Tuesday, August 17, 2010

विदाइ जीवनको लामो कालखण्डसँग !

६७२
मधुपर्क साउन २०६६
अनौपचारिक
विदाइ जीवनको लामो कालखण्डसँग !
समय आफ्नै गतिमा बगिरहन्छ । यो समयको बहावमा कति पुराना सहयात्री पाखा लाग्छन्, छुट्टिँदै जान्छन् । कति नयाँ समयको बहावसँगै हेलिन आउँछन् सहयात्रीमा ! व्यक्ति र संस्था दुबैको जीवनको नियमित प्रक्रिया र स्वाभाविक गतिक्रम दुबै हो यो । समयको त्यही गतिक्रममा तीन दशकदेखि गोरखापत्र र यसका प्रकाशन मेरो जीवनसँग गाँसिएका यथार्थ थियो । यसको संसार मेरो जीवनको सबैभन्दा ठूलो पाठशाला थियो । यो लामो संलग्नता, सक्रियता र सहकार्यको निरन्तरता अब समयले नै विच्छेदको बिन्दुमा ल्याइपु¥याएको छ । लगभग तीस वर्षसम्मको मेरो यो गोरखापत्रसँगको सक्रिय सम्पादकीय सहयात्रा–श्रङ्खला नियमितता सकिँदै छ । यति बेला मलाई जिम्मेवारीबाट मुक्त स्वतन्त्रताको अनुभव एकातिर भइरहेछ, अर्कातिर एउटा परोक्ष परिचयको बोधक बनिसकेको गोरखापत्रसँगको विछेडको सामान्य खिन्नता पनि ! लामो जीवनको अभ्यास अर्कातिर गोरखापत्रमैं निर्मित एउटा जीवन शैली र तालिकाबद्ध जीवनबाट खुला स्वतन्त्र जीवनको नयाँ तालिका निर्माणको सङ्क्रमण–शून्यताप्रतिको अभ्यस्तता र यसको रुटिनबद्धताबाट ले बनाअभ्यासको ह्याओभरबाट मुक्त हुन संभवतः केही समय लाग्ने छ । तर पनि लेखकीय जीवन र अन्य सामाजिक दायित्वको अर्थमा गोरखापत्रबाट म मात्रध होइन, कोही पाि सामजिक जिवन र लेखकीय व्यक्तिव्य बनाएको मापसिन संघवतः पूर्ण रुपले अलग हुन सक्दैन सायद् !
गोरखापत्रलाई के दिन सकेँ, त्यो मलाई थाहा छैन । तर गोरखापत्रबाट मैले धेरै कुरा लिएकोछु, सिकेको छु र सिक्न नहुने कतिपय यसभित्र हामी आफैंले भित्र्याएका गलत प्रवृत्तिहरूबाट कसरी बाहिर रहने भन्ने शिक्षा पनि पाएको छु । कुनै पनि कालखण्डमा सरकारको निन्त्रणमा चल्न वाध्य यो प्रकाशन निश्चय पनि स्वतन्त्र थिएन । त्यति भएर पनि यसले अर्थात यसका प्रकाशनहरूले केही पूर्वाग्रहपूर्ण दृष्टिकोण अर्थात “प्रतिक्रियावादी राज्यसत्ताद्वारा संरक्षित र प्रचारित सांस्कृतिको प्रदूषण“ मात्र फैलाएको छैन सायद् । हो, त्यो आरोप सम्पूर्णमा असत्य होइन, तर त्यति हुँदा हुँदै पनि यस योजनाबद्ध रुपमा नभए पनि जानी नजानी नेपाली भाष, कला, साहित्य लगायत समग्र नेपाली संस्कृतिको विकास र विस्तारमा केही न केही सकारात्मक योगदान ग¥यो, यो भनाइ अतिशयोक्ति मात्र होइन । जे होस्, मधुपर्कको यही अङ्कको सम्पादनसँगै गोरखपत्रसँगको लगभग ३० वर्षे सेवा संलग्नताबाटै मेरो औपचारिक विदा हुने समय आएको छ । यसलाई एउटा जिम्मेवारीबोधबाट मुक्तिको अर्थमा ग्रहण गरेको छु मैले ।
दुई पल्ट लोक सेवाको शाखाअधिकृत परीक्ष उत्तीर्ण गरेर पनि अन्तर्वार्ता र पुलिस रिपोर्टको परीक्षामा अनुत्तीर्ण हुनु नपरेको भए गोरखापत्रसँग मेरो यतिलामो प्रत्यक्ष सम्बन्ध सायद् गाँसिदैनथ्यो । सरकार वा राज्यको आँखामा मेरो निजामती सेवा प्रवेश अस्वीकार्य हुनुमा संभवतः वि.सं. २०२९–२०३० तिर कीर्तिपुरमा सञ्चालित एउटा शसक्त शैक्षिक आन्दोलन प्रमुख कारण थियो । विश्वविद्यालयको शिक्षा शास्त्र विभाग अन्तर्ग नर्मल तालिमका सहभागीमध्ये मित्र मोहन दुवाल र पछि कम्युनिस्ट नेताका रूपमा परिचित आशाकाजी वासुकलाका साथै मेरो पनि सक्रिय सहभागिता रहेको थियो । जे होेस्, लोक सेवा सो प्रहरी रिपार्टले निषेधसँगै मेरो गोरखापत्र प्रवेश भयो । त्यो २०३६ को जनमत घोषणा लगत्तैको खुला वातावरणले निजामती भन्दा संस्थानका ढोका केही खुकुलो हुनुको परिणाम थियो सायद् ।
२०३७ को प्रारम्भिक महिनादेखि आजसम्मको गोरखापत्रको लगभग लगभग तीन दशकीय पत्रकारिता यात्रामा धेरै उतारचढावको अनुभव र अनुभूति स्वाभाविक हो । यस क्रममा धेरैधेरै चरित्रहरू देख्न पाइएका छन्, धेरैधेरै प्रवृत्तिहरू बेहोर्न पाइएका छन् । यी भोगाइ कतिपय प्रिय छन्, कतिपय अप्रिय पनि ! आउनु–जानु अर्थात परिवर्तन जीवनको स्वाभाविक प्रक्रिया हो, यसलाई नस्वीकारी धरै छैन । जीवनमा अनेकौं जिम्मेवारी र भूमिका निर्वाह गर्ने अवसर आउँछन् । यही क्रममा अखबारी पत्रकारितालाई भन्दा मैले बढी आफ्नो ठानेको साहित्य र साहित्यिक पत्रकारिताको शीतल छहारीमा फर्कन पाउनृुलाई मैले सुखद अनुभवका रूपमा लिएको छु ।
राष्ट्र अर्थपूर्ण अग्रगामी परिवर्तनको बाटोमा हिँडिरहेको क्षणसम्म पनि हामी अझै पूर्व शासकीय प्रवृत्तिहरूबाट मुक्त हुन सकिरहेका छैनौं । यसको छाया बेला बखत गोरखापत्रमा पनि पर्ने गरेको छ । तर शासकीय जिम्मेवारी लिनेहरूमैं यो प्रवृत्ति हट्न नसक्नुले सङ्केत गर्छ– अगाडिको यात्रा सोचे जत्तिकै सहज र निरापद छैन । चारैतिर मूल्य विघटनको सर्पदंशले अझै डस्न छाडेको छैन । आत्मसम्मान–स्वाभिमान र राष्ट्रप्रेम प्रताडित हुनुपर्ने विगत बिडम्बनाबाट अझै पनि श्रापित छौं हामी । जीहजुरीे र गणेश परिक्रमाहरू हिजैको जस्तो पुरस्कृत र सम्मानित भइरहेका छन् । नयाँ नेपालमा वर्गीय हित, स्वार्थ र आत्मसम्मानको संरक्षण हुने आशा गरिरहेका नयाँ नेपालका नेपालीहरू अझै साम्प्रदायिक सोच र जातीय सङ्कूचितताको हलाहल पिउन वाध्य छन् । साम्यवादी चिन्तन र दर्शनबाट प्रेरित हुँ भन्नेहरूमैं वर्ग बिर्सिएर जातीय–भाषि पहिचानलाई मात्र सबैथोक ठान्ने साम्प्रदायिक सङ्कूचितको मोसो पोतिएको देखिँदै छ । गलत अभ्यास र संस्कृतिका प्रसारक विदूषकहरू प्रवृत्तिमा सुधार सुधार बिना नयाँ नेपालको परिकल्पना सायद साकार हुनसक्दैन । यसका लागि सही र अग्रगामी संस्कृतिको विकास अपरिहार्य छ । ह्रासोन्मुख मूल्यवत्ताको जगेर्ना अहिलेको ठूलो चुनौती हो । समग्र सामाजिक परिप्रेक्षमैं नेपाली समाजको मूल्य विघटन प्रक्रिया सतहमा देखिन थालेको स्वीकार्ने होभने आस्था र विश्वासको जग खलबलिन नदिने अर्को चुनौती पनि हाम्रै सामु उपस्थित छ । गोरखापत्रभित्रका पनि चुनौती हुन् यी । शशशभकामना– भावी दिनहरूमा यसले ती चुनौतीको डटेर सामना गर्न सकोस् ।

No comments:

Post a Comment