Monday, August 23, 2010

यती, अन्तरिक्ष र गाउँघरका कथा (बालकथा सङ्ग्रह)

1. निमाले यति भेट्यो...........................३

२. आकाशको अँध्यारो गुफाभित्र..............५

३. मङ्गलबासीको हमला .........................७

४. पराइ ग्रहका साथी ..........................९

५. होचा मानिससँगको भेट ...................११

६. टेलिभिजनमा छिमेकी चन्द्रमाका मान्छे...१४

७. बत्तीको कथा ..................................१६

८.सहरको घुमघाम...............................१८

९ राजनले बम भेटयो ..........................२१

१०. कासाङ................................... २२

११.भो मलाई साइकल चाहिँदैन ! ............२४

१२. अनीताको अठोट ............................२७

१३. मुस्ताङका मीतज्यू .........................२९



























निमाले यति भेट्यो



शोलुखुम्बु भन्दा केही पर चिटिक्क परेको एउटा गाउँमा निमाको घर थियो । घर सगरमाथा जाने बाटैमा पथ्र्यो । त्यसैले निमाका बाबु मिङ्माले होटेल थाप्नु भएको थियो । होटेलमा आमा डोलन र दिदी पासाङ बाबालाई सघाउँथे । सानो भए पनि निमा विहानबेलुका र विदाको दिन भेडा चराएर आमाबालाई सघाउने गथ्र्यो । दिउँसो ऊ दिदीसँगै नजिकैको पाठशालामा पढ्नजान्थ्यो । संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा चढ्ने र पैदल घुम्न आउनेहरू त्यही बाटो आउजाउ गर्थे । त्यसैले उसको होटेलमा थरिथरीका देशीविदेशी मान्छे बास बस्न आउनेगर्थे ।

ती मानिसहरू विभिन्न कुरा गर्थे । एकपटक उनीहरू हिउँ मान्छे यतिको बारेमा कुरा गरिहेका थिए । निमाले पनि उनीहरूको कुरा सुन्यो । निमाले आफ्नै गाउँका ठूला मानिस पनि लाक्पा बज्यैले धेरै वर्ष अघि डरलाग्दो जङ्गली माछे भेटेको रे भन्थे । पल्लो गाउँकी ती गाउँकी लाक्पा डोमिनी शेर्पाले नाम्चे बजारको उत्तरतिरको हिमाली भेगमा यतिले आफूलाई झम्टेर झण्डै नमारेको भन्नुहुन्थ्यो रे । बज्यैले त्यो जङ्गली मान्छेको जिउ अजङको थियो रे । त्यसको कम्मरभन्दा माथि खैरो र कम्मरमुनि कालो रौंले ढाकिएको थियो रे । ती विदेशीहरूको यतिबारे कुरा सुनेपछि निमालाई कतै डोल्मा बज्यैले भेटकी त्यो डरलाग्दो जङ्गली मान्छे र यिनीहरूले कुरा गरेको यति एउटै त होइन भन्ने लागिरह्यो । केही कोही चाहीँ यति सेतै र्रोले ढाकिएको हिउँ मान्छे हुनुपर्छ भन्थे, कोशही चाहीँ त्यो हिउँचितुवा होला भन्थे । आखिर जे भए पनि त्यो कस्तो होला भन्ने कुरा उसको मनबनट हट्दैहट्दैनथ्यो । आहा, आफैंले भेट्न पाए कति मज्जा हुन्थ्यो होला– ऊ मनमनै सोच्दथ्यो ।

“ओहो, के होला यो ? मान्छेको पाइला त यति ठूलो हुँदैन !” एकदिन भेडा चराउन गाउँभन्दा पर डाँडोमा पुगेकाबेला निमाले अचम्मको पाइला देख्यो । मन्छेकोजस्तै देखिएपनि त्यो पाइला निकै ठूलो देखिन्थ्यो । आकारमा पनि मान्छेकोभन्दा केही परकजस्तो देखिन्थे । ती पाइलाको फड्को धेरै टाढाटाढा देखिन्थे ।

त्यो देखेर उसलाई ती पाइला कसको होला भन्ने जिज्ञासा भयो । निमा तिनै पाइला पच्छ्याउँदै गयो । निकै पर दुईवटा अग्ला डाँडाको खोँचमा पुगेपछि ती पाइला देखिन छाडे । हिउँ बगिरहेको खोँचबाट असाध्यै चिसो हावा आइरहेको थियो । निमाले लाएको बाक्ला लुगालाई समेत छेडेर चीसोले उसलाई भित्रैसम्म कँपाइरहेको थियो ।

अब कता खोज्ने त्यो पाइला ! ऊ रनभुल्लमा प¥यो । तर पनि कतै देखिन्छ कि ? ऊ चारैतिर हेर्न आँखा घुमाउन थाल्यो । निकैमाथि डाँडामा एउटा झ्यापुल्ले चौंरीजस्तै कुनै जनावर उभिइरहेकोजस्तो लाग्यो उसलाई । मनमनै सोच्यो– त्यतिमाथि एउटा मात्रै चौरी त नहुनु पर्ने ! बथानबाट छलिएर पो आइपुगेछ कि ? उसले केही अनुमान गर्न सकेन ।

निमाले त्यहीँ पुगेर पत्ता लाउने अठोट ग¥यो । उकालो चढ्दा जिउ तातेर जाडो समेत हरायो । निकै समय उकालो चढेपछि निमा अघि चौरीजस्तो देखेको ठाउँमा पुग्यो । त्यहाँ रुखबुट्यानहरू अन्तभन्दा अलि बाक्लै थिए । ठूलाठूला ढुङ्गगाका ककारा र तिनकै छेऊछाउ गुफाहरू पनि देखिन्थे । यसो हेर्दा लाग्थ्यो त्यहाँ आजसम्म कुनै मानिसले टेकेको छैन । नत्र मानिस हिँडेको गोरेटो त देखिनुपथ्र्यो– उसले मनमनै सोच्यो ।

अब उसलाई अलिअलि डर पनि लाग्न थाल्यो । कतै हिउँभालु रहेछ भने, तर यहाँसम्म आइपुगेपछि त्यसै फर्कनु पनि त भएन ! निमा झाडीको छेको परेर ती रुखबुट्यान र गुफा–ककाराहरूमा आँखा डुलाउन थाल्यो । चारैतिर हेरेपछि उसका आँखा केही परको एउटा ठूलै गुफमा गएर अडिए । गुफाको बाहिर छेउमा दुइवटा जनावर लडीबुडी गरेर खेलिरहेकोजस्तो लाग्यो उसलाई । झट्ट हेर्दा ती भालुजस्तै झ्वाप्प रौंले ढाकिएका देखिन्थे साना देखिए पनि तिनीहरू निमाभन्दा निकै ठूला देखिन्थे । त्यत्तिकैमा गुफाभित्रबाट डरलाग्दो आवाज आयो । गुफाभित्र ठोक्किएर गुञ्जिँदै निस्केको त्यो आवाज निकै डरलाग्दो थियो । आवाज आउनासथ लडिबुडी गरेर खेलिरहेका झैं देखिने ती दुइवटा साना जीवहरू मानिसलेजस्तै दुई खुट्टामा उभिएर गुफाभित्र पसे । झट्ट देख्दा रौले ढाकिएको भुत्लेलुगा लाएको केटाकेटीजस्तै देखिएका थिए तिनीहरू ।

अब निमालाई झनै डरलाग्न थाल्यो । ती हिउँ भालु हुनसक्थे र उसले सुनेकोजस्तै हिउँमान्छे वा यति पनि हुनसक्थे । ऊ चालचुल केही नगरी सास थामेर त्यहँी बसिरह्यो । त्यहाँबाट निस्केर हेर्ने आँटै आएन उसलाई । केही बेरमैं गुफाभित्रबाट एउटा अजङको जीव बाहिर निस्केको देख्यो । मानिसजस्तै देखिए पनि त्यसको शरीर लामालामा रौंले ढाकिएका थिए । साधारण मान्छेभन्दा धेरै अग्लो– १० फिटभन्दा कम छैन होला ! भित्रभित्रै डराएपनि निमाले यसको उँचाइको अनुमान ग¥यो । चारैतिर लामा र बाक्ला रौंले ढाकिएको भएपनि अगाडि अनुहारमा भने रौं थिएन । चौडा ठूलो अनुहारको बीचमा कुखुराको फुलजस्तै लाम्चो आकारका ठूला बल्ड्याङ्ग्रे आँखा डरलाग्दा थिए । गोलो खालको ठूलो टाउको, निकै फराकिलो चौडा छात्ती, मोटामोटा हातपाखुरा– त्यो जीव ज्यादै बलियो होलाजस्तो देखिन्थ्यो । अब भने निमा डरले थरथर काँप्न थाल्यो । त्यसले फेला पा¥यो भने ! त्यसरी आत्तिए पनि निमाले आफ्नो होस गुमाएन । त्यो डरलाग्दो जीवले देख्ला भनेर ऊ हलचल नगरी बसिरह्यो । त्यत्तिकैमा त्यो ठूलो जीव त्यहाँबाट ठूलो ठूलो फड्का मार्दै पहाडको माथितिर लाग्यो । एकै छिनमा त्यो कता हरायो, निमालाई पत्तै भएन । निमाले अनुमान ग¥यो– त्यो ठूलो बनमान्छे जस्तै जीव पक्कै पनि ती दुई साना जनावरको आमा हुनुपर्छ ।

अब के गर्ने, उसले तुरुन्तै निर्णय गर्न सकेन । एक मन गुफाभित्र गएर हेरौंजस्तो लाग्थ्यो । अर्को मन तिनले हमला गर्लान भन्ने डर पनि थियो । बच्चा नै भए पनि ती ऊभन्दा निकै ठूला र बलिया थिए, तिनले हमला गरे भने बच्न संभव थिएन । त्यसैले निमाले घर गएर यो सबै कुरा आमाबालाई सुनाउने निर्णय ग¥यो ।



सुनगाभा, २०६१ साउन, वर्ष ३ अङ्क १, पूर्णङ्क १००













आकाशको अँध्यारो गुफाभित्र



ईशान बाबासँगै मङ्गल ग्रहको यात्रा गर्दै थियो । उनीहरू पृथ्वीबाट उडेको आज छैटौं दिन थियो । यानको कम्प्युटरबाट अरु यात्रुजस्तै ऊ पनि आफ्नो यान उडिरहेको अन्तरिक्षका दृश्य हेरिरहेको थियो । यानका चारैतिर आँखाले नभ्याउने आकाश फैलिएको थियो । टाढा टाढा ग्रह ताराहरू टिम्टिमाइरहेका देखिन्थे । कहिले कहिले क्षुद्रग्रहहरू आगोको लप्कासहित आकाशमा झिलिल्ल गर्दै खसिरहेका देखिन्थे । ईशान ती दृश्य हेरेर रमाइरहेको थियो ।

एक्कासि सबै कम्प्युटरका पर्दामा अँधेरो छाएर केही देखिएन । के भयो यो ? सबै एकै स्वरमा सोधिरहेका थिए । केही बेरपछि बल्ल यानका चालकले भने– “न आत्तिनोस्, बाटो बिराएर यान अन्तरिक्षको अँध्यारो क्षेत्र वा कृष्ण गर्त ( ब्ल्याक होल) भित्र पस्न पुग्यो । हामी बाहिर निस्कने प्रयास गरिरहेका छौं । कृपया नआत्तिइकन आ–आफ्नो ठाउँमा बसिदिनु होला ।”

त्यसरी विमानले बाटो बिराएर अक्कासिँदा अन्तरिक्षको अँध्यारो गुफाभित्र हराएको कुरा उनीहरूले पछि मात्रै थाहा पाए । ईशानलाई थाहा थियो– कृष्ण गर्त (ब्ल्याक होल) अन्तरिक्षको त्यस्तो भूलभलैया हो, जहाँ पसेपछि निस्कन असंभव हुन्छ । त्यसभित्र पसिसके पछि पनि सुरुमा त सबै कुरा पहिलेजस्तै देखिएको थियो । केही बेर पछि भने सबैतिर अन्धकारले छोप्यो । शिकारीले थापेको जालजस्तै लाग्यो इसानलाई त्यो कालो गुफा । सुरुमां फसेको पत्तै नहुने, पसेपछि भने निस्कन नसकिने !

अहिले उनीहरूलाई त्यस्तै भएको थियो । त्यसमा फसेको थाहा पाए पछि चालकले हड्बडाएर यानलाई आएकै बाटो फर्काउन नखोजेका होइनन् । तर चारैतिरबाट घेरेको अँध्यारोबाट आत्तिएर उनीहरूले यानलाई कहिले कता कहिले कता घुमाइरहे । सुरुमा त कम्प्युटरले समेत काम गरेन । त्यसबाट उनीहरू झनै डराए । डरले अताल्लिँदै यानलाइ कहिले यता, कहिले उता मोड्दा मोड्दै यान झन भूलभूलैयामा फस्दै गयो ।

यो विश्ब्रह्माण्डमा हाम्रो पृथ्वी सहित अर्बौ ग्रह, उपग्रह, नक्षत्र, तारा रहेका छन् । ती कति छन् भन्ने अझै यकिन भै सकेको छैन । अहिलेसम्म हामीलाई नौवटा ग्रह मात्रै भएको थाहा थियो । । तर होइन रहेछ, भर्खरै दशौं ग्रह पत्ता लाग्यो । यस्ता अरु कति ग्रह–उपग्रह र तारा नक्षत्र कति छन्, कति कसैलाई थाहा छैन ।

ती ग्रह, उपग्रह, नक्षत्र, तारा आदिको बीचमा खाली ठाउँ हुन्छ । त्यही खाली ठाउँ आकाश वा अन्तरिक्ष हो भन्ने इशानलाई थाहा थियो । तिनै खाली ठाउँमध्ये कतै कतैको वातावरण अर्थात् चारैतिर फैलिएको हावामा ज्यादै धेरै गुरुत्वाकर्णण हुन्छ । त्यस्तो गुरुत्वाकर्षण शक्तिले जुनसुकै कुरालाई पनि आफूतिर तान्छ । त्यस्तो गुरुत्वाकर्षण भएको क्षेत्र वा ठाउँलाई कृष्णगर्त (ब्ल्याक होल) भनिन्थ्यो । त्यही गुरुत्वाकर्षणको कारण त्यहाँ कुनै प्रकारको उज्यालो छिर्न सक्दैन । त्यसैले त्यो ठाउँ सधैँ अँध्यारो हुन्छ । त्यो अँध्यारो गुफाभित्रको गुरुत्वाकर्षणले तानेर त्यसभित्र एक पटक पसेपछि त्यहाँ बाटो बिराएर हराइन्थ्यो । विज्ञानले जतिसुकै उन्नति गरेको भए पनि त्यो कालो गुफबाट बाहिर निस्कने तरिका अझै थाहा थिएन । त्यस्तोमा फसेर धेरैले ज्यान गुमाइसकेका थिए ।

त्यस्तो डरलाग्दो अँध्यारो गुफमा फसेको थाहा पाए पछि सबै आत्तिए–लौन अब के गर्ने ? ईशानको पनि सातो गयो– अब कहिल्यै पृथ्वमा फर्कन नपाइने त होइन !

यो विक्रम संवत्को २१०७ साल कार्तिक महिना थियो । निल आर्मस्ट्रङ ८१ वर्ष अघि पहिलोपल्ट चन्द्रमामा ओर्लेका थिए । यो ८१ वर्षमा अन्तरिक्ष विज्ञानले धेरै उन्नति गरेको कारण अहिले पृथ्वीका मानिसहरू चन्द, मङ्गल, बुधजस्ता ग्रहहरूमा छुट्टी मनाउन जान थालिसकेका थिए । नेपालंबाट समेत त्यस्तो अन्तरिक्ष यात्रा गर्न सकिन्थ्यो । जान आउन र दुई दिन त्यहाँ बस्ने गरी बीस दिने यात्रा गराइन्थ्यो । उसका बाबा पनि अन्तरिक्ष वैज्ञानिक हुनुहुन्थ्यो । उहाँ अन्तरिक्ष अनुसन्धान गर्न भनेर मङ्गल ग्रहतिर जाँदै हुनुहुन्थ्यो । ईशान यसै वर्ष परीक्षामा पहिलो भएको थियो । त्यही खुसीमा बाबाले उसलाई पनि आफूसँगै अन्तरिक्ष घुमाउन लैजानु भएको थियो ।

“नडराउनोस्, हामी यानलाई यो गुफाबाट निकाल्ने उपाय खोज्दै छौं ।” निकै बेर पछि यानका चालकहरूको आवाज सुनियो । त्यो सुनेर यात्रीहरूमा थोरै भए पनि बाँच्ने आशा पलायो ।

त्यही झिनो आशामा कालो गुफाभित्रै हराएर उनीहरूले दुई दिन बिताए । कति कोशिस गर्दा पनि चालकहरू यानलाई बाहिर निकाल्न सफल भएनन् । अब उनीहरूले हार मानिसकेका थिए । त्यो देखेर अब कहिल्यै पृथ्वीमा फर्कन नपाउने डरले सबैजना झनै आत्तिए ।

इशानका बाबा भने कम्प्युटरमा ब्ल्याक होलसम्बन्धी जानकारी खोजिरहनु भएको थियो । उहाँसँँग सधैं अन्तरिक्षसम्बन्धी सबै जानकारी भएको ल्यापटप कम्प्युटर साथै रहने गथ्र्यो । यानको कम्प्युटरले आफू आएको बाटोको सबै नक्सा बनाइको थियो । उहाँले त्यो नक्साको पनि राम्ररी अध्यन गर्नु भयो । कालो गुफाभित्र बाटो बिराएका दुई दिनको नक्सा हेरे पछि उहाँले नक्सामा एक ठाउँ देखाउँदै चालकसँग भन्नु भयो– “यहाँबाट हाम्रो यान यो गुफाभित्र छिरेको थियो । फेरि त्यहीँ पुगेर पसेकै ठाउँबाट निस्कने कोशिस गरौं, निस्कन सकिने संभावना छ ।”

“आएकै तिर जाने कोशिस त पहिले पनि गरेका थियौं, त्यहाँसम्म पुग्नै सकिएन !” चालकले शंका गरे ।

“तपाइँले ब्ल्याक होलको बनावटका बारेमा राम्रोरी ध्यान दिनु भएन होला । यो ब्ल्याक होल भित्रबाट बाहिर देख्न सकिने, तर बाहिरबाट भित्र नदेखिने कालो सिसाजस्तै हो । यस अगाडि तपाइँहरूले आएकैतिर फकँदा अँधेरेले बाटो देख्नु भएन । त्यसो भए पछि पक्कै पनि दिशा बदल्नु भयो होला । अब बाटो नदेखिए पनि यताउता नलागि सोझै अँध्यारोकोभित्रै सोझै बढ्दै जानोस् । मलाई लाग्छ, हामी सफल हुने छौं !” बाबाले नक्सामा देखाउँदै कुरो बुझाउनु भयो ।

“हो, तपाइँले भनेजस्तै भएको थियो, त्यतिबेला । हामीले बाटो नदेखेपछि दिशा बदलेका थियौं । एक पटक यसै गरेर हेरौं न त, कतै सफल भैहालिन्छ कि !” उनीहरूमा पनि केही आशा पलायो ।

त्यसपछि उनीहरूले बाबाले भनेजस्तै गरे । बाबा पनि उनीहरूसँगै बसेर नक्सा हेर्दै कता जाने, के गर्ने भन्ने सल्लाह दिँदै हुनुहुन्थ्यो । उनीह्रूले यानलाई सिधै पहिला पसेको ठाउँतिर लगे । कतै केही नदेखिने बाक्लो अँध्यारोभित्र यान अघि बढ्दै गयो । जति अगाडि पुग्दा पनि कतै उज्यालो देखिँदैनथ्यो । दिनभर जस्तै त्यही रितमा अघि बढेपछि बल्ल यानको झ्याल बाहिर अलि अलि उज्यालो देखियो । अब उनीहरूको यान त्यो ज्यानमारा अँध्यारो गुफाबाट बाहिर निस्किन सफल भएको थियो ।

अन्तरिक्षमा टिलपिल टिलपिल जुन तारा टिल्पिलाइ रहेका थिए । यात्रुहरूका अनुहार पनि बाँचिएको खुसीले तिनै जुनताराझैं चम्किइ रहेका थिए । त्यो खुसीले तिनका आँखाभरि खुसीका आँसु टिल्पिलाई रहेका थिए ।

“अब त यो कालो अँध्यारो गुफादेखि डराउनु पर्दै हगि बाबा, झुक्किएर पसे पनि अब यसरी नै निस्क्न सकिन्छ होइन त ?”ईशानले बाबासँग सोध्यो ।

“हो, अब डराउनु पर्दैन, यसको सबै रहस्य थाहा भयो । यो तिम्रै बाबाले गर्दा संभव भएको हो ।” यानका चालक वैज्ञानिकको कुरा सुनेर ऊ बाबाको अनुहारमा हेर्दै मुस्कुरायो ।

मुना २०६२ असोज, वर्ष १५ अङ्क १०, पूर्णङ्क १७८ ।











मङ्गलबासीको हमला



इस्वी सनको अप्रिल १, २००७ । इशान र इषिता हजूरबा, हजुरआमा, बाबा र आमासँगै बसेर बिहानको कौला खाँदै टेलिभिजनमा हेरिरहेका थिए । रमाइलो कार्यक्रम बीचैमा रोकिएर अकस्मात समाचार आउन थाल्यो । के ग¥यो यो, समाचार आउने बेला त भएको छैन ! कि मेरो घडी ढिला भयो ?– बाबाले छक्क पर्दै भन्नु भयो ।

“विमान जस्तै एउटा अनौठो देखिने चम्किलो बस्तु भर्खरै हाम्रै नेपालको आकाशमाथि उडिरहेको देखिएको छ । वैज्ञानिकहरूको भनाइमा ठूलो रिकापीजस्तै देखिने त्यो बस्तु अर्को कुनै ग्रहबाट आएको यान हुनसक्छ । चम्किलो उज्यालोको मुस्लो फाल्दै अति तेज गतिमा झरिरहेको यो बस्तु कुनै पनि बेला नेपालकै कुनै भेगमा ठोक्किन सक्ने खतरा देखिएको छ । पृथ्वीमा कसैसँग पनि यस्तो यान नभएकोले यो कुनै अर्को ग्रहबाट आएको हुन पर्छ भन्नेमा शङ्का छैन । त्यसैले हाम्रो अन्तरिक्ष अनुसन्धान संस्थाले सबै नेपालीलाई सतर्क रहेर झ्याल ढोका बन्द गरी घरभित्रै बस्ने सल्लाह दिएको छ ।”

समाचार सुनेर मानिहरूमा अर्के ग्रहको यान र जीव हेर्न पाइने हर्षका साथै केही गरी त्यो बस्तु आफ्नै नजिकै खस्योभने के हालत होला भन्ने चिन्ता साथसाथै देखियो । इशानलाई पनि यस्तै भयो– एकातिर आप्mनै आँखाले अर्को ग्रहको यान र जीव देख्न पाइने खुसी थियो । अर्कोतिर केही गरी त्यो यान यतै कतै खसेर विष्फोट भयो वा ती एलियन अर्थात अर्कोे ग्रहका मानिसले डरलाग्दो वैज्ञानिक हतियरद्वारा हमला गरे भने के अवस्था होला भन्ने डर ! यही खुसी र डरको बीचमैं उसले सोच्यो– यो पक्कै पनि युएफओ हुनु पर्छ । यस अगाडि पनि अहिलेसम्म नदेखिएका रहस्यमय यस्ता यानहरू अरु देशमा उत्रिएका र त्यहाँका मानिसले देखेको सुनिन्थ्यो । ती यान पृथ्वीमा देखिँदा कुनै दुर्घटना भएको थाहा थिएन । पृथ्वी बाहेक ब्रह्माण्डका अरु ग्रह तारामा मानिसजस्तै बुद्धिमान जीव हुनै सक्दैन भनेर वैज्ञानिकहरूले पनि भन्न सकेका थिएनन् । बरु अनेकौं अन्तरिक्ष यान छाडेर यस बारे वैज्ञानिकहरू खोजी गरिरहेका थिए । नयाँ नयाँ ग्रह, तार र सौर्यमण्डलहरू पत्ता लागिरहेका थिए । इशानले सोच्यो– यस्तोमा हाम्रो पथ्ृवी ग्रह बाहेक अरु ग्रह–उपग्रहमा हामीजस्तै, अझ हामीभन्दा बढी बुद्धिमान् र विज्ञानमा हामीले भन्दा धेरै विकास गरेका जीव न होलान् त ? तिनै मध्ये केही हामीलेजस्तै नयाँ जीवको खोजी गर्दै आएको पनि त हुनसक्छ ! तर यतै कतै खस्यो भने....? उसको अनुहारमा डर प्रष्टै देखियो ।

“युएफओ होकि ? हामीलेजस्तै अर्को ग्रह र त्यसका जीवको खोजीमा आएको कुनै अर्कै ग्रहका जीव पो हुन् कि ?” डर लुकाएर इशानले बाबातिर हेर्दै भन्यो । उसले युएफओ अर्थात् अज्ञात उडन तस्तरीको बारेमा पढेको थियो । उड्ने रिकापी जस्तै देखिने र कहाँबाट कसले पठाएको भन्ने थाहा नहुँने यस्ता रुहस्यक बस्तुलाई अङ्ग्रेजीमा अनआइडेण्टिफाइड फ्लाइङ अब्जेक्ट भनिन्थ्यो । त्यसरी नै पृथ्वीबाट अरु ग्रहको अध्ययनमा गएका अन्तरिक्ष यानहरूले पठाएका तस्बिर हेरेर वैज्ञानिकहरूले मङ्गल ग्रह र बृहस्पतिको एउटा उपग्रह युरोपामा पनि जीव हुनसक्ने जानकारीले दिएका थिए । त्यसमाथि यो विश्व ब्रह्माण्डमा मानिसले थाहै नपाएका अरू कति होलान्, कति सौर्य र तारामण्डलहरू ! तीमध्ये कुनैमा पनि हामीभन्दा बुद्धिमान् मानिसजस्तै जीव हुनसक्थे ।

“हुनसक्छ, यस अघि पनि यस्ता युएफओ धेरै ठाउँमा देखिएको सुनिन्थो । आजसम्म कुनै प्रमाण भने भेटिएको छैन भन्छन् ।” बाबाको जवाफ सुनेर उसलाई आफ्नो विचार ठीकै भएजस्तो लाग्यो ।

पछिल्लो जानकारी अनुसार यो यान मङ्गल ग्रहबाट आएको र उनीहरूले पृथ्वीमा आक्रमण गर्न सक्ने संभावना रहेको बताइएको छ भन्ने सबैभन्दा पछिल्लो समाचारले सुनेर चाहिँ सबै डराए । टेलिभिजनले दिएको यो समाचार नेपालका रेडियो, एफएम सबैले प्रसारण गरेका थिए । घरमैं समाचार सुनेर सबै डराए । कोहीले यउो खबर घरैमा सुने, कोहीले बाटैमा एफएमबाट सुने, कसैले एक अर्काबाट सने । सुन्ने जति सबै आत्तिन थाले । अर्को ग्रहका मानिस पृथ्वीमा हमला गर्न अएका र यान नेपालकै आकाशमा देखिएको समाचारले सबैलाई अब के हुने हो भन्ने लाग्नु स्वभाविक थियो ।

टेलिभिजनले त्यो अनौठो यान नेपालतिरै झरिरहेको दृश्य देखाउँदैथियो । यान जति जति नजिकिँदै गयो, चर्को उज्यालोको मुस्लो पनि त्यत्ति नै पृथ्वीतिर फैलिएको देखिन्दै थियो । सामान्य विमानमा यति उज्यालो आएको कहिल्यै देखिएको थिएन । त्यसैले सबैजना एउटै कुरा सोचिरहेका थिए– लौ मा¥यो यति शक्तिसाली यान र शत्रुलाई हाम्रा वैज्ञानिक र विज्ञानले हराउन सक्लान् ? सबैको मनमा एउटै प्रश्न थियो, काँ काँ के के गर्ने हुन यी पराइ ग्रहका जीवले ? समाचार सत्य नभएर अन्तरिक्षबाट बाटो बिराएर यता आइपुगेका भए त नोक्सान नपु¥याउलान् कि ।

टेलिभिजन समाचारको दृश्यमा त्यो अनौठो यान पृथ्वीको झन झन नजिकै आइरहेको देखियो । कतिबेला कहाँ ठाउँमा खस्ने हो, सबै अताल्लिएका थिए । बाटोमा हुने पैदल यात्रीदेखि मोटर, मोटरसाइकलमा गुडिरहेका मानिसहरू त्यो खबरले सबैभन्दा बढी अताल्लिएका देखिन्थे । घरै नपुग्दै त्यसले आक्रमण ग¥यो भने....? त्यसैले जताततै दौडादौड देखिइरहेको थियो । चाँडै निस्कने हतारोमा एकले अर्कालाई उछिन्न खोज्दै थिए । त्यसले गर्दा झनै बाटो जाम भएर समस्या थपिँदै थियो । यसरी चारैतिर हाहाकार मच्चिएको दृश्यहरू पनि टेलिभिजनबाट आइरहेको थियो ।

बाबा आफैं नेपालको अन्तरिक्ष अनुसन्धान केन्द्रमा काम गर्नुहुन्थ्यो । यसअघि त्यहाा त्यस्तो हुनसक्ने कुनै सङ्केत आएको थिएन । न त विदेशी अनुसन्धान संस्थाहरूले नै त्यस्तो कुनै जानकारी पठाएका थिए । त्यसैले बाबालाई यो जानकारी कसैको गल्तीले टेलिभिजनसम्म पु¥याएको हुन सक्ने शङ्का लाग्यो । टेलिभिजनमा अहिले देखिएजस्तो आकाशबाट कुनै रहस्यमय चम्किलो बस्तु पृथ्वीतिर खसिरहेको देखाउनु गाह्रो थिएन । विज्ञानसम्बन्धी सिनेमाहरूमा यसरी अर्को ग्रहबाट अन्तरिक्ष यान आएर त्यहाँका मानिसले पृथ्वीमा हमला गरेको दुश्य जति पनि भेटिन्थे । तिनै सिनेमाका दृश्यलाई यो समाचारमा लिन कुनै समस्या थिएन । टेलिभिजनजस्ता सञ्चार माध्यमले यस अगाडि पनि कहिले काहीँ भूलले गर्दा असत्य खबर दिने गरेका थिए । यी सबै सम्झेर बाबालाई शङ्का लागेको रहेछ । त्यसैले उहाँ कम्प्युटर खोलेर यस बारेमा जानकारी खोज्न थाल्नुभयो

बाबा कम्प्युुटरमा जानकारी खोज्दै हुनुहुन्थ्यो, टेलिभिजनको उद्घोषकले भने– प्रिय दर्शक, तपाइँहरू डराउनुभयो होला, नडराउनुहोस ! हामीले भखरै दिएको पृथ्वीमा मङ्गल ग्रहबासीको हमला सम्बन्धी सामाचार सत्य होइन । बरु आउनुहोस्, हामी सबै मिलेर अप्रिलफूल मनाऔं !

“ओहो, अप्रिलफूल पो मनाएको रहेछ ! हो त, आज अप्रिल एक तारिख !” इशानले ठूलो स्वरमा भन्यो ।

“अप्रिलफूल भन्दैमा यस्तो ठट्टा गर्नु हुन्छ, त्यो पनि सबैकहाँ पुग्ने आम सञ्चारमा !” टेलिभिजनको ताल देखेर बाबा निक्कै भोक्किनु भयो । इशानलाई पनि सबै मानिसलाई यति नराम्ररी तर्साउने ठट्टा मन परेन । जे होस्, सत्य थाहा पाए पछि सबै मानिसको अनुहारबाट अब सबै डर भने हरायो ।

मुना, जेठ २०६३, वर्ष १६ अङ्क ६ पूर्णाङ्क १८६ ।







पराइ ग्रहका साथी



“पक्कै बाबाआमा आउनुभयो होला !” क्रिङ्....क्रिङ...गर्दै मूल ढोकाबाहिर राखेको घण्टीको आवाज सुनेपछि ईशानले सोच्यो । बाबाआमा केहीबेर बजार गर्न भनी जानुभएको र दाजु–दिदी बनभोजमा गएकाले ऊ घरमा एक्लै थियो । शनिवार छुट्टी दिउँसो घरमैं चित्रबनाएर र साँझपख साथीहरूसँग खेलेर बिताउने उसको योजना थियो । बाबाआमा नआउञ्जेल घर पनि कुर्ने जिम्मा पनि आज यसकै थियो ।

उसको घरलाई चारैतिरबाट अग्लो पर्खालले घेरेको थियो । घरको अगाडि–फराकिलो आँगनमन फूलबारी र पाडि फलफूल र धूपीको बगैँचा थियो । घर मुख्य बस्तीभन्दा केही बाहिर भएकोले अलि एकलासमा थियो ।

“लौन नि... को हुन् यी....!” बाबाआमा आउनुभएको भन्ठानेर हत्तनपत्त ढोका खोल्नपुगेको ईशान बाहिर अनौठा मान्छेजस्तै जन्तु देखेर डरले चिच्यायो । घरबाहिर देखिएका ती आश्चर्यलाग्दा जीव पृथ्वीका मान्छेजस्ता लाग्दैनथे । बरु त्यस्तै मान्छे उसले एकपटक टेलिभिजनमा देखेको थियो । सिनेमाका देखाइएका ती जीव साँच्चिकै मान्छे थिएनन् । ती त मानिसले अर्को ग्रहमा पनि यस्ता जीव हुनसक्छन् भनेर कल्पना गर्दै बनाएका कार्टुन चित्र मात्र थियो । अहिले अकस्मात सिनेमा देखेजस्तै अनौठो जीव आफ्नै अगाडि उभिएको देखेर उसका खुट्टा लगलग काँपिरहेका थिए ।

“नडराऊ....डराउनु पर्दैन ! हामी पनि तिमीजस्तै मान्छे हौं !” ईशान डराउँदै काँपिरहेको देखेर त्यो अनौठो जीवले भन्यो । उसको आवाज मान्छेको नभएर मेसिनबाट आएजस्तो सुनिएको थियो । निकै टाढा भँवरा भुनभुनाएजस्तै, कस्तो कस्तो अनौठो थियो त्यो आवाज ।

त्यो अनौठो जीवको त्यो भनाइले ईशानको डर केही कम भयो । उसले त्यो जीवलाई राम्ररी नियालेर हे¥यो । पूरै जिउ हरियो रङ्गको जामाजस्तै लुगाले ढाकेको थियो । खुट्टा मसिना नलीजस्तै देखिन्थे । शिर मोटरसाइकल चढ्दा लाउने हेल्मेटजस्तै टोपीले छोपिएको थियो । टोपीको माथिपटि देखिएका दुईवटा सिङजस्तै चुच्चोले भने त्यो साधारण हेल्मेटजस्तो लाग्दैनथ्यो । झट्ट हेर्दा अनौठो मात्रै होइन, डरलाग्दो देखिन्थ्यो त्यो जीव ।

“मैले तिमीहरूजस्तो मान्छे देखेकै छैन, अनि कसरी पत्याउने ! नढाँटी भन, तिमी कोहौ ? के तिमी पृथ्वीका होइनौ ?” त्यो अनौठा मान्छेको कुरा र साथीकोजस्तै व्यवहार देखेर ईसानले फेरि आँट गरेर सोध्यो ।

“हो, हामी तिम्रो ग्रह पृथ्वीका जीव होइनौं । हामी अकै ग्रहदेखि पृथ्वीका मान्छेलाई साथी बनाउन भनी आएका हौं ! पृथ्वीबाट करोडौं प्रकाश वर्ष टाढा पर्छ हाम्रो ग्रह ।”

”होइन होला ! आजसम्म मानिसले कति ग्रहको अध्ययन गरिसके, कतै जीव फेला परेको छैन । साँच्चिकै भएको भए त तिम्रो ग्रह फेला पर्दैनथ्यो होला र !”उसको कुरा ईशानलाई पत्यारिलो लागेन ।

“तिमीलाई पत्यार लागेन ? बादल नगागेको सफा रातमा कहिले आकाशतिर हेरेका छौं ? हे¥यौ भने तिमी पूरै आकाश ताराहरूले ढाकिएको देख्ने छौ । ती तारा त तिम्रो आँखाले देख्न सक्ने नजिकका तारामात्रै हुन् । आँखाले देख्न नसक्ने त्यस्ता खर्बौं ताराहरूले भरिएको छ यो ब्रहमाण्ड । तिम्रो सूर्य त्यस्तै एउटा तारा हो र यो सूर्य, पृथ्वी र हजारौं ग्रहउपग्रह रहेका तिम्रो आकाश गङ्गाजस्तै असंख्य आकाशगङ्गाहरु छन् यो ब्रह्माण्डमा । तिम्रो सौर्यमण्डलबाट सबैभन्दा नजिकको अर्को तारा प्रोक्सिमा सेण्टाउरी ९एचयहष्mब ऋभलतबगचष्० त चार दशमलब तीन प्रकाशवर्ष अर्थात पृथ्वीबाट सूर्य जति टाढा छ त्योभन्दा २ लाख ७०हजार गुणा पर छ भने अरु ताराहरू कति टाढा होलान्, कल्पना गर त ! तिम्रो पृथ्वीको विज्ञान अझै त्यति टाढासम्म पुगेर अध्ययन गर्नसक्ने भैसकेको छैन, बुझ्यौ ! तिमीलाई थाहै होला प्रकाशले एक सेकेण्डमैं तिम्रो पृथ्वीको सात फन्को मार्न सक्छ । सूर्यबाट तिम्रो सौर्यमण्डलको सबै भन्दा नजिकैको तारा प्रोक्सिमा सेण्टाउरीमा पुग्त त यति छिटो हिँड्ने प्रकाशलाई चार वर्षभन्दा बढी समय लाग्छ भने अरु टाढा टाढाका ताराहरू कति पर होलान् । तिमी कल्पना पनि गर्न सक्दैनौं । हो, हामी त्यस्तै टाढाको तारा वरिपरि घुम्ने ग्रहबाट आएका हौं । अनि कसरी भन्नसक्छौ पृथ्वी बाहेक अन्त जीव छैन भनेर ?”

“अनि किन आएको त तिमी यति टाढाको पृथ्वीमा ? मेरो पृथ्वीलाई हानि पु¥याउन आएका त होइनौ !”त्यो अनौठो जीवको कुरा सुनेर कुनै जवाफ दिन नसपछि ईशानले भन्यो ।

”होइन...होइन...नडराऊ । हामी त पृथ्वीका मानिससँग मित्रता गाँस्न भनी आएका हौं । तिमीहरूले हामी र हाम्रो ग्रहलाई नोक्सानी नपु¥याउञ्जेल केही गर्दैनौं,े नोक्सान पु¥याउन खोज्यौ भने चाहिँ चुप् लागेर बस्दैनौं । हामीले चाह्यौं भने एकै सेकेण्डमा तिम्रो पृथ्वीलाई खत्तम पार्न सक्छौं बुझ्यौ ! तर हामी तिमीहरूजस्तो विज्ञानलाई मान्छे मार्ने आणुबमजस्ता हतियार बनाउने काममा दुरुपयोग गर्दैनौं । हामी त यसलाई ठूला ठूला रोग निको पार्ने र मनिसलाई सुखी तुल्याउने कुरामा लगाउँछौं !”उसले लामै बेलीविस्तार लायो ।

”हामी पृथ्वीका धरै मानिस पनि त यही चाहन्छौं । तर केगर्नुृ, आफूलाई अरुभन्दा शक्तिशाली तुल्याउन चाहने केही देश र मानिस भने यो कुरा बुझ्दैनन् । मुखले शान्तिको कुरा गर्छन, कामले भने विज्ञानलाई हतियार बनाउने काममा प्रयोग त्यसको व्यापार गर्छन् । पृथ्वीमा पनि सधैं यस्तै त कसो होला र एक न एक दिन यो कुरा सबैले कसो नबुझ्लान् !“ईशानले आशा गर्दै भन्यो ।

उनीहरूको कुराकानी चल्दैथियो, पर्खाल बाहिर मोटरको आवाज सुनियो । बाहिरको आवाज सुनेपछि त्यो अनौठो मानिसले भन्यो– कोही आएजस्तो छ, हामी अहिले नै सबैसँग देखिन चाहँदैनौ, त्यो समय आइसकेको छैन । पहिला तिमीजस्तै पृथ्वीका असल केटाकेटीसँग मित्रता गाँस्न चाहन्छौं । त्यसैले तिमीले पनि कसैलाई हाम्रो भेटको बारेमा नबताउनू है !

ईशानले केही भन्नै नपाई त्यो अनौठो जीव हावामा उडेजस्तै ननजिकै जमिा अडिएको भकुण्डोजस्तौ देखिने एउटा ठूलो बस्तुभित्र पस्यो । त्यो पस्नासाथ भकुण्डोजस्तो बस्तु विना आवाज जमिनबाट माथि उठेर एकैछिनमां अलपभयो ।

त्यो घटना सपना होकी विपना, ईशानलाई केहीबेर त छुट्याउनै मुस्किल प¥यो । उसले आफैंलाई चिमोटेर हे¥यो– त्यो सपना थिएन, ऊ व्युँझै थियो ।

मुना भदौ २०६१, वर्ष १४ अङ्क ९ पूर्णङ्क १६ ।





























होचा मानिससँगको भेट



आज स्कुल विदा भएकोले सोमु र मिङमा दुईजना मात्रै घुम्न निस्किए । मुक्तिनाथभन्दा केही माथिको उनीहरूको गाउँ असाध्यै रमाइलो गाउँ यियो– हातैले हिमाल छोइएलाजस्तै हिमालको नजिक । छेउमैं एउटा अग्लो डाँडो थियो हिमालकै फेदजस्तै देखिने । डाँडोमा धेरेज्स्तो हिउँ पर्ने हुँदा कोही जाँदैनथ्यो । अहिले भने त्यहाँ हिउँ थिएन । गाउँबाट हेर्दा त्यो निकै रमाइलो देखिन्थ्यो । त्यही देखेर उनीहरूले आज त्यो डाँडो छढ्ने सल्लाह गरेका थिए ।

त्यता मानिस कमै जाने भएको हुँदा बाटो पनि राम्रो थिएन । ढुङ्ग्यान बाटोमा जोडले चलेको हालाले धूलो उडाउँदा हिँड्न भलनै गाह्रो थियो । तै पनि उनीहरू आज त्यो डाँडाको टाकुरामा पुग्ने अठोट गरेर उकालो चढदै थिए । बाटा छेछाउ पालता झाडी मात्रै देखिन्थे ।।

“छ्यास्राक्क !” उनीहरू एक सुरमा हिँडीरहेको बेला नजिकैको झाडीबाट निस्किएको आवाजले उनीहरूको होसै उड्यो ।

“लौन नि...हिउँ भालु त होइन ? मलाइ त डर लाग्यो, फर्कने पो होकि सोमु !” मिङमाले डराउँदै भनिन् ।

“हिउँ भालु यति तल आउँदैन । चरासरा उड्दा निस्केको होला यो आवाज, नडराऊ ! अलि माथिसम्म जाउँ, अनि फर्कौैंला ? यहाँसम्म आइपुगीहालियो ।” सोमुको कुराले मिङ्माको डर केही हरायो ।

“त्यसो भए लुकेर हेरौं नत केही बेर, कोही देखिन्छ कि । ऊ त्यही झाडी नविकैबाट आएको थियो होइन त्यो आवाज ?” मिङ्माले भनिन् ।

मिङ्माको सल्लाह अनुसार नै उनीहरू बाटो छेउकै झाडीभित्र लुके । आवाज फेरि अर्कोपटक पनि सुनियो । भालृु भएको भए झम्टीसक्थ्यो भन्ने लागे पछि उनीहरूको डर पनि कम भएको थियो । त्यसैले केही बेर त्यहाँ लुकेर हेरेपछि आवाज आएतिरै पच्छ्याएर अघि बढे । केही पर पुगेपछि उनीहरूले एउटा चटनी पहरो देखाप¥यो । दोस्रो पटक सुनिएको आवाज त्यही पहरोको छेउछाउबाट आएको थियो । तर त्यहाँ कतै केही देखिएन ।

के को. होला त त्यो आवाज, यता त केही पनि देखिँदैन । उनीहरू सोच्दै थिए– हमीलाई देखेर भाग्दा वा लुक्दा आएको हुन पर्छ त्यो आवाज । भालु चितुवा आदि भएका भए झम्टीसक्थे, मानिस भए लुक्नु पर्ने कामै छैन । त्यसो भए बदमासहरू त होइनन्, तीर्थ यात्रीहरूलाई दुखः दिने ? सोमुले यो कुरा मिङमालाई पनि सुनायो ।

“हो, म पनि यस्तै सोच्दै थिएँ । ओहो, ऊ...त्यता हेरत..! के हो त्यो ।” केही पर चटनकै छेउमा ससाना ढुङ्गाको थुप्रो र थुप्रोमाथि सुकेका झिँझा थुपारिएको देखेर मिङ्मा छक्क परिन् ।

“कसले थुपारेको होला यो ? कोही बनभोज खान पो आएका थिए कि ! जाउँन त नजिकै गएर हेरौं, केही था पाइन्छ कि !” सोमु र मिङ्मा त्यतै तिर लागे ।

चट्टान छेउको जमेको धूलोमा मानिसको जस्तै देखिने पााइलाको चिन्ह देखेर उनीहरू झनै चकित भए । ती पाइला भने उनीहरूभन्दा पनि साना केटाकेटीकाजस्तै लाग्थे । चट्टानको अर्को एक ठाउँम पनि झिँझा ठड्याइएको देखियो । यस्तो सुनसान ठाउँमा केटाकेटी आउने त कुरै थिएन, त्यसैले त्उये देखेर उनीहरू झनै छक्क परे । त्यही बेला फेरि आवाज आयो– छ्यास्राक्क ।

“केही न केही त पक्कै छ ।” मिङ्माले सानो स्वरमा भनिन् ।

“हो, केही त पक्कै छ । ऊ त्यो झाडीमा लुकेर हेरों, केही भए कसो नदेखिएला ।” उनीहरू छेवैको झाडीमा लुकेर चनाखो हुँदै हेर्न थाले ।

निकै बेर विते पछि पहिलेकैजस्तो आवाज सुनियो । आवाज चट्टानको त्यही झिँझा ठड्याइएको ठाउँबाट आएको थियो । उनीहरू सास रोकेर त्यतै हेरिरहे– त्यहाँ ठड्याएको झिँझा विस्तारे केही सरेकोजस्तो देखियो , नभन्दै त्यो ठाउँमा एउटा सानो गुफा देखाप¥यो । निकै बेर पछि गुफाभित्रबाट एकजना सानो मानिस बाहिर निस्क्यो । मानिस केटाकेटीजस्तै सानो देखिए पनि अनुहार र जिउ भने ठूलो मानिसकोजस्तै छिप्पिएको देखिन्थ्यो । उसको हातमा तीखो चुच्चो भएको सानो लट्ठी थियो । चनाखो भएर चारैतिर हेरे पछि उसले गुफातिर केही इशारा ग¥यो । इशारा पाएर ऊजस्तै अर्का दुईजना बाहिर निस्के ।

तिनीहरूलाई देखेपछि सोमु र मिङ्मा दुबै चकित भए । यति साना मानिस बदमास लुटेरा हुने कुरै थिएन । सामान्य मकानिसजस्ता पनि देखिँदैनथे । शरीरको कम्मरभन्दा माथिल्लो भाग नाङ्गै थियो, बनमान्छेकोेजस्तै झ्यापझ्याप्ती बाक्ला रौंले ढाकिएको । कम्मरमुनि जनावरको छालाजस्तै केही बेरिएको देखिन्थ्यो । झmट्ट हेर्दा बाँदरकैजस्तो देखिन्थ्यो तिनको अनुहार । आफूहरूले कहिल्यै कतै नदेखेका त्यस्ता होचा मानिस देखेर पहिले त केही डराए पनि उनीहरू । तर विस्तारै डरभन्दा बढी आश्चर्य लाग्यो । को होलान् यी...? कतै सानैमा हराएर यता आइ लुकेका मानिस त होइनन् यी ?

सोमु र मिङमा आँट गरेर झाडीबाट बाहिर निस्के । उनीहरूलाई देखेर ती अनौठा मानिस डराएर गुफाभित्र लुक्न खोजे ।

“नडराऊ... हामीसँग डराउनु पर्दैन !” उनीहरू त्यसरी डराएका देखेर सोमुले सम्झाउन खेज्यो । ऊ इशाराले पनि त्यही कुरा दोहो¥याइ रहेको थियो । पहिले डरले आत्तिए पनि आफूभन्दा केही मात्र ठूला देखिने केटाकेटीमात्र देखे पछि उनीहरूको डर केही कम भएको देखियो । तै पनि तिनीहरूको डर पूरै हराइ सकेको थिएन ।

सोमु र मिङ्माले नजिकै पुगेर उनीहरूलाई राम्ररी हेरे । ती मानिस उनीहरूभन्दा बेग्लै देखिन्थे । उनीहरूले आफ्नो किताबको एउटा पाठमा विभिन्न जातिका मानिसहरूबारे पढेका थिए । त्यहाँ देखेको तस्बिरका मानिसजस्तै लागे ती मानिस । अफ्रिकातिर कहाँ हो पिग्मी भन्े जाताका मानिस यस्तै साना होचा भन्ने पनि उनीहरूले पढेका थिए । तिनै पिग्मी जातिका मानिस झण्डै दश हजारवर्षसम्म अफ्रिाकाका मालिक थिए रे । अहिले भने यो जातिका मानिस लोप हुँदै गएर थोरै मात्रै बाँकी छन् रे । अहिले तिनीहरू मध्य अफ्रिकाको जांगा–सांगा नजिकै मोसापोला भन्ने ठाउँमा मात्र पाइन्छने रे । त्यसरी अफ्रकामा मात्र पाइन्छन् भनेको होचा जातिका मानिसजस्तै मानिसलाई अहिले आफ्नै मुस्ताङको एउटा गुफामा देखेर उनीह्रूको मन खुसीले नाच्दै थियो ।

मिङ«्मा र सोमुको व्यवहार र अनुहारको भाव देखेर ती होचा मानिसहरूलोई पनि इनीहरू दुस्मन होइनन् भन्ने श्ाििस भयो । त्यसैले उनीहरू पनि हाँसेर खुसी प्रकट गर्न थाले । तिनको भाषा बुझिँदैनथ्यो । उनीहरूले इशारामा बताए अनुसार ती मानिस सभ्य भनिने सोमुजस्तै मानिस र हिंस्रक जनावरहरूबाट बच्दै, लुक्दै भाग्दै यिनै हिमाल र पहाडका एक ठाउँबाट अर्को ठाउँ घुमिरहन्छन रे । साना साना खरायो, बाख्रापाठा मारेर र पाए बोटविरुवाक फलफूल मुना, पात खाएर बाँचने यी होचा मानिसलाई सैभन्दा धेरै डर सभ्य भनिने मानिससँगै लाग्छ रे ।

तिनीहरूको कुरा सुनेर सोमु र मिङ्मा दुबैलाई आफूहरूलाई सभ्य भन्न पनि लाज लाग्यो – हो त, हामी मानिसकै कारण आफूजस्तै कति मानिसको जाति लोप भैसकेको छ, कति जीवजन्तु र चरचचुरुङ्गी हराइ सके । त्यसैले यिनीहरू मजस्ता मानिससँग किन नडराउन् त ।

त्यो सोचेर मिङमाले इशारामैं भनिन्– नडराऊ, हामी तिमीहरूको बारेमा अरू कसैलाई पनि भन्दैनौं । त्यो थाहा पाए भने तिमीहरूलाई हेर्ने मानिसहरू धुइरिन्छन्, विदेशीहरूले अनुसन्धान गर्न भनी समातेर लैजान पनि बेर छैन । त्यसैले, यो कुरा हामी कसैलाई पनि भन्दैनौं, हुन्छ ।

सोमुले पनि उसको कुरामा सही थाप्यो, उनीहरू दुबैजना एउटा नयाँ जातिका मानिससँग भेट्न पाएकोमा अति नै खुशी थिए । तर आफ्नो कारण ती मानिसले दुःख पाउनु नपरोस भन्ने तर्फ पनि चनाखो थिए ।

उनीहरूको कुरा बुझेर ती होचा मानिस खुशी देखिए । मिङ्मा र सोमु उनीहरूसँग विदा भएर घरतिर लागे ।



चिचिला, वर्ष १६ अंक ९, क्रमांंक १८८ फागुन २०६१



























































टेलिभिजनमा छिमेकी चन्द्रमाका मान्छे



“ओहो, त्यो त सिनेमा नभएर साँच्चिकैको घटना पो रहेछ !” बिहान सबेरै बाबासँग बसेर दूध खान लाग्दा अखबारमा देखिएको एउटा चित्र र समाचार देखेर इशान छक्कै प¥यो । समाचारमा एउटा अनौठो जीवले हिजो राति पृथ्वीका सबै टेलिभिजनमा देखिएर आफ्नो कुरा सुनाएको विवरण थियो ।

“होइन, कुन सिनेमा भनेको तिमीले ?” अर्के अखबार हेरिरहनु भएको बाबाले सोध्नु भयो ।

“हिजो तपाइँले हेर्नु भन्नु भएको सिनेमा हेर्दाहेर्दे टेलिभिजनमा अचानक अर्कै दृश्य आएर अनौठो जीव देखिएको थियो । टेलिभिजनमा देखिएको त्यो अनौठो जीव आफूलाई युरोपाको मान्छे भन्थ्यो । आफू र आफ्नो ग्रहका जीवहरू पृथ्वी ग्रहका मानिससँग मित्रतागाँस्न चाहन्छन् भनेर पनि सुनाउँदै थियो । त्यो अर्कै कुनै सिनेमा रहेछ भन्ने ठानेको त, साँच्चिकै युरोपाकै जीव पो देखिएको रहेछ टेलिभिजनमा ! यी यो अखबारमा हेर्नोस् त पृथ्वीका सबै टेलिभिजनमा देखिएको पो रहेछ त्यो जीव त !” इशानको कुरा सुनेर बाबा त्यही समाचार पढ्न लाग्नु भयो ।

“टिभीको लाइन गएको होला, केही बेर पछि त आइहाल्ला नि !” हिजो राती टेलिजिन हेर्दाहेर्दै अकस्मात झ्यार, झ्यार आए पछि उसले सोचेको थियो । त्यो सिनेमा पृथ्वीमा जीवको विकास कसरी भयो भन्ने विषयमा थियो । बडो चाख मानेर टेलिजिन हेरिरहेको बेला एक्कासी रोकिँदा पहिले त ऊ झसंङ्गै हुन पुगेको थियो । ऊ एक एक गरेर हिजो टेलिभिजन हेर्दाको घटना सम्झन थाल्यो । अहिले पनि उसको आँखा अगाडि हिजोको घटना झल्झली आएरहेका थिए ।

केही बेर पर्खे टेलिभिजनमा चित्र र आवाज त आयो, तर त्यो अगाडिको सिनेमाकोजस्तो लागेन । त्यसमा देखिएको अनौठो दृश्यले इशान छक्कै प¥यो । टेलिभिजनमा एउटा अनौठो जीव देखियो । त्यो जीव झट्ट हेर्दा कुनै बेला उसले केहीबेर अघि हेरेको अर्कै ग्रहको मान्छेको कल्पना गरेर बनाएको सिनेमाको मानिस जस्तै देखिन्थ्यो । त्यो देखेर उसलाई लागेको थियो– त्यति राम्रो कार्यक्रम बीचैमा रोकेर अर्कै सिनेमा पो देखाउन लागेछ !

इशान टेलिभिजनमा कार्टुन र विज्ञान सम्बन्धी कुराहरू हेर्न असाध्यै मन पराउँथ्यो । त्यसैले बाबाले टेलिभिजन हेर्ने समय तोेकिदिनुभएको थियो । धेरै बेर टेलिभिजन हेर्दा आँखा र स्वास्थ्य बिग्रन्छ भन्ने थाहा पाएदेखि ऊ आफैं पनि मन पर्ने एक दुई कार्यक्रम हेरेर चित्त बुझाउँथ्यो । उसको बाँकी समय पढ्न र खेल्नमा बित्थ्यो । राती पनि चाँडै नै सुत्थ्यो । हिजो भने पृथ्वीमा जीवको कसरी विकास भयोे भन्ने विषयमा ज्ञान बढाउने कार्यक्रम आएकोले अबेरसम्म टेलिभिजन हेर्न दिनु भएको थियो । उसलाई एक्लै टिभी हेर्न छाडेर बाबा आफू भने पढ्ने कोठातिर लाग्नु भएको थियो ।

ात्यो कार्यक्रममा हेरेर उसले आजको हाम्रो पृथ्वी र हामी मानिस सुरुमा आजकाजस्ता थिएनौं भन्ने राम्ररी बुझ्यो । पृथ्वीको आयु साढे चार अर्ब वर्ष भएछ । शुरुमा एकदमै तातो आगोको गोलोजस्तो हाम्रो पृथ्वीमा विस्तारै अनेकौं परिवर्तन आएको रहेछ । पृथ्वी जन्मेको एक अर्ब वर्ष पछि मात्रै यसको वातावरणमा जीवन वायु अर्थात अक्सिजनको मात्रा बढ्न थालेको रहेछ । विषालु हावा र वातावरण शुद्ध हुँदै गएपछि बल्ल ससाना जीव र रुखपात हुर्कन थालेछन् । ५५ करोड वर्ष अगाडि मात्रै पानी र जमिन दुबै ठाउँमा घिस्रिएर हिँड्न सक्ने जीवको विकास भएको रहेछ । त्यस पछिको २० करोड वर्षमा बाक्ला बनजंगल बढेपछि बल्ल डाइनासोरजस्ता ठूला जीव देखिएका हरेछन् । साढे पाँच करोड वर्ष अगाडितिर ती डायनोसोर पनि लोप भए । त्यसपछि बल्ल बिस्तारै मानिसको विकास भएको रहेछ । यी कुरा बताउँदा बताउँदै त्यो सिनेमा रोकिएको थियो ।

झ्यार्...झ्यार्...गर्दागर्दै टेलिभिजनको पर्दामा एउटा अनौठो जीव देखियो । हरियो दूबो रङ्गकोे सानो मान्छेजस्तै त्यो अनौठो जीवको नाक हात्तीको सुँढजस्तै केही लामो थियो । आँखा बाहिरै निस्किेका जस्ता देखिन्थे । ती ठूला ठूला आँखा आगोको फिलुँगोजस्तै चम्किला थिए । छोटा छोटा खुट्टामा हम्रोजस्तो औंला थिएनन् । मुखको ठाउँमा एउटा दुलोजस्तो मात्र देन्थ्यिो ! दुई खुट्टा टेकेर उभिएको सानो बच्चो जस्तो लाग्ने त्यो अनौठो मान्छेलाई उसको वरिपरि उज्यालो घेराले ढाकेको थियो ।

“पृथ्वीवासीहरूमा युरोपाको तर्फबाट नमस्कार !” टेलिजिनको पर्दामा देखिए लगत्तै उसको मुखबाट आवाज निस्क्यो । त्यतिन्जेलसम्म पनि इशानले त्यसलाई नयाँ कार्टुन सिनेमा नै ठानेको थियो– पहिलेको विगे्रर अर्को देखाएको होला !

“पृथ्वीका साथीहरू ! नडराउनुहोस, म बृहस्पति ग्रहको चन्द्रमा युरोपामा बस्ने सबैका तर्फबाट तपाइँ पृथ्वीवासीहरूसँग मित्रताको प्रस्ताव लिएर आएको हुँ । हामी पनि तपाइँहरूजस्तैै शान्ति चाहन्छौं !” हिजो त्यो हेर्दा उसलाई रमाइलै लागेको थियो , अरू ग्रहमा पनि जीव छ भन्ने कल्पना गरेर बनाएको होला यो सिनेमा, उसले त्यतिबेला सोचेको थियो ।

अहिले पो उसले थाहा पायो त्यो त कल्पना गरेर बनाएको सिनेमा नभएर सत्य घटना पो रहेछ ! उसलाई थाहा थियो, हाम्रा बैज्ञानिकहरू विभिन्न भूउपग्रह पठाएर अरु ग्रहमा यस्तै खोजी गरिरहेका थिए । पृथ्वी बाहेक अरू कनै ग्रहमा पनि जीव हुनसक्छ भन्ने उनीहरूका अनुमान थियो । युरोपा हाम्रै सौर्यमण्डलमा रहेको बृहस्पति ग्रहका चारमध्ये एउटा उपग्रह हो । यो कुरा विज्ञानको खगोल सम्बन्धी पाठमा पनि थियो । १० वर्ष अघि सन् १९९५ मा मानिसले बनाएको ग्यालिलियो अन्तरिक्ष यान युरोपाको निकै नजिकै तस्बिर खिचेको थियो । तिनै तस्बिर हेरर वैज्ञानिकहरूले युरोपा उपग्रह पनि हाम्रै चन्द्रमा जत्रो अनुमान गरेका थिए । हिउँले ढाकिएकोले युरोपामा पृथ्वीको जस्तै जीव हुनसक्ने उनीहरूको अनुमन थियो । तर टिभीमा देखिजस्तै यति विकसित जीव पनि होलान् भन्ने उनीहरूले पनि सोचेका थिएनन् । मङ्गल ग्रहमा पनि उनीहरूले यस्तै संभावना देखेका थिए । सन् १९७१ मा पृथ्वीबाट छाडिएको मेरिनर–९ अन्तरिक्ष यानले मङ्गल ग्रहको सबैभन्दा नजिक पुगेर खिचेको चित्र हेरेर पनि त्यहाँ पानी हुन सक्ने अनुमान गरिएको थियो ।

पृथ्वीका मानिसलाई त्यो सन्देश सुनाएर त्यो जीवले आपूm अर्को पल्ट पृथ्विका साथीहरूसँग फेरि भेट्न आउने वाचा गरेको थियो । त्यसपछि इशान पनि टेलिभिजन बन्द गरेर सुत्न गएको थियो हिजो राती । यो सिनेमाको अर्को भाग कहिले देखाउने हो, न छुटाइ हेर्नु पर्छ भन्ने सोच्दै कति बेला निदायो, उसलाई थाहै भएन ।

अहिले समाचारमा त्यो त सिनेमा नभएर साँच्चि नै युरोपाको मान्छे नै रहेछ भन्ने जान्दा लाग्यो– आहा, त्यो अर्को चन्द्रमाको मान्छेलाई साथी बनाउन पाए कति रमाइलो हुन्छ होला !



चिचिला, २०६४ अशोज, वर्ष २० क्रमाङ्क २११ ।























बत्तीको कथा



”ल हेर यिनीहरूत बत्ती समेत नबालेर अँध्यारैमा पो खेलिरहेका रहेछन् ! स्कुलको पाठ सक्यौ कि सकेनौ नि, इशान ?” हजुरबाले कोठामा विजुली बत्ती बाल्दै भन्नु भयो । इशान सानी बहिनी इषितासँग कोठामा खेल्दै थियो । इषिता सानै भएकीले बोल्ने बेला भै सकेको थिएन । खेलको रमाइलोमा इशानले अँध्यारो हुन लागेको पनि पत्तै पाएन छ ।

”पाठ त अघि नै गरिसकेँ, हजुरबा ! पाठ सकेर बहिनीसँग खेलेको ।” हजुरबाका कुरा सुनेर जवाफ दिँदा पनि उसका आँखा भने झलमल्ल बलेको बिजुलीतिरै थिए । हरेकको घर घरमा बल्ने बत्ती सुरुदेखि नै यस्तै थियो होला त ? उसलाई धेरै दिनदेखि बत्तीको बारेमा जान्न मन लागिरहेको थियो । त्यसैले हजुरबासिसँग भन्यो– हजुरबा, बत्तीको कथा सुनाउनोस् न, है आज !

“ओेहो, कति राम्रो कुरा सोध्यौ तिमीले ! हो त नि, आफूले सधँैं देखिरहेको कुरा केहो, थाहा पाइराख्नु पर्छ । बिजुली बाहेक अरु कुन कुन बत्ती देखेका छौ तिमीले ?” इशानको इच्छा सुनेर हजुरबा असाध्यै खुसी हुनु भयो ।

“हजुआमाले बिहान बेलुका उयताको पूजा–आरतीमा गर्दा बाल्ने बत्ती देखेको छु ।... अनि ...कहिले काहीँ बिजुली नआउँदा मैन बत्ती बालेको पनि देखेको छु मैले ...!” इशानले सम्झँदै भन्यो ।

“हो, ठीक भन्यौ । तर बिजुली र मैनबत्ती हाम्रा धेरै गाउँघरमा पाइँदैनन । बिजुली नभएका गाउँघरतिर कोही मटितेलमा कपडा डुबाएर टुकी बाल्छन् । कोही त्यसरी नै लाल्टेन, मैण्टोल बाल्छन् । अझ मटिलेत नपाउँदा गाउँका मािसहरू चिल्लो खोटो हुने सल्लो र अरु रुखका हाँगा आदिको दियाले बनाएर पनि काम चलाउँछन् बुझ्यौ !” ल सुन म अब बत्तीको कथा सुनाउँछु, ध्यान दिएर सुन है त !

आगोको आविष्कार भै सके पनि सुरु सुरुमा मानिसले बत्ती बालेर अँध्यारो हटाउन जानेका थिएनन् । उनीहरूले शिकार गरेर ल्याएका जनावरका हाडखेर कहिले काहीँ आगोमा पर्दा धेरै बेरसम्म बलेको देखे । त्यो देखेर उनीहरूले यस्तै कुरा अगोमा हाल्दा धेरैबेरसम्म उज्यालो आउँदो रहेछ भन्ने थाहा पाए । हाडमा बोसोजस्तो चिल्लो पदार्थ हुने भएकोले त्यो धेरैबेरसम्म बल्थ्यो र त्यसबाट अलिअलि उज्यालो आउाँथ्यो । यो थाहा पाएपछि अब मानिसले जनावरका खप्परमा बोसो भरेर काठको टुक्रा वा त्यस्तै केही हाल्दै बाल्न थाले । यसैलाई सुरुको बत्ती भने हुन्छ, बुझ्यौ !

इशानलाई अचम्म लाग्यो । तर ऊ केही नबोली ध्यानपूर्वक सुनिरहेको थियो ।

त्यसरी सुरु भएको अँध्यारो नास्ने बत्तीलाई पछि आएर इजिप्टका मानिसले सुधारे । उनीहरूले भित्र खोक्रो भएको ढुङ्गामा बोसो र त्यस्तै चिल्लो पदार्थ भरे । त्यो भाँडोको चिल्लो पदार्थमा कपासको लामो धागो भिजाएर बाले । त्यसो गर्दा त्यो बत्तीले धेरैबेरसम्म ननिभी उज्यालो दिन थाल्यो ।

त्यस पछि ग्रिस र रोम भन्ने देशका मनिसले आजभन्दा धेरै वर्ष अगाडि बत्ती बाल्ने माटो र पित्तलको भाँडा बनाए । त्यतिबेलासम्म उनीहरूले तील, तोरीजस्ता अन्न पेलेर तेल निकाल्न जानिसकेका थिए । अब उनीहरूले माटो वा पित्तलको भाँडोमा त्यही तेल हालेर कपासको धागो भिजाई बत्ती बाल्न थाले । अझ केही पछि गएर त्यस्तो बत्तीलाई चारैतिर छेकी हावाले निभाउन समेत नसक्ने बनाए । अझ केही पछि त त्यो बत्तीलाई चहकिलो कुराले घेरेर अझ धेरै उज्यालो आउने तुल्याए ।

आजभन्दा तीनसय वर्षजति अघि सन् १७०० सयतिर एमी अर्गान्ड भन्ने एकना मानिसले बत्तीमा राख्ने नयाँ किसिमको धागो पनि पत्ता लाए । स्विजरल्याण्का ती मानिसले पत्तालाएको बत्ती बाल्ने धागो गोलो खालको थियो । त्यो धागो बलेर निस्केको उज्यालो चारेतिर फैलिनथ्यो । यो बत्तीलाई उनकै नाउँमा अर्गाण्ड बत्ती भनिन थाल्यो । त्यसको केहीपछि उनकै चेलाले काँचले छोपेमा उज्याले धेरै धुवाँ कम आउने बत्ती बनाए । त्यसपछि मात्रै लाल्टिनजस्तै सिसाले ढाकेको बत्ति तयार हुनथाल्यो ।

त्यति बेलासम्म मानिसले तोरी र तीलको तेलको साटो ह्वेलको बोसोबाट पनि बत्ति बाल्न जानिसकेका थिए । ह्वेल समुद्रमा पाइने माछाजस्तै ठूलो जीव भएकोले त्यसबाट धेरै बोसो निस्कन्थ्यो । त्यसैले ह्वेलको बोसो तेलभन्दा सस्तो पथ्र्यो । त्यही समयतिर मानिसले ग्यासबाट बल्ने बत्तीको आविष्कार गरे । अब ग्यासबाट बल्ने मैण्टोल, बत्ती आदि तयार हुनथाल्यो । त्यही समयतिर मानिसले मटितेलको पनि खोजी ग¥यो । ग्यास र मटितेलबाट ह्वेलको बोसोभन्दा पनि कम खर्चमा बत्ती बाल्न सकिने भयो । यसरी कम खर्चमा धेरै उज्यालो दिने बत्तीको खोजी गर्दागर्दै सन् १८०० को सुरुतिर अर्थात आजभन्दा २०० वर्ष जति अघि विजुलीबत्तीको आविष्कार भयो । यो कुरा थोमस अल्वा एडिसन भन्ने वैज्ञानिकले पत्ता लाएका थिए । अहिलेसम्मै अँध्यारो नाश गर्ने यही नै सबैभन्दा सजिलो र भरपर्दो उपाय भएको छ ।

”ओहो, आज हामीले बाल्ने बत्तीको त यसरी पो विकास भएको रहेछ !” इशान हजुरबाबाट बत्तीको कथा सुनेर खुशी भयो ।



मुना माघ २०६२, वर्ष १६ अङ्क २ पूर्णाङ्क १८२ ।

























सहरको घुमघाम

तारेभिरको डाँडामा एउटा गाउँ थियो । त्यही गाउँको एउटा झुपडीमा आइते तामाङको परिबार बस्थ्यो । घरमा आइतेका बज्यै, बाबु–आमा र दुईजना दिदी थिए । आमा बा र दिदीहरू पहिले शिवपुरीको बनबाट दाउरा काट्दै बेचेर घरव्यवहार चलाउँथे । आइते गाउँकै सानो स्कुलम पढ्थ्यो । उसका आमा बाबु कहिले आइते पढेर ठूलो होला र उनीहरूको दुःख कम होला भन्ने सोचथे ।

बज्यै हरेक साँझ उसलाई राम्रा र रमाइला कथा सुनाउनुहुन्थ्यो । कहिले सूर्य चन्द्र र ताराहरूका कथा सुनाउनुहुन्थ्यो, कहिले नदी नाला र पहाडका । अनि कहिले रुख बिरुवाका कथा सुनाउनुहुन्थ्यो, कहिले परी र भूतप्रेतका !

तर उसको मन ती कथाहरूम पटक्कै लाग्दैनथ्यो । कथा सुननुभन्दा निहुँजसो छोइएलाजस्तै गरी घरैमाथिबाट उडेको हवाइजहाज हेरेर रमाउउनुमा उसलाई आनन्द आउँथ्यो । त्यो देख्दा उसलाइै पनि हबाइजहाजम बसेर उड्न पाए कस्तो मजा हुन्थ्यो होला भन्ने लाग्थ्यो । ऊ हजूरआमासँग भन्थ्यो पनि– हजूरआमा, हबाइजहाजमा उड्न पाए कस्तो रमाइलो हुनथ्यो होला हगि ?

“बाबु, यहाँ कताबाट हवाइजहाज आउँछ र चढ्नु ? हवाइजहाज सशरमा छ । त्यसमाथि हबाइजहाज चढ्न धेरै प्रसा चापहन्छ, कहाँ पाउनु हामीले । धेरै पढ्ेर राम्रो काम गर्नु अनि चर्ढला नि !”हजूरआमा उसलाई सम्झाउने गर्नु हुन्थ्यो ।

आमाको कुरा सुनेर आइते निरास हुन्थ्यो । सम्झनुको साटो ऊ हरबखत त्यी हवाइजहाजमा उडेको कल्पना गर्दै बस्थ्यो । अरु काममा उसको खासै जाँदैनथ्यो । फर्सत भयो कि ऊ घर छेउकै चौरमा गएर आकाशमा हवाइजहाज आएको हेरिरहन्थ्यो । अनि हेर्दाहेर्दै अनेकौं सपना देख्दै निदाउँथ्यो । एक साँझ स्कुलबाट र्फेर त्यसरी नै चैरमा पुगेर आइते निदायो । केही बेरमैं सपना देख्न थाल्यो ।

आइते घरबाट जंजलै जंगल धेरै टाढा पुग्यो । ऊ हजूरआमाले भन्नुभएको हबाइजहाज बस्ने सहर पुग्न चाहन्थ्यो । त्यहाँ पुगेर चढ्न नपाए पनि हवाइजहाज हेरेर धोको पु¥याउने उसको इच्छा थियो ।

हिँड्दा हिँडदा ऊ धेरै पर वागमतीको मुहानमा पुग्यो । माथि आकाशमा रंगको सूर्य चम्किइरहेका थिए । एक टक सूर्यलाई हेरिरहँदा उसले सूर्यबाट एउटा हवाइजहाजजस्तै कुरा निस्केर उतिरै आइरहको देख्यो । त्यो हावामा हवाइजहाज उडेजस्तै उडिरहेको थियो । तर त्यसम हवाइजहाजकोजस्तै न पंखा थियो न पुच्छर । हवाइजहाज कराएजस्तो आवाज सिन सुनेन ।

हेर्दा हेर्दै त्यो विमान उसकै छेउमा अएर रोकियो । त्यसबाट एकजना ऊजस्तै सानो केटो बाहिर निस्किँदै भन्यो– तिमी किन यहाँ एक्लै बसेका ?

“त्यसै...। म पनि तिमीजस्तै विमानमा बसेर आकासमा माथि माथि उड्न चाहन्छु । तर केगर्नु मसँग हवाइजहाज चढ्ने पैैसा छैन ! उसले दिक्क मान्दै भन्यो ।

“त्यस्तो इच्छा छ भने मसँगै हिँड न त, तिमीलाई पनि मेरै विमानमा घुमाउँला ।” त्यो केटोले भन्यो ।

आइते असाध्यै खुसी भयो । ऊ हत्तार्रिएर विमानभित्र पस्यो । विमान सुिरुमा बिस्तारै माथि उठ्यो र त्यसपछि बेगले आकाशमा उड्न थाल्यो । तारेभि। मत्रै होइन धेरै डाँडा र गाउँहरू एक एक गर्दै पछाडि छुट्दै गए । आइते कहिल्यै सहर गएको थिएन । अहिले विमान सहरमाथि पग्दा तलको दृश्य देखेर ऊ छक्कै प¥यो । चारैतिर सडकै सडकको जालो देखिन्थ्यो । जताततै घरैघर थिए कतै साना साना घर देखिए, कतै आकाशै छालान्जस्ता अग्ला अग्ला गगनचुम्बी भवनहरू ! सडक सबै ठूला साना मोटर गाडी र बसहरूले भरिएका देखिन्थे मासिनहरू हतार हतार हिँडिरहेका थिए । चारैतिरको चर्को स्वर माथि विमानसम्मै सुनिन्थ्यो । त्यो सबै देखेर आइते चकित थियो ।

“सहरमा केही बेर घुम्न पए...!” आइतेले त्यो देखेर आफैंसँग भन्यो । तर के अचम्म आइतेले मनमनै भनेको कुरा विमान चलाउने केटोले सुनेछ ।

“ठीकछ नि त, सहर घुम्दै गर । म साँझमा तिमीलाई लिन आउँला ।” त्यो केटोले भन्यो ।

आइते सहर पनि घुम्न पाइने भयो भनेर खुसी भयो । ऊ सडकमा हिँड्न थाल्यो । ठूला ठूला पसल, कतै लुर्गैलुगा । कतै खानेकुरा नै खानेकुरा । कतै मिठाइ नै मिठइ, कतै फलफूलै फलफूल ! कति कुरा त केहो भन्ने पनि चिन्न सकेन उसले ।

एउटा पसलमा देख्दै जाली जाली परेको रसिलो रोटी देखेर उसको भोक पनि जाग्यो । पसले नजिकै पुगेर उसले भन्यो– “मलाई पनि एउटा रोटी खान दिनोस् न !”

“पैसा छ, जेरी खानलाई ।” आइतेलाई झुत्रे झाम्रे देखेर पसलेले पत्याएन । आइतेले त्यो रोटीको नाम जेरी रहेछ भन्ने त बुझ्यो, तर किन्न ऊसँग पैसा थिएन । आइते दुखी भयो ।

विमानको त्यो केटो लुक्दै पछि पछि आइतेसागै आइरहेको रहेछ । आइते जेरी खान नपाएर दुःखी भएको देखेर त्यो केटोले जेरी किनेर आइतेलाई दियो । आइतेलाई जेरी असाध्यै मीठो लाग्यो । रसिलो र गुलियो जेरी उसले त्यस अघि कहिल्यै खाएको थिएन ।

“धन्यवाद !” त्यति मीठो जेरी ख्वाएकोमा विमान चलाउने केटोलाई धन्यवाद भन्दा त ऊ त्यहाँ कतै देखिएन । साँझमा लिन आउँछु भनेको छ, आइहाल्ला नि त । उसले मनमनै भन्यो ।

जेरी खाएपछि मुख सुकेर आइतेलाई पानी प्यास लाग्ये । पानी खोज्छ, कतै देख्दैन । न कतै धारो थियो, न कुवा–डोबिल्को नै । “मुख सकेर प्याक्प्याकी भैसक्यो, पानी कतै देखिन्न !” दिक्क भएर आफैँसँग भन्यो ।

तर त्यो कुर कसरी विमान चलाउने केटोको कानसम्म पुग्यो कुन्नि, ऊ पानी लिएर आइतेको अगाडि आइपुगिहाल्यो । पानी दिएर चाहिँ तुन्तै अलप भैसकेको थियो । त्यो देख्दा आइतेलाई अचम्म पनि लाग्यो– जादूगर त होइन यो केटो ? तर फेरि उसले आफैैँसँग भन्यो– भीडमा कतै छलियो होला ।

पानी खाएर ऊ फेरि डुल्न थाल्यो । डुल्दा डुल्दा कति समय बित्यो, त्यो पनि पत्तो भएन । थकाइले सडक पेटीकै एक छेऊमा सुस्ताउन बसेको थियो, भुसुक्कै निदाएछ ।

एक्ै छिनपछि कसैले डन्डाले हिर्काएजस्तो लागेर आइते ब्युँझियो । नभन्दै अकासे रंगको नीलो कमिज, गाढा नीलो रंगको पाइन्ट र टाउकोमा क्याप लाइएको एकजना मासिनले डन्डाले घचद्धचयाउँदै उसलाई उठाउँदै रहेछ । त्यसैतै अरु चाहिँ सडकको माझम बसेर अहात हल्लाइ हल्लाइ मोटरलाई बाटो देखाइरहेका थिए । ए...सामाजिक शिक्षामा ट्राफिक पुलिसको बारेम पढेको थिइएँ, यिनै पो रहेछन् ? उसले आफैँसँग भन्यो ।

त्यो देखेर पिटाइ खानु पर्ल भनी ऊ डरायो–अब त घरै जान पाइ हुन्थ्यो ।

उसले मनमा सोचेको केुरा विमान चलाउने केटोले सुनि पनि सकेछ । ऊ अगाडि आएर भन्यो– ल हिँड, म तिमीलाई तिम्रो घरमा लगेर छाडिदिन्छु ।

केटोले आइतेलाई अलि पर एकान्तमा लिएर गयो । त्यहँ झाडीभित्र उसले आफ्नो विमान लेकाएर राखेको रहेछ ।, उनीहरू विमानभित्र पसे । विमान अघिजस्तै सुरुम स्तिारै माथि उठ्यो, पछि हावाजस्तै छिडे आकाशमा उड्न थाल्यो । केही बेरमैं विमान ऊ घरको छेउम ओर्लियो । आएते बाहिर निस्केर विदा माग्दै थियो– कसैले जोड जोडले घच्घच्याएजस्तो लाग्यो । भनन्दैहजुरआमा उसलाई घच्घच्याएर ब्युँझाउँदै हुनुहुँदोरहेछ । ऊ त कतिबेला त्यै चौरमा पो निदाएछ । साँझ परिसक्दा पनि घर नआएपछि हजूरआमा उसैलाई खोज्दै त्यहाँ आउनुभएको रहेछ । अनिपो आइतेले थाहा पायो, विमानको सयर र सहर घुमाइ त सपनामा पो रहेछ !

बालबँगैचा, २०६६ असोज





राजनले बम भेटयो

“आजको ताजा खबर....पढ्नोस् आजको ताजा खबर” राजन एकहातम अखबारको ठेली बेकेर अर्को हातले अखबार हल्लाउँदै करायो । कहिले ऊ अखबर पढ्नुहोस् भन्दै ग्राहक तान्न खोज्थ्यो, कहिले कुनै समाचारको घतलाग्दो शीर्षक पढेर सुनाउँथ्यो ।

राजन गरिब बाबुको छोरो थियो । गाउँको घरबारी पैरोले लगेपछि गाउँमा ओत लाग्ने ठाउँ पनि रहेन । त्यसैले स्वास्नी–छोरा लिएर राजनका बाबु आठ वर्ष अघि सहर पसेका थिए । त्यतिबेला राजन दुइ वर्षर्को मात्र थियो रे ।

बाबा आमाले भारी बोक्दै अरुको घरधन्दा गर्दै एउटा सानो डेरामा निर्बह गरेर राजनलाई हुर्काएका थिए । उनीहरूको डेरा बसपार्क नजिकै थियो । एउटा सानो कोठा उनीहरूको सिंगो सन्सार थियो । सुत्नेदेखि पकाउने खानेसम्मका सबै काम त्यही सानो कोठामा गर्नु पथ्र्यो ।

ज्ति नै दुःख गरेर भए पनि बाबाआमाले उसलाई सरकारी स्कुलमा भर्ना गरिदिनुभएको थियो । राजन पनि निकै जेहेन्दार र मिहिनेती थियो । स्कुलमा पनि ऊ सबैको प्यारो थियो । केही बरालिएका केटाबाहेक गुरुदेखि विद्यार्थीसम्म सबै उसलाई मन पराउँथे ।

बाबा आमालाई सघाउन भनेर केही समयदेखि उसले बसपार्कमा अखबार बेच्न थालेको थियो । राजन बिहान बेलुका दुइ–दुइ घन्टा अखबर बेच्थ्यो । उसले पढ्ने समय पनि मिलाएको थियो । त्यसोे हुँदा पढाइमा पनि कमी आएको थिएन । छोराको मिहिनेत देखेर बाबाआमा पनि साह्रै खुसी हुनुहुन्थ्यो ।

“ए केटा....एउटा अखबार ले ले...!” एकजना मानिसले बसबाट ओर्लेँदै उसको छेउमा आएर भन्यो । नयाँ कोट पाइन्टमा सजिएको अखबार माग्ने मान्छे हेर्दा पढेलेखेकैजस्तो देखिन्थ्यो । उसले हातमा पुरानो खालको ब्रिफकेस पनि बोकेको थियो । अखबार माग्ने मनिस भर्खरै बसबाट ओर्र्लिएको थियो । उसको साथमा अर्को एकजना मानिस पनि थियो ।

“कुन चाहिँ दिउँ हजूर..नेपाली, अङ्ग्रेजी ?सबै छ, गोरखापत्र, कान्तिपुर, समाचारपत्र, राजधानी, अन्नपूर्ण, काठमाडौ ंपोस्ट, द हिमालयन टाइम्स......।” उसले एकै सासमा भएभरका अखबारका नाउँ भट्यायो ।

“जे भए पनि दिइ हाल न चाँडै !” त्यो मानिस निकै हतारमा भएजस्तै देखियो ।

“नेपाली–अङ्ग्रेजी कुन चाहिँ दिउँ ?” जति नै हतारमा भए पनि कुन अखबार किन्ने भन्ने त भन्नु पर्छ । राजन अलमलिँदै दोहो¥याएर सोध्यो ।

“जृुन भए पनि दे न....!” उसले चर्किँदै भन्यो ।

राजनले एएटा अखबार निकोलेर दियो । हतार हतारमा राजनको हातम १० रुपियाँको नोट राखिदिएर ती दुबै मासि हतारमा पार्कको एउटा कुनातिर लागे ।

“हजूर बाँकी पैसा...”राजनको कुरा सुनेर पनि उनीहरू रोकिएनन् ।

“बाँकी पैसा तैं लिनू...!” उनीहरूको हतार देख्दा पैसा फिर्ता लिने फुर्सत पनि नभएजस्तो लाग्यो उसलाई ।

राजन तिनीहरूको चालमाला चाख मानेर हेरिरहेको थियो । अखबार नल्युन्जेल हतारमा देखिएका ती दुई मानिस बसपार्ककै एउटा कुनोतिर छेको लागेर उभिएका थिए ।

राजन चाख मानेर उनीहरूलाई हेरिरहेको थियो । त्यत्तिकैमा अखबार लिनेले हातको ब्रिफकेस अखबारले बे¥यो । त्यति ब्रिफकेस बोक्नै नहुने ाराम्रँे र थात्रो थिएन । त्यसैले त्यसलाई अखबारले बेरेको देख्दा राजनको मनमा अनेकौं कुरा खेले ।

राजनलाई सुरुदेखि नै उनीहरूको चालमाल अनौठो लाग्दै थियो ।

”ए..बाबु, खोई एउटा गोरखापत्र देऊ त !” राजनले अखकार माग्ने दइलाई अखबार दिएर पैसा लियो । त्यसपछि हेर्दा राजनले उनीहरूलाई पार्क बाहिर निस्कन लागेको थियो । तर सुरुदेखिनै बोकेको ब्रिफकेस भने यतिबेला तिनको हातमा देखिएन ।

“ए...दाइ..., तपाइँको ब्रिफकेस....।” तिनीहरूको हातमा ब्रिफकेस नदेखेपछि राजन करायो । त्यसरी कराउँदा पनि नसुनेपछि कराउँदै तिनहरू भएतिरै दौड्यो । उसको कुरा सुन्नु त कता हो कता उसलाई आफूतिरै आउनु लागेको देखेर ती दुबैजना बेतोडले दौडेर हेर्दाहेर्दै हराए कता ।

“किन यसरी त्यहीँ छाडेर गएका होलान् त्यो ब्रिफकेस ?“ उनीहरू त्यसरी भागेका देखेर राजनले जानी जानी ब्रिफकेस छाडेको अनुमान गर्दै सोच्यो । “तिनीहरूले कि त त्यो चोरेको ब्रिफकेस हुनुपर्छ, कि त्यसभित्र हानि पु¥याउने कुनै कुरा हुनुपर्छ ।”

त्यो सोचेर ऊ ब्रिफकेसको नजिकै गयो । उसले केही परैबाट त्यसभित्रबाट टिक टिक आवाज आइरहको सुन्यो । त्यो सुनेर ऊ डरायो । केही दिन अघिमा कोटेश्वर नजिकै बद्मासहरूले बसबाट पालेको झोला बम फेला परेको समाचार सुनेको थियो । जनताले ल्याएका परिवर्तन मन नपाराउने विेदशीहरू केही नेपालीलाई पकाएर अनेकौं उपध्रो गरिरहेका थिए । त्यत्रो परिवर्तन ल्याउने नेताहरू सानो सानो कुरामा झगडैमात्र गर्थे ।

”यो पक्कै तिनै हाम्रो देशमा शान्ति भएको देख्न नचाहनेहरूले पड्काउन रााखेको बम नै हुनुपर्छ ।” उसले मनमनैं सोच्यो । अब के गर्ने ? उसले नजिकैको टिकट काट्ने दाइलाइलाई सबै कुरा सबै कुरा भन्यो ।

राजनको कुरा सुनेर ती दाइ पनि धेरै डराए । ओ हो, यो बम पड्क्यो भने ? कतिको ज्यान जाला !

उनले त्यहीँबाट पुलिस अफिसमा फोन गरेर बस पार्कमा बम राखेको शङ्का भएको जानकारी गराए । खबर पाउनासाथ प्रहरी आएर सबै यात्री र बसका मान्छेलाई त्यहाँबाट हटाए । उनीह्रूले ब्यागभित्र ेरै शक्ति भएको टाइम बम फेला पारे । फेला नपरेको यसले भए केही बेरमैं पड्किएर धेरैको ज्यान लिने रहेछ ।

पुलिससँगै आएका मानिसले बडो होसियारीपूर्वक बमलाई नपड्कने बनाए । त्यसपछि बल्ल सबैले खुसीको सास फेरे । राजनले त्यो ब्रिफकेस राखेर जाने मानिसहरूको हुलिया बताइदियो । उसले बताएको त्यही हुलियाको आधारमा पुलिसले तिनलाई केही बेरमैं समात्यो । राजनले बुद्धि पु¥याएर ठूलो दुर्घटना हुनुबाट बचाएकोले त्यहाँका सबैले उसलाई धन्यवाद् दिए– तिमी नभएको भए आज हामी धेरैको ज्यान जाने थियो ।

मासिक बालपत्रिका, वर्ष १ अङ्क २, २०६६















१० कासाङ

“आज पसलको सामान नल्याइ नहुने, आजै पाहुना पनि धेरै आउँछन् । के पोे गर्ने होला !” आमा छिमेकी बजुलाई आफ्नो समस्या सुनाउँदै हुनुन्थ्यो ।

“त्यै त के गरी भ्याउँछ्यौ एक्लैले” विहानको घाम ताप्दै तर्कारी केलाउन सघाइरहनुभएकी बजुले भन्नुभयो ।

पासाङकी आमा मुक्तिनाथ आउने पाहुनाहरू बस्नेखाने सानो सानो लज चलाउनुहुन्थ्यो । यो झारकोट गाउँ असाध्यै रमाइलो थियो । बाबा विदेशी पाहुना लिन पोखरा जनुभएकाले घरमा आमा र कासाङ मात्र थिए । जोमसोममा कलेज नभएकोले कासाङका दाजु पनि पोखरामैं बसेर पढ्थे । एक्लै लज चलाउन आमालाई भ्याइनभ्याई थियो । लजको समान लिन झण्डै एक विहानको बाटो हिंडेर जोमसोम पुग्नुपथ्र्यो ।

“आमा,म गएर ल्याउँछु नि त सामान ! के के ल्याउने भन्नोस् न बरु ।” आमाको समस्या बुझेर कासाङले भनिन् । उनी अघिपछि पनि विदाको बेला घोडा लिएर जोमसोम आउने जाने गर्थिन् । किनमेल गरेर आमालाई सघाउँथिन् । उनीे जोमसोम कै स्कुलमा छ कक्षाकी विद्यार्थी थिइन् ।

”पढ्न चाहिं कति बेला जान्छ्यौ नि ?”आमाले समस्या देखाउनु भयो ।

”आज शनिवार होइन, बिर्सनुभएको ?”कासाङले स्कूल जानुनपर्ने कुरा सम्झाइन् ।

“ए हो त नि ,राम्ररी गएर सामान ल्याउ छोरी !”आमाले भन्नुभयो ।

कासाङ आमासँग किन्नु पर्ने सामानको सूची र पैसा लिएर जोमसोम हिंडिन् । उनी घोडामा थिइन । उनले माया गर्ने भएकोले घोडा पनि भनेको मान्थ्यो ।

जोमसोम झर्ने बाटो एकदमैं ठाडो र भिरालो थियो । बाटाभरि मसिना ढुङ्गाका गिर्खाले घोडाका खुर समेत रड्किने डर हुन्थ्यो । अझ अलि ढिलो भयो भने त कालीगण्डकीको खोँचै खोँच जोडतोडको हावा चलेर मान्छे नै उडाउलाजस्तो गथ्र्यो । उकालो बाटोको धूलो र वगरको बालुवा उडाएर आँखै हेर्न दिंदैनथ्यो ।

“पख्...पख्...फुर्के, विस्तारै हिंड् । खुट्टा रड्केर लड्लास् फेरि !”कासाङको कुरा बुझेजस्तै घोडा पनि विस्तारै हिंड्नथाल्यो । कासाङ घोडालाई फुर्के भनेर बोलाउँथिन् । ओरालो सकेर बल्ल बल्ल कालीगण्डकीको किनारै किनारको बगर हिंडेर उनी जोमसोम पुगिन ।

“बाजे, दश बजिसकेछ । बाह्रबजेपछि हावाचलेर हिंड्न गाह्रो हुन्छ ! मेरो सामान चाँडै राखिदिनुप¥यो ।” कासाङले सधैं सामान किन्ने पसलमा पुगेर सामानको सूची दिंदै भनिन् ।

“ए आज तिमी आयौ, कासाङ ! हुन्छ,चाँडै गरौंला ।” पसले बाजे मात्र होइन कासाङको राम्रो स्वभाव र मीठो बोलीले गर्दा उनलाई सबैले माया गर्थे, मन पराउँथे ।

कासाङ सामान लिएर हतारहतार घरतिर लागिन । एकघण्टा जति कालीगण्डकीको तिरैतिर हिंडेपछि घोडा कागबेनीको उकालो लाग्यो । मुक्तिनाथबाट आउने र जाने मानिसहरूको दोहोरो लाम थियो त्यो अत्यासलाग्दो उकालो पनि । आउने र जाने बराबर !

“कति आँटिली केटी, एक्लै यस्तो बाटो हिंड्न कत्ति पनि नडराएकी हेर...हेर...।” कासाङलाई त्यस्तो बाटो एक्लै हिंडेकी देखेर यात्रीहरू उनको सह्राहना गरेको सुनिन्थ्यो ।

झारकोटभन्दा निकै तलको खिङ्गार गाउँमाथि पुगेपछि कासाङले एउटी चालीस–पैंतालीस वर्षकी स्वास्नीमान्छे बाटोमा लडी रहेकी देखिन । साथका लोग्नेमान्छे निकै आंत्तिएका देखिन्थे–लौन, अब के गर्ने...? लेक लाग्या पो होकि ।

बाटामा आउने–जाने मान्छे एक छिन उभिएर हेर्थे, जाान्थे । सबै हतारमा भएकाले सायद कसैलाई तिनको मदत गर्ने फुर्सत थिएन । अरु त अरु त्यही ठाउँकन मानिस समेत मद तगर्न कोही अघि सरेको देखिएन ।

“के भयो बाजे...? विरामी पो प¥यो कि कसो !” कासाङले घोडाबाट ओर्लंदै सोधिन ।

“हो...नानी, लेक लाग्यो कि के हो, यिनी सासै फेर्न नसकेर लडिन् । मदत गर्ने पनि कोही छैन, माथि होटेलसम्म लैजान सके पनि केही उपाय निस्कन्थ्यो कि !” उनले एकदमैं चिन्तित हुँदै भने ।

“चिन्ता नर्गोस् बाजे, केही हुँदैन । हावा नपुगेर धेरैलाई यस्तो हुन्छ ।” कासाङले भनिन.।

“चिन्ता नगरेर के गर्नु नानी, यो विरानो ठाउँमा न अस्पताल छ, न कुनै मदतको आशा !” कासाङले सम्झाउँदा पनि ती मान्छेको चिन्ता हटेन ।

“चिन्ता नगर्नोस्, ल बरु उहाँलाई मेरो घोडामा राखौं । यसैमा राखेर माथि पृु¥उाँला, माथि पुगेर आराम गरेपनि ठीक भै हाल्छ नि ।” ती सानी टीको त्यो कुरा सुनेर उनलाई ठूलो ढाडस मिल्यो ।

दुबै मिलेर विरामीलाई घोडामा चढाए । कासाङले सरासर आफ्नै लजमा पु¥याएर आमालाई सबै कुरा ससुनाइन् । आमाले केही जरीबुटी पिनेर खान दिनुभयो ।

“ल बज्यै, यो तातो चिया खानोस् । केही बेर आगो तापे पछि ठीक हुन्छ ।” आमाले औषधी ख्वाएपछि चिया दिंदै भन्नुभयो । नभन्दै केही बेर पछि नै उनलाई विस्तारै सञ्चो हुादै गयो । लेक लागेको असर औषधिले ठीक ग¥यो, चिया र अँगेनाको तातोले शरीर पनि राम्रैसँग गर्मायो । कासाङको मदत समयमैं पाउन सकेकोले उनी बिस्तारै ठीक भइन् ।

“अब त बाँच्छु कि क्याहो ! तिमी त देउतै भयौ नानी, मेरालागि । तिमीले मदत नगरेकी भए...!” विरामीले कासाङलाई काखमा राख्दै भनिन् ।

“हो बल्ल बुझिछौ, मानिसनै देउता हो ! जसले विपत्तिमा परेकालाई मदत गर्छ,त्यो नै भगवान हो, कसो ?”विरामी महिलाको कुरा सुनेर लोग्ने मान्छेले भने ।

“हो...देउतै भएर बचाइन् कासाङल मलाई !” ती महिलाके कुरा सुनेर कासाङले अफ्नी आमाको अनुहार पनि खुसीले चम्किएको देखिन् ।



कान्तिपुर कोपिला,भदौ १४,२०५९



















१२.भो मलाई साइकल चाहिँदैन !



“आमा, मलाई नया साइकल नभै हुँदैन । राजिबसँग कस्तो राम्रो साइकल छ, खेलौना छन् आफ्नो भने केही छैन । साइकल नल्याइदिए म त स्कुलै जान्न के !” जय जिद्दी गर्दैथियो ।

“होइन, कहाँ पाउने साइकल किन्ने पैसा ? बहिनीलाई स्कुल हाल्ने बेला भैसक्यो, त्यसैको लागि पैसा खोज्नु छ । कहिले कुरा बुझ्ने होलास छोरा तैँले !” आमा दिक्क मान्दै सम्झाउने कोशिस गर्नुहुन्थ्यो । तर जति सम्झाए पनि जय भने पिरोल्न छाड्दैनथ्यो ।

जयका बाबा एउटा सरकारी कार्यालयमा हाकिम हुनुहुहुन्थ्यो । हाकिम भए पनि जागिरबाट आउने तलबले चारजनाको परिवार पाल्न सधैं मुस्किल मुस्किल हुन्थ्यो । तै बाबुबाजेले जोडेका अलिकति जग्गा बेचेर सानो घर बनाएको हुँदा घरको भाडा तिर्नु पर्दैनथ्यो । छोराछोरीलाई चाहिने राम्रो खानपिन, पढाइ आदिमा कमी आउन नदिए पनि उनीहरूका सबै फर्माइस भने पूरा हुन सक्दैनथे । भनेको कुरा पूरा नहुँदा पनि बहिनी धेरै पिरोल्दिनथी, जय भने अरुको जे देख्यो त्यही चाहियो भनेर पिरोल्ने गथ्र्यो ।

राजिव जयको छिमेकी साथी थियो । केही वर्षदेखि उनीहरू छिमेकमैं घर भाडामा लिएर बस्न थालेका थिए । उनको जागिर राजिबको बाबाको भन्दा ठूलो नभए पनि खर्च भने निकै बढी देखिन्थ्यो । राजिवकी आमा सँधैं नयाँ नयाँ लुगा र गहनामा ठाँट्टिएर हिँड्ने गर्नुहुन्थ्यो । बाबा पनि सधैं टयाक्सीमा डुल्नु हुन्थ्यो । घरमा माछामासु, भोज भतेर कहिल्यै छुट्दैनथ्यो । टोलका मानिसलाई बेलाबखत बोलाएर भोज भतेर गर्ने हुँदा सबै उनको मान मनितने गर्थे । त्यो पैसा कताबाट आउँछ भन्ने उनीहरूलाई कुनै चासो हुँदैनथ्यो । राजिवका बाबा घुस खाएर धेरै कमाउँछन् रे भन्ने टोलमा गाइँगुइँ हल्ला थियो । जसरी कमाएको भए पनि उनको फुर्ती भने निकै बढी थियो ।

उनी राजिव र उसका दिदी बहिनीले जे मागे पनि बोली निस्कन नपाउँदै आइपुग्थे । त्यर्सले उनीहरू साीहरू कसैलाई पनि गन्दैन थे । राजिव आफ्नो तीन पाङ्ग्र साइकल, आफैँ गुड्ने मोटर, हेलिकोप्टरजस्ता कुरा देखाउँदै तँसँग छ मेरोजस्तो साइकल, मेरा त अरु पनि कति छन् कति खेल्ने कुरा भन्दै अरुलाई ह्याउने गथ्र्यो । राजिवलाई म पनि तँभन्दा कम छैन भन्ने देखाउने लोभले जय पनि घर गएर सधैं आमाबाबालाई पिराउने गथ्र्यो ।

“तिमी धेरै झगडा नगर है, नत्र म तिमीलाई छाडेर मामाघर जान्छु । बहिनी कति ज्ञानी छे, तिमीभने ! बाबालाई पिराएर मात्रै हुन्छ, पैसा नभइ कहाँबाट आउँछ, साइकल !” आमा उसलाई धेरै सम्झाउने कोसिस गर्नुहुन्थ्यो ।

“राजिव का बाबासँग चाहिँ कहाँबाट आउँछ त पैसा ? पैसा नभएर होर, मलाई माया नगरेर पो बाबाले मैले भनेका कुरा नल्याइदिनु भएको !” ऊ आमाले जति सम्झाए पनि सम्झनुको साटो उल्टो कुरा मात्रै बुभ्mथ्यो ।

“त्यस्तो उल्टो कुरा पनि सोच्ने हो ! आफ्नो बाबाले नगरे कसले माया गर्छ त तिमीलाई ? अरुको दाँजो लागेर हुन्छ ! के चोरेर, खराब काम गरेर ल्याइदिने तिमीलाई साइकल ?” उसका आमाबाबालाई पनि आफ्ना छोराछोरी अरु सरह नै हिँडून्, उनीहरूले मागेका राम्रा कुरा पु¥याइदिउँ भन्ने चाहना नभएको त कहाँ हो र ! तर पु¥याउन सके न हो । नराम्रो कामबाट कमाएर त्यस्तो गर्न भने उहाँ चाहन्नुहुन्नथ्यो ।

त्यस्तैमा एक साँझ जय र सानी बहिनी बाबासँगै बसेर कथा सुनिरहेका थिए । घर छेउमैं दुईतीनवटा मोटर आएर रोकिए । मोटरको आवाज थामिनासाथ मानिसहरूको चर्को खलबल सुनियो । के को रहेछ हेर्न बाबाले भ्mयाल खोलेर बाहिर चिहाउनुभयो । जयले पनि बाबासँगै भ्mयालबाट चिहाएर बाहिर हे¥यो । सडक बत्तीको धमिलो उज्यालोमा राजिवको घरवरिपरि पुसलसहरू बन्दुक तेस्र्याएर उभिएका देखिए । सडक भरि टोलका मानिस जम्मा भएका थिए । पुलिसहरू किन त्यसरी बन्दुक तेस्र्याएर राजिवको घर घेरिरहेका छन् भन्ने नबुझेरसबैजना अलमल्ल परेका थिए । ऊ पनि बाबासँगै बाहिर सडकमा निस्क्यो ।

केही बेर पछि सबैले थाहा पाए घुस खाएको र भ्रष्टाचार गरेको आरोपमा पुलिस राजिवका बाबालाई समत्न भनेर आएका रहेछन् । पुलिसका हाकिमले त्यहाँ उभिएका छिमेकीहरूमध्ये चारपाँचजनालाई आफूसँगै घरभित्र आउन अनुरोध गरे । जयका बाबा पनि भित्र जानेमध्ये हुनुहुन्थ्यो । केही पुलिस घरबाहिर घेरेर बसे, केही चारपाँचजना छिमेकीसँगै घरभित्र पसे । जय पनि त्यही भीडमा छिरेर बाबाको पछि लाग्यो । उनीह्रू एक एक कोठामा पसेर सबै कुरा हेर्दै तिनको सूची बनाइरहेका थिए । एउटा ठूलो सेफबाट इँटा बानएको सुन, लाप्साका लाप्सा चाँदी, थुप्रा गरगहना थिए । एउटा ठूलो सुटकेस नोटै नोटले टम्म भरिएको थियो । त्यति धेरै धनसम्पत्ति टोलका मानिसले यस अघि कहिल्यै देखेका थिएनन् । त्यो देखेर सबै आश्चर्यले जिब्रो टोक्दैथिए ।

“ओहो एकजना साधारण कर्मचारीले कहाँबाट ल्याएहोलान् यत्रोबिन धनसम्पत्ति !” पल्ला घरका काकाले आश्चर्य मानेर भन्नु भयो ।

“कसरी हुनु नि, भ्रष्टाचार गरेर कमाए । नत्र जागिरको तलबले मात्रै यतिबिन धनसम्पत्ति कसरी जोड्न सक्थे ।” अर्का छिमेकी दाइले प्याच्चै भनिहाल्नु भयो ।

पुलिसले घरमा पाइएका सबै गरगहना, धनसम्पत्ति, सरसामानको सूची तयार गरे । उनीहरूले ती सबै धनसम्पत्ति उनको घरमा पाइएको भन्ने बेहोरा लेखेर साक्षीका रुपमा टोलका मानिसहरूको सही गराए । ती सबै कुरा पोको पारेर पुलिसले राजिवका बाबालाई पनि पक्रेर साथै लगे । राजिवका बाबा लाजले मुख छोप्दै पुलिससँगै जानुभयो ।

त्यतिले मात्र नपुगेर पुलिसले घरको मूल ढोकामैं ताल्चा मारिदिए । अब राजिबहरू समेत घरभित्र पस्न नपाउने भए । यतिबेलासम्म लाजले केही बोल्न नसकेकी राजिबकी आमाले रुँदै भन्नु भयो– घरमा समेत तपाइँहरूले ताल्चा मारे पछि म यी लालाबाला लिएर कहाँ जाउँ ! बिन्ती हामीलाई बिचल्लीमा नपारिदिनुहोस् !

“के गर्नुहुन्छ, हामीले त आदेशको पालना गर्ने हो । तपाइहरू आफ्नो व्यवस्था गर्नोस् । भोलि अदालतले आदेश नदिउञ्जेल हामी घर खोल्न मिल्दैनं ।”पुलिसका हाकिमले त्यसोे भने पछि राजिवकी आमा रुन थाल्नुभयो । राजिब र बहिनीहरू पनि रुन थाले ।

पुलिसले राजिबका बाबालाई पक्रेर लगे पछि मानिसहरू अनेकौं कुरा काट्दै थिए । विचरी राजिबकी आमा उनीह्रूका कुरा सुनेर लाजले अनुहार छोपिरहनु भएको थियो । राजिब र बहिनीह्रू आमाको धोतीको फेर समातेर रोइरहेका थिए । हिजोअस्ति राजिबका बाबालाई भेट्न आउने, भोजभतेरमा जम्मा हुने सबै छिमेकीहरू अहिले राविका बाबाको बद्ख्वाइँ गरिरहेका थिए । राजिबकी आमालाई बास र ढाढस दिने कोही देखिएन । उनीह्रूका नातेदार पनि कोही नजिक थिएनन् । अब रात कहाँ गएर विताउने, आमाको सबैभन्दा ठूलो चिन्ता त्यही थियो । छोराछोरीको विचल्ली हुने भयो भन्ने सोच्दै उहाँ रोइरहनु भएको थियो । अघि पछि राजिब र बहिनीहरूलाई माया देखाउँदै उनीह्रूको अघिपछि गर्ने टोलका मानिसहरू सबै लाखापाखा लागिसकेका थिए । त्यहाँ उनीहरूलाई भरोसा दिन कोही थिएन ।

“राजिवलाई हाम्रै घर लैजाउँ न, हुन्न बाबा ”त्यो देखेर जयले बाबासँग भन्यो । सधैं आफ्ना खेलौना देखाएर सबैलाई होच्याइरहने राजिवलाई अघिपछि ऊ पटक्कै मन परायँदैनथ्यो । यति बेला भने रोइरहेको राजिवको अनुहार देखेर जयलाई दया लाग्यो ।

“तिमीले ठीक भन्यौ जय ! भाउजु पिर नगर्नुहोस् अर्को व्यवस्था नहुञ्जेल मकहाँ नै बसौंला । गल्ती तपाइँका श्रीमानले गर्नुभयो, तपाइँ र केटाकेटीको के दोषको । छिमेकी भनेको पनि त यस्तै आपतविपतमा चाहिने हो नि ।” जयका बाबाले भन्नु भयो ।

“दोष त किन नहुनु नि । पहिले नै खराब काम गरेर हामीलाई सुख चाहिँदैन भन्न सकेको भए यो दिन देख्नै पर्दैनथ्यो नि !”जयका बाबाको कुरा सुनेर त्यहाँ बाँकी भएका मध्ये कसैले प्याच्च भनिहाल्यो ।

“चुप् लाग्नोस तपाइँहरू, यो घोचपेच गर्ने बेला होइन । तपाइँ हाम्रो पनि त दोष छ नि ! त्यो धन कसरी आयो भन्ने सोच्दै नसोची धनीेको मात्रै मान मनितो गर्ने तपाइँ हामी नै त हौं नि ? हाम्रो यस्तै बानीले त खराब काम गरेर भए पनि धेरै धन जम्मा गर्न मानिसहरू हौसिन्छन् !”

सबैजना आआफ्ना घरतिर लागे । कुनै सहारा नभएका राजिवकी आमा पनि छोराछोरी अघिलाएर जयको घर जानुभयो । उता जयको मनमा भने अनेकौं कुरा खेलिरहेका थिए । राजिवको जस्तै साइकल, खेलौना किनिदिन आफूले आमाबाबालाई पिरोल्ने गरेको सम्झेर उसलाई आफूले ठीक गरिन छु भन्ने लागिरहेको थियो । टोलका मानिसहरूको कुरा सुनेर ऊ झसंगै भएको थियो । आमाले आफूलाई सम्झाउँदा सम्झाउँदा केही नलागेर के चोरेर ल्याइदिने साइक्ल भनेको कुरा उसले बल्ल पो बुझ्यो । आहो...आफ्नो इच्छा पूरा गर्न बाबाले पनि त्यसरी नै घुस खाने खराब काम गर्नुभएको भए... ! उहाँ लाई पनि त पुलिसले यसरी नै समातेर लैजान्थ्यो लैजान्थ्यो । यो कुरा कल्पना गर्दा पनि उसलाई डर लागेर आयो ।

घर पुग्नासाथ जयले आमाको हात समात्दै भन्यो– भो मलाई साइकल चाहिँदैन । आमा अब म कहिल्यै यस्तो जिद्दी गर्दिन है !

“स्याबास छोरा, अब भने तिमी कुरा बुझ्ने भयौ !” उसको त्यो कुरा सुनेर उसका आमा बाबाको अनुहार खुसीले हँसिलो देखियो ।

३०३१ फागुन

सुनके्रस्रा, वर्ष ३ अङ्क ८







































१२. अनीताको अठोट



अनीतालाई चित्र बनाउन असाध्यै शोख रहर थियो । छिमेकी काकाले बनाउनुभएका चित्र हेरेर आफू पनि त्यस्तै बनाउन चाहन्थी । काका कलाकार भएकोले सधैं चित्र बनाइरहनुहुनथ्यो । उहाँलाइृ भेट्न भनी टाढा टाढाबाट मानिसहरू आउँथे । त्यो देख्दा त झनै उसलाई कलाकार बन्ने चाहा हुन्थ्यो ।

“आहा काकाकै जति राम्रा चित्र बनाउन सके कति रमाइलो हुन्थ्यो !” काकाले त्यस्ता राम्रा राम्रा चित्र बनाउनु भएको देखेर ऊ मनमनै सोच्थी । ऊ धेरैजसो काकाले चित्र बनाएको हेरिरहन्थी । साँच्चि नै आफूले पनि त्यस्तै चित्र बनाउन सके ? तर के गरोस् उसका दुबै हात चल्दैनथे । सानैमा पोलियो रोग लागेर उसका दुइटै हात लुला भएका थिए । त्यसैले उसको हात राम्ररी कलम–कुची नै समाउन सक्तैनथे, चित्र बनाउने कुरा त परै रह्यो । अनीता लेख्न नसके पनि गाउँकै स्कुलमा चार कक्षामा पढ्थिन् । खुट्टाको औलाले कलम च्यापेर अलि क..ख..सम्म लेख्थिन । हात नचले पनि उनी पढ्नमा भने निकै बेस थिइन ।

सहरभन्दा बाहिरको उसको गाउँमा केही वर्षै अघिसम्म पनि कुनै स्वास्थ्य चौकी थिएन । गाउँगाउँमा पोलियो र अरु रोगका औषधि दिने मान्छे पनि अहिलेजस्ता आउँदैनथे । गाउँमै आएर खोप दिने त कुरै थिएन । मानिस बिरामी पर्दा झारफुक गरेर चित्त बुझाउनु पथ्र्यो । झारफूकबाट रोग निको नभएर कति मानिसले दुःख पाउँथे ।

“तिमीलाई चित्र बनाउने धेरै रहर छ हगि ? केही गर्ने इच्छा छ भने मानिसले असम्भव कुरा पनि फत्ते गर्छ, बुझ्यौ अनीता ! जहाा इच्छा त्यहाँ उपाय ।” अनीताको चित्र बनाउने भित्रैदेखिको इच्छा देखेर एक दिन काकाले भन्नु भयो ।

“इच्छा त छ नि काका, तर केगर्नु मेरा हात चल्दैनन् । चाहेर मात्रै के गर्नु र !” अनीताले बडो निराश हुँदै भनिन् ।

“हरेश नखाउनm न, तिमी कख त खुट्टाले लेख्छ्यौ होइन ? बुरुस पनि खुट्टाले च्यापेर चित्र बनाउने अभ्यास गरी हेरन । मलाई विश्वास छ, तिमी खुट्टैले पनि राम्रा राम्रा चित्र बनाउन सक्छ्यौ !” काकाले ढाढस दिनुभयो ।

काकाको कुराले उनमा उत्साह थपियो । तर सामान्य कख लेख्न त खुट्टाले कति गाह्रो छ, चित्र बनायने कुरा कसरी सकिएला र ! सुरुमा त उनलाई त्यो कुरा असम्भवजस्तै लाग्यो । तै पनि उनी बिस्तारै खुट्टाले बुरुस समाउने अभ्यास गर्न थालिन ।

“हेर न लुली, खुटाटाले चित्र बनाउन लागेकी ! कस्ता कस्ता काँ गे, मुसाको छाउरो दरबार !” छिमेकी राजिव आफूजति जान्ने कोही छैन भन्ने सोच्थ्यो । पढ्न र चित्र बनाउनमा राम्रो भए पनि उसको त्यही बानीले अरु उसलाई यति मन पराउँदैनथे ।

“ हेर राजिव, अर्कालाई त्यसरी न उडा ! यही अनतिाले एकदिन तँलाई चित्र बनाउनका उछिनी भो अति देख्लास् !” राजिवकी दिदी सरिताले सम्झाउन खोजिन । तर । राजिव अनीता हातले चित्र लेख्न सक्ली भन्ने विश्वास नै गर्दैनथ्यो ।

अब अनीताको ध्याउन्ना खुट्टाले बुरुस समाएर रङ्गमा चोब्दै चित्र बनाउनमैं एकोहोरियो । राजिवको इख र काकाको ढाढसले उसभित्र राम्रो चित्र नबनाइ छाड्दि भन्ने अठोट बलियो हुँदै गएको थियो ।

स्कुलमा साथीहरूले गिल्ला गर्ने डरले अनीताले घरमं खुट्टाक औलाले कुी समातेर चित्र लेख्ने अभ्यास गरेकी थिइन । कहिले काहीँ उनी त्यसरी आफूले लेखेका टेढामेढा रेखाका चित्रहरू काकालाई देखाउँथिन् । काका उनीमा झनै उत्साह थपिदिनुहुन्थो– राम्रो, यी यो रेखा अलि सधिा लेख्ने अभ्यास गर, यहाा छेउ अलि मिलेन, फेरि मिलाउने कोशिस गर अझ राम्रो हुन्छ !” यसै गरी अनीताले चित्र लेख्ने अभ्यास गर्दै रहिन ।

छ महिना पछि स्कुलमा चित्रकला प्रतियोगिता हुने भयो । घरबाट चित्र बनाएर लान पाइँदैनथ्यो । स्कुलकै चौरमा बसेर सबै प्रतियोगीहरूले गुरुहरूकै अगाडि चित्र बनाउनु पर्थोे । प्रतियोगितामा अनीता र राजिव सहित दशजनाले भाग लिएका थिए । प्रतियोगीहरू बगँैचामा लहरै बसेर कुची रकलमले रङ्गीचङ्गी चित्र बनाउन थाले । त्यही लहरमा हात नचल्ने अनीता पनि बसेर चित्र बनाइ रहेकी देखेर राजिव उसलाई मुख बङ्ग्याई बङ्ग्या खिज्याइ रहेको थियो । अनीता भने त्यतातिर ध्यानै नदिइ मन लाएर चित्र बनाउनमा लागेकी थिइन । गुरुहरू उनीहरूले चित्र बनएको हेर्दै घुमिरहनु भएको थियो । अलि पर छिमेकी काका पनि बस्नुभएको थियो । छिमेकी काका ठूला कलाकार भएकाले हेडसरले उहाँलाई ती चित्र हेर्न र पहिलो हुनेलाई पुरस्कार दिन भनी बोलाउनु भएको रहेछ । काकालाई देखेर अनीतालाई झनै उत्साह बढ्यो । तिनै काकाले ढाढस दिएकाले उसलाई खुट्टैले भएपनि चित्र बनाउने अभ्यास गर्ने आँट आएको थियो । चित्र बनाउन दिइएको एक घण्टाको समय सकियो । जाँचकी गुरुहरू सबैका चित्र लिएर जाँच्न थाल्नु भयो ।

उनीहरूलाई आफ्नो कामको परिणाम कहिले थाहा पाइएला भन्ने लागिरहेको थियो । गुरुहरूले सबै चित्र हेरेर मूल्याङ्कन गर्नुभएपछि हेड सर, अरु सरहरू र काका लहरै मेचमा बस्नुभयो । सबैको मुटु ढुक ढुक गर्दै थियो, कसको त्रि पहिला होला ? अनीतालाई त विश्वासै थिएन, दुबै हात सद्यधे हुने साथीहरूको अगाडि आफूले बल्ल बल्ल बनाएको चित्रपहिलो हुन सक्छ भन्ने उसलाई विश्वासै थिएन । उसले त खाली अभ्यास हुन्छ भनेर मात्रै भाग लिएकी थिई ।

प्रतीक्षाको घडी सकियो । हेडसरले नतिजा सिुनाउने भयो– हेर मान्छेमा केही गर्छ भन्ने इच्छा र आँट छ भने त्यो पूरा गर्न केहीले पनिm छेक्न सक्दैन । यही कुरा आज अनीताले गरेर देखाकीछन् । आज उनको चित्र सबैभन्दला उत्कृष्ठ ठहरिएको छ । ल सबैले उनलाई बधाइ देओ !” हेडसरको भनाइ सुनेर अनीतालाई मात्र होइन अरुलाई पनि धेरै बेर विश्वासै भएन । तर केही बेर पछि सबैले चाल पाए हेडसरले भन्नु भएको एक एक कुरा सत्य थियो । प्रतियोगिताका सबै चित्र प्रदर्शनीमा राखिएका थिए र अनीताले बिना हात खुट्टाले बनाएकी चित्र साँच्चि नै सबैको भन्दा उम्दा थियो ।

“ल बधाई, अनीता तिम्रो अठोटको जीत भयो । योभन्दा पनि राम्रा चित्र बनाउँदै जानु है ।” पुुरस्कार दिँद काकाले भन्नु भएका कुराले अनीताका आँखा खुशीले रसाए ।

फागुन २०६१

मुना वर्ष १७ अङ्क २ पूर्णाङ्क १९४























१३. मुस्ताङका मीतज्यू३०



“आमा,बाबा, म सोमुसँग पुरानो मुस्ताङ हेर्न जाउँ है ।” मुक्तिनाथको थकाइ मेटिएपछि अभिनवले बाबासँग मायालाग्दो पारामा भनेको थियो ।

“पख् मेरो फुर्सत छैन । भरपर्दो मानिस फेला परेमा पठाइ दिउँला । यहाँबाट धेरै टाढा पर्छ,पुरानो मुस्ताङ”बाबाको कुरा सुनेर अभिनव खिस्रिक्क परेको थियो ।

“सोमुलाई लिएर गए हुँदैन बाबा ? उसका मीत पनि छन् रे लोमान्थाङमा । सोमु त एक्लै पनि आउने जाने गर्छ रे !” अभिनवले अझै कर गरेपछि बाबाले सबैसँग बुझेर सोमुसँग पठाउने मञ्जुरी दिनुभएको थियो ।

“होइन के भन्नुभएको तपाइँले,सोमुको भरमा यसलाई कसरी पठाउने ? केही भइहाल्यो भने ? दुबै साना छन !”आमाले बिरोध गर्नुभएको थियो ।

“तिमी पिर नगर न,मैले सबै बुझिसकें । सोमुको आमाले पनि फरक पर्दैन भन्नुभएकोले पो यसको रहर पुगोस् भनेर जाओस् भनेको त । यहाँबाट भरपर्दो र चिनेको मान्छेलाई घोडामा जिम्मा लाएर पठाउँला,भएन ! नयाँ ठाउँ घुमेर नयाँनयाँ ठाउँ देखोस् न ।”बाबाले अमालाई राम्ररी सम्झाउनुभए पछि बल्ल अभिनवको अनुहार उज्यालो देखिएको थियो ।

“सोमु र घोडा लिने दाइलाई नछाड्नू नि ! तिमी बाबुछोरा मैले भनेको मान्ने होइनौ !” आमाले हिंड्ने बेलामा पनि सम्झाउनु भयो ।

“मुस्ताङको मुख्य बजार र पुरानो राज्य असाध्यै रमाइलो छ । मैले मीतज्यूलाई यो बिदामा आउँछु भनेर भनेको पनि थिएँ । त्यहाँको बारेमा उनलाई मलाई भन्दा पनि धेरै बढी कुरा थाहा छ ।” सोमुले बाटामा हिंड्दा भन्यो । अभिनव र सोमु दुबैजना घोडामा थिए । घोडा लिएर आएका दुईजना दाइहरू पनि असाध्यै बेस रहेछन् । उनीहरूले पनि धेरै नयाँ कुरा बताए ।

“बाख्राजस्तै देखिने ती बाख्रा त होइन । भेडाहरू सँगै चरिरहेका ती के हुन सोमु ?” बाटोपारिको चौरमा चरिरहेका बस्तु देखेर अभिनवले सोध्यो ।

“ए त्यो,गाई त हो नि । तिम्रो तिर गाई हुँदै न र ! भेडा, बाख्रा, च्याङ्ग्रासँगै भुइँथाकल चरिरहेका ती गाईलाई यतातिर लुलु भन्छन् बुझ्यौ ।” ती गाई मोटाएका बाख्राभन्दा धरै ठूला देखिंदैनथे ।

बाटामा उनीहरू बसेका ठाउँदेखि नै बिदेशी पर्यटकहको दोहोरो लाम देखियो । कोही बाटा छेउका पसल–होटेलहमा थकाइ मारिरहेका थिए, कोही चारैतिरको फोटो खिचिरहेका देखिन्थे ।

अभिनव र सोमु जोमसोम बस्तीबाट पुरानो मुस्ताङ शहरतिर लागे । साँझ झमक्कै परेपछि मात्र उनीहरू बीस–बाईस घरमात्र भएको एउटा पातलो बस्ती फेला पारे ।

“यो गोराहरूको बस्ती हो । यो बस्तीबाट अलि उता ठूलो पर्खाल देख्यौ, हो त्यही चारैतिरबाट घेरेको पर्खालभित्र यहाँको पुरानो शहर छ लोमान्थाङ ।” सोमुले बताए पछि अभिनव केही बेर त अक्कनबक्क प¥यो ।

“पर्खालले घेरेको शहर रे ! गारा भनेको चाहिं के नि ?” उसले सोमुको कुरा नबुझेर सोध्यो ।

“ हो, पर्खालले घेरेको शहर ! धेरै पहिले मुस्ताङ छुट्टै राज्य थियो रे । त्यसलाई ल्हो राज्य भन्थे ! त्यतिबेलाका राजाहरू बस्न भनेर यो राजधानी शहर बनाएको रे । राजा को सुरक्षा गर्न र शत्रुले हमला गर्न नसकून भनेर शहरलाई यसरी चारैतिरबाट बलियो र अग्लो पर्खालले घेरेको रे, बुझ्यौ ! किल्ला भनेको यस्तै त हो नि” सोमुले बेलीबिस्तार लायो।

“अनि गारा भनेको चाहिं के नि ।” अभिनवले फेरि सोध्यो ।

“ए. तिमी छेत्री–बाहुन, हामी थकाली भने जस्तै कामीथरका मान्छेलाई यतातिर गारा भन्छन् । यिनीहरू पर्खाल भित्रको शहरिया मान्छेको अन्न पिन्ने, कुट्ने काम गर्छन् ।” उसले अथ्र्यायो ।

उनीहरू त्यो पर्खालको एकठाउँमा रहेको ठूलो ढोकाछेउ पुगे । एउटै खापाबाट बनेको त्यो काठको ठूलो ढोका दश–बाह्र वर्ष अघिसम्म राती सधैं बन्द हुन्थ्यो रे । रेखदेख नपुुगेर ठाउँठाउँमा पर्खाल भत्केपछि बन्द गर्न छाडेका रे ! पर्खाल फराकिलो र पाँचकुने थियो । पर्खालको ५०–५० मिटर जति फरकमा चारैतिर खुला देखिने गोलो–गोलो आकारका तेह्रवटा कोठाहरू देखिन्थे । त्यस्तो कोठालाई बुर्जा भन्दारहेछन् । पहिले यस्तो बुर्जा सत्रवटा थिए रे । बुर्जाबाट शहरको बाहिर चारैतिर राम्ररी देखिंदो रहेछ ! शहर बाहिर कहाँ के भएको छ भन्ने कुरा सजिलैसँग हेर्न सकिने गरी यी बुर्जा बनाइएका रहेछन् । अभिनवहरू त्यो ठूलो ढोकाभित्र पसे । अभिनवलाई अर्कै नौलो दुनियाँमा पाइला हाले जस्तो लाग्यो ।

“ओहो मीतज्यू आएछ, ऊ को नि ?” पर्खालको त्यो ठूलो ढोकाबाट पसेर केही बेर हिँडेपछि उनीहरू एउटा घरमा पुगे ।

त्यहाँ उनीहरूकै उमेरको एउटा केटोले स्वगत ग¥यो । उसले बख्खु र दोचाजस्तै देखिने लुगा र जुत्ता लाएको थियो । लामो कपाल पालेर कोरीबाटी गरेको थियो । घाँटीमा पोतेजस्तै नीलो रातो पत्थरको माला थियो । देवीदेउताको फोटो भएको अर्काे माला पनि घाँटीमा झुण्डिएको देखिन्थ्यो । यहाँ आएदेखि नै अभिनवले केही लोग्नेमान्छे–स्वास्नीमान्छेका साथै केटाकेटीले समेत त्यस्तै पहिरन गरेको देखेको थियो । त्यसो हँुदा उसलाई अनौठो भने लागेन ।

जाडो ठाउँ भएकोले यिनीहरूले पनि तिब्बतका मान्छेहको जस्तै लुगा लाएका होलान्,उसले अनुमान ग¥यो । अझ केही लोग्ने मानिसले कम्मरपेटी जस्तै देखिने पटुकामा एउटा सानो छालाको बट्टा भिरेका देखिन्थे । केटा र केटीहरू त्योे छालाको बट्टामा सानाठूला सियो राख्दा रहेछन् । यो त्यहाँका लोवाहरूको चलनै हो रे,घोडा डो¥याउने दाइले भनेका ।

”लोवा भनेको चाहिं के हो नि ?”अभिनवले सोधेको थियो ।

“ मुस्ताङका रैथानेहलाई लोवा भन्छन् । सुरुमा तिब्बतबाट आएर मुस्ताङको उत्तरी सिमानामा बसोबास गर्न थालेका मानिस नै लोवा हुन्,बुझ्यौ बाबु ! यिनीहरूलाई लोथा र लोता पनि भन्छन् । यिनै लोवाहरूले राज्य गरेका पुरानो मुस्ताङ राज्यको राजधानीको नाम ल्हो मान्थाङ हो । त्यसैले ल्हो मान्थाङका बासिन्दालाई लोथा पनि भन्छन् । मुस्ताङको नाम पनि लोमान्थाङबाटै बनेको भन्छन् ।”अभिनवलाई यो बताउने उनीहरूरूसँगै आएका दाइ पनि यतैका भएकाले सबै कुरा थाहा रहेछ ।

यिनीहको बाबुबाजेको सम्पत्तिमा जेठो छोरो मात्रै हक लाग्छ रे । माहिलोलाई चाहिं भीक्षु बनाउन गुम्बा पठाउँदा रहेछन् । कान्छोले कि त जेठाको सहयोगी बन्न्ुापर्ने रहेछ, कि लामा बन्नुपर्ने रे । आफू छुट्टै बस्ने भए बाबुबाजेको घरसम्पत्ति सबै छाड्नु पर्ने रे ।

ती एकनासे घरमध्ये दुई–चारवटा चाहिं तीनतले देखिन्थे । नत्र केही घरहरू दुईतले र धेरैजसो एकैतले मात्र । एउटै आकारका घरहरूको भने छानो जोडिएको देखिन्थ्यो । निकै पर सबैभन्दा ठूलो एउटा पाँचतले घर पनि देखियो ।

“त्यो के नि ?”सेता कमेरा पोतेका ढुङ्गका घरहरूको छानाका चारै कुनामा राता कपडा फर्फराइ रहेका देखेर अभिनवले फेरि सोध्यो । घरका छाना सिलोट जस्तै पातला ढुङ्गाले छाएका देखिन्थे । घरहरू धेरैजसो एकअर्कासँग जोडिएका थिए । झ्यालको ठाउँमा सानासाना प्वाल मात्र थिए ।

“ए...त्यो,त्यो मन्त्र लेखेको घुम्ने मानेलाई छोर्तेन भन्छन् । त्यो कपडामा पनि मन्त्रहरू लेखेको हुन्छ ।”सोमुले जवाफ दियो ।

शहर भनिने उनीहरूको त्यो गाउँ दक्षिणबाट उत्तरतिर फैलिएको थियो । यो शहर धवलागिरि पर्वतको श्रृङ्खलाभन्दा १६ किलोमिटर मात्रै पर छ रे भनेको सुनेर अभिनवलाई अचम्मै लाग्यो ।

“सबैलाई सञ्चै छ, मीतज्यू ! मीतबा, मीतआमा चाहिँ काँ’ हुनुहुन्छ नि ? यी मेरा साथी अभिनव, काठमाणंौबाट घुम्न आएका । यिनका बाबा जोमसोममैं हुुनुहुन्छ !” सोमुले मीतसँगभन्योे ।

“सञ्चै छ,बा–आमा कुडाककाँ गा’का छन् ।” त्यो केटोले भन्यो ।

सोमुले आफ्नो मीतको नाम सोंङ्मा परबल विष्ट भन्ने बताइसकेको सकेको थियो । त्यताका मानिसको कुराकानी पहिले नै सुनिसकेको हुनाले सोङ्माको बोली भने उसलाई त्यति अनौठो लागेन ।

“लु खा ।” भित्र गएर बसेपछि सोङ्माले उनीहरूको अगाडि एक–एकवटा असाध्यै राम्रो भाँडोमा तात्तातो चिया दियो ।

“तिमी पनि खाऊ न सोङ्मा !” अभिनवले उसलाई पनि सँगै खान अनुरोध ग¥यो । हातैले छोइएला झैं हिउँले ढाकिएका हिमाल नजिकैको त्यो ठाउँ चिसैै थियो । त्यसैले मीठो स्वादको त्यो तातो चियाले अभिनवको जिउ नै गर्माइदियो ।

“कुडाक भनेको चाहिं को नि ?” अभिनवले नबुझेर सोध्यो ।

“हामी लोवाहमा कुडाक, सेल्मा र रिगहिन गरी तीनथरी छौं । तिब्बती भाषामा कुडाक भनेको राजाको खलक हो । उनीहरू पछि हामी सेल्मा पर्छौं । हाम्लाई कसैले विष्ट र ठकुरी भन्छन् कसैले लुम्बो ं। जमिन्दारको परिवार लुम्बो हो । अहिले त कुडाक पनि आफूलाई बिष्ट–ठकुरी भन्न थालेकाछन् । साधारण जनतालाई रिग्हिन भन्छौंंै, बुझ्यौ ! अघि यो शहरलाई घेरेको पर्खाल देख्यौ नि, हो त्यो पर्खाल भित्र यी तीनथरीले मात्रै घर बनाएर बस्न पाउँछन् । पर्खाल बाहिर गाराको बस्ती त देखिहाल्यौ होला ।” सोङ्माले लामै बेलीबिस्तार लायो ।

सोङ्माको घर तीनतले थियो । छिमेकका अरूचाहिं दुईतले देखिन्थे । पछि सोध्दा थाहा पायो,सबैभन्दा ठूलो र धेरै आकर्षक देखिने सेतो पाँचतले घर मुस्ताङ्गे राजाको दरबार रहेछ । त्यो दरबारभन्दा अग्लो देखिने एउटै मात्र रातो गुम्बा थियो । त्यो पर्खालभित्र गुथाङ, गुथाङ डोल्मा, पोतालिङ र ज्याथाङ नामका चारवटा टोल रहेछन् । राजाको दरबार र मानिसका घरहरू दक्षिणी र गुम्बाहरू उत्तरी खण्डमा बनेका रहेछन् । राजाको भन्दा अलि सानो तीन तलासम्मको घर लुम्बो वा सेल्माहले मात्र बनाउन पाउँछन् रे । साधारण जनताले दुईतलाको भन्दा ठूलो घर बनाउन नपाउने रहेछ । शहरको चारै कुनामा एकएकवटा छोर्तेन रहेछन् ।

त्यहाँका रमाइला कुरा र दृश्यमा रमाउँदा रमाउँदै साँझ पर्न आँटिसकेछ । भोलि रमाइला ठाउँ र गुफा कन्दराहरू हेर्ने सल्लाह मिलाएर आज उनीहरू त्यही बस्ने भए । सोमुका मीतबा र मीत आमा पनि उनीहरूलाई देखेर असाध्यै खुसी हुनुभयो ।

No comments:

Post a Comment