Saturday, February 15, 2014

मुखौटोभित्र÷ मुखौटोबाहिर – विजय चालिसे

(युवामञ्च मासिक फागुन २०७० मा प्रकाशित विज्ञानकथा)

    आज धेरै दिनपछि गहिरो निद्रा निदायो विशाल !   
यता धेरैदिनदेखि थकित थकित देखिन्थ्यो ऊ । ऊ मनमा एउटा ठूलो बोझ बोकेर बाँचेको थियो । घरी घरी मन घोच्दथ्यो अपराधबोधले । आफैं भित्र पीडा लुकाएर निश्वासमा मनभित्रको त्यो चिन्ता पनि अफाल्ने असफल प्रयास गर्दए आयो ।
कसलाई सुनाउने मनको यो कुरा ? यो अति गोप्य जानकारी उसबाट बाहिर गएको भन्ने थाहा भयो भने कुनै हालतमा बच्न सक्दैनथ्यो । आप्mनो मात्रै नभएर यो परियोजनामा अनुबन्धित भएपछि सँगै यतै बस्दै आएको उसको परिवारले समेत त्यो कहर खप्नु पथ्र्यो । आफ्ना बाआमा, श्रीमती र साना छोराछोरीमा पर्न सक्ने त्यो सम्भावित विपत्तिको कल्पना समेत गर्न सक्दैनथ्यो विशाल । त्यत्तिकै भावनामा बग्न पनि सक्तैनथ्यो ऊ । त्यसैले के गर्ने भन्ने निर्णय लिन नसकेर ऊ चुपचाप सहँदै आएको थियो मनभित्रको असह्य पीडा र छट्पटी । तर कति....? कहिलेसम्म ? अन्तरात्मामा उठ्ने प्रश्नले हरक्षण चिमोटिरहन्थ्यो – सीमित पारिवारिक समस्या ठूलो कि, वृहत्तर माननवतामाथि हुनसक्ने संभावित अपराध रोक्ने प्रयासमा आइपर्ने विपत्ति ? कुनै तयारी उत्तर थिएन उसँग । यति संवेदनशील प्रश्नको तयारी चाउचाउजस्तो बनिबनाउ उत्तर हुनु संभव पनि थिएन !   
    “होइन के भएको छ, तपाइँलाई हिजोआज ? न राम्ररी खानुहुन्छ, न खुलेरै हाँस्नु हुन्छ ?” जतिसुकै लुकाउने प्रयत्न गरेपनि उसकी श्रीमतीको आँखाबाट भने त्यो अवस्था लुक्न सकेको थिएन ।  यथार्थ जानकारी नभए पनि उसको यो मानसिक अन्तद्र्वन्द्वसँग नीलम अनभिज्ञ थिइन् । के जवाफ दिने ? सत्य बताएर बेकार किन मानसिक तनावमा पार्नु नीलमलाई । त्यसमाथि उसलाई  त्यो गोप्य कुरा बताएको भनक मात्रै पाए भने पनि विपत्ति ओइरिन सक्थ्यो ।
    “केही होइन....अफिसको कामले शरीर थाकेको मात्रै हो ! तातो कफी ख्वाउ एक कप, ठीक हुन्छ ।” त्यसैले ऊ सामान्य जवाफ दिएर सन्तुष्ट तुल्याउन खोज्दथ्यो श्रीमतीलाई । श्रीमतीले माया घोलेर दिएकी बाफिलो तातो चियाले पनि उसको मनभित्रको छट्पटी भने कम पार्न सक्दैनथ्यो ।
विश्वविद्यालयमा भौतिकशास्त्रको प्राध्यापन गर्ने प्रसिद्ध प्राध्यापक बाबुको आदर्श सानैदेखि पछ्याउने अवसर पाएको थियो विशालले । उसभित्र पनि सानैदेखि वैज्ञानिक बनेर मानवताको पक्षमा ठूला ठूला खोजीगर्ने सपना हुर्कँदै जानु स्वाभाविक थियो । त्यसैले विदेशी राम्रो विश्वविद्यालयबाट विज्ञान विषयम उच्च अध्ययन र अनुसन्धान सकेर स्वदेश फर्की सेवा गर्ने सपना बोकेर बितेको थियो उसको किशोर वय । त्यसमाथि उसले पढेका माध्यमिक, उच्चमाध्यमिक विद्यालयहरूको मुख्य खेती नै किशोर तथा युवाहरूको कलिलो विदेशमोहको सम्मोहन फैलाउनु थियो ।
उसको देशका युवाहरू अलि अलि पढलेख गर्न जानेपछि नै विदेश्शिने सपना देख्ने थाल्दथे । त्यो सपनाका सौदागरका रूपमा मुलुकभर शिक्षाका नाउँमा व्यापार गर्ने असङ्ख्य शैक्षिक संस्थाहरूको बिगविगी थियो । विशाल पनि त्यो सम्मोहनमा पर्नु अस्वाभाविक थिएन । त्यसैले माध्यमिक शिक्षा पूरा गरेपछि ऊ पनि विदेशी विश्वविद्यालयमा अध्यनको  अवसर खोज्दा खोज्दै विश्वकै महान् भनिने यो मुलुकमा पुगेको थियो !
बाबुको सपना र विदेशमा विज्ञानको उच्च अध्ययनको लक्ष लिएर यहाँ पसेपछि पनि उसले अरुकोजस्तो आफ्नो लक्ष र आदर्श बिर्सेको थिएन । त्यसैले पढ्न भनी विदेश पुगे पनि पहिले केही कमाउने अनि आरामले पढ्ने साथीहरूको सल्लाहलाई मानेन । अनेकौं कष्ट सहेर पनि विशिष्ट श्रेणीमा अध्ययन पूरा ग¥यो । उसले गरेको विषाणुयुक्त जीवाणुशास्त्रको विशिष्ट अध्ययन उसको देशका लागि पनि अति आवश्यक थियो । त्यहाँ विद्यमान् स्वाथ्यचेतनाको अभावबाट जताततै फैलने लामखुट्टे र यस्तै अरु कीटाणुबाट सङ्क्रमण हुने विषाणुयुक्त जीवाणु नियन्त्रण गर्ने भ्याक्सिनको आविष्कार गरेर लाखौं जनताको जीवन बचाउन सकिन्थ्यो ।
“चौटा खान खोज्दा झोलमा डुबेजस्तो पो भयो !” अहिले भोग्नु गरेको अप्रिय यथार्थ सम्झेर उसलाई यस्तै लाग्छ । अरु कति अनुसन्धान संस्थाहरूले बोलाउँदा नगएर सबैभन्दा राम्रो र गौरवशाली भनेर छानेको प्रतिष्ठान र आदर्श मानेका वैज्ञानिकहरूको भित्री रूप यति विभत्स होला, उसले सोचेको पनि थिएन । यो यथार्थसँग परिचित नहुन्जेल तीन तीनजना नोबेल पुरस्कार विजयी वैज्ञानिकको मातहतमा रहेर राज्यबाटै सञ्चालित विशिष्ट प्रयोगशालामा अनुसन्धान गर्न पाउनुको आकर्षण अत्यन्त बलियो थियो । अघिपछि एक झल्को पाउन समेत मुस्किल पर्ने ती विश्वविख्यात वैज्ञानिकको निर्देशनमा रहेर शोध गर्न पाउनु कम गौरवको कुरा थिएन । त्यसैले यस्तो सुनौलो अवसर प्राप्त भएकोमा कम्ता रोमाञ्चित थिएन ऊ सुरु सुरुमा !
केही समय निकै उल्लासपूर्वक कार्यरत रह्यो ऊ यस परियोजनाको काममा । त्यो रोमाञ्च भने धेरै समय रहन पाएन । उसलाई केही दिनमैं प्रयोगशालाको वातावरण साहै्र रहस्यपूर्ण लाग्न थालेको थियो । ज्यानमारा कैदी भरिएको जेलकोजस्तै थियो प्रयोगशाला वरिपरि र भित्रको सुरक्षा व्यवस्था ।
उनीहरूले भनेजस्तै भर्खरै जसो क्यारेविया टापुतिर फेला परेको डेंगुभन्दा पनि खतरनाक सिकउनघुन्या नामको जीवाणु भाइरसको प्रतिरोधी भ्याक्सिन पत्ता लाउनु मात्रै परियोजनाको उद्देश्य हो भने यति कडा गोप्यता किन ? मानवताको पक्षमा खोज अनुसन्धान गर्ने काममा यति सतर्कता जरुरी पर्ला र ?” उसको मनमा उठ्ने प्रश्नका रेलाले मथिङ्गल खलबलिन्थ्यो ।
कीटाणु वा व्याक्टेरियाभन्दा धेरै साना सूक्ष्मजीव अर्थात् भाइरस जीवाणुभित्र पैदायसी गुण संवाहन गर्ने वंशानुगत गुणसूत्र जीवित वा निर्जीव कुनै अवस्थामा विद्यमान् रहने गर्छ । विशाललाई थाहा छ, यस्ता जीवाणु वा विषाणुको प्रकृति पुर्नउत्पादनका लागि ग्रहण गर्ने जीवकोष वा होस्ट सेलमा निर्भर रहन्छ । ग्रहण गर्ने कोषिका बाहिर पाइने यस्ता जीवाणु तत्व प्रोटिन पत्रमा र कुनैबेला जालो वा झिल्लीभित्र टाँसिएर रहन्छ । कोषिका बाहिर यस रुपमा रहँदा जीवतत्वमा परिणहुने प्रक्रियागत हिसाबले निश्चेष्ट रहन्छ । आफूलाई ग्रहण गर्ने कोषको सम्पर्कमा आएपछि भने त्यो जीवाणुले त्यस आतिथेय कोषको काममा आफ्नो पैदायसी गुणतत्व छाडेर त्यसको कार्यमाथि नियन्त्रण गर्न थाल्दछ । यसरी सङ्क्रमित कोषले त्यो कोषको स्वभाविक तत्वभन्दा धेरै मात्रामा विषाणुजन्य प्रोटिन र पैदायसी गुणतत्व छाड्दै जान्छ ।  
क्यारेविया टापुतिर फेला परेको सिकउनघुन्या नामको जीवाणु भाइरस डेंगु फैलाउने लामखुट्टे बाटै सरेको भन्ने जानकारी प्राप्त थियो । अफ्रिकाका दक्षिणपूर्व तान्जानिया र उत्तरी मोजाम्बिकतिर बोलिने माकोन्दे भाषाबाट आएको सिकउनघुन्या शब्दको अर्थ हुन्थ्यो– कुप्रे । नभन्दै यो भाइरसको सङ्क्रमणमा आएपछि शरीरका सबै जोर्नी जोर्नी सङ्कुचित हुँदै जाँदा असह्य पीडाका साथै सोझो उभिननसक्ने भएर रोगी कुप्रिँदै जान्थ्यो । यसरी असमयमैं मानिसले आफना सबै शक्ति र ऊर्जा गुमाउँदैजान्थ्यो– जीवित लास बनेर बाँच्न विवश !                                       
“ओहो, यतिसम्म क्रूर बन्न सक्छ मान्छे !” बिस्तार बिस्तारै प्रयोगशालाको सुरक्षा रहस्य र परियोजनाको वास्तविक खोजीको भित्री तात्पर्य बारे थाहा पाएपछि आश्चर्यचकित बनेको थियो ऊ । सर्वाधिक शक्तिसाली बन्ने होडमा आजको कुनै पनि सत्ता यतिसम्म तल गिर्दै विज्ञानको यस्तो दुरुपयोग गर्दै मानवताको कुभलो गर्नसक्छ भन्ने कुृरा अरुले कसैले सुनाएको भए पनि हतपत्ति विश्वास हुँदैनथ्यो होला । त्यसमाथि मानवताको भलाइमा लाग्नु पर्ने वैज्ञानिक स्वयम् खुसी खुसी यस्ता काममा सहयोगी बन्न सक्तछन् भन्ने कुरा पत्याउनु त्यत्तिकै कठिन थियो । तर खण्डखण्डमा उसले बुझेको सत्य र अनुसन्धानमा नेतृत्व गरिरहेका जिम्मेवार विशेषज्ञहरूको मुखबाटै गोप्य रुपमा सुनेका कुराले त्यसलाई असत्य मान्ने कुनै ठाउँ बाँकी थिएन । ती सबैबाट प्रष्ट थियो यो परियोजना बाहिर भनिएजस्तै सिकउनघुन्या प्रतिरोधी भ्याक्सिनको खोजी गर्ने मानवताको पक्षमा गरिन लागेको अनुसन्धान थिएन । यसको भित्री प्रयोजन बरु त्यही सिकउनघुन्या जीवाणुलाई अत्यधिक मात्रामा उत्पादन गरेर मानवताका विरुद्ध आर्थिक सम्वृद्धि बढाउने सीमित राष्ट्रिय उद्देश्यका लागि दुरुपयोग गर्नु थियो । निर्यात गरिने खाद्य पदार्थ र विशेष गरी युवापुस्तामा लोकप्रिय तयारी खानामा ती जीवाणु सङ्क्रमित गर्ने उनीहरूको भित्री उद्देश्य थियो । आर्थिक–औद्योगिक प्रतिस्पर्धी मुलुकका उत्पादनशील युवा पुस्तालाई यिनको उपभोगबाट सिकउनघुन्या भाइरस सङ्क्रमित गराउँदै उत्पादन प्रक्रियामा संलग्न हुन असमर्थ बनाउने । यसरी त्यो मुलुकको यावत् आर्थिक–औद्योगिक जीवनरेखा नै धराशायी बन्न पुग्थ्यो । अनि युवा र उत्पादनशील जनसङ्ख्यामा यसको सङ्क्रमण फैलँदै जाँदा कुनै पनि मुलुक आर्थिक र अन्य किासका दृटिले पूरै अपङ्ग बन्न पुग्थ्यो, उत्पादनशीलबाट पूर्ण रूपमा सबै कुरा आयातमा बाँच्नुपने ! अनि ती मुलुक आफ्नो एकलौटी बजारमा परिणत गराउन कुनै आइतवार पर्खिनु पर्दैनथ्यो ! ओहो....सिंगो मानवपुस्तालाई रोगसङ्क्रमित तुुल्याएर आफनो भण्डार भर्ने र विश्व शक्ति बनिरहने यति क्र्रूर मानसिकतालाई कसरी जायज ठान्न सक्छ कुनै पनि देशको शासक ? परियोजनाको भित्री रहस्य थाहा पाएर भाउन्न होलाजस्तो भएथ्यो उसलाई !
यो रहस्य थाहा पाएदेखि ऊ अत्यन्त विचलित थियो । मानवताको संहारमा विज्ञानको उपयोग गर्ने कुरा उसको आदर्शभन्दा बाहिरको कुरा थियो । सानैदेखि विज्ञान र यसको खोज अनुसन्धान आविष्कार मानिसको भलाइका लागि हुनुपर्छ, विनाशका लागि होइन भन्ने आदर्शमा हुर्कँदै आएको विशाल अहिले यसको ठीक विपरित यथार्थसँग परिचित हुन पुग्दा अत्यन्त दुःखी थियो । कसरी बचाउने त्यो भावी मानवसंहारबाट ? आफूलाई पनि कुनै आँच नआउने र शक्तिसञ्चयको अतिचाहनाका कारण मदान्ध यो सत्ताको शिकार बन्नुबाट मानवतालाई जोगाउने उपाय सहज थिएन । यस्तो मध्यमार्गी बाटो के हुन सक्छ, ? ऊ लामो समय मनभित्र यन्त्रणा भोगेरै यस्तो उपायको खोजीमा रह्यो ।
परियोजनामा विशालको जिम्मा डेङ्गु र सिकउनघुन्यावाहक लामखुट्टेबाट सिकउनघुन्या विशाक्त जीवाणु निकालेर तिनलाई नोक्सान नपुग्ने गरी सुरक्षित राख्नु थियो । त्यसपछि ती जीवाणुको विश्लेषण गरेर तिनका प्रतिरोधी भ्याक्सिन बनाउने नाउँमा तिनै जीवाणुको अत्यधिक मात्रामा उत्पादन गर्ने कामको गोप्य जिम्मेवारी थियो परियोजना प्रमुखको निरीक्षणमा सञ्चालित सत्ताका अति विश्वासिला जीवाणुशास्त्र विशेषज्ञ वैज्ञानिकहरूको समूहमाथि ।
विशालले यही कार्यविभाजनभित्रै एउटा उपाय खोज्यो । लामखुृट्टेको जीवाणु सङ्कलन गर्ने क्रममा कसैलाई पत्तै नदिई सिकउनघुन्या भाइरसको ठाउँमा तिनै लामखुट्टेमा प्राकृतिक रूपमैं विकसित हुने प्रतिविष अर्थात एन्टिीडट सङ्कलन गरेर बुझाउने । अनि त्यही बीचमा परियोजनाको काम सकिएको भोलिपल्टै त्यो दानवी देश छाडेर गरिव भए पनि मानवताले ओतप्रोत आफ्नै देश फर्कने । त्यसका लागि गोप्य रूपमैं टिकटहरूको व्यवस्था मिलाई राख्ने योजना पनि बनायो विशालले ।
सिकउनघुन्या जीवाणु ठानेर लक्ष्यित मुलुकमा निर्यात गरिने बस्तुमा सङ््क्रमण गरे पनि उपभोक्तामा उनीहरूले सोचेजस्तो असर पर्न पाउँदैनथ्यो । तिनले यथार्थ थाहा पाउन्जेल आफू परिवारसहित सुरक्षित आफ्नै देश पुग्न कसो पुग्न नसकिएला ? स्वदेश फर्केपछि त त्यो दानवी पञ्जाको आक्रमणबाट बच्ने अनेकौं उपाय खोज्न सकिन्थ्यो । उसको यो योजनामा एउटा खतरा भने बाँकी नै थियो । उनीहरूले उसमाथि विश्वास नगरेर उसद्वारा सङ्कलित एन्टिडट जीवाणुको गहन विश्लेषण गरे भने ? त्यस अवस्थामा भने उसको योजना गोप्य नरहेर निश्चित रूपमा ऊ त्यस सत्ताको शिकार बन्न सक्थ्यो. । जे होस्, मानवताको लागि बरु लागि सहिद बन्न मञ्जुर छ ! उसको मनले ठहर ग¥यो !
त्यसपछि भने आज धेरै दिनपछि गहिरो निद्रा निदायो विशाल !   

युवामञ्च, फागुन २०७०

Saturday, February 8, 2014

साहित्य–महारथी समप्रति श्रद्धाञ्जली

(समजयन्तीका अवसरमा २०३८ साउनको मधुपर्कमा प्रकाशित श्रद्धाञ्जली लेखलाई थयावत प्रस्तुत गरेको छु । –विजय चालिसे ।)



यो कुनै वास हो नाथ मेरो जीवन मार्गको
   तिमीतिर म हिँड्ने छु ः स्वप्न पूरा भए पछि !
                                    –सम

    आफ्नो असी वर्षको जीवन–यात्रा पूरा गरी आफ्नो स्वप्न पूरा भएपछि ईश्वरतिर फर्कनेछु भत्रे दृढप्रतिज्ञ सम आज यो धरावास छाडी त्यतै प्रस्थान गर्नुभएको छ, नेपाली र नेपाली साहित्यलाई उठाउनै नसकिने भारीको ऋण छाडेर !
    करीब–करीब आधा शताब्दीसम्म अनवरत रूपमा नेपाली साहित्यको सेवा गरी आधुनिकताको चरम–चूलीमा पु¥याउन उल्लेखनीय योगदान गर्ने नेपाली साहित्यको महारथी बालकृष्ण सम साँच्चै नै नेपाली साहित्यका ध्रुव तारा हुन् भत्र सकिन्छ । भौतिक र आध्यात्मिक ज्ञानका समन्वयात्मक प्रयोक्ता सम सच्चा मानवतावादी साहित्यकार देखिनुहुन्छ आफ्ना साहित्यमा । देश र जातीयताका बन्धकहरुबाट माथि उठेर मानिसले बाँच्च सक्नुपर्छ भत्रे सम भौतिक विज्ञानप्रतिको आफ्नो उद्गार यसरी व्यक्त गर्नुहुन्छ– ‘‘मुख्य धर्म प्रेम हो , प्रेममै मानिस बाँच्दछ । प्रेम र मानववादको विकासका लागि नै लेखिनु तथा बोलिनु पर्छ । मेरो विश्वास भौतिक विज्ञानमा छ र यसैबाट ज्ञान प्राप्त गर्न सकिन्छ भत्रे कुरामा पनि मेरो विश्वास छ ।  तर अहिलेको भौतिक विज्ञानमा मानवको निमित्त पर्याप्त नैतिक ज्ञान छैन । यसको  विकास अभेैm हुन बाँकी भए तापनि भविष्यमा यस कमीको आपूति हुने छ भत्रे कुरामा पनि मेरो विश्वास छ ।”
    पाश्चात्य साहित्यिका शैलीमा इब्सन–शेक्सपीयर परम्परालाई नेपाली साहित्य अझ नाट्य साहित्यका सर्वप्रथम प्रवेश गराउने ओजपूर्ण अनुष्टुप्–छन्दका कविता नाठयका प्रथम, गद्य पद्य दुवै क्षेत्रका बेजोड मनीषी हुन् । अझ कवितानाटयको प्रवर्तन र विकासको क्षेत्रमा त अभैmसम्म पनि सम एक्ला र अविजेय प्रतिभाका रूपमा आसीन छन् ।
    सम आफ्ना कविता र साहित्यिक अन्य विद्यामा पनि प्रशस्त बौद्धिक प्रयोग गर्छन् । यसको उदाहरणमा आगो र पानी (२०१२ वि.सं.) एउटै खण्डकाव्य यथेष्ट हुन्छ भने चिसो चूल्हो (२०१५), नियमित आकस्मिकता, (२००५) स्वर्ग र देवता (२००४) जस्ता काब्य–कृतिहरुमात्र होइनन् निबन्ध र नाटयहरुलाई पनि अघि सार्न सकिन्छ ।
    आजभन्दा बाउत्र वर्ष अघि नै मुटुको व्यथा र धु्रव जस्ता सफल आधुनिक कविता–नाटकको माध्यमबाट नेपाली साहित्यमा माध्यमिक–कालीन साहित्यको प्रवृत्तिलाई पूर्णतया छाडेर आधुनिक प्रवृत्ति लिने सम आधुनिक नेपाली साहित्यका अग्रणी मात्र नभएर यसलाई विकासको चरम प्रदान गर्ने महान् शिल्पी पनि हुन् । त्यसमाथि शृङ्गार र नीति–परक प्रकृतिचित्रणबाट भर्खर–भर्खरै उम्किएर यथार्थ नेपाली जनजीवनको चित्रण र आर्थिक समस्याले ल्याएको नेपाली समाजको दुःखान्त देखाउने देवकोटाको  मुना–मदन खण्डकाव्यपछि लगत्तै जस्तो देखापरेको समको आगो र पानीले विचार, वृद्धि र दर्शनलाई यस काव्यमा समेटेर विश्व–जगत् तथा नेपाली संसारको अवस्था छर्लङ्ग पारेको पाइन्छ ।  अझ भन्ने हो भने विश्व–मानवतावादको  सपना देख्दै समले आगो र पानीमा अत्याचार र अन्यायले घँुडा टेक्नुपर्ने आशा र दृढता व्यक्त गरेका छन् ।
    विचार–प्रधान दार्शनिक कवि सम कविता भावनाको बौद्धिक कोमलता हो भन्छन् भने उनी आफ्ना प्रत्येक कृतिमा मानवको बौद्धिक शक्तिप्रति प्रगादै आस्था व्यक्त गर्न कहिल्यै पछि हट्दैनन् । विज्ञानको सघाउ लिएर पृथ्वी सिगार्न चाहने आगो र पानीका सम ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’ का आशावादी स्वर्ग र देवताका सम सबै ठाउँमा मानवता वादको उच्चतम आदर्शलाई कविता–नाटकका माध्यमबाट मार्मिक रूपमा अभिव्यक्त गर्न पछि पर्दैनन् ।
    ‘देशभक्ति त मर्दन चुत्थै देश भए पनि’ भनेर मुकुन्द इन्दिरामा भत्रे सम कविता, नाटक, कथा, निबन्ध जस्ता सै विद्यामा सशक्त प्रयोक्क्ताका रूपमा देखिनुहुन्छ । नेपाली नाटक साहित्यको एक्लै प्रतिनिधित्व गर्न सक्षम सम कविताका क्षेत्रमा पनि आफ्नो छुट्टै स्थान सुरक्षित गर्न सफल हुनुहुन्छ भने निबन्धको क्षेत्रमा पनि उहाँको विशिष्ट स्थान रहेको छ । आधुनिक नेपाली कथा–साहित्यको प्रारम्भदेखि नै सम मैनाली, पुष्कर शम्शेर आदिसँग काँधमा काँध जोडेर कथामा चारित्रिक विशेषता लिएर आउनुभएको हो । यसैले पनि नेपाली साहित्यका लेखनाथ, सम र देवकोटाका त्रिमूर्तिसँग समको आफ्नै छुट्टै विशेषता छ भने विदेशी साहित्यसँग कुम जोड्ने आँट र क्षमता नेपाली साहित्यलाई प्रदान गर्नेमध्ये सम र देवकोटा अझ विशिष्टतम छन् । त्यसैले पनि समज्यूको देहावसान भएपछि समवेदना स्वरुप श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट व्यक्त गरिबक्सिएको एउटा वाक्य यहाँ दोहो¥याउने लोभ लाग्छ त्यो वाक्य हो ‘आफ्नो युगको प्रतिनिधित्व गर्ने सम नेपालका एक महान् विभूति थिए ।”
    विक्रम सम्वत् १९५९ माघ २४ गते सुविधाभोगी राणा परिवारमा जन्मिएर पनि युगको हावा चिन्न समर्थ बत्रे शुरूका बालकृष्ण समशेर जङ्गबहादुर राणा आफ्नै वंशीय शासनप्रति समेत विरोध जनाउँदै २००७ सालको जनक्रान्तिमा भाग लिन्छन् प्रजातन्त्रको प्रादुभार्वपछि समशेरको शेरलाई त्यागेर सम्पूर्ण नेपालीमा समानताको सूचक सम बन्छन् । दरबार हाई स्कूल (हाल भानु माध्यमिक विद्यालय) मा शिक्षा प्राप्त गरी कलकत्तामा गएर म्याट्रिक परीक्षा उत्तीर्ण गर्ने समलाई त्रि–चन्द्र कलेजमा विज्ञान विषय लिई आई.ए. पढ्दा पढ्दै बीचैमा कप्तान भई सैनिक सेवामा लेप्mटिनेण्ट कर्णेलसम्म हुनुभएका समले नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष, रेडियो नेपालका निर्देशक, गोरखापत्रका प्रधान सम्पादक, रोयल नेपाल एकेडेमी (हाल नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान) का शुरूमा सदस्य तथा पछि उपकुलपति, राजसभाका  सदस्य तथा शाही नेपाल चलचित्र संस्थानका संचालक सदस्यको रूपमा विविध क्षेत्र र सेवामा रही नेपाली साहित्य–कलाको विकासमा योगदान पु¥याउनुभएको छ ।
    गोर्खा दक्षिण बाहु, सैनिक दीर्घ सेवा पट्ट, भूकप्म सेवा पदक, एकेडेमी मेडल आदि पदकबाट विभूषित स्वर्गीय सम २०२९सालमा त्रिभुवन पुरस्कार २०३४ मा पृथ्वी प्रज्ञा–पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ । त्यसको साथै उहाँ रत्न–श्री पुरस्कार र वीरेन्द्र कला पदकबाट पनि विभूषित हुनुभएको थियो ।
    दशै वर्षको  उमेरदेखि ‘ईश्वर’ कविताबाट साहित्यको क्षेत्रमा समर्पित समका मुटुको व्यथा, मुकुन्द इन्दिरा, अन्धवेग, प्रल्हाद जस्ता प्रसिद्ध नाटक, आगो र पानी, चिसो चूल्हो जस्ता खण्डकाव्य, महाकाव्य, नियमित आकस्मिकता र मेरो कविताको आराधना जस्ता दार्शनिक कृति र आत्मजीवनी जस्ता महत्वपूर्ण कृति लगायत करीब दुई बीस कृतिहरु नेपाली साहित्यभण्डारलाई प्रदान गर्ने समका फुट्कर कृतिहरुमा स्वर्ग र देवता, मेरो नुहाउने कोठा, सोम, फुटेको पूmलदान जस्ता कविता, कैकेयो, खुकुरी, तलतल, हरिसिद्धि, टाँगन घोडा जस्ता कथा, पानी, बर्दहामा शिकार जस्ता निबन्ध र अन्य एकाङ्की नाटकहरू नेपाली साहित्यका उल्लेखनीय प्राप्ति हुन् भत्र सकिन्छ । समको आफ्नै भनाइमा उहाँका सर्वश्रेष्ठ कृतिहरुमध्ये आगो र पानी, म कहिल्यै मर्दिन र प्रल्हाद हुन् । १
यसरी आधा शताब्दीभन्दा बढी नेपाली साहित्यको अनवरत सेवा गर्दै उच्च्तम स्थान प्राप्त गर्न सफल सम २०३८ साउन ६ गतेका दिनमा आफ्नो भौतिक शरीर छाडी अमरत्व प्राप्त गर्न पुग्नुभएको छ । केही वर्ष अघि दायाँ भागमा पक्षाघाटको आक्रमण भई अस्वस्थ हुनुभएर रोगलाई परास्त गरी पुनः हाम्रो समक्ष आउनुभएको सम यस पटकको बायाँ भागमा भएको आक्रमण र मुटुको व्यथाबाट हामीसँग अलग्गिनु भएको छ आफ्ना साहित्यिक कृति लगायत श्रीमती, एक सात्यिकार–कलाकार छोरा र तीन छोरीलाई सुम्पिएर ।
                        हार्दिक श्रद्धाञ्जलि ! ! !

खोसिएको सपना –विजय चालिसे

(नौलो केसेली समसामयिक सङ्कलन २६ कार्तिक २०७०मा प्रकाशित)

विहान उठ्दा सिम सिम पानी परिरहेको थियो । त्यो देखेर सीताराम मनमनै खुसी भयो– आज भने तर्कारी राम्रै बिक्ने भो’ ! 
पहाडको गाउँ पैरोले लगेपछि नयाँ भविष्य र संभावनाको खोजीमा सहर पसेको थियो सीताराम । सुरुमा त विदेश जाने सपनामा धेरै दिन डुब्यो । विदेश गई कुस्त कमाएर फर्केपछि घरबार जोड्ने सपना बुन्दै निकै समय रमायो । त्यही सपनालाई सार्थक गराउन अनेकौं म्यानपावर एजेन्सी पनि धायो । तर सुरुमैं कुस्त थैली नसुम्पी उसलाई विदेश पठाउन कोही तयार थिएन । त्यो थैली जोगाड गर्न गाउँको एउटै मात्र सानो टुक्रो घडेरी जग्गा पनि हुत्यायो । सपनाको प्राप्तिमा सुकुम्बासी बन्न स्वीकार्दा पनि विदेश जान भने सकेन सीताराम !  
थैली बुझाएर उसले दलालको आरती पूजा जे जे गर्नुपर्छ, ग¥यो । दलाले एक वर्षसम्म तारिखमा झुलाएपछि बल्ल बल्ल साउदीकोलागि उडायो । तर के गर्नु उसको कर्म विदेश जाने नभएर हो कि, दलालको नियतमैं खोट भएर हो, लागेको भिसा समेत नक्कली परेछ । उताको विमानस्थमैं रोकेर नेपाल फर्काइदिए । भएको जग्गा बेचेर जोगाड गरेको पैसा पनि गयो, विदेश गएर कुस्त कमाउने मनभरिको सपना पनि तुहियो । उसका लागि यी सबै समयमैं व्युँझँदा हराएको सपनाजस्तै भयो !
पहाडमा भएको एक टुक्रा जग्गा पनि बेचिहाल्यो । पहाड फर्के पनि सुकुम्वासी भएर साहुको कमैया बन्नु बाहेक अर्को आधार थिएन । त्यसैले उसका लागि अब पहाड फर्कने आधार समेत बाँकी रहेन । पहाड फर्कने कुनै आधार नरहेकोपछि विदेशपछिको अर्को स्पप्नसंसार काठमाडौंको मोहनीमा आन्तरिक शरणार्थी बन्नपुगेको थियो सीताराम, सुकुम्वसीको लाममा अर्को एउटा परिवार बनेर !
“लौं आयो....ताजा तर्कारी ! काउली, भिन्डी, बोडी सीमी ...ताजा...ताजा...!” सीताराम आज राम्रै व्यापार हुने आशामा उत्साही थियो । त्यही उत्साहमा चिच्याइ चिच्याई ग्राहकको ध्यान तानिरहेको थियो । 
यस्तो सिम सिम पानी परेको बेला यस टोलका मानिसहरू भिजिने डरले प्राय बाहिर निस्कँदैनथे । टोलका पुरुष अधिकांश जागिरे थिए । थोरै किसानीमा पनि लागेका देखिन्थे । केहीले कुखुरा र तर्कारी फार्म खोलेर पनि नयाँ कामको थालनी गरेका थिए । अर्थात् बस्तीका धेरैजसो मानिस कुनै न कुनै काममा लागेकाले घरघरमैं नभइनहुने तर्कारी किन्न पाउने सुविधाको उनीहरू आ–आफ्नो सामथ्र्य अनुसार उपभोग गर्दथे । जागिर नभएका र भए पनि सानोतिनो जागिरलाई नै जीवनको शिखर प्राप्ति ठान्नेहरू विहानभरि चोककमा चियाको चुस्की र सात मुलुकको गफ हाँक्दै आफू बाहेक सबैलाई निकम्माको बिल्ला भिराएर हतार हतार गाँस टिप्न जानेहरूको सङ्ख्या पनि कम थिएन । तिनमा केही सङ्ख्या सेवानिवृत्तहरूको पनि हुन्थ्यो, जो हरबखत आफूलाई अरुभन्दा विशिष्ट र फरक देखाउने कसरत गरिरहेका देखिन्थे । तिनमा केही कथित समाजसेवी र राजनीतिक कार्यकर्ता नहुने कुरै भएन । यसरी चोकको पसलमा चिया खाँदै नानाथरी गफ हाँकेर समय चिप्ल्याउने केही युवा र प्रौढहरूको यो जमघट विहान मात्र होइन, साँझको बखत पनि हुने गथ्र्यो, बेलुकीपख । 
गृहिणीहरू चोक चाहार्ने पुरुषहरूले आवश्यक तर्कारीहरू किनेर ल्याउला् र पकाउँला भनेर पर्खने अवस्थामा हुँदैनथे । विहान घुम्न पनि हुने, सस्तो राम्रो तर्कारी किन्न पनि पाइने आशाले त्यसटोलका केही मनिस मूलचोकमा पुग्थे र आवश्यक किनमेल समेत गरेर फर्कन्थे । प्रातः भ्रमणमा असिनपसिन भएर नजिकैको सल्लाघारी घुम्दै तल अस्पताल भएर उक्लिन्थे कोही र दुई पन्थ एक काज चरितार्थ गर्थे ! घर फर्कँदा सबैका हातमा केही न केही हुन्थे, सागपात, अरु खाले तर्कारी, दूधको प्याकेट वा यस्तै उस्तै भान्छाका सामान । तल अस्पतालदेखि यो मूल चोकको बस पार्क र अझ उता सडकका दुवै किनारामा जता हे¥यो उतै देखिन्थे किराना पसल, तर्कारी र चियाका पसलहरू । पसल मात्र होइन उसकैजस्तो साइकल गाडामा तर्कारी बेच्नेहरूको पनि एकपछि अर्को सङ्ख्या बढ्दो थियो । त्यसैले प्रतिस्पद्र्धा झन झन दिनहुँ बढ्दोथियो । यसैले गर्दा पानी नपरेको अरु दिन सोचेजस्तो व्यापार जम्दैनथ्यो । धन्न, अहिले त धेरथोर बिक्छ  ! दुईतीन वर्ष अगिसम्म त तर्कारी किनेर खाने को एकदुई घर बाहेक थिएनन् रे यस टोलमा । बिस्तारै सबै काँठजस्तै यस भेगमा पनि जग्गा बेचेर घर ठडयाउने प्रतिस्पद्र्धा चल्दै गयो । खेतबारीमा मिहिनेत गर्ने वानीलाई जग्गा बेचेर बैंकमा राखेको पैसाको व्याजबाट गर्ने खर्च र चुरीफरीले प्रतिस्थापन गर्दै गयो । खेतीपाती छाडेर सहरिया भएको भ्रम पाल्ने शोखले तीब्रता पाउँदै गयो । त्यसैले गर्दा अब गाउँका खेतबारीमा तर्कारी र अन्नपात फल्न छाडेका थिए । त्यसैले अब प्राय घरपिच्छे धेरथोर तर्कारी नकिन्ने कोही थिएन । त्यसमाथि पानी परेके बेला विहानै घरघर पुग्न सक्यो भने त मजैले जम्थ्यो तर्कारी व्यापार । गृहिणीहरू घरआँगनमैं किनेर भान्छाको आवश्यकता टार्थे ।
“आज कत्तिको व्यापार भयो त सीताराम ?” कहिलेकाहीँ म उसलाई सोध्ने गर्थें । सधैं उसँग किन्ने हुँदा उसको र मेरो रामै्र दोस्ती जमेको थियो । 
“काँ’सर सुरुसुरुमा साइकल गाडामा तर्कारी बेच्न थाल्दा मबाहेक अर्को थिएन । अब हेर्नोस् त कति भइसके ? अनि काँ’बाट जम्नु व्यापार !” ऊ जेनतेन परिवार पाल्नसम्म पुग्ने जोगाड भएको सुनाउँथ्यो । हुनपनि सुरुसुरुमा सीताराम एक्लो थियो साइकल गाडामा घरघर गएर तर्कारी बेच्ने । पछि एकपछि अर्को गर्दै थपिँदै गए । हामी नेपालीको चालै त्यस्तै, एउटाले जे ग¥या देख्यो त्यसैमा एकपछि अर्को फाल हाल्ने । कोही नयाँ कामतिर हात हाल्न अगि सर्दैन ।    
आज साइकल गाडा निकाल्दा बाहिर सिमसिम पानी परेको देखेर साँच्चै नै खुसी थियो सीताराम । यस्तोमा अघिपछिको भन्दा अलिकति भाउ बढाएर बेच्दा पनि हातहातै बिक्थ्यो । अघिल्लो दिनको हरियो सागपात पनि पानीले भिजेर भर्खरै ल्याएकोजस्तो साजी देखिन्थे, भर्भराउँदा, झरिला ! भिजेको तर्कारीको तौल पनि ओभाएको भन्दा केही बढेकै हुन्थ्यो । सबैतिरबाट फाइदै फाइदा ! त्यसमाथि पानी छर्की छर्की ताजा बनाउनै नपर्ने । त्यसैले सिमसिम वर्षा भयो भने भगवानै दाहिने भएको ठान्थ्यो सीताराम । 
“यो भएको सकियुन्जेलमा कालीमाटी गएकी बुढिया पो आइपुग्ने हो कि होइन ?” अर्को पिरलोले सतायो उसलाई । बूढी विहानै आँखा मिच्दै उठेर तर्कारी किन्न कालीमाटी जान्थी । पहिले त गाह्रो थियो–तीनचुले पुगेर दुई दुईवटा टेम्पो चढेरै कालीमाटीसम्म पुग्नु पथ्र्यो । उत्तरी छेउको चोकबाट दक्षिणी कुनोको कालीमाटी पुग्न दुईवटा त बस–टेम्पो बदल्नु पर्ने । गह्रुङ्गो तर्कारीको भारी बोकेर दुई दुईवटा बस बदल्दै कालीमाटीदेखि तर्कारी ल्याउनु कम गाह्रो थियो र ! उनीहरू बूढाबूढी पालैपालो कालीमाटी जान्थे । त्यति दुःख गरेर कालीमाटीदेखि ल्याएको साजी तर्कारी बेच्दा समेत ग्राहकहरू तर्कारीको भाउ ‘किन यति बढी’ भनेर सातो लिन्थे । 
ग्राहकको त्यस्तो फत्तुर सुनेर मन कुँडिन्थ्यो, नकुँडिने होइन । तर ग्राहकसँग रिसाउन पनि सक्दैनथ्यो विचरो सीताराम । आखिर ग्राहक भनेका भगवान नहुन् ! तिनैले नकिनिदिए कसरी चल्थ्यो र यो विरानो शहरमा उसको घरगृहस्थीको रथ ! त्यही सोचेर प्राय हाँसेरै पचाइदिन्थ्यो सबै मान अपमान ! एफेम हो कि सेफेम भन्नेले विहान विहानै पलाक्दो रे’छ कालीमाटीको भाउ, अनि पो त्यही भाउमा खोज्दारहेछन् यी मान्छे ! मनमनै पेटको कीरा माथ्र्दै भन्थ्यो, कालीमाटीदेखि त्यसै आउँदैन क्यारे, यहाँसम्म ! कति पसिना बगाएर ल्याउनुपर्छ, केथा’ यिनलाई ?
तर मुखले जवाफभरि चास्नी घोल्दै भन्थ्यो– “के गर्नु हजूर कालीमाटीमैं महँगो छ । त्यसमाथि त्यसै आउँदैन, ल्याउन महँगो गाडी भाडा तिर्नै प¥यो । भाडा पनि मनलाग्दो लिन्छन् बस–ट्याम्पोका खलाँसीले ! दुईचार पैसा भाडा र ज्याला पनि उठाउनै प¥यो नि हजूर !”  कतिले उसको कुरामा चित्त बुझाउँथे, कत्तिको चित्त बुझ्दैनथ्यो ।  
अहिले भने सजिलो भएको छ उसलाई । हिजो आज टोलबाटै माइक्रो बसले कालीमाटीसम्म लाने ल्याउने गर्छ । विहानै टोलबाट एकजना बाजेको सानो माइक्रोबस सबै तर्कारीवालाहरूलाई लिएर कालीमाटी पुग्छ । बुढिया त्यसैमा कालीमाटी जान्छे । दिनभरलाई बेच्न पुग्ने तर्कारी किनेर फर्कन्छे । बाजेको माइक्रो बसले डेरामैं ओरालिदिन्छ ऊ र सामान दुवैलाई ! 
जे होस् बाजेको मिनीबसले गर्दा दुःख केही कम भएको छ । दुई दुईवटा बस बदलेर भारी उचाल्दै यताउता गर्नुपरेको छैन । भाडा कसेरै लिन्छन् । भाडै नतिरी त कसले पो सित्तैं बोक्थ्यो र ! 
आज पनि बूढी विहानै गइसकेकी छ, कालीमाटी । अघिपछि अघिल्लो दिनको बाँकी बेचुन्जेल आइपुग्थी– समस्या थिएन । पानी परेको विहान भने हिजोको बासी तर्कारी पनि हात हातै विक्थ्यो, बूढी समयमा आइपुगिन भने अरु अगाडि परिहाल्थे । अनि हरिया सागसब्जी नहो, धेरै दिन राख्न पनि नमिल्ने । ओइलाएर, पहेँला देखिनासाथ कसैले किन्दैन । सबैतिरबाट नोक्सान नै नोक्सान ! 
बूढी पनि बेलैमा आइपुगी आज । विक्री पनि रामै्र भयो । विक्री राम्रो भएपछि नाफा राम्रो हुने भैहाल्यो । हिजोको बासी तर्कारी पनि साजीकै भाउमा लुछाचुँडी भएर सकियो । यसरी नै सधैं बेच्न पाए त ....चाँडै एउटा घडेरी जोर्नुहुन्थ्यो, यतैतिर ! 
“के गर्नु, बदमास दलालले बेइमानी नगरेको भए यतिबेला विदेशमा राम्रै कमाइ गरिँदो हो ।” सीतारामले मनमनै सोच्यो । तर लगत्तै अर्को मनले सम्झायो आफैंलाई, ठीकै भयो । त्यो पराई मुलुकमा भत्भती पोल्ने मरुभूमिको तातो बालुवामा कम्ती दःुख पाइन्थ्यो होला र ? त्योभन्दा त हाइसुखै छ नि ! सुख–दुख १०–१५ हजार कमाइएकै छ । स्वास्नी छोराछोरी सँगै बस्न पइएको छ । 
“धनियाँ छ ?”  सडक छेवैको घरको माथिलो कैसीबाट आएको तीखो स्वरले उसको ध्यान तानियो । 
“छ, हजूर !” एकै मुठा बाँकी छ ।” उसले माथितिर हेरेर जवाफ दियो । 
यो स्वास्नी मान्छे उसलाई अलि हेपेर बोल्छे । त्यसैले अलि मन पर्दिन । तर व्यापार हो मन परे पनि नपरे पनि हाँसेरै बोल्नुपर्छ । नम्र भएर जवाफ नदिए कसरी बेच्नु ? त्यसमाथि घरघर धाएर बेच्ने आफूमात्रै होइन, अरु पनि धेरै थपिएका छन् । मसँग नकिने अर्कोसँग किन्छन् । उनीहरूलाई के नै फरक पर्छ र ! 
ऊ रोकियो । कौशीबाट हाँसको चालमा ढल्किँदै ढल्किँदै त्यो स्वास्नी मान्छे ओर्लिई । 
छ महिनाजति भयो होला यो स्वास्नीमान्छे यस घरमा डेरा सरेकी । एउटा फ्ल्याट पूरै भाडामा लिएकी छ उसले । कुरै कुरामा थाहा पाएको थियो, उसको लोग्ने अरब हो कि कता हो मरेर काम गर्छ । पहाडमा उसकैभन्दा पल्लो गाउँको हो त्यो केटो पनि । विचरो टुहुरे  गङ्गे जे भएको एक टुक्रो जग्गा बेचेर विदेश पुग्यो काम गर्न । भर्खरै विहे भएकी स्वास्नीलाई छाडेर गएको थियो ऊ अरबतिर कुस्त कमाएर फर्कने र सुखी दाम्पत्य जीवन बिताउने सपना बोकेर । त्यसैले रात दिन रगत पसनिा एक गरेर कमाएको पैसा सबै स्वास्नीको नाउँमा पठाउँथ्यो । तर कमाएको पैसा स्वास्नीले जोगाड गरेर राख्ली र फर्केर गुमेको जग्गा फिर्ता गरेर घर बसाउँला भन्ने सपना उसकी स्वास्नीको साझा सपना बन्न सकेन ।
त्यसैले पैसाको कुनै दःुख छैन यो आइमाइलाई । बडो शोखमा छ यो यहाँ । नभए एउटा ज्यानलाई सिंगै फ्ल्याट किन चाहिन्थ्यो र ! राजसी सुखभोग गरेर बसेकी छ यो आइमाइ । दैलोबाट बस जान्छ, उसलाई भने ट्याक्सी नभइहुँदैन यता उता जान । ट्याक्सी बाहेक अरुको सवारी गर्दिन ऊ । घरमा पनि सुकिलामुकिला पुरुषको आवतजावत भइ नै रहन्छ । त्यसमध्ये एउटा अनुहारहरूको अरुभन्दा बाक्लै आवतजावत देखिन्छ । 
केही काम नहुनुको फुर्सतलाई दिनको दुईतीन पटक सिंगाार गरेर बिताउँथी ऊ, केही घन्टा डेरा छेउकै व्युटीपार्लरमा नसिंगारिई चित्तै बुझ्दैनथ्यो उसलाई । फुक्का थिई, न छोराछोरी, न लोग्ने न अरु परिवार ! 
त्यो आइमाइलाई देख्नासाथ उसको मनमा अनेकौं तरंग उठ्ने गर्छ । मोरी राम्री पनि त अचाक्ली नै छ नि ! लोग्ने कमाउन विदेशिइहाल्यो, भनेको पु¥याइदिइहाल्छ– अनि नाठो नखेलाएर के गरोस् त ? 
त्यो सोचाइसँगै झल्याँस्स हुनछ ऊ, भिसा नक्कली भएर राम्रै भएछ । नत्र मेरी बूढी पनि त यस्तै हुन्थी कि के थाहा ?
सीतारामजस्तालाई त मान्छ नै पो गन्दिन ए त्यसले ! उसको बोली रिस उठ्दो भए पनि ग्राहक भने नम्बरी छ त्यो । पैसाको कुनै फिक्री छैन । त्यसै हुनाले अरुजस्तो मोलतोल पनि गर्दिन । मागेको मोल दिन्छे । किन्न पनि गम्मै किन्छे । त्यसैले मन नपरे पनि उसले पर्खन भनेपछि ऊ जतिबेर लागे पनि पर्खेर बेचेरै जान्छ ।  धनिया खोज्न आएकी त्यो आइमाइले अरु अरु तर्कारीहरू पनि राम्रैसँग उठाई । उसले मनमनै भन्यो– तीन सयको किनीछ मोरीले । त्येसैले उसको टर्रो बोली पनि पचाउनै पर्छ, दूध दिने गाइको लात पनि त सहनुप¥यो, नत्र कसरी चल्छ र व्यवहार !      
नौबजेछ, ....छनौटे तर्कारी थोरै मात्र बाँकी रहेर सकिएछ पनि । त्यसमाथि अबलाई दिउँसो नभई बिक्दा पनि बिक्दैन । त्यसैले सीताराम रित्तिएको साइकल गाडा घच्याड्दै डेरातिर लाग्यो । डेरा पनि के भन्नु– एउटा सानो अँध्यारो कोठा । त्यही कोठा थियो उसको सिंगो संसार । एउटा कुनोमा गोदाम थियो, अर्कोमा भान्छा । अनि अर्को कुनो उनीहरूको बेडरुमदेखि बैठकसम्म नै सबै । अर्थात् उसको सिंगो सन्सार त्यही कोठा थियो ! त्यही सानो संसारमा निर्वाह गथ्र्यो एउटा सानो छोरो, त्योभन्दा पनि सानी छोरी आफू र बूढीसहितको उसको परिवार ! 
कोठा पुगेर सीतारामले सबैभन्दा पहिले विहानभरिको व्यापारबाट आएको पैसा गन्ने काम ग¥यो । एक हजार...., ठ्याम्मै पन्द्र सयाँको विक्री भएछ । बाँकी भरे पनि बिक्छ । यो अगिपछिको भन्दा राम्रो व्यापार भएको सङ्केत थियो –सधैं यस्तै विक्री भए पो ! इन्द्र भगवानले यसरी नै सधैं पानी पारिदिए त हुन्थ्यो नि । तर भनेकोजस्तो काँ’ हुन्छ र ? उसको ज्ञानको सीमा पानी इन्द्र भगवानको कृपाका कारण नभएर वैज्ञानिक प्रक्रियाको कारण पर्छ भन्नेसम्म पुग्नै पाएको थिएन । स्कुल जाने बेला बोका बाख्रा चराउन बन धाउँदै बित्यो । पति चाँडै नै बाबुआमा टुहुरो पारेर छ महिनाको फरकमा परमधामको बाटो समातेपछि खेतीबारी, बाख्राबोका सबैको जिम्मेवारी काँधमाथि आइहाल्यो स्कुल जाने र पढ्ने समय र अवसर कताबाट पाओस् ?
उसले मनमनै हिसाब लगाँउदै सोच्यो । कालीमाटीमा तर्कारी किन्दा परेको साउँ र ढुवानी भाडा सात सय । साइकल गाडाको किस्तावन्दी तिर्नु पर्ने रकम, कोठाको भाडा, सबै खर्च कटाएर तीनचार सयको आम्दानी कसो नबस्ला ! दिउँसो र साँझतिर पनि यसरी नै विक्यो भने त रामै्र हुन्थ्यो । एक वर्षमा यसो टाउको ओताउने छाप्रो बनाउन पुग्ने घडेरी जोड्न सकिन्थ्यो कि अहिलेसम्मको बचत जोेडेर । के सकिएला र खोई ? परेको खर्च गर्नै प¥यो, खान, लाउन, डेराभाडा पु¥याए के पो सम्भव होला र अर्को वर्ष घडेरी जोड्न ? छोराछोरी लाई स्कुल पनि भर्ना गर्ने बेला हुन थल्यो, खर्च त्यसले पनि बढाइहाल्छ । जति कमए पनि उसको मन सन्तुष्ट हुन सकेको छैन ।
दिन यसरी नै बित्तदै छ सीताराम तर्कारीवालाको । एक महिनाजति पछि होला विहानै तर्कारी बेच्न साइकल गाडा गुडाएर त्यही मन खोलेर तर्कारी किन्ने स्वास्नीमान्छेको डेरामुनि पुग्यो ऊ । आज त्यो ठाउँ हिजोअस्तिको जस्तो शान्त थिएन । मानिसहरू सडकपेटी र चोकका छेउछाउ उभिएर समूह समूहमा कुरा गरिरहेका देखिन्थे । हिजोअस्तिजस्तो उसलाई त्यतै आउँदै गरेको देख्नासाथ यो छ वा ऊ छ भन्दै माथि कोठाको झायलबाट आउने त्यस स्वास्नीमान्छेको आवाज पनि सुनेन उसले ।  कमै मात्र हुन्थ्यो विहानै तर्कारी बेच्न निस्कँदा उसको आवाज नसुनिने ! 
“पहिलेदेखि नै चालामाला ठीक थिएन, आज त त्यही सधैं आउने केटोसँग गइछ !” चोकमा महिलाको झुण्ड झुण्ड थरी थरीका कुरा गरेको सुन्यो उसले । कुरा बुझेर मन अमिलियो, कसरी खोसेर गइछ यो आइमाइ बिचरो गङ्गेको सपना !