Tuesday, August 17, 2010

अनौपचारिक
मोफसलको साहित्यिक पत्रकारिता र केन्द्रको आत्मरति
–विजय चालिसे
साहित्यिक पत्रकारिताका समस्याको पहिचान गर्ने र तिनको निराकरणमा सरकारलाई आह्वान गर्ने दृष्टिले प्रेस काउन्सिलका नेपालको सहयोगमा नेपाल साहित्यिक पत्रकार सङ्घले अयोजना गरेको चितवन सङ्गोष्ठी उल्लेख्य रह्यो । “मोफसल साहित्यिक पत्रकारिता सङ्गोष्ठी” नाम दिईको त्यो सङ्गोष्ठीले मोफसलमा पुगेर मोफसलकै साहित्यिक पत्रकारितालाई केन्द्रबिन्दु बनाइ गम्भीर छलफल चलाउने अवसर दियो ।
साहित्यिक पत्रकारिताको चितवन सङ्गोष्ठीमा सहभागी भइरहँदा यो पङ्क्तिकारलाई २०६५ पुस अङ्ककको यसै स्तम्भमा चलाएको मोफसलको साहित्य चर्चाको सम्झना भइरह्यो । त्यतिबेला साहित्यको सन्दर्भमा जे चर्चा गरिएको थियो एक अर्थमा साहित्यिक पत्रकारिताको सन्दर्भमा पनि तिनै कुरा सत्य लाग्छन् । मोफसल साहित्यले कतिपय सन्दर्भमा मूल धारका कथित केन्द्रीय साहित्यलाई जसरी चुनौती दिइरहेका छन्, केन्द्रबाट प्रकाशनमा आइरहेका संस्थागत र केही निजी प्रकाशनलाइृ छाडेर हेर्ने हेर्दा आकार, पृष्ठ, सज्जा र सामगी्रको स्तरका दृष्टिले अन्य कतिपय साहित्यिक प्रकाशनमा पनि लागु हुन्छ । यस दृष्टिले मोफसलका कतिपय साहित्यिक पत्रिकाबाट अहिले नै पनि केन्द्रका कतिपय नियमित प्रकाशन पछि परिसकेका नदेखिने होइन । पूर्वका इलाम–झापादेखि सुदूर पश्चिमका महेन्द्रनगरसम्मका नियमित प्रकाशनमध्ये कतिपयलाई उदाहरणम लिन सकिन्छ । त्यसैले राजधानीका भन्दैमा सबै स्तरीय र साधनसम्पन्न होलान् र मोफसलको सबै स्तर–साधन बिहीन छन् भन्ने कुनै बस्तुगत आधार भेटिन्न । वितरण समस्याका कारण मोफसलका प्रकाशनहरू केन्द्रमा उपलब्ध छैनन् । किनेर पढ्न त केन्द्रकै पनि केही स्थापित र स्तरीय बाहेक साहित्यिक पत्रिकाका पाठक पाइँदैन भने मोफसलका पत्रिका केन्द्रकाले किनेर पढ्ने कुरा त कल्पनाबाहिरको कुरा भइहाल्यो । यस कारणले पनि मोफसलको साहित्यिक पत्रकारिताको शक्ति केन्दसँग अपरिचित नै रह्यो, त्यसबारे केन्द्रले बुझ्न पनि चाहेन सायद् । त्यसैले केन्द्र र मोफसलका साहित्यिक पत्रकारिताले एक अर्कालाई बुझ्न र एक अर्काका समस्या जान्न पनि यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग गर्नेछन् ।
कार्यक्रममा विभिन्न कुराहरू आए, तिनमा विचार विमर्श पनि भए । करिब पाँच घण्टा लामो एकदिने त्यो कार्यक्रमको लामो समय उद्घाटन, परिचर्चा, प्रमाणपत्र र सम्मानपत्रहरूको वितरण–हस्तान्तरण आदिमा उपयोग भए । गोष्ठीको भागको समय यसरी सबैतिरबाट नखोसिएको भए वा मूल सङ्गोष्ठीलाई बढी समय उपलब्ध गराउन कार्यक्रमलाई दुई दिने बनाउन सकिएको भए मोफसलमा साहित्यिक पत्रकारिका थप समस्या, सीमा र कठिनइहरूका बारेमा अझ गहन ढङ्गमा छलफल हुनसक्थ्यो र कार्यक्रको सक्रिय सहभागितामा समेत देखिने केन्द्रको वर्चस्व न्यून बनाउन पनि यसले मदत पु¥याउँथ्यो । त्यसो नहुँदा सङ्गोष्ठीमा होस् वा त्यसपूर्वका र समापन समेतका अन्य चरणमा वक्ताहरूमा समेत केन्द्रकै मात्र वर्चस्व देखियो, केन्द्रकै वक्तहरूको बाहुल्य रह्यो । कार्यक्रममा देखिएका यी केही पक्ष बाहेक कर्यक्रम अरु हिसाबले निकै उपयोगी रह्यो, मोफसललाई केन्द्रले बुझ्ने प्रयास गरिरहेको छ भन्ने सानो भएपनि सन्देश दिन सफल रह्यो । जे होस थोरै समयमा जेजति छलफल भयो त्यो निश्चय नै गंभीर थियो र चितवन घोषणापत्रको मस्यौदा तयार भएर त्यसको अनुमोदन समेत हुनसक्यो । गोष्ठीको सर्वाधिक सफल पक्ष पनि सायद् त्यही रह्यो ।
सङ्गोष्ठीमा दुईवटा पत्र प्रस्तुत गरिए । साहित्यिक पत्रिकाका गंभीर अन्वेषक शिव रेग्मीको “इलाम जिल्लाबाट प्रकाशित साहित्यिक पत्र–पत्रिका” शीर्षक पत्र सबै प्रकारले कार्यपत्र थिएन । त्यो लेखकले प्राक्कथनमा भन्नुभएजस्तै उहाँको “नेपाल अधिराज्यका जिल्लाहरूबाट प्रकाशित साहित्यिक पत्रिकाहरूको इतिहास जान्ने जिज्ञासाको फलस्वरूप जन्मेको एउटा सामान्य आलेख मात्र” थियो । त्यसैले त्यसमा कार्यपत्रको संरचना, विषयगत प्रतिपादन, राष्ट्रिय साहित्यिक पत्रकारित र मोफसलबीचको तुलनात्मक अध्यन र आजको मोफसल साहित्यिक पत्रकारितका प्रवृत्ति, सीमा र समास्थाहरूबोरे बस्तुगत अध्ययनको अपेक्षा स्वाभाविक पनि रहेन । त्यसमाथि पत्र प्रस्तोता स्वयम्को अनुपस्थितिमाा ती कमी कमजोरीमाथि छलफल र सुझावको सन्दर्भ पनि त्यहाँ रहेन । तर पनि गंभीर अध्येता रेग्मीको त्यो आलेख पूर्ण नभए पनि इलाम जिल्लाबाट निस्किएका केही पत्रपत्रिकाको राम्रो परिचय गराउनमा भने उहाँको निकै परिश्रम परेको अनुमान गर्न नसकिने होइन ।
दोस्रो कार्यपत्र डा.डी.आर.पोेख्रेलको कार्यपत्र चितवनको साहित्यिक पत्रकारितासँग सम्बन्धित थियो, तर पत्र उपलब्ध नहुँदा सहभागी गहिरएर त्यसको अध्ययन गर्ने अवसरबाट वन्चित रहे । तर पनि यो कार्यपत्रकोृ ढाँचामा प्रस्तुत गरिएको थियो र केही कमजोरी भए पनि चितवनको साहित्यिक पत्रकारिताको लगभग साङ्गोपाङ्ग जानकारी दिन सफल थियो ।
जे हो्, सङ्गोष्ठी कार्यक्रमले मोफसलको साहित्यिक पत्रकारितालाई केन्द्रीय विषय बनाएर गम्भीर छलफलको वातावरण सिर्जना ग¥यो । साथै सङ्गोष्ठी केन्द्रबाहिर आयोजना गरेर नेपाल साहित्यिक पत्रकार सङ्घले निश्चय पनि राम्रो गरेको छ । साहित्यिक संघसंस्थाका कार्यक्रम राजधानी केन्द्रित हुँदै आएका छन् र प्राय संघसंस्था राजधानी र राजधानीको सुविधाभन्दा बाहिर निस्कन चाहँदैनन् । यो परम्परामा परिवर्तन हुन आवश्यक पनि छ । आशा गरौं, संघसंस्थाहरूको केन्दाभिमुख कार्यक्रम र गतिविधिलाई केन्द्र बाहिर पुग्न पनि यस्ता कार्यक्रम पे्ररक बन्न सकून् !

No comments:

Post a Comment