अनौपचारिक
सामुदायिक रेडियोः अवधारण र अभ्यास
–विजय चालिसे
नेपालको सन्दर्भमा एक किसिमले सञ्चार क्रान्ति ल्याउन सफल देखिएको एफएम रेडियो सेवा समय समयमा विवादको घेरामा पर्ने गरेको छ । विवादको प्रमुख घेराभित्र यिनले प्रसारण गर्ने समाचार, कार्यक्रम र पहुँचको क्षेत्रगत व्यापकता नै रहने गरेका छन् । हामीकहाँ पनि अन्यत्रजस्तै सामुदायिक सञ्चारका रूपमा अस्तित्वमा आएका फ्रिक्वेन्सी मोडुलेसन अर्थात एफएम ब्याण्डका रेडियो स्टेसनले ठूला व्यवसायिक रेडियो स्टेसनका सरह नै राष्ट्रव्यापी प्रसारणको पहुँच बढाएका देखिएको पाइन्छ । केही समय अघिसम्म तिनमा स्थानीय समुदायका आवश्यकता र शसक्तिकरणमा सहयोगी हुने स्थानीय सूचना र जानकारीमूलक सामग्री सरह नै राजनीतिक समाचार र विचारका सामग्रीले स्थान पाउने गरेको देखिएका हुन् । अहिले यो प्रवृत्तिमा केही कमी आए पनि अझै राजनीतिक समाचार प्रसारणलाई मुलुकभरका लगभग चार दर्जन एफएम रेडियो स्टेसनहरूले प्राथमिकतापूर्वक प्रसारण गरिरहेकै छन् । यी मध्ये केही निजी एफएम च्यानल को क्षमता त मिडियम वेभको राष्ट्रिय प्रसारण भन्दा बढी अर्थात १०० किलोवाट क्षमतासम्मका देखिएका छन् । साथै रिले स्टेसनको माध्यमद्वारा यिनमध्ये कतिको पहँुच अधिराज्यका अधिकांश भागसम्म पुगेका देखिन्छन् । यसरी नै एउटै संस्थाबाट निर्मित सामग्री मुलुकका अधिकांश एफएमहरूले एकै साथ प्रसारण गर्ने प्रचलन पनि रहेको छ । अझ अन्य छापाका समाचारहरूलाई स्रोत समेत उल्लेख नगरी आफ्नै समाचारका रूपमा प्रसारण गर्ने प्रवृत्ति पनि निकै देखिएको हो ।
सामुदायिक रेडियोको अवधारणा राष्ट्रिय र ठूला सञ्चार माध्यसम्म पहुँच नहुने स्थानीय समुदायका मासिलाई तिनका आवश्यकता अनुरुप सूचना र जानकारी उपलब्ध गराई त्यसमा उनीहरूका पहँुच पुग्न सक्ने अवस्था सिर्जना गनु हो भन्ने विश्वव्यापी मान्यता रहेको छ । यसबाट पनि एफएमको प्रकृति स्थानीय स्तरको हुने कुरा स्पष्ट छ । यसैले राष्ट्रिय र राजनीतिक समाचार नभई स्थानीय समुदायका लागि उपयोगी हुने सूचना, जानकारी र सेवामूलक समाचार यसको प्राथमिकताभित्र पर्ने गर्छ । विश्वका अन्य मुलुकमा निश्चित क्षेत्रमा प्रसारण हुने एफएम रेडियोले त्यो क्षेत्रमा दुर्घटना, संभाव्य प्राकृतिक प्रकोप वा दैवी विपत्ति आदिको पूर्व सूचना र जानकारी, स्थानीय समस्या र भाषा संस्कृति आदिको सूचना जानकारी, स्थानीय प्रतिभा, प्रविधि र तिनका सामाजिक, आर्थिक उन्नयनमा सहयागी सूचना सामग्रीहरूको प्रसारण गर्ने गरेको देखिएको पनि छ ।
हामै छिमेकी देश भारतमा पनि सन् २०००को डिसेम्बरतिर त्यहाँको सरकारले सामुदायिक रेडियो सम्बन्धी नीति ल्याएर शैक्षिक संस्था र केही सीमित निजी प्रसारकलाई सामुदायिक रेडियो अर्थात एफएम स्थापना र सञ्चालनको अनुमति दिएपछि मात्र यसको सुरुआव भएको हो । त्यस पछि त्यहाँ शैक्षिक संस्थाका अतिरिक्त एक दर्जन जति एफ एम रेडियोहरू सञ्चालनमा आए । यस्ता रेडियोलाई शुल्क वापत ५० हजार रुपियाँ बुझाउने पर्ने, पाँच किलोमिटरको दायरामा मात्र सुन्न सकिने गरी ५० वाट क्षमता सम्मको ट्रन्समिटर मात्र राख्न पाउने जस्ता नियम लगाइयो । सामुदायिक रेडियोमा समेत समाचार विचार प्रसारण गर्न दिइनु पर्छ भन्ने माग बढ्दै गएपछि सन् २००३ को जुलाईमा त्यहाँको केन्द्रीय सूचना मन्त्रालयले यस सम्बन्धमा अध्यन गरी सुझाउ दिन अमित मित्राको संयोजनमा १० सदस्यीय कार्यदल (टास्क फोर्स) गठन ग¥यो । अहिलेसम्म भारतमा सरकारी नियन्त्रणको सार्वजनिक प्रसारण दूरदर्सनले मात्र समाचार र समसायमिक घटनाका विषयमा विचारहरू प्रसारण गर्ने अनुमति पाएको छ । तर पनि भारतीय रक्षा तथा गृह मन्त्रालयले निजी स्तरका सामुदायिक वा एफएम रेडियोहरूले श्रोताहरूको चाहना र आवश्यकता भन्दा फरक खाले राजनीतिक समाचार प्रसारण गरेर सामुदायिक रेडियोहरूको सीमा दुरुपयोग भइरहेको आरोप लगाउँदै आएका छन । त्यही पृष्ठभूमिमा गठित एफएमसम्बन्धी कार्यदले लगभग ७० वटा साना शहरमा निजी एफएम सञ्चालनको अनुमति दिन सिफारिस ग¥यो । तर ठूलो सङ्ख्यामा यस्ता एफ एम रेडियालाई समाचार प्रसारणको अनुमति दिएपछि तिनमा प्रसारण हुने समाचार विचारका विषयबस्तु अनुगमन गर्न समस्या पर्ने हुँदा सुरुमैं विचार पु¥याउनु पर्छ भन्ने तर्प पनि सिपरिसले जोड दियो । त्यही क्रममा भारतीय सूचना तथा प्रसारण मन्त्रालयका एकजना उच्च अधिकृतले भनेका थिए– रेडियो समाचार अत्यन्त संवेदनशील हुने भएकोले एफ एम रेडियोहरूले समाचार प्रसारण गर्ने हो भने दूरदर्शन रेडियोले पालना ग।िररहेको कडा संहिता (कोड)को पालना गनुपर्छ । त्यसको लगत्तै भारतीय सूचना प्रसारण मन्त्रालयले शैक्षिक संस्थाहरूलाई सामुदायिक रेडियो सञ्चालन गर्न अनुमति दिने घोषणा गरेको थियो । त्यही क्रममा त्यहाँका दर्जनौं विश्वविद्यालय, र प्राविधिक अध्यन संस्थानहरूले यसमा रुचि देखाए । उक्त कार्यदलको सुझाउ अनुसार भारत सरकाले ज्ञान भारती नामक संस्थालाई ४० र आइजी–एनओयु नामक संस्थालाई ८ वटा च्यानल सञ्चालन गर्न दिने सोचाई रहेको समाचार त्यहाँका सञ्चार माध्यमहरूमा प्रकाशित भएका थिए । यस बाहेक निजी क्षेत्रलाई १०१ वटा च्यानल उपलब्ध गराउने बताइएको थियो । यसरी विद्यमान फ्रिक्वेन्सीहरूलाई लिलाम बढाबढको आधारमा खुला प्रस्पिद्र्धा गराएर निजी क्षेका एफएम सञ्चालकलाई उपलब्ध गराउने र यस्ता च्यानलहरूलाई कार्यदलको सिफारिसको आधारमा सामान्य संगीत च्यानल, समाचार तथा समसामयिक घटनासम्बन्धी च्यानल, र लोक तथा शास्त्रीय संगीत च्यानल गरी तीन वर्गामा विभाजन गरेर अनुमति दिने त्यहाँको मन्त्रालयले सोच बनाएको थियो । यसबाट समाचार च्यानललाई संख्यात्मक रूपमा नियन्त्रण गर्न सकिने र सरकारले तय गरेका एफमले दिने समाचारका नीतिहरूलाई पालना गरे नगरेको अनसगमन गर्न सकिने उनीहरूको ठम्याइ थियो ।
संभवतः त्यही कार्यदलको संशोधित सिफारिसका आधारमा अहिले भारतको केन्द्रीय सरकारले एफएमसम्बन्धी नियम बनाएर स्वीकृतिका लागि केन्द्र्रीय मन्त्रिपरिषद्समक्ष प्रस्तुत गरेको छ । भनिन्छ, यो प्रस्तावित निमवालीले सामुदायिक रेडियोहरूलाई गैरराजनीतिक, खेलकुद र अन्य स्थानीय तथा सामुदायिक सूचानाका बाहेक राजनीतिक समाचार प्रसारण गर्ने अनुमति दिने छैन । यो प्रस्ताउलाई त्यहाँको केन्द्रीय परिषद्ले चाँडै नै स्वीकृति दिने जानकारी हालसालै इण्डियन एक्सप्रेसले उच्चस्तरीय सरकारी सूत्रलाई उद्धृत गरेर दिएको थियो । त्यतिमात्रै होइन सामुदायिक रेडियोलाई व्यापारिक र नाफामुखी हुनबाट रोक्नका लागि स्थानीय व्यक्तिहरूले स्थानीय व्यक्तिहरूको उपभोगका लागि उत्पादन गरेका बस्तु, सेवा वा सामग्रीहरूको सूचना, विज्ञापन र जानकारी मात्र सामुदायिक रेडियोले प्रसारण गर्न पाउने केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयका सचिव एस.के.अरोराले इडियन एक्प्रेसलाई बताएका छन् ।
त्यसरी नै क्यानाडियन रेडियो, टेलिभिजन तथा टेलिकम्युनिकेसन कमिसनका लागि त्यहाँको रेडियो बोर्डले सन् १९९९मा तयार गरेको सामुदायिक रेडियो सम्बन्धी नया नीतिले सामुदायको सेवा व्यावसायिक वा व्यापारिक (कमर्सियल) स्टेसनमा प्राय नपाइने सांगीतिक तथा अन्य शाब्दिक सामग्रीका माध्यमबाट विविधता तर्फ सामुदायिक रेडियो प्रसारण प्रणाली केन्द्रित रहनु पर्ने स्ष्पष्ट उल्लेख छ । विश्वका अन्य मुलुकका उदाहरण हेर्दा पनि सामुदायिक रेडियोको आधारभूत स्वरूप र संरचना व्यवसायिक (कमर्सियल) रेडियोको भन्दा भिन्न प्रकारको देखिन्छ । यसको प्रमुख उद्देश्यस्थानीय मानिस र समुदायको तल्लो तहसम्म विविधता र बहुलतामा आधारित कार्यक्रमलाई पु¥याउनु नै हो । त्यसैले एफ एमको नाउँले लोकप्रिय सामुदायिक रेडियो प्रसारण राष्ट्रिय प्रसारणका रूपमा नभई निश्चित भौगोलकि क्षेत्र, भाषिक, धार्मिक वा सांस्कृतिक समुदाय शैक्षिक व्यवसायकि वा सेवासमूह आदिलाई लक्ष्यित गर्ने सीमित प्रसारण मानिने गर्छ । त्यो समूह वा समुदायभित्र तिनका आवश्यकता अनुरूपको सूचना, ज्ञान र जानकारी दिई सेवा पु¥याउनु र राष्ट्रिय तथा क्षेत्रीय सञ्चार माध्यमसम्म पहुँच नहुने मानिसलाई सहभागी बनाई सशक्तिकरणमा सहयोग गर्दै बहुलवादी सोच र समझदारीको विकास गर्ने काममा सघाउनेलक्ष नै सामुदायिक रेडियोको प्रमुख लक्ष र एक मात्र लक्षय हो भनिने गर्छ । सामुदायिक रेडियोमा विभिन्न किसिमले संस्थागत आर्थिक सहयोगका उपाय अवलम्बन गरेर विज्ञापनमाथिको निर्भरता घटाउनु आवश्यक हुन्छ । एफएमका बारेमा क्यााडेली प्रतिवेदन भन्छ– रेडियो उद्योगको यो त्यस्तो महत्वपूर्ण विषेतायुक्त सम्पत्ति हो, जसको रक्षाका लागि यसलाई व्यापारीकरण होइन यसका सर्वाधिक समय र प्रयास स्थानीय कार्यक्रममा आधारित सूचना, ज्ञान र शिक्षाको प्रसार गनृमा लगाउनु पर्छ । यसका लागि स्थानीय प्रतिभा तथा सीपको विकासमा सहयोग पु¥याउने सेवामूलक तरिकाले बनाइएका कार्यक्रमहरू आवश्यक पर्छ, जसको नियमित अनुगमन संयन्त्र बनाइनु पर्छ ।
क्याडामा सामुदायिक रेडियो स्थापनासम्बन्धी सार्वजनिक नीतगत उद्देश्य अनुसार यसका प्रमुख लक्ष हुन्– व्यक्ति र समुदायका समूहलाई रेडियोमा खुला पहुँचको अवसर दिने, व्यवसायिक रेडियोभन्दा समुदायको लागि उपयोगी कार्यक्रमका माध्याद्वारा भिन्न प्रकारका साग्री प्रसरण गर्ने, समुदायका विशेष हित, रुचि र आवश्यकताका सामग्री प्रसारण गरी सामूदायको समग्र विविधतामा ध्यान दिने, मौलिक खालका स्थानीय कार्यक्रम निर्माण गर्ने कुरामा विशेष ध्यान दिने, र सामुदायिक सूचना र मौलिकतामा आधारित कार्यक प्रसारण गर्ने । यसले प्रष्टसँग भनेको छ– सामुदायिक रेडियो त्यस्तो स्टेसन हो जसको स्वामित्व र नियन्त्रण गैर नाफमुखी संस्थाले गरेको हुन्छ । त्यसको सदस्याता तथा सञ्चालन समुदायद्वारा नै प्रतिनिधित्व गराइएका सदस्यहरूद्वारा हुने गर्छ । त्यसका कार्यक्रमहरूमा रेडियो सञ्चालनार्थ स्वीकृति प्राप्त भौगोलिक सीमाभित्रै सीमित रहनु पर्छ । त्यसरी नै सन् २००० मा अेरिकामा गठित आयोगले गरेको कमशक्तिको एफएम रेडियो (लो पावर एफएम) रेडियो सेवा सम्बन्धी व्यवस्थामा यस्ता स्टेसनहरूलाई ०.१ किलो वाट क्षमतामा नबढाई लगभग साढे पाँच किलोमिटरको सीमाभित्र गैर व्यवसायिक शैक्षिक प्रकृतिका प्रसारण मात्र गर्न दिने स्पष्ट उल्लेख गरेको देखिन्छ । नेपाली एफःएम सम्बन्धी विवादलाई एउटा स्पष्ट मार्ग दर्शन गर्न यी विभिन्न व्यवस्था र विश्वव्यापी अवधारणा तथा प्रचलनले पनि सहयोग पु¥याउने विश्वास स्वभाविक ठानिने छ ।
No comments:
Post a Comment