–विजय चालिसे
देश तपाइँको जिम्मा !
धेरै वर्ष अघि नै देशको जिम्मा नेपाली क्रान्तिका अभियन्ताहरूलाई लगाइसकेका थिए मित्र अग्नि शिखाले ! तर देश र जनताका लागि इमान्दार अग्नि त्यति सजिलै आफ्नो कर्तव्यबाट अलग्ग्नि सक्ने थिएनन्, सकेनन् । कति सहयात्री त्यो जिम्मेवारी र कर्तव्यबोधविमुख भएर लाखापाखा लागे, कति पद प्रतिष्ठा र निहित स्वार्थको हाटमा लिलामीका लागि लामबद्ध बने, जुन उनीबाट हुनसक्ने कुरा थिएन ! त्यसैले उनी अन्तिमसम्मैं सतिसाल भएर अविचल उभिए– आस्थामा, प्रतिबद्धतामा, र राष्ट्र र नेपालीको सही अर्थको मुक्तिअर्चनामा । मृत्युलाई त्यो सह्य भएन सायद्, र नै अनायास उनलाई आफूमा समाहित गरिदियो असमयमैं ! त्यसैले अब आफ्नो कविताको शीर्षकजस्तै गणतन्त्र नेपालको संरक्षण र सम्बद्र्धनको जिम्माबाट भौतिक रूपले अलग भएका छन् उनी ! उनले आफ्ना कविता मार्फत त्यो जिम्मेवारी त उहल्यै परिवर्तनकामी नेपालीलाई सुम्पिइसकेका हुन्, अहिले सचेतकको भूमिका समेत आफ्ना कृतिहरूलाई जिम्मालाई जिम्मा लाएर सक्रिय भूमिकाबाट अलग्गिएका छन, रङ्गमन्चको सक्रिय भूमिाकाबाट अलग्गिएका छन् । लाग्छ, मृत्यपछि पनि उनी त्यो क्रान्तिचेत, अग्रगामी देशको परिकल्पना र सबल सक्षमहरूले यो देशको जिम्मा लेउन् भन्ने इच्छाबाट भने मुक्त छैनन् । लाग्छ, उनी मुत्युलोकबाटै पनि यसको निग्रानी भने गरिरहेका होलान्, खबरदारी गरिरहेका होलान् । यति चाँडै यो जिम्मेवारी अरुलाई दिएर आफू आराम गर्न चाहलान् यस्तो भने हामीले कसैले सोचेका थिएनौं । सधैं सोचेको मात्र ुहँदैन, नसोचिएका धेरै कुराहरू हुने गर्छन् । नसोचेकै भए पनि, हामीले नचाहँदा नचाहँदै पनि अग्नि अब हामी बीच छैनन्– यो कठोर सत्यलाई स्वीकार्न वाध्य छौं हामी !
अघिल्लोदिन हेटौंडाको पुष्पलाल पार्कस्थित पुस्तकालय अगाडि स्थापित नेपाली हास्यब्यङ्ग्य साहित्यका अतुलनीय प्रतिभा स्वर्गीय भैरव अर्यालको प्रतिमा अनावरण कार्यक्रममा अतिथिका रूपमा सहभागी थियौंं हामी । ७ असोज २०६५ को एकाबिहानै मोबाइल फोनको एउटा कर्कस आवाजले मीठो निद्राबाट बिउँझाइदिएको थियो अनायास । काठमाडौंबाट त्यति टाढा एकाबिहानै आएको त्यो फोनले झस्काउनु स्वभाविक थियो । तर पनि त्यो फोन सन्देश त्यति क्रूर र असह्य होला, त्यसको कुनै कल्पना गर्ने सकेको थिइा मैले । तर त्यस्ते असह्य र अप्रिय समचार बोकेर आएको थियो त्यो फोन । काठमाडौंबाट भाइ कृष्ण राईको फोन थियो त्यो र कम्पित आवाजमा जानकारी दिइरहेको थियो– दाइ अग्नि शिखा रहनुभएन ! अभिन्न मित्र अग्नि शिखालाई हृ्रदयाघातका कारण अनायास गुमाउनु पर्दाको त्यो खबर वास्तवमैं असह्य थियो, पीडादायक थियो ! बिहानै साढे पाँच बजे कृष्णबाट पाएको त्यो अप्रिय समाचारलाई पत्याउन मन तयारै थिएन । त्यो समाचार असत्य होस्, भित्री मनको चाहना थियो । तर सबै चाहना पूरा हुनसक्दैनन् । मेरो त्यो चाहना पनि चकनाचूर भएको थियो त्यसको केही बेरपछि आएको रामेश्वर फुयालजीको अर्को फोनमार्फत समाचारको पुष्टिले । त्यो समाचार असत्य हुने अब कुनै सम्भावना थिएन, अग्निजी हामीलाई छाडेर अनन्तमा बिलिन भैसकेका थिए । त्यो नै कटु यथार्थ थियो । त्यो दुःखद् समाचारले हतप्रभ बनाएको थियो मलाई, जीवनमा सबैभन्दा बढी मर्माहत बन्न पुगेको थिएँ म ! केही दिन अघिमात्र बेकरी क्याफेमा प्रेस चौतारीद्वारा आयोजित एमालेसम्बद्ध मन्त्रीहरूको सम्मान कार्यक्रममा भेटिएका मित्र अग्नि शिखालाई यति चाँडै गुमाउनु परेको त्यो खबरले मर्माहत तुल्याउनु स्वाभाविक थियो । त्यो समाचार सुन्नासाथ कालोनीलो भएर रगत सोहोरिएको मेरो अनुहार देखे पछि आत्तिँदै सोधेकी थिइन मसँगै रहेकी मेरी श्रीमती लक्ष्मीले– के भयो, सन्चो भएन कि ?
केहीबेर पछि आफूलाई समालेर लक्ष्मीलाई त्यो अप्रिय खबर सुनाउँदा उनीपनि दुःखी भएकी थिइन् । दुईतीन पटक मात्र आफ्नै घरमा साक्षात्कार र भेटघाटको अवसर पाएकी मेरी श्रीमती त त्यति दुखी देखिन्थिन भने लामो समय उनीसँगको निःस्वार्थ मित्रतामा बाँधिएको ममा त्यो क्षणको पीडा अरु कष्टकर हुनु स्वाभाविक थियो । असल मित्रहरूसँगको अनायास बिछोडले सधैं नै पीडाको एउटा नमिठो चोट छाडेर जान्छ । यस्तै पीडास्पद चोट अनुभाव गराएको छ मित्र अग्नि शिखाको असायमिक र अप्रत्यासित बिछोडले ! आस्था र प्रतिबद्धतामा सतिसाल झैं अडिग र सरल जीवन शैलीका प्रतीक यी प्रगतिशील साहित्यकार–पत्रकार मित्रलाई गुमाउनुपर्दाको क्षणमा पनि मजस्ता धेरैलाई बिछोडको तीब्र पीडाबोध गराएको छ । यात्रामा साथै रहनुभएका रोचक घिमिरे, नगेन्द्र शर्मा र विष्णु प्रभातलाई त्यो दुःखद समाचार सुनाएर सकभर अन्तिम श्रद्धाञ्जली अर्पण गर्न काठमाडों पुग्ने योजनामा लागेको थिएँ म ! सूर्य थापासँगको सम्पर्कमा समयको अन्दाज लगायौं हामीले– चार–पाँच बजेसम्ममा पुग्न सके पनि अन्तिम श्रद्धाञ्जलीको अवसर पाउन सकिन्छ । सूर्यबाट अपराह्न एक बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखेर शवयात्रा चलाउने सल्लाह भएको जानकारी पाइयो । सूर्यकै अन्तिम श्रद्धाञ्जलीका लागि कहाँ राख्दा ठीक होला भन्ने प्रश्नमा पार्टी कार्यालय र प्रज्ञाप्रतिष्ठनमध्ये एक ठाउँ राम्रो होला, प्रतिष्ठान अझै उपयुक्त हुन्छ कि ? मेरो सल्लाह थियो । त्यही अनुसार काठमाडों फर्केर अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने हाम्रो योजना भने सवारी साधनको समय नमिल्दा र बाटोमा सधैं भोग्नुपर्ने जाम र व्यवधानले विफल बन्न पुग्यो ।
अग्नि शिखा मेरो आस्था र लेखकीय धर्मका अत्यन्त निकट तथा प्रिय त थिए नै, कतिपय सन्दर्भमा प्रेरक तथा आडभरोस पाइने भरोसिला शुभचिन्तक पनि थिए । शुकदेव नेपालदेखि अग्नि शिखासम्मको लगभग ३५ वर्ष लामो परिचय र सम्बन्ध रह्यो हामी दुईको । २०२९÷३० सालतिर त्यतिबेलाका नेसनल कलेज (हालको शङ्करदेव क्याम्पस) मा हामी दुबै बीएका विद्यार्थी थियौं रात्री कक्षामा । अग्निजीको बसाइ बालुवाटारमा थियो त्यतिबेला, मेरो काठमाडोैको केन्द्रभन्दा १०–११ कलिोमिटर पूर्वोत्तरको एउटा गाउँ आरुबारीमा । त्यही कलेज हाम्रो परिचयको पहिलो साक्षी बन्यो । पढ्ने खर्च जुटाउन हामी दुबै दिउँसो जागिर खान्थ्यौं । साहित्यका माध्यमबाट हामी दुईबीच अर्को निकट परिचय बनाएको थियो त्यही कलेजको वार्षिक प्रकाशन जमराले । कलेज जीवनपछि केही वर्ष हराएका हामीलाई फेरि एउटै थलोमा उभ्यायो उत्साह साहित्यिक गोष्ठीले । सम्भवतः २०३६ को जनमत सङ्ग्रह अघि चावहिल भेगमका साहित्यकारहरूको घुम्ती साहित्यिक गोष्ठी हुनेगथ्र्यो । गोष्ठी कहिले कहाँ कहिले कहाँ हुन्थ्यो । गोष्ठीमा वरिष्ठ प्रगतिशील साहित्यकारदेखि हामीजस्ता भर्खरै लेखनमा लागेका र त्यही गोष्ठीबाट लेखनको सुरआत गरेकाहरूको सहभागिता रहन्थ्यो । पढिएका रचनाहरूको त्यहँ आलोचना–समालोचना हुनेगथ्र्यो । हामी दुबै त्यो गोष्ठीको लगभग नियमित सहभागी हुनेगथ्र्यों । अग्निजीको चावहिल शान्ति गोरेटो बसाइले हाम्रो त्यो भेटघाट र परिचयलाई सहज र नियमित बनाइदिएको थियो । अग्निजीको जन्म घर मेरो मावली घरको छिमेकमैं पथ्र्यो, काभ्रे जिल्लाको मण्डन चण्डेनीमा । अझ अग्निीजी मेरो मावली खलक नै पर्ने कुरा निकै पछि थाहा पाएको थियौं हामीले । यसले पनि हामीबीचको सम्बन्धले अरू निकटा पाएको थियो सायद् । वि.सं. २०५४ को अन्त्यतिर प्रेस चौतारीजन्म र स्थापनादेखि यसका हर कार्यक्रम र गतिविधिका समान सहयोगी रह्यौ. हामी र भेटघाट तथा सहकार्यले अरु सघनता पाउँदै गयो । नेकपा एमाले सम्बद्ध प्रचार विभाग र ३ नम्बर क्षेत्रीय बुद्धिजीवी सहयोग समितिमा समेत प्रत्यक्ष–परोक्ष सहकार्यले यो कालखण्डमा उहाँसँगको अरू निकटता रह्यो र त्यो सहकार्य अत्यन्त सहयोगपूर्ण, आत्मीय र समर्पणप्रेरित रह्यो हाम्रो । त्यसैले त्यो कालखण्ड मेरोलागि अविस्मरणीय रही रहनेछन् । अग्निजीकै साधिकार आग्रह प्रेरणले उहाँका सम्पादन कालभरि नै नियमित स्तम्भकार बनायो मलाई सम्बोधन साप्ताहि र एक्काएसौं शताब्दी मासिकमा– विक्रान्तको चोला भिरेर ।
सँधैं नै सहयोगी, प्रेरक र आफ्नो विचार तथा सिद्धान्तलाई जीवनदर्शनमा ढाल्न अति नै प्रतिबद्ध अग्नि शिखाजस्ता मित्र धेरै हुँदैनन् । नेपाली कम्युनिस्ट आन्दोलनमा गहिरो संलग्नता रहेका अग्नि शिखा जीवनपर्यन्त जनपक्षीय विचार र सिद्धान्तप्रति इमान्दार र अटल आस्थावान रहे । न कुनै विचलन देखाप¥यो विचारमा, न त उनको सरल र मिलनसार जीवन शैलीमा नै कुनै परिवर्तन देखियो । सधैं समान, सधैं अविचल र सधैं धीरगंभीर ! व्यवहारमा अत्यन्त सहयोगी, मिलनसार र स्पष्ट वक्ताका रूपमा परिचित अग्नि अत्यन्त विनम्र तर विचारमा सतिसालझैं अडिग मात्र होइन अवसरवादी र पाखण्डी चरित्रको खरो आलोचक पनि थिए । आफ्नो विचार निकट राजनीतिक दलमा संलग्न रहेर पनि दलभित्रै होस त्यस बाहिर अन्य दलमा विद्यमान गूटपरस्ता अवसरवाद, बदलिँदो जीवन शैली र बुर्जुवावादी सोचप्रति सँधै चिन्तित र प्रखर आलोचक थिए अग्नि शिखा । एकजना अनुशासित राजनीतिक कार्यकर्ताका भएकाले अरुजसरी जहाँपायो त्यहीँ आवेश र आक्रोशको अभिव्यक्तिबाट बचेरै पनि हामीजस्ता साथीहरूका बीच उनी त्यस्ता प्रवृत्तिले निम्त्याउन सक्ने दुर्घटनप्रति प्रति औधी चिन्ति देखिन्थे । प्रगतिवादी लेखन र पत्रकारिताका स्थापित हस्ताक्षर अग्नि राजनीतमा मात्र नभएर साहित्यमा पनि त्यस्तो गूटगत चर्चाको मोहमा कहिल्यै परेका देखिएनन् । विज्ञापनको बजार र गूटगत साहित्यिक पहिचानभन्दा पर असल र वास्तविक पाठकको मायामा बाँच्नुमा गर्व गर्ने यी स्रष्टाको उचित मूल्याङ्कन वर्तमानले गरेन, भविष्यले अवस्यै गर्ने छ । प्रखर प्रगतिवादी कविताका श्रष्टा अग्निले कहिले रक्तवीजका रूपमा नेपाली क्रान्तिका नायक र आम क्रान्तिकारीहरूका जन्म हुँदै जाने र त्यसलाई संसारको कुनै पनि अधिनायक र सामन्तले चाहेर पनि रोक्न नसक्ने उद्घोष गरे कविताका माध्यमबाट, कहिले सहिद जन्माउने आमाहरूको अर्चना गरे नाटकका माध्यमबाट ! अन्तर्राष्ट्रिय मामिलाका गहन चिन्त्न–विश्लेषणमा सशक्त कलमका धनी अग्निने यो क्षेत्रलाई निकै सम्बृद्ध तुल्याएका छन् अलअमेरियाको चिहान, सलाम मुक्तियोद्ध, बधशालाबिरुद्ध, भोल्गाले बिर्सने छैन जोया, आस्थापुञ्ज जस्ता कृति दिएर । लाग्छ, अब योक्षत्रमा त्यत्तिको अध्ययन, विश्लेषण र मर्मबोध गर्नसकने कलमको अभावपूर्ति सहजै हुनेछैन, निकट भविष्यमा यसको कुनै सम्भावना देखिएको पनि छैन ।
अग्निजीसँगका धेरै सम्झनाहरू छन् कहिले सककार्यकबा, कहिले साथै गरिएका विभिन्न जिल्ला र विदेशका पनि ! ती सबैको चर्चा यहाँ सम्भव छैन, तर पनि केही सन्दर्भ उल्लेख गर्नु सान्दर्भिक नै ठहरिएला । नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीद्वारा सम्पन्न भारत तथा चिनको औपचारिक भ्रमणमा संयोगले हामी दुबै नै भ्रमणटोलीका सदस्यका रूपमा साथै प¥यौं । २०५१ चैत २७ गते सुरुभएको प्रधानमन्त्रीको पाँचदिने औपचारिक भ्रमणको लागि सञ्चारमन्त्रालयले भ्रमणपूर्वको भारतीय तयारीका साथै भ्रमणबारे त्यहाँका विशिष्ठ व्यक्तित्वहरूको अन्तर्वार्ताका लागि अग्निजी र मलगायत कुन्दन अर्याल र युवनाथ लम्साललाई औपचारिक भ्रमणभन्दा २५ गते नै त्यस तर्फ जाने व्यस्था मिलाइदिएको थियो । त्यो एकहप्ताको समय अग्निशिखालाई अरु नजिकबाट चिन्नका लागि निकै सहयोगी बनेको थियो मेरालागि ! त्यसक्रममा तत्कालीन भारतीय जनता दलका प्रमुख तथा प्रमुख प्रतिपक्षी नेता लालकृष्णअणवाणी र अन्य भारतीय नेताहरूका साथै नयाँदिल्लीस्थित भारतका प्रमुख पत्रकारहरूसँगको भेटघाट र अन्तर्वार्ताका क्रममा अग्निजीबाट सोधिने प्रश्न व्यवसायिक पत्रकारितका दृष्टिले अत्यन्त प्रभावकारी मात्र थिएनन्, उच्च बौद्धिकतापूर्ण र गंभीर प्रकृतिका भएका अनुभव भएथ्यो मलाई । लामोसमय पार्टीसम्बद्ध पत्रकारितामा समय खर्चेका अग्निजीको पत्रकारिताको गरिहराइदेखेर म साँच्चिै नै प्रभावित भएको थिएँ, मेरा उनीप्रतिका कतिपय पूर्व धारणमा आमूल परिवर्तन भएको थियो । त्यो एकहप्ते सहवासमा अग्निका खानपान रूचि, बानी बेहोरा, निश्छल निर्दोष व्यवहार र सरल जीवन शैलीसँग अरु थप परिचयको मौका पाएको थिएँ मैले । नयाँ दिल्ली भ्रमणको अन्तिम दिन भारतका लागि नेपालका राजदूत प्राफेसर हर्षनारायण धौभडेलले प्रधानमन्त्रीको सम्मानमा दिनुभएको रात्रिभोजमैं लगत्तै प्रधानमन्त्रीबाट हुने चिनको औपचारिक भ्रमणको टोलीमा पर्नेहरूको नाम आइपुग्यो । त्यो टोलीमा पनि हामी अर्थात अग्नि, लम्साल र मेरो नाम परेको रहेछ । २०५२ सालको नयाँ वर्ष अर्थात शुक्रबार राती भारतको भ्रमणबाट काठमाडौं घर पर्सिपल्टै चिन भ्रमणमा प्रस्थान गर्नु थियो, तयारी केही थिएन । भोलिपल्ट शनिबार भएकोले पासपोर्ट र आवशयक सटहीको समस्या झनै चर्को थियो । तर पनि अग्निजीमा कुनै त्यस्तो हडबडी थिएन, चल्छ, छाड्दिनोस्– बरु हामीलाई नै सम्झाउँथे अग्निीजी । नभन्दै बिदा भएपनि परराष्ट्रमन्त्रालयको सहयोगमा चिनिया दूतावासबाट भिसा र राष्ट्रबैङ्कबाट सटहीको व्यस्था भयो र त्यति समस्यामा परिएन । यसबाट देखिन्थ्यो अग्निजीमा जस्तो अबस्थामा पनि हडबडी र अत्याहस देखिँदैनथ्यो, सधैं शहज र शान्त !
सञ्जोग, बेइजिङको सान लि हे लुरोडस्थित त्यायो यु थाई राजकीय अतिथिशाला अर्थात दियोउताई स्टेट गेस्टहाउसको ८ नम्बर भिल्लामा पनि हामी साथै प¥यौंं– जोडिएको सँगैको कोठामा । चिन भ्रमणको एउटा प्रसङ्गले अग्निजीको दृढता, आत्मसम्मान र स्वाभिमानको कहिल्यै नबिर्सने सम्झना गराइरहन्छ । चिन पुगेको भोलिपल्टै एउटा असजिलो परिस्थितिको सामना गर्नुप¥यो, हामी पत्रकारहरूले । त्यो अबस्थामा स्व–अस्मिताकैलागि पनि केही अडान देखाउनु पर्ने अबस्था आइप¥यो । त्यो बेला त्यो अडान राख्नेमा हामी दुईजना मात्र भयौं– अग्निजी र म ! भयो के भने साँझमा बेइजिङको परम्पारगत रेस्टुराँ हेपिङमेन क्वान्जुदे डकमा स्वागत समितिका अध्यक्षले नेपालका प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । त्यसैले त्यो साँझ अतिथिशालामा खानपिनको पनि व्यबस्था थिएन, जुकुरा हामीलाई उपलब्ध गराइएको भ्रमण कार्यक्रम तालिका (आइटेनरी) मा स्पष्टै उल्लेख थियो । तर हामी पत्रकारलाई भने रात्रिभोजको कुनै निम्ता थिएन । निम्ताकालागि अतिथिको नामावली दिँदा हामै्र दूतावासले पत्रकारको नाम छुटाएर बाँकीको मात्र दिएछ, त्यसैले हाम्रो नाउँमा निम्ता आउने कुरै भएन ।
निम्ता नचाहिने, जाँदा हुन्छ भन्ने खबर आएपछि पत्रकार मित्रहरूकै बीच मतभेद देखियो । धेरै साथीहरूको निम्तै आउनु पर्ने के छ र, जानु पर्छ भन्ने भनाइ रह्यो । तर अग्निजी र म भने विदेशमा प्रत्येक नेपाली आफ्नो राष्ट्रको प्रतिनिधि हुने र हामी पत्रकार मात्र नभएर पाहुना पनि भएकाले बिना निम्ता जानुहुन्न भन्ने दृष्टिकोणमा अडिग रह्यों । यो हाम्रो राष्ट्रिय स्वाभिमानको समेत प्रश्न हो– हाम्रो निक्र्योल थियो । सुरुमा अरु केही पत्रकार साथीहरू हाम्रो धारणामा सहमत भएर नजाने सोचमा रहुनभएको देखियो । तर उहाँहरू पछिसम्मै त्यो निर्णयमा टिक्नसक्नुभएन, बिना निम्तो रात्रिभोजमा सहभागी बन्न जानुभयो । अन्त्यमा आफनो अडानमा रहने हामी दुईजना मात्र बाँकी रह्यौं । कोठामा आफैंंले खाएर बाँकी रहेका र नेपाल टेलिभिजनका किरण चित्रकारले दिएका केही फलफूल खान नपाएको भए त्यो रात उपबासमैं बित्थ्यो हाम्रो ! संम्भवतः आफ्नै प्रधानमन्त्रीको सम्मानमा दिइएको रात्रिभोजमा नजानु हाम्रो दुःस्साहस थियो । अग्निजी पत्रकार मात्र ाभएर नेकपा एमालेका प्रचार विभागसँग सम्बद्ध पनि थिए, म त झन सरकारी अखबारको पत्रकार अर्थात एक अर्थमा कर्मचारी नै थिएँ म । त्यस अर्थमा आफ्नो पार्टीका नेता प्रधानमन्त्रीको सम्मानमा दिइएको रात्रिभोजमा नजाने निर्णय अग्निजीकालागि जति कठिन थियो मेरालागि त्यो त्यति सहज थिएन । त्यस्तै सम्वेदनहीन र आत्मसम्मानको अर्थ नबुझ्ने प्रधानमन्त्री र सहभागी नेता हुन्थे भने हामीमाथि अनुशासन पालना नगरेको निहुँमा कारबाही ससससमेत हुनसक्थ्यो । तर स्वभाभिमान र आत्मसम्मान हाम्रालागि सबैभन्दा महत्वपूर्ण कुरा थियो, जुन गुमाएर हामीलाई केही पाउनु थिएन । त्यसैको प्रोटेस्वरूप हामी दुईजनाले नै पेइचिङस्थित नेपाली राजदूताबासले त्यसको भोलिपल्ट प्रधानमन्त्रीकै सम्मानमा आयोजना गरेको रात्रिभोजमा समेत गएनौं हामी दुई ।
दूतावास ूवागत ससमारोहको भेलिपल्ट बिहानको कौलापछि साङ्घाइप्रस्थान गर्ने तयारीमा थियौ हामी । त्यही बेला प्रधानमन्त्रीले अग्निजी र मलाई भेट्न बोलाउनु भएको भन्ने खबर आयो । सुरुमा अनेकौं तर्कना उठ्यो– कतै अस्ति र ििहजोको रात्रीभोजमा नगएको थाहापाएर झपार्न त बोलाउनुएको होइन प्रधानमन्त्रीले हामीलाई ? यसबारे अग्निजी र मैले छलफल पनि ग¥यौं । दूताबासमा बीबीसी नेपाली सेवाबाट प्रधानमन्त्रीको चिन भ्रमणबारेको जानकारी समाचारका रूपमा प्रसारण गर्न बेलायतबाट खगेन्द्र नेपालीले पनि मलाई फोन गर्नुभएको रहेछ । त्यो कुरा त्यहाँ केहीले थाहा पाउनु स्वाभाविक थियो । त्यो कुराले हाम्रो वहिष्कारको सूचना उहाँसम पुगेको हुनसक्छ । अझ आफ्नो गल्ती लुकाउन दूतावासकै कर्मचारीहरूले बढाइचढाइ चुक्ली लाएका पनि हुनसक्छन् । हामी यस्तै तर्कतिर्कमा थियौं । जे होस् नगई भएन, जे पर्ला बेहोरौंला भन्ने सोचर हामी लागेका थियौं प्रधानमन्त्री राखिनुभएको पं्रमुख खण्ड १८ नम्बर भिल्लातर्फ ! हामी पुग्दा प्रधानमन्त्रीसँग ईश्वर पोख्रेल र डा. अरुण सायमीलगायत अरु पनि हुनुहुनथ्यो । त्यहीँ पुगेपछि त्यो रात्रिभोजमा पत्रकारलाई निम्ता नआएको र त्यही कारण हामी दुबै रात्रिभोजमा नगएको जानकारी पाएर उहाँले नमज्जा मान्नुभएको बताउनुभयो प्रधानमन्त्री स्वयम्ले उहाँजस्तो आदरणीय व्यक्तिबाट त्यो सुनेर हामीमा एककिसिले नकाम गरिएछ, त्यति सानो कुरामा उहाँजस्तो महान् व्यक्तिले मन दुःखाउनु पर्ने अबस्था आयो भन्ने लाग्यो मलाई । दूताबासका अधिकारीहरूको लापर्वाहीका कारण त्यस्तो हुनगएकोमा आफू दुखी भएको ती बृद्ध प्रधानमन्त्रीको भनाइ सुनेर हामी आफैं लज्जित भएका थियौं त्यतिबेला ! उहाँको त्यो विनम्रता, त्यो हार्दिकता र सौजन्यबाट हामी आफलाईं पश्चातापबोध हुन पुगेको थियो । र लागेको थियो– यही सादापन, आदर्श र अरूको आत्मसम्मानप्रतिको सम्वेदनशीलताले नै त महान बनाएको छ मनमोहन अधिकारीलाई ! तर मुलुकको सर्वोच्च कार्यकारी प्रमुखले त्यो घटनालाई त्यति संवेदनशील ठानेर हाम्रो आत्मसम्मानको रक्षा गर्नुहुँदा समेत परराष्ट्र र दूताबासका अधिकारीहरूले भने कुने प्रतिक्रिया जनाउन आवश्यक ठानेनन् । गल्ती महसुस हुनु त कता हो, कता ।
चिन भ्रमणका बेला पटक पटक अग्निजीको भावुकतासँग साक्षात्कार हुने मौका मिलेको थियो । साम्यवादी चिनका निर्माता माओ र चिनिया सािहत्यकारहरूको स्मारक तथा स्मृतिकेन्द्रहरू हेर्दा अभिव्यक्त अग्निजीका भावुकतापूर्ण उद्गारा उनीहरूप्रति अत्यन्तै श्रद्धाभिूत रहन्थे । चिन आगमनको भोलिपल्ट बिहान गे्रटहल अफ द पिपुलमा हाम्रा प्रधानमन्त्रीको औपचारिक स्वागत, वार्ता, सम्झौता र शान्त दिवाभोजको कार्यक्रम थियो– चिनिया प्रधानामन्त्री लि फङका तर्फबाट । सुरुमा हलको पूवी चोकमा जल, स्थल र वायु सेनाका संयुक्त टुकडीले प्रधानमन्त्री अधिकारीको तोपसालमीसहित औपचारिक गारत सम्मान र टुकडीको निरीक्षणपछि दुई प्रधानमन्त्रीककाबीच एकल र त्यसपछि अन्य मन्त्रीहरूसँगको संयुक्त द्वीपक्षीय वार्ता हुने कार्यक्रम थियो । सहयोगमा हस्ताक्षर हुनुअगाडि दुईपक्षीय वार्ताका क्रममा त्यहाँ हाम्रो खासै काम थिएन । जे जति समाचार हुन्थ्यो प्रेस विज्ञप्तिमार्फत पाइहालिन्थ्यो । हस्ताक्षरपछि त्यही हलमा हुने दिवाभोजसम्म हामी फुर्सदमैं थियौं । हामी तियानमेन चोककैं छेउ चिनिया ग्रेटहल फ द पिपुलमैं थिया,ैं चोकको अर्को छेउमा रहेको माओत्सेतुङको स्मारक हामीलाई बोलाइरहेको थियो । त्यसैले यो समय नजिकैकै रहेको माओको स्मारक हेरेर सदुपयोग गर्ने सल्लाह भयो हामीबीच । हाम्रा प्रधानमन्त्रीका लागि त्यो समाधिस्थल नौलो थिएन, त्यसैले कार्यक्रममा महान् चिनिया नेताको त्यो समाधिस्थल अवलोकनको कुनै कार्यक्रम पनि थिएन । पछि चिन आउने त्यो समाधिस्थल हेर्ने अवसर पाइन्छ, पाइँदैन– के थाहा ? त्यसैले त्यही समय समाधिस्थल हेर्ने योजना बनायौं हामी अर्थात अग्नि शिखा, युवनाथ लम्साल, सोमनाथ घिमिरे, राजिव उपाध्याय र मैले !
बेइजिङको केन्द्रीय भागस्थित तिएन–आन मेन क्वाङ–छाङ खुलाचोकको दक्षिणीभागमा रहेको माओस्मृतिकक्षमा जीवित झैं लाग्ने स्वर्गीय माओको शवदर्शनका क्रममा अग्निजीको भावुकता र विश्व कम्युनिस्ट आन्दोलनका महाने नेता माओप्रति उहाँको श्रद्धाभावले हामी सबै अभिभूत बनेका थियौं त्यतिबेला ! हुन पनि कम्युनिस्ट दर्शनमा आस्था राख्ने हामी जो कोहीका लागि पनि त्यो क्षण महत्वपूर्ण थियो, विश्व कम्युनिस्ट आन्दोलनका महान नेता र व्यक्तित्व र तिनका विचारहरूलाई नेपाली पाठकबीच बडो प्रभावकारी भाषाशैलीक माध्यमले परिचित गराउँदै आएका अग्निलाई त झनै थप महत्वको अनुभव हुनु स्वाभाविक थियो । उनी त्यहाँका प्रत्येक कुरा आफ्नो मनका पृष्ठहरूमा सुरक्षित गर्न आतुर देखिन्थे ।
अग्निजीको त्यस्तै भावुकता साङ्घाइ भ्रमणका क्रममा आधुनिक चिनका प्रथम राष्ट्रपति सनयात सेनको स्मारक र महान् साहित्यकार लु सुनको स्मृति हल हेर्दा पनि देख्न पाएको थिएँ मैले । सनयात सेनले सन् १९१८ देखि १९२४ सम्म बिताएका त्यो घरलाई उनको मुत्युपश्चात चिनिया सरकारले राज्यकै सांस्कृतिक निधिका रूपमा स्मारक बनाएर सुरक्षित राखेको छ । त्यसरी नै महान् साहित्यकार लु सुन साङ्घाइ आउँदा भाडामा लिएर लगभग १० वर्ष विताएका एउटा घर र घरले ओगटेको पूरै क्षेत्रलाई पनि साङ्घाइले स्मारकको रूपमैं सुरक्षित गरेको छ, उनको सम्मानमा । त्यही घरमा लु सुनको मृत्यु भएको थियो– सन् १९३६ अक्टोबरको १९ तारिखमा ! लु सुनको शाओशिङकै मूल घरको नमूनामा बनाएको भनिएको थियो हामीलाई । स्मारकमा उनका पाण्डुलिपि, उनले छाडेका बस्तु र साहित्यका साथै उनका समग्र जीवनवृत्र सुरक्षित राखिएका छन्, उनीप्रति श्रद्धालु आगन्तुकका दर्शनका लागि । त्यो देखेर हामीबीच कुरा पनि भएथ्यो– कहिले जान्ला हाम्रो देशले राष्ट्रका महान् व्यक्तित्वहरूलाई उसरी नै सम्मान गर्न ? यो संयुक्त प्रश्न थियो हामी दुवैको त्यतिबेला !
No comments:
Post a Comment