प्रकाशनल आफैंले देखाएको छ । विभिन्न संस्थाको नेतृत्व र सञ्चालनक्रममा पाएको मेरो अनुभव यही नै हो ।  

हालसालै प्रकाशमा आएको यहाँको ओह ... नेपारु नियात्राको बारेमा पाठकहरूलाई केही बताइदिनुस् न ।

कृतिगत प्रकाशनको हिसाबले यो मेरो अठ्चालीसौं पुस्तक हो, र तेस्रो नियात्रा सङ्ग्रह । यसमा पछिल्लो पटकको जापान भ्रमण गर्दाका अनुभव र अनुभूति समेटेको छु । पुस्तक पाठक सामु आएको छ, यसको बारेमा बोल्ने अधिकार पनि अब पाठक कै हो । म आफैंले आफ्नो कृतिको बारेमा भन्नु उपयुक्त नहोला कि ?
 
  अन्त्यमा सोध्न छुटेको तर भन्न चाहेको केही छ कि ?

सबै कुरा आइसके । भन्न बाँकी यति मात्र हो– मलाई सम्झनुभयो । त्यसका लागि युवा साहित्यकार–पत्रकार भाइ रामकुमार पण्डित र मध्यान्ह दैनिक परिवारप्रति हार्दिक धन्यवाद !  




Monday, January 9, 2017

बालकथा भगवान पनि आएनन् मन्दिरमा !

(तोतेबोली, वार्षिक बालपत्रिका वर्ष १, अङ्क १, २०७३ मा प्रकाशित)
एकादेशमा एउटा मन्दिर थियो । मन्दिरका पूजारी हरेक दिन मन्दिरको सरसफाइ र पूजाआरती गर्थे । मानिस मानिसबीच पनि छुनहुने र नहुने भनी भेदभाव गर्थे । उनीहरूलाई मन्दिरभित्र पसेर पूजा गर्न दिँदैनथे ।
त्यही गाउँमा गाउँलेलाई भाँडाकुँडा बनाएर सघाउने एकजना परिश्रमी मान्छे बस्थे । उनी हरेकदिन त्यही बाटो ओहोरदोहोर गर्थे ।
ती परिश्रमी मानिसले एक् दिन आँट गरेर पुजारीसँग मन्दिर दर्शन गर्ने अनुमति मागे । तर पूजारीले “तिमी अछुत भएकोेले जन्मैदेखि अशुद्ध छौं । त्यसैले मन्दिर भित्र पस्न मिल्दैन । पहिले दुई वर्षसम्म एकान्तमा गएर फलफूल मात्र खाई तपस्या गर अनि शुद्ध भएर दर्शन गर्न आऊ” भनी फर्काइदिए ।
ती मान्छे पुजारीको कुराले नरमाइलो मान्दै घर फर्के ।
संयोगवश तीन वर्ष पछि तिनै पुजारीले त्यही मान्छेलाई मन्दिरबाहिर देखे । ती मान्छे मन्दिर र पुजारी कसैको पनि वास्ता नगरी गइरहेका थिए । त्यो देखेर पुजारीले सोधे– किन आज त मन्दिरको दर्शन दर्शन गर्न खोजेनौ नि ? तपस्या पुरा गरेका छैनौ कि कसो ?
उसको कुरा सुनेर परिश्रमी मानिसल जवाफ दियो – धन्यवाद पुजारीजी । तपाइँले भनेजस्तै तपस्या गरेँ ।  भगवानको दर्शन पनि पाएँ । भगवानले नै मलाई यो मन्दिर अपवित्र छ, त्यहाँ नजानू भन्नुभएकोछ । भगवान आफैं भन्नुहुन्थ्यो–म आफैं वर्षैंदेखि त्यो मन्दिर पसेको छैन !
त्यो सुनेर पुजारीको अनुहार लाज र अपमानले रातो भयो । उसले आप्mनो गल्ती अनुभव ग¥यो– मान्छेको अपमान गरेर ढुङ्यो पुजेरमात्र भगवान खुशी हूँदारहेनछन् !    
                

चामुण्डामा ती दिन.... !

(चामुण्डा उच्च माध्यमिक विद्यालय स्वर्ण महोत्सव–२०७३ मा प्रकाशित)
मेरो शिक्षण जीवनको एउटा महत्वपूर्ण कालखण्ड चामुण्डा माध्यमिक विद्यालयसँग पनि गाँसिएको छ । चौबीस सालदेखि तीस सालसम्म आरुबारीकै अरुणोदय विद्यालयमा प्राथमिक शिक्षकको रूपमा स्वयम्सेवा  गरेँ मैले । २०२९ साल फागुनदेखिजस्तो लाग्छ, त्यतिबेलाको गोकर्णस्थित सहयोगी निम्नमाध्यमिक विद्यालयमा सरकारी शिक्षककको नियुक्ति लिएर पढाउन थालेको थिएँ । वासुदेव पौडेल, श्याम सिग्देल, गोविन्द श्रेष्ठ, मोहन बास्कोटा, रामचन्द्र ढुङ्गाना लगायतका शिक्षकहरूसँग रमाइलो बितेको थियो त्यो छोटो समय । दुई वर्ष जति त्यहाँ पढाएर त्रि वि बाट स्नातक उपाधि प्राप्त गरेपछि २०३० को अन्त्य वा २०३१ को प्रारम्भतिर माध्यमिक शिक्षकका रूपमा प्रवेश गरेथँे म चामुण्डा माध्यमिक विद्यालयमा । २०३७ साल जेठमा पत्रकारका रूपमा गोरखापत्र प्रवेश नगरुन्जेल यही विद्यालय थियो मेरो कर्मथलो । विद्यालय शिक्षणमा चामुण्डा मेरो अन्तिम कर्मथलो भए पनि पाँच वर्षजतिको अन्तरालमा २०४२ सालदेखि फेरि शिक्षणस्ाँग गाासिए म । पशुपति क्याम्पसमा प्राध्यापन गर्दै अर्को पच्चीस वर्ष बितेछ । मूल पेशा शिक्षण नभएर पत्रकारिता भए पनि पूर्णकालीन र आंशिक शिक्षणमा जीवनको लगभग साढे चार दशक बितेको छ मेरो ।
अहिलेजति सम्पन्न थिएन त्यतिबेलाको चामुण्डा विद्यालय । कक्षाकोठाको अभाव थियो । त्यसैले गर्दा दुई सिफ्टमा चल्थे कक्षाहरू । भएका पनि जीर्ण– वर्षाभर बाहिरभन्दा भित्रै बढी पानी ओइरिने । होचा जस्ताका छाना, गर्मीको समय भित्र बस्नै कठिन । दुईजना कार्यालय सहयोगी अर्थात् पियन, एकजना लेखापाल र दश बाह्रजना शिक्षक । कुल त्यति नै थियो विद्यालयको जनशक्ति । विद्यार्थी सङ्ख्या पनि खासै थिएन, तर पनि साना साना कोठामा टन्नै हुन्थे । कालो राम्ररी नपोतिएको धसिएको कालोपाटी, कम गुणस्तरका जति घोट्दा पनि नलेखिने चक, आवश्यक विषयशिक्षकको सधैं अभाव । पुस्तकालय कुन चराको नाम हो, थाहा थिएन । जिल्ला शिक्षा कार्यालयबाट कहिल्यैै समयमा बजेट नआउने । विद्यार्थीबाट उठेको मासिक शुल्कले स्टेसनरी सामान र अरु आकश्मिक खर्च नै धान्न कठिन । त्यसैले समयमा तलब समेत पाउन मुस्किल । अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको कोटा भए पनि प्राय खाली नै हुने । अनि अन्य विषय शिक्षकले जानी नजानी कोर्ष सक्नुपर्ने वाध्यता सामान्य थियो त्यतिबेलाको चामुण्डामा । त्यही वाध्यतामा नेपाली विषयको शिक्षक भएर पनि अङ्ग्रेजीको कक्षा लिनुपथ्र्यो मजस्ताले । पनि मिहिनेत गरेरै भए पनि जिम्मेवारी पुरा गर्ने प्रयत्न गथ्र्यौं हामी । केही पछि रत्नदास श्रेष्ठ प्रधान अध्यापक भएर आउनुभए पछि ठूला कक्षामा उहाँ आफैंले लिन थाल्नुभयो ङ्ग्रेजीको कक्षा र उहाँले नभ्याएका माध्यमिक केही कक्षामा सघाए पुग्थ्यो ।
रत्नदासजस्त आदरणीय प्रधानाध्यापकसँग काम गर्नु निश्चय नै एउटा राम्रो अवसर थियो । प्रगतिशील लेखक संघका संस्थापक सदस्यमध्येका रत्नदास बैद्य पुराना कम्युस्टि राजनीतिक कार्यकर्ता र विद्वान तथा सुरुचिपूर्ण व्यक्ति हनुहुन्थ्यो । म उहाँलाई आदर गर्थेँ ।
भर्खरै राष्ट्रिय शिक्षा योजा लागु भएकोले तालिम प्राप्त शिक्षक तयार गर्ने क्रममा सरकारले स्नातकको उपापाधि लिएर शिक्षण गरिरहेका हामीजस्ता तालिम नगरेका वा शिक्षा शास्त्रको. अध्ययन नभएका माध्यमिक शिक्षकहरूलाई एक वर्षे बीएडको अध्ययन गर्न प्रोत्साहन गरिरहेको थियो । तलवमान मैं परक थियो । बीएड गरेका शिक्षकले नगरेकाको भन्दा एक सय रुपियाँ बढी तलब पाउँथ्यो । ३२ सालतिर सय रुपियाँ भनेको ठूलै रकम हुन्थ्यो । साढे चार–पाँच सय रुपियाँमा एक तोला सुन आउँथ्योजस्तो लाग्छ । त्यसैले हामीजस्ताका लागि सय रुपियाँले धेरै अर्थ राख्थ्यो त्यस समयमा । यसैले गर्दा शिक्षणमैं लाग्न चाहनेहरूमा यो लाभकै लागि भए पनि बीएड गर्ने चाहना बढ्नु स्वाभाविक थियो । माध्यमिक शिक्षक हुन बीएडको उपाधि अनिवार्य गराउने सरकारको दीर्घकालीन लक्षमा अगि बढ्न यो प्रलोभनले रामै्र काम गरेको थियो । त्यसैले हामी केही मद्यमिक शिक्षक दिउँसोको कक्षा सकेर साँझ छ बजेदेखि चल्ने पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयको भवनमा चलेको एक वर्षे बीएड कार्यक्रममा भर्ना हुने अठोट ग¥यौं । समूहमा रत्नदस बैद्य स्वयम्, हरिप्रसाद अज्र्याल, जयन्ती लम्साल, ऋषिराम पौडेल थियौं । रत्नदास माड्साव र हरिदाइ हामीभन्दा अगिल्लो पुस्ताका थिए । जयन्ती महिला शिक्षक । अहिले त रातको समयमा सार्वजनिक यातायातको सुविधा पाइन्न, त्यतिबेला त यसको कुरै भएन । रत्नदास कोटेश्वर बस्नुहुन्थ्यो, जयन्ती चावहिल चुच्चेपाटी । हरिप्रसाद बौद्ध किनीदोबाटो र म अझ टाढा त्यतिबेलाको अनकन्टार आरुबारीमा । बस गौशालभन्दा यता आउँदैनथ्यो । हिउँदको छोटो दिनमा त सात बजे उता पाउनै सकिँदैनथ्यो । त्यो अवस्थामा रत्नदास बैद्य, हरिप्रसाद र जयन्ती म्याडमले रातीको कक्षामा पढेर बीएडको अध्ययन पूरा गर्ने हिममत देखाउनु कम साहसको कुरा थिएन । मेरा पिताजीका समवयी साथी रत्नदास सर र हरिप्रसाद दाइको उमेर अनि त्यो कालखण्डमा पनि महिलाहरूले सामना गर्नुपर्ने विविध जिम्मेवारी, समस्या र तत्कालीन समाजको साँधुरो दृष्टिकोण हेर्दा यी तीनैजनाको त्यो आँट साँच्चिकै सम्मानयोग्य थियो ।
रत्नदास श्रेष्ठ, हरिप्रसाद  अर्याल, जयन्ती लम्साल, भोलानाथ चालिसे, अनन्त पौड्ल, गोविन्दप्रसाद घिमिरे, ऋषिराम पौडेल लगायत माध्यमिक शिक्षकका रुपमा कार्यरत थियौं । भोला २०३३–२०३४ तिर लोकसेवा दिएर निजामती सेवातिर लागे । नेपाल सरकारको सचिव भएर अवशाक प्राप्त भोलाको अघिल्लो वर्ष निधन भयो । त्यसको केही वर्षपछि अनन्त त्रिभुवन विश्वविद्यालयतिर गएर प्राध्यापक भएका डा. अनन्त पनि अब यस संसारमा छैनन् । अरु शिक्षकको पनि आउने जाने क्रम चलिरह्यो । म आफैं २०३७ जेठतिर चामुण्डा छाडेर गोरखापत्रतिर लागँे, गोविन्द घिमिरे लोकसेवा दिएर निजामति सेवा तिर र ऋषिराम आनन्दकुटीतिर होक्यार । सम्झना भएसम्म प्राथमिकदेखि निम्नमाध्यमिक कक्षा लिने अरु साथीहरूमा शीला बस्नेत, निर्मला अर्याल, ज्योति भट्टराई, ध्रुवराज शर्मा आदि भए जस्तो लाग्छ त्यतिबेला । फणीन्द्र दाइ (फणीन्द्रराज भट्टराई) का कान्छा छोरा ज्योति अत्यन्त क्षमतावान थिए । उनले पनि असमयमैं संसार छाडे ।  
पहिले बाहिर बाटैबाट देखिन्थ्यो अलि अग्लो ढिस्कोमा बनेको चामुण्डा स्कुलको एकतले भवन । जसमा विद्यालयका कक्षा सञ्चलन हुन्थे । अहिले स्कुलले  नै निर्माण गरेर आयवृद्धिका लागि भडामा लगाएका अग्ला घर, स्थनीय बासिन्दाका गगनचुम्वी भवनहरूले छोपेर सडकबाट लुकाएको छ विद्यालयलाई । विशाल विशाल आधुनिक भवन र कक्षा कोठाले सुसज्जित छ आजको चामुण्डा माध्यमिक विद्यालय ।
भौतिक वातावरणमा गरिब भए पनि आत्मीय र बडो रमाइलो थियो त्यतिबेलाको चामुण्डाको वातावरण । अहिलेकोजस्तो धुवाँ, धूलो र ध्वनि प्रदूषणको चपेटामा परिसकेको थिएन यो ठाउँ । न जोरपाटी, न चामुण्डा नै अहिलेजस्तो व्यापारिक केन्द्र बनिसकेको थियो । सडकछेउ छिटपुट घरहरू, केही सीमित कम चलाउ किराना र र चियापसल । साँखु चल्ने सीमित सार्वजनिक बस । पानी जमेका खाल्टखुल्टी बाटो । अलि उता कलकल बगिरहने बागमतीको कञ्चन सफा पानी ! सााच्चिकै सफा र शान्त थियो नारायणटार, विद्यालयलाई सुहाउँदो वातावरण ।  
अहिले त्यही बाटो हिँड्दा ताजा हुनेगर्छन् पुराना याद । मेरो जीवनको एउटा कार्यथलो र महत्वपूर्ण कालखण्ड सम्झेर भावनामा बग्न पुग्छु म । अहिले मे्नका म्याडमको मार्फत नै भए पनि धेरै वर्ष पछि चामुण्डाले सम्झेर प्रकाशनको निमित्त केही पठाउने आग्रह गरेपछि एक पटक फेरि पूर्वस्मृतिको मीठो संसारमा विचरण गर्न पुगेको छु म । यो अवसर दिएकोमा धन्यवाद, चामुण्डा, धन्यवाद मेनका वहिनी !

२०७३ जेठ ११
विजय निवास आरुबारी

Sunday, January 8, 2017

भाषाले देश बन्दैन........!

(सुलेख मंसिर २०७३ निबन्ध अङ्मा प्रकाशित)
कुनै बेला चुनाव प्रचारको सिलसिलामा भारतकी काङ्ग्रेस नेतृ सोनिया गान्धीले भनेकी थिइन–“कविताले देश चल्दैन, न त सुशासन नै दिन सक्छ ।”
विपक्षी नेता अटलविहारी वाजपेयी कवि पनि भएकाले, उनको भावुकताप्रति कटाक्ष गर्दै भनिएको यो भनाइको भाव निश्चय नै भावुकताले देश चल्दैन, सुशासन दिन सक्दैन भन्ने नै हो । राज्यसञ्चालनको सन्दर्भमा त्यो भनाइ ठीकै पनि होला । सोनिया गान्धीको त्यो धारणा भाषा–साहित्यलाई निरर्थक र अनुत्पादक ठान्ने हाम्रा अधिकांश राजनीतिकर्मी, नीतिनिर्माता, योजनाकार र उच्चपदस्थ अधिकारीहरूको सोचाइसँग ठ्याम्मै मेल खान्छ । उनको त्यो भनाइ सम्झँदा निकै वर्ष अघि हाम्रो सरकारी प्रसारण माध्यमका एकजना तत्कालीन प्रमुखको त्यस्तै भनाइको याद आउँछ ।
गोखापत्र दैनिककै संपादकको कार्यकक्षमा नेपाली सञ्चारमाध्यमहरूमा देखिने भाषिक असावधानी अर्थात लेखन–उच्चारणमा पाइने अशुद्धिका बारेमा चर्चा चरिहेको थियो । त्यही क्रममा ती सरकारी सञ्चारमाध्यमका प्रमुखले सोनिया गान्धीको त्यही शैलीमा भनेका थिए– छाड्नोस् यस्ता कुरा, भाषाले देश बन्दैन ।
रमाइलो के थियो भने उनी आफैं प्रतिष्ठित चलचित्रकर्मी र निर्देशक  थिए । अझ त्यतिबेला उनी सरकारी सार्वजनिक प्रसारण माध्यमको प्रमुखको जिम्मेवारी समेत समालिरहेका थिए । एउटा चलचित्रकलाकार स्वयम् भाषा–संस्कृतिको संवाहक मानिन्छ । त्यसमाथि उनी त नेपाली भाषा, साहित्य, संस्कृति र सूचनाको सम्बद्र्धन गर्ने घोषित उद्देश्यबाट सञ्चालित सार्वजनिक सञ्चारमाध्यमकै  हर्ताकर्ता ! उनमा त्यस्तो धारणा हुनु हामी सबैका लागि आश्चर्यको कुरा थियो । पछि नेपाली भाषा, संस्कृति र साहित्यको संबद्र्धन गर्न भनी स्थापित एउटा अर्को सरकारी प्रतिष्ठानको सदस्य बने पछि उनको त्यो धारणामा परिवर्तन आयो कि आएन, थाहा भएन ।
हो भाषाले मात्र देश बन्दैन, साहित्यले मात्र देश चल्दैन । भाषा–साहित्य आफैंले सुशासन पनि ल्याउँदैन । तर देशबनाउँछु भन्नेहरूलाई भाषा–साहित्यले माटो र मानिसप्रति संवेनशील बनाउँछ । देश बनाउँछु भन्नेहरूमा उचित–अनुचित कुनै पनि तरिकाले धन कमाएपछि समाजमा सम्मानित र शक्तिसाली होइन्छ भन्ने सोचाइमा गुणात्मक परिवर्तन ल्याउन भने भाषा र साहित्यले नै सघाउँछ । देशको विकास भनेको भौतिक विकास मात्र नै होइन । जति नै धनी भए पनि देशले आफ्नो पहिचान खोज्छ, आफ्नो पनको विशिष्टता खोज्छ र आफ्नो जातीय पहिचान पनि खोज्छ । यसो नभएमा उसले आफूलाई चिनाउन सक्दैन । यो पहिचान, यो आफ्नोपनको विशिष्टता, यो जातीय पहिचान राष्ट्रिय भाषा, साहित्य र संस्कृतिले नै दिन्छ  । बन्दुकले होइन विचारले, भावनाले परिवर्तन ल्याउन पे्ररित गर्छ । त्यसैले भाषा, साहित्य संस्कृति आफैंमा विकास नहोला, सुशासनको साधन नहोला, शान्ति, परिवर्तन, विकास र सुशासनलाई बलियो आधार भने यसैले दिन्छ ।
हामीले वास्ता नगरे पनि विदेशीहरू कसरी साना साना कुरालाई समेत गहिरिएर हेर्छन भन्ने एउटा उदाहरण राखौं । नेपालमा नेलीहरूको हिन्दु संस्कार विषयमा विद्यावारिधि गर्ने क्रममा निकै वर्ष अघि एउटी जापानी विद्यार्थी नेपाल आएकी थिइन् । त्यही सिलसिलामा उनी मकहाँ पनि आइपुगिन् । त्यतिबेला उनले एउटा प्रश्न गरेकी थिई– के नेपालको सरकारी कामकाजको राष्ट्र भाषा अङ्ग्रेजी हो ?
उसको कुरा सुनेर म पहिले त म अलमलिएको थिएँ– के भन्छे यो केटी ! तर कुरा बुझेपछि आफैंलाई लागेको थियो– हो त राजधानीका जतासुकै देखिने सूचना पाटी, सङ्केत पाटी, नाम पाटी, विज्ञापन पाटी आदि हेर्दा नेपालको राष्ट्रिय र कामकाजी भाषा कतै अङ्ग्रेजी वा हिन्दी त होइन भनेर अलमलमा पर्नु अनौठो होइन । त्यसैले राजधानीका सडक छेऊ, पसल, कार्यालय, सार्वजनिक स्थल प्राय सबैतिर देखिने नामपट्, सूचना, विज्ञापन, प्रचारसामग्रीहरूमा अङ्ग्रेजी भाषाको मात्र प्रयोग देखेर उसलाई नेपालको सरकारी र कमाकाजी भाषा अङ्गे्रजी हो कि भन्ने लाग्नु स्वाभाविकै थियो । हुन पनि  विदेशीहरू प्रवेश गर्ने थानकोट नाका होस कि त्रिभुवन विमानस्थल, बाटाका सबै तिर शतप्रशितजस्तै साधारण र बिद्युतीय विज्ञापन पाटी, सूचना सामग्रीमा एक मात्र अङ्ग्रेजी को. प्रयोग गरिएको देखिन्छ । हुँदाहुँदा राष्ट्रिय शिक्षाका संवाहक भनिने अधिकांश स्कुल कलेजका नाउँ सुन्दा ती नेपाली हुन् भनेर कसैले भन्न सक्दैन । ९० प्रतिशतभन्दा बढी नै होलान् अङ्ग्रेजीमा मात्रै लेखिएका यस्ता सामग्री । महानगरपालिकाले आफ्नै निग्रानीमा भाडामा ठाउँ उपलब्ध गराएर राख्न दिएका सडक छेउका खम्बा, सडक पेटी र सार्वजनिक ठाउँहरूका सबैजसो विज्ञापन र प्रचार सामग्रीमा समेत अङ्ग्रेजी बाहेक नेपाली भाषा कतै भेटिँदैन ।
राजधानीका सडक छेउ देखिने विज्ञापन, सूचना र प्रचार सामग्री हेर्ने होभने बडो मुस्किलले मात्रै एक–दुई शुद्ध नेपाली भाषामा लेखिएका पाइएलान् । यस्ता साग्री तीन प्रकारका देखिनेगर्छन–पहिलो हिन्दी र नेपालीको ठिमाहा, दोश्रो नेपाली र अङ्ग्रेजीको ठिमाहा र तेश्रो नेपालीको कतै नामनिशाना नभएको अङ्ग्रेजी मात्र प्रयोग भएका । कमसेकम अरु जुन भाषाको प्रयोग गरे पनि नेपालीमा चाहिँ अनिवार्य गरिनु पर्छ भन्ने चेतना कहिल्यै आएन हामीमा । रेडियो सुन्नुहोस्, टेलिभिनजन हेर्नुहोस् अखबार पढ्नुहोस् जतासुकै तपाइँ यिनै ठिमाहा भाषाका विज्ञापन र सूचना सामग्री पाउनु हुनेछ । वाटिका स्याम्पु लाएर “भित्रैदेखि निखार ÷मुहारमा सदाबहार” ल्याउन उक्साउने विज्ञापन होस् कि, दाँतलाई स्वस्थ राखेर “गजबको ताजगी” ल्याउने क्लोज अप दन्तमञ्जन वा “टुथपेष्ट” होस् हिन्दी नेपालीको ठिमाहा स्वाद पाइन्छ । एक्टिभ ह्विल डिटर्जेन्ट वा धूलो साबुनको “अफरमा यस्तो जोर छ, हात्ती पनि हुन्छ कमजोर”को भाषा होस् कि “२००० जना पार्टी, ५०० जना क्याटरिङ, र २२८ जना बफेटको क्षमता भएको चाइना एण्ड वल्र्ड रेष्टुरेण्ट प्रालि”को सन्देश होस् सबैमा यही ठिमाहापन पाइन्छ । “आज भोलि मेरो परिवार कन्हैयाको दिवाना” हुनु त सामान्य भैसक्यो । भनिन्छ, कुनै पनि राष्ट्रको पहिचान, जातीय चिनारी र पनको नामोनिशान मेटाउनु छ भने सबैभन्दा पहिले त्यो राष्ट्रको भाषा–संस्कृति ध्वस्त पार्नुहोस् । हाम्रो सन्दर्भमा भाषा–संस्कृतिमाथि भइरहेको प्रहार र त्यसको रोकथाममा राज्यको उदासीनता देख्दा लाग्छ कतै हामी आफ्नै पहिचान मेटाउन लागिपरिरहेका त छैनौं ! अनि ती नेपाली प्रशासक–कलाकर्मीले भनेको “भाषाले पनि कतै विकास हुन्छ” भन्ने भनाइको सम्झना हुन्छ ।
आज राष्ट्र भाषा नेपालीमा बोल्ने–लेख्ने र पढ्ने समेत पाखे र गाउँले ठहरिन्छ, मुखिया–खर्दार भन्दा बढी योग्य ठानिँदैन । अब त पालेको जागिर खान पनि अङ्ग्रेजी जान्नुपर्ने भैसकेको छ, जो पर्रर अङ्ग्रेजी बोल्छ, लेख्छ ऊ जताततै राम्रै मोलमा बिक्छ । भाषा ज्ञानको माध्यम हो, बृहत् ज्ञान–विज्ञानको भण्डारमा पस्न हिन्दी–अङ्ग्रेजी मात्र होइन अरु भाषा–माध्यमको पनि आवश्यकता पर्छ । तर अहिले भाषालाई नै ज्ञान ठान्ने जुन प्रवृत्तिको विकास भइरहेछ त्यो चाहिँ स्वागतयोग्य मान्न सकिँदैन । ज्ञानको खोजीमा भन्दा आफूलाई महङ्गो मोलमा विकाउने र विदेशी, त्यसमा पनि गोरा छालाई रिझाएर योजना–परियोजना फुत्काउने स्वार्थले नै हामी विदेशी भाषाको अन्धमोहमा धकेलिरहेको छ । त्यसैले होला हाम्रा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू, राजनीतिक नेताहरूमा विदेशी भाषामोह अझ बढी देखिन्छ । देशविदेश जहाँका पनि कार्यक्रमहरू हुन् उनीहरू सजिलै आफ्नो कुरा राख्न सकिने आफ्नै राष्ट्र भाषामा बोलेर आवश्यक भए बरु त्यसको अनुवाद प्रति उपलब्ध गराउनु भन्दा टुटेफुटेको  विदेशी भाषामा लाजलाग्दो अभिव्यक्ति दिनैमा गौरव ठान्छन् । मन्त्री–प्रधानमन्त्रीहरूका औपचारिक भ्रमणमा राज्यको ढुकुटीबाट लाखौं खर्च हुन्छ । चहिने भन्दा नचाहिने असेपासे र कथित सल्लहकार–सहयोगीको लर्केा लाग्छ ।  त्यो खर्चबाट एकजना दोभाषे र अनुवादकको खर्च जुटाउन नसकिने पक्कै हुँदैन होला । विदेशी सञ्चारमाध्यममा प्राय आउने उनीहरूको यस्तै अल्पज्ञानी भाषामोहले राष्ट्रिय स्वाभिमान घाइते हुनपुगेका अनेकों उदाहरण पाइएलान् । यस्तोमा भाषाले देश बन्दैन भन्ने सोच बलियो हुनु स्वभाविक होइन र ?

कस्तो आदर्श ?

मानिस कुनै न कुनै आदर्शको खोजीमा हुन्छ । संभवतः हामी पनि त्यस्तै आदर्श खोजिरहेका छौं । तर यो आदर्शको खोजीमा कतै हामी आफैंलाई बिसँदै त छैनौ ? केलाइ र कसलाई आदर्श मान्ने ? के हामीले छनोट गरेका आदर्श वास्तवमैं आदर्श हुन् ? समय समयमा आन्दोलित पार्न थालेका छन् मलाई यस्ता प्रश्नहरूले ।
पश्चिमी संस्कृति, खानपान र रहनसहनतर्फ सर्वाधिक आकर्षित केही हामी सहरी युवा आफ्ना व्यवहार र आदर्शमा पनि तिनै कुरालाई महत्व दिन चाहन्छौं । विगत जनआन्दोलनमा एकातिर हज्जारौं नेपाली युवा आँखाभरि नयाँ नेपालको सपना बुन्दै ज्यान हत्केलामा राखेर सङ्घर्षमा होम्मिए, अर्कोतिर तिनै युवामध्ये केही आफूले मानेका तिनै आदर्श अर्थात् भौतिक चमकदमकको सन्सारतिर पलायित हुने उपक्रममा व्यस्त रहे । अरु त अरु आन्दोलन हाँक्नेहरू समेत सत्ता र अकूत सम्पत्ति आर्जनको अन्धदौडमा आदर्श र सपनाको लीलाम गर्दै गए ! विदेश पलायन हुनेहरूको आदर्श भाँडा माजेरै भएपनि कुस्त ग्रिन डलर कुम्ल्याउने रुमानी सपना थियो । भौतिक सुखको पर्याप्त सुखानुभति नै तिनको आदर्श थियो ! यता क्रान्ति र युगान्तकारी परिवर्तनको लागि नेतृत्व गरिरहेछौ ंभन्नेहरू डन÷स्मगलर विदेशी एजेन्टहरूका ब्रिफकेसहरूमा कैद हुँदै गए । यो क्रम अझै रोकिएको छैन । भौतिक सुखानुभूतिको मृगमरीचिका पछि दौडिने यो दौडका सहभागीहरू दिनानुदिन बढिरहेकै छन् ।
आज हामी आफ्ना सबै कुरा बिर्सँदै छौं । हामी पश्चिमाभिमुख भएर आदर्शको खोजी गरिरहेछौं । तिनै पश्चिमा चमकदमक र टेलिभिजनका पर्दामा बलात् उभ्याइएका व्यक्तित्व अनि लादिएको संस्कृतिलाई आदर्श ठान्न थालेका छौं ? पश्चिम र पूर्वका विकट गाउँमा जन्मेर व्यक्तित्व विकास गर्दै तिनै पश्चिमी समाजमा आफूलाई इज्जतसाथ उभ्याउन सक्ने सामथ्र्य भएर पनि आफ्नै गाउँ र समाजको सेवा र विकासमा रमाउने महावीर पुन र सन्दुक रुइतहरू हाम्रा आदर्श बन्न सकेका छैनन् । न त खेलाडीको नाउँमा विदेश पुगेर देशकै बेइज्जत गर्दै लुकेर भौतिक सुख खोज्ने कतिपय कलाकार–खेलाडीलाई नैतिक थप्पड दिँदै विजयी–चर्चित बनेर आफ्नै देशको गौरव राख्न स्वदेश फर्कने खेलाडी–कलाकार पारसहरू नै हाम्रा आदर्श बन्न सकेका छन् । आफ्नै कोहीलाई आदर्श माने पनि ती कि टेलिभिजनको पर्दामा मुकुण्डो भिरेर चमकदमक साथ देखिने सोजिवका चम्किला अनुहार हुन्छन्, कि त राजनीति र कथित समाज र अधिकारवादी नक्कली मुखौटाहरू ! तिनै नाउँमा विदेशी स्वार्थका झण्डा बोक्ने सुकिला अनुहार कै बिगबिगी छ अहिले । भानु,, मोती, धर्मभक्त, शुक्रराज, दशरथचन्द र गङ्गाला, देवकोटा, लेखनाथहरूलाई समेत आदर्शको श्रेणीबाट विस्थापित गरिसक्यौं हामीले ।
वास्तवमा म्याग्दीको बिकट गाउँमा जन्मेर आजका धेरै नेपाली युवाको सपनाको देश अमेरिका पुगेर उच्च शिक्षा हासिल गरिसक्दा पनि त्यहाँको चमकदमकपूर्ण जीवनसँग नलोभिई स्वदेशकै सेवामा समर्पित हुने महावीर पुनहरू हामी नेपाली युवाका वर्तमान आदर्श बन्नु पर्ने हो । विदेशमा इज्जतको जीवन बाँच्न सक्ने भएर पनि स्वदेशका निमुखा नेपालीलाई जीवनदृष्टि बाँडिरहेका रुइतहरूले हाम्रो आदर्श बन्ने सामथ्र्य राख्नुपर्ने हो । यी केही उदाहरण मात्र हुन्, जो हाम्रा आदर्श बन्न सक्ने सामथ्र्य राख्छन्, –यस्ता आदर्श व्यक्तित्व समाजका प्रत्येक क्षेत्रमा पाइन्छन् चाहे त्यो राजनीति होस्, मूल्यपरक कला–साहित्य होस्, विज्ञान र प्रविधि होस वा समाजका अन्य क्षेत्र हुन् ।
कति विडम्बनापूर्ण समय बाँचिरहेछौं हामी । विश्वका अरु युवाहरुजस्तै सरहरबजारका अवशरप्राप्त हामी जतिबेला “भ्यालेण्टाइन डे” को ज्वरग्रस्त उन्मादमा हराउँदै थियौं । हामी जतिबेला उन्मादमा उन्मुक्त प्रेम साट्न व्यस्त थियौं ठीक त्यति नै बेला हाम्रा दिदीवहिनीका यौवन स्वदेशर विदेशी माटोमा लुटिँर्दै थियो । प्रेमले शाश्वतता गुमाएको छ । भ्यालेन्टाइन प्रेममा यौवनको कच्चा मस्तीलाई नै यथार्थ प्रेम मान्न थालेकेछे म आजको भ्यालेन्टाइन पुस्ता ।
समाज एकातिर सहरी सभ्यताको नाउँमा बाहिरी संस्कृतिको अन्धानुकरणमा आँखा चिम्लिएर दौडिरहेको छ, अर्कातिर यही समाजको ठूलो हिस्सा सामान्य स्वतन्त्रतासमेत उपभोग गर्न नपाएर अझै सभ्यताको आदिम जीवन भोग्न वाध्य बनिरहेको छ । एकातिर हाम्रो समाज आफ्रनो बहुमूल्य निधि र संस्कृतिक पक्षहरुलाई बाहिरी लहैलहैमा लागेर त्यग्दै स्वच्छन्दता र नियन्त्रणहीन उन्मुुक्ततालाई आधुनिक सभ्यताको पहिचान ठान्दैछ, अर्कातिर बोक्सी र छूवाछूतजस्ता सामाजिक सभ्यताका अभिशापबाट मुक्त हुन निरन्तर छट्पटाइरहेको छ । आफ्नो इतिहासका हरेक गर्वसूचक घटनाहरूलाई विस्मृतिको चिहानमा पुरेर सात समुद्र पारिका सन्त भ्यालेण्टाइनको प्रेमगाथा घोकेर आयातीत प्रेमदिवशको नशामा उन्मादग्रस्त बन्ने गरेको छ अहिले सहरी युवा पुस्ता  ।
प्रेम मानवीय सौन्दर्य हो, जीवनको शाश्वत पक्ष ! यो सडक प्रदर्शनको कुरा पनि होइन सायद्, यो त दुईजनाबीचको समर्पणको नितान्त व्यक्तिगत कार्यव्यापार हो । यसलाई सडक, पार्क र होटेल केविनका मधुरो रोमाञ्चक प्रकाश तथा उत्तेजक संगीतको रमाइलोमा रागात्मक शारीरिक आर्षणसँग साटेर प्राप्त गर्न सकिंदैन । हाम्र आफ्ना पनि पे्रमाभिव्यक्ति गर्नेे धेरै संस्कृतिक अवसरहरु छन्,पर्व र दिवशहरु छन् । रोदी घरमा शाश्वत मायाप्रीति साट्ने हाम्रो आफ्रनै संस्कृतिक परम्परा छ । दोहरीमा मन जितेर जीवन साथी रोज्ने हाम्रो आफ्नै अभ्यास छ । देउडामा मन मिल्ने साथी रोज्ने र उसलाई जीवन साथी बनाउने नेपाली संस्कृतिकै सुन्दर अभयास छ । ऋतुराज वसन्तको यो उत्सव हाम्रो आफ्नै प्रेम दिवश होइन र ? बहुसंस्कृतियुक्त हाम्रो समाजमा खोजिपसे युवाह्रदयका प्रेम भावना साटासाट गर्नेे यस्ता अरु पनि धेरै अभ्यास र अवसरहरु प्रसस्त फेला पर्नेछन् । यिनमा यौनजन्य आकर्षणभन्दा बढी भावात्मक प्रेमको शाश्वतता हुने गर्छ, जुन पश्चिमी बजार नियन्त्रित उपभोक्तवादी समाज र संस्कृतिको खुलापनमा पाइन सहज छैन । चाहे त्यो खुला बजारमा गरिने प्रेम प्रदर्शन होस् वा शारीरिक आशक्तिको जालो फाल्ने स्वअस्मिता गुमाएर आफूलाई उपभोग्य बस्तुमा अनुवाद गर्ने कथित आधुनिकता !
हाम्रो पूर्वीय समाज खोलेर उदाङ्गो पार्नुमा होइन आवश्यक मात्रामा छोपिनुबाट सौन्दयको आकर्षण तथा कौतुहलको सिर्जना हुन्छ भन्ने विश्वास गर्छ । ठीक ढङ्गमा छोपिएको शरीरले जति आकर्षित गर्छ, सर्वाङ्ग खुला शरीरले त्यो आकर्षण दिन सक्तैन । यसले यौन उत्तेजना बढाउला, क्षणिक रतिरागात्मक आकर्षण देला । चिरस्थायी आकर्षण र शाश्वत सौन्दर्यको चिरस्थायी प्रभाव भने यसले दिन सक्तैन । अश्लीलता यौनविकृतिको विकासमा सहयोगी बन्ला, सौन्दर्यको मानक बन्न सक्तैन । प्रेम नितान्त निजी कुरा हो, यसको अर्थ गहन हुन्छ । यसले सडक, होटेल र पार्कको खुला प्रदर्शनबाट सही अर्थग्रहण गर्न सक्तैन । तसर्थ पश्चिमा शैलीका प्रेम दिवशहरुका नाउँमा उपहार साटासाट गर्नु र आफूले मनपराएकाहरुसँग प्रेम प्रकट गर्नुसम्म ठीकै हो, वाहिरी नै भए पनि यस्ता अवसरलाई प्रेमको भावना फैलाउने तर्फ संयमित अनुकरणसम्म राम्रै होला । तर यस्ता अवसरहरुमा देखिन थालेका उपहारसँगै एकआपसमा धेरैकुराहरु साट्ने प्रवृत्तिले विकृति मात्र बढ्ने कुरामा समयछँदै ध्यान पु¥याउन नपर्ला र ?
विज्ञापनमा सुन्दर शरीरको बिस्कुन फिंजाउने बहुराष्ट्रिय भपभोक्तामुखी व्यापारिक जालोका खेलौना बनेर हामीले आफ्नो पूर्वीय मूल्य विपरित लज्जालाई त्याग्न थालेका छौं, आदर्श विशर्जन गर्न थालेकाछौं । मिस हजुरआमादेखि मिस नातिनीसम्मका सौन्दर्य प्रदर्शनमा आफूलाई उपभोग्य बस्तुमा अनुवाद गर्नुलाई नारी स्वतन्त्रताको आदर्श ठान्न ठालेकाछौं । लाग्छ, यस्तै आदर्शको खोजी गर्दैजाँदा इडियटबक्सका पर्दामा उभ्याइएका कृत्रिम आदर्श नै भोलिका यथार्थ आदर्श बन्न बेर छैन । प्रेमदिवशको नाउँमा भित्रिएको भ्यालेण्टाइन डेजस्तै अब तिनै पर्दा मार्फत हाम्रा शहरी बैठककोठामा ब्राजिलियन कार्निभलमा देखिने नाङ्गा महिलाहरुको उन्मुक्त र उत्तेजक साम्भा नृत्यको नेपालीसंस्करण सुरुहुन बेर छैन । कतिपय कुरा समाज, परंपरा र जातीय संस्कारसापेक्ष हुनेगर्छन् । युरोपेली समाजमा बीच सडकमा युवायुवती आलिङ्गनबद्धभएर ओठ, गाला र शरीरका अङ्ग–प्रत्यङ्ग चाटाचाट र चुसाचुस गर्नु तिनको सभ्यता सुहाउँदो होला, संस्कृतिअनुकूल होला ! के तिनै कुरा पूर्वीय समाज र सभ्यतामा सुसंस्कृत मानिन सक्छ ? हामी नाङ्गिनुलाई अश्लील मान्छौं, उनीहरु नमान्न सक्छन् । यसबाट भूगोल र संस्कृतिको पार्थक्य प्रष्ट हुँदैन र ?
परिवर्तित मान्यता र पश्चिमी संस्कृतिको भेलले बगाइएका आजका हामी नवपुस्ताका “सभ्य आधुनिक” नेपालीहरुको दृष्टिमा गुप्ताङ्ग र कुचाङ्गमात्र छोपिएको शरीरमा देखिने ब्राजिलका साम्भा नृत्याङ्गनाहरुको त्यो रुप नाङ्गो नमानिन सक्छ । “सहरी सभ्यहरु” को बहुसङ्ख्यामा स्वसंस्कृति र स्वमूल्यको कुरागर्नेहरु गँवार र असभ्य पनि ठहरिन सक्छन् । आजको मोहनी अर्थात “ग्ल्यामर”को उन्मादले राजनीतिदेखि पेशा–व्यवसाय सबैलाई बेसरी गाँजिरहेको छ । आज हरेक संपादक आफ्नो प्रकाशन विकाउने मूल मन्त्र ग्ल्यामरलाई ठान्दछ । आजका हामी लेखक ग्ल्यामर कै खोजीमा भौंतार्रिंदै छौं । हामी पाठक गंभीर कुराबाट परै बस्न रुचाउँछौं र ग्ल्यामरको नाउँमा हल्काफुल्का कुरालाई आजको आवश्यकता सिद्धगर्न कम्मर कसेर शीर्षासन गर्छौं । लाग्छ, गंंभीर कुराको कुनै आवश्यकता छैन ! काकाकुल झैं ग्ल्यामरको खोजीमा छौं, ग्ल्यामरको मृगमरीचिकामा भौंतार्रिंदै छौं । हामी समवेत स्वर सुनिरहेका छौं– ग्ल्यामर चाहियो, ग्ल्यामर ! लोभ्याउने, आकर्षित गर्ने र लैङ्गिक भेदबाट आकर्षण जागृत गर्ने विपरित लिङ्गप्रतिको रागात्मक आकर्षण अर्थात ग्ल्यामर प्रति हामी निकै आशक्त हुँदै छौं, व्यामोहित छौं र यस कै प्रतिफल आफ्ना मूल्य–मान्यतामा भन्दा अरुका  कुराहरुमा बढी लोभिन थालेका छौं ।
अरुको प्रति हाम्रो अत्यधिक मोह र सूचना साम्राज्यको मोहनी जालले दशैं तिहारलाई कप्लक्कै निलेर क्रिसमस डे र गुड फ्राइ डेको जालोमा पार्न सुरु गरिसकेको छ । दियो जलाएर बत्तीजस्तै अँध्यारो मास्ने उज्जल र दीर्घ तथा भावि जीवनको कामना गर्ने जन्मदिवसले उज्यालोको खोजी गर्न छाडेको छ । आज बलेको मैनबत्ती समेत निभाउँदै पश्चिमी धूनमा जिउ मर्काएर कस्तो जीवनको कामना गरिरहेका छौ ? यसो भन्नेको नामको पछाडि “सभ्यता नजानेको गँवार” विशेषण जोडिन सक्छ । हाम्रा सनही, मुर्चुङ्गा, मुरली, नर्सिङ्घा र मादलहरु अर्केष्ट्रा र व्याण्डको भीडमा हराउन थालेका छन् । पप, डिस्को, क्याब्रे, ब्रेकजस्ता “डान्स” हाम्रा रूचिमा परिणत भइरहेकाछन् । हाम्रा मारुनी, रोदी, द्यौडा, दोहोरी, मारुनी, रत्यौली सबै विस्थापित बनिरहेकाछन् । ठूला माछाले साना माछालाई कप्लक्कै निल्नुको मत्स्यन्याय शाश्वत सत्य हो । विश्वसूचना साम्राज्यका नियन्ता पश्चिमी संस्कृतिको सुरसामुखमा राष्ट्रिय–जातीय संस्कृति एकपछि अर्को निलिँदैछन् । हामी साना माछाहरु रमाई, रमाई तिनको मुखभित्र खुसीखुसी प्रवेश गरिरहेका छौं ।
हामी खोज्नसक्दैनौं हाम्रो परिचय पश्चिमी अभ्यास र अनुकरणमा । रङ्गीन प्वाँख घुसारेर जसरी कौवा मयुर बन्न सक्दैन, अर्काको जडौरी भिरेर निश्चय पनि हामी हामी बन्न सक्दैनौं । हामीले हाम्रो आफ्नै आदर्शको निर्माण गर्नुपर्छ !
२०७१ चैत ५
विजयनिवास, आरुबारी ।