उ(मधुपर्क फागुन २०६५)
अनौपचारिक
ह्रासोन्मुख प्राज्ञिक चेतना
नेपाली मन र मुटुहरू नेपाली भावना र स्वाभिमान माथिको छिमेकी अतिक्रमण र आक्रमणबाट पीडाग्रस्त हुने गर्छौं हामी । अङ्कमाल गरेर पिठियुपछाडि छुरा धस्ने प्रवृत्तिको पुनरावृत्ति बारम्बार भइरहेको छ । ती प्रवृत्ति र कथित मित्रवत व्यवहारभित्र लुकेका दुराशययुक्त यस्ता चौतर्फी प्रहार–आक्रमणबाट नेपाली मनहरू पटक पटक नराम्ररी भाँचिने र घोचिने गर्छन् । कहिले ऋत्विक रोशनका अभिव्यक्ति बनेर आउँछन् ती, कहिले नेपाल गेम प्लान बनेर ! कहिले पूर्वदेखि पश्चिमसम्मका सीमाहरू लुछिएर सतहमा देखिने गर्छन, कहिले टनकपुर, खुर्दलोटन र सुस्ताका घाउ बनेर चह¥याउने गर्छन् ! सधैंँ सधैंँ दुखिरहनु पर्ने नियति भोगिरहेका नेपाली मनहरू एक पटक फेरि नराम्ररी दुखेको छ– “चाँदनीचोकसे चाइनातक”बाट, फेरि एकपटक नेपाली भूमि र बुद्धजन्मस्थानको खोस्न खोजेको सर्पदंश बनेर !
छिमेकी र पश्चिमी सांस्कृतिक साम्राज्यवादलाई रातो गलैंचा ओच्छायाएर स्वागत गर्ने बानी परेका हामी तिनै कुरालाई स्वीकारिरहेका छौं, स्वागत गरिरहेका हुन्छौं । त्यो स्वीकृति कहिले हाम्रा सेन्सरबोर्डका आँखामा पर्दा बनेर उभिने गर्छन्, कहिले सत्तास्वार्थमा आँखा चिम्लेर चम्किलो स्वागतद्वार बनेर ठडिनपुग्छन् । हामी भने मुखले प्रतिरोध र व्यवहारले पराइ रिझाउने सत्तास्वार्थका पुतला जस्तै नाचिरहेका हुन्छौं, नचाइरहिएका हुन्छौं । नेपाली स्वाभिमानमाथिका यस्ता प्रहार सजिलै पचाइदिने बानी नै परिसकेको छ हामीलाई सायद्– उता अरुहरू हामीभित्रै मन्दिरदेखि सत्तासम्मका पुजारीहरूको छनोटमा हैकम लादिरहेका हुन्छन् । हामी यता फेरि स्वागतका समवेत स्वर गुञ्जाइरहेका हुन्छौं । अनि पटक पटक चिथोरिने हाम्रा स्वाभिमान र सार्वभौमिकता चिथोरिइनै रहन्छन्, तिनमा हाम्राले नै नूनचुक छरिरहेका हुन्छन् । यस उपक्रममा कतै चिढिने हुन् कि भन्ने डरले हामी दरिलो बिरोध सम्म बोल्न सक्दैंनौ ।ं सत्ताभिमुख सत्ताबृत्त डटेर स्वाभिमान रक्षामा लाग्दा कतै संभावित सत्ताविमुखताको परिणाम भोग्नु प¥यो भने ......! बरु तिनको बिरोधमा उठ्न खोज्ने स्वरहरू उनैका इशारामा प्रताडित हुने गर्छन । त्यस्ता स्वाभिमानहरू कतै छिमेकी स्वार्थका पुतलाहरूबाट प्रताडित बन्छन्, कि त प्रतिस्थापित नै हुनपुग्छन्– जिम्मेवारीहरूबाट ! जुनकुनै कालखण्डमा दोहोरिँदै गरेको यो बिडम्बना नेपाली स्वाभिमानले पचाउनुपर्ने नियति कहिलेसम्म ? जवाफ दिन सम्भवतः कुनै कालखण्ड र कुनै सत्ता पनि तयार छैन ।
ह ह ह ह्
यो प्रश्नको उत्तर नेपाली साहित्यमा पनि खोजिनु पर्ने होइन र ? तर लाग्छ, अवसरवाद, आत्मसमर्पणवाद र सम्झौतावादबाट आज नेपाली राजनीति मात्र ग्रस्त छैन, नेपाली साहित्य र सांस्कृतिक क्षेत्र पनि त्यत्तिकै आक्रान्त रहेको छ । यी र यस्ता प्रवृत्तिमाथि निर्मम आलोचक र प्रहारक बन्नुपर्ने नेपाली साहित्य–सांस्कृतिक क्षेत्र स्वयम् यिनै प्रवृत्तिका पछि लाग्ने गरेका अनेकौं उदाहरण भेटिनेछन्, खोजी पस्ने हो भने । त्यसैले यी प्रवृत्ति परित्याग गर्न नसक्ने हो भने हामीभित्रको स्वाभिमान पनि दुख्ने छैन । लाग्छ, हामी आज पनि भूतग्रस्त आशीर्वाद प्राप्तिको व्यामोहबाट मुक्त हुनसकिरहेका छैनौंं, त्यसकै मृगमरीचिकामा भौंर्तािर्रनुबाट विमुख हुन सकिरहेका छैनौं ! साहित्य–संस्कृतिले राजनीतिक आशीर्वादको पछाडि लाग्ने मोह नत्यागुन्जेल यसले आफनो बोली बोल्न सक्दैन, यो सत्य हो । पद–पुरस्कारको आदान–प्रदान र लेनदेनमा गूट, समूह र जायजनाजायज खेल खेल्न नछाडुन्जे साहित्यले पनि विवेक बोल्न सक्तैन, यो अर्को सत्य हो । यसो नहुन्जेन हामीमा त्यो स्वाभिमानको खोजी गर्ने आत्मबल नै प्राप्त पनि हुन सक्दैन । यो सत्य विपरित आज पनि हामी राजनीतिक आशीर्वादको खोजीमा भौंतार्रिइ नै रहेका छौं, सम्मान–पुरस्कार लेनदेनका लागि बन्ने बिग्रने गूट–समूहका हामी दृष्ट अदृष्ट खेलाडी बनि नै रहेका छौं । तर आत्मसमर्पणवादी याचनामा कुप्रिएका ढाडहरू स्वाभिमान र आत्मसम्मानका सोपान चढ्न सक्दैनन् । बोलकबोलमा पाइएका सम्मान–पुरस्कार पाठ्क्रमीय प्रवृष्ठिका कार्यव्यापारले नवीन संस्कृतिको विकास गर्न सकिँदैन सायद् । यो यथार्थलाई हामी स्वयम्ले पनि स्वीकार्नु आवश्यक छैन र ?
ह् ह् ह् ह्
यसरी रष्ट्रियता र स्वाभिमानले यत्रतत्र परास्त हुनु पर्ने नियति भोग्ने बिडम्बनाबाट आज पनि मुक्त हुन सकिरहेका छैनौं हामी । शासकीय पकडका खेलमा बाह्य निर्णयमाथि कति छाप लगाउँदै जाने हामीले ! यही प्रवृत्तिले नै त हुनुपर्छ हामी आफैंलाई अपमानित गर्दै पराई स्वार्थमा पराई उकास्न पनि पछि हट्दैनौं । राष्ट्रिय स्वाभिमान र नवउपनिवेशवादी पन्जाको चौतर्फी घेराबन्दीको चक्रव्यूह झन झन कसिँलो पार्न यसरी नै हामी सघाइरहेका छौं । त्यसप्रति औलो उठाउनु पर्ने सर्जकीय प्राज्ञिक चेतना तिनैका चक्रव्यूहमा फसिरहेका आरोप खेप्नु पर्ने बिडम्बना भोगिरहेका छौं हामी ! नयाँ नेपालको आम सपना भने मात्र राजनीतिक सत्ताप्राप्तिको नारामा सीमित हुनसक्ने खतराप्रति प्राज्ञिक क्षेत्र सचेत हुनै पर्छ । साहित्यिक–सांस्कृतिक क्षेत्र नवीन सांस्कृतिक क्रान्तिका वास्तविक संवाहक हुन नसकेमा यथास्थितिको पञ्जा अझै कसिँदै जाने निश्चित छ । त्यसैले यो सांस्कृतिक आन्दोलनमा देखिने विचलनबाट पहिले हामी आफैं मुक्त हुनु जरुरी छ, अनि मात्र त्यो स्रष्टाचेत सांस्कृतिक आन्दोलनमा देखिने विचलनका बिरुद्ध सचेतकको भूमिका निर्वाह गर्न सक्षम बन्ने छ !
No comments:
Post a Comment