Saturday, July 5, 2014

आमुख – विजय चालिसे

(मेरो भर्खरै प्रंकाशित विज्ञान कथासङ्ग्रहमा प्रकाशित विज्ञानकथा बरेको मेरै आमुख)


कथा मलाई साहित्यमा सबैभन्दा मन पर्ने विधा हो । पाठकसमक्ष प्रस्तुत
“विज्ञानको कैदी” शीर्षक विज्ञान कथा सङ्ग्रह तेजप्रकाश श्रेष्ठ, अमरकुमार
प्रधान र मेरा छ–छवटा कथा सङ्कलित संयुक्त कथा सङ्ग्रह त्रिविध (२०४४)
सहित मेरो पाँचौं कथा सङ्ग्रह हो । यसअघि प्रयोग÷प्रत्यारोपण (२०४७), भग्न
आस्थाको खण्डहर (२०५६) र अग्निचक्र (२०६२) शीर्षकका तिनवटा सङ्ग्रह
प्राकाशित भएका छन् । ती सङ्ग्रहहरुमा वि.सं.२०३० देखि २०६७ सम्म विभिन्न
पत्र पत्रिकामा प्रकाशित केही प्रारम्भिक र अन्य एक दर्जनजति कथा बाहेकका
अरू सङ्गृहित छन् । अर्को एउटा सामाजिक कथा सङ्ग्रह प्रकाशनको क्रममा
रहेको छ ।
यस सङ्ग्रहमा प्रयोग÷प्रत्यारोपण शीर्षक एउटा कथाबाहेक मेरा यस अघि
प्रकाशित सङ्ग्रहहरुमा नपरेका विज्ञान कथाहरु सङ्ग्रृहीत छन् । मैले
सङ्ख्याका हिसाबमा सामाजिक कथा बढी लेखेको भए पनि विज्ञान कथा मेरो
उत्तिकै रूचिको विषय हो । नेपाली वाङ्मयमा विज्ञान कथा साहित्यको कमै मात्र
चर्चा हुने गरेको छ । जे जति अध्ययन र चर्चा भएका छन् तिनमा सामान्य
चर्चाभन्दा गहन अध्ययन भएको कमै भेटिन्छ ।
पृष्ठभूमि
विज्ञान कथा साहित्यले विज्ञान तथा प्रविधिबाट समाजका साथै मानवको
चरित्रमा पर्ने प्रभावसँग सम्बन्ध राख्दछ । त्यो प्रभाव विज्ञानसम्मत सत्य वा
आनुकल्पनामा आधारित हुन सक्छ । साथै विज्ञान कथा साहित्यको उद्देश्य प्राय
विज्ञान–प्रविधिमाथि मानिसले प्रकट गरेका व्यापक आशा र विश्वासका साथै
विज्ञान प्रविधिका भावी आविष्कारले सिर्जना गर्न सक्ने नकारात्मक प्रभाव र
असरबाट सिर्जना हुन सक्ने भयसँग सम्बन्धित रहने गरेका पाइन्छन् । प्राय
विज्ञान कथा साहित्यले परिवेश र वातावरणको निर्माण वा विचारको सिर्जना
गरेर अचम्म, आश्चर्य वा दुःखको सिर्जना गर्दछ । पाठकको मनमा मस्तिष्कलाई
झक्झक्याएर वा वर्तमान सन्दर्भमा परिवर्तनको भाव दिएर यसले संज्ञानात्मक
परिवर्तनको बोध गराउने प्रयास गर्दछ । प्रचलित मान्यतामा विज्ञान कथाले
भविष्य वाणीको प्रयोग गर्दछ । केही समीक्षकहरुको धारणामा विज्ञान कथाले
गरेको विज्ञान सम्बन्धी भविष्यवाणी पछि गएर सत्यमा परिणत हुनुपर्दछ । तर
वास्तविक विज्ञान कथा साहित्यलाई यही सत्यापनको कसीमा मात्र हेर्न मिल्दैन ।
अनुमान र कथा वाचनको माध्यमबाट संसारका बारेमा नयाँ जानकारी लिने
मानवीय प्रवृत्ति रहँदै आएको छ । यिनैबाट मिथक र प्राचिन कथा साहित्यको
जन्म र विकास हुँदै आयो । अनि अनुमान र कथा वाचनको माध्यमद्वारा संसारका
बारेमा नयाँ जानकारी लिने मानवीय प्रवृत्तिले विज्ञान कथाको सुरूआत गरायो ।
विज्ञान कथा साहित्यका अध्येताहरु विज्ञान कथा साहित्य अनुमान र कथा
वाचनका माध्यमबाट संसारलाई बुभ्mने आधारमा मिथकीय कथा साहित्यबाटै
प्रारम्भ भएको मान्न सकिने बताउँछन् । उनीहरुका अनुसार कार्यकारणको
खोजीसँगै विज्ञान स्वयम्को विकास हुँदै गएपछि आजका विकसित विज्ञान
कथा साहित्य लेखिँदै गएका हुन् । विज्ञान कथा साहित्यको बीजरूप पूर्वीय
साहित्यका वेद, उपनिषद् र पुराण, रामायण–महाभारत जस्ता महाकाव्यका साथै
लोक तथा दन्त्यकथा आदिमा पनि फेला पार्न सकिने सम्भावना देखिन्छ ।
भनिन्छ, अरेबियन नाइट्स, दसौं शताब्दीको द टेल अफ बेम्बो कटर, तेह्रौं
शताब्दीका दार्शनिक–वैज्ञानिक र लेखक इब्न अल नफिस (क्ष्दल ब(िल्बाष्क)
का युचरोलोजी र अन्य कृतिमा पश्चिमी विज्ञान कथा साहित्यको बीजरूप
भेटिन्छ । त्यसपछि उन्नाइसौं शताब्दीका जुल्स भर्ने (व्गभिक ख्भचलभ) को ‘ए
जर्नी अफ द सेन्टर अफ द वल्र्ड’ र ‘ट्वेन्टी थाउजेन्ड लिग अन्डर द सी’
हुँदै विश्वमा विज्ञान कथा साहित्यले आनो आधुनिक विकासको यात्रालाई अघि
बढायो । आधुनिक विज्ञान कथा साहित्यको यो विकास यात्रामा कार्यकारणको
खोजीको नवीन युग अर्थात् एज अफ रिजन र विज्ञान–प्रविधिको विकासले
उपयुक्त वातावरण निर्माण गर्दै गयो । यही क्रममा पश्चिमका विज्ञान साहित्य
अध्येताहरु जोनाथन स्विफ्ट (व्यलबतजबल क्धषत) को गुलिभर्स ट्रेभलल्सका
साथै भोल्तेयर (ख्यतिबष्चभ) को माइक्रो मेगाज तथा केप्लर (प्भउभिच) को
सोम्निनम आदिलाई प्रारम्भिक चरणका वास्तविक विज्ञान कथा साहित्यको
निकटका कृति मानिन्छ ।

विज्ञान कथाका तइभ्व, विषयवस्तु र परिवेश
विज्ञान कथा आख्यान साहित्यको त्यो प्रकार वा जेनर हो जुन विज्ञान–
प्रविधिको अनुकाल्पनिक आविष्कार–अन्वेषणद्वारा प्रभावित हुन्छ । यस्तो कल्पना
प्राय भविष्यमा आधारित भएर गरिन्छ । त्यसैले यो स्वैरकल्पना वा कल्पना
शक्तिको चमत्कार (फेन्टासी) भन्दा फरक हुन्छ । स्वैरकल्पनाले प्रकृति विज्ञान
(ल्बतगचब िक्अष्भलअभ) को कुनै सैद्धान्तिक मान्यता वा विज्ञानसम्मत आधारको
अपेक्षा गर्दैन । विज्ञानका प्राकृतिक नियममा आधारित रहने भएकाले विज्ञान
कथा भने सुरूमा लेखकको कल्पनामा आधारित भए जस्तो देखिए पनि पछि
गएर ती कल्पना यथार्थ वा सत्यमा परिणत हुने पर्याप्त सम्भावना रहन्छ ।
त्यसैले भविष्यको वैकल्पिक सम्भावना तर्फ सड्ढेत गर्ने हुँदा विज्ञान कथा
विज्ञानसम्मत विचारको साहित्य पनि मानिने गर्छ । विज्ञान कथाको कथानक
ज्ञात यथार्थ भन्दा विपरीत देखिए पनि ती कुनै न कुनै कोणबाट प्रकृति र
समाजको नियम तथा विज्ञानसम्मत सत्यमा आधारित भएर कल्पना गरिएका
हुन्छन् । त्यसैले भविष्यको अनुकल्पना, वैकल्पिक समय–रेखा, ज्ञात तथ्य
विपरीत रहे पनि भविष्यमा सत्य सिद्ध हुन सक्ने प्रवल सम्भावनामा आधारित
प्रकृति विज्ञान र प्राविधिसम्मत तार्किक अनुकल्पना विज्ञान कथाका प्रमुख तङ्खव
हुन् । यिनमा आख्यानका अन्य पक्षहरु त रहन्छन् नै !
विज्ञान कथा साहित्यले यथार्थ विश्वको विद्यमान ज्ञान अर्थात् ज्ञातबाट
अनुमानमूलक वैकल्पिक संसार अर्थात् अज्ञातको यात्रालाई विषयवस्तु
बनाउँदछ । आइज्याक आसिमोभका अनुसार मानिसले वैज्ञानिक हेतुवाद वा
युक्तिसङ्गत कार्यकारणको ज्ञानसहित आफ्ना कथा साहित्यमा तिनको आदर
पूर्वक उपयोग गर्न नथालुन्जेल वास्तविक विज्ञान कथा साहित्य सही अर्थमा
अस्तिङ्खवमा आउन सक्दैन (तचगभ कअष्भलअभ ाष्अतष्यल अयगमि लयत चभबििथ भहष्कत
गलतष् िउभयउभि गलमभचकतययम तजभ चबतष्यलबष्किm या कअष्भलअभ बलम दभनबल तय
गकभ ष्त धष्तज चभकउभअत ष्ल तजभष्च कतयचष्भक) । यो भनाइबाट पनि हामी विज्ञान
कथाले समेट्ने विषयवस्तुको अनुमान गर्न सक्छौं । विज्ञान कथाका विषयवस्तु
सामान्यतया विज्ञान–प्रविधिसम्बद्ध विषयवस्तु, आश्चर्यजनक चेतना, प्रगतिमुखी
प्रकृतिप्रतिको अन्वेषणपरक सोधखोज; अज्ञातका बारेमा अनुमानको उद्देश्यमूलक
प्रयोजन आदि हुन् । आधुनिक विज्ञान कथा साहित्यका दुई प्रमुख प्रारम्भकर्ता
जुल्स भर्ने र एच.जी.वेल्सका साहित्यमा प्रयुक्त विषयवस्तुबाट पनि यसका
विषयवस्तुको अनुमान गर्न सकिन्छ । जुल्स भर्नेले अन्तरिक्ष यात्रा (स्पेस),
भविष्य, अनुसन्धान नभइसकेका प्रविधि, भूमि रचना वा टेराफर्मिङ, मानवमा हुने
मानसिक परिवर्तन, जस्ता विषयवस्तुको प्रयोग गरेर रचना गरेका छन् । यसरी
नै एच. जी वेल्सले आफ्ना विज्ञान कथा साहित्यमा मानव तथा जनावरमा
हुने जैविक परिवर्तन, समय यात्रा, असाधरण शक्तियुक्त मानव, अन्तरिक्ष
मानवसँगको भेट, अन्तरिक्ष यात्रा, भविष्य, मानव जातिको उत्पत्ति र विकासक्रम
जस्ता विषयवस्तुको प्रथम प्रयोग गरे ।
यसरी विज्ञान कथाका परिवेश र कथावस्तु व्यापक हुने गर्छ । विज्ञान
कथाको विषयवस्तु र परिवेशमा धरतीबाहिरको अन्तरिक्ष, अन्य ग्रहबासी तथा
पृथ्वीबाहिरको अर्को संसार, ज्ञात वैज्ञानिक सत्य–तथ्यभन्दा अलग प्रविधि र
वैज्ञानिक सिद्धान्त सम्बद्ध भावी परिकल्पनादेखि भूत र भविष्य यात्रा, पराशक्ति
वा मानसिक शक्तिको अभ्यास र प्रयोग, अति सूक्ष्म स्तरमा पदार्थको स्वचालित
नियन्त्रण र हावाभन्दा वेगले चल्ने यान वा सवारी साधनहरु जस्ता नवीन
आविष्कार र वैज्ञानिक सिद्धान्त, स्थापित सामाजिक संगठनहरुको विघटन
जस्ता यावत कुरा समेटिन सक्छन् ।
विज्ञान कथा साहित्यलाई विशिष्ट विज्ञान कथा (हार्ड साइन्स फिक्सन),
सामान्य विज्ञान कथा (सफ्ट साइन्स फिक्सन), अन्तरिक्षका रोमाञ्च, वैकल्पिक
इतिहास, सैनिक विज्ञान कथा, साहित्य जस्ता विभिन्न उपप्रकार वा सबजेनरमा
विभाजन गरेर पनि हेरिने गरिएको पाइन्छ । तसर्थ विज्ञान कथा साहित्यले
विविध खालका विषयवस्तु समेट्दछ । विशेषतः भौतिक विज्ञान, खगोलीय
भौतिक शास्त्र र रसायन शास्त्र जस्ता विशिष्ट विज्ञानका विषयवस्तु समेट्ने
विज्ञान कथा साहित्यले गणनात्मक विज्ञानमा तथ्यपरकताको अपेक्षा राख्दछ ।
यस्ता उपविषयमा लेखिएका कतिपय विज्ञान कथा साहित्यले गरेका अनेकौं
भावी आविष्कारका भविष्यवाणी सही सिद्ध भएका छन् । यस्तै केही प्रमाणित
हुन नसकेका पनि देखिन्छन् । उदाहरणका लागि आर्थर सी. क्लार्कले
विज्ञान कथाकै माध्यमबाट जि.सि.एस. अर्थात् जियोसिन्क्रोनस सञ्चार भू–उपग्रह
(नभयकथलअजचयलयगक अयmmगलष्अबतष्यलक कबतभििष्तभक) को भविष्यवाणी गरे ।

त्यो भविष्यमा गएर सत्य सिद्ध भयो । तर उनैले गरेका चन्द्रमाको लाभा (लुनार
क्रेटर) मा चन्द्रमामा उड्ने धुलोको बाक्लो पत्र हुन्छ भन्ने भविष्यवाणी चाहिँ
सत्य भएन । सामान्य विज्ञान कथा साहित्य अर्थात् सफ्ट साइन्स फिक्सनमा
भने भौतिक विज्ञान जस्ता विशिष्ट विज्ञानका विषयमा नभई समाज विज्ञान,
मनोविज्ञान, अर्थशास्त्र, राजनीति शास्त्र, नृतङ्खव शास्त्र, जस्ता विषयवस्तुमा
कथा संयोजन गरिन्छ ।
१८ औ र १९ औं शताब्दीमा प्रयोगमा आएको समय यात्रासँग सम्बन्धित
कथाहरु (टाइम ट्रेभल स्टोरिज) विज्ञान कथा साहित्यको अति लोकप्रिय
उपविषय हुन् । एच. जी. वेल्सको उपन्यास “द टाइम मेसिन” ले यो
उपविषयलाई अत्यन्त लोकप्रिय तुल्याएको थियो । यस क्षेत्रको अध्येताहरुका
भनाइमा यो वैकल्पिक इतिहास सम्बद्ध विज्ञान कथा साहित्यको परिवेश र
विषयवस्तु समकालीन सन्दर्भ र विषयवस्तुमै आधारित रहने भए पनि यसको
संयोजन विगत ऐतिहासिक घटना र संरचनामा आधारभूत परिवर्तन देखाउँदै
गरिएको हुन्छ । त्यसरी नै सैनिक विज्ञान कथा साहित्य राष्ट्रिय, अन्तरग्रहीय वा
अन्तरिक्षीय द्वन्द्व वा सङ्घर्ष, सशस्त्र सङ्घर्षको परिवेश आदिका विषयवस्तुका
सन्दर्भमा संयोजन गरिएको हुन्छ । यस्ता साहित्यका प्राथमिक पात्र र चरित्र
प्राय सैनिक हुने गर्छन् ।
विषयको व्यापकता, भावी कल्पनाको रोचकता र समाज विज्ञानको ठोस आधार
भूमिमा खडा गरिएको अनुकल्पना हुनुको कारण पश्चिमी पाठकले विज्ञान कथा
साहित्यलाई अत्यन्त रूचाए । यिनै कारण उन्नाइसौं शताब्दीको अन्त्यतिर विज्ञान
कथा बेलाइती पाठकमाझ अत्यन्त लोकप्रिय बन्यो । त्यही लोकप्रियता देखाउन
त्यहाँ विज्ञान उपन्यासलाई “साइन्टिफिक रोमान्स” शब्दावलीको प्रयोग गरियो ।
त्यहीँबाट यो शब्दावली प्रचलनमा आएको मानिन्छ । यसको लोकप्रियतासँगै
विज्ञान कथा साहित्य अर्थात् ‘साइन्स फिक्सन’ लाई छोटकरीमा ‘साइ–फि (कअषष्)
भन्न थालियो । सन् १९४८ तिरै रोबर्ट ए. हेइनलेइनले ‘साइ–फि शब्दको
अनौपचारिक प्रयोग गरिसकेका भए पनि सन् १९५४ मा फरेस्ट जे. एकरम्यानले
यसलाई सार्वजनिक प्रयोगमा भित्र्याए । यसको लोकप्रियता अत्यन्त बढेकै
कारण यसप्रति रूचि राख्नेहरुले कम खर्चका चलचित्रहरुको निर्माण थाले ।
यसबाट विज्ञान कथा साहित्यको पनि लोकप्रियता बढ्दै गयो ।

विकास क्रम
पश्चिमी दृष्टिकोणअनुसार विज्ञान कथा विभिन्न चरण हुँदै आजको स्थितिमा
आइपुगेको हो । त्यहाँ अठारौं शताब्दीमै विज्ञान कथा साहित्यले साहित्यिक स्वरूप
लिन थालेको भए पनि १९ सौं शताब्दीमा आएर मेरी सेलीको फ्र्याङ्केन्स्टाइन
र द लास्ट म्यान शीर्षक कृतिले विज्ञान कथा उपन्यास साहित्यको आधुनिक
स्वरूप परिभाषित गर्न मद्दत पुग्यो । त्यसपछि एडगर एलेन पोले चन्द्रमातर्फको
उडान विषयमा कथा लेखे । अझ बिजुली, टेलिग्राफ, विद्युतीय र अन्य
शक्तिचालित यातायातका साधन आदिको विकासले विज्ञान कथा साहित्यमा
तीव्र गति प्रदान ग¥यो र जुल भर्ने र एच. जी. वेल्सले यसलाई समाजमा
प्रतिष्ठित र लोकप्रिय तुल्याउन पर्याप्त कृतिहरुको रचना गरे ।
जे होस्, पश्चिमबाटै विकास भएको मानिने आधुनिक विज्ञान कथाको प्रारम्भ
मेरी शेलीको फ्र्याङ्केन्स्टाइन र द लास्ट म्यानबाटै भएको भन्ने अधिकांश
विद्वान्हरुको धारणा पाइन्छ । फ्र्याङ्केन्स्टाइन नामक वैज्ञानिकको अनौठो
प्रयोगबाट प्रार्दुभाव भएको दैत्यको कल्पनामा लेखिएको यस उपन्यासले वास्तवमा
मानवीय नयाँ प्रयोगको अति मोहबाट विज्ञानभित्रको मानव विरोधी पक्षसमेत
बाहिर आउन सक्ने सम्भावना देखाएको थियो । आजको अण्ुाबम र विज्ञानले
विकास गरेको मानवीय संहारका सहयोगी आमसंहारका हतियारबाट शेलीको
भविष्य वाणी सत्य गराएको मान्नुपर्छ । मेरी सेलीको फ्र्याङ्केन्स्टाइन अथवा
आधुनिक प्रमेथियस (१८१८) शीर्षक विज्ञान कथा गोथिक हरर कथा र विज्ञान
कथाको समन्वित रूप मानिन्छ । यो प्रकृति विज्ञानको एउटा विद्यार्थी भिक्टर
फ्र्याङ्केन्स्टाइनको कथा हो, जसमा ऊ लासका टुक्रा जोडेर बनाएको कृत्रिम
मानिसलाई जीवित तुल्याँउदछ । सुरूमा मायालाग्दो त्यो कृत्रिम मान्छे पछि
राक्षस बनेर आफ्नै सृष्टिकर्ता मानिसमाथि आक्रमण गरेर मारिदिन्छ । मेरी
सेलीका तिनै उपन्यासबाट विज्ञान कथा साहित्य अर्थात् विज्ञान उपन्यासको
आधुनिक स्वरूप निर्धारण गर्न मद्दत पुग्यो । त्यसपछि एड्गर एलेन पोले
चन्द्रमातर्फको उडान विषयमा कथा लेखे । पछि जोन क्याम्पबेल, आसिमोभ र
हेन्लिनको प्रयासबाट भएको आमूल परिवर्तनपश्चात् विज्ञान कथामा देखिएको
साहसिक तथा रोमाञ्चकारी प्रयोगको प्रभाव हट्दै गयो । त्यसैले यस विधाको
दोस्रो चरणको प्रारम्भ र विकास यिनै क्याम्पबेल, आसिमोभ र हेन्लिनबाट
भएको मानिन्छ ।

जीव रसायन शास्त्री, विज्ञान कथाका अति प्रसिद्ध लेखक आइज्याक आसिमोभले
पाँच सयभन्दा बढी विज्ञान कथा साहित्य लेखेर यसलाई स्थापित तुल्याउन
मद्दत गरे । उनले आफ्ना प्रसिद्ध उपन्यासमा भविष्यको अन्तरिक्ष वा विश्व
ब्रह्माण्डमा विशाल तारापुञ्ज (खबकत ष्लतभचकतभििबच झउष्चभ) साम्राज्यको समाप्ति
र पुनर्जन्मको घटना देखाएका छन् । छोटा कथाहरुको सङ्ग्रह रोबोट (१९५०)
मा उनले रोबोट र जेहेन्दार यन्त्रहरुका लागि आचारहरुको सूची तयार गरे ।
उनका ती आचारसंहिता अरु विज्ञान लेखकहरुले पूर्ण रूपमा अनुसरण गरे ।
विज्ञानको विषयवस्तुमा हास्य मिसाएर लेखिएका उनका अन्य प्रसिद्ध विज्ञान
कथाकृतिमा द केमिकल अफ लाइफ (१९५४), इन्साइड द अटम (१९५६), द
वल्र्ड अफ नाइट्रोजन (१९५८), लाइफ एण्ड इनर्जी (१९६२), द ह्युमन ब्रेन
(१९६४), द न्युट्रिनो (१९६६), साइन्स, नम्बर्स एण्ड आइ (१९६८), आवर वल्र्ड
इन स्पेस (१९७४), र भ्युज अफ द युनिभर्स (१९८१) आदि प्रख्यात छन् ।
विज्ञान कथाको तेस्रो चरणमा पहिलो र दोस्रो विश्वयुद्ध, हिरोसिमामा
खसालिएको परमाणु बम, रोबोट जस्ता नयाँ नयाँ यन्त्रको आविष्कार तथा
खगोल–अन्तरिक्षको क्षेत्रमा भएका नयाँ नयाँ खोजले मानव कल्पना शक्तिलाई
अरु व्यापकता दियो । यसबाट मानिस विश्व परिपे्रक्षप्रति गंभीर चिन्तनका लागि
बाध्य हुँदै गयो । यिनै कुराले विज्ञान कथाको तेस्रो चरणलाई निम्त्याउनुका
साथै प्रभावित समेत ग¥यो । त्यस चरणका विज्ञान कथाले विज्ञान र उद्योगको
विकास तथा त्यसबाट सम्पूर्ण मानव समाजमाथि पर्ने प्रभावको परिणामको
खोजी गर्न थाल्यो । विज्ञान कथाले दोस्रो विश्व युद्धपछि नै व्यापक लोकप्रियता
पाउँदै गयो र यसको विस्तार सोभियत संघ र अन्य पूर्वी युरोपका मुलुकमा हुँदै
गयो । अमेरिकाका कलेज विश्वविद्यालयमा यस बारेमा पठनपाठन हुन थाले ।
आधुनिक विज्ञान त्यसमा पनि खगोल र भौतिक विज्ञानको विकासले विज्ञान
कथालाई थप विकसित तुल्यायो । युगौंदेखि प्रचलित वैज्ञानिक सिद्धान्तसँग
मेल नखाने स्वैरकाल्पनिक कल्पनाशीलता अर्थात् फेन्टासीको विपरीत १८ औं
शताब्दीमैं भोल्तेयरको माइक्रोमेगाज (१७२६) र जोनाथन स्विफ्टको गुलिभर्स
टे«भल (१७२६) मा जस्तै चन्द्रमा र अन्य ग्रहका साथै जीवहरुको जम्काभेट तथा
काल्पनिक यात्रा तथा अन्तरिक्ष यात्रालाई कथाको विषय बनाइन थालियो ।
पछि एडगर एलेन पो, नथानिएल होथ्रोन र फिट्ज–जेम्स ओब्रिएनले आफ्ना
कथामा विज्ञानका तङ्खवहरुलाई प्रवेश गराउँदै गए । उता इन्साक्लोपिडिया
ब्रिटानिकाका अनुसार चाहिँ आधुनिक विज्ञान कथाको प्रयोग सर्वप्रथम सन्
१९२६ मा प्रकाशित गर्नस्व्याकको अनौठा विज्ञान कथा पत्रिकाबाट भयो भने
वास्तविक विज्ञान कथाको प्रारम्भ १९ सौं शताब्दीको अन्त्यतिर जुल्स भर्नेबाट ।
विज्ञान कथा पत्रिकामा प्रकाशित गर्नस्व्याकका कथाहरुलाई सुरूमा उत्तेजना
फैलाउने पाठ्य सामग्री भन्दै तिनको कडा आलोचना भयो । पछि सन् १९३०
मा जोन ‘डब्लु’ क्याम्पवेल जुनियरले विज्ञानपत्रिका प्रकाशित गरेर आइज्याक
आसिमोभ, आर्थर सी क्लर्क, रोबर्ट ए हेन्लेन जस्ता लेखकको कथा–उपन्यास
प्रकाशित गर्न थालेपछि भने विज्ञान कथा गम्भीर साहित्यको कोटीमा गणना
हुन थाल्यो । आफ्ना लेखनलाई पुरै विज्ञान कथामा नलगाए पनि एल्डोस
हक्सले, सी.एस.लेविस र कुर्त भानगोट आदिले पनि यस क्षेत्रमा रामै्र योगदान
दिए । यस क्षेत्रका विख्यात प्रतिभा क्लार्क, हेन्लेन र आसिमोभका अतिरिक्त
ए.ई. भान गोट, जे.बी. बल्लार्ड, रे ब्राडबरी, फ्र्यान्क हर्बर्ट, हर्लान एलिसन,
पाउल एन्डर्सन, स्यामुएल आर. डेलानी, उर्सुला के. लेगुइन, फ्रेडरिक कोहल,
अक्टोभिया इ. बट्लर र ब्रेन एल्डिस जस्ता प्रतिभा दोस्रो विश्वयुद्धपश्चात्
यसको विकासमा कस्सिएर लागे । यी लेखकले पृथ्वीमा भावी समाजको भविष्य
वाणी गरे, अन्तरिक्ष यात्राको परिणामहरुको बौद्धिक विश्लेषण गरे र जेहेन्दार
जीवहरुका बारेमा काल्पनिक खोजी सुरू गरे ।
सामान्यतया विज्ञान कथाको पुरानो र खुकुलो अर्थले स्वैरकल्पना र मानवीय
जीवनको विकास तथा पविर्तनमा विज्ञान तथा प्रविधिका कुनै आधार–सन्दर्भ
नरहेका भविष्यका कल्पनामा आधारित अनौठा कथासम्मलाई समेट्ने गरेको
देखिन्छ । यसरी लगभग अघिल्लो शताब्दीभर अनुकल्पनात्मक कथा र समय
सम्बद्ध अनौठा कुराका आधारमा लेखिएका कथा उपन्यास विज्ञान कथाका नामले
नै चर्चित रहे । यस्ता कथा–उपन्यासमा वैज्ञानिक आधारभन्दा अनुकल्पनात्मक
दृष्टिकोणयुक्त पराभौतिक कल्पनाका कथा बुनिएका हुन्थे । कल्पनाशील
उपन्यासकारहरुद्वारा भावी विश्वको नयाँ कल्पना गर्दै लेखेका कृतिहरु पनि
विज्ञान कथा साहित्यकै कोटीमा गणना गरिन्थे । विज्ञान कथा साहित्यका
पश्चिमी समीक्षकहरुका अनुसार विगत लगभग एक शताब्दीसम्म विज्ञान

कथाका नाममा पराभौतिक र बिनावैज्ञानिक आधारका कोरा कल्पनामा आधारित
यस्तै रचनाको वर्चस्व रह्यो । जुल्स भर्ने र एच. जंी. वेल्सको प्रवेशपछि मात्र
सही अर्थमा आज मानिने गरेको विज्ञान कथाको प्रारम्भ भयो । वेल्सको टाइम
मसिन (१८९५) र इनभिजिबल म्यान (१८९७) ले भने अनुकल्पनामा आधारित
विज्ञान कथाले सामाजिकता र विज्ञान–प्रविधिको विश्वासिलो आधारको खोजी
गरे । यिनले विज्ञान कथाको नाममा लेखिने आदर्श सामाजिक–राजनीतिक
पद्धतिका कल्पनामा बुनिएका रचना (युटोपियानिजम) को बिरोध गर्दै विज्ञान
कथा साहित्यमा सामाजिकता र विज्ञान–प्रविधिको विश्वासिलो आधारको दरिलो
आवश्यकतामाथि जोड दिए । त्यसपछि पश्चिमी अमेरिकी भविष्य कथनात्मक
स्वैरकल्पना लेखनमा अभ्यस्त र सशक्त साहित्यिक सिप भएका तथ्यपरक कथा
संरचनाका दक्ष लेखकहरुको ठुलो सङ्ख्या विज्ञान कथा साहित्यको लेखनमा
उत्रियो । कुर्त भोन्नेगट जुनियर (प्गचत ख्यललभनगत व्च।), रे ब्राडबरी (च्बथ
द्यचबमदगचथ), इटालियो काल्भिनो (क्ष्तबयि ऋबखिष्लय), आइज्याक आसिमोभ
(क्ष्कबबअ ब्कष्mयख), जे. जी. बल्लार्ड (व्।न्। द्यबििबचम) जस्ता नयाँ समूहका
लेखकहरुले विज्ञान कथालाई नयाँ स्वरूप र संरचनातर्फ अघि बढाए ।
पश्चिमेली विज्ञान कथा समीक्षकहरुका अनुसार विज्ञान कथा साहित्यको
आधुनिक तथा अहिले प्रचलित परिभाषा र सिद्धान्त सन् १९२६ मा अमेजिङ
स्टोरिज शीर्षक विज्ञान कथा पत्रिकाको प्रकाशनसँगै विकास भएको हो ।
यसैबिच बिसौं शताब्दीको पूर्वाद्र्धतिरै अक्टोबर १९३९ मा प्रकाशित हुन थालेको
पल्प म्यागाजिनले अमेरिकी नयाँ पुस्ताका विज्ञान कथा साहित्यका लेखकहरुको
विकासमा महङ्खवपूर्ण भूमिका खेल्यो । यी कथा लेखकरू अमेजिङ स्टोरिज
नामक विज्ञान कथा साहित्यका संस्थापक सम्पादक तथा प्रकाशक ह्युगो
गन्र्सव्याक (ज्गनय न्भचलकदबअप) को लेखन कलाको साथै उनकै विज्ञान कथा
साहित्यको व्याख्या–परिभाषाबाट अत्यधिक प्रभावित थिए भनिन्छ । गन्र्सव्याकले
वास्तविक अर्थमा विज्ञान कथा साहित्यलाई परिभाषित गरे । उनकै त्यो
परिभाषाबाट विज्ञान कथा साहित्यमा अलग्गै समालोचना–सिद्धान्तको स्थापना
भयो । यसलाई साहित्यिक समालोचनाको रूपमा स्थापित गराउन अमेजिङ
स्टोरिज र गन्र्सव्याकद्वारा प्रभावित “पल्प म्यागाजिन्स” नामक विज्ञान कथा
पत्रिकाले निकै सहयोग पु¥यायो ।
भनिन्छ, सन् १९३० को उत्तराद्र्धमा जोन उड क्याम्पवेल जुनियर (व्यजल
ध्ययम ऋबmउदभिि व्च।) ले “एस्टाउन्डिङ साइन्स फिक्सन” को सम्पादन
गर्न थालेपछि अमेरिकी विज्ञान कथा साहित्यमा, विशेष गरी न्युयोर्कमा,
आलोचनात्मक दृष्टिकोण राख्ने लेखकहरुको एउटा समूह देखा प¥यो ।
आइज्याक आसिमोभ, डेमोन नाइट, डोनाल्ड ए. ओल्हेल्म, फ्रेडरिक पोहल,
जुडिथ मेरिल जस्ता प्रभावशाली अमेरिकी विज्ञान कथा साहित्य लेखकहरुको
यो समूह युचरिष्ट वा भविष्यवादी भनेर चिनिन्थ्यो ।
क्याम्पवेल आधुनिक विज्ञान कथाका जनक मानिन्छ । कलेजदेखि नै विज्ञानका
विषयमा लेख्न थालेका क्याम्पबेलको पहिलो कथा ह्वेन द एटमस् फेल्ड
(१९३०) थियो । यो कथाले सर्वप्रथम विज्ञान कथामा कम्प्युटरको कल्पना ग¥यो ।
सन् १९३० देखि नै उनले डोन ए. स्टुआर्टको छद्म नाममा बाह्य अन्तरिक्षका
बारेमा विज्ञान कथाहरु लेखे । यिनका कथामा चरित्रको विकासमा प्रविधिको
प्रमुख भूमिका रहेको छ भनिन्छ । यस्तै उनको एउटा कथा ट्विलाइट (१९३४)
मा मान्छे हिँडेपछि पनि मेसिनले लामो समयसम्म काम गरेको देखाइएको
छ । १९३७ तिर एस्टाउन्ङि स्टोरिज नामक पत्रिकाको सम्पादन गर्न थालेपछि
क्याम्पबेलको प्रभाव अमेरिकी अन्य विज्ञान कथा लेखकहरुमा समेत पर्दै गयो ।
रोबर्ट हेइनलेन, आर्थर सी. क्लार्क, ए. ई. भान भोगेट यही समयका प्रभावशाली
अमेरिकी विज्ञान कथा साहित्यका हस्ताक्षर थिए । क्याम्पवेलको एस्टाउन्डिङ
साइन्स फिक्सन सम्पादन काललाई पश्चिमी र अझ विशेष गरेर अमेरिकी
समालोचकहरु आधुनिक विज्ञान कथा साहित्यकै सुनौलो काल मान्ने गर्छन् ।
दोस्रो विश्व युद्धपछिको प्राविधिक विकाससँगै पोहलको सम्पादनमा निस्किएको
ग्यालेक्सी नामक नयाँ विज्ञान कथा साहित्य पत्रिकाको प्रकाशन नहुन्जेसम्म
नै क्याम्पवेलको प्रभाव कायमै रह्यो । त्यही पत्रिका पछि क्रमशः एस्टाउन्डिङ
साइन्स फिक्सन र एनालगमा परिणत भयो । यसरी गन्र्सब्याकपछि एड्गर
एलेन पो, विलियम विल्सन, तथा एड्गर फसेट जस्ता प्रारम्भिक चरणका
प्रख्यात बुद्धिजीवी र साहित्यकारले विज्ञान कथाको परिकल्पना स्पष्ट गर्ने
प्रयास गरे । यही बेलादेखि विज्ञान कथाले बृहत्तर सामाजिक विषयलाई समेत
सम्बोधन गर्न थाल्यो ।

अन्य युरोपेली विज्ञान कथा साहित्य
अमेरिकाका अतिरिक्त विज्ञान कथाको प्रारम्भ र विकासमा फ्रान्स तथा बेलायत
र सोभियत रुसको अझ ठुलो भूमिका छ । सन् १९८७० र ९० को
दशकको बेलाइत तथा फ्रान्समा विज्ञान कथा साहित्यको लेखनले सिर्जनात्मक
अनुकल्पना निकै प्रस्फुटित भयो भनिन्छ । त्यस समयको बेलाइती साहित्यिक
उपलब्धिमा रोबर्ट लुईस स्टिभेन्सनको स्ट्रेन्ज केस अफ डा. जेकिल एन्ड मि.
हाइड र एच. जी. वेल्सको फनोमेनल ट्रियो अफ द टाइम मसिन (१८९५), द
इन्भिजबल म्यान (१८९७), तथा द वार अफ द वल्र्ड्स (१८९८) आदि महङ्खवपूर्ण
छन् । दोस्रो विश्वयुद्ध पछि युरोप र मूलतः बेलाइतमा प्रारम्भ भएको प्राविधिक
उन्नतिले विज्ञान कथा साहित्यलाई नयाँ विषय र कथावस्तुहरु प्रदान ग¥यो ।
त्यही समयमा विज्ञान कथा गम्भीर साहित्यिक विषयका रूपमा विकसित भयो ।
सन् १९४० देखि १९६० को दशकको पछिल्लो अवधिसम्ममा विज्ञान कथाले
कला संरचनाका रूपमा परिपक्व भएर राजनीति, अर्थशास्त्र र मनोवैज्ञानिक
विषयवस्तुलाई समेट्नुका साथै अन्तरिक्षीय अतिक्रमण, समय यात्रा जस्ता
अन्य रोचक घटनाहरुको सम्भावनाको खोजी थालिसकेको थियो ।
फ्रान्सेली साहित्यमा त विज्ञान कथा साहित्यलाई समग्र साहित्यकै महङ्खवपूर्ण
अंश मानिन्छ । समीक्षकहरुका अनुसार १७ औं शताब्दीपूर्व साइरानो द बर्गराक
(ऋथचबलय मभ द्यभचनभचबअ) का साथै बर्नार्ड ले बोभियर द फोन्टेन्ने (द्यभचलबचम
ीभ द्ययखष्भच मभ ँयलतभलभििभ) ले आना कृतिमा अन्तरिक्ष अन्वेषण तथा
अन्य ग्रहीय जीवहरुका बारेमा चर्चा गरे । त्यसरी नै भोल्तेयरका लघुकथा
माइक्रोमेगाज (१९७२), प्लेटोको ड्रिम जस्ता कृति भावी विज्ञान कथा साहित्यका
प्रारम्भिक स्वरूप नै थिए । समग्र फ्रेन्च विज्ञान कथा मात्र नभएर आधुनिक
विज्ञान कथा नै जुल्स भर्ने (व्गभिक ख्भचलभ) बाट सुरू भयो । त्यसपछि फ्रेन्च
विज्ञान कथामा उनका उत्तराधिकारीका रूपमा सन् १८३३ देखि १९०६ सम्मका
कालखण्डमा लुइ बाउसेनार्ड (ीयगष्क द्ययगककभलबचम), डिडियर द चाउसी
(म्ष्मष्भच मभ ऋजयगकथ), आर्नोल्ड ग्यालोपिन (ब्चलयगमि न्बयिउष्ल) आदि
लेखक देखा परे ।
प्रथम विश्व युद्धले फ्रान्सेली विज्ञान कथा साहित्यको पहिलो चरणको अन्त्य
ग¥यो । १९ औं शताब्दीको पछिल्लो कालमा भएको विज्ञान प्रविधिको तीव्र
विकासले यस अघिका विज्ञान कथा साहित्यका लेखकलाई आशावादी तुल्यायो ।
दुई विश्व युद्धका बिच रोज्नी ऐने (च्यकलथ बîलé) को विशिष्ट कृति लेस
नाभिगेचर्स द ला इन्फिनी (ीभक ल्बखष्नबतभगचक मभ ुिक्ष्लाष्लष्) का साथै त्यस
पछिको कालखण्डमा रेगिस मेस्साक (च्éनष्क ःभककबअ) को क्विनजिनजिनजिली
(त्तगष्लशष्लशष्लशष्ष्,ि ज्ञढघछ), ज्याक्स स्पिट्ज (व्बअत्रगभक क्उष्तश) को ला ग्वेर्रे
देस माउसेज (ीब नगभचचभ मभक mयगअजभक, ज्ञढघड) रेने थेभेनिन (च्भलé
त्जéखभलष्ल) को चासेउर्स द होम्स (ऋजबककभगचक मुज्यmmभक, ज्ञढघण्)
र सुर ल अउत्रे फेस दु मोन्डे (क्गच ुिब्गतचभ ँबअभ मग ःयलमभ, ज्ञढघछ)
उल्लेख्य कृति प्रकाशित भए । दोस्रो विश्व युद्धपछि सन् १९५० को पछिल्लो
अवधिसम्म विज्ञान कथाका नाउँमा धेरै कृति प्रकाशन नभए पनि ती प्रकाशन
मानवताको भविष्यप्रति आशावादी थिए । यस अवधिका कृतिमा रेने बार्जाभेल
(च्भलé द्यबचवबखभ)ि को र्याभेज (च्बखबनभ, ज्ञढद्धघ) र पियरे बाउले (एष्भचचभ
द्ययगििभ) को प्लानेट्स अफ द एप्स (एबिलभत या तजभ ब्उभक, ज्ञढटघ) उल्लेख्य
मानिन्छन् ।
त्यसरी नै विज्ञान कथाका दृष्टिले अमेरिकापछि सोभियत सङ्घ निकै सम्पन्न
मानिन्छ । फेदोर दिमित्रीएभ–म्यामोनोभ (ँभमयच म्mष्तचष्भख(ःबmयलयख)
को ए फिलोसफर नोबलम्यान (ब् एजष्यिकयउजभच ल्यदझिबल, ज्ञठटढ) रुसी
विज्ञान कथाको पहिलो कृति मानिन्छ । विज्ञान कथामा पहिलो सामान्य
युटोपिया अलेक्जेन्डर सुमारोकोभ (ब्भिहबलमभच क्गmबचयपयख) को सानो लेख
ए ड्रम अफ ह्यापी सोसायटी (१७५९) मा पाइन्छ । यसबाहेक यात्राका रुपमा
काल्पनिक यात्रा विषयक युटोपियाका अरु दुई प्रारम्भिक उदाहरणमा भासिली
लेभ्सिन (ख्बकष्थि ीभखकजष्ल) को न्युएस्ट भोएज (ल्भधभकत ख्यथबनभ, ज्ञठडद्ध)
र मिखाइल शेरेवातोभ (ःष्पजबष् िक्जअजभचदबतयख) को जर्नी टु द ल्यान्ड अफ
ओफिर (व्यगचलभथ तय तजभ ीबलम या इउजष्च, ज्ञडढट) आदि हुन् ।
कम्युनिस्ट रुसको राजनीतिक दर्शन र आर्थिक नीति नै वैज्ञानिक समाजवादमा
आधारित भएको हुँदा सोभियत समाजमा विज्ञान साहित्यको जग त्यसैमा रहेको
मानिन्छ । बन्द समाजमा व्यक्त गर्न कठिन कतिपय भावना र दृष्टिकोणलाई
वैज्ञानिक बिम्ब र प्रतीकका आधारमा प्रकट गर्न सघाउ पुग्ने हुँदा पनि सोभियत
बन्द समाजमा विज्ञान कथाको विकास हुन सकेको अनुमान गरिन्छ । पहिलो
चरण अर्थात् मध्य उन्नाइसौं शताब्दीको रुसी विज्ञान कथाले पनि रुसी
लोकदृष्टि अनुरुप जातीय न्यायमा आधारित भएर पश्चिमा नमुनाको तर्कसम्मत
आदर्शवाद (युटोपियन) तर्फ झुकाव राखेको बताइन्छ । पश्चिमा वैज्ञानिक
तथा प्राविधिक विकासलाई रुसी समाजको वर्गीय समानतामा आधारित मूल्य
(इगेलिटेरियन भ्यालु सँग समन्वय गर्दै एकाधिकार र पुँजीवाद जस्ता दुबैखाले
खराबीबाट अलग्याएर लैजान सकिने धारणा राखेको पाइन्छ । रसियन विज्ञान
कथाको सर्वाधिक सशक्त पक्ष पनि यही मानिन्छ । निकोलाई चेर्निभ्स्किी
(ल्ष्पयबिष् ऋजभचलथकजभखकपथ) को उपन्यास ह्वाट इज टु बी डन (१८६२)
लाई यस संरचनात्मक ढाँचाको महङ्खवपूर्ण कृति मानिन्छ, जसले लेनिन
लगायतका क्रान्तिकारीहरुलाई प्रेरणा दियो भन्ने भनाइ छ । अलेक्जेन्डर
बोग्डानोभ (ब्भिहबलमभच द्ययनमबलयख) को रेड स्टार (१९०८) ले मङ्गल ग्रहमा
सामाजिक र वैज्ञानिक रूपमै मानव सन्सारमा विद्यमान् कुनै पनि विकल्पभन्दा
उच्च प्रगतिशील तथा उन्नत समाजको चित्रण ग¥यो । सन् १९१७ पछिको
बोल्सेभिक क्रान्तिको समयमा लेखिएका अधिकांश विज्ञान कथाले भविष्यको
प्रविधि र तीव्र गतिमा विकसित मानवीय चेतनाको सहयोगमा अन्य ग्रहमा
वर्गरहित समाजको विस्तार गर्दै विजय यात्राको चित्रण गरेर अन्तरिक्षीय
क्रान्तिको चित्रण ग¥यो । रुसी विज्ञान कथाले अक्सर राष्ट्रको चेतना र
चाहनाको पक्षमा महङ्खवपूर्ण काम गरेको छ भनिन्छ । १९ औं शताब्दीको निकट
आइपुग्दा रुसी विज्ञान साहित्यमा बाह्य ग्रहहरुका काल्पनिक यात्राले प्रमुखता
पायो । यिनमा दिमित्री सिगेभ (म्mष्तचथ क्ष्नयख) को सूर्य, बुध र दृष्ट–
अदृष्ट सन्सारको यात्रा (ख्यथबनभ तय तजभ क्गल बलम एबिलभत ःभचअगचथ बलम
ब्िि तजभ ख्ष्कष्दभि बलम क्ष्लखष्कष्दभि ध्यचमिक, ज्ञडघद्द), प्योत्र मास्कोभ (एथयतच
ःबकजपयख) को चन्द्रमाका मन्छेलाई पृथ्वीवासीको पत्र (ऋयचचभकउयलमभलअभ या
ब ःययलmबल धष्तज बल भ्बचतजmबल, १८४२), सेम्योन दायाच्कोभ (क्झथयल
म्थबअजपयख) को अनौठो मेसिनमा चन्द्रमाको यात्रा (ख्यथबनभ तय तजभ ःययल
ष्ल ब ध्यलमभचाग िःबअजष्लभ,ज्ञडद्धद्ध) र देमोकृत टर्पिनोभिच (म्झयपचष्त
त्भचउष्लयखष्अज) को सूर्य यात्रा (ख्यथबनभ ष्ल तजभ क्गल, ज्ञडद्धट) प्रमुख रहे ।
पहिलो वास्तविक रुसी विज्ञान कथाकार सम्भवतः अलेक्जेन्डर भेलटम्यान
(ब्भिहबलमभच ख्भतिmबल) हुन् । उनका परिकथा खालका पात्र रहेका कोस्चेइ द
इमोर्टल (प्यकअजभष् तजभ क्ष्mmयचतब,ि ज्ञडघघ), का साथै व्यङ्गात्मक उपदेशात्मक
लाग्ने न्यु एमेल्या वा मेटामोर्फोसिस (ल्भध थ्झभथिब यच, ःभतबmयचउजयकभक,
ज्ञडद्धछ) प्रकाशित छन् र सन् १९३६ मा प्रकाशित उनको प्रेड्की कालिमेरोसाः
अलेक्सान्द्र फिलिप्पोभिच माकेडोन्स्किी (एचभमपष् प्बष्mिभचयकबस् ब्भिपकबलमच
ँष्ष्उिउयखष्अज ःबपभमयलकपष्ष् ) लाई पहिलो मौलिक रुसी विज्ञान उपन्यास
मानएको छ । फ्योदोर दोस्तोएभ्स्कीका द ड्रिम अफ ए रिडिकुलस म्यान (त्जभ
म्चभबm या ब च्ष्मष्अगयिगक ःबल) जस्ता केही कथामा पनि विज्ञान फेन्टासीको
प्रयोग भएको छ ।
सोभियत सङ्घले अन्तरिक्ष विज्ञानको पे्ररणामा प्रशस्त विज्ञान साहित्यको
उत्पादन ग¥यो । प्रारम्भिक विज्ञान कथाका लेखक अलेक्जेन्डर बेलाएभ
(ब्भिहबलमभच द्यभबिथभख), ग्रिगोरी एडामोभ (न्चष्नयचथ ब्मबmयख), भ्लादिमिर
ओब्रचेभ (ख्बिमष्mष्च इदचगअजभख), अलेक्से निकोलाएभिच तल्स्तोय
(ब्भिपकभथ ल्ष्पयबिथभखष्अज त्यकितयथ), अलेक्जेन्डर काजान्त्सेभ (ब्भिहबलमभच
प्बशबलतकभख) आदि कथाकार एच.जी.वेल्स र जुल्स भर्नेबाट प्रेरित रही
ठोस विज्ञान कथा साहित्य (जबचम कअष्भलअभ ाष्अतष्यल) तर्फ केन्द्रित रहे ।
उनीहरुका उपन्यासमा विज्ञानका भविष्यवाणी, रोमाञ्चक तथा साहसी घटना
अन्तरिक्ष यात्राका साथै साम्यवादी आदर्श समाज र पुँजीवादी समाजप्रतिको
व्यङ्ग्यलगायतका विषयवस्तु समावेश पाइन्छन् । सन् १९६० को दशकमा
सोभियत विज्ञान कथा साहित्य आफ्नै शैलीको निर्माणमा सक्रिय रह्यो ।
यसको केन्द्रमा नैतिकता, आदर्श समाजको परिकल्पना आदि केन्द्रमा रहे । यस
अवधिमा सोभियत विज्ञान कथाका समाज विज्ञान सम्बन्धी कथा साहित्य अत्यन्त
लोकप्रिय बने । सोभियत सङ्घपछिको रुसी समाजमा फेन्टासी र विज्ञान कथा
साहित्य अझै अत्यधिक विक्री हुने साहित्य मानिन्छ । यस क्षेत्रका प्रतिननिधि
लेखकमा सेर्गेइ लुक्यानेन्को (क्भचनभथ ीगपथबलभलपय), निक पेरुमोभ (ल्ष्अप
एभचगmयख) र मारिया सेमेनोभा (ःबचष्ब क्झभलयखब) मानिन्छन् ।
केही एसियाली विज्ञान कथा साहित्य
विज्ञान कथा साहित्यका दृष्टिले जापानी, चिनिया र भारतीय साहित्य पनि
उत्तिकै समृद्ध मानिन्छ । जापानी प्रविधि र धार्मिक आख्यान दुबैले विज्ञान
कथा साहित्यको विकासमा योगदान गरेका छन । त्यहाँ वास्तविक विज्ञान
कथा साहित्य भने मेइजी कालमा आएर मात्रै लेखिएको मानिन्छ । सन् १९००
मा प्रकाशित शुनरो ओसिकावा (क्जगलचय इकजष्पबधब) को समुद्रमुनिको
युद्धपोत ९ग्लमभचकभब धबचकजष्उ० जापानी विज्ञान कथा साहित्यको प्रारम्भिक
कृति मानिन्छ । यस कृतिमा सबमेरिनको बयानका साथै जापान–रुस युद्धको
भविष्य वाणी थियो । विश्वयुद्धको समयभर नै जापानी विज्ञान कथा साहित्य
अमेरिकी विज्ञान कथा साहित्यबाट प्रभावित भएको समीक्षकहरुको धारणा छ ।
त्यस कालका लोकप्रिय विज्ञान कथा लेखक जुजा उन्नो (व्ūशब ग्ललय) लाई
जापानी विज्ञान कथा साहित्यका पिता पनि भन्ने गरिएको छ । दोस्रो विश्वयुद्ध
पछि जापानी विज्ञान कथा साहित्यलाई सर्वाधिक प्रभाव पार्नेमा ओसामु तेजुका
(इकबmग त्भशगपब) मानिन्छन् । उनका लस्ट वल्र्ड (१९४८), मेट्रोपोलिस
(१९४९) र कितारुबेकी सेकाइ (१९५१) कृतिहरु उल्लेख्य छन् ।
त्यस्तै चिनमा विज्ञान कथाको एक शताब्दीभन्दा लामो इतिहास भेटिन्छ ।
पश्चिम युरोपको औद्योगिक क्रान्तिकै सांस्कृतिक अभिव्यक्तिका रूपमा आएको
मानिने विज्ञान कथा साहित्यको चिनियाँ इतिहास पनि उन्नाइसौं शताब्दीको
अन्त्य र बिसौं शताब्दीको प्रारम्भतिर सुरू भएको हो । लियाङ क्विचाओ
(ीष्बलन त्तष्अजबय) ले जुल्स भर्नेको फिप्टिन लिटिल हिरोजलाई चिनिया
भाषामा अनुवाद गरेर सर्वप्रथम चिनमा विज्ञान कथा साहित्यको प्रवेश गराए
भनिन्छ । त्यसपछि अनेकौं प्रसिद्ध चिनिया विद्वान्हरुले विज्ञान कथा साहित्यको
अनुवाद र लेखन सुरू गरे । सन् १९३० मा कोबुन गाकुइन इन्स्टिच्युट
जापानका विद्यार्थी नै छँदै लु सुन (ीग ह्गल) ले जुल्स भर्नेको द क्यान क्लब
र जर्नी टु द सेन्टर अफ अर्थलाई जापानी भाषाबाट शास्त्रीय चिनिया भाषामा
अनुवाद गरे । उनले त्यसपछि ती विज्ञान कथालाई झाङ वेई बान नामक
परम्परागत चिनिया शैलीमा समेत रुपान्तरित र अनुकुलन गरे । उनले जुल
भर्ने र एच. जी. वेल्सका अरु पनि धेरै प्रसिद्ध कथाहरु अनुवाद गरेका छन् ।
चिनिया विज्ञान कथा साहित्यको प्रारम्भिक मौलिक कृति भने सन् १९०४ मा
प्रकाशित ह्वाङ जियाङ दिआयो सु (ज्गबलन व्ष्बलन म्ष्बय क्यग) को चन्द्रमामा
उपनिवेशलाई मानिन्छ । त्यसरी नै प्रसिद्ध चिनिया साहित्यकार लाओ से (ीबय
क्जभ) ले पनि विज्ञान कथाको चरित्रसँग मिल्ने खालको माओ चेङ जी अर्थात्
बिरालाको सहरको कथा शीर्षक कथा लेखेका छन् ।
सन् १९४९ मा गणतन्त्र चिनको स्थापनापछि पनि चिनमा विज्ञान कथा
साहित्यको विकास अघि बढ्दै गयो । यस अवधिमा युवा पाठकका बिच यो
अत्यन्तै लोकप्रिय रह्यो । अध्येताहरुका अनुसार चिनिया सांस्कृतिक क्रान्तिका
समय (१९६६–१९७६) मा यसको गति स्थिर रहेर पछि देङ स्याओ फङको
आर्थिक सुधार कालमा विज्ञान–प्रविधिको विकासमा आएको सुधारसँगै विज्ञान
कथा साहित्यले विकासको फड्को मारेको उल्लेख पाइन्छ । यस अवधिमा
चिनिया विज्ञान कथा साहित्यको पुनरुत्थान ए योङ्ली (थ्भ थ्यलनष्भि) लिखित
जियाओ लिङ्तोङको भविष्य यात्रा शीर्षक कृतिबाट भएको मानिन्छ । चिनिया
विज्ञान कथाका पिता भनिने झेङ वेनग्वाङले सन् १९५० र १९६० को दशकमा
आफूलाई फेरि विज्ञान कथा साहित्यको लेखनमा समर्पित गरे । उनले अनेकौं
महङ्खवपूर्ण विज्ञान साहित्यको रचना गरे । फ्लाइङ टु द सेन्टाउर शीर्षक कृति
उनको प्रतिनिधि रचना मानिन्छ । यसरी नै तोङ एनझेङ (त्यलन भ्लशजभलन)
को डेथ रे अन द कोरल आइल्यान्ड अर्को उल्ल्ेख्य कृति मानिन्छ । अन्य
उल्लेख्य चिनिया विज्ञान कथा साहित्य लेखकहरुमा ल्यु सियाङ्सी (ीष्ग
ह्ष्लनकजष्), वाङ सियादो (ध्बलन ह्ष्बयमब), नि क्वाङ (ल्ष् प्गबलन),
सियाङ हे (ह्ष्लन ज्भ), ल्यु सिसिन (ीष्ग ऋष्हष्ल), वाङ जिन्काङ (ध्बलन
व्ष्लपबलन), क्युइयान लिफङ (त्तष्बल ीषबलन) र हे सी (ज्भ ह्ष्) आदि
देखिन्छन् ।
हम्रो छिमेकी भारतीय भाषा साहित्यमा विज्ञान कथा साहित्य कमै भेटिन्छ ।
भारतको हिन्दी साहित्यमा आचार्य चतुरसेन भारतीय विज्ञान कथा साहित्यका
पिता मानिन्छन् । उनले ऐतिहासिक घटना, धार्मिक र सामाजिक विषयमा
आधारित ४०० भन्दा बढी कृति रचना गरे । तिनैमध्ये खग्रास, नीलमणि र
अद्भूत मानव शीर्षक तीनवटा विज्ञान उपन्यास छन् । त्यति नै सङ्ख्यामा
कृतिहरुको रचना गर्ने उपन्यासकार गुरुदत्तले सङ्घर्ष शीर्षक एउटा मात्र
विज्ञान कथा साहित्य लेखेका छन् ।
विज्ञान कथा साहित्यका दृष्टिले भारतीय साहित्यमा बङ्गाली साहित्यको अत्यन्त
महङ्खवपूर्ण स्थान रहेको छ । समग्र बङ्गाली साहित्यमा बङ्गाली विज्ञान कथा
निकै समृद्ध मानिन्छ । विभाजनपूर्वको बृटिस शासन काल अर्थात् उन्नाइसौ र
बिसौं शताब्दीको प्रारम्भमा बङ्गाली साहित्यमा प्रशस्त विज्ञान कथाहरु लेखिए ।
भारतीय साहित्यका अध्येताहरु भन्छन्– सन् १८७९ मा प्रकाशित जगदानन्द
रायको शुक्र भ्रमण प्रारम्भिक समयको उल्लेखनीय बङ्गाली विज्ञान कथा
साहित्य हो । मानव उत्पत्तिको वैज्ञानिक आधारमा अन्य ग्रहका मानव चर्चा र
भ्रमणको विवरण रहेको यो उपन्यास बङ्गाली साहित्यको इतिहासमैं उल्लेख्य
मानिने गरेको छ । मङ्गल ग्रहबासी जीवको चर्चा भएको एच.जी.वेल्सको द वार
अफ द वल्डर््स (१८९८) लेखिनुभन्दा एक दशकअगाडि नै प्रकाशित भएको
ले पनि यसको थप महङ्खव रहेको छ । त्यस्तै सन् १८८२ को हेमलाल दत्त
लिखित रोहासो अथात् रहस्य शीर्षक कथा सुरूका विज्ञान कथा साहित्यमध्ये
अर्को महङ्खवपूर्ण रचना मानिन्छ । आधुनिक बङ्गाली विज्ञान कथा साहित्यका
पिता भनिने जगदीशचन्द्र वसुले सन् १८९६ मा निरुद्देसेर काहिनी शीर्षकमा
हावापानी नियन्त्रणको कथा लेखे । यसलाई बङ्गाली भाषाको पहिलो आधुनिक
विज्ञान कथा मानिएको छ । उनले पोलातोक तुफान शीर्षकमा अर्को पनि कृति
दिएका छन् । इस्लामिक नारीवादी लेखिका रोकेया शखावत हुस्सेन अर्थात्
बेगम रोकेयाको सुल्तानाको सपना (१९०५) शीर्षक विज्ञान कथालाई बङ्गाली
साहित्यको मात्र नएर सबै भाषाका साहित्यहरुकै प्रारम्भिक नारीवादी विज्ञान
साहित्य मानिन्छ । त्यसरी नै प्रेमेन्द्र मित्रका कुहोकेर देशे र हेमेन्द्र कुमार रेले
मेघदुतेर मार्ते आगोमोन शीर्षक उपन्यास थप उपलब्धि मानिन्छ ।
त्यस्तै भारत विभाजनपछिको बङ्लादेशमा क्वाजी हलिमको मोहासुन्नेर कन्ना
(टियर्स अफ द कस्मस) शीर्षक कृति उल्लेख्य मानिन्छ । हुमायु अहमदले सन्
१९७३ मा लेखेका तोमादेर जोन्नो भालोबासा (तपाईंहरु सबैलाई मेरो माया)
शीर्षक उपन्यास बङ्गलादेशकै पहिलो विज्ञान उपन्यास हो । पछि उनैले
तारा तिन्जोन (उनीहरु तिन जना थिए), इरिना, एनोतो नक्षत्र बिथी (अनन्त
आकाश), फिहा सोमिकोरोन (फिहा समीकरण) आदि विज्ञान साहित्यको
सिर्जना गरे । जाफर इक्वालको कोपोत्रोनिक सुखः दःुखो शीर्षक लघुकथा
आधुनिक बङ्लादेशी विज्ञान कथाकै सुन्दर नमुना मानिन्छ । उनले ढाका
विश्वविद्यालयमा विद्यार्थी छँदै लेखेको यो लघुकथा पछि यही शीर्षकको कथा
सङ्ग्रहमा सङ्ग्रहीत भएपछि निकै लोकप्रियता पायो । यही सङ्ग्रहबाट
बङ्लादेशी विज्ञान कथाले नयाँ स्वरूप ग्रहण ग¥यो भनिन्छ ।
पूर्ववर्ती विज्ञान लेखकहरुको पदचिह्नमा हिँड्दै पछि बङ्गलादेशी विज्ञान कथा
साहित्यमा नयाँ नयाँ लेखकहरु देखा परे । त्यसैको फलस्वरूप ‘मौलिक’ शीर्षक
पहिलो बङ्गलादेशी विज्ञान कथा सम्बन्धी पत्रिका प्रकाशित भयो । सन् १९९७
मा प्रकाशित यो पत्रिका लामो समय चल्यो । रबियुल हसन अवि, अनिक
खान, अस्रार मसुद, सज्जद कबिर, रसेल हमद र मिजानौर रहमान कल्लोल
जस्ता प्रभावशाली नयाँ पुस्ताका विज्ञान कथाका लेखकहरु त्यही पत्रिकाका
माध्यमबाट देखा पर्दै गए । त्यसरी नै अन्य उल्लेख्य लेखकमा निपुन आलम,
अली इमाम, क्वाजी अनवर हुस्सेन, अल्तामास पासा, अब्दुृल अहाद, अनिरुद्ध
आलम, अहसुनल हबिब, कमाल अर्सालन, डा. अहमद मुजिबर रहमान, मोइनुल
अहसन साबेर, स्वपन कुमार गायेन, मोस्तफा तानिम, भोवदेश रे, जुविदा
गुल्सन आरा हेना, अमिरुल इस्लाम, तौहिदुर रहमान, जकारिया स्वपन र
क्वाजी शाहनुर हुस्सेन आदि देखिन्छन् ।
अध्येताहरुका अनुसार विभाजनपछि भारतको पश्चिम बङ्गालका केही लेखकले
विज्ञान कथा साहित्यको रचना गरे पनि प्रेमेन्द्र मित्रबाहेक अरूका रचना
विज्ञान कथा भन्दा विज्ञान सम्बन्धी स्वैरकल्पनाको कोटीमा पर्दछन् । त्यस
बाहेक पश्चिम बङ्गालका विज्ञान कथा साहित्य लेखकमध्ये आद्रिश वर्धन अर्को
उल्लेख्य नाम हो । उनी ‘आश्चोर्जे’ नाउँको पहिलो बङ्गाली विज्ञान कथा
सम्बन्धी पत्रिकाका सम्पादकसमेत थिए । प्रसिद्ध चलचित्र निर्देशक सत्यजित
रायले श्रीमान् आङ नामक अर्को ग्रहको मानवका सम्बन्धमा लेखेका द एलियन
शीर्षक लघुकथाले सन् १९६०को दशकमा बङ्गाली पाठकका बिच अत्यन्त
लोकप्रियता प्राप्त ग¥यो । समालोचकहरुका अनुसार उनले बङ्गाली मात्र नभएर
समग्र आधुनिक हिन्दी विज्ञान कथा साहित्यकै सन्दर्भमा महङ्खवपूर्ण संरचनाको
उदाहरण प्रस्तुत गरे । पश्चिम बङ्गालका अन्य उल्लेखनीय विज्ञान कथा
साहित्यकारहरुमा लिला मजुमदार, सुनील गाङ्गुली, किन्नोर रे, अभिजनान
रायचौधरी, अनिस देव, श्रीसेन्दु मुकर्जी, सइद मुस्तफा सिराज, समरजित
कौर, स्वपन बनर्जी र सोमरेस मजुमदार आदि मानिन्छन् । मलय रायचौधरीका
कुहारभुमे निशिदिशी र जिन्नातुलबिलादेर रुपकथा शीर्षक उपन्यासहरुका साथै
वासुदेव दासगुप्ताको लघुकथा सङ्ग्रह रन्धनशालाभित्रका कथाहरु बङ्गाली
विज्ञान कथा साहित्यमा मात्र नभएर विश्व सन्दर्भमै यथार्थवादी प्रभाव दिने
उल्लेख्य साहित्यमध्येका मानिन्छन् ।

विज्ञान कथाका परिभाषा
विज्ञान कथामा निम्न कुराहरुमध्ये एक वा धेरै पक्षहरु समावेश हुने हुँदा
यसको एउटै सर्वमान्य परिभाषा पाउन कठिन छ । यसमा भविष्य वा वैकल्पिक
समय रेखा, बाह्य ग्रह वा अन्तरिक्ष र अज्ञात सभ्यताका पराइग्रहबासी जीव,
नयाँ प्रविधि, नवीन वैज्ञानिक सिद्धान्तको आविष्कार वा प्रयोग, ज्ञात वा भूत
र वर्तमानमा प्रयोग भएका भन्दा बेग्लै राजनीतिक प्रणालीको कल्पना जस्ता
परिवेश र संयोजन रहन्छन् । यी सबै खालका भिन्नताको खोजी परम्परागत
विज्ञान कथा साहित्यको उद्देश्य हो, जसले विज्ञान कथा साहित्यलाई विचारको
साहित्यका रूपमा स्थापित गर्दछ । त्यसैले विज्ञान कथा साहित्यले आधुनिक
व्यापक विषय र प्रकार समेटेको हुँदा विज्ञान कथा साहित्यमा रहेका विषय र
प्रवृत्तिमा पनि व्यापकता रहन्छ । यही कारण ती सबैलाई समेट्ने विज्ञान कथा
साहित्यको एउटै र सर्वमान्य परिभाषा फेला पर्दैन, न त एउटै परिभाषाभित्र
यसलाई समेट्न नै सकिन्छ ।
यही यथार्थका पृष्ठभूमिमा अमेरिकी विज्ञान कथा स्रष्टा तथा अध्येता रोबर्ट
ए. हेइलेन (च्यदभचत ब्। ज्भष्लभिष्ल) भन्छन्ः सम्भाव्य भावी घटनाबारे यथार्थ
र सत्यपरक अनुमान, भूत, भविष्य र प्रकृति तथा वैज्ञानिक प्रक्रियाको
सान्दर्भिकताको बोधपरक यथार्थका साथै विश्वको पर्याप्त ज्ञानको ठोस आधार
भूमिमा आधारित रचना प्राय विज्ञान कथालाई समेट्ने सरल र सङ्क्षिप्त
परिभाषा हुन सक्छ (ब् जबलमथ कजयचत मभाष्लष्तष्यल या बmियकत बिि कअष्भलअभ
ाष्अतष्यल mष्नजत चभबमस् चभबष्कितष्अ कउभअगबितष्यल बदयगत उयककष्दभि ागतगचभ
भखभलतक, दबकभम कयष्मिथि यल बमभत्रगबतभ पलयधभिमनभ या तजभ चभब िधयचमि,
उबकत बलम उचभकभलत, बलम यल ब तजयचयगनज गलमभचकतबलमष्लन या तजभ लबतगचभ
बलम कष्नलषष्अबलअभ या तजभ कअष्भलतषष्अ mभतजयम।) ।
विज्ञान कथा साहित्य मूलतः पश्चिमी मुलुकमा सुरू भएको आधुनिक कथाकै
एउटा शाखा वा उपविधा हो । अङ्गे्रजी साहित्यमा साइन्स फिक्सन
शब्दावलीको निर्माण गरेर आख्यान विधाअन्तर्गत एउटा नयाँ प्रकारको प्रारम्भ
गर्ने जस पाएका ह्युगो गन्र्सब्याकले विज्ञान कथा साहित्य बारेमा भनेका
छन् ः साइन्टिफिक्सन भन्नुमा मेरो आशय यसमा जुल्स भर्ने, एच. जी वेल्स,
र एडगर एलेनका कथामा पाइने आकर्षक रोमान्सका साथै वैज्ञानिक तथ्य र
युगद्रष्टामा हुने दूरदृष्टिको सम्मिश्रण हुनुपर्छ भन्ने हो । यिनका विज्ञान कथा
पढ्दा अत्यन्तै रोचक त लाग्छ नै, यी शिक्षाप्रद पनि छन् । यिनले ज्ञानलाई
अत्यन्त सुग्राह्य रुपमा प्रस्तुत गरेका छन् । पश्चिमा विज्ञान कथाको क्षेत्रमा
क्रान्ति ल्याउने अमेजिङ स्टोरिजको प्रवेशाङ्कमा उनले दिएका यो परिभाषालाई
धेरै विद्वान्ले रूचाए ।
विश्व विज्ञान कथा साहित्यका प्रसिद्ध लेखक हर्बर्ट जर्ज वेल्स (एच. जी.
वेल्स) को भनाइमा ‘विज्ञान कथाको उद्देश्य भय र उत्तेजना सिर्जना गर्ने नभई
मानव कल्याण र प्रलयोन्मुख भाविस्थितिबाट मानव समाजको रक्षा कामना गर्ने’
हो । नभन्दै विज्ञान कथा साहित्यका माध्यमबाट परमाणु बमको विस्फोटको
भविष्यवाणी गर्नुका साथै अन्तरिक्ष उडानको घटनालाई अघि बढाउने वेल्सले
माथिकै सिद्धान्तलाई आधार बनाएर विश्व प्रसिद्ध विज्ञान कथा साहित्य लेखेका
छन् । द टाइम मेसिन (१८९५), द वन्डरफुल भिजिट (१८९५), द फस्र्ट मेन
अन द मुन (१९०१), द आइल्यान्ड अफ डा. मोरो (१८९६), द इन्भििजिबल
मेन (१८९७), द वार अफ द वल्र्डस् (१८९५) जस्ता उपन्यास र स्टोलन
बेसिलस (१८९५), द प्लेटिनर स्टोरी (१८९७) र द टेल्स अफ स्पेश एण्ड
टाइम्स (१८९९) जस्ता अत्यन्त चर्चित र आधुनिक विज्ञान कथा साहित्यका
मानक नमुना मानिएका उनका अमर कृति हुन् । १८६६ मा बेलाइत जन्मिएका
वेल्स १९४६ मा दिवङ्गत नहुञ्जेल सम्म नै निरन्तर यस क्षेत्रमा साधनारत रहे ।
इन्साइक्लोपिडिया ब्रिटानिकाको २००४ संस्करण भन्छ ः बिसौं शताब्दीमा आएर
विकसित भएको विज्ञान कथा मूलतः यथार्थ वा काल्पनिक विज्ञानले व्यक्ति
र समाजमा पार्ने प्रभावसँग सम्बन्ध राख्दछ । यसरी नै अङ्ग्रेजीको साइन्स
फिक्सन शब्दावलीले विशेष गरेर विज्ञानका तङ्खव समाविष्ट भएका साहित्यपरक
कल्पनाशील रचना शक्ति अर्थात् फेन्टासीलाई संबोधन गरेको देखिन्छ । यस्ता
साहित्यमा विज्ञानका तथ्यगत सिद्धान्त र यथार्थ जानकारीका साथै ती सिद्धान्त
तथा तथ्यहरुसँग विमति राख्ने कुरासँग पनि समाविष्ट भएका पाइन्छन् । दुबै
स्थितिमा विज्ञानसम्मत धारणालाई भने उपेक्षा गरिँदैन ।
बिसौं शताब्दीको दोस्रो दशकमा जोन क्याम्पवेलले आइज्याक आसिमोभ र
रोबर्ट हेनलिनसँग मिलेर तत्कालीन विज्ञान लेखकका लागि एउटा नीतिपत्र
तयार गरे । यसबाट विज्ञान कथा लेखनले सशक्तता ग्रहण ग¥यो । भारतीय
विद्वान् बाल फोंकडेले उल्लेख गरेअनुसार क्याम्पबेलको प्रस्ताव थियो ः विज्ञान
कथालाई विज्ञान परिवारको साहित्यिक माध्यम मानिनुपर्छ । विज्ञान र वैज्ञानिक
कार्य पद्धति एउटा यस्तो सम्भाव्यता हो, जसले सोचीसम्झी सिद्धान्तको व्याख्या
मात्र नगरेर नयाँ र अज्ञात वस्तुका बारेमा पनि आफ्नो मत व्यक्त गर्छ ।
विज्ञान कथा साहित्य पनि यस्तै खालको काम हो जुन कथाका रुपमा प्रस्तुत
गरिन्छ । यसको परिणामले ग्रहण गर्ने आकार मेसिनमा मात्र नभएर मानव
समाजमा समेत लागु हुन्छ ।
विज्ञान कथालाई गन्र्सब्याकले दिएका सायन्टिफिक्सनबाट साइन्स फिक्सनको
नाम दिने पनि यिनै जोन क्याम्पवेल हुन् । त्यसपछि विज्ञान कथाको स्वरुप
निर्धारण गर्ने क्रममा अरु पनि परिभाषा थपिँदै गए । यसै क्रममा थियोडोर
स्टर्जिआनले आफ्नै कथाहरुको आधारमा यसको परिभाषा तयार गरे ः
विज्ञान कथा यस्तो कथा हो जसमा चौतर्फी मानवीय समस्या र त्यसको
समाधानको तानाबाना बुनिन्छ र त्यो तानाबाना वैज्ञानिक विषयवस्तु बिना घटित
हुन सक्दैन ।
यो परिभाषाले विज्ञानको तर्कबाहेक अरु कुरा नमान्ने प्रवृत्ति र कथा साहित्यको
भावावेष तथा कल्पना जस्तो मानवीय शक्तिप्रतिको झुकावका बिच सामञ्जस्य
ल्याउने प्रयास ग¥यो । त्यसैले विज्ञान र साहित्यलाई एकै ठाउँमा ल्याउन यो
परिभाषाको महङ्खवपूर्ण योगदान रह्यो भनिन्छ । साथै यो परिभाषाले गन्र्सब्याक
र क्याम्पबेलको प्रस्थापनाको जगलाई पनि बेसरी हल्लाइदियो । अबका
लेखकले स्टर्जिआनको मान्यता अनुसरण गर्न थाले । यो मतको अनुसरण
गर्ने लेखकहरुले कल्पनालाई विज्ञान कथामा सधैं विज्ञानको नियन्त्रणमा राख्न
आवश्यक ठानेनन् ।
यही धारणाबाट अर्को लोकप्रिय मान्यताले आधार पायो । त्यो थियो– विज्ञान
कथा वर्णनात्मक गद्यको त्यो रुप हो जसको पृष्ठभूमि हाम्रो ज्ञात विश्वमा
आधारित नभई हाम्रो जानकारीमै नरहेको एउटा छुट्टै काल्पनिक जगत्मा
आधारित रहन्छ । भनिन्छ यो मान्यताको अनुसरणले त वास्तविक विज्ञानको
पुट कम रहेका विज्ञान कथाको बाढी नै ल्यायो ।
नेपाली साहित्यमा प्रयोग भइरहेको विज्ञान कथा अङ्ग्रेजी साहित्यमा प्रयुक्त
त्यही साइन्स फिक्सनबाट अनुवादका रूपमा लिइएको हुनुपर्छ । अङ्ग्रजी
भाषामा फिक्सन शब्दले लामा–छोटा कथादेखि उपन्याससम्मलाई सजिलै समेट्ने
गर्दछन् । त्यसै गरी नेपाली साहित्यमा कथा र उपन्यास दुबैलाई बुझाउन
आख्यान शब्दको प्रयोग गर्ने गरिएको छ । तसर्थ विज्ञान कथा शब्दावलीबाट
कथा–उपन्यास दुबैको अर्थबोध गर्ने कुरामा अगल अलग धारणा भेटिन सक्छ ।
जे होस्, पश्चिमा अवधारणामा विज्ञान कथा साहित्यको व्याख्या र विकासमा
महङ्खवपूर्ण भूमिका खेलेका ह्युगो गन्र्सब्याककै नाउँमा विज्ञान कथाका क्षेत्रमा
अत्यन्त सम्मानित मानिने ह्युगो पुरस्कार समेतको स्थापना भएको यथार्थ
स्मरणीय हुन्छ । विज्ञान कथा साहित्यलाई साइन्टी फिक्सन नाम दिनुका साथै
एउटा छुट्टै विधाका रुपमा प्रस्तुत गरेकाले यिनको प्रयासलाई विज्ञान कथाको
इतिहासमा कोसे ढुङ्गो मानिन्छ ।
रियान डब्लु. एल्डिस (च्ष्थबल ध्। ब्मिष्क) का अनुसार संसारमा मानिसले
आफ्नै विकसित तर केही भ्रमित ज्ञान (विज्ञान) को अवस्थामा उभिएको
स्थानको परिभाषाको खोजी गर्ने प्रयास विज्ञान कथा साहित्य हो (क्अष्भलअभ
ाष्अतष्यल ष्क तजभ कभबचअज ायच मभाष्लष्तष्यल या mबल बलम जष्क कतबतगक ष्ल तजभ
गलष्खभचकभ धजष्अज धष्िि कतबलम ष्ल यगच बमखबलअभम दगत अयलागकभम कतबतभ या
पलयधभिमनभ ९कअष्भलअभ।)
किङ्सले एमिस (प्ष्लनकभिथ ब्mष्क) ले भने अनुसार विज्ञान कथा साहित्य
त्यो श्रेणीको गद्यात्मक वर्णन वा न्यारेटिभ हो जसले हामीले जानेको सन्सारमा
नउठेका वा न नभएका अवस्था वा परिस्थितिलाई उठाउँछ, तर त्यो विज्ञान र
प्रविधिको आविष्कार वा अन्वेषण वा छाया आविष्कारको आधारमा अनुकल्पना
गरिएको हुन्छ ।
आइज्याक आसिमोभ (क्ष्कबबअ ब्कष्mयख) ले सन् १९७५ मा भने अनुसार
आधुनिक विज्ञान कथा साहित्य साहित्यको एक मात्र त्यो स्वरूप हो जसले
निरन्तर रूपमा हामीले सामना गर्दै जाने परिवर्तनको प्रकृति र त्यसबाट सिर्जना
हुने परिणाम तथा सम्भाव्य समाधानसँग सरोकार राख्दछ (ःयमभचल कअष्भलअभ
ाष्अतष्यल ष्क तजभ यलथि ायचm या ष्तिभचबतगचभ तजबत अयलकष्कतभलतथि अयलकष्मभचक तजभ
लबतगचभ या तजभ अजबलनभक तजबत ाबअभ गक, तजभ उयककष्दभि अयलकभत्रगभलअभक, बलम
तजभ उयककष्दभि कयगितष्यलक।) । त्यसरी नै आसिमोभ फेरि भन्छन् ः आधुनिक
विज्ञान कथा साहित्य साहित्यको त्यो शाखा हो जुन मानव जातिको वैज्ञानिक
उन्नतिका प्रभाव बारे सरोकार राख्दछ (त्जबत दचबलअज या ष्तिभचबतगचभ धजष्अज ष्क
अयलअभचलभम धष्तज तजभ ष्mउबअत या कअष्भलतषष्अ बमखबलअभ गउयल जगmबल दभष्लनक।)
अमित गोश्वामी (ब्mष्त न्यकधबmष्) का अनुसार विज्ञान कथा साहित्य
त्यो वर्गको साहित्य हो जसमा विज्ञान र समाजमा प्रवाह हुने परिवर्तनको
तरङ्ग समाहित हुन्छ । यसले आफैंसँगको आलोचना, विस्तार, परिमार्जन,
र क्रान्तिप्रतिको अभिसन्धि, स्थिर वैज्ञानिक मानदण्डसँग यसको सम्बद्धता
रहन्छ । यसको यो लक्ष नयाँ रूप निर्धारणतर्फ तीव्र दृश्यात्मक परिवर्तन
हो जुन प्राकृतिक सत्य तर्फ अत्यधिक जबाफदेह हुन्छ (क्अष्भलअभ ँष्अतष्यल
ष्क तजबत अबिकक या ाष्अतष्यल धजष्अज अयलतबष्लक तजभ अगचचभलतक या अजबलनभ ष्ल
कअष्भलअभ बलम कयअष्भतथ। क्ष्त अयलअभचलक ष्तकभाि धष्तज तजभ अचष्तष्त्रगभ, भहतभलकष्यल,
चभखष्कष्यल, बलम अयलकउष्चबअथ या चभखयगितष्यल, बिि मष्चभअतभम बनबष्लकत कतबतष्अ
कअष्भलतषष्अ उबचबमष्नmक। क्ष्तक नयब िष्क तय उचयmउत ब उबचबमष्नm कजषत तय ब
लभध खष्भध तजबत धष्िि दभ mयचभ चभकउयलकष्खभ बलम तचगभ तय लबतगचभ।) ।
एल्भिन टफ्लर (ब्खिष्ल त्यााभिच) भन्छन्– विज्ञान कथा साहित्यले नृवंश
केन्द्रीयतावाद तथा सामयिक सङ्घीयतावादलाई चुनौती दिँदै समग्र सभ्यतालाई
खुला गरेर रचनात्मक आलोचनालाई अनुमति प्रदान गर्दछ (द्यथ अजबििभलनष्लन
बलतजचयउयअभलतचष्अष्कm बलम तझउयचब िउचयखष्लअष्बष्किm, कअष्भलअभ ाष्अतष्यल
तजचयधक यउभल तजभ धजयभि या अष्खष्ष्शिबतष्यल बलम ष्तक उचझष्कभक तय
अयलकतचगअतष्खभ अचष्तष्अष्कm।)
इन्साइक्लोपिडिया ब्रिटानिका अनलाइनका अनुसार विज्ञान कथा साहित्य विशेष
गरी समाज वा व्यक्तिमाथि पर्ने यथार्थ वा आनुकाल्पनिक विज्ञानको प्रभावबारे
व्यवहार गर्ने आख्यान हो । अरु सामान्यीकरण गरेर भन्ने हो भने कुनै
पदार्थ वा विज्ञानपरक तङ्खवमा आधारित विज्ञानपरक साहित्यिक अनुकल्पना वा
स्वैरकल्पना विज्ञान कथा साहित्य हो (ँष्अतष्यल मभबष्लिन उचष्लअष्उबििथ धष्तज
तजभ ष्mउबअत या बअतगब ियच ष्mबनष्लभम कअष्भलअभ यल कयअष्भतथ यच ष्लमष्खष्मगबकि,
यच mयचभ नभलभचबििथ, ष्तिभचबचथ ाबलतबकथ ष्लअगिमष्लन ब कअष्भलतषष्अ ाबअतयच बक
बल भककभलतष्ब ियचष्भलतष्लन अयmउयलभलत।)
नेपाली विज्ञान साहित्य र अध्ययन परम्परा
केही पश्चिमी समालोचकले विज्ञान कथा साहित्यका प्रारम्भ गिल्सामेसको
बेबिलोनियाई महाकाव्यबाट भएको मानेका छन् । उनीहरुको त्यो भनाइलाई
मान्यता दिने हो भने पूर्वीय वैदिक तथा पौराणिक साहित्य त्योभन्दा पुरानो हुन
आउँछ । हाम्रा वेद, पुराण, रामायण, महाभारतमा वर्णित अधिकांश कुराहरुको
आख्यानात्मक भविष्य वाणी आज आएर सत्य भएका छन् । त्यसैले तिनलाई
प्रारम्भिक विज्ञान कथा मान्दा फरक पर्दैन ।
त्यसैले नेपाली साहित्यमा कमै लेखिने गरेको भए पनि विज्ञान कथा साहित्यको
खुकुलो परिभाषा र अन्तर्भूत पक्षलाई स्विकार्दा हाम्रा प्राचिन वाङ्मय र लोक
साहित्यमा विज्ञान कथा साहित्यको बीजरूप भेटिन सक्छ । वेद, उपनिषद् र
पुराण आदि प्राचीन ग्रन्थहरुमा विज्ञान कथाका प्रारम्भिक रूप फेला पार्न सकिने
पर्याप्त सम्भावना छन् । रामायण, महाभारत र वेद उपनिषद्का कतिपय कथा–
उपकथामा विज्ञान कथाको स्वरूप भेटिन सक्छ । विज्ञान–प्रविधिसम्मत आधारमा
केही कल्पनाको जलप चढाएर भावी कल्पनाको महल खडा गर्नु विज्ञान
साहित्यको खुकुलो परिभाषा र एउटा प्रमुख परिचय हो । यो धारणाअनुसार
हाम्रा प्राचिन साहित्यमा त्यसको प्रयोग प्रशस्त भएका छन् । पुष्पक विमान,
आकाशवाणी र सञ्जयको दूरदृष्टि तथा दूर श्रवणका अनुकल्पनामा आधारित
हाम्रा वैदिक तथा पौराणिक कथाभित्र विज्ञान कथाका लक्षण र तङ्खवहरु पर्याप्त
फेला पर्न सक्छन् । हाम्रा पुर्खाले कल्पना गरेका समुद्रभित्रको सहर अर्थात्
बैकुण्ठ लोक, सुन्दर संरचनाका नगर इन्द्रलोक, सुन नै सुनको स्वर्णनगरी
लङ्का, लाहाको ज्वलनशील लाक्षागृह आदि अनेकौं इन्जिनियरिङका परिकल्पना
र सन्दर्भले विज्ञान कथाको अस्तिङ्खव सिद्ध गर्न सक्लान् । ती साहित्यले वर्णन
गरेका शब्दभेदी वाण, आग्नेयास्त्र, पाशुपतास्त्रका कथा विज्ञान कथाकै बीज
रूपमा देखिन सक्छन् । यति मात्र नभएर हाम्रा लोक कथा, दन्त्यकथा, जासुसी
र तिलस्मी कथाका गुफा र भवनका संरचनामा पाइने भुलभुलैया, आधुनिक
बिजुली भ¥याङ अर्थात् लिफ्ट जस्ता तलमाथि गर्ने तखता, पाक ताउली जस्ता
शीतताप नियन्त्रक फ्रिज, टिफिन बक्स, राइस कुकर, हटकेस आदि वस्तुका
पूर्वकल्पनाहरु आज विज्ञान–प्रविधिको कसीमा यथार्थ बनिसकेका छन् । त्यसैले
यस्ता कथाहरुमा आजका विज्ञान कथाकै बीज रूप देख्नुलाई अन्यथा मान्न
नसकिएला । यी प्रमाणसिद्ध हुन गम्भीर अध्ययनको आवश्यकता छ । हाम्रा
विद्वान् समालोचक र साहित्य शास्त्रीहरुको ध्यान यसतर्फ आकृष्ट हुन सक्यो
भने भोलि हाम्रो विज्ञान कथा साहित्यको पूर्वीय इतिहास निकै अगाडि पुग्ने
मात्र नभएर यसको प्रारम्भका दृष्टिमा समेत अगाडि हुन सक्छ ।
अर्को दृष्टिले हेर्दा भने गन्र्सव्याकको परिभाषामा प्राचीन मात्र नभएर विज्ञान
कथामा दरिएका कतिपय हाम्रा आधुनिक विज्ञान कथा साहित्यसमेत खरो
उत्रिँदैनन् । उनको भनाइमा विज्ञान कथा साहित्यमा आकर्षक रोमान्स वैज्ञानिक
तथ्यका साथै युगद्रष्टामा हुने दूरदृष्टि रहन्छ । यी शिक्षाप्रद हुन्छन् र
यिनले ज्ञानलाई अत्यन्त सुग्राह्य रूपमा प्रस्तुत गर्दछन् । यस अर्थमा नेपाली
सन्दर्भमा विज्ञान कथा भनी नाम लिने गरिएका कतिपय रचना विज्ञान कथाको
गन्र्सब्याकीय कसीमा सक्कली ठहरिँदैनन् । पश्चिमी विज्ञान कथा साहित्यको
लेखनमा योगदान गर्ने प्राय वैज्ञाकिहरु नै देखिनु र गन्र्सव्याकको परिभाषामा
त्यसको प्रभाव रहनुले यसो भएको हुन सक्छ । नेपालीमा लेखिएका विज्ञान
कथाको विषयवस्तु मूलतः मानव केन्द्रित रहने गरेका छन् । तिनले वैज्ञानिक
प्रगति र मानवीय संवेदना तथा सामाजिक सिद्धान्तको पारस्परिक प्रभाव देखाए
पनि प्रामाणिक विज्ञान–प्रविधिका तङ्खवहरुलाई भने कमै कथा साहित्यले समाहित
गर्न सकेका छन् ।
नेपाली विज्ञान कथाले गन्र्सव्याकीय दृष्टिकोणलाई भन्दा इन्साइक्लोपिडिया
ब्रिटानिका र अङ्ग्रेजीको साइन्स फिक्सनले वहन गर्ने सामान्य अर्थ र भावलाई
आदर्श ठानेको अनुमान गर्न सकिन्छ । यस अनुसार पश्चिमेली विज्ञान कथा
साहित्यमा पनि मेरी शेलीको फ्र्याङ्केन्स्टाइन वा मोडर्न प्रोमिथियस (१८१८),
रोबर्ट लुइस स्टिभेन्सनको स्टे«न्ज केस अफ डा.जेकिल एन्ड मिस्टर हाइड
(१८८६) विज्ञान कथाका परिभाषाभित्र परे पनि ब्राम स्टोकरको ड्र्याकुला
(१८९७) पूर्णतः अलौकिक विषयमा केन्द्रित रहेकोले पश्चिमा विद्वान्हरुको
भनाइमा विज्ञान कथा मानिँदैन । विज्ञान कथामा विलक्षणता र दूरदर्शिताका साथै
अद्भुत कल्पना शक्तिको अपेक्षा गरिन्छ । यो धारणाअनुसार र छद्म विज्ञानको
नाउँमा कल्पनाको कुनै पनि उडानलाई विज्ञान कथा साहित्यको रुपमा स्विकार्नु
पर्ने सम्भावना रहन्छ । ती आलोचकका भनाइमा यस्ता आख्यान कथालाई
विज्ञान कथा भन्नुभन्दा विज्ञान स्वैरकल्पना (साइन्स फेन्टासी), अनुमानात्मक
वा भविष्य कल्पनामा आधारित कथा साहित्य भन्नु उपयुक्त हुन्छ ।
तर यही परिभाषालाई अलि खुकुलो किसिमले व्याख्या गर्ने हो भने हाम्रा
वैदिक–पौराणिक आख्यानमा गन्र्सब्याकले भने जस्तै आकर्षक रोमान्स, वैज्ञानिक
तथ्य र युगद्रष्टाको दूरदृष्टिको सम्मिश्रण, रूचिकरता र शिक्षाप्रद हुनु जस्ता
विज्ञान कथाका आवश्यक तङ्खवहरु भेटिन सक्छ । गन्र्सव्याकले भने जस्तै
यिनले ज्ञानलाई अत्यन्त सुग्राह्य रुपमा प्रस्तुत पनि गरेका छन् । त्यसैले माथि
भनिए जस्तै आजभन्दा लगभग पाँच हजार वर्षअगाडि नै वेद–उपनिषद्का साथै
रामायण–महाभारत जस्ता पौराणिक–धार्मिक ग्रन्थहरुमा अन्तरग्रहीय यात्रा वा
आवागमन, बेतारबाट प्रसारित–प्रवाहित हुने आकाश वाणी जस्ता श्रव्य–दृश्ययुक्त
दूरभाष वा दूरदर्शक यन्त्र, शब्दभेदी प्रहार गर्ने क्षमता भएका शस्त्रास्त्र र
गगनगामी वायुयानहरुको हाम्रा पुर्खाले रोचक रूपमा बयान गरेका छन् । ती
कुरा आज विज्ञानसम्मत यथार्थ बनिसकेका छन् । यसरी हेर्दा विज्ञान कथा
साहित्य हामीकहाँ पश्चिमी विज्ञान कथा भन्दा पनि कता हो कता अगाडि
अस्तिङ्खवमा थियो भन्न नसकिने होइन । तर यो अनुमान मात्र हो । प्रमाणित
नहुन्जेल आधुनिक विज्ञान कथाको विकास उन्नाइसौं शताब्दीको अन्त्यतिर
आएर भएको पश्चिमी विद्वान्हरुको धारणालाई स्विकार्नुबाहेक अहिलेलाई अर्को
उपाय छैन ।
विज्ञान–प्रविधि सम्बद्ध असङ्ख्य आविष्कारका परिकल्पना पश्चिममा भन्दा पनि
धेरै वर्षअगाडि पूर्वीय मनीषिहरुबाट भयो । वैदिक साहित्य यसको उदाहरण
छ । तर चिकित्सा शास्त्रको आयुर्वेद विज्ञानमा बाहेक विज्ञान प्रविधिका अरू
क्षेत्रमा प्रयोगका दृष्टिमा हामीले केही गर्न सकेनौं । त्यसकै परिणामस्वरूप
आधुनिक विज्ञानको विकास भूमि बन्ने श्रेयबाट हामी वञ्चित रह्यौं ।
नेपाली साहित्यमा विज्ञान कथा साहित्यका सम्बन्धमा गम्भीर रूपले पर्याप्त मात्रामा
अध्यय भएको छैन । नेपाली आख्यान साहित्यको समग्र अध्ययन गर्ने क्रममा
कहीँ कतै विज्ञान कथाका बारेमा सामान्य चर्चा र प्रवृत्तिसम्म केलाउने गरिएको
पाइए पनि विज्ञान कथा साहित्यलाई नै केन्द्रमा राखेर यस बारे कमै मात्र
अध्ययन अनुसन्धान भएको छ । यस पृष्ठभूमिमा नेपाली विज्ञान कथासङ्ग्रह
(२०६७) कृतिमा सम्पादक सुनील पोखरेलले गरेका विज्ञान कथाको सैद्धान्तिक
मान्यता र नेपाली कथाको विकास क्रमको बारेको चर्चालाई पहिलो गम्भीर
प्रयास मान्नुपर्छ । यसअघि दयाराम श्रेष्ठ, मोहनराज शर्मा आदिका नेपाली
साहित्यको इतिहास सम्बन्धी ग्रन्थ र नेपाली विज्ञान कथा साहित्यका भूमिका
र सङ्क्षिप्त चर्चामा यसबारे सीमित चर्चा गरिएको पाइन्छन् । राजेन्द्र सुवेदी
(छोरी ब्रह्माण्ड २०४७ र प्रयोग÷प्रत्यारोपण २०४७), रमेश विकल (यामागल,
२०५४), कृष्णचन्द्र सिंह प्रधान (एक अविनवको आत्मकथा, २०४४) आदि
यसका दृष्टान्त हुन् । त्यसरी नै केही लेखकले यस विषयमा केही गहिरिएर
कलम चलाउने प्रयास गरेका छन् । तिनमा वासु रिमाल यात्री (गौंथलीको गुँडः
एक दृष्टि, मधुपर्क वर्ष ३ अङ्क ६, २०२७), शरद् छेत्री (शङकर लामिछानेका
विज्ञान कथा केही रेखाड्ढन समालोचना, १९८०) आदि, मा केही विद्वान्ले
यसबारे थोरै भए पनि चर्चा गर्ने प्रयास गरेको पाइन्छ । त्यसपछि तारामणि
दहाल, हरि घिमिरे, कृष्णप्रसाद दहाल, लक्ष्मीशरण अधिकारी, मधसूदन गिरी,
ऋषिराज बराल र कृष्णप्रसाद घिमिरे, वालिका गिरी र विदुर गौतम, सुनील
पोखरेल, विजय चालिसे, डा. इशान गौतम आदिले विज्ञान कथा र नेपाली
विज्ञान कथा सहित्यका सम्बन्धमा अलि गहिरिएर अध्ययन गर्ने कोसिस
गरेका छन् ।
यसरी हेर्दा नेपाली उपन्यास साहित्यको पूर्व परम्परा रहस्य रोमाञ्चवादी
धाराबाट सुरू भएको देखिन्छ । जुन धारा सुरू सुरूमा पश्चिमा साहित्यले
खुकुलो अर्थमा विज्ञान कथा साहित्य मानेका कृतिहरुकै हाराहारीमा रहेको
अनुभव हुन्छ । आधुनिक कालपूर्व नेपाली उपन्यासमा रहस्य–रोमाञ्चवादी
धाराका तिलस्मी, ऐय्यारी, जादुगरी, अद्भुत घटना, जासुसी आदि प्रवृत्ति
भएका उपन्यासहरुको आधिक्य पाइन्छ (मोहनराज शर्मा । यी उपन्यासभित्रका
अद्भुत रहस्य रोमाञ्चमा कोरा नै भए पनि केही न केही विज्ञानका कल्पना
भेटिन्छन् । अझ त्यस अवधिमा देखा परेका कृतिहरुमध्येको महङ्खवपूर्ण उपन्यास
गिरीशबल्लभ जोशीको वीर चरित्रमा मौलिक कल्पना भेटिन्छन् । देवकीनन्दन
खत्रीको उपन्यास चन्द्रकान्ताको प्रभावमा लेखिएको भन्ने केही समालोचकको
भनाइ रहे पनि नेपालकै सेरोफेरो, परिवेश र सन्दर्भमा मौलिक सिर्जना मानिने
गिरीशबल्लभ जोशीको वीरचरित्र (१९६०) मा रहस्य रोमाञ्च र कल्पनाशीलताको
राम्रो प्रयोग भएको छ । नेपाली साहित्यमा पहिलो मौलिक यो रहस्य रोमाञ्चवादी
धाराको उपन्यासमा प्रयुक्त तिलस्मी, ऐयारी आदिमा गरिएको विज्ञान–प्रविधिको
भावी कल्पना विज्ञान उपन्यासको खुकुलो परिभाषाभित्र पर्नसक्छ ।
हाम्रा वेद, पुराण, रामायण, महाभारतमा वर्णित आजका विज्ञानसँग मेल खाने
अधिकांश कुराहरुको आख्यानात्मक भविष्य वाणी आज आएर सत्य भएका छन्,
तिनलाई प्रारम्भिक विज्ञान कथा मान्दा फरक पर्दैन (विजय चालिसे, दायित्व
५०) भन्ने तर्क बेमनासिब लाग्दैन तर यस सम्बन्धमा थप अध्ययन बाँकी नै छ ।
यसरी नै माध्यमिक कालीन नेपाली साहित्यका महङ्खवपूर्ण प्रतिभा गिरिशबल्ल्भ
जोशीको उपन्यास वीर चरित्रमा आधुनिक विज्ञानका चमत्कार जस्ता लाग्ने
प्रसङ्गहरु पाइए तापनि यसमा विज्ञानका तर्कसम्मत आधारको अभाव देखिन्छ ।
त्यसैले विज्ञान कथा आधुनिक साहित्यको देन भएको र शङ्कर लामिछानेको
आत्माको मीमांसा (२०११) मा विज्ञानको पदार्थवादी मान्यता वैज्ञानिक अन्तर्दृष्टि
रहेकोले पहिलो नेपाली विज्ञान कथा भएको सड्ढेत विचारयोग्य मान्नुपर्छ
(सुनील पोखरेल) । त्यही साल उनकै ऊ कसको हो ? र वि.सं २०२५ मा
माया नम्बर ६५३ शीर्षक अर्का दुई कथा प्रकाशित भए । सुनील पोखरेलका
अनुसार नेपाली विज्ञान कथाको पहिलो चरणमा लामिछानेपछि अन्तिम भोज
(२०२०), प्रवेश निषिद्ध देश (२०२१), इन्जिनियरको टाउको (२०२५) शीर्षक
कथा लिएर विजय मल्ल देखा परे । तर यी कथा आधुनिक विज्ञान कथाको
परिभाषाभित्र कत्तिको खरो उत्रन्छन् त्यो थप अध्ययनको विषय बन्न सक्छ ।
अधिकारीका अनुसार त्यसपछिका अवधिमा तुलसीराम कुँवर (नेटोपारी,२०३१),
कविताराम श्रेष्ठ (यान्त्रिक यन्त्रणा, २०३६, गिनी पिग र अश्वत्थामा उवाच,
२०३७), रमेश विकल (विक्रम र नौलो ग्रह, २०३९), सरुभक्त (एक अभिनवको
आत्मकथा, २०४४) आदिको योगदान रह्यो । यसरी नै दोस्रो चरणमा पनि
पहिलो चरणका कविताराम, सरुभक्तः, रमेश विकलका साथै गोरखबहादुर
सिंह, विजय चालिसे, आमोददेव भट्टराई, रमेश खनाल, मदनमणि दीक्षित,
महेशविक्रम शाह,, गोविन्दप्रसाद कुसुम, इन्दिरा प्रसाई देखिन्छन् ।
नेपाली आख्यान साहित्यभित्र आधुनिक दृष्टिमा विज्ञान कथाको परिभाषामा
पूर्ण समाहित हुने विज्ञान साहित्य निकै कम लेखिएका छन् । डा. इशान
द्धट विजय चालिसे विज्ञानको कैदी द्धठ
गौतमको “केही नेपाली विज्ञान आख्यानमा पनि यसै गरी, अझ योभन्दा
बढी हुर्मत लिइएको अनि विज्ञानले मान्दै नमान्ने प्रेतात्माको प्रसङ्गलाई
जानी–नजानी बलजती विज्ञान आख्यानमा राख्ने प्रयास नभएको होइन ।
विज्ञानमा बलजती चल्दैन अनि विज्ञान आख्यानमा वास्तविकताभन्दा बाहिरका
अतिरञ्जनापूर्ण वर्णन पनि गरिनु हुँदैन ।” डा. गौतमको सङ्केत पनि उतैतर्फ
लक्षित देखिन्छ । विश्वव्यापी रूचिको विषय रहँदै आएको भए पनि नेपाली
वाङ्मयमा विज्ञान कथा लेखक र विज्ञान कथा दुबैको सङ्ख्या अत्यन्त कम
देखिन्छ । तिनका बारेको चर्चा पनि हुने गरेको त्यति देखिँदैन ।
सहयोगी सामग्री
१. आसिमोभ, आइज्याक, आसिमोभ अन साइन्स फिक्सन, १९८१, डबल डे
एन्ड कम्पनी ।
२. इन्साइक्लोपिडिया ब्रिटानिका २००४ संस्करण र अनलाइन संस्करण ।
३. एन्कार्टा अनलाइन इन्साइक्लोपिडिया, माइक्रोसफ्ट, २००६ ।
४. एल्डिस, रियान डब्लु. र डेभिड हरग्रोभ, ट्रिलियन यर स्प्री १९८६ एन्थेनियम ।
५. किङस् ल े एमिस, न्य ु म्याप अफ हले १९६०, हाकार्टे र्, बस्रे एन्ड कपं नी, लन्डन, ।
६. गौतम, ईशान, विज्ञान आख्यानको पुनव्र्याख्या जरुरी, राजधानी २०६७ फागुन ८ ।
७. चालिसे, विजय, विज्ञान कथा र नेपाली विज्ञान कथा अध्ययनको
आवश्यकता, दायित्व ५०) ।
८. बाल फोंकडेले बिता हुआ भविष्य २००६, नेसनल बुक ट्रस्ट, दिल्ली ।
९. मोहनराज शर्मा, गिरीषबल्लभ जोशीको वीरचरित्र र नेपाली उपन्यासको
सय वर्ष, कार्यपत्र, पृ. ११)
१०. रोबर्ट ए. हेइनलेन; साइन्सफिक्सनः इट्स नेचर, फल्ट्स एन्ड भच्र्युज,
एडभेन्ट, सिकागोः १९६९ ।
११. वेस्टफाल, वेस्ट (सं.), द ग्रिनउड इन्साक्लोपिडिया अफ साइन्सफिक्सनः
थिम्स, वर्क एन्ड वन्डर्स २००५, ग्रिनउड प्रेस ।
१२. सुनील पोखरेल, नेपाली विज्ञान कथा सङ्ग्रह २०६७, साझा प्रकाशन ।
२०७० भदौ ७
विजयनिवास, आरुबारी

Friday, July 4, 2014

भानुभक्तीय नेपाली भाषा — विजय चालिसे

(भानु द्विशतवार्षिकीका अवसरमा भानुप्रति श्रद्धाञ्जलीस्वरूप गोरखापत्रदैनिकमा २०३८ असार २७ गतेको अङ्कमा प्रकशित यो पुरानो लेख नवउ्रज्ञापन–६४ को भानुभक्त विशेषाङ्क वैशाख–असार २०७१ मा पुनः संपादन भई प्रकाशित भएको हो )

    आदिकवि भानुभक्त आचार्य नेपाली भाषाको उत्तर मध्यकालीन प्रतिनिधि कवि हुन् भने महाकवि देवकोटा आधुनिक कालका प्रतिनिधि कवि हुन् । भानुभक्तका साहित्यले नेपाली भाषाको प्रसारमा जसरी महत्वपूर्ण योगदान दिएको छ, त्यसरी नै महाकवि देवकोटाका साहित्यले साहित्य र भाषाको भावपक्ष, शब्द भण्डार र मौलिकता जस्ता कुराहरुको विकासमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । त्यसैले पनि आदिकवि आचार्य र महाकवि देवकोटा दुबै महारथीलाई नेपाली भाषा र साहित्यका युग निर्माता र प्रतिनिधि कवि भत्र हिचकिचाउनु पर्ने देखिंदैन ।
    भानुभक्तकालीन भाषा मध्यकालीन नेपाली भाषाको परिष्कृत रूप हो । आजसम्म पाइएका प्राचीन पद्य सुवानन्ददासको पृथ्वीनारायण शीर्षक कविता र प्राचीन गद्यको रूप जुम्लाको कनकपत्र र ताम्रपत्र (१३९३ पुष्पमल्ल) मानिएको छ । यी प्राचीन भाषाहरु देखि भानुभक्त पूर्वका भाषाहरु सम्म हेर्दा पनि नेपाली भाषाले परिष्कृत र परिमार्जित रूप लिइसकेको पाइँदैन । हुन त कुनै एक कालखण्डमा पुग्दा परिष्कृत भाषा अर्को कालखण्डमा अपरिष्कृत हुन पुग्छ । परिष्कृत र परिमार्जन भाषाको निरन्तर चल्ने प्रकृया हो । तर पनि त्यतिखेरका भाषाहरुलाई भानुभक्तका भाषासँग भिडाएर हेर्ने हो भने त्यसमा चाहिं निश्चय नै फरक पाइन्छ, परिष्कार पाइन्छ । त्यसैले भानुभक्तको भाषिक र साहित्यिक प्रयोगमा आएर मात्र नेपाली भाषाले अझ परिष्कत र शुद्ध रूप लिएको छ भत्रे आँट गर्न सकिन्छ ।
    यस सम्बन्धमा विद्वान आचार्यहरुबाट छलफल नभएको पनि होइन । पारसमणि प्रधानले भानुभक्त ग्रन्थावली २००९ मा भत्रुभएको —‘‘नेपाली भाषाको शुद्ध रूपको जग बसाल्ने आदि कवि भानुभक्त आचार्य” हुनभत्रे भनाइप्रति प्रसिद्ध विद्वान भाषाविद् डा. बालकृष्ण पोखरेलले विभित्र प्रश्न र तर्कहरु पनि उठाउनुभएको छ ।
    डा. पोखरेलको भनाइमा, ‘‘शुद्ध के हो भत्रे निरूपण नगरी र उनीहरुभन्दा अगाडिको भाषालाई राम्रो अध्ययन नगरी शुद्ध भाषाको जनक भत्र मिल्दैन । त्यसैले भानुभक्तले अशुद्ध परम्परालाई टुङ्ग्याएर शुद्ध भाषा स्थापित गरेका हुन् भत्र सकिंदैन । तब उनले परिष्कृत नेपाली भाषाको प्रचलन गरे कसरी भत्रे ?”
    “त्यस्तै भानुभक्तले उनको भाषामा मौलिक प्रयोग नगरेर खसहरु सुदूर पश्चिममा छँदातकका मध्यकालीन प्रयोग थिया, भया, गया जस्ता भाषालाई थिए, गए, भए आदिको साटोमा प्रयोग गरेको पाइन्छ जुन प्रयोग र यी मध्यकालीन लक्षयण अझ पनि सुदूर पश्चिमका गाउँहरुका साथै पूर्वी नेपालका राइलिम्बु समाजमा फाट्टफुट्ट देखिन्छन्” भत्रे तर्क दिंदै डा. पोखरेल भानुभक्त मध्यकालीन टाँसोबाट फुत्किन सकेका छैनन् भत्रुहुन्छ । उहाँको भनाइमा “यसैकारण जुन तर्कले पारसमणिज्यूले भानुभक्तलाई शुद्ध भाषाको प्रयोक्ता सिद्ध गर्नुहुन्छ त्यही तर्क र प्रमाणले प्राग्भानुभक्तकालीन केही अन्य लेखक कविहरु पनि शुद्ध ठहरिने छन् ।”
    विद्वान भाषाशास्त्री डा. पोखरेलको भनाइलाई नत सोह्रै आना सही थाप्न सकिन्छ न त सोह्रै आना बेठीक भत्र सकिन्छ । तर के चाहिं भन्दा त्यति आपत्ति नहोला भने प्राग्भानुभक्तकालीन नेपाली भाषामा सग्लो नेपाली रूप भन्दा विभित्र भाषा र भाषिकाको सम्मिश्रण बढी देखिने हुँदा भानुभक्त कालीन नेपाली भाषासँग पूर्ण रूपमा साम्यता शायद राख्न सत्तैmन । यसैले यहाँ भानुभक्तकालीन नेपाली भाषालाई त्यति बेलाको परिवेशमा परिष्कृत भाषा भत्रे धृष्टता गरिएको हो ।
    बडामहाराजाधिराज पृथ्वीनारायण शाहको समयदेखि नै नेपाली भाषालाई एकरुपता दिने र परिष्कृत गर्ने प्रयास भए तापनि त्यति बेलाको नेपाली भाषा हिन्दी र त्यसमा अन्य भाषिकाद्वारा ज्यादै प्रभावित देखिन्छ । उदाहरणको लागि सुवानन्ददासको पृथ्वीनारायण शीर्षक कविता, कवि पत्ता नलागेको (?) सांढ््याको कविता तथा स्वयं पृथ्वीनारायण शाहको गोरखानाथ भजन र महावाणीहरु हेर्न सकिन्छ । यी दुई कविताका छोटो उदाहरण हेरौं –

मध्य      पाठन बोलिके कौन्या
रूप         कौन्या     भाति,
कौनया      आयो  आदमिहै ः
कहिये     जो  गंगा  पुनि...

(‘पृथ्वीनारायण’बाट   बुईंगल)
ण्ण्ण्
तिल्क्या मान्हौं झिल्क्या जुद्धा–
माहाँ जैसे   बिजुली झल्क्या,
यिनीमहाँ    बहुत   पल्क्या
                                        वैसे तिलक्या ।

(‘साँढ्याको कवित्त’ बाट बुईंगल )

    त्यसैगरी तत्कालीन नेपालीको गद्यको भाषातर्पm पनि विशुद्ध रूप पाउन सकित्र भत्र सकिन्छ । यसको उदाहरणका लागि पृथ्वीनारायण शाहकै दिब्य उपदेशलाई अघि सार्न सकिन्छ । अन्य उदाहरण हेर्ने हो भने कवि गुमानीको कविता हेर्न सकिन्छ—
    अटाका अण चालिया खस
    खसा रोटा बडा बाकला
    फात्तो भट्ट गुरूँस औं गहतको
    डुल्का बिना लूणका ।
    कालो साग जिनो बिना
    भुटणको पिण्डालुको नौलका
    ज्यौं त्यौं पेट भरी अकाल
    काटने गङ्गाबली रौणिका ।

                    (बुईंगलबाट‘)

    यहाँसम्म मात्र होइन यसपछिका कविले पनि नेपाली भाषाको विशुद्ध रूपको प्रयोग गरेको पाइँदैन । उदाहरणको लागि शक्तिवल्लभ अज्र्यालका कविताहरु हेर्न सकिन्छ । पोखरेलजीले देखाउनु भएको सम्भावना र उठाउनुभएको प्रश्न अनुसार एक दुई कविहरुले शुद्ध रूपको प्रयोग गरी संस्कृतमय भाषा हटाउने आशय व्यक्त गर्दै नेपाली भाषाको सम्बन्धमा वकालत गर्न तम्सिए पनि (द«ष्टब्य ः भाषा हो भनी हेलना जति गरून शब्दार्थ जान्याहरु । योगयाभ्यास नभै रहस्य मिलनु कष्टै छ शब्दार्थले ) (दैवज्ञ केशरी गोरक्षा् योगशास्त्र ।) पूर्ण रूपमा नेपाली भाषाको शुद्ध प्रतिष्ठान हुन सकेको थिएन ।
    यस प्रसंगमा डा. पोखरेलकै भनाइ अनुसार ‘‘भानुले नेपाली भाषालाई संस्कृतको थिचोमिचोबाट मुक्त्याएर विकसित तुल्याउने प्रेरणा आफ्ना पूर्वजहरुबाट प्राप्त गरेकै रहेछन् भने पनि वास्तविक रूपमा संस्कृत र हिन्दीका अनावश्यक प्रभावहरुलाई हटाएर विशुद्ध (प्रायश ः) पूर्वी नेपाली भाषालाई अंगालेर प्रचलनमा ल्याउने श्रेय त अवश्य नै भानुभक्तलाई नै छ, भलै पे्ररणा उनले आफ्ना पूर्वजहरुबाट प्राप्त गरेका होउन् ।”
    भानुभक्तको पालामा नेपाली भाषामा व्याकरण थिएन, मुख्य आधार नै बोलिचालीको भाषा अनुशासन थियो । भानुभक्तले पनि तत्सम संस्कृत र कतिपय हिन्दी शब्दहरुको प्रयोग गरेको नपाइने होइन तर उनले ती शब्दहरुको कुशलतापूर्वक नेपालीकरण गरेका छन् । जसले गर्दा त्यो प्रयोग सामान्य नेपाली जन जिब्रोले आफ्नै शब्द भैंm ग्रहण गर्न सकेको छ । हिन्दीबाट नेपालीमा तद्भवको रूपमा उनले प्रयोग गरेका ‘कह््या’ जस्ता शब्दहरु उदाहरणको रूपमा हेर्न सकिन्छ जुन शब्द हाम्रो नेपाली भाषामा स्वाभाविक रूपमा बोलिन्छ । यी प्रयोगहरु उनको सचेत प्रयोग नभएर बोलिचालीको भाषालाई अँगालेको हुन सक्छ ।
    कठिनबाट सरलतर्पm जाने भाषाको सामान्य प्रवृत्ति अनुसार नै पनि भानुभक्तको भाषाले सरलता अपनाएको पाइन्छ । प्राग्नुभक्तकालीन कविहरुको जस्तो पाण्डित्यपूर्ण भाषाको प्रयोग उनले कवितामा गरेनन् । बरू उनले सबै नेपालीहरुले सरल रूपमा बुझ्न सक्ने भाषाको प्रयोग गरे । जसले गर्दा उनको भाषा जनजीवनमा सजिलैसँग संप्रेषणीय बन्यो, सामान्य जनताबाट अलग्गिएन । शायद यही बोलिचालीको भाषालाई आफ्नो काव्यभाषा बनाउँदा उनले बढी हलन्तका प्रयोग गरेका हुन् सक्छन् । कतिपय तत्सम शब्दहरुलाई पनि यिनले हलन्त बनाएर शब्दको नेपालीकरण गर्ने प्रयास् गरेका छन् । यहाँसम्म कि अच् इ, उ को पनि खुट्टा काट्न उनी पछि हटेनन् । उदाहरणको लागि यस किसिमको हलन्त प्रयोग रामायणको  पहिलै श्लोकमा पाउँदछौं, जस्तो— एक्, दिन्, सत्यलोक्, हित् आदि ।
    अर्को कुरा कतै कतै भानुभक्तको भाषामा प्रशस्त संस्कृत शब्द देखिए तापनि कसैलाई बुझ्न गाह्रो पर्दैन जस्तो— “अत्रीको आश्रमैमा बसी रघुपतिले प्रेमले दिन् बिताई ।” यहाँ पाँच शब्द तत्सम संस्कृत र दुई मात्र नेपाली शब्द लेखिए पनि यो बुझ्न कसैलाई गाह्रो पर्दैन, त्यसैले यो क्लिष्ट छैन । यसैगरी आधा संस्कृत र आधा नेपाली शब्दहरुको  प्रयोग भएर पनि पूरै मात्रामा नेपालीपन पाइने प्रयोग भानुभक्तको  अर्को विशेषता हो जस्तो—
    ‘‘एकान्तस्थलमा सितापति थिया सीता हजूरमा रही ।”
    यसरी भानुभक्तले नेपाली भाषामा संस्कृतको प्रभाव पचाएर प्रयोग गरेका मात्र होइनन् विशुद्ध नेपाली भाषा र शैलीको पनि महत्वपूर्ण प्रयोग गरेका छन्, पर्याप्त मात्रामा । जस्तो—
    सुग्रीव हो कुन साख् म हूँ कुन कुसाख्— आदि ।
    यसरी हेर्दा भानुभक्तीय साहित्यमा नेपाली भाषाको श्रीवृद्धि  गर्ने काममा भानुभक्तमा तलका विशेषताहरु पाइन्छन् भत्र सकिन्छ

१    संस्कृतका ज्ञाता भएरपनि संस्कृत व्याकरणको प्रयोग नगरी अलिखित प्राकृत—नेपाली     व्याकरणको प्रयोग गर्नु ।
२    संस्कृत तत्सम शब्द र हिन्दी उर्दू शब्दहरुको हलन्त र अन्त्य प्रयोगद्वारा नेपालीकरणको प्रयोग     गर्नु ।
३    छन्द मिलाउनको लागि मात्रैै सधैं हलन्त उच्चारण हुने होस्, गर्छन् जस्ता क्रियाको अजन्त र अकारान्तलाई ऐकारान्त बनाएर जवर्जस्ती प्रयोग नगर्नु, जुन केही अरू कविले गरेको पाइन्छ ।
४    पूर्वी नेपाली भाषालाई अँगालेर विशुद्ध नेपाली शब्दहरुको प्रयोग गर्नु ।
५    संस्कृतका ज्ञाता भएर पनि (यसमा विवाद भएको पाइन्छ) पाण्डित्य प्रदर्शन गर्नपट्टि नलागी     सामान्य जनताले बुझ्ने साहित्यको श्रीगणेश गर्नु ।   

असल मित्र, सशक्त सर्जक –विजय चालिसे

(ज्ञानगुनका कुरा–१८४, अमरकुमार प्रधान अङ्क–१ मा प्रकाशित संस्मरणत्मक लेख)

(अमरकुमार प्रधान, अमर प्रधान, ज्ञानेन्द्र ! यी तीनै नामले परिचित छन् मित्र अमर । आज छत्तीस वर्ष बितेछ हामी तीन मित्र अर्थात “त्रिविध” बीचको गाढा मित्रताको ।
त्रिविध अर्थात हामी तीन अभिन्न मित्र ! हाम्रा आनीबानी र स्वभाव अलग छन्, धेरै कुुरामा समान छैनौं हामी । अर्थात् स्वभाव र आनीबानीमा पनि त्रिविध नै छौं हामी, एक अर्कासँग नमिल्ने । तेज कसैलाई भनी नबिज्याउने, आफू पनि अरुका कुरा हाँसरै उडाइदिने ! उमेरले हामी दुईभन्दा केही केही वर्ष मात्र जेठो भए पनि तेजमा अभिभावकत्वको जिम्मेवारीबोध भरपुर छ । कतै जाँदा होस्, कुनै कार्यक्रमको आयोजना गर्दा होस् तेज साथ छन् भने निश्चिन्त भए हुन्छ– सबै कुराको व्यवस्था दुरुस्त हुन्छ । अत्यन्त मिलनसार छन् तेज, सानादेखि ठूलासम्म सबैसँग मिल्नसक्ने । अमर, अल्पभाषी र सहनशील छन्, हामीभन्दा अलि बढी अन्तरमुखी । त्यसैले कहिले काहीँ उनी सँगै भएर पनि हामीसँग हँुदैनन् । सँधै चिन्तनशील रहने अमर प्राय आफैंमा हराइरहेको देखिन्छन्, कल्पना जगतकै विचरण हराइरहे झैं । म भने दुवैभन्दा विपरित स्वभावको– झडङ्ग रिसाउने, तत्काल प्रतिक्रिया जनाइहाल्ने ।
वयक्रममा हामी दुइभन्दा कान्छो छन् अमर । उमेरमा अगाडि रहेको तेज हामी दुइको मित्र मात्र नभएर जिम्मेवार अभिभावकको समेत स्थान राख्छन्  । साँच्चि नै उनको साथ रहँदा अभिभावकत्वको दरिलो छायाँ महसुस गर्छुु म । वयक्रममा सबैभन्दा कान्छो अमर हामी दुवैभन्दा अल्पभाषी छन् र सोेचेर मात्रै बोल्छन् । तेज अत्यन्त शीतल मनको छन् । सबै उमेर समूहका, सबै पुस्ताका सँग पनि उस्तै भएर घुलमिल गर्नसक्ने अत्यन्त मिलनसार । हामी तीनमध्ये कमजोरी मेरै धेरै छन्– प्राय तुरुन्तै अलि बढी रियाक्सनमा आउने र झडङ्ग रिसाउने । अनि हतपत आफूलाई ठीक नलागेको कुरामा सम्झौता नगर्ने अडियल स्वभाव । हो यी मेरा कमजोरी हुन् र मलाई आफ्ना कमजोरी स्वीकार्नमा कुनै सङ्कोच पनि छैन । थाहा भएर पनि हटाउन नसकेका यिनै मेरा कमजोरीका कारण मेरा ज्यादै थोरैसँग मात्र अभिन्न मित्रता रहेको छ र मित्रताले प्राय लामो समय पार गर्न सकेको छैन । यो यथार्थ हो । यस यथार्थ बीचमा पनि हामी तीन बीचको मित्रताले भने सबै प्रकारका अग्निपरीक्षा पार गर्दै तेस्रो दशको पनि उत्तरार्धतिर फड्को मार्दै छ । मित्रताको यो लामो यात्रा तय गर्नमा आजसम्म कुनै पनि कमजोरी व्यवधान बन्न पाएन, र मलाई विश्वास छ भविष्यमा पनि बन्दैन । यसो हुनुमा भूमिका भने यिनै दुई मित्रको छ मेरो होइन ।
हो, हामी बीच अमर उमेरमा सबैभन्दा कनिष्ठ अमर छन् । उमेरमा हामी भन्दा कम भए पनि सङ्ख्यालाई छाडेर गुणमा भने जेठा छन् अमर हामीभन्द, सबैभन्दा जेठो तेजकै समकक्षी ! अमर अलि अल्छी छन् लेखनमा, हतपत्ति जाँगर नचलाउने । यही अवगुण (गुण ?) कै कारण धेरैतिर छरिएका छैनन् अमर तेज र मजस्तो । छरिने कुरामा त तेजभन्दा पनि बढी छरिएको छु म र त्यसको असर मेरो लेखनको मूल क्षेत्र वा विधा आख्यानमा पनि परेको छ । यस यथार्थबाट अनभिज्ञ पनि छैन म । यही धेरैतिर छरिनुबाट बचेरै अमरले आफूलाई केन्द्रित गरेका छन् कथा र समालोचनामा र नै उनी बढी सफल पनि छन् आफ्ना सृजनामा । त्यसैले साहै्र कम लेखेर पनि साह्रै सुन्दर कथानक र प्रतीकात्मक अभिव्यक्तिका विशेषताले पूर्ण सृजना दिएका छन् अमरले !
    “चित्रः बुद्धको (आँखा, प्रवेशाङ्क २०२६)” शीर्षक कथाबाट नेपाली साहित्यको श्रीवृद्धिमा पाइलो सारेका अमर मूलतः स्रष्टा र र त्यसपछि मात्र द्रष्टाको व्यक्तित्वमा स्थापित छन् । स्रष्टा अमर कथा र निबन्ध विधाको सृजनामा बढी केन्द्रित रहेका छन् । त्यसपछि मात्र उनको द्रष्टा व्यक्तित्व परिचित छ समालोचनाको क्षेत्रमा । लेखनलाई अत्यन्त गम्भीर रूपमा लिने अमरका समालोचना पनि गम्भीर छन्– सम्यक दृष्टिकोण र जिम्मेवारीयुक्त । समालोचनाको नाउँमा कुनै गूटलाई उचाल्ने, कुनैलाई पछार्ने गर्दैनन् अमर । न त लाभ हानिको तूलो हेरेर कलम चलाउने अखबारी समालोचकीय प्रवृत्ति र चर्चाकारहरूको मनोवृत्तिबाट प्रभावित छन् उनी । पूर्ण रूपमा मुक्त छन् अमरका समालोचना समकालीन अखबारी चर्चाकारको यस्तै प्रवृत्तिबाट ! त्यसैले अमरको समालोचकीय व्यक्तित्व आफैंमा सशक्त छ, ।
यति भएर पनि मूलतः अमर समालोचक होइन कथाकार नै हो । समकालीन नेपाली कथालेखनमा बिम्ब, प्रतीकलाई काव्यमाजस्तै खेलाएर नेपाली समाजका प्रवृत्ति, यथार्थ र सांस्कृतिक विशेषताका साथै तिनमा निहित विकृतिको अत्यन्त प्रभावकारी रूपमा साङ्केतिक तथा सुन्दर कलापूर्ण आख्यान सर्जकमा टडकारो देखिने प्रतिनिधि कथासर्जक हुन् अमर । हो, “प्रधान प्रतीक लिएरै आउँछन् र त्यो प्रतीकको चाखलाग्दो रचनाले लोभ्याएरै छाड्छन् (कृष्ण गौतम, तीन लेखकः त्रिविध साहित्यिक साइकोथेरापीको एक अनमोल योजना, मिर्मिरे २०४५ ।)” आफ्ना कथामा । “कथानक प्रस्तुतीको वैशिष्टय्मा त अमर अब्बल नै छन् (मोहनराज शर्मा, छोटो हेराइमा त्रिविध, २०४२) ।”
अमर प्राय लोकथा, किम्वदन्ती र सांस्कृतिक आधारमा कुशलतापूर्वक कथाहरू बुन्ने गर्छन् र यसो गर्दा पनि उनी आधुनिक समाजको विश्लेणात्मक चित्र खिच्दै यसले समाजमा केकस्तो प्रभाव परेको छ भन्ने सफल चित्रात्मक बिम्ब निर्माण गर्छन् । यो प्रयोग अमरको सर्वाधिक सफल प्रयोग लाग्छ मलाई । “अमरको कथाको आधार लोककथा र किम्बदन्ती भए पनि त्यसले समाजमा केकस्तो प्रभाव पारेको छ, राम्ररी चित्रण गर्छन् र आफ्नो सुझबुझ र सामाजिकताका आधारमा राम्रो चिन्तन पनि प्रस्तुत गर्छन् (घटराज भट्टराई, त्रिविधका तीन कथनकार, प्रवेश साप्ताहिक २०४५ असोज ९)” भन्ने भनाइले पनि पुष्टी गर्छ सायद मेरो यो धारणा । हुन पनि लोकथा, किम्वदन्ती र सांस्कृतिक आधार लिएर अमरका कथाले सामाजिक जनजीवनका कारुणिक, विसंगत र धार्मिक कुकृत्यपूर्ण क्रियाकलापहरूको राम्रो चित्रण गरेका छन् आञ्चलिकताको स्वाददिने गरी । राजेन्द्र सुवेदीबाट अत्यन्त दरिलोसँग मूल्याङ्किित हुनपुगेको छ अमरको यो पक्ष–  “आज समाज र जीवनका बीचमा देखिन लागेका र भोग्न कठिन परिरहेको स्वाभापवक जटिलता भित्र रहने मानवीय अस्तित्वका निम्ति जन्मेका संघर्षहरू कथामा सजीवता साथ उत्रनु आजको स्वाधाविक जीवनवृत्तको चित्रण हो । प्रधानका कथा रचनात्मक आयतनमा छोटा भएर पनि मूल्य प्रतिपादनमा अत्यन्त सचेत र प्रखर देखिन्छन् (राजेन्द्र सुवेदी, संक्षिप्त सर्वेक्षणः त्रिविधभित्रका कथाहरू, रचना २४, वैशाख जेठ २०४५ )।
हुन पनि अमरका कथामा प्रेम, वियोग र संयोगका सुन्दर विविध आयाम र पक्ष मात्र होइन, समाजका सबैप्रकारका चरित्र र प्रवृत्तिहरूको विश्लेण पनि प्रभावकारी रूपमा भएको छ । आदिम आवेग, संस्मरणात्मकता, सांस्कृतिक सुगन्ध अमरका कथामा जताततै पाइन्छ । अमरका कथासंसारले सरल स्वभावका मानिसको कमजोरीबाट लाभ लिने सीमित र समाजमा हैकम चलाउने दुष्कर चरित्रहरूको सशक्त रूपले जीवन्त चित्रण गरेका छन् । सामाजिक मूल्यहीनता र विसङगतिलाई अमरले चरित्र र कथोपकथनका माध्यमबाट बडो प्रभावकारी रूपमा उद्घाटित गरेका छन् । कथाशील्पमा त अमर अमर नै हुन् ।
    कथा लेखन र प्रकाशन दुवै कुरामा अमर त्यतिबिन उत्साह भने देखाउँदैनन् । त्यसैले उनको कथा सृजनाको पाँच दशकभित्र तीन दर्जन जति मात्र कथा प्रकाशित भएका देखिन्छन् । अमरको पहिलो कथा “चित्रबुद्ध (२०२६)” थियो र त्यसपछिको लगभग पाँचदशकमा प्रकाशित पछिल्लो कथा “नयाँ नेपाल (२०६८)” सम्म आइपुग्दा ३१ वटा कथा प्रकाशित भएका छन् । यी सबै कथा हामी तीनै भाइको छ÷छ वटा कथा सङ्गृहीत संयुक्त सङ्ग्रह “त्रिविध (२०४२)”, “शान्ति कान्ति (२०५४)” र अमरका कथाहरू (२०६९) भित्र समेटिएका छन् । यी कथामध्ये त्रिविधि भित्र छ वटा रहेका छन्, शान्ति कान्तिभित्र २६ । ती दुइ सङ्ग्रहका २६ कथाका अतिरिक्त थप पाँच वटा नयाँ नेपाल, चन्द्रमाको कथा, एकादशी, देवी र बच्चाचोर गरी पाँचवटा कथा थपिएर ३१ पुगेका छन् “अमरका कथाहरूभित्र । यसरी यो पछिल्लो सङ्ग्रह अमरका समग्रकथा सङ्ग्रहका रूपमा प्रकाशनमा आएको छ, एकै सङग्रहमा ंसबै कथा एकै थलोमा पढ्न पाइनेगरी ! कथाका अतिरिक्त अमरका अनौठो कलम शीर्षक (सहलेखन) र कस्तो राम्रो चङ्गा शीर्षक दुई बालकथा र हाम्रो लोककथा शीर्षकमा बाललोककथा संग्रह प्रकाशित भएका छन् ।  
    हो अमर लेखनमा त्यति छरिएका छैनन् । तर उनको बहुमुखी प्रतिभाले भने हर क्षेत्रमा प्रष्टसँग आफ्नो उपस्थिति देखाएकोछ । एक समय अमर नाटक मञ्चनमा पनि रुचि राख्दथे । त्यसैले वि.सं. २०२८–२०३८ को दकमा तीनवटा नाटकको रुपान्तरण, लेखन र मञ्चन गर्न समेत भ्याएका थिए उनले । तर विभिन्न कालखण्डमा उनले तयार गरेका  ती नाट्यकृति प्रकाशनमा नआएकाले पढन् पाउने अवसरबाट भने हामी वञ्चित रहेका छौं । कतै सरक्षित छन् भने बसाइँ उपन्यासको नाट्य रूपान्तरण, कृष्ण सुदामा र परिवर्तित मान्यताहरू शीर्षक ती कृतिहरू ढिलोचभाँडो पाठकसमक्ष आउने आशा गर्न सकिन्छ ।
    अमरको व्यत्तित्वको अर्को पाटो सम्पादन हो र साहित्यक पत्रकारिताका क्षेत्रमा उनको राम्रो योगदान देखिन्छ । २०२६ देखि नै प्रकाशनमा आएको आँखा पत्रिकाले नियमित साहित्यिक पत्रिका नभएर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिमा महत्वपूर्ण योग दान गर्दै आएको छ । यसको सफलता र योगदानमा अमरको सम्पादन क्षमता र योगदान शीर्षमा रहेको छ भन्दा अतिशयोक्ति नहोला । त्यसपछि नेपाली साहित्यमा वि.सं. २०३९ देखि २०४७ सम्म निरन्तर प्रकाशित भएको साँ–ग्रिला साहित्यिक त्रैमासिकको सम्पादन–प्रकाशन अमरको सहयोग र सक्रिय संलग्नता बिना सम्भव थिएन । साँ–ग्रिला हामी तीन मित्रको संयुक्त सम्पादन र प्रकाशनमा प्रकाशित साहित्यक पत्रिका थियो । यी बाहेक पनि हलचल, जिज्ञासा, द्वल्खा गुठी स्मारिका, भीमेश्वर मन्दिर जीर्योद्धार स्मारिका, दोलखा विकास मञ्चस्मारिका, भीमेश्वर उच्च माध्यमिक विद्यालय रजतजयन्ती स्मारिका, सिाचाइ गतिविधि, जलश्रोत मन्त्रालय परिचय पुस्तिकाजस्ता निकै स्मारिका र आवधिक प्रकाशनको समपादनमा सक्रिय अमरले डिसास्टर बुलेटिन र डिसास्टर रिभ्यु आदि अङ्ग्रेजी भाषामा तयार गरिएका परिचयपुस्तिकाहरू र बालसाहित्यका पुस्तकको पनि कुशलतापूर्वक सम्पादन गरेका छन् ।  सबै कुरा सम्भव छैन यो छोटो आलेखमा । त्यसैले केही सामान्य चर्चा मात्र हुन् अभिन्न मित्र अमरमा अर्पित यी सीमित शब्दमा उनिएका पुष्पगुच्छा ! 
२०७१ वैशाख १९
विजय निवास, आरुबारी ।