आजको विश्व पत्रकारितामा नयाँ नयाँ प्रयोग र अवधारणाहरू देखाखपरिहेका छन् । पकारितालाई व्याख्या गर्ने र परिभाषित गर्नेक्रममा विभिन्न नयाँ धारणाअरू खआइरहेका छन् । अजको पत्रकारिताको बहत्तर अर्थलाई सामान्य प्रकाशन–प्रसारणको परम्परागत धारणा र अर्थले निश्चय पनि समग्रतामा समेट्न सक्तैन । आजको पत्रकारिता घटनाको सामान्य टिपोट वा समाचार सङ्कलनको कार्यव्यापारमा मात्र सीमित छैन । यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाचारको सङ्कलनका साथै ती समाचारमा आधारित विश्लेषण, व्यख्या र विचार पनि दिन्छ । यसको सामान्य उद्देश्य सूचना दिनुका साथै आफ्ना पाठकलाई राज्यका र सांस्कृतिक गतिविधिहरूमा सहभागी बन्ने उत्प्रेरित गर्ने उद्देश्यले शिक्षा दिनु र मनोरञ्जन गराउनु पनि हो ।सञ्चार प्रविधिको नवीन क्रान्तिले सञ्चार र पत्रकारिताका नयाँ नयाँ स्वरूपहरूलाई अगाडि सारिरहेको छ । यही क्रममा नयाँ सूचना क्रान्तिसँगै पत्रकारिता के हो र पत्रकार कोहो भन्ने प्रश्नहरू उठिरहेका छन् । आज अनलाइन प्रकाशनमा सर्वसाधारणके पहुँचसँगै सामान्य मानिस पनि समाचारको संकलन र प्रवाहमा संलग्न हुँदैछ । कतिपय अवस्थामा त उनीहरू समाचार संस्थाहरूबाट गलत समाचार सम्प्रेषण हुँदा त्यसमाथि निग्रानी राख्दै ढोका पालेको भूमिका समेत निर्वाह गरिरहेका देखिएका छन् । कतिपय सन्दर्भमा पत्रकारले जानकारी पाउनु अघि नै उनीहरूद्वारा घटनाको रिपोर्टिङ समेत भएको पाइएको छ । सीमित स्रोतका कारण अधिकांश छापा र प्रसारण माध्यमले स्थान दिन नसकेका स्थानीय समाचारहरूलाई समेत यी नव माध्यमहरूले जीवन्त ढङ्गमा प्रस्तुत गरिरहेका छन् । त्यसैले पत्रकारिताले अब पुराना अवधारणाका साथै यस्ता नयाँ खाले सहभागितामूलक तथा नागरिक पत्रकारिका विभिन्न नवीन पक्ष र तरिका तर्फ पनि ध्यान दिनु आवश्यक छ भन्ने आवाज समेत उठिरहेको सुनिन्छ । हाम्रो सन्दर्भमा यी विविध आयालाई लिएर जे जति छलफ हुनु पर्ने हो, त्यो भएको देखिएको पाइन्न ।
सन् १९९०को सुरुतिर अमेरिकी आमसञ्चार तथा पत्रकारिता सम्बन्धी अध्ययन संस्था गनेट सेण्टर फर मिडिया स्टडिजका कार्यकारी निर्देशक एभरेट ई. डेनिसले वर्षौंंदेखि अमेरिकी पत्रकारिताले कार्यमूलक सिद्धान्त अन्तर्गत बस्तुगतता, विशुद्ध तथ्य, र विवादमा दुबैपक्षको सन्तुलनलाई मूल मन्त्र मान्दै आएकोमा अमेरिकी र पश्चिमी पत्रकारिता यो अवधारणाबाट मुक्त भई नयाँ आवश्यक तहको बस्तुगतता वा इम्परेटिभ अब्जेक्टिभप्रति विश्वास राख्न थालेको छ भन्दै अमेरिकी पत्रकारितामा परम्परागत पत्रकारिताको अभ्यासको साटो आवश्यक तहको बस्तुगततामा आधारित व्याख्यात्मक प्रस्तुतीको नयाँ पत्रकारिताको प्रयोग हुन थालेको तर्फ सङ्केत गरेका थिए । सरकार र संस्था वा राजनीतिक आदेशको जगेर्ना गर्ने पत्रकारिताको दायित्व होइन, समाचारको साश्वत चरित्रलाई जोगाउने संस्थाको रूपमा पत्रकारिताले आफूलाई पुनर्संरचित गर्नु आवश्यक छ भन्ने यो नयाँ अवधारणाका पक्षधरहरूको तर्क थियो । उनीहरूको भनाइमा समाचार संस्थाहरू गुणस्तरीय समाचारका लागि राष्ट्रिय प्रतिबद्धता तर्फ चिन्तनशील रहनु आवश्यक छ । यो प्रतिबद्धता समाचार संस्थाको पाठकप्रति रहनु पर्ने दायित्वपूर्ण बस्तुगतताबाट निर्देशित रहनु पर्छ र सर्वसाधारण पाठकलाई आवश्यक पर्ने सूचनाको प्रवाह गरेर उनीहरूको परिणामको मूल्याङ्कन क्षमता बढाउनु जरुरी छ । पाठकले आफ्ना कुरा र प्रतिक्रिया सम्पादक–प्रकाशकसम्म निर्बाध पु¥याउन सक्ने वातावरणको निर्माणबाट मात्र यो उद्देश्य पूरा हुन सक्छ । यही धारणाको पूर्वाधारमा त्यहाँ विकसित भएको नवपत्रकारिताले इम्परेरिटभ अब्जेक्टिभ सिद्धान्त अनुसार केन्द्रीय तथ्यलाई विभिन्न कोणबाट परीक्षण गरेर व्याख्या–विवेचना तथा विश्लेषणको माध्यमद्वारा त्यसको अन्तिम परीक्षण पाठकीय विवेकमा छाड(नु पर्छ भन्ने सोच अघि सा¥यो । डेनिसका अनुसार विवरणात्मक पत्रकारिताबाट बढी व्याख्या र विश्लेषणद्वारा समाचारसँग सम्बन्धित विभिन्न पक्ष तथा स्वार्थसमूहको के सम्बन्ध छ भनने बुझ्न सहयोग पुग्छ ।
नवपत्रकारिताका साथै नागरिक पत्रकारिताजस्ता नयाँ खाले पत्रकारिताका अभ्यास पनि प्रयोगमा आए । यिनले परम्परागत पत्रकारिताले गर्दै आएको खराब अभ्यासबाट यसलाई यसको केन्द्रीय लक्ष्यमा फर्काउने घोषणा गरे । यिनका समर्थकहरूको भनाइमा मानिसलाई नागरिकका हैसियतमा उनीहरूले गर्ने कामका लागि आवश्यक पर्ने सूचना र समाचार दिनु नागरिक पत्रकारिताको उद्देश्य र पत्रकारिताका असल पक्षहरूको पुनस्थापना गर्ने, पाठकसँग सम्पर्क कायम गर्ने, राम्रा समाचार प्रकाशन गर्ने र असल तथा उत्तम नागरिको निर्माणमा सहयोग पु¥याउने नयाँ र नागरिक पत्रकारिताका लक्ष्य हुन् । समाचार, समाचार टिप्णी वा प्रतिक्रिया र मनोरञ्जन तथा समाचार बीचको सीमा रेखा मेटिँदै गएको, पत्रकारहरू सही कुरा ल्याउन असफल हुँदै गएका, समाचार संस्थाहरू सामान्य नागरिकको साटो कुलीन वा शक्तिसाली मानिसहरू (एलाइट) को सेवामा बढी समय खर्चिइरहेका र पत्रकारहरू व्यापारिक स्वार्थबाट प्रेरित भएर उत्तेजनात्मक समाचार तर्फ आकर्षित भइरहेका पृष्ठभूमिमा नव पत्रकारिता सम्बन्धी अवधारणा र अभ्यासले चर्चा पाउनु स्वाभाविक थियो । यसको पृष्ठभूमिमा अमेरिकी समाजमा केही पत्रकारद्वारा अभ्यास गरिएको पत्रकारिता विश्वास गर्नका लागि नभएर हेर्न र सुन्नका लागि मनोरञ्जक हुने व्यवसायिक कुस्तीजस्तै देखिन थालेको छ भन्ने अरोप पनि थियो । नव पत्रकारिता र नागरिक पत्रकारिताका पक्षधरहरूको दृष्टिमा हतारमा काम गर्नु, नोटबुक र प्रचलित परम्परागत प्रश्नमा निर्भर रहनु, आफ्नो प्रश्नको तात्कालिक र छिटो जवाफको अपेक्षा गर्नु, सुन्ने धैर्य नराखी हतारमा सुनिएका भनाइलाई स्थान दिनु, समस्या देखिए पछि मात्रै उपस्थिति जनाउनु, र कहिले काहीँ भ्रष्ट गयतिविधिमा संलग्न रहनु आदि परम्परागत पत्रकारिताका खराब अभ्यास थिए । यी प्रवृत्तिबाट मुक्त भएर भ्रष्टाचार र अन्यायको उजागर गर्दै आमसञ्चारको सचेतक वा ढोकालपाले भूमिका निर्वाह गर्नुका साथै बढी हल्लाको सिर्जनद्वारा आक्रामक हुने खालको प्रवृत्ति त्याग्नु, नागरिकलाई प्रजातन्त्रमा भोट खसाल्नु मात्र होइन, उनीहरूले निर्वाह गनु पर्ने र गर्न सक्ने अरु पनि भूमिका छन् भन्ने तर्फ सजग गराउने काम परम्परागत पत्रकारिता अभ्यासबाट संभव नदख्ने हरुमा नयाँ खाले अभ्यासप्रति रूचि जाग्नु स्वभाविक पनि थियो ।
सन् २००२ को अन्त्यतिर विसकन्सिन–म्याडिसन विश्वविद्यालयले प्रकाशित गरेको एउटा अध्ययन प्रतिवेदन अनुसार अमेरिकाका सबै १५०० देैनिक मध्ये बीस प्रतिशत भन्दा बढी अर्थात् ३२२ वटाले सन् १९९४ देखि २००१ सम्मको अवधिमा कुनै न कुनै रूपको नागरिक पत्रकारिता अभ्यास गरे । समुदायमा त्यसको सकारात्मक प्रभाव पनि देखियो । सोही अवधिमा प्यु सेण्टर फर सिभिक जर्नलिजमले गरेको मेजरिङ सिभिक जर्नजिम प्रोग्रेस शीर्षक अनुसन्धानले पनि यसबाट केही मात्रामा गत्यात्मक तथा प्रगतिमूलक परिवर्तन आएको देखायो । त्यसरी नै अखबारका सम्पादकहरूको भनाइ उद्धृत गर्दै सेण्टर फर कम्युनिकेसन एण्ड डेमोक्रेसीका प्रोफेसर लेविस ए. फ्रेडल्याण्ड तथा विद्यावारिधका शोधार्थी स्याण्डी निकोल्सले आफ्नो अध्ययनमा बताए अनुसार नागरिक पत्रकारिताको अभ्यासले सार्वजनिक सुनवाइको मात्रा बढायो, नागरिक समस्याको समाधानमा सहयोग पु¥यायो, स्वयमसेवाको भावना अभिवृद्धि गर्नुका साथै सार्वजनिक नीतिमा परिवर्तन गर्न दवाब सिर्जना ग¥यो । अध्ययनले नागरिक पत्रकारिताका ९६ प्रतिशत परियोजना वा सामग्रीहरूको सार्वजनिक विषयका समाचार लेखन वा प्रस्तुमा दुई परस्पर बिरोधी दृष्टिकोण पूस्तुत गर्ने परम्परागत द्वन्दात्मक शैलीको सट्टामा व्याख्यात्मक शैलीको प्रयोग गरिएको देखाएको थियो । त्यसैले विश्लेषकहरूको भनाइमा यो शैलीगत परिवर्तन नागरिक पत्रकारिताले ल्याएको महत्वपूर्ण उपलब्धि थियो । त्यसरी नै ८५ प्रतिशत सामग्रीमा नागरिक परिप्रेक्ष वा सन्दर्भलाई स्थान दिइएको पाइयो । यसबाट स्पष्ट हुन्छ, नागरिक पत्रकारिताले अघिपछि सामान्य रूपमा नदेखिने नागरिकको अवाजलाई स्थान दिएर आम नागरिकको पहुँच बढाउँछ । त्यसरी नै ७८ प्रतिशत समाचार सामग्रीमा समस्याको समधान पनि साथै दिइएको पाइयो, जसले समस्याको समाधानमा सहयोग पु¥यायो ।
फ्रेडल्याण्ड र निकोल्सका अनुसार सामुदायिक प्रभावका दृष्टान्तहरू समाचार संस्थाका आ–आफ्नै प्रतिवेदनमा आधारित भएकाले ती एकतर्फी भएर राम्रो पक्ष मात्रै पनि हुन सक्छ । तर पनि नागरिक पत्रकारिताले निश्चय नै केही सकारात्मक सामुदायिक प्रभाव पार्छ । अध्ययनले यसबाट नागरिक आफैंलाई समारोहहरूको आयोजना गर्न साधन र प्रेरणा जुटाइदिएर समुदायको सार्वजनिक छलफलको क्षमता बढाएको मात्र नभएर मतदातालाई सुसूचित गर्नेदेखि समुदायको जीवनस्तर बदल्न मानिसहरूलाई सघाउने गतिविधिको सञ्चालन गर्ने सम्मका काम गरेर नागरिक सिपको विकास गरेको पाइयो । पाठकमा आफ्नो धारणा वा प्रतिक्रिया व्यक्त गर्ने सकारात्मक बानी बसाल्यो, सार्वजनिक नीतिमा परिवर्तन गर्न दबाव परेको देखियो र लाभ बेगर काम गर्ने सामुदायिक समूहहरूको निर्माण गर्न प्रेरित ग¥यो । यस्ता सामग्री बहुसङ्ख्यक अर्थात ६५ प्रतिशत समाचार सामग्री विशेष गरी सर्वसाधारणलाई सूचित गर्न र चेतना जागृत गर्ने हिसाबमा तयार गरिएका थिए, जुन नागरिक पत्रकारिताको प्रमुख चरित्र मानिन्छ ।
यो चर्चाको उद्देश्य हाम्रो सन्दर्भमा पनि नवीन पक्ष र प्रविधिगत धारणाहरूबारे छलफलको अपेक्षा मात्र हो ।
No comments:
Post a Comment