Tuesday, June 24, 2014

साहित्यकार विजय चालिसे र विज्ञानको कैदी -डा. रामप्रसाद ज्ञवाली

जब जब म आफूभन्दा ठुला र स्थापित व्यक्तित्वहरुका कृतिमाथि भूमिका लेख्न
बस्छु तब तब मलाई एक प्रकारको असहज अनुभूतिले छोप्छ । मनमा एक
प्रकारको भय जस्तो, एक प्रकारको आशङ्का जस्तो, कस्तो कस्तो भाव उत्पन्न
हुन्छ । सायद उहाँहरुप्रति न्याय गर्न सक्दिनँ कि भन्ने बेचैनीले यस्तो हुन्छ ।
उहाँहरुले मलाई माया गरेरै वा योग्य ठानेरै विश्वासपूर्वक भूमिका लेखिदेऊ
भन्नुभएको हो भन्ने सोच्छु । यस्तो सोचले मनमा झन् बढी छटपटी उत्पन्न
हुन्छ । यसपटक पनि यस्तै भयो । साहित्यकार विजय चालिसेले आना विज्ञान
कथाहरुको सङ्ग्रह विज्ञानको कैदीमाथि भूमिका लेखिदिन आग्रह गर्नुभयो ।
मैले नाइँ भन्न पनि सकिनँ र मनमा उत्पन्न भएको भय, आशङ्का र बेचैनीबाट
बच्न पनि सकिनँ ।
विजय चालिसे आनो परिवारमा कत्तिको सम्मानित हुनुहुन्छ ? मलाई थाहा
छैन । आफन्तका बिच कत्तिको प्रिय हुनुहुन्छ ? मलाई थाहा छैन । सन्तानहरुले
उहाँकोसम्मान के कति गर्छन् ? मलाई थाहा छैन । छिमेकीहरुले उहाँलाई
कस्तो ठान्छन् ? मलाई थाहा छैन । उहाँ साहित्यमा लागेकोमा उहाँकी पत्नीलाई
खुसी लागेको छ कि छैन ? मलाई थाहा छैन । उहाँसितको सम्बन्ध चाहिँ
मेरो विशुद्ध साहित्यिक छ । साहित्यमा मलाई उहाँ एक असल साहित्यकार
लाग्नुहुन्छ । जहाँ पनि उहाँलाई भेट्छु, ठुलासाना सबैसँग मिलनसार भएको
पाउँछु । सबैलाई आदर गरिरहेको देख्छु । केही न केही काममा सक्रिय भएको
पाउँछु । मानवीय अहंले युक्त तर अहङ्कारबाट मुक्त हुन खोजिरहेको पाउँछु ।
नयाँ पुस्ताका लेखकहरुलाई उत्साह दिइरहेको पाउँछु । राम्रो गर्न खोज्नेलाई
आदर गरिरहेको पाउँछु । यस्ता अग्रजहरु मलाई राम्रा लाग्छन्; मन पर्छन् र
यिनीहरुप्रति मनमा आदर भाव उत्पन्न हुन्छ । विजय चालिसे पनि मलाई यसै
कारणले मन पर्नुभएको हो र उहाँप्रति मेरो मनमा आदर भाव पनि यसरी नै
उत्पन्न भएको हो ।
कथाकार विजय चालिसेद्वारा रचित विज्ञानको कैदी कथा सङ्ग्रहको भूमिका
लेख्न बस्नासाथ मलाई गत वर्षको बाबुको मुख हेर्ने दिनको सम्झना भयो ।
बाबुको मुख हेर्ने दिन थियो । छोराले पढ्ने विद्यालयमा यस दिनलाई विशेष
रुपमा मनाउने उद्देश्यले अभिभावकहरुलाई बोलाइएको थियो । म पनि गएँ ।
त्यहाँ छोराछोरीहरु आना पिता र साथीहरुका पिताहरुका अगाडि उभिएर
जन्मदाता बाबुप्रति कृतज्ञताका भाव व्यक्त गर्दै थिए । सबैले बाबुप्रति कृतज्ञताका
शब्द प्रस्तुत गरे । मेरो छोराको पनि पालो आयो । आफूलाई जन्म, सुरक्षा,
स्याहार र शिक्षा दिएबापत सुरूमा उसले मप्रति कृतज्ञता व्यक्त ग¥यो ।
शिक्षकहरुले त्यसरी नै सिकाएका होलान् सायद । त्यसपछि लगत्तै उसले
भन्यो— “मलाई सबैले ‘ज्ञवाली सरको छोरा, ज्ञवाली सरको छोरो’ भन्छन् । यो
कुरा मलाई त्यति मन पर्दैन । मलाई मेरै नामले चिनिन मन छ । त्यसैले आज
म प्रमिस गर्छु कि भविष्यमा मलाई कसैले बाबाको नामले चिनाउने छैन, बरू
मानिसहरु उहाँलाई मेरो बाबा भनेर चिन्ने छन् ।”
कसैले नबोलेको बोल्यो मेरो छोराले; सायद त्यहाँका कसैले नसोचेको पनि
बोल्यो । एकछिन त म पनि पक्क परेँ— ‘के भन्छ यो ?’ तर तत्काल खुसी
पनि लाग्यो । यो सन्दर्भ सानो नै थियो र सामान्य पनि थियो तर यसले त्यहाँ
उपस्थित धेरै अभिभावकहरुको मनमा तरङ्ग उत्पन्न गरिदिएको थियो । यो
सायद पहिचानको प्रश्नसँग गाँसिएको कुरा थियो; सायद निजी अस्तित्व र
निजी स्वाभिमानसँग जोडिएको कुरा थियो । मलाई लाग्छ, जीवनमा स्वयं केही
बन्न चाहनेहरुका लागि यो गहिरो कुरो हो । यसले सबैका सामु गम्भीर प्रश्न
खडा गरिदिन्छ— तपाईंलाई आनो नामले परिचित हुन मन छ कि बाबुबाजेको
नामले ? कसैले तपाईंलाई फलानाको नाति÷नातिनी र फलानाको छोरो÷छोरी
भनेर परिचित गराउँदा गर्वबोध हुन्छ कि हीनताबोध ? यी यस्ता प्रश्न हुन्
जसले तपाईंको सामाजिक पहिचान र निजी प्रतिष्ठालाई सम्बोधन गर्छन् ।
प्रतिष्ठित बाबुबाजेको सन्तान हुनु गौरवको कुरा अवश्य हो तर तपाईं आनो
मौलिक पहिचानका लागि प्रयत्नशील हुनुहुन्छ र कुनै प्रसिद्ध वा प्रतिष्ठित
पिताको सन्तान हुनुहुन्छ भने पिताको त्यही प्रसिद्धि र त्यही प्रतिष्ठा तपाईंका
लागि चुनौती पनि बन्न सक्छ । पिताको छायाले छोपिएर तपाईंको व्यक्तित्व
ओझेलमा पर्न सक्छ । यस्तो अवस्था सायद आफै केही बनेर देखाउन चाहने
सन्तानका लागि चुनौती हो । यस्तै चुनौती सायद विजय चालिसेले पनि
मज्जाले बेहोर्नुभएको हुनुपर्छ भन्ने अनुमान म गर्छु किनभने उहाँ अति प्रसिद्ध र
प्रतिष्ठित महान् आख्यानकार रमेश विकलका जेठा सुपुत्र हुनुहुन्छ । उहाँ धेरै
ठुलो प्रयत्न गरेर मात्र र धेरै लामो अभ्यास साधनाले मात्र साहित्यकार विजय
चालिसे बन्नुभएको हो, नत्र त मान्छेहरु उहाँलाई साहित्यकार रमेश विकलको
जेठो छोरो भनेर नै बढी चिन्थे होलान् । खुसीको कुरा हो, आज उहाँ आनै
नामले चिनिनुहुन्छ— निजी पहिचानका साथ; निजी प्रतिष्ठाका साथ; निजी
मूल्यबोधका साथ र निजी सिर्जनाका साथ । उहाँको यो निजी पहिचान र
निजी प्रतिष्ठा उहाँको निजी प्रतिभा, दीर्घ साधना, सुन्दर सिर्जना र प्रगतिशील
चेतनाकै अवदान हुन् ।
महान् आख्यानकार रमेश विकलको छोराका रुपमा भन्दा बढी स्वयं स्थापित
स्रष्टाका रुपमा परिचित विजय चालिसे आमा सुशीला चालिसेको गर्भबाट २००८
साल असार ८ गते काठमाडौँ जिल्लाको आरुबारी भन्ने ठाउँमा जन्मनुभएको
हो । उहाँको न्वारनको नाम डाकुरनाथ चालिसे हो । पत्रकारितालाई मूल पेसा
बनाएर लामो यात्रा गर्ने उहाँले नेपाली विषयमा एम.ए.उत्तीर्ण गर्नुभएको छ भने
लन्डनबाट डिप्लोमा इन एडभान्स जर्नालिजमको उपाधि प्राप्त गर्नुभएको छ ।
२०२०÷२०२१ तिर स्कुलको पत्रिकामा कविता लेखेर साहित्यतिर प्रारम्भिक
रूचि देखाउनुभएका उहाँले कविता, कथा, उपन्यास, निबन्ध, पत्रकारिता,
सम्पादन, बाल साहित्य आदि अनेक विधा र क्षेत्रसित सम्बन्धित भएर अनेक
कृतिहरुको रचना गर्नुभएको छ र तिनका माध्यमबाट नेपाली वाङ्मय र
नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । साहित्य, आम सञ्चार,
सामाजिक–राजनीतिक भूमिका लगायतका अनेक क्षेत्रहरुसँग सम्बन्धित भएर
तयार पारिएका उहाँका पुस्तकाकार कृतिहरुको सङ्ख्या साढे तिन दर्जनभन्दा
बढी रहेको छ भने नेपाली तथा नेपाली–अङ्ग्रेजी भाषामा उहाँका सयौँ
अनुसन्धानात्मक तथा समसामयिक लेख रचना प्रकाशित छन् ।
विजय चालिसे बहुमुखी प्रतिभा हुनुहुन्छ । उहाँ उपन्यासकार हुनुहुन्छ । कवि
हुनुहुन्छ । कथाकार हुनुहुन्छ । पत्रकार हुनुहुन्छ । नियात्राकार हुनुहुन्छ ।
सम्पादक हुनुहुन्छ । सङ्गठक हुनुहुन्छ । शिक्षक हुनुहुन्छ । प्रशिक्षक हुनुहुन्छ ।
संस्थापक हुनुहुन्छ । सल्लाहकार हुनुहुन्छ । उहाँका यस्ता अन्य व्यक्तित्व
पनि छन् तापनि उहाँ मूलतः साहित्यकार तथा पत्रकारका रुपमा नै परिचित
हुनुहुन्छ । उपन्यासतर्फ उहाँका होटेल राँकीमा हत्या (२०३१) र अनि कुइरो
फाट्छ (२०३६) प्रकाशित छन् । कथातर्फ त्रिविध (२०४४), प्रयोग÷प्रत्यारोपण
(२०४७), भग्न आस्थाको खण्डहर (२०५६) र अग्निचक्र (२०६२) प्रकाशित
छन् । निबन्ध, संस्मरण, संस्कृति आदितर्फ डोटेली लोकसंस्कृति र साहित्य
(२०३९) अप्रिलको बेलायत (२०४५), मनका तूलिकामा स्म्ृतिका बिम्बहरु
(२०६३) प्रकाशित छन् भने आम सञ्चार र सम्पादनतर्फ समाचार लेखन तथा
सम्पादन (२०४५), आमसञ्चारका विविध पक्ष (२०५७), आमसञ्चार, द्वन्द्व र
आतङ्कवाद (२०६०), ःभमष्ब बलम ऋगतिगचभ, व्गथि द्दण्ण्ठ र आमसञ्चारका
सिद्धान्तहरु (२०६४) आदि प्रकाशित छन् । यी कृतिले उहाँको बहुआयामिक
प्रतिभाको परिचय दिन्छन् ।
साहित्यकार विजय चालिसेको विशेष योगदान नेपाली बाल साहित्य लेखन तथा
यसको विकासमा रहेको छ । बाल साहित्यतर्फ उहाँका १९ वटा पुस्तकहरु
प्रकाशित छन् । दयालु राजकुमार (चित्रकथा) २०४३, सेवाका प्रतिमूर्ति ः
दयावीरसिंह कंसाकार (जीवनी) २०४५, , अनौठो भूमिमा एलिस (अनुवाद
उपन्यास) २०५०, हाम्रो वरिपरिको विज्ञान (बाल विज्ञान) २०५२, बादलका
बुट्टाहरु (बाल नाटक सङ्ग्रह) २०५२, हराएको मूर्ति (बालकथा सङ्ग्रह)
२०५६, विश्वप्रसिद्ध बालकथाहरु (खण्ड–१) अनुवाद २०५७, विश्वप्रसिद्ध
बालकथाहरु खण्ड–२, अनुवाद २०५८, किसानबाट शिक्षा, कथा सङ्ग्रह २०५८,
चटकीको बाँदर (बालकथा सङ्ग्रह) २०६०, मङ्गल ग्रहमा विज्ञान, (बाल–विज्ञान
उपन्यास) २०६०, मुस्ताङको गुफा (बाल उपन्यास) २०६१, विजय चालिसेका
बालकथाहरु २०६५ आदि उहाँका बाल साहित्यिक कृति हुन् ।
सम्पादनका क्षेत्रमा पनि साहित्यकार विजय चालिसेको योगदान उल्लेखनीय
रहेको पाइन्छ । उहाँले विभिन्न स्मृतिग्रन्थहरुका साथै मानव अधिकार पुस्तिका
२०४८ र गोरखापत्र शैली पुस्तिका २०५५ आदि अनेक कृतिको सम्पादन
गर्नुभएको छ भने गोरखापत्र संस्थानबाट प्रकाशित हुने गोरखापत्र दैनिक,
मधुपर्क मासिक, युवामञ्च मासिक, मुना मासिक पत्रिकाहरुको सम्पादन
प्रधान सम्पादकका रुपमा रहेर गर्नुभएको छ । यस्तै उहाँले विभिन्न प्रकृतिका
दर्जनौँ साहित्यिक, सामाजिक तथा मानव अधिकारवादी सङ्घसंस्थाहरुमा रही
नेपाली भाषा साहित्य, नेपाली पत्रकारिता, शिक्षा, प्रशासन, मानव अधिकार,
समाज सेवा आदि अनेक क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएको देखिन्छ ।
यसरी अनेक क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरेबापत उहाँ साहित्यिक
पत्रकारिता पुरस्कार २०४६, नेपाल बाल साहित्य पुरस्कार २०५६, साझा बाल
साहित्य पुरस्कार २०५७, प्रेस चौतारी नेपाल सम्मान २०६२, सुनकोसी साहित्य
सम्मान २०६६, देवकोटा सम्मान २०६५, नइ ईश्वरबल्लभ साहित्य पुरस्कार
२०७०, वैजयन्ती स्रष्टा सम्मान २०७० आदि अनेक सम्मान तथा पुरस्कारबाट
अभिनन्दित हुनुभएको छ । उहाँसँग नेपालका अनेक जिल्लाहरुको भ्रमणबाट
प्राप्त जानकारी र अनुभवका साथमा भारतका विभिन्न सहर; चिनका प्रमुख
सहर; हङकङ, बैङ्कक, जापानका प्रमुख सहर; बेलायतका लन्डन, केम्ब्रिज,
अक्सफोर्ड लगायत प्रमुख सहर र पाकिस्तान आदि मुलुकहरुको भ्रमणबाट
प्राप्त ज्ञान र अनुभव पनि रहेको छ जसले उहाँको सिर्जनशीलतालाई थप
सशक्त तुल्याएको देखिन्छ ।
साहित्यकार विजय चालिसे आफूले के लेखिरहेको छु, किन लेखिरहेको छु र
कसका लागि लेखिरहेको छु भन्ने कुरामा स्पष्ट भएर लेख्ने स्रष्टा हुनुहुन्छ ।
उहाँका प्रकाशित कृतिहरु जिम्मेवारीपूर्ण लेखनका परिणाम देखिन्छन् । आफूले
भोगेर अनुभूत गरेका कुरालाई तथा विभिन्न ग्रन्थहरुको अध्ययनबाट प्राप्त
गरेको ज्ञानलाई सामाजिक चेत र नागरिक दायित्वबोधका साथ प्रस्तुत गर्नु
उहाँको रचनाधर्मिता देखिन्छ । जीवन, समाज र परिवेशसँग नजिक रहेर
समाज सापेक्ष अभिव्यक्ति दिनु उहाँको विशेषता हो । भविष्यप्रतिको चिन्ता
र चासो अनि बहुसङ्ख्यक र समाजका उत्पीडित सीमान्तीकृत मानिसमा
अन्तश्चेतना र आत्मबोधको उद्बोधन गराउँदै उनीहरुको मुक्तिका लागि दृढ
रहन सक्ने आत्मबलको निर्माण गर्न साहित्यिक भूमिका निर्वाह गर्नु उहाँका
रचनाहरुको उद्देश्य देखिन्छ । अग्रगामी समाज निर्माणको चाहना र सकारात्मक
परिवर्तनका लागि यथास्थितिवाद र विभेदपूर्ण सोच÷व्यवहार विरूद्धको चेतना
उहाँका रचनाका थप विशेषता देखिन्छन् ।
बहुआयामिक व्यक्तित्व भए पनि यहाँ म कथाकार विजय चालिसे र उहाँको
पछिल्लो कथा सङ्ग्रह विज्ञानको कैदीका बारेमा भूमिका केही लेख्न बसेको
छु । मेरो बुझाइमा कथाकार विजय चालिसे आना कथाहरुमा जीवन्त
अनुभूतिको कलात्मक र प्रतिनिधिमूलक अभिव्यञ्जना गर्न रूचाउनुहुन्छ ।
त्यसैले उहाँका कथाका पात्रहरु उहाँको वरिपरिको समाजबाट टिपिएका र
प्रतिनिधिमूलक हुन्छन् । जिन्दगीसँग नजिक भएर प्राप्त गरेको ज्ञान, समाजको
स्वभाव, मान्छेका विभिन्न चरित्र र जीवनका चापहरुबाट निर्मित अनुभूतिलाई
सामान्यीकरण गरेर कथामा उतार्नु उहाँको केन्द्रीय कथा प्रवृत्ति देखिन्छ ।
मान्छेका आत्म सम्मान, तिनको आत्म विश्वास र तिनको आन्तरिक क्षमताको
विकासका लागि बढीभन्दा बढी सहयोगी बन्ने गरी रचना गर्नु उहाँको साहित्य
लेखनको मुख्य उद्देश्य देखिन्छ । उहाँका पछिल्ला कथाहहरु पनि यस्तै रचना
धर्म र यस्तै सोद्देश्यताका साथ आएका देखिन्छन् ।
विज्ञानको कैदी कथाकार विजय चालिसेद्वारा रचित विज्ञान कथाहरुको
सङ्कलन हो । यसमा मानवीय संवेदनशीलताको परिचय गराउने किसिमका
विज्ञान कथाहरु रहेका छन् । कथाकारले यसमा विज्ञान र प्रविधिसँग
जोडिएका जीवनको तथा विज्ञानको शक्ति र सिर्जनशीलतालाई लिएर गरिएका
प्राक्कल्पनाको अभिव्यक्ति दिने ९ वटा कथाहरु प्रस्तुत गर्नुभएको छ । पुस्तकको
सुरूमा कथाकार चालिसेद्वारा शोधपूर्वक तयार पारिएको ३१ पृष्ठ लामो आमुख
शीर्षकको लेख रहेको छ । यो लेख आफैमा अत्यन्त महत्त्वपूर्ण रहेको छ र यो
यस कृतिको थप महत्त्वपूर्ण उपलब्धी हो । यस लेखमार्फत कथाकार चालिसेले
विज्ञान कथाको विश्व परम्परादेखि यस प्रकारका कथाहरुको नेपाली परम्पराका
बारेमा पनि महत्त्वपूर्ण जानकारी गराउनुभएको छ । यो जानकारी विज्ञान
कथाका बारेमा चासो राख्ने वा यस बारेमा जान्न चाहने पाठकहरुका लागि
सारपूर्ण सामग्री पनि हो । कथामा रूचि नभएका तर साहित्यको इतिहासमा रूचि
भएका व्यक्तिका लागि पनि यो सामग्री काम लाग्दो छ । यसमा विज्ञान कथाका
सैद्धान्तिक तथा सिर्जनात्मक पक्षहरुका सम्बन्धमा आधिकारिक जानकारी र
महत्त्वपूर्ण सूचनाहरु रहेका छन् ।
विज्ञान कथा विश्व साहित्यको इतिहासमा नै नवीन आयामका रुपमा देखा
परेको कथा साहित्य हो । यस्ता कथामा विशिष्ट ज्ञानको विशिष्ट प्रयोग गरिएका
सन्दर्भहरु हुन्छन् भने वैज्ञानिक उपलब्धीहरुको परम्परा, वैज्ञानिक प्रविधिको
प्रयोगबाट प्राप्त विकास, वैज्ञानिक उपकरणहरुको सामथ्र्य, तिनमा आधारित
भावी सम्भावना आदि युगीन यथार्थमा आधारित भई गरिएका प्राक्कल्पना,
अनुकल्पना र सम्भावनाहरु प्रस्तुत गर्ने गरिन्छ । पात्रहरुको विचित्रता, तिनका
कार्यहरुको अद्भुतता, मानव जीवनमा विज्ञानका आविष्कारबाट प्राप्त सुविधा
र सामथ्र्यको चित्रण तथा विज्ञानको दुरूपयोगबाट उत्पन्न हुने खतरा र मानव
तथा धर्तीको सम्भावित विनाशको आशङ्का आदिलाई यस्तो साहित्यमा प्रस्तुत
गर्ने गरिन्छ । वास्तवमा विज्ञान साहित्यमा यथार्थको भन्दा प्राक्कल्पना र
अनुकल्पनाको भूमिका बढी हुन्छ ।
विज्ञान कथा झट्ट हेर्दा दन्त्यकथा जस्तो, लोककथा जस्तो, पौराणिक कथा
जस्तो र मिथक कथा जस्तो लाग्छ तर ती सबै कथाभन्दा यो भिन्न हुन्छ ।
विज्ञान कथामा आश्चर्यजनक चमत्कार भए पनि विश्वसनीय आधारहरु हुने
गर्छन् । यी कथा विगत र वर्तमानको विज्ञान तथा प्रविधिका वस्तुपरक तथा
तथ्यपरक आधारहरुमा टेकेर तयार पारिएका हुन्छन् । यिनमा कार्य कारण
सम्बन्ध हुन्छ । यिनमा शोध वा अनुसन्धानबाट प्राप्त तथ्यको उपस्थितिसहित
प्राक्कल्पना हुन्छ । यिनमा मान्छेका भौतिक सपनाहरुको उदात्तीकरण गरिएको
हुन्छ । मान्छेका चाहनाको आदर्शीकरण गरिएको हुन्छ । यस्ता कथामा
गणित, भूगोल, खगोल, अन्तरिक्ष, ग्यालेक्सी, सञ्चार, भयावह युद्ध, अद्भुत
आविष्कार, रसायन, चिकित्सा, आधुनिक समाज, राजनीतिक द्वन्द्व, भौतिक
निर्माण आदिलाई विषय बनाइएको हुन्छ । यिनमा विमान, रकेट, मोबाइल
फोन, आइफोन, नेट, ल्याब, टिभी, रोबोट, स्वचालित मेसिनहरु आदि आदि
वैज्ञानिक उपकरणहरुको व्यापक, शक्तिशाली र आश्चर्यजनक प्रयोग भएको
देखाइन्छ । धर्तीमा मात्र नभई अन्य ग्रहहरुको जानकारीका साथ अनुमानित
तथा काल्पनिक स्थान, प्राक्कल्पित अद्भुत र अनौठा पात्र, भव्य र आश्चर्यजनक
परिवेश आदिको चित्रण गर्दै वैज्ञानिक चमत्कारको प्रस्तुति गरिन्छ । मान्छेको
मानसिकताको परिवर्तनमा विज्ञानको शक्तिशाली भूमिकाको प्रदर्शन पनि यस्तो
साहित्यमा देखाइन्छ । वर्तमान र भविष्यका बारेमा मात्र नभई इतिहासका बारेमा
पनि वैकल्पिक परिकल्पना गरिन्छ र वैकल्पिक इतिहास प्रस्तुत गरिन्छ । यस
क्रममा मानव जातिको उत्पत्ति र विकास क्रमको नवीन व्याख्या प्रस्तुत गर्ने
काम पनि यस्ता कथाहरुमा हुन्छ । कौतूहल, वैचित्र्य, अदुभतता, चमत्कार,
आश्चर्यजनक परिवेश, अनौठा पात्रहरु र विस्मयकारी क्रियाकलापहरुमार्फत
पाठकहरुमा गरिने मनोरञ्जनपूर्ण सम्प्रेषण यस्तो साहित्यको शक्ति हुन्छ भने
विश्वासको सङ्कट यस्ता कथाको चुनौती हुने गर्छ । विलक्षणता, अज्ञातप्रतिको
रूचि र प्रदर्शन यस्ता कथाका मूल विशेषता हुने गर्छन् ।
विज्ञानको कैदी कृतिमा समाविष्ट सबै कथाहरु पूर्व प्रकाशित नै हुन् । दीपिका,
गोधूलि, मिर्मिरे, गरिमा, गोरखा पत्र आदि पत्र पत्रिकाहरुमा पहिले नै प्रकाशित
यी कथाहरु वि.सं. २०४१ सालदेखि २०७० सालका विभिन्न कालखण्डहरुमा
रचिएका देखिन्छन् । यी कथाहरुको समयगत लम्बाइलाई हेर्दा कथाकार
विजय चालिसेमा सुरूदेखि नै विज्ञान कथाप्रति रूचि थियो भन्ने कुरा थाहा
ज्ञद्ध विजय चालिसे विज्ञानको कैदी ज्ञछ
हुन्छ । मानव ज्ञान र विज्ञानका बिचको अन्तर्सम्बन्ध, मानवको विज्ञानसँगको
सरोकार, विज्ञानको प्रयोगद्वारा मानव जातिले प्राप्त गरेका सुख सुविधाहरुलाई
नियाल्दै यसका सम्भावित रुपहरु र यसले उत्पन्न गर्ने सम्भावित जीवन
सङ्कटहरुलाई प्रस्तुत गर्ने प्रयत्न यी कथाहरुमार्फत गरिएको छ ।
कथाकार विजय चालिसे यी कथाहरुमा मानवीय अस्तित्वको रक्षा र धर्तीको
सुरक्षाप्रति बढी नै संवेदनशील देखिनुहुन्छ । उहाँले यी कथामार्फत मान्छेको
वर्तमान जीवन स्थितिलाई नियाल्दै भविष्यका बारेमा अनुमानित चिन्तन प्रस्तुत
गर्नुभएको छ । यी कथाले जीवन, संवेदना र मानवीय मूल्यलाई केन्द्रमा राखेका
छन् । हुन पनि मुख्य कुरा नै जीवन हो । महत्त्व पनि जीवनकै हुन्छ ।
आविष्कारहरु पनि जीवनकै लागि हुन् । विज्ञानका चमत्कार तथा भौतिक
उपलब्धीहरु सबै सबै जीवनका लागि सहायक होऊन् भनेर नै आविष्कार
गरिएका हुन् । त्यसैले ती सबै जीवनका लागि सहायक उपकरण हुन् र
तिनलाई जीवनका सहायक उपकरणकै रुपमा उपयोग गरिनुपर्छ । जीवन
छैन भने अन्य कुरा औचित्यहीन हुन्छन् । यस अर्थमा विज्ञानका उपलब्धीलाई
जीवनलाई भन्दा बढी महत्त्व दिनु हुँदैन; दिन सकिँदैन पनि । यी कथाहरुले
पाठकमा प्रक्षेपण गर्ने मुख्य सन्देश भनेको पनि यही नै देखिन्छ ।
विज्ञानको कैदीभित्रका कथाहरु पढ्दा पाठक चमत्कृत पनि हुन्छ र भयभीत
पनि हुन्छ । यी कथाले एकातिर आनन्द प्रदान गर्छन् भने अर्कातिर आशङ्कित
तुल्याउँछन् । यिनमा मान्छेका अनौठा चाहना र विचित्र सपनाहरुको
आख्यानीकरण गरिएको छ । मान्छेको बढ्दो महत्त्वाकाङ्क्षाले उसलाई कहाँ
पु¥याउने होला ? भन्ने प्रश्न पाठकका मनमा उठिरहन्छन् । नयाँ नयाँ
आविष्कार र नयाँ नयाँ उपलब्धीको प्राक्कल्पनाले पाठक रोमाञ्चित हुन्छ र
नयाँ आविष्कारले मानिसको जीवनलाई सङ्कटमा पार्दै जाने अवस्था देखेर
पाठक आतङ्कित पनि हुन्छ ।
यी कथाहरु पढ्दा पाठकको मनमा केही प्रश्नहरु उत्पन्न हुन्छन् । पारदर्शी
यन्त्रको आविष्कारले लुगा लगाएका युवा युवती पनि नाङ्गै देखिने अवस्था
आएमा प्रेमको स्वरुप कस्तो होला ? अद्भुत सूचक यन्त्रले व्यक्तिका मनका
सबै कुरा बाहिरै ल्याइदिन थालेमा मान्छे मान्छेको सम्बन्ध कस्तो बन्ला ?
प्रत्येक कुरा सहजै र सबै ठाउँमा उपलब्ध हुन थालेमा जीवनको आनन्द र
मान्छेको क्रियाशीलताको दशा कस्तो देखिएला ? मान्छेले बनाएको रोबोटमा
सम्पूर्ण मानवीय संवेदना र मान्छे सरहको विवेक पनि उत्पन्न भएपछि रोबोटको
अदम्य शक्तिका सामु निरीह बनेको मानव जीवनको स्थिति के होला ?
कतै मान्छेको महत्त्वाकाङ्क्षा र विलासिताप्रतिको उसको चर्को भोकले उसकै
अस्तित्व लोप हुने त होइन ? मान्छेका सबै गुण र क्षमता अनि सबै भावना र
विचारसमेत यन्त्रले प्राप्त गरेपछि मान्छेभन्दा पनि शक्तिशाली बनेको यन्त्रलाई
विनाश गर्ने शक्ति पनि मान्छेमा रहने छैन । त्यस्तो अवस्थामा मान्छेको
अस्तित्व के होला ? यस्ता अनेक प्रश्न उठाउँदै यी कथाहरु मानवीय अस्तित्व
र प्राकृतिक सम्पदाको रक्षाका लागि बोल्छन् ।
यी कथाहरुमा नेपाल छ, नेपाली छन्; विश्व छ, विश्व मानव छन्; विलास छ,
वीभत्सता छन् र निर्माण छ; विनाश छन् । पात्रहरु के कस्ता छन् ? घटनाहरु
के कस्ता छन् ? परिवेश के कस्तो छ ? आविष्कार सम्बन्धी प्राक्कल्पना
के कस्ता छन् ? मानवीय मनोविज्ञान र मान्छेका रूचिको प्रतिबिम्बन कसरी
गरिएको छ ? यी कुरा बुझ्न पाठकले यी कथाहरु आफै पढ्नु जरूरी छ ।
अजेय मान्छे कस्तो छ ? अजेय मन कस्तो हुन्छ ? जताततै विज्ञान भएर पनि
कतै नदेखिने विज्ञान को हो ? साना मुलुकहरुलाई ठुला मुलुकहरुले कसरी
हेप्दै छन् र विज्ञानको आडमा तिनको दुरूपयोग कसरी हुँदै छ ? को हो यो
रोबोराम ? यसले किन विद्रोह ग¥यो ? मान्छेको समाजमा वानर सेनाको के
काम ? के हो यो वानर सेना ? आनन्दको तयारीमा रहेको मान्छेको जीवनमा
प्रलयको तयारी कसरी भइरहेको छ ? के कुराको प्रयोग हुँदै छ र प्रत्यारोपण
किन ? मान्छे आफूले गरेको आविष्कारबाट कसरी आफै बन्दी बन्दै छ ? यस्ता
प्रश्नहरुको जबाफ पाउन पाठकले यी कथा आफै पढ्नुपर्छ; कथाका भावनामा
आफै डुब्नुपर्छ; आफै घोत्लिनुपर्छ र आफैले आस्वादन गर्नुपर्छ ।
कथाकार विजय चालिसेका यी कथा मान्छेले मान्छे आफैसँग विमर्श गर्नका
लागि प्रदान गरिएका कथात्मक सामग्री पनि हुन् । उन्नतिको अर्थ के हो ?
बाहिरी चमकधमक उन्नति हो वा आत्मिक संवृद्धि उन्नति हो ? सुख के
हो ? के सुख भौतिक सुविधामा मात्र हुन्छ ? मानवीय संवेदनाको ह्रासबाट
ज्ञट विजय चालिसे विज्ञानको कैदी ज्ञठ
प्राप्त हुने सुखको आयु कति होला ? के मान्छे आत्मीयताबाट टाढा जाँदै
छ ? विज्ञानका आविष्कारहरुको तीव्र विकास र भौतिक झिलिमिलीमा मोहित
आधुनिक मान्छेको भविष्य कत्तिको सुरक्षित छ ? के धर्तीविनाको मानव जीवन
सम्भव छ ? छ भने त्यसको स्वरुप कस्तो होला ? के वर्तमानको मान्छे बढ्दो
जनसङ्ख्या, बढ्दो प्रकृति विनाश र बढ्दो प्रदूषणले उत्पन्न समस्याहरुको
आकलन गर्न सक्षम भएको छ ? सक्षम भए पनि त्यस समस्याबाट मुक्त
हुनका लागि गम्भीर छ त ? यस्ता अनेक प्रश्नहरु गर्भमा बोकेर आएका छन्
यी विज्ञान कथाहरु । यी कथाहरुले उक्त प्रश्नहरुमाथि गम्भीर विमर्शको
माग गर्छन् । यी कथाहरुका माध्यमबाट मानव जीवन र सुन्दर धर्तीमाथि
मडारिँदै गरेका डर लाग्दा खतराहरुतर्फ पाठकहरुको ध्यानाकर्षण गराउन
खोजिएको छ । मान्छेभित्रको कोमलता प्रतिपल कठोरतामा रुपान्तरित हुँदै
गएको खतरातर्फ सचेत गराउन खोजिएको छ र हृदयका कोमलतम पत्रहरु
रूखिँदै गएर अबको मान्छे केवल यन्त्र जस्तो हृदयहीन प्राणीमा बदलिँदै जान
थालेको यथार्थतर्फ सङ्केत गर्न खोजिएको छ ।
वस्तुतः यी कथाहरु लेखकको मानवीय संवेदनशीलताका कथात्मक प्रत्यङ्कन
हुन् । यिनमा युगीन सेचतता र मानवीय करूणाले सम्पन्न कथाकारको
यथार्थबोध, चिन्ता र चासो मुखरित भएका छन् । कथाकारको हृदयमा एउटा
सुन्दर सपना छ— सुखी जीवनको, तर त्यसमा किरा लाग्ने सम्भावना बढ्दै
गएको देखेर उनी चिन्तित छन् । एउटा सुन्दर आकाङ्क्षा छ— सभ्य समाजको,
तर त्यसमा विकृतिका झार उम्रँदै गएको देखेर उनी पीडित छन् । एउटा
सुन्दर चाहना छ— शान्त मनको, तर त्यसमा तनावका फिलिङ्गाहरु उडिरहेको
पाएर उनी व्यथित छन् । एउटा सुन्दर परिकल्पना छ— विकसित विश्वको,
तर त्यसमा विनाशका लाभाहरु फुटिरहेको देखेर उनी छट्पटिएका छन् ।
यसरी यी कथाहरुमा इतिहासको अध्ययन छ, वर्तमानको बोध छ, भविष्यको
प्राक्कल्पना छ र यी सबैका माध्यमबाट शान्त मन, सुखी जीवन, सभ्य समाज,
विकसित विश्व र मानवीय मूल्यको हार्दिक कामना छ ।
हामी त स्रष्टा हौँ । हामीले गर्ने सिर्जना नै हो । सिर्जनामा सुन्दर जीवन
खोज्ने हो; यथार्थ जीवन स्थितिको बोध गर्ने हो; सुखी जीवनका पक्षमा विचार
सम्प्रेषण गर्ने हो र आनन्दित जीवनका लागि आह्वान गर्ने हो । यो काम
जसले जसरी जति मात्रामा गर्न सक्छ; इमानदारीका साथ गर्ने हो । कथाकार
विजय चालिसेले पनि गर्नुभएको छ; गरिरहनुभएको छ । यो कथा सङ्ग्रह
पनि त्यसैको निरन्तरता हो । यस सन्दर्भमा नेपाली आख्यानलाई यस्ता सुन्दर
विज्ञान कथा दिएर गुन लगाउने कथाकार विजय चालिसेलाई म आनो
तर्फबाट तथा पाठकका तर्फबाट समेत धन्यवाद दिन्छु र यस्तो सार्थक कृति
प्रकाशन गर्न सफल हुनुभएकोमा हार्दिक बधाई पनि दिन्छु । म जस्तो सामान्य
पाठकलाई यस्तो गम्भीर प्रकृतिको साहित्यिक कृतिमाथि भूमिका लेख्नका
निम्ति योग्य ठान्नुभएकोमा आभार पनि व्यक्त गर्दछु । आगामी दिनमा यस्ता
कथाहरु अझ बढी सङ्ख्यामा आऊन्; अझ बढी गुणात्मकताका साथ आऊन्;
अझ बढी शोधपूर्ण प्राक्कल्पनाका साथ आऊन्; अझ बढी कलात्मकता बोकेर
आऊन् र अझ बढी सम्प्रेषणीय भएर आऊन् । यही हार्दिक शुभ कामनाका
साथ भूमिकारहित भूमिका लेखनको बिट मार्दछु ।
कपन १, फैका
फोन ः ९८४१४६७४१७
mबष् िस् चउननथबधबष्२िनmबष्।िअयm