(चामुण्डा उच्च माध्यमिक विद्यालय स्वर्ण महोत्सव–२०७३ मा प्रकाशित)
मेरो शिक्षण जीवनको एउटा महत्वपूर्ण कालखण्ड चामुण्डा माध्यमिक विद्यालयसँग पनि गाँसिएको छ । चौबीस सालदेखि तीस सालसम्म आरुबारीकै अरुणोदय विद्यालयमा प्राथमिक शिक्षकको रूपमा स्वयम्सेवा गरेँ मैले । २०२९ साल फागुनदेखिजस्तो लाग्छ, त्यतिबेलाको गोकर्णस्थित सहयोगी निम्नमाध्यमिक विद्यालयमा सरकारी शिक्षककको नियुक्ति लिएर पढाउन थालेको थिएँ । वासुदेव पौडेल, श्याम सिग्देल, गोविन्द श्रेष्ठ, मोहन बास्कोटा, रामचन्द्र ढुङ्गाना लगायतका शिक्षकहरूसँग रमाइलो बितेको थियो त्यो छोटो समय । दुई वर्ष जति त्यहाँ पढाएर त्रि वि बाट स्नातक उपाधि प्राप्त गरेपछि २०३० को अन्त्य वा २०३१ को प्रारम्भतिर माध्यमिक शिक्षकका रूपमा प्रवेश गरेथँे म चामुण्डा माध्यमिक विद्यालयमा । २०३७ साल जेठमा पत्रकारका रूपमा गोरखापत्र प्रवेश नगरुन्जेल यही विद्यालय थियो मेरो कर्मथलो । विद्यालय शिक्षणमा चामुण्डा मेरो अन्तिम कर्मथलो भए पनि पाँच वर्षजतिको अन्तरालमा २०४२ सालदेखि फेरि शिक्षणस्ाँग गाासिए म । पशुपति क्याम्पसमा प्राध्यापन गर्दै अर्को पच्चीस वर्ष बितेछ । मूल पेशा शिक्षण नभएर पत्रकारिता भए पनि पूर्णकालीन र आंशिक शिक्षणमा जीवनको लगभग साढे चार दशक बितेको छ मेरो ।
अहिलेजति सम्पन्न थिएन त्यतिबेलाको चामुण्डा विद्यालय । कक्षाकोठाको अभाव थियो । त्यसैले गर्दा दुई सिफ्टमा चल्थे कक्षाहरू । भएका पनि जीर्ण– वर्षाभर बाहिरभन्दा भित्रै बढी पानी ओइरिने । होचा जस्ताका छाना, गर्मीको समय भित्र बस्नै कठिन । दुईजना कार्यालय सहयोगी अर्थात् पियन, एकजना लेखापाल र दश बाह्रजना शिक्षक । कुल त्यति नै थियो विद्यालयको जनशक्ति । विद्यार्थी सङ्ख्या पनि खासै थिएन, तर पनि साना साना कोठामा टन्नै हुन्थे । कालो राम्ररी नपोतिएको धसिएको कालोपाटी, कम गुणस्तरका जति घोट्दा पनि नलेखिने चक, आवश्यक विषयशिक्षकको सधैं अभाव । पुस्तकालय कुन चराको नाम हो, थाहा थिएन । जिल्ला शिक्षा कार्यालयबाट कहिल्यैै समयमा बजेट नआउने । विद्यार्थीबाट उठेको मासिक शुल्कले स्टेसनरी सामान र अरु आकश्मिक खर्च नै धान्न कठिन । त्यसैले समयमा तलब समेत पाउन मुस्किल । अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको कोटा भए पनि प्राय खाली नै हुने । अनि अन्य विषय शिक्षकले जानी नजानी कोर्ष सक्नुपर्ने वाध्यता सामान्य थियो त्यतिबेलाको चामुण्डामा । त्यही वाध्यतामा नेपाली विषयको शिक्षक भएर पनि अङ्ग्रेजीको कक्षा लिनुपथ्र्यो मजस्ताले । पनि मिहिनेत गरेरै भए पनि जिम्मेवारी पुरा गर्ने प्रयत्न गथ्र्यौं हामी । केही पछि रत्नदास श्रेष्ठ प्रधान अध्यापक भएर आउनुभए पछि ठूला कक्षामा उहाँ आफैंले लिन थाल्नुभयो ङ्ग्रेजीको कक्षा र उहाँले नभ्याएका माध्यमिक केही कक्षामा सघाए पुग्थ्यो ।
रत्नदासजस्त आदरणीय प्रधानाध्यापकसँग काम गर्नु निश्चय नै एउटा राम्रो अवसर थियो । प्रगतिशील लेखक संघका संस्थापक सदस्यमध्येका रत्नदास बैद्य पुराना कम्युस्टि राजनीतिक कार्यकर्ता र विद्वान तथा सुरुचिपूर्ण व्यक्ति हनुहुन्थ्यो । म उहाँलाई आदर गर्थेँ ।
भर्खरै राष्ट्रिय शिक्षा योजा लागु भएकोले तालिम प्राप्त शिक्षक तयार गर्ने क्रममा सरकारले स्नातकको उपापाधि लिएर शिक्षण गरिरहेका हामीजस्ता तालिम नगरेका वा शिक्षा शास्त्रको. अध्ययन नभएका माध्यमिक शिक्षकहरूलाई एक वर्षे बीएडको अध्ययन गर्न प्रोत्साहन गरिरहेको थियो । तलवमान मैं परक थियो । बीएड गरेका शिक्षकले नगरेकाको भन्दा एक सय रुपियाँ बढी तलब पाउँथ्यो । ३२ सालतिर सय रुपियाँ भनेको ठूलै रकम हुन्थ्यो । साढे चार–पाँच सय रुपियाँमा एक तोला सुन आउँथ्योजस्तो लाग्छ । त्यसैले हामीजस्ताका लागि सय रुपियाँले धेरै अर्थ राख्थ्यो त्यस समयमा । यसैले गर्दा शिक्षणमैं लाग्न चाहनेहरूमा यो लाभकै लागि भए पनि बीएड गर्ने चाहना बढ्नु स्वाभाविक थियो । माध्यमिक शिक्षक हुन बीएडको उपाधि अनिवार्य गराउने सरकारको दीर्घकालीन लक्षमा अगि बढ्न यो प्रलोभनले रामै्र काम गरेको थियो । त्यसैले हामी केही मद्यमिक शिक्षक दिउँसोको कक्षा सकेर साँझ छ बजेदेखि चल्ने पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयको भवनमा चलेको एक वर्षे बीएड कार्यक्रममा भर्ना हुने अठोट ग¥यौं । समूहमा रत्नदस बैद्य स्वयम्, हरिप्रसाद अज्र्याल, जयन्ती लम्साल, ऋषिराम पौडेल थियौं । रत्नदास माड्साव र हरिदाइ हामीभन्दा अगिल्लो पुस्ताका थिए । जयन्ती महिला शिक्षक । अहिले त रातको समयमा सार्वजनिक यातायातको सुविधा पाइन्न, त्यतिबेला त यसको कुरै भएन । रत्नदास कोटेश्वर बस्नुहुन्थ्यो, जयन्ती चावहिल चुच्चेपाटी । हरिप्रसाद बौद्ध किनीदोबाटो र म अझ टाढा त्यतिबेलाको अनकन्टार आरुबारीमा । बस गौशालभन्दा यता आउँदैनथ्यो । हिउँदको छोटो दिनमा त सात बजे उता पाउनै सकिँदैनथ्यो । त्यो अवस्थामा रत्नदास बैद्य, हरिप्रसाद र जयन्ती म्याडमले रातीको कक्षामा पढेर बीएडको अध्ययन पूरा गर्ने हिममत देखाउनु कम साहसको कुरा थिएन । मेरा पिताजीका समवयी साथी रत्नदास सर र हरिप्रसाद दाइको उमेर अनि त्यो कालखण्डमा पनि महिलाहरूले सामना गर्नुपर्ने विविध जिम्मेवारी, समस्या र तत्कालीन समाजको साँधुरो दृष्टिकोण हेर्दा यी तीनैजनाको त्यो आँट साँच्चिकै सम्मानयोग्य थियो ।
रत्नदास श्रेष्ठ, हरिप्रसाद अर्याल, जयन्ती लम्साल, भोलानाथ चालिसे, अनन्त पौड्ल, गोविन्दप्रसाद घिमिरे, ऋषिराम पौडेल लगायत माध्यमिक शिक्षकका रुपमा कार्यरत थियौं । भोला २०३३–२०३४ तिर लोकसेवा दिएर निजामती सेवातिर लागे । नेपाल सरकारको सचिव भएर अवशाक प्राप्त भोलाको अघिल्लो वर्ष निधन भयो । त्यसको केही वर्षपछि अनन्त त्रिभुवन विश्वविद्यालयतिर गएर प्राध्यापक भएका डा. अनन्त पनि अब यस संसारमा छैनन् । अरु शिक्षकको पनि आउने जाने क्रम चलिरह्यो । म आफैं २०३७ जेठतिर चामुण्डा छाडेर गोरखापत्रतिर लागँे, गोविन्द घिमिरे लोकसेवा दिएर निजामति सेवा तिर र ऋषिराम आनन्दकुटीतिर होक्यार । सम्झना भएसम्म प्राथमिकदेखि निम्नमाध्यमिक कक्षा लिने अरु साथीहरूमा शीला बस्नेत, निर्मला अर्याल, ज्योति भट्टराई, ध्रुवराज शर्मा आदि भए जस्तो लाग्छ त्यतिबेला । फणीन्द्र दाइ (फणीन्द्रराज भट्टराई) का कान्छा छोरा ज्योति अत्यन्त क्षमतावान थिए । उनले पनि असमयमैं संसार छाडे ।
पहिले बाहिर बाटैबाट देखिन्थ्यो अलि अग्लो ढिस्कोमा बनेको चामुण्डा स्कुलको एकतले भवन । जसमा विद्यालयका कक्षा सञ्चलन हुन्थे । अहिले स्कुलले नै निर्माण गरेर आयवृद्धिका लागि भडामा लगाएका अग्ला घर, स्थनीय बासिन्दाका गगनचुम्वी भवनहरूले छोपेर सडकबाट लुकाएको छ विद्यालयलाई । विशाल विशाल आधुनिक भवन र कक्षा कोठाले सुसज्जित छ आजको चामुण्डा माध्यमिक विद्यालय ।
भौतिक वातावरणमा गरिब भए पनि आत्मीय र बडो रमाइलो थियो त्यतिबेलाको चामुण्डाको वातावरण । अहिलेकोजस्तो धुवाँ, धूलो र ध्वनि प्रदूषणको चपेटामा परिसकेको थिएन यो ठाउँ । न जोरपाटी, न चामुण्डा नै अहिलेजस्तो व्यापारिक केन्द्र बनिसकेको थियो । सडकछेउ छिटपुट घरहरू, केही सीमित कम चलाउ किराना र र चियापसल । साँखु चल्ने सीमित सार्वजनिक बस । पानी जमेका खाल्टखुल्टी बाटो । अलि उता कलकल बगिरहने बागमतीको कञ्चन सफा पानी ! सााच्चिकै सफा र शान्त थियो नारायणटार, विद्यालयलाई सुहाउँदो वातावरण ।
अहिले त्यही बाटो हिँड्दा ताजा हुनेगर्छन् पुराना याद । मेरो जीवनको एउटा कार्यथलो र महत्वपूर्ण कालखण्ड सम्झेर भावनामा बग्न पुग्छु म । अहिले मे्नका म्याडमको मार्फत नै भए पनि धेरै वर्ष पछि चामुण्डाले सम्झेर प्रकाशनको निमित्त केही पठाउने आग्रह गरेपछि एक पटक फेरि पूर्वस्मृतिको मीठो संसारमा विचरण गर्न पुगेको छु म । यो अवसर दिएकोमा धन्यवाद, चामुण्डा, धन्यवाद मेनका वहिनी !
२०७३ जेठ ११
विजय निवास आरुबारी

No comments:
Post a Comment