Saturday, February 8, 2014

साहित्य–महारथी समप्रति श्रद्धाञ्जली

(समजयन्तीका अवसरमा २०३८ साउनको मधुपर्कमा प्रकाशित श्रद्धाञ्जली लेखलाई थयावत प्रस्तुत गरेको छु । –विजय चालिसे ।)



यो कुनै वास हो नाथ मेरो जीवन मार्गको
   तिमीतिर म हिँड्ने छु ः स्वप्न पूरा भए पछि !
                                    –सम

    आफ्नो असी वर्षको जीवन–यात्रा पूरा गरी आफ्नो स्वप्न पूरा भएपछि ईश्वरतिर फर्कनेछु भत्रे दृढप्रतिज्ञ सम आज यो धरावास छाडी त्यतै प्रस्थान गर्नुभएको छ, नेपाली र नेपाली साहित्यलाई उठाउनै नसकिने भारीको ऋण छाडेर !
    करीब–करीब आधा शताब्दीसम्म अनवरत रूपमा नेपाली साहित्यको सेवा गरी आधुनिकताको चरम–चूलीमा पु¥याउन उल्लेखनीय योगदान गर्ने नेपाली साहित्यको महारथी बालकृष्ण सम साँच्चै नै नेपाली साहित्यका ध्रुव तारा हुन् भत्र सकिन्छ । भौतिक र आध्यात्मिक ज्ञानका समन्वयात्मक प्रयोक्ता सम सच्चा मानवतावादी साहित्यकार देखिनुहुन्छ आफ्ना साहित्यमा । देश र जातीयताका बन्धकहरुबाट माथि उठेर मानिसले बाँच्च सक्नुपर्छ भत्रे सम भौतिक विज्ञानप्रतिको आफ्नो उद्गार यसरी व्यक्त गर्नुहुन्छ– ‘‘मुख्य धर्म प्रेम हो , प्रेममै मानिस बाँच्दछ । प्रेम र मानववादको विकासका लागि नै लेखिनु तथा बोलिनु पर्छ । मेरो विश्वास भौतिक विज्ञानमा छ र यसैबाट ज्ञान प्राप्त गर्न सकिन्छ भत्रे कुरामा पनि मेरो विश्वास छ ।  तर अहिलेको भौतिक विज्ञानमा मानवको निमित्त पर्याप्त नैतिक ज्ञान छैन । यसको  विकास अभेैm हुन बाँकी भए तापनि भविष्यमा यस कमीको आपूति हुने छ भत्रे कुरामा पनि मेरो विश्वास छ ।”
    पाश्चात्य साहित्यिका शैलीमा इब्सन–शेक्सपीयर परम्परालाई नेपाली साहित्य अझ नाट्य साहित्यका सर्वप्रथम प्रवेश गराउने ओजपूर्ण अनुष्टुप्–छन्दका कविता नाठयका प्रथम, गद्य पद्य दुवै क्षेत्रका बेजोड मनीषी हुन् । अझ कवितानाटयको प्रवर्तन र विकासको क्षेत्रमा त अभैmसम्म पनि सम एक्ला र अविजेय प्रतिभाका रूपमा आसीन छन् ।
    सम आफ्ना कविता र साहित्यिक अन्य विद्यामा पनि प्रशस्त बौद्धिक प्रयोग गर्छन् । यसको उदाहरणमा आगो र पानी (२०१२ वि.सं.) एउटै खण्डकाव्य यथेष्ट हुन्छ भने चिसो चूल्हो (२०१५), नियमित आकस्मिकता, (२००५) स्वर्ग र देवता (२००४) जस्ता काब्य–कृतिहरुमात्र होइनन् निबन्ध र नाटयहरुलाई पनि अघि सार्न सकिन्छ ।
    आजभन्दा बाउत्र वर्ष अघि नै मुटुको व्यथा र धु्रव जस्ता सफल आधुनिक कविता–नाटकको माध्यमबाट नेपाली साहित्यमा माध्यमिक–कालीन साहित्यको प्रवृत्तिलाई पूर्णतया छाडेर आधुनिक प्रवृत्ति लिने सम आधुनिक नेपाली साहित्यका अग्रणी मात्र नभएर यसलाई विकासको चरम प्रदान गर्ने महान् शिल्पी पनि हुन् । त्यसमाथि शृङ्गार र नीति–परक प्रकृतिचित्रणबाट भर्खर–भर्खरै उम्किएर यथार्थ नेपाली जनजीवनको चित्रण र आर्थिक समस्याले ल्याएको नेपाली समाजको दुःखान्त देखाउने देवकोटाको  मुना–मदन खण्डकाव्यपछि लगत्तै जस्तो देखापरेको समको आगो र पानीले विचार, वृद्धि र दर्शनलाई यस काव्यमा समेटेर विश्व–जगत् तथा नेपाली संसारको अवस्था छर्लङ्ग पारेको पाइन्छ ।  अझ भन्ने हो भने विश्व–मानवतावादको  सपना देख्दै समले आगो र पानीमा अत्याचार र अन्यायले घँुडा टेक्नुपर्ने आशा र दृढता व्यक्त गरेका छन् ।
    विचार–प्रधान दार्शनिक कवि सम कविता भावनाको बौद्धिक कोमलता हो भन्छन् भने उनी आफ्ना प्रत्येक कृतिमा मानवको बौद्धिक शक्तिप्रति प्रगादै आस्था व्यक्त गर्न कहिल्यै पछि हट्दैनन् । विज्ञानको सघाउ लिएर पृथ्वी सिगार्न चाहने आगो र पानीका सम ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’ का आशावादी स्वर्ग र देवताका सम सबै ठाउँमा मानवता वादको उच्चतम आदर्शलाई कविता–नाटकका माध्यमबाट मार्मिक रूपमा अभिव्यक्त गर्न पछि पर्दैनन् ।
    ‘देशभक्ति त मर्दन चुत्थै देश भए पनि’ भनेर मुकुन्द इन्दिरामा भत्रे सम कविता, नाटक, कथा, निबन्ध जस्ता सै विद्यामा सशक्त प्रयोक्क्ताका रूपमा देखिनुहुन्छ । नेपाली नाटक साहित्यको एक्लै प्रतिनिधित्व गर्न सक्षम सम कविताका क्षेत्रमा पनि आफ्नो छुट्टै स्थान सुरक्षित गर्न सफल हुनुहुन्छ भने निबन्धको क्षेत्रमा पनि उहाँको विशिष्ट स्थान रहेको छ । आधुनिक नेपाली कथा–साहित्यको प्रारम्भदेखि नै सम मैनाली, पुष्कर शम्शेर आदिसँग काँधमा काँध जोडेर कथामा चारित्रिक विशेषता लिएर आउनुभएको हो । यसैले पनि नेपाली साहित्यका लेखनाथ, सम र देवकोटाका त्रिमूर्तिसँग समको आफ्नै छुट्टै विशेषता छ भने विदेशी साहित्यसँग कुम जोड्ने आँट र क्षमता नेपाली साहित्यलाई प्रदान गर्नेमध्ये सम र देवकोटा अझ विशिष्टतम छन् । त्यसैले पनि समज्यूको देहावसान भएपछि समवेदना स्वरुप श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट व्यक्त गरिबक्सिएको एउटा वाक्य यहाँ दोहो¥याउने लोभ लाग्छ त्यो वाक्य हो ‘आफ्नो युगको प्रतिनिधित्व गर्ने सम नेपालका एक महान् विभूति थिए ।”
    विक्रम सम्वत् १९५९ माघ २४ गते सुविधाभोगी राणा परिवारमा जन्मिएर पनि युगको हावा चिन्न समर्थ बत्रे शुरूका बालकृष्ण समशेर जङ्गबहादुर राणा आफ्नै वंशीय शासनप्रति समेत विरोध जनाउँदै २००७ सालको जनक्रान्तिमा भाग लिन्छन् प्रजातन्त्रको प्रादुभार्वपछि समशेरको शेरलाई त्यागेर सम्पूर्ण नेपालीमा समानताको सूचक सम बन्छन् । दरबार हाई स्कूल (हाल भानु माध्यमिक विद्यालय) मा शिक्षा प्राप्त गरी कलकत्तामा गएर म्याट्रिक परीक्षा उत्तीर्ण गर्ने समलाई त्रि–चन्द्र कलेजमा विज्ञान विषय लिई आई.ए. पढ्दा पढ्दै बीचैमा कप्तान भई सैनिक सेवामा लेप्mटिनेण्ट कर्णेलसम्म हुनुभएका समले नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष, रेडियो नेपालका निर्देशक, गोरखापत्रका प्रधान सम्पादक, रोयल नेपाल एकेडेमी (हाल नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान) का शुरूमा सदस्य तथा पछि उपकुलपति, राजसभाका  सदस्य तथा शाही नेपाल चलचित्र संस्थानका संचालक सदस्यको रूपमा विविध क्षेत्र र सेवामा रही नेपाली साहित्य–कलाको विकासमा योगदान पु¥याउनुभएको छ ।
    गोर्खा दक्षिण बाहु, सैनिक दीर्घ सेवा पट्ट, भूकप्म सेवा पदक, एकेडेमी मेडल आदि पदकबाट विभूषित स्वर्गीय सम २०२९सालमा त्रिभुवन पुरस्कार २०३४ मा पृथ्वी प्रज्ञा–पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ । त्यसको साथै उहाँ रत्न–श्री पुरस्कार र वीरेन्द्र कला पदकबाट पनि विभूषित हुनुभएको थियो ।
    दशै वर्षको  उमेरदेखि ‘ईश्वर’ कविताबाट साहित्यको क्षेत्रमा समर्पित समका मुटुको व्यथा, मुकुन्द इन्दिरा, अन्धवेग, प्रल्हाद जस्ता प्रसिद्ध नाटक, आगो र पानी, चिसो चूल्हो जस्ता खण्डकाव्य, महाकाव्य, नियमित आकस्मिकता र मेरो कविताको आराधना जस्ता दार्शनिक कृति र आत्मजीवनी जस्ता महत्वपूर्ण कृति लगायत करीब दुई बीस कृतिहरु नेपाली साहित्यभण्डारलाई प्रदान गर्ने समका फुट्कर कृतिहरुमा स्वर्ग र देवता, मेरो नुहाउने कोठा, सोम, फुटेको पूmलदान जस्ता कविता, कैकेयो, खुकुरी, तलतल, हरिसिद्धि, टाँगन घोडा जस्ता कथा, पानी, बर्दहामा शिकार जस्ता निबन्ध र अन्य एकाङ्की नाटकहरू नेपाली साहित्यका उल्लेखनीय प्राप्ति हुन् भत्र सकिन्छ । समको आफ्नै भनाइमा उहाँका सर्वश्रेष्ठ कृतिहरुमध्ये आगो र पानी, म कहिल्यै मर्दिन र प्रल्हाद हुन् । १
यसरी आधा शताब्दीभन्दा बढी नेपाली साहित्यको अनवरत सेवा गर्दै उच्च्तम स्थान प्राप्त गर्न सफल सम २०३८ साउन ६ गतेका दिनमा आफ्नो भौतिक शरीर छाडी अमरत्व प्राप्त गर्न पुग्नुभएको छ । केही वर्ष अघि दायाँ भागमा पक्षाघाटको आक्रमण भई अस्वस्थ हुनुभएर रोगलाई परास्त गरी पुनः हाम्रो समक्ष आउनुभएको सम यस पटकको बायाँ भागमा भएको आक्रमण र मुटुको व्यथाबाट हामीसँग अलग्गिनु भएको छ आफ्ना साहित्यिक कृति लगायत श्रीमती, एक सात्यिकार–कलाकार छोरा र तीन छोरीलाई सुम्पिएर ।
                        हार्दिक श्रद्धाञ्जलि ! ! !

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete