युगौंदेखिको चिरन्तन प्रश्न हो– धर्म के हो ?
एउटै उत्तर सायद अझै पाइँदैन । खोजीकै विषय बनेको छ यसको सर्वमान्य र सर्वस्वीकृत उत्तर । यस प्रश्नको जवाफ खोज्ने क्रममा हजारौं ग्रन्थ लेखिएका छन्, हजारौं धर्मशास्त्री र विद्वान् दार्शनिकहरूले जीवन व्यतीत गरेका छन् धर्मचिन्तनमा ! संसारमा जति लेखिएका छन्, जति सोचिएका छन्, संभवतः धर्म कै विषयमा सबैभन्दा बढी लेखिएका छन्, सोचिएका छन् ।
प्राकृतिक गतिविधिबाट सिर्जित प्रकोपद्वारा धनजनको क्षति नहोस् भनी आदि मानवसमाजले भयवश गर्नथालेको प्रकृतिपूजा र अदृश्य शक्तिको आराधनाबाट ईश्वर र धर्मको आविष्कार भयो सायद् । त्यही ईश्वर र धर्मलाई तत्कालीन समाजले सामाजिक संहिताको रुप दिँदै गयो । अर्थात प्रारम्भिक धर्मशासित समाजले समाज सुसञ्चालनका गर्नका लागि तय गरेको नियम यथार्थमा धर्म थियो । त्यही धर्मले अघोषित कानुनको रूपमा लिँदै गयो ।
मानिस आफूले बनाएको नियम कानुनको अधीनमा आफैं बस्न रुचाउँदैन । त्यसैले त्यो नियमलाई ईश्वर र धर्मको नाउँमा अघि सारेर त्यतिबेलाको विद्वत् समाजले मानिसलाई धर्मको नाउँमा सामजिक बन्देजभित्र बाँध्यो । चोरी नगर्नू, झुट नबोल्नू, हिंसा नगर्नू भन्नेजस्ता समाजको त्यो धार्मिक नियमन सामाजिक कानुन बन्यो । धर्मभीरु समाजमा मानिसले त्यसको उल्लंघन गर्ने साहस गर्दैनथे ।
निर्गुण–निराकार सम्पूर्ण ब्रह्माण्डका शासक–नियामक ईश्वरप्रदत्त संहिताका रूपमा समाजलाई दिइएको धर्मरुपी सामाजिक संहिता उल्लंघन गरी त्यही संहिताले देखाएको पाप र नर्कजस्ता दण्ड भोग्न त्यो. समाजमा हतपति कोही तयार थिएन । अहिलेको समाजमा समेत यो सोच उत्तिकै बलियो देखिन्छ । राज्यले लगाएको कानुनको भन्दा बडी यही पुरानो सामाजिक नियम अर्थात् धर्मको डर मान्छ । त्यसबेलाको त झन कुरै भएन । संसारका प्रमुख ११ धर्म सनातन, बौद्ध, जैन, यहुदी, मुस्लिम, क्रिश्चियन, कन्फुसियस, सिन्तो, पारसी, एमिनिष्ट र फेटिष्टका का साथै तिनका यावत् सम्प्रदायमा सार रुपले धर्मको मूलभूत तत्व समान नै छन् । चोरी नगर्नू, झुट नबोल्नू, हिंसा नगर्नू नै त यी सबै धर्मका मूलभूत मर्म हुन् । अठार पुराणाको निचोड– अष्टादश पुराणेषु व्यासस्य वचान द्वयम । परोपकार पुण्याय पापाय परपीडनम । अर्थात् अरुको उपकार गर्नु पुण्य र अरुलाई पीडा दिनु वा मर्का पार्नु नै पाप हो भन्ने भनाइलाई सबै धर्मले कुनै न कुनै अर्थमा मानेकै देखिन्छ ।
सनातनीले यमनियममा धर्म देखे । अहिंसा अर्थात मन वचन र कर्मले अरुको शारीरिक वा मानसिक हानि नोक्सानी नगर्नु, सत्य, अस्तेय अर्थात चोरी नगर्नु, ब्रह्मचर्य र अपरिग्रह (संग्रह हीनता) जस्त मूलतः यमका पाँच अंग र शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरभक्ति जस्ता नियमका पाँच भेदको पालनामैं मानव धर्म विद्यमान रहन्छ भन्ने यो दृष्टिकोण संसारका अरु धर्ममा पनि कुनै न कुनै रुपमा रहेको भेटिन्छ ।
बुद्धले बस्तु मात्र क्षणिक र दुःखका रूप हुन्, संसारका क्षणिक पदार्थहरूको तृष्णा दुःखको मूल हो, तृष्णा नष्ट भएपछि दुःखको अन्त्य हुन्छ र मानव हृदयबाट अहंको भाव र रागद्वेषका वृत्तिहरूको निवृत्तिबाटै निर्वाण प्राप्त हुन्छ भनी देखाएका चार सत्य अर्थात आर्यसत्यमा पनि प्रकारान्तरले सायद् यिनै मानव धर्मका मूलभूत पक्षहरू अन्तर्निहित छन् ।
तिनैै निर्गुण–निराकार सम्पूर्ण ब्रह्माण्डका शासक–नियामक मानिने ईश्वरचिन्तनले गहनता लिने क्रममा दर्शनको विकास हुँदै गयो र संसारमा अनेकौं दार्शनिक चिन्तनबाट जीवनपरक ज्ञानको निचोडहरू बेद्, उपनिषदलगायत धार्मिक काव्यहरूको सृजना हुँदै गए । यिनैको सृजना धर्मचिन्तनमा धर्मशास्त्री, विद्वान्, दार्शनिकहरूले जीवन बिताइका छन्, पुस्तौं पुस्ता समर्पित भएका छन् यसका लागि ।
धर्म न्यायका पक्षमा हुँदा त्यो कहिल्यै धर्मको प्रतिकुल हुँदैन भन्ने ग्ल्याडस्टोनको धारणा आज धर्मकै नाउँमा भइरहेका हत्या, हिंसा, आतङ्कले खण्डित गरिरहेका छन् । धर्मलाई राजनीतिक हतियार र शक्तिविस्तारको माध्यमका रुपमा प्रयोग गरिँदा धर्मका नाउँमा अन्धविश्वास र विभेद मात्र होइन हत्या र हिंसाको समेत प्रवेश गराइयो । धर्मान्धताले धर्मको शाश्वत अर्थ र मनवतावादको मूल मर्ममाथि नै प्रहार ग–यो, गरिरहेको छ । धर्मान्धताद्वारा मानवजातिको उन्नति हुन्छ भन्ने सोच्नु भूल हो । धर्मान्धता त मन्छेलाई पछाडि धकेल्ने शक्ति हो, जसबाट घृणा उत्पन्न हुन्छ र यसले मनुष्यलाई एकअर्कासँँग लड्भिड गर्न उक्साएर सहानुभूतिशून्य बनाउँछ । कुनै पनि सच्चा धर्मले अन्यधर्ममाथि विद्वेष राख्दैन ।
धर्म यो बाधते धर्मः, नस धर्म कुधर्मतत् ।
अर्थात् जुन धर्मले अरुको धर्ममा बाधा पु¥याउँछ, त्ये धर्म नभएर कुधर्म हो ।
महर्षि याज्ञवल्क्य ।
हुन पनि मानिसले सारा संसार पाए पनि आत्मा गुमायो भने उसले के पायो ? संसारै पाए पनि मरेपछि ती केही साथ जाँदैनन्, जाने कीर्ति मात्र हो । किन भने हामी यथार्थमा व्यक्ति वा बस्तुमा सधैं रहने गुण वा मूल वृत्ति, प्रकृति वा स्वरूपलाई नै धर्म मान्ने गर्दै आएका छौं ।
धर्म कहिल्यै कसैलाई बदलाको भावले हेर्दैन । तर आज क्रिश्चियानिटी, मस्लिम, हिन्दु आदि धर्मका बीच शक्तिआर्जनको होडमा आपसी विद्वेषको विष छरिँदै छ । यही विद्वेषका कारण असङ्ख्य जातीय हिंसा भइरहेका छन्, धर्मका नाउँमा धर्मयुद्ध–जेहाद छेडिँदै आएका छन् । सीमित स्वार्थप्रेरित समूहको रणनीतिमा हजारौं निर्दोष मानवले ज्या गुमाउनु परेको छ । हिजै मात्र अर्थात् २०७३ असार १८ गते छिमेकी देश बंगलादेशमा यस्तै र्धािमक कट्टताले सिर्जना गरेको आतङवादी हिंसामा २० जना विदेशी नागरिकले ज्यान गुमाउनु प¥यो । यो घटनाले सम्झाएको एकजना युुनानी दार्शनिक डायोजिनिस सम्बन्धी एउटा कथन उल्लेख गर्दै यो छोटो चर्चालाई विश्राम दिन चाहन्छु ।
एकजना मित्रले एकपटक युुनानी दार्शनिक डायोजिनिसलाई सोधेछन्– कुनै तरिका बताउनोस् जसबाट म आफ्ना शत्रुसँग बदला लिन सकूँ ।
डोयोजिनिसले भनेछन्– तरिका अत्यन्त सजिलो छ, आफ्नो शत्रुभन्दा बढी सज्जन बन्ने प्रयास गर्नुहो ।
हुन पनि कुनै पनि सद् मानव धर्मले सिकाउने यही नै हो ।
२०७३ असार १९
विजय निवास, आरुबारी

No comments:
Post a Comment