Tuesday, August 17, 2010

गोरखापत्रः सकारात्मक मूल्याङ्कनको अपेक्षा

–विजय चालिसे

नेपाली पत्रकारिता गोरखापत्रबाट एक सय सात आठ वर्षअघि सुरुभएको भनिए पनि वास्तवमा नेपाली पत्रकारिताको उमेर बीस वा पच्चीस वर्षभन्दा बढी भएको छैन– यो भनाइ एकजना स्वनामधन्य पत्रकार र पत्रकारहरूका पूर्व उपनेता मात्र नभई अहिले वर्तमानमा दक्षिण एसियाली सहयोग संगठनस्तरीय आइएनजिओको समेत नेतृत्व गर्नुहुने एकजना ठूलै पदीय विद्वान्को हो । प्रेस काउन्सिलले “नेपाली पत्रकारिताको राष्ट्रिय चिन्तनधारा र दार्शनिक धरातल” का आधारभूत विषयमा छलफल गर्न भनी केही समय अघि आयोजना गरेको कार्यक्रममा अभिव्यक्त धारणा हो यो । गोरखापत्र सुरुदेखि नै सरकारी नियन्त्रणमा प्रकाशित हुँदै आउनुका कारण निजी क्षेत्रको पत्रारितामा संलग्न रहेकाहरूबाट यसको आलोचना हुनु अस्वाभाविक नहोला । यस्ता आलोचना हुने क्रममा नेपाली पत्रकारिताको इतिहासलाई नै सङ्कुचित तुल्याउने यस्ता धारणा प्राय सुनिँदै आएका छन् । त्यसैले यस्ता अभिव्यक्तिलाई गंभीरतापूर्वक नलिए पनि हुने हो । तर प्रेस काउन्सिलजस्तो संस्थामा अभिलेख हुने कार्यक्रममा सबै पत्रकारको साझा संस्थाको उपनेता रहिसकेका आफूलाई पत्रकारहरूको नेता ठान्नेहरूबाट हुने यस्ता अबस्तुगत अभिव्यक्तिबाट इतिहास प्रभावित हुनसक्ने संभावना रहन्छ । एकसय आठ वर्षको नेपाली पत्रकारिता इतिहासलाई पच्चीस–तीस वर्षमा खुम्च्याउने प्रयासजन्य यस्ता अभिव्यक्तिले बस्तुगत इतिहासमाथि कत्तिको न्याय गर्ला, सोचिनु पर्ने विषय हुनुपर्छ । इतिहासबाट निश्चय नै सिक्नु पर्छ, त्यसको सही आलोचना पािन हुनुपर्छ । तर सुरुमैं पूर्वाग्रह राखेर गरिने आलोचनाले त्यसमाथि अन्याय समेत हुनसक्छ भन्ने सत्यलाई पनि बिर्सनुहुन्न ।
माथि कै अभिव्यक्तिको सेरोफेरोमा उहाँजस्ता स्वनामधन्य विद्वन्लाई केही प्रश्न गरौं– के त गोरखापत्र पत्रकारिताको अङ्ग नै होइन ? दक्षिण एसियाकैं सर्वाधिक पुरानामध्येको एक समाचार पत्रिका मानिँदै आएको गोरखापत्रको निषेधबाट सिर्जना हुने रिक्तताले नेपाली पत्रकारिताको यथार्थ र पूर्ण इतिहास निर्माण गर्न सक्छ ? आफ्नो जन्मलाई नै इतिहासको प्रारम्भ ठान्ने संकूचित मनोवृत्तिलाई नै ठीक ठान्ने हो भने त सबै इतिहास मेटिदिए भैहाल्यो ! इतिहास गितबाटै सुरु हुन्छ र वर्तमान र आगतले त्यसका राम्रा कुरालाई अनुगमन गर्छ, निरन्तरता दिन्छ, कमजोरी र गलत कुराबाट बच्दै आफ्नो यात्रा अगाडि बढाउने प्रेरणा प्राप्त गर्दछ । यो नै मानव सभ्यताको क्रमिक यात्रा हो । यसलाई निषेध गर्नुको अर्थ आफू बाहेक अरुलाई निषेध गर्ने मानसिक विकृति र सर्वसत्तावादलाई आफूभित्र हुर्काउनु हो भन्ने सत्यलाई कहिले बुझ्ने हामीले ?
यिनै पृष्ठभूमिमा गोरखापत्रलाई हेरिनु पर्छ । गोरखापत्र जन्मदेखि नै सरकारेको नियन्त्रणमा रह्यो । राजनीतिक रूपमा यसले आपूलाई सरकारी मुखपत्रकै रूपमा उपयोग गर्नुप¥यो, यो एटा इतिहास हो जसलाई हामी अस्वीकार गर्न सक्दैनौं । यो गोरखापत्र र यसका पत्रकारहरूले भोग्दै आएका र अझै पनि भोगिरहेको बिडम्बना हो । स्वायत्तताको खोजी यसले नगरेको पनि होइन, र सरकारी नियन्त्रणबाट मुक्तिका लागि गोरखापत्र न छट्पटाएको पनि होइन । तर यसको अर्थ गोरखापत्रले एक शताब्दीसम्म कुनै सकारात्मक काम गरे न त ? के यसको इतिहास मेटाइनु पर्ने इतिहास नै हो त ? गोरखापत्रका पूव कार्य र तिनलाई सप्रमाण प्रष्टयाउने यसका पन्नाहरूमा सुरक्षित अभिलेखहरूले भने यस्ता धारणा सर्वाशमा सत्य नभएको प्रमाणित गर्ने पर्याप्त आधार दिएकाछन् । नेपाली पत्रकारिताको इतिहासमा आउने यस्ता भ्रमात्मक धारणाले निश्चय नै शोधपरक प्राज्ञिक बहसको अपेक्षा राख्दछ । यिनै पृष्ठभूमिमा गोरखापत्रलाई हेर्ने सानो प्रयास मात्र हो यो आलेख ।
पत्रकारिताका विविध विधामा प्रयोग गर्दै भावि पत्रकारिताको अग्रज प्रयोक्ता बन्दै आएको गोरखापत्रको भूीमकालाई सबै नै नकारात्मक ठानेर निषेध गर्ने हो भने यसले पत्रकारितामा प्रयोग गरेका सबै राम्रा कुरालाई पनि निषेध गर्नु पर्ने हुन्छ । हामीले अहिले पत्रकारिताका जति ठूला कुरा गरेपनि आफूलाई स्वनामधन्य ठान्ने हामी जन्मनुपूर्व नै जुँगेदाइको चिठी नाममा प्रयोग गरेको सम्पादकलाई चिठी, पाठक प्रतिक्रिया वा जेभनौं कि हाम्रो आविष्कार ठान्नु प¥यो, कि त हामिले पश्चमा गुरुहरूबाटै सिकेको दावी गर्नुप¥यो । यो दावीलाई तथ्यले भने साथ दिँदैन । यसका लागि पश्चिमा प्रणलीको पत्रकारिता शिक्षाको पहुँच आवश्यक थियो, जुन २०३० को दशक पछिमात्र केही मात्रामा सुलभ भएको हो । यही कुरा विज्ञापनदेखि समाचार, सम्पादकीय टिप्णीदेखि सम्वाददाता, सम्पादन सीप, प्रुफरिडिङ, पुराना र नयाँ मुद्रण प्रणाली, फोटो पत्रकारिता लगायतका यावत सीप र दक्षतामा लागु हुन्छ होला । कुनै पनि महल बिना जग हावामा खडा हुँदैन, यसको पछाडि जग हाल्ने कोही न कोही हुन्छ नै । त्यसैले नेपाली पत्रकारिताको इतिहास २०–२५ वर्षदेखिको मात्र हो भन्नुले त्यसअगाडिको पत्रकारितालाई पूर्ण निषेध गर्छ जुन इतिहासप्रति अन्याय हो । त्यसो भए त नेपालको राजनीतिक इतिहालाई पनि गणतन्त्र प्रवेशपछि सुरु भएको मानेर पाँच–सात वर्षमा खुम्च्यिाउँदा पनि भयो ! तर चाहे राम्रो होस, चाहे नराम्रो त्यसको निरन्तरता रहन्छ नै । राम्रो भए त्यसको अनुसरण गरिन्छ, नभए त्यसबाट सिकेर राम्रोतिर लाग्ने प्रेरणा लिइन्छ । त्यसमाथि सबै कुरा निरपेक्ष रूपमा न राम्रै राम्रोले भरिपूर्ण हुन्छ, न त सबै नै त्याज्य र निषेधयुक्त हुन्छ । मानिसको होस् वा कुनै संस्था र प्रकाशनको, राम्रा नराम्राको योगफल नै जीवन हो । नराम्रोलाई सच्याएर राम्रो पार्नु र राम्रोलाई अरु राम्रो बनाउनु जीवनको गत्यात्मकता ! आज नेपाली पत्रकारिताको वास्तविक इतिहास २०–२५ वर्ष मात्र देख्ने विद्वानहरूले गोरखापत्रको जन्मकालको राजनीतिक, सामाजिक, आर्थिक र चेतनामूलक सन्दर्भ, परिवेश र अबस्थाका आधारमा यसको मूल्याङ्कन गर्नु बस्तुगत ठहरिने छ । यहाँ यिनै आधारमा गोरखापत्रला हेर्ने सानो जमर्को गरिएको छ ।
१९५८ वैशाख २४ गते साप्ताहिक समाचारपत्रको रूपमा पहिलो पटक प्रकाशनमा आएको गोरखापत्र हप्ताको दुईपटक, हप्ताको ३ हुँदै विगत झण्डै आधा शताब्दीदेखि दैनिकका रूपमा पाठकसमक्ष निरन्तर आइरहेको छ । बिना पूर्वाग्रह हेर्ने हो भने गोरखापत्र संस्थानमा परिणतभई प्रकाशन गृहका रूपमा सञ्चालन हुन थालेपछि यसले भिन्न रुचिका पाठकको बढ्दो बौद्धिक, शैक्षिक एवं सामाजिक जिज्ञासा परिपूर्ति गर्न पस्पेक्टिभ, द राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुनाजस्ता विभिन्न रुचि र लक्षित समूहका पाठकको आवश्यकता पूर्ति गर्नमा ठूलै सहयोग पु¥याएको स्वीकार्नु पर्छ । यी सबै प्रकाशन माथि दावी गरिएको वास्तविक नेपाली पत्रकारिता सुरु भएको भनिएको कालखण्डभन्दा निकै अगाडिदेखि क्रियाशील प्रकाशन हुन्, यो भनिरहनु नपर्ला । हो, यिनले दिँदै आएका विषयबस्तु, स्तर र अन्य पक्ष आलोेचना रहित अवश्यै छैनन् । तर कला–साहित्य, शिक्षा, भाषा आदिका क्षेत्रमा यिनले पु¥याएका योगदान र त्यो योगदानबाट विकसित परोक्ष जनचेतनाको स्तरलाई बुझ्न भने मात्र पूर्वाग्रही सोच र दृष्टिकोण पर्याप्त हुँदैन । १९५८ अघि–पछिको नेपालको सामाजिक, आर्थिक, राजनीतिक, भाषिक, साहित्यिक, सांस्कृतिक, जुनसुकै क्षेत्रको इतिहास लेखनमा कसैले गोरखापत्रको सहयोग बिना गर्नसक्छु भन्छ भने, त्यतिबेला यस्ता दावीलाई स्वीकार्नु पर्ने छ, जसको कल्पना सम्म पनि गर्न सकिँदैन । त्यसैले निष्पक्ष मूल्याङ्कन गर्ने हो भने गोरखापत्र र यसका सहप्रकाशनहरूले सबै वर्ग र उमेर समूहको रुचि अनुसारका पाठ्यसामग्री प्रवाह गर्दै राष्ट्रिय संस्कृतिको निर्माणमा योगदान दिएको अस्वीकार गर्ने ठाउँ छैन । जहाँसम्म कमी कमजोरी र गल्तीहरूका कुरा छन्, पूर्ण स्वतन्त्र भनिने कथित वास्तविक पत्रकारिता युगका प्रकाशन, प्रसारण पनि पूर्ण आलोचना रहित छैनन् नै । प्रेस काउन्सिलजस्तो जिम्मेवार संस्थाको संस्थागत प्रकाशन “संहिता” (वैशाख–असार २०६५) को सम्पादकीयमा काउन्सिलका अध्यक्ष तथा प्रधानसम्पादक राजेन्द्र दाहालको “पत्रकारलाई पाखा लगाई पैसा र प्रविधिको आडमा पत्रकारितालाई मुनाफा आर्जनको व्यवसाय मात्र बनाउने प्रयासलाई समयमैं निस्तेज पारिनुपर्छ” र “हाम्रा कतिपय रेडियो, टेलिभिजन र पत्रिकामा समेत अधिकार र जिम्मेवारी प्राप्त योग्य सम्पादकहरू पेला पार्न कठिन हुन थालेको छ” भन्ने भनाइले आफैं गोरखापत्रलाई निषेध गरी जन आन्दोलन २०४६ पछिको पत्रकारिता र प्रकाशनहरूलाई मात्र सबैथोक ठान्ने स्वनामधन्य पत्रकार र नेताहरू परोक्षमा कसको सेवा गरिरहेका छन्, प्रष्ट छ । त्यसैले बस्तुगत रूपले विषयगत विश्लेषण गर्ने हो भने न गोरखापत्र र यसका प्रकाशनहरू सबै नै निषेधको कोटीमा पर्ने छन्, न त कथित वास्तविक पत्रकारिताको प्रयोक्ता दावी गरिएकाहरूमा नै सबै सकारात्मक पक्षहरू मात्र भेटिनेछन् । सोही सम्पादकीयमा भनिएको “समग्र पत्रकारिताको छवि सुधार्न तथा नव प्रवेशी पत्रकारहरूलाई पत्रकारिताको आदर्श, मूल्य र मर्मसँग परिचित तुल्याउन पत्रकारिताको पठन–पाठनसँगै अनुभवी पत्रकारहरूको सल्लाह, सुझाव र साथ–सङ्गत उत्तिकै महत्वपूर्ण हुन्छ” भन्ने सल्लाहले पनि यस्ता स्वनामधन्य पदीष् विद्वताको धारणा एकाङ्गी रहेको सिद्ध हुन्छ ।
बस्तुगत दृष्टिबाट मूल्याङ्कन गर्ने हो भने गोरखापत्रले शासकीय गाथा मात्र नगाएर आफ्नो प्रकाशनको प्रारम्भदेखि नै चेतनामूलक सन्देशका साथै देशविदेशका समाचारको प्रवाह गर्दै सूचना संस्कृतिका साथै नेपाली भाषा, साहित्य र संस्कृतिको विस्तारमा यथाशक्य योगदान पनि दिँदै आएको छ । तर पनि यसले आफ्ने मूल्याङ्कन गरिँदा शासकीय गाथा गायनलाई मात्र हेरेर एकाङ्गी दृष्टिकोण राखेर राखिने बिडम्बनाबाट कसिहल्यै मुक्ति पाउन सकेन । “जहांसम्म मातृभाषाको सेवा पूरातौरले हुँदैन.वहांसंम देशको उन्नति हुदैन.(संपादकीय १९६६ माघ ११)” भन्ने भनाइलाई अध्ययनबिना नै आफूलाई महापण्डित ठान्दै स्वदेशी ज्ञान र प्रयोगलाई सबै निकम्मा र विदेशी जति सबै गरु ठान्ने मनोवृत्तिका केही कथित पदीय विद्वान् बाहेक गंभीर खालका प्राज्ञिक अनुसन्धाताहरूले निश्चय नै अस्वीकार गरेका छैनन् । भाषा साहित्यका माध्यमबाट शिक्षा क्षेत्रमा गरेको सेवा कुनै शैक्षिक संस्थाकोभन्दा कम छैन । पूर्वाग्रह र कुतर्कलाई छाडेर भन्ने हो भने पत्रकारिताको क्षेत्रमा त यो पत्रकारिताका विविध शैली, पक्ष र आयामहरूका प्रथम प्रयोक्त हुनुका साथै शिक्षण–प्रशिक्षणको गुरुकुल र अघोषित विश्वविद्यालय हो भन्दा अतिशयोक्ति ठान्ने आधार भेटिँदैन सायद् !
गोरखापत्रबाट नेपाली समाचार पत्रकारिताको इतिहास मात्र सुरु भएन, सुरुदेखिनै साहित्य, कला–संस्कृतिलाई पर्याप्त स्थान दिएर यसले साहित्यिक पत्रकारितालाई समेत निरन्तरता दिँदै आयो । पछि त शारदा, रुपरेखा, रचनाले सुरु गरेका स्तरीय साहित्यिक पत्रकारिताको इतिहासलाई मधुपर्क प्रकाशन गरेर संस्थागत स्वरूप नै प्रदान ग¥यो । बालक—कोपिलाले सुरु गरेको संस्थागत बाल पत्रिका प्रकाशनको इतिहासलाई पनि मुनाले निरन्तरता दिँदै आएको छ । यी सबै नै नेपाली पत्रकारिताका विविध क्षेत्रमा कोसे ढुङ्गा हुन्, यिनको निषेध गर्ने सोच र प्रवृत्ति नेपाली पत्रकारितको इतिहासलाई खण्डित गर्ने दुरभिसन्धी मात्र हुने छ । त्यसैले प्रकाशन गृह र पत्रकारिता क्षेत्रबीचका प्रतिस्पद्र्धाजन्य पूर्वाग्रहलाई पर सारेर बस्तुगत मूल्याङ्कन गर्ने जोकोहीले पनि नेपाली पत्रकारिताको विकास, पत्रकारिता शिक्षाको प्रसारका साथै नेपाली भाषा, साहित्य, संस्कृति, ज्ञानविज्ञान आदि सबै क्षेत्रको विकासमा यिनका योगदान रहेको सबैले स्वीकार्नु पर्ने देखिन्छ ।

नेपाली भाषा–शैली र गोरखापत्र
सञ्चार तथा पत्रकारिताले सूचना र विचार प्रवाह गर्नुका साथसाथै परोक्षमा समाजको भाषा संस्कार पनि गरिरहेको हुन्छ । लोकको रूचिसँग कुनै संझौता नगरिकनै भाषिक–साहित्यिक दृष्टिले स्तरयुक्त सामग्री दिएर लोकरूचि र अभ्यासलाई प्रशिक्षित, उन्नत तथा सुसंंस्कृत तुल्याउन मद्दत गर्छ । सांस्कृतिक चेतनासँग सिधै जोड्न सकिने भएकाले गद्य भाषा–शैलीको निर्माण र परिष्कारमा यसको महत्वपूर्ण भूमिका रहन्छ । नेपाली भाषाको रोचक तथा संघर्षशील यात्रा–कथाको प्रमाण सुरक्षित राख्न सफल गोरखापत्रका पुराना पन्नाहरूले यो भनाइको पुष्टि गर्न पर्याप्त सामग्रीहरू पनि दिएका छन् । विश्वका अन्य पत्रपत्रिकालेजस्तै गोरखापत्रले पनि लेखक साहित्यकारको सहयोग लिएर नेपाली गद्य शैलीको परिमार्जन गर्नुका साथै ती लेखक–साहित्यकारलाई पाठकसम्म पु¥याउने दोहोरो भूमिका खेल्दै आएको छ । यिनै आधारमा रामराज पौडेलले “प्रेमराजको तीखो कलम, बालकृष्ण समको कबाफिलो साहित्य, पूर्णप्रसादको जोशिलो लेख, सिद्धिचरणको क्रान्तिकारी भावना र माधवप्रसाद घिमिरेको पष्किृत विचार र धाराले नेपाली पत्रकारिता र यसका माध्यमबाट नेपाली भाषाको गद्य शैलीलाई परिष्कृत, परिमार्जित तुल्याउन मद्दत पुगेको छ” भन्नुभएको हुनुपर्छ । “नेपालका धेरै प्रसिद्ध लेखक कविहरूले यस पत्र (गोरखापत्र) कोे सेवा गरिसक्नु भएकोे छ औ गोरखापत्रले धेरै वर्षदेखि लेखक कविहरूलाई आफ्नो रचना यथाशक्य प्रकाशित गर्ने ठाउँ पनि दिँदै आएको छ भन्ने कुरा हामी गोपका पुराना फाइलबाट धेरै मौलिक रचना पत्ता लगाइ भन्न सक्तछौं” भन्ने.टेकबहादुर नवीनको भनाइले पनि यस धारणालाई नै सघाएको छ । हुन पनि गोरखापत्र (१९५८) सँगै नेपाली लेख्य–गद्य शैलीको विविधतापूर्ण विकासका साथै भाषिक परिमार्जनलेको प्रयास र प्रक्रियाले अरू तीव्र गति लियो । त्यसपछि नै नेपाली भाषाले आफ्नो मानकको खोजी ग¥यो, लेख्य–गद्य भाषाले विस्तारै शैलीगत विविधतामा प्रयोगगत क्षेत्रको व्यापकता पायो । यसरी प्राम्भिक दीर्घसूत्री प्रयोगको यात्रा क्रमलाई्र नेपाली छापा माध्यमको रूपमा गोरखापत्रको प्रकाशनले विकसित परिमार्जित तुल्याउँदै निश्चित स्वरूप ग्रहण गर्न महत्वपूर्ण सहयोग पु¥यायो ।
यो दृष्टिकोणलाई “नेपाली साहित्यको माध्यमिक कालमा प्रकाशन प्रारम्भ भएको गोरखापत्र विभिन्न विधाको साहित्यिक प्रयोगभूमि बनेर यिनलाई अघि बढाउन प्रयत्नशील रह्यो” भन्ने कृष्णचन्द्रसिंह प्रधानको भनाइले पनि पुष्टि गर्दछ । यसरी भाषिक अनुशासनको जग खडा भएर नेपाली गद्य सुस्थिर, व्यवस्थित र समृद्ध बनाउन तत्कालीन सञ्चार माध्यम विशेषगरी एकमात्र छापा माध्यम गोरखापत्रको महत्वपूर्ण योगदान रहेको तथ्यलाई अस्वीकार गर्नु सूर्यलाई हत्केलाले छम्क्नु सरह हुनजान्छ भन्ने कसैले बिर्सनुहुन्न । आफ्नो पहिलो अङ्कदेखि नै अखबारको महत्व र आप्mनो उपस्थितिको औचित्य सिद्ध गर्दैआएको गोरखापत्रले सुरुदेखि नै नेपाली भाषा–शैलीप्रति सचेतता र सतर्कता देखाउँदै आयो । गोरखापत्रको भाषा तत्कालीन भाषाबाट प्रभावित भए पनि नेपाली भाषामा परिष्कार र एकरूपताको पक्षमा यसले आफ्नो जन्मकालदेखि नै जनमतको निर्माण ग¥यो । “विद्वान्हरू आफ्नो भाषाको उन्नति गर्न लागुन्, अर्काको मुख न ताकुन्” भन्ने गोरखापत्रले आफ्नो प्रारम्भिक अवस्थामैं पटक पटक सम्पादकीय लेखेर नेपाली भाषाको महत्वतर्फ विद्वानहरूको ध्यानाकर्षण गरायो ।
गोरखापत्रका ती सम्पादकीय तथा अन्य धारणा र सामग्रीहरूले नेपाली भाषाप्रति चासो राख्ने त्यतिबेलाका बुद्धिजीवीहरूको चेतनालाई झक्झक्याउनुका साथै यसप्रति आम पाठकमा सचेतता वृद्धि गर्ने काममा पनि राम्रै मद्दत पु¥याएको देखिन्छ । ती गद्यांशहरूले तत्कालीन नेपाली गद्य शैलीको राम्रँो नमूना समेत प्रस्तुत गरेका छन् । त्यति बेलासम्म सायद कथ्य र लेख्य भाषाको सीमारेखा प्रष्टसँग कोरिइसकेको थिएन । मुद्रण प्रविधि र मुद्राक्षरहरूको राम्रो विकास नभइसकेको अवस्थाका कारण चन्द्रविन्दु आदिको प्रयोगमा कठिनाइ थियो । हिज्जे र वर्णविन्यासको प्रयोगमा पनि एकरूपता आइसकेको थिएन । त्यस अवस्थामा पनि नेपाली भाषा शैलीको परिष्कार परिमार्जनमा गोरखापत्र अर्थात् तत्कालीन एकमात्र सञ्चार माध्यमको त्यो सचेततालाई सह्राहनीय मान्नु पर्छ । त्यही सचेतताका कारण हलन्त वहिष्कारको पृष्ठभूमि र नेपाली भाषामा सुधारको उद्देश्य सहित चन्द्रिका व्याकरण (१९६९) निस्किनु अघि नै गोरखापत्रले “मातृभाषाको उन्नति” शीर्षक संपादकीय लेखेर यस दिशामा विद्वान्हरूको ध्यानाकर्षण गराइ सकेको थियो । संपादक प्रेमराज शर्माले शुद्ध नेपालीको सबाई लेखेर नेपाली लेख्य भाषा शैलीको विकास तथा एकरूपताका पक्षमा आवाज उठाइसकेका थिए । यसरी भाषा अभियानलाई अघि बढाउन गोरखापत्रले सक्रिय सहयोग दिँदै संपादकीय मार्फत अरुलाई मातृभाषाको उन्नतिका लागि लागीपर्न समेत जोरदार आग्रह ग¥यो । यसले आफ्नो प्रारम्भिक कालमैं लेखन शैलीको विकासका लागि मार्गदर्शन र मापदण्ड तयार गरेर लेख लेख्ता ध्यान दिनयोग्य कुराहरू मात्र सिकाएन, वाक्यविन्यास र शैलीतर्फ पनि ध्यानाकर्षण गरायो । फलस्वरूप गोरखापत्रले सुरुमा प्रयोग गर्दै आएको पूर्णविरामको ठाडो धर्कोका ठाउँमा विन्दुको प्रयोग गर्न थाल्यो । विभक्तिका चिन्हहरू छुट्टै लेख्ने आफ्नो पूर्वअभ्यासमा परिवर्तन ल्यायो । पछि गोरखा भाषा प्रकाशिनी समितिबाट नेपाली भाषा कसरी लेख्ने भन्ने विषयमा नियमको सवाई तयार भएपछि भने यसले विभक्तिका चिह्नहरू जोडेर लेख्न थाल्यो । त्यति मात्र होइन, गोरखापत्रले नेपाली गद्य भाषाको शैली र व्याकरणगत विषयका साथै समग्र नेपाली भाषा–साहित्यको उन्नयनमा सघाउन संपादकीय मार्फत बारम्बार आह्वान गरिरह्ये । “भाषा हो जीवनी हाम्रो सारा वैभव उन्नति” भन्ने नारा दिँदै विदेशी भाषा मोहलाई निरुत्साहित गर्ने तथा नेपाली भाषा शैलीको परिमार्जन–सुधार गर्ने सार्थक अभियान नै चलायो यसले । नेपाली गद्य भाषामा सुरुदेखि नै सरल शैली तर्फ जोड दियो, जुन सञ्चारमा प्रयोग गरिने गद्य शैलीको विशेषता पनि हो । माथिकै सम्पादकीयमा यसले स्पष्ट भनेको छ– “गोपमा छापिन आउने लेखमा खबरको भाषाको हकमा पनि अलङ्कार नभएको, ज्यादै सरल, बोलीचालीमा पदहरू नै छ्यासछ्यास्ती भएको र छोटाछोटा वाक्यहरूको प्रयोग भएको हुनुपर्छ । वर्णमालाको मात्र ज्ञान भएको नेपालीले पनि गो.प. चाख मानी पढ्न सकोस् । भाषाको हकमा चाहिँ गो.प. अझ यत्तिको सरल हुन खोज्छ ।” यसरी गोरखापत्रले नेपाली गद्य शैलीमा प्राचीन प्रवृत्तिहरू तोडेर नयाँ परम्परा र शैलीको शुरुवात गर्नुका साथै पत्रकारिताको भाषा शैलीको समेत विकास गरेको थियो भन्दा अतिशयोक्ति नठानिएला ।
सुरुमा नेपाल बाहिरबाट प्रारम्भ भएको नेपाली साहित्यिक पत्रकारिताको इतिहास पनि गोरखापत्रको सहयोग बिना पूर्ण बन्न सक्दैन । विसं १९०८ मा गिद्धेप्रेससँगै मुद्रण प्रविधिको प्रवेश पछि पनि साहित्यिक पत्रकारिताको प्रँरम्भ हुन लगभग आधा शताब्दी पर्खन प¥यो । नमुनाका लागिसमेत कतै उपलब्ध हुननसकेको सुधासागर (१९५५)ले समेत निरन्तरता पाएन र समाचारका साथै साहित्यिक पत्रकारितालाई अघि त्रबढाउने दायित्व पनि गोरखापत्रमैं रह्यो । यसले आफ्नो शैशव कालमैं १२÷१० वटा जति धारावाहिक उपन्यास प्रकाशित ग¥यो, समस्यापूर्तिका श्लोकहरू छाप्या र आफ्नो साथ्र्यले भ्याएसम्म साहित्यको पनि सेवा गर्दै आयो । ‘तमसोमा ज्योतिर्गममय’ को अलख जगायो यसले । (धनञ्जय, गोरखापत्र, २०१५ वैशाख २४) । पछिल्लो कालखण्डमा अन्य साहित्यिक पत्रिकाका साथै साहित्यिक पत्रिका शारदा प्रकाशनमा आएपछि तिनले साहित्यिक पत्रकशारितामा महत्वपूर्ण स्थान बनाए पनि छापा पत्रकारिताको क्षेत्रमा भने २००७ सालको उत्तरार्धसम्म नै गोरखापत्र बाहेक अरुको सशक्त उपस्थिति हुन सकेन । प्रजातन्त्र प्राप्तिको केही वर्ष अघि म्युनिसिपल पत्रिका (२००४) निस्कियो, तर त्यो अखबार थिएन । २००७, २०१७ र २०३६का दशकहरूमा विभिन्न दैनिक, साप्ताहिक अखबार र साहित्यिक पत्रिकाहरू प्रकाशित हुँदै गए । तर पनि अधिकांशले स्थायित्व र संस्थागत स्वरूप लिन सकेनन् । न त प्रसार, पहुँच र प्रभावका दृष्टिले त्यति सशक्तता नै देखाउन सके । यिनै विभिन्न कारणले २०४६ को जनआन्दोलन पश्चात ठूलो आकारका दैनिकहरू प्रकाशित नहुञ्जेलसम्म नै नेपाली पत्रकारिताको साथ साथै भाषा साहित्यको विकासमा गोरखापत्रको भूमिका र प्रभाव निर्णयक रह्यो । गोरखापत्रका अतिरिक्त संस्थानका अन्य प्रकाशन मधुपर्क, युवामञ्च र मुनाजस्ता प्रकाशनले पनि आ–आफ्ना क्षेत्रमा केही न केही योगदान गर्दै आएका छन् । यस सङ्क्षिप्त आलेखमा यी सबैको चर्चा सम्भव छैन, छोटो सङ्केत मात्र हो यो ।

पत्रकारिता शिक्षा र अभिलेख परम्परा
माथि नै भनियो, नेपालको सामाजिक, भाषिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, जुनसुकै सन्दर्भमा पनि गोरखापत्रको अध्ययन बिना तिनको अध्यन पूरा हुन सक्तैन । नेपाली पत्रकारिताकैे कुरा गर्ने हो भने पनि आधा शताब्दीसम्म अखबारी पत्रकारिताको निरन्तर एकच्छत्र नेतृत्व गर्नुका साथै त्यसपछिका वर्षहरूमा समेत आजपर्यन्त नेपाली पत्रकारिताको एउटा विशिष्ट शैक्षिक परम्परा (स्कुलिङ) निर्माण गरेर पनि योगदान पु¥याइ नै रहेको छ । त्यसैले पत्रकारिताको मात्र होइन, नेपालको सामाजिक, भाषिक, सांस्कृतिक, आर्थिक, राजनीतिक सबै इतिहासको अध्ययन गोरखापत्रको सहयोग बिना संभव छैन । उदाहरणका लागि अहिले चर्चामा रहेको एकेडेमी राजा महेन्द्रले जग्गा दिएर बनाइदिएका भन्ने सबैले सुनेको भनाइ कतिसम्म ठीक बेठीक छ भन्ने जान्न चाहने हो भने त्यो विज्ञासा पूर्तिका लागि गोरखापत्र कै भर पर्नु पर्छ । स्नामधन्य विद्वनहरूले वास्तविक पत्रकारिता मानेका आजका २०४० पछिका सञ्चारमाध्यमहरूबाट त्यो जिज्ञासा मेटाउन सकिँदैन । २०१७ फागुन २२ गते गोरखापत्रमा छापिएको “एकेडेमीद्वारा कार्यालय बनाउन ५५ रोपनी जग्गा खरिद” शीर्षक समाचारले भन्छ– नेपाल एकेडेमीले आफ्नो कार्यालय बनाउन कमलादी गणेश अगाडि ५५ रोपनी भन्दा बढी जग्गा किनेको छ भनी एकेडेमीले आज प्रसारित एक ज्ञिप्तिमा भनिएको छ ।....प्रचलित विश्वास र चर्चाको सत्य निरुपण गर्न सघाउने यस्ता अभिलेखहरू सबै अस्वीकार गरेर नेपाली पत्रकारिताको इतिहासलाई बीस–पच्चीस वर्षमा खुम्च्याउन चाहनेहरूले यसको पूर्ति कताबाट गर्ने हुन्, जवाफ आउनु पर्ने हो ।
२०३० को दशकदेखि नेपालभित्र पत्रकारिताको शिक्षा प्रारम्भ भएर पत्रकारिताको सैद्धान्तिक ज्ञान र शिक्षा प्राप्त सीमित जनशक्तिको उत्पादन हुन थाल्यो । केही मात्रामा विदेशबाट पत्रकारिता शिक्षा लिएर आएको जानशक्ति पनि थपिँदै गयो । संहिताको माथि उल्लेख भएको सम्पादकीयले आज त “नयाँ–नयाँ मिडिया –पत्रपत्रिका, रेडियो, टीभी, इन्टरनेट–अनलाइन) र नव प्रवेशी पत्रकारहरूो सङ्ख्या जुन गतिमा बिस्तार भएको छ; त्यसको अनुगमन र विश्लेषण तथा तिनका निम्ति आवश्यक प्रशिक्षण सुविधाहरू त्यही अनुपातमा उपलब्ध छैनन्” भने २०४० को दशक अघिको अबस्था के थियो होला, स्वतः अनुमान गर्नसकिन्छ । त्यसैले त्यस अघि नेपाली पत्रकारिताको शैक्षिक–आभ्यासिक प्रयोगभूमि एक मात्र गोरखापत्र रहेको सत्य स्वतःसिद्ध छ । लगभग २०४०को दशक र अझ त्योभन्दा पछिल्लो कालखण्डमा समेत निजी क्षेत्रको पत्रकारितामा गोरखापत्रबाटै दीक्षित–प्रशिक्षित जनशक्तिको आपूर्ति निकै हदसम्म गोरखापत्रबाटै भएको स्पष्ट छ । यो क्रम आाजसम्ममै पनि जारी छ । यस तथ्यले पनि गोरखापत्रलाई नेपाली पत्रकारितामा जनशक्ति तयार गर्ने अघोषित विश्वविद्यालयका रुपमा स्थापित गर्दछ । यस बाट पनि नेपाली पत्रकारिताको इतिहासमा ठूला आकारका निजी संस्थागत प्रकाशनसँग मात्र जोड्न खोजेर इतिहास खण्डित गर्ने सोच आफैंमा अबस्तुगत छ भन्ने स्पष्ट हुन्छ, । पत्रकारिता क्षेत्रका औचारिक शैक्षिक तथा तालिम केन्द्रहरूको नेतृत्वदायी भूीमका र पत्रकारिता–आमसञ्चार विषयक अध्यन, अनुसन्धान, शोध र पाठ्यसामग्रीहरूको लेखन–उत्पादन जुनसुकै क्षेत्रमा पनि विगतदेखि वर्तमानसम्म नै गाोरखापत्र सम्बद्ध व्यक्ति, व्यक्तित्व र जनशक्तिको निर्णायक तथा प्रभावशाली उपस्थिति रहेको देखिनुले पनि हाम्रा पदीय विद्वान्हरूको छिपछिपे ज्ञान कति यथार्थमा आधारित भन्ने प्रष्ट हुन्छ ।
नेपालमा पत्रकारिताको शिक्षा प्रारम्भ हुनु पूर्व र विदेशमा गएर शिक्षा लिने अवसर प्राप्त नहुँदाको समयमा पनि गोखापत्रले पत्रकारितालाई परिभाषित गर्ने, पाठकलाई अखबारप्रति आकर्षित तुल्याउने, सैद्धान्तिक–व्यवहारिक रूपमैं पत्रकारितासम्बन्धी सीप र प्रविधि बारे शिक्षित–पं्रशिक्षित गरेर पत्रकारिताप्रति आकर्षित गर्ने भरमग्दुर प्रयत्न ग¥यो । यसका पुराना अङ्कहरू पल्टाउने हो भने यस्ता धेरै उदाहरण फेला पर्छन् । पछिल्ला काल खण्डलाई छाडेर सात साल अगाडिकै समयलाई हेर्ने हो भने पनि “अखबारको काम” (१९६६ फागुन १७ ), “लेख लेखता ध्यान दिने योग्य कुराहरू” (१९९० पुस) जस्ता सामग्रीले नेपाली पत्रकारिताको अनोपचारिक शिक्षामा उल्लेख्य सहयोग पु¥याएका छन् । पहिलो सामग्रीमा समाचारलाई परिभाषित गर्दै यसका उद्देश्य र कामका बारेमा सुशिक्षित तुल्याएको छ भने पछिल्लोमा लेखका आवश्यक संरचना र तत्वहरूलाई भाषा, शब्द, अक्षर, शुद्धाशुद्धि, अर्थ, आकार, आडम्बरहीनता, सरलता र प्रासङ्गिकता, खण्डन–मण्डनक्रा अनुच्छेद, समय आदि विभिन्न १३ बुँदामा प्रष्ट्याएर अखबारी लेखनबारे विस्तृत चर्चा गर्नुका साथै लेखन संरचनाका बारेमा समेत चित्तबुझ्दो चर्चा गरेको छ । त्यो पाठ्सामग्रीमा गरिएका परिभाषा, व्याख्या, र लेखनप्रणाली पत्रकारिताको सिद्धान्त र अभ्यासमैं आधारित थिए । यो प्रयासलाई निरन्तरता दिँदै “गोरखापत्रको नीति” (२००१ असार १४) शीर्षक संपादकीयमा पत्रिकाको नीति र सम्पादकीय लेखनको सीप र यसको आवश्यकता बारे सामग्री दियो । त्यति मात्र होइन, “विज्ञापन नीति” (२००५ वैशाख ४) मार्फत यसले प्रथम नेपाली विज्ञापन नीतिको तर्जुमा मात्रै गरेन, स्वदेशी बस्तुलाई प्रोत्साहन दिएर स्वदेशी बस्तुको त्यसमाथि पनि पुस्तक र औषधीको विज्ञापन शुल्कभन्दा विदेशी बस्तुको शुल्क बढी तोकेर राष्ट्रय आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने नीतिलाई पनि अवलम्वन ग¥यो । अझ औषधिको विज्ञापन छाप्दा त जनहितलाई ख्याल राखेर सम्बन्धित विशेषज्ञको राय र सिफारिस नै खोज्थ्यो गोरखापत्रले । त्यतिबेलै “हात हेरेर चिन्हा बनाउने, नाडी छामेर भूतको नाउँ ठेगाना पत्ता लगाउने, मानिसको निश्चित भाग्यको निर्णय गर्ने, बूढालाई दुईचार मात्रा औषधिले युवक बनाउने, संसारका सबप्राणीलाई वश गर्न सक्नेजस्ता ठगीको उद्देश्य भएका र अश्लील विज्ञापनहरू गो.प.मा छापिँदैनन्” भन्ने स्पष्ट घोषणा गरेर विज्ञापन नीति लागु गर्ने गोरखापत्रलाई वास्तविक पत्रकारिताको प्रयोक्ता ठान्ने छापाहरूमा आज प्रकाशित भएका देखिने यस्तै खालका विज्ञापनहरूलाई पत्रकारितको कुन आदर्श मान्छन्, प्रश्न नाजायज नठानिएला ! धेरै छन् यस्ता सामग्री र सन्दर्भ, गोरखापत्रको इतिहास अश्वीकार गर्ने वास्तविक पत्रकारिताका पदीय विद्वान्हरूका साथै पत्रकारिता र गैरसरकारी संस्थाहरूको नेतृत्व गर्नेहरूले अध्ययन गर्नु रामै्र हुने छ ।

प्रायोगिक पत्रकारिता र गोरखापत्र
पत्रकारिताको क्षेत्रमा यसले एकपछि अर्को गरी अनेकौं अभ्यासको प्रयोग गरेको छ, नेपाली पत्रकारिताका सबै पक्षमा पहिलो बनेर देखाएको छ यसले । फोटो पत्रकारितादेखि साहित्यका लक्षणग्रन्थ सिकाउने र विश्वपत्रकारिताका विविध पक्षलाई नेपाली पत्रकारितामा भित्र्याउने काममा होस्, यसले आफूलाई अगुवा नै बनाउँदै आएको छ । नेपाली पत्रकारितामा फोटो पत्रकारिताको प्रारम्भकर्ता गोरखापत्र सचित्र विज्ञापन (१९८५ जेठ २२) प्रकाशनदेखि सम्पादकलाई चिठी र कोठेपद (२००५ असोज ५) र पुस्तक परिचय वा समीक्षा (१०९० साउन २७) सम्ममा यसले नेपाली पत्रकारितामा प्रथम पयोगकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । स्थानीय सम्वाददाताको प्रचलन सुरु गर्नेदेखि सर्वसाधारणबाट समाचारको आग्रह गरेर नागरिक पत्रकारिताको प्रारम्भिक प्रयोग गर्न सम्ममा पछि परेको छैन गोरखापत्र । जुँगे दाइको चिठीबाट नेपाली छापामा सम्पादकलाई चिठीको प्रारम्भ गर्ने गोरखापत्रले सर्वसाधारणले सम्पादकलाइ लेखेका पत्रमा सम्बन्धित अधिकारी वा कार्यलयको जवाफ (२००२ चैत २३) दिने काममा समेतमा आफूलाई पहिलो नै बनाएको आफूलाई । यस्ता धेरै उदाहरण छन्, जसको उल्लेख यो सानो लेखमा सम्भव छैन ।
कुनै पनि सञ्चार माध्यमलाई तिनले दिने सूचनाको सत्य, तथ्य र सिाष्पक्षताको कसीमा हेरिनुपर्छ । यस अर्थमा गोरखापत्र र यसका सहप्रकाशनहरूले सधैं नै यो कामम इमान्दारीक साथ पूरा गर्न सकेनन् होला । तर के सधैं यस्तै थियो ? यसमकमा प्रकाशित सामग्रीहरूको बस्तुुगत विषय विश्लेषण गर्ने हो भने सरकारी नियन्त्रणमैं रहेर पनि यसले आफ्नो सामथ्र्य अनुसार जनचेतनाको बिस्तार, भाषा, कला, साहित्य र असल संस्कृतिको संरक्षण, विकास र सम्बद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको तथ्यलई अस्वीकार गर्न सकिन्न ।
जे होस्, आज मुलुक लोकतान्त्रिक गणतन्त्रको नयाँ राजनीतिक युगमा प्रवेश गरेको छ । यसलाई संस्थागत र दिगो बनाउन गोरखापत्र र यसका सहप्रकाशनहरूको योगदान अपेक्षित रहन्छ नै । यसका लागि यिनबाट प्रवाह हुने सूचना, सन्देश र ज्ञान बस्तुपरक, तथ्यपूर्ण, रचनात्मक तथा उपयोगी हुनसक्नु पर्छ, यसमा कसैको असहमति रहँदैन । यसो गर्न सक्यो भने यसको औचित्य आफैं स्पष्ट हुन्छ, कुनै पनि पूर्वाग्रही धारणाले यसको औचित्य र महत्वमागि प्रश्नचिह्न उठाउन सक्ने छैन । अझ निश्चित कानुनी र अन्य व्यवस्था, अनुगमन र आवश्यक नियन्त्रणको संयन्त्र विना नै सञ्चार क्षेत्रमा निम्त्याइएको प्रत्यक्ष–परोक्ष बाहय लगानी ले पु¥याउन सक्ने प्रतिकूल प्रभाव नियन्त्रण गर्न र राष्ट्रिय स्वार्थको रक्षामा गोरखापत्रहरू नै प्रभावकारी ढङ्गले उभिन सक्ने यथार्थ बिर्सन मिल्दैन । यसका लागि पनि गोरखापत्र र यसका सहप्रकाशनहरूलाई.मुलुकको सर्वाङ्गीण तथा समग्र विकास तथा परिवर्तनको सम्बाहक बनाएर बहुलवादी लोकतान्त्रिक समाजको आदर्श तथा भावनाको परिपालना गर्न भने सक्षम तुल्याउनु भने त्यत्तिकै जरुरी छ । एक महिना पछि नै १०९ वर्ष प्रवेश गर्ने तर्खरमा रहेको राष्ट्रकै जेठो गोरखापत्रमाथि स्वामित्व राख्ने सरकारले यस तर्फ समयमैं गंभीरतापूर्वाक सोच्नु आजको पहिलो आवश्यकता हो ।
अन्त्यमा गोरखापत्रले १९९४ सालमैं ठूलै महत्व दिएर पहिलो पूरै पृष्ठ ढाकेर छापेको एटा गीतको उल्लेख गरौं । यो कविता सधैं चेतना बिरोधी र सत्ताको भक्त भन्ने दोषारोपण खेप्दै आएको गोरखापत्रले आफ्नो सामथ्र्यले भ्याएसम्म परोक्ष रूपमैं भए पनि बिद्रोही चेतनालाई स्थान दिँदै आएको उदारहण मान्न सकिन्छ । यसका पुराना पन्नाहरू पल्टाउने हो भने यसले आफ्नो सामथ्र्य अनुसार मानवीय चेतना र स्वतन्त्रताको शंखघोष गर्न पछि परेको थिएन भन्ने उदाहरणहरू अरु पनि फेला पर्छन् । हेरौं, १९९४ फागुन २१ को गोरखापत्रमा प्रकाशित क्रान्तिकारी कवि गोपालप्रसाद रिमालको एटा गीतको केही हरफ–

के गरूँ तर जगमा अ‍ैले दुखनै दुख छ,
निर्विघ्न प्रवाह प्रेमको सट्टा आँसुको भल छ ।

अवश्य होला त्यो बखत् सुन बिहान सबेरै,
भनुँला तब चिडियाहरू, हेर न हेर है,
टोल र चौरमा फूल र पातमा परेका शीतमा,
आँचल रातो उषाको अब लत्रन्छ पलमा ।

आउलिन् जब चम्केर मै निर
बिहान पछि दिवस जस्तै उडाउँला बलेर !

२०६५ फागुन २७
आारुबारी

No comments:

Post a Comment