Saturday, September 17, 2011

मरुभूमिको फूल !

(मिर्मिरे पूर्णाङ्क ३०९, असार–साउन २०६८मा प्रकाशित)
– विजय चालिसे
मरूभूमिका माझ सुन्दर हरियाली, मन लोभ्याउने झरना र तालहरू ! मलाई प्रकृतिले रचेको एउटा सुन्दर महाकाव्यजस्तै लागेथ्यो माउन्ट अबु !
यहाँ आइपुग्नासाथ शीतल जलझैं शितलता फैलाउँदै आँखाभरि तैरिएको यो दृश्य मेरो कल्पना र अनुमानभभन्दा एकदमैं भिन्न थियो– कुनै कतै मेल नखाने ! जतिसुकै मेरो कल्पनाबाहिर भएपनि यतिबेला घाम भंmै उज्यालो सत्यका रूपमा मेरा आँखा अगाडि प्रत्यक्ष उभिएको थियो । भूगोलको मेरो सीमित ज्ञानमा आँखाले नभेट्ने गरीे विस्तृत रूपमा फैलिएको  बालुवै बालुवाको आगो झैं तातो मरुभूमि मात्र हुनुपथ्र्यो यो । त्यसैले थार मरुभूमिको यो ठाउँमा हरियालीपूर्ण पहाडी थुम्को र रसिला पानीका झरनाको मनोरम उपस्थिति सुरुमा स्वैरकल्पना जस्तो लाग्नु मेरा लागि अस्वभाविक पनि थिएन । मेरा लागि मात्र होइन, मेरा साथ रहेका मित्र तेज र अरु सहयात्रीको अनुहारमा पनि त्यही खालको आश्चर्य भाव फैलिएको सजिलै देख्न सकिन्थ्यो ! 
हामी भर्खरै उत्तरी भारतको एउटा प्रान्त राजस्थानस्थित थार मरुभूमिबीच उठेको एउटा सानो पहाडी भेगमा आइपुगेका थियौं । राजस्थानको बलौटे भूमि अर्थात थार मरुभूमिबीच टक्क्रक्क बसेको अग्लो एकमात्र सानो पहाड, माउन्ट अबुको प्राकृतिक छटाले हामीलाई लठ्याइरहेको थियो । सुरुदेखि अन्त्यसम्मै लगभग ८५० किलोमिटर दक्षिण–पश्चिम हुँदै उत्तर–पूर्व तर्फ लम्बिएको थार मरुभूमि र अरावली पहाडी श्रृङ्खला राजस्थानको प्रमुख भौगोलिक विशेषता थियो । यही श्रृङ्खलाको दक्षिण–पश्चिमी कुनोमा रहेको सानो तर सुन्दर पहाड थियो माउन्ट अबु । राजस्थानको दक्षिणी छेउमा रहेको माउन्ट अबु अराबली श्रृङ्खलाको दक्षिणपश्चिमी उच्च शिखर अबु पहाडस्थित गुरुशिखरदेखि उत्तरपूर्वसम्म विस्तारित छ ।
हो, म विश्वकै सर्वोच्च शिखर सगरमाथाको देशको बासिन्दाका आँखामा माउन्ट अबुको उँचाइ आफैंमा उल्लेख्य उँचाइ थिएन । मेरो देशका यत्रतत्र देखिने हजारौं साना–मझौला पहाडी थुम्काजति पनि अग्लो थिएन होला समुद्री सतहबाट ११ सय ६४ मिटर मात्रै अग्लो यो माउन्ट अबु ! मेरो काठमाडौं (१३५० मिटर) नै योभन्दा अग्लो थियो । यसको सबैभन्दा अग्लो शिखर गुरूशिखर (१७२२ मिटर) भन्दा १ हजार मिटर अग्लो त मेरो शिवपुरी (२७३२ मिटर) नै थियो । तर, मरुभूमीबीच मेरो कल्पनाभन्दा बाहिरको यो हरियालीपूर्ण पहाड र यसका अभिराम प्राकृतिक दृश्य भने नितान्त भिन्न थिए । यसको सबैभन्दा ठूलो विशेषता सायद् यही थियो । त्यसमाथि यो सानो पहाडमा गरिएको पर्यटन विकासका अधिकतम उपयोग मेरा लागि सिक्नै पर्ने पाठ थियो सायद् । पूर्वाधार विकास र पर्यटनजन्य उद्योगको आधारभूत विकासलाई भन्दा चटपटे अनुहारहरूलाई सद्भावनादूतको नौटङ्की घोषणा गर्दै प्रभावहीन आन्तरिक प्रचारमा करोडौं बजेट मात्र सक्ने मेरो सतही अभियानले यस्ता कुराबाट धेरै सिक्न सक्नुपर्ने हो ।
सानोमा भूूगोलको पाठ पढ्दा नक्सामा भारतको देखेको थिएँ राजस्थान र त्यहाँको थार मरुभूमि ! अहिले जीवनकोे उत्तरार्धमा त्यही राजस्थान र थार मरुभूमिबीचको सुन्दर पहाडी भूभागमा उभिन पुगेको थिएँ म । खैरो खाँडसारी रङको बलौटे समथर मरुभूमिबीच समुद्र तहबाट सरदर १२१९ मिटर उँचाइको थार मरुभूमिमा गर्वोन्नत उभिएको लाम्चिलो हरियो पहाड बालुवाको थुप्रोमाथि थपक्क बसेको सुन्दर बगँैचाजस्तै लागेथ्यो यो ! 
“साँच्चै सुन्दर रहेछ माउन्ट अबु !” ममात्र होइन तेज पनि अभिभूत देखिन्थ्यो अबु पहाडको सौन्दर्य देखेर । उसको यो अभिव्यक्तिले यही कुरा देखाइरहेको थियो ।
नेपाली यात्रीहरूको एउटा ठूलै समूहमा मिसिएर आइपुगेका थियौं हामी यस ठाउँमा । विश्व प्रसिद्ध पर्यटकीय केन्द्र र ख्यातिप्राप्त राजयोग अध्ययन केन्द्र अर्थात प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको प्रधान कार्यालय यही पहाडी क्षेत्र माउन्ट अबुमा रहेको थियो । त्यही विश्वविद्यालयको अभियान ओम शान्तिको नेपाल केन्द्रद्वारा आयोजित प्याकेज टुर अन्तर्गत भिआइपी यात्रीका रूपमा आइपुगेकोछु म यो ठाउँमा । मुस्किलैले रसिलो र हरियाली देखिने बलौटे भूमिभित्र यति हराभरा जङ्गल र तलाउ–झरनाहरूको सुन्दर प्रचुर स्रोतले घेरिएको अरावली पर्वत श्रृङ्खलाको यो सबैभन्दा उच्च पहाड साँच्चि नै रमणीय र चित्ताकर्षक थियो । यही रमणीयता र शीतलताकै कारण त भारतीय राज्य राजस्थानको गृष्मकालीन राजधानी रहँदै आएको थियो यो धेरै वर्षदेखि !
भनिहालेँ– धेरै छौं हाम्रो टोलीमा । म छु, मेरी श्रीमती लक्ष्मी र बहिनी शशी अनि बुहारी इन्दिरा छन् । तेज छ, र हुनुहुन्छ भाउजु प्रतिभारश्मि श्रेष्ठ । अनि नेपालका अरु विभिन्न भाग र भूगोललाई प्रतिनिधित्व गर्दै आएका महिला पुरुषको ठूलै टोली छ । यस्तो खालको यात्रा मेरो जीवनको पहिलो यात्रा पनि हो । त्यसैले नितान्त भिन्न अनुभूति सँगालिरहेको छु म, अत्यन्त नौलो अनुभव ! कसैका लागि तीर्थाटन बनेकोछ यो मधुवन यात्रा, कसैको लागि भारतीय उत्पादनको सपिङ टुर ! मजस्ता केहीका लागि भने चरैवेती र यायावरीय प्रवृत्तिको नयाँ अनुभव सँगाल्ने एउटा अवसर ।
जे होस्, बस र रेलको पट्यारलाग्दो लामो यात्राबाट थकित हाम्रो मन–मस्तिष्क र सबै शरीर नै रसिलो फुर्तिलो तुल्याइदिएको थियो माउन्ट अबुको यो मनोहारी दृश्यले । २०६८ साल जेठ महिनाको २८ गते शनिवार विहानै काठमाडौं छाडेका थियौं हामीले यताका लागि । त्यो रात वीरगन्जमा बिताएका थियौं । वीरगन्जमैं गोरखापत्रका स्थानीय प्रतिनिधि कन्हैयालाल केसरीको सौजन्यमा भारत यात्राभरका लागि मोबाइलको सिम कार्ड उ(पलब्ध भएको थियो । बीरगन्जबाट भोलिपल्ट बिहानै कौला खाएर रक्सोलमा रेल समातेका हामी माउन्ट अबु नपुगुन्जेल नै निरन्तर यात्रामा थियौं । भनेकै समयमा छुटेको थियो हामीलाई गोरखपुर हुँदै दिल्लीसम्म पु¥याउने सत्याग्रह नामक पहिलो रेल । तीन महिना अघि नै वातानुकूलित डब्बामा स्थान सुरक्षित छ भनिए पनि त्यो भनाइ असत्य रहेछ भन्ने यहाँ आएर मात्र थाहा पाएका थियौं हामीले ! त्यसैले गोरखपुरसम्म एसी बिनाको स्लिपरमैं विहार र उत्तरप्रदेशको गर्मी चाख्दै पुगेकाथियौं गोरखपु । गोरखपुर पुगेर एसीमा सरेपछि बल्ल सुखको सास फेरेका थियौं हामी सबैले !
त्यसको भोलिपल्ट विहान एघार बजे दिल्ली ओर्लिएका हामी त्यहाँ लगभग पाँच घन्टा बिताएर आश्रम रेलद्वारा प्रस्थान गरेका थियौं माउन्ट अबुका लागि । दिल्लीबाट उताको यात्रामा एसी छ भनेर पनि थिएन हाम्रो टोलीका लागि । यो असमान यात्रा व्यवस्था देख्दा लाग्थ्यो– झुक्याएरै पो यात्री जम्मा गरिँदो रहेछ क्यारे ! दिल्लीबाट जति उता लाग्यो तातो हावाको झोक्का उति नै बढ्दो थियो । केही घन्टाको यात्रापछि बिस्तारै उत्तर–दक्षिण खैरो ढुङ्गाको चट्टानै चट्टानजस्तो मझौला खाले पहाडी श्रृङ्खला देखिँदै गयो । हरियाली यदाकदा मात्र देखिन्थे । राजस्थानका अलबलर जङ्सन, दिगबडा हुँदै ऐतिहासिक राजगढ र बसनालाई पछाडि छाडेर हामी अघि बढ्दै गयौं । भूसंरचना देख्दा लाग्थ्यो अब मरुभूमिको प्रारम्भ भएकोछ । रातभरको यात्रा छिचोलेर विहान साढे चार बजे पुग्यौं हामी यो यात्राको अन्तिम विन्दु अबु रोड स्टेसनमा ।     
त, त्यसरी निरन्तर तीन दिनसम्म बस–रेलको यात्रा गर्दै थाकेर ओर्लियौं अबुरोड स्टेसनमा । शनिवार बिहान सुरुभएको हाम्रो यात्रा एक रात बीरगन्जमा आरामले बिताए बाहेक आज मङ्गलबार बिहानसम्म लगातार रेलभित्रै बितेको थियो । त्यसैले मानसिक र शारीरिक रूपमा समेत निकै थाकेका थियौं हामी !
केन्द्रकै बसमा राजयोग केन्द्रको शान्तिवन भित्र रहेको मनमोहनी कम्ल्पेक्समा रहेको त्रिलोकभवनमा पुगेर त्यसको चौथो तलास्थित ८९ नं कोठामा सामान बिसाएयौं हामीले । नुहाइधुवाइ गरेर केहीबेरको विश्रामपछि केही आराम मिलेको थियो त्यतिबेला । महिला टोलीलाई बह्मलोक भवनमा राखिएको थियो । यसैले त्यहाँ बसुन्जेल सँगै आएका श्रीमान श्रीमतीहरूको समेत भेटघाट हुन मुस्किल थियो ।
केहीबेर विश्राम गरेर खानपनि सकेपछि हामी फेरि अबु पहाडको यात्रामा हिँडेका थियौं । अबु रोडबाट २२ किलोमिटर लामो पहाडी घुम्ती उकालो नागबेली चढ्दै पुगेका थियौं अबु पहाड ! जे होस्, बस र रेलको लामो पट्यारिलो यात्राले थाकेको हाम्रो मन, मस्तिष्क र शरीर सबैलाई रसिलो फुर्तिलो तुल्याइदिएको थियो यो पहाडी हरित दर्शनले ।
पौराणिक साहित्यमा अर्बुदाञ्चल भनिने भारतको राजस्थानस्थित माउन्ट अबु एउटा सानो भौगोलिक क्षेत्र थियो । पौराणिक कालमा ऋषिमुनिहरूका लागि तपस्यास्थल थियो रे यो अबु भूमि । भनिन्छ विश्वामित्रसँग मतभेद भएपछि ऋषि वशिष्ठ यही ठाउँमा आएर राक्षसहरूबाट धरतीको रक्षा गर्न भनी यज्ञको  आयोजन गरेका थिए रे ! लोकोक्ति भन्छ— एक पटक ऋषि वशिष्ठको गाइ नन्दिीनी पहाडको एउटा साँघुरो ककारोमा फसिछन् । गाईलाई त्यस ककारोबाट निकाल्न वशिष्ठको अनुरोध अनुसार शिवजीले सरस्वती नामक झरना पठाइदिएछन् । झरनाको पानी साँघुरो ककारोमा भरिएपछि गाई तैरिँदै माथिल्लो फराकिलो भागमा पुगेर बाहिर निस्किएछ । त्यसपछि फेरि यस्तो घटना नदोहोरियोस् भन्ने सोची वशिष्ठले पर्वतराज हिमालयका कान्छा छोरालाई उपाय गर्न अनुरोध गरेछन् । उनले त्यो खोँचलाई पहाडले भर्न लगाए छन् ! यस कार्यमा उनले अरबुदा नाम गरेको एउटा बुद्धिमान तथा शक्तिसाली सर्पको सहयोग लिएछन् । त्यही सर्पको नाउँमा रहेको थियो रे यस पहाडको नाउँ अरबुद पहाड । त्यही अरबुद पहाड अहिले माउन्ट अबु भएको छ । त्यसैले यो “अर–बुदा” अर्थात बुद्धिको पहाडका रूपमा समेत चिनिन्थ्यो रे । अर्को भनाइमा पुराणमा अर्बुदारण्य अर्थात् अर्भुको जङ््गल थियो रे यसको नाउँ ! अबु यही अर्भुको सङ्क्षिप्त रूप हो । सन् २००५ को जनगणना अनुसार २२ हजार जति मात्रै जनसङ्ख्या भएको यो सानो पहाडी बस्ती अरावली पर्वत श्रृङ्खलाकै सबैभन्दा अग्लो पहाड थियो । २२ किमि लामो र ९ किलोमिटर जति चौडा माउन्ट अबु नै यस क्षेत्रका नदी, झरना र वनस्पतिको प्रमुख स्रोत थियो ।
 अबु पहाडका विभिन्न आकर्षण थिए– मानव निर्मित विशाल तलाउ नख्खी झिल, त्यसकै छेउमा बनेको गान्धी उद्यान, तलाउकै छेउको रघुनाथजी मन्दिर, चट्टा निर्मित विभिन्न आकर्षक संरचनाहरू, गुरु शिखर, शान्ति उद्यान, दिलवाडा जैन मन्दिर आदि....आदि...। सब नै उत्तिकै आकर्षक थिए, उत्तिकै कलात्मक र ऐतिहासिक ! यी ऐतिहासिक धरोहरका अतिरिक्त माउन्ट अबुलाई पाण्डव भवन अर्थात् मधुवनस्थित प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्व विश्वविद्यालय र यससँग सम्बन्धित विभिन्न भवन, अस्पताल, सङ्ग्रहालय र सभा–प्रवचनकक्ष तथा यिनका गतिविधिहरूले वर्तमानमा परिचित र आकर्षणको केन्द्र बनाएको थियो ।  
हामीलाई सबैभन्दा पहिले लोभ्याउनेमा थियो मुख्य बजार नजिकैको यस ठाउँकै मुटु मानिने नख्खी झिल ! पौराणिक आख्यान अनुसार देवताहरूले आफ्नो नङले कोतरेरै बनाएका हुने रे यो ताल । त्यसैेले यसको नाउँ नै नख्खी झिल रह्यो । स्थानीय मनिसहरू पवित्र तलाउ मानेर यसको पूजाआजा गर्न थाले । समुद्र सहतबाट १२ सय मिटर माथि रहेको यो ताल भारतभरमैं एक मात्रै मानव निर्मित ताल मानिँदो रहेछ । यहाँका अधिकांश होटेल चमेनागृहहरू रहेको यो तलाउ क्षेत्रमा सायंकालीन ंभ्रमण, डुङ्गा सयर र सुन्दर दृश्यहरूको अवलोकन गर्नेहरूको अत्यन्त प्रिय ठाउँ रहेछ । त्यो भीडमा स्थानीय मानिस र पर्यटक दुबैनै समान रूपले सहभागी हुुन्छन् रे ! सुन्दर दृश्यले भरिएको पहाड, उद्यान र विभिन्न आकृतिमा ठडिएका आकर्षक चट्टानहरूले घेरिएको नख्खी झिल साँच्चि नै आकर्ष थियो । त्यसैले यो तलाउ र तलाउ क्षेत्र माउन्ट अबुकै प्रमुख आकर्षण बन्नु स्वाभाविक थियो । विभिन्न हिन्दु मन्दिरहरू रहेको यो तालनिकट पहाडभरि अनेकौं आकारका आकर्षक चट्टानका साथै रघुनाथ मन्दिर र जयपुरका महाराजको दर्बार पर्यटकहरू बोलाइरहेका थिए । नख्खी झिलको दक्षिणपटिको पहाडमा तलाउलाई हेरिरहेझैं लाग्ने एउटा विशालकाय चेपेगाँडा आकारको चट्टान प्रकृतिको साँच्चै नै अनौठो कला सिर्जना थियो । यस्तै अरु पनि चट्टानी संरचना थिए यसका छेउछाउ । शान्त–स्निग्ध स्वेतवस्त्रधारणी धर्मप्रचारिकाजस्तै लाग्ने विनम्रतापूर्वक हात जोडर उभिएकी इसाइ सुन्दरीजस्तै देखिने अर्को नन रक, उँटकै आकारको क्यामल रक, हात्तिको आकारको एलिफेन्ट रक आदि सबै नै चकित पार्ने प्राकृतिक संरचना थिए !  
सबैलाई मोहित तुल्याउने अर्को आकर्षण थियो दिलवाडा जैन मन्दिर । युनेस्कोको विश्व सम्पदामा सूचीकृत यो जैन मन्दिर जैन धर्मावलम्बीहरूको आस्थाको केन्द्र त थियो नै, कलाप्रेमी पर्यटकहरूको पनि प्रिय दर्शनीय स्थल थियो । विश्वकै प्राचिनतम सिन्ध भ्याली सभ्यता यही राजस्थानको भूमिमा विकसित भएको थियो क्यार !
दिलवाडा मन्दिर मन्दिरहरूको श्रृङ्खला थियो । सेतो सिंहमर्मरमा कोरिएका अति मिहिन कलाकृतिहरूको अत्यन्त उत्कृष्ट कलाकारिताका असङ्ख्य नमूना देखिने पाँच जैन तीर्थाङ्करहरूमा समर्पित यी पाँचवटा मन्दिरहरूको श्रृङ्खला इशापूर्व ११ देखि १३ औं शताब्दीमा बनेका थिए । जैन मन्दिरहरूमैं सबैभन्दा सुन्दर तथा अद्भूत वास्तुकला र मूर्तिकलाका लागि विश्वभर प्रसिद्ध थियो यो दिलवाडा मन्दिर । तिनमा २४ औं तीर्थाङ्कर महावीरलाई समर्पित गरिएको महावीर स्वामी मन्दिर, प्रथम जैन तीर्थाङ्करलाई समर्पित गरिएको आदिनाथ वा विमल वसही मन्दिर, लुन वसही भनिने नेमीनाथजी मन्दिर, पत्तिलहार भनिने ऋषभदेवजीको मन्दिर, पाश्र्वनाथ मन्दिर सबैनै एकसे एक आकर्षक थिए कलाकारितामा । जैन मन्दिरहरूको दिलवाडा सिङ्गो भारतीय वास्तुकलाकै सांस्कृतिक निधि थियो । मिहिन तरिकाले कुँदिएका स्वेत सिंहमर्मरका अत्यन्त सुन्दर कलाकृतिहरू अद्वितीय लाग्थे । कलाकारिताका दृष्टिले अति उत्कृष्ट मानिने दिलवाडा मदिरमध्येको सबैभन्दा अग्लो पाश्र्वनाथ वा खरतार वसही मन्दिरको भूतलमा चारवटा विशाल मण्डप थिए । अरु मन्दिरमा सिंहमर्मरको प्रयोग भए पनि यसको निर्माण भने बालुकाको प्रयोगबाट गरिएको हो रे ! यसका बाहिरी भित्तामा सुनौला रंगको बालुवाबाट बनेका सुन्दर मूर्तिहरू देखिन्थे । यिनै श्रृङ्खला अन्तर्गतको कुमारी कन्या र रसिया बालक मन्दिर भनिने मन्दिरसँग गाँसिएको एउटा रोचक लोककथा पनि सुनिएको थियो यहाँ आएर । किम्बदन्ती अनुसार त्यहाँकी राजकन्याको एकजना योगीसँग प्रेम परेछ । उनीहरूले विवाह गर्ने इच्छा प्रकट गरेछन् । त्यो थाहा पाएपछि राजा चिन्तित भएछन् । राजाको चिन्ता देखेर रानीले एउटा उपाय निकालिछन् । योगीका सामु उनले भोलिपल्ट  बिहान कुखुरा नबासुन्जेलमैं एकैरातमा पहाडको शिखरदेखि तल फेदीसम्म सिँढी बनाउनुका साथै नङले खनेर एउटा तलाउ बनाउन सक्यो भने ऊसँग छोरीको बिहे गरिदिने सर्त राखिछन् । त्यसो गर्न नसकेमा भने योगीले राजकुमारीलाई छाड्नु पर्ने उनको अर्को सर्त थियो । योगीमा दैवीशक्ति रहेकाले उनले सर्त स्वीकार गरेछन् । सर्त अनुसार दुबै काम समयभित्रै लगभग पूरा हुन लागेको थियो रे ! त्यत्तिकैमा रानीले सर्त हार्ने डरले झेल गरी कुखुरा बास्ने बेलै नभई कुखुरा बासेको आवाज निकालिछन् । कुखुराको त्यो नक्कली स्वर सुनेर योगी उज्यालो भयो भन्ने ठान्दै निराश भएर कुटीमा फर्केछन् । पछि सत्य कुरा थाहा पाएर उनले रिसको झोकमा रानी र राजकुमारी दुवैलाई पत्थरको मूर्ति बन्ने श्राप दिएछन् । उनीहरू पत्थरको मूर्ति बनेपछि आफू पनि दैवी चमत्कार गरेर मूर्ति नै बनेर साथै स्थापित भएको हुन् रे ! मन्दिर अगाडि दुईवटा नारी मूर्तिसँगै एउटा पुरुषको पनि मूर्ति छ । ती तिनै राजकुमारी र रसिक योगी वालमको हो भनिँदो रहेछ । भनिन्छ यो दिलवाडा मन्दिरको वास्तुकला र कलाकारिता भारतको प्रसिद्ध ताजमहलको भन्दापनि उत्तम मानिन्छ । यति महत्वपूर्ण ठाउँको अवलोकन हाम्रा लागि साँच्चै नै अविश्मरणीय थियो !
अनेकौं हिन्दु मन्दिरहरू पनि थिए माउन्टमा अबुमा । एउटै ठोस चट्टान कुँदेर बनाइएको आधारदेवी मन्दिर, रघुनाथजी मन्दिर, गुरुशिखर पहाडमा निर्मित दत्तात्रय मन्दिर, दुर्गा मन्दिर, अम्विका माता मन्दिर आदि... आदि...। यी सबै मन्दिरहरू हिन्दु धर्मावलम्वीका लागि मात्र नभएर सामान्य पर्यटक र कलाप्रेमीहरूका लागि पनि उत्तिकै आकर्षण बनिरहेका थिए ! 
माथि नै भनेँ– यता आएर माउन्ट अबुलाई लोकप्रिय र आकर्षक पर्यटकीय ठाउँमा परिणत गर्नमा प्रजापिता ब्रह्मकुमारी राजयोग केन्द्रका संरचना र गतिविधिहरूको ठूलै योगदान रहेको छ । एकजना हिराव्यापारीले आफ्ना सबै सम्पत्ति कोष (ट्रस्ट) मा राखेर यो यो ओम शान्ति अभियान सुरु गरेका थिए रे ! उनका भक्तबीच ब्रह्मकुमारी आश्रम र मधुवनका नाउँले परिचित माउन्ट अबुलाई विश्वभर चिनाउन ब्रह्मकुमारी विश्व आध्यात्मिक विश्वविद्यालय अर्थात् ब्रह्मकुमारी राजयोग केन्द्रको मुख्यालयले निकै ठूलो योगदान गरेको रहेछ । भक्तहरूद्वारा ब्रह्म बाबाका नाउँले सम्बोधन गरिने लेखराज कृपलानी नामक हिरा व्यापारीद्वारा सन् १९३० को दशकमा स्थापित यस विश्वविद्यालयमा राजयोग सिकाइन्छ । सन् १९३७ तिर ओम मण्डलीका नाउँमा कराँचीमा स्थापना भएको यो मण्डली सुरुमा विवादित रह्यो । युवा तथा विवाहित महिलाहरूको बढी सहभागिता रहेको त्यस ओम मण्डली सत्सङ्ग समूहमा विवाहित जीवनको वैधानिक यौनजीवन समेत आलोच्य मानिनथ्यो रे । त्यस्तै खालका अर्र्ती उपदेश दिइन्थयो रे । त्यसैले पारिवारिक दाम्पत्यजीवन प्रति वितृष्ण जगाएर परिवार विखण्डन गर्ने काम गरेको आरोपमा स्थानीय सिन्धी नागरिकहरूबाट तीब्र बिरोध भएछ । त्यो बिरोध अदालतसम्म पुगेछ र अदालतले नै यो मण्डलीलाई अबैध घोषणा गरेछ । मण्डली बन्द गरेर सिन्ध छाड्न दिएको सरकारी आदेशलाई भने अदालतले स्वीकार गरेनछ । त्यपछि यसको नाउँ ब्रह्मकुमारी राजयोग केन्द्र राखिएछ । पछि, सन् १९५० मा भारत विभाजन भएपछि यो केन्द्र सिन्धबाट माउन्ट अबुमा सारिएको रहेछ । भनिन्छ, अहिले विश्वका १०० देशमा रहेका ८५ हजार राजयोग केन्द्रमा ८ लाख २५ हजार विद्यार्थी अध्ययनरत छन् ।
यो विश्व विद्यालयका गतिविधि अबु सहरस्थित शान्तिवन कम्लेक्स र माउन्ट अबुका प्रधान कार्यलय गरी दुई  ठाउँमा सञ्चालन भइरहेका छन् । विश्वविद्यालयको प्रधान कार्यालय यही मधुवन भनिने अवु पहाडमा रहेको थियो । यहाँको पाण्डव भवन, सन् १९८३ मा बनेको ओम शान्तिभवन र ५ हजार मानिस एकै साथ बसेर प्रवचन सुन्न सकिने युनिभर्सल पिस हल, शान्ति स्तम्भ, ज्ञान सरोवर, ग्लोबल अस्पतालजस्ता संरचना हेर्नलायक थिए । अचलगढ तथा गुरुशिखर बीच लगभग १२ एकड क्षेफमा फैलिएको पिस पार्क अर्थात शान्ति उद्यान अर्को आकर्षण थियो । यो विश्वविद्यालय माउन्ट अबुमा सरेपछि भएको स्थानीय विरोध शान्त पार्न र उनीहरूको मन जित्न अबु पहाडमा सन् १९९१ मा बनाइएको ग्लोबल एन्ड रिसर्च सेन्टर र अबुरोडमा सन् १९९४ मा निर्मित जीवी मोदी ग्रामीण स्वास्थ्य केन्द्र तथा आँखा अस्पतालका सेवा र व्यवस्थापन दुबै हेर्न लायक देखिन्थ्यो । ओम शान्तिका नेपाली अभियन्ताहरू यस्ता कुराको शाखा नेपालमा पनि भित्र्याएर निमुखा नेपालीलाई पनि त्यस्तै सुविधा र सेवा दिलाउन किन चासो राख्दैनन ? ती अस्पताल देख्दा यस्तै प्रश्न उठेको थियो मेरो मनमा ! मधुवन र अबु सहरस्थित शान्ति वनभित्रका संरचना र तिनमा सञ्चालन हुने कार्यप्रणाली सामूहिक कार्य प्रणालीको साँच्चिकै सुन्दर उदाहरण थियो । त्यहाँ प्रयोग भएका आधुनिक विज्ञान र व्यापारिक–व्यवसायिक अत्मनिर्भताका उपायहरू हाम्रा यस्तै संस्थाहरूले पनि सिक्नु पर्ने हो, तर ख्वै ?
सन् १९६६ मा निर्माण सुरु भएको थियो अबु सहरस्थित ७० एकड जमिनमा फैलिएका शान्ति वन परिसरका संरचनाहरूको । तिनमा डायमन्ड हल, विश्वकै सबैभन्दा ठूलो भन्ने दावी गरिएको सौर–ऊर्जा संयन्त्र, जल प्रशोधनशाला, लगभग १० हजार मानिसलाई आवास सुविधा पुग्ने मनमोहनी कम्ल्पेक्सभित्रका ब्रह्मलोक भवन, त्रिलोक भवन, दिव्यलोक भवनजस्ता सुविधायुक्त संरचनाहरू सबै दृष्टिले व्यवस्थित र सुविधासम्पन्न देखिन्थे । आफ्नै खेती प्रणाली, छापाखा, प्रकाशन उद्योग, व्यवसायिकजस्तै बस सेवा, स्वयम्सेवी सेवा प्रणाली आदि । हामीले पनि सिक्नु पर्ने धेरै कुरा थिए । यहाँ देखिएको २० हजार मानिसका लागि एकै पटक खाना पकाउन सक्ने क्षमतायुक्त स्वचालित यन्त्रहरूको प्रयोग, विश्वकै सबैभन्दा ठूलो मानिने सौर–ऊर्जा संयन्त्र, आफ्नै जल–प्रशोधन संयन्त्र, एकै साथ ५ हजार मानिस बसेर खाना खान पुग्ने विशाल खाना खाने घर– सबै व्यवस्था साँच्चि नै प्रशंसायोग्य थिए। आध्यात्म र विज्ञान–प्रविधिबीचको यहाँको समन्वय निक्कै नै लोभलाग्दो थियो ! शान्ति वनको प्रमुख आकर्षण मानिएको स्तम्भविहीन डायमन्ड हलको आकर्षक वास्तुकला एसियाकै सबैभन्दा ठूलो वास्तु संरचना मानिँदो रहेछ । २० हजार मानिस एकै साथ बसेर प्रवचन सुन्न सकिने यो हलका अतिरिक्त यस्तै सुविधा भएका अरु धरै हलहरू थिए, शान्ति वन र मधुवन दुबैतिर ।      
ओम शान्ति भवनको प्रमुख प्रवचन कक्षमा गरिने प्रवचनहरू विदेशी र भारतकै विभिन्न १६ भाषामा सुन्न सकिने अनुवाद यन्त्रको जडान भएको रहेछ । भारतमैं बोलिने विभिन्न भाषमा समेत यो अनुवादको व्यवस्था थियो । तर स्वतन्त्र राष्ट्र नेपालको राष्ट्र भाषा नेपालीले भने यो सौभाग्य पाएको देखिएन । पूरै उपेक्षित थियो नेपालको पहिचान नेपाली भाषा । यो देख्दा नेपाली मन चसक्क दुःख्नु स्वाविक थियो । तर ओम शान्तिका नेपाली प्रचारक र अभियन्ताहरूलाई त्यस्ता कुराले छोएको देखिँदैनथ्यो । उनीहरू हिन्दी मुरलीको हिन्दी भक्तिमैं आनन्दित देखिन्थे ! नभए नेपालको ठमेल र अरु विभिन्न भूभामा रहेका ओम शान्तिका प्रमुख केन्द्र लगायत केन्द्र–उपकेन्द्रमा विहान विहान सुनाइने मुरली नाम गरेको प्रवचनलाई अनुवाद गरेर नेपाली भाषामा सुनाउन किन अल्छी गर्नु पथ्र्याे र ? ओम शान्ति अभियानमा गोलबन्द अधिकांश नेपालीको स्तर हिन्दी भाषामा संप्रेषित प्रवचन सजिलै बुझ्न सक्ने तहको छैन । न त कनीकुथी हिन्दी मुरली बाँचेर व्याख्या गर्ने गुरु वा प्रशिक्षकहरू नैं सबैमा त्यस्तो क्षमता देखिन्छ । त्यसैले ज्ञान नै दिने हो भने पनि सजिलै बुझिने नेपाली वा नेपालका अन्य मातृ भाषामा अनुवाद गरेर दिनु राम्रो होइन र ! हामी नेपाली नै हौं भने भारतीय भाषा, संस्कृतिका माध्यमद्वारा मानसिक उपनिवेशको विस्तारमा सहयोगी बन्ने यस्ता कुरामा गंभीर हुनु पर्ने होइन र ?
यस अभियानका अभियन्तामा भौतिक, आर्थिक र मानसिक श्रम शक्ति सुम्पने अनेकौं नेपाली पनि रहेकाछन् । तर ओम शान्तिका समर्थक हजारौं नेपालीको जमात तयार गरी धार्मिक पर्यटकका रूपमा भारतको मधुवन पु¥याएर तिनका माध्यमबाट करोडौं राष्ट्रिय पुँजी विदेश ओसार्ने बाहेक तिनबाट अहिलेसम्म स्वदेशका पक्षमा केही भएको देखिँदैन । ब्रह्मकुमारी राजयोग केन्द्रको ओम शान्ति अभियान मात्र होइन, साइबाबाका भक्तदेखि योगगुरु रामदेवसम्मका सबै समर्थक सहयोगीमा यही कुरा लागु हुन्छ । नेपालमा यस्ता असङ्ख्य धार्मिक र अर्धधार्मिक समूहरू क्रियाशील रहेका छन् । तर तिनको काम मात्र नेपाली मनमा भारतीय पन, हिन्दी भाषाप्रतिको अन्धभक्ति र भारतीय संस्कृतिको प्रसारणद्वारा राष्ट्रियता र राष्ट्रिय भावनालाई दिनप्रतिदिन कमजोर तुल्याउनु मात्र भइरहेको अनुभव हुन्छ । राष्ट्र, राष्ट्रिता र राष्ट्रिय विकासमा सहयोगी हुनका लागि यिनै संस्थाहरूबाट पनि हामीले सिक्नु पर्ने धेरै कुरा छन् । त्यतातिर हामी कहिल्यै सोचेनौं सायद् । मेरो यसपल्टको माउन्ट अबु यात्रामा यस्तै अनुभूतिले पुष्टि प्राप्त गरेको छ । हुनसक्छ, मेरो सोचाइ अति राष्ट्रवादी सोचबाट ग्रस्त रहेको होस् । यो सर्वांशमा सत्य नहुन पनि सक्ला यो अनुभूति । तर नेपाललाई भारतीयकरण गर्नमा सबैभन्दा बढी सहयोगी बन्नसक्ने यस्ता कुरामा समय छँदै गंभीर चिन्तन र चासो हुनु पर्ने होइन र ?
हामीले राजस्थान यात्राको अन्तिम पाइलो टेक्यौं राजस्थानकै सीमा नजिकै गुजरातस्थित प्रसिद्ध शक्तिपीठ अर्थात् अम्बाजी मन्दिरमा । छालाका सामान मात्र नभएर झोला, क्यामरा, पर्स केही लान नपाइने यो मन्दिरमा हामीले ती सबै सामान सुरक्षित रूपमा राख्ने सुविधाको उपयोग गरेनौं । हामीमध्ये नै एकजनालाई जिम्मा लगाएर लाम लागेका थियौं मन्दिर प्रवेशका लागि । मन्दिर प्रवेशको बाहिरी विन्दुसँगै पूर्वतिर केही उक्लिएको  लामो सिँढी र सिंहमर्मर ओछ्याइएको सफा मार्गका दायाँवायाँ पसलका लाम थिए । पूजा सामग्रीका सामान, शक्तिपीठसँग सम्बन्धित परिचय सामग्री, उपहारका सामग्री, विभिन्न हिन्दु देवीदेवताका तस्बिर, मूर्ति, माला, लकेटका साथै प्रसादका पचासौं स–साना पसलहरू स्थायी रूपमैं राखिएका देखिन्थे । मन्दिर सफासुघ्घर थियो, कतै पनि फोहरको दंसो देखिँदैनथ्यो । लामो भए पनि लाम अपेक्षकृत चाँडो चाँडो सर्दैथियो । मन्दिरभित्र प्रवेश गर्नासाथ केही बेरमैं हामी एउटा देवीको वाहन विशाल सिंह मूर्तिछेउमा पुग्यौं । त्यो वाहनकै अगाडि अम्वे भवानीको आकर्षक मूर्ति थियो । मूर्तिमा अवीर आदि दलेर पूजा गर्न नपाइने भएकोले हाम्रोमा जस्तो जताततै अवीर केसरी र फूल छरिएको देखिँदैनथ्यो । त्यसैले भित्र पनि उत्तिकै सफा देखिन्थ्यो । पूजासामान धूपबत्ती सबै पुजारीले लिएर अलगअलग स्थान वा पात्रमा जम्मा गरिरहेका थिए । आफैंले चढाउन नपाइने । हाम्रोमाजस्तो अवीर, केसरी, पानी, सगुनका नाउँमा रक्सी , दूघ र पञ्चामृत आदि मूर्तिमा जथाभावी दल्ने चलन नहुँदा मन्दिर र मूर्ति सफा रख्नमा निकै ठूलो सहयोग पुगेको देखिन्थ्यो । त्यताको त्यस्तो चलन हामीले पनि सिक्न सके ? हाम्रा मन्दिर पनि कति सफासुघ्घर हुन्थे होलान् !    
अम्वाजीको यो मन्दिर हिन्दुहरूका ५१ शक्तिपीठमध्येको एउटा थियो ।  स्वास्थानी कथा अनुसार आफ्नो अनुमतिबिना छोरी सतीदेवीले शिवजीसँग विवाह गरेकोमा हिमालय पर्वत रिसाएका थिए । त्यसैले महायज्ञको आयोजन गर्दा समेत उनले शिवजीलाई निम्ता गरेनन् । सतीदेवी माइत पुग्दा बाबुले ठूलो यज्ञको आयोजन गर्दासमेत आफू र आफ्ना पति शिवजीलाई नबोलाएको देखेर अत्यन्त अपमान महसुस गरेकी सतीदेवीले त्यही यज्ञकुण्डमा फाल हालिन । उनको त्यसरी मृत्यु भएको सुनेर ताण्डव रूप धारण गरी त्यहाँ पुगेका शिवले त्यो यज्ञ विध्वंश गरे । त्यसपछि सतीदेवीकोे मृत शरीर बोकेर विरहमा उनी संसारभर भौंतार्रिन थाले । शिवजीको त्यस्तो अवस्था देखेर सामान्य अबस्थामा ल्याउन भनी विष्णुजीले सतीदेवीको शरीर बिस्तारै गलेर खस्दैजाने उपाय गरेछन् । त्यस क्रममा उनको शरीर टुक्रा टुक्रा भएर ५१ ठाउँमा खसेछ । तीमध्ये यस ठाउँमा उनको मुटु पतन भएको थियो रे ! त्यसैले शक्ति पीठका रूपमा प्रसिद्ध रहेछ यो मन्दिर । हाम्रो गुह्येश्वरी जस्तै हिन्दुहरूको अत्यन्तै आस्थाको शक्तिपीठ मानिँदो रहेछ यो पनि ।  मन्दिरको मूलगर्भगृहमा मूर्ति नभएर एउटा यन्त्र रहेको छ रे । ५१ वटा पवित्र अक्षरका मन्त्र कुँदिएका त्यो स्वर्ण यन्त्र हाम्रै गुहेश्वरी पीठको यन्त्रकै प्रतिरूप हुने गरी उज्जैनमा बनाइएको हो रे । स्थानीय मानिसका अनुसार यो यन्त्रमा नवदुर्गाका प्रत्येक दिन अलग अलग रूप देखिन्छ रे । यहाँ भादौ पूर्णिमा, नवरात्रि र अन्य पर्वहरूमा लाखौं मानिस दर्शनार्थ जम्मा हुने गर्छन् । ती समयमा गुजरातको प्रसिद्ध गर्वा नृत्य नाचिने गर्दो रहेछ ।
अम्वादेवीको दर्शनसँगै स्वदेश फर्कने क्रममा दिल्ली प्रस्थान गरेका थियौं हामी । मिश्रित अनुभव र अनुभूति बोकेर फर्किएको थिएँ म यस यात्रामा । अझ लामो जागिर र जागिरका क्रममा भएगरिएका भ्रमणभन्दा नितान्त भिन्न आफ्नै खर्चमा एउटा धार्मिक खालको संस्थाको प्याकेजमा समावेस भएर गरिएको यो मेरो पहिलो यात्रा थियो । यस अर्थमा पनि नितान्त भिन्न अनुभव बटुलेथेँ मैले यस यात्राबाट !  
२०६८ साउन ६ गते
विकल साहित्य प्रतिष्ठान,आरुबारी

विज्ञान कथासाहित्य र नेपालको स्थिति

(नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित “समकालीन साहित्य” को पूर्णङ्क ६४, वैशाख–जेठ–असार २०६८मा प्रकाशित)
–विजय चालिसे
 विज्ञान कथासाहित्यले विज्ञान तथा प्रविधिबाट समाजका साथै मानवको चरित्रमा पर्ने प्रभावसँग सम्बन्ध राख्दछ । त्यो प्रभाव विज्ञानसम्मत सत्य वा आनुकल्पनामा आधारित हुनसक्छ । साथै विज्ञान कथासाहित्यको उद्देश्यः प्रायः विज्ञानप्रविधिमाथि मानिसले प्रकट गरेका व्यापक आशा र विश्वासका साथै विज्ञानप्रविधिका भावी आविष्कारले सिर्जना गर्न सक्ने नकारात्मक प्रभावका असरबाट सिर्जना हुनसक्ने भयसँग सम्बन्धित रहने गरेको पाइन्छन् । प्रायः विज्ञान कथासाहित्यले परिवेश र वातावरणको निर्माण वा विचारको सिर्जना गरेर अचम्म, आश्चर्य वा दुःखको सिर्जना गर्दछ । पाठकको मनमस्तिष्कलाई झकझक्याएर वा वर्तमान सन्दर्भमा परिवर्तनको भाव दिएर यसले संज्ञानात्मक परिवर्तनको बोध गराउने प्रयास गर्दछ । प्रचलित मान्यतामा विज्ञान कथाले भविष्यवाणीको प्रयोग गर्र्दछ । केही समीक्षकहरूको धारणामा विज्ञान कथाले गरेको विज्ञानसम्बन्धी भविष्यवाणी पछि गएर सत्यमा परिणत हुनुपर्दछ । तर वास्तविक विज्ञान कथासाहित्यलाई यही सत्यापनको कसीमा मात्र हेर्न मिल्दैन ।
 अनुमान र कथा वाचनको माध्यमबाट संसारका बारेमा नयाँ जानकारी लिने मानवीय प्रवृत्ति रहँदै आएको छ । यिनैबाट मिथक र प्रचीन कथासाहित्यको जन्म र विकास हुँदै आयो । अनि अनुमान र कथावाचनको माध्यमद्वारा संसारका बारेमा नयाँ जानकारी लिने मानवीय प्रवृत्तिले विज्ञान कथाको सुरुआत गरायो । विज्ञान कथासाहित्यका अध्येताहरू विज्ञान कथासाहित्य अनुमान र कथावाचनका माध्यमबाट संसारलाई बुभ्mने आधारमा मिथकीय कथासाहित्यबाटै प्रारम्भ भएको मान्न सकिने बताउँछन् । उनीहरूका अनुसार कार्यकारणको खोजीसँगै विज्ञान स्वयम्को विकास हुँदै गएपछि आजका विकसित विज्ञान कथासाहित्य लेखिँदै गएको हो । विज्ञान कथासाहित्यको बीजरूप पूर्वीय साहित्यका वेद, उपनिषद् र पुराण, रामायण, महाभारतजस्ता महाकाव्यका साथै लोक तथा दन्त्यकथा आदिमा पनि फेला पार्न सकिने सम्भावना देखिन्छ । भनिन्छ, अरेबियन नाइट्स, दशौं शताब्दीको ‘द टेल अफ बेम्बो कटर’ तेह्रौं शताब्दीका दार्शनिकवैज्ञानिक र लेखक इब्न अल नफिस (क्ष्दल ब(िल्बाष्क) का ‘फ्युचरोलोजी’ र अन्य कृतिमा पश्चिमी विज्ञान कथासाहित्यको बीजरूप भेटिन्छ । त्यसपछि उन्नाइसौं शताब्दीका जुल्स भर्ने (व्गभिक ख्भचलभ) को ‘ए जर्नी अफ द सेन्टर अफ द वल्र्ड’ र ‘ट्वेन्टी थाउजेन्ड लिग अन्डर द सी’ हुँदै विश्वमा विज्ञान कथासाहित्यले आप्mनो आधुनिक विकासको यात्रालाई अघि बढायो । आधुनिक विज्ञान कथासाहित्यको यो विकासयात्रामा कार्यकारणको खोजीको नवीन युग अर्थात् ‘एज अफ रिजन’ र विज्ञानप्रविधिको विकासले उपयुक्त वातावरण निर्माण गर्दै गयो । यही क्रममा पश्चिमका विज्ञानसाहित्य अध्येताहरू जोनाथन स्विफ्ट (व्यलबतजबल क्धषत) को ‘गुलिभर्स ट्रेभलल्स’ का साथै भोल्तेयर (ख्यतिबष्चभ) को ‘माइक्रो मेगाज’ तथा केप्लर (प्भउभिच) को ‘सोम्निनम’ आदिलाई प्रारम्भिक चरणका वास्तविक विज्ञान कथासाहित्यको निकटका कृति मानिन्छ ।
विज्ञान कथाका तत्व, विषयबस्तु र परिवेश
   विज्ञान कथा आख्यानसाहित्यकोत्यो प्रकार वा जेनर (विधा) हो जुन विज्ञानप्रविधिको अनुकाल्पनिक आविष्कारअन्वेषणद्वारा प्रभावित हुन्छ । यस्तो कल्पना प्रायःः भविष्यमा आधारित भएर गरिन्छ । त्यसैले यो स्वैरकल्पना वा कल्पनाशक्तिको चमत्कार वा (फ्यान्टासी) भन्दा फरक हुन्छ । स्वैरकल्पनाले प्रकृतिविज्ञान (ल्बतगचब िक्अष्भलअभ) को कुनै सैद्धान्तिक मान्यता वा विज्ञानसम्मत आधारको अपेक्षा गर्दैन । विज्ञानका प्राकृतिक नियममा आधारित रहने भएकाले विज्ञान कथा भने सुरुमा लेखकको कल्पनामा आधारित भएजस्तो देखिए पनि पछि गएर ती कल्पना यथार्थ वा सत्यमा परिणत हुने पर्याप्त सम्भावना रहन्छ । त्यसैले भविष्यको वैकल्पिक सम्भावनातर्फ सङ्केत गर्ने हुँदा विज्ञान कथा विज्ञानसम्मत विचारको साहित्य पनि मानिन्छ । विज्ञान कथाको कथानक ज्ञात यथार्थभन्दा विपरित देखिए पनि ती कुनै न कुनै कोणबाट प्रकृति र समाजको नियम तथा विज्ञानसम्मत सत्यमा आधारित भएर कल्पना गरिएका हुन्छन् । त्यसैले भविष्यको अनुकल्पना, वैकल्पिक समयरेखा, ज्ञात तथ्यविपरित रहे पनि भविष्यमा सत्य सिद्ध हुनसक्ने प्रबल सम्भावनामा आधारित प्रकृतिविज्ञान र प्राविधिसम्मत तार्किक अनुकल्पना विज्ञान कथाका प्रमुख तत्व हुन् । यिनमा आख्यानका अन्य पक्षहरू त रहन्छन् नै !
 विज्ञान कथासाहित्यले यथार्थ विश्वको विद्यमान ज्ञान अर्थात् ज्ञातबाट अनुमानमूलक वैकल्पिक संसार अर्थात् अज्ञातको यात्रालाई विषयबस्तु बनाउँदछ । आइज्याक आसिमोभका अनुसार “मानिसले वैज्ञानिक हेतुवाद वा युक्तिसङ्गत कार्यकारणको ज्ञानसहित आफ्ना कथासाहित्यमा तिनको आदरपूर्वक उपयोग गर्न नथालुन्जेल वास्तविक विज्ञान कथासाहित्य सही अर्थमा अस्तित्वमा आउन सक्दैन (तचगभ कअष्भलअभ ाष्अतष्यल अयगमि लयत चभबििथ भहष्कत गलतष् िउभयउभि गलमभचकतययम तजभ चबतष्यलबष्किm या कअष्भलअभ बलम दभनबल तय गकभ ष्त धष्तज चभकउभअत ष्ल तजभष्च कतयचष्भक) ।” यो भनाइबाट पनि हामी विज्ञान कथाले समेट्ने विषयबस्तुको अनुमान गर्न सक्छौं । विज्ञान कथाका विषयबस्तु सामान्यतया विज्ञानप्रविधिसम्बद्ध विषयबस्तु, आश्चर्यजनक चेतना, प्रगतिमुखी प्रकृतिप्रतिको अन्वेषणपरक सोधखोज; अज्ञातका बारेमा अनुमानको उद्देश्यमूलक प्रयोजन आदि हुन् । आधुनिक विज्ञान कथासाहित्यका दुई प्रमुख प्रारम्भकर्ता जुल्स भर्ने र एच.जी.वेल्सका साहित्यमा प्रयुक्त विषयबस्तुबाट पनि यसका विषयबस्तुको अनुमान गर्न सकिन्छ । जुल्स भर्नेले अन्तरिक्ष यात्रा (स्पेस), भविष्य, अनुसन्धान नभइसकेका प्रविधि, भूमिरचना वा टेराफर्मिङ,  मानवमा हुने मानसिक परिवर्तन, जस्ता विषयबस्तुको प्रयोग गरेर रचना गरेका छन् । यसरी नै एच. जी वेल्सले आफ्ना विज्ञान कथासाहित्यमा मानव तथा जनावरमा हुने जैविक परिवर्तन, समययात्रा, असाधारण शक्तियुक्त मानव, अन्तरिक्ष मानवसँगको भेट, अन्तरिक्ष यात्रा, भविष्य, मानवजातिको उत्पत्ति र विकासक्रमजस्ता विषयबस्तुको प्रथम प्रयोग गरे ।
 यसरी विज्ञान कथाका परिवेश र कथाबस्तु  व्यापक हुने गर्छ । विज्ञान कथाको विषयबस्तु र परिवेशमा धरतीबाहिरको अन्तरिक्ष, अन्य ग्रहबासी तथा पृथ्वीबाहिरको अर्को संसार, ज्ञात वैज्ञानिक सत्यतथ्यभन्दा अलग प्रविधि र वैज्ञानिक सिद्धान्तसम्बद्ध भावी परिकल्पनादेखि भूत र भविष्ययात्रा, पराशक्ति वा मानसिक शक्तिको अभ्यास र प्रयोग, अति सूक्ष्म स्तरमा पदार्थको स्वचालित नियन्त्रण र हावाभन्दा वेगले चल्ने यान वा सवारी साधनहरूजस्ता नवीन आविष्कार र वैज्ञानिक सिद्धान्त, स्थापित सामाजिक संगठनहरूको विघटनजस्ता यावत कुरा समेटिन सक्छन् ।
 विज्ञान कथासाहित्यलाई विशिष्ट विज्ञान कथा (हार्ड साइन्स फिक्सन), सामान्य विज्ञान कथा (सफ्ट साइन्स फिक्सन), अन्तरिक्षका रोमाञ्च, वैकल्पिक इतिहास, सैनिक विज्ञान कथासाहित्यजस्ता विभिन्न उपप्रकार वा सबजेनरमा विभाजन गरेर पनि हेरिने गरिएको पाइन्छ । तसर्थ विज्ञान कथासाहित्यले विविध खालका विषयबस्तु समेट्दछ । विशेषतः भौतिक विज्ञान, खगोलीय भौतिक शास्त्र र रसायनशास्त्र जस्ता विशिष्ट विज्ञानका विषयबस्तु समेट्ने विज्ञान कथासाहित्यले गणनात्मक विज्ञानमा तथ्यपरकताको अपेक्षा राख्दछ । यस्ता उपविषयमा लेखिएका कतिपय विज्ञान कथासाहित्यले गरेका अनेकौं भावी आविष्कारका भविष्यवाणी सही सिद्ध भएका छन् । यस्तै केही प्रमाणित हुन नसकेका पनि देखिन्छन् । उदाहरणका लागि आर्थर सी. क्लार्कले विज्ञान कथाकै माध्यमबाट जि.सि.एस. अर्थात् जियोसिन्क्रोनस सञ्चार भूउपग्रह (नभयकथलअजचयलयगक अयmmगलष्अबतष्यलक कबतभििष्तभक) को भविष्यवाणी गरे । त्यो भविष्यमा गएर सत्य भयो । तर उनैले गरेका चन्द्रमाको लाभा (लुनार क्रेटर) मा चन्द्रमामा उड्ने धूलोको बाक्लो पत्र हुन्छ भन्ने भविष्यवाणी चाहिँ सत्य भएन । सामान्य विज्ञान कथासाहित्य अर्थात् सफ्ट साइन्स फिक्सनले भने भौतिक विज्ञानजस्ता विशिष्ट विज्ञानका विषयमा नभई समाजविज्ञान, मनोविज्ञान, अर्थशास्त्र, राजनीतिशास्त्र, नृतत्वशास्त्र, जस्ता विषयबस्तुमा कथा संयोजन गर्छ ।
 १८ औ र १९ औं शताब्दीमा प्रयोगमा आएको समययात्रासँग सम्बन्धित कथाहरू (टाइम ट्रेभल स्टोरिज) विज्ञान कथासाहित्यको अति लोकप्रिय उपविषय हुन् । एच. जी. वेल्सको उपन्यास ‘ “द टाइम मेसिन’ ले यो उपविषयलाई अत्यन्त लोकप्रिय तुल्याएको थियो । यस क्षेत्रको अध्येताहरूका भनाइमा यो वैकल्पिक इतिहाससम्बद्ध विज्ञान कथासाहित्यको परिवेश र विषयबस्तु समकालीन सन्दर्भ र विषयबस्तुमैं आधारित रहने भए पनि यसको संयोजन विगत ऐतिहासिक घटना र संरचनामा आधारभूत परिवर्तन देखाउँदै गरिएको हुन्छ । त्यसरी नै सैनिक विज्ञान कथासाहित्य राष्ट्रिय, अन्तरग्रहीय वा अन्तरिक्षीय द्वन्द्व वा सङ्घर्ष, सशस्त्र सङ्घर्षको परिवेश आदिका विषयबस्तुका सन्दर्भमा संयोजन गरिएको हुन्छ । यस्ता साहित्यका प्राथमिक पात्र र चरित्र प्रायःः सैनिक हुने गर्छन् ।           
  विषयको व्यापकता, भावी कल्पनाको रोचकता र समाजविज्ञानको ठोस आधारभूमिमा खडा गरिएको अनुकल्पना हुनुको कारण पश्चिमी पाठकले विज्ञान कथासाहित्यलाई अत्यन्त रुचाए । यिनै कारणले उन्नाइसौं शताब्दीको अन्त्यतिर विज्ञान कथा बेलाइती पाठकमाझ अत्यन्त लोकप्रिय बन्यो । त्यही लोकप्रियता  देखाउन त्यहाँ विज्ञान उपन्यासलाई ‘साइन्टिफिक रोमान्स’ शब्दावलीको प्रयोग भयो । त्यहीँबाट यो शब्दावली प्रचलनमा आएको मानिन्छ । यसको लोकप्रियतासँगै विज्ञान कथासाहित्य अर्थात ‘साइन्स फिक्सन’ लाई छोटकरीमा ‘साइ–फि (कअष्(ाष्) भन्न थालियो । सन् १९४८ तिरै रोबर्ट ए. हेइनलेइनले साइ–फि (कअष्(ाष्) शब्दको अनौपचारिक प्रयोग गरिसकेका भए पनि सन् १९५४ मा फरेस्ट जे. एकरम्यानले यसलाई सार्वजनिक प्रयोगमा भित्र्याए । यसको लोकप्रियता अत्यन्त बढेकै कारण यसप्रति रूचि राख्नेहरूले कम खर्चका चलचित्रहरूको निर्माण थाले । यसबाट विज्ञान कथासाहित्यको पनि लोकप्रियता बढ्दै गयो ।  
विकासक्रम
 पश्चिमी दृष्टिकोणअनुसार विज्ञान कथा विभिन्न चरण हुँदै आजको स्थितिमा आइपुगेको हो । त्यहाँ अठारौं शताब्दीमैं विज्ञान कथासाहित्यले साहित्यिक स्वरूप लिन थालेको भए पनि १९ औं शताब्दीमा आएर मेरी सेलीको ‘फ्र्याङ्केन्स्टाइन’ र ‘द लास्ट म्यान’ शीर्षक कृतिले विज्ञान उपन्याससाहित्यको आधुनिक स्वरूप परिभाषित गर्न मद्धत पुग्यो । त्यसपछि एडगर एलेन पोले चन्द्रमा तर्फको उडान विषयमा कथा लेख,े र आधुनिक विज्ञान उपन्याससाहित्य उदाहरण र प्रतिनिधि लेखनले १९ औं शताब्दीभर नै निरन्तरता पाउँदै गयो । अझ बिजुली, टेलिग्राफ, विद्युतीय र अन्य शक्तिचालित यातायाका साधन आदिको विकासले विज्ञान कथासाहित्यलाई तीव्र गति प्रदान ग¥यो र जुल भर्र्ने र एच. जी. वेल्सले यसलाई समाजमा प्रतिष्ठित र लोकप्रिय तुल्याउन पर्याप्त कृतिहरूको रचना गरे ।
 जे होस पश्चिमबाटै विकास भएको मानिने आधुनिक विज्ञानकथाको प्रारम्भ मेरी शेलीको ‘फ्र्याङ्केन्स्टाइन’ र ‘द लास्ट म्यान’ बाटै भएको भन्ने अधिकांश विद्वान्हरूको धारणा पाइन्छ । फ्र्याङ्केन्स्टाइन नामक वैज्ञानिकको अनौठो प्रयोगबाट प्रार्दुभाव भएको दैत्यको कल्पनामा लेखिएको यो उपन्यासले वास्तवमा मानवीय नयाँ प्रयोगको अति मोहबाट विज्ञानभित्रको मानवविरोधी पक्षसमेत बाहिर आउन सक्ने संभावना देखाएको थियो । आजको अण्ुाबम र विज्ञानले विकास गरेको मानवीय संहारका सहयोगी आमसंहारका हतियारबाट शेलीको भविष्यवाणी सत्य गराएको मान्नुपर्छ । मेरी सेलीको  ‘फ्र्याङ्केन्स्टाइन अथवा आधुनिक प्रमेथियस’ (१८१८) शीर्षक विज्ञान कथा ‘गोथिक हरर’ कथा र विज्ञान कथाको समन्वित रूप मानिन्छ । यो प्रकृतिविज्ञानको एउटा विद्यार्थी भिक्टर फ्र्याङ्केन्स्टाइनको कथा हो, जसमा ऊ लाशका टुक्रा जोडेर बनाएको कृत्रिम मानिसलाई जिवीत तुल्याँउदछ । सुरुमा मायालाग्दो त्यो कृत्रिम मान्छे पछि राक्षस बनेर आफ्नै सृष्टिकर्ता मानिसमाथि आक्रमण गरेर मारिदिन्छ । मेरी सेलीका तिनै उपन्यासबाट विज्ञान कथासाहित्य अर्थात् विज्ञान उपन्यासको आधुनिक स्वरूप निर्धारण गर्न मद्धत पुग्यो । त्यसपछि एड्गर एलेन पोले चन्द्रमा तर्फको उडान विषयमा कथा लेखे र आधुनिक विज्ञानकथाका उदाहरण र प्रतिनिधिलेखनले १९ औं शताब्दीभर नै निरन्तरता पाउँदै गयो । अझ विजुली, टेलिग्राफ, विद्युतीय र अन्य शक्तिसाली यातायातका साधनको विकासले विज्ञानकथाको लेखनले तीब्रता पायो । अनि जुल भर्ने र एच. जी. वेल्सले यसलाई समाजमा प्रतिष्ठित र लोकप्रिय तुल्याउन पर्याप्त कृतिहरूको रचना गरे । पछि जोन क्याम्पबेल, आसिमोभ र हेन्लिनको प्रयासबाट भएको आमूल परिवर्तन पश्चात विज्ञान कथामा देखिएको साहसिक तथा रोमाञ्चकारी प्रयोगको प्रभाव हट्दै गयो । त्यसैले यस विधाको दोस्रो चरणको प्रारम्भ र विकास यिनै क्याम्पबेल, आसिमोभ र हेन्लिनबाट भएको मानिन्छ । 
 जीव रसायनशास्त्री, विज्ञान कथाका अति प्रसिद्ध लेखक आइज्याक आसिमोभले पाँच सयभन्दा बढी विज्ञान कथासाहित्य लेखेर यसलाई स्थापित तुल्याउन मद्दत गरे । उनले आफ्ना प्रसिद्ध उपन्यासमा भविष्यको अन्तरिक्ष वा विश्वब्रह्माण्डमा विशाल तारापुञ्ज (खबकत ष्लतभचकतभििबच झउष्चभ) साम्रज्यको समाप्ति र पुनर्जन्मको घटना देखाएका छन् । छोटा कथाहरूको सङ्ग्रह ‘रोबोट’ (१९५०) मा उनले रोबोट र जेहेन्दार यन्त्रहरूका लागि आचारहरूको सूची तयार गरे । उनका ती आचारसंहिता अरु विज्ञान लेखकहरूले पूर्ण रूपमा अनुसरण गरे । विज्ञानको विषयबस्तुमा हास्य मिसाएर लेखिएका उनका अन्य प्रसिद्ध विज्ञान कथाकृतिमा ‘द केमिकल अफ लाईफ’ (१९५४), ‘इन्साइड द अटम’ (१९५६), ‘द वल्र्ड अफ नाइट्रोजन’ (१९५८), ‘लाइफ एण्ड इनर्जी’ (१९६२), ‘द ह्युमन ब्रेन’ (१९६४), ‘द न्युट्रिनो’ (१९६६), ‘साइन्स, नम्बर्स एण्ड आइ’ (१९६८), ‘आवर वल्र्ड इन स्पेस’ (१९७४), र ‘भ्युज अफ द युनिभर्स’ (१९८१) आदि प्रख्यात छन् ।
 विज्ञान कथाको तेस्रो चरणमा पहिलो र दोस्रो विश्वयुद्ध, हिरोेसिमामा खसालिएको परमाणु बम, रोबोटजस्ता नयाँनयाँ यन्त्रको आविष्कार तथा खगोलअन्तरिक्षको क्षेत्रमा भएका नयाँनयाँ खोजले मानव–कल्पनाशक्तिलाई अरु व्यापकता दियो । यसबाट मानिस विश्वपरिपे्रक्षप्रति गंभीर चिन्तनका लागि बाध्य हुँदै गयो । यिनै कुराले विज्ञान कथाको तेस्रो चरणलाई निम्त्याउनुका साथै प्रभावितसमेत ग¥यो । त्यस चरणका विज्ञान कथाले विज्ञान र उद्योगको विकास तथा त्यसबाट सम्पूर्ण मानवसमाजमाथि पर्ने प्रभावको परिणामको खोजी गर्नथाल्यो । विज्ञान कथाले दोस्रो विश्वयुद्धपछि नै व्यापक लोकप्रियता पाउँदै गयो र यसको विस्तार सोभियत संघ र अन्य पूर्वी युरोपका मुलुकमा हुँदै गयो । अमेरिकाका कलेज विश्वविद्यालयमा यसबारेमा पठनपाठन हुनथाल्यो । 
 आधुनिक विज्ञान त्यसमा पनि खगोल र भौतिक विज्ञानको विकासले विज्ञान कथालाई थप विकसित तुल्यायो । युगौंदेखि प्रचलित वैज्ञानिक सिद्धान्तसँग मेल नखाने स्वैरकाल्पनिक कल्पनाशीलता अर्थात् फेण्टासीको विपरित १८ औं शताब्दीमैं भोल्तेयरको माइक्रोमेगाज (१७२६) र जोनाथन स्विफ्टको गुलिभर्स टे«भल (१७२६) मा जस्तै चन्द्रमा र अन्य ग्रहका साथै जीवहरूको जम्काभेट तथा काल्पनिक यात्रा तथा अन्तरिक्षयात्रालाई कथाको विषय बनाइन थालियो । पछि एडगर एलेन पो, नथानिएल होथ्रोन र फिट्ज–जेम्स ओब्रिएनले आफ्ना कथामा विज्ञानका तत्वहरूलाई प्रवेश गराउँदै गए । उता इन्साक्लोपिडिया ब्रिटानिकाका अनुसार  चाहिँ आधुनिक विज्ञान कथाको प्रयोग सर्वप्रथम सन् १९२६ मा प्रकाशित गर्नस्व्याकको अनौठा विज्ञान कथा पत्रिकाबाट भयो भने वास्तविक विज्ञान कथाको प्रारम्भ १९ औं शताब्दीको अन्त्यतिर जुल्स भर्नेबाट ।
 विज्ञान कथा पत्रिकामा प्रकाशित गर्नस्व्याकका कथाहरूलाई सुरुमा उत्तेजना फैलाउने पाठ्यसामग्री भन्दै तिनको कडा आलोचना भयो । पछि सन् १९३०मा जोन डब्लु क्याम्पवेल जुनियरले विज्ञानपत्रिका प्रकाशित गरेर आइज्याक आसिमोभ, आर्थर सी क्लर्क, रोबर्ट ए हेन्लेनजस्ता लेखकको कथाउपन्यास प्रकाशित गर्न थालेपछि भने विज्ञान कथा गम्भीर साहित्यको कोटीमा गणना हुन थाल्यो । आफ्ना लेखनलाई पूरै विज्ञान कथामा नलगाए पनि एल्डोस हक्सले, सी.एस.लेविस र कुर्त भानगोट आदिले पनि यस क्षेत्रमा रामै्र योगदान दिए । यस क्षेत्रका विख्यात् प्रतिभा क्लार्क, हेन्लेन र आसिमोभका अतिरिक्त ए.ई. भान गोट, जे.बी. बल्लार्ड, रे ब्राडबरी, फ्र्यान्क हर्बर्ट, हर्लान एलिसन, पाउल एण्डर्सन, स्यामुएल आर. डेलानी, उर्सुला के. लेगुइन, फ्रेडरिक कोहल, अक्टोभिया इ. बट्लर र ब्रेन एल्डिसजस्ता प्रतिभा दोस्रो विश्वयुद्धपश्चात यसको विकासमा कसिएर लागे । यी लेखकले पृथ्वीमा भावी समाजको भविष्यवाणी गरे, अन्तरिक्षयात्राको परिणामहरूको बौद्धिक विश्लेषण गरे र जेहेन्दार जीवहरूका बारेमा काल्पनिक खोजी सुरु गरे ।
 सामान्यतया विज्ञान कथाको पुरानो र खुकुलो अर्थले स्वैरकल्पना र मानवीय जीवनको विकास र पविर्तनमा विज्ञान र प्रविधिका कुनै आधारसन्दर्भ नभेटिने भविष्यका कल्पनामा आधारित अनौठा कथासम्मलाई समेट्ने गरेको देखिन्छ । यसरी अनुकल्पनात्मक कथा र समयसम्बद्ध अनौठा कुराका आधार लेखिएका कथाउपन्यास विज्ञान कथाका नामले लगभग अघिल्लो शताब्दीभर नै चर्चित रहे । यस्ता कथाउपन्यासमा वैज्ञानिक आधारभन्दा अनुकल्पनात्मक दृष्टिकोणयुक्त पराभौतिक कल्पनाका कथा बुनिएका हुन्थे । कल्पनाशील उपन्यासकारहरूद्वारा भावी विश्वको नयाँ कल्पना गर्दै लेखेका कृतिहरू पनि विज्ञान कथासाहित्य कै कोटीमा गणना गरिन्थे । विज्ञान कथासाहित्यका पश्चिमी समीक्षकहरूका अनुसार विगत लगभग एक शताब्दीसम्म विज्ञान कथाका नाममा पराभौतिक र बिना वैज्ञानिक आधारका कोरा कल्पनामा आधारित यस्तै रचनाको वर्चस्व रह्यो । जुल्स भर्ने र एच. जंी. वेल्सको प्रवेशपछि मात्र सही अर्थमा आज मानिने गरेको विज्ञान कथाको प्रारम्भ भयो । वेल्सको टाइम मसिन (१८९५) र इनभिजिबल म्यान (१८९७) देखि अनुकल्पनामा आधारित विज्ञान कथाले सामाजिकता र विज्ञानप्रविधिको विश्वासिलो आधारको खोजी गरे । यिनले विज्ञान कथाको नाममा लेखिने आदर्श सामाजिक–राजनीतिक पद्धतिका कल्पनामा बुनिएका रचना (युटोपियानिजम) को बिरोध गर्दै विज्ञान कथासाहित्यमा सामाजिकता र विज्ञानप्रविधिको विश्वासिलो आधारको दरिलो आवश्यकतामाथि जोड दिए । त्यसपछि पश्चिमी अमेरिकी भविष्यकथनात्मक स्वैरकल्पना लेखनमा अभ्यस्त र सशक्त साहित्यिक सीप भएका तथ्यपरक कथासंरचनाका दक्ष लेखकहरूको ठूलो सङ्ख्या विज्ञान कथासाहित्यको लेखनमा उत्रियो । कुर्त भोन्नेगट जुनियर (प्गचत ख्यललभनगत व्च।), रे ब्राडबरी (च्बथ द्यचबमदगचथ), इटालियो काल्भिनो (क्ष्तबयि ऋबखिष्लय), आइज्याक आसिमोभ (क्ष्कबबअ ब्कष्mयख), जे. जी. बल्लार्ड (व्।न्। द्यबििबचम) जस्ता यी नयाँ समूहका लेखकहरूले विज्ञानकथालाई नयाँ स्वरूप र संरचना तर्फ अघि बढाए । 
 पश्चिमेली विज्ञान कथासमीक्षकहरूका अनुसार विज्ञान कथासाहित्यको आधुनिक तथा अहिले प्रचलित परिभाषा र सिद्धान्त सन् १९२६ मा अमेजिङ स्टोरिज शीर्षक विज्ञान कथा पत्रिकाको प्रकाशनसँगै विकास भएको हो । यसैबीच बीसौं शताब्दीको पूर्वाद्र्धतिरै अक्टोबर १९३९ मा प्रकाशित हुन थालेको पल्प म्यागाजिनले अमेरिकी नयाँ पुस्ताका विज्ञान कथासाहित्यका लेखकहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्यो । यी कथालेखकहरू अमेजिङ स्टोरिजनामक विज्ञान कथासाहित्यका संस्थापकसम्पादक तथा प्रकाशक ह्युगो गन्र्सव्याक (ज्गनय न्भचलकदबअप) को लेखनकलाको साथै उनकै विज्ञान कथासाहित्यको व्याख्यापरिभाषाबाट अत्यधिक प्रभावित थिए भनिन्छ । गन्र्सव्याकले वास्तविक अर्थमा विज्ञान कथासाहित्यलाई परिभाषित गरे । उनकै त्यो परिभाषाबाट विज्ञान कथासाहित्यमा अलग्गै समालोचनासिद्धान्तको स्थापना भयो । यसलाई साहित्यिक समालोचनाको रूपमा स्थापित गराउन अमेजिङ स्टोरिज र गन्र्सव्याकद्वारा प्रभावित “पल्प म्यागाजिन्स” नामक विज्ञान कथा पत्रिकाले निकै सहयोग पु¥यायो ।
 भनिन्छ, सन् १९३० को उत्तराद्र्धमा जोन उड क्याम्पवेल जुनियर (व्यजल ध्ययम ऋबmउदभिि व्च।) ले “एस्टाउन्डिङ साइन्स फिक्सन” को सम्पादन गर्न थालेपछि अमेरिकी विज्ञान कथासाहित्यमा, विशेष गरी न्युयोर्कमा, आलोचनात्मक दृष्टिकोण राख्ने लेखकहरूको एउटा समूह देखाप¥यो । आइज्याक आसिमोभ, डेमोन नाइट, डोनाल्ड ए. ओल्हेल्म, फ्रेडरिक पोहल, जुडिथ मेरिलजस्ता प्रभावशाली अमेरिकी विज्ञान कथासाहित्य लेखकहरूको यो समूह प्mयुचरिष्ट वा भविष्यवादी भनेर चिनिन्थे ।
 क्याम्पवेल आधुनिक विज्ञान कथाका जनक मानिन्छ । कलेजदेखि नै विज्ञानका विषयमा लेख्न थालेका क्याम्पबेलको पहिलो कथा ह्वेन द एटटम्स फेल्ड  (१९३०) थियो । यस कथाले सर्वप्रथम विज्ञान कथामा कम्प्युटरको कल्पना ग¥यो । सन् १९३० देखि नै उनले डोन ए. स्टुआर्टको छद्म नाममा बाह्य अन्तरिक्षका बारेमा विज्ञान कथाहरू लेखे । यिनका कथामा चरित्रको विकासमा प्रविधिको प्रमुख भूमिका रहेको छ भनिन्छ । यस्तै उनको एउटा कथा ट्विलाइट (१९३४) मा मान्छे हिँडेपछि पनि मेसिनले लामो समयसम्म काम गरेको देखाइएको छ । १९३७ तिर एस्टाउन्ङि स्टोरिज नामक पत्रिकाको सम्पादन गर्न थालेपछि क्याम्पबेलको प्रभाव अमेरिकी अन्य विज्ञान कथा लेखकहरूमा समेत पर्दै गयो । रोबर्ट हेइनलेन, आर्थर सी. क्लार्क, ए. ई. भान भोगेट यही समयका प्रभावशाली अमेरिकी विज्ञान कथासाहित्यका हस्ताक्षर थिए । क्याम्पवेलको एस्टाउन्डिङ साइन्स फिक्सन सम्पादनकाललाई पश्चिमी र अझ विशेष गरेर अमेरिकी समालोचकहरू आधुनिक विज्ञान कथासाहित्यकै सुनौलो काल मान्ने गर्छन् । दोस्रो विश्वयुद्धपछिको प्राविधिक विकाससँगै पोहलको सम्पादनमा निस्किएको ग्यालेक्सी नामक नयाँ विज्ञान कथासाहित्य पत्रिकाको प्रकाशन नहुन्जेसम्म नै क्याम्पवेलको प्रभाव कायमै रह्यो । त्यही पत्रिका पछि क्रमशः एस्टाउन्डिङ साइन्स फिक्सन र एनालग मा परिणत भयो । यसरी गन्र्सब्याकपछि एड्गर एलेन पो, विलियम विल्सन, तथा एड्गर फसेटजस्ता प्रारम्भिक चरणका प्रख्यात बुद्धिजीवी र साहित्यकारले विज्ञान कथाको परिकल्पना स्पष्ट गर्ने प्रयास गरे । यही बेलादेखि विज्ञान कथाले बृहत्तर सामाजिक विषयलाई समेत सम्बोधन गर्न थाल्यो ।
अन्य युरोपेली विज्ञान कथासाहित्य
 अमेरिकाका अतिरिक्त विज्ञानकथाको प्रारम्भ र विकासमा फ्रान्स तथा बेलायत र सोभियत रुसको अझ ठूलो भूमिका छ । सन् १९८७० र ९० को दशकको बेलाइत तथा फ्रान्समा विज्ञान कथासाहित्यको लेखनले सिर्जनात्मक अनुकल्पना निकै प्रस्फुटित भयो भनिन्छ । त्यस समयको बेलाइती साहित्यिक उपलब्धिमा रोबर्ट लुइस स्टिभेन्सनको स्ट्रेन्ज केस अफ डा. जेकिल एन्ड मि. हाइड र एच. जी. वेल्सको फनोमेनल ट्रियो अफ द टाइम मसिन (१८९५), द इन्भिजबल म्यान (१८९७), तथा द वार अफ द वल्र्ड्स (१८९८) आदि महत्वपूर्ण छन् । दोस्रो विश्वयुद्धपछि युरोप र मूलतः बेलाइतमा प्रारम्भ भएको प्राविधिक उन्नतिले विज्ञान कथासाहित्यलाई नयाँ विषय र कथाबस्तुहरू प्रदान ग¥यो । त्यही समयमा विज्ञान कथा गम्भीर साहित्यिक विषयका रूपमा विकसित भयो । सन् १९४० देखि १९६० को दशकको पछिल्लो अवधिसम्ममा विज्ञान कथाले कलासंरचनाका रूपमा परिपक्व भएर राजनीति, अर्थशास्त्र र मनोवैज्ञानिक विषयबस्तुलाई समेट्नुका साथै अन्तरिक्षीय अतिक्रमण, समययात्राजस्ता  अन्य रोचक घटनाहरूको सम्भावनाको खोजी थालिसकेको थियो ।
 फ्रान्सेली साहित्यमा त विज्ञान कथासाहित्यलाई समग्र साहित्यकै महत्वपूर्ण अंश मानिन्छ । समीक्षकहरूका अनुसार १७ औं शताब्दीपूर्व साइरानो द बर्गराक (ऋथचबलय मभ द्यभचनभचबअ) का साथै बर्नार्ड ले बोभियर द फोन्टेन्ने (द्यभचलबचम ीभ द्ययखष्भच मभ ँयलतभलभििभ ) ले आफ्ना कृतिमा अन्तरिक्ष अन्वेषण तथा अन्य ग्रहीय जीवहरूका बारेमा चर्चा गरे । त्यसरी नै भोल्तेयरका लघुकथा माइक्रोमेगाज (१९७२), प्लेटोको ड्रिम जस्ता कृति भावी विज्ञान कथासाहित्यका प्रारम्भिक स्वरूप नै थिए । समग्र फ्रेन्च विज्ञान कथा मात्र नभएर आधुनिक विज्ञान कथा नै जुल्स भर्ने (व्गभिक ख्भचलभ) बाट सुरु भयो । त्यसपछि फ्रेन्च विज्ञान कथामा उनका उत्तराधिकारीका रूपमा सन् १८३३ देखि १९०६ सम्मका कालखण्डमा लुइ बाउसेनार्ड (ीयगष्क द्ययगककभलबचम), डिडियर द चाउसी (म्ष्मष्भच मभ ऋजयगकथ), आर्नोल्ड ग्यालोपिन (ब्चलयगमि न्बयिउष्ल) आदि लेखक देखापरे ।
 प्रथम विश्व युद्धले फ्रान्सेली विज्ञान कथासाहित्यको पहिलो चरणको अन्त्य ग¥यो । १९ औं शताब्दीको पछिल्लो कालमा भएको विज्ञानप्रविधिको तीब्र विकासले यस अघिका विज्ञान कथासाहित्यका लेखकलाई आशावादी तुल्यायो । दुई विश्वयुद्धकाबीच रोज्नी ऐने (च्यकलथ बîलé) को विशिष्ट कृति लेस नाभिगेचर्स द ला इन्फिनी (ीभक ल्बखष्नबतभगचक मभ ुिक्ष्लाष्लष्) का साथै यस कालमा रेगिस मेस्साक (च्éनष्क ःभककबअ) को क्विनजिनजिनजिली (त्तगष्लशष्लशष्लशष्ष्,ि ज्ञढघछ), ज्याक्स स्पिट्ज (व्बअत्रगभक क्उष्तश) को ला ग्वेर्रे देस माउसेज (ीब नगभचचभ मभक mयगअजभक, ज्ञढघड) रेने थेभेनिन (च्भलé त्जéखभलष्ल) को  चासेउर्स द होम्स (ऋजबककभगचक मुज्यmmभक, ज्ञढघण्) र सुर ल अउत्रे फेस दु मोन्डे (क्गच ुिब्गतचभ ँबअभ मग ःयलमभ, ज्ञढघछ) उल्लेख्य कृति प्रकाशित भए । दोस्रो विश्वयुद्धपछि सन् १९५० को पछिल्लो अवधिसम्म विज्ञान कथाका नाउँमा धेरै कृति प्रकाशन नभए पनि ती प्रकाशन मावताको भविष्यप्रति आशावादी थिए । यस अवधिका कृतिमा रेने बार्जाभेल (च्भलé द्यबचवबखभ)ि को र्याभेज (च्बखबनभ, ज्ञढद्धघ) र पियरे बाउले (एष्भचचभ द्ययगििभ) को प्लानेट्स अफ द एप्स (एबिलभत या तजभ ब्उभक, ज्ञढटघ) उल्लेख्य मानिन्छन् । 
 त्यसरी नै विज्ञान कथाका दृष्टिले अमेरिका पछि सोभियत सङ्घ निकै सम्पन्न मानिन्छ । फेदोर दिमित्रीएभ–म्यामोनोभ (ँभमयच म्mष्तचष्भख(ःबmयलयख) को ए फिलोसफ। नोबदम्यान (ब् एजष्यिकयउजभच ल्यदझिबल, ज्ञठटढ) रुसी विज्ञान कथाको पहिलो कृति मानिन्छ । विज्ञानकथामा पहिलो सामान्य युटोपिया अलेक्जेन्डर सुमारोकोभ (ब्भिहबलमभच क्गmबचयपयख) को सानो लेख ए ड्रम अफ ह्यापी सोसायटी (१७५९) मा पाइन्छ । यसबाहेक यात्राका रुपमा काल्पनिक यात्राविषयक युटोपियाका अरु दुई प्रारम्भिक उदाहरणमा भासिली लेभ्सिन (ख्बकष्थि ीभखकजष्ल) को न्युएस्ट भोएज (ल्भधभकत ख्यथबनभ, ज्ञठडद्ध) र मिखाइल शेरेवातोभ (ःष्पजबष् िक्जअजभचदबतयख) को जर्नी टु द ल्यान्ड अफ ओफिर (व्यगचलभथ तय तजभ ीबलम या इउजष्च, ज्ञडढट) आदि हुन् ।    
 कम्युनिस्ट रुसको राजननिितक दर्शन र आर्थिक निित नै वैज्ञानिक समाजवादमा आधारित भउको हुादा सोभियत समाजमा विज्ञानसाहितयको जग तयसैमा रहेको मानिनछ । बन्द समाजमा व्यक्त गर्न कठिन कतिपय भावना र दृष्टिकोणलाई वैज्ञानिक बिम्ब र प्रतीकका आधारमा प्रकट गर्न सघाउ पुगने हुँदा पनि सोभियत बन्द समाजमा विज्ञान कथाको विकास हुनसकेको अनुमान गरिनछ । पहिलो चरण अर्थात् मध्य उन्नाइसौं शताश्दीको रुसी विज्ञान कथाले पनि रुसी लोकदृष्टिअनुरुप जातयि न्यायमा आधारित भएर पश्चिमा नमुनाको तर्कसम्मत आदर्शवाद (युटोपियन) तर्फ झुकाव राखेको बताएका छन् । प्श्चिमा वैज्ञानिक तथा प्राविधिक विकासलाई रुसी समाजको वर्गीय समानतामा आधारित मूल्य (युगेलिटेरियन भ्यालु) साँग समन्वय गर्दै एकाधिकार र पुँजविादजस्ता दुबैखाले खराबीबाट अलग्याएर लैजान सकिने धारणा राखेको पाइनछ । रसियन विज्ञान कथाको सर्वाधिक सशक्त पक्ष पनि यही मानिनछ । निकोलार्य चेर्निभिस्की (लष्पयबिष् अजभचलथकजभखकपथ) को उपन्यास ह्वाट इज टु बी डन (१८६२) लाई यस संंरचनात्मक ढाँचाको महत्वपूर्ण कृति मानिन्छ, जसले लेनिन लगायतका क्रान्तिकारहिरूलाई प्रेरणा दियो भन्ने भनाइ छ । अलेकजेन्डर बोगडानोभ (बभिहबलमभच दयनमबलयख) को रेड स्टार (१९०८) ले मङ्गल ग्रहमा सामाजिक र वैज्ञानिक रूपमैं मानव संसारमा विद्यमान् कुनै पनि विकल्पभन्दा उच्च प्रगतिशील तथा उन्नत समाजको चित्रण ग¥यो । सन् १९१७ पछिको बोलसेभिक क्रान्तिको समयमा लेखिएका अधिकांश विज्ञान कथाले भविष्यको प्रविधि र तीब्र गतिमा विकसित मानवीय चेतनाको सहयोगमा अन्य ग्रहमा वर्गरहित समाजको बिस्तार गर्दै विजय यात्राको चित्रण गरेर अन्तरिक्षीय क्रान्तिको चित्रण ग¥यो । रुसी विज्ञान कथाले अक्सर राष्ट्रको चेतना र चाहनाको पक्षमा महत्वपूर्ण काम गरेको छ भनिन्छ । १९ औं शताब्दीको निकट आइपुग्दा रुसी विज्ञानसाहित्यमा बाह्य ग्रहहरूका काल्पनिक यात्राले प्रमुखता पायो । यिनमा दिमित्री सिगेभ (म्mष्तचथ क्ष्नयख) को सूर्य, बुध र दृष्ट–अदृष्ट सन्सारको यात्रा (ख्यथबनभ तय तजभ क्गल बलम एबिलभत ःभचअगचथ बलम ब्िि तजभ ख्ष्कष्दभि बलम क्ष्लखष्कष्दभि ध्यचमिक, ज्ञडघद्द), प्योत्र मास्कोभ (एथयतच ःबकजपयख) को चन्द्रमाका मन्छेलाई पृथ्वीवासीको पत्र (ऋयचचभकउयलमभलअभ या ब ःययलmबल धष्तज बल भ्बचतजmबल, १८४२), सेम्योन दायाच्कोभ (क्झथयल म्थबअजपयख) को अनौठो मेसिनमा चन्द्रमाको यात्रा (ख्यथबनभ तय तजभ ःययल ष्ल ब ध्यलमभचाग िःबअजष्लभ,ज्ञडद्धद्ध) र देमोकृत टर्पिनोभिच (म्झयपचष्त त्भचउष्लयखष्अज) को सूर्य यात्रा (ख्यथबनभ ष्ल तजभ क्गल, ज्ञडद्धट) प्रमुख रहे ।
 पहिलो वास्तविक रुसी विज्ञान कथाकार संभवतः अलेक्जेन्डर भेलटम्यान (ब्भिहबलमभच ख्भतिmबल) हुन् । उनका परिकथा खालका पात्र रहेका कोस्चेइ द इमोर्टल (प्यकअजभष् तजभ क्ष्mmयचतब,ि ज्ञडघघ), व्यङ्गात्मक उपदेशात्मक न्यु एमेल्या वा मेटामोर्फोसिस (ल्भध थ्झभथिब यच, ःभतबmयचउजयकभक, ज्ञडद्धछ) प्रकाशित छन् र सन् १९३६ मा प्रकाशित उनको प्रेड्की कालिमेरोसाः अलेक्सान्द्र फिलिप्पोभिच माकेडोन्स्किी (एचभमपष् प्बष्mिभचयकबस् ब्भिपकबलमच ँष्ष्उिउयखष्अज ःबपभमयलकपष्ष् ) लाई पहिलो मौलिक रुसी विज्ञान उपन्यास मानएको छ । फ्योदोर दोस्तोएभ्स्कीका द ड्रिम अफ ए रिडिकुलस म्यान (त्जभ म्चभबm या ब च्ष्मष्अगयिगक ःबल) जस्ता केही कथामा पनि विज्ञान फ्यान्टासीको प्रयोग भएको छ ।
 सोभियत सङ्घले अन्तरिक्ष विज्ञानको पे्ररणामा प्रशस्त विज्ञानसाहित्यको उत्पादन ग¥यो । प्रारम्भिक विज्ञान कथाका लेखक अलेक्जेन्डर बेलाएभ (ब्भिहबलमभच द्यभबिथभख), ग्रिगोरी एडामोभ (न्चष्नयचथ ब्मबmयख), भ्लादिमिर ओब्रचेभ (ख्बिमष्mष्च इदचगअजभख), अलेक्से निकोलाएभिच तल्स्तोय (ब्भिपकभथ ल्ष्पयबिथभखष्अज त्यकितयथ), अलेक्जेन्डर काजान्त्सेभ (ब्भिहबलमभच प्बशबलतकभख) आदि कथाकार एच.जी.वेल्स र जुल्स भर्नेबाट प्रेरित रही ठोस विज्ञान कथासाहित्य (जबचम कअष्भलअभ ाष्अतष्यल) तर्फ केन्द्रित रहे । उनीहरूका उपन्यासमा विज्ञानका भविष्यवाणी, रोमान्चक तथा साहसी घटना अन्तरिक्ष यात्राका साथै साम्यवादी आदर्श समाज र पुँजीवादी समाजप्रतिको व्यङ्ग्य लगायतका विषयबस्तु समावेश पाइन्छन् । सन् १९६० को दशकमा सोभियत विज्ञान कथासाहित्य आफ्नै शैलीको निर्माणमा सक्रिय रह्यो । यसको केन्द्रमा नैतिकता, आदर्श समाजको परिकल्पना आदि रहे । सोभियत विज्ञान कथाले यस अवधिमा समाजविज्ञानसम्बन्धी कथासाहित्य अत्यन्त लोकप्रिय बने । सोभियत सङ्घपछिको रुसी समाजमा फ्यान्टासी र विज्ञान कथासाहित्य अझै अत्यधिक विक्री हुने साहित्य मानिन्छ । यस क्षेत्रका प्रतिननिधि लेखकमा सेर्गेइ लुक्यानेन्को (क्भचनभथ ीगपथबलभलपय), निक पेरुमोभ (ल्ष्अप एभचगmयख) र मारिया सेमेनोभा (ःबचष्ब क्झभलयखब) मानिन्छन् ।  
केही एसियाली विज्ञान कथासाहित्य
 विज्ञान कथासाहित्यका दृष्टिले जापानी, चिनिया र भारतीय साहित्य पनि उत्तिकै समृद्ध मानिन्छ । जापानी प्रविधि र धार्मिक आख्यान दुबैले विज्ञान कथासाहित्यको विकासमा योगदान गरेका छन । त्यहाँ वास्तविक विज्ञान कथासाहित्य भने मेइजी कालमा आएर मात्रै लेखिएको मानिन्छ । सन् १९०० मा प्रकाशित शुनरो ओसिकावा (क्जगलचय इकजष्पबधब) को समुद्रमुनिको युद्धपोत ९ग्लमभचकभब धबचकजष्उ०) जापानी विज्ञान कथासाहित्यको प्रारम्भिक कृति मानिन्छ । यस कृतिमा पनडुब्बीको बयानका साथै जापान–रुस युद्धको भविष्यवाणी थियो । विश्वयुद्धको समयभर नै जापानी विज्ञान कथासाहित्य अमेरिकी विज्ञान कथासाहित्यबाट प्रभावित भएको समीक्षकहरूको धारणा छ । त्यस कालका लोकप्रिय विज्ञान कथालेखक जुजा उन्नो (व्ūशब ग्ललय) लाई जापानी विज्ञान कथासाहित्यका पिता पनि भन्ने गरिएको पाइन्छ । दोस्रो विश्वयुद्ध पछि जापानी विज्ञान कथासाहित्यलाई सर्वाधिक प्रभाव पार्नेमा ओसामु तेजुका (इकबmग त्भशगपब) मानिन्छन् । उनका लस्ट वल्र्ड (१९४८), मेट्रोपोलिस (१९४९) र कितारुबेकी सेकाइ (१९५१) कृतिहरू उल्लेख्य मानिएका छन् ।
 त्यस्तै चिनमा विज्ञान कथाको एक शताब्दीभन्दा लामो इतिहास भेटिन्छ । पश्चिम युरोपको औद्योगिक क्रान्तिकै सांस्कृतिक अभिव्यक्तिका रूपमा आएको मानिने विज्ञान कथासाहित्यको चिनियाँ इतिहास पनि उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको प्रारम्भतिर सुरु भएको हो । लियाङ क्विचाओ (ीष्बलन त्तष्अजबय) ले जुल्स भर्नेको फिप्टिन लिटिल हिरोजलाई चिनिया भाषामा अनुवाद गरेर सर्वप्रथम चिनमा विज्ञान कथासाहित्यको प्रवेश गराए भनिन्छ । त्यसपछि अनेकौं प्रसिद्ध चिनिया विद्वान्हरूले विज्ञान कथासाहित्यको अनुवाद र लेखन सुरु गरे । सन् १९३० मा कोबुन गाकुइन इन्स्टिच्युट जापानका विद्यार्थी नै छँदै लु सुन (ीग ह्गल) ले जुल्स भर्नेको द क्यान क्लब र जर्नी टु द सेन्टर अफ अर्थलाई जापानी भाषाबाट शास्त्रीय चिनिया भाषामा अनुवाद गरेका थिए । उनले त्यसपछि ती विज्ञान कथालाई झाङ वेई बान नामक परम्परागत चिनिया शैलीमा समेत रुपान्तरित र अनुकुलन गरे । उनले जुल भर्ने र एच. जी. वेल्सका अरु पनि धेरै प्रसिद्ध कथाहरू अनुवाद गरे ।
  चिनिया विज्ञान कथासाहित्यको प्रारम्भिक मौलिक कृति भने सन् १९०४ मा प्रकाशित ह्वाङ जियाङ दिआयो सु (ज्गबलन व्ष्बलन म्ष्बय क्यग) को चन्द्रमामा उपनिवेशलाई मानिन्छ । त्यसरी नै प्रसिद्ध चिनिया साहित्यकार लाओ से (ीबय क्जभ) ले पनि विज्ञान कथाको चरित्रसँग मिल्ने खालको माओ चेङ जी अर्थात बिरालाको सहरको कथा शीर्षक कथा लेखेका छन् । 
 सन् १९४९ मा गणतन्त्र चीनको स्थापनापछि पनि चिनमा विज्ञान कथासाहित्यको विकास अघि बढ्दै गयो । यस अवधिमा युवा पाठकका बीचमा यो अत्यन्तै लोकप्रिय रह्यो । अध्येताहरूका अनुसार चिनिया सांस्कृतिक क्रान्तिका समय (१९६६–१९७६) मा यसको गति स्थिर रहेर पछि देङ स्याओ फङको आर्थिक सुधार कालमा विज्ञानप्रविधिको विकासमा आएको सुधारसँगै विज्ञान कथासाहित्यले पनि विकासको फड्को मारेको उल्लेख पाइन्छ । यस अवधिमा चिनिया विज्ञान कथासाहित्यको पुनरुत्थान ए योङ्ली (थ्भ थ्यलनष्भि) लिखित जियाओ लिङ्तोङको भविष्ययात्रा शीर्षक कृतिबाट भएको मानिन्छ । चिनिया विज्ञान कथाका पिता भनिने झेङ वेनग्वाङले सन् १०५० र १९६० को दशकमा आफूलाई फेरि विज्ञान कथासाहित्यको लेखनमा समर्पित गरे । उनले अनेकौं महत्वपूर्ण विज्ञानसाहित्यको रचना गरे । फ्लाइङ टु द सेन्टाउर शीर्षक कृति उनको प्रतिनिधि रचना मानिन्छ । यसरी नै तोङ एनझेङ (त्यलन भ्लशजभलन) को डेथ रे अन द कोरल आइल्याण्ड अर्को उल्लेख्य कृति मानिन्छ । अन्य उल्लेख्य चिनिया विज्ञान कथासाहित्य लेखकहरूमा ल्यु सियाङ्सी (ीष्ग ह्ष्लनकजष्), वाङ सियादो (ध्बलन ह्ष्बयमब), नि क्वाङ (ल्ष् प्गबलन), सियाङ हे (ह्ष्लन ज्भ), ल्यु सिसिन (ीष्ग ऋष्हष्ल), वाङ जिन्काङ (ध्बलन व्ष्लपबलन), क्युइयान लिफङ (त्तष्बल ीषबलन) र हे सी (ज्भ ह्ष्) आदि देखिन्छन् ।
 हाम्रो छिमेकी भारतीय भाषासाहित्यमा विज्ञान कथासाहित्य कमै भेटिन्छ । भारतको हिन्दी साहत्यिमा आचार्य चतुरसेन भारतीय विज्ञान कथासाहित्यका पिता मानिन्छन् । उनले ऐतिहासिक घटना, धार्मिक र सामाजिक विषयमा आधारित ४०० भन्दा बढी कृति रचना गरे । तिनैमध्ये खग्रास, नीलमणि र अद्भूत मानव शीर्षक तीनवटा विज्ञान उपन्यास छन् । त्यति नै सङ्ख्यामा कृृतिहरूको रचना गर्ने उपन्यासकार गुरुदत्तले सङ्घर्ष शीर्षक एउटा मात्र विज्ञान कथासाहित्य लेखेका छन् ।  
 विज्ञान कथासाहित्यका दृष्टिले भारतीय साहित्यमा बङ्गाली साहित्यको अत्यन्त महत्वपूर्ण स्थान रहेको छ । समग्र बङ्गाली साहित्यमा बङ्गाली विज्ञान कथा निकै समृद्ध मानिन्छ । विभाजन पूर्वको बृटिस शासन काल अर्थात् उन्नाईसौ र बीसौं शताब्दीको प्रारम्भमा बङ्गाली साहित्यमा प्रशस्त विज्ञान कथाहरू लेखिए । भारतीय साहित्यका अध्येताहरू भन्छन्– “सन् १८७९ मा प्रकाशित जगदानन्द रायको शुक्र भ्रमण प्रारम्भिक समयको उल्लेखनीय बङ्गाली विज्ञान कथासाहित्य हो ।” मानव उत्पत्तिको वैज्ञानिक आधारमा अन्य ग्रहका मानवचर्चा र भ्रमणको विवरण रहेको यो उपन्यास बङ्गाली साहित्यको इतिहासमैं उल्लेख्य मानिने गरेको छ । मङ्गल ग्रहबासी जीवको चर्चा भएको एच.जी.वेल्सको द वार अफ द वल्डर््स (१८९८) लेखिनुभन्दा एक दशक अगाडि नै प्रकाशित भएकोले पनि यसको थप महत्व रहेको छ । त्यस्तै सन् १८८२ को हेमलाल दत्त लिखित रोहासो अथात् रहस्य शीर्षक कथा सुरुका विज्ञान कथासाहित्यमध्ये अर्को महत्वपूर्ण रचना मानिन्छ । आधुनिक बङ्गाली विज्ञान कथासाहित्यका पिता भनिने जगदिशचन्द्र वसुले सन् १८९६ निरुद्देसेर काहिनी शीर्षकमा हावापानी नियन्त्रणको कथा लेखे । यसलाई बङ्गाली भाषाको पहिलो आधुनिक विज्ञान कथा मानिएको छ । उनले पोलातोक तुफान शीर्षकमा अर्को पनि कृति दिएका छन् । इस्लामिक नारीवादी लेखिका रोकेया शखावत हुस्सेन अर्थात् बेगम रोकेयाको सुल्तानाको सपना (१९०५) शीर्षक विज्ञान कथालाई बङ्गाली साहित्यको मात्र नएर सबै भाषाका साहित्यहरूकै प्रारम्भिक नारिवादी विज्ञानसाहित्य मानिन्छ । त्यसरी नै प्रेमेन्द्र मित्रले कुहोकेर देशे र हेमेन्द्र कुमार रको मेघदुतेर मार्ते आगोमोन शीर्षक उपन्यास थप उपलब्धि मानिन्छ ।
  त्यस्तै भारत विभाजनपछिको बङ्लादेशमा क्वाजी हलिमको मोहासुन्नेर कन्ना (टियर्स अफ द कस्मस) शीर्षक कृति उल्लेख्य मानिन्छ । हुमायु अहमदले सन् १९७३ मा लेखेका तोमादेर जोन्नो भालोबासा (तपाइँहरू सबैलाई मेरो माया) शीर्षक उपन्यास बङ्गलादेशकै पहिलो विज्ञान उपन्यास मानिन्छ । पछि उनैले तारा तिन जोन (उनीहरू तीनजना थिए), इरिना, एनोतो नक्षत्र बिथी (अनन्त आकाश), फिहा सोमिकोरोन (फिहा समिकरण) आदि विज्ञानसाहित्यको सिर्जना गरे । जाफर इक्वालको कोपोत्रोनिक सुखः दःुखो शीर्षक लघुकथा आधुनिक बङ्लादेशी  विज्ञान कथाकै सुन्दर नमुना मानिन्छ । उनले ढाका विश्वविद्यालयमा विद्यार्थी छँदै लेखेका यो लघुकथा पछि यही शीर्षकको कथा सङ्ग्रहमा सङ्ग्रहित भएपछि निकै लोकप्रियता पायो । यही सङ्ग्रहबाट बङ्लादेशी विज्ञान कथाले नयाँ स्वरूप ग्रहण ग¥यो भनिन्छ ।
 पूर्ववर्ती विज्ञान लेखकहरूको पदचिह्नमा हिँड्दै पछि बङ्गलादेशी विज्ञान कथासाहित्यमा नयाँ नयाँ लेखकहरू देखा परे । त्यसैको फलस्वरूप मौलिक शीर्षक पहिलो बङ्गलादेशी विज्ञान कथासम्बन्धी पत्रिका प्रकाशित भयो । सन् १९९७ मा प्रकाशित यो पत्रिका लामो समय चल्यो । रबियुल हसन अवि, अनिक खान, अस्रार मसुद, सज्जद कबिर, रसेल हमद र मिजानौर रहमान कल्लोल जस्ता प्रभावशाली नयाँ पुस्ताका विज्ञान कथाका लेखकहरू त्यही पत्रिकाका माध्यमबाट देखापर्दैं गए । त्यसरी नै अन्य उल्लेख्य लेखकमा निपुन आलम, अली इमाम, क्वाजी अनवर हुस्सेन, अल्तामास पासा, अब्दुृल अहाद, अनिरुद्ध आलम, अहसुनल हबिब, कमाल अर्सालन, डा. अहमद मुजिबर रहमान, मोइनुल अहसन साबेर, स्वपन कुमार गायेन, मोस्तफा तानिम, भोवदेश रे, जुविदा गुल्सन आरा हेना, अमिरुल इस्लाम, तौहिदुर रहमान, जकारिया स्वपन र क्वाजी शाहनुर हुस्सेन आदि देखिन्छन् ।
 अध्येताहरूका अनुसार विभाजनपछि भारतको पश्चिम बङ्गालका केही लेखकले विज्ञान कथासाहित्यको रचना गरे पनि प्रेमेन्द्र मित्र बाहेक अरूका रचना विज्ञान कथाभन्दा विज्ञानसम्बन्धी स्वैरकल्पनाको कोटीमा पर्दछन् । त्यसबाहेक पश्चिम बङ्गालका विज्ञान कथासाहित्य लेखकमध्ये आद्रिश वर्धन अर्को उल्लेख्य नाम हो । उनी आश्चोर्जे नाउँको पहिलो बङ्गाली विज्ञान कथासम्बन्धी पत्रिकाका सम्पादक समेत थिए । प्रसिद्ध चलचित्र निर्देशक सत्यजित रायले श्रीमान् आङ नामक अर्को ग्रहको मानवका सम्बन्धमा लेखेका द एलियन शीर्षक लघुकथाले सन् १९६०को दशकमा बङ्गाली पाठकका बीच अत्यन्त लोकप्रियता प्राप्त ग¥यो । समालोचकहरूका अनुसार उनले बङ्गाली मात्र नभएर समग्र आधुनिक हिन्दी विज्ञान कथासाहित्यकै सन्दर्भमा महत्वपूर्ण संरचनाको उदाहरण प्रस्तुत गरे । पश्चिम बङ्गालका अन्य उल्लेखनीय विज्ञान कथासाहित्यकारहरूमा लिला मजुमदार, सुनील गाङ्गुली, किन्नोर रे, अभिजनान रायचौधरी, अनिस देव, श्रीसेन्दु मुकर्जी, सइद मुस्तफा सिराज, समरजित कोर, स्वपन बनर्जी र सोमरेस मजुमदार आदि मानिन्छन् । मलय रायचौधरीका कुहारभुमे निशिदिशी र जिन्नातुलबिलादेर रुपकथा शीर्षक उपन्यासहरूका साथै वासुदेव दासगुप्ताको लघुकथा सङ्ग्रह रन्धनशालाभित्रका कथाहरू बङ्गलाली विज्ञान कथासाहित्यमा मात्र नभएर विश्वसन्दर्भमैं यथार्थवादी प्रभाव दिने उल्लेख्य साहित्यमध्येका मानिन्छन् ।
विज्ञान कथाका परिभाषाः
 विज्ञान कथामा निम्न कुराहरूमध्ये एक वा धेरै पक्षहरू समावेश हुने हुँदा यसको एउटै सर्वमान्य परिभाषा पाउन कठिन छ । यसमा भविष्य वा वैकल्पिक समय रेखा, वाह्य ग्रह वा अन्तरिक्ष र अज्ञात सभ्यताका पराइग्रहबासी जीव, नयाँ प्रविधि, नवीन वैज्ञानिक सिद्धान्तको आविष्कार वा प्रयोग, ज्ञात वा भूत र वर्तमानमा प्रयोग भएका भन्दा बेग्लै राजनीतिक प्रणालीको कल्पना जस्ता परिवेश र संयोजन रहन्छन् । यी सबै खालका भिन्नताको खोजी परम्परागत विज्ञान कथासाहित्यको उद्देश्य हो, जसले विज्ञान कथासाहित्यलाई विचारको साहित्यका रूपमा स्थापित गर्दछ । त्यसैले विज्ञान कथासाहित्यले आधुनिक व्यापक विषय र प्रकार समेटेको हुँदा विज्ञान कथासाहित्यमा विषय र प्रवृत्तिगत व्यापकता रहन्छ । यही कारण ती सबैलाई समेट्ने विज्ञान कथासाहित्यको एउटै र सर्वमान्य परिभाषा फेला पर्दैन, न त एउटै परिभाषाभित्र यसलाई समेट्न नै सकिन्छ ।
 यही यथार्थका पृष्ठभूमिमा अमेरिकी विज्ञान कथा स्रष्टा तथा अध्येता रोबर्ट ए. हेइलेन (च्यदभचत ब्। ज्भष्लभिष्ल) भन्छन्– “संभाव्य भावी घटनाबारे यथार्थ र सत्यपरक अनुमान, भूत, भविष्य र प्रकृति तथा वैज्ञानिक प्रक्रियाको सान्दर्भिकताको बोधपरक यथार्थका साथै विश्वको पर्याप्त ज्ञानको ठोस आधारभूमिमा आधारित रचना नै विज्ञान हो भन्नु प्रायःः सम्पूर्ण विज्ञान कथालाई समेट्ने सरल र सङ्क्षिप्त परिभाषा हुनसक्छ (ब् जबलमथ कजयचत मभाष्लष्तष्यल या बmियकत बिि कअष्भलअभ ाष्अतष्यल mष्नजत चभबमस् चभबष्कितष्अ कउभअगबितष्यल बदयगत उयककष्दभि ागतगचभ भखभलतक, दबकभम कयष्मिथि यल बमभत्रगबतभ पलयधभिमनभ या तजभ चभब िधयचमि, उबकत बलम उचभकभलत, बलम यल ब तजयचयगनज गलमभचकतबलमष्लन या तजभ लबतगचभ बलम कष्नलषष्अबलअभ या तजभ कअष्भलतषष्अ mभतजयम।) ।”
 विज्ञान कथासाहित्य मूलतः पश्चिमी मुलुकमा सुरुभएको आधुनिक कथाकै एउटा शाखा वा उपविधा हो । अङ्गे्रजी साहित्यमा साइन्स फिक्सन शब्दावलीको निर्माण गरेर आख्यानविधाअन्तर्ग एउटा नयाँ प्रकारको लेखनको प्रारम्भ गर्ने जस पाएका ह्युगो गन्र्सब्याकले विज्ञान कथासाहित्य बारेमा भनेका छन्– “साइन्स फिक्सन भन्नुमा मेरो आसय जुल्स भर्ने, एच. जी वेल्स, र एडगर एलेनका कथामा पाइने आकर्षक रोमान्सका साथै वैज्ञानिक तथ्य र युगद्रष्टामा हुने दूरदृष्टि यसमा सम्मिश्रित हुनुपर्छ भन्ने हो । यिनका विज्ञान कथा पढ्दा अत्यन्तै रोचक त लाग्छ नै, यी शिक्षाप्रद पनि छन् । यिनले ज्ञानलाई अत्यन्त सुग्राह्य रुपमा प्रस्तुत गरेका छन् ।” पश्चिमा विज्ञान कथाको क्षेत्रमा क्रान्ति ल्याउने अमेजिङ स्टोरिजको प्रवेशाङ्कमा उनले दिएको यो परिभाषालाई धेरै विद्वान्ले रुचाएका छन् ।
 विश्व विज्ञान कथासाहित्यका प्रसिद्ध लेखक हर्बर्ट जर्ज वेल्स (एच. जी. वेल्स) को भनाइमा “विज्ञान कथाको उद्देश्य भय र उत्तेजा सिर्जना गर्ने नभई मानवकल्याण र प्रलयोन्मुख भाविस्थितिबाट मानव समाजको रक्षाकामना गर्नु हो ।” नभन्दै विज्ञान कथासाहित्यका माध्यमबाट परमाणुबमको विष्फोटको भविष्यवाणी गर्नुका साथै अन्तरिक्ष उडानको घटनालाई अघि बढाउने वेल्सले माथिकै सिद्धान्तलाई आधार बनाएर विश्वप्रसिद्ध विज्ञान कथासाहित्य लेखेका छन् । द टाइम मेसिन (१८९५), द वण्डरफुल भिजिट (१८९५), द फस्र्ट मेन अन द मुन (१९०१), द आइल्याण्ड अफ डा. मोरो (१८९६), द इन्भििजिबल मेन (१८९७), द वार अफ द वल्र्डस् (१८९५) जस्ता उपन्यास र स्टोलन बेसिलस (१८९५), द प्लेटिनर स्टोरी (१८९७) र द टेल्स अफ स्पेश एण्ड टाइम्स (१८९९) जस्ता अत्यन्त चर्चित र आधुनिक विज्ञान कथासाहित्यका मानक नमूना मानिएका उनका अमर कृति हुन् । १८६६ मा बेलाइत जन्मिएका वेल्स १९४६ मा दिवङ्गत नहुञ्जेलसम्म नै निरन्तर यस क्षेत्रमा साधनारत रहे ।
 इन्साइक्लोपिडिया ब्रिटानिकाको २००४ संस्करण भन्छ– “बीसौं शताब्दीमा आएर विकसित भएको  विज्ञान कथामूलतः यथार्थ वा काल्पनिक विज्ञानले व्यक्ति र समाजमा पार्ने प्रभावसँग सम्बन्ध राख्दछ ।” यसरी नै अङ्ग्रेजीको “साइन्स फिक्सन” शब्दावलीले विशेष गरेर “विज्ञानका तत्व समाविष्ट भएका साहित्यपरक कल्पनाशील रचनाशक्ति अर्थात् फ्याण्टासी”लाई संबोधन गरेको देखिन्छ । यस्ता साहित्यमा विज्ञानका तथ्यगत सिद्धान्त र यथार्थ जानकारीका साथै ती सिद्धान्त तथा तथ्यहरूसँग विमति राख्ने कुरासँग पनि समाविष्ट भएका पाइन्छन् । दुबै स्थितिमा विज्ञानसम्मत धारणालाई भने उपेक्षा गरिँदैन ।
 बीसौं शताब्दीको दोस्रो दशकमा जोन क्याम्पवेलले आइज्याक आसिमोभ र रोबर्ट हेनलिनसँग मिलेर तत्कालीन विज्ञान लेखकका लागि एउटा नीतिपत्र तयार गरे । यसबाट विज्ञान कथालेखनले सशक्तता ग्रहण ग¥यो । भारतीय विद्वान बाल फोंकडेले उल्लेख गरे अनुसार क्याम्पबेलको प्रस्ताव थियो– “विज्ञान कथालाई विज्ञान परिवारको साहित्यिक माध्यम मानिनु पर्छ । विज्ञान र वैज्ञानिक कार्यपद्धति एउटा यस्तो संभाव्यता हो, जसले सोचीसम्झी सिद्धान्तको व्याख्या मात्र नगरेर नयाँ र अज्ञात बस्तुका बारेमा पनि आफ्नो मत व्यक्त गर्छ । विज्ञान कथासाहित्य पनि यस्तै खालको काम हो जुन कथाका रुपमा प्रस्तुत गरिन्छ । यसको परिणाम ले ग्रहण गर्ने आकार मेसिनमा मात्र नभएर मानव समाजमा समेत लागु हुन्छ ।”
 विज्ञान कथालाई गन्र्सब्याकले दिएका सायण्टिफिक्सनबाट “साइन्स फिक्सन”को नाम दिने पनि यिनै जोन क्याम्पवेल हुन् । त्यसपछि विज्ञान कथाको स्वरुप निर्धारण गर्ने क्रममा अरु पनि परिभाषा थपिँदैगए । यसै क्रममा थियोडोर स्टर्जिआनले आफ्नै कथाहरूको आधारमा यसको परिभाषा तयार गरे– “विज्ञान कथा यस्तो कथा हो जसमा चौतर्फी मानवीय समस्या र त्यसको समाधानको तानाबाना बुनिन्छ र त्यो तानाबाना वैज्ञानिक विषयबस्तु बिना घटित हुनसक्दैन ।”
 यो परिभाषाले विज्ञानको तर्कबाहेक अरु कुरा नमान्ने प्रवृत्ति र कथासाहित्यको भावावेश तथा कल्पनाजस्तो मानवीय शक्तिप्रतिको झुकावका बीच सामञ्जस्य ल्याउने प्रयास ग¥यो । त्यसैले विज्ञान र साहित्यलाई एकै ठाउँमा ल्याउन यो परिभाषाको महत्वपूर्ण योगदान रह्यो भनिन्छ । साथै यो परिभाषाले गन्र्सब्याक र क्याम्पबेलको प्रस्थापनाको जगलाई पनि बेसरी हल्लाइदियो । अबका लेखकले स्टर्जिआनको मान्यता अनुसरण गर्न थाले । यो मतको अनुसरण गर्ने लेखकहरूले कल्पनालाई विज्ञान कथामा सधैं विज्ञानको नियन्त्रणमा राख्न आवश्यक ठानेनन् ।
 यही धारणबाट अर्को लोकप्रिय मान्यताले आधार पायो, त्यो थियो– “विज्ञान कथा वर्णनात्मक गद्यको त्यो रूप हो जसको पृष्ठभूमि हाम्रो ज्ञात विश्वमा आधारित नभई हाम्रो जानकारीमैं नरहेको एउटा छुट्टै काल्पनिक जगतमा आधारित रहन्छ । यो मान्यताको अनुसरणले त वास्तविक विज्ञानको पुट कम रहेका विज्ञान कथाको बाढी नै ल्यायो भनिन्छ ।” 
 नेपाली साहित्यमा प्रयोग भइरहेको विज्ञान कथा अङ्ग्रेजी साहित्यमा प्रयुक्त त्यही “साइन्स फिक्सन”बाट अनुवादका रूपमा लिइएको हुनुपर्छ । अङेग्रजी भाषामा फिक्सन शब्दले लामा–छोटा कथादेखि उपन्याससम्मलाई सजिलै समेट्ने गर्दछन् । त्यसै गरी नेपाली साहित्यमा कथा र उपन्यास दुबैलाई बुझाउन आख्यान शब्दको प्रयोग गर्ने गरिएको छ । तसर्थ विज्ञान कथा शब्दावलीबाट कथा–उपन्यास दुबैको अर्थबोध गर्ने कुरामा अगल अलग धारणा भेटिन सक्छ । जे होस, पश्चिमा अवधारणामा विज्ञान कथासाहित्यको व्याख्या र विकासमा महत्वपूर्ण भूमिका खेलेका ह्युगो गन्र्सब्याककै नाम आउएछ । विज्ञान कथाका क्षेत्रमा अत्यन्त सम्मानित मानिने ह्युगो पुरस्कार समेतको स्थापना भएको यथार्थ स्मरणीय छ । विज्ञान कथासाहित्यलाई साइण्टी फिक्सन नाम दिनुकासाथै एउटा छुट्टै विधाका रुपमा प्रस्तुत गरेकाले यिनको प्रयासलाई विज्ञान कथाको इतिहासमा कोसे ढुङ्गो मानिन्छ ।
 रियान डब्लु. एल्डिस (च्ष्थबल ध्। ब्मिष्क) का अनुसार “संसारमा मानिसले आफ्नै विकसित तर केही भ्रमित ज्ञान (विज्ञान) को अवस्थामा उभिएको स्थानको परिभाषाको खोजी गर्ने प्रयास विज्ञान कथासाहित्य हो (क्अष्भलअभ ाष्अतष्यल ष्क तजभ कभबचअज ायच मभाष्लष्तष्यल या mबल बलम जष्क कतबतगक ष्ल तजभ गलष्खभचकभ धजष्अज धष्िि कतबलम ष्ल यगच बमखबलअभम दगत अयलागकभम कतबतभ या पलयधभिमनभ ९कअष्भलअभ।)”
 किङ्सले एमिस (प्ष्लनकभिथ ब्mष्क) ले भने अनुसार “विज्ञान कथासाहित्य  त्यो श्रेणीको गद्यात्मक वर्णन वा न्यारेटिभ हो जसले हामीले जानेको संसारमा नउठेका वा न नभएका अवस्था वा परिस्थितिलाई उठाउँछ, तर त्यो विज्ञान र प्रविधिको आविष्कार वा अन्वेषण वा छाया आविष्कारको आधारमा आनुकल्पना गरिएको हुन्छ ।”
 आइज्याक आसिमोभ (क्ष्कबबअ ब्कष्mयख) ले सन् १९७५ मा भने अनुसार “आधुनिक विज्ञान कथासाहित्य साहित्यको एक मात्र त्यो स्वरूप हो जसले निरन्तर रूपमा हामीले सामना गर्दै जाने परिवर्तन को प्रकृति र त्यसबाट सिर्जना हुने परिणाम तथा सम्भाव्य समाधानसँग सरोकार राख्दछ (ःयमभचल कअष्भलअभ ाष्अतष्यल ष्क तजभ यलथि ायचm या ष्तिभचबतगचभ तजबत अयलकष्कतभलतथि अयलकष्मभचक तजभ लबतगचभ या तजभ अजबलनभक तजबत ाबअभ गक, तजभ उयककष्दभि अयलकभत्रगभलअभक, बलम तजभ उयककष्दभि कयगितष्यलक।) । त्यसरी नै आसिमोभ फेरि भन्छन्– आधुनिक विज्ञान कथासाहित्य साहित्यको त्यो शाखा हो जुन माव जातिको वैज्ञानिक उन्नतिका प्रभाव बारे सरोकार राख्दछ (त्जबत दचबलअज या ष्तिभचबतगचभ धजष्अज ष्क अयलअभचलभम धष्तज तजभ ष्mउबअत या कअष्भलतषष्अ बमखबलअभ गउयल जगmबल दभष्लनक।)”
 अमित गोश्वामी (ब्mष्त न्यकधबmष्) का अनुसार “विज्ञान कथासाहित्य त्यो वर्गको साहित्य हो जसमा विज्ञान र समाजमा प्रवाह हुने परिवर्तनको तरङ्ग समाहित हुन्छ । यसले आफैंसँगको आलोचना, बिस्तार, परिमार्जन, र क्रान्तिप्रतिको अभिसन्धि, स्थिर वैज्ञानिक मानदण्डसँग यसको सम्बद्धता रहन्छ । यसको यो लक्ष नयाँ रूपनिर्धारण तर्फ तीब्र दृृृश्यात्मक परिवर्तन हो जुन प्राकृतिक सत्य तर्फ अत्यधिक जवाफदेही हुन्छ (क्अष्भलअभ ँष्अतष्यल ष्क तजबत अबिकक या ाष्अतष्यल धजष्अज अयलतबष्लक तजभ अगचचभलतक या अजबलनभ ष्ल कअष्भलअभ बलम कयअष्भतथ। क्ष्त अयलअभचलक ष्तकभाि धष्तज तजभ अचष्तष्त्रगभ, भहतभलकष्यल, चभखष्कष्यल, बलम अयलकउष्चबअथ या चभखयगितष्यल, बिि मष्चभअतभम बनबष्लकत कतबतष्अ कअष्भलतषष्अ उबचबमष्नmक। क्ष्तक नयब िष्क तय उचयmउत ब उबचबमष्नm कजषत तय ब लभध खष्भध तजबत धष्िि दभ mयचभ चभकउयलकष्खभ बलम तचगभ तय लबतगचभ। ) ।”
 एल्भिन टफ्लर (ब्खिष्ल त्यााभिच) भन्छन्– “विज्ञान कथासाहित्यले नृवंशकेन्द्रीयतावाद तथा सामयिक सङ्घीयतावादलाई चुनौती दिँदै  समग्र सभ्यतालाई खुला गरेर रचनात्मक आलोचनालाई अनुमति प्रदान गर्दछ (द्यथ अजबििभलनष्लन बलतजचयउयअभलतचष्अष्कm बलम तझउयचब िउचयखष्लअष्बष्किm, कअष्भलअभ ाष्अतष्यल तजचयधक यउभल तजभ धजयभि या अष्खष्ष्शिबतष्यल बलम ष्तक उचझष्कभक तय अयलकतचगअतष्खभ अचष्तष्अष्कm। )”
 इन्साइक्लोपिडिया ब्रिटानिका अनलाइनका अनुसार “विज्ञान कथासाहित्य विशेष गरी समाज वा व्यक्तिमाथि पर्ने यथार्थ वा आनुकाल्पनिक विज्ञानको प्रभाव बारे व्यवहार गर्ने आख्यान हो । अझ सामान्यीकरण गरेर भन्ने हो भने कुनै पदार्थ वा विज्ञानपरक तत्वमा आधारित विज्ञानपरक साहित्यिक अनुकल्पना वा स्वैरकल्पना विज्ञान कथासाहित्य हो (ँष्अतष्यल मभबष्लिन उचष्लअष्उबििथ धष्तज तजभ ष्mउबअत या बअतगब ियच ष्mबनष्लभम कअष्भलअभ यल कयअष्भतथ यच ष्लमष्खष्मगबकि, यच mयचभ नभलभचबििथ, ष्तिभचबचथ ाबलतबकथ ष्लअगिमष्लन ब कअष्भलतषष्अ ाबअतयच बक बल भककभलतष्ब ियचष्भलतष्लन अयmउयलभलत।)”
नेपाली विज्ञानसाहित्य र अध्ययन परम्परा
 केही पश्चिमी समालोचकले विज्ञान कथासाहित्यको प्रारम्भ गिल्सामेसको बेबिलोनियाई महाकाव्यबाट भएको मानेका छन् । उनीहरूको त्यो भनाइलाई मान्यता दिने हो भने पूर्वीय वैदिक तथा पौराणिक साहित्य यो भन्दा पुरानो हुन आउँछ । हाम्रा वेद्, पुराण, रामायण, महाभारतमा वर्णित अधिकांश कुराहरूको आख्यानात्मक भविष्यवाणी आज आएर सत्य भएका छन् । त्यसैले तिनलाई प्रारम्भिक विज्ञान कथा मान्दा फरक पर्दैन ।
 त्यसैले नेपाली साहित्यमा कमै लेखिने गरेको भए पनि विज्ञान कथासाहित्यको खुकुलो परिभाषा र अन्तर्भूत पक्षलाई स्वीकार्दा हाम्रा प्राचिन वाङ्मय र लोकसाहित्यमा विज्ञान कथासाहित्यको बीजरूप भेटिन सक्छन् । बेद, उपनिषद् र पुराण आदि प्राचिन ग्रन्थहरूमा विज्ञान कथाका प्रारम्भिक रूप फेला पार्न सकिने पर्याप्त सम्भावना छन् । रामायण, महाभारत र बेद उपनिषद्का कतिपय कथा–उपकथामा विज्ञान कथाका स्वरूप भेटिन सक्छ । विज्ञानप्रविधिसम्मत आधारमा केही कल्पनाको जलप चढाएर भावी कल्पनाको महल खडा गर्नु विज्ञानसाहित्यको खुकुलो परिभाषा र एउटा प्रमुख परिचय हो । यो धारणा अनुसार हाम्रा प्राचिन साहित्यमा त्यसको प्रयोग प्रशस्त भएका छन् । पुष्पक विमान, आकाशवाणी र सञ्जयको दूरदृष्टि तथा दूरश्रवणका अनुकल्पनामा आधारित हाम्रा वैदिक तथा पौराणिक कथाभित्र विज्ञान कथाका लक्षण र तत्वहरू पर्याप्त फेला पर्न सक्छन् । हाम्रा पुर्खाले कल्पना गरेका समुद्रभित्रको सहर अर्थात  बैकुण्ठ लोक, सुन्दर संरचनाका नगर इन्द्रलोक, सुन नै सुनको स्वर्णनगरी लङ्का, लाहाको ज्वलनशील लाक्षागृह आदि अनेकौं इन्जिनियरिङका परिकल्पना र सन्दर्भले विज्ञान कथाको अस्तित्व सिद्ध गर्न सक्लान् । ती साहित्यले वर्णन गरेका शब्दभेदी वाण, आग्नेयास्त्र, पाशुपतास्त्रका कथा विज्ञान कथाकै बीज रूपमा देखिन सक्छन् । यति मात्र नभएर हाम्रा लोककथा, दन्त्यकथा, जासुसी र तिलस्मी कथाका गुफा र भवनका संरचनामा पाइने भूलभूलैया, आधुनिक विजुली भ¥याङ अर्थात् लिफ्टजस्ता तलमाथि गर्ने तखता, पाक ताउलीजस्ता शीततापनियन्त्रक फ्रिज, टिफिन बक्स, राइस कुकर आदि बस्तुका पूर्व कल्पनाहरू आज विज्ञानप्रविधिकोकसीमा यथार्थ बनिसकेका छन् । त्यसैले यस्ता कथाहरूमा आजका विज्ञान कथाकै बीज रूप देख्नुलाई अन्यथा मान्न नसकिएला । यी प्रमाणसिद्ध हुन गम्भीर अध्ययनको आवश्यकता छ । हाम्रा विद्वान् समालोचक र साहित्य शास्त्रीहरूको ध्यान यस तर्फ आकृष्ट हुन सक्यो भने भोलि हाम्रो विज्ञान कथासाहित्यको पूर्वीय इतिहास निकै अगाडि पुग्ने मात्र नभएर यसको प्रारम्भका दृष्टिमा समेत अगाडि हुनसक्छौ ।
 अर्को दृष्टिले हेर्दा गन्र्सव्याकको परिभाषामा प्राचिन मात्र नभएर विज्ञान कथामा दरिएका कतिपय हाम्रा आधुनिक विज्ञान कथासाहित्य समेत खरो उत्रिँदैनन् । उनको भनाइमा विज्ञान कथासाहित्यमा आकर्षक रोमान्स, वैज्ञानिक तथ्यका साथै युगद्रष्टामा हुने दूरदृष्टि रहन्छ । यी शिक्षाप्रद हुन्छन् र यिनले ज्ञानलाई अत्यन्त सुग्राह्य रूपमा प्रस्तुत गर्दछन् । यसरी हेर्दा भने विज्ञान कथा भनी नाम लिने गरिएका कतिपय नेपाली रचना विज्ञान कथाको गन्र्सब्याकीय कसीमा सक्कली ठहरिँदैनन् । पश्चिमी विज्ञान कथासाहित्यको लेखनमा योगदान गर्ने प्रायः वैज्ञाकिहरू नै देखिनु र गन्र्सव्याकको परिभाषामा त्यसको प्रभाव रहनुले यसो भएको हुनसक्छ । नेपालीमा लेखिएका विज्ञान कथाको विषयबस्तु मूलतः मानवकेन्द्रित रहने गरेका छन् । तिनले वैज्ञानिक प्रगति र मानवीय संवेदना तथा सामाजिक सिद्धान्तको पारस्पिरिक प्रभाव देखाए पनि प्रामाणिक विज्ञानप्रविधिका तत्वहरूलाई भने कमै कथासाहित्यले समाहित गर्न सकेका छन् ।
 नेपाली विज्ञान कथाले गन्र्सव्याकीय दृष्टिकोणलाई भन्दा इन्साइक्लोपिडिया ब्रिटानिका र अङ्ग्रेजीको साइन्स फिक्सनले वहन गर्ने सामान्य अर्थ र भावलाई आदर्श ठानेको अनुमान  गर्न सकिन्छ । यस अनुसार पश्चिमेली विज्ञान कथासाहित्यमा पनि मेरी शेलीको फ्र्याङ्केन्स्टाइन वा मोडर्न प्रोमिथियस (१८१८), रोबर्ट लुइस स्टिभेन्सनको स्टे«न्ज केस अफ डा.जेकिल एण्ड मिस्टर हाइड (१८८६) विज्ञान कथाका परिभाषाभित्र परे पनि ब्राम स्टोकरको ड्र्याकुला (१८९७) पूर्णतः अलौकिक विषयमा केन्द्रित रहेकोले पश्चिमा विद्वान्हरूको भनाइमा विज्ञान कथा मानिँदैन । विज्ञान कथामा विलक्षणता र दूरदर्शिताका साथै अद्भूत कल्पनाशक्तिको अपेक्षा गरिन्छ । यो धारणा अनुसार कल्पनाको कुनै पनि उडानलाई छद्म विज्ञानको नाउँमा विज्ञान कथासाहित्यको रुपमा स्वीकार्नु पर्ने संभावना रहन्छ । ती आलोचकका भनाइमा  यस्ता आख्यानकथालाई विज्ञान कथाभन्नुभन्दा विज्ञान स्वैरकल्पना (साइन्स फ्यान्टासी), अनुमानात्मक वा भविष्यकल्पनामा आधारित कथासाहित्य भन्नु उपयुक्त हुन्छ ।  
 तर यही परिभाषालाई अलि खुकुलो किसिमले व्याख्या गर्ने हो भने हाम्रा वैदिक–पौराणिक आख्यानमा गन्र्सब्याकले भनेजस्तै “आकर्षक रोमान्स, वैज्ञानिक तथ्य र युगद्रष्टाको दूरदृष्टिको सम्मिश्रण, रूचिकरता र शिक्षाप्रद” हुनुजस्ता विज्ञान कथाका आवश्यक तत्वहरू भेटिन सक्छ । गन्र्सव्याकले भनेजस्तै यिनले ज्ञानलाई अत्यन्त सुग्राह्य रुपमा प्रस्तुत पनि गरेका छन् । त्यसैले माथि भनिएजस्तै आजभन्दा लगभग पाँच हजार वर्ष अगाडि नै वेद–उपनिषद्का साथै रामायणमहाभारतजस्ता पौराणिक–धार्मिक ग्रन्थहरूमा अन्तरग्रहीय यात्रा वा आवागमन, बेतारबाट प्रसारित–प्रवाहित हुने आकाश वाणीजस्ता श्रव्य–दृश्ययुक्त दूरभाष वा दूरदर्षक यन्त्र, शब्दभेदी प्रहार गर्ने क्षमता भएका शस्त्रास्त्र र गगनगामी वायुयानहरूको हाम्रा पुर्खाले  रोचक रूपमा वयान गरेका छन् । ती कुरा आज विज्ञानसम्मत यथार्थ बनिसकेका छन् । यसरी हेर्दा विज्ञान कथासाहित्य हामीकहाँ पश्चिमी विज्ञान कथा भन्दा पनि कता हो कता अगाडि अस्तित्वमा थियो भन्न नसकिने होइन । तर यो अनुमान मात्र हो । प्रमाणित नहुन्जेल आधुनिक विज्ञान कथाको विकास उन्नाइसौंं शताब्दीको अन्त्यितिर आएर भएको पश्चिमी विद्वानहरूको धारणालाई स्वीकार्नु बाहेक अर्को उपाय छैन ।
 जे होस् अहिलेका लागि आधुनिक विज्ञान कथाको प्रारम्भ र विकास पश्चिमी सन्सारबाट नै भएको हो भन्ने प्रचलित मान्यतालाई स्वीकार्नुको विकल्प छैन । विज्ञानप्रविधिसम्बद्ध असङ्ख्य आविष्कारका परिकल्पना पश्चिममा भन्दा पनि धेरै वर्ष अगाडि पूर्वीय मनीषीहरूबाट भयो । बैदिक साहित्य यसको उदाहरण छ । तर चिकित्सा शास्त्रको आयुर्वेद विज्ञानमा बाहेक विज्ञान प्रविधिका अरू क्षेत्रमा प्रयोगका दृष्टिमा हामीले केही गर्न सकेनौं । त्यसकै परिणामस्वरूप आधुनिक विज्ञानको विकासभूमि बन्ने श्रेयबाट हामी वञ्चित रह्यौं ।
 नेपाली साहित्यमा विज्ञान कथासाहित्यका सम्बन्धमा गम्भीर रूपले पर्याप्त मात्रामा अध्यय भएको छैैन । नेपाली आख्यानसाहित्यकोसमग्र अध्ययन गर्ने क्रममा कहीँ कतै विज्ञान कथाका बारेमा सामान्य चर्चा र प्रवृत्तिसम्म केलाउने गरिएको पाइए पनि विज्ञान कथासाहित्यलाई नै केन्द्रमा राखेर यस बारे अध्ययन अनुसन्धान भएको भने देखिँदैन । यस पृष्ठभूमिमा नेपाली विज्ञान कथासङ्ग्रह (२०६७) कृतिमा सम्पादक सुनील पोखरेलले गरेका विज्ञान कथाको सैद्धान्तिक मान्यता र नेपाली कथाको विकासक्रमको बारेको चर्चालाई पहिलो गम्भीर प्रयास मान्नु पर्छ । यस अघि दयाराम श्रेष्ठ, मोहनराज शर्मा आदिका नेपाली साहित्यको इतिहाससम्बन्धी ग्रन्थ र नेपाली विज्ञान कथासाहित्यका कृतिहरूमा लेखिएका भूमिका र सङ्क्षिप्त चर्चामा यसबारे सीमित चर्चा गरिएको पाइन्छन् । राजेन्द्र सुवेदी (छोरी ब्रह्माण्ड २०४७ र प्रयोग÷प्रत्यारोपण २०४७), रमेश विकल (यामागल, २०५४), कृष्णचन्द्र सिंह प्रधान (एक अविनवको आत्मकथा, २०४४) आदि यसका दृष्टान्त हुन् । त्यसरी नै केही लेखकले यस विषयमा अलि गहिरिएर कलम चलाउने प्रयास गरेका छन् । तिनमा वासु रिमाल यात्री (गौंथलीको गुँडः एक दृष्टि, मधुपर्क वर्ष ३ अङ्क ६, २०२७), शरद् छेत्री (शङकर लामिछानेका विज्ञान कथा केही रेखाङ्कन समालोचना, १९८०) उल्लेख् रहेका छन् । त्यस पछि तारामणि दहाल, हरि घिमिरे, कृष्णप्रसाद दहाल, लक्ष्मीशरण अधिकारी, मधसूदन गिरी, ऋषिराज बराल र कृष्णप्रसाद घिमिरे, वालिका गिरी र विदुर गौतम, सुनील पोखरेल, विजय चालिसे, डा. इशान गौतम आदिले विज्ञान कथा र नेपाली विज्ञान कथासहित्यका सम्बन्धमा अलि गहिरिएर अध्ययन गर्ने कोसिस गरेका छन् ।
 यसरी हेर्दा नेपाली उपन्याससाहित्यको पूर्वपरम्परा रहस्यरोञ्चवादी धाराबाट सुरु भएको देखिन्छ । जुन धारा सुरुसुरुमा पश्चिमा साहित्यले खुकुलो अर्थमा विज्ञान कथासाहित्य मानेका कृतिहरूकै हाराहारीमा रहेको अनुभव हुन्छ । “आधुनिक कालपूर्व नेपाली उपन्यासमा रहस्य–रोमाञ्चवादी धाराका तिलस्मी, ऐय्यारी, जनदुगरी, अद्भूत घटना, जासुसी आदि प्रवृत्ति भएका उपन्यासहरूको आधिक्य पाइन्छ (मोहनराज शर्मा) ।” यी उपन्यासभित्रका आद्भूत रहस्य रोमाञ्चमा कोरा नै भए पनि केही न केही विज्ञानका कल्पना भेटिन्छन् । अझ त्यस अवधिमा देखा परेका कृतिहरू मध्येको महत्वपूर्ण उपन्यास गिरीशबल्लभ जोशीको बीरचरित्रमा मौलिक कल्पना भेटिन्छन् । देवकीनन्दन खत्रीको उपन्यास चन्द्रकान्ताको प्रभावमा लेखिएको भन्ने केही समालोचकको भनाइ रहे पनि नेपालकै सेरोफेरो, परिवेश र सन्दर्भमा मौलिक सिर्जना मानिने गिरीषबल्लभ जोशीको बीरचरित्र (१९६०) मा रहस्य रोमाञ्च र कल्पनाशीलताको राम्रो प्रयोग भएको छ । नेपाली साहित्यमा पहिलो मौलिक यो रहस्य रोमाञ्चवादी धाराको उपन्यासमा प्रयुक्त तिलस्मी, ऐयारी आदिमा गरिएको विज्ञानप्रविधिको भावी कल्पना विज्ञानउपन्यासको खुकुलो परिभाषाभित्र पर्नसक्छ ।   
 “हाम्रा वेद, पुराण, रामायण, महाभारतमा वर्णित आजका विज्ञानसँग मेल खाने अधिकांश कुराहरूको आख्यानात्मक भविष्यवाणी आज आएर सत्य भएका छन, तिनलाई प्रारम्भिक विज्ञान कथा मान्दा फरक पर्दैन (विजय चालिसे, दायित्व ५०)” को भन्ने तर्क बेमनासिब लाग्दैन तर यस सम्बन्धमा थप अध्ययन बाँकी नै छ । यसरी नै माध्यमिककालीन नेपाली साहित्यका महत्वपूर्ण प्रतिभा गिरिशबल्ल्भ जोशीको उपन्यास वीरचरित्रमा आधुनिक विज्ञानका चमत्कारजस्ता लाग्ने प्रसङ्गहरू पाइए तापनि यसमा विज्ञानका तर्कसम्मत आधारहरूको अभाव देखिन्छ । त्यसैले “विज्ञान कथा आधुनिक साहित्यको देन भएको र शङ्कर लामिछानेको आत्माको मीमांसा (२०११) मा विज्ञानको पदार्थवादी मान्यता वैज्ञानिक अन्तर्दृष्टि रहेकोले पहिलो नेपाली विज्ञान कथा भएको सङ्केत विचारयोग्य मान्नु पर्छ (सुनील पोखरेल) ।” भन्ने तर्क विचारयोय छ । त्यही साल उनकै ऊ कसको हो ? र वि.सं २०२५ मा माया नम्बर ६५३ शीर्षक अर्का दुई कथा प्रकाशित भए । सुनील पोखरेलका अनुसार नेपाली विज्ञान कथाको पहिलो चरणमा लामिछाने पछि अन्तिम भोज (२०२०), प्रवेश निषिद्ध देश (२०२१), इन्जिनियरको टाउको (२०२५) शीर्षक कथा लिएर विजय मल्ल देखा परे । तर यी कथा आधुनिक विज्ञान कथाको परिभाषाभित्र कत्तिको खरो उत्रन्छन् त्यो थप अध्ययनको विषय हुनसक्छ । अधिकारीका अनुसार त्यसपछिका अवधिमा तुलसीराम कुँवर (नेटोपारी,२०३१), कविताराम श्रेष्ठ (यान्त्रिक यन्त्रणा, २०३६, गिनी पिग र अश्वत्थामा उवाच, २०३७), रमेश विकल (विक्रम र नौलो ग्रह, २०३९), सरुभक्त (एक अभिनवको आत्मकथा, २०४४) आदिको योगदान रह्यो । यसरी नै दोस्रो चरणचमा पनि पहिलो चरणका कविताराम, सरुभक्तः, रमेश विकलका साथै गोरखबादुर सिंह, विजय चालिसे, आमोददेव भट्टराई, रमेश खनाल, मदनमणि दीक्षित, महेशविक्रम शाह,, गोविन्दप्रसाद कुसुम, इन्दिरा प्रसाई दखा परे ।   
 नेपाली आख्यान साहित्यभित्र आधुनिक दृष्टिमा विज्ञान कथाको परिभाषामा पूर्ण समाहित हुने विज्ञानसाहित्य निकै कम लेखिएका छन् । डा. इशान गौतमको “....केही नेपाली विज्ञान आख्यानमा पनि यसै गरी, अझ योभन्दा बढी हुर्मत नलिइएको अनि विज्ञानले मान्दै नमान्ने प्रेतात्माको प्रसङ्गलाई जानीनजानी बलजफती विज्ञान आख्यानमा राख्ने प्रयास नभएको होइन । विज्ञानमा बलजफती चल्दैन अनि विज्ञान आख्यानमा वास्तविकताभन्दा बाहिरका अतिरञ्जनापूर्ण वर्णन पनि गरिनु हुँदैन ।” डा. गौतमको सङ्केत पनि यतैतर्फ लक्षित देखिन्छ । विश्वव्यापी रूचिको विषय रहँदै आएको भए पनि नेपाली वाङ्मयमा विज्ञान कथालेखक र विज्ञान कथा दुबैको सङ्ख्या अत्यन्त कम देखिन्छ । तिनका बारेको चर्चा पनि हुने गरेको त्यति देखिँदैन ।

सहयोगी सामग्री
१. आसिमोभ, आइज्याक, आसिमोभ अन साइन्स फिक्सन, १९८१, डबल डे एन्ड कम्पनी ।
२. इन्साइक्लोपिडिया ब्रिटानिका २००४ संस्करण र अनलाइन संस्करण ।
३. एन्कार्टा अनलाइन इन्साइक्लोपिडिया, माइक्रोसफ्ट, २००६ ।
४. एल्डिस, रियान डब्लु. र डेभिड हरग्रोभ, ट्रिलियन यर स्प्री १९८६ एन्थेनियम ।
५. किङ्सले एमिस, न्यु म्याप अफ हेल १९६०, हार्कोर्ट, बे्रस एन्ड कंपनी, लन्डन, ।
६. गौतम, ईशान, विज्ञान आख्यानको पुनव्र्याख्या जरुरी, राजधानी २०६७ फागुन ८ ।
७. चालिसे, विजय, विज्ञान कथा र नेपाली विज्ञान कथा अध्ययनको आवश्यकता, दायित्व ५०) ।
८. बाल फोंकडेले बिता हुआ भविष्य २००६, नेसनल बुुक ट्रस्ट, दिल्ली ।
९. मोहनराज शर्मा, गिरीषबल्लभ जोशीको वीरचरित्र र नेपाली उपन्यासको सय वर्ष, कार्यपत्र, पृ. ११)
१० .रोबर्ट ए. हेइनलेन; साइन्सफिक्सनः इट्स नेचर, फल्ट्स एन्ड भच्र्युज, एडभेन्ट, सिकागोः १९६९ ।
११. वेस्टफाल, वेस्ट (सं.), द ग्रिनउड इन्साक्लोपिडिया अफ साइन्सफिक्सनः थिम्स, वर्क एन्ड वन्डर्स  २००५, ग्रिनउड प्रेस ।
१२. सुनील पोखरेल नेपाली विज्ञान कथासङ्ग्रह २०६७ । vijaychalise@hotmail.com