Saturday, September 14, 2013

कर्तव्यबोध ! –विजय चालिसे

(मधुपर्क असोज २०७० म प्रंकाशित कथा)

“कति गर्मी, पसिनाले खल्खली भिजिसकियो ।” पजेरोबाट ओर्लनासाथ विष्णुमान ले निधारबाट बग्न लागेको पसिनालाई गोजीबाट सेतो टकटकाउँदो रुमाल झिकेर पुछ्यो । हुन त गाडीभित्र गर्मी थिएन, वातानुकूलित पजेरोभित्र त्यस्तो केही असुविधा पनि थिएन । चाहिने सबै सुविधाले सुसज्जित थियो सानदार पजेरो । हिजोसम्म आफ्ना परियोजना प्रमुख हाकिम साब, सचिव र मन्त्रीहरूले सानपूर्वक गरेको पजेरो यात्रा देख्दा ऊ पनि मनमनै कल्पन्थ्यो– आहा.. आफ्नो भागमा पनि यस्तै पजेरो पर्ने भए...! त्यति ठूलो महङ्गो गाडीमा चढ्नुको मजै अर्कै ! सरकार प्रमुखले मितव्ययिताको नाटकगर्दै मुस्ताङ चढेपनि अरु मन्त्री र श्रीमतीदेखि नजीककाले रोजी रोजी सरकारी पजेरो चढेकाले हाकिमसाबहरूले कुनै बारना गर्नुपर्ने अवस्था ठानेका थिएनन् । 
पजेरो नै नभए पनि उसलाई अफिसले छुट्टै मोटर दिएको थियो, नदिएको होइन । अधिकृत तहको इन्जिनियर भएकोले उसको भागमा पजेरो भने आइपुग्दैनथ्यो । त्यसमाथि भएको ठूला पजेरा नामका महँगा मोटरहरू देखेपछि मन्त्री, सचिव र सत्तारूढ पार्टीका नेताहरूका आँखा परिहाल्थे, काँबाट आइपुगोस् उसको भागमा ? 
बल्ल आएर उसको पजेरो चाहना पूरा भएको थियो । आज उसको भागमा पनि आइपुगेको थियो वातानुकूलित सान्दार पजेरो ! यति चाँडै त्यो सपना पूरा भएर यस्तो सानदार पजेरोको मालिक बन्न पाउँदा ऊ दङ्दास थियो । त्यसैको अगाडि उभिएर फोटो खिचाउने भित्री इच्छालाई भने बलजफती दबाएको थियो– देख्नेले उत्ताउलो भन्लान् फेरि !
यो सपना पूरा हुन अर्थात् विदेशी ऋणको यति ठूलो परियोजनाको हालीमुहाली हात पार्न भने फलामको च्युरै चपाउनु परेको थियो । सोचेजति सजिलो थिएन यो काम । यसको दावेदार ऊभन्दा वरिष्ठ र अनुभवी अरु धेरै थिए । सुनिन्थ्यो यसका लागि नोटको बिटो बोकेर मन्त्रीकाँसम्म धेरैजना पुगेक थिए रे ! लगभग निर्णय हुनहुन लाग्दा सरकार बदलियो । सन्जोगले उसको आफ्नै पार्टी पुग्यो सरकारमा र सरकारको प्रमुख बने उसका साख्खै भिनाजु ! त्यसपछि उसको पनि आशा पलाएको थियो, दिदीलाई भन्न लगाएर पनि यो मौका त गुमाउनु हुन्न । त्यसपछि त लागिहालियो नि यो पदप्राप्तिको म्याराथुन दौडमा । 
“ह्वैन हो, साथी हो...तपाँइहरूले पनि एसो भरथेग गर्नु प¥यो है । पहिले पो सरकार हाम्रो थिएन । अब त...! आफ्नो सरकार भएको बेला पनि पछि पर्नु त भएन नि ।” उसले आफ्ना पार्टीका सानातिना नेता गुहारेन कि, पर्दाभित्रबाट मन्त्रालय, संस्था चलाउने उसकै युनियनको पार्टी समर्थकहरू गुहारेन । आखिर परियोजना पाएवापत पार्टीलाई ठूलै थैली बुझाउने सर्तमा उसले यो प्रमुखको शिरपाउ भिर्ने सौभाग्य पायो ।  
यसरी खाने पानीको एउटा ठूूलै परियोजना प्रमुखको जिम्मेवारी बोकेर ऊ यस नयाँ ठाउँमा आएको धेरै भएको थिएन । यस्तै तीन चार महिना त भयो होला नि ? ऊ मनमनै हिसाव लाउँछ । योभन्दा कति बढी भयो होला त प्रमुखका हैसियतमा पदार्पण भएको । प्रमुख बनेर आएको केही समयमैं अघिल्लो हप्ता फेरि राजधानी जानु परेको थियो उसलाई । उसले राम्ररी बुझ्न पनि पाएको थिएन यो ठाउँ र यहाँका मानिसलाई । राजधानी फर्केर केन्द्रको काम सकीवरी भर्खरै मात्र फर्किएको थियो ऊ आफ्नो जिम्मेवारीलाई अगि बढाउन ।  
लामो बाटो, पजेरो कै यात्रा भए पनि निकै थकाउने खालको थियो राजधानीदेखि यहाँसमको यात्रा । परियोजना प्रमुखको खिताव भिरेको इन्जिनियर विष्णुमान बाटोको थकाइले लखतरान थियो । राम्ररी चिन्न बाँकी नै भए पनि तीन चार महिना अगि नै जिम्मेवारी लिएर आएको हुनाले यो ठाउँ उसका लागि नौलो नै भने थिएन । कुनै असुविधा पनि थिएन क्वार्टरमा । सानो भए पनि विदेशी लगानीमा सञ्चालित अरु परियोजनाजस्तै हर सुविधा थियो क्वार्टरमा । सहयोगको ठूलो अंश हाकिम कर्मचारीहरूको सुख सुविधा जुटाउनका लागि खर्च भएकाले परियोजना कार्यालय साधन सम्पन्न थियो । 
विष्णुमान क्वार्टरभित्र पस्यो । आफू आउने खबर अगाडि नै पठाएकोले सहयोगी विर्खेले कोठाको एसी खुला राखेको थियो । बाहिरको गर्मी थिएन भित्र, कोठा शीतल थियो । उसले चरौतिर आँखा दौडायो । एकहप्ता अगि आफूले छाडेर गएकोभन्दा कुनै परिवर्तन थिएन कोठामा । देखिने कुरा पनि थिएन । एक हप्ता धेरै समय पनि त होइन । एक हप्ताभन्दा बढी बस्नै कहाँ पायो र काठमाडौं । त्यसैले एकै हप्तामा कुनै नयाँ भइहाल्ने कुरै थिएन । त्यसमाथि श्रीमती आफूभन्दा अगाडि नै माइत हिँडिसकेकी थिइन् । कोही नभएको क्वार्टरमा के पो नयाँ कुरा हुनु र ! तर पनि यतिबेला विष्णुमानलाई के के लागेको थियो, केही नौलो कुराको उपस्थिति भए झैं । 
“किन यस्तो लागेको मलाई...के छ नयाँ कुरा कोठामा...?” प्रश्न ऊ आफैंप्रति लक्ष्यित थियो । 
जवाफ खोज्दै उसले फेरि एकपटक कोठाको चारैतिर आँखा घुमायो । झट्टै ठम्याउन भने सकेन । 
“ए..., के हो यो ? यही देखेर मलाई यस्तो लागेको हो त ?” कोठाको चारैतिर डुलिरहेका उसका आँखा बैठकको बीचोबीच रहेको सेन्टर टेबलमा परेपछि फेरि आफैंसँग प्रश्न ग¥यो उसले । 
सेन्टर टेबलमाथि एउटा ठूलो झोला रहस्यमय ढङ्गमा उसैलाई हेरिरहेका थियो । आँखाभरि प्रश्न बोकेर उसका आँखा त्यही झोलमा अड्किए– के हो यो...? यो त मैले ल्याएको सामान होइन ! 
निकै बेर दिमागमाथि जोड लाएपछि झट्ट सम्झ्यो, ए... अस्ति काठमाडौं हिँड्नै लाग्दा सहयोगी रञ्जनदासले छाडेको थियो झोला पो हो क्यारे । रञ्जनदास यस कार्यालयमा दशौं वर्षदेखि जरो गाडेर बसेकोउसको सहयोगी कर्मचारी थियो, उसको निकटतम सहयोगी ! सानो ठाउँ भए पनि आमदानी रामै्र हुने भएकोले ऊ हर उपाय लगाएर हरेकपटकको  सरुवाबाट बच्थ्यो । पुरानो भएकाले नयाँ आउने जोकोही प्रमुखलाई पनि उसबाट सूचना र सल्लाह नपाई अघि बढ्न सहज हुँदैनथ्यो । त्यसैले ऊ जुन प्रमुख आए पनि एक्काको एक्कै रहन्थ्यो ।    
“काठमाडौंमा राम्रा सारीहरू देखेर मनै मानेन...। श्रीमतीको लागि किन्दा म्याडमलाई पनि मन पर्छ भनेर...!” सम्झ्यो, बडो जतनले झोला टेबिलमाथि राख्दै भूमिका बाँधेको थियो रञ्जनदासले त्यतिबेला । 
“......।” विष्णुमानले कुनै जवाफ दिएको थिएन त्यतिबेला । काठमाडौं हिँड्ने हतारोमा झोला र त्यसभित्रको जिनिसका बारेमा सोचेर टाउको दुखाउन आवश्यक ठानेन उसले । सामान्य जानकारी रञ्जनदासले दिएकै थियो । न त स्वीकृति–अस्वीकृति जनाउने आवश्यकता नै देख्यो । कसैले खुसीले दिएको कुरा.....। 
“नयाँ डिजाइनको इम्पोर्टेड..., काठमाडौंमा पनि भर्खैरै आइपुगेको ! सरलाई सम्झेर ल्याएको, म्याडमका लागि ! त्यति ठूलो कुरा त होइन सर !” विष्णुमानबाट कुनै प्रत्युत्तर नपाएपछि स्पष्टीकरणमा भनेको थियो उसले । टेबिलमाथिको झोला देखेर अहिले विष्णुमानलाई सम्झना भयो । 
“म्याडम त छैन, माइत गएकी छ ।“ दोहोरो खालको अर्थ लाग्ने जवाफ निस्किएको थियो उसको मुखबाट । 
“म्याडम आएपछि पक्कै मन पराउनुहुन्छ सर । मलाई विश्वास छ !” अर्थपूर्ण मुस्कान फाल्दै हिँडेको थियो रञ्जनदास त्यतिबेला । विष्णुमानले न झोला खोलेर हेर्ने जाँगर देखाएको थियो, न त्यो कोसेलीलाई लिएर कुनै रुचि वा अरुचि नै प्रकट गरेको थियो । 
आज हप्तादिनपछि फर्कँदा झोला टेबिलमाथि जस्ताको त्यस्तै थियो, यथावत ! 
हाकिम आएको देख्नासाथ हाजिर भएकी कान्छी खाजा–नास्ताको प्रबन्ध गर्न भान्छामा जुटिसकेकी थिई । खासमा कार्यालय सहायक अर्थात पियन थिई ऊ । कार्लालय सहायक अर्थात पिउन र उसको क्वार्टरको परिचारिका दुवैको भूमिका निर्वाह गर्दै आएकी छ, कान्छीले । अफिसको साथै खाना पकाउने ख्वाउने र घरको रेखदेख गर्ने समेतको जिम्मेवारी उसैमाथि थियो । भान्छामा चिया बसालेर सात दिनदेखि थुप्रिएका अखबार भर्खरै अगाडि टेबलमाथि राखेर गएकी थिई कान्छी । 
मन लागीनलागी विष्णुमानले डङ्गुरबाट एउटा अखबार झिक्यो । हातमा लिएर सर्सती शीर्षक पल्टाउँदै गयो विष्णुमान । त्यो स्थानीय अखबारमा अनेक थरी समाचार थिए । कतिमा उसको भिनाजुको नेतृत्वको सरकारको आलोचना मात्रै थिए । त्यो देखेर ऊ जुरुक्क उठ्यो र झयाल छेउमा पुगेर पिच्च थुक्यो– कुनै सरकारलाई काम गर्न दिँदैनन् यी पत्रकार र पत्रिका भनाउँदाहरू । काम गर्न पाएको छैन, आलोचना र आरोप ! भनेजति नपाउनासाथ वदनाम मात्रै गर्छन् यी ! 
अखबारप्रतिको असन्तुुष्टी मुखको खकारसँगै फालेर ऊ फेरि आरामदायी सोफामा आरामपूर्वक बस्यो । उसले अगाडिको अखबार फेरि हातमा लिएर सर्सती समाचारका शीर्षकमा आँखा फाल्दै गयो । भित्री पेजको एउटा अर्को समाचारमा पुगेर टक्क अडिए उसका आााख । उसको ध्यान राम्रैसग तान्यो त्यो समाचारले !   
समाचार उसको आफ्नै अफिसको बारेमा थियो । यस अर्थमा उसको आफ्नै बारेमा लेखिएको थियो । समाचारमा खाने पानीको विगत योजना सञ्चालन गर्दा अनियमितता र भ्रष्टाचार भएको दावी गरिएको थियो । पहुँचवाला र कर्मचारीहरूलाई महिनावारी बुझाउने होटेल, उद्योगआदिमा पानीको छेलो खेलो हुने गरेको र पैसा तिरेर खाने सामान्य उपभोक्ताले भने खान समेत पानी नपाएर दुई तीन घन्टा खोला धाउनु पर्ने अवस्थाको उल्लेख थियो समाचारमा । समाचारमा आम जनताका गुनासा थिए । समाचारको पुष्टी गर्न स्थानीय जनताकै भनाइ राखिएको थियो ।  
“सर नमस्कार....! मन्त्रालयको भेटघाट त राम्रै भयो होला नि, ह्वैन सर ?” हाकिम आइपुगेको सुइँको पाउनासाथ हाजिर भैसकेको थियो रञ्जनदास ।
“अँ...भर्खरै आइपुगेँ । तपाइँले समाचार त पढिहाल्नुभो’ होला...? पस्न नपाउँदै रञ्जनदास आइपुगेकोमा मनमनै अप्रसन्न भए पनि बाहिर देखाएन विष्णुदासले ।  
“पढें, किन नपढ्नु । यी अखबार र पत्रकार भनाउँदा पनि कस्ता, जे मनमा आयो त्यही लेखिहाल्छन् । अलिकति विज्ञापन र मासिक खर्चको नियमित खाम पाएनन् कि चलिहाल्छ यी पत्रकार भनाउँदाको मनगडन्ते समाचार लेख्ने कलम । अनि मनगडन्त आरोप थोपरिन्छन् हामीजस्ता जनताका लागि घरबार छाडेर दिनरात खटिने राष्ट्रसेवकहरूमाथि ! चिन्ता गर्नु पर्दैन सर...अखबारलाई अलिकति विज्ञापन र पत्रकारलाई बेलाबखतमा खाम पु¥याएपछि सबै कुरा मिलीहाल्छ नि !” रञ्जनदासले लामैं परिपाठ लगायो ।  
रञ्जनदासको कुरा सुनेर मन्दमन्द हाँसो निस्केको थियो उसको ओठमा । ऊ र उनीहरू सबैलाई थाहाछ, यस्ता विकासे अफिस र अखबारका बीच चोर पुलिसको खेल चलि नै रहन्छ । पुलिस, केस चलाउँछ, बीचैमा केस बन्द गरिदिन्छ । उखानै छ नि– पुलिसको आवश्यकता चोर, चोरको आवश्यकता पुलिस ! सबै पुलिस, पत्रकार र कर्मचारीमा यस्तै प्रवृत्ति नहोला, तर अधिकांश त एकै ड्याङका मूला त हुन् ! धेरैजसो हामीजस्ता विकास निर्माणको जिम्मा लिएका कर्मचारी र पत्रकार बीचको सम्बन्ध पनि त त्यस्तै हो, चोर पुलिसको जस्तो ! मनमनै सोचेर फिस्स हाँसेको थियो ऊ, आफैंसँग । यो समाचार ऊभन्दा अगाडिको प्रमुखको पालाको थियो र थियो रञ्जनदासहरूको हातबाट सम्पन्न भएको काम । त्यसैले उसले सोच्यो यो नयाँ योजनामा अलि बढीभाग खोज्यो भने यसलाई अङ्कुस लाउन पनि काम लाग्छ यो समाचार । त्यही सोचेर भन्यो, “सबै त उस्तै नहोलान्...! लेखिएका सबै कुरा झुठा पनि त छैनन होला नि कसो ?”
”तर पनि सर... ! नयाँ योजना आउँदैछ भन्ने गन्ध पाएर अहिल्यैदेखि बाटो बनाएका होलान् यी पत्रकारले । माहिर पो छन् त सर यिनीहरू  यस्तो कुरामा ! ” हाकिमको कुरा बुझेर रञ्जनदास पनि मजैले हाँस्यो ।
”भने पनि के भन्नु, होइन त ? यस्तो गर्मी छ, मानिस पानी खान नपाएर छटपटाइरहेका छन् । यता नयाँ योजना पूरा हुन झन् झन् ढिलो हुँदैछ, नयाँ काम पनि हुन पाएको छैन । यस्तोमा असन्तुष्टी त हुने नै भयो नि, कसो ?” उसले मनमा जे भए पनि मुखले रञ्जनदासको कुरामा पूर्ण सहमति जनाएन । 
“के गर्नु त सर...हामीले गरेर होइन । नयाँ नयाँ योजना चलाउन पाइए हामीलाई पनि त  फाइदै फाइदा हुन्थ्यो नि । आखिर सबै मिलेरै हुने हो । अलि ठूलो योजना भए माथिको भाग छुट्याएर पनि मनग्यै हुन्थ्यो, ह्वैन त सर !” रञ्जनदास दोहरो अर्थ लाग्ने भाषा बोल्न माहिर थियो । हाकिम नयाँ योजना पास गराउन राजधानी गएकोले पक्कै स्वीकृति लिएर आएको हुनुपर्छ भन्ने उसको अनुमान  थियो । त्यसैले मनमनै लाभको अङ्कगणितमा रमाउँदै घुमाउरो पाराले सुरुमैं दावी पेश गरेको थियो रञ्जनदास ।        
“त्यो त हो...!” जनतालाई नयाँ योजना र नयाँ कामको फाइदा पुगोस् नपुगोस्, परियोजना सम्बन्धित तलदेखि माथिसम्मका मान्छेलाई फाइदा पुग्थ्यो । बाहिर कुनै प्रतिक्रिया नदेखाए पनि नयाँ परियोजना सञ्चालन गर्दाको फाइदा राम्ररी बुझेको विष्णुमानले आफैंसग भन्यो । 
“साँच्चि सर नयाँ योजनाको प्रस्ताव स्वकृति गराउन जानु भएको होइन ? स्वीकृत भयो त सर ? नयाँ योजना नआएको पनि धेरै भयो ।” रञ्जनदासले नयाँ योजनाबाट प्राप्त हुने संभावित लाभको अङ्कगणितमा रमाउँदै प्रश्न ग¥यो । 
“त्यो नयाँ योजना अहिले पास भएन । तलको नदीको पानी सफा गरी अहिलेकै ट्याङ्कीमा लिफ्ट गरी क्षमता वृद्धि गर्न भनेर पचास लाख रकम भने निकासा भएको छ । दुईचार दिनमैं आइपुग्ला बजेट ।” विष्णुमानले सहयोगीको जिज्ञासा शान्त पा¥यो । 
“नहुनु मामाभन्दा कानै मामा निको, होइन त सर ? यति भए पनि भएछ । योसरको पहुँचकै नतिजा हो । नत्र कहाँ आउँथ्यो र यो पनि । जे होस, यसपालिको दशैं जेनतेन मनाइने भइयो, होइन त सर ?” सहयोगीको सङ्केत उसले नबुझ्ने कुरै थिएन । ऊ आफैं पनि मनमनै हिसाव लगाउन थाल्यो । सरकारी दश प्रतिशतको कमिसन अलिअलि सहयोगीहरूलाई बाँडचुँड गर्न परिहाल्यो । ठेक्काको तर्फबाट उठाउनु पर्ला आफ्नो र माथि बुझाउनु पर्ने भाग । 
“आज कुनै कार्यक्रम छ कि सर ? भए व्यवस्था मिलाउनु प¥यो ।” उसले सहयोगी हुनुको कर्तव्यपरायणता प्रकट ग¥यो ।
“अँ...थाकेको छु आराम गर्छु आज । कतै निस्कन्न । भोलि साइटतिर जानु पर्ला निरीक्षण गर्न ।” विष्णुमानले सङ्क्षेपमा योजना सुनायो । 
रञ्जनदासले हाकिमको सङ्केत बुझ्यो । त्यसैले उनलाई आराम गर्न छाडेर त्यहाँबाट हिँड्यो । 
जेठ बलेको छ बाहिर । फिटिक्क हावा चलेको छैन । सदरमुकामको शहरबजार गाउँमुनि नदीको पानि खेर गइरहेको छ । माथि बजार बस्तीमा खाने पानीसमेतको हाहाकार ! न त गर्जँदै बग्ने तलको त्यो विशाल नदीको पानी सिँचाइमा पर्याप्त उपयोग हुन सकेको थियो, न खाने पानीकै लागि उपयोगमा आएको थियो । पानी लिफ्ट गर्ने मिसिनको क्षमता घट्दै गएर एक त त्यसै माग अनुसारको पानी पु¥याउन सकिएको छै्रन । त्यसमाथि लोडसेडिङले गर्दा अहिले त झन पानीको हाहाकार नै छ गाउँ–सहरमा । आपूर्ति नराम्ररी प्रभावित भएको छ । यही समस्याबाट थोरै भए पनि छुटकारा पाउन सानै भए पनि यो क्षमतावृद्धिका लागि भनेर पचास लाखको योजना स्वीकृत गरेको थियो विभाग र मन्त्रालयले । 
कार्लालय सहायक अर्थात पिउन र उसको क्वार्टरको परिचारिका दुवैको भूमिका निर्वाह गर्दै आएकी कान्छीले अगाडिको टेबिलमा ल्याएर राखिदिएकी चिया बिस्कुटले थकान केही कम भएपछि एसीले सुकाउन नसकेको पसिना नुहाएर पखाल्ने विचार ग¥यो उसले । बाथरुममा धाराका टुटीहरूबाट चुहिएर पानी खेर त्यसै बगेर खेर गइरहेको थियो । ग्राहका घरमा दिनको एकपटक दुई घन्टा पानी छाडेपनि उसको बाथरुम र क्वार्टरको माथि राखिएका ओभरहेड ट्याङ्कीमा चौबीसै घन्टा छ्यालब्याल पानी आउने व्यवस्था मिलाइएको थिये । यो कार्यालयका कर्मचारीरूकहाँ यस्तै व्यवस्था नहुने कुै भएन । उनी र उसका स्टाफ मात्र होइन, सदरमुकामका सबै सरकारी कार्यालय र क्वार्टरहरूमा पनि निर्वाध सप्लाईको व्यवस्था थियो पहिलेदेखि नै । आर्मी पुलिसको अफिस र क्वार्टर तथा व्यारेकहरूको त कुरै भएन । स्थानीय राजनीतिका नेता कार्यकर्ताकहाँ अवरोध आयो भने टिक्न त्यसै सकिँदैनथ्यो । त्यसैले समस्या थियो भने आम नागरिकलाई थियो जो भन्दाखेरि वास्तवमा मालिक थिए, सरकार बनाउने मतदाता थिए, देशको अर्थभण्डार भरिदिने इमान्दार करदाता थिए । यसर्थ सरकारी  कर्मचारी, ठूलाठालू, नेता प्रभावशाली कार्यकर्ताले भोग्नु पर्दैनथ्यो त्यो अभाव र समस्या ! 
“यत्रो बाक्लो गाउँमा एउटै मात्र धारो, त्यसमथि पनि पानी पनि यति मसिनो ? दुईचार सार्वजनिक धारा थपिदिनु पर्लाजस्तो छ यो भेगमा ।” भोलिपल्ट निरीक्षणमा जाँदा उसको प्रश्न र निर्देशन दुवै थियो यो सायद् । गाउँका सार्वजनिक धारामा पानीका गाग्रा बोकेर धक्कम धक्का गर्दै मानिसहरू पानी थाप्न भिडीरहेका थिए । बाटा छेउका सार्वजनिक धारबाट पानीको धारा नभएर थोपा झरिरहेका थिए । 
यता धारा थप्ने हो भने “अफिस र भिआइपी क्वार्टरहरूमा कसरी पु¥याउने नि पानी सर ! उता पानी नपुग्ने भएरै त यताका सार्वजनिक धाराका टुटी आधा थुनेर कम पानी आउने बनाएको नि । त्यसो नगरेको भए कतबाट भिआइपीहरूलाई पु¥याउन सक्नु ?”
“ए...त्यसो पो ? ठीकै छ त्यसो भए ।” भी आइपी अर्थात ठूला हाकिम र राजनीतिक नेताहरूकहाँ निर्बाध पानी आपूर्ति गर्नु पर्ने कर्तव्यबोधले गर्दा त्यहाँ नयाँ धारा थप्ने उसको सोचाइ अवरुद्ध बन्यो । यिनको त के भो र ? काम चलेकै छ । भोलि भिआइपीहरूको धारामा पानी आएन भने....? यतिबेला ऊ निमुखा उपभोक्ताभन्दा भाग्य विधाताहरूप्रतिको आफ्नो कर्तव्यबोधबाट बढी सचेत थियो । 


Thursday, September 5, 2013

माध्यमिक साहित्यका केन्द्रीय प्रतिभा मोतीराम भट्ट — विजय चालिसे

(युुनकिोडमा परिणत गर्दा बिजोगै भएछ ।)
(नेपाली साहित्य र पत्रकारिताका महान् प्रतिभा मोतीराम भट्टको १४८ औं जयन्तीका अवसरमा श्रद्धाञ्जलीस्वरूप मधुपर्क मासिकको वर्ष १४, अङ्क ४, भदौ २०३८ मा प्रकाशित एउटा आलेख ! यो समालोचना होइन, एउटा पुरनो लेख हो । यसका कतिपय कुरामा नयँ जानकरीहरू पनि प्राप्त भएा हुनसक्छन् ।)

  नेपाली साहित्यको प्रारम्भ र विकासक्रममा विभिन्न प्रतिभाहरूको योगदान रहेको पाइन्छ तापनि त्यस क्रम र कालखण्डलाई सूक्ष्म रूपमा हेर्दा भने त्यसमा पनि केन्द्रीय व्यक्तित्वको रूपमा युगपुरूषहरूको अझ ठूलो हात र हिस्सा रहेको हुन्छ । हाम्रो साहित्यका माध्यमिक कालका यसरी नै दुर्इृ केन्द्रीय व्यक्तित्वको रूपमा प्रष्ट देखापरेका छन्– कवि मोतीराम भट्ट र आशुकवि शम्भुप्रसाद ढुंगेल । नेपाली साहित्यलाई प्राचीन साहित्यको बाटोबाट माध्यमिक कालमा नयाँ प्रवृत्ति र प्रयोगबाट प्रभावकारी मोड दिने मोतीराम आपूm–पूर्वका साहित्यिक अनुसन्धाता मात्र नभई प्रथम जीवनी–लेखक बत्र पुग्छन् र अझ मौलिक र नवीन धाराका काव्यकृतिहरूद्वारा नेपाली साहित्यलाई सिंगार्न पुग्छन्, अनि श्रृंगारिक उच्चतामा प्रतिस्थापन गर्न पुग्छन् । उता शम्भुप्रसाद यसै प्रयासलाई साहित्यको विविध विधामा सफल प्रयोग गर्दै विकसित रूप दिन पुग्छन् । नेपाली साहित्यमा श्रृंगार रसका कविताहरूको शुरूआत हीन व्याकरणी विद्यापतिको पाँच नायिकाको साथसाथै गोपिकास्तुति र कृष्ण–चरित्र आदिबाट र माध्यमिककालीन साहित्यको पूर्वरूप आदिकवि भानुभक्तदेखि देखापरे पनि सर्वप्रथम श्रृंगार–कविका रूपमा पतञ्जली गजुरेललाई र माध्यमिक साहित्यको शुरूवाट चाहिं मोतीरामको समयलाई मात्र सकिन्छ । किनभने गोपिकास्तुति र कृष्ण–चरित्र जस्ता रचनाहरूमा श्रृंगार रसको प्रयोग पाइए पनि त्यो प्रयोग मानवीय रतिरागात्मक श्रृंगारको रूपमा नभएर ईश्वरीय चरित्रहरूको व्यवहारको रूपमा गरिएको देखिन्छ । त्यसैले पनि नेपाली कवितामा नयाँ मोड ल्याएर प्रारंभिक धारालाई दिशान्तर गर्ने मोतीराम भट्टकै समयदेखि नेपाली साहित्यको माध्यमिक काल शुरू हुनुको साथै वास्तविक रूपमा श्रृंगार–युगको पनि प्रारम्भ भएको पाइन्छ । मोतीराम भट्ट श्रृंगार रसका मात्र नभएर माध्यमिक कालकै सफल र उत्रायक कवि भएकोले उनले दुवै क्षेत्रमा सफल प्रयोग गर्दै नेृृत्व दिएको अनुभव हुन्छ । पिकदूत र श्लोकसंग्रहका कविताहरू, संगीत चन्द्रोदयका गजलहरू यसको प्रमाण रूपमा अघि सार्न सकिन्छ । अनि अझ मोतीराम भट्ट मूलतः श्रृंगारिक कवि भएर पनि उनका कविताहरूमा त्यस्तोविन अश्लोलताको गन्ध्र पाईंदैन–सीमा उल्लंघन गरिएको अनुभव हुत्र । उपमा अलंकारको सफल प्रयोगमा कवि मोतीराम भट्ट शलील र शालीनताकासाथ श्रृंगारको खोलो बगाइदिन्छन्— सरल, सरस र मार्मिक रूपमा । हेरौं श्लोक–संग्रहको एक सानो नमूना —

ताहाँ चन्द्र भया चकोर म त हुँवर्षा तिमी मो मयुरर्बत्ती ह्वौ तिमी ता म ता पुतलि हुँ यो जान प्यारी जरूर्
तीमी पूmल् भमरो म हूँ रस तिमीमौरी म हूँ रस् लिन्यानङ मासू झईं भै गयो तब यहाँव्यर्थै कती लेखन्या ।।

पे्रमी–प्रेमीकालाई भमरो र पूmलको रूपमा वर्णन गर्दै कवि प्रेम–व्यापारलाई चित्त आनन्द गर्ने माध्यम मान्छन् र बगैंचामा फुलेका पूmल र त्यसमा डुल्दै–डुल्दै रस र सौन्दर्य पान गर्न व्यस्त भमरोको प्रणय–लीलालाई विरहाग्नि हरण गर्ने सफल माध्यम देख्छन् भ्रमर गीतमा—

 अब त रस कलीको हल्लि हल्ली  चुसौंला कलि कलि रस ल्यूँला वल्लि वल्ली घुमौंला ।       रसिक जनहरूको चित्त आनन्द होला ।सफल विरह–अग्नी एक पल्मा हरौंला ।।


माथि नै भनियो–कवि मोतीराम भट्ट सुदर–सुन्दर उपमा दिन सफल छन् । त्यति मात्र होइन सौन्दर्यवर्णन र सफल—दृश्यवर्णनमा पनि उनी ज्यादै सफल देखिन्छन् । यसको उदाहरणमा वसन्त पञ्चमीको दिनमा उल्लासमय वातावरणमा सरस्वती–मन्दिर जान लागेका सुन्दरीहरूको बयान र ‘कनक भैंm तन यो बिसको भनूं’ जस्ता कवितांशहरूलाई अघि सार्न सकिन्छ—


सुन्दर् सुन्दरि गोल बाँधि पूmलको माला लिंदा हातमा    दर्शन्को मनसुब् गरेर हिंडन्या दस् देखि बिस् सम्मका  ।  यस्तो देखि तहीं गयौं सबजना जम्मा भई साथमा  क्या लेख्नू मइले कलम् र मसिले क्या क्या मजा बारमा ।।


ड्ड               ८              ८             ८  


कनक   भैंm तन यो बिसको भनूँछबिस उन्तिस या तिसाको भनूँ !कउन  अक्कलिका    भरमा परूँ   तिस भन्या विस हुन्छ कसो गरूँ ! ।।


कवि मोतीराम भट्ट नारीहरूको कामोत्तेजक रूप देखाउने खालको नखसिख वर्णनमा मात्र विश्वास गर्दैन् । यस्तो खालको श्रृङ्गार–प्रवृत्तिको आलोचना गर्न कवि पछि हट्दैनन् । नारीलाई केवल प्रशंसापात्र मात्र बनाएर अनेकौं चारित्रिक दोष दिने जस्ता पक्षको  विरोध गर्छन् र नारीलाई काम–पुतलाको रूपमा मात्र चित्रण गर्ने र सौन्दर्य नाममा कोरा नखसिख वर्णन गर्दै वेश्याको रूपमा चित्रित गर्ने कविलाई मोतीराम शत्रुका रूपमा हेर्छन् । हेरौं—


कति कहनु यि गफ्पी सफ्फीको बात मैलेमकन यिनिहरूको छैन पत्यार ऐल्हे ।हुन त कविहरू यी मानिन्या हुन् सबैकातर रिपु सरि यी छन् नारिको लाइ पैmका ।।


विक्रम संवत् १९२३ भाद्र कृष्ण औंसीमा जन्मिएर तीस वर्षको छोटो जीवनकालमा पनि महत्वपूर्ण साहित्य सेवा गरी अमर बत्र सफल भएका कवि मोतीरामको मृत्यु पनि जन्मकै तिथिमा भएको थियो–विक्रमको १९५३ भाद्र कृष्ण औंसीकै दिनमा ! ६ वर्षको उमेरदेखि काशी–बनारसमा बसेर हुर्किएका कवि भट्टको शिक्षा–दीक्षा र साहित्य–संगीतको साधना पनि त्यहीं नै भएको थियो । संस्कृत र उदूँको समेत अध्ययन गरेका कवि मोतीराम पन्द्र वर्षको उमेरमा नेपाल आउँदा रसिया गाएको देखेर श्रृङ्गारिक कविता लेख्ने प्रेरणा पाउँछन् र अझ परिष्कृत लय र छन्दमा श्रृङ्गार–साहित्यको भण्डार भर्न पुग्छन् । त्यति मात्र होइन, त्यतिबेलाको नेपाली साहित्यमा साहित्य र साहित्यकारको न्यूनता देखेर पद्मविलास पन्त, काशीनाथ, रङ्गनाथ, चेत सिंह, तेजबहादुर राना जस्ता साथीहरूको कवि–मण्डली बनाउन पुग्छन् र समस्या–पूर्तिको माध्यमबाट कविता लेख्न घच्घच्याउँछन् । त्यति मात्र होइन साहित्यको श्रीवृृद्धिमा मुद्रणको महत्वपूर्ण भूमिका अनुभव गरेर उनी रामकृष्ण वर्माको सहयोगमा भारत जीवन प्रेस खोलेर आपूm मेनेजर बन्छन् । अनि सबैभन्दा पहिला त्यतिबेला लुप्तप्रायभ इसकेको आदिकविको रामायणको बालकाण्ड खोजी प्रकाशनमा ल्याउँछन् र त्यसपछि क्रमशः सातैवटा काण्ड खोजेर छाप्छन् । साहित्य र मुद्रणमा कार्यरत कवि भट्ट नेपाली–पत्रकारिताकै प्रथम गुरू समेत बत्र पुग्छन् ‘गोरखा भारत जीवन’ अखबार प्रकाशनमा ल्याएर । अब मोतीराम विदेशी भूमिमा बसेर साहित्य र प्रेसको विकास मात्र नेपाली साहित्य र जनचेतना वृद्धिमा पर्याप्त नहुने देखी  विक्रमको १९४४ मा काठमाडौं फिर्ता आउँछन् र त्यसको पछिल्लो  वर्ष ठहिटीमा आफ्नो र कृष्णदेव पाण्डेको संयुक्त प्रयासमा मोतीकृष्ण कम्पनीको स्थापना गर्छन् र नेपाली साहित्यलाई बिर्सिनसक्नु गुन लाउन पुग्छन् । ‘गजेन्द्र मोक्ष, प्रल्हाद भक्ति आदि गरिएका मदेखि पैदा भएका जति ग्रन्थ छन् , तिनै मेरा अमर सन्तान हुन् ।’ भन्दै आफ्नो आमालाई जवाफ दिने मोतीराम श्रृङ्गार रसको विकासमा आपूm मात्र लगनशील नभई समय–समयमा आफ्ना मित्रहरूलाई पनि घच्घच्याउँदै, प्रेरित गर्थे भत्रे कुरा स्पष्ट देखिन्छ । १९४६ माघमा आफ्ना मित्र पद्मविलास पन्तलाई लेखेका कवितात्मक पत्रबाट पनि यो कुरा प्रष्ट हुन आउँछ —
श्रृङ्गारमा पनि अली मन दीनु सस्तो   ऐल्हे बखत् चुकिदिया पछि हुत्र उस्तो ।  यस्तो अरज असल हो भनि मित्र जात्रू  श्रृङ्गारमा पनि सिलोक अपार लेख्नू । ।

कवि मोतीरामको योगदान उनका मौलिक रचनाहरू, प्रेस–स्थापना, पत्रकारिता आदि त छँदैछन्, यसबाहेक पनि उनको अझ बढी योगदान नेपाली साहित्यका आदिकविको खोजी र उनको जीवनीको लेखन हो भत्र सकिन्छ । हुनत यसमा विवाद पनि नपाइने होइन । कतै–कतै भानुभक्तले मोतीरामबाट कल्पना–प्रसूत साहित्यिक प्रतिभा हुन् र नभए पनि रामायणको अनुवाद बाहेक भानुभक्तका भनिएका अन्य फुट्कर कृति मोतीराम आपैंmले लेखेका हुन् समेत भनिएको पाइन्छ । (द्रष्टवः भानुभक्तदेखि तेस्रो आयामसम्म मोतीराम भट्टबारे घोल्लिदा–ताना सर्मा) । तर यसबारे भानुभक्तको सम्पूर्ण पगरी उनीबाट खोसेर मोतरामलाई लाइदिने सशक्त र बलिया प्रमाणहरू शायद अहिलेसम्म पाइएका छैनन्— आशंकासम्ममै सीमित रहेकोले भानुभक्तको सम्पूर्ण व्यक्तित्वलाई नकार्न सकिने ठाउँ छैन । तर यतिसम्म चाहिं त पक्कै मात्र सकिन्छ—भानुभक्तलाई भानुभक्तको रूपमा र अझ आदिकविको रूपमा चिनाउने, जनमानसमा भिजाउने र अनुवाद नै भए पनि नेपाली साहित्यको महत्वपूर्ण कृति भानुभक्तको रामायणलाई नेपालीको घर—आँगनमा गुञ्जाउने श्रेय चाहिं शतप्रतिशत नै मोतीरामलाई जान्छ जुन योगदान उनका कवि–व्यक्तित्वभन्दा कुनै हालतमा पनि कम मात्र सकित्र । कविता, गजल र भजनहरूका स्रष्टा मोतीराम भट्ट राष्ट्रिय भावनाले ओतप्रोत कवि पनि हुन् । विभित्र कृतिहरू र असंख्य फुट्कर कविता, गजल र भजनका लेखक मोतीरामको प्रसिद्ध कृतिमा पिकदूत उल्ल्ेखनीय मानिन्छ । हुनत कवि कालिदासको मेघदूतको प्रभावमा गरिएको यो रचना पूर्णतः मौलक गरेका हाम्रो तत्कालीन समसामयिक चित्रण, नेपाली भावधार आदि र नेपाली उखान टुक्काहरूको लोभ लाग्दो प्रयोगले अविस्मरणं हुन पुगेको छ । कति राम्रोसँग उनको कवितामा उखान टुक्का जस्ता बाग्धाराहरूको प्रयोग गरेका छन्ः उदाहरणको लागि हेरौं —


       जो होचो उसका परेछ मुखमा घोचो भने भैंm भयो ।
८         ८              ८                  ८

तिर्खा जस्कन लाग्छ पोखरी पनि त्यै खन्छ भत्रे उखान् 
न्सुन्दामा नखनी भयेन मनमा लाग्यो गरूँ के बयान् ।।

अन्त्यमा गंगाको स्तुति गरिएको कविताको एक अंश उपसा अलंकारको सुन्दर प्रयोगको एक आचमनी लिनु सुखकर होला ः—

गंगा  स्वर्णमयी अंगूठी शिवको काशी जडाऊ सरी नाना सिद्ध र देवता गणहरू ध्यान् गर्दछन् तीर बसी । मानो दिव्य जुहार भैंm झलकने देखेर मन् हर्दछिन् पापीको लहरी बडा लहरले हर् हर् गरी गिर्दछिन् ।