अनौपचारिक
–विजय चालिसे
अहिले नेपाली साहित्यमा राजधानीकेन्द्रित गतिविधिहरुलाई राजधानी बाहिर पनि लैजानु पर्ने अर्थात साहित्यमा विकेन्द्रकरणको प्रश्न चर्कै रुपमा उठ्न थालेको छ । यसैसँग जोडिएको छ,साहित्यमा राजधानीबादको आरोप । यस्तै प्रश्न केही समय अघि विराटनगरमा वाणीप्रकनाशनले आयोजना गरेको एउटा कार्यक्रममा उठाइएको समाचार सञ्चारमाध्यमहरुले व्यापक मात्रामा फिंजाएका छन् । साहित्यकारका साथै प्राज्ञत्व र प्रकाशनको सरकारी जिम्मेवारीबाट सुशोभित स्वनामधन्य महानुभावहरुको उपस्थिति र सहमतिमा उठाइएका यस्ता प्रश्नको छैन भन्ने होइन,तर जन्मस्थल मात्र मोफसल देखाएर आजीवन कार्यक्षेत्र राजधानीलाई बनाउँदै आफ्ना यावत गतिविधि र सक्रियता राजधानीलाई बनाउने र लाभहानीका दृष्टिले मात्र मोफसल र विकेन्द्रकरणको नारा दिने हाम्रो प्रबृत्ति यसमा कतिसम्म जिम्मेवार रहेका हुन्छन् भन्ने सोच्नु पनि के हाम्रै जिम्मेवारी होइन र ? आज साहित्य कै कुरा गर्ने हो भने पनि प्रज्ञाप्रतिष्ठानदेखि साझाप्रकाशनसम्मलाई नेतृत्व दिने र संस्थागत प्रकाशनहरुलाई नियन्त्रण गर्ने निर्णयक भूमिकामा राजधानी निर्णयक रहेको छ वा मोफसलको निर्णयक स्थान रहेको छ यसको विश्लेषण गर्ने कसले ? यो प्रश्न पनि राजधानीले खोज्नु अस्वभाविक होइन । यस्ता निर्णयक स्थानमा रहने हामी प्राय मोफसलकै कोटाभित्र रहेर माmेसलको उपेक्षा गरिरहेका छैनौं ? कुर्सीमा आसिन पनि बडो जोडले उठाइएको छ । जोड
यसै पृष्ठभूमिमा अहिले विराटनगरमा वाणीप्रकाशनद्वारा एउटा घोषणा गरिएको छ–साहित्यमा विकेन्द्रीकरण । यो घोषणा राजधानीवाद,शिक्षा तथा संस्कृतिमन्त्रालय,नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान,साझाप्रकाशन र अन्य अन्य साहित्यिक संघसंस्था तथा पत्रपत्रिकाले मोफसलका साहित्यकारप्रति गर्दे आएका अप्रजातान्त्रिक व्यवहारप्रति लक्ष्यित रहेको भन्ने समाचारपत्रका साहित्यस्तम्भ लेख्नेहरुबाट प्रकाशमा ल्याएएको देखिएको छ ।
प्रतिभा पुरस्कारअमादि
No comments:
Post a Comment