Tuesday, August 17, 2010

सलाम आस्थाका सतिसालहरू !

अनौपचारिक
–विजय चालिसे
असल मित्रहरूसँगको अनायास बिछोडले सधैं नै एउटा पीडाको नमिठो चोट छाडेर जान्छ । यस्तै पीडास्पद चोट अनुभाव गराएको मित्रद्वय रूद्र खरेल र अग्नि शिखाको असायमिक र अप्रत्यासित बिछोडले ! आस्था र प्रतिबद्धतामा सतिसाल झैं अडिग र सरल जस्वन शैलीका प्रती लाग्ने यी दुई प्रगतिशील साहित्यकार–पत्रकार मित्रलाई छोटैे समयमा एकपछि अर्को गुमाउनुपर्दा मजस्ता धेरैमा बिछोडको यो पीडाबोध स्वाभाविक थियो ।
प्राय ढाड दुखेको गुनासो गर्दै आउने रूद्र खरेल सुरुमा त्यसैको उपचारार्थ अर्थोपेडिक अस्पताल भर्नाहुनुभयो, जोरपाटीमा । समयमैं रोगको पहिचान नहुँदाको परिणम मृत्युवरणसम्म गर्नुपर्ने हाम्रो बिडम्बनाबाट उहाँ पनि मुक्त हुन पाउनुभएन सायद् । त्यसकै फलस्वरूप कहिले हाड र नसा, कहिले मेनिन्जाइटिस र अझ कहिले मेलोमाइनको आशङ्कामा चिकित्सकीय प्रयोगशालाको गिनिपिग बन्ने धरैमध्येका एक हुनुले पनि खोस्यो सायद् रूद्रजीलाई समयले हामीबाट यति चाँडै । त्यही चिकित्सकीय परीक्षणमा लामो समय अस्पतालको शैय्यामा अचेत अबस्थामा हेर्दै फर्कँदै गर्दै आएको म र मजस्तै धेरै मित्र र शुभचित्नकहरू अन्तिम दिन निकै आशावादी थियौं, उहाँलाई होस आएको देखेर । तर के थाहा, लगभग सात घण्टा अगाडि पूर्ण होस र चेतनासमा भेटेर, अस्पष्ट आवाजमैं भए पनि केही कुराकानी गरी फर्केपछिको त्यो अबस्था मात्र निभ्ने बेलाको बत्ती मात्र रहेछ ! अघिल्लो साँझ साढे छ बजेतिर पछिल्लो अन्तिम पटक भेट्दा लागेको थियो उहाँले मृत्युसँगको लामो सङ्घर्षमा विजय प्राप्त गर्नु भएको छ, क्रूर मृत्युलाई पराजित गरिछाड्नुभयो रूद्र खरेलले । निकै कुरा कानी गर्न खोज्नुभएको थियो त्यतिबेला । पाइप छिराइएको स्वरनलीले प्रस्ट आवाज निकाल्न नक्दा पनि उहाँ केही भन्न आतुर हुनुहुनथ्यो । त्यो अबस्थामा समेत उहाँमा आफ्नै सहयोग र समर्पणबाट स्थापित रमेश विकल साहित्य प्रतिष्ठान र उहाँकै सम्पादन संयोकत्वमा प्रकाशोन्मुख रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक ग्रन्थको तयारीका बारेमा काम अघि बठे नबढेको जान्ने तीब्र उत्सुकता देखिन्थ्यो ! भाउजु (श्रीमती खरेल) र मैले धेरै नबोल्न अनुरोध गर्नुपरेको थियो त्यति बेला र उहाँको स्वास्थ्यलाभपछि तीकाम सबै काम उहाँको नेतृत्व र निर्देशनमा पूरा हुने विश्वास प्रकट गर्दै फर्केको थिएँ म ! तर के थाहा, त्यो त निभ्नेबेलाको बत्ती रहेछ । उहाँ त भौतिक रूपमा हामीसँग बिदाबारीको पो तयारीमा हुनुहँदो रहेछ । त्यसरी भेटेर फर्केको केही घण्टपछि नै उहाँलाई गुमाउनु परेको अप्रिय खबरको पीडा साँच्नै नै असह्य बन्न पुगेको थियो मेरालागि ।
त्यो असह्य पीडा आलै छँदै अग्नि शिखाको बिछोडको फेरि अर्को त्यस्तै खबर सुन्नुप¥यो । केही दिन अघिमात्र बेकरी क्याफेमा प्रेस चौतारीले एमालेसम्बद्ध मन्त्रीहरूको सम्मानममा आयोजना गरेको कार्यक्रममा भेटेका अभिन्न मित्र अग्नि शिखालाई अप्रत्याशित रूपमा त्यसरी गुमाउनु परेको अझनै असह्य बन्न पुगेको थियो । हास्यव्यङ्ग्यका शिखर व्यत्तित्व भैरव अर्यालको शालिक अनावरण कार्यक्रममा हेटौंडा पुगेको म बिहान साढे पाँच बजेनै कृष्ण राई र रामेश्वर फुयाँलजीबाट पाएको त्योे खबरले जीवनमा सबैभन्दा बढी मर्माहत बन्न पुगेको थिएँ ।
यी दुबै मेरा आस्था र लेखकीय धर्मका निकट र प्रिय त थिए नै, कतिपय सन्दर्भमा प्रेरक तथा आडभरोस र मार्गदर्शकका रूपमा पनि शुभचिन्तक थिए म र सायद मजस्ता अरू पनि धेरैका । शुकदेव नेपालदेखि अग्नि शिखासम्म नै अग्निजीसँग मेरो धेरै लामो परिचय रह्यो ! २०२९÷३० सालतिर त्यतिबेलाका नेसनल कलेज (हालको शङ्करदेव क्याम्पस) हाम्रो परिचयको पहिलो साीक्षी बन्यो । दिउँसो बाँचनमका लागि जागर खानै पर्ने वाध्यताका हमामी दुबै रात्रि कक्षामा बीएका सहपाठी थियौं त्यो कालखण्डमा । त्यही कलेजको वार्षिक प्रकाशन जमराले हामी दुईकाबीच सहपाठीभन्दा दरिलो साहित्यिक सहकार्यमा डोहो¥याएको थियो पछिका लागि । कलेज जीवनपछि केही वर्ष हराएका हानमीलाई फेरि एउटै थलो उभ्याउने काम ग¥यो जनमत सङ्ग्रह अगाडिको उत्साह साहित्यिक गोष्ठीले । यो सहयात्रालाई निकट बनाउनमा प्रेस चौतारीले अर्को योगदान दियो । यो कालखण्डमा उहाँसँगको सहकार्य सहयोगपूर्ण, आत्मीय र समर्पणप्रेरित रह्यो, जुन मेरोलागि पनि अविस्मरणीय कालखण्डका रूपमा मानसबिम्बमा सुरक्षित रहेको छ । उहाँकै साधिकार आग्रह र एकप्रकारले भन्नुपर्दा आग्रहपूर्ण प्ररणका राण उहाँका सम्पादन कालभरि नै नियमित स्तम्भकार रहेँ म सम्बोधन साप्ताहि र एक्काएसौं शताब्दीमा विक्रान्तको नयाँ चोला भिरेर ।
ती विभिन्न कालखण्डका सहकार्य क्रममा असग्नि शिखासँग सहकार्य रह्यो । रूद्र सरसँग लामै परिचय र भेटघाट भए पनि निकटतम सहकार्यको अवसर मूलतः रमेश विकल साहित्य प्रतिष्ठानले जुटाइदिएको थियो मलाई । प्रतिष्ठान स्थापना हुनु अघि बारम्बार लौन विकल दाइको नाउँमा केही गरौं उहाँ जिवीत छँदै भनेर नथाक्ने धेरै साथीहरूले त्यसपछि कुनै चासो देखाउने समेत आवश्यकता ठान्नुभएन । तर रूद्र सर सुरुदेखि अस्पतालको शैइ्यामा मृत्युसँग सङ्घर्षगर्दाको समयसम्म नै त्यसप्रति कन वचन र कर्मले समेत समर्पित देखिनु भयो । यो अनुभव मेरालागि अविस्मरणीय प्ररण बन्ने छ ।
रूद्र खरेल र अग्नि शिखा दुबैलाई सँधैं नै सहयोगी, प्रेरक र आफ्नो विचार तथा सिद्धान्तलाई जीवनदर्शनमा ढाल्न अति नै प्रतिबद्ध पाउँदै आएको हुँ मैले । नेपादली कम्युनिस्ट आन्दोलनमा अलिकति अघि–पछिको संलग्नता रहेका यी दुई व्यक्तित्व जीवनपर्यन्त जनपक्षीय विचार र सिद्धान्तप्रति इमान्दार र अटल आस्थावान रहे, न कुनै विचलन देखाउ¥उो उहाँहरूको विचारमा न त सरल जीवन शैलीमा ! दुबैमा अर्को पनि सममानता देखेको छु मैले— व्यवहारमा अत्यन्त सहयोगी, मिलनसार र स्पष्ट वक्ताका रूपमा । अत्यन्त विनम्र तर विचारमा सतिसालझैं अडिग, अवसरवादी र पाखण्डी चरित्रको खरो आलोचक मात्र होइन, जनमुक्तिका गायक जुनसुकै दलीय आस्था र सिद्धान्तका प्रति पनि समान आदरको भावना !
दुबै संलग्न हुनुहुन्थ्यो, आ–आफ्ना विचार पकिटका राजनीतिक लदलहरूमा । तर दुबै चाहे आफूसंलग्न दलभित्रैको होस वा अरुमा विद्यमान गूटपरस्ता अवसरवाद, बदलिँदो जीवन शैली र बुर्जाुवावादी सोचप्रति सँधै चिन्तित र प्रखर आलोचक । पार्टी अनुशासनले जहाँपायो त्यही त्यसको अभिव्यक्ति सम्भव थिएन सायद ।, तर पनि हामीजस्ता साथीहरूका बीच उहाँहरू सधैं त्यस्ता प्रवृत्तिले निम्त्याउन सक्ने दुर्घटनप्रति प्रति अत्यन्त चिन्ति देखिनुहुनथ्यो । प्रगतिवादी लेखन र पत्रकारिताका यी दुई व्यक्तित्व राजननीतमा मकात्र नभएर साहित्यमा पनि त्यस्तो गूटगत चर्चाको मोहमा कहिल्यै ष्परेको देखिएन । विज्ञापनको बजार गूटगत साहित्यिक पहिचानभन्दा असल र वास्तविक पाठकको मायामा बाँच्न चाहने र गर्व गर्ने यी दुबै स्रष्टाको उचित मूल्याङ्कन वर्तमानले गरेर, भविष्यले अबस्य नै गर्ने छ । जीवनलाई “हतारोसँग हामफाल्ने छाँगो” ठान्ने खरेलले त आफ्नो परिभाषालाई जीवनकै यथार्थ बनाउनुभयो, अगिलने पनि किन त्यत्तिको हतारो गर्नुपरेको होृ, कसलाई सोध्ने अब !

No comments:

Post a Comment