(तोतेबोली, वार्षिक बालपत्रिका वर्ष १, अङ्क १, २०७३ मा प्रकाशित)
एकादेशमा एउटा मन्दिर थियो । मन्दिरका पूजारी हरेक दिन मन्दिरको सरसफाइ र पूजाआरती गर्थे । मानिस मानिसबीच पनि छुनहुने र नहुने भनी भेदभाव गर्थे । उनीहरूलाई मन्दिरभित्र पसेर पूजा गर्न दिँदैनथे ।
त्यही गाउँमा गाउँलेलाई भाँडाकुँडा बनाएर सघाउने एकजना परिश्रमी मान्छे बस्थे । उनी हरेकदिन त्यही बाटो ओहोरदोहोर गर्थे ।
ती परिश्रमी मानिसले एक् दिन आँट गरेर पुजारीसँग मन्दिर दर्शन गर्ने अनुमति मागे । तर पूजारीले “तिमी अछुत भएकोेले जन्मैदेखि अशुद्ध छौं । त्यसैले मन्दिर भित्र पस्न मिल्दैन । पहिले दुई वर्षसम्म एकान्तमा गएर फलफूल मात्र खाई तपस्या गर अनि शुद्ध भएर दर्शन गर्न आऊ” भनी फर्काइदिए ।
ती मान्छे पुजारीको कुराले नरमाइलो मान्दै घर फर्के ।
संयोगवश तीन वर्ष पछि तिनै पुजारीले त्यही मान्छेलाई मन्दिरबाहिर देखे । ती मान्छे मन्दिर र पुजारी कसैको पनि वास्ता नगरी गइरहेका थिए । त्यो देखेर पुजारीले सोधे– किन आज त मन्दिरको दर्शन दर्शन गर्न खोजेनौ नि ? तपस्या पुरा गरेका छैनौ कि कसो ?
उसको कुरा सुनेर परिश्रमी मानिसल जवाफ दियो – धन्यवाद पुजारीजी । तपाइँले भनेजस्तै तपस्या गरेँ । भगवानको दर्शन पनि पाएँ । भगवानले नै मलाई यो मन्दिर अपवित्र छ, त्यहाँ नजानू भन्नुभएकोछ । भगवान आफैं भन्नुहुन्थ्यो–म आफैं वर्षैंदेखि त्यो मन्दिर पसेको छैन !
त्यो सुनेर पुजारीको अनुहार लाज र अपमानले रातो भयो । उसले आप्mनो गल्ती अनुभव ग¥यो– मान्छेको अपमान गरेर ढुङ्यो पुजेरमात्र भगवान खुशी हूँदारहेनछन् !

No comments:
Post a Comment