Tuesday, August 17, 2010

देवकोटा शतवार्षिकीः शासकीय प्रवृत्ति र हामी

मप सम्पादकीय कार्तिक २०६५


साहित्यलाई अनुत्पादक ठान्ने हाम्रो शासकीय मानसिकतामा केही अन्तर आउने आभाष देखिए पनि अझै तात्विक अन्तरको अनुभूति भने हुन सकेको छै न । यस्तो मानसिकताले विगतान अन्य विदेशी भाषासाहित्यको तीब्र हस्तक्षेप निम्त्याउँदै गयो, र जाँदै पनि छ । नेपाली माटोको उपासना गर्ने साहित्य र साहित्यकार पाखा परिरहेका छन् । मूल्यवत्तायुक्त रचनाधर्मिता वहन गर्ने गूटविहीन नेपाली साहित्यकार र कालजयी कृति विज्ञापनचातुर्यको महाजङ्गलमा छोपिँदै गएका छन् ।
यिनै यथार्थका बीच हामी महाकवि लक्ष्मीप्रसाद देवकोटोको शतवार्षिकी मनाउने तर्खर गरिरेका छौं । महाकवि महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रले यस अघि भाइटीकाका दिन मनाउँदै आइएको देवकोटा जयन्ती अब तिथि नभएर गतेका आधारमा कार्तिक २९ गते मनाउने प्रस्ताव अघि सार्दै सोही दिनदेखि शतवार्षिकी मनाउने जानकारी गराएर समारोहका लागि आर्थिक सहयोगको आह्वान गरेको छ । यसको सरकारले शतवार्षिकी मनाउनका लागि बजेटमा नै २५ लाख रूपियाँ छुट्याएको घोषणा गरेको छ । यो स्वगतयोग्य मान्नुपर्छ ।
देवकोटाजस्ता नेपाली साहित्यका विराट साहित्यिक प्रतिभाको शतवार्षिक समारोह मनाउन सहयोगको सार्वजनिक आह्वान गर्नुपर्ने अबस्था आउनु अबस्य पनि राम्रो होइन । इतिहासमा कतै कुनै नाम सुरक्षित रहन नसक्ने र राष्ट्रका लागि कुनै योगदान नरहेकाहरूले समेत शासकीय पहुँच भएकै कारण ठूला ठूला सहयोग पाइरहेका छन् । साहित्य, कला र संस्भृतिका क्षेत्रमा इमान्दार भइ लागिरहेका संस्थाहरूलाई थारै भए पनि नियमित वार्षिक सहयोगको निरन्तरा हुन सके शासकीय दायित्व केही भए पनि पूरा हुनसक्थ्यो । यसो हुनसके विज्ञापनमुखी उपभोक्तावादी प्रवृत्तिको छायाँ पर्दै गरेको साश्वत साहित्यिक मूल्यका रचनाधर्मिता जोगाउन पनि सहयोग पुग्थ्यो कि ?
हिजोको सामन्ती राजशाहीमा हाम्रा सरकारी विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान र अन्य शैक्षिक–साहित्यक संस्थाहरूले महाकवि देवकोटा, सिद्धिदास, अमर चित्रकार, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्रजस्ता साँचो अर्थमा जनताका मनका सम्राटहरूको नामबाट आफूलाई सम्मानित गर्न पाउने सम्भावना थिएन । आज समय बदलिएको छ । त्यसैले के महाकवि देवकोटाकै संलग्नतामा स्थापित नेपालको जेठो विश्वविद्यालयले आफूलाई उनको नाउँमा रूपान्तरण गराउन सक्दैन ? भग्नै भए पनि संभवतः अझै अस्तित्वमा रहेको देवकोटाको घरलाई देवकोटा स्मारक र सङ्ग्रहालयको रूपमा विकसित गर्न परिवारजनले अलिकति उदारता देखाउन सक्दैन? ? अरुले नगरे पनि शतवार्षिका अवसरमा यो नयाँ कामको थालनी देवकोटाका परिवारजनबाटै शुभारम्भ हुन सके रामै्र हुन्थ्यो । महाकविकै लेखकस्वबाट पनि एउटा राम्रो कोष खडाहुनसक्छ, संरक्षण र संभारका लागि । सुरुआत गर्नु हो भने सरकारले हेरेन नै भने पनि देवकोटालाई माया गर्ने, आदर गर्ने धेरै नेपालीहरू सहयोगका लागि लामबद्ध हुनेछन्, यो हाम्रो विश्वास हो ।

No comments:

Post a Comment