(नौलो केसेली समसामयिक सङ्कलन २६ कार्तिक २०७०मा प्रकाशित)
विहान उठ्दा सिम सिम पानी परिरहेको थियो । त्यो देखेर सीताराम मनमनै खुसी भयो– आज भने तर्कारी राम्रै बिक्ने भो’ !
पहाडको गाउँ पैरोले लगेपछि नयाँ भविष्य र संभावनाको खोजीमा सहर पसेको थियो सीताराम । सुरुमा त विदेश जाने सपनामा धेरै दिन डुब्यो । विदेश गई कुस्त कमाएर फर्केपछि घरबार जोड्ने सपना बुन्दै निकै समय रमायो । त्यही सपनालाई सार्थक गराउन अनेकौं म्यानपावर एजेन्सी पनि धायो । तर सुरुमैं कुस्त थैली नसुम्पी उसलाई विदेश पठाउन कोही तयार थिएन । त्यो थैली जोगाड गर्न गाउँको एउटै मात्र सानो टुक्रो घडेरी जग्गा पनि हुत्यायो । सपनाको प्राप्तिमा सुकुम्बासी बन्न स्वीकार्दा पनि विदेश जान भने सकेन सीताराम !
थैली बुझाएर उसले दलालको आरती पूजा जे जे गर्नुपर्छ, ग¥यो । दलाले एक वर्षसम्म तारिखमा झुलाएपछि बल्ल बल्ल साउदीकोलागि उडायो । तर के गर्नु उसको कर्म विदेश जाने नभएर हो कि, दलालको नियतमैं खोट भएर हो, लागेको भिसा समेत नक्कली परेछ । उताको विमानस्थमैं रोकेर नेपाल फर्काइदिए । भएको जग्गा बेचेर जोगाड गरेको पैसा पनि गयो, विदेश गएर कुस्त कमाउने मनभरिको सपना पनि तुहियो । उसका लागि यी सबै समयमैं व्युँझँदा हराएको सपनाजस्तै भयो !
पहाडमा भएको एक टुक्रा जग्गा पनि बेचिहाल्यो । पहाड फर्के पनि सुकुम्वासी भएर साहुको कमैया बन्नु बाहेक अर्को आधार थिएन । त्यसैले उसका लागि अब पहाड फर्कने आधार समेत बाँकी रहेन । पहाड फर्कने कुनै आधार नरहेकोपछि विदेशपछिको अर्को स्पप्नसंसार काठमाडौंको मोहनीमा आन्तरिक शरणार्थी बन्नपुगेको थियो सीताराम, सुकुम्वसीको लाममा अर्को एउटा परिवार बनेर !
“लौं आयो....ताजा तर्कारी ! काउली, भिन्डी, बोडी सीमी ...ताजा...ताजा...!” सीताराम आज राम्रै व्यापार हुने आशामा उत्साही थियो । त्यही उत्साहमा चिच्याइ चिच्याई ग्राहकको ध्यान तानिरहेको थियो ।
यस्तो सिम सिम पानी परेको बेला यस टोलका मानिसहरू भिजिने डरले प्राय बाहिर निस्कँदैनथे । टोलका पुरुष अधिकांश जागिरे थिए । थोरै किसानीमा पनि लागेका देखिन्थे । केहीले कुखुरा र तर्कारी फार्म खोलेर पनि नयाँ कामको थालनी गरेका थिए । अर्थात् बस्तीका धेरैजसो मानिस कुनै न कुनै काममा लागेकाले घरघरमैं नभइनहुने तर्कारी किन्न पाउने सुविधाको उनीहरू आ–आफ्नो सामथ्र्य अनुसार उपभोग गर्दथे । जागिर नभएका र भए पनि सानोतिनो जागिरलाई नै जीवनको शिखर प्राप्ति ठान्नेहरू विहानभरि चोककमा चियाको चुस्की र सात मुलुकको गफ हाँक्दै आफू बाहेक सबैलाई निकम्माको बिल्ला भिराएर हतार हतार गाँस टिप्न जानेहरूको सङ्ख्या पनि कम थिएन । तिनमा केही सङ्ख्या सेवानिवृत्तहरूको पनि हुन्थ्यो, जो हरबखत आफूलाई अरुभन्दा विशिष्ट र फरक देखाउने कसरत गरिरहेका देखिन्थे । तिनमा केही कथित समाजसेवी र राजनीतिक कार्यकर्ता नहुने कुरै भएन । यसरी चोकको पसलमा चिया खाँदै नानाथरी गफ हाँकेर समय चिप्ल्याउने केही युवा र प्रौढहरूको यो जमघट विहान मात्र होइन, साँझको बखत पनि हुने गथ्र्यो, बेलुकीपख ।
गृहिणीहरू चोक चाहार्ने पुरुषहरूले आवश्यक तर्कारीहरू किनेर ल्याउला् र पकाउँला भनेर पर्खने अवस्थामा हुँदैनथे । विहान घुम्न पनि हुने, सस्तो राम्रो तर्कारी किन्न पनि पाइने आशाले त्यसटोलका केही मनिस मूलचोकमा पुग्थे र आवश्यक किनमेल समेत गरेर फर्कन्थे । प्रातः भ्रमणमा असिनपसिन भएर नजिकैको सल्लाघारी घुम्दै तल अस्पताल भएर उक्लिन्थे कोही र दुई पन्थ एक काज चरितार्थ गर्थे ! घर फर्कँदा सबैका हातमा केही न केही हुन्थे, सागपात, अरु खाले तर्कारी, दूधको प्याकेट वा यस्तै उस्तै भान्छाका सामान । तल अस्पतालदेखि यो मूल चोकको बस पार्क र अझ उता सडकका दुवै किनारामा जता हे¥यो उतै देखिन्थे किराना पसल, तर्कारी र चियाका पसलहरू । पसल मात्र होइन उसकैजस्तो साइकल गाडामा तर्कारी बेच्नेहरूको पनि एकपछि अर्को सङ्ख्या बढ्दो थियो । त्यसैले प्रतिस्पद्र्धा झन झन दिनहुँ बढ्दोथियो । यसैले गर्दा पानी नपरेको अरु दिन सोचेजस्तो व्यापार जम्दैनथ्यो । धन्न, अहिले त धेरथोर बिक्छ ! दुईतीन वर्ष अगिसम्म त तर्कारी किनेर खाने को एकदुई घर बाहेक थिएनन् रे यस टोलमा । बिस्तारै सबै काँठजस्तै यस भेगमा पनि जग्गा बेचेर घर ठडयाउने प्रतिस्पद्र्धा चल्दै गयो । खेतबारीमा मिहिनेत गर्ने वानीलाई जग्गा बेचेर बैंकमा राखेको पैसाको व्याजबाट गर्ने खर्च र चुरीफरीले प्रतिस्थापन गर्दै गयो । खेतीपाती छाडेर सहरिया भएको भ्रम पाल्ने शोखले तीब्रता पाउँदै गयो । त्यसैले गर्दा अब गाउँका खेतबारीमा तर्कारी र अन्नपात फल्न छाडेका थिए । त्यसैले अब प्राय घरपिच्छे धेरथोर तर्कारी नकिन्ने कोही थिएन । त्यसमाथि पानी परेके बेला विहानै घरघर पुग्न सक्यो भने त मजैले जम्थ्यो तर्कारी व्यापार । गृहिणीहरू घरआँगनमैं किनेर भान्छाको आवश्यकता टार्थे ।
“आज कत्तिको व्यापार भयो त सीताराम ?” कहिलेकाहीँ म उसलाई सोध्ने गर्थें । सधैं उसँग किन्ने हुँदा उसको र मेरो रामै्र दोस्ती जमेको थियो ।
“काँ’सर सुरुसुरुमा साइकल गाडामा तर्कारी बेच्न थाल्दा मबाहेक अर्को थिएन । अब हेर्नोस् त कति भइसके ? अनि काँ’बाट जम्नु व्यापार !” ऊ जेनतेन परिवार पाल्नसम्म पुग्ने जोगाड भएको सुनाउँथ्यो । हुनपनि सुरुसुरुमा सीताराम एक्लो थियो साइकल गाडामा घरघर गएर तर्कारी बेच्ने । पछि एकपछि अर्को गर्दै थपिँदै गए । हामी नेपालीको चालै त्यस्तै, एउटाले जे ग¥या देख्यो त्यसैमा एकपछि अर्को फाल हाल्ने । कोही नयाँ कामतिर हात हाल्न अगि सर्दैन ।
आज साइकल गाडा निकाल्दा बाहिर सिमसिम पानी परेको देखेर साँच्चै नै खुसी थियो सीताराम । यस्तोमा अघिपछिको भन्दा अलिकति भाउ बढाएर बेच्दा पनि हातहातै बिक्थ्यो । अघिल्लो दिनको हरियो सागपात पनि पानीले भिजेर भर्खरै ल्याएकोजस्तो साजी देखिन्थे, भर्भराउँदा, झरिला ! भिजेको तर्कारीको तौल पनि ओभाएको भन्दा केही बढेकै हुन्थ्यो । सबैतिरबाट फाइदै फाइदा ! त्यसमाथि पानी छर्की छर्की ताजा बनाउनै नपर्ने । त्यसैले सिमसिम वर्षा भयो भने भगवानै दाहिने भएको ठान्थ्यो सीताराम ।
“यो भएको सकियुन्जेलमा कालीमाटी गएकी बुढिया पो आइपुग्ने हो कि होइन ?” अर्को पिरलोले सतायो उसलाई । बूढी विहानै आँखा मिच्दै उठेर तर्कारी किन्न कालीमाटी जान्थी । पहिले त गाह्रो थियो–तीनचुले पुगेर दुई दुईवटा टेम्पो चढेरै कालीमाटीसम्म पुग्नु पथ्र्यो । उत्तरी छेउको चोकबाट दक्षिणी कुनोको कालीमाटी पुग्न दुईवटा त बस–टेम्पो बदल्नु पर्ने । गह्रुङ्गो तर्कारीको भारी बोकेर दुई दुईवटा बस बदल्दै कालीमाटीदेखि तर्कारी ल्याउनु कम गाह्रो थियो र ! उनीहरू बूढाबूढी पालैपालो कालीमाटी जान्थे । त्यति दुःख गरेर कालीमाटीदेखि ल्याएको साजी तर्कारी बेच्दा समेत ग्राहकहरू तर्कारीको भाउ ‘किन यति बढी’ भनेर सातो लिन्थे ।
ग्राहकको त्यस्तो फत्तुर सुनेर मन कुँडिन्थ्यो, नकुँडिने होइन । तर ग्राहकसँग रिसाउन पनि सक्दैनथ्यो विचरो सीताराम । आखिर ग्राहक भनेका भगवान नहुन् ! तिनैले नकिनिदिए कसरी चल्थ्यो र यो विरानो शहरमा उसको घरगृहस्थीको रथ ! त्यही सोचेर प्राय हाँसेरै पचाइदिन्थ्यो सबै मान अपमान ! एफेम हो कि सेफेम भन्नेले विहान विहानै पलाक्दो रे’छ कालीमाटीको भाउ, अनि पो त्यही भाउमा खोज्दारहेछन् यी मान्छे ! मनमनै पेटको कीरा माथ्र्दै भन्थ्यो, कालीमाटीदेखि त्यसै आउँदैन क्यारे, यहाँसम्म ! कति पसिना बगाएर ल्याउनुपर्छ, केथा’ यिनलाई ?
तर मुखले जवाफभरि चास्नी घोल्दै भन्थ्यो– “के गर्नु हजूर कालीमाटीमैं महँगो छ । त्यसमाथि त्यसै आउँदैन, ल्याउन महँगो गाडी भाडा तिर्नै प¥यो । भाडा पनि मनलाग्दो लिन्छन् बस–ट्याम्पोका खलाँसीले ! दुईचार पैसा भाडा र ज्याला पनि उठाउनै प¥यो नि हजूर !” कतिले उसको कुरामा चित्त बुझाउँथे, कत्तिको चित्त बुझ्दैनथ्यो ।
अहिले भने सजिलो भएको छ उसलाई । हिजो आज टोलबाटै माइक्रो बसले कालीमाटीसम्म लाने ल्याउने गर्छ । विहानै टोलबाट एकजना बाजेको सानो माइक्रोबस सबै तर्कारीवालाहरूलाई लिएर कालीमाटी पुग्छ । बुढिया त्यसैमा कालीमाटी जान्छे । दिनभरलाई बेच्न पुग्ने तर्कारी किनेर फर्कन्छे । बाजेको माइक्रो बसले डेरामैं ओरालिदिन्छ ऊ र सामान दुवैलाई !
जे होस् बाजेको मिनीबसले गर्दा दुःख केही कम भएको छ । दुई दुईवटा बस बदलेर भारी उचाल्दै यताउता गर्नुपरेको छैन । भाडा कसेरै लिन्छन् । भाडै नतिरी त कसले पो सित्तैं बोक्थ्यो र !
आज पनि बूढी विहानै गइसकेकी छ, कालीमाटी । अघिपछि अघिल्लो दिनको बाँकी बेचुन्जेल आइपुग्थी– समस्या थिएन । पानी परेको विहान भने हिजोको बासी तर्कारी पनि हात हातै विक्थ्यो, बूढी समयमा आइपुगिन भने अरु अगाडि परिहाल्थे । अनि हरिया सागसब्जी नहो, धेरै दिन राख्न पनि नमिल्ने । ओइलाएर, पहेँला देखिनासाथ कसैले किन्दैन । सबैतिरबाट नोक्सान नै नोक्सान !
बूढी पनि बेलैमा आइपुगी आज । विक्री पनि रामै्र भयो । विक्री राम्रो भएपछि नाफा राम्रो हुने भैहाल्यो । हिजोको बासी तर्कारी पनि साजीकै भाउमा लुछाचुँडी भएर सकियो । यसरी नै सधैं बेच्न पाए त ....चाँडै एउटा घडेरी जोर्नुहुन्थ्यो, यतैतिर !
“के गर्नु, बदमास दलालले बेइमानी नगरेको भए यतिबेला विदेशमा राम्रै कमाइ गरिँदो हो ।” सीतारामले मनमनै सोच्यो । तर लगत्तै अर्को मनले सम्झायो आफैंलाई, ठीकै भयो । त्यो पराई मुलुकमा भत्भती पोल्ने मरुभूमिको तातो बालुवामा कम्ती दःुख पाइन्थ्यो होला र ? त्योभन्दा त हाइसुखै छ नि ! सुख–दुख १०–१५ हजार कमाइएकै छ । स्वास्नी छोराछोरी सँगै बस्न पइएको छ ।
“धनियाँ छ ?” सडक छेवैको घरको माथिलो कैसीबाट आएको तीखो स्वरले उसको ध्यान तानियो ।
“छ, हजूर !” एकै मुठा बाँकी छ ।” उसले माथितिर हेरेर जवाफ दियो ।
यो स्वास्नी मान्छे उसलाई अलि हेपेर बोल्छे । त्यसैले अलि मन पर्दिन । तर व्यापार हो मन परे पनि नपरे पनि हाँसेरै बोल्नुपर्छ । नम्र भएर जवाफ नदिए कसरी बेच्नु ? त्यसमाथि घरघर धाएर बेच्ने आफूमात्रै होइन, अरु पनि धेरै थपिएका छन् । मसँग नकिने अर्कोसँग किन्छन् । उनीहरूलाई के नै फरक पर्छ र !
ऊ रोकियो । कौशीबाट हाँसको चालमा ढल्किँदै ढल्किँदै त्यो स्वास्नी मान्छे ओर्लिई ।
छ महिनाजति भयो होला यो स्वास्नीमान्छे यस घरमा डेरा सरेकी । एउटा फ्ल्याट पूरै भाडामा लिएकी छ उसले । कुरै कुरामा थाहा पाएको थियो, उसको लोग्ने अरब हो कि कता हो मरेर काम गर्छ । पहाडमा उसकैभन्दा पल्लो गाउँको हो त्यो केटो पनि । विचरो टुहुरे गङ्गे जे भएको एक टुक्रो जग्गा बेचेर विदेश पुग्यो काम गर्न । भर्खरै विहे भएकी स्वास्नीलाई छाडेर गएको थियो ऊ अरबतिर कुस्त कमाएर फर्कने र सुखी दाम्पत्य जीवन बिताउने सपना बोकेर । त्यसैले रात दिन रगत पसनिा एक गरेर कमाएको पैसा सबै स्वास्नीको नाउँमा पठाउँथ्यो । तर कमाएको पैसा स्वास्नीले जोगाड गरेर राख्ली र फर्केर गुमेको जग्गा फिर्ता गरेर घर बसाउँला भन्ने सपना उसकी स्वास्नीको साझा सपना बन्न सकेन ।
त्यसैले पैसाको कुनै दःुख छैन यो आइमाइलाई । बडो शोखमा छ यो यहाँ । नभए एउटा ज्यानलाई सिंगै फ्ल्याट किन चाहिन्थ्यो र ! राजसी सुखभोग गरेर बसेकी छ यो आइमाइ । दैलोबाट बस जान्छ, उसलाई भने ट्याक्सी नभइहुँदैन यता उता जान । ट्याक्सी बाहेक अरुको सवारी गर्दिन ऊ । घरमा पनि सुकिलामुकिला पुरुषको आवतजावत भइ नै रहन्छ । त्यसमध्ये एउटा अनुहारहरूको अरुभन्दा बाक्लै आवतजावत देखिन्छ ।
केही काम नहुनुको फुर्सतलाई दिनको दुईतीन पटक सिंगाार गरेर बिताउँथी ऊ, केही घन्टा डेरा छेउकै व्युटीपार्लरमा नसिंगारिई चित्तै बुझ्दैनथ्यो उसलाई । फुक्का थिई, न छोराछोरी, न लोग्ने न अरु परिवार !
त्यो आइमाइलाई देख्नासाथ उसको मनमा अनेकौं तरंग उठ्ने गर्छ । मोरी राम्री पनि त अचाक्ली नै छ नि ! लोग्ने कमाउन विदेशिइहाल्यो, भनेको पु¥याइदिइहाल्छ– अनि नाठो नखेलाएर के गरोस् त ?
त्यो सोचाइसँगै झल्याँस्स हुनछ ऊ, भिसा नक्कली भएर राम्रै भएछ । नत्र मेरी बूढी पनि त यस्तै हुन्थी कि के थाहा ?
सीतारामजस्तालाई त मान्छ नै पो गन्दिन ए त्यसले ! उसको बोली रिस उठ्दो भए पनि ग्राहक भने नम्बरी छ त्यो । पैसाको कुनै फिक्री छैन । त्यसै हुनाले अरुजस्तो मोलतोल पनि गर्दिन । मागेको मोल दिन्छे । किन्न पनि गम्मै किन्छे । त्यसैले मन नपरे पनि उसले पर्खन भनेपछि ऊ जतिबेर लागे पनि पर्खेर बेचेरै जान्छ । धनिया खोज्न आएकी त्यो आइमाइले अरु अरु तर्कारीहरू पनि राम्रैसँग उठाई । उसले मनमनै भन्यो– तीन सयको किनीछ मोरीले । त्येसैले उसको टर्रो बोली पनि पचाउनै पर्छ, दूध दिने गाइको लात पनि त सहनुप¥यो, नत्र कसरी चल्छ र व्यवहार !
नौबजेछ, ....छनौटे तर्कारी थोरै मात्र बाँकी रहेर सकिएछ पनि । त्यसमाथि अबलाई दिउँसो नभई बिक्दा पनि बिक्दैन । त्यसैले सीताराम रित्तिएको साइकल गाडा घच्याड्दै डेरातिर लाग्यो । डेरा पनि के भन्नु– एउटा सानो अँध्यारो कोठा । त्यही कोठा थियो उसको सिंगो संसार । एउटा कुनोमा गोदाम थियो, अर्कोमा भान्छा । अनि अर्को कुनो उनीहरूको बेडरुमदेखि बैठकसम्म नै सबै । अर्थात् उसको सिंगो सन्सार त्यही कोठा थियो ! त्यही सानो संसारमा निर्वाह गथ्र्यो एउटा सानो छोरो, त्योभन्दा पनि सानी छोरी आफू र बूढीसहितको उसको परिवार !
कोठा पुगेर सीतारामले सबैभन्दा पहिले विहानभरिको व्यापारबाट आएको पैसा गन्ने काम ग¥यो । एक हजार...., ठ्याम्मै पन्द्र सयाँको विक्री भएछ । बाँकी भरे पनि बिक्छ । यो अगिपछिको भन्दा राम्रो व्यापार भएको सङ्केत थियो –सधैं यस्तै विक्री भए पो ! इन्द्र भगवानले यसरी नै सधैं पानी पारिदिए त हुन्थ्यो नि । तर भनेकोजस्तो काँ’ हुन्छ र ? उसको ज्ञानको सीमा पानी इन्द्र भगवानको कृपाका कारण नभएर वैज्ञानिक प्रक्रियाको कारण पर्छ भन्नेसम्म पुग्नै पाएको थिएन । स्कुल जाने बेला बोका बाख्रा चराउन बन धाउँदै बित्यो । पति चाँडै नै बाबुआमा टुहुरो पारेर छ महिनाको फरकमा परमधामको बाटो समातेपछि खेतीबारी, बाख्राबोका सबैको जिम्मेवारी काँधमाथि आइहाल्यो स्कुल जाने र पढ्ने समय र अवसर कताबाट पाओस् ?
उसले मनमनै हिसाब लगाँउदै सोच्यो । कालीमाटीमा तर्कारी किन्दा परेको साउँ र ढुवानी भाडा सात सय । साइकल गाडाको किस्तावन्दी तिर्नु पर्ने रकम, कोठाको भाडा, सबै खर्च कटाएर तीनचार सयको आम्दानी कसो नबस्ला ! दिउँसो र साँझतिर पनि यसरी नै विक्यो भने त रामै्र हुन्थ्यो । एक वर्षमा यसो टाउको ओताउने छाप्रो बनाउन पुग्ने घडेरी जोड्न सकिन्थ्यो कि अहिलेसम्मको बचत जोेडेर । के सकिएला र खोई ? परेको खर्च गर्नै प¥यो, खान, लाउन, डेराभाडा पु¥याए के पो सम्भव होला र अर्को वर्ष घडेरी जोड्न ? छोराछोरी लाई स्कुल पनि भर्ना गर्ने बेला हुन थल्यो, खर्च त्यसले पनि बढाइहाल्छ । जति कमए पनि उसको मन सन्तुष्ट हुन सकेको छैन ।
दिन यसरी नै बित्तदै छ सीताराम तर्कारीवालाको । एक महिनाजति पछि होला विहानै तर्कारी बेच्न साइकल गाडा गुडाएर त्यही मन खोलेर तर्कारी किन्ने स्वास्नीमान्छेको डेरामुनि पुग्यो ऊ । आज त्यो ठाउँ हिजोअस्तिको जस्तो शान्त थिएन । मानिसहरू सडकपेटी र चोकका छेउछाउ उभिएर समूह समूहमा कुरा गरिरहेका देखिन्थे । हिजोअस्तिजस्तो उसलाई त्यतै आउँदै गरेको देख्नासाथ यो छ वा ऊ छ भन्दै माथि कोठाको झायलबाट आउने त्यस स्वास्नीमान्छेको आवाज पनि सुनेन उसले । कमै मात्र हुन्थ्यो विहानै तर्कारी बेच्न निस्कँदा उसको आवाज नसुनिने !
“पहिलेदेखि नै चालामाला ठीक थिएन, आज त त्यही सधैं आउने केटोसँग गइछ !” चोकमा महिलाको झुण्ड झुण्ड थरी थरीका कुरा गरेको सुन्यो उसले । कुरा बुझेर मन अमिलियो, कसरी खोसेर गइछ यो आइमाइ बिचरो गङ्गेको सपना !

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।