Monday, August 12, 2013

नेपाली साहित्यको अनुवादमा संस्थागत प्रयत्नको अभाव –विजय चालिसे

(गोरखापत्र २०६१ चैत १५ गतेको स्तम्भ अनैपचारिकमा प्रकाशित रचना अहिले पनि सान्दर्भिक ठानेर पोष्ट गरोके छु । )

केही वर्ष यता नेपाली वाङ्मय र साहित्यको समेत लेखन र प्रकाशन व्यापक तथा  उत्साहजनक रुपमा हुन थालेको छ । शिक्षाको प्रसारसँगै नेपाली समाजमा देखा परेका सामाजिक तथा सांस्कृतिकपरिवर्तनको प्रमुख मध्ये पुस्तक एउटा प्रमुख कारक बनिरहेको छ । तर पनि जुन गतिमा साक्षरता र शिक्षाको प्रसार भएको छ, त्यही गतिमा मानिसमा पढ्ने बानीको विकास भने हुनसकेको देखिएको छैन । क्रयशक्तिको न्युनताका कारण अझै पनि पुस्तक अधिकांश नेपालीका लागि अत्यावश्यक बस्तु नभएर शोखको विषयमैं सीमित रहेको छ । साहित्यले असल सामाजिक परम्ंपरा र संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि यो क्षेत्रलाई राज्यले कहिल्यै अपेक्षित ध्यान दिएको देखिँदैन ।
    प्रकाशन उद्योग निकै फस्टाएको देखिए पनि तिनका प्रमुख आधार पाठ्यक्रमीय प्रकाशन, सहयोगी शैक्षिक सामग्रीका नाउँमा सजिलै परीक्षा उत्तीर्ण गर्ने विज्ञापन सहितका कुञ्जी तथा सस्ता साहित्य र मूल्यहीन रचना बन्ने गरेका छन् । राजधानीका प्राय पुस्तक र अखबार पसल, सडक छेउका पसलहरू तथा सडकमुनि र माथिका प्रत्येक आवागमन मार्गमा बेच्न राखिएका जताततै देखिने यौनजन्य विषयबस्तुका कथित साहित्य र प्रकाशनले माथिको कुराको पुष्टी मात्र गर्दैनन् हाम्रा शहरी युवा र अन्य पाठकको पठन रुचि कतातिर प्रेरित हुँदैछ भन्ने नकारात्मक संकेत समेत गरिरहेको छ । तीब्र गतिमा देखिँदै गएको यो प्रवृत्तिले खराब मुद्राले असललाई धपाएजस्तै राष्ट्रिय मानसिकता, मूल्य, मान्यता र संस्कृतिको संवाहक मानिने मूलधारको साहित्यलाई नराम्ररी प्रभावित गर्ने त होइन भन्ने आशङ्का समेत व्यक्त गरिँदैछ । सस्ता यौन साहित्यमा मात्रै नभएरसाहित्यका नाउँमा लेखिएका केही नेपाली र अङ्ग्रेजी भाषाका आख्यानहरूमा समेत अनावश्यक यौन विषयको समाविष्टीको प्रवृत्ति देखिएको छ । बजार चर्चा पनि प्राय यस्तै साहित्यको बढी हुने गर्दछ । यसरी नै नेपाली लेखनका नाउँमा बाह्य संस्कार र संस्कृतिको प्रभावमा प्रयोगका नाउँमा लेखिएका कतिपय साहित्यले नेपाली मूलधारको साहित्यको आत्मा र सच्चा नेपाली जीवनजगतको प्रतिनिधित्व गर्न सक्लान्र ? यो पनि नेपाली साहित्य जगतमा कहिलेकाहीँ उठ्ने गरेको प्रश्न हो ।
    अमेरिकी तथा युरोपेली संस्कृतिमा रम्ने पश्चिमी रुचिका पाठकका लागि जतिसुकै लोकप्रिय होउन्, विज्ञहरूको धारणामा    भने तिनले नेपाली माटोको सुवास र नेपाली आत्माको प्रतिनिधित्व गर्न सक्दैनन् । मूल्यवान लेखनमा सक्रिय नेपाली माटोको सुवास र नेपाली अनात्माको स्पन्दन बोक्ने साहित्यकारको बाहिरी सम्पर्क, अङ्ग्रेजी र अन्यभाषामा लेख्ने अनुवाद गर्ने भाषिक क्षमता तथा ती काममा संलग्न गुट वा समूहसँग कुनै संपर्क हुँदैन । त्यसैले बाहिरी संसारमा वास्तविक नेपाली साहित्यको प्रतिनिधित्व गर्ने  साहित्यकारको भन्दा बाहिरी सम्पर्क हुनेहरूको पहुँच बढी हुनु स्वभाविक हो । अङ्ग्रेजी र अन्य भाषामा भएको नेपाली साहित्यको अनुवादको अवस्थाले पनि यो कुरा स्पष्ट हुन्छ । यसबाट अन्तराष्ट्रिय भाषा र बजारमा पहुँचका कारण जेजस्ता साहित्य नेपाली साहित्यका नाउँमा बाहिरी भाषामा लेखिँदै छन्, अनुवाद हुँदैछन्, बाहिरी संसारले तिनै लेखक र कृतिलाई नै नेपाली साहित्यको मानक ठान्ने संभावना स्पष्ट देखिँदैछ । विज्ञहरूको यो धारणालाई गलत ठानने अवस्था देखिँदैन । नेपाली समाजभको भन्दा बाह्य संस्कार र संस्कृतिमा रमाउने कलमबाट सिर्जित रचनामा नेपाली समजको सतही    ज्ञानमा आधारित साहित्यले वास्तविक नेपाली साहित्यको प्रतिनिधित्व गर्न सक्दैन, यो सत्य हो ।
बाहिरी जगतलाई नेपाली सभ्यताको सही परिचय दिन पनि नेपाली साहित्य, कला र संस्कृतिलाई ती समक्ष पु¥याउन जरुरी हुन्छ । नेपाली संस्कृतिको सही परिचय दिन विश्व भाषामा नेपाली साहित्यको बढी भन्दा अनुवाद र प्रकाशनको अपरिहार्यता रहने कुरा स्वतः सिद्ध छ । समकालीन विश्वमा विश्व साहित्यको हाराहारीमा पुग्ने नेपाली साहित्यिक कृति पनि सायद हामीसँग नभएका होइनन् । यो परिचय दिने सामथ्र्य राख्ने नेपाली साहित्यकार, कलाकार र संस्कृतिको क्षेत्रमा काम गर्ने नेपाली व्यक्तित्वहरूको पनि सायद उल्लेख्य उपस्थिति रहेको छ । तर यी कृति र योगदानलाई बाह्य संसारसम्म पु¥याउने संस्थागत र राष्ट्रिय प्रयास भने हुन सकेको छैन । यसको अभावमा गर्दा नेपाली साहित्य र संस्कृतिको न्युन परिचय र अझ यताका केही समयमा आएर गलत परिचय बाहिर जाने संभावना बढिरहेको छ । सञ्चारप्रविधिको विकासका कारण नेपाली कलासाहित्यले पनि उल्लेखनीय मात्रामा बाह्य संपर्कको अवसर पाउँदैछ, यो खुसीको कुरा हो । इण्टरनेटका माध्यमबाट नेपाली साहित्यको परिचय दिलाउने अनेकौं वेभसाइट, अङ्ग्रेजी र अन्य भाषामा हुन थालेका नेपाली कृतिहरूको अनुवाद र बाहिरी प्रकाशनहरूले नेपाली साहित्यको प्रकाशनमा देखाउन थालेको रुचिले नेपाली साहित्यको माध्यमबाट नेपाली संस्कृति, जनजीवन र समग्रमा नेपाली राष्ट्रिय सभ्यतालाई बाहिरी संसारमा पु¥याउने तर्फ रामै्र योगदान गर्ने संकेत देखाउँदैछन् । राज्य र राज्यको प्रतिनिधित्व रहेका संस्थागत प्रकाशनहरूले अनुवाद र प्रकाशनको कमलाई उचित महत्व नदिए पनि विभिन्न तहमा भइरहेका यस्ता काम निश्चय नै स्वागतयोग्य काम हुन् । तर यी माध्यमबाट बाह्य संसारमा पु¥याइने सामग्री सही अर्थमा नेपाली साहित्य र संस्कृतिको प्रतिनिधित्व गर्न सक्षम रहून् भन्ने कुरा भने बिर्सन मिल्दैन ।
नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषदको निरन्तरता ठान्ने साझा प्रकाशन र नेपाली कला, साहित्य, संस्कृत र समग्र वाङ्मयको उन्नयन, मानकीकरण र अन्तराष्ट्रिय जगतमा नेपाली साहित्यिक–प्राज्ञिक पचिय दिने दायित्व बोकेर खडा भएको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान अनुवाद र बाह्य संसारमा नेपाली साहित्यको सार्थक उपस्थिति देखाउने दिशामा त्यति उत्साहित देखिएका छैनन् । यिनका माध्यमबाट भएका नेपाली साहित्यका कृतिको अङ्ग्रेजी अनुवादका सङ्खया अत्यन्त सीमित देखिन्छन् ।  प्रतिष्ठानका प्रकाशनमा मुनामदन, प्रल्हाद, अस्वत्थामा, सात सूर्यः एक फन्को, सात नेपाली कवि र आधुनिक नपाली कविता आदि केही कृतिका अङ्ग्रेजी अनुवाद वाहेक खास काम भएको देखिएको छैन । देवकोटाका मुनामदन बाहेकका अन्य कृति बाहिरी संसारमा पु¥याएर नेपाली साहित्यको सार्थक उपस्थिति गराउनु आवश्यक छैन ? के एकेडेमीले बाहिरी संसारलाई चिनाउनु पर्ने कविता क्षेत्र मात्र हो, त्यत्तिकै र अझ त्योभन्दा बढी सशक्त नोपली गद्य र खासगरी आख्यान क्षेत्रको बाह्य पचिय आवश्यक छैन ? यस्ता अनेकौं प्रश्न खडा हुनसक्छन् । साझा प्रकाशले त अनुवाद तर्फ यतिसम्म पनि ध्यान पु¥याउन सकेको देखिँदैन । साझा प्रकाशनकै पछिल्लो सूचीपत्र अनुसार पनि यसले प्रकाशन गरेका अनुवादमा महाकविको मुनामदन, समको मृत्युपछिको अभिव्यञ्जना र सिलेक्टेड स्टोरिज फ्रम नेपाल बाहेक अरु अनुवाद भएको देखिँदैन । मुनामदनलाई दुबै प्रकाशकले आफ्नो प्राथमिकतामा पार्नुको साटो पछिल्लो प्रकाशकले महाकविकै अर्को कुनै प्रसिद्ध कृति छानेको भए एउटा थप कृतिले अनुविादको अवसर पाउँथ्यो भन्ने तर्क पनि अस्वाभाविक होइन । कविता र कथाकाका कथित प्रतिनिधिमूलक अनुवादसंग्रह पनि कति प्रतिनिधिमूलक छन् कति गुटसमूहप्रभावित भन्ने यससम्बन्धमा चलेका विवादले प्रष्ट्याएकै हुन । यसरी जिम्मेवार भनिने संस्थाहरू समेत यस दिशाम उदासीन नै देखिका छन् भन्नु बढी नठहर्ला ।
निजी क्षेत्रका केही अनुवादक र प्रकाशकका तर्फबाट बरु केही प्रयास भएका छन् । डायमण्ड शमशेरको सेतोबाघ, रमेशविकलका प्रतिनिधि कथाहरू, म.वि.वि. शाहको उसैका लागि, मनुजबाबु मिश्रको द ड्रिम एसेम्बल्ड, कञ्चन पुडासैनीको संपादनको द इमर्जिङ भ्वासेज, जीवा लामिछानेको संपादनको सिलेक्टेड नेपाली लिरिकल पोयम्स यस क्षेत्रमा उल्लेख्य प्रयास मान्नु पर्छ । यस बाहेक पनि व्यक्तिगत प्रयासमा अरू केही काम भएका छन्, केही कृतिको अङ्ग्रेजी बाहेक जर्मन, चाइनिज, फ्रेञ्च, उर्दु, जापानी, रसी र हिन्दी भाषामा समेत अनुवाद भएर प्रकाशनमा आका देखिन्छन् । यी प्रयास निश्चय नै उत्साहयोग्य प्रयास हुन् । यो प्रयासले निरन्तरा मात्र पाउन सक्यो भने पनि नेपाली साहित्यलाई अन्तराष्ट्रिय जगतमा परिचित गराउन ठूलै सहयोग मिल्ने कुरामा शङ्का छैन । तर यो प्रयासले संस्थागत स्वरूप लिनुका साथै अनुवादका लागि चयन हुने सामग्रीमा विषयगत विविधता, सही र मूल्यवान कृतिको प्रतिनिधित्व भने आवश्यक छ, जसको अभावमा वास्तविक नेपाली साहित्य र संस्कृतिको परिचय दिनसक्दैन । त्यसैले पनि राष्ट्रिय स्तरको अनुवाद संस्थाको अपरिहार्यता स्पष्ट देखिएको छ र यसका लागि राज्यले नै अग्रसरता लिनु जरु

No comments:

Post a Comment