Tuesday, August 17, 2010

युवामंच, असोज २०६४

अनौपचारिक


मानिस कुनै न कुनै आदर्शको खोजीमा रहन्छ, संभवतः हामी पनि त्यस्तै आदर्श खोजिरहेका हुन्छौं । तर कसलाई आदर्श मान्ने ? के हामीले छनोट गरेको आदर्श वास्तवमैं आदर्श छन् ? यो संभवतः समय समयमा हामीलाई आन्दोलित गर्ने प्रश्न बन्ने गर्छ ।
पश्चिमी संस्कृति, खानपान र रहनसहनतर्फ सर्वाधिक आकर्षित केही हामी सहरी युवा आफ्ना व्यवहार र आदर्शमा पनि तिनै कुरालाई महत्व दिन चाहन्छौं सायद् । विगत जनआन्दोलनमा एकातिर हज्जारौं नेपाली युवा आँखाभरि नयाँ नेपालको सपना बुन्दै ज्यान हत्केलामा राखेर सङ्घर्षमा होम्मिए, अर्कोतिर तिनै युवामध्ये केही आफ्ना तिनै आदर्श अर्थात् भौतिक चमकदमकको सन्सारतिर पलायित हुने उपक्रममा व्यस्त रहे । तिनका आदर्श भाँडा माजेरै भएपनि कुस्त ग्रिन डलरको आम्दानी बन्ने ग¥यो, जसले भौतिक सुखको पर्याप्त सुखानुभति प्रदान गरोस ! यो क्रम अझै रोकिएको छैन । भौतिक सुखानुभूतिको मृगमरीचिका पछि दौडिने यो दौडका सहभागी युवा दिनानुदिन बढिरहेकै छन् ।
त्यसैले लाग्छ कतै हामी आज तिनै पश्चिमा चमकदमक र टेलिभिजनका पर्दामा बलात् उभ्याइएका व्यक्तित्व तथा लादिएका तिनकै संस्कृतिलाई आदर्श ठानिरहेका त छौं ? यसैले पो राष्ट्रको नवनिर्माणमा जीवन उत्सर्ग गर्ने युवा अझै हाम्रा आदर्श बन्न नसकेका हसन कि ! पश्चिम र पूर्वका विकट गाउँमा जन्मेर व्यक्तित्व विकास गर्दै तिनै पश्चिमी समाजमा आफूलाई इज्जतसाथ उभ्याउन सक्ने सामथ्र्य भएर पनि आफ्नै गाउँ र समाजको सेवा र विकासमा रमाउने महावीर पुन र सन्दुक रुइतहरूलाई आदर्श मान्ने मानसिकता हामीमा अझै विकास हुन सकेको छैन । न त खेलाडीको नाउँमा विदेश पुगेर देशकै बेइज्जत गर्दै लुकेर भौतिक सुख खोज्ने कतिपय कलाकार–खेलाडीलाई नैतिक थप्पड दिँदै विजयी–चर्चित बनेर आफ्नै देशको गौरव राख्न स्वदेश फर्कने खेलाडी–कलाकार नै हाम्रा आदर्श बन्न सकेका छन् । यो हाम्रो विडम्बना हो सायद् ।
वास्तवमा म्याग्दीको बिकट गाउँमा जन्मेर आजका धेरै नेपाली युवाको सपनाको देश अमेरिका पुगेर उच्च शिक्षा हासिल गरिसक्दा पनि त्यहाँको चमकदमकपूर्ण जीवनसँग नलोभिई स्वदेशकै सेवामा समर्पित हुने महावीर पुनहरू हामी नेपाली युवाका वर्तमान आदर्श बन्नु पर्ने हो । विदेशमा इज्जतको जीवन बाँच्न सक्ने भएर पनि स्वदेशका निमुखा नेपालीलाई जीवनदृष्टि बाँडिरहेका रुइतहरू निश्चय नै हाम्रा आदर्श बन्ने सामथ्र्य राख्छन् ? डलरको तीब्र आकर्षणमा बगेर अमेरिका र युरोप–एसियाका कमाउ देशमा रगत–पसिना बेच्न लालायित डिभी र पर्मानेन्ट रेसिडेन्स भिसाको पछि दौडने आजका कथित हामी सभ्य र शिक्षित युवाको आदर्श के पलायन प्रेमी चरित्र र हल्काफुल्का कलाका अङ्ग प्रदर्शक सुन्दर अनुहार बाहेक अरु बन्न सक्दैनन् ? संभवतः यो आजका हामी प्रत्येक युवाले आफैंसँग सोध्नु पर्ने प्रश्न हो । यी त केही उदाहरण मात्र हुन्, जो हाम्रा आदर्श बन्न सक्ने सामथ्र्य राख्छन्, –यस्ता आदर्श व्यक्तित्व समाजका प्रत्येक क्षेत्रमा पाइन्छन् चाहे ती राजनीति होस्, मूल्यपरक कला–साहित्य होस्, विज्ञान र प्रविविध होस वा समाजका अन्य क्षेज्ञत्रहरू हुन् ।
गरीब मुलुकको ठूलो लगानी खर्चेर तयार भएका युवा जनशक्ति आफ्रनो जन्मभूमि र कर्मभूमिलाई चटक्कै बिर्सिएर स्वदेशी माटोले दिएको रगत पसिना विदेशी भूमिमा बगाउन पुग्ने आजको होड निश्चय पनि देशको सुन्दर भविष्यको पचिायक होइन । आज हामीले सपनाको देश ठानेका अमेरिका, जापान, बेलायत होस वा जर्मनी, अस्ट्रेलिया र क्यानाडा ती पनि अरुले बनाइदिएको होइनन् । त्यसैले नेपालको नवनिर्माणका प्रमुख नायक पनि नेपाली युवा नै बन्नुपर्छ, अर्काको माटोमा दोस्रो श्रेणीको नागरिकजीवनभन्दा आफ्नै देशको विकासमा युवा जोश, जाँगर र सीप खर्चने अठोटगरेर नै यो सङ्कल्प पूरा हुनसक्छ । हो, यसका लागि राज्यले अवसर दिनु पर्छ, वातावरण बनाइदिनु पर्छ । तर त्यो वातावरण र अवसर बनाउने काममा पनि त युवा स्वयम्को सहभागिता चाहिन्छ ! आज मुलुक नयाँ युगमा प्रवेश गर्ने तर्खर गरिरहेको बेला विदेशमा बसेर जति यसको बारेमा चिन्ता गरेको बहाना गरौं, त्यो गोहीको आँसुभन बढी हुनसक्दैन ।
त्यसैले आज हाम्रो आदर्श पयालयन पे्रमीहरू हुनु हुन्न, जो भौतिक सुखको खाोजीमा राष्ट्रप्रतिको दायित्वलाई नै तिलाञ्जलि दिन किञ्चित मान्दैनन् । हाम्रा आदर्श पुन, रुइत र यस्तै अरु धेरै व्यक्तित्वहरू हुनुु पर्छ जो देशको मायालाई जीवनको भौतिक उपलब्धीभन्दा ठूलो ठान्छन्

No comments:

Post a Comment