Sunday, April 15, 2012

वनमुसोका जन्ती–विजय चालिसे

(कान्तिपुर कोपिलामा २०६८ चैत ५ गते प्रकाशित)
जगडोलको वनमा आज खुबै रमाइलो थियो । सबै कीराफट्याङ्गाहरू लाम्पुच्छ«े वनमुसोको बिहेमा जन्तीजान ठाँट्टिएर अएका थिए । लाम्पुछ«े मात्र होइन, उसको बाबु लाम्जुँगेको पनि हर्षले भुइँमा खुट्टा थिएन । कोभन्दा को कम भनेजस्तै सबैजना राम्रा राम्रा कपडामा सिङ्गारिएका थिए । उनीहरू विहेघरको परिआएको काम पनि सघाइरहेका थिए ।
ठूलो रुखको टोड्कामा बनेको लाम्पुच्छ«े वनमुसोको घर खुबै सिँगारिएको थियो । चारैतिर रंगीचंगी ध्वजापताका टाँगिएका थिए । वनमाकुरो विहे घर सिँगार्ने काममा खटिएको थियो । उसले आफ्नो भएभरको सिप लाएर घरका चारैतिरि रेसमी ध्वजा टाँग्यो । रंगीचंगी मइनका रेसा निकाल्यो र त्यसबाट ध्वजापताका बनायो । घरमुुनि रुखका चारवटा हाँगामा जालो बुनेर विहेको मण्डप बनायो । जग्गे पनि हेरिरहू जसरी सजाएको थियो ।
“आहा कति राम्ररी सिँगारेको विहे घर र जग्गे !” माकुराको सिप देखेर सबै दङ्ग थिए । 
”हो...त ! पहिला पहिला देख्यो कि ज्यान बचाउनु पथ्र्याे । जालोमा फसाएर हामीजस्तालाई झम्टेर सिकार बनाइहाल्थ्यो । त्यस्तो वनमाकुरो मासु खान छाडे पछि त अहिले अर्कै पो भएको छ त !” मसिनो आवाजमा गुनगुनाउँदै अएको पनि दंग थियो ।
 हुन पनि जगडोल वनका माकुरा र कीराफटङ्ग्रामा पहिलेको जस्तो शत्रुता थिएन । माकुराले मासु खान छाडेकाकाले पहिलेजस्तो जालोमा थाप्दैनथे । अहिले कीराफट्याङ्ग्रा फसाएर शिकार गर्दैनथे । अब जगडोलका माकुराहरू कलिला पात र फलपूmलका रस चुसेर आहारा खान्थे ।
दुलहा लाम्पुच्छ«े वनमुसो टोडकाको घरबाट बिस्तारै बाहिर निस्क्यो । ओठमाथिका पातला लामा जुँगा तह लाउँदै बाबु लाम्जुँगे पनि सँगै आयो । दुलहा लाम्पुच्छ«ेले खाकी रङ्गका मसिना भुवामाथि रेसमी कमिज सुरुवाल लाएको थियो । त्यो कमिज सुरुवाल पनि छिमेकी वनमाकुरोले नै बुनेर उपहार दिएको थियो । गोलो बुट्टैबुट्ला भएको लामो पुच्छरको छेउमा रातो फूल राम्ररी सुहाएको थियो ।
जन्ती जान भनी सबै गाउँले र इस्टमित्र तम्तयार थिए ।
छिमेकी खपटे कछुवाले दुलहालाई पिठ्युँमा बोक्यो । माहुरी र भमरा भुन्भुन्–भूँ भूँ गर्दै बाजा बजाएर अघि लागे । तिनको पछि पछि पोखरी छेउको खस्रे भ्यागुतो टर्र...टर्र मन्त्र पढ्दै थियो । गाइनेकीरा, बारुला र भुसुनाहरू गाउँँदै नाच्दै दुलहाको पछि लागे । गोब्रेकीराले बाटामा चाहिने खाना बोके ।
 लाम्पुच्छ«े वनमुसोको जन्ती जगडोलमुनिको चौर नजिकै झाडी मुसोको घरतिर हिँड्यो । नाच्दै गाएादै हिँडेका जन्तीले गर्दा बाटै रमाइलो थियो । तर आधा बाटो के पुगेका थिए, मुसलधारे पानी वर्यिायो । बाटो ठाडै आरोलो थियो । त्यमाथि रातो माटो । चिप्लो हिलोमाटोमा चिप्लिएर भिरको चिन्डो झैं गुल्टिएला भन्ने डर ! दुलहा नभिजोस् भनेर भ्यागुताले जलुकोको छाता ओढायो । के पर्ला, कसो पर्ला भनेर उसले आफूबस्ने पोखरीबाट कर्कलोको छाता ल्याएको थियो । केहीले कर्कलाको छताले सामान जोगाउन लागे । कोही भिजे, कोही आफूले ल्याएको छाता ओढेर अघि बढे । यसरी लड्पड्दै बल्लतल्ल बनमुसोको जन्ती झाडी मुसेको दुलही घरमा पुग्यो ।
झाडी मुसो ध्वाँसे मुखिया बाहिर जन्ती आएको सुनेर घरबाट निस्क्यो । ऊ जन्तीको स्वागत गर्न भनी नातागोता सहित दुलो बाहिर निस्केको थियो । घर बाक्लो झाडीको मुन्तिर दुलो भित्र थियो । घर बाहिरको चौरमा निस्कन सुरुङ खनेर बनाएको बाटो हुँदै निस्कनु पथ्र्यो । त्यसैले बाहिर पानी परेको पनि उसललाई पत्तै भएन ।
झाडी मुसोले चौरमा टाँगेको पालबाट पानी चुहिएर जन्ती बस्नै नहुने भएको देख्यो । जन्ती बस्ने ठाउँ भिजेर हिलाम्मे थियो । टाँगेको ध्वजापताका सबै च्यातिएका थिए । सिँगारेर बनाएको जन्ती बस्ने ठाउँ लथालिङ्ग थियो । त्यसरी सिंगारिएको चौर अहिले बाढीले बगाएको बस्तीजस्तै देखिन्थ्यो । 
दुलहीको बाबु ध्वाँसे वनमुसो पनि नयाँ लुगामा ठाँट्टिएको थियो । जिउमा टम्म मिलेको दौरा सुरुवाल, टाउकोमा सेतो फेटा, कम्मरमा सफेद पटुका । पटुकामा भिरेको दापसहितको खुकुरी ! तर बाहिर जन्ती राख्न सिँगारेको ठाउँको हालत देखेर ऊ रुन मात्रै सकेको थिएन– जग्गेको त सर्वनाशै गरिहालेछ नि झरीले !
“त्यै त...किन आजै पर्नुप¥या नि यो असत्ती झरी पनि !” साथैै निस्केकी दुलहीकी आमा टिकीझाडी मुसी उत्तिकै दिक्क थिइ ।   
बस्ने व्यवस्था नदेखेर कतै जन्तीहरू रिसाउने त होइनन ? दुवैजना यही सोचेर आत्तिएका थिए । बस्ने ठाउँको समेत व्यवस्था नभएको भन्दै दुलही बिना नै जन्ती फक्र्यो भने ? कसरी मुख देखाउने गाउँ छिमेकलाई ? के होला छोरीको भविष्य ? 
ध्वाँस झाडी मुसोले हात जोर्दै बिन्तीभाउ गरेर भन्योे– पानीले बाहिर बस्न देलाजस्तो छैन । के गर्ने होला ला अब, भित्र पनि अटिँदैन !
जन्ती भने त्यास्तो हिलोमा पनि रमाउँदै नाचिरहेका थिए । सबै हिलाम्य थिए । कसैको अनुहारसम्मै हिलो लागेको थियो । जुत्तामा हिलो नलाग्ने त कोही नै थिएन । कोही नाच्दा नाच्दै चौरको हिलोमा लड्थ्यो । त्यो देखेर बाँकी हलल्ल हाँस्थे । त्यसरी सबैजना झरीमा निथ्रुक्कै भिजेर पनि हाँसखेल गर्दै रमाइरहेका थिए ।
उता ध्वाँसे भने के गर्ने कसो गर्ने भनेर छट्पटाइरहेको थियो । जन्ती रिसाए भने ?
सम्धीलाई त्यसरी चिन्तित देखेर लाम्जुँगे वनमुसो आफू पनि चिन्तित बन्यो । ऊ मनमनै सोच्दैथियो– “झरीले गर्दा आइलागेको विपत्तिमा सम्धी विचरोको के दोष ? जसलाई पनि पर्न सक्छ नि यस्तो !”
”लौन, के गर्ने होला अब सम्धीज्यू ? जन्ती अट्ने अर्को ठाउँ पनि छैन । साह्रै आपतमा पो परेँ म त !” दुलहीका बाबु ध्वाँसेले रुन्चे स्वरमा भन्यो ।
“चिन्त नगर्नोस्, सम्धीज्यू । अब तपाइँको समस्या, मेरो पनि समस्या हो ! दुलाहालाई लगेर जग्गेको विधि गर्नोस्, जन्तीलाई म बाहिरै अल्मल्याउँछु । यसै उसै सबै भिजिहाल्यौं ।” दुलाहको बाबु लाम्जुँगेले त्यति भनेपछि बल्ल उसका चिन्ता हट्यो ।  
“सम्धीज्यू, धेरै धेरै धन्यवाद । कसरी तिर्ने मैले यो गुन !” सम्धी ध्वासे झाडी मुसो हाथ जोडेर उभिएको थियो ।
“आहा...कति रमाइलो हिले जन्ती, कहिल्यै बिर्सन नसकिने !” जन्तीका सबैजना रमाउँदै नाचिरहेका थिए । हुन पनि उनीहरू यस अघि यस्तो हिले जन्ती कहिल्यै गएका थिएनन् !
२०६८ फागुन २३ ।
रमेश विकल साहित्य प्रंतिष्ठान, आरुबारी ।

 

No comments:

Post a Comment