Tuesday, August 24, 2010

सांस्कृतिक बजारीकरणबाट प्रभावित राष्ट्रिय संस्कृति

गोप वैशाख ११ गते सोमबार




प्रारम्भिक सामाजिक प्रणालीअन्तर्गत भौगोलिक रूपमा एक्लिएका समुदायबाटै दैनिक जीवनको संस्कृति निर्मित र नियन्त्रित हुन्थ्यो । समग्र सामाजिक प्रणाली त्यतिबेला राजारजौटा र ठूला जमिन्दारबाट नियन्त्रित हुने भए तापनि त्यसरी निर्मित र नियन्त्रित संस्कृति समाज र समुदायकाभन्दा नितान्त बेग्लै हुन्थे र सामान्य मानिसको दैनिक जीवनलाई तिनै लोकसंस्कृतिले निर्देशित गर्दथे । आजको सामाजिक प्रणालीमा आइपुग्दा दैनिक जीवनको संस्कृतिमाथि उच्च वा कुलिन वर्ग अर्थात एलिटहरूद्वारा हस्तक्षेप गर्ने आमसंस्कृतिको प्रारम्भ हुँदै गयो । यही प्रवृत्तिलाई विज्ञहरूले संस्कृतिको बजारीकरण वा उपभोक्ताकरण भन्ने गरेका छन् । आज ंस्कृतिको बजारीकरण वा उपभोक्ताकरणका यी नयाँ स्वरूपहरूले वैचारिक प्रभावलाई प्रभावकारी रूपमा फैलाएर मानिसलाई तिनका अनुभवको गलत व्याख्या गर्न प्रेरित गर्नुका साथै आफ्नै रूचि र स्वार्थका विपरित लाग्न हौस्याइरहेको छन् भन्ने उनीहरूको आरोप असत्य देखिँदैन । उच्च कुलीन वर्ग वा एलिटहरूले विभिन्न रणनीतिको प्रयोगद्वारा यो काम गरिरहेका छन् भन्ने अनुसन्धाताहरूको निक्र्योलले उनीहरू यही संस्कृतिको बजारीकरण प्रवृक्तिलाई हतियार बनाएर लोकसंस्कृतिका अंङ्गरूलाई एक अर्कामा मिलाउँदै आकर्षक आमसंस्कृतिको विषयबस्तुका रूपमा परिवर्तन गरिरहेका छन् र यसबाट समाज र सामाजिक प्रणालीलाई आफ्नो मुठीभित्र राख्न र नाफामुखी व्यापार सञ्चालन गर्न सफल भइरहेका छन् भन्ने उनीहरूको आरोप पनि सत्य देखिन्छ । त्यसैले संस्कृतिको बजारीकरण वा उपभोक्ताकरणलाई आलोचनात्मक सांस्कृतिक अध्ययनका क्रममा देखा पर्ने एउटा महत्वपूर्ण तथा चुनौतीपूर्ण पक्ष मानिएको छ । संस्कृतिको बजारीकरणका दृष्टिमा आमसञ्चार माध्यम उभोग्य संस्कृतिको उत्पादन तथा वितरणमा विशेषज्ञताप्राप्त उद्योग हो । यिनै सन्दर्भमा संस्कृतिलाई उपभोग्य बस्तुको रूपमा उत्पादन गर्ने प्रवृत्तिका साथै संस्कृतिको आम उत्पादनद्वारा स्थानीयतामा आधारित संस्कृतिको प्रत्यक्ष र प्रंतिस्पद्र्धात्मक वितरण हुँदा के हुन्छ भन्ने विषयमा विभिन्न विद्वानले प्रशस्त अध्ययन गरेका छन् ।

संस्कृतिको बजारीकरणको ज्वलन्त उदारहण अमेरिकालाई मानिन्छ । किन भने अमेरिकी समाजमा आमसंस्कृति लोकप्रियता हासिल गर्दै विशाल उद्योगमा परिणत भएको छ । विरोध हुँदा हुँदै पनि आज विश्वभर नै न्युयोर्क र हलिउडमा उत्पादित आमसञ्चारलाई आफ्नै ठानी ग्रहण गर्ने प्रवृत्ति तीब्र मात्रामा बढिरहेको छ । जर्मी ट्रस्टेल (व्भचmथ त्चगकतभ)ि ले सन् १९७७ मैं “द मिडिया आर अमेरिकन” शीर्षक पुस्तकमा अमेरिकी सञ्चार उद्यमीहरू कसरी विश्वव्यापी रूपमा आकार्षक सांस्कृतिक उपभोग्य बस्तुहरूको निर्माण गर्ने रणनीतिको विकास गरे भन्ने विस्तृत वर्णन गरिसकेका थिए । यस्तै रणनीतिको एउटा उदारण टिन प्यान एली (त्ष्ल एबल ब्ििभथ) ले न्युयोर्कमा लोकगीतबाट धुन वा मेलोडी लिएर त्यसलाई छोटा आकर्षक गीतमा बदलेर लोकप्रिय तुल्याई प्रस्तुत गरेको उपोक्ताकरण ढाँचालाई मान्ने गरिएको छ ।

आलोचनावादी सञ्चार सिद्धान्तकारहरूको भनाइमा यसरी दैनिक जीवनका लोकसांस्कृतिक पक्षलाई टुक्रा टुक्रामा लिएर पुनर्संरचना गर्नुले विभिन्न असर पारेका छन् । यस्ता असरमा दैनिक संस्कृतिका तत्वहरूलाई सजावट वा प्याकेजिङका लागि छान्दा यसलाई ज्यादै सीमित परिधिमा लिएर महत्वपूर्ण पक्षलाई वेवास्ता गर्दै जानाजान छाडिनु, र सजावटी प्रक्रिया अन्तर्गत संस्कृतिका छानिएका पक्षलाई नाटकीय बनाएर कुनै एउटा पक्षको महत्व अतिशयोक्तिपूर्ण ढङ्गमा पस्तुत गरी अरू पक्षलाई छाडिनु प्रमुख हुन् । त्यसरी नै त्यसको बजारव्यवस्थान वा मार्केटिङ गर्दा सांस्कृतिक उपभोग्य उत्पादनलाई दैनिक सांस्कृतिक जीवनमाथि नै हस्तक्षेप गर्ने तरिकाबाट गरिनु र यसरी दैनिक जीवनमा आउने व्यवधानले विभिन्न रूप लिँदै दीर्घकालीन असर समेत छाड्दै जानु यसका अन्य महत्वपूर्ण असर हुन् ।

आजको भूमण्डलीकरण र विश्वग्रामको युगमा फैलँदो पश्चिमी सञ्चार साम्राज्य र सञ्चार तथा संस्कृति दुबैको बजारीकरण वा उपभोक्ताकरणले हामीजस्ता साना राष्ट्रहरूका पहिचानमाथि धनी र शक्तिसाली राष्ट्रका बहुराष्ट्रिय निगमहरूले चुनौती सिर्जना गरिरहेका छन । यसबाट हाम्रो आफ्नो मूल्य, मान्यता र संस्कृतिका भूमिका गौण बनिरहेको छ । विश्वका ठूला कम्पनी र बहुराष्ट्रिय निगमद्वारा सञ्चालित विदेशी सञ्चारमाध्यमले अन्य साना राष्ट्रका मूल्य मान्यतामाथि अतिक्रमण गर्नुका साथै उनीहरूको दैनिक जीवनका संस्कृतिलाई बजारीकरण तर्फ प्रेरित गरेजस्तै हाम्रो आफ्नो दैनिन्दिन जीवनपरक सांस्कृतिक अभ्यासलाई समेत असर पारिरहेका छन् । आजको हाम्रो यो अवस्थालाई सन् १२९७३ तिर अमेरिकी सञ्चार सिद्धान्तकार हर्ब जे. सिलरले अगाडि ल्याएका सांस्कृतिक सम्राज्यवादी सिद्धान्तले राम्रै सँग पुष्टी गर्छ । सिलरले भनेका थिए– पश्चिमी मुलुकका सञ्चारले विश्वलाई दबाएका छन् र यसबाट पश्चिमी दृष्टिकोण लादिएर तेस्रो विश्वको राष्ट्रिय संस्कतिमाथि शक्तिसाली दवाब सिर्जना गर्दै तिनलाई नष्ट पार्ने संभावना प्रवल छ । हुन पनि आर्थिक रूपले सम्पन्न पश्चिमी सभ्यताले व्यापक मात्रामा चलत्रि, समाचार, कमिक आदि आमसंस्कृतिजन्य बहुसंख्यक सञ्चारको उत्पादन गरिरहेको छ । आफूले उत्पादन गर्न महँगो पर्ने र ती पश्चिमी उत्पादन किन्दा सस्तो हुने मनोविज्ञानले बाँकी विश्व तिनै पश्चिमी सञ्चारको ग्राहक बनिरहेको छ । यसरी आजको तेस्रो विश्व पश्चिमी जीवन शैली, विश्वास र सोचाइले भरिएका सञ्चारमा लिप्त रहेको छ, त्यहाँका मानिसहरू पश्चिमी मानिसहरूकै जीवन शैली र संस्कतिको अनुसरण गर्दै आफ्नो संस्कृति नष्ट तुल्याउँदै छन् । सिलरको यो भनाइलाई अविश्वास गर्ने ठाउँ छैन । सिलरको सांस्कृतिक सम्राज्यवादी सिद्धान्त भन्छ– मानिसमा उनीहरू कसरी अनुभव गर्न चाहन्छन्, के गर्न चाहन्छ्, कसरी बाँच्न चाहन्छन् भन्ने कुरामा आफ्नो स्वतन्त्र इच्छा हुँदैन । उनीहरू टेलिभिजनमा जे देख्छन् त्यसैबाट अभिप्रेरित भएर आफ्ना प्रतिक्रिया र गतिविधि सञ्चालन गर्छन । त्यसैले जबसम्म कोही पश्चिमी उत्पादनका सञ्चार उत्पादन हेरिरहन्छ तबसम्म ऊ तिनै सञ्चारमा देखाइएका जीवन शैली अनुसार बाँच्नु पर्छ, त्यही अनुसार सोच्नु पर्छ र त्यसै अनरूपका क्रियाकलाप गर्नु पर्छ भन्ने सोचाइ राख्छ । उनीहरू पश्चिमी सञ्चार उत्पादनले बहन गर्ने सन्देशलाई उनीहरूको मौलिक रूप र अर्थमा नै ग्रहण गर्छन् । तेस्रो विश्वका मुलुकहरूको संस्कृति नष्ट हुने र उनीहरू पनि पश्चिमी विचारबाटै चिनिने यो सिद्धान्तको भविष्यवाणी पूर्ण रूपमा सत्य नहोला, यसले आफ्नो मूल्यगत मैलिकता र स्वरूप गुमाउने कुरा भने निश्चित छ ।

उच्च कुलीन प्रभावित समाजमा सबै उत्पादनका साधनमा मात्र नभएर संस्कृतिक वा समाजको उच्चतम संरचनामाथि नै नियन्त्रण राख्न सकेमा आफूलाई शक्तिमा स्थापित गराइरहन सफल होइन्छ भन्ने पुरानो साम्यवादी धारणा आज पनि पूर्णतः असत्य मान्ने आधार देखिँदैन । यो धारणा आज कुनै एकल राज्य वा राजनीतिक प्रणालीमा भन्दा पनि विश्वको एकल ध्रुवीय संरचना र विश्वअर्थव्यवस्थाका सन्दर्भमा बढी लागु हुने देखिन्छ । यही धारणालाई पछ्याउँदै भन्ने हो भने कुलीन अर्थात आजको सन्दर्भमा विश्वका शक्तिसाली राष्ट्रहरूद्वारा अरुलाई आफ्नो अनुरुप तुल्याएर समान्य जनलाई उनीहरू आफ्नै स्वार्थविपरित लाग्न प्रोत्साहित गर्न प्रयेग गरिरहेको प्रमुख तत्व संस्कृति नै हो । यसको विकृतिकरण र यसमाथिको अतिक्रमणले अनपेक्षित परिणाम ल्याउन सक्छ भन्ने उनीहरूलाई राम्ररी थाहा छ र नै उनीहरू यसलाई सक्तिसाली हतियारको रूपमा प्रयोग गरिरहेका छन् । बेलायती सांस्कृतिक अध्यनका पक्षधरहरूले यही कुरा बुझेर लोकप्रिय संस्कृतिको मूल्यप्रति चासो राखे र सामान्य मानिस र अल्पसङ्ख्यक समुदायलाई शसक्त तुल्याउने तथा तिनको संस्कृतिलाई महत्व दिएर सांस्कृतिक बहुलवादमा जोड दिने तर्फ ध्यान दिए ।

यी सबै काम अर्थात संस्कृतिको बजारीकरण र राष्ट्रिय निजत्वपूर्ण संस्कृतिको अन्तर्राष्ट्रिय संस्कृृतिसँग रूपात्मक एकीकरण गराउने प्रमुख साधनको भूमिकामा भने सञ्चारमाध्यम रहेको छ । प्रवाहका कारण आजको अन्तर्राष्ट्रिय सञ्चार सीमातीत बनेर बाह्य संस्कृतिको मूल संबाहक बनिरहेको छ । यो प्रक्रियामा हाम्राजस्ता साना तथा विकासोन्मुख राष्ट्रहरूले आफ्नो पन वा निजत्व र संस्कृति बचाउन कठिन हुनु निश्चित छ । हाम्रा सञ्चार योजनाले पनि यस्ता पक्षमा कुनै ध्यान दिएका छैनन् । डेनिस म्यक्वेलको भनाइमा कथित विकास सञ्चार र सहभागितामूलक सञ्चार सिद्धान्तजस्ता विपरित धराणाहरूको मात्र प्रभूत्व रहनु विकासोन्मुख साना राष्ट्रका नीतिमा देखिने उपेक्षाका मूल कारण हुन् । हाम्रो सन्दर्भमा हेर्ने हो भने हामी आफ्नो संस्कृतिमो अन्तर्निहत मूल्य–मान्यता मात्र नभएर तिनको स्वरूप र संरचनामा समेत असर परिरहेको छ । लोकसाहित्य र संस्कृतिको नयाँखाले रूपान्तरणका साथै तिनका भाव र धूनलाई विकृत तुल्याएर आफ्नै अर्थमा पुर्नसंरचना गर्ने काम भइरहेका छन् । सांस्कृतिक उत्पादनको अन्तिम रूप विज्ञापनमा दैनिकजीवनका संस्कृतिको विकृत प्रयोग भइ रहेका छन् । हामीकहाँ यस्ता प्रयास र प्रक्रिया बारे न त संस्कृतिका अध्येता न आमसञ्चार सिद्धान्त बारे चासो राख्नेहरूबाटै अध्ययन अनुसन्धान भएको पाइन्छ । के हामी कहाँ पनि यसरी संस्कृतिको बजारीकरण वा उपभोक्तकरणका माध्यमबाट सांस्कृतिक विषयबस्तुको पुनसजावटीकरण वा रिप्याकेजिङ गर्दा सिर्जित समस्याहरूको पहिचान गर्ने समय आएन र ?

No comments:

Post a Comment