Tuesday, August 17, 2010

महाकवि शतवाषर््िाकी, हल्लाको लोकप्रियता र शाश्वत् मूल्यको अविचलता

मधुपर्क कार्तिक २०६५
अनौपचारिक


सांस्कृतिक मात्र नभएर साहित्यिक दृष्टिमा समेत उल्लेखनीय शरद् ऋतु यसपल्ट महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मशतवार्षिकी समारोहको प्रारम्भबिन्दु पनि बनेको छ । नेपाली साहित्यका केही पु्स्कारको घोषणा–वितरण, साहित्यिक प्रतिभाको शालिक–सम्मानजस्ता उल्लेख्य घटनाहरू मात्र सम्पन्न भएनन्, दुई प्रगतिशील साहित्यकारसँगको असमयकै बिछोडको महिना समेत बन्न पुग्यो यो कालखण्ड ।
बाह्य साहित्य र संस्कृतिको स्वागतमा नेपाली माटोको सुवास भेटिने कालजयी कृति र तिनका रचनाकारहरूलाई बिर्साउने अभियानचलिरहेको यो समयमा महाकवि शतवार्षिकीले त्यस्ता प्रवृत्तिमाथि थोरै नै भए पनि अङ्कूश लगाउन सक्यो भने ठूलै उपलब्धि मान्नु पर्छ । महान् प्रतिभाको सम्झना गराउने देवकोटा शतवार्षिकीसँगै मदन पुरस्कार गुठीका दुई पुरस्कार– मदन र जगदम्वाश्री प्रंदान गरिएका छन् । कहिलेकाहीँ विवादको घेरामा पर्दै आएको मदन पुरस्कार यसपल्ट विवादको घेराभन्दा माथि रहन सफल भयो । आफ्नो सम्पूर्ण जीवन नेपाली भाषा–साहित्यको श्रीबृद्धिमा समर्पण गरेका कृष्णप्रसाद पराजुली जगदम्बाश्रीबाट सम्मानीत हुनु र आफ्नो समयको इमान्दार दस्तावेजका साथै माननवीय सम्वेदनाको सशक्त अभिव्यक्ति जगदीश घिमिरेको अन्तरमनको यात्रा मदन पुरस्कारद्वारा पु्रस्कृत हुनुले यसपल्ट प्रदान गर्ने संस्था स्वयम् नै सम्मानीत–पुरस्कृत बन्यो, यो धेरैले गरेको अनुभव हो । त्यसरी नै नेपाली आख्यान जगतका महमारथि दौलत विक्रम बिष्टको नाउँमा जनस्तरबाट स्थापित दौलत विक्रम बिष्ट आख्यान पुरस्कार–२०६५ पहिलोपल्ट आख्यान साहित्यका अर्का मूर्धन्य व्यक्तित्व तथा प्रगतिशील साहित्यका स्तम्भ रमेश विकललाई प्रदान गरेर शास्वतताको सम्मान गर्ने क्रममा अर्को एउटा सार्थक प्रयत्नको सुरुआत भयो । यी पुरस्कार र सम्मानले विज्ञापनकलाबाट प्राप्त हुने लोकप्रियता र आमचर्चाले साश्वत्् साहित्य र व्यक्तित्वलाई छायामा पार्न सक्दैन भन्ने सन्देश पनि दिएको छ ।
एउटा सिङ्गो युगलाई नेतृत्व गर्ने नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मशतवार्षिकी यही कार्तिक महिनाबाट प्रारम्भ भएको छ । प्राय यस्ता समारोहरू औपचारिकताका कर्मकाण्डहरू पूरा गरेर मनाएको आत्मरतिमा लिप्त हुने हाम्रो सनात परम्परा हो । प्रज्ञा प्रतिष्ठानका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाउँमा खोलिएका अनगिन्ती संघसंस्थाहरूले यो शतवार्षिकीलाई के कसरी मनाउँछन्, थाहा छैन । यसबारेमा तिनले कुनै सोच र कार्यक्रम बनाएका पनि सुनिएको छैन । त्यसैले सानो कार्यक्रमलाई नै महान् उपलब्धिीका रूपमा प्रचार गर्ने यसअघिका परम्पराले नै निरन्तरता पाउने हो वा ठोस कार्यक्रम आउनेहुन् भन्न सकिँदैन । यसतर्फ ती संस्थाहरू योजनारहित मात्र होइन, दिशाहीन समेत देखिएका छन् । अनगिन्ती संस्थानहरूमध्ये एउटा महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रले देवकोटा जन्मजयन्ती उहाँको जन्मदिन र्कािर्तक २७ गते मनाउने र त्यही दिनबाटै शतवार्षिकीको शुभारम्भ गर्ने प्रस्तावसँगै सर्वसाधारण समक्ष सहयोगको सार्वजनिक याचना भने गरेको देखियो । त्यही याचनापछि नेपाल सरकारले महाकवि देवकोटा शतवार्षिकी कार्यक्रमलागि यस आर्थिक वर्षको बजेटमै २५ लाख रूपियाँ छुट्याएको घोषणा गरेको छ । यो स्वगतयोग्य मान्नुपर्छ ।
यो रकमलाई निश्चय नै थोरै भन्न मिल्दैन । तर यसलाई कुन प्रयोजन र के का लागि कसरी खर्च गर्ने भन्ने प्रस्ट नहुँदा महाकविको सम्झनामा कुनै खास काम नभएर सामान्य भेला—प्रवचन, चियापानजस्ता सतही काममा नै सकिने हो कि भन्ने लाग्नु स्वाभाविक हो । हामीले देखेका छौं विदेशमा महान् साहित्यकारका जन्म र कर्मघरहरूलाई पूर्व रूपमैं जीर्णोद्धार गरेर जीवनी र कृतित्वक विविध पक्षको सङ्ग्रहालय–अध्ययनकेन्द्रका रूपमा विकसित गर्ने गरिएको छ । हामी कहाँ यस्तो अभ्यास हुन सकेको छैन । महाकविजस्ता महान् प्रतिभाका जन्म तथा कर्म घर र तिनले प्रयोगमा ल्याएका बस्तुहरू क्रमशः लोप हुँदैछन् । यस्ता घर अधिग्रहण गरेर सरकारले साहित्यिक–सांस्कृतिक तीर्थस्थलको रूपमा विकसित गगर्ने हो भने आन्तरिक पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने थियो । सरकारले नगरे पनि परिवारजनले यस्ता सार्थक कुरामा अग्रेसरता देखाउँदा केही बिग्रने थिएन । यसको सुरुआत देवकोटा शतवार्षिकीका अवसरमा हुृनसक्यो भने महाकविप्रतिको सम्मानभावलाई औपचारिकता र ओठेभक्तिबाट सार्थकता श्रद्धामा अनुवाद गर्न सकिन्थ्यो । परिवारजनको कर्तव्यबोधले समेत एउटा आकार पाउने छ । सरकारले दिएका र दिने सहयोग यस्ता काममा खर्चिँदा त्यसको उपादेयता सिद्ध हुनेछ । यस्ता काममा सघाउन देवकोटा प्रेमीहरू पनि त्यसपछि पनि अघि सर्नेछन् ! देवकोटाजस्ता प्रतिभाका अनेकौं कालजयी कृतिको प्रकाशनबाट प्राप्त हुने लेखकस्व नै पनि थोरै नहोला । त्यसैबाट पनि सानोतिनो नै भए पनि पुरस्कार सपना र सङ्ग्रहालय व्यवस्थापनमा सहयोग नपुग्ने थिएन । लेखकस्वका ती रकम अहिलेसम्म कहाँ गइरहेछन्, र अब कताजान्छन्, यो जान्ने अधिकार पाठकको पनि त हो ! आशा गरौं, सहयोगको याचना गर्नुपूर्व याचना गर्नहरूबाटै ठोस कामको प्रारम्भ हुने छ ।
अन्त्यमा नेपाली प्रगतिशील साहित्यका सुपरिचित हस्ताक्षरद्वय रूद्र खरेल र अग्निशिखालाई हामीले केही समयको अन्तरमा गुमाउनु परेको छ । अग्रगामी आस्थाका अविचल चट्टान स्रष्टाद्वय रूद्र खरेल र अग्नशिखाप्रति हार्दिक श्रद्धाञ्जली !

No comments:

Post a Comment